के परमेश्वरका सबै काम र वचनहरू बाइबलमा नै छन् भन्ने कुरा साँचो हो?
आखिरी दिनहरूमा मुक्तिदाता सर्वशक्तिमान् परमेश्वर देखा पर्नुभएको छ र उहाँले काम गरिरहनुभएको छ, अनि उहाँले करोडौँ वचनहरू व्यक्त गर्नुभएको...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
प्रभु येशूले एकपटक भन्नुभएको थियो: “अनि यदि कुनै मानिसले तिमीहरूलाई, हेर, ख्रीष्ट यहाँ छ वा त्यहाँ छ भनी भन्छ भने विश्वास नगर्नू। किनकि झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू आउनेछन् र ठूलाठूला चिन्हहरू र चमत्कारहरू देखाउनेछन्; ताकि सम्भव भए, तिनीहरूले चुनिएकाहरूलाई नै बहकाउन सकून्” (मत्ती २४:२३-२४)। धार्मिक संसारका पाष्टर र एल्डरहरू अक्सर धर्मशास्त्रको यो खण्डलाई आधार मानेर, आखिरी दिनहरूमा परमेश्वरले देहधारण गर्नु, अनि देखा पर्नु र काम गर्नु असम्भव भएको निष्कर्ष निकाल्छन्, र प्रभुको आगमनको गवाही दिने कुनै पनि दाबी झूटो रहेको भनी निर्धारण गर्छन्। यसले गर्दा प्रभुलाई स्वागत गर्ने कुरा आउँदा, धेरै विश्वासी अन्धाधुन्ध झूटा ख्रीष्टहरूदेखि सतर्क रहन्छन्; तिनीहरू सक्रिय रूपमा परमेश्वरको देखा पराइ र कामको खोजी र अनुसन्धान गर्ने आँट गर्दैनन्। फलस्वरूप, तिनीहरूका लागि प्रभुलाई स्वागत गर्न असम्भव हुन्छ। त्यसैले, प्रभुलाई स्वागत गर्नुपछाडिको मुख्य कुरा भनेको साँचो ख्रीष्टलाई झूटा ख्रीष्टहरूबाट छुट्याउन सक्नु हो। त्यसोभए तपाईँ साँचो ख्रीष्टलाई झूटा ख्रीष्टहरूबाट कसरी छुट्याउनुहुन्छ त? पहिलो कुरा, हामीले के जान्नैपर्छ भने, “आखिरी दिनहरूमा मानिसहरूलाई भ्रममा पार्न झूटा ख्रीष्टहरू देखा पर्नेछन्,” भन्ने भनाइ प्रभु येशू स्वयम्ले नै बोल्नुभएको थियो। यो भनाइ साँचो हो—यो एउटा तथ्य हो। केही देशमा मानिसहरूलाई भ्रममा पार्न झूटा ख्रीष्टहरू देखा परेका घटनाहरू हामी सबैले देखेका छौँ, जसले प्रभु येशूका वचनहरू पूरा भएका छन् भन्ने प्रमाणित गर्छ। तर, आखिरी दिनहरूमा झूटा ख्रीष्टहरू देखा पर्ने भएकाले केही मानिस प्रभुको पुनरागमनलाई अस्वीकार गर्छन्। तिनीहरू कस्तो गल्ती गरिरहेका छन् त? के यो घाँटीमा अड्केला भन्ने डरले खानै छोड्नु जस्तो होइन र? के तिनीहरू प्रभु येशूको पुनरागमनका अगमवाणीहरूलाई इन्कार गरिरहेका छैनन् र? यदि मानिसहरू प्रभुमाथि विश्वास गर्छन् तर प्रभु येशूका अगमवाणीहरूलाई इन्कार गर्ने आँट गर्छन् भने, के तिनीहरू प्रभुको प्रतिरोध गरिरहेका छैनन् र? यस्ता मानिसहरू कसरी प्रभुलाई स्वागत गर्न सक्छन्? त्यसोभए प्रभु येशूले आखिरी दिनहरूमा मानिसहरूलाई झूटा ख्रीष्टहरूदेखि सतर्क रहन किन चेतावनी दिनुभयो त? यो त परमेश्वरको प्रेम हो। परमेश्वरले हामीलाई जोगाउन, र झूटा ख्रीष्टहरूको भ्रममा पर्न अनि तिनीहरूको पछि लाग्नबाट बचाउन यसो गर्नुभएको हो। यदि हामी भ्रममा पर्यौँ भने, हामीले परमेश्वरको मुक्ति प्राप्त गर्न सक्नेछैनौँ। त्यसैले, हामी झूटा ख्रीष्टहरूदेखि सतर्क रहन सकौँ भनेर, प्रभु येशूले सुरुमै अनुग्रहको युगमा नै यी वचनहरू बोल्नुभएको थियो। यसमा हामी परमेश्वरको श्रमसाध्य अभिप्राय देख्न सक्छौँ। तर, धेरै मानिससँग प्रभु येशूका वचनहरूको शुद्ध बुझाइ हुँदैन। झूटा ख्रीष्टहरूदेखि सतर्क रहँदै गर्दा, तिनीहरूले आखिरी दिनहरूमा हुने प्रभु येशूको पुनरागमनलाई इन्कार गर्छन्। झूटा ख्रीष्टहरूदेखि सतर्क रहनका लागि, तिनीहरू परमेश्वर सत्यता व्यक्त गर्न देहधारी हुने तथ्यलाई इन्कार गर्छन्। के यो घाँटीमा अड्किन्छ भनेर खानै छोड्नु जस्तो होइन र? के त्यस्ता मानिसहरू निर्बुद्धि कन्याहरू होइनन् र? के यसो गर्नु पूर्ण रूपमा वाहियात होइन र? हामीलाई झूटा ख्रीष्टहरूदेखि सतर्क रहन भनेर, प्रभु येशूले हामी चनाखो रहन र तयारी गर्न आवश्यक छ भनी हामीलाई सम्झाइरहनुभएको थियो। यदि हामी चनाखो रहेनौँ र तयार भएनौँ, र संयोगवश झूटा ख्रीष्टहरूको भ्रममा पर्यौं भने, के हामी सकिनेछैनौँ र? हामी प्रभुलाई स्वागत गर्न असफल मात्र हुनेछैनौँ, अन्ततः हामी नरकमा जानुपर्नेछ र दण्ड भोग्नुपर्नेछ। अब झूटा ख्रीष्टहरू देखा परिसकेका छन् भन्ने थाहा पाएपछि, प्रभुको पुनरागमनलाई स्वागत गर्न हामी कसरी चनाखो रहनुपर्छ र तयार हुनुपर्छ त? हामीले साँचो ख्रीष्टलाई झूटा ख्रीष्टहरूबाट कसरी छुट्याउनुपर्छ? पहिलो कुरा, हामीले सत्यता ठ्याक्कै के हो र कसले सत्यता व्यक्त गर्न सक्छ भनी खुट्ट्याउन सिक्नैपर्छ। यो कुरा स्पष्ट रूपमा देखेपछि, साँचो ख्रीष्टलाई झूटा ख्रीष्टहरूबाट छुट्याउन हामीलाई सजिलो हुनेछ। किनभने झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरूसँग सत्यता हुँदैन, न त विभिन्न दुष्टात्मासँग नै हुन्छ। के सत्यता नभएकाहरू सत्यता व्यक्त गर्न सक्छन्? तिनीहरू पक्कै सक्दैनन्। झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू सबै दुष्टात्माहरूले वशमा पारेका मानिसहरू हुन्; तिनीहरू शैतानबाट आउँछन्, त्यसैले तिनीहरूसँग सत्यता हुँदैन र तिनीहरू सत्यता व्यक्त गर्न सक्दैनन्। त्यसोभए झूटा ख्रीष्टहरू मानिसहरूलाई भ्रममा पार्न केमा भर पर्छन् त? पहिलो कुरा, तिनीहरू झूटा अगमवाणीहरू बोल्नमा भर पर्छन्; दोस्रो, तिनीहरू विधर्म र भ्रमहरू फैलाउनमा भर पर्छन्; तेस्रो, तिनीहरू दुष्टात्माहरूको काममा भर पर्छन्, बर्बराउँछन् अनि चिन्ह र चमत्कारहरू देखाउँछन्। अचेल, झूटा ख्रीष्टहरूले मानिसहरूलाई भ्रममा पार्दा, तिनीहरू सामान्यतया केही झूटा अगमवाणी बोलेर अनि केही विधर्म र भ्रम फैलाएर त्यसो गर्छन्। मानिसहरूलाई भ्रममा पार्न तिनीहरू यसैमा भर पर्छन्। तिनीहरूले मानिसहरूलाई भ्रममा पार्न ठूला चिन्ह र चमत्कारहरू देखाएको हामीले अहिलेसम्म देखेका छैनौँ। यो एकदमै दुर्लभ कुरा हो; सायद परमेश्वरले अनुमति नदिने हुनाले यस्तो भएको हो। यदि परमेश्वरले शैतानलाई मानिसहरूलाई भ्रममा पार्न साँच्चै नै ठूला चिन्ह र चमत्कारहरू देखाउन अनुमति दिनुभएको भए, सम्पूर्ण धार्मिक संसारको उनान्सय प्रतिशत मानिसहरू गएर झूटा ख्रीष्टहरूलाई विश्वास गर्नेथिए। किनभने सम्पूर्ण मानवजातिमाझ सत्यता साँच्चै बुझ्ने मानिसहरू अत्यन्तै थोरै छन्। सत्यता नभएका मानिसहरू ठूलो खतरामा हुन्छन्, र तिनीहरू सबै झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरूको भ्रममा सजिलै पर्छन्। त्यसैले, मुख्य रूपमा मानिसहरू आखिरी दिनहरूमा देखा पर्ने झूटा ख्रीष्टहरूदेखि सतर्क रहन लगाउनका लागि, अनि मानिसहरूलाई झूटा ख्रीष्टहरूका विशेषताहरू बताउनका लागि, प्रभु येशूले यो अगमवाणी गर्नुभएको थियो; यसरी, मानिसहरू झूटा ख्रीष्टहरूलाई चिन्न र भ्रममा पर्नबाट जोगिन सक्छन्। यी वचनहरू बोल्नुमा प्रभु येशूको उद्देश्य यही थियो, र यो प्रभुको श्रमसाध्य अभिप्राय पनि हो। तर, प्रभु येशूले आफू फर्किएर आउँदिनँ भनी कहिल्यै भन्नुभएन। यदि प्रभु येशूले झूटा ख्रीष्टहरू देखा पर्नेछन् भनेर भन्नुभएको कारण कसैले प्रभु फर्कनुभएको छ भन्ने कुरा विश्वास गर्दैन भने, ऊ गलत हो। प्रभु येशूले भन्नुभयो: “हेर, म चाँडै आउँछु” (प्रकाश ३:११)। त्यसैले, प्रभु येशूको पुनरागमन अपरिहार्य छ। तर पाष्टर र एल्डरहरू धर्मशास्त्रको यो खण्डलाई कसरी व्याख्या गर्छन् त? तिनीहरू विश्वासीहरूलाई भन्छन्, “आखिरी दिनहरूमा मानिसहरूलाई भ्रममा पार्न झूटा ख्रीष्टहरू देखा पर्ने भएकाले, प्रभु फर्कनुभएको छ भन्ने कुनै पनि सन्देश झूटो हो। तपाईँहरूलाई खोजी र जाँचबुझ गर्ने अनुमति छैन, यो स्वीकार गर्ने अनुमति त झनै छैन।” यो भनेको प्रभु येशूले बोल्नुभएका वचनहरू: “हेर, म चाँडै आउँछु” लाई पूर्ण रूपमा इन्कार गर्ने एउटा गुप्त तरिका हो। यसलाई यसरी व्याख्या गरेर, पाष्टरहरू प्रभु येशूका वचनहरूको गलत अर्थ लगाइरहेका छन्। यदि मानिसहरू पाष्टरहरूका दाबीलाई विश्वास गर्छन् र साँचो मार्गको अनुसन्धान गर्न छोड्छन् भने, तिनीहरू दियाबलसहरू र शैतानहरूको छलमा फसेका हुन्छन्। त्यसैले, यस खण्डलाई यसरी व्याख्या गर्ने कुनै पनि पाष्टरले मानिसहरूलाई भ्रममा मात्र पारिरहेको हुन्छ। तिनीहरू प्रभु येशूको पुनरागमनलाई इन्कार गर्न, परमेश्वरको देहधारणलाई इन्कार गर्न, र आखिरी दिनहरूमा मानवजातिलाई मुक्ति दिने काम गर्नका लागि परमेश्वर सत्यता व्यक्त गर्नुहुन्छ भन्ने कुरालाई इन्कार गर्न, झूटा ख्रीष्टहरूले मानिसहरूलाई भ्रममा पारेको उदाहरण प्रयोग गर्छन्। तिनीहरूको उद्देश्य भनेको तपाईँलाई प्रभुको पुनरागमनलाई स्वागत गर्नबाट रोक्नु हो, तपाईँले कसैले ख्रीष्टको गवाही दिएको वा ख्रीष्ट कहाँ हुनुहुन्छ भनी बताएको सुने तापनि तपाईँलाई विश्वास गर्न वा जाँचबुझ गर्न इन्कार गर्न लगाउनु हो, अनि तपाईँलाई मण्डलीमै बसेर तिनीहरूका प्रवचन सुन्न र तिनीहरूका कुराहरू विश्वास गर्न मात्र लगाउनु हो, ताकि अन्तमा, तपाईँ तिनीहरूकै पछि लागेर नरकमा जानुहोस्। पाष्टरहरूको अभिप्राय यही हो। त्यसोभए यो खण्डलाई व्याख्या गर्ने शुद्ध तरिका के हो त? यसलाई यसरी व्याख्या गरिनुपर्छ: “हामी प्रभुका वचनहरूमा विश्वास गर्छौँ। आखिरी दिनहरूमा मानिसहरूलाई भ्रममा पार्ने झूटा ख्रीष्टहरू पक्कै देखा पर्नेछन् भन्ने कुरा एउटा तथ्य हो, तर प्रभु येशू पक्कै फर्कनुहुनेछ भन्ने कुरा पनि साँचो हो। यो प्रभुको प्रतिज्ञा हो। प्रभु विश्वासयोग्य हुनुहुन्छ। प्रभुले उहाँ फर्कनुहुनेछ भनी प्रतिज्ञा गर्नुभएको थियो, त्यसैले उहाँ पक्कै आउनुहुनेछ। जेसुकै भए पनि, आखिरी दिनहरूमा झूटा ख्रीष्टहरू देखा पर्ने भएकाले हामीले प्रभुको पुनरागमनलाई इन्कार गर्न मिल्दैन, न त हामी झूटा ख्रीष्टहरूदेखि सतर्क रहेका छौँ भन्दैमा साँचो मार्गको अनुसन्धान गर्नबाट पछि हट्न वा प्रभुलाई स्वागत गर्ने कुरालाई इन्कार गर्न मिल्छ। यसो गर्नाले हामी प्रभुलाई स्वागत गर्ने र मुक्ति पाउने अवसर गुमाउने जोखिममा पर्छौँ।” यसलाई यसरी व्याख्या गर्नु भनेको मानिसहरूलाई भ्रममा पार्नु होइन। तर पाष्टरहरू अक्सर भ्रमहरू फैलाउँछन्, प्रभु आउनुभएको छ भन्ने कुनै पनि सन्देश झूटो हो भनी निर्धारण गर्छन्, र प्रभु मानिसको पुत्रका रूपमा देहधारी भएर आउनुभएको छ भन्ने कुनै पनि सन्देश झूटो हो भन्छन्। के यो प्रभु येशूका वचनहरूको गलत अर्थ लगाउनु होइन र? यो प्रभु येशूका वचनहरूको गलत व्याख्या हो, जसले पाष्टरहरू मानिसहरूलाई भ्रममा पारिरहेका छन् भन्ने प्रमाणित गर्छ। तिनीहरू मानिसहरूलाई भ्रममा पार्ने आफ्नो लक्ष्य हासिल गर्न प्रभु येशूका वचनहरूको गलत अर्थ लगाइरहेका छन् र तथ्यहरूलाई बङ्ग्याइरहेका छन्। पाष्टरहरूले यो खण्डलाई कसरी व्याख्या गर्छन् भन्ने कुराको पछाडि तिनीहरूको अभिप्राय र षड्यन्त्र यही हो। त्यसोभए, प्रभुलाई स्वागत गर्ने कुरा आउँदा हामीले साँचो ख्रीष्टलाई झूटा ख्रीष्टहरूबाट कसरी छुट्याउनुपर्छ? मानिसहरूले बुझ्नुपर्ने तीनवटा कुरा छन्। पहिलो, “आखिरी दिनहरूमा मानिसहरूलाई भ्रममा पार्न झूटा ख्रीष्टहरू देखा पर्नेछन्” भन्ने प्रभु येशूका वचनहरूलाई कसरी व्याख्या गर्ने; दोस्रो, साँचो ख्रीष्टलाई झूटा ख्रीष्टहरूबाट कसरी छुट्याउने; र तेस्रो, पाष्टरहरूले यस खण्डलाई व्याख्या गर्ने तरिकाहरू पछाडिको अभिप्राय र उद्देश्य। यी तीन कुरा स्पष्ट भएपछि, तपाईँले साँचो ख्रीष्टलाई झूटा ख्रीष्टहरूबाट छुट्याउन सक्नुहुनेछ। ख्रीष्ट मात्र सत्यता व्यक्त गर्न सक्नुहुन्छ। झूटा ख्रीष्टहरूसँग सत्यता हुँदैन; तिनीहरू मानिसहरूलाई भ्रममा पार्न झूटा अगमवाणीहरू बताउन वा केही चिन्ह र चमत्कार देखाउन मात्र सक्छन्। जोसँग आत्मिक बुझाइ हुँदैन र जो दियाबलसहरू हुन्, तिनीहरू सत्यतामा नभई चिन्ह र चमत्कारहरूमा मात्र विश्वास गर्छन्, त्यसैले तिनीहरू भ्रममा परेर झूटा ख्रीष्टहरूको पछि लाग्छन्। तर सत्यतामा विश्वास गर्ने र सत्यतालाई प्रेम गर्नेहरू ख्रीष्टको मात्र पछि लाग्छन् र सत्यतालाई स्वीकार गर्छन्, अनि अन्ततः तिनीहरू जीवन प्राप्त गर्छन् र परमेश्वरद्वारा सिद्ध पारिन्छन्।
त्यसोभए, आखिरी दिनहरूका ख्रीष्ट मुख्य रूपमा कुन काम गर्न आउनुभएको हो त? प्रभु येशूले भन्नुभयो: “जब उहाँ, सत्यताका आत्मा, आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा मार्गदर्शन गर्नुहुनेछ” (यूहन्ना १६:१३)। परमेश्वर आखिरी दिनहरूमा ठ्याक्कै यही काम गर्न देहधारण गर्नुहुन्छ; उहाँले मानिसहरूलाई सबै सत्यतामा मार्गदर्शन गर्नुहुनेछ। त्यसोभए उहाँले ठ्याक्कै कुन काम गर्नुहुन्छ त? यो आखिरी दिनहरूमा गरिने न्यायको काम हो। बाइबलले भन्छ: “किनभने परमेश्वरको घरानाबाट न्याय सुरू हुने समय आएको छ” (१ पत्रुस ४:१७)। “अनि मैले ठूलो सेतो सिंहासन र त्यसमा बस्नुहुनेलाई देखेँ, जसको सामनेदेखि पृथ्वी र स्वर्ग भागे; र तिनीहरूको निम्ति कुनै ठाउँ पाइएन। अनि मैले मरेका साना र ठूलालाई परमेश्वरको अघि खडा भएका देखेँ; अनि पुस्तकहरू खोलिए: र अर्को पुस्तक खोलियो, जुन जीवनको पुस्तक थियो: र मरेकाहरूलाई पुस्तकहरूमा लेखिएका कुराहरू अनुसार, तिनीहरूका कामहरूबमोजिम नै न्याय गरियो” (प्रकाश २०:११-१२)। प्रकाशको पुस्तकमा अगमवाणी गरिएको ठूलो सेतो सिंहासनको न्यायले के कुरालाई जनाउँछ? यसले परमेश्वर देहधारी भएर सत्यता व्यक्त गर्नुलाई जनाउँछ। त्यसोभए देहधारी हुनु भनेको के हो? यसको अर्थ मानिसको पुत्र बन्नु हो। प्रभु येशू जस्तै, यी मानिसको पुत्र देहधारी परमेश्वर हुनुहुन्छ। उहाँसँग ईश्वरीय सार छ, र उहाँ नै परमेश्वरको देखा पराइ हुनुहुन्छ, जो ठूलो सेतो सिंहासनमा बसेर सबै राष्ट्र र सबै मानिसलाई न्याय गर्नुहुन्छ। त्यसैले, तपाईँले परमेश्वरले सत्यता व्यक्त गरिरहनुभएको र न्यायको काम गरिरहनुभएको देख्दा, यसको अर्थ उहाँ आउनुभएको छ भन्ने हुन्छ। अहिले सर्वशक्तिमान् परमेश्वर आखिरी दिनहरूमा सत्यता व्यक्त गरिरहनुभएको छ र न्यायको काम गरिरहनुभएको छ, जुन सर्वशक्तिमान् परमेश्वर नै आखिरी दिनहरूका ख्रीष्ट हुनुहुन्छ भनी प्रमाणित गर्न पर्याप्त छ। के झूटा ख्रीष्टहरू सत्यता व्यक्त गर्न सक्छन्? तिनीहरू सत्यता व्यक्त गर्न सक्दैनन्। जो सत्यता व्यक्त गर्न सक्नुहुन्छ उहाँ नै परमेश्वर हुनुहुन्छ, जो देखा पर्नुभएको छ र काम गरिरहनुभएको छ; जो सत्यता व्यक्त गर्न सक्नुहुन्छ उहाँ मात्र न्यायको काम गर्न सक्नुहुन्छ। सत्यता भनेको पिशाचहरूलाई प्रकट गर्ने ऐना जस्तै हो—सत्यताले नै मानिसहरूलाई सबैभन्दा बढी प्रकट गर्छ। परमेश्वरले सत्यता व्यक्त गर्दा, सबै मानिस सत्यतासामु लज्जित हुनेछन्, र तिनीहरूको सक्कली रूप प्रकट गरिनैपर्छ। तिनीहरूको हैसियत जतिसुकै उच्च किन नहोस् वा तिनीहरूसँग जतिसुकै ज्ञान किन नहोस्, सत्यता देखेपछि तिनीहरू शिष्ट बन्न थाल्छन् र जथाभावी बोल्ने आँट गर्दैनन्। तिनीहरूका थोरै शब्द र सिद्धान्तहरू सत्यतासामु पूर्ण रूपमा मूल्यहीन हुन्छन्। त्यसैले, सत्यतासामु शैतान समेत शिष्ट बन्छ र केही बोल्ने आँट गर्दैन। विगतमा, धार्मिक संसारले आधारहीन अफवाहहरू फैलायो र सर्वशक्तिमान् परमेश्वरको मण्डलीलाई बदनाम गर्यो। तर सर्वशक्तिमान् परमेश्वरका वचनहरू अनलाइनमा प्रकाशित भएदेखि, धार्मिक संसार शान्त भएको छ र धेरै शिष्ट भएको छ। अहिले, मण्डलीलाई गलत र दोषी ठहराउने आँट धेरै मानिसले गर्दैनन्, अनि सर्वशक्तिमान् परमेश्वरको मण्डलीका आलोचनाहरू झन्-झन् कम हुँदै गएका छन्। केही दियाबलसले आलोचना गर्ने आँट गरे पनि, तिनीहरूका भ्रमहरू गलत ठहरिन धेरै समय लाग्दैन, र परमेश्वरलाई गलत र दोषी ठहराउनेहरूमध्ये धेरैजसो पतन भएका छन्। धेरै मानिसले सर्वशक्तिमान् परमेश्वरका वचनहरू देख्दा, तिनीहरू यी वचनहरूमा अख्तियार र शक्ति रहेको, र यी सबै सत्यता भएको महसुस गर्छन्। तिनीहरू सर्वशक्तिमान् परमेश्वरको मण्डलीसँग सत्यता र पवित्र आत्माको काम छ, र सर्वशक्तिमान् परमेश्वर नै सम्भवतः ती प्रभु येशू हुनुहुन्छ, जो देखा पर्नुभएको छ र काम गरिरहनुभएको छ भन्ने महसुस गर्छन्। केही मानिस एक-दुई वर्ष अनुसन्धान गर्छन् र त्यसपछि परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गर्छन्; केहीले तीनदेखि पाँच वर्ष अनुसन्धान गर्छन् र त्यसपछि यो स्वीकार गर्छन्; अनि केहीले यो स्वीकार गर्नुअघि सात वा आठ वर्ष, वा एक दशकसम्म पनि अनुसन्धान गर्छन्। विभिन्न पश्चिमी देशमा यो स्वीकार गरेका प्रख्यात व्यक्तिहरू छन्, जसमा पाष्टरहरू, लेखकहरू, र प्राध्यापकहरू जस्ता विभिन्न उल्लेखनीय व्यक्ति समावेश छन्। तिनीहरू कसरी यो स्वीकार गर्न पुगे त? तिनीहरूले सर्वशक्तिमान् परमेश्वरका वचनहरू सबै सत्यता हुन् भनी देखे, यी वचनहरू परमेश्वरले नै व्यक्त गर्नुभएको हो भन्ने कुरामा तिनीहरू निश्चित भए, र सर्वशक्तिमान् परमेश्वरको काम नै परमेश्वरको काम हो भन्ने कुरामा पनि तिनीहरू निश्चित भए। सर्वशक्तिमान् परमेश्वर साधारण मानिसको पुत्रका रूपमा देहधारी हुनुभएको भए पनि, सर्वशक्तिमान् परमेश्वरद्वारा व्यक्त गरिएका वचनहरू सबै सत्यता हुन् र तिनले मानिसहरूलाई पूर्ण रूपमा विश्वस्त पार्छन्, र त्यसैले सत्यतालाई प्रेम गर्नेहरू उहाँलाई स्वीकार गर्छन्। सत्यतालाई प्रेम नगर्नेहरू प्रभु येशू देखा पर्नुभएर काम गर्नुहुँदाका फरिसीहरू जस्तै हुन्। तिनीहरू पनि सर्वशक्तिमान् परमेश्वरका वचनहरूमा अख्तियार र शक्ति छ भनी स्वीकार त गर्छन्, तर तिनीहरूले सत्यतालाई प्रेम नगर्ने हुनाले, तिनीहरू सर्वशक्तिमान् परमेश्वरलाई स्वीकार गर्दैनन्। धार्मिक संसारको नियन्त्रणमा रहेका केही व्यक्ति पनि छन्। धार्मिक संसारद्वारा निष्कासित गरिने डरले, तिनीहरू सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्ने वा उहाँलाई स्वीकार गर्ने आँट गर्दैनन्। के यो मूर्खता र अज्ञानता होइन र? प्रभुमा विश्वास गर्न र साँचो मार्गको अनुसन्धान गर्न, तपाईँसँग आफ्नै विचार हुनुपर्छ। तपाईँले सधैँ पाष्टरहरूको कुरा सुन्नु हुँदैन, पुर्खाहरूलाई विश्वास त झनै गर्नु हुँदैन, किनभने तिनीहरू परमेश्वरको प्रतिनिधित्व गर्दैनन्, तिनीहरू सत्यता हुनुलाई त झनै प्रतिनिधित्व गर्दैनन्। बुद्धिमती कन्या हुनका लागि तपाईँ चनाखो रहन, प्रार्थना गर्न र कसरी सत्यताको खोजी गर्ने भनी जान्न आवश्यक छ। यदि तपाईँलाई प्रार्थना गर्न वा परमेश्वरमा भर पर्न आउँदैन भने, तपाईँ शैतान र पाष्टरहरूद्वारा बहकाइने, नियन्त्रित गरिने र कैदमा पारिने सम्भावना हुन्छ।
त्यसोभए, साँचो मार्गको खोजी र अनुसन्धान गर्न तपाईँसँग के हुनैपर्छ त? पहिलो कुरा, तपाईँले सत्यता के हो, कोसँग सत्यता छ, र कसले सत्यता व्यक्त गर्न सक्छ भन्ने कुरा खुट्ट्याउन सक्नैपर्छ। यी कुराहरू स्पष्ट रूपमा देखेपछि, तपाईँले साँचो ख्रीष्टलाई झूटा ख्रीष्टहरूबाट छुट्याउन सक्नुहुनेछ। यदि उहाँ ख्रीष्ट हुनुहुन्छ भने, उहाँ निश्चय नै सत्यता व्यक्त गर्न सक्नुहुन्छ; यदि उनी ख्रीष्ट होइनन् भने, उनी सत्यता व्यक्त गर्न सक्दैनन्। झूटा ख्रीष्टहरू मानिसहरूलाई भ्रममा पार्न के कुरामा भर पर्छन् त? झूटा अगमवाणीहरू बोल्ने र विधर्म र भ्रमहरू फैलाउने। झूटा ख्रीष्टहरूसँग सत्यता फिटिक्कै हुँदैन। यदि तपाईँ यो कुरा स्पष्ट रूपमा देख्न सक्नुहुन्छ भने, तपाईँ झूटा ख्रीष्टहरूको भ्रममा पर्ने सम्भावना हुनेछैन। यसबाहेक, यदि तपाईँ पाष्टर र एल्डरहरूसँग सत्यता छैन र तिनीहरू झूटा गोठालाहरू हुन् भनी स्पष्ट रूपमा देख्न सक्नुहुन्छ भने, तपाईँ पाष्टर र एल्डरहरूको पनि भ्रममा पर्नुहुनेछैन। प्रभुमाथि विश्वास गर्ने मानिसहरू पाष्टर र एल्डरहरूद्वारा नियन्त्रित हुन्छन् भने, तिनीहरू अवश्यै परमेश्वरद्वारा चुनिएकाहरू होइनन्, बरु शैतानका हुन्। पाष्टर र एल्डरहरूको आराधना गर्नेहरू सबै निर्बुद्धि कन्याहरू हुन् र तिनीहरू प्रभुलाई स्वागत गर्न सक्दैनन्। यो कुरा याद राख्नुहोस्! साँचो मार्गको अनुसन्धान गर्नुको एउटा अर्थ हो, सर्वशक्तिमान् परमेश्वरका वचनहरूमा अख्तियार र शक्ति छ र ती सबै सत्यता हुन्, अनि परमेश्वर मात्र सत्यता व्यक्त गर्न सक्नुहुन्छ, र परमेश्वरबाहेक अरू कोही पनि सत्यता व्यक्त गर्न सक्दैन भनी निर्धारण गर्न सक्नु। अनि अर्को कुरा हो, यसको अर्थ सर्वशक्तिमान् परमेश्वरका वचनहरू नितान्त सत्यता हुन् र परमेश्वर मात्र ती व्यक्त गर्न सक्नुहुन्छ; कुनै पनि दियाबलस, शैतान, वा दुष्टात्माले सत्यता व्यक्त गर्न सक्दैन; अनि कुनै पनि भ्रमित पार्ने शब्दहरू र नकारात्मक प्रचारबाजीहरू झूट हुन् र विश्वास गर्न लायक नभएका दुष्ट शब्दहरू हुन् भनी निर्धारण गर्नु हो। साँचो मार्गको अनुसन्धान गर्दा, यी दुई कुराबारे मात्र निश्चित हुनु पर्याप्त हुन्छ। यदि यो साधारण मानिस सत्यता व्यक्त गर्न सक्नुहुन्छ, र अख्तियार र शक्ति भएका वचनहरू व्यक्त गर्न सक्नुहुन्छ भने, उहाँ नै प्रभु येशूले अगमवाणी गर्नुभएको मानिसको पुत्रको देखा पराइ हुनुहुन्छ। यो देहधारी परमेश्वरको देखा पराइको स्वरूप हो; यसलाई वचन देहमा देखा पर्नु पनि भन्न सकिन्छ। सर्वशक्तिमान् परमेश्वरले भन्नुभए जस्तै: “देहधारी हुनुभएका परमेश्वरलाई ख्रीष्ट भनिन्छ, त्यसकारण मानिसहरूलाई सत्यता प्रदान गर्न सक्ने ख्रीष्टलाई परमेश्वर भन्नु बिलकुलै अत्युक्ति हुँदैन। किनकि उहाँसँग परमेश्वरको सार छ, र उहाँमा परमेश्वरको स्वभाव, र परमेश्वरको कामको बुद्धि छ, जुन मानिसले प्राप्त गर्न सक्दैन। जसले आफैलाई ख्रीष्ट भन्छन् तर परमेश्वरको काम गर्न सक्दैनन् तिनीहरू ठग हुन्। ख्रीष्ट पृथ्वीमा रहनुभएको परमेश्वरको प्रकटीकरण मात्रै हुनुहुन्न, उहाँ त परमेश्वरले पृथ्वीमा आफ्नो काम गर्दा र मानिसमाझ आफ्नो काम पूरा गर्दा धारण गर्नुहुने विशेष देह पनि हुनुहुन्छ। यो कुनै पनि मानिसले प्रतिस्थापन गर्न सक्ने देह होइन, बरु यो त पृथ्वीमा परमेश्वरको कामलाई पर्याप्त रूपमा वहन गर्न सक्ने, परमेश्वरको स्वभावलाई व्यक्त गर्न सक्ने, परमेश्वरलाई पर्याप्त रूपमा प्रतिनिधित्व गर्न सक्ने, र मानिसलाई जीवन प्रदान गर्न सक्ने देह हो। ढिलो वा चाँडो, ख्रीष्टको नक्कल गर्नेहरू सबै पतन हुनेछन्, किनभने तिनीहरूले आफू ख्रीष्ट भएको दाबी गर्ने भए पनि, तिनीहरूमा ख्रीष्टको कुनै पनि सार हुँदैन। त्यसैले म भन्छु, ख्रीष्टको प्रामाणिकतालाई मानिसले निर्धारण गर्न सक्दैन, परमेश्वर स्वयम्ले यसको उत्तर दिनुहुन्छ र निर्णय गर्नुहुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्नुहुन्छ)।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
आखिरी दिनहरूमा मुक्तिदाता सर्वशक्तिमान् परमेश्वर देखा पर्नुभएको छ र उहाँले काम गरिरहनुभएको छ, अनि उहाँले करोडौँ वचनहरू व्यक्त गर्नुभएको...
आज, हाम्रो सङ्गतिको शीर्षक रहेको छ, “एउटै परमेश्वरले कामका तीन चरणहरूलाई कसरी पूरा गर्नुहुन्छ।” यो शीर्षक महत्त्वपूर्ण छ, र हाम्रो समाप्ति...
२,००० वर्ष पहिले, देहधारी प्रभु येशू मानवजातिलाई पापबाट छुटकारा दिन क्रूसमा टाँगिनुभयो, र यसरी पापबलि बनेर आफ्नो छुटकाराको काम पूरा...
धेरै मानिस के सोच्छन् भने, प्रभु येशू क्रूसमा टाँगिनुभएपछि र मृत्युबाट पुनरुत्थान हुनुभएपछि, उहाँ एक महिमित आत्मिक शरीर बनिसक्नुभएको थियो र...