प्रभु बादलको सवारीमा ओर्लनुहुनेछ भनी मात्र पर्खिरहनेहरूलाई धिक्कार

31 मार्च 2026

प्रभुमा विश्‍वास गर्नेहरूका लागि सबैभन्दा ठूलो आशा उहाँको पुनरागमनलाई स्वागत गर्नु र स्वर्गको राज्यमा उठाई लगिनु हो। अब, महाविपत्तिहरू सुरु भइसकेका हुनाले, प्रभुलाई स्वागत गर्नु अत्यन्तै जरुरी कुरा हो। धार्मिक संसारले बाइबलमा भएका यी वचनहरूको आधारमा, “ए गालीलका मानिसहरू हो, तिमीहरू किन स्वर्गतिर हेर्दै उभिरहन्छौ? तिमीहरूबाट स्वर्गमा उठाइएका यही येशू, जसरी उहाँ स्वर्ग जानुभएको तिमीहरूले देख्यौ त्यसरी नै आउनुहुनेछ” (प्रेरित १:११), प्रभु येशू आफ्नो पुनरुत्थानपछि बादलको सवारीमा आत्मिक शरीरमा स्वर्गारोहण हुनुभएको हुनाले, उहाँ आत्मिक शरीरमै बादलको सवारीमा ओर्लेर फर्कनुहुनेछ भनी विश्‍वास गर्छन्। तिनीहरू सबै प्रभु येशूको आत्मिक शरीर स्वर्गबाट बादलको सवारीमा ओर्लिएर तिनीहरूलाई स्वर्गको राज्यमा लैजाने प्रतीक्षा गरिरहेका छन्। तर के तिनीहरू साँच्चै यसरी प्रभुलाई स्वागत गर्न सफल हुनेछन् त? विश्‍वासीहरू किन प्रभुमाथिको आफ्नो विश्‍वास र उहाँको स्वागतलाई प्रभु येशूका वचनहरूमा भन्दा स्वर्गदूतहरूका वचनहरूमा आधारित गर्छन्? आखिर, प्रभु को हुनुहुन्छ, र परमेश्‍वर को हुनुहुन्छ? प्रभुको पुनरागमनलाई स्वागत गर्ने महत्त्वपूर्ण मामिलामा, हामीले प्रभुका वचनहरूलाई विश्‍वास गर्नुपर्छ कि स्वर्गदूतहरूका वचनहरूलाई? स्पष्टतः मैले भर्खरै उद्धृत गरेका वचनहरू स्वर्गदूतहरूले बोलेका थिए। तिनीहरूले प्रभु येशू जसरी जानुभयो त्यसरी नै फर्कनुहुनेछ भनेर मात्र भने, तर तिनीहरूले अरू केही भनेनन्। के हामी यसबाट प्रभु आत्मिक शरीरमा फर्कनुहुनेछ भनेर निश्चित हुन सक्छौँ? प्रभु येशूले भन्‍नुभयो: “तर त्यो दिन र त्यस समयका बारेमा कुनै मानिसलाई थाहा छैन, न त स्वर्गका स्वर्गदूतहरूलाई, न पुत्रलाई, तर पितालाई(मर्कूस १३:३२)। त्यसोभए स्वर्गदूतहरूलाई प्रभु कसरी फर्कनुहुनेछ भनेर कसरी थाहा हुन सक्थ्यो? यो विचार गर्दा, के स्वर्गदूतहरूको अगमवाणी सही हुन सक्छ? प्रभु येशूले उहाँ फर्कनुहुनेछ र आत्मिक शरीरका रूपमा मानिसकहाँ देखा पर्नुहुनेछ भनेर कहिल्यै भन्नुभएन। बरु, उहाँले बारम्बार आफू “मानिसको पुत्र” र “दुलहा” का रूपमा आउनेछु भन्‍नुभयो। उदाहरणका लागि: “किनकि जसरी बिजुली पूर्वबाट चम्किँदा, पश्‍चिमसम्मै चम्‍किन्‍छ; मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ(मत्ती २४:२७)। “किनभने जसरी बिजुली, आकाशमुनिको एउटा भागबाट चम्किँदा, आकाशमुनिको अर्को भागसम्म चम्किन्छ; मानिसको पुत्र पनि आफ्नो दिनमा त्यस्तै हुनेछ। तर सुरुमा उसले धेरै कुराहरूको कष्ट भोग्नैपर्छ, र यस पुस्ताद्वारा इन्कार गरिनैपर्छ(लूका १७:२४-२५)। “मध्यरातमा आवाज आयो, हेर, दुलहा आइपुगे; उहाँलाई भेट्न बाहिर निस्क(मत्ती २५:६)। प्रभु येशूका अगमवाणीहरूका आधारमा, हामी के कुरामा निश्चित हुन सक्छौँ भने जब प्रभु फर्कनुहुन्छ, उहाँ मानिसको पुत्रका रूपमा देहधारी हुनुहुनेछ, आफ्नो काम गर्न देखा पर्नुहुनेछ र सत्यता व्यक्त गर्नुहुनेछ, र मानिसहरूको एउटा समूहलाई बचाउन र तिनीहरूलाई विजेता बनाउन आखिरी दिनहरूको न्यायको काम गर्नुहुनेछ। उहाँले राज्यको सुसमाचार संसारका सबै राष्ट्रहरूमा फैलाउनुहुनेछ, ताकि पृथ्वीमा परमेश्‍वरको राज्य साकार हुन सकोस्। परमेश्‍वर आफ्नो काम गर्न देहमा देखा परेर शैतान र सबै शत्रु शक्तिहरूलाई पराजित गर्नुहुन्छ, पृथ्वीमा आफ्नो राज्य स्थापित गर्नुहुन्छ। यसले परमेश्‍वरको ठूलो शक्ति र बुद्धिलाई पूर्ण रूपमा प्रकट गर्छ, र यसरी परमेश्‍वरले महिमा प्राप्त गर्नुहुन्छ।

तर, मानिसहरूमा परमेश्‍वरको कामबारे कत्ति पनि बुझाइ छैन। तिनीहरू केवल आफ्नै धारणा र कल्पनाहरूमा भर परेर, प्रभु येशूको पुनरागमनको तरिकालाई सीमित पार्छन्, र उहाँ आत्मिक शरीरमा आउनुहुनेछ भनी सोच्छन्। तिनीहरूले उहाँको आत्मिक शरीर बादलको सवारीमा ओर्लिएको देख्दा मात्र उहाँलाई स्वीकार गर्नेछन्। यो घातक गल्ती हो। जब मानिसहरूले उहाँको आत्मिक शरीर आइपुगेको देख्नेछन्, तब तिनीहरूले प्रभुलाई स्वागत गरेका छन् भनी सोच्नेछन्, तर वास्तवमा, तिनीहरूले विपत्ति सामना गर्नेछन्। यो थोमाले प्रभुको आत्मिक शरीर उनीकहाँ देखा परेको देख्दा जस्तै हो; त्यसपछि मात्र उनले विश्वास गरे र भने, “मेरा प्रभु र मेरा परमेश्‍वर।” प्रभु येशूले उनलाई अनुमोदन गर्नुभएन, बरु भन्नुभयो: “तिमीले मलाई देखेको कारण विश्‍वास गरेका छौ: तिनीहरू धन्य होऊन् जसले देखेका छैनन्, र पनि विश्‍वास गरेका छन्(यूहन्‍ना २०:२९)। आखिरी दिनहरूमा, प्रभु मानिसको पुत्रका रूपमा देहधारी बन्नुभएको छ, न्यायको काम गर्न सत्यता व्यक्त गर्दै हुनुहुन्छ। यदि तपाईँ यो कुरा विश्वास वा स्वीकार गर्नुहुन्न, तर प्रभुको आत्मिक शरीर बादलको सवारीमा ओर्लिएको नदेखुन्जेल पर्खन जिद्दी गर्नुहुन्छ भने, तपाईँले आखिरी दिनहरूमा परमेश्‍वरद्वारा मुक्ति पाउने मौका गुमाउनुहुनेछ। जब प्रभुको आत्मिक शरीर तल ओर्लन्छ, तब त्यो परमेश्‍वरको न्यायको काम समाप्त भएको अनि उहाँले असललाई इनाम र दुष्टलाई दण्ड दिने समय हुनेछ। त्यसले प्रकाशको पुस्तकको अगमवाणी पूरा गर्नेछ: “हेर, उहाँ बादलहरूसहित आउनुहुन्छ; अनि हरेक आँखाले उहाँलाई देख्‍नेछन्, र तिनीहरूले पनि, जसले उहाँलाई घोचे: र उहाँका कारण पृथ्वीका सब कुलहरूले विलाप गर्नेछन्। यस्तै होस्, आमेन(प्रकाश १:७)। त्यतिबेलासम्म, धेरै ढिला भइसकेको हुनेछ। त्यो समय मानिसहरूले विलाप गर्नेछन् र दाह्रा किट्नेछन्, निराशामा छाती पिट्नेछन्। आउनुहोस् एउटा खण्ड पढौँ: “धेरै मानिसहरूले मैले भन्ने कुरालाई वास्ता नगर्न सक्छन्, तर येशूलाई पछ्याउने हरेक तथाकथित सन्तलाई म अझै भन्न चाहन्छु कि, जब तिमीहरूले येशू स्वर्गबाट सेतो बादलमा ओर्लनुभएको आफ्नै आँखाले देख्छौ, त्यो सार्वजनिक रूपमा धार्मिकताको सूर्य देखा पर्ने समय हुनेछ। सायद त्यो क्षण तेरा निम्ति ठूलो उत्साहको समय हुनेछ। तैपनि तैँले येशू स्वर्गबाट ओर्लनुभएको देख्‍ने समय तँ दण्ड भोग्‍न नरक जाने समय, परमेश्‍वरको व्यवस्थापन योजनाको अन्त्यको घोषणा भएको समय, र परमेश्‍वरले असललाई इनाम र दुष्टलाई दण्ड दिनुहुने समय पनि हुनेछ भनी जान्‍नुपर्छ। किनकि सत्यताको अभिव्यक्ति मात्र हुँदा, मानिसले चिन्हहरू देख्‍नुअघि नै परमेश्‍वरको न्याय अन्त्य भइसकेको हुनेछ। सत्यता स्विकार्ने र चिन्हहरू नखोज्ने अनि यसरी शुद्ध गरिएकाहरू परमेश्‍वरको सिंहासनसामु ल्याइएका र सृष्टिकर्ताको अङ्गालोमा प्रवेश गरेका हुनेछन्। ‘सेतो बादलमा सवार नहुने येशू झुटो ख्रीष्ट हो’ भन्‍ने विश्‍वासमा अड्डी कस्‍नेहरूले मात्र अनन्त दण्ड भोग्नेछन्, किनभने तिनीहरू चिन्ह प्रदर्शन गर्नुहुने येशूमा मात्र विश्‍वास गर्छन्, तर कठोर न्याय व्यक्त गर्नुहुने अनि जीवन र साँचो मार्ग जारी गर्नुहुने येशूलाई मान्दैनन्। अनि यसकारण, के मात्र हुन सक्छ भने, सेतो बादलमा येशू खुल्लमखुल्ला फर्कनुहुँदा उहाँले तिनीहरूलाई ठेगान लगाउनुहुनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नवीकरण गरिसक्‍नुभएको हुनेछ)। यस खण्डबाट, हामी के देख्न सक्छौँ भने देहमा प्रभुको देखा पराइ र कामलाई स्वीकार गर्नुको सट्टा प्रभु बादलको सवारीमा ओर्लनुहुनेछ भनेर प्रतीक्षा मात्र गर्ने हरेकलाई विपत्ति आइपर्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

के प्रभु साँच्‍चै नै बादलको सवारीमा फर्कनुहुन्छ?

हामीले एकपछि अर्को विपत्ति आएको देखिरहेका छौं, र महामारीहरू विश्‍वभरि फैलिरहेका छन्। विश्‍वासीहरूले प्रभु बादलको सवारीमा ओर्लनुहुनेछ अनि...

प्रभु येशूले क्रूसमा “यो सकियो” भनी भन्‍नुहुँदा उहाँले वास्तवमा के भन्‍नुभएको हो?

इसाईहरूले के विश्‍वास गर्छन् भने प्रभु येशूले क्रूसमा “यो सकियो” भनी भन्‍नुहुँदा, उहाँले मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको काम समाप्त भयो...

आखिरी दिनहरूका देहधारी परमेश्‍वर किन महिला हुनुहुन्छ?

आखिरी दिनहरूमा, देहधारी सर्वशक्तिमान्‌ परमेश्‍वर काम गर्न र धेरै सत्यताहरू व्यक्त गर्न देखा पर्नुभएको छ। यी सत्यताहरूलाई इन्टरनेटमा राखिएका...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्