कसले मानिसजातिलाई मुक्ति दिन र हाम्रो नियतिमा आमूल परिवर्तन ल्याउन सक्छ?

7 अक्टोबर 2021

नियतिबारे भन्नुपर्दा, अधिकांश मानिसहरूले यसलाई पैसा र हैसियत कमाउनु अनि असल नियतिसहित सफल हुनुसित जोड्छन् अनि गरिब मानिस, अप्रसिद्ध व्यक्ति, विपत्ति र कठिनाइहरू भोग्नेहरू र तिरस्कृतहरूलाई खराब नियति भएका मानिसहरू ठान्छन्। त्यसकारण, तिनीहरू ज्ञानले सम्पत्ति र हैसियत प्राप्त गर्न मदत गर्नेछ अनि यसरी तिनीहरूको भवितव्य परिवर्तन हुनेछ भन्‍ने आशा गर्दै आफ्नो नियति बदल्न जोडतोडले ज्ञानको पछि लागिपर्छन्। के पैसा, हैसियत र जीवनमा सफलता हासिल गर्नु नै वास्तवमा असल नियति प्राप्त गर्नु हो त? के विपत्ति र दुर्भाग्य भोग्नु वास्तवमा खराब नियति पाउनु हो? यसबारे धेरैजसो मानिसहरूले राम्रोसँग बुझेका छैनन् र उनीहरू अझै आफ्ना भवितव्यहरू बदल्न जोडतोडले ज्ञानको पछि लागिरहेका छन्। तर के ज्ञानले व्यक्तिको नियति बदल्न सक्छ? वास्तवमा कसले मानिसजातिलाई मुक्ति दिन र तपाईंको नियतिमा आमूल परिवर्तन ल्याउन सक्छ? आज हामी यस प्रश्नलाई गहिरिएर जाँचौं।

दैनिक जीवनमा हामी के देख्न सक्छौं भने, ज्ञान हासिल गर्ने धेरै मानिसहरूले पैसा र हैसियत पनि हासिल गर्न सक्छन्। तिनीहरू जीवनमा समृद्ध छन् र प्रसिद्ध बनेका वा तिनीहरूले प्रशंसा समेत पाएका हुन सक्छन्। सफलता र प्रसिद्धिले गर्दा उनीहरूसित गजबकै नियति छ जस्तो देखिन्छ। तर के यो साँचो हो? के उनीहरू साँच्चै खुसी छन्? उनीहरूसित शक्ति र प्रभाव हुन सक्छ अनि उनीहरू प्रख्यात देखिन्छन्, तर उनीहरू अझै खोक्रो र दुःखी महसुस गर्छन्, अनि जीवनको रङ्ग गुमाउँछन्। केहीले त लागू पदार्थ सेवन गर्छन् वा आत्महत्या गर्छन्। अनि केहीले आफूले जे चाह्यो त्यही गर्न खराब कुरा र अपराध गर्दै आफ्नो शक्ति र प्रभावको दुरुपयोग गर्छन्, अनि घोर अपमानित हुँदै झ्यालखानामा पुग्छन्। के यिनीहरू मुख्यतः बुद्धिजीवीहरू होइनन् र? जो यत्तिका समझदार देखिन्छन्, जसले कानुन बुझ्छन्, ती मानिसहरूले किन यस्ता भयानक कुराहरू गर्छन्? किन उनीहरू यस्ता हास्यास्पद कुराहरू गर्छन्? किन कामकुराहरू त्यस्ता हुन पुग्छन्? अहिले सबैजना शिक्षा चाहन्छन्, सबैजना ज्ञानको पछि लागिरहेका छन्, अनि सबै देशका शासक वर्ग र सबै मानिसहरू बुद्धिजीवी छन्। उनीहरू शक्ति भएका व्यक्तिहरू हुन्, सारा संसारमा तिनीहरू नै प्रतिभावान् हुन्छन्। स्पष्टतया, बुद्धिजीवीहरूको रेखदेखमा रहेर यो संसार झन्-झन् सभ्य र प्रेममय हुनुपर्ने हो। तर वास्तवमा संसारमा के भइरहेको छ? यो त कोलाहलपूर्ण र अस्तव्यस्त हुँदैछ, यहाँ मानिसहरू ठगी गरिरहेका छन्, झगडा गरिरहेका छन् वा एकाअर्कालाई मारिरहेका समेत छन्। तिनीहरू सबैले परमेश्‍वरलाई नकारिरहेका र विरोध गरिरहेका छन्, तिनीहरूले सत्यतालाई घृणा गर्छन् अनि पश्चात्ताप गर्ने इच्छा नगरी दुष्टको बढाइ गर्छन्, र यसरी परमेश्‍वरको क्रोध र मानिसको क्रोधलाई उक्साउँछन्। एकपछि अर्को गर्दै विपत्तिहरू आउँछन् अनि संसार निरन्तर ठूलो युद्दको सँघारमा रहेको छ। स्पष्टतया, शक्तिमा बुद्धिजीवीहरू र प्रतिभावानहरू हुँदैमा शान्तिमय र सुखमय समाजहरू बनिरहेका छैनन्, तर त्यसको सट्टा हामीमाथि झन्-झन् प्रकोप र दुःख-पीडा आइरहेको छ। महामारीहरू बढ्दो छ, युद्धहरू निरन्तर भइरहेका छन्, अनि भुइँचालोहरू र अनिकालहरू आउँछन्। मानिसहरू डरले थुरथुर छन्, मानौँ संसारको अन्त आएको छ। यसको वास्तविक कारण के हो? जब मानिसहरूले ज्ञान, शक्ति र हैसियत प्राप्त गर्छन्, तब किन तिनीहरू यत्ति धेरै भयानक कुराहरू गर्छन्? बुद्धिजीवीहरू र प्रतिभावानहरू हुँदाहुँदै कुनै देश वा मानिसहरूमाथि किन यत्ति धेरै प्रकोप आइपर्छ? यो कुरा एकदमै विचार गर्न लायक छ! के ज्ञान प्राप्त गर्दा कोही व्यक्ति उत्तम र पापबाट मुक्त हुन सक्छ? के ज्ञान प्राप्त गर्दा मानिसहरू दयालु हुन सक्छन् र खराब कुराहरू गर्न छोड्न सक्छन्? के ज्ञानले मानिसहरूलाई पापबाट मुक्ति दिन सक्छ र शैतानी शक्तिहरूबाट मुक्ति दिलाउन सक्छ? ज्ञानले व्यक्तिको नियति परिवर्तन गर्न सक्ने कुरामा मलाई त झन्-झन् बढी शङ्का लाग्दै गएको छ। ज्ञान र हैसियत प्राप्त गरेपछि, धेरैजसो मानिसहरू किन झन्-झन् अहङ्कारी र आत्म-धर्मी हुन्छन्? तिनीहरूले जति धेरै जान्यो, त्यति नै धेरै तिनीहरू आत्म-अभिमानी किन हुन्छन्? शक्तिमा आएपछि, तिनीहरू विकृत र स्वेच्छाचारी हुन्छन्, तिनीहरूले विनाश र प्रकोप ल्याउँछन्। उत्तम शिक्षा र अझ विकसित विज्ञान मार्फत कुनै देश अझ राम्रो सुशासित हुनुपर्ने अनि मानिसहरू अझ सभ्य, खुसी र स्वस्थ हुनुपर्ने हो जस्तो लाग्छ। तर के त्यस प्रकारको देश साँच्चै अस्तित्वमा छ? यस्तो देश कहिल्यै रहेको छैन। त्यसले मानिसहरूलाई साँच्चै अलमल्लमा पार्छ! मैले परमेश्‍वरका वचनहरूमा यो पढेँ: “मानवजातिले सामाजिक विज्ञानहरूलाई स्थापित गरेदेखि मानवको मनचाहिँ विज्ञान र ज्ञानद्वारा भरिएको छ। मानवजातिलाई शासन गर्नका लागि विज्ञान र ज्ञान औजार बनेका छन्, र परमेश्‍वरलाई आराधना गर्न मानवका निम्ति पर्याप्‍त स्थान छैन, र परमेश्‍वरको आराधना गर्नका लागि उपयुक्त परिस्थिति पनि छैन। मानवको हृदयमा परमेश्‍वरको स्थान अझै तल भासिएको छ। मानवको हृदयमा परमेश्‍वर नहुनुभएको हुनाले उसको भित्री संसार अँध्यारो, आशा विहीन, र खाली भएको छ। यसरी नै परमेश्‍वरले मानवलाई सृष्‍टि गर्नुभयो भन्‍ने सत्यताको विरोध गर्न, मानवजातिको हृदय र मनलाई सामाजिक विज्ञानका सिद्धान्तहरू, मानव विकासवादको सिद्धान्त, र अन्य सिद्धान्तहरूले भर्न धेरै सामाजिक वैज्ञानिकहरू, इतिहासकारहरू, र राजनीतिज्ञहरू अगाडि आएका छन्। अनि यस तरिकाले, परमेश्‍वरले सबै थोक सृष्‍टि गर्नुभयो भनी विश्‍वास गर्नेहरू पहिलेभन्दा नै थोरै भएका छन्, र विकासवादको सिद्धान्तमा विश्‍वास गर्नेहरू संख्यामा पहिलेभन्दा धेरै भएका छन्। पुरानो करारीय युगमा भएका परमेश्‍वरका काम र उहाँका वचनहरूका विवरणहरूलाई धेरै मानिसहरूले दन्त्यकथा र पौराणिक कथाका रूपमा लिएका छन्। परमेश्‍वरको गरिमा र महानता, परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ र सबै थोकमाथि उहाँको प्रभुत्व छ भन्ने सिद्धान्तमा मानिसहरू आफ्ना हृदयमा उदासीन बन्छन्। मानवजातिको अस्तित्व र देशहरू र राज्यहरूका नियति तिनीहरूका लागि महत्वपूर्ण रहँदैनन्, र मानव केवल खाने, पिउने, र सुखको खोजीमा मात्र सरोकार राखी खोक्रो संसारमा बस्छ। … आज परमेश्‍वरले आफ्नो काम कहाँ गर्नुहुन्छ भनी केही मानिसहरूले मात्र खोज्छन् वा मानवको गन्तव्यमा उहाँले कसरी नेतृत्व दिनुहुन्छ र प्रबन्ध मिलाउनुहुन्छ भनी खोजेका हुन्छन्। अनि यसरी, मानवलाई थाहा नै नभई मानव सभ्यता मानवका चाहनालाई काट्न थोरै सक्षम हुन्छ, अनि यस किसिमको संसारमा जिउँदा त, पहिले नै बितेर गइसकेकाहरूभन्दा पनि कम खुशी छौं भन्‍ने अनुभूति गर्ने मानिसहरू समेत धेरै छन्। उच्‍च सभ्यता प्राप्‍त गरेका देशहरूका मानिसहरूले पनि यस किसिमका गुनासोहरू पोख्छन्। किनभने परमेश्‍वरको मार्गदर्शन विना शासकहरू र समाजशास्‍त्रीहरूले मानव सभ्यतालाई बचाउन तिनीहरूका दिमागहरूलाई जति नै तन्काए पनि यसले कुनै फाइदा गर्दैन। मानवको हृदयमा भएको खालीपनलाई कसैले पनि भर्न सक्दैन, किनकि कोही पनि मानवको जीवन हुन सक्दैन, र कुनै पनि सामाजिक सिद्धान्तले मानवलाई ऊ पीडित भएको खालीपनबाट स्वतन्त्र पार्न सक्दैन। विज्ञान, ज्ञान, स्वतन्त्रता, प्रजातन्त्र, फुर्सत, सान्त्वना: यिनीहरूले मानवलाई केवल अस्थायी सान्त्वना मात्र दिन्छन्। यी कुराहरू हुँदा पनि मानवले पक्‍कै पाप गर्नेछ र समाजका अन्यायहरूमा पछुतो गर्नेछ। यी कुराहरूले अन्वेषण गर्न मानवका लालसा र इच्छालाई रोक्‍न सक्दैनन्। … जेसुकै भए तापनि, मानव भनेको मानव नै हो, अनि परमेश्‍वरको स्थान र जीवनलाई कुनै पनि मानिसले प्रतिस्थापन गर्न सक्दैन। मानवजातिलाई निष्पक्ष समाजले मात्र पुग्दैन जहाँ प्रत्येकलाई राम्रोसँग खुवाइन्छ, र ऊ समान र स्वतन्त्र हुन्छ; मानवजातिका लागि आवश्यक परेको कुराचाहिँ परमेश्‍वरको मुक्ति र तिनीहरूलाई उहाँको जीवनको बन्दोबस्त हो। मानवले परमेश्‍वरको जीवनको बन्दोबस्त र उहाँको मुक्ति प्राप्त गरेपछि मात्र अन्वेषण गर्ने इच्छा, र मानवको आत्मिक खालीपनको समाधान हुन्छ। यदि एक देश वा राज्यका मानिसहरूले मुक्ति र परमेश्‍वरको हेरचाह पाउन सकेनन् भने, तब यस्तो देश वा राज्य विनाशको बाटोमा अन्धकारतर्फ अघि बढ्नेछ, र परमेश्‍वरले त्यसलाई विनाश गर्नुहुनेछ” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि नेतृत्व गर्नुहुन्छ”)।

परमेश्‍वरका वचनहरू एकदमै सही छन् अनि त्यसले वास्तवमा त्यो कुराको सत्यता प्रकट गर्छन्। वास्तवमा ज्ञान कसरी उत्पन्न हुन्छ? निस्सन्देह, यो ज्ञान ती प्रसिद्ध र महान् मानिसहरूबाट आउँछ, जो इतिहासभरि प्रशंसाका पात्र बनेका छन्। कन्फ्युशीवाद, डार्विनको विकासवादको सिद्धान्त, मार्क्सको कम्युनिस्ट घोषणापत्र र साम्यवादको सिद्धान्त छन्। नास्तिकतावाद, भौतिकवाद र विकासवादको सिद्धान्त सबै नै यी प्रसिद्ध मानिसहरूले किताबहरूमा लेखेका विचारहरू र सिद्धान्तहरूबाट आएका हुन्, अनि ती हाम्रो आधुनिक समाजको विज्ञान र सिद्धान्तको जग हुन्। यी सबै मतहरू र सिद्धान्तहरूलाई शासक वर्गले वर्षौंदेखि बढावा दिँदै आएका छन्। तिनीहरूले यसलाई पाठ्यपुस्तकहरू र कक्षा कोठाहरूमा घुसाएका छन्, अनि ती मानवताका आदर्शहरू भएका छन्। त्यसले एकपछि अर्को पीढीलाई शिक्षा दिँदै आएको छ, कुण्ठित पारेको छ र लट्याएको छ, र यसरी त्यो मानिसजातिलाई भर्माउन र भ्रष्ट पार्न शासक वर्गका लागि औजार बनेको छ। सबै मानिसजाति ज्ञान र विज्ञानको शिक्षा र प्रभावमा झन्-झन् भ्रष्ट भएका छन्, त्यसैले समाज झन् अँध्यारो र अस्तव्यस्त भएको छ, यहाँसम्म कि परमेश्‍वर र मानिस दुवै आक्रोशित छन्। अहिले प्रकोपहरू झन्-झन् धेरै आइरहेका छन् अनि विपत्तिले कहिल्यै रोकिने नामै लिँदैन। ठूलठूला युद्धहरू कुनै पनि बेला सुरु हुन सक्छन्। मानिसहरू डरमा बाँचिरहेका छन्, मानौँ तिनीहरूले संसारको अन्त भोगिरहेका छन्। यसले गर्दा हामीलाई साँच्‍चै विज्ञान र ज्ञान साँच्चै सत्यता हुन् कि होइनन् भन्ने कुरा बारेमा प्रश्‍न गर्न बाध्य तुल्याउँछ। मानिसहरू झन्-झन् त्यसको पछि लाग्छन् र त्यसलाई स्वीकार्छन्, तर तिनीहरू पापबाट उम्कन वा आनन्द प्राप्त गर्न सक्दैनन्, त्यसको साटो झन् भ्रष्ट र दुष्ट हुन्छन्, र यसरी उम्कन नसक्ने पाप र पीडामा डुब्छन्। सबैले पुज्ने ती प्रसिद्ध र महान् मानिसहरूको साँचो सारलाई हेरौं। तिनीहरू सबै नै परमेश्‍वरलाई नकार्ने र इन्कार गर्ने नास्तिक र विकासवादी नै हुन्। तिनीहरू परमेश्‍वरको अस्तित्वमा हुनुहुन्छ वा उहाँले सबै कुरामाथि शासन गर्नुहुन्छ भनेर विश्‍वास गर्दैनन्। तिनीहरूले विशेषगरी परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यताहरूलाई स्वीकार्नेछैनन्। तिनीहरूका सबै सम्बोधनहरूमा, समाजको अन्धकार खुलासा गर्ने एक शब्द पनि हुँदैन; शैतानद्वारा भ्रष्ट मानिसको सार र वास्तविकता खुलासा गर्ने एक शब्द हुँदैन; शासक वर्गको प्रकृति र दुष्ट सारलाई खुलासा गर्ने एक शब्द हुँदैन, वा न परमेश्‍वरको अस्तित्व र उहाँको कार्यको गवाही नै दिन्छ, न त परमेश्‍वरका कार्यहरू र उहाँको प्रेमको गवाही नै दिन्छ, वा न त परमेश्‍वरका वचनहरूमा भएका सत्यतासित मेल नै खान्छ। तिनीहरूको हरेक शब्द परमेश्‍वरलाई नकार्ने र विरोध गर्ने अपसिद्धान्तहरू र भ्रमहरू हुन्। समग्रमा भन्नुपर्दा, तिनीहरूका सम्बोधनहरू पूर्णतया शासक वर्गका हितहरूलाई समर्थन गर्नु, मानिसजातिलाई भर्माउनु, भ्रष्ट पार्नु र हानि गर्नु हो, अनि परिणामस्वरूप, तिनीहरूले मानवतालाई अन्धकार र दुष्ट मार्गमा डोऱ्याएका छन् र मानिसजाति शैतान सरह भएको छ, जसले परमेश्‍वरलाई विरोध गर्छ र धोका दिन्छ। शासक वर्गमा कुन प्रकारका मानिसहरू हुन्छन्? के तिनीहरू सद्गुणी र बुद्धिमान छन्? अहँ, पटक्कै छैनन्। अझसम्म एकजना मात्र पनि सद्गुणी र बुद्धिमान पाइएको छैन। तिनीहरूको तथाकथित सद्गुण र बुद्धि के हो भनेर देखिएको छ, अनि तिनीहरूले पर्दापछाडि गरेका सबै अपराधहरू छर्लङ्गै भएका छन्। स्पष्ट छ, शैतानद्वारा सञ्चालित मानिसजातिको भ्रष्टताको इतिहासभरि सद्गुणी वा बुद्धिमान शासकहरू कोही आएका छैनन्, अनि शक्तिमा भएका सबैजना शैतान र प्रेतहरूको मूर्त रूप भएका छन्। तिनीहरूका कुन चाहिँ विचारहरू र सिद्धान्तहरूले मानिसजातिलाई सबैभन्दा गहन रूपमा भ्रष्ट बनाएका छन्? नास्तिकतावाद, भौतिकवाद, विकासवाद र साम्यवादले। तिनीहरूले अनगिन्ती अपसिद्धान्तहरू र भ्रमहरू फैलाएका छन्, जसमा यी पनि समावेश छन् “यो संसार परमेश्‍वरविहीन छ,” “मुक्तिदाता कहिल्यै आएका छैनन्,” “आफ्नो नियति आफ्नै हातमा हुन्छ,” र “ज्ञानले तिम्रो भाग्य बदल्न सक्छ।” यी कुराहरूले मानिसहरूको हृदयमा बचपनदेखि नै जरा गाड्छन् र ती बिस्तारै बढ्छन्। यसका परिणामहरू के हुन्छन्? मानिसहरूले परमेश्‍वरलाई र उहाँबाट आउने सबै कुरालाई नकार्न थाल्छन्, यहाँसम्म कि परमेश्‍वरले स्वर्गहरू, पृथ्वी र सबै थोक सृष्टि गर्नुभयो र उहाँले सबैमाथि शासन गर्नुहुन्छ भन्ने कुराहरूलाई समेत नकार्छन्। मानिसलाई परमेश्‍वरले सृष्टि गर्नुभयो तर तिनीहरू यो तथ्यलाई नकार्छन्, अनि तिनीहरूले मानवजाति बाँदरबाट विकास भएर आएको भन्दै सत्यतालाई बङ्ग्याउँछन्, मानौँ मानिस पशुहरूको वर्गमा पर्छ। यी भ्रमित र निरर्थक बौद्धिक सिद्धान्तहरूले मानिसहरूको मनमा नियन्त्रण जमाएका छन्, र यसरी तिनीहरूको हृदयमा ठाउँ ओगटेका छन् र तिनीहरूको प्रकृतिको भाग भएका छन्, त्यसैले, तिनीहरू सबैले परमेश्‍वरलाई नकार्छन् र उहाँबाट आफूलाई टाढा राख्छन् अनि तिनीहरूको लागि सत्यता स्वीकार्नु झन्-झन् गाह्रो हुँदै जान्छ। तिनीहरू सधैँ झन् अहङ्कारी, दुष्ट र भ्रष्ट पनि हुँदै जान्छन्। तिनीहरूले सबै विवेक र तर्क गुमाउँछन्, यसरी आफ्नो मानवताको पकडलाई पूर्णतया गुमाउँछन् र मुक्ति पाउनै नसक्ने हुन्छन्। यसरी शैतानले मानिसजातिलाई प्रेतहरू हुने हदसम्म भ्रष्ट पारेको छ। मानिसहरू ज्ञानको पछि लाग्दा र त्यसलाई आफ्नो नियति बदल्न प्रयोग गर्दा आएको भयङ्कर परिणाम यही हो। तथ्यहरूले के देखाउँछन् भने, विज्ञान र ज्ञान सत्यता होइनन् अनि हाम्रो जीवन बन्‍न सक्दैनन्, तर ती सत्यताको विपरीत हुन् अनि ती सत्यतासित मेल खाँदैनन्। तिनीहरूले गर्ने भनेकै मानिसजातिलाई भ्रष्ट पार्नु, दुःख दिनु र विनाश गर्नु हो।

त्यसोभए, किन यी कुराहरू सत्यता होइनन् भनी भन्‍ने? किनभने ज्ञान परमेश्‍वरबाट आउँदैन, तर यो शैतानद्वारा भ्रष्ट परिएको मानिसबाट आउँछ। यो भ्रष्ट मानिसजातिले प्रशंसा गर्ने महान् र प्रसिद्ध मानिसहरूबाट आउँछ। त्यसैले हामी निश्चित भई भन्न सक्छौं कि ज्ञान सत्यता होइन। प्रथमतः ज्ञानले मानिसहरूलाई आफ्नो भ्रष्ट सार जान्न वा आत्म-ज्ञान पाउन मदत गर्न सक्दैन। दोस्रो, ज्ञानले मानिसहरूको भ्रष्ट स्वभावहरूलाई शुद्ध पार्न सक्दैन तर मानिसहरूलाई झन्-झन् अहङ्कारी मात्रै बनाउँछ। तेस्रो, ज्ञानले मानिसजातिलाई पापबाट मुक्ति दिन सक्दैन र शुद्ध पार्न सक्दैन। चौथो, ज्ञानले मानिसहरूलाई सत्यता सिक्न अनि परमेश्‍वरलाई चिन्न र उहाँमा समर्पित हुन मदत गर्न सक्दैन। पाँचौं, ज्ञानले मानिसहरूलाई साँचो आनन्द पाउन वा ज्योतिमा ल्याउन मदत गर्न सक्दैन र विशेषगरी सुन्दर गन्तव्य प्रदान गर्न सक्दैन। त्यसैले, ज्ञान सत्यता होइन र यसले मानिसजातिलाई पापबाट वा शैतानका शक्तिहरूबाट मुक्ति दिन सक्दैन। त्यसकारण, ज्ञानले व्यक्तिको भवितव्य बदल्न सक्दैन भनेर हामी विश्‍वस्त हुन सक्छौं। परमेश्‍वरबाट आउने कुरा मात्र सत्यता हो; परमेश्‍वरका वचनहरू मात्र सत्यता हुन्। सत्यता मात्र मानिसहरूको जीवन हुन सक्छ र सत्यताले मात्र उनीहरूको भ्रष्टता धुन सक्छ, यसरी उनीहरूलाई पापबाट उम्कन र पवित्र हुन मदत दिन्छ। सत्यताले मात्र मानिसहरूलाई उनीहरूको विवेक र समझ सुधार्न अनि साँचो मानव स्वभावमा जिउन मदत दिन्छ। सत्यताले मात्र मानिसहरूलाई जीवनमा साँचो निर्देशन र लक्ष्यहरू प्रदान गर्न सक्छ, अनि सत्यताले मात्र मानिसहरूलाई परमेश्‍वर चिन्न, उहाँका आशिषहरू प्राप्त गर्न र सुन्दर गन्तव्य हासिल गर्न मदत गर्न सक्छ। त्यसकारण, देहधारी परमेश्‍वरबाट व्यक्त सत्यताले मात्र मानिसजातिलाई पूर्ण रूपमा परमेश्‍वरतर्फ फर्काएर शैतानका शक्तिहरूबाट मुक्ति दिन सक्छ। मुक्तिदाताले मात्र हामीलाई अद्भुत गन्तव्य दिएर मानिसजातिलाई मुक्ति दिन र मानिसजातिको नियतिमा आमूल परिवर्तन ल्याउन सक्नुहुन्छ। त्यसोभए, किन ज्ञानले मानिसलाई मुक्ति दिन सक्दैन? किनभने मानिसलाई शैतानले अति गहन रूपमा भ्रष्ट पारेको छ, तिनीहरूसित शैतानी प्रकृतिहरू छन् र तिनीहरू शैतानी स्वभावहरूमा जिउँछन्, यसरी तिनीहरू निरन्तर पाप र खराब कुरा गरिरहन्छन्। तिनीहरू जुनसुकै सही परिस्थितिहरूमा कुनै पनि खराब कुरा गर्न सक्‍ने हुन्छन्, अनि शक्तिमा आउनसाथ तिनीहरूले आफ्नो असली रूप देखाउँछन् र मनपरी गर्छन्। अनि ज्ञान भ्रष्ट मानवताबाट, शैतानबाट आउँछ, तसर्थ, ज्ञान सत्यता होइन। भ्रष्ट मानिसजातिले जतिसुकै सिके तापनि, तिनीहरूले आफ्नो भ्रष्टताको सार र सत्यता जान्न सक्दैनन्, अनि तिनीहरूले साँचो तवरमा पश्चात्ताप गर्न र तिनीहरू परमेश्‍वरतर्फ फर्कन सक्दैनन्। ज्ञानको जति धेरै मात्राले पनि व्यक्तिको पापपूर्ण प्रकृतिलाई हल गर्न सक्दैन, झन् तिनीहरूको भ्रष्ट स्वभाव परिवर्तन गर्ने त कुरै भएन। भ्रष्ट मानवताले जतिसुकै जाने तापनि, तिनीहरू पापबाट वा शैतानका शक्तिहरूबाट उम्कन र पवित्रता हासिल गर्न सक्दैनन्। सत्यता स्वीकार नगरीकन तिनीहरूले परमेश्‍वरप्रतिको समर्पणता प्राप्त गर्न सक्दैनन्, र आफ्नो पापपूर्ण प्रकृतिको समस्या कहिल्यै समाधान गर्न सक्दैनन्। भ्रष्ट मानवताको ज्ञान जति उच्च हुन्छ, सत्यता स्वीकार्न त्यति नै गाह्रो हुन्छ अनि तिनीहरूले परमेश्‍वरलाई नकार्ने र विरोध गर्ने सम्भावना झनै धेरै हुन्छ। जब मानिसहरू ज्ञानको पछि धेरै लाग्छन्, तब तिनीहरू झन् अहङ्कारी, आत्म-धर्मी र महत्वाकाङ्क्षी हुन्छन्। तिनीहरू पापको मार्गमा नहिँडी सक्दै सक्दैनन्। त्यसकारण ज्ञानले मानिसहरूलाई भ्रष्ट पार्न, हानि गर्न र विनाश गर्न मात्र सक्छ। धेरै मानिसहरूले ज्ञानको साँचो सार वा यो वास्तवमा केको लागि राम्रो हुन्छ त्यो देख्न सक्दैनन्। तिनीहरूले ज्ञानको स्रोत अर्थात् उत्पत्तिलाई देख्न सक्दैनन्, तर सत्यताको पछि लाग्नुको साटो केवल अन्धाधुन्ध ज्ञानको भक्ति गर्छन् र यसको पछि लाग्छन्। सबै प्रसिद्ध मानिसहरूले शक्ति पाएपछि मानिसहरूलाई पीडा दिएर अनि देशलाई हानि पुऱ्याएर, सबै प्रकारका विपत्तिहरू गराएर, अनि छुटकारा पाउनै नसक्नेगरि भयानक गलत कामहरू गरेर यत्ति धेरै खराब कुरा किन गर्छन्? ज्ञानको भक्ति गर्दा र त्यसको पछि लाग्दा हुने परिणामहरू हुन्, ती। यसले के देखाउँछ भने, ज्ञानले व्यक्तिको भवितव्य बदल्न सक्दैन, अनि कुनै व्यक्तिको ज्ञान जतिसुकै उच्च होस्, यदि तिनीहरूसित विश्‍वास छैन र तिनीहरूले सत्यता स्वीकार्दैनन् भने, परमेश्‍वरद्वारा तिनीहरूको मुक्ति हुन सक्दैन। तिनीहरूको ज्ञान जतिसुकै उच्च होस्, तिनीहरूले परमेश्‍वरबाट आशिष पाउनेछैनन् वा तिनीहरूसित असल नियति हुने छैन, तर तिनीहरू नरकमा जानेछन् जहाँ तिनीहरूको मृत्यु हुनेछ। परमेश्‍वर धर्मी हुनुहुन्छ र उहाँले मानिसजातिका भवितव्यहरूमाथि शासन गर्नुहुन्छ, त्यसकारण, जो कोही जसले उहाँको अनुमोदन वा आशिष पाउँदैन, उसले असल नियति प्राप्त गर्न सक्दैन, तर विनाश, सर्वनाश र नरकमा अवश्यै पुग्छ।

अहिले बुद्धिमान मानिसहरूले ज्ञानको प्रशंसा गर्न छोडेका छन् तर उनीहरू पवित्र जन आउनुहुन्छ, मुक्तिदाता तल आउनुहुन्छ र मानिसजातिलाई मुक्ति दिनुहुन्छ भन्‍ने पर्खाइमा छन्। कसैले पनि कुनै प्रसिद्ध र महान् मानिसहरूले मानिसजातिलाई मुक्ति दिन्छन् भनेर आशा गरिरहेको छैन। तिनीहरूले आफैलाई समेत त मुक्ति दिन सक्दैनन् भने, कसरी तिनीहरूले सारा मानिसजातिलाई मुक्ति दिन सक्छन् र? तथ्यहरूले के देखाउँछन् भने, ज्ञानले असल नियति सुनिश्चित गर्न सक्दैन अनि विज्ञान र शिक्षा मार्फत गरिने विकासको सोच केवल मूर्खता हो। मुक्तिदाताले मात्र मानिसजातिलाई पाप र शैतानका शक्तिहरूबाट मुक्ति दिन सक्नुहुन्छ; सत्यता व्यक्त गर्नुहुने मुक्तिदाताले मात्र हामीलाई ज्योतिको मार्गमा डोऱ्याउन सक्नुहुन्छ; मुक्तिदाताद्वारा व्यक्त सबै सत्यताहरू स्वीकार गर्दा मात्र हामी शैतानको भ्रष्टताबाट मुक्त हुन सक्छौं, र हामीले परमेश्‍वरबाट पूर्णतया मुक्ति पाउन सक्छौं अनि उहाँको अनुमोदन र आशिषहरू प्राप्त गर्न सक्छौं। हामीले आफ्नो नियति पूर्णतया बदल्ने एकमात्र तरिका यही हो। स्पष्टतया, मुक्तिदाताको देखा पर्नुभएको कुरालाई र कार्यलाई स्वीकार गरेर, मुक्तिदाताद्वारा आखिरी दिनहरूमा व्यक्त सबै सत्यताहरू स्वीकार गरेर, अनि परमेश्‍वरका आखिरी दिनहरूको न्याय स्वीकार गर्दै धोइएर व्यक्तिको भवितव्य परिवर्तन हुन्छ। सरल शब्दमा भन्नुपर्दा, कुनै व्यक्तिको नियतिमा आमूल परिवर्तन ल्याउने एकमात्र तरिका भनेको सत्यता स्वीकार्नु हो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरले यस संसारलाई सृष्‍टि गर्नुभयो, उहाँले यस मानवजातिलाई सृष्‍टि गर्नुभयो, साथै उहाँ प्राचीन ग्रीक संस्कृति र मानव सभ्यताका योजनाकार हुनुहुन्थ्यो। परमेश्‍वरले मात्र यस मानवजातिलाई सान्त्वना दिनुहुन्छ, र परमेश्‍वरले मात्र यस मानवजातिलाई रात र दिन हेरचाह गर्नुहुन्छ। मानव विकास र प्रगति परमेश्‍वरको सार्वभौमिकताबाट अविभाज्य छन्, र मानवजातिको इतिहास र भविष्य परमेश्‍वरका योजनाहरूबाट अलग छैनन्। यदि तँ साँचो इसाई होस् भने, कुनै पनि देश वा राज्यको उदय र पतन परमेश्‍वरको योजनाअनुसार हुन्छ भनी तैँले अवश्य पनि विश्‍वास गर्छस्। कुनै देश वा राज्यको नियति परमेश्‍वरलाई मात्र थाहा छ, अनि परमेश्‍वरले मात्र यस मानवजातिको गति-पथलाई नियन्त्रण गर्नुहुन्छ। यदि मानवजातिले असल नियति भएको चाहना गर्छ भने, यदि कुनै देशले असल नियति चाहन्छ भने, मानवजातिले परमेश्‍वरको आराधना गर्न घुँडा टेक्‍नुपर्छ, परमेश्‍वरका सामु पश्‍चाताप गर्नुपर्छ र स्वीकार गर्नुपर्छ, अन्यथा मानवको नियति र गन्तव्य भनेको रोक्‍नै नसकिने विनाश हुनेछ” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि नेतृत्व गर्नुहुन्छ”)।

अहिले हामी स्पष्टसित के देख्न सक्छौं भने, बुद्धिमानहरूले आफैलाई समेत मुक्ति दिन सक्दैनन्, तब कसरी तिनीहरूले मानिसजातिलाई मुक्ति दिन सक्छन् र? मुक्तिदाताले मात्र मानिसजातिलाई पापबाट मुक्ति दिन सक्नहुन्छ, अनि मानिसजातिलाई ज्योति, खुसी र सुन्दर गन्तव्य दिन सक्नुहुन्छ। त्यसोभए, मुक्तिदाता को हुनुहुन्छ? निस्सन्देह, उहाँ मानव रूपमा देहधारी हुनुभएका परमेश्‍वर हुनुहुन्छ, जो मुक्तिको कार्यको निम्ति मानिसजातिमाझ आउनुहुन्छ। उहाँ हाम्रा मुक्तिदाता हुनुहुन्छ। मुक्तिदाता परमेश्‍वरका मूर्त रूप हुनुहुन्छ भनेर हामी भन्न सक्छौं, उहाँ मानव देह धारण गर्नुभएका परमेश्‍वर हुनुहुन्छ। देहधारण भनेको त्यही हो। त्यसैले, देहधारी परमेश्‍वर हामीमाझ आउनुहुने मुक्तिदाता हुनुहुन्छ। परमेश्‍वरले मानिसजाति सृष्टि गर्नुभएदेखि यता मानवतालाई मुक्ति दिन उहाँ दुईपटक देहधारण गर्नुभएको छ। २,००० वर्षअघि उहाँ प्रभु येशूको रूपमा देह हुनुभयो र एउटा प्रवचनमा भन्नुभयो, “पश्‍चात्ताप गर: किनभने स्वर्गको राज्य नजिकै छ” (मत्ती ४:१७)। उहाँले थुप्रै सत्यताहरू व्यक्त गर्नुभयो र अन्त्यमा मानिसजातिलाई छुटकारा दिन मानवताको लागि पाप बलीको रूपमा क्रूसमा चढ्नुभयो। यो, मानिसप्रति परमेश्‍वरको प्रेमको स्पष्ट प्रदर्शन थियो। संसारभरिका मानिसहरूले प्रभु येशूलाई आफ्ना मुक्तिदाताको रूपमा स्वीकार गरे, र यसरी उनीहरूले आफ्नो पाप स्वीकार गरे र परमेश्‍वरमा पश्चात्ताप गरे र तिनीहरूका पापहरू क्षमा भए। तिनीहरूले परमेश्‍वरद्वारा प्रदान गरिएको शान्ति र खुसीका साथै उहाँको अनुग्रहको भरपूर आनन्द उठाए। प्रभु येशूले छुटकाराको आफ्नो कार्य पूरा गर्नुहुँदा धेरै पटक यो भविष्यवाणी गर्नुभयो, “म चाँडै आउँछु” र “मानिसको पुत्रको आगमन।” “किनभने मानिसको पुत्र तिमीहरूले नसोचेको समयमा आउँछ” (मत्ती २४:४४)। त्यसकारण, प्रभु येशूलाई आफ्ना मुक्तिदाताको रूपमा स्वीकार गर्ने सबैले आखिरी दिनहरूको उहाँको आगमनलाई, मुक्तिदाता तिनीहरूलाई मुक्ति दिन र स्वर्गको राज्यमा लैजान तल आउनुहुने दिनको प्रतीक्षा गरिरहेका छन्। प्रभु येशूले भविष्यवाणी गर्नुभयो, “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ” (यूहन्‍ना १६:१२-१३)। “तपाईंको सत्यताद्वारा तिनीहरूलाई पवित्र पार्नुहोस्: तपाईंको वचन सत्यता हो” (यूहन्‍ना १७:१७)। उहाँका भविष्यवाणीहरूको आधारमा, परमेश्‍वर आखिरी दिनहरूमा मानिसको पुत्रको रूपमा देह बन्‍नुहुन्छ अनि मानिसजातिलाई पूर्णरूपले धुन र मुक्ति दिन, मानवतालाई सुन्दर गन्तव्यमा लैजान सत्यताहरू व्यक्त गर्नुहुन्छ। त्यसकारण, आखिरी दिनहरूमा देहधारी परमेश्‍वर नै मुक्तिदाता हुनुहुन्छ जो मानिसजातिकहाँ देखापर्नुहुन्छ। त्यसोभए, मुक्तिदातालाई हामीले कसरी स्वागत गर्नुपर्छ? प्रभु येशूले भन्नुभयो, “मेरो भेडाले मेरो सोर सुन्छ” (यूहन्‍ना १०:२७)। “आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, कान हुनेले सुनोस्” (प्रकाश २:७)। प्रभु येशूले हामीलाई बारम्बार के स्मरण गराउनुभयो भने, प्रभुलाई स्वागत गर्ने कुञ्जी भनेको परमेश्‍वरको स्वर सुन्नु अनि उहाँ आखिरी दिनहरूमा फर्कनुहुँदा उहाँद्वारा व्यक्त सत्यताहरू स्वीकार गर्नु हो। अहिले विपत्तिहरू हाम्रो आँखाको ठीक अगाडि छन्। हामी के देख्न सक्छौं भने, सारा संसारभरिमा सर्वशक्तिमान परमेश्‍वरले मात्र मानिसजातिलाई मुक्ति दिने सबै सत्यताहरू व्यक्त गर्नुभएको छ, अनि सर्वशक्तिमान परमेश्‍वरबाहेक अरू कसैले सत्यताहरू व्यक्त गरेको छैन। यसबाट प्रमाणित हुन्छ कि सर्वशक्तिमान परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ, उहाँ आखिरी दिनहरूमा मानिसजातिलाई मुक्ति दिन आउनुहुने मुक्तिदाता हुनुहुन्छ। यो शुभ समाचारको एक ठूलो भाग हो। हामीले आफ्‍नो नियतिलाई बदल्न सक्ने एकमात्र तरिका मुक्तिदाताबाट पाइने मुक्तिलाई स्वीकार्नु हो, अनि परमेश्‍वरद्वारा व्यक्त सत्यताहरू स्वीकार्नु हो।

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “आखिरी दिनहरूका ख्रीष्टले मानवलाई सिकाउन, मानवको सारलाई प्रकट गर्न, र मानवका शब्दहरू र कार्यहरूलाई जाँच गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानवको कर्तव्य, मानवले कसरी परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ, मानव कसरी परमेश्‍वरमा निष्ठावान् हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव, र यस्तै अन्य कुराहरू जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्‍वरलाई घृणाका साथ इन्कार गर्छ भनी प्रकट गर्ने वचनहरूलाई मानव कसरी शैतानको मूर्तरूप हो, र परमेश्‍वरका विरुद्धको शत्रुवत् दबाब हो भन्‍ने विषयमा बोलिएको हुन्छ। उहाँको न्यायको कामको अवधिमा, परमेश्‍वरले मानिसको प्रकृतिलाई एक-दुई वटा शब्‍दहरूले व्याख्या गर्नुहुन्‍न; उहाँले प्रकट गर्नुहुन्छ, निराकरण गर्नुहुन्छ र लामो समयसम्म काट-छाँट गर्नुहुन्छ। प्रकट गर्ने, निराकरण गर्ने, र छिँवल्ने यी सबै फरक-फरक तरिकाहरू सामान्य वचनहरूसँग साट्न सकिँदैन, तर यसको सत्यताबाट मानव पूर्ण रूपमा वञ्चित भएको हुन्छ। यी जस्ता तरिकाहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस किसिमको न्यायद्वारा मात्र मानव नियन्त्रणमा रहन सक्छ र परमेश्‍वरको बारेमा पूर्ण रूपमा विश्‍वस्त हुन्छ, र यसका साथसाथै परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्‍वरको साँचो मुहारलाई बुझ्नु र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई जान्नु हो। परमेश्‍वरको न्यायले मानवलाई परमेश्‍वरको इच्छा, र परमेश्‍वरको कार्यको उद्देश्य, उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गराउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सार, उसका भ्रष्टताका जडहरू पहिचान गर्न र जान्न, र साथसाथै मानवका कुरूपतालाई पत्ता लगाउनका लागि स्थान दिन्छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्‍वरमा विश्‍वास राख्नेहरू सबैका लागि परमेश्‍वरको सत्यता, बाटो, र जीवनलाई खोल्नु हो। यो काम परमेश्‍वरले गर्नुभएको न्यायको काम हो” (वचन देहमा देखा पर्नुहुन्छको “ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ”)।

सर्वशक्तिमान परमेश्‍वरले निकै धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ, जुन वचन देहमा देखा पर्नुहुन्छ जस्ता परमेश्‍वरका वचनहरूका किताबहरूमा सङ्ग्रह गरिएका छन्, जसमा कुल लाखौँ शब्दहरू छन्। यी सबै परमेश्‍वरले आखिरी दिनहरूमा आफ्नो न्यायको लागि व्यक्त गर्नुभएका सत्यताहरू हुन्, अनि यी व्यवस्थाको युग र अनुग्रहको युगमा व्यक्त गरिएका भन्दा कता हो कता धेरै मात्रामा छन्। सर्वशक्तिमान परमेश्‍वरले मानिसजातिलाई मुक्ति दिन उहाँको व्यवस्थापन योजनाका सबै रहस्यहरू प्रकट गर्नुभएको छ, उहाँले मानिसहरूले कहिल्यै नबुझेका बाइबलका सबै रहस्यहरू प्रकट गर्नुभएको छ, अनि उहाँले शैतानद्वारा भ्रष्ट मानिसजातिको र परमेश्‍वर विरोधी हाम्रो शैतानी प्रकृतिको सत्यता प्रकट गर्नुभएको छ। यसले हामीलाई हाम्रो पापपूर्ण अवस्थाको जड र हाम्रो भ्रष्टताको सत्यता बुझ्न मदत गर्छ। तथ्यहरूको सामना गरेपछि मानिसहरू सबैजना पूर्णतया विश्‍वस्त हुन्छन् अनि आफूलाई घृणा गर्न, अफसोस गर्न र साँच्चै पश्चात्ताप गर्न थाल्छन्। मानिसहरूले अभ्यास गर्नुपर्ने र प्रवेश गर्नुपर्ने सबै सत्यताहरू पनि परमेश्‍वरले व्यक्त गर्नुहुन्छ, ताकि हामी उहाँका वचनहरूअनुसार जिउन सकौं र साँचो मानव स्वभाव र सत्यताको स्वभावमा जिउन सकौं। परमेश्‍वरका प्रतिज्ञाहरू र आशिषहरू प्राप्त गर्ने एकमात्र तरिका त्यही हो। सर्वशक्तिमान परमेश्‍वरले अत्यन्तै धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ, जुन सबै मानिसजातिको भ्रष्टता शुद्ध पार्न अनि हामीलाई शैतानका शक्तिहरूबाट मुक्ति दिनका लागि हुन् ताकि हामी परमेश्‍वरतर्फ फर्कन सकौं र उहाँलाई चिन्न सकौं। यी सत्यताहरू मात्र जीवनको लागि साँचो आदर्शहरू र मुक्ति प्राप्तिका लागि शिक्षणहरू हुन् अनि व्यक्तिको नियतिमा आमूल परिवर्तन ल्याउन यी पर्याप्त छन्, र यसरी यी सत्यताहरूले तिनीहरूलाई सुन्दर गन्तव्य अर्थात् परमेश्‍वरको राज्यमा प्रवेश गर्न मदत दिन्छन्। ठूला-ठूला विपत्तिहरू सुरु भइसकेका छन्। तिनीहरूले आफ्नो असल आशा साँचो बनाउने एकमात्र तरिका भनेको मुक्तिदाता देखा पर्नुभएको घटना र कार्यलाई स्वीकार गर्नु हो। सर्वशक्तिमान परमेश्‍वरद्वारा व्यक्त सबै सत्यताहरू स्वीकार्नु भनेको परमेश्‍वरको अनुमोदन प्राप्त गर्ने, ठूला विपत्तिहरू पार गरेर परमेश्‍वरका सुरक्षा र आशिषहरू पाउने, ती विपत्तिहरूमा बच्ने अनि परमेश्‍वरद्वारा उहाँको राज्यमा प्रवेश गराइने एकमात्र तरिका हो। यदि मानिसहरूले मुक्तिदाताद्वारा व्यक्त सबै सत्यताहरू स्वीकार्दैनन्, तर आफ्नो कल्पनाको झूटो देवता वा दुष्ट आत्मा आउँछ र प्रकोपबाट मुक्ति दिन्छ भन्दै पर्खिन्छन् भने, त्यो केवल भ्रम हो। तिनीहरूको हात रित्तो हुनेछ, आफ्ना प्रयासहरूबाट तिनीहरूले केही पाउनेछैनन्। झूटा देवताहरू र दुष्ट आत्माहरूले मानिसहरूलाई मुक्ति दिन सक्दैनन्। देहमा हुनुभएका परमेश्‍वर अर्थात् मुक्तिदाताले मात्र मानिसजातिलाई मुक्ति दिन सक्नुहुन्छ, अनि मानिसहरूको लागि असल नियति र गन्तव्य प्राप्त गर्ने एकमात्र तरिका त्यही हो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “आखिरी दिनहरूका ख्रीष्‍टले जीवन ल्याउनुहुन्छ, अनि सत्यको नित्य रहने र अनन्‍त बाटो ल्याउनुहुन्छ। मानिसले जीवन प्राप्त गर्ने मार्ग यही सत्य नै हो, र यो एक मात्र मार्ग हो जसद्वारा मानिसले परमेश्‍वरलाई चिन्‍नेछ र परमेश्‍वरद्वारा स्वीकार गरिनेछ। यदि तँ आखिरी दिनहरूका ख्रीष्‍टले प्रदान गर्नुभएको जीवनको खोजी गर्दैनस् भने, तैँले कहिल्यै पनि येशूको स्वीकृती प्राप्त गर्नेछैनस्, र स्वर्गको राज्यको ढोकामा प्रवेश गर्न कहिल्यै पनि योग्य हुनेछैनस्” (वचन देहमा देखा पर्नुहुन्छको “आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ”)। “ख्रीष्‍टले बोल्‍नुभएको सत्यतामा भरोसा नगरिकन जीवन प्राप्त गर्न चाहनेहरू पृथ्वीका सबैभन्दा हास्यास्पद मानिसहरू हुन्, र ख्रीष्‍टले ल्याउनुभएको जीवनको बाटोलाई स्वीकार नगर्नेहरू कल्‍पनामा हराएका छन्। त्यसैले म भन्छु कि आखिरी दिनहरूका ख्रीष्‍टलाई स्वीकार नगर्नेहरूलाई परमेश्‍वरले सदासर्वदा नै घिनाउनुहुनेछ। ख्रीष्‍ट नै आखिरी दिनहरूमा राज्यमा प्रवेश गर्ने मानिसको बाटो हुनुहुन्छ, र उहाँबाट उम्केर कोही पनि जान सक्दैन। ख्रीष्‍टद्वारा बाहेक परमेश्‍वरले कसैलाई पनि सिद्ध पार्नुहुन्‍न। तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, र त्यसकारण तैँले उहाँका वचनहरूलाई स्वीकार गरेर उहाँको बाटोलाई पालन गर्नैपर्छ। सत्यतालाई प्राप्त गर्न असक्षम हुँदा-हुँदै र जीवनको प्रावधानलाई स्वीकार गर्न असक्षम हुँदा-हुँदै, तैँले आशिषहरू प्राप्त गर्ने बारेमा मात्रै विचार गर्न सक्दैनस्। उहाँमा साँचो रूपमा विश्‍वास गर्नेहरू सबैले जीवन प्राप्त गरून् भनेर ख्रीष्‍ट आखिरी दिनहरूमा आउनुहुन्छ। उहाँको काम पुरानो युगलाई समाप्त गरेर नयाँ युगमा प्रवेश गर्नको खातिर हो, र उहाँको काम नै नयाँ युगमा प्रवेश गर्ने सबैले हिँड्नै पर्ने मार्ग हो। यदि तैँले उहाँलाई स्वीकार गर्न सक्दैनस्, बरु उहाँलाई दोष दिन्छस्, ईश्‍वरनिन्दा गर्छस्, वा उहाँको खेदो समेत गर्छस् भने, तँ अवश्य नै अनन्तसम्‍म जल्‍नेछस् र परमेश्‍वरको राज्यमा कहिल्यै प्रवेश गर्नेछैनस्। यही ख्रीष्‍ट स्वयम् नै पवित्र आत्माको अभिव्यक्ति, परमेश्‍वरको अभिव्यक्ति, पृथ्वीमा आफ्‍नो काम गर्नको लागि परमेश्‍वरले जिम्‍मा दिनुभएको व्यक्ति हुनुहुन्छ। त्यसैले म भन्छु कि यदि आखिरी दिनहरूका ख्रीष्‍टले गर्नुभएका सबै कुराहरूलाई तैँले स्वीकार गर्न सक्दैनस् भने, तैँले पवित्र आत्‍माको ईश्‍वरनिन्दा गर्छस्। पवित्र आत्माको ईश्‍वरनिन्दा गर्नेहरूले पाउने दण्ड सबैको लागि प्रष्टै छन्” (वचन देहमा देखा पर्नुहुन्छको “आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ”)।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

किन परमेश्‍वरले आखिरी दिनहरूको न्यायको काम गर्न देहधारण गर्नुहुन्छ?

हामीले आखिरी दिनहरूमा परमेश्‍वरको न्यायको कामबारे पहिले नै केही पटक कुराकानी गरिसकेका छौँ। आज हामी कसले यो न्यायको काम गर्नुहुन्छ भनेर...

के प्रभु साँच्‍चै नै बादलको सवारीमा फर्कनुहुन्छ?

हामीले एकपछि अर्को विपत्ति आएको देखिरहेका छौं, र महामारीहरू विश्‍वभरि फैलिरहेका छन्। विश्‍वासीहरूले प्रभु बादलको सवारीमा ओर्लनुहुनेछ अनि...

किन हामीले परमेश्‍वरको आवाज सुनेर मात्रै प्रभुलाई स्वागत गर्न सक्छौं?

अहिले, सबै विश्‍वासीहरू प्रभु येशू बादलमा आउनुहुन्छ भनेर उत्कट इच्‍छा गरिरहेका छन्, किनभने विपत्तिहरू झन्-झन् गम्‍भीर हुँदै गइरहेका छन् र...

देहधारण भनेको के हो

हामी सबैलाई थाहा छ दुई हजार वर्ष पहिले, परमेश्‍वर मानवजातिलाई छुटकारा दिन प्रभु येशूको रूपमा मानिसको संसारमा देहधारी भई आउनुभयो, र प्रचार...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्