म सत्यताप्रति दिक्क मान्छु भन्‍ने देख्दा

16 डिसेम्बर 2024

एलिसन, युएसए

एक दिन, मैले भर्खरै मण्डलीमा आबद्ध भएका एक नयाँ विश्‍वासीले दुईपटक भेलामा आउन छुटाएको थाहा पाएँ, र समूह अगुवालाई किन यसो भयो भनेर सोधेँ, तर समूह अगुवाले प्रतिक्रिया दिइनन्। पछि, ती नयाँ विश्‍वासी फेरि भेलाहरूमा आउन थालेको देखेँ, त्यसकारण मैले समूह अगुवालाई यसको कारण सोधिनँ। मैले सोचेँ, “नयाँ विश्‍वासीले भेलामा नियमित सहभागिता जनाएसम्म, त्यो ठीकै हुन्छ। अहिले म मेरो कर्तव्यमा अत्यन्तै व्यस्त छु, र विस्तृत रूपमा सबै कुरा हेर्न निकै समय र शक्ति लाग्छ। समय पाएपछि यसबारे सोधौँला।” त्यसकारण, मैले यो मामिला बिर्सेँ। पछि अर्को एउटा भेलामा, मैले ती नयाँ विश्‍वासी बीचैमा निस्केर गएको देखेँ। मैले समूह अगुवालाई किन यसो भयो भनेर सोधेँ, तर उनले अझै पनि मलाई उत्तर दिइनन्, र मैले त्यो मामिलाको वास्तविकता खोतल्‍न कहिल्यै सकिनँ। म ती नयाँ विश्‍वासीलाई उनमा कुनै नराम्रो स्थिति वा कठिनाइहरू छन् कि भनेर सोध्‍न पनि गइनँ। केही समयपछि, ती नयाँ विश्‍वासी लागातार धेरैपटक भेलामा सहभागी नभएको थाहा पाएँ। त्यो बेलादेखि मलाई चिन्ता लाग्‍न थाल्यो। मैले तुरुन्तै ती नयाँ विश्‍वासीलाई सम्पर्क गरेँ, तर उनले जबाफ दिइनन्। ती नयाँ विश्‍वासीले मण्डली छोड्लिन् भन्‍ने चिन्ताले, मैले समूह अगुवालाई सम्पर्क गरेँ र उनले ती नयाँ विश्‍वासीलाई सम्पर्क गर्न सक्छिन् कि भनेर सोधेँ, तर समूह अगुवाले मलाई “ती नयाँ विश्‍वासीले मेरो फ्रेन्ड रिक्‍वेस्ट कहिल्यै स्वीकार गरिनन्, त्यसकारण म तिनलाई सम्पर्क गर्न सक्दिनँ” भनेर भनिन्। मलाई त्यस क्षण अलिक पछुतो लाग्यो। यदि मैले पहिले नै यसबारेमा खोजीनिधो गरेको भए, म यसलाई समाधान गर्ने उपाय सोच्‍न सक्थेँ, तर अहिले धेरै ढिला भइसकेको थियो। फलोअप नगर्नु मेरै गल्ती थियो। उनको परिस्थितिको बारेमा थप जान्‍ने आशा गर्दै मैले ती नयाँ विश्‍वासीसँगको च्याट रेकर्डहरू हेरेँ। ती नयाँ विश्‍वासीलाई सम्‍बोधनको एकदुई शब्‍द भनिसकेपछि, मैले उनीसँग अरू कुनै विषयको बारेमा कुरा गरेको रहेनछु। मलाई उनको बारेमा केही पनि थाहा थिएन। ती नयाँ विश्‍वासीलाई फर्काएर ल्याउने आशा निकै कम छ भन्‍ने मलाई महसुस भयो। मैले लापरवाही गरेकोले यस्तो भएको थियो। तर त्यो बेला, यस विषयमा मैले आफ्‍नो बारेमा गम्‍भीर रूपमा मनन गरिनँ। म अलिक हुस्सू छु भनेर स्वीकार गर्दै मैले यसबारेमा एकछिन मात्रै विचार गरेँ, र यसलाई भुल्दै अघि बढेँ।

केही समयपछि नै सुपरभाइजरले मलाई ती नयाँ विश्‍वासीको बारेमा, र उनी किन मण्डली छोडेर गइन् भनेर सोधिन्। म निकै नर्भस भएँ। मैले सोचेँ, “अहो, मेरो खुलासा हुन लागेको छ। वास्तवमा के भएको थियो भनेर थाहा पाउनेबित्तिकै सुपरभाइजरले पक्‍कै पनि मैले आफ्नो कर्तव्यमा लापरवाही गरेँ र म विश्‍वासयोग्य छैन भनेर भन्छिन होला। मलाई बर्खास्त गरियो भने के गर्ने?” निश्‍चय नै, सुपरभाइजरले अवस्थाको बारेमा जानकारी पाएपछि मेरो समस्या औँल्याइन्, र मैले अल्याङटल्याङ गरेँ अनि नयाँ विश्‍वासीको स्थितिको बारेमा वास्ता वा जान्‍ने कोसिस गरिनँ भनेर भनिन्। यो सुनेपछि, मैले तुरुन्तै आफूलाई निर्दोष साबित गर्ने प्रयास गरेँ, “ती नयाँ विश्‍वासीले मेरो अभिवादनको जबाफ दिइनन्, त्यसकारण मैले कुराकानीलाई जारी राख्‍न सकिनँ।” सुपरभाइजरले मलाई यसो भन्दै काटछाँट गरिन्, “यो तपाईंले कुराकानीलाई जारी राख्‍न नसक्‍नुभएर होइन, तपाईंलाई ती नयाँ विश्‍वासीको बारेमा कुनै वास्ता नभएर हो।” मैले यसरी अल्याङटल्याङ गरेको कुरालाई स्वीकार गरेँ भने, जिम्‍मेवारी लिनुपर्छ भन्‍ने चिन्ता लाग्यो, त्यसकारण मैले तुरुन्तै स्पष्टीकरण दिएँ, “ती नयाँ विश्‍वासीको लागि मुख्य रूपमा समूह अगुवा जिम्‍मेवार थिइन्। उनी ती नयाँ विश्‍वासीको सम्पर्कमा छिन् भन्‍ने लागेको थियो, त्यसकारण मैले समयमै ती नयाँ विश्‍वासीको अवस्थाको बारेमा सोधिनँ। मैले समूह अगुवालाई पनि सोधेँ, तर उनले समयमै जबाफ दिइनन्।” म वास्तवमा ती नयाँ विश्‍वासीको बारेमा वास्ता गर्थेँ भनेर प्रमाणित गर्न मैले समूह अगुवालाई पठाएका मेसेजहरू सुपरभाइजरलाई देखाएँ। ती नयाँ विश्‍वासी भेलाहरूमा नियमित आउन छोडेको पत्ता लगाएपछि मैले उनलाई समयमै सम्पर्क गर्ने प्रयास गरेँ तर उनले मलाई जबाफ दिइनन् भनेर प्रमाणित गर्न मैले ती नयाँ विश्‍वासीलाई पठाएका मेसेजहरू पनि सुपरभाइजरलाई देखाएँ। मैले ती नयाँ विश्‍वासीलाई फोनबाट पनि सम्पर्क गर्न सकिनँ किनभने सुसमाचार प्रचारकले मलाई नयाँ विश्‍वासीको नम्बर दिएका थिएनन् भनेरसमेत भनेँ। त्यो समस्या आउनुको केही कारण थियो, त्यो मेरो गल्ती थिएन, वा कम्तीमा पनि यसमा मेरो मात्र होइन अरूको पनि दोष थियो, र यो मेरो एक्लैको गल्ती थिएन भनी सुपरभाइजरले सोचून् भनेर मैले धेरै वस्तुगत तर्कहरू दिएँ र लगातार दोष अरूतिर फर्काएँ। मैले मेरा समस्याहरू नस्विकारेको र म जिम्‍मेवारीबाट पछि हटेको देखेर, सुपरभाइजरले मलाई यसो भन्दै काटछाँट गरिन्, “यी नयाँ विश्‍वासीले धेरै भेलाहरूमा सहभागिता जनाएकी छन्, र यो तथ्यले उनी सत्यताको तृष्णा गर्ने व्यक्ति हुन् भन्‍ने देखाउँछ, तर तपाईंले समयमै उनको स्थिति र कठिनाइहरूको बारेमा सोध्‍नुभएन, र अहिले तपाईं उनको नम्‍बर थिएन, त्यसैले उनलाई सम्पर्क गर्न सकिनँ भन्दै जिम्‍मेवारीबाट पछि हट्दै हुनुहुन्छ। यो एकदमै अनुचित कुरा हो!” सुपरभाइजरले मेरा समस्याहरू स्पष्ट रूपमा देखिन् भन्‍ने मलाई थाहा भयो र म जिम्‍मेवारी लिनबाट भाग्‍न सकिनँ। मलाई चिन्ता लाग्यो, र सोचेँ, “सुपरभाइजरले मलाई के सोच्लिन्? के मैले कुनै व्यावहारिक काम गर्दिनँ भनेर भन्लिन्? के मलाई बर्खास्त गरिनेछ?” मलाई निकै चिन्ता लाग्यो, र मैले आफूलाई शान्त पार्नै सकिनँ। त्यसपछि, मैले यो अवस्थामा आइपुग्दासम्म भएका सबै कुराको बारेमा मनमनै विचार गरेँ, र यस विषयमा म इमानदार भइरहेकी वा काटछाँट स्वीकार गरिरहेकी छैन भन्‍ने महसुस गरेँ। मैले उचित रूपमा मेरो कर्तव्य पूरा नगरेको कुरा स्पष्ट थियो, र मैले अल्याङटल्याङ गरेको थिएँ, तर अझै पनि मैले आफूलाई निर्दोष साबित गर्न चलाकी गरिरहेकी र बहाना बनाइरहेकी थिएँ। मैले फोन नम्‍बर नदिएकोमा सुसमाचार प्रचारकलाई समेत दोष दिने प्रयास गरेँ। मैले आफ्‍नो कर्तव्यमा अल्याङटल्याङ गरेँ भन्‍ने तथ्यलाई स्वीकार गर्न मानिरहेकी थिइनँ, र मैले आफ्‍नो बारेमा मनन गरिनँ। आफ्नो व्यवहारको बारेमा सोच्दा मलाई निकै अप्ठ्यारो लाग्यो। मैले हरेक दिन परमेश्‍वरको वचन खाने र पिउने गरेको भए पनि, जब वास्तविक परिस्थिति ममाथि आइपर्‍यो, र मलाई काटछाँट गरियो, म अझै पनि आफ्‍नो भ्रष्ट स्वभावमा जिइरहेँ र सत्यता स्वीकार गरिनँ। मलाई मेरो भ्रष्टता अत्यन्तै गम्भीर छ भन्‍ने लाग्यो, र मलाई यो परिवर्तन गर्न कठिन हुन्छ भन्‍ने लाग्यो, त्यसकारण मैले अलिक नकारात्मक अनुभव गरेँ।

पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “सत्यता पछ्याउनु स्वेच्छिक कार्य हो। यदि तँ सत्यतालाई प्रेम गर्छस् भने, पवित्र आत्‍माले तँभित्र काम गर्नुहुन्छ। जब तैँले सत्यतालाई प्रेम गर्छस्, जब तँमाथि जस्तोसुकै परीक्षा वा संकष्ट आइपरे पनि, तैँले परमेश्‍वरलाई प्रार्थना गर्छस् र परमेश्‍वरमा भरोसा गर्छस्, आत्म-चिन्तन गर्छस् र आफूलाई जान्ने प्रयास गर्छस्, र जब तैँले आफूभित्र पत्ता लागेका समस्या समाधान गर्नको लागि सक्रिय भएर सत्यता खोजी गर्छस्, र आफ्नो कर्तव्य सन्तोषजनक रूपमा पूरा गर्न सक्छस्, तब तँ आफ्‍नो गवाहीमा दह्रिलो गरी खडा हुन सक्‍नेछस्। जब मानिसहरूले सत्यतालाई प्रेम गर्छन्, तब तिनीहरूमा प्राकृतिक तवरमै यी सबै प्रकटीकरणहरू देखिनेछन्। ती कुराहरू सबै स्वेच्छिक ढङ्गले, खुशीसाथ, कुनै जबरजस्तीविना र कुनै अतिरिक्त सर्तरहित रूपमा आउँछन्। यदि मानिसहरूले यसरी परमेश्‍वरलाई पछ्याउन सक्छन् भने, तिनीहरूले अन्त्यमा सत्यता र जीवन प्राप्त गर्छन्, तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गर्छन्, र तिनीहरूले मानिसको छविमा जिउँछन्। … परमेश्‍वरमा विश्‍वास गर्ने तेरा कारणहरू जेसुकै भए पनि, परमेश्‍वरले अन्ततः तैँले सत्यता प्राप्त गरेको छस् कि छैनस् भन्‍ने आधारमा तेरो परिणाम निर्धारित गर्नुहुनेछ। यदि तैँले सत्यता प्राप्त गरेको छैनस् भने, तैँले गर्ने जस्तोसुकै औचित्य पुस्ट्याँइ वा बहाना पनि काम लाग्‍नेछैन। चाहे जस्तोसुकै तर्कवितर्क गर्ने प्रयास गर्, चाहे आफैलाई गाँठो पारेर बस्—के परमेश्‍वरले वास्ता गर्नुहुनेछ? के परमेश्‍वरले तँसँग कुराकानी गर्नुहुनेछ? के उहाँले तँसँग विवाद र तर्क गर्नुहुनेछ? के उहाँले तँसँग सल्‍लाह लिनुहुनेछ? उत्तर के हो? अहँ। उहाँले अवश्य नै त्यसो गर्नुहुनेछैन। तैँले दिएको कारण जति नै दह्रिलो भए पनि, त्यो टिक्‍नेवाला छैन। तैँले परमेश्‍वरलाई गलत रूपमा बुझ्‍नु हुँदैन, र कारण र बहानाहरू प्रदान गर्न सके सत्यता पछ्याउनु पर्दैन भन्‍ने सोच्‍ने हुँदैन्। परमेश्‍वर तैँले सबै परिस्थितिमा र तँलाई आइपर्ने हरेक मामलामा सत्यता खोजी गर्न सक्षम बन्, र यसरी अन्त्यमा सत्यता वास्तविकतामा प्रवेश हासिल गर् र सत्यता प्राप्त गर् भन्‍ने चाहनुहुन्छ। परमेश्‍वरले तेरो लागि मिलाउनुभएका परिस्‍थितिहरू, अनि तैँले भेट्ने मानिसहरू र घटनाहरू, र तँमाथि आइपर्ने वातावरण जे-जस्ता भए पनि, तिनलाई तैँले परमेश्‍वरसित प्रार्थना गर्दै र सत्यता खोजी गर्दै सामना गर्नुपर्छ। ती कुराहरू तैँले सत्यता पछ्याउने क्रममा सिक्‍नुपर्ने पाठहरू हुन्। यदि तैँले सधैँ यी परिस्थितिहरूबाट बाहिर निसक्‍ने वा यी परिस्थिति टार्ने, इन्कार्ने, र विरोध गर्ने बहाना बनाउन खोज्छस् भने, परमेश्‍वरले तँलाई त्याग्‍नुहुनेछ। तर्कवितर्क गर्नु वा हठी वा कठिन बन्‍नुको कुनै अर्थ छैन—यदि परमेश्‍वरले तँप्रति कुनै सरोकार राख्‍नुहुन्‍न भने, तैँले मुक्ति पाउने मौका गुमाउनेछस्(वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता पछ्याउनु भनेको के हो (१))। मैले परमेश्‍वरको वचनमा के देखेँ भने, भ्रष्ट स्वभावको समाधान गर्नु र सत्यता वास्तविकतामा प्रवेश गर्नु कठिन कुरा होइन। मुख्य कुराचाहिँ मानिसहरूले कसरी छनौट गर्छन् र तिनीहरूले सत्यताको खोजी र अभ्यास गर्छन् कि गर्दैनन् भन्‍ने हो। परिस्‍थिति जेजस्तो भए पनि, चाहे त्यो काटछाँट होस् वा असफलता वा बाधा होस्, मानिसहरूले आफ्‍नो बारेमा मनन गर्न र सक्रिय रूपमा सत्यताको खोजी गर्न सक्‍नुपर्छ। अलिअलि बुझिसकेपछि, त्यसलाई अभ्यास गर्नुपर्छ, र सत्यता सिद्धान्तहरूअनुसार काम गर्नुपर्छ। यसो गरियो भने, वृद्धि र परिवर्तन देखिनेछ। तैपनि, काटछाँटमा पर्दा, सधैँ पछि हट्ने, इन्कार गर्ने, र बहानाहरू बनाउने गरियो भने, सत्यता प्राप्त गर्न असफल हुने मात्र होइन, परमेश्‍वरद्वारा पनि अवहेलित र तिरस्कृत हुनेछौँ। आफूलाई फेरि नियालेर हेर्दा, मैले के देखेँ भने, मलाई काटछाँट गरिँदा, मैले स्वीकार गर्ने, आज्ञापालन गर्ने, इमान्दारीपूर्वक गल्ती मान्‍ने, आफ्नो समस्याबारे मनन गर्ने, वा आफ्नो भ्रष्ट स्वभाव समाधान गर्न सक्रिय रूपमा सत्यता खोज्‍ने गरिनँ। बरु, मैले आफैलाई साँघुर्‍याउने काम गरेँ, म नकरात्मक बनेँ, र मैले विरोध गरेँ। के अविवेकी बनिरहेकी थिइनँ र? यो सत्यता स्वीकार गर्ने मनोवृत्ति थिएन! यो कुरा पहिचान गरेपछि, मलाई नकरात्मक स्थितिमा जिएर आफैलाई साँघुर्‍याउने मन भएन। म आफ्‍ना समस्याहरू समाधान गर्न सत्यताको खोजी गर्न चाहन्थेँ। म किन प्रायजसो मिठो लाग्‍ने गरी बोल्थेँ, र मलाई काटछाँट गरिँदा, मैले किन यसलाई स्वीकार गरिनँ, बरु नकरात्मक र विद्रोही बनेँ भनेर मैले मनन गर्न र सोच्‍न थालेँ। मैले कुन स्वभाव प्रकट गरिरहेकी थिएँ?

खोजी गर्ने क्रममा, मैले परमेश्‍वरका वचनहरूका दुई वटा खण्ड पढेँ: “कतिपय मानिसहरूले आफू दियाबलस, शैतान, र ठूलो रातो अजिङ्गरको बच्चा भएको स्विकार्न सक्छन्, र आत्मज्ञानको बारेमा एकदम राम्ररी बोल्‍न सक्छन्। तर जब तिनीहरूले कुनै भ्रष्ट स्वभाव प्रकट गर्छन्, र कसैले तिनीहरूलाई खुलासा र काटछाँट गर्छ, तब तिनीहरूले आफूलाई सही साबित गर्न सक्दो प्रयास गर्छन् र सत्यता बिलकुलै स्वीकार गर्दैनन्। यहाँ समस्या के छ? यसमा, यी मानिसहरू पूर्ण रूपमा खुलासा भएका हुन्छन्। तिनीहरूले आफूलाई चिन्‍नेबारेमा कुरा गर्दा अत्यन्तै राम्रो कुरा गर्छन्, र पनि किन काटछाँट हुनुपर्दा तिनीहरूले सत्यता स्विकार्न सक्दैनन्? यसमा एउटा समस्या छ। के यस्तो कुरा आम होइन र? के यो देख्‍न सजिलो छ? छ, वास्तवमै। कैयौँ मानिसहरूले आफ्‍नो आत्मज्ञानबारे कुरा गर्दा आफू दियाबलस र शैतान हुँ भनेर स्विकार्छन्, तर पश्‍चात्ताप गर्ने वा आफूलाई बदल्ने गर्दैनन्। त्यसो भए, तिनीहरूले गर्ने आत्मज्ञानको कुरा सही हुन्छ कि गलत? के तिनीहरूमा आफ्नो बारेमा सच्‍चा ज्ञान हुन्छ, कि यो अरूलाई छल्ने चाल मात्र हो? उत्तर आफैमा स्पष्ट छ। त्यसकारण, कुनै व्यक्तिसित साँचो आत्मज्ञान छ, छैन भनेर जान्‍नको लागि, तैँले त्यस्तो ज्ञानबारे उसले बोलेको मात्रै सुन्‍नु हुँदैन—तैँले काटछाँटप्रति उसको मनोवृत्ति कस्तो छ र उसले सत्यता स्विकार्न सक्छ कि सक्दैन भन्‍ने कुरा हेर्नुपर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा त्यही हो। जसले काटछाँट स्विकार्न सक्दैन, ऊसँग सत्यता नस्विकार्ने र स्विकार्न नमान्‍ने सार हुन्छ, र उसको स्वभाव सत्यताको प्रतिकूल हुन्छ। त्यसमा कुनै शङ्का छैन। कतिपय मानिसहरूले जति नै भ्रष्टता प्रकट गरे पनि, अरूलाई आफ्नो काँटछाँट गर्न दिँदैनन्—कसैले पनि तिनीहरूलाई काटछाँट गर्न सक्दैन। तिनीहरूले आफूलाई जसरी मन लाग्यो त्यसरी आफ्‍नो आत्मज्ञानबारे कुरा गर्न सक्छन्, तर कसैले तिनीहरूलाई खुलासा, आलोचना वा काँटछाँट गर्‍यो भने, त्यो जति नै वस्तुगत वा तथ्यमा आधारित भए पनि, तिनीहरूले त्यो स्विकार्दैनन्। तिनीहरूको भ्रष्ट स्वभावको जुनसुकै प्रकटीकरण कुनै अर्को व्यक्तिले खुलासा गर्दा पनि, तिनीहरू अत्यन्तै विरोधी हुन्छन् र थोरै पनि साँचो समर्पण नदेखाई जिद्दीपूर्वक आफूलाई सही साबित गर्न स्पष्टीकरण दिन्छन्। त्यस्ता मानिसहरूले सत्यता नपछ्याए, समस्यामा हुनेछ(वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता पछ्याउनु भनेको के हो (१))। “सत्यताप्रति वाक्‍क मान्‍नुको प्रकटीकरण मानिसहरूले सत्यता सुन्दा वितृष्णा अनुभूति गर्नु मात्रै होइन। यसमा सत्यता अभ्यास गर्ने अनिच्छा गर्नु, सत्यताको अभ्यास गर्ने बेलामा, पछि हट्नु पनि हो, मानौँ सत्यतासँग उसको कुनै सम्‍बन्ध छैन। कतिपय मानिसहरूले भेलाहरूमा सङ्गति गर्दा, तिनीहरू अत्यन्तै सक्रिय देखिन्छन्, अरूलाई बहकाउन र अरूको मन जित्‍न शब्द र धर्मसिद्धान्तहरू दोहोर्‍याउन र ठूलाठूला अभिव्यक्तिहरू दिन मन पर्छ। यसो गर्दा तिनीहरू ऊर्जाले भरिएका र उत्साहित देखिन्छन्, र तिनीहरू अटुट रूपमा यस्ता कुराहरू भनिरहन्छन्। अनि, अरूले भने परमेश्‍वरका वचनहरू पढ्ने, प्रार्थना गर्ने, भजनहरू सुन्‍ने, र नोटहरू लेख्‍ने काम गर्दै बिहानदेखि बेलुकासम्‍म विश्‍वासका कुराहरूमा, यस्तो लाग्छ मानौँ तिनीहरू एक क्षण पनि परमेश्‍वरबाट अलग हुन सक्दैनन्। बिहानदेखि रातीसम्मै तिनीहरू आफ्‍नो कर्तव्य पूरा गर्नमा व्यस्त हुन्छन्। के यस्ता मानिसहरूले साँच्‍चै नै सत्यतालाई प्रेम गर्छन् र? के तिनीहरूमा सत्यताप्रति वाक्‍क मान्‍ने स्वभाव हुँदैन? कुन बेला तिनीहरूको साँचो स्थितिलाई देख्‍न सकिन्छ? (सत्यताको अभ्यास गर्ने बेला भएपछि, तिनीहरू भाग्छन्, र तिनीहरूलाई काटछाँटलाई स्वीकार गर्न मान्दैनन्।) के तिनीहरूले सुनेको कुरा नबुझेको कारणले यस्तो हुन्छ कि तिनीहरूले सत्यता नबुझेको कारण तिनीहरू यसलाई स्वीकार गर्न अनिच्छुक भएका हुन्छन्? उत्तर यीमध्ये कुनै पनि कारणले होइन। तिनीहरू आफ्‍नो प्रकृतिद्वारा नियन्त्रित हुन्छन्। यो त स्वभावसँग सम्‍बन्धित समस्या हो। यी मानिसहरूलाई आफ्नो हृदयमा परमेश्‍वरका वचनहरू सत्यता र सकारात्मक कुरा हुन्, अनि सत्यता अभ्यास गर्दा व्यक्तिको स्वभाव परिवर्तन हुन सक्छ र यसले व्यक्तिलाई परमेश्‍वरका अभिप्रायहरूलाई सन्तुष्ट पार्न सक्छ भन्‍ने कुरा राम्ररी थाहा हुन्छ, तर तिनीहरूले ती कुरा स्वीकार वा अभ्यास गर्दै गर्दैनन्। यो सत्यताप्रति वितृष्ण हुनु हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। छ प्रकारको भ्रष्ट स्वभावको ज्ञान हुनु मात्रै साँचो आत्मज्ञान हो)। परमेश्‍वरको वचनबाट मैले के बुझेँ भने, मानिसहरूमा सत्यताप्रति दिक्क मान्‍ने स्वभाव हुँदो रहेछ, र यस्तो अवस्थामा तिनीहरूले सत्यता स्वीकार नगर्ने, काटछाँट स्वीकार नगर्ने, र सत्यता अभ्यास गर्न स्वीकार नगर्ने व्यवहार प्रकट गर्दा रहेछन्। अनि, मैले आत्मचिन्तन गरेँ, र के महसुस गरेँ भने, म हरदिन परमेश्‍वरका वचनहरू खान्थेँ र पिउँथेँ र आफ्‍नो कर्तव्य निभाउँथेँ, र भेलाहरूको बेला म परमेश्‍वरका वचनहरूअनुसार ममा भ्रष्ट स्वभाव छ भनेर स्विकार्न सक्थेँ, तैपनि म शैतानकै स्वामित्वमा थिएँ, म ठूलो रातो अजिङ्गरकै सन्तान थिएँ, र म यस्तै यस्तै नै थिएँ। बाहिरी रूपमा, म सत्यता स्वीकार गर्नेजस्तो देखिन्थेँ, तर कर्तव्यमा अल्याङटल्याङ गरेको कारण मलाई काटछाँट गरिँदा, मैले आफैलाई निर्दोष साबित गर्ने, दोष अरूमा सार्ने प्रयास गरेँ, र आफ्नो भ्रष्टता कबुल गरिनँ। मलाई म सत्यता स्वीकार गर्ने वा सत्यताको अभ्यास गर्ने व्यक्ति होइन रहेछु, र सबै कुरामा म सत्यताप्रति दिक्क मान्‍ने शैतानी स्वभाव प्रकट गर्दी रहेछु भन्‍ने महसुस भयो। मलाई थाहा थियो, मलजल गर्ने व्यक्तिको लागि न्यूनतम मापदण्ड भनेको जिम्‍मेवार र धैर्य बन्‍नु हो। नयाँ विश्‍वासीहरूले साँचो मार्गमा जरा गाडेका हुँदैनन्, र तिनीहरू दूधे बालकहरूजस्तै हुन्, र तिनीहरू जीवनमा एकदमै नाजुक हुन्छन्। तिनीहरू भेलाहरूमा आएनन् भने, हामीले तिनीहरूको स्थिति के-कस्तो छ भनेर खोजखबर गर्नुपर्छ, र तिनीहरूलाई तुरुन्तै मलजल र सहयोग गर्ने उपाय खोज्‍नुपर्छ। मैले यी सिद्धान्तहरू बुझेकी थिएँ, तर अभ्यास गर्ने, कष्ट भोग्‍ने, र मूल्य चुकाउने बेलामा, मैले यसो गर्न चाहिनँ। मैले स्पष्टैसित सत्यता जानेकी थिएँ तर यसलाई अभ्यास गरिनँ। मैले ती नयाँ विश्‍वासीलाई एक-दुईपटक अभिवादन गर्नुबाहेक, मैले कुनै मलजल वा सहयोग गरेकी थिइनँ। उनले नियमित रूपमा भेलाहरूमा सहभागिता जनाइरहेकी छैनन् भन्‍ने पत्ता लगाउँदा, मलाई चिन्ता लागेन, कसरी उनलाई तुरुन्तै सम्पर्क गर्ने, वा उनका समस्या र कठिनाइहरूको बारेमा बुझ्ने भनेर विचार गरिनँ। मैले लापरवाही र गैरजिम्‍मेवार काम गरेँ, जसले गर्दा उनले मण्डली छाडिन्। तर त्यसपछि पनि, मैले आफ्‍नो बारेमा मनन गरिनँ। सुपरभाइजरले मेरा समस्याहरू औँल्याइदिँदा, मैले मेरो लापरवाहीबारे स्पष्टीकरण दिन अनेक बहाना र माध्यमहरू प्रयोग गरेँ, अनि समूह अगुवा र सुसमाचार प्रचारकको काँधमा जिम्‍मेवारीको बोझ हालिदिने आस गरेँ। यो कसरी सत्यतालाई स्वीकार र पालन गर्ने मनोवृत्ति थियो र? मैले सत्यताप्रति दिक्क मान्‍ने स्वभाव मात्रै प्रकट गरेकी थिएँ!

मैले सत्यता खोजी गर्ने कार्य जारी राखेँ, र परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ: “कुनै व्यक्तिलाई काटछाँट गर्नुपर्ने परिस्‍थितिहरू जे-जस्तो भए पनि, यसप्रति हुनुपर्ने सबैभन्दा महत्त्वपूर्ण मनोवृत्ति के हो? पहिला, तैँले यो कुरा स्विकार्नैपर्छ। तँलाई जसले जुनसुकै कारण काट-छाँट गरिरहेको भए पनि, यो कठोर नै भए पनि, वा जुनसुकै भाव र शब्‍दले यसो गरिए पनि, तैँले यसलाई स्वीकार गर्नुपर्छ। त्यसपछि, तैँले आफूले के गलत काम गरिस्, के-कस्ता भ्रष्ट स्वभावहरू प्रकट गरेको छस्, र तैँले सत्यता सिद्धान्तहरूअनुसार काम गरिस् कि गरिनस्, त्यस कुरालाई पहिचान गर्नुपर्छ। सबैभन्दा पहिलो र मुख्य रूपमा, तँमा हुनुपर्ने मनोवृत्ति यही हो। अनि के ख्रीष्टविरोधीहरूमा त्यस्तो मनोवृत्ति हुन्छ त? हुँदैन; सुरुदेखि अन्त्यसम्‍मै, तिनीहरूले प्रतिरोध र खिन्नताको मनोवृत्ति देखाउँछन्। त्यस्तो मनोवृत्तिको साथमा, के तिनीहरू परमेश्‍वरसामु शान्त हुन, र विनम्र रूपमा काटछाँट स्विकार्न सक्छन्? अहँ, सक्दैनन्। त्यसो भए, तिनीहरूले के गर्छन् त? सर्वप्रथम, तिनीहरूले जोडतोडले तर्क गर्छन् र औचित्य प्रस्तुत गर्छन्, र मानिसहरूले बुझ्ने र क्षमा गर्ने आशामा आफूले गरेका गल्तीहरू र आफूले प्रकट गरेको भ्रष्ट स्वभावको प्रतिरक्षा र बचाउ गर्छन्, ताकि तिनीहरूले कुनै जिम्‍मेवारी लिनु वा तिनीहरूलाई काटछाँट गर्ने वचनहरू स्विकार्नु नपरोस्। तिनीहरूले काटछाँटको सामना गर्दा कस्तो मनोवृत्ति देखाउँछन्? ‘मैले पाप गरेको छैन। मैले केही गल्ती गरेको छैन। यदि मैले गल्ती गरेको भए, त्यसको कारण छ; यदि मैले गल्ती नै गरेको छु भने पनि मैले जानीजानी गरेको होइन, मैले यसको जिम्‍मेवारी लिनुनपर्ने हो। सानोतिनो गल्ती कसले पो गर्दैन र?’ तिनीहरूले यस्ता अभिव्यक्ति र वाक्यांशहरूलाई लिन्छन्, तर तिनीहरूले सत्यताको खोजी गर्दैनन्, न त तिनीहरूले आफूले गरेका गल्तीहरू वा प्रकट गरेका भ्रष्ट स्वभावहरू नै स्विकार्छन्—र तिनीहरूले दुष्कर्म गर्नुपछाडि के मनसाय र लक्ष्य थियो भनेर त झन् किमार्थ स्वीकार गर्दैनन्। … तथ्यहरूले जसरी तिनीहरूको भ्रष्ट स्वभावलाई प्रकाश पारे पनि, तिनीहरूले यसलाई मान्‍ने वा स्विकार्ने गर्दैनन्, बरु तिनीहरूको विरोध र प्रतिरोधलाई जारी नै राख्छन्। अरूले जे भने पनि, तिनीहरूले यसलाई स्वीकार गर्ने वा मान्‍ने गर्दैनन्, बरु यस्तो सोच्छन्, ‘कसले कुरामा जित्‍ने रहेछ हेरौँ; कसले राम्रो बोल्ने रहेछ हेरौँ।’ यो काट-छाँट गरिँदा ख्रीष्टविरोधीहरूले राख्‍ने एक प्रकारको मनोवृत्ति हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग आठ))। परमेश्‍वरको वचनले प्रकट गरेको कुराबाट मैले के देखेँ भने, जब सामान्य मानिसहरूलाई काटछाँट गरिन्छ, तब तिनीहरूले यसलाई परमेश्‍वरबाट आएको हो भनेर स्वीकार गर्न र पालन गर्न, आफ्‍नै बारेमा मनन गर्न, र साँचो पश्‍चात्ताप र परिवर्तन हासिल गर्न सक्छन्। तिनीहरूले तुरुन्तै स्वीकार गर्न नसके पनि, पछि निरन्तर खोजी र मनन गरेर, तिनीहरूले काटछाँटका पाठहरू सिक्‍न सक्छन्। तर ख्रीष्टविरोधी भने प्रकृतिले नै सत्यताप्रति दिक्क मान्‍ने र सत्यतालाई घृणा गर्ने हुन्छ। काटछाँट गरिँदा पनि तिनीहरूले कहिल्यै पनि आफ्‍नो बारेमा मनन गर्दैनन्। तिनीहरूले प्रतिरोध, इन्कार, र घृणाको मनोवृत्ति मात्रै देखाउँछन्। मेरो आफ्नै व्यवहारको बारेमा विचार गर्दा, मैले लापरवाही गरेँ र समयमै ती नयाँ विश्‍वासीलाई साथ दिइनँ, जसले गर्दा उनले मण्डली छाडिन्। यो आफैमा अपराध थियो। विवेक वा तर्कशक्ति भएको कुनै पनि व्यक्तिले हैरान र दोषी महसुस गर्नेथ्यो, आफ्‍नै समस्याहरूका बारेमा मनन गर्नेथ्यो, र यस मामिलामा थप कुरा नबोल्नेथ्यो। तर मैले त कृतज्ञता महसुस गर्नु त कता हो कता, मेरा आफ्‍नै समस्याहरूलाई समेत स्वीकार गरिनँ। मेरो सामुन्‍ने त्यस्तो स्पष्ट तथ्य आएको थियो तर अझै पनि जानीजानी समस्याबाट पछि हट्ने प्रयास गर्दै, मैले सुरुमा ती नयाँ विश्‍वासीले मेरो मेसेजको प्रतिक्रिया दिइनन् भनेर भनेँ, र त्यसपछि समूह अगुवा नै यसको निम्ति जिम्‍मेवार छिन् भनेर भनेँ, र अन्त्यमा, जिम्‍मेवारीबाट उम्‍कन पाउँछु र सुपरभाइजरले मलाई बुझ्नेछिन् भन्‍ने आशा राख्दै, मैले सुसमाचार प्रचारकलाई दोष दिएँ। परमेश्‍वरले प्रकट गर्नुभएको कुरा र काटछाँटको सामना गर्दा, मैले आफ्‍नो बारेमा मनन गरिनँ। बरु, मैले प्रतिरोध र विरोध गरेँ, र आफूलाई निर्दोष साबित गर्न र आफ्‍नो प्रतिरक्षा गर्न अनेक बहानाहरू बनाएँ, किनभने म जिम्‍मेवारी लिन चाहँदिनथेँ। ममा कुन हिसाबले चाहिँ मानवता वा समझशक्ति थियो र? मैले जिद्दी र सत्यताप्रति दिक्क मान्‍ने स्वभाव प्रकट गरेछु भन्‍ने मलाई थाहा भयो। ममा परमेश्‍वरको भय मान्‍ने हृदय थिएन। मैले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेपछि पनि, मेरो स्वभाव पटक्‍कै परिवर्तन भएको छैन भन्‍ने मलाई थाहा भयो, र मलाई निकै दयनीय महसुस भयो।

पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ, जसले मलाई काटछाँट स्वीकार नगर्ने मेरो समस्यासम्‍बन्धी थप ज्ञान प्रदान गर्‍यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “काट-छाँटप्रति ख्रीष्टविरोधीहरूको चिरपरिचित मनोवृत्ति भनेको यसको तीव्र अस्वीकार वा इन्कार गर्नु हो। तिनीहरूले जतिसुकै दुष्कर्म गरे पनि वा परमेश्‍वरको घरको काम र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा जति नै धेरै हानि गरे पनि, तिनीहरूले अलिकति पनि पछुतो वा आफू केही ऋणी भएको अनुभूति गर्दैनन्। यस दृष्टिकोणबाट हेर्दा, के ख्रीष्टविरोधीहरूसँग मानवता हुन्छ त? फिटिक्‍कै हुँदैन। तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई हरप्रकारले हानि गर्छन्, र मण्डलीको काममा क्षति पुर्‍याउँछन्—परमेश्‍वरका चुनिएका मानिसहरूले यो कुरा सङ्लो पानीझैँ छर्लङ्ग देख्‍न सक्छन्, र तिनीहरूले ख्रीष्टविरोधीका दुष्कर्महरूको श्रृङ्खला देख्‍न सक्छन्। तर पनि ख्रीष्टविरोधीहरूले यो तथ्यलाई स्वीकार गर्दैनन्; तिनीहरू जिद्दी भई यस मामलामा आफू गलत छु वा आफू उत्तरदायी छु भनेर मान्‍न अस्वीकार गर्छन्। के यो तिनीहरू सत्यताप्रति वितृष्ण भन्‍ने कुराको सङ्केत होइन र? ख्रीष्टविरोधीहरू सत्यताप्रति यति हदसम्म वितृष्ण हुन्छन् हुन्छन्। तिनीहरूले जति धेरै दुष्टता गरेको भए पनि, तिनीहरू जिद्दीपूर्वक यसलाई स्वीकार गर्न मान्दैनन्, र अन्त्यसम्‍मै तिनीहरू झुक्दैनन्। यसले ख्रीष्टविरोधीहरूले कहिल्यै पनि परमेश्‍वरको घरको कामलाई गम्‍भीर रूपमा लिँदैनन् वा सत्यता स्वीकार गर्दैनन् भन्‍ने कुरा पर्याप्त रूपले प्रमाणित गर्छ। तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्न आएका हुँदैनन्; तिनीहरू शैतानका चाकरहरू हुन्, जो परमेश्‍वरको घरको काममा बाधा र व्यवधान ल्याउन आएका हुन्छन्। ख्रीष्टविरोधीहरूको हृदयमा प्रतिष्ठा र हैसियत मात्रै हुन्छ। तिनीहरूलाई यो विश्‍वास हुन्छ कि, यदि तिनीहरूले आफ्‍नो गल्ती स्वीकार गर्थे भने, तिनीहरूले उत्तरदायित्व स्वीकार गर्नुपर्थ्यो, र त्यसपछि तिनीहरूको हैसियत र प्रतिष्ठामा गम्भीर असर पर्थ्यो। फलस्वरूप, तिनीहरूले ‘मरे पनि नस्विकार्ने’ मनोवृत्तिका साथ प्रतिरोध गर्छन्। मानिसहरूले तिनीहरूलाई जेजसरी खुलासा वा चिरफार गरे पनि, तिनीहरूले ती कुरा इन्कार गर्न सक्दो गर्छन्। छोटकरीमा भन्दा, तिनीहरूको इन्कार जानाजान गरिएको भए पनि नभए पनि, एक हिसाब यी व्यवहारहरूले सत्यताप्रति वितृष्ण हुने र सत्यतालाई घृणा गर्ने ख्रीष्टविरोधीहरूको प्रकृति सार खुलासा गर्छन्। यसले अर्को हिसाबमा ख्रीष्टविरोधीहरूले आफ्नो हैसियत, प्रतिष्ठा र हितलाई कति मूल्यवान् ठान्छन् भन्‍ने तथ्यलाई देखाउँछ। यस क्रममा, मण्डलीको काम र हितप्रतिचाहिँ तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? यो अवहेलना र गैरजिम्मेवारीपूर्ण हुन्छ। तिनीहरूमा विवेक र समझको पूरै अभाव हुन्छ। के ख्रीष्टविरोधीहरू उत्तरदायित्वबाट पन्छिएको कुराले यी समस्याहरूलाई प्रदर्शन गर्दैन र? एक हिसाबमा, जिम्मेवारीबाट पन्छिनुले सत्यताप्रति वितृष्ण हुने र सत्यतालाई घृणा गर्ने तिनीहरूको प्रकृति सारलाई प्रमाणित गर्छ भने, अर्को हिसाबमा, तिनीहरूमा विवेक, समझ र मानवताको कमी छ भन्‍ने देखाउँछ। तिनीहरूको बाधा र दुष्कर्मले दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा जति नै हानि पुगे पनि, तिनीहरूले ग्लानि महसुस गर्दैनन् र तिनीहरूलाई यो कुराले कति पनि चिन्तित गराउँदैन। यो कस्तो प्रकारको प्राणी हो? आफ्नो गल्तीको थोरै भाग मात्र स्वीकार गरे पनि तिनीहरूमा थोरै विवेक र समझ छ भन्‍ने देखिन्थ्यो, तर यी ख्रीष्टविरोधीहरूसँग अलिकति पनि मानवता हुँदैन। त्यसकारण, तिमीहरू तिनीहरू के हुन् भनी भन्छौ? ख्रीष्टविरोधीहरू सारमा दियाबलस हुन्। आफूले परमेश्‍वरको घरको हितमा जति नै ठूलो हानि पुर्‍याए पनि तिनीहरूले त्यो देख्दैनन्। यसको कारण तिनीहरू हृदयमा अलिकति पनि दुःखी हुँदैनन्, न त तिनीहरूले आफैलाई गाली नै गर्छन्, तिनीहरूले ऋणी अनुभव गर्ने त कुरै नगरौँ। यो सामान्य मानिसहरूमा देखिनुपर्ने कुरा हुँदै होइन। तिनीहरू दियाबलस हुन्, र दियाबलसहरूमा विवेक वा समझ कहीँकतै हुँदैन(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्‍वरका वचनहरूबाट मैले के थाहा पाएँ भने, ख्रीष्टविरोधीहरूले काटछाँट हुन स्वीकार गर्दैनन् किनभने उनीहरूको प्रकृति सत्यताप्रति दिक्क मान्‍ने र सत्यतालाई घृणा गर्ने हुन्छ, र तिनीहरूले विशेष गरी आफ्‍ना हितहरूलाई मूल्यवान्‌ ठान्छन्। कुनै कुराले तिनीहरूको प्रतिष्ठा वा हैसियतमा आघात वा क्षति पुर्‍यायो भने, तिनीहरूले आफूलाई सही साबित गर्न र जिम्‍मेवारी अरूमा थोपर्न सक्दो गर्छन्। तिनीहरूको व्यवहारले मण्डलीका हितहरू वा ब्रदर-सिस्टरहरूको आत्मिक जीवनमा हानि गरे तापनि, तिनीहरूलाई आफूप्रति कुनै धिक्‍कार वा पछुतो हुँदैन। तिनीहरूले यी काम गरेको पत्ता लाग्यो भने पनि, जिम्‍मेवारी स्वीकार गर्दा यसले तिनीहरूको प्रतिष्ठा र हैसियतमा क्षति पुर्‍याउँछ भन्‍ने डरले तिनीहरू गल्ती स्विकार्न नमानी जिद्दी गरिबस्छन्। मैले ख्रीष्टविरोधीहरू विशेष रूपमा स्वार्थी र घृणित हुन्छन्, तिनीहरूमा कुनै पनि मानवता हुँदैन, र तिनीहरू सारगत रूपमा दियाबलसहरू हुन् भन्‍ने थाहा पाएँ। “दियाबलस” भन्‍ने शब्‍द देख्दा, मलाई एकदमै नराम्रो लाग्यो, किनभने मैले प्रकट गरेका व्यवहार र स्वभावहरू ख्रीष्टविरोधीका जस्तै थिए। मैले स्पष्ट रूपमै गल्ती गरेर मण्डलीको काममा हानि गरेकी थिएँ, तर मैले यसलाई अझै पनि स्वीकार गरिनँ। मलाई काटछाँट गरिँदा, मैले आफूलाई सही साबित गर्ने र जिम्‍मेवारी अरूको काँधमा हालिदिने प्रयास गरेँ। नयाँ विश्‍वासीहरूले सुसमाचार स्वीकार गर्ने प्रक्रिया त्यति सहज हुँदैन—यसमा धेरै मानिसहरूले मूल्य चुकाउनुपर्छ, र उनीहरूलाई परमेश्‍वरसामु ल्याउन मलजल र भरणपोषण गर्नुपर्ने हुन्छ। परमेश्‍वरले हरेकको लागि विशेष जिम्‍मेवारी लिनुहुन्छ। सय वटा भेडामा, यदि उहाँले एउटा मात्र हराउनुभयो भने, उहाँले त्यो हराएको एउटा भेडा खोज्‍न अरू उनान्‍सय वटालाई छोड्नुहुन्छ, र उहाँले हरेक व्यक्तिको जीवनलाई अत्यन्तै प्यारो ठान्‍नुहुन्छ। तर जब म नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने कामको जिम्‍मेवार थिएँ, तब मैले यसलाई लापरवाही रूपमा लिएँ। ती नयाँ विश्‍वासीले भेलाहरूमा सहभागिता जनाइरहेकी छैनन् भन्‍ने देख्दा, मैले चिन्ता वा वास्ता गरिनँ। कहिलेकहीँ म सोधेको जस्तो गर्थेँ, र समूह अगुवाको कामको बारेमा फलोअप गर्दा, म लटरपटर काम गर्थेँ र गैरजिम्‍मेवार बन्थेँ। उनले मलाई धेरैपटक जबाफ नदिँदा, मैले किन यस्तो भयो भनेर तुरुन्तै सोधिनँ, अनि मैले उनले कुनै समस्या र कठिनाइहरूको सामना गरिरहेकी छिन् कि भनेर सोधखोज पनि गरिनँ। मैले ती नयाँ विश्‍वासीलाई लापरवाही र गैरजिम्‍मेवार मनोवृत्तिका साथ व्यवहार गरेँ र उनको जीवनलाई थोरै पनि गम्‍भीर रूपमा लिइनँ। तर त्यसपछि पनि मलाई ग्‍लानि वा पछुतो भएन, र मैले यस मामिला समाधान गर्ने प्रयास गरिनँ। सुपरभाइजरले मैले लापरवाही काम गरेँ र गैरजिम्‍मेवार बनेँ भनेर समस्या औँल्याउँदा, मैले तर्क गर्न र आफूलाई सही साबित गर्न सक्दो प्रयास गरेँ र जिम्‍मेवारीबाट उम्कने उपायहरू खोजेँ, किनभने मैले मेरा समस्याहरूलाई स्वीकार गरेँ भने मैले जिम्‍मेवारी लिनुपर्छ, अनि त्यसले सुपरभाइजरमा मप्रति नराम्रो छाप पार्छ, र मलाई बर्खास्त गरिनेछ भन्‍ने मलाई डर लाग्यो। सुरुदेखि अन्त्यसम्‍म, मैले कहिल्यै पनि मण्डलीको कामको बारेमा विचार गरिनँ, र मैले ती नयाँ विश्‍वासीको जीवनमा हानि होला कि भनेर कहिल्यै सोचिनँ। मैले त मेरा आफ्‍नै हितहरूमा हानि होला कि, र मैले आफ्‍नो छवि र हैसियतलाई कायम राख्‍न नसकुँला कि भनेर मात्रै विचार गरेँ। म विशेष रूपमा स्वार्थी र तुच्छ थिएँ, र म मेरा व्यक्तिगत हितहरूको मात्रै रक्षा गर्थेँ। ममा वास्तवमै कुनै पनि मानवता थिएन, र परमेश्‍वरले मलाई घृणा गर्नुभयो। त्यसपछि, मैले परमेश्‍वरको अघि आएर यसो भन्दै प्रार्थना गरेँ, “परमेश्‍वर, मैले आफ्‍नो कर्तव्यमा अल्याङटल्याङ गरेँ, भयानक परिणामहरू निम्त्याएँ, र मैले यसलाई स्वीकार गरिनँ। मैले परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशलाई नभई आफ्‍नै प्रतिष्ठा र हैसियतलाई मात्र विचार गरेँ। मसँग साँच्‍चै नै कुनै मानवता छैन! परमेश्‍वर, म पश्‍चात्ताप गर्न चाहन्छु।”

पछि, मैले परमेश्‍वरको अझै धेरै वचन पढेँ र अभ्यासको मार्ग भेटेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “सत्यता प्राप्त गर्न कठिन छैन, न त सत्यता वास्तविकतामा प्रवेश गर्न नै कठिन छ, तर यदि मानिसहरू सधैँ सत्यताप्रति वाक्‍क मान्छन् भने, के तिनीहरूले सत्यता प्राप्त गर्न सक्छन् त? सक्दैनन्। त्यसकारण, तँ सधैँ परमेश्‍वरको अघि आउनुपर्छ, सत्यताप्रति वाक्‍क मान्‍ने तेरा भित्री स्थितिहरूलाई जाँच्‍नुपर्छ, र सत्यताप्रति वाक्‍क मान्‍ने के-कस्ता लक्षणहरू तँमा छन्, र काम गर्ने के-कस्ता तरिकाहरू हुनुचाहिँ सत्यताप्रति वाक्‍क भएको अवस्था हो, र तँ के-कस्ता कुराहरूमा सत्यताप्रति वाक्‍क मान्‍ने मनोवृत्ति देखाउँछस् भन्‍ने कुराहरूलाई हेर्नुपर्छ—तैँले यी कुराहरूको बारेमा बारम्‍बार जाँच्‍नुपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “यदि तँ परमेश्‍वरलाई पछ्याउन र आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न चाहन्छस् भने, सुरुमा तैँले परिस्थितिहरू सोचेजस्तो नहुँदा आवेशमा आउने बानी छोड्नुपर्छ। पहिले शान्त बन् र परमेश्‍वरको अघि मौन बस्, र हृदयमा उहाँलाई प्रार्थना गर् र उहाँबाट खोजी गर्। हठ नगर्; पहिले समर्पित बन्। त्यस्तो मानसिकताद्वारा मात्रै तैँले समस्याहरूको अझ उत्तम समाधान निकाल्न सक्छस्। यदि तँ परमेश्‍वरको अघि जिउनमा दृढ रहन सकिस्, र तँमाथि जेसुकै आइपरे पनि, तैँले उहाँलाई प्रार्थना गर्न र उहाँबाट खोजी गर्न सक्छस्, र समर्पणको मानसिकताले त्यसलाई सामना गर्न सक्छस् भने, तेरो भ्रष्ट स्वभावका प्रकटीकरणहरू जति नै धेरै भए पनि, वा तैँले विगतमा जे-जस्ता अपराधहरू गरेको भए पनि—जबसम्म तैँले सत्यताको खोजी गर्छस्, तबसम्म ती कुरालाई समाधान गर्न सकिनेछ। तँमाथि जस्तोसुकै परीक्षा आइपरे पनि, तँ दह्रिलो गरी खडा हुन सक्‍नेछस्। जबसम्म तँसँग सही मानसिकता हुन्छ, जबसम्म तैँले सत्यतालाई स्वीकार गर्न, र परमेश्‍वरका मापदण्डहरूबमोजिम उहाँमा समर्पित हुन सक्छस्, तबसम्म तँ सत्यतालाई अभ्यास गर्न पूर्ण रूपमा सक्षम हुन्छस्। तँ कहिलेकहीँ अलिक विद्रोही र प्रतिरोधी हुन सक्‍ने भए पनि, र कहिलेकहीँ प्रतिरक्षात्मक तर्क प्रस्तुत गर्ने र समर्पित हुन नसक्ने भए पनि, यदि तैँले परमेश्‍वरलाई प्रार्थना गर्न र आफ्‍नो विद्रोही स्थितिलाई परिवर्तन गर्न सक्छस् भने, तैँले सत्यता स्वीकार गर्न सक्छस्। त्यसो गरिसकेपछि, तँमा किन त्यस्तो विद्रोहीपन र प्रतिरोध पैदा भयो भन्‍नेबारेमा मनन गर्। कारण पत्ता लगा, त्यसपछि त्यसलाई समाधान गर्न सत्यता खोजी गर्, अनि तेरो भ्रष्ट स्वभावको त्यो पक्ष शुद्ध हुन सक्छ। त्यस्तो ठक्‍कर र लडाइबाट धेरै पटक उठेपछि, तैँले सत्यता अभ्यास गर्न नसकुन्जेलसम्म, तेरो भ्रष्ट स्वभाव क्रमिक रूपमा हट्दै जानेछ। त्यसपछि, तँभित्र सत्यताले शासन गर्नेछ र त्यो तेरो जीवन बन्‍नेछ, र सत्यतासम्‍बन्धी तेरो अभ्यासमा थप बाधाहरू आउनेछैनन्। तँ परमेश्‍वरमा साँचो रूपले समर्पित हुन सक्‍नेछस्, र तैँले सत्यता वास्तविकता जिउनेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरको वचनबाट मैले के बुझेँ भने, सत्यताप्रति दिक्क मान्‍ने स्वभाव समाधान गर्नको लागि, मैले सधैँ आफ्‍नो बारेमा मनन गर्नुपर्छ, र मेरा अभिव्यक्ति, अभ्यास, अभिप्राय, मनोवृत्ति, र विचारहरूले सत्यताप्रति दिक्क मान्‍ने व्यवहारलाई देखाउँछ कि देखाउँदैन जाँच गर्नुपर्छ। परिस्थितिहरू आइपर्दा, ती मैले चाहेअनुसार भए पनि नभए पनि, मैले सुरुमा आफूलाई शान्त पार्नुपर्छ र प्रतिरोध गर्नु हुँदैन। यदि अरूले भनेको कुरा मैले स्वीकार गर्न सकिनँ र आफूलाई सही साबित गर्ने कारणहरू खोज्‍न मन लाग्यो भने, मैले परमेश्‍वरको अघि आएर प्रार्थना गर्दै अझै बढी सत्यता खोज्नुपर्छ, परमेश्‍वरको वचनले के भन्छ त्यो हेर्नुपर्छ, अनि परमेश्‍वरको वचन प्रयोग गरेर आफ्‍नो बारेमा मनन गर्नुपर्छ, वा सत्यता बुझ्‍ने ब्रदर-सिस्टरहरूसँग सत्यताको खोजी गर्नुपर्छ। यसरी, क्रमिक रूपमा सत्यता स्वीकार गर्दै, म यसका वास्तविकताहरूमा प्रवेश गर्न सक्छु, र त्यसपछि मात्र, अलिअलि गर्दै म मेरो भ्रष्ट स्वभाव त्याग्न सक्षम हुनेछु। मैले अभ्यासको मार्गलाई बुझेपछि, परिवर्तन हुने सङ्कल्प गरेँ।

समयमै ती नयाँ विश्‍वासीको परिस्थितिबारे सोधखोज नगर्नु आफैमा अपराध हो भन्‍ने थाहा पाएर, म तुरुन्तै परिस्थिति बदल्‍न लागिपरेँ। आफूले रेखदेख गर्ने कुनै पनि नयाँ विश्‍वासीलाई उचित रूपमा मलजल गर्न असफल भएँ कि भनेर जाँच गरेँ। एक जना नयाँ विश्‍वासीसँग कुरा गरिरहेको बेला, मैले के थाहा पाएँ भने, उनले प्रभुको पुनरागमन र परमेश्‍वरको कामका तीन चरणहरूसम्‍बन्धी सत्यता बुझेकी नै रहेनछिन्। मैले मेरो अगुवालाई उनीसँग सुसमाचार प्रचारकले सङ्गति गर्नुपर्छ कि पर्दैन भनेर सोधेँ, तर अगुवाले मलाई नै उनीसँग सङ्गति गर्नू भनेर भनिन्। नयाँ विश्‍वासीहरूका समस्याहरूलाई तुरुन्तै समाधान गर्नु मेरो जिम्‍मेवारी हो भन्‍ने थाहा भए पनि, म अझै पनि अत्यन्तै अटेरी भइरहेँ। मलाई तर्क गर्न मन लाग्यो, तर आज्ञापालन गर्न मन लागेन। मलाई के लाग्यो भने, सुसमाचार प्रचारकले स्पष्ट रूपमा सङ्गति नगरेकोले यस्तो भएको हो, त्यसकारण यस मामिलाका लागि किन म जिम्‍मेवार भएँ? अहिले, नयाँ विश्‍वासीहरू धेरै भएका हुनाले, मसँग पर्याप्त समय छैन, त्यसकारण सुसमाचार प्रचारकले नै उनीसित सङ्गति गर्नुपर्छ। त्यसपछि मलाई मेरो स्थिति सही छैन भन्‍ने महसुस भयो। वास्तवमा, अगुवाले भनेको कुरा उचित थियो। त्यो सुझाव सही थियो, र पनि मैले किन स्वीकार गर्न सकिनँ? किन मलाई त्यति धेरै तर्क गर्न मन लाग्यो? मैले किन भनेको मान्‍न सकिनँ? त्यसकारण मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र मलाई समर्पित हुन, मेरा देहगत चासोहरूलाई बिर्सेर, ती नयाँ विश्‍वासीको जिवनप्रति जिम्‍मेवार हुन अगुवाइ गर्नुहोस् भनी अनुरोध गरेँ। मलाई के याद आयो भने, हरेकको बोध क्षमता फरकफरक हुन्छ। कतिपय मानिसहरूले सुसमाचार प्रचारकको सङ्गति सुनेर त्यस बेला त बुझ्‍न सक्छन्, तर पछि केही पक्षहरू तिनीहरूलाई स्पष्ट हुँदैन। यसको लागि मलजल गर्नेहरूले सङ्गति गरेर बुझाइका अन्तरालहरू भरिदिनुपर्छ। मैत्रीपूर्ण सहकार्य भनेको यही हो। मलजल गर्ने व्यक्तिको हैसियतले, समस्याहरू भेट्टाउँदा मैले ती समाधान गर्नुपर्छ। म छनौट गर्ने, सजिलो काम गर्ने, कठिन समस्याहरू अरूको काँधमा थोपरिदिने, र समस्याबाट उम्‍कने र सहजतामा बस्‍ने व्यक्ति बन्‍नु हुँदैन। मैले सर्तहरूमा हठ गर्ने वा मेरो कर्तव्यमा बहानाहरू बनाउने गर्नु हुँदैन। यदि कुनै विश्‍वासी मेरो जिम्‍मामा छोडियो भने, उसलाई उचित रूपले मलजल गर्ने, र उसले सत्यता बुझ्ने, र साँचो मार्गमा जग बसाल्ने कुरा सुनिश्‍चित गर्ने जिम्‍मेवारी मेरो हो। यो मेरो कर्तव्य हो। साँचो रूपमा सत्यताको अभ्यास गर्नु, र वास्तविक परिवर्तन ल्याउनु भनेको यही हो। यो कुरा सोचेपछि, मेरो हृदय उज्यालो भयो। अनि, मैले हतारहार ती नयाँ विश्‍वासीलाई खोजेँ र उनको समस्याको बारेमा उनीसँग सङ्गति गरेँ। यसरी अभ्यास गरेपछि, मलाई कुनै प्रतिरोधको अनुभूति पनि भएन, र मलाई निकै खुशी पनि लाग्यो। मैले के बुझेँ भने, सत्यताको अभ्यास गर्नु भनेको बाहिरी व्यवहार होइन। बरु, यो त परमेश्‍वरका वचनहरूलाई हृदयबाट स्वीकार गर्नु, सत्यता सिद्धान्तहरूअनुसार काम गर्नु, र हामीले मानिसहरू र परिस्थितिलाई हेर्ने शैलीमा, र काम र व्यवहारमा परमेश्‍वरको वचनलाई मापदण्डको रूपमा प्रयोग गर्नु हो। यसरी, हाम्रा गलत अभिप्राय र दृष्टिकोणहरू, र हाम्रा भ्रष्ट स्वभावहरूलाई थाहै नपाई परमेश्‍वरको वचनहरूको सत्यताले प्रतिस्थापन गर्नेछन्।

त्यो अनुभवपछि, मैले जिद्दी गर्ने र सत्यतादेखि दिक्क मान्‍ने आफ्नो शैतानी स्वभावबारे केही बुझाइ प्राप्त गरेँ। मैले सत्यता खोजी गर्नुको र सबै कुरामा सिद्धान्तअनुसार चल्नुको महत्त्वलाई पनि बुझेँ। यो पूर्णतया परमेश्‍वरका वचनहरू पढ्नुको प्रतिफल थियो। परमेश्‍वरलाई धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

सत्य बोल्‍न मलाई केले रोक्यो?

हेल्‍लो, झेङ सिन! तपाईंले अघिल्लो पत्रमा, आफ्नी सहकर्मी सिस्टर सिद्धान्तहीन, आत्म-धर्मी, र स्वेच्‍छाचारी छिन् भन्‍नुभएको थियो। यो कुरा...

म फेरि कहिल्यै आफ्नो भाग्यबारे

चेन सिआयो, चीनबाल्यकालमा मेरो परिवार अलि गरिब थियो। आधारभूत आवश्यकताहरूको कहिल्यै ग्यारेन्टी हुन्थेन। आमाले हामीलाई खुवाउन प्रायः छिमेकीसँग...

झुटहरू पश्‍चात्

चेन शी, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरले इमानदारलाई मन पराउनुहुन्छ भन्ने कुरा तिमीहरूले थाहा पाउनुपर्छ। वास्तवमा,...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्