के त्रीएकत्व सम्‍बन्धी अवधारणा मान्य छ?

1 अक्टोबर 2021

देहधारी प्रभु येशूले अनुग्रहको युगमा काम गर्नुभएपछि, २,००० वर्षदेखि, सारा इसाई जगतले एक मात्र साँचो परमेश्‍वरलाई “त्रीएक परमेश्‍वर” को रूपमा परिभाषित गरेको छ। बाइबलले पिता, पुत्र, र पवित्र आत्‍माको बारेमा उल्‍लेख गरेको हुनाले, परमेश्‍वर पक्‍कै पनि त्रीएक परमेश्‍वर हुनुहुन्छ भन्‍ने तिनीहरूले मान्यता राखेका छन्। केही विवाद त छन्, तर धेरैजसो मानिसहरूले कुनै परिवर्तन नगरिकन त्रीएक परमेश्‍वरको विचारलाई समर्थन गर्छन्। कतिले भन्छन् “त्रीएकत्व,” र अरूले भन्छन् “त्रीएक”, जुन आधारभूत रूपमा उही कुरा हो, र त्यसले उही अर्थ दिन्छ। हामीले “त्रीएकत्व” भने पनि “त्रीएक” भने पनि, यसको अर्थ परमेश्‍वर तीन वटा भागले निर्मित हुनुहुन्छ, र उहाँहरू एकसाथ हुनुहुँदा उहाँहरू एउटै परमेश्‍वर हुनुहुन्छ, र एउटा भागविना, उहाँहरू एक मात्र साँचो परमेश्‍वर हुनुहुन्‍न। उहाँहरू एकसाथ हुँदा मात्रै उहाँहरूलाई एक मात्र साँचो परमेश्‍वर भनेर भन्‍न सकिन्छ। यो साँच्‍चै हास्यास्पद कुरा हो। के यहोवा परमेश्‍वर एकमात्र साँचो परमेश्‍वर हुनुहुन्‍न भनेर भन्‍न सकिन्छ? वा प्रभु येशू एक मात्र साँचो परमेश्‍वर हुनुहुन्‍न भनेर भन्‍न सकिन्छ? के पवित्र आत्‍मा एक मात्र साँचो परमेश्‍वर हुनुहुन्‍न? के त्रीएकत्वको यो अवधारणा एक मात्र साँचो परमेश्‍वरलाई इन्कार गर्ने र बदनाम गर्ने तरिका मात्रै होइन र? के यो एक मात्र साँचो परमेश्‍वरलाई विभाजन गर्नु र उहाँको निन्दा गर्नु होइन र? हामी यो त्रीएक परमेश्‍वर सम्‍बन्धी अवधारणा कति हास्यास्पद छ त्यो देख्‍न सक्छौं। यसरी, धार्मिक संसारले एक मात्र साँचो परमेश्‍वरलाई त्रीएक परमेश्‍वरको रूपमा परिभाषित गरेको छ, यस क्रममा उहाँलाई विभाजन गरेको छ। यो परमेश्‍वरको लागि अत्यन्तै पीडादायी कुरा हो। धार्मिक संसार जिद्दी भई यसमा लागिरहेको छ र यस क्रममा परिवर्तन हुन इन्कार गरेको छ। अहिले मानवजातिलाई मुक्ति दिने सबै सत्यता व्यक्त गर्दै आखिरी दिनहरूका सर्वशक्तिमान् परमेश्‍वर न्यायको काम गर्न आउनुभएको छ। उहाँले इसाई जगतको सबैभन्दा ठूलो भ्रम, अर्थात् त्रीएकत्वलाई पूर्ण रूपमा पर्दाफास गर्नुभएको छ। यसले हाम्रो आँखा खोलिदिएको छ र हामी हाम्रो हृदयबाट ख्रीष्‍टलाई बाटो, सत्यता, र जीवनको रूपमा प्रशंसा गर्छौं, र परमेश्‍वरको बुद्धि र सर्वशक्तिमान्‌ताको प्रशंसा गर्छौं। परमेश्‍वरले यो झूटलाई प्रत्यक्ष रूपमा खुलासा नगर्नुभएको भए, हामीले एकत्वको अवधारणाको मूर्खतालाई कहिल्यै पनि पत्ता लगाउने थिएनौं। हामी परमेश्‍वरका केही वचनहरू पढेर हामी यसलाई नजिकबाट नियालौं।

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “यदि तिमीहरूमध्ये कसैले त्रिएकत्व साँच्चै छ भनी भन्छौ भने, तीन व्यक्तित्वहरूमा रहेको एउटा परमेश्‍वर भनेको के हो त्यो बताऊ। पवित्र पिता के हुनुहुन्छ? पुत्र के हुनुहुन्छ? पवित्र आत्मा के हुनुहुन्छ? के यहोवा पवित्र पिता हुनुहुन्छ? के येशू पुत्र हुनुहुन्छ? त्यसोभए, पवित्र आत्माको बारेमा के भन्‍ने? के पिता आत्मा हुनुहुन्न? के पुत्रको सार पनि आत्मा होइन र? के येशूको काम पनि पवित्र आत्माको काम थिएन? के त्यसबेला यहोवाको काम येशूको कामजस्तै आत्माद्वारा गरिएको थिएन र? परमेश्‍वरसँग कति वटा आत्मा हुन सक्छ? तेरो बयानअनुसार पिता, पुत्र र पवित्र आत्माका तीन व्यक्तित्वहरू एक हुन्; यदि त्यसो हो भने, तीनवटा आत्मा छन्, तर तीनवटा आत्मा हुनुको अर्थ त्यहाँ तीन परमेश्‍वर छन् भन्‍ने हुन्छ। यसको अर्थ एकमात्र साँचो परमेश्‍वर हुनुहुन्‍न; यस प्रकारको परमेश्‍वरसँग अझै पनि परमेश्‍वरको अन्तर्निहित तत्व कसरी हुन सक्छ? यदि तँ एक मात्र परमेश्‍वर हुनुहुन्छ भनेर स्वीकार गर्छस् भने, कसरी उहाँको पुत्र र पिता हुन सक्छ? के यी सबै तेरा धारणाहरू मात्र होइनन्? परमेश्‍वर एउटै मात्र हुनुहुन्छ, यो परमेश्‍वरमा एक मात्र व्यक्तित्व छ, र परमेश्‍वरको एउटै मात्र आत्मा हुनुहुन्छ, जुन तथ्य बाइबलमा ‘पवित्र आत्मा एउटै मात्र हुनुहुन्छ, र एउटै परमेश्‍वर हुनुहुन्छ’ भनेर लेखिएजस्तै हो। तैँले भन्‍ने पिता र पुत्र अस्तित्वमा भए पनि आखिर परमेश्‍वर एक मात्र हुनुहुन्छ, अनि तिमीहरूले विश्‍वास गर्ने पिता, पुत्र र पवित्र आत्माको सार पवित्र आत्माको सारमा छ। अर्को शब्दमा भन्‍ने हो भने, परमेश्‍वर आत्मा हुनुहुन्छ, तर उहाँ देह बन्न र मानिसहरूका माझ वास गर्न सक्‍नुहुन्छ, साथै सबै थोकभन्दा उच्च हुन सक्नुहुन्छ। उहाँका आत्मा सर्व-सम्मिलित र सर्वव्यापी छ। उहाँ एक पटक देहमा र ब्रह्माण्डमा र त्यसमाथि हुन सक्नुहुन्छ। सबै मानिसहरूले परमेश्‍वर एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ भन्‍ने गरेकाले, परमेश्‍वर एक मात्र हुनुहुन्छ, र उहाँलाई कसैले पनि आफ्नो इच्छाले विभाजन गर्न सक्दैन! परमेश्‍वर एक मात्र आत्मा, र एक मात्र व्यक्तित्व हुनुहुन्छ; र त्यो परमेश्‍वरका आत्मा हुनुहुन्छ। … पिता, पुत्र र पवित्र आत्माको यो अवधारणा सबैभन्दा हास्यास्पद छ! यसले परमेश्‍वरलाई विभाजित गर्दछ र उहाँलाई फरक-फरक प्रतिष्ठा र आत्मा भएका तीन व्यक्तित्वहरूमा बाँड्दछ; त्यसोभए अझै पनि उहाँ कसरी एक आत्मा र एक परमेश्‍वर हुन सक्नुहुन्छ? मलाई भन्, के आकाश र पृथ्वी, र सबै थोक पिता, पुत्र वा पवित्र आत्माले सृष्टि गर्नुभएको हो? कतिले भन्छन्, उहाँहरू सबैले एकसाथ सृष्टि गर्नुभएको हो। त्यसोभए मानवजातिलाई कसले छुटकारा दियो? के पवित्र आत्माले, पुत्रले वा पिताले हो? कसै-कसैले भन्छन्, मानवजातिलाई पुत्रले उद्धार गर्नुभएको हो। त्यसोभए, सारमा पुत्र को हुनुहुन्छ? के उहाँ परमेश्‍वरका आत्माको देहधारण हुनुहुन्न र? देहधारणले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई सृष्टि गरिएको मानिसको दृष्टिकोणबाट पिताको नाउँले सम्बोधन गर्दछ। के येशू पवित्र आत्माद्वारा गर्भधारण भई जन्मनुभएको तँलाई थाहा छैन? उहाँभित्र पवित्र आत्मा हुनुहुन्छ; तैँले जे भने पनि, उहाँ अझै पनि स्वर्गका परमेश्‍वरसँग एक हुनुहुन्छ, किनकि उहाँ परमेश्‍वरका आत्माको देहधारण हुनुहुन्छ। पुत्रको सम्‍बन्धी यो धारणा असत्य हो। सबै काम गर्नुहुने आत्मा एउटै हुनुहुन्छ, परमेश्‍वर स्वयम मात्र, अर्थात् परमेश्‍वरका आत्माले आफ्नो काम गर्नुहुन्छ। परमेश्‍वरका आत्मा को हुनुहुन्छ? के यो पवित्र आत्मा होइन र? के यो येशूमा काम गर्ने पवित्र आत्मा नै होइन र? यदि यो काम पवित्र आत्मा (अर्थात् परमेश्‍वरका आत्मा) द्वारा नगरिएको भए, के उहाँको कामले स्वयम् परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्थ्यो?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के त्रिएकत्व अस्तित्वमा छ?)। परमेश्‍वरका वचनहरू स्पष्ट र तीक्ष्ण छन्। परमेश्‍वर नै एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ, र यसमा परमेश्‍वरको आत्मा एउटै मात्र हुनुहुन्छ, व्यक्ति एउटै मात्र हुनुहुन्छ। पिता, पुत्र, र पवित्र आत्‍माका तीन व्यक्तिहरू अवश्य नै हुनुहुन्‍न। परमेश्‍वर प्रभु येशूको रूपमा देह बन्‍नुभन्दा पहिले, पुत्रको बारेमा कुनै उल्‍लेख गरिएको थिएन। परमेश्‍वरको आत्मा मात्रै हुनुहुन्थ्यो, जो पवित्र आत्‍मा हुनुहुन्छ। जब परमेश्‍वरले स्वर्ग, पृथ्वी, र सबै थोकको सृष्टि गर्नुभयो, ती उहाँका आत्माका वचनहरूद्वारा सृष्टि गरिएका थिए, त्यसकारण के परमेश्‍वरको आत्मा एक मात्र साँचो परमेश्‍वर हुनुहुन्‍न र? जब परमेश्‍वरले व्यवस्थाको युगको काम गर्नुभयो, यो पूर्ण रूपमा मानवद्वारा गराउनु भएको थियो। त्यो बेला तथाकथित “पुत्र” हुनुहुन्‍नथियो, तर परमेश्‍वर एउटै मात्र परमेश्‍वर, अर्थात् सृष्टिकर्ता हुनुहुन्थ्यो। परमेश्‍वर त्रीएक परमेश्‍वर हुनुहुन्छ भनेर कसैले कहिल्यै बताएको छैन, र पवित्र आत्‍माले त्रीएकत्वको बारेमा कहिल्यै गवाही दिनुभएको छैन। त्यसोभए उहाँ देहधारी भएर प्रभु येशूको रूपमा आउनुभएपछि किन मानिसहरूले परमेश्‍वरलाई त्रीएक परमेश्‍वरको रूपमा परिभाषित गर्न थाले? प्रभु येशू देह धारण गर्नुभएको परमेश्‍वरको आत्मा हुनुहुन्थ्यो, र उहाँका सबै कामको संचालन गर्ने र अभिव्यक्ति दिने काम परमेश्‍वरको आत्माले नै प्रत्यक्ष रूपमा गर्नुभएको थियो। प्रभु येशूभित्रको आत्मा नै यहोवाको आत्मा हुनुहुन्छ—अर्थात्, पवित्र आत्‍मा हुनुहुन्छ। त्यसोभए के प्रभु येशू एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ? हो, हुनुहुन्छ। त्यसकारण, परमेश्‍वर देह बन्‍नुहुँदा उहाँ तीन वटा भागमा—पिता, पुत्र, र पवित्र आत्‍मामा—बाँढिनुभएको होइन, तर मानिसहरूले देहधारणको सारलाई नबुझेका हुनाले तिनीहरूले जिद्दी भई परमेश्‍वरलाई विभाजन गरे। यो मानव त्रुटि हो, र बुझाइ सम्‍बन्धी मानवको क्षमता अत्यन्तै सीमित भएकोले यसो भएको हो। परमेश्‍वर नै एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ। परमेश्‍वर एउटै मात्र हुनुहुन्छ र उहाँको एउटै मात्र आत्मा छ। कुनै पनि देहधारणहरू हुनुभन्दा पहिले उहाँ एक मात्र साँचो परमेश्‍वर हुनुहुन्थ्यो, र देहधारण भएपछि पनि उहाँ एक मात्र साँचो परमेश्‍वर नै रहनुहुन्छ। परमेश्‍वर देह बन्‍नुभएको हुनाले मानिसहरूले उहाँलाई तीन भागमा, तीन व्यक्तिमा विभाजित गर्छन्, जुन आधारभूत रूपमा परमेश्‍वरलाई टुक्र्याउनु र एक मात्र साँचो परमेश्‍वरलाई इन्कार गर्नु हो। के त्यो मूर्खतापूर्ण कार्य होइन र? के संसारको सृष्टि गर्नुहुँदा, उहाँ एक मात्र साँचो परमेश्‍वर हुनुहुन्‍नथियो भनेर भन्‍न सकिन्छ? वा व्यवस्थाको युगको अवधिमा, उहाँ एक मात्र साँचो परमेश्‍वर हुनुहुन्‍नथियो भन्‍ने हुनसक्छ? अनुग्रहको युगमा देहमा देखा परेर काम गर्नुभएपछि कसरी एक मात्र साँचो परमेश्‍वर त्रीएक परमेश्‍वर बन्‍नुहुन्थ्यो र? के यो मानव मूर्खता र निरर्थकताले ल्याएको गल्ती होइन र? यदि त्रीएकत्व सम्‍बन्धी अवधारणा सही थियो भने, संसारको सृष्टि हुनुभन्दा पहिले किन परमेश्‍वरले आफ्‍ना तीन व्यक्तिहरूको गवाही दिनुभएन? अनि किन व्यवस्थाको युगमा कसैले पनि यसको बारेमा गवाही दिएन? प्रकाशको पुस्तकमा पवित्र आत्माले किन त्रीएकत्वको बारेमा कुनै गवाही दिनुभएको छैन? यही कारणले गर्दा हामी परमेश्‍वरको आत्मा, पवित्र आत्‍मा, पिता, र पुत्रले कहिल्यै पनि परमेश्‍वर त्रीएक हुनुहुन्छ भनेर गवाही दिनुभएन भनेर निश्‍चित हुन सक्छौं। भ्रष्ट मानिसहरू र धार्मिक संसारले प्रभु येशूले देहमा काम गरेको शताब्दीऔंपछि त्रीएकत्व सम्‍बन्धी यो हास्यास्पद सिद्धान्त कल्पित गर्‍यो। त्रीएकत्व सम्‍बन्धी अवधारणा अलिकति पनि प्रमाणित हुँदैन र यो मानव धारणा र कल्‍पना बाहेक केही पनि होइन भन्‍ने कुरा स्पष्टै छ। यो २,००० वर्षको अवधिमा आएको धार्मिक संसारको सबैभन्दा ठूलो भ्रम हो, जसले अनगिन्ती मानिसहरूलाई बहकाएको र हानि गरेको छ।

यस बिन्दुमा, सायद तपाईंले सोचिरहनुभएको होला किन पवित्र आत्‍माले प्रभु येशू “प्रिय पुत्र” हुनुहुन्छ भनी गवाही दिनुभयो र किन प्रभु येशूले आफ्‍ना प्रार्थनाहरूमा स्वर्गमा हुनुहुने परमेश्‍वरलाई “पिता” भनी भन्‍नुभयो? त्यसको अर्थ के हो? यस प्रश्‍नको विषयमा सर्वशक्तिमान्‌ परमेश्‍वरले के भन्‍नुभएको छ हेरौं। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “यसो भन्‍नेहरू पनि छन्, ‘के परमेश्‍वरले येशू उहाँका प्यारो पुत्र हुनुहुन्छ भनेर स्पष्ट रूपमा बताउनुभएन र?’ येशू परमेश्‍वरका प्रिय पुत्र हुनुहुन्छ, जोसँग उहाँ प्रसन्न हुनुहुन्छ—यो परमेश्‍वर स्वयमले भन्नुभएको थियो। त्यो परमेश्‍वरले आफैलाई दिनुभएको गवाही थियो, तर एउटा भिन्नै दृष्टिकोणबाट, जुनचाहिँ स्वर्गका आत्माले उहाँको आफ्नै देहधारणको बारेमा दिनुभएको गवाही थियो। येशू उहाँको देहधारण हुनुहुन्छ, स्वर्गमा हुनुहुने उहाँका पुत्रको होइन। के तैँले बुझिस्? के येशूले ‘म पितामा छु र पिता ममा हुनुहुन्छ,’ भनी भन्नुभएको वचनले उहाँहरू एउटै आत्मा हुनुहुन्छ भनी सङ्केत गर्दैन? र के देहधारणकै कारणले गर्दा उहाँहरू स्वर्ग र पृथ्वीको बीचमा अलग हुनुभएको थिएन? वास्तवमा, उहाँहरू अझै एक हुनुहुन्छ; चाहे जे भए तापनि, यो केवल परमेश्‍वर आफैलाई दिनुभएको गवाही मात्र हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के त्रिएकत्व अस्तित्वमा छ?)। “येशूले प्रार्थना गर्नुहुँदा स्वर्गका परमेश्‍वरलाई पिता नाउँले सम्बोधन गर्नुभयो, त्यो केवल एक सृष्टि गरिएको मानिसको दृष्टिकोणबाट गरिएको थियो, किनकि परमेश्‍वरका आत्माले एउटा साधारण र सामान्य देह धारण गर्नुभएको थियो र उहाँबाहिर सृष्टि गरिएको एउटा प्राणीको आवरण थियो। उहाँभित्र परमेश्‍वरका आत्मा हुनुहुन्थ्यो भने पनि, उहाँको बाहिरी रूप अझै पनि सामान्य मानिसको जस्तो देखिन्थ्यो; अर्को शब्दमा भन्नुपर्दा, उहाँ ‘मानिसका पुत्र’ बन्नुभएको थियो, जसको बारेमा येशू आफै लगायत सबै मानिसहरूले बोलेका थिए। उहाँ मानिसका पुत्र हुनुभएकाले (पुरुष वा स्त्री, चाहे जे भए पनि बाहिरी रूपमा मानिसको आवरणमा हुनुहुन्थ्यो) उहाँ साधारण मानिसहरूको सामान्य परिवारमा जन्‍मनुभएको व्यक्ति हुनुहुन्छ। त्यसकारण, येशूले स्वर्गका परमेश्‍वरलाई त्यसरी नै पिता भनी सम्बोधन गर्नुभयो जसरी तिमीहरूले पहिलोचोटि उहाँलाई पिता भनेका थियौ; उहाँले सृष्टि गरिएको मानिसको दृष्टिकोणबाट त्यसो भन्नुभयो। … तापनि, उहाँले परमेश्‍वर (अर्थात्, स्वर्गमा हुनुहुने आत्मा) लाई त्यसरी सम्बोधन गर्नुले उहाँ स्वर्गमा हुनुहुने परमेश्‍वरका आत्माका पुत्र हुनुहुन्थ्यो भनी प्रमाणित गर्दैन। बरु, कुरा यति मात्र हो, कि उहाँको दृष्टिकोण फरक थियो, उहाँ फरक व्यक्ति हुनुहुन्थ्यो भन्‍ने होइन। भिन्नाभिन्नै व्यक्तित्वहरूको अस्तित्व छ भन्नु भ्रम हो!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के त्रिएकत्व अस्तित्वमा छ?)। परमेश्‍वरका वचनहरूमा हामी देख्‍न सक्छौं, पवित्र आत्‍माले प्रभु येशूलाई प्रिय पुत्र भनी सम्बोधन गर्दा परमेश्‍वरले आत्माको दृष्टिकोणमा रही आफ्‍नो देहधारणको बारेमा गवाही दिइरहनुभएको थियो। यदि पवित्र आत्‍माले यसो नगर्नुभएको भए, कसैले पनि प्रभु येशूको साँचो पहिचानको बारेमा जान्‍ने थिएन। त्यसकारण यो खुला गवाहीको कारण मानिसहरूले प्रभु येशू परमेश्‍वरको देहधारण हुनुहुन्छ भन्‍ने सिके। र प्रार्थना गर्दा प्रभु येशूले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई पिता भनी भन्‍नुभयो किनभने देहमा, उहाँ अलौकिक हुनुहुन्‍नथियो, तर उहाँ सामान्य मानवतामा जिउनुहुन्थ्यो र उहाँले सामान्य व्यक्तिले जस्तै अनुभव गर्नुहुन्थ्यो। त्यही कारणले गर्दा उहाँले सृष्टि गरिएको प्राणीको स्थानमा बसेर स्वर्गमा हुनुहुने परमेश्‍वरको आत्मालाई पिता भनी भन्‍नुभयो। यसरी प्रार्थना गर्दा यसले ख्रीष्टको नम्रता र आज्ञापालनलाई राम्ररी प्रस्तुत गर्थ्यो। तर प्रभु येशूले पितासँग गर्नुभएको प्रार्थनाको आधारमा, धार्मिक संसारले परमेश्‍वरलाई दुई भागमा विभाजित गर्‍यो, र येशू र यहोवाको बीचमा पिता र पुत्रको सम्‍बन्ध थियो भनी भन्यो। कस्तो व्यर्थ कुरो! प्रभु येशूको चेला, फिलिपले उहाँलाई यसको बारेमा यसो भन्दै सोधेका थिए, “प्रभु, हामीलाई पिता देखाउनुहोस् र यो हाम्रो लागि पर्याप्त हुन्छ” (यूहन्‍ना १४:८)। उहाँको प्रतिक्रिया के थियो? प्रभुले भन्‍नुभयो, “फिलिप, म तिमीसँग लामो समयदेखि छु, तापनि तिमीले मलाई चिनेका रहनेछौ? जसले मलाई देखेको छ उसले पितालाई देखेको छ; अनि हामीलाई पिता देखाइदिनुहोस् भनेर तिमीले कसरी भन्‍न सक्छौ? के म पितामा छु र पिता ममा हुनुहुन्छ भन्‍ने तिमी विश्‍वास गर्दैनौ?(यूहन्‍ना १४:९-१०)। उहाँले यो पनि भन्‍नुभयो, “म र पिता एक हौँ(यूहन्‍ना १०:३०)। स्पष्टै छ, पिता र पुत्र एउटै परमेश्‍वर हुनुहुन्छ, र मानिसहरूले सोचेजस्तो उहाँहरूको बीचमा पिता र पुत्रको सम्‍बन्ध छैन। पिता र पुत्र सम्‍बन्धी यो अवधारणा पैदा हुनुको एउटै कारण परमेश्‍वर देहधारी हुनु हो, र यो उहाँ देहमा काम गर्नुहुँदाको समयमा मात्रै लागू हुन्छ। परमेश्‍वरले देहमा गर्नुहुने काम समाप्त हुने बित्तिकै, उहाँले आफ्‍नो मूल स्वरूप लिनुभयो र तब उप्रान्त पिता र पुत्र भन्‍ने सम्‍बन्ध नै रहेन।

हामी परमेश्‍वरका वचनहरूको अर्को खण्डलाई हेरौं। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “येशूभित्रका आत्मा, स्वर्गमा हुनुहुने आत्मा, र यहोवाका आत्मा सबै एक हुन्। उहाँलाई पवित्र आत्मा, परमेश्‍वरका आत्मा, सात गुणा तीव्र आत्मा र सर्व-सम्मिलित आत्मा भनिन्छ। परमेश्‍वरका आत्माले धेरै काम गर्न सक्नुहुन्छ। उहाँले संसारलाई सृष्टि गर्न सक्नुहुन्छ र जलप्रलय पठाएर यसलाई नाश गर्न पनि सक्नुहुन्छ; उहाँले सबै मानवजातिलाई उद्धार गर्न सक्नुहुन्छ, यसबाहेक उहाँले सारा मानवजातिलाई जित्न र नाश पार्न सक्नुहुन्छ। यो काम सबै परमेश्‍वर आफैले गर्नुभएको हो र उहाँको सट्टामा परमेश्‍वरको कुनै व्यक्तित्वले गर्न सक्दैन। उहाँका आत्मालाई यहोवा र येशू, साथै सर्वशक्तिमान् भनेर पनि सम्बोधन गर्न सकिन्छ। उहाँ प्रभु र ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पुत्र पनि बन्न सक्नुहुन्छ। उहाँ स्वर्गहरूमा हुनुहुन्छ र पृथ्वीमा पनि हुनुहुन्छ; उहाँ ब्रह्माण्डभन्दा माथि र भीडको माझमा हुनुहुन्छ। स्वर्गहरू र पृथ्वीका एकमात्र मालिक उहाँ नै हुनुहुन्छ! सृष्टिको समयदेखि अहिलेसम्म यो काम परमेश्‍वर स्वयमको आत्माले गर्दै आउनुभएको छ। त्यो काम चाहे स्वर्गहरूमा होस् वा देहमा, सबै उहाँको आफ्नै आत्माद्वारा गरिन्छ। चाहे स्वर्गमा होस् वा पृथ्वीमा, सबै प्राणीहरू उहाँको सर्वशक्तिमान् हतकेलामा छन्; यी सबै स्वयम् परमेश्‍वरका काम हुन् र उहाँको ठाउँमा अरू कसैले यो गर्न सक्दैन। स्वर्गहरूमा उहाँ आत्मा हुनुहुन्छ, तर परमेश्‍वर स्वयम् पनि हुनुहुन्छ; मानिसहरूका माझ उहाँ देह हुनुहुन्छ, तर परमेश्‍वर स्वयम् नै रहनुहुन्छ। उहाँलाई सयौं हजारौं नाउँले सम्बोधन गर्न सकिए पनि, उहाँ उहाँ नै हुनुहुन्छ, र उहाँको आत्माको प्रत्यक्ष अभिव्यक्ति हुनुहुन्छ। उहाँको क्रूसीकरणद्वारा सारा मानवजातिलाई गरिएको छुटकारा, उहाँका आत्माको प्रत्यक्ष कार्य थियो, र सबै जाति र सबै देशहरूका निम्ति आखिरी दिनहरूमा गरिएको घोषणा पनि त्यस्तै हो। सबै समयमा, परमेश्‍वरलाई सर्वशक्तिमान् र एक मात्र साँचो परमेश्‍वर, सर्व-सम्मिलित परमेश्‍वर स्वयम् भन्न सकिन्छ। उहाँ अलग-अलग व्यक्तित्वहरूमा हुनुहुन्‍न, पिता, पुत्र र पवित्र आत्माको धारणाको त कुरै नगरौँ। स्वर्ग र पृथ्वीमा एउटै मात्र परमेश्‍वर हुनुहुन्छ!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के त्रिएकत्व अस्तित्वमा छ?)। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूबाट, हामी परमेश्‍वर आत्मा हुनुहुन्छ, जो पवित्र आत्‍मा हुनुहुन्छ भन्‍ने कुरा देख्‍न सक्छौं। उहाँ सर्वशक्तिमान् हुनुहुन्छ; उहाँले स्वर्ग, पृथ्वी, र यावत् थोक सृष्टि गर्नुभयो, र सबै थोकमाथि शासन गर्नुहुन्छ। उहाँ आफ्‍नो कामको खातिर देह बन्‍न, र व्यवहारिक तरिकाले मानिसहरूका बीचमा जिउन सक्‍नुहुन्छ। बाहिरबाट हेर्दा उहाँ सामान्य व्यक्तिजस्तै देखिनुहुन्छ, तर उहाँका सबै काम परमेश्‍वरको आत्माद्वारा संचालित हुन्छ। जब देहमा गरिने उहाँको काम पूरा हुन्छ, तब परमेश्‍वरले आफ्‍नो मूल स्वरूप लिनुहुन्छ। देहको शरीर आफ्‍नो कामको चरणमा मानवजातिकहाँ परमेश्‍वर देखा पर्ने तरिका मात्रै हो। त्यसकारण परमेश्‍वरले प्रत्यक्ष रूपमा आत्मामा काम गरिरहनुभएको भए पनि, वा देहमा काम गरिरहनुभएको भए पनि, उहाँलाई यहोवा, येशू, वा सर्वशक्तिमान्‌ परमेश्‍वर जे भनिए पनि, उहाँ एउटै आत्मा हुनुहुन्छ। उहाँ परमेश्‍वर स्‍वयम्‌ नै हुनुहुन्छ, उहाँ आत्म-अस्तित्वमा र अनन्‍त हुनुहुन्छ, र उहाँले सबै थोकको सृष्टि गर्नुभयो र तीमाथि शासन गर्नुहुन्छ। हाम्रो सङ्गतिको यो बिन्दुमा, मलाई लाग्छ सबै जना परमेश्‍वर एउटै हुनुहुन्छ, एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरामा स्पष्ट हुनुभएको छ। त्यसमा कुनै शङ्का छैन। इसाई जगतले परमेश्‍वरलाई तीन भागमा विभाजन गर्दै, उहाँहरू तीन जना एकसाथ भएमा मात्रै त्यसले एक मात्र साँचो परमेश्‍वर निर्माण गर्छ, र अलग हुँदा उहाँहरू एक मात्र साँचो परमेश्‍वर हुनुहुन्‍न भन्‍ने विश्‍वास फैलाउँदै एक मात्र साँचो परमेश्‍वर त त्रीएकत्व हुनुहुन्छ भन्‍ने दाबी गर्छ। के यो वास्तवमा परमेश्‍वरलाई इन्कार गर्नु होइन र? मानवजातिमा परमेश्‍वर सम्‍बन्धी यति ठूलो गलत बुझाइ हुनुले के प्रमाणित गर्छ भने, तिनीहरूले अलिकति पनि बाइबललाई बुझेका वा परमेश्‍वरको सारलाई चिनेका छैनन्, र बाइबलको विषयवस्तुलाई शाब्दिक रूपमा बुझेर त्यसलाई तिनीहरूले अत्यन्तै अहङ्कारी रूपमा लिएका छन्, यसरी मानव धारणा र कल्‍पना अनुसार परमेश्‍वरलाई सीमित र विभाजन गरेका छन्। यो वास्तवमा परमेश्‍वरको विरोध र निन्दा गर्नु हो।

र अहिले सर्वशक्तिमान् परमेश्‍वर, आखिरी दिनहरूका ख्रीष्ट आउनुभएको छ, र उहाँले आफ्‍नो काम गर्न सत्यता व्यक्त गरिरहनुभएको छ, धार्मिक संसारको सबैभन्दा ठूलो भ्रम, त्रीएकत्वको खुलासा गर्नुभएको छ। अब हामी परमेश्‍वर नै एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरामा निश्‍चित भएका छौं। उहाँको आत्मा नै एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ, पवित्र आत्‍मा नै एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ, र उहाँका देहधारणहरू एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ। उहाँको आत्मामा, पवित्र आत्‍मा, र उहाँको देहधारणमा, उहाँ एक मात्र साँचो परमेश्‍वर र एउटै परमेश्‍वर हुनुहुन्छ। उहाँलाई विभाजन गर्न सकिँदैन। यदि मानिसहरूले यी सत्यताहरूलाई स्वीकार गर्न सक्दैनन् तर आफ्‍ना धारणा र कल्‍पनामा जिद्दी भई लागिरहन्छन्, त्रीएकत्वमा विश्‍वास गर्ने, एक मात्र साँचो परमेश्‍वरलाई तीन परमेश्‍वरको रूपमा हेर्ने कार्यलाई जोड दिइरहन्छ भने, त्यो परमेश्‍वरको भर्त्सना र निन्दा गर्ने पाप हो। परमेश्‍वरको आत्माको निन्दा गर्नु पवित्र आत्‍माको निन्दा गर्नु हो, र कसैले पनि त्यसका परिणामहरू सहन गर्न सक्दैन। बुद्धिमानीहरूले ढिलाइ नगरी बिउँझने र परमेश्‍वरको विरुद्धमा खडा हुने गल्ती गर्नबाट बच्‍न यो गलत दृष्टिकोणमा तल्‍लीन हुन छोड्ने अवसर छ। प्रभु येशूले भन्नुभयो, “मानिसका सबै किसिमका पापहरू र ईश्‍वरनिन्दा क्षमा गरिनेछन्: तर मानिसले पवित्र आत्माको विरुद्ध गरेको ईश्‍वरनिन्दा क्षमा गरिनेछैन। र जसले मानिसको पुत्रको विरुद्धमा वचन बोल्छ, उसलाई क्षमा दिइनेछ: तर जसले पवित्र आत्माको विरुद्धमा बोल्छ, उसलाई क्षमा गरिनेछैन, न त यस संसारमा, न त आउनेवाला संसारमा(मत्ती १२:३१-३२)। धार्मिक संसार अझै पनि जिद्दी भएर त्रीएकत्वको यो भ्रममा लागिरहेको छ। तिनीहरूले कति लामो समयसम्‍म परमेश्‍वरको विरोध गरिरहनेछन्? अब बिउँझने समय आएको छ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “यति धेरै वर्षको अवधिमा, तिमीहरूले परमेश्‍वरलाई यसरी विभाजित गरेका छौ, हरेक पुस्तासँगै झन्-झन् साना टुक्रामा विभाजित गरेका छौ, यहाँसम्‍म कि परमेश्‍वर खुलेआम रूपमा तीन भागमा विभाजित हुनुभएको छ। अनि मानिसका निम्ति अहिले परमेश्‍वरलाई एक मानेर फेरि जोडिनु असम्भव छ, किनकि तिमीहरूले उहाँलाई पूर्ण रूपमा विभाजित गरेका छौ! यदि ढिलो हुनुभन्दा पहिले मैले शीघ्र कार्य गरिनँ भने, तिमीहरू कति बेरसम्म निर्लज्ज भई त्यसमा लागिरहन्छौ त्यो भन्‍न गाह्रो छ। यसरी परमेश्‍वरलाई विभाजित गरिरहँदा, उहाँ कसरी अझै पनि तिमीहरूका परमेश्‍वर हुन सक्नुहुन्छ? के तिमीहरू अझै परमेश्‍वरलाई चिन्न सक्छौ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के त्रिएकत्व अस्तित्वमा छ?)। “के तेरो तर्कले परमेश्‍वरको कामलाई राम्ररी विश्लेषण गर्न सक्छ? के तैँले यहोवाका सबै कामको अन्तर्दृष्टि पाउन सक्छस्? अनन्तदेखि अनन्तसम्‍म सबै देख्न सक्‍ने तँ हो कि वा परमेश्‍वर स्वयम् हुनुहुन्छ? धेरै अघि अनन्ततादेखि आउने अनन्ततासम्म देख्न सक्ने तँ होस् वा के यो परमेश्‍वरले गर्न सक्नुहुन्छ? तँ के भन्छस्? तँ परमेश्‍वरलाई व्याख्या गर्न कसरी योग्य छस्? तेरो स्पष्टीकरणको आधार के हो? के तँ परमेश्‍वर होस्? स्वर्गहरू र पृथ्वी, अनि सबै थोकहरू परमेश्‍वर आफैले बनाउनुभएको हो। यो गर्ने तँ होइनस्, त्यसैले तैँले किन गलत स्पष्टीकरणहरू दिइरहेको छस्? अब, के तँ अझै त्रिएक परमेश्‍वरमा विश्‍वास गरिरहन्छस्? के त्यसो गर्दा तँलाई धेरै बोझिलो लाग्दैन? तैँले तीन परमेश्‍वरमा होइन, एक परमेश्‍वरमा विश्‍वास गर्नु नै सबैभन्दा उत्तम हुन्छ। हलुको हुनु सबैभन्दा उत्तम हो, किनकि प्रभुको बोझ हलुको छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के त्रिएकत्व अस्तित्वमा छ?)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

के सर्वशक्तिमान्‌ परमेश्‍वरमाथिको विश्‍वास प्रभु येशूप्रतिको विश्‍वासघात हो?

सन् १९९१ मा आखिरी दिनहरूका ख्रीष्‍ट, सर्वशक्तिमान्‌ परमेश्‍वर देखा परेर काम गर्न र सत्यताहरू व्यक्त गर्न सुरु गर्नुभएको पूरै ३० वर्ष...

झूटा ख्रीष्टहरूबाट साँचो ख्रीष्‍टलाई छुट्याउनु

आज म झूटा ख्रीष्टहरूबाट साँचो ख्रीष्‍टलाई कसरी छुट्याउने त्यसको बारेमा कुरा गर्न चाहन्छु। कतिले परमेश्‍वरमाथिको हाम्रो विश्‍वासमा त्यसको...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्