अविश्‍वासीहरूको जीवन र मृत्युको चक्र

13 अगस्ट 2021

हामी अविश्‍वासीहरूको जीवन र मृत्युको चक्रबाट सुरु गरौं। मरेपछि, व्यक्तिलाई आत्मिक संसारको एक परिचरले लैजानेछ। वास्तवमा व्यक्तिको केलाई लगिन्छ? व्यक्तिको देहलाई होइन, तर प्राणलाई लगिन्छ। जब व्यक्तिको प्राणलाई लगिन्छ, तब ऊ विशेषतः भर्खरै मरेका मानिसहरूका प्राणलाई लिने आत्मिक संसारको एउटा निकायमा पुग्छ। (नोट: मरेपछि जोकोही व्यक्ति जाने स्थान प्राणको लागि नौलो हुन्छ।) जब तिनीहरूलाई यस स्थानमा लगिन्छ, एक अधिकारीले सुरुमा तिनीहरूको नाम, ठेगाना, उमेर, र तिनीहरूका सबै अनुभवहरूको जाँच गरी पुष्टि गर्छ। तिनीहरू जीवित हुँदा तिनीहरूले गरेको सबै कुरा पुस्तकमा लेखिएको हुन्छ र ती सही छन् कि छैनन् प्रमाणित गरिन्छ। यी सबैलाई जाँचिएपछि, उक्त व्यक्तिको जीवनभरिको बानीबेहोरा र कार्यहरूलाई उसले दण्ड पाउनेछ कि मानवको रूपमा पुनर्जन्‍म पाउनेछ भन्‍ने कुरा निर्धारित गर्न प्रयोग गरिन्छ, र यो पहिलो चरण हो। के यो पहिलो चरण डरलाग्दो छ? यो त्यति डरलाग्दो छैन, किनभने भएको के मात्रै हुन्छ भने व्यक्ति अँध्यारो र अपरिचित स्थानमा आइपुगेको हुन्छ।

दोस्रो चरणमा, यदि यस व्यक्तिले आफ्‍नो जीवनकालमा धेरै खराब कुराहरू गरेको छ र धेरै दुष्ट कार्यहरू गरेको छ भने, उसलाई उसको निराकरणको लागि दण्ड दिने स्थानमा लगिनेछ। त्यो खास गरी मानिसहरूलाई दण्ड दिनको लागि नै प्रयोग गरिने स्थान हुनेछ। तिनीहरूलाई कसरी दण्ड दिइन्छ भन्‍ने कुरा तिनीहरूले गरेका पापहरूका साथै मर्नुभन्दा पहिले तिनीहरूले कति वटा दुष्ट कुराहरू गरेका छन् त्यसमा आधारित हुन्छ—यो दोस्रो चरणमा आइपर्ने पहिलो परिस्थिति यही हो। मर्नुभन्दा पहिले गरेका खराब कुराहरू र दुष्ट कार्यहरूका कारण, तिनीहरूको दण्डपछि तिनीहरूको पुनर्जन्‍म हुँदा—अर्थात् तिनीहरू फेरि भौतिक संसारमा जन्‍म हुँदा—कतिपय मानिसहरू मानव नै हुनेछन् भने, अरू पशु-प्राणी हुनेछन्। भन्‍नुको अर्थ, व्यक्ति आत्मिक संसारमा फर्केपछि, तिनीहरूलाई तिनीहरूले गरेका दुष्टताको निम्ति दण्ड दिइन्छ; यसको साथै, तिनीहरूले गरेका दुष्ट कुराको कारण, तिनीहरूको अर्को पुनर्जन्ममा, तिनीहरू सायद मानवको रूपमा होइन, बरु पशु-प्राणीको रूपमा फर्कनेछन्। तिनीहरू बन्‍ने पशु-प्राणीमा गाई, घोडा, सुँगुर र कुकुरहरू आदि पर्छन्। कतिपय मानिसहरू चराचुरुङ्गी, वा हाँस वा पानी-हाँसको रूपमा जन्‍मन सक्छन्…। तिनीहरू पशु-प्राणीको रूपमा पुनर्जन्‍म भएपछि, जब तिनीहरू फेरि मर्छन्, तिनीहरू आत्मिक संसारमा फर्कनेछन्। त्यहाँ, पहिले जस्तै, तिनीहरूको मृत्युभन्दा पहिलेको तिनीहरूको बानीबेहोराको आधारमा, तिनीहरू मानवको रूपमा पुनर्जन्‍म हुनेछन् कि छैनन् भन्‍ने कुराको निर्णय आत्मिक संसारले गर्नेछ। धेरैजसो मानिसहरूले धेरै दुष्ट कार्य गर्छन्, र तिनीहरूको पाप अत्यन्तै गम्‍भीर हुन्छन्, त्यसकारण तिनीहरू सातदेखि बाह्र पटकसम्‍म पशु-प्राणीका रूपमा पुनर्जन्‍म हुनुपर्छ। सातदेखि बाह्र पटकसम्‍म—के त्यो डरलाग्दो कुरा होइन र? (यो डरलाग्दो कुरा हो।) के कुराले तिमीहरूलाई भयभीत तुल्याउँछ? व्यक्ति पशु-प्राणी बन्‍नु—त्यो डरलाग्दो कुरा हो। अनि व्यक्तिको लागि, पशु-प्राणी बन्‍नुको सबैभन्दा पीडादायक कुरा के हो? कुनै भाषा नहुनु, साधारण विचारहरू मात्रै हुनु, पशु-प्राणीले गर्ने कुरा मात्रै गर्न र पशु-प्राणीले खाने कुरा मात्रै खान सक्‍नु, पशु-प्राणीको जस्तो सरल मनस्थिति र शारीरिक हाउभाउ हुनु, सीधा भई हिँड्न नसक्‍नु, मानवसँग संचार गर्न नसक्‍नु, र मानवको कुनै बानीबेहोरा वा क्रियाकलापहरूको सम्‍बन्ध पशु-प्राणीसँग नहुने तथ्य। यसको अर्थ, सबै कुराहरूमध्ये, पशु-प्राणी बन्ने कुराले चाहिँ तिमीहरूलाई जीवित प्राणीहरूमा सबैभन्दा नीच बनाउँछ र यसमा मानव हुनुमा भन्दा धेरै दुःखकष्ट सहनुपर्छ। धेरै दुष्ट काम र ठूला पापहरू गरेका मानिसहरूलाई दिइने आत्मिक संसारको दण्डको एउटा पक्ष यही हो। जब तिनीहरूको दण्डको गम्‍भीरताको कुरा आउँछ, तिनीहरू कस्तो प्रकारको पशु-प्राणी बन्छन् भन्ने आधारमा निर्णय हुन्छ। उदाहरणको लागि, के सुँगुर बन्‍नु कुकुर बन्‍नुभन्दा उत्तम हो? के सुँगुर कुकुरभन्दा उत्तम तरिकाले जिउँछ कि खराब तरिकाले? खराब तरिकाले, होइन र? यदि मानिसहरू गाई वा घोडा बन्छन् भने, तिनीहरू सुँगुरभन्दा उत्तम तरिकाले जिउनेछन् कि खराब तरिकाले जिउनेछन्? (उत्तम तरिकाले।) के व्यक्ति बिरालोको रूपमा पुनर्जन्‍म भयो भने उसलाई अझ बढी सहज हुनेछ? ऊ जे भए पनि पशु नै हुनेछ, र बिरालो हुनु गाई वा घोडा हुनुभन्दा निकै सहज हुनेछ, किनभने बिरालोहरूले आफ्नो धेरैजसो समय आनन्दसाथ निदाएर नै बिताउन पाउँछन्। गाई वा घोडा हुनु अझै बढी कठिन हुन्छ। त्यसकारण, यदि व्यक्ति गाई वा घोडाको रूपमा पुनर्जन्‍म हुन्छ भने, तिनीहरूले कठिन परिश्रम गर्नुपर्छ—जुन कडा दण्डसरह हो। कुकुर बन्‍नु गाई वा घोडाभन्दा अलिक उत्तम हो, किनभने मालिकसँग कुकुरको नजिकको सम्‍बन्ध हुन्छ। कतिपय कुकुरहरूले धेरै वर्ष पाल्तु कुकुरको रूपमा बसेपछि, तिनीहरूका मालिकले भन्‍ने धेरै कुरा बुझ्‍न सक्छन्। कहिलेकहीँ, कुकुरले यसको मालिकको मनस्थिति र मापदण्डहरूलाई अपनाउन सक्छ र मालिकले कुकुरलाई राम्रो व्यवहार गर्छ, र कुकुरले राम्रो खान र पिउन पाउँछ, र पीडामा हुँदा यसले हेरचाह पाउँछ। त्यसो भए, के कुकुरले खुशी जीवनको आनन्द लिँदैन र? तसर्थ, कुकुर बन्‍नु गाई वा घोडा बन्‍नुभन्दा उत्तम कुरा हो। यस हकमा, व्यक्तिको दण्डको गम्भीरताले नै व्यक्ति कति पटक पशु-प्राणीको रूपमा, साथै कुन प्रकारको पशु-प्राणीको रूपमा पुनर्जन्‍म हुन्छ भन्‍ने कुरालाई निर्धारित गर्छ।

तिनीहरूले आफू जीवित हुँदा धेरै पाप गरेका हुनाले, कतिपय मानिसहरूलाई सातदेखि बाह्र जीवनसम्‍म पशु-प्राणीको रूपमा पुनर्जन्‍म गराएर दण्ड दिइन्छ। पर्याप्तपटक दण्ड पाइसकेर, आत्मिक संसारमा फर्केपछि, तिनीहरूलाई अर्को ठाउँ अर्थात् विभिन्‍न प्राणलाई पहिले नै दण्ड दिइसकिएको र मानवको रूपमा पुनर्जन्‍म हुनको लागि तयार गरिँदै गरिएका प्राणहरू भएको स्थानमा लगिन्छ। यस स्थानमा, हरेक प्राणलाई तिनीहरू कुन प्रकारको परिवारमा जन्‍म लिनेछन्, तिनीहरूको पुनर्जन्‍म भएपछि तिनीहरूले कस्तो प्रकारको भूमिका निर्वाह गर्नेछन्, आदि इत्यादि कुराहरूअनुसार वर्गीकरण गरिन्छ। उदाहरणको लागि, कतिपय मानिसहरू यस संसारमा आएपछि गायक बन्छन्, त्यसकारण तिनीहरूलाई गायकहरूको बीचमा राखिन्छ; कतिपय मानिसहरू संसारमा आएपछि व्यापारी बन्छन्, त्यसकारण तिनीहरूलाई व्यापारीहरूको वर्गमा राखिन्छ; अनि यदि कुनै व्यक्ति मानव बनेपछि वैज्ञानिक शोधकर्ता बन्छ भने, उसलाई वैज्ञानिक शोधकर्ताहरूको बीचमा राखिन्छ। तिनीहरूलाई वर्गीकरण गरिएपछि, प्रत्येकलाई आज मानिसहरूले इमेल पठाएजस्तै गरी फरक-फरक समय र तोकिएको मितिमा पठाइन्छ। यसमा जीवन र मृत्युको एउटा चक्र पूरा हुनेछ। त्यो व्यक्ति आत्मिक संसारमा आइपुगेको समयदेखि तिनीहरूको दण्डको अन्त्यसम्म, वा तिनीहरू धेरैपटक पशु-प्राणीको रूपमा पुनर्जन्‍म भएर मानवको रूपमा पुनर्जन्‍म हुन तयार भइञ्‍जेलसम्‍ममा, यो प्रक्रिया पूरा हुन्छ।

दण्ड पाइसकेका र पशु-प्राणीको रूपमा पुनर्जन्‍म नभएका मानिसहरूको हकमा, के तिनीहरूलाई मानवको रूपमा पुनर्जन्‍म गराउनको लागि तुरुन्तै भौतिक संसारमा पठाइनेछ? वा, तिनीहरू मानवको बीचमा आइपुग्‍न कति समय लाग्‍नेछ? यो कति पटक हुन सक्छ? यसका लौकिक सीमाहरू छन्। आत्मिक संसारमा हुने सबै कुरा निश्‍चित लौकिक सीमा र नियमहरूको अधीनमा हुन्छन्—जसको बारेमा मैले अङ्कमा व्याख्या गरेँ भने, तिमीहरूले बुझ्‍नेछौ। छोटो समय अवधिमा पुनर्जन्‍म हुनेहरूको हकमा भन्दा, जब तिनीहरू मर्छन्, मानवको रूपमा पुनर्जन्‍म हुनको लागि तिनीहरूका निम्ति पहिले नै तयारी गरिसकिएको हुन्छ। यसो हुनसक्‍ने सबैभन्दा छोटो समय भनेको तीन दिन हो। कतिपय मानिसहरूको लागि, तीन महिना लाग्छ, कतिपयलाई तीन वर्ष लाग्छ, कतिलाई तीस वर्ष लाग्छ, कतिलाई तीन सय वर्ष लाग्छ, अनि अरूलाई एवं रितले हुँदै हुन्छ। त्यसकारण, यी लौकिक नियमहरूका बारेमा के भन्‍न सकिन्छ, र तिनका सर्तहरू के हुन्? ती भौतिक संसार, अर्थात्, मानव संसारलाई प्राणबाट के चाहिन्छ त्यसमा, र यो प्राणले यस संसारमा खेल्नुपर्ने भूमिकामा आधारित हुन्छन्। जब मानिसहरू साधारण मानवको रूपमा पुनर्जन्‍म हुन्छन्, तिनीहरूमध्ये धेरैजसो मानिसहरू तुरुन्तै पुनर्जन्‍म भइहाल्छन्, किनभने मानव संसारलाई त्यस्ता साधारण मानिसहरूको तत्काल खाँचो हुन्छ—त्यसकारण, तीन दिनपछि, तिनीहरूलाई तिनीहरू मर्नुभन्दा पहिलेको तिनीहरूको परिवारभन्दा पूर्ण रूपमा फरक परिवारमा फेरि पठाइन्छ। तैपनि, यो संसारमा विशेष भूमिका निर्वाह गर्ने कतिपय मानिसहरू पनि हुन्छन्। “विशेष” को अर्थ मानिसको संसारमा यी मानिसहरूको त्यति ठूलो संख्यामा माग हुँदैन; यस्तो भूमिका निर्वाह गर्नको लागि त्यति धेरै मानिसहरूको आवश्यकता हुँदैन, त्यसकारण यसको लागि तीन सय वर्ष लाग्‍न सक्छ। अर्को शब्‍दमा भन्दा, यो प्राण हरेक तीन सय वर्ष वा हरेक तीन हजार वर्षमा मात्रै आउनेछ। किन यस्तो हुन्छ त? किनभने तीन सय वा तीन हजार वर्षमा मानिसको संसारमा त्यस्तो भूमिकाको आवश्यकता हुँदैन, त्यसकारण तिनीहरूलाई आत्मिक संसारमा कतै राखिन्छ। उदाहरणको लागि कन्फ्युसियसलाई लिऊँ: परम्‍परागत चिनियाँ संस्कृतिमा उनले ठूलो प्रभाव पारेका थिए, र तिनको आगमनले त्यस समयका मानिसहरूको परम्‍परा, ज्ञान, संस्कृति, र विचारधारालाई गहन रूपमा प्रभाव पारेको थियो। तैपनि, हरेक युगमा यस्तो व्यक्तिको आवश्यकता हुँदैन, त्यसकारण पुनर्जन्‍म हुनको लागि तीन सय वा तीन हजार वर्ष प्रतीक्षा गर्दै उनी आत्मिक संसारमा नै रहनु परेको थियो। मानिसको संसारलाई यस्तो व्यक्तिको खाँचो नपर्ने हुँदा, उनले केही नगरी प्रतीक्षा गर्नु परेको थियो, किनभने उनको जस्तो भूमिका निकै कम छन्, र उनले गर्नुपर्ने कुरा थोरै छ। तसर्थ, मानिसको संसारलाई उनको आवश्यकता परेपछि उनलाई पठाउनको लागि धेरैजसो समय उनलाई केही नगराईकन आत्मिक संसारमा कतै राख्‍नु परेको थियो। धेरैजसो मानिसहरू कतिपटक पुनर्जन्‍म हुन्छन् भन्‍नेबारेमा रहेका आत्मिक क्षेत्रका लौकिक नियमहरू यिनै हुन्। मानिसहरू साधारण भए पनि वा विशेष भए पनि, तिनीहरूको पुनर्जन्मलाई मिलाउनको लागि आत्मिक संसारसँग उचित नियम र सही अभ्यासहरू छन्, र यी नियम र अभ्यासहरू ले नै पठाउनुभएको हो, आत्मिक संसारको कुनै परिचर वा सत्वले यसको निर्णय गर्ने वा नियन्त्रण गर्ने कार्य गर्दैन। तिमीहरूले अब यो कुरा बुझ्यौ, होइन त?

कुनै पनि प्राणको लागि, यसको पुनर्जन्‍म, यस जीवनमा यसको भूमिका के हो, यो कुन परिवारमा जन्‍मन्छ, र यसको जीवन कस्तो हुन्छ भन्‍ने कुराहरू प्राणको अघिल्‍लो जीवनकालसँग सम्‍बन्धित हुन्छ। मानिसको संसारमा सबै प्रकारका मानिसहरू आउँछन्, र तिनीहरूले गर्ने कामजस्तै तिनीहरूले खेल्‍ने भूमिका फरक-फरक हुन्छन्। अनि यी काम के-के हुन् त? कतिपय मानिसहरू ऋण तिर्न आउँछन्: यदि तिनीहरूको पहिलेको जीवनमा तिनीहरूले अरूलाई धेरै पैसा तिर्नु थियो भने, तिनीहरू यो जीवनमा ती कर्जा तिर्न आउँछन्। यसबीच, कतिपय मानिसहरू ऋण उठाउन आएका हुन्छन्: तिनीहरूको पहिलेको जीवनमा तिनीहरूबाट धेरै कुरा र धेरै पैसा ठगी गरी लिइएको हुन्छ; परिणामस्वरूप, तिनीहरू आत्मिक संसारमा आएपछि, यसले तिनीहरूलाई न्याय दिन्छ र तिनीहरूलाई यस जीवनमा तिनीहरूको कर्जा उठाउन दिन्छ। कतिपय मानिसहरू कृतज्ञताको कर्जा तिर्न आएका हुन्छन्: पहिलेको जीवनकालमा—अर्थात्, तिनीहरूको पहिलेको पुनर्जन्ममा—कुनै व्यक्ति तिनीहरूप्रति दयालु रहेको थियो, र यो जीवनमा पुनर्जन्‍म हुने ठूलो अवसर दिइएको हुनाले, तिनीहरू कृतज्ञताका ती कर्जा तिर्न फेरि जन्‍मन्छन्। यसबीच, अरू यस जीवनमा कसैको जीवन लिन पुनर्जन्‍म भएका हुन्छन्। अनि तिनीहरूले कसको जीवन लिन्छन् त? तिनीहरूले अघिल्‍लो जीवनमा आफूलाई मार्ने मानिसहरूको जीवन लिन्छन्। समग्रमा, हरेक व्यक्तिको वर्तमान जीवनको तिनीहरूको अघिल्‍लो जीवनकालसँग गहन सम्‍बन्ध हुन्छ; यो सम्‍बन्ध अलग्याउन नसकिने हुन्छ। भन्‍नुको अर्थ, हरेक व्यक्तिको वर्तमान जीवनलाई अघिल्‍लो जीवनले ठूलो प्रभाव पारेको हुन्छ। उदाहरणको लागि, मानौं मर्नुभन्दा पहिले झाङ्गले लीलाई ठूलो रकम ठगी गर्‍यो। त्यसो भए, के झाङ्ग लीप्रति ऋणी भएको हुन्छ? ऊ ऋणी भएको हुन्छ, त्यसकारण लीले झाङ्गबाट आफ्‍नो कर्जा उठाउनु उचित नै हुन्छ। परिणामस्वरूप, तिनीहरू मरेपछि, तिनीहरूको बीचमा चुक्ता गरिनुपर्ने कर्जा हुन्छ। जब तिनीहरूको पुनर्जन्‍म हुन्छ र झाङ्ग मानव बन्छ, लीले कसरी ऊबाट कर्जा सङ्कलन गर्छ त? एउटा तरिका भनेको झाङ्गको छोरा भएर जन्‍मनु हो; झाङ्गले ठूलो रकम कमाउँछ, जुन लीले उडाउँछ। झाङ्गले जति नै धेरै रकम कमाए पनि, उसको छोरा लीले यसलाई उडाइदिन्छ। झाङ्गले जति नै धेरै कमाए पनि, कहिल्यै पर्याप्त हुँदैन; र यसबीच, सधैँ नै उसको छोराले कुनै कारणवश विभिन्‍न तरिकाले आफ्‍नो बुबाको रकम खर्च गर्न पुग्छ। झाङ्ग छक्‍क पर्दै सोच्छन्, “यो मेरो छोराले किन सधैँ यति दुर्भाग्य निम्त्याउँछ? किन अरूका छोराचाहिं राम्रो बानीबेहोरा भएका छन्? किन मेरो छोराको कुनै लक्ष्य छैन, किन ऊ बेकामे छ र उसले कुनै रकम कमाउन सक्दैन, र मैले किन सधैँ उसलाई सहयोग गर्नुपर्छ? मैले नै उसलाई सहयोग गर्नुपर्ने भएकोले, म गर्नेछु—तर किन मैले जति नै धेरै पैसा दिए पनि, उसलाई सधैँ अझै बढी चाहिन्छ? किन उसले इमानदार रूपमा काम गर्न सक्दैन, बरु अल्‍लारे भएर हिँड्ने, खाने, पिउने, केटी घुमाउने, र बाजी लगाउनेजस्ता कुराहरू गर्छ? आखिर के भइरहेको छ?” त्यसपछि झाङ्गले केही समय सोच्छ, “सायद मैले अघिल्‍लो जीवनकालमा उसको ऋण खाएको छु। ठीकै छ, म यो कर्जा तिर्नेछु! मैले पूरा नतिरेसम्‍म यो कार्य रोकिनेछैन!” त्यो दिन आउन सक्छ जुन दिन लीले आफ्‍नो ऋण पूरै उठाइसक्छ, र ऊ चालीस वा पचासको दशकमा हुँदा, ऊ अचानक आफ्‍नो चेतनामा फर्किन्छ र महसुस गर्छ, “मैले मेरो जीवनको अघिल्‍लो आधा भागमा मैले एउटै राम्रो काम गरेको छैन रहेछु! मेरो बुबाले कमाएको सबै पैसा मैले उडाएको छु, त्यसकारण म असल व्यक्ति हुन सुरु गर्नुपर्छ! म आफैलाई दह्रिलो बनाउनेछु; म इमानदार र उचित रूपमा जिउने व्यक्ति बन्‍नेछु, र म मेरो बुबालाई फेरि कहिल्यै पनि दुःखी तुल्याउनेछैन!” उसले किन यस्तो विचार गर्छ? ऊ किन अचानक असल व्यक्तिमा परिवर्तन हुन्छ? के यसको कुनै कारण छ? कारण के हो? (किनभने लीले आफ्‍नो ऋण उठाइसकेको छ; झाङ्गले आफ्‍नो ऋण तिरिसकेको छ।) यसमा, कारण र प्रभाव छ। यो कथा तिनीहरूको हालको जीवनकालभन्दा धेरै पहिले सुरु भएको हो; तिनीहरूको विगतको जीवनको यो कथालाई वर्तमानमा ल्याइएको हुन्छ, र कसैले पनि अर्को व्यक्तिलाई दोष दिन सक्दैन। झाङ्गले आफ्‍नो छोरालाई जे सिकाए पनि, उसको छोराले कहिल्यै पनि सुनेन न त कुनै मेहनत नै गर्‍यो। ऋण तिरिएको दिनमा, उसको छोरालाई सिकाउनुपर्ने कुनै आवश्यकता परेन—उसले प्राकृतिक रूपमै बुझ्यो। यो एउटा सरल उदाहरण हो। के त्यस्ता धेरै उदाहरणहरू छन् त? (हो, छन्।) यसले मानिसहरूलाई के बताउँछ? (तिनीहरू असल हुनुपर्छ र दुष्ट कार्य गर्नु हुँदैन।) तिनीहरूले कुनै दुष्ट काम गर्नु हुँदैन, र तिनीहरूको गलत कार्यको निम्ति दण्ड दिइनेछ! धेरै अविश्‍वासीहरूले त्यस्ता धेरै दुष्ट कार्य गर्छन्, र तिनीहरूका गलत कार्यको निम्ति दण्ड दिइन्छ, होइन र? तैपनि, के त्यस्तो दण्ड स्वेच्‍छाचारी हुन्छ त? हरेक कार्यको लागि, पृष्ठभूमि हुन्छ र यसको दण्डको पछाडि एउटा कारण हुन्छ। के तैँले कसैलाई रकम ठगेपछि तँलाई केही पनि हुनेछैन भन्‍ने तँलाई लाग्छ? के तँलाई त्यो रकम ठगेपछि, तैँले कुनै पनि परिणामहरूको सामना गर्नुपर्दैन भन्‍ने लाग्छ? त्यस्तो हुनु त असम्‍भव नै हुनेछ; अवश्य नै त्यसका परिणामहरू हुनेछन्! तिनीहरू जो भए पनि वा तिनीहरूले हुनुहुन्छ भन्‍ने विश्‍वास गरे पनि नगरे पनि, सबै व्यक्ति आफ्‍नो व्यवहारको निम्ति जिम्‍मेवार हुनुपर्छ र तिनीहरूले आफ्‍ना कार्यहरूका परिणामहरू भोग्‍नुपर्छ। यस सरल उदाहरणको विषयमा—झाङ्गलाई दण्ड दिइएको, र लीको कर्जा चुक्ता गरिएको विषयमा—के यो कुरा उचित छैन र? जब मानिसहरूले त्यस्ता कार्यहरू गर्छन्, आउने परिणाम यस्तै हुन्छ। यो आत्मिक संसारको प्रशासन कार्यबाट अलग गर्न नसकिने कुरा हो। तिनीहरू अविश्‍वासी भएको बावजूद पनि, मा विश्‍वास नगर्ने मानिसहरूको अस्तित्व यी स्वर्गीय आदेश र उर्दीहरूको अधीनमा हुन्छ। ती आदेश र उर्दीबाट कोही पनि उम्‍कन सक्दैन, र यो यथार्थबाट कोही पनि जोगिन सक्दैन।

विश्‍वास नभएका मानिसहरूले प्रायजसो मानवले देख्‍न सक्‍ने सबै कुरा अस्तित्वमा छन्, तर देख्‍न नसकिने सबै कुरा, वा मानिसहरूबाट अत्यन्तै टाढा रहेका कुराहरू अस्तित्वमा छैनन् भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू “जीवन र मृत्युको चक्र” छैन र कुनै “दण्ड” छैन भनेर विश्‍वास गर्न रुचाउँछन्; यसर्थ, तिनीहरूले कुनै पछुतो नगरीकन पाप गर्छन् र दुष्ट कार्य गर्छन्। त्यसपछि, तिनीहरू दण्डित हुन्छन्, वा पशु-प्राणीको रूपमा पुनर्जन्‍म लिन्छन्। अविश्‍वासीहरूका बीचमा रहेका विभिन्‍न प्रकारका मानिसहरूमध्ये धेरैजसो यही दुष्चक्रमा पर्छन्। किनभने तिनीहरूलाई सबै जीवित प्राणीप्रतिको प्रशासनमा आत्मिक संसार अत्यन्तै कठोर छ भन्‍ने थाहा हुँदैन। तैँले विश्‍वास गरे पनि नगरे पनि यो तथ्य अस्तित्वमा छ, किनभने ले आफ्‍नो आँखाले अवलोकन गर्नुहुने क्षेत्रबाट कुनै व्यक्ति वा वस्तु उम्कन सक्दैन, र उहाँका स्वर्गीय आदेश र उर्दीहरूका नियम र सीमितताहरूबाट कुनै व्यक्ति वा वस्तु उम्कन सक्दैन। तसर्थ, यो सरल उदाहरणले सबैलाई के कुरा बताउँछ भने, तैँले मा विश्‍वास गरे पनि नगरे पनि, पाप गर्नु र दुष्ट कार्य गर्नु अस्वीकार्य छ, र सबै कामका परिणामहरू हुन्छन्। अर्को व्यक्तिबाट पैसा ठगी गर्ने कुनै व्यक्तिको लागि, त्यस्तो दण्ड उचित नै हुन्छ। आम रूपमा देखिने यस्तो व्यवहारलाई आत्मिक संसारमा दण्डित गरिन्छ, र त्यस्तो दण्ड का आदेश र स्वर्गीय उर्दीद्वारा दिइन्छ। त्यसकारण, गम्‍भीर अपराधी र दुष्ट व्यवहारको निम्ति—बलात्कार र लुटपाट गर्ने, ठगी र छल गर्ने, चोरी र डकैती गर्ने, हत्या र आगजनी गर्ने, आदि इत्यादि—विभिन्‍न हदको गम्‍भीरतासहितको विभिन्न किसिमको दण्ड हुन्छ। विभिन्‍न हदको गम्‍भीरतासहितका यी दण्डहरूमा के-के पर्छन् त? तीमध्ये कतिमा समयको प्रयोग गरी गम्‍भीरताको स्तर तय गरिन्छ, कतिमा भने विभिन्‍न विधिहरूद्वारा त्यसो गरिन्छ; अझै अरूहरूमा मानिसहरू पुनर्जन्‍म हुँदा कहाँ जान्छन् त्यसलाई निर्धारण गरेर त्यसो गरिन्छ। उदाहरणको लागि, कतिपय मानिसहरू फोहोरी बोल्‍ने हुन्छन्। “फोहोरी बोल्‍ने” ले केलाई जनाउँछ? यसको अर्थ अरूसँग बोल्दा बारम्‍बार मनपरी भन्ने र अरूलाई सराप्‍ने द्वेषपूर्ण भाषाको प्रयोग गर्ने भन्‍ने हुन्छ। फोहोरी भाषाले केलाई जनाउँछ? त्यस व्यक्तिसँग दुर्भावनापूर्ण हृदय छ भन्‍ने यसले सङ्केत दिन्छ। अरूलाई सराप दिने फोहोरी भाषा त्यस्ता मानिसहरूको मुखबाट नै प्राय निस्कन्छ, र त्यस्तो फोहोरी भाषाले गम्‍भीर परिणामहरू ल्याउँछ। यी मानिसहरू मरेर उचित दण्ड पाएपछि, तिनीहरू गूँगो भएर जन्‍मन सक्छन्। कतिपय मानिसहरू जिउँदो हुँदा अत्यन्तै कुटिल हुन्छन्; तिनीहरूले प्राय अरूबाट फाइदा लुट्छन्, तिनीहरूका युक्तिहरू खास रूपमा योजनाबद्ध हुन्छन्, र तिनीहरूले अरूलाई धेरै हानि गर्छन्। जब तिनीहरूको पुनर्जन्‍म हुन्छ, तब तिनीहरू अर्धबुद्धि वा मानसिक रूपमा अशक्त भई जन्मन सक्छन्। कतिपय मानिसहरूले प्रायजसो अरूको व्यक्तिगत मामलामा हात हाल्छन्; तिनीहरूका आँखाले नदेख्‍नु पर्ने धेरै कुरा देख्छन्, र तिनीहरूले नजान्‍नु पर्ने धेरै कुरा जान्दछन्। परिणामस्वरूप, जब तिनीहरूको पुनर्जन्‍म हुन्छ, तिनीहरू अन्धा हुन सक्छन्। कतिपय मानिसहरू जीवित हुँदा हातखुट्टा चलाउन अत्यन्तै चतुर हुन्छन्; तिनीहरूले प्रायजसो झगडा गर्छन् र धेरै दुष्ट कार्य गर्छन्। यही कारणले गर्दा, तिनीहरू अपाङ्ग, लङ्गडो, वा हात नभएको व्यक्तिको रूपमा पुनर्जन्‍म हुन सक्छन्; अन्यथा तिनीहरू कुप्रो वा घाँटी बाङ्गिएको व्यक्तिको रूपमा जन्‍मन सक्छन्, एक हातले हिँड्ने, एउटा खुट्टा अर्कोभन्दा छोटो भएको, र यस्तै अन्य रूपमा जन्‍मन सक्छन्। यिनमा, तिनीहरूलाई जीवित हुँदा तिनीहरूले गरेका दुष्ट कामको स्तरको आधारमा विभिन्‍न दण्डहरू प्रदान गरिएको हुन्छ। तिमीहरूलाई कतिपय मानिसहरूको दृष्टि किन धीमा हुन्छ भन्‍ने लाग्छ? के त्यस्ता धेरै मानिसहरू छन्? आजभोलि यस्ता मानिसहरू धेरै नै छन्। कतिपय मानिसहरूले तिनीहरूको विगतको जीवनमा आफ्‍नो आँखाको धेरै प्रयोग गरेका र धेरै खराब काम गरेकाले तिनीहरूको दृष्टि धीमा हुन्छ, त्यसले गर्दा तिनीहरू धीमा दृष्टिको समस्यासहित जन्‍मे, र गम्भीर अवस्थाहरूमा, तिनीहरू अन्धोसमेत भएर जन्‍मे। यो दण्ड हो! कतिपय मानिसहरू मर्नुभन्दा पहिले अरूसँग राम्ररी मिलेर बस्छन्; तिनीहरूले आफ्ना आफन्त, इष्टमित्र, सहकर्मी, वा तिनीहरूसँग सम्‍बन्धित अरू मानिसहरूका निम्ति धेरै असल कार्य गर्छन्। तिनीहरूले अरूका लागि परोपकार र हेरचाह प्रदान गर्छन्, वा तिनीहरूलाई आर्थिक रूपमा सहायता गर्छन्, अनि मानिसहरूले तिनीहरूलाई आदरको साथ हेर्छन्। जब त्यस्ता मानिसहरू आत्मिक संसारमा फर्कन्छन्, तिनीहरूलाई दण्ड दिइँदैन। एक अविश्‍वासीलाई कुनै पनि किसिमले दण्ड नदिनुको अर्थ तिनीहरू अत्यन्तै असल व्यक्ति थिए भन्‍ने हुन्छ। को अस्तित्वमा विश्‍वास गर्नुको सट्टा, तिनीहरूले आकाशको वृद्ध मानिसमा मात्रै विश्‍वास गरे। त्यस्तो व्यक्तिले तिनीहरूभन्दा माथि एउटा आत्मा छ जसले तिनीहरूले गर्ने हरेक कुरा हेर्छ भन्‍ने मात्रै विश्‍वास गर्छ—यो व्यक्तिले विश्‍वास गर्ने भनेको यति मात्रै हो। यसको परिणाम के हुन्छ भने यो व्यक्तिको व्यवहार निकै राम्रो हुन्छ। त्यस्ता मानिसहरू दयालु हृदय भएको र परोपकारी हुन्छन्, र जब तिनीहरू अन्तिममा आत्मिक संसारमा फर्कन्छन्, यसले तिनीहरूलाई अत्यन्तै राम्रो व्यवहार गर्नेछ, र तिनीहरूको चाँडै नै पुनर्जन्‍म हुनेछ। जब तिनीहरू फेरि जन्मन्छन्, तिनीहरू कस्तो प्रकारको परिवारमा आइपुग्‍नेछन्? त्यस्ता परिवार धनी नभए पनि, तिनीहरूको परिवारका सदस्यहरूमा सद्‌भाव हुने हुँदा तिनीहरू कुनै पनि हानिबाट मुक्त हुन्छन्; त्यहाँ, पुनर्जन्‍म भएका यी मानिसहरूले सुरक्षित, खुशीका दिनहरू बिताउँछन्, र हरेक व्यक्तिले आनन्दित भएर असल जीवन जिउनेछ। जब यी मानिसहरू वयस्क हुन्छन्, तिनीहरूको परिवार ठूलो, संयुक्त परिवार हुनेछ, तिनीहरूका छोराछोरी प्रतिभावान् हुनेछन्, तिनीहरूले सफलता पाउनेछन्, अनि तिनीहरूको परिवारले राम्रो सौभाग्यको आनन्द लिनेछन्—र त्यस्तो परिणाम यी मानिसहरूको विगतको जीवनसँग पूर्ण रूपमा सम्‍बन्धित हुन्छ। अर्थात्, मानिसहरू मरेर तिनीहरूको पुनर्जन्‍म भएपछि तिनीहरू कहाँ जान्छन्, तिनीहरू पुरुष बन्छन् कि महिला बन्छन्, तिनीहरूको मिसन के हो, जीवनमा तिनीहरूले के भोग्‍नेछन्, तिनीहरूले के-कस्ता प्रतिरोधहरूको सामना गर्नेछन्, तिनीहरूले कस्ता आशिष् पाउनेछन्, तिनीहरूले कसलाई भेट्नेछन्, र तिनीहरूलाई के हुनेछ—कसैले पनि यी कुराहरूको पूर्वानुमान गर्न, तीबाट जोगिन, वा तीबाट लुक्‍न सक्दैन। भन्‍नुको अर्थ, तेरो जीवनको तय गरिएपछि, तँलाई जेसुकै भए पनि—तैँले यसबाट जोगिन जे-जसरी प्रयास गरे पनि, र जुनसुकै माध्यमको प्रयोग गरे पनि—ले आत्मिक संसारमा तेरो लागि तय गर्नुभएको जीवनको मार्गलाई तैँले कुनै पनि हालतमा उल्‍लङ्घन गर्न सक्दैनस्। किनभने जब तेरो पुनर्जन्‍म हुन्छ, तेरो जीवनको भवितव्य पहिले नै तोकिएको हुन्छ। चाहे यो असल होस् वा खराब, सबैले यसको सामना गर्नुपर्छ र अघि बढिरहनुपर्छ। यो यस्तो कुरा हो जसबाट यस संसारमा बस्‍ने कोही पनि जोगिन सक्दैन, र यतिको यथार्थ कुरा अरू केही पनि छैन। मैले भन्दै आएको कुरा तिमीहरू सबैले बुझेका छौ, होइन त?

अविश्‍वासीहरूको जीवन र मृत्युको चक्र

यी कुराहरूलाई बुझिसकेपछि, के तिमीहरूले अहिले अविश्‍वासीहरूको जीवन र मृत्युको चक्रमा को अत्यन्तै सटीक र कठिन जाँच र प्रशासनको कार्य समावेश हुन्छ भन्‍ने देख्यौ? पहिलो, उहाँले आत्मिक क्षेत्रमा विभिन्‍न स्वर्गीय उर्दीहरू, आदेशहरू, र प्रणालीहरूको स्थापना गर्नुभएको छ, र यिनको घोषणा भइसकेपछि, तिनलाई ले तय गर्नुभएअनुसार नै आत्मिक संसारका विभिन्‍न आधिकारिक पदहरूमा भएका प्राणीहरूले कठोर रूपमा पालन गर्छन्, र कसैले पनि तिनलाई उल्‍लङ्घन गर्ने आँट गर्दैनन्। त्यसकारण, मानिसको संसारमा मानवजातिको जीवन र मृत्युको चक्रमा, कुनै व्यक्ति पशु-प्राणी वा मानिस, जुनसुकै रूपमा पुनर्जन्‍म भए पनि, दुवैका लागि नियमहरू छन्। यी नियमहरू बाट आउने हुनाले, तिनलाई तोड्ने आँट कसैले पनि गर्दैन, न त कसैले तिनलाई तोड्न नै सक्छ। को यो सार्वभौमिकताको कारणले गर्दा, अनि त्यस्ता नियमहरू अस्तित्वमा भएको हुनाले मात्रै, मानिसहरूले देख्‍ने भौतिक संसार नियमित र सुव्यवस्थित छ; को यो सार्वभौमिकताको कारणले गर्दा मात्रै मानिसहरू तिनीहरूका निम्ति पूर्ण रूपमा अदृश्य रहेको अर्को संसारसँग शान्तिपूर्ण रूपमा सहअस्तित्वमा रहन सक्छन्, र यससँग सदभावमा जिउन सक्छन्—जसमध्ये कुनैलाई पनि को सार्वभौमिकताबाट अलग गर्न सकिँदैन। व्यक्तिको देहीय जीवन मरिसकेपछि पनि प्राणसँग अझै जीवन हुन्छ, त्यसैले यो को प्रशासनको अधीनमा नभएको भए यसलाई के हुनेथियो? उक्त प्राण जहाँसुकै घुसपैठ गर्दै जताततै भौँतारिनेथियो, अनि मानव संसारका जीवित कुराहरूलाई हानि समेत गर्नेथियो। त्यस्तो हानि मानवजातिलाई मात्र होइन, वनस्पति र पशु-प्राणीलाई पनि हुनेथियो—तैपनि, हानि गरिने पहिलो कुरा मानिसहरू नै हुनेथिए। यस्तो भएको भए—यदि त्यस्तो प्राण प्रशासनविना भएको भए, त्यसले साँच्‍चै मानिसहरूलाई हानि गरेको भए, र वास्तवमै दुष्ट कुराहरू गरेको भए—यो प्राणलाई पनि आत्मिक संसारमा उचित रूपमा सम्‍हालिनेथियो। यदि अवस्था गम्‍भीर हुन्थ्यो भने, उक्त प्राण चाँडै नै अस्तित्वविहीन हुनेथियो, र यसलाई नष्ट गरिनेथियो। सम्‍भव भए, यसलाई कतै राखिनेथियो र त्यसपछि पुनर्जन्‍म गराइनेथियो। भन्‍नुको अर्थ, आत्मिक संसारले विभिन्‍न प्राणहरूलाई गर्ने प्रशासन सुव्यवस्थित हुन्छ र यस्तो प्रशासनलाई चरणहरू र नियमहरूअनुरूप कार्यान्वयन गरिन्छ। यस्तो प्रशासनको कारणले गर्दा नै मानिसको भौतिक संसार विश्रृंखलतामा परेको छैन, भौतिक संसारका मानिसहरूमा सामान्य मानसिकता, सामान्य चेतना, र व्यवस्थित देहीय जीवन छ। मानिसमा त्यस्तो सामान्य जीवन भएपछि मात्रै देहमा जिउनेहरू पुस्तौंपुस्तासम्‍म निरन्तर उन्‍नति गर्न र वृद्धि-विकास गर्न सक्‍नेछन्।

… जब अविश्‍वासीहरूको कुरा आउँछ, तब के का कार्यहरूपछाडिको सिद्धान्त असललाई इनाम दिने र दुष्टलाई दण्ड दिने प्रकृतिको छ? कुनै अपवादहरू छन्? (छैन।) के का कार्यहरूपछाडि सिद्धान्त छ भन्‍ने तिमीहरूले देख्छौ? अविश्‍वासीहरूले वास्तवमा मा विश्‍वास गर्दैनन्, न त तिनीहरू उहाँका योजनाबद्ध कार्यमा नै समर्पित हुन्छन्। यसअलावा, तिनीहरूलाई उहाँको सार्वभौमिकताको बारेमा थाहा हुँदैन, तिनीहरूले उहाँलाई स्वीकार गर्ने कुरा त परै जाओस्। अझै गम्‍भीर कुरा, तिनीहरूले को विरुद्ध अपवित्र कार्य गर्छन्, र उहाँलाई सराप्छन्, र मा विश्‍वास गर्नेहरूप्रति शत्रुवत् हुन्छन्। प्रतिको तिनीहरूको यो मनोवृत्तिको बावजूद पनि, तिनीहरूमाथिको उहाँको प्रशासन उहाँका सिद्धान्तहरूभन्दा बाहिर जाँदैन; उहाँले तिनीहरूमाथि उहाँका सिद्धान्तहरू र उहाँको स्वभावअनुसार सुव्यवस्थित रूपमा प्रशासन गर्नुहुन्छ। तिनीहरूको शत्रुतालाई उहाँले कसरी लिनुहुन्छ त? अज्ञानताको रूपमा लिनुहुन्छ! परिणामस्वरूप, उहाँले यी मानिसहरूलाई—अर्थात्, अविश्‍वासीहरूमध्ये अधिकांशलाई—विगतमा पशु-प्राणीको रूपमा पुनर्जन्‍म गराउनुभयो। त्यसकारण, को नजरमा, अविश्‍वासीहरू वास्तवमा के हुन् त? तिनीहरू सबै पशु हुन्। ले पशु साथै मानवजातिलाई व्यवस्थापन गर्नुहुन्छ, र त्यस्ता मानिसहरूको लागि उहाँका सिद्धान्तहरू उही हुन्छन्। यी मानिसहरूलाई उहाँले व्यवस्थापन गर्ने क्रममा पनि, उहाँको स्वभावलाई अझै देख्‍न सकिन्छ, साथै सबै थोकमाथिको उहाँको प्रभुत्वपछाडिका उहाँका नियमहरूलाई पनि देख्‍न सकिन्छ। त्यसकारण, अविश्‍वासीहरूलाई व्यवस्थापन गर्ने भनी मैले भर्खरै उल्‍लेख गरेका सिद्धान्तहरूमा के तिमीहरूले को सार्वभौमिकतालाई देख्छौ? के तिमीहरू को धर्मी स्वभावलाई देख्छौ? (देख्छौं।) अर्को शब्‍दमा भन्दा, उहाँले सबै थोकमध्ये जुन कुराको सन्दर्भमा कार्य गर्नुभए पनि, ले आफ्‍नै सिद्धान्तहरू र स्वभावअनुसार कार्य गर्नुहुन्छ। को सार यही हो; उहाँले त्यस्ता मानिसहरूलाई पशुका रूपमा लिनुहुन्छ भन्दैमा उहाँले आफूले तय गर्नुभएका त्यस्ता उर्दी वा स्वर्गीय आदेशहरूलाई कहिल्यै पनि लापरवाही रूपमा तोड्नुहुन्‍न। ले कुनै पनि हालतमा लापरवाही रूपमा काम गर्नुहुन्‍न तर सिद्धान्तको आधारमा काम गर्नुहुन्छ, र उहाँका कार्यहरूलाई कुनै पनि तत्वले कुनै असर पार्दैन। उहाँले गर्नुहुने हरेक कुरा उहाँका आफ्‍नै सिद्धान्तहरूअनुरूप हुन्छन्। किनभने सँग स्वयम्‌को सार छ; यो उहाँको सारको एउटा पक्ष हो जुन कुनै पनि सृष्टि गरिएको प्राणीमा हुँदैन। उहाँले सृष्टि गर्नुभएका सबै थोकका बीचमा रहेका वस्तु, व्यक्ति, र जीवित प्राणीलाई सम्‍हाल्‍ने, पहुँच गर्ने, व्यवस्थापन गर्ने, प्रशासन गर्ने, र शासन गर्ने कार्यमा कर्तव्यनिष्ठा र जिम्‍मेवार हुनुहुन्छ, र यसमा, उहाँ कहिल्यै पनि लापरवाही हुनुभएको छैन। असलहरूका निम्ति उहाँ अनुग्रही र दयालु हुनुहुन्छ; दृष्टहरूमाथि उहाँले कुनै पछुतो नगरी दण्ड वर्षाउनुहुन्छ; अनि विभिन्‍न जीवित प्राणीहरूका निम्ति, उहाँले फरक-फरक समयको मानव संसारका विभिन्‍न मापदण्डहरूअनुसार समयमै र नियमित रूपमा यसरी उचित बन्दोबस्त गर्नुहुन्छ कि यी विभिन्‍न जीवित प्राणीहरूले खेल्‍ने भूमिकाअनुसार नै सुव्यवस्थित रूपमा तिनीहरूको पुनर्जन्‍म हुन्छ र तिनीहरू विधिवत् रूपमा भौतिक संसार र आत्मिक संसारको बीचमा आवतजावत गर्छन्।

जीवित प्राणीको मृत्युले—भौतिक जीवनको समाप्तिले—जीवित प्राणी भौतिक संसारबाट आत्मिक संसारमा गएको छ भन्‍ने देखाउँछ, नयाँ भौतिक जीवनको जन्‍मले जीवित प्राणी आत्मिक संसारबाट भौतिक संसारमा आएको छ र यसले आफ्‍नो भूमिका स्वीकार गरी निर्वाह गर्न सुरु गरेको छ भन्‍ने देखाउँछ। चाहे यो प्राणीको प्रस्थान वा आगमन जे भए तापनि, यी दुवैलाई आत्मिक संसारको कार्यबाट अलग गर्न सकिँदैन। कुनै व्यक्ति भौतिक संसारमा आइपुग्दासम्‍म, त्यो व्यक्ति कुन परिवारमा जानेछ, कुन युगमा तिनीहरू आइपुग्‍नेछन्, कुन घडीमा तिनीहरू आइपुग्‍नेछन्, अनि तिनीहरूले निर्वाह गर्ने भूमिका जस्ता उचित बन्दोबस्तहरू र परिभाषाहरू ले आत्मिक संसारमा पहिले नै तयार गरिसक्‍नुभएको हुन्छ। त्यसो भएको हुनाले, यो व्यक्तिको सम्पूर्ण जीवन—तिनीहरूले गर्ने कुराहरू, र तिनीहरूले लिने मार्गहरू—अलिकति पनि तलमाथि नभईकन आत्मिक संसारमा गरिएका बन्दोबस्तहरूअनुसार नै अघि बढ्नेछन्। यसको साथै, भौतिक जीवन समाप्त हुने र यो अन्त्य हुने तरिका र स्थान बारेमा आत्मिक संसारमा स्पष्ट र पत्ता लगाउन सकिने हुन्छ। भौतिक संसारमाथि ले शासन गर्नुहुन्छ, र उहाँले आत्मिक संसारमाथि पनि शासन गर्नुहुन्छ, अनि उहाँले प्राणको जीवन र मृत्युको सामान्य चक्रमा ढिलाइ गर्नुहुनेछैन, न त उहाँले त्यस चक्रका बन्दोबस्तहरूमा कहिल्यै कुनै गल्तीहरू नै गर्न सक्‍नुहुन्छ। आत्मिक संसारका आधिकारिक पदहरू धारण गर्नेहरूले आफ्‍ना व्यक्तिगत कार्यहरू गर्छन्, अनि का निर्देशनहरू र नियमहरूअनुसार तिनीहरूले आफूले गर्नुपर्ने काम गर्छन्। तसर्थ, मानवजातिको संसारमा मानिसले हेर्ने हरेक भौतिक घटनाक्रम व्यवस्थित हुन्छन्, र त्यसमा कुनै भद्रगोलता हुँदैन। यो सबै ले सबै थोकमाथि गर्नुहुने सुव्यवस्थित शासनको कारण, साथै उहाँको अख्‍तियारले सबै थोकमाथि शासन गर्नुहुन्छ भन्‍ने तथ्यले गर्दा भएको हो। उहाँको प्रभुत्वमा मानिस जिउने भौतिक संसार, साथै मानवजातिभन्दा पछाडि रहेको अदृश्य आत्मिक संसार पनि समावेश छ। त्यसकारण, यदि मानिसले असल जीवन पाउने चाहना गर्छ, र देख्‍न सकिने सम्पूर्ण भौतिक संसार आफूलाई प्रदान गरिएको लगायत राम्रो परिवेशमा जिउने आशा गर्छ भने, तिनीहरूलाई आत्मिक संसार पनि प्रदान गरिनुपर्छ जसलाई कसैले पनि देख्‍न सक्दैन, जसले मानवजातिको पक्षमा हरेक जीवित प्राणीमाथि शासन गर्छ र जुन सुव्यवस्थित छ। तसर्थ, सबै थोकका लागि जीवनको स्रोत नै हुनुहुन्छ भनेर बताइसकेपछि, के हामीले “सबै थोक” सम्बन्धी हाम्रो चेतना र बुझाइलाई उच्‍च पारेका छैनौं र? (छौं।)

— वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १०

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरलाई पछ्याउने मानिसहरूको जीवन र मृत्युको चक्र

यसपछि, हामी परमेश्‍वरलाई पछ्याउने मानिसहरूको जीवन र मृत्युको चक्रको बारेमा कुरा गरौं। यो तिमीहरूसँग सम्‍बन्धित छ, त्यसैले ध्यान दिएर सुन:...

विभिन्‍न विश्‍वासका मानिसहरूको जीवन र मृत्युको चक्र

हामीले भर्खरै पहिलो वर्गका मानिसहरूको अर्थात्, अविश्‍वासीहरूको जीवन र मृत्युको चक्रको बारेमा छलफल गर्‍यौं। अब, हामी दोस्रो वर्गको, अर्थात्...

आत्मिक संसार भनेको के हो?

भौतिक संसारको हकमा, जब-जब मानिसहरूले निश्‍चित कुराहरू वा घटनाहरूलाई बुझ्दैनन्, तब तिनीहरूले उचित जानकारीको खोजी गर्न वा ती कुराहरूको...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्