अफवाहको जालोबाट उम्किँदा

17 अगस्ट 2021

By William, the United States

अक्टोबर २०१६ मा, म संयुक्त राज्य अमेरिकाको न्यू योर्क आएँ, र पछि एउटा चिनियाँ मण्डलीमा प्रभु येशूको नाममा बप्तिस्मा लिएँ र एक इसाई भएँ। तर मण्डलीमा एक वर्षभन्दा बढी समय बिताउँदा पनि, मैले प्रार्थना गर्न र भजन गाउन मात्रै सिकेको थिएँ, तर परमेश्‍वरप्रतिको मेरो ज्ञान तथा बाइबलप्रतिको मेरो बुझाइ सतही मात्रै थियो, जसले मलाई निराश बनायो। त्यसैले, म आफै YouTube मा प्रायः प्रवचनहरूको खोजी गर्थेँ, तकि मैले परमप्रभुको इच्छा बुझ्न सकुँ।

मार्च २०१८ मा, मैले न्यू योर्कमा केही दाजुभाइ र दिदीबहिनीहरूलाई भेटेँ र मैले उनीहरूसँगको भेला र सङ्गतिबाट कहिल्यै नसिकेको बाइबलको पछाडि रहेको कथा, देहधारण भनेको के हो, मुक्ति भनेको को हो, सत्य र झूटो ख्रीष्ट बीचको फरक, परमेश्‍वरको काम र मानिसको कामको बीचको भिन्‍नता, आदि जस्ता धेरै सत्य तथा रहस्यहरूका बारेमा थाहा पाएँ। यसले मेरो आँखा खोल्यो र मैले धेरै कुरा प्राप्त गरेँ। मलाई यी भेलाहरू साँच्चै रमाइलो लाग्यो। एउटा भेलामा, दाजु लिउले बाइबलमा नभएका धेरै वचनहरू पढ्नुभयो। म यसबाट साँच्चै अचम्ममा परेँ र ती वचनहरू कसका हुन् भनेर सोधेँ। उनले यी वचनहरू आखिरी दिनहरूको ख्रीष्ट, सर्वशक्तिमान्‌ परमेश्‍वरका वाणीहरू हुन् भनेर भने। जब मैले “सर्वशक्तिमान्‌ परमेश्‍वर” को नाम सुनेँ, म झस्किएँ। पाष्टर र एल्डरहरूले हामीलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीसँग कुनै सम्पर्क नराख्नु भनेर बारम्बार चेतावनी दिएका थिए। उनीहरूले यी मण्डलीका मानिसहरू कुनै एक मानिसलाई विश्‍वास गर्छन्, येशू ख्रीष्टलाई गर्दैनन् भनेर भनेका थिए। म अलमलिएँ, यति साह्रै चिन्तित भएँ कि एकछिन पनि धैर्यले बस्न सकिनँ। त्यसपछि दाजु लिउले भनेका कुरा मैले बुझ्न छाडेँ, र कुनै बहाना बनाएर म त्यो भेलाबाट निस्किएँ।

जब म घर फर्किएँ, म ओछ्यानमा पल्टिएँ, तर सुत्न सकिनँ, सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका सदस्यहरूसँगको भेलाका दृश्यहरू मेरो दिमागमा नाँचिरहे। सङ्गति एकदमै अन्तर्दृष्टि दिने तथा व्यावहारिक, र मेरो लागि एकदमै लाभदायक थियो। तर जब म ओछ्यानमा पल्टिएँ, सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका बारेमा पाष्टर र एल्डरहरूले भनेको शब्दहरू मेरो कानमा गुञ्जिरहे। म दुःखी थिएँ, र कसको कुरा सुन्नु भन्ने मलाई थाहा थिएन। मैले मेरो फोन निकालेँ र मैले सबैभन्दा बढी विश्‍वास गर्ने वेबसाइट विकिपिडिया खोलेँ, यसले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई कसरी व्याख्या गर्छ भनेर हेर्नका लागि त्यसो गरेँ। जब मैले यो मण्डली एक जना मानिसले स्थापना गरेको हो, र यो परमेश्‍वरको मण्डलीभन्दा पनि एक मानव संस्था हो, साथै, चिनियाँ कम्युनिस्ट पार्टीले प्रेषित गरेका केही नकारात्मक प्रतिवेदनहरू पढेँ, म एकाएक आत्तिएँ र उनीहरूको सङ्गतिलाई थप सुन्ने चेष्टा गरिनँ। मैले उनीहरूको सबै सम्पर्क विवरण हटाउनै लागेको थिएँ, तर जब मैले ती सम्पर्क विवरण डिलिट गर्नै लागेको थिएँ, तब म उनीहरूको साथमा कसरी पुगे भनेर सम्झिएँ। उनीहरू एक-अर्काप्रति सच्चा, प्रेमिलो र धैर्य थिए, र उनीहरूको चरित्र, उनीहरूले जिएका कुरा, र उनीहरूले कुरा गर्ने तरिका प्रतिको मेरो ठूलो सम्मान थियो। उनीहरूप्रतिको मेरो बुझाइ राम्रो थियो। मैले अनलाइनमा भेटेको जस्तो उनीहरू बिलकुलै थिएनन्। यो कुराले गर्दा म एकछिन रोकिएँ। तर म विकिपिडियामा धेरै नै विश्‍वास गर्थेँ, त्यसैले यसका बारेमा सोचेपछि, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका सबै सम्पर्क विवरणहरू हटाउने, र सर्वशक्तिमान्‌ परमेश्‍वरका कामका बारेमा मसँग सोधपूछ गरिरहेका दाजु पिटरलाई बताउने निधो गरेँ। दाजु पिटरले प्रभुलाई स्वागत गर्ने कार्य हामी सबैले गम्भीरतापूर्वक लिनुपर्ने कुरा हो भनेर बताउनुभयो, र यस विषयलाई लापरवाही भएर पूर्वाग्रह नराख्न, बरु अझै प्रार्थना गर्न तथा प्रभुको मार्गदर्शन खोज्नका लागि मनाउनुभयो…। मेरो मनभित्र धेरै द्वन्द्व चल्यो, “उहाँले भन्नुभएको कुरा उचित थियो। प्रभुको स्वागत गर्ने कुरा हामी सबैले गम्भीरतापूर्वक लिनु पर्ने महत्वपूर्ण विषय हो। यदि सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्किनु भएको प्रभु येशू हुनुहुन्छ भने, र मैले यो विषयलाई वास्ता गरिन भने, के मैले प्रभुको स्वागत गर्ने मौका गुमाउँदिन त?” त्यसैले मैले प्रभुलाई प्रार्थना गरे, “प्रभु! म अहिले एकदमै अलमलिएको छु। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका प्रवचनहरू एकदमै ज्ञानवर्द्धक छन् र मैले धेरै कुरा पाएको छु। तर विकिपिडियाले यसलाई परमेश्‍वरको मण्डलीभन्दा पनि एक मानव संस्थाको रूपमा प्रस्तुत गरेको छ। प्रभु! म विवेकशून्य छु। मलाई म पथभ्रष्ट भएँ कि भन्ने डर छ, र म हजुरको मार्गदर्शनको कामना गरिरहेको छु।”

एक दिन, मण्डलीतर्फ जाँदै गर्दा, एकजना दिदीले मलाई एउटा कथा सुनाउनुभयो: “एक जना प्रभुको विश्‍वासीले सङ्कटको समयमा मलाई जोगाउनुहोस् भनी परमेश्‍वरलाई आग्रह गरे, त्यसैले परमेश्‍वरले उसको मुक्तिका लागि तीन वटा मौका उसको लागि व्यवस्था गरिदिनुभयो, तर उसले प्रत्येक मौका गुमायो। उसले भन्यो, ‘होइन। मैले पहिले नै प्रभुलाई प्रार्थना गरेको छु, र प्रभुले मलाई बचाउनुहुनेछ।’ उसको मृत्युपछि उसले थाहा पायो कि परमेश्‍वरले उसको लागि यी तीन मौकाहरूको व्यवस्था गरिदिनुभएको थियो, र उसले यी मौकाको फाइदा उठाउन नसकेको कारण उसको मृत्यु भयो।” मण्डलीमा पाष्टरले पनि ठ्याक्कै यही कथा सुनाएको देख्दा म चकित भएँ। म अचम्ममा परेको थिएँ, र सोचेँ, “यो कस्तो अपत्यारिलो! मैले एकै दिनमा दुई जनाबाट एउटै कथा सुनेको थिएँ, जसले मलाई परमेश्‍वरबाट मुक्ति पाउने मौकाको फाइदा उठाउनुपर्छ भनेका थिए। के प्रभुले मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको बारेमा खोजी जारी राख्नू भनेर बताउँदै हुनुहुन्छ?” त्यसैले मैले पूर्वीय ज्योतिको बारेमा खोजी गर्ने कार्यलाई निरन्तरता दिने निर्णय लिएँ। म दाजु लिउको सम्पर्कमा आएँ र ममा भएको अन्योलका बारेमा बताएँ। मैले भने, “तपाईंको सङ्गतिमा सत्यता छ र यसमा पवित्र आत्माको कार्य छ भनेर मलाई थाहा छ। यो मेरो लागि वास्तवमै उपयोगी छ। तर मैले विकिपिडियामा सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली झाओ नाम गरेका मानिसले सुरु गरेको, र यो परमेश्‍वरको मण्डलीभन्दा पनि मानव संस्था हो भनेर पढेँ। यसका बारेमा चिनियाँ कम्युनिस्ट पार्टीका धेरै नकारात्मक प्रतिवेदनहरू पनि छन् त्यसैले यसले मेरो मनमा केही आशङ्का उत्पन्न गरायो र म यो विषयमा तपाईंसँग कुरा गर्न चाहन्छु।”

दाजु लिउले उत्तर दिनुभयो, “साँचो मार्गको बारेमा खोजी गर्दा, हामी अविश्‍वसनीय वेबसाइट, अन्य समूह, राजनीतिक दल वा अन्य मानिसहरूले के भन्छन् सो कुरामा निर्भर रहन सक्दैनौं। हामीले यो मार्गमा सत्यता छ छैन, यो परमेश्‍वरको कार्य हो होइन भनेर हेर्नुपर्छ। यो सबैभन्दा आधारभूत, महत्वपूर्ण सिद्धान्त यही हो। जब प्रभु येशू काम गर्न आउनुभयो, फरिसीहरूले उहाँको बारेमा सबै प्रकारका हल्लाहरू चलाए र उहाँको निन्दा गरे, उहाँलाई पवित्र आत्माले जन्म दिएको होइन भन्दै, उहाँ बौरिनुभएको होइन र अन्य कुरा भन्दै यसो गरे। धेरै यहूदीहरूले मुख्य पूजाहारीहरू, शास्त्री र फरिसीहरूको कुरा सुने र प्रभुलाई पछ्याउने हिम्मत गर्न सकेनन्। तर पत्रुस, यूहन्‍ना र अरूले उहाँले प्रचार गर्नुभएको पश्‍चात्तापको मार्ग उहाँका आश्‍चर्यकर्महरू तथा उहाँको कार्य सबै परमेश्‍वरबाट आएको हो र उहाँसँग परमेश्‍वरको अख्तियार र शक्ति छ भन्‍ने देखे त्यसैले उनीहरूले प्रभु येशूलाई पछ्याए र उहाँको मुक्ति प्राप्त गरे। यी सबै कुराहरूले के देखाउँछ भने सत्य मार्ग खोजी गर्दा गर्नुपर्ने मुख्य कुरा भनेको यसमा सत्यता र पवित्र आत्मको कार्य छ वा छैन भनेर हेर्नु हो। यो नै एकमात्र सिद्धान्त हो।” त्यसपछि, दाजु लिउले सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनको एक अनुच्छेद पढ्नुभयो। सर्वशक्तिमान् परमेश्‍वर भन्नुहुन्छ, “साँचो मार्ग खोज्ने सबैभन्दा आधारभूत सिद्धान्त के हो? यस मार्गमा पवित्र आत्माको कार्य छ कि छैन, यी शब्दहरू सत्यताको अभिव्यक्ति हुन्‌ कि होइनन्‌, को प्रमाणित भएको छ, र यसले तेरो लागि के ल्याउँछ भनी तैँले हेर्नुपर्छ। साँचो मार्ग र झूटो मार्गबीचको भिन्नता छुट्ट्याउनको लागि आधारभूत ज्ञानका धेरै पक्षहरू चाहिन्छ, जसको सबैभन्दा आधारभूत पक्ष भनेको त्यसमा पवित्र आत्माको कार्य उपस्थित छ कि छैन भनी बताउनु हो। किनकि परमेश्‍वरमाथिको मानिसहरूको विश्‍वासको सारतत्त्व भनेको परमेश्‍वरको आत्मामाथिको विश्‍वास हो, र यो देह नै परमेश्‍वरको आत्माको वासस्थान भएकोले, देहधारी परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास पनि हो, जसको अर्थ यो हो कि यस्तो विश्‍वास भनेको अझै आत्मामाथिको विश्‍वास हो। आत्मा र देहबीचमा भिन्नता छ, तर यस देह आत्माबाट आएको हुनाले, र वचन देह हुन आएकोले, मानिसले जे विश्‍वास गरेपनि त्यो परमेश्‍वरको अन्तर्निहित सारतत्त्व नै हो। त्यसैले, यो साँचो मार्ग हो कि होइन भनेर छुट्ट्याउँदा, सबैभन्दा मुख्य कुरा तैँले यसमा पवित्र आत्माको कार्य छ कि छैन भन्ने कुरा हेर्नुपर्छ, त्यसपछि तैँले यस मार्गमा सत्यता छ कि छैन हेर्नुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र उहाँको कार्यलाई चिन्नेहरूले मात्र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन्‌)। दाजु लिउले आफ्नो सङ्गति अघि बढाउनुभयो। “आखिरी दिनहरूमा, सर्वशक्तिमान्‌ परमेश्‍वरले परमेश्‍वरको घरबाट सुरु गरी न्यायको कामको गर्नुहुनेछ। उहाँले सबै सत्यतालाई व्यक्त गर्नुहुन्छ जसले मानवजातिलाई शुद्ध गर्नेछ र मुक्ति दिनेछ। उहाँले परमेश्‍वरको व्यवस्थापन कार्यको लक्ष्य, व्यवस्था, अनुग्रह तथा राज्यको युगहरूपछाडि रहेका कथा, र यी कार्यहरूबाट के हासिल भए, परमेश्‍वरको देहधारण तथा नामका रहस्यहरू, तथा थप कुराहरू प्रकट गर्नुहुन्छ। सर्वशक्तिमान्‌ परमेश्‍वरले मानिसहरूको शैतानी प्रकृति तथा परमेश्‍वरको अवज्ञामा रहेको तिनीहरूको भ्रष्टताको सत्यता, संसारको दुष्टता तथा अन्धकारको जड, शैतानले मानवजातिलाई कसरी भ्रष्ट बनाउँछ र परमेश्‍वरले मानवजातिलाई कसरी मुक्ति दिनुहुन्छ भनेर खुलासा गर्नुहुन्छ र न्याय गर्नुहुन्छ। उहाँले हामीलाई भ्रष्टतालाई हटाउने तथा परमेश्‍वरको मुक्ति प्राप्त गर्ने मार्ग दिनुहुन्छ, र प्रत्येक प्रकारको व्यक्तिका लागि परिणाम प्रकट गर्नुहुन्छ। उहाँले व्यक्त गर्ने सत्यता तथा उहाँको न्यायको कार्यले प्रभु येशूको भविष्यवाणीलाई पूर्ण रूपमा पूर्ति गर्दछ: ‘मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ(यूहन्‍ना १६:१२-१३)। यसले यो वचनलाई पनि पूर्ति गर्दछ ‘किनभने परमेश्‍वरको घरानाबाट न्याय सुरु हुने समय आएको छ(१ पत्रुस ४:१७)। परमेश्‍वर देखा पर्ने घटना र कार्यको तृष्णा गर्ने धेरै साँचो विश्‍वासीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सत्यता र परमेश्‍वरको आवाज हुन् भन्‍ने देखेका छन्। सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने तिनीहरूले निर्धारण गरेका छन् र परमेश्‍वरको सामुन्ने आएका छन्। परमेश्‍वरबाट आउने सबै कुराहरू वृद्धि भएर जान्छन्। केवल २० वर्षको समयमा सर्वशक्तिमान्‌ परमेश्‍वरको राज्यको सुसमाचार चीनभरि फैलिसकेको छ र अहिले विश्‍वभरि पुग्दैछ। यो परमेश्‍वरको पृथक शक्ति र अख्तियार हो र पवित्र आत्मको कार्यको फल हो। यो परमेश्‍वरको बुद्धि तथा सर्वशक्तिमान्‌ताको अभिव्यक्ति हो। यी तथ्यहरूले ले प्रमाणित गर्छन् भने सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ र उहाँको कार्य नै सत्य मार्ग हो।”

दाजु लिउको सङ्गतिले मलाई मैले हालै पढेको सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको याद दिलायो। ती वचनहरूले धेरै रहस्य तथा सत्यहरू प्रकट गरे। परमेश्‍वरबाहेक अरू कसले सत्य व्यक्त गर्न सक्छ? साँचो मार्गको मेरो खोजीका लागि यदि मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका सत्यहरू नपढेर, केही वेबसाइटमा लेखिएका र चिनियाँ कम्युनिस्ट पार्टीले फिँजाएका झूटहरूमा अन्धो भएर विश्‍वास गरेको भए, त्यो असाधारण मूर्खता हुनेथियो। दाजु लिउले मलाई घरमा रातो पुनः शिक्षा नामक चलचित्र हेर्न आग्रह गर्नुभयो। मुख्य पात्रको बुबाले कम्युनिस्ट पार्टीको संयुक्त मोर्चाको नेतृत्व गर्छन् र उनले भनेका कुरा मैले विकिपिडियामा पढेको कुरा जस्तै थिए। उनी भन्छन् यो मण्डली झाओ नामक व्यक्तिले स्थापना गरेका हुन्, र यसका सदस्यहरूले झाओलाई पवित्र आत्माले प्रयोग गरेको मान्छे भनेर भन्छन्, र उनीहरू सधैँ उनका प्रवचनहरू सुन्छन्, त्यसको अर्थ यो मानव संस्था हो, र परमेश्‍वरको मण्डली होइन। यस कुरालाई उत्तर दिँदै मुख्य पात्रले भन्छन्: “इसाई धर्म कसले सुरुवात गर्‍यो? क्याथोलिकवाद कसले प्रतिपादन गर्‍यो? के पावल वा पत्रुस प्रतिपादक हुन सक्छन्? यहूदी धर्म कसले सुरु गर्‍यो? के त्यो मोशा हुन सक्छ? के यी सबै कुराहरू निरर्थक होइनन्? नास्कितहरूले परमेश्‍वर हुनुहुन्छ भनेर कहिल्यै स्विकारेका छैनन्, परमेश्‍वर देहधारी हुनुभएको कुरा त झन् परै जाओस्। देहधारी ख्रीष्टले जतिसुकै सत्य व्यक्त गर्नुभए पनि, उहाँको कार्य जतिसुकै महान् भए पनि, वा उहाँको मुक्ति जतिसुकै महान् भए पनि, नकार्न, लुकाउन, र निन्दा गर्नको लागि उनीहरूले गर्नसक्ने सबै नै गर्छन्। उनीहरूको विचारमा त इसाई धर्म पनि मानवले नै सुरु गरेको हो, र यो बिलकुलै हास्यास्पद कुरा हो। यदि प्रभु येशू देखा नपर्नुभएको भए र उहाँले काम नगर्नुभएको भए प्रभुको कोही विश्‍वासी वा अनुयायी हुँदैनथिए र इसाई धर्मको अस्तित्व हुने अवस्था नै रहँदैन थियो। यो तथ्य हो। प्रेरितहरू जतिसुकै वरदानप्राप्त भए तापनि, उनीहरूले मण्डलीको स्थापना कसरी गर्न सके? मानिसहरूले प्रेरितहरूको नेतृत्व र रेखदेखलाई स्वीकारे भन्ने बित्तिकै के यसको अर्थ इसाई धर्म मानिसले सुरु गरेको हो भन्ने हुन्छ? सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली परमेश्‍वर देखा पर्नुभएकोले र कार्यको कारणले मात्रै स्थापना भएको हो। सर्वशक्तिमान्‌ परमेश्‍वरले यति धेरै सत्यता व्यक्त गर्नुहुन्छ, र यो परमेश्‍वरको आवाज हो भनेर मानिसहरू परमेश्‍वरको सामुन्ने आउने हुनाले मात्रै, मण्डली स्थापना भएको हो। सर्वशक्तिमान्‌ परमेश्‍वरले आफ्‍नो कार्य सुरु गर्नुभएपछि, उहाँले पवित्र आत्माले प्रयोग गरेको मानिसलाई मण्डलीको अगुवाको रूपमा साक्षी दिनुभयो। उहाँ व्यवस्थाको युगको मोशा वा अनुग्रहको युगका प्रेरितहरू जस्तो हुनुहुन्छ। परमेश्‍वरले छान्नुभएको मानिसहरूलाई पानी दिन, रेखदेख गर्न, र नेतृत्व गर्नको लागि परमेश्‍वरले उहाँलाई प्रयोग गर्नुहुन्छ। उहाँले मानवको कर्तव्य निर्वाह गर्दैहुनुहुन्छ। परमेश्‍वरले चुन्नुभएका मानिसहरू सर्वशक्तिमान्‌ परमेश्‍वरको नाममा प्रार्थना गर्छन् र भेलाहरूमा सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढ्छन् र सङ्गति गर्छन्। परमेश्‍वरले चुन्नुभएको मानिसहरूले यो व्यक्तिको नेतृत्वलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनअनुसार स्वीकार गर्छन् र समर्पित हुन्छन्। चिनियाँ कम्युनिस्ट पार्टीले निर्लज्ज भएर झूट बोल्छ, हाम्रो विश्‍वास त मान्छे माथिको विश्‍वास हो भनेर भन्छ। उनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वर देखा पर्नुभएको घटना र कार्यलाई मान्दैनन्, र उहाँले व्यक्त गर्ने सबै सत्यलाई नकार्छन्। उनीहरूको अभिप्रायहरू गुप्त छन्। यदि सर्वशक्तिमान्‌ परमेश्‍वर देखा पर्नुभएको घटना र कार्य नभइदिएको भए त सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको अस्तित्व हुँदैनथ्यो। यो अकाट्य तथ्य हो।”

मुख्य पात्र सही हो भन्‍ने मलाई लाग्यो। परमेश्‍वर देखा पर्नुभएको घटना र उहाँको कामकै कारण मण्डलीको स्थापना भयो, तर परमेश्‍वरले मण्डलीको नेतृत्व गर्न कसैलाई प्रयोग गर्नुहुन्छ भन्दैमा, उनीहरूले मण्डलीको स्थापना नै मानवबाट भएको हो भनेर भन्छन्। यो हास्यास्पद कुरा हो। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमा भएका इसाइहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई विश्‍वास गर्छन् भनेर चिनियाँ कम्युनिस्ट पार्टीलाई थाहा छ त्यसो भए उनीहरूले यो व्यक्तिले सुरु गरेको मानव संस्था हो भनेर किन भन्छन्? म यो विषयमा अर्मलिरहेको थिएँ, त्यसपछि मुख्य पात्रले भने, “चिनियाँ कम्युनिस्ट पार्टीको सरकारले मण्डलीलाई किन मानव संस्था भन्छ? उनीहरूले देहमा रहनुभएको परमेश्‍वरका बारेमा किन कुरा गर्दैनन्? उनीहरूले कहिले पनि किन वचन देहमा देखा पर्नुहुन्छ भनेर उल्लेख गर्दैनन्? चिनियाँ कम्युनिस्ट पार्टी सर्वशक्तिमान्‌ परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यताहरूप्रति नै सबैभन्दा बढी डराउँछ किनभने सर्वशक्तिमान्‌ परमेश्‍वरका सबै विश्‍वासीहरूले वचन देहमा देखा पर्नुहुन्छ भन्‍ने पुस्तक पढेर उहाँलाई स्वीकार गरिसकेका छन् भन्‍ने उनीहरूलाई थाहा छ। त्यसैले उनीहरू सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली मानवले स्थापना गरेको हो भनेर मानिसहरूको ध्यान मोड्न चाहन्छन्, सर्वशक्तिमान्‌ परमेश्‍वर, आखिरी दिनहरूका ख्रीष्ट प्रकट भइसक्नुभएको छ र उहाँले काम गर्दै हुनुहुन्छ भन्ने सत्यलाई लुकाउनका लागि। परमेश्‍वरलाई पछ्याउनबाट मानिसहरूलाई रोक्नका लागि उनीहरूले यसो गर्छन् र यो परमेश्‍वरको मण्डलीलाई दबाउने एउटा बहाना हो। यो उनीहरूको वास्तविक लक्ष्य हो।” यो वास्तवमै आँखा खोल्ने कुरा थियो। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली मानव संस्था हो भन्ने चिनियाँ कम्युनिस्ट पार्टीको दाबी तथ्यहरूलाई जानी-जानी बिगार्ने कार्य र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई दबाउने र सतावट गर्ने बहाना हो। साथै, मानिसहरूलाई भड्काउन र साँचो मार्गको खोजी गर्नबाट मानिसहरूलाई रोक्न उनीहरू यसो भन्छन्। यो मानिसहरूलाई विश्‍वास गर्न र परमेश्‍वरलाई पछ्याउनबाट रोक्नका लागि हो। चिनियाँ कम्युनिस्ट पार्टीको दुष्ट उद्देश्य यही हो।

उक्त भिडियो हेरेपछि, दाजु लिउले यसो भन्दै सङ्गति गर्नुभयो, “चिनियाँ कम्युनिस्ट पार्टीले गरेको यी हल्लाहरूलाई फैल्याउने कार्य र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको निन्दालाई सत्यलाई घृणा गर्ने र परमेश्‍वरको विरोध गर्ने पार्टीको राक्षसी प्रकृतिबाट अलग गर्न सकिँदैन। हामी सबैलाई थाहा छ, चिनियाँ कम्युनिस्ट पार्टी नास्तिक हो र यसले मार्क्सवाद-लेनिनवादमा विश्‍वास गर्छ। यसले सत्य तथा परमेश्‍वरको प्रकटीकरण तथा कार्यलाई सबैभन्दा बढी घृणा गर्दछ, र सन् १९४९ मा यसको स्थापना भएसँगै, यसले धार्मिक विश्‍वासलाई अन्धाधुन्ध दबाएको तथा सताएको छ। यसले इसाई धर्म तथा अन्य घर मण्डलीहरूलाई दृष्ट सम्प्रदाय भनेर दोषी ठहरेको छ, र बाइबलका असङ्ख्य प्रतिहरू जलाएको तथा नाश गरेको छ। यसले असङ्ख्य इसाईहरूलाई पक्राउ गरेको, सताएको तथा कैद गरेको छ। सि जिङ्गपिङ्ग सत्तामा आएपछि त धार्मिक सतावट झनै क्रूर बन्दै गएको छ। थ्री-सेल्फ मण्डली बन्द भएको छ र भत्काइएको छ, र असङ्ख्य क्रूसहरू भाँचिएका छन्। धार्मिक विश्‍वासलाई पूर्ण रूपमा हटाउन उनीहरू बाइबल र कुरानको पुनर्लेखन पनि गर्ने योजनामा छन्। आखिरी दिनहरूका ख्रीष्ट, सर्वशक्तिमान्‌ परमेश्‍वर चीनमा देखा पर्नुभएकोले चिनियाँ कम्युनिस्ट पार्टीले सिकार गरेझैँ उहाँलाई विभिन्न स्थानमा खोजी गरिरहेको छ, इसाईहरूलाई अन्धाधुन्ध पक्राउ र सतावट गरिरहेको छ। धेरै मानिसहरूलाई जेल चलान गरिएको छ र अपाङ्ग भइञ्‍जेल वा नमरिञ्‍जेलसम्म यातना दिइएको छ, र लाखौँ मानिसहरूलाई आफ्नो घर छोडेर भाग्न बाध्य पारिएको छ। अफवाहलाई थप फैलाउन र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई फसाउन र कलङ्क लगाउनका लागि दुःख बढाउन चिनियाँ कम्युनिस्ट पार्टीले सञ्चार माध्यमको प्रयोग गर्दछ। यो चीन र विश्‍वका मानिसहरूलाई भड्काउन तथा भ्रममा पार्नको लागि हो त्यसैले उनीहरूले मण्डलीलाई पनि विरोध र निन्दा गर्छन्। यो आखिरी दिनहरूको परमेश्‍वरको कार्यलाई हटाउने प्रयास हो। यी तथ्यबाट हामीले के देख्न सक्छौं भने चिनियाँ कम्युनिस्ट पार्टी परमेश्‍वरको विरोध गर्ने र मानिसहरूलाई भ्रममा पार्ने र हानी गर्ने राक्षस हो। यो प्रकाशको पुस्तकको जङ्गली जनावर, ठूलो रातो अजिङ्गर हो। यसले बाइबलका यी भविष्यवाणीहरूलाई पूर्ण रूपमा पूरा गर्छ: ‘अनि ठूलो अजिङ्गरलाई बाहिर फालियो, त्यस दियाबलस र शैतान भनिने त्यो प्राचीन सर्पलाई, जसले सारा संसारलाई छल्छ(प्रकाश १२:९)। ‘अनि त्यसले परमेश्‍वरको विरुद्धमा ईश्‍वरनिन्दा गर्न, उहाँको नामको, उहाँको पवित्र वासस्थान र स्वर्गमा बास गर्नेहरूको निन्दा गर्न आफ्नो मुख खोल्यो(प्रकाश १३:६)। साँचो मार्ग र परमेश्‍वर देखा पर्नुभएको घटनाको खोजी गर्ने क्रममा, चिनियाँ कम्युनिस्ट पार्टीको झूट सुन्नु त मूर्खता हो! र केही मानिसहरूले साँचो मार्गको खोजी गर्ने क्रममा विकिपिडियामा लेखेको कुरा पढ्छन्, यो वेबसाइटलाई विश्‍वास गर्छु भन्छन्, र उनीहरूले विकिपिडियाले साँचो मार्ग हो भनेको कुरा मात्रै साँचो मार्ग हो भनेर विश्‍वास गर्छन्। साँचो मार्ग हो वा होइन भनेर निर्धारण गर्नका लागि उनीहरूले विकिपिडियाको प्रयोग गर्छन्। के यो सत्यता अनुरूप छ त? के विकिपिडियामा सत्य कुरा नै हुन्छ त? यो त अविश्‍वासीहरूको वेबसाइट हो। उनीहरूले सामग्रीहरू जम्मा गर्छन् र सबै कुरा अविश्‍वासीहरूको दृष्टिकोणबाट लेख्छन्। सबै अविश्‍वासीहरू शैतानबाट नराम्ररी भ्रष्ट भएका हुन्छन्, र तिनीहरूले परमेश्‍वरलाई धोका दिएका छन्। उनीहरू विश्‍वासी मानिसहरू होइनन्। उनीहरू भीडकै पछि लाग्छन् र झूटपछि झूट बोल्दै जान्छन्। उनीहरूले चिनियाँ कम्युनिस्ट पार्टीले बोलेका कुराहरू मात्रै सुगा रटाई रट्छन्। मण्डलीकै अन्तर्वार्ता किन नलिने? यसका बारेमा निष्पक्ष तथा वस्तुगत रूपमा किन रिपोर्ट नगर्ने? सर्वशक्तिमान्‌ परमेश्‍वरका वचन तथा मण्डलीका सदस्यहरूको सबै प्रकारको गवाहीहरू केही समयदेखि अनलाइनमा नै उपलब्ध छन्। यसको विषयमा किन कुनै चर्चा हुँदैन? चिनियाँ कम्युनिस्ट पार्टीको सरकारले मण्डलीलाई क्रूरताको साथ सताइरहेको छ र यसका विषयमा मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संस्थाहरूको वेबसाइटमा उल्लेख गरिएको छ। यसको बारेमा उनीहरू किन उल्लेख गर्दैनन्? चिनियाँ कम्युनिस्ट पार्टी र धार्मिक संसारले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका विषयमा हल्लाहरूलाई फाइलाउँछन् र कलङ्कित बनाउँछन् र विकिपिडियाले यही कार्यलाई दोहोर्‍याउँछ मात्रै। के तिनीहरूले नियतवश सत्य लुकाइरहेका र सरकारी झूटलाई थप प्रचार गरिरहेका छैनन् र? तिनीहरू शैतानले मानिसहरूलाई पथभ्रष्ट गर्न प्रयोग गर्ने प्रोपागाण्डाका साधन हुन्। यदि हामीले साँचो मार्गको खोजी गर्दा विकिपिडियालाई विश्‍वास गर्‍यौं, यदि हामीले त्यसको झूटलाई विश्‍वास गर्‍यौं भने, के त्यो मूर्खता हुँदैन र? यदि कसैले सरकार तथा धार्मिक संसारले गरेको साँचो मार्गको लेखाजोखाको आधारमा कुनै कुरालाई साँचो मार्गको रूपमा विश्‍वास गर्छ भने, के उनीहरू वास्तविक विश्‍वासीहरू हुन् र? परमेश्‍वरका वचनहरूको खोजी नगर्नु वा आफ्नो खोजीमा परमेश्‍वरको आवाजलाई नसुन्नु, तर शैतानका शब्दहरूमा विश्‍वास गर्नु, र चिनियाँ कम्युनिस्ट पार्टीको धार्मिक पाष्टरहरूमा विश्‍वास गर्नुको अर्थ उनीहरूले शैतानको विश्‍वास गर्छन् र शैतानलाई पछ्याउँछन्, उनीहरू पथभ्रष्ट भएका छन् र पशुको जालमा परेका छन्, र उनीहरूले पशुको छाप लगाएका छन् भन्ने हुन्छ।”

दाजु लिउको सङ्गति वास्तवमै अन्तर्ज्ञानयुक्त थियो भन्ने मलाई लाग्यो, र म पूर्ण रूपमा राजी भएँ। मैले विकिपिडियालाई सबै कुरा समेट्ने सबैभन्दा ठूलो इन्साइक्लोपेडिया भनेर सम्झेको थिएँ। मैले त्यसलाई वास्तवमै विश्‍वास गरेको थिएँ, तर मैले त्यति बेला पो थाहा पाएँ यो त अविश्‍वासीहरूको वेबसाइट पो रहेछ। यसमा कुनै सत्यता समावेश छैन, न यसबारे परमेश्‍वरले गवाही नै दिनुभएको छ। चिनियाँ कम्युनिस्ट पार्टीले जेसुकै झूट विचार जारी गरे पनि, विकिपिडियाले यीनै भ्रमहरूलाई दोहोर्‍याउँछ। यसले भन्ने कुराहरू गहन रूपमा दूषित हुँदैनन् भन्ने कसरी हुनसक्छ र? यसलाई कसरी विश्‍वास गर्न सकिन्छ? जब मैले साँचो मार्गको खोजी गरेँ, मैले यो मार्गमा सत्यता छ, कि छैन, यो कुरा परमेश्‍वरबाट व्यक्त भएको हो कि होइन, र त्यसमा पवित्र आत्माको कार्य छ कि छैन भनेर हेर्नु पर्थ्यो, किनभने परमेश्‍वर मात्र सत्यता, मार्ग र जीवन हुनुहुन्छ, र परमेश्‍वरले मात्र हामीलाई अभ्यासको मार्ग देखाउन सक्नुहुन्छ। तर मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सत्य हुन् र परमेश्‍वरबाट आएका हुन् भनेर देखेको भए पनि, म अझै पनि चिनियाँ कम्युनिस्ट पार्टीको हल्‍ला तथा तथाकथित आधिकारिक वेबसाइटमा भएका शब्दहरूबाट नियन्त्रित थिएँ, र सर्वशक्तिमान्‌ परमेश्‍वरको कामको बारेमा अनुसन्धान गर्ने चेष्टा गरिन। म एकदमै अन्योलमा थिएँ। भाग्यवश, मलाई सत्यका बारेमा सङ्गति गर्न, मलाई सहयोग गर्न, मलाई मार्गनिर्देशन गर्नका लागि परमेश्‍वरले मेरा दाजुभाइ र दिदीबहिनीहरूलाई प्रयोग गरिरहनुभएको थियो, ताकि मैले धोका नपाऊँ। अन्यथा, प्रभुको पुनरागमनलाई स्वागत गर्ने मेरो मौका मैले गुमाउनेथिएँ।

त्यसपछि दाजु लिउले आफ्नो सङ्गतिलाई अगाडि बढाउनुभयो: “यी सबै साँचो मार्गको खोजी गर्ने मानिसहरूलाई पथभ्रष्ट बनाउने तथा रोक्ने चिनियाँ कम्युनिस्ट पार्टीको झूट भएको हुनाले, यस्ता छलहरूको अस्तित्वलाई परमेश्‍वरले किन अनुमति दिनुहुन्छ? चिनियाँ कम्युनिस्ट पार्टीलाई यी झूटहरूको प्रचार गर्न अनुमति दिनका पछाडि परमेश्‍वरको असल अभिप्राय तथा बुद्धि छ। हामी सर्वशक्तिमान्‌ परमेश्‍वरका केही वचनहरू पढौं। सर्वशक्तिमान् परमेश्‍वर भन्नुहुन्छ, ‘मेरो योजनामा, शैतानले, अहिलेसम्म नै, पाइलैपिच्छे पछ्याउँदै आएको छ र, मेरो बुद्धिको प्रतिभारको रूपमा, मेरो मौलिक योजनालाई अवरोध शैलीहरू र माध्यमहरू पत्ता लगाउने कोसिस गर्दै आएको छ। तापनि के म त्यसका छली युक्तिहरूमा फस्न सकुँला र? स्वर्गमा र पृथ्वीमाथि हरेक थोकले मेरो सेवा गर्छ; के शैतानका छली युक्तिहरू केही फरक हुन सक्लान्‌ र? ठीक यहाँनेर नै मेरो बुद्धिले प्रतिछेदन गर्छ; मेरा कार्यहरूको बारेमा भएको आश्चर्य ठीक यही नै हो, र मेरो सारा व्यवस्थापन योजनाको सञ्चालनको सिद्धान्त नै यही हो। राज्य निर्माणको युगको समयमा, अझै पनि म शैतानको छली युक्तिहरूलाई पन्छ्याउँदिन, तर मैले गर्नैपर्ने कार्यलाई जारी राख्छु। ब्रह्माण्ड र सारा थोकहरूको माझमा, मैले शैतानका कार्यहरूलाई मेरो प्रतिभारको रूपमा छानेको छु। के यो मेरो बुद्धिको प्रदर्शन होइन र? मेरो कार्यको बारेमा रहेको आश्चर्य नै ठीक यही होइन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय ८)।” त्यसपछि दाजु लिउले यो सङ्गति गर्नुभयो, “परमेश्‍वरका वचनहरूले हामीलाई के देखाउँछ भने, उहाँको कार्यमा, उहाँ शैतानका योजनाहरूबाट टाढा जानुहुन्‍न बरु यस्ता योजनाहरूलाई मानवजातिलाई मुक्ति दिने उहाँको व्यवस्थापन योजनालाई पूरा गर्ने उहाँको कार्यको लागि सेवा प्रदान गर्न प्रयोग गर्नुहुन्छ। राज्यको युगमा परमेश्‍वरले गर्नुहुने कार्य मानवजातिलाई मुक्ति दिने उहाँको कार्यको आखिरी चरण हो। परमेश्‍वरले मानिसहरूलाई उनीहरूको प्रकारको आधारमा छुट्याउनुहुनेछ, असललाई इनाम दिनुहुनेछ र दुष्टलाई सजाय दिनुहुनेछ, र न्यायमार्फत सम्पूर्ण युगको कार्यलाई समापन गर्नुहुनेछ। परमेश्‍वरमा निष्ठावान् भएर विश्‍वास गर्ने तथा सत्यतालाई प्रेम गर्नेहरूलाई उहाँले विजेता बनाउनुहुनेछ र उहाँको राज्यमा ल्याउनुहुनेछ। उहाँले सामा, बाख्रा तथा आफ्नो भागको रोटी मात्रै खाने अविश्‍वासीहरूका साथै सबै दुष्ट मानिस तथा परमेश्‍वरलाई विरोध गर्ने ख्रीष्ट विरोधीहरूको खुलासा गर्नुहुनेछ तथा हटाउनु हुनेछ। यी झूट कुराहरू परमेश्‍वरले उहाँको कार्य प्राप्त गर्ने सेवामा प्रयोग गर्ने साधनहरू हुन्। साँचो र झूटा विश्‍वासीहरू, गहुँ र सामाहरू सबै झूटको यो आँधीमा प्रकट हुनेछन्। आखिरी दिनहरूको परमेश्‍वरको कार्यलाई स्वीकार गर्ने सबैले उत्तीर्ण गर्नैपर्ने परीक्षा यही हो। प्रभु येशूले भन्नुभयो, ‘मेरो भेडाले मेरो सोर सुन्छ, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्: अनि म तिनीहरूलाई अनन्त जीवन दिन्छु; र तिनीहरू नष्ट हुने छैनन्, न त कुनै मानिसले तिनीहरूलाई मेरो हातबाट खोसेर लान सक्नेछ(यूहन्‍ना १०:२७-२८)। सत्यलाई प्रेम गर्ने साँचो विश्‍वासीहरूले चिनियाँ कम्युनिस्ट पार्टी वा धार्मिक संसारले के भन्छ वा मिडिया वा वेबसाइटमा के लेखिएको छ भनेर वास्ता गर्दैनन्। उनीहरूले त केवल यो परमेश्‍वरको आवाज र परमेश्‍वरको कार्य हो कि होइन भनेर हेर्छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू परमेश्‍वरको आवाज हो भनेर सुनिश्चित गरेपछि, उनीहरूले कुनै पनि व्यक्ति, कुरा वा घटनाले अवरोध पुर्‍याउन नसक्ने गरी उहाँलाई पछ्याउँछन्। उनीहरूले परमेश्‍वरलाई पछ्याउने सङ्कल्प गर्छन्। उनीहरू बुद्धिमती कन्याहरू हुन्। सत्यलाई प्रेम नगर्ने तथा आफ्नो भागको रोटी मात्रै खान खोज्ने अविश्‍वासीहरूले सत्यको खोजी गर्दैनन्, तर शैतानको झूटलाई अन्धो भएर स्वीकार गर्छन्, र चिनियाँ कम्युनिस्ट पार्टी सँगसँगै झूट फैलाउँछन्, आखिरी दिनहरूको परमेश्‍वरको कार्यलाई अन्धाधुन्ध न्याय र निन्दा गर्दै यसो गर्छन्। उनीहरू सामा, कुकुरहरू, दुष्ट दास, र ख्रीष्ट विरोधीहरू हुन् भनेर प्रकट हुन्छन्। उनीहरूलाई हटाइनेछ र दण्ड दिइनेछ, र तिनीहरूले विपतमा रुनेछन् र आफ्नो दाह्रा किट्नेछन्। चिनियाँ कम्युनिस्ट पार्टी र धार्मिक संसारका झूटहरूले गहुँ र सामा, भेडा र बाख्रा, असर र दुष्ट दासहरूको खुलासा गर्नेछ। दुर्भाग्यबस, मानिसहरूले परमेश्‍वरको कार्यलाई कसरी लिन्छन्, उनीहरूले के गरेका छन् त्यसको आधारमा परमेश्‍वरले मानिसहरूको परिणामको निर्धारण गर्नुहुनेछ। शैतानको झूट र योजनाहरूले स्पष्ट रूपमा परमेश्‍वरको कार्यको लागि सेवा गरिरहेका छन्।”

यी हल्ला तथा झूटहरूले मेरो आँखामा जमेको मयल हटाइदियो। म झन्डै राज्यको ढोका बाहिर नै थुनिएको रहेछु। यो कुराले मलाई तर्सायो। अब मलाई थाहा भयो, साँचो मार्गको खोजी गर्ने मुख्य कुञ्जी भनेको परमेश्‍वरको आवाज सुन्नु नै रहेछ र यो परमेश्‍वरको कार्य हो कि होइन भनेर हेर्नु नै रहेछ। हामी चिनियाँ कम्युनिस्ट पार्टीका राक्षसहरूको झूटलाई कदापि विश्‍वास गर्न सक्दैनौं र पाष्टर, एल्डर, तथा वेबसाइटहरू समेतले के भन्छन् सो विषयमा हामीसँग समझशक्ति हुनुपर्दछ। उनीहरूले भनेका कुराहरूलाई अन्धो भएर हामीले विश्‍वास गर्नु हुँदैन, नत्र हामी कुनै पनि क्षणमा शैतानको जालमा फस्न सक्छौं। हाम्रो विश्‍वासमा समझशक्ति नहुनु तथा सत्यको खोजी नगर्नु भनेको वास्तवमै खतरनाक कुरा हो। हल्‍लाको जालोबाट उम्किनु र प्रभुको पुनरागमनको स्वागत गर्नु मेरो लागि परमेश्‍वरको कृपा र मुक्ति थियो। सर्वशक्तिमान्‌ परमेश्‍वरलाई धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

धेरै अलमलपछि मैले बल्‍ल येशूको दोस्रो आगमनलाई स्वागत गरेँ

प्रभु येशू फर्केर आइसक्‍नुभएको छ, र यो मानिसको हृदयमा हलचल ल्याउने विषय हो। तैपनि, धेरै अलमलपछि उनले बल्‍ल प्रभुसँग मिलाप गर्न सकिन्। प्रभुलाई स्वागत गर्ने यात्रामा, उनलाई वाधा दिने प्रयास गर्ने को थियो?

आधुनिक फरिसीहरूको पहिचान गर्नु, परमेश्‍वरका पाइलाहरू पछ्याउनु

फाङ्ग्जिया, ब्राजिल मैले सबैभन्दा बढी सम्‍मान गरेका मानिसहरू पाष्टरहरू नै थिए “सिस्टर फ्याङ्ग सुन्‍नुस् त, सहर बाहिरको एक जना पाष्टर...

प्रकाश २२:१८-१९ को साँचो अर्थ बुझिसकेपछि, मैले खुशीसाथ फर्केका प्रभुलाई स्वागत गरे

युटिंग, जापान द्वारा प्रभु आउनुभएको छ भनेर सुनेपछि हिच्किचाउनु प्रभुमा मैले विश्वास गरेपछि, मैले मेरा पास्टरहरूले प्रायः यसो भनेका सुनें,...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्