किन म समस्याहरूबारे रिपोर्ट गर्न डराउँछु?

16 डिसेम्बर 2024

क्रिस्टिना, अमेरिका

वर्ष २०११ मा सुसमाचार डिकन भएर सेवा गरिरहेको बेला मेरो अगुवा झाङ्ग मिनले अक्सर धर्मसिद्धान्तबारे बोलेर स्वाङ पार्ने गरेको थाहा पाएँ। यो ब्रदर-सिस्टरहरू र उनकै लागि पनि हानिकारक छ भन्ने मलाई थाहा थियो, त्यसैले मैले देखेको समस्या उनलाई औँल्याइदिएँ। अचम्म, उनले एक हप्तामै मलाई हटाइन् र ब्रदर सिस्टरहरूलाई मैले उनीसँग हैसियतका लागि स्पर्धा गरिरहेकाले हटाएको भनिन्। पछि, झाङ्ग मिन ख्रीष्टविरोधी निस्किइन् र मानिसहरूप्रति आक्रमक भएकी र बदला लिएकी, सबै खाले दुष्कर्म गरेकी र पश्चात्ताप नगरेकी भनेर उनलाई निष्कासित गरियो। त्यसपछि मात्रै मलाई फेरि आफ्नो कर्तव्य पूरा गर्न दिइयो। यी कुरा भोगेपछि, मैले मनमनै भनेँ: “अबदेखि मैले आफ्नो मुख सम्हाल्नुपर्छ। थोरै बोल्नुपर्छ, धेरै गर्नुपर्छ र अरूको मामिलामा दखल दिनुहुँदैन। पहिलेजस्तै मेरो मनमा लागेका कुरा कदापि भन्नु हुँदैन। फेरि अर्को ख्रीष्टविरोधीसँग मेरो भेट भयो र संयोगले तिनीहरूलाई चिढ्याएँ, अनि दमन र प्रतिस्थापनमा परेँ भने, मैले फेरि आफ्नो कर्तव्य पूरा गर्न पाउनेछैनँ। तब के मैले मुक्तिको मौका पाउनेछु?” त्यसपछि, अरूसँग अन्तरक्रिया गर्दा म निकै सतर्क र समझदार हुन थालेँ।

पछि, मलाई लियू जियाओका साथ सुसमाचारको काम सम्हाल्न लगाइयो। भेलाका दौरान, लियू जियाओले आफ्नो प्रवेशका सकारात्मक पक्षबारे मात्रै सङ्गति गर्ने गरेको पाएँ, मानौँ उनले धेरै मामिलामा काम गरिसकेकी छिन् र उनीसँग निकै राम्रो कद छ। मैले कहिल्यै उनले आफ्नो भ्रष्टताको विश्लेषण गरेको वा सोबारे बताएको सुनिनँ। मैले आफूलाई रोक्न नसकी उनलाई भनेँ: “हामीले एकअर्कालाई चिनेको धेरै भयो, तर तपाईँले आफ्नो आत्मज्ञानबारे कहिल्यै चर्चा गरेको सुनेकी छैनँ।” तर अचम्म, लियू जियाओ निकै दुःखी भइन् र उनले मुख बिगारिन्। उनले कठोर हुँदै भनिन्: “हामीमा आफूबारे मात्रै ज्ञान हुनु हुँदैन; हाम्रो स्वभाव परिवर्तन भएन भने, आफूबारे रहेका सबै ज्ञान बेकार हुन्छ! अचेल आत्मज्ञानको कुरा कसले पो गर्न सक्दैन र? के तिनीहरू कोही बदलिएका छन्?” यो सुनेर मलाई उनको बुझाइ विकृत रहेको लाग्यो। स्वभाव परिवर्तनका लागि चाहिने मुख्य कुरा आत्मज्ञान हो; आफ्नै भ्रष्टताबारे ज्ञान छैन भने कसरी परिवर्तन हुन सकिन्छ? उनले परमेश्वरका वचनको न्याय र सजाय स्विकारिनन्, र वचनअनुसार आत्मचिन्तन गरिनन्। उनले यस्तो हास्यास्पद कुरा कसरी गर्न सकेकी? त्यसैले, मैले परमेश्वरका वचनअनुसारको मेरो बुझाइबारे उनलाई बताएँ, तर उनले यसलाई स्विकारिनन्, बरु उल्टै मलाई यसो भनिन्: “तपाईँले जतिबेला पनि आत्मज्ञानको चर्चा गरेको सुन्छु, तर के तपाईँ परिवर्तन हुनुभयो? तपाईँ आफूलाई चिन्नुहुन्छ भने, किन अझै भ्रष्टता प्रकट गर्नुहुन्छ?” मलाई उनी निकै विकृत बुझाइ भएकी र सत्यता नस्विकार्ने लाग्यो। त्यसपछि, मप्रतिको लियू जियाओको मनोवृत्ति बदलियो। उनी मलाई उपेक्षा गर्थिन् र मसँग बिरलै बोल्थिन्, यी सबै कुराले मलाई धेरै सङ्कुचित महसुस गरायो। लियू जियाओमा विकृत बुझाइ रहेको र अरूका सुझावरू स्वीकार नगर्ने गरेको देखेर मलाई उनी सुपरिवेक्षक हुन उपयुक्त छैनन् भन्ने लाग्यो र उनको मामिलाबारे अगुवालाई रिपोर्ट गरौँ कि भन्ने सोचेँ, तर फेरि मैले यस्तो सोचेँ: “लियू जियाओ लामो समयदेखिकी विश्वासी हुन् र उनले सुसमाचार सुनाउँदै आइरहेकी छिन्, र हाम्रो अगुवाले पनि उनको उच्च कदर गर्छिन्। मैले यो कर्तव्य भर्खर सुरु गरेकी हो। मैले लियू जियाओको मामिला रिपोर्ट गरेँ भने अगुवाले मलाई के सोच्नेछिन्? उनले मलाई लियू जियाओको डाह गर्ने र गल्ती खोज्ने व्यक्ति पो भन्लिन् कि? आ होस्, समस्या जति कम त्यति राम्रो। पहिले मैले आफ्नै ख्याल गर्नु राम्रो। उनको आत्मज्ञानको कमी र विकृत बुझाइ उनकै समस्या हो र त्यससँग मेरो लिनुदिनु छैन। अबदेखि उनको अघि मैले आफूबारेको बुझाइ बताउने छैन। यसरी उनले मेरो अवगुण भेट्न र मलाई समस्यामा पार्न सक्दिनन्।”

पछि, सीसीपीले विश्वासीहरूविरुद्ध ठूलो, समन्वित कारवाही सुरु गर्‍यो र लियू जियाओले कायर र भयभीत भई सुसमाचार सुनाउन छाडिन्। केही दिनपछि, हाम्रो अगुवाले सुसमाचार कार्यमा हाम्रो प्रगतिबारे सोध्दै पत्र लेखिन्, सुरक्षित रहेसम्म सुसमाचार सुनाइरहन सक्दो गर्नु भन्दै प्रोत्साहित गरिन्। लियू जियाओले भनिन्: “अहिले खतरनाक स्थिति छ। सुसमाचार सुनाउँदै हिँड्दा हामी पक्राउ पर्यौँ भने? हाम्रो अगुवाले यहाँ गलत निर्णय गर्दैछिन्; उनले समस्याजनक निर्णय गरेको यो पहिलो पटक भने होइन।” लियू जियाओले गरेको आलोचनाले अगुवाप्रतिको मेरो रायलाई पनि प्रभावित गर्‍यो। मैले सोचेँ: “सुसमाचार सुनाउँदै गर्दा कोही पक्राउ पर्‍यो भने के गर्ने? कसले जिम्मेवारी लिनेछ? हामी केही समय पर्खनुपर्छ होला।” यत्तिकै, सुसमाचारको काम एक महिनाभन्दा बढी समयसम्म रोकियो। अगुवाले सुसमाचार कार्यको महत्त्वमा जोड दिँदै अर्को पत्र लेखिन् र सुसमाचार कार्य परमेश्वरको आज्ञा भएकोले कहिल्यै रोकिनुहुँदैन भन्ने कुरामा जोड दिइन्। यस खालको प्रतिकूल स्थितिमा पनि, चिनजानका व्यक्ति, आफन्त र साथीहरूलाई सुसमाचार सुनाउन सम्भव थियो। अगुवाले हामीले सुसमाचार कार्य किन रोकेको भनेर पनि सोधिन्। पत्र पढेपछि मलाई हामी अभ्यासको मार्गबाट बहकिएको महसुस भयो, तर लियू जियाओलाई मैले यो पत्र देखाउँदा उनले वेवास्ता गरिन्, उनलाई अलिकति पनि फिक्री थिएन, र हाम्रो गल्ती सुधार्ने इच्छा पनि देखाइनन्। लियू जियाओको मनोवृत्ति देखेर मैले मनमनै यस्तो सोचेँ: “उनी सुसमाचार सुनाउँदिनन् भने म आफै जानेछु।” यो सोचेर, म गएँ र हाम्रा गल्ती सुधार्नेबारे ब्रदर-सिस्टरहरूसँग सङ्गति गरेँ। लियू जियाओ दिनभर आफ्नो कोठामा बस्थिन् र सुसमाचार कार्यबारे वास्ता गर्दिनथिइन्। कहिलेकाहीँ घण्टौँसम्म टीभी हेरिरहन्थिन्। म उनलाई यो कुरा औँल्याउन चाहन्थेँ, तर योभन्दा पहिले उनलाई सुझाव दिँदा उनले नस्विकारेको, ममा देखिएका भ्रष्टता मलाई नै दबाब दिन प्रयोग गरेको त्यसपछि मलाई उपेक्षा गरेको सम्झँदा, महिच्किचाउन थालेँ: “उनको समस्या फेरि बताएँ भने कस्तो जवाफ देलिन्, के थाहा। मैले उनलाई चिढ्याएँ भने उनले मलाई गर्ने उपेक्षालाई सहन निकै पीडादायी हुने थियो! आ होस्, म मेरो मुख बन्द राख्छु र आफ्नै काममा ध्यान दिन्छु।” पछि, हाम्रो अगुवाले अन्य मण्डलीका ब्रदर-सिस्टरहरूले कसरी सुसमाचार सुनाइरहेका छन् र के परिणाम पाएका छन् भन्नेबारे हामीसँग सङ्गति गरिन्। मलाई निकै दोषी महसुस भयो। यो कठिन समय थियो, तर पनि अन्य मण्डलीका ब्रदर-सिस्टरहरू सुसमाचार सुनाउन लागिपरेका थिए। यसबीच, हाम्रो आफ्नै मण्डलीले सुसमाचार कार्य पूरै बन्द गरेको थियो र कुनै परिणाम हासिल गरेको थिएन। म लियू जियाओको व्यवहार र सुसमाचार कार्यको वर्तमान स्थितिबारे अगुवालाई पत्र लेखेर बताउन चाहन्थेँ, तर जसै लेख्नका लागि कलम उठाउँथेँ, त्यो ख्रीष्टविरोधीको निन्दा र दमन सहनु कति नमिठो हुन्छ भन्ने सोच्थेँ अनि हिचकिचाहट हुन्थ्यो: “मैले लियू जियाओको समस्या रिपोर्ट गरेँ भने, के अगुवाले मलाई विश्वास गर्नेछिन्? उनले मेरो विश्वास गरिनन् र मेरो स्थिति छानबिन गरिन् भने, त्यसले मलाई झन् समस्यामा पार्नेछैन र? यसमाथि, म अगुवासँग परिचित छैन; उनी ख्रीष्टविरोधी निस्किइन्, निष्पक्ष रूपमा समस्या हल गर्न सकिनन् र मलाई दमन गरिन् भने के होला? अहिलेको मेरो स्थिर र शान्त कर्तव्य नै ठिक छ। यो समस्या रिपोर्ट गरेर म आफैमाथि समस्या ल्याउन चाहन्न।” यस्तो महसुस गरेर, मलाई फेरि एक पटक चुप लाग्नु नै ठीक लाग्यो। तर हाम्रो काममा लगातार कमजोर नतिजा आइरहेको देख्दा म निकै चिन्तित र अशान्त भइरहेकी थिएँ। म अँध्यारो र पीडामा थिएँ, त्यो स्थितिलाई कसरी अनुभव गर्ने थाहा थिएन। त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, मलाई मार्गदर्शन गर्न र त्यो स्थितिलाई कसरी लिने भनी बुझाउन बिन्ती गरेँ।

एक दिन मैले परमेश्वरका वचनको दुइटा खण्ड पढेँ, जसले मेरो सुन्न हृदयमा केही भावनाजगायो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “स्वार्थी र नीच मानिसहरू आफ्ना कार्यहरूमा झाराटारुवा हुन्छन् र जुन कुराले आफूलाई असर गर्दैन तिनीहरूले त्यसको लागि टाउको दुखाउँदैनन्। तिनीहरूले परमेश्‍वरको घरका हितहरूका बारेमा सोच्दैनन्, न त तिनीहरूले परमेश्‍वरका अभिप्रायहरूको ख्याल नै गर्छन्। आफ्नो कर्तव्य पूरा गर्ने वा परमेश्‍वरको गवाही दिने सन्दर्भमा तिनीहरूमा कुनै बोझ वा जिम्मेवारीको बोध हुँदैन। … कतिपय मानिसहरू यस्ता हुन्छन् जसले जुनसुकै कर्तव्य निर्वाह गर्दा पनि कुनै जिम्मेवारी लिँदैनन्। तिनीहरू आफूले पत्ता लगाएका समस्याहरू तुरुन्तै माथिल्लो तहमा रिपोर्ट गर्दैनन्। मानिसहरूले अवरोध र बाधाहरू सिर्जना गरिरहेको देख्दा, तिनीहरूले आँखा चिम्लिदिन्छन्। दुष्ट मानिसहरूले दुष्टता गरिरहेको देख्दा, तिनीहरूले तिनीहरूलाई रोक्ने प्रयास गर्दैनन्। तिनीहरूले परमेश्‍वरको घरका हितहरूको पटक्कै सुरक्षा गर्दैनन्, वा आफ्नो कर्तव्य र जिम्मेवारी के हो भनी अलिकति पनि ख्याल गर्दैनन्। यस्ता मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्दा, तिनीहरूले कुनै वास्तविक काम गर्दैनन् र तिनीहरू आराममा लिप्त हुन्छन्; तिनीहरू मान्छे खुसी पारिहिँड्ने मानिस हुन्, तिनीहरू केवल आफ्नै आडम्बर, इज्जत, हैसियत, र हितका लागि बोल्छन् र काम गर्छन्, र आफूलाई फाइदा हुने कुराहरूमा मात्रै केही मेहनत र ऊर्जा लगाउन इच्छुक हुन्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो हृदय परमेश्‍वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ)। “यदि तँ हृदयमा बारम्बार दोषको भावनाका साथ जिउँछस्, असहज महसुस गर्छस्, तँमा कुनै शान्ति वा आनन्द छैन, र यदि तँ अक्सर यावत् प्रकारका कुराहरूका बारेमा चिन्तित र व्याकुल हुन्छस् भने, यसले के देखाउँछ? यसले तँ सत्यता अभ्यास गर्दैनस्, र परमेश्‍वरप्रति आफ्नो गवाहीमा दृढ रहँदैनस् भन्ने मात्र देखाउँछ। जब तँ शैतानी स्वभावहरूमाझ जिउँछस्, तब तैँले आफ्नै इच्छाअनुसार काम गर्छस्, सत्यता अभ्यास गर्न मन पराउँदैनस्, र सत्यतालाई धोका समेत दिन्छस्, र आफ्ना लक्ष्यहरू हासिल गर्न कुनै पनि उपाय अपनाउँछस्। तैँले आफ्नो आडम्बर, अभिमान, ख्याति, हैसियत, र स्वार्थहरूको मात्रै रक्षा गर्छस्। के यो स्वार्थी र घृणास्पद हुनु होइन र? जब तँ सधैँ आफ्नै लागि र आफ्नै स्वार्थका लागि जिउँछस्, तब जीवन अत्यन्तै पीडादायी बन्छ। तँसँग धेरै स्वार्थी चाहनाहरू, उल्झन, बन्धन, संशय, र हैरानीहरू हुन्छन्; तँमा अलिकति पनि शान्ति वा आनन्द हुँदैन। भ्रष्ट देहका लागि जिउनु चरम दुःखबाहेक केही होइन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य निर्वाह गरेर जीवन प्रवेश सुरु हुन्छ)। परमेश्वरका वचन पढेपछि मलाई निकै दोषी महसुस भयो। लियू जियाओको समस्या अगुवासमक्ष रिपोर्ट नगर्नुको कारण म धेरै स्वार्थी र घृणित भएकाले हो भन्ने बुझेँ। मैले आफ्नै हितबारे मात्र सोचेँ, शान्तिले आफ्नो कर्तव्य गर्न चाहेँ, अरूलाई चिढ्याउन र आफूलाई समस्यामा पार्नबाट जोगिन खोजेँ। लियू जियाओको बुझाइ विकृत छ र उनले सत्यता स्विकार्दिनन् भन्ने देख्नसाथ मैले उनलाई रिपोर्ट गर्न चाहेकी थिएँ, तर अगुवाले मलाई गलत सम्झिन्छिन्, र म लियू जियाओको डाह गर्छु, उनलाई आक्रमण गर्न उनको गल्ती पक्रेको छु भन्ने सोच्लिन् भन्ने चिन्ता लाग्यो। त्यसैले, म चुप बसेँ। उनले सुसमाचार सुनाउन बन्द गरेकी, दिनभर घरमा टीभी हेरेर बस्ने गरेकी, काममा रुचि नदेखाएकी र आफ्नो हैसियतको लाभ मात्र लिएकी देख्दा मैले तुरुन्तै उनीबारे अगुवालाई रिपोर्ट गर्नुपर्थ्यो, तर मैले आफूलाई जोगाउन चाहेँ र मण्डलीको कामको हितलाई विचार नै गरिनँ। सुसमाचारको काममा हाम्रो नतिजा निकै कमजोर रहेको देख्दा पनि म चुप बसेँ, आफूलाई जतिसुकै दोषी महसुस भए पनि भइरहेको यथार्थ कुरा मैले रिपोर्ट गरिनँ। मैले मुख सिलाएर बसेँ। म साँच्चै स्वार्थी, घृणित र मानवताहीन थिएँ। मलाई परमेश्वरप्रति ऋणी महसुस भयो, सत्यता अभ्यास नगरेर कामको प्रगतिमा लामो समयसम्म ढिलाई भएकोमा आफैलाई घृणा गरेँ।

खोजी गर्ने क्रममा मैले परमेश्वरका वचनको यो खण्ड भेटेँ: “कर्तव्य निर्वाह गर्ने सबैका हकमा, तिनीहरूको सत्यताको बुझाइ जतिसुकै गहन वा सतही भए पनि, सत्यता वास्तविकतामा प्रवेश गर्ने सबैभन्दा सरल अभ्यास भनेको हरेक मोडमा परमेश्‍वरको घरका हितहरूका बारेमा सोच्नु, आफ्ना स्वार्थी चाहनाहरू, व्यक्तिगत नियत, मनसाय, इज्जत, र हैसियतलाई त्याग्नु, र परमेश्‍वरको घरका हितहरूलाई पहिलो स्थानमा राख्नु हो—तिनीहरूले गर्नुपर्ने न्यूनतम कुरा यही हो। यदि कर्तव्य निर्वाह गर्ने व्यक्तिले यति पनि गर्न सक्दैन भने, उसले आफ्नो कर्तव्य निर्वाह गरिरहेको छ भनेर कसरी भन्न सकिन्छ र? त्यो त आफ्नो कर्तव्य निर्वाह गरेको नै भएन। तैँले सर्वप्रथम परमेश्‍वरको घरको हितबारे सोच्नुपर्छ, परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्नुपर्छ, साथै मण्डलीको कामको बारेमा सोच्नुपर्छ। यी कुराहरूलाई नै सबैभन्दा सुरुमा र पहिलो प्राथमिकतामा राख्; त्यसपछि मात्र तैँले तेरो हैसियतको स्थिरता वा अरूले तँलाई कसरी लिन्छन् सोबारे सोच्न सक्छस्। यसलाई दुई चरणमा विभाजन गर, अलिकति सम्झौता गर—के तिमीहरूलाई यसले कामकुरा अलि सजिलो बनाउँछ जस्तो लाग्दैन? यदि तैँले केही समय यसरी अभ्यास गरिस् भने, तँलाई परमेश्‍वरलाई सन्तुष्ट पार्नु गाह्रो कुरा होइन भन्‍ने महसुस हुन थाल्नेछ। यसबाहेक, यदि तैँले आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्छस्; आफ्ना दायित्व र कर्तव्य पूरा गर्न सक्छस्; आफ्ना स्वार्थी चाहना, नियत, र मनसायहरूलाई पन्छाउन सक्छस्; परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्न सक्छस्; र परमेश्‍वरको घरका हितहरू, मण्डलीको काम, र तैँले पूरा गर्नुपर्ने कर्तव्यलाई पहिलो स्थानमा राख्न सक्छस् भने, केही समय यसरी अनुभव गरेपछि, तँलाई यसरी आफूलाई आचरणमा ढाल्नु राम्रो हो, मानिसहरू इमानदार र स्पष्ट तरिकाले जिउनुपर्छ, र तिनीहरूले कायर, फोहोरी, नीच अस्तित्व जिउनु हुँदैन, बरु तिनीहरू सोझो र न्यायवान् हुनुपर्छ भन्‍ने महसुस हुनेछ। तँलाई यो एउटा व्यक्तिले जिउनुपर्ने स्वरूप हो भन्‍ने महसुस हुनेछ। तेरा आफ्नै स्वार्थहरू सन्तुष्ट पार्ने तेरो चाहना क्रमिक रूपमा कम हुँदै जानेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्वरका वचनले मलाई अभ्यासको मार्ग देखाए। मण्डलीको काम र व्यक्तिगत हितबीच चयन गर्नुपर्दा, हामीले सदैव मण्डलीको कामलाई प्राथमिकता दिनुपर्छ। सबभन्दा महत्त्वपूर्ण कुरा भनेको पहिले मण्डलीको कामलाई कायम राख्नु हो। यो हामी सबैले गर्नैपर्ने, पछि हट्न नहुने कर्तव्य हो। मैले परमेश्वरका वचनअनुसार अभ्यास गर्नुपर्थ्यो र उदासीन हुन बन्द गर्नुपर्थ्यो। मैले हाम्रो कामका समस्यालाई अगुवासमक्ष तत्काल रिपोर्ट गर्नुपर्थ्यो। लियू जियाओको व्यवहारमा साँच्चै कुनै समस्या भएको भए अगुवा र सेवकहरूले त्यसलाई तुरुन्त हल गरेर काममा कुनै ढिलाइ हुन दिनेथिएनन्। कुनै मामिलालाई मैले गलत बुझेको थिएँ भने खोजी गरेर मैले आफ्नो कमीकमजोरी सुधार गर्न सक्थेँ। अगुवा र सेवकहरूले मलाई कसरी हेहेर्लान् भन्ने कुरा यी कुराभन्दा कम महत्त्वपूर्ण थिए। यी सबै कुरा बुझेपछि मलाई केही बढी स्वतन्त्र महसुस भयो, र अगुवालाई लियू जियाओको स्थितिबारे विस्तृत विवरण दिएँ। तर दुई हप्ता बितिसक्दा पनि कुनै प्रतिक्रिया लागू भएको मैले देखिनँ। मैले मनमनै सोचेँ: “के मैले यी मामिलाबारे गरेको रिपोर्टलाई अगुवाले गम्भीरतापूर्वक लिइन्? उनी यी मामिला सुल्झाउन किन आएकी छैनन्? के उनलाई लियू जियाओको व्यवहारमा कुनै समस्या छैन र मैले गलत रिपोर्ट गरेँ भन्ने लाग्छ?” मलाई निकै चिन्ता लाग्यो र यी मामिलाबारे अर्को अगुवालाई रिपोर्ट गर्न चाहेँ, तर फेरि मैले सोचेँ: “यो मामिला एउटा अगुवालाई रिपोर्ट गरिसकेकोले मैले मेरो कर्तव्य पूरा गरेको छु। मैले मुख चलाउन हुँदैन; अन्यथा, म सावधान भइनँ भने म कसैलाई चिढ्याउन पुग्नेछु, अनि मलाई दमन र दण्डित गरिनेछ।” मैले यो मामिलाबारे थप सोधखोज गर्न चाहिनँ, तर पनि निकै दोषी महसुस भइरहेको थियो। मैले मनमनै सोचेँ: “मैले सत्यता खोज्न र मण्डलीको कामलाई कायम राख्न यी मामिला रिपोर्ट गरिरहेकी हो, मैले कसैको जीवन कठिन बनाउन खोजिरहेकी होइन। परमेश्वरले सबै थोकलाई जाँच गर्नुहुन्छ, त्यसैले मैले चिन्ता गर्नुपर्ने के छ र? मामिलाहरू रिपोर्ट गर्ने बारेमा मेरो मुख सिइएझैँ गरेर म सधैँ किन यति धेरै सतर्क र अनिर्णित हुन्छु?” म खोजी र प्रार्थना गर्नपरमेश्वरसामु आएँ, मेरा आफ्नै मामिलाहरू बुझ्न, आफैविरुद्ध विद्रोह गर्न र सत्यता अभ्यास गर्न मार्गदर्शन गर्नुहोस् भनेँ।

पछि, मैले परमेश्वरका वचनको दुइटा खण्ड पढेँ, जसले मलाई आफूबारे केही ज्ञान दिए। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “यस्ता ख्रीष्टविरोधी मानिसहरूले परमेश्‍वरको धार्मिकता र स्वभावलाई सधैँ धारणा, शङ्का, र प्रतिरोधको आधारमा लिन्छन्। तिनीहरूले सोच्छन्, ‘परमेश्‍वर धर्मी हुनुहुन्छ भन्‍ने त सिद्धान्त मात्र हो। यो संसारमा धार्मिकता भन्‍ने कुनै कुरा छ र? मेरो जीवनको यतिका वर्षमा, मैले एकपटक पनि यस्तो कुरा भेटेको वा देखेको छैन। संसार अति अँध्यारो र दुष्ट छ, र दुष्ट मानिसहरू र पिशाचहरू सफल भएका र सन्तुष्टिमा जिइरहेका छन्। तिनीहरू जेको लायक छन् त्यो तिनीहरूले पाएको मैले देखेको छैनँ। यसमा परमेश्‍वरको धार्मिकता कहाँ छ म देख्‍न सक्दिनँ; मलाई त सङ्का लाग्छ, के परमेश्‍वरको धार्मिकता साँच्‍चै अस्तित्वमा छ त? यसलाई कसले देखेको छ? कसैले पनि देखेको छैन, र कसैले पनि यसलाई पुष्टि गर्न सक्दैन।’ तिनीहरूले मनमनै यस्तै विचार गर्छन्। तिनीहरूले परमेश्‍वरको सबै काम, उहाँका सबै वचनहरू, र उहाँका योजनाबद्ध सबै कार्यहरूलाई उहाँ धर्मी हुनुहुन्छ भन्‍ने जगको आधारमा स्विकार्दैनन्, बरु सधैँ शङ्का र टीकाटिप्पणी गरिरहेका हुन्छन्, सधैँ धारणाहरूले भरिएर बस्छन् तर तिनीहरूले कहिल्यै सत्यता खोजी गरेर समाधान गर्दैनन्। ख्रीष्टविरोधीहरूले सधैँ यसरी नै परमेश्‍वरमा विश्‍वास गर्छन्। … सामान्य अवस्थामा, मानिसहरूले यस्तो कुरा देख्‍न सक्दैनन्, तर जब तिनीहरूलाई केही आइपर्छ, तब ख्रीष्टविरोधीको कुरूपताको पर्दाफास हुन्छ। दुम्सीले काँडा ठाडो पारेर आफूलाई रक्षा गरेजस्तै, तिनीहरूले आफूलाई सारा शक्तिले रक्षा गर्छन्, र कुनै पनि जिम्मेवारी लिन चाहँदैनन्। यो कस्तो प्रकारको मनोवृत्ति हो? के यो परमेश्‍वर धर्मी हुनुहुन्छ भनेर नपत्याउने मनोवृत्ति होइन र? तिनीहरू परमेश्‍वरले सबै कुराको छानबीन गर्नुहुन्छ वा उहाँ धर्मी हुनुहुन्छ भन्‍ने कुरा विश्‍वास गर्दैनन्; तिनीहरूले आफूलाई रक्षा गर्न आफ्‍नै विधिहरू अपनाउन चाहन्छन्। तिनीहरूले यस्तो विश्‍वास गर्छन्, ‘मैले आफ्‍नो रक्षा गरिनँ भने, कसैले मेरो रक्षा गर्नेछैन। परमेश्‍वरले पनि मेरो रक्षा गर्न सक्‍नुहुन्‍न। तिनीहरू त उहाँ धर्मी हुनुहुन्छ भनी भन्छन्, तर मानिसहरू समस्यामा पर्दा, के उहाँले तिनीहरूसँग साँच्‍चै निष्पक्ष व्यवहार गर्नुहुन्छ त? पक्‍कै गर्नुहुन्‍न—परमेश्‍वरले त्यसो गर्नुहुन्‍न।’ समस्या वा सतावटको सामना गर्दा, तिनीहरूले सहयोग नपाएको अनुभव गर्छन्, र सोच्छन्, ‘अनि, परमेश्‍वर खोइ त? मानिसहरूले उहाँलाई देख्‍न वा छुन सक्दैनन्। कसैले पनि मलाई सहयोग गर्न सक्दैन; कसैले पनि मलाई इन्साफ दिन र मेरो लागि निष्पक्षता कायम राख्न सक्दैन।’ तिनीहरूले आफूलाई रक्षा गर्ने एउटै उपाय भनेको आफ्‍नै विधिहरूको प्रयोग गर्नु मात्र हो, नत्र तिनीहरूले क्षति, हेपाइ र उत्पीडन भोग्नेछन् र परमेश्‍वरको घरमा पनि यसको अपवाद हुँदैन भन्‍ने सोच्छन्। ख्रीष्टविरोधीलाई केही आइपर्नुभन्दा पहिले नै उसले आफ्ना लागि सबथोकको योजना बनाइसकेको हुन्छ। एकातिर, उसले आफूलाई यति शक्तिशाली व्यक्तिको भेष ओढाउन कडा प्रयास गर्छ कि कसैले पनि उसलाई दुःख दिने, निहुँ खोज्ने, वा धम्काउने आँट नै गर्दैन। अर्कोतिर ऊ हरेक मोडमा शैतानका दर्शनहरू र त्यसको अस्तित्वका नियमहरू पालना गर्छ। मुख्यतः ती के-के हुन्? ‘अरूको होइन आफ्‍नै दुनो सोझ्याउनुपर्छ,’ ‘जुन कुराले आफूलाई असर गर्दैन त्यसको लागि टाउको दुखाउनु हुँदैन,’ ‘बुद्धिमान मानिसहरू आत्मरक्षामा सिपालु हुन्छन्, तिनीहरू गल्ती गर्नबाट जोगिन मात्रै खोज्छन्,’ परिस्थितिले दिएअनुसार व्यवहार गर्ने, चतुर र धूर्त हुने, ‘आइनलागिञ्‍जेल जाइलागिँदैन,’ ‘सद्भाव खजाना हो; धैर्यता सान हो,’ ‘अरूको भावना र तर्कसँग मिल्‍ने कुरा गर्नू, किनभने हकी कुरा गर्दा अरूलाई रिस उठ्छ,’ ‘बुद्धिमानी मानिस परिस्‍थितिअनुसार चल्छ,’ र यस्तै अन्य शैतानी दर्शनहरू। तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्, तर शैतानका दर्शनहरूलाई सकारात्मक कुराझैँ स्विकार्छन्, ती कुराले तिनीहरूलाई रक्षा गर्न सक्नेछन् भन्ने ठान्छन्। तिनीहरू यी कुराअनुसार जिउँछन्; तिनीहरू कसैसित सत्यता बोल्दैनन्, तर सधैँ खुसी पार्ने, प्यारो बनाउने, र चिल्लो घस्ने कुरा भन्छन्, कसैलाई चिढ्याउँदैनन्, आफूलाई प्रदर्शन गर्ने तरिकाहरू सोच्छन् ताकि अरूले आफूलाई सम्मान गरून्। तिनीहरू ख्याति, प्राप्ति र हैसियतसम्‍बन्धी तिनीहरूको आफ्नो पछ्याइमा मात्रै वास्ता गर्छन्, र मण्डलीको काम कायम राख्न केही पनि गर्दैनन्। कसैले कुनै खराब काम गरे पनि र परमेश्‍वरको घरका हितहरूमा हानि गरे पनि, तिनीहरूले त्यस्ता मानिसहरूको खुलासा वा रिपोर्ट गर्ने गर्दैनन्, बरु देखे पनि नदेखेको जस्तो गर्छन्। परिस्थिति सम्‍हाल्‍ने तिनीहरूका सिद्धान्तहरू र आफू वरपर घट्ने घटनाहरूलाई हेर्ने तिनीहरूको तरिकाको आधारमा हेर्दा, के तिनीहरूसित परमेश्‍वरको धर्मी स्वभावको ज्ञान छ त? तिनीहरूलाई त्यसमा कुनै विश्‍वास छ? तिनीहरूसित कुनै विश्‍वास छैन। यहाँ ‘छैन’ को अर्थ तिनीहरूलाई यसबारेमा थाहै हुँदैन भन्‍ने होइन, बरु तिनीहरूको हृदयमा परमेश्‍वरको धर्मी स्वभावबारे शङ्काहरू छन् भन्‍ने हुन्छ। तिनीहरूले परमेश्‍वर धर्मी हुनुहुन्छ भन्‍ने कुरालाई न स्वीकार गर्छन् न त मान्यता नै दिन्छन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग एक))। “कतिपय मानिस ख्रीष्टविरोधीहरूको प्रतिकारदेखि डराउँछन् र तिनीहरूको खुलासा गर्ने आँट गर्दैनन्। के यो मूर्खता होइन र? तँ परमेश्‍वरको घरका हितको रक्षा गर्न सक्दैनस्, यसले अन्तर्निहित रूपमा तँ परमेश्‍वरप्रति बफादार छैनस् भन्ने देखाउँछ। तँ कुनै ख्रीष्टविरोधीले तँलाई प्रतिकार गर्न फाइदा उठाउँछ कि भनेर डराउँछस्—समस्या के हो? के तैँले परमेश्‍वरको धार्मिकतामा भरोसा नगरेको हुन सक्छ? के तँलाई परमेश्‍वरका घरमा सत्यताको शासन चल्छ भन्ने थाहा छैन? कुनै ख्रीष्टविरोधीले तँभित्र भ्रष्टताका केही समस्या भेट्टाएर त्यसबारे साह्रै नाटीकुटी गरे पनि तँ डराउनु पर्दैन। परमेश्‍वरका घरमा समस्याहरू सत्यता सिद्धान्तका आधारमा हल गरिन्छ। कुनै व्यक्तिले अपराध गर्दैमा ऊ दुष्ट व्यक्ति हुँदैन। परमेश्‍वरको घरले कुनै व्यक्तिलाई क्षणिक भ्रष्टता देखाएकोमा वा कहिलेकाहीँ अपराध गरेकोमा कहिल्यै तह लगाउने गर्दैन। परमेश्‍वरको घरले ती ख्रीष्टविरोधी र दुष्ट मानिसहरूलाई निराकरण गर्छ जसले निरन्तर रूपमा बाधा सिर्जना गर्छन् र दुष्टता गर्छन्, अनि जसले अलिकति पनि सत्यता स्विकार्दैनन्। परमेश्‍वरको घरले असल व्यक्तिलाई कहिल्यै अन्याय गर्नेछैन। यसले हरव्यक्तिलाई निष्पक्ष व्यवहार गर्छ। झुटा अगुवा वा ख्रीष्टविरोधीहरूले असल व्यक्तिलाई गलत आरोप लगाए पनि, परमेश्‍वरको घरले उसलाई निर्दोष साबित गर्नेछ। ख्रीष्टविरोधीहरूको खुलासा गर्न सक्ने र इन्साफको बोध भएको असल व्यक्तिलाई मण्डलीले कहिल्यै निकाल्ने वा ठिक पार्ने काम गर्नेछैन। मानिसहरू ख्रीष्टविरोधीहरूले आफूविरुद्ध प्रतिकार गर्न फाइदा उठाउँछन् कि भनी सधैँ डराउने गर्छन्। तर के तँलाई परमेश्‍वरलाई चिढ्याएर उहाँद्वारा तिरस्कृत हुने कुरामा डर लाग्दैन?(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग आठ))। परमेश्वरले ख्रीष्टविरोधीहरू कसरी परमेश्वरको धार्मिकतामा विश्वास गर्दैनन् र उहाँले कसरी सबै थोकको जाँच गर्नुहुन्छ भनेर खुलासा गर्नुहुन्छ। तिनीहरू जीवनका सबै पक्षमा आफ्नै सांसारिक दर्शनअनुसार चल्छन्, आफूलाई जोगाउन आफ्नै विधि प्रयोग गर्छन्, अनि निकै चलाख र धूर्त हुन्छन्। परमेश्वरका वचनको प्रकटीकरणसँग आफूलाई तुलना गर्दा, मैले आफूलाई ख्रीष्टविरोधीभन्दा फरक नभएको पाएँ। ममा परमेश्वरको धर्मी स्वभावको कुनै ज्ञान थिएन, मैले परमेश्वरको घरमा सत्यताको शासन हुन्छ भन्ने विश्वास गरिनँ, र सबै पक्षमा संसारसँग व्यवहार गर्ने शैतानी दर्शनअनुसार जिएँ। बच्चा हुँदा मेरा आमाबुबले मलाई सधैँ चेतावनी दिनुहुन्थ्यो, “मूर्खको मुखले उसको विनाश गर्छ, संसारमा कर्म गरेर देखाउनुपर्छ।” म ठूलो भएर काम गर्न थालेपछि, मैले समाजमा अन्धकार, दुष्ट्याइँ र अन्याय देखेँ, अनि बाठो र चतुर हुन सिकेर, चापलुसी गरेर र सत्य नबोलेर मात्रै मैले आफ्नो रक्षा गर्न र शान्तिसँग जीवन जिउन सक्छु भन्ने विश्वास गरेँ। “मौनता एक गहना हो, धेरै बोले गल्ती हुन्छ नानाभाँती” र “कुनै कुरा गलत छ भन्ने थाहा छ भने त्यो नभनेकै बेस” जस्ता संसारसँग व्यवहार गर्ने शैतानी दर्शन मेरा आचरणका सिद्धान्त बनेका थिए। यिनै पन्थअनुसार मेरो जीवन चलेको थियो, अनि म बोल्ने कुरामा मितभाषी र अनिच्छुक मात्र होइन, निकै स्वार्थी, उदासीन, धूर्त र चलाख पनि बनेकी थिएँ। कुनै विषयबारे अन्तर्दृष्टि हुँदा पनि म सजिलै आफ्नो विचार व्यक्त गर्दिनथेँ। म अन्तर्मनका कुरा बताउँदिनथेँ वा इमानदार भएर बोल्दिनँथेँ, र गलत कुरा बोलुँला, कसैलाई चिढ्याउँला र आफूलाई समस्यामा पारुँला कि भनेर सधैँ चिन्ता गर्थेँ। आस्थामा प्रवेश गरेपछि पनि मैले आफूलाई जोगाउन शैतानी दर्शन प्रयोग गरिरहेकी थिएँ। कसैलाई चिढ्याएर आफैलाई समस्यामा पार्नबाट जोगिन मैले आफैलाई कर्म धेरै गर्नु छ, र कम बोल्नु छ भनेर भन्थेँ। मैले लियू जियाओ सुपरिवेक्षक भएर काम गर्न उपयुक्त नरहेकी भन्ने देखेपछि, मलाई यसबारे तुरुन्तै मेरो अगुवालाई रिपोर्ट गर्नुपर्छ भन्ने थाहा थियो, तर अगुवाले यो मामिला निष्पक्ष रूपमा सम्हाल्न सक्दिनन्, मलाई दमन र दण्डित गरिनेछ भन्ने चिन्ता लाग्यो। त्यसैले आफूलाई जोगाउन म चुप बसेँ, एउटा पनि इमानदार कुरा गर्ने हिम्मत गरिनँ। म निकै स्वार्थी, धूर्त, चलाख थिएँ, ममा अतिकति पनि न्यायको भावना थिएन। म घृणित र तुच्छ तरिकाले जिइरहेकी थिएँ। वास्तवमा, मेरो आफ्नै अनुभवबाट मैले के देख्न सकेकी थिएँ भने, एउटा अगुवालाई सुझाव दिएपछि मलाई दमन गरिएको र हटाइएको भएपनि, केही समयपछि त्यही अगुवा ख्रीष्टविरोधी निस्केर निष्कासित भएकी थिइन्। त्यसपछि, मैले फेरि आफ्नो कर्तव्य पूरा गर्न थालेकी थिएँ, र त्यो ख्रीष्टविरोधीबाट केही समय गरिएको दमनका करण सत्यता पछ्याउने र मुक्ति पाउने अवसरलाई गुमाइनँ। मैले आफैले परमेश्वरको घरमा सत्यता र धार्मिकताले कसरी शासन गर्दछ भन्ने देखेँ। परमेश्वरको घरले निष्पक्ष रूपमा र सत्यता सिद्धान्तहरूअनुसार सबथोक सम्हाली र सबै मानिहरूलाई व्यवहार गरी कसैलाई अन्याय गरिएको छैन भन्ने सुनिश्चित गर्दछ। तैपनि, स्वभावले नै म निकै दुष्ट र धूर्त थिएँ, र ममा परमेश्वरको धार्मिकताबारे कुनै ज्ञान थिएन। म परमेश्वरको घर समाजजस्तो हो, र अगुवा एवम् सेवकहरू सरकारी अधिकारी जस्ता हुन् भन्ने ठान्थेँ। तिनीहरूलाई चिढ्याएँ भने मण्डलीमा मेरो लागि ठाउँ हुनेछैन भन्ने लाग्थ्यो। यी सोच र दृष्टिकोणहरू कति खराब थिए!

त्यसपछि, मैले परमेश्वरका वचनको अर्को दुइटा खण्ड भेटेँ: “तँभित्र संसारसँग व्यवहार गर्ने दर्शनहरू कति छन्? के तैँले तिनलाई फालेको छस्? यदि तेरो हृदय परमेश्‍वरतर्फ पूर्ण रूपमा फर्किन सक्दैन भने, तँ परमेश्‍वरद्वारा चुनिएको होइनस्—तँ शैतानबाट आएको होस्, अन्त्यमा तँ शैतानतर्फै फर्कनेछस्, र तँ परमेश्‍वरका मानिसहरूमध्येको एक हुन लायक छैनस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरसँग सामान्य सम्बन्ध स्थापित गर्नु अति नै महत्त्वपूर्ण छ)। “म प्रत्येक व्यक्तिको गन्तव्य निजको उमेर, वरिष्ठता, वा कष्टको परिमाणका आधारमा निर्धारित गर्दिनँ, ऊ कति दयनीय छ भन्ने कुराका आधारमा त झनै गर्दिनँ, बरु ऊसँग सत्यता छ कि छैन भन्‍ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन। परमेश्‍वरको इच्छालाई नपछ्याउने सबैले विना कुनै अपवाद दण्ड पाउनेछन् भनेर तिमीहरूले बुझ्नैपर्छ। यो कुनै व्यक्तिले परिवर्तन गर्न नसक्ने कुरा हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्)। परमेश्वरका वचन मनन गरेर मैले के बुझेँ भने कुनै विश्वासीले मुक्ति पाउँछ कि पाउँदैन भन्ने कुरा उसँग सत्यता छ छैन र त्यसलाई अभ्यास गर्छ गर्दैन भन्ने कुराले निर्धारण गर्दछ। कुनै व्यक्ति आफ्नो आस्थामा सत्यताअनुसार जिउन सक्दैन, यसको साटो संसारसँग व्यवहार गर्ने शैतानी दर्शन पालन गर्दछ भने ऊ शैतानको हो, परमेश्वरको होइन। बाहिरी रूपमा उसले महत्त्वपूर्ण कर्तव्य पूरा गरेपनि वा अगुवाले उसलाई राम्रो सोचेपनि उसले सत्यता अभ्यास नगर्ने भएकाले र सत्यता प्राप्त नगरेकाले उसलाई अन्ततः परमेश्वरले निकाल्नुहुन्छ। लियू जियाओले मण्डलीको काममा बाधा व्यवधान गरेको मैले स्पष्टसँग देखेकी थिएँ, तर मैले अगुवालाई यसबारे रिपोर्ट गर्न सकिनँ, एउटा ख्रीष्टविरोधीबाट म दमनमा पर्नेछु र कर्तव्य गुमाउनेछु भनी डराएँ, जसको अर्थ मैले मुक्ति पाउने अवसर गुमाउनु हुनेथ्यो। मेरो सोच कति मूर्खतापूर्ण र हास्यास्पद थियो! मुक्ति पाउने मेरो क्षमता अरूले निर्धारण गर्नसक्ने थिएनन्; यो म सत्यता अभ्यास गर्छु गर्दिनँ भन्ने आधारमा निर्धारण हुनेथियो। म शैतानी दर्शनअनुसार जिइराखेमा, आफ्नो रक्षा गर्दै मण्डलीको कामलाई कायम नराखेमा, मैले मेरो कर्तव्य निर्वाह गरेको भए पनि मुक्ति पाउनेथिइनँ। यो बुझेपछि मलाई निकै ग्लानि र दोषी महसुस भयो। त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, मलाई सत्यता अभ्यासमा, र इमानदार र सादा व्यक्ति बन्न मार्गदर्शन गर्न बिन्ती गरेँ।

खोजी र चिन्तन गरेर मैले के पनि बुझेँ भने, मामिला रिपोर्ट गरेमा अगुवाले मलाई दमन गर्नेछिन् भनी म डराउनुको कारण मैले परमेश्वरको सर्वशक्तिमान् सार्वभौमिकता नबुझ्नु, परमेश्वरबाट सिर्जित परिस्थिति नस्विकार्नु, र यसको साटो म बढी हस्तक्षेपकारी भएकाले ती घटना भएका हुन् भनेर ठान्नु थियो। के यो एउटा गैरविश्वासीको दृष्टिकोण थिएन र? मैले परमेश्वरका वचनको यो खण्ड देखेँ: “ख्रीष्टविरोधी र दुष्ट मानिसहरू केही मण्डलीमा देखा पर्छन् र बाधा सिर्जना गर्छन्, र त्यसो गर्ने क्रममा तिनीहरूले केही मानिसहरूलाई बहकाउँछन्—के यो राम्रो कुरा हो कि नराम्रो? के यो परमेश्‍वरको प्रेम हो, कि परमेश्‍वरले मानिसहरूसँग खेल्दै तिनीहरूलाई प्रकट गर्नुभएको हो? तैँले यो बुझ्न सक्दैनस् नि, हैन र? परमेश्‍वरले आफूले मुक्ति दिन चाहेका मानिसहरूलाई सिद्ध पार्न र मुक्ति दिन सबै घटना र कामकुराहरूलाई सेवामा ल्याउनुहुन्छ, र साँच्चिकै सत्यता खोज्ने र सत्यता अभ्यास गर्नेहरूले अन्त्यमा सत्यता प्राप्त गर्छन्। तर सत्यता नखोज्ने कतिपयले यसो भन्दै गुनासो गर्छन्, ‘परमेश्‍वरले यस तरिकाले काम गर्नु ठिक होइन। यसले मलाई अत्यन्तै कष्ट दिन्छ! म झण्डै ख्रीष्टविरोधीहरूसँग मिल्न पुगेँ। यदि यो साँच्चिकै परमेश्‍वरले नै बन्दोबस्त गर्नुभएको हो भने, उहाँले कसरी मानिसहरूलाई ख्रीष्टविरोधीहरूसँग मिल्न दिन सक्नुहुन्छ?’ यहाँ के भइरहेको छ? तैँले ख्रीष्टविरोधीहरूलाई नपछ्याउनुले तँमाथि परमेश्‍वरको सुरक्षा छ भन्‍ने प्रमाणित हुन्छ; यदि तँ ख्रीष्टविरोधीहरूसँग मिल्न गइस् भने, त्यो परमेश्‍वरप्रति विश्‍वासघात हो र त्यसउप्रान्त परमेश्‍वरले तँलाई चाहनुहुन्न। त्यसैले, यी ख्रीष्टविरोधी र दुष्ट मानिसहरूले मण्डलीमा बाधा पुर्‍याउनु राम्रो कुरा हो कि नराम्रो? बाहिरबाट हेर्दा, यो नराम्रो कुराजस्तो देखिन्छ, तर जब यी ख्रीष्टविरोधी र दुष्ट मानिसहरू प्रकट हुन्छन्, तब तेरो खुट्ट्याउने क्षमता बढ्छ, तिनीहरूलाई सफा गरिन्छ र तेरो कद वृद्धि हुन्छ। जब तैँले भविष्यमा फेरि यस्ता मानिसहरू सामना गर्छस्, तब तिनीहरूले आफ्नो साँचो रङ्ग देखाउनुपहिले नै तैँले तिनीहरूलाई खुट्ट्याउन सक्नेछस्, र तैँले तिनीहरूलाई अस्वीकार गर्नेछस्। यसले तँलाई पाठहरू सिक्न र लाभ प्राप्त गर्न मद्दत गर्नेछ; तैँले ख्रीष्टविरोधीहरू खुट्ट्याउन जान्नेछस् र त्यसउप्रान्त तँ शैतानको बहकाउमा पर्नेछैनस्। त्यसैले, भन् त, के ख्रीष्टविरोधीहरूले मानिसहरूलाई बाधा दिनु र बहकाउनु राम्रो कुरा होइन र? यो चरणसम्म अनुभव गरेपछि मात्र मानिसहरूले देख्न सक्छन् कि परमेश्‍वरले तिनीहरूका धारणा र कल्पनासँग मिल्दो काम गर्नुभएको छैन, र उहाँका चुनिएका मानिसहरूलाई सिद्ध पार्न उहाँले शैतानलाई आफ्नो सेवामा प्रयोग गर्न सक्नुहोस् भनेर नै उहाँले ठूलो रातो अजिङ्गरलाई उन्मादपूर्वक बाधा सिर्जना गर्न र ख्रीष्टविरोधीहरूलाई परमेश्‍वरका चुनिएका मानिसहरूलाई बहकाउन दिनुहुन्छ, अनि त्यसपछि मात्र मानिसहरूले परमेश्‍वरका श्रमसाध्य अभिप्रायहरू बुझ्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना धारणाहरूलाई समाधान गरेपछि मात्र व्यक्ति परमेश्‍वरमा विश्‍वास गर्ने सही बाटोमा प्रवेश गर्न सक्छ (१))। परमेश्वरका वचनबाट मैले के बुझेँ भने परमेश्वरले नै ख्रीष्टविरोधीलाई मण्डलीमा आउने अनुमति दिनुहुन्छ, ताकि हामीले सत्यता र समझ प्राप्त गर्न, र शैतानको छल र नियन्त्रणबाट मुक्त हुन सकौँ। ख्रीष्टविरोधीसँग हाम्रो भेट भएन भने, तिनीहरूलाई चिन्ने तरिका सिक्नेछैनौँ, ख्रीष्टविरोधीको छलमा पर्ने जोखिममा रहिरहन्छौँ। त्यो ख्रीष्टविरोधीको दमनमा परेर मैले ख्रीष्टविरोधीबारे केही समझ प्राप्त गरेँ, र मेरो आफ्नै ख्रीष्टविरोधी स्वभावबारे पनि मनन गरी ज्ञान प्राप्त गरेँ। त्यो समयमा, म सधैँ कर्तव्यमा हैसियत खोजिरहन्थेँ, म चाहना र मह्त्त्वाकाङ्क्षाले भरिएकी थिएँ। म ख्रीष्टविरोधीको मार्गमा हिँड्दै थिएँ, तैपनि, मलाई यसो गरिरहेको छु भन्ने थाहै थिएन। त्यो ख्रीष्टविरोधीको दमनमा परेर हटाइएपछि मात्र मैले आत्मचिन्तन गर्न सुरु गरेँ। परमेश्वरका वचनको अन्तर्दृष्टि र प्रकाशबाट मैले हैसियत खोज्नु भनेको बर्बादीको बाटो हो भन्ने बुझेँ। मैले के पनि जानेँ भने हाम्रो आस्थामा हामीले सिर्जित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्ने प्रयास गर्नुपर्छ—हामीले पछ्याउनुपर्ने कुरा यही हो। म सत्यता पछ्याउनमा केन्द्रित हुन थालेँ, र मलाई जुनसुकै कर्तव्य दिइँदा पनि आफ्नो सक्दो गर्न सचेत भई काम गर्थेँ। यो सानो परिवर्तन परमेश्वरको मुक्ति र महान् सुरक्षा थियो। केही हदसम्म कष्ट भोगे पनि, यस क्रममा मैले धेरै सिकेँ, र यो मेरो जीवनका लागि सबैभन्दा लाभदायक थियो। मैले जति धेरै मनन गरेँ, त्यति नै स्पष्ट हुँदै गएँ—मलाई थाहाथियो, मैले गर्नुपर्ने कुरा भनेको कर्तव्य र जिम्मेवारी पूरा गर्नु, अवस्थाबारे मैले बुझेका कुरा अगुवाहरूलाई रिपोर्ट गर्नु हो। जहाँसम्म अगुवाहरूले मलाई कस्तो व्यवहार गर्लान् र मैले कस्तो परिस्थिति सामना गरुँला भन्ने कुरा छ, यी सबै कुरा परमेश्वरको अनुमतिले हुने थियो। मैले आफूलाई परमेश्वरको हातमा सुम्पेर उहाँको सार्वभौमिकता र बन्दोबस्तमा समर्पित हुनुपर्छ। त्यसैले मैले यो मामिला अर्को अगुवालाई रिपोर्ट गरेँ।

मेरो पत्र प्राप्त गरी मेरो रिपोर्ट पुष्टि गरेपछि, ती अगुवाले लियू जियाओलाई तुरुन्तै हटाइन्। यो सबै कुराले म भावनामा डुब्न पुगेँ। लियू जियाओमा समस्या छ भनेर देखेदेखि मैले अगुवालाई रिपोर्ट गर्दासम्म मैले दुई महिनाभन्दा धेरै ढिलो गरेकी थिएँ। ती दुई महिनामा सुसमाचारको काम कसरी प्रभावित र ढिलो भएको थियो भन्ने सोचेर मलाई निकै ग्लानि र दोषी महसुस भयो, र शैतानबाट म गहिरोसँग भ्रष्ट पारिएको र आफू स्वार्थी एवम् धूर्त भएकोमा मैले आफैलाई घृणा गरेँ। संसारसँग व्यवहार गर्ने शैतानी दर्शनअनुसार जिउँदा मैले आफैलाई मात्र हानि गरिनँ, मण्डलीको कामलाई पनि असर गरेँ। परमेश्वरका वचन पढेपछि मात्र मैले केही आत्मज्ञान पाएँ, हैसियत र अख्तियारीबाट सङ्कुचित हुन छोडेँ र मौजुदा मामिलाबारे इमानदार भएर रिपोर्ट गरेँ। परमेश्वरलाई धन्यवाद!

सम्बन्धित विषयवस्तु

धारणा र कल्पनाको आधारमा राखिने आस्थाको परिणाम

ची झाओ, चीनसन् २००४ मा, परमेश्‍वरको अनुग्रहले मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गरेँ। ब्रदर-सिस्टरहरूसँगको भेलामा,...

आफूले काममा लगाएका मानिसहरूलाई कहिल्यै शङ्का नगर्दा के हुन्छ

गत वर्ष, म मण्डलीको मलजल र सुसमाचार कामको सुपरभाइजर थिएँ। मैले यो काम भर्खरै सुरु गरेकी हुनाले, कामका धेरै कुराबारे मलाई थाहा थिएन, त्यसैले...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्