के तपाईंले परमेश्वरको आवाज सुन्नुभएको छ?
प्रभुका सबै विश्वासीहरू उहाँको पुनरागमनको व्यग्र प्रतीक्षामा छन्। आज, हामी प्रभु येशूका अगमवाणीहरूबारे केही सङ्गति गर्दै प्रभुको...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
धेरै विश्वासीहरु २ तिमोथीमा पावलका शब्दहरू पढ्छन्: “सम्पूर्ण धर्मशास्त्र परमेश्वरको प्रेरणाद्वारा दिइएको हो” (२ तिमोथी ३:१६) र तिनीहरू बाइबलमा भएका सबै शब्द परमेश्वरबाट प्रेरित छन् र उहाँबाट आएका हुन् भन्ने निष्कर्ष निकाल्छन्। तिनीहरू बाइबलका जुनसुकै शब्दहरू, ती जसले बोलेको भए तापनि, परमेश्वरकै वचनहरू हुन् भनी विश्वास गर्छन्। उनीहरू त यहाँसम्म सोच्छन् कि बाइबलले नै प्रभुको प्रतिनिधित्व गर्दछ, र केवल बाइबललाइ पक्रि राखे मात्र स्वर्गको राज्यमा प्रवेश गर्न सकिन्छ। तर के यो बुझाइ सही हो?
“सम्पूर्ण धर्मशास्त्र परमेश्वरको प्रेरणाद्वारा दिइएको हो” भन्ने कथन पावलले भनेका थिए। उनले यो कुरा भन्दा नयाँ नियम अस्तित्वमै थिएन, किनकि ख्रीष्ट स्वर्ग रोहण भइसके पछि, त्यसको ३०० सय वर्षभन्दा बढी समय बितेपछि मात्र त्यसका लेखहरू संकलन भएर एउटा पुस्तक बनाइएको थियो। त्यसैले, पावलले स्पष्ट रूपमा पुरानो करारलाई सङ्केत गर्दै थिए। अब, के पावलको कथन वास्तवमै सही थियो त? हामीलाई पक्का त थाहा छैन, तर हामीले प्रभु येशूले कहिल्यै त्यस्तो कुरा भन्नुभएको देखेका छैनौँ, न त हामीले पवित्र आत्माले नै त्यसो भन्नुभएको देखेका छौँ, र हामीले पक्कै पनि कुनै अगमवक्ताले त्यो सन्देश दिएको देखेका छैनौँ। हामी सबैलाई थाहा छ, नयाँ करारमा प्रेरितहरू, फरिसीहरू र यहूदासहित फरक-फरक धेरै मानिसका शब्दहरू छन्, र त्यसमा शैतानका शब्दहरूसमेत छन्। निश्चय नै, तिनीहरूका शब्दहरू परमेश्वरबाट प्रेरित थिएनन्। पावलको यो कथन सही छ कि छैन भन्ने कुरालाई छोडेर, एउटा कुरा भने निश्चित छ: यदि परमेश्वरमा विश्वास गर्ने मानिसहरू बाइबलमा मात्र टाँसिन्छन् र यसलाई परमेश्वरझैँ मान्छन् भने, तिनीहरू पूर्ण रूपमा गलत छन्। प्रभु येशूले एकपटक भन्नुभयो: “शास्त्रहरूमा खोजी गर्दछौ; किनकि तिनमा नै तिमीहरूले अनन्त जीवन पाउँछौ भन्ने तिमीहरू सोच्दछौ: अनि मेरो गवाही दिने तिनै हुन्। अनि तिमीहरूले जीवन पाउन सक भनी तिमीहरू मकहाँ आउँदैनौं” (यूहन्ना ५:३९-४०)। प्रभुका वचनहरू एकदमै स्पष्ट छन्: बाइबल परमेश्वरको विगतका कामको अभिलेख र उहाँको गवाही मात्र हो। बाइबल आफैमा अनन्त जीवन छैन। परमेश्वरसँग मात्र अनन्त जीवनको मार्ग छ; परमेश्वर मात्र सत्यता, मार्ग र जीवन हुनुहुन्छ। परमेश्वर सृष्टिकर्ता र सबै थोकका लागि जीवनको स्रोत हुनुहुन्छ। उहाँ स्वर्ग, पृथ्वी र यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ, र मानवजातिका लागि उहाँको जीवनको आपूर्ति अनन्त र कहिल्यै नसकिने खालको छ। तर, बाइबल परमेश्वरको पहिलेको कामको अभिलेख राख्ने ऐतिहासिक पुस्तक मात्र हो। यसलाई परमेश्वरसँग बराबरी गर्न कसरी सम्भव हुन सक्छ र? यस कारण, बाइबलमा पाइने परमेश्वरका थोरै वचनहरू, परमेश्वर स्वयंको विशालतासँग तुलना गर्दा, समुद्रको एक थोपा जत्तिकै मात्र हुन्। बाइबलमा टाँसिएर नै कुनै व्यक्ति स्वर्गको राज्यमा प्रवेश गर्न सक्छ भनी दाबी गर्नु आफ्नै आशाबाहेक केही होइन। परमेश्वर आफूले मानवजातिलाई व्यवस्थापन गर्नमा तीन चरणको काम गर्नुहुन्छ, र उहाँ धेरै भन्दा धेरै वचन बोल्दै हुनुहुन्छ। यो विशेष गरी आखिरी दिनहरूमा हुने न्यायको कामको लागि सत्य हो, यस समयवधिमा सर्वशक्तिमान परमेश्वरले प्रशस्त सत्यता व्यक्त गर्नुभएको छ। “वचन देहमा देखा पर्नुहुन्छ” मा रेकर्ड गरिएका वचनहरूले सात खण्ड भरिसकेका छन्—बाइबलमा भएका शब्दहरूभन्दा धेरै गुणा बढी। यसले प्रभु येशूका यी वचनहरू पूर्ण रूपमा पूरा गर्छ: “अझै पनि मैले तिमीहरूलाई भन्नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्दैनौ। तर, जब उहाँ, सत्यताका आत्मा, आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा मार्गदर्शन गर्नुहुनेछ: किनभने उहाँ आफ्नो तर्फबाट बोल्नुहुनेछैन; तर उहाँले जे सुन्नुहुन्छ उहाँले त्यही बोल्नुहुनेछ: र उहाँले तिमीहरूलाई आउनेवाला कुराहरू देखाउनुहुनेछ” (यूहन्ना १६:१२-१३)। “मलाई इन्कार गर्ने र मेरा वचनहरू नस्विकार्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले आखिरी दिनमा उसको न्याय गर्नेछ” (यूहन्ना १२:४८)। प्रकाशको पुस्तकमा पनि अगमवाणीहरू छन्: “आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ सो, कान हुनेले सुनोस्” (प्रकाश २:७)। यी अगमवाणीहरू पूर्ण रूपमा स्पष्ट छन्: जब आखिरी दिनहरूमा प्रभु फर्कनुहुन्छ, तब उहाँले मण्डलीहरूसँग फेरि बोल्नुहुनेछ, मानवजातिलाई न्याय गर्न सबै सत्यता व्यक्त गर्नुहुनेछ। अर्थात्, उहाँले मानिसहरूलाई न्याय गर्न र शुद्ध पार्न, तिनीहरूलाई शैतानको भ्रष्टताबाट बचाउन र तिनीहरूलाई पापको बन्धनबाट मुक्त गर्न सत्यता प्रयोग गर्नुहुनेछ। यो कामको अभूतपूर्व चरण हो, र यो परमेश्वरको मुक्तिको कामको अन्तिम चरण हो। यसबाट हामी देख्न सक्छौं कि परमेश्वरले कहिल्यै बाइबल अनुसार बोल्नुभएको छैन। परमेश्वर मानवजातिलाई धेरै कुरा भन्न चाहनुहुन्छ; बाइबलमा भएका परमेश्वरका वचनहरू सागरमा एक थोपा मात्र हुन्। आखिरी दिनहरूमा, परमेश्वर अझ उच्च सत्यताहरू र अझ ठूलो सङ्ख्यामा सत्यताहरू व्यक्त गर्नुहुन्छ। खास गरी, मानिसहरूलाई न्याय गर्ने, शुद्ध पार्ने र सिद्ध गर्ने वचनहरू सबै आखिरी दिनहरूमा परमेश्वरको न्यायको कामको दौरानमा उहाँले व्यक्त गर्नुभएको हो। यदि यी वचनहरू अनुग्रहको युगमा व्यक्त गरिएको भए, मानिसहरूले न त ती सहन सक्थे, न त त्यसका लागि तयार नै हुने थिए। त्यसकारण, मानिसहरूले बाइबलमा टाँसिएर नै मुक्ति पाउन र स्वर्गको राज्यमा प्रवेश गर्न सकिन्छ भनी सोच्नु पूर्ण रुपमा मनगढन्ते आशा मात्र हो। मानिसहरूले स्वर्गको राज्यमा प्रवेश गर्नु वास्तविकताभन्दा धेरै सजिलो हुन्छ भनेर कल्पना गर्छन्। तिनीहरू फोहोर र भ्रष्टताले भरिएका छन्, पापमा जिउँछन् र स्वतन्त्र हुन असक्षम छन्। तिनीहरूमा परमेश्वरको कामबारे पटक्कै ज्ञान छैन, झन् परमेश्वरको स्वभावबारे ज्ञान हुनु त परै जाओस्। धेरै वर्षसम्म प्रभुमा विश्वास गरेपछि समेत, तिनीहरू अझै बारम्बार पाप गर्छन् र परमेश्वरको प्रतिरोध गर्छन्। तिनीहरूमा परमेश्वरप्रति कुनै डर वा समर्पण छैन, तैपनि तिनीहरू बाइबल र प्रभु येशूको नाममा टाँसिएर नै स्वर्गको राज्यमा प्रवेश गर्ने अपेक्षा गर्छन्। के त्यो ठट्टा होइन र? आज, प्रभु येशू धेरै पहिले नै फर्किसक्नुभएको छ। उहाँ देखा पर्नुभएको छ र आफ्नो काम गर्न सत्यता व्यक्त गर्दै हुनुहुन्छ। परमेश्वरको आवाज सुन्ने सबै बुद्धिमती कन्याहरू उहाँको सिंहासनसामु उठाई लगिएका छन्। तिनीहरू सबैले सर्वशक्तिमान् परमेश्वरका वचनहरू सत्यता र पवित्र आत्माका वाणीहरू हुन् भनी स्वीकार गर्छन्। तिनीहरू स्वर्गको राज्यको भोजमा सहभागी भएका छन् अनि तिनीहरूले परमेश्वरका लागि सुन्दर र जोरदार गवाही दिएका छन्। तिनीहरू हरेक दिन परमेश्वरका वचनहरू खान्छन् र पिउँछन् अनि उहाँको प्रशंसा गर्छन्, र अपार आनन्द महसुस गर्छन्। यो सबैले देख्न सक्ने तथ्य हो। सर्वशक्तिमान् परमेश्वरले भन्नुभएझैँ: “आखिरी दिनहरूका ख्रीष्टले जीवन ल्याउनुहुन्छ, अनि चिरस्थायी र अनन्त सत्यताको मार्ग ल्याउनुहुन्छ। यही सत्यता नै मानिसले जीवन प्राप्त गर्ने मार्ग हो, र यो एक मात्र मार्ग हो जसमार्फत मानिसले परमेश्वरलाई चिन्नेछ र ऊ परमेश्वरद्वारा अनुमोदित हुनेछ। यदि तँ आखिरी दिनहरूका ख्रीष्टले प्रदान गर्नुभएको जीवनको मार्गको खोजी गर्दैनस् भने, तैँले कहिल्यै येशूको अनुमोदन प्राप्त गर्नेछैनस्, र तँ स्वर्गको राज्यको प्रवेशद्वारभित्र छिर्न कहिल्यै योग्य हुनेछैनस्, किनभने तँ इतिहासको कठपुतली र कैदी दुवै होस्। प्रावधानहरू, शब्दहरू, र इतिहासको जन्जिरद्वारा नियन्त्रित हुनेहरूले कहिल्यै जीवन प्राप्त गर्न सक्नेछैनन् न त तिनीहरूले चिरस्थायी जीवनको मार्ग नै पाउन सक्नेछन्। यस्तो किन हुन्छ भने, तिनीहरूसँग सिंहासनबाट बग्ने जीवनको पानी नभई धमिलो पानी मात्रै छ, जसलाई तिनीहरूले हजारौँ वर्षदेखि पक्रेर बसेका छन्। जीवनको पानीको आपूर्ति नपाएकाहरू सदासर्वदा नै लासहरू, शैतानका खेलौनाहरू, र नरकका पुत्रहरू भएर रहनेछन्। त्यसोभए, कसरी तिनीहरूले परमेश्वरलाई देख्न सक्छन्? तँ विगतलाई मात्रै पक्रिराख्न खोज्छस्, ठिङ्ग उभिएर परिस्थितिलाई जस्ताको तस्तै राख्न मात्रै खोज्छस्, र यथास्थितिलाई परिवर्तन गर्न र इतिहासलाई फाल्न खोज्दैनस्, त्यसकारण के तँ सधैँ परमेश्वरप्रति शत्रुवत् हुनेछैनस् र? परमेश्वरको कामका कदमहरू उर्लिरहने छालहरू र थर्किरहने चट्याङहरूजस्तै अत्यन्तै प्रभावशाली र शक्तिशाली छन्—तैपनि तँ पुरानो कुरामा टाँसिदै र कुराहरू आफ्नो काखमा झर्लान् भनी पर्खँदै, विनाशको प्रतीक्षा गर्दै निष्क्रिय रूपमा बस्छस्। यसरी, तँलाई थुमाका पदचापहरू पछ्याउने व्यक्ति कसरी मान्न सकिन्छ? तैँले पक्रेर बस्ने परमेश्वर सधैँ नयाँ र कहिल्यै पुरानो नहुने परमेश्वर हुनुहुन्छ भनेर यसले कसरी देखाउन सक्छ? अनि तेरा पहेँलो भइसकेका पुस्तकका अक्षरहरूले तँलाई कसरी नयाँ युगमा पुर्याउन सक्छन् र? तिनले कसरी तँलाई परमेश्वरको कामका कदमहरूको खोजी गर्नका निम्ति अगुवाइ गर्न सक्छन् र? अनि, तिनले कसरी तँलाई स्वर्गमा लैजान सक्छन् र? तैँले आफ्नो हातमा जे लिएको छस् ती तँलाई अस्थायी सान्त्वना दिने शब्दहरू मात्र हुन्, तँलाई जीवन दिन सक्ने सत्यताहरू होइनन्। तैँले पढ्ने धर्मशास्त्रका शब्दहरूले तेरो जिब्रोलाई मात्रै समृद्ध तुल्याउन सक्छन्; ती मानव जीवनबारे जान्न तँलाई सहयोग गर्न सक्ने बुद्धिमत्ताका शब्दहरू होइनन्, ती तँलाई सिद्धतामा डोर्याउने मार्ग त झनै होइनन्। के यो विसङ्गतिले तँलाई सचिन्तन गर्ने कारण दिँदैन र? के यसले तँलाई त्यसभित्र रहेका रहस्यहरूबारे अन्तर्ज्ञान दिँदैन र? के तँ परमेश्वरलाई भेट्नको लागि आफूले आफैलाई स्वर्गमा पठाउन सक्छस्? परमेश्वरको आगमनविना, के तँ परमेश्वरसँग पारिवारिक खुसीको आनन्द लिन आफैलाई स्वर्ग लैजान सक्छस्? के तँ अहिले पनि सपना देखिरहेको छस्? त्यसो भए, म तँलाई सपना देख्न छोड्न अनि अहिले जसले काम गरिरहनुभएको छ, उहाँलाई हेर्न अर्ती दिन्छु—अहिले आखिरी दिनहरूमा मानिसलाई मुक्ति दिने काम कसले गर्दै हुनुहुन्छ, हेर्। यदि तँ त्यसो गर्दैनस् भने, तैँले कहिल्यै सत्यता प्राप्त गर्नेछैनस्, र कहिल्यै जीवन प्राप्त गर्नेछैनस्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्नुहुन्छ)।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
प्रभुका सबै विश्वासीहरू उहाँको पुनरागमनको व्यग्र प्रतीक्षामा छन्। आज, हामी प्रभु येशूका अगमवाणीहरूबारे केही सङ्गति गर्दै प्रभुको...
देहधारी प्रभु येशूले अनुग्रहको युगमा काम गर्नुभएपछि, २,००० वर्षदेखि, सारा इसाई जगतले एक मात्र साँचो परमेश्वरलाई “त्रीएक परमेश्वर” को...
२,००० वर्ष पहिले, हाम्रा प्रभु येशू छुटकाराको काम गर्न आउनुभयो र उहाँलाई यहूदी विश्वासका मुख्य पूजाहारीहरू, शास्त्रीहरू, र फरिसीहरूले...
हामी सबैलाई थाहा छ दुई हजार वर्ष पहिले, परमेश्वर मानवजातिलाई छुटकारा दिन प्रभु येशूको रूपमा मानिसको संसारमा देहधारी भई आउनुभयो, र प्रचार...