मानसिक स्वास्थ्य केन्द्रमा बिताउँदाका मेरा दिनहरू
अगष्ट २०११ मा एक जना सहकर्मीले मलाई परमेश्वरको आखिरी दिनहरूको कामको सुसमाचार सुनाइन्। त्यो बेला, मेरो कामको कारण म लामो समयदेखि रसायन...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
२००६ को उत्तरार्धमा, मैले सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। भेलाहरूमा सहभागी भएर अनि परमेश्वरका वचनहरू पढेर, मैले बुझेँ कि मानवलाई परमेश्वरले सृष्टि गर्नुभएको हो, र हाम्रो जीवनको सास उहाँबाटै आउँछ। पछि, मैले मण्डलीभित्र आफ्नो कर्तव्य सकेसम्म राम्रोसँग निर्वाह गर्न थालेँ, र मेरो जीवन अझ बढी सन्तोषजनक बन्यो। सुरुमा, मेरा श्रीमान्लाई मैले परमेश्वरमा विश्वास गर्छु भन्ने थाहा थियो, तर तिनले मलाई सतावट दिएनन् र हरेकको आफ्नै आस्था हुन्छ भने। पछि, तिनले चिनियाँ कम्युनिस्ट पार्टीले सर्वशक्तिमान् परमेश्वरको मण्डलीलाई अनलाइनमा बदनाम गरेको र दाग लगाएको देखे, र तिनी मेरो विश्वासको मार्गमा तगारो बन्न थाले।
२००९ को उत्तरार्धमा, म एउटा भेलाबाट घर फर्किएपछि, मैले मेरा हजुरबुबा, मामा र माइजूलाई मेरो घरमा देखेँ। उहाँहरूको अनुहारको भावबाटै मलाई थाहा भयो कि मेरो परमेश्वरप्रतिको विश्वासको कारणले उहाँहरू त्यहाँ आउनुभएको थियो। मेरो जेठो मामाले मलाई आरोप लगाउँदै भन्नुभयो, “तँलाई परमेश्वरमा विश्वास गर्न सरकारले प्रतिबन्ध लगाएको छ र तँ पक्राउ पर्न सक्छस् भन्ने थाहा छैन? यदि तँलाई पक्राउ गरियो, जेल सजाय सुनाइयो र यातना दिइयो भने, तँ सिद्धिनेछस्!” अरू आफन्तहरूले पनि उहाँको कुरामा हो-मा-हो मिलाए। त्यसपछि मामाले मलाई धम्की दिनुभयो, “तँ हाम्रो कुरा सुन्दिनस्, हगि? ठीक छ! यदि हामीले तँलाई रोक्न सकेनौँ भने, कानुनले नै तँलाई तह लगाउनेछ! हामी तँलाई पुलिस चौकी लैजानेछौँ!” उहाँहरूले मलाई पुलिस चौकी पठाउने कुरा सुनेर म निकै चिन्तित भएँ। मैले सोचेँ, “यदि उहाँहरूले मलाई साँच्चै जेल पठाउनुभयो भने के होला? मेरो छोरा अझै सानै छ—उसलाई कसले हेर्ला? यदि पुलिस आयो र छिमेकीहरूले देखे भने, उनीहरूले मेरो बारेमा के सोच्लान्? बरु मैले आफन्तहरूलाई उहाँहरू छिट्टै जानुहोस् भनेर अबदेखि विश्वास गर्दिनँ भनिदिऊँ कि।” त्यसैले, मैले अबदेखि विश्वास गर्दिनँ भनेँ। मैले त्यसो भन्नेबित्तिकै, उहाँहरूले मलाई दबाब दिन छोड्नुभयो। त्यो बेला, मलाई त्यसो भनेकोमा पछुतो लाग्यो। तर जब मैले विश्वासको मार्ग कति कठिन छ, अनि परिवारबाट भोगिरहेको सतावट र अपमानबारे सोचेँ, मलाई भित्री रूपमा कमजोर महसुस भयो। त्यसैले मैले अघि बढ्नका निम्ति मलाई शक्ति र विश्वास दिनुहोस् भनेर परमेश्वरलाई प्रार्थना गरेँ। पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ, जसले मलाई गहिरो गरी प्रभावित गर्यो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “तिमीहरूमध्ये एक जना पनि कानुनद्वारा संरक्षित छैन—बरु, तिमीहरू त कानुनद्वारा दण्डित छौ। अझ ठूलो कठिनाइ त के हो भने, मानिसहरू तिमीहरूलाई बुझ्दैनन्: चाहे तिमीहरूका आफन्त होऊन्, तिमीहरूका बाबु-आमा होऊन्, तिमीहरूका इष्टमित्र होऊन्, अथवा तिमीहरूका सहकर्मीहरू नै किन नहोऊन्, तिनीहरूमध्ये कोही पनि तिमीहरूलाई बुझ्दैनन्। जब तिमीहरू परमेश्वरद्वारा ‘त्यागिन्छौ’, तब तिमीहरूका निम्ति यस संसारमा जिइरहन असम्भव हुन्छ, तर त्यसो भए तापनि, मानिसहरू अझै पनि परमेश्वरदेखि टाढा जाने कुरा सहन सक्दैनन्। यही नै मानिसहरूलाई परमेश्वरले विजय गर्नुको महत्त्व, र परमेश्वरको महिमा हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के परमेश्वरको कार्य मानिसले सोचे झैँ सरल छ र?)। परमेश्वरका वचनहरू पढेपछि, मेरा आँखाबाट आँसु बग्यो। मलाई परमेश्वर मेरो छेउमै हुनुभएको र मलाई सान्त्वना दिइरहनुभएको महसुस भयो। परमेश्वरले मेरो कमजोरी र मूर्खतालाई हेरिरहनुभएको थिएन, र उहाँमाथिको हाम्रो विश्वासका कारण हामी कानुनद्वारा दण्डित हुनेछौँ र हाम्रो परिवारद्वारा गलत बुझिनेछौँ, अनि हामीले यी कुराहरूबाट दुःख भोग्नेछौँ भन्ने कुरा उहाँलाई थाहा छ। परमेश्वरले हामीलाई साँच्चै बुझ्नुहुन्छ। परमेश्वरका वचनहरू पढेपछि, मैले मेरो विश्वास पुनः प्राप्त गरेँ, र जेसुकै भए पनि, म कहिल्यै परमेश्वरलाई नकार्ने वा धोका दिनेछैनँ, र म पूर्ण हृदयले परमेश्वरलाई पछ्याउनेछु अनि आफ्नो कर्तव्य पूरा गर्नेछु भन्ने सङ्कल्प गरेँ। तर मेरा श्रीमान्ले मलाई अझै पनि सताउन छोडेनन्।
२०१३ को मार्चमा, एक रात करिब ९ बजेतिर, म सुसमाचार प्रचार गरेर घर फर्किएँ। म फर्केर आएको देखेपछि, मेरा श्रीमान्ले चुरोट किन्न बाहिर जान्छु भने। अप्रत्याशित रूपमा, तिनले चार जना पुलिस अधिकारीहरूलाई लिएर आए। प्रमुख अधिकारीले मलाई हालसालै कहाँ-कहाँ गएको थिएँ भनेर सोधपुछ गरे, तर मैले केही भनिनँ। उनीहरूले मलाई “एउटा दुष्ट पन्थी संगठनमा सहभागी भएको र कानुन कार्यान्वयनमा अवरोध पुर्याएको” आरोप लगाए, र मलाई हतकडी लगाए। त्यसपछि उनीहरूले मलाई पुलिस चौकी लगे। सोधपुछ कक्षमा, उनीहरूले मलाई मेरो परमेश्वरप्रतिको विश्वासबारे सोधपुछ गर्न थाले। जब उनीहरूले मबाट चाहेजस्तो जानकारी पाउन सकेनन्, उनीहरूले मलाई चिप्ला कुरा गरेर फकाउन खोजे, “तिम्रो छोरा कहाँ पढ्छ? उसको नतिजा कस्तो छ? सरकार तिम्रो विश्वासको विरुद्धमा छ, त्यसैले यदि तिमीले यसरी नै विश्वास गरिरह्यौ भने, तिमीले आफ्नो छोराको भविष्य बर्बाद पार्नेछौ!” ती अधिकारीहरूका कुरा सुनेर, मैले मनमनै सोचेँ, “मेरो सबैभन्दा ठूलो चिन्ता मेरो छोरा हो भन्ने कुरा शैतानलाई थाहा छ, त्यसैले त्यसले मलाई धम्की दिन मेरो छोराको भविष्यलाई प्रयोग गरिरहेको छ। त्यसले म परमेश्वरलाई नकारूँ र धोका दिऊँ भन्ने चाहन्छ। म शैतानको जालमा पर्नु हुँदैन!” मैले भित्रभित्रै आफैलाई चेतावनी दिएँ, “म कुनै पनि हालतमा तिनीहरूको जालमा फस्नु हुँदैन।” म टसमस नभएको देखेर, पुलिसले मलाई मनाउन खोज्नका लागि मेरी सबैभन्दा नजिकको फुपूलाई ल्याए। मेरी फुपूले पुलिसको पक्ष लिएको देख्दा, म रिसले चुर भएँ। मैले सोचेँ, “के हामीले पहिले सँगै परमेश्वरका वचन पढेका थिएनौँ र? तपाईँलाई विश्वासीहरू पुलिसले भनेजस्ता हुँदैनन् भन्ने कुरा थाहा छ। अहिले म पक्राउ पर्दा, तपाईँले सत्यको पक्षमा बोल्न अस्वीकार गर्ने मात्र होइन, उल्टै तिनीहरूकै पक्ष लिइरहनुभएको छ!” उहाँले कुरा सिध्याउन नपाउँदै मैले रिसाउँदै उहाँलाई जान भनेँ। पछि, पुलिसले मेरा श्रीमान्सँग बाहिर केही मिनेट कुरा गरे, र त्यसपछि उनीहरूले मलाई जबरजस्ती पुलिसको गाडीमा हाले।
राति करिब १० बजेतिर, पुलिसले मलाई मानसिक अस्पतालमा पठाए। म गाडीबाट ओर्लिनेबित्तिकै, तीस वर्ष कटेका दुई जना पुलिसले मलाई पाखुरामा समाते, मलाई जबरजस्ती अस्पतालको कार्यालयभित्र हुले, र निर्देशकको जिम्मा लगाए। उनीहरूले मलाई केही भनेनन् वा मेरो जाँच पनि गरेनन्, उनीहरूले डोरीले मेरा दुवै हात बाँधिदिए र मलाई फलामको ढोका भएको कोठामा धकेलेर पठाए। मलाई म कुनै खोरमा फालिएको छु, र पूर्ण रूपमा उनीहरूको कृपामा छु भन्ने महसुस भयो। उनीहरूले मलाई के गर्ने हुन् मलाई थाहा थिएन। म आत्तिएँ र डराएँ, त्यसैले मलाई मार्गदर्शन गर्नुहोस् भनेर मैले मौन रूपमा परमेश्वरलाई प्रार्थना गरेँ। कोठामा पस्नेबित्तिकै, एउटा नराम्रो गन्ध मेरो नाकमा ठोक्कियो, जसले गर्दा मलाई वाकवाकी लाग्यो र बान्ता होला जस्तो भयो। मलाई लाग्यो, “यस्तो ठाउँमा कोही कसरी बस्न सक्छ?” उनीहरूले मलाई महिला मानसिक रोगीहरू राखिएको कोठामा ल्याए, र त्यसपछि दुई जनाले जङ्गिँदै मलाई ओछ्यानमा बाँधिदिए, मेरा नाडीहरू ओछ्यानको सिरानको कुनामा बाँधिएका थिए, र मेरा खुट्टाहरू अर्को छेउमा एकै ठाउँमा बाँधिएका थिए। छ-सात जना बिरामीहरू ओछ्यानको वरिपरि उभिएर मलाई एक टकले हेरिरहेका थिए, कसैको कपाल जिङ्ग्रिङ्ग थियो त कोही शून्य भावमा टोलाइरहेका थिए। मैले मनमनै सोचेँ, “के यो पागलहरूका लागि बनाइएको ठाउँ होइन र? मैले यहाँ के गर्ने हो?” मैले थप सोच्न नपाउँदै, निर्देशकले एउटा सुई उठाए र मलाई लगाउन तयार भए। सुईभित्रको रातो झोल देखेर म डरले भरिएँ, किनकि उनीहरूले मलाई कस्तो किसिमको औषधि दिँदैछन् भन्ने मलाई थाहा थिएन। के यसले मलाई पागल बनाउँछ? मैले भनेँ, “म बिरामी छैन; म पागल होइन। तपाईँ मलाई किन सुई लगाउँदै हुनुहुन्छ?” मैले सङ्घर्ष गर्ने कोसिस गरेँ, तर मलाई बाँधिएको हुनाले म चल्न सकिनँ। निर्देशकले जबरजस्ती मेरो नितम्बमा सुई लगाइदिए र कराउँदै भने, “चुप लाग्! यदि तँ पागल होइनस् भने, के होस् त?” चिनियाँ कम्युनिस्ट पार्टीले परमेश्वरका चुनिएका मानिसहरूलाई हानि पुर्याउन प्रयोग गर्ने एउटा तरिका भनेको उनीहरूलाई मानसिक भङ्गता हुने औषधि सुईमार्फत दिनु हो ताकि उनीहरूले परमेश्वरमा विश्वास गर्न नसकून् भन्ने कुरा मलाई याद आयो। म एकदमै आत्तिएँ र डराएँ। के यो सुई लगाएपछि मेरो मानसिक सन्तुलन गुम्नेछ? यदि म पागल भएँ भने, मैले परमेश्वरमा विश्वास गर्न सक्नेछैनँ। विवशतामा, म रोकिनै नसकिनेगरी नरोई बस्नै सकिनँ। मैले हृदयमा परमेश्वरलाई मौन प्रार्थना गरेँ: “हे परमेश्वर, उनीहरूले मलाई कस्तो किसिमको सुई दिइरहेका छन् मलाई थाहा छैन, र मलाई पागल हुन्छु कि भन्ने डर लागिरहेको छ। बिन्ती छ, मेरो रक्षा गर्नुहोस्।” प्रार्थना गरेपछि, म पागल हुन्छु वा हुँदिन भन्ने कुरा परमेश्वरकै हातमा छ भन्ने मैले महसुस गरेँ, र मेरो मन केही शान्त भयो। राति करिब १ बजेतिर, एउटा नर्सले बल्ल मेरो डोरी खुकुलो पारिदिए, र म लठ्ठ परेर निदाएँ।
भोलिपल्ट बिहान करिब ५ बजे मेरो निद्रा खुल्यो, र मैले केही बिरामीहरू मेरो ओछ्यान वरिपरि भेला भएको देखेँ। उनीहरूमध्ये एक जनाले हात बढाएर मेरो कान चिमोट्ने कोसिस गर्यो। यो देखेर म आतङ्कित भएँ, त्यसैले मैले हतार-हतार सिरकले टाउको छोपेँ र खुम्चिएर डल्लो परेँ। डरले मेरो तालु झमझमायो, र मैले मनमनै सोचेँ, “पहिले सडकमा मानसिक रोगीहरूलाई देख्दा म तर्केर हिँड्थेँ, तर अहिले म उनीहरूसँगै बसिरहेकी छु। मैले यसबाट कसरी पार पाउने होला? यो नर्कजस्तो ठाउँमा म कहिलेसम्म फस्ने हो मलाई थाहा छैन।” त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ। मैले दानिएललाई सम्झिएँ, जसलाई सिंहको खोरमा फालिएको थियो। उनले परमेश्वरलाई प्रार्थना गरे, र परमेश्वर उनको साथमा हुनुहुन्थ्यो। सिंहहरूले उनलाई हानि गर्ने आँट गरेनन्। अन्त्यमा, दानिएल सिंहको खोरबाट पूर्ण रूपमा सकुशल निस्किए। उनले परमेश्वरलाई प्रार्थना गरे र परमेश्वरका कार्यहरू देखे। मैले पनि यो अनुभवबाट गुज्रन परमेश्वरलाई प्रार्थना गर्नुपर्थ्यो र उहाँमा भर पर्नुपर्थ्यो। यस्तो सोचेपछि, मलाई त्यति डर लागेन। बिहानको खाजापछि, पुरुष नर्सले हामीलाई औषधी खान बोलाएको मैले सुनेँ र मेरो मुटु फेरि ढुकढुक गर्न थाल्यो, “म बिरामी छैन—के उनीहरूको औषधीले मलाई पागल बनाउँछ वा मेरो दिमाग लठ्ठ बनाउँछ? के अन्त्यमा मैले पनि सडकका ती पागलहरूजस्तै आफ्नो इज्जत फाल्नेछु?” मैले उनीहरूले करिब बाह्र-तेह्र वर्षकी एउटी सानी नानीलाई जबरजस्ती औषधी खुवाउँदै गरेको देखेँ, र म एकदमै आतङ्कित भएँ। म हतार-हतार अन्तिम कोठामा गएर लुकेँ। तैपनि पुरुष नर्स आए र मलाई औषधी खान भने। उनले मलाई रूखो स्वरमा भने: “अब तँ यहाँ आइसकिस्, तँ बिरामी होस् या नहोस्, तँलाई बिरामीलाई जस्तै व्यवहार गरिन्छ!” मैले अझै पनि औषधी खान मानिनँ। केही बेरपछि, कोही डोरी लिएर आयो, र मलाई बाँध्न तयार भयो, अनि मलाई धम्की दिँदै भन्यो: “ए, तँ औषधी खादिनस्? खाइनस् भने, हामी तँलाई बाँधेर जबरजस्ती घाँटीबाट छिराइदिन्छौँ! ल भन्, तँ आफै औषधि खान्छस् कि खाँदैनस्?” लाचार र शक्तिहीन महसुस गर्दै, मैले परमेश्वरलाई प्रार्थना गरेँ। मलाई परमेश्वरका वचनहरू याद आयो: “अब सर्वशक्तिमान् परमेश्वरको उपस्थितिमा बारम्बार फर्क। सबै कुराको निम्ति उहाँलाई नै अनुरोध गर्। उहाँले निश्चय नै तँलाई तँभित्र प्रकाश दिनुहुनेछ अनि नाजुक क्षणहरूमा, उहाँले तँलाई सुरक्षा दिनुहुनेछ। नडरा! उहाँले तेरो सम्पूर्णतालाई अधिकार गरिसक्नुभएको छ। उहाँको सुरक्षा र उहाँको वास्ता छ भने, तेरो निम्ति डराउने के कुरा हुन्छ र? … स्वर्ग एकै क्षणमा परिवर्तन हुन सक्छ। तँ डराउनुपर्ने के छ र? उहाँको हातको हल्का चालले मात्रै स्वर्ग र पृथ्वी तुरुन्तै नष्ट हुन्छन्। त्यसैकारण, चिन्ता गरेर मानिसले के पाउन सक्छ र? के सबै कुरा परमेश्वरको हातमा छैन र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ४२)। परमेश्वरका वचनले मलाई विश्वास र शक्ति दियो। के सबै कुरा परमेश्वरको हातमा छैन र? मेरो जीवन पनि परमेश्वरकै हातमा छ, र यो औषधी खाएपछि म पागल हुन्छु कि हुँदिन भन्ने कुरा पनि परमेश्वरमै निर्भर थियो, अनि परमेश्वरको अनुमतिविना, म मानसिक रोगी हुनेथिइनँ। यस्तो सोचेपछि, मेरो हृदय शान्त भयो। पुरुष नर्सले मलाई छ-सात वटा चक्की दिए, र मैले अनिच्छापूर्वक ती खाएँ। पछि, पुरुष नर्सले हामीलाई फेरि औषधी खान लाइन बस्न भने, र उनीहरूले ध्यान नदिएको बेला म ती चक्कीहरू फ्याँक्न चाहन्थेँ। तर, उनीहरूले हामीलाई निकै नियालेर हेरिरहेका थिए। एक जनाले औषधी दिन्थ्यो, र अर्कोले खाएको छ कि छैन भनेर निगरानी गर्थ्यो। एक जना बिरामीले उनीहरूले भनेजस्तो औषधी खाइनन्, अनि उनीहरूले साँचोको ठूलो झुप्पाले उनको टाउकोमा हिर्काए, र त्यसपछि उनीहरूले उनलाई क्रूरतापूर्वक मुक्का र लात्ताले हिर्काए। यदि मैले उनीहरूले भनेजस्तो गरिनँ भने, मलाई कि त जबरजस्ती खुवाइनेछ कि त कुटिनेछ भन्ने मलाई थाहा थियो। म लाचार भएँ र औषधी खानुबाहेक मसँग अरू कुनै विकल्प थिएन। मैले सोचेँ, म त केवल परमेश्वरमा विश्वास गर्थेँ र उहाँलाई पछ्याउँथे, तैपनि पुलिसले मलाई जबरजस्ती मानसिक अस्पतालमा पठायो, जहाँ, म पागल नभए पनि, उनीहरूले मलाई पागलजस्तै व्यवहार गरे, र मलाई सुई र औषधी दिएर यातना दिए। यी मानिसहरू साँच्चै क्रूर थिए! त्यहाँ मैले दिनमा दुईपटक औषधी खानुपर्थ्यो। मलाई साह्रै गाह्रो महसुस हुन्थ्यो, र त्यति धेरै औषधी खाएपछि मलाई के हुने हो भन्ने मलाई कुनै पत्तो थिएन। जब मलाई एक्लो र लाचार महसुस हुन्थ्यो, मैले पहिले सिकेका केही भजनहरू सम्झिन्थेँ र आफैले गुनगुनाउन थाल्थेँ: “परमेश्वरलाई प्रेम गर्ने मार्ग जति नै अड्चनहरूले भरिएको भए तापनि, उहाँका वचनहरूका आधारमा काम गरेर म आस्था प्राप्त गर्नेछु। सङ्कष्टहरू जति नै ठूला भए पनि, म मृत्युसम्म बफादार रहनेछु, अनि म सधैँभरि परमेश्वरलाई प्रेम गर्नेछु र उहाँको गवाही दिनेछु!” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्, परमेश्वर आजको दिनसम्म हामीसँगै हुनुहुन्छ)। “परमेश्वरका वचनहरूमा ठूलो अख्तियार छ, तिनले हामीलाई सङ्कष्टहरूमाथि विजयी हुन डोर्याउँछन्। तिनले हामीलाई हर क्षण मार्गदर्शन गर्छन् र सुरक्षा दिन्छन्, हामीलाई परमेश्वरको अझ बढी प्रियता र प्रेमिलोपन महसुस गराउँछन्। हाम्रो आस्था सङ्कष्टमा सिद्ध पारिन्छ; हामी परमेश्वरको बुद्धि र सर्वशक्तिमान्ता देख्न पुग्छौँ। हामीमाथि चाहे जे-जस्तो परीक्षा आइपरे पनि, परमेश्वरलाई प्रेम गर्ने हाम्रो हृदय कहिल्यै बदलिनेछैन” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्, परमेश्वरका वचनहरू हाम्रो हृदयमाथि विजयी भएका छन्)। म जति गाउँथे, मभित्र त्यति नै बल महसुस हुन्थ्यो, र मेरो आस्था सुदृढ हुन्थ्यो। यद्यपि म मानसिक अस्पतालमा उनीहरूको नियन्त्रणमा थिएँ, स्वतन्त्रताबाट बञ्चित थिएँ, र मलाई हरेक दिन जबरजस्ती औषधी खान लगाइन्थ्यो अनि औषधिहरूद्वारा यातना दिइन्थ्यो, तैपनि परमेश्वरले मलाई त्याग्नुभएको छैन भन्ने मलाई महसुस हुन्थ्यो। अब जेसुकै आइपरे पनि, म यसको सामना गर्न परमेश्वरमा भर पर्नेछु, र म कहिल्यै पनि परमेश्वरलाई छोड्ने वा धोका दिनेछैनँ।
एक महिनापछि, मलाई निद्रा नलाग्ने गम्भीर समस्या हुन थाल्यो। म दिनरात सुत्न सक्दिनथेँ, मलाई झर्को लाग्थ्यो, छटपटी हुन्थ्यो र मेरो मुटु नै बाहिर निस्केलाजस्तो हुन्थ्यो। दिउँसो, म केही मिनेट बस्थेँ अनि फेरि उठेर हिँड्न मन लाग्थ्यो, तर केही मिनेट हिँडेपछि फेरि बस्न मन लाग्थ्यो। राति पनि उस्तै हुन्थ्यो; केही मिनेट सुतेपछि फेरि उठ्न मन लाग्थ्यो, र अरू सबै सुतिसक्दा, म एक्लै हलमा यताउता गरिरहेकी हुन्थेँ। मलाई सास फेर्न पनि गाह्रो हुन्थ्यो, मेरो दिमाग धमिलो हुन्थ्यो, र मलाई मानसिक सन्तुलन गुमाउनै लागेको जस्तो महसुस हुन्थ्यो। जब मैले मानसिक रोगीहरू दिनरात नसुतेको र दौडा पर्दा लगातार कराएको देख्थेँ, म मनमनै सोच्थेँ, “के म पनि पागल हुन लागेकोले सुत्न नसकेको हुँ? यदि म साँच्चै पागल भएँ भने, म अब उप्रान्त परमेश्वरमा विश्वास गर्न सक्षम हुनेछैनँ, अनि बाँच्नुको के अर्थ रहन्छ र? बरु म मरेकै बेस; कम्तीमा मैले यो यातना त भोग्नुपर्दैनथ्यो।” मेरो पीडामा, म परमेश्वरसामु आएँ र मैले उहाँलाई आफ्नो मनको बह पोखेँ, “हे परमेश्वर, मलाई मेरो मानसिक सन्तुलन गुम्लाजस्तो महसुस भइरहेको छ, र मेरो हृदय ठूलो पीडामा छ। बिन्ती छ, मेरो हृदयको रक्षा गर्नुहोस्, किनकि म तपाईँलाई छोड्न सक्दिनँ।” प्रार्थना गरेपछि, मलाई परमेश्वरका केही वचनहरू याद आए: “यदि तँ शैतानसामु गवाही दिन सक्दैनस् भने, शैतान तँलाई हेरेर हाँस्नेछ, त्यसले तँलाई मजाकको रूपमा, खेलौनाको रूपमा व्यवहार गर्नेछ, र यसले अक्सर तँलाई मूर्ख बनाउनेछ र मानसिक गडबडीमा पुर्याउनेछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्वरलाई विश्वास गर्नु हो)। यदि मैले यस्तो मानसिक यातना सहन नसकेर परमेश्वरमाथिको विश्वास गुमाएँ र मर्ने बाटो रोजेँ भने, शैतानको युक्ति सफल हुनेथियो। म नकारात्मक र कमजोर बनूँ अनि परमेश्वरबाट टाढा होऊँ भन्ने शैतानको अभिलाषा थियो। म कुनै पनि हालतमा शैतानका चाल वा युक्तिहरूमा पर्नु हुँदैनथ्यो। म साँच्चै पागल हुन्छु वा हुँदिन, जे भए पनि मैले मर्न खोज्नु हुँदैनथ्यो। मैले राम्रोसँग बाँच्नुपर्थ्यो र सबै कुरा परमेश्वरको हातमा छ भनेर विश्वास गर्नुपर्थ्यो। बिस्तारै, म सुत्न सकेँ र मलाई छटपटी हुन छोड्यो।
दिनहरू बित्दै गए, तर मलाई यहाँ कति बस्नुपर्छ भनेर कसैले बताएन। म हरेक दिन यी पागल मानिसहरूसँगै बस्थेँ, र समय कछुवाको गतिमा अघि बढिरहेको जस्तो लाग्थ्यो। जब घाम लाग्थ्यो, मलाई कहिले रात पर्लाजस्तो हुन्थ्यो, र जब रात पर्थ्यो, मलाई कहिले उज्यालो होलाजस्तो हुन्थ्यो। मध्यरातमा, म मेरा ब्रदर-सिस्टरहरूसँग भेला भएको र आफ्नो कर्तव्य पूरा गरेको पलहरू सम्झिन्थेँ। कहिलेकाहीँ त म सपनामा पनि ब्रदर-सिस्टरहरूसँग भएको देख्थेँ, तर बिउँझिँदा, म आफूलाई अझै पनि मानसिक अस्पतालमै थुनिएको देख्थेँ, र म ती सपनाबाट नब्युँझेको भए हुन्थ्यो भन्ने चाहन्थेँ। एक दिन, निर्देशक आँगनमा हिँडिरहनुभएको थियो, र मैले उहाँलाई सोधेँ, “म कहिले निस्कन पाउँछु?” निर्देशकले रूखो स्वरमा भने, “तँलाई कसले परमेश्वरमा विश्वास गर्न भन्यो! तँ परमेश्वरमा विश्वास गर्छेस्, जुन कुराको सरकार विरोधी छ। तँ पागल भएकी छेस्!” मैले उहाँलाई सिधै जवाफ दिइनँ। मलाई यहाँ कहिलेसम्म थुनिनुपर्छ भन्ने मात्र जान्न मन थियो, त्यसैले मैले फेरि सोधेँ। निर्देशकले रिसाउँदै मलाई औँला ठड्याए र धम्की दिए, “यदि तैँले फेरि सोधिस् भने, म तँलाई दुई वर्ष थुनिदिन्छु!” उहाँले म पागल भएको र मलाई दुई वर्ष थुन्ने कुरा गरेको सुन्दा म झन् दुखी भएँ। म त्यहाँ एक दिन पनि बस्न चाहन्नथेँ, दुई वर्ष कसरी सहने? यदि अवस्था यस्तै चलिरह्यो भने, म पागल नभए पनि, उनीहरूले मलाई यति यातना दिने थिए कि म चेतनाहीन बन्नेथिएँ, र मैले त्यसपछि परमेश्वरमा विश्वास गर्नै सक्नेथिइनँ। के त्यो नै मेरो अन्त्य हुनेथिएन र? म निराश भएँ, त्यसैले मैले हृदयमा परमेश्वरलाई पुकारेँ, र उहाँलाई मेरा स्थिति र कठिनाइहरूबारे बताएँ। पछि, मैले अगमवक्ता यर्मियाले परमेश्वरको इच्छा सुनाएको कुरा सम्झिएँ। के राजाले उनी पागल भएका छन् भनेर भनेका थिएनन् र? नोआले जहाज बनाउँदा के मानिसहरूले उनी पागल भए भनेर भनेका थिएनन् र? अनि अरू धेरै साँचो विश्वासीहरू र परमेश्वरको आराधना गर्नेहरू, के उनीहरूले परमेश्वरमा विश्वास गरेको कारण दियाबलसहरूले उनीहरू पागल भए भनेर भनेका थिएनन् र? त्यस्ता दुष्ट शब्दहरू दियाबलसहरूले मात्र बोल्छन्! मैले नोआका बारेमा सोचेँ, जसले परमेश्वरको वचन सुनेपछि १०० वर्षभन्दा बढी समय जहाज बनाउँदै बिताए, र संसारको अपमान र उपहास सहे। तर नोआले कहिल्यै गुनासो गरेनन्, न त उनी संसारका मानिसहरूबाट प्रभावित नै भए, र उनले परमेश्वरको आदेशबमोजिम जहाज निर्माण गरेर परमेश्वरको आज्ञा पूरा गरे। तर जब मैले निर्देशकले म पागल भएको र मलाई दुई वर्ष थुन्ने कुरा गरेको सुनेँ, म नकारात्मक र दुखी भएँ। के म एकदमै कमजोर भएर शैतानको जालमा फसिरहेकी थिइनँ र? यी कुराहरू सोचेर, मलाई त्यति नराम्रो लाग्नै छोड्यो। उनीहरूले मलाई जतिसुकै समय थुनेर राखे पनि वा मलाई जेसुकै भए पनि, म गुनासो नगरी समर्पित हुनेथिएँ।
तीन महिनापछि, मेरा श्रीमान् मकहाँ आए र भने, “पुलिसले भनेका छन् कि तिमीले परमेश्वरमा विश्वास गर्दिनँ भनेर लेखिएको कागजमा हस्ताक्षर गर्यौ भने तिमी जुनसुकै बेला निस्कन सक्छ्यौ।” म यो नारकीय ठाउँबाट साँच्चिकै निस्कन चाहन्थेँ, तर उनीहरूले मलाई परमेश्वरलाई त्याग्ने कागजमा जबरजस्ती हस्ताक्षर गराउँछन् कि भनेर म डराएकी थिएँ। यदि मैले त्यसमा हस्ताक्षर गरेर परमेश्वरलाई धोका दिएँ भने, ममा कहिल्यै नमेटिने दाग लाग्नेथियो र म परमेश्वरद्वारा तिरस्कृत हुनेथिएँ। मैले कुनै हालतमा त्यो कागजमा हस्ताक्षर गर्न सक्दिनथेँ, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म तपाईँलाई धोका दिन चाहन्नँ। तर म कमजोर र शक्तिहीन छु, र उनीहरूले मलाई यहाँ थुनेरै राख्नेछन् कि भनेर म साँच्चै चिन्तित छु। हे परमेश्वर, म विश्वास गर्छु कि सबै कुरा तपाईँको हातमा छ, र म बाहिर निस्कन सक्छु कि सक्दिनँ भन्ने कुरा पनि तपाईँकै हातमा छ। म तपाईँको मुख ताक्न र तपाईँमाथि भर पर्न चाहन्छु, र म प्रार्थना गर्छु कि तपाईँले मलाई अगुवाइ गर्नुहोस् र मेरो लागि निकास बनाइदिनुहोस्।” त्यो समयमा, मैले हरेक दिन यसबारे प्रार्थना गरेँ। केही दिनपछि, म खाना खाइरहेको बेला निर्देशकले अचानक मलाई भने, “आफ्नो सामान पोको पार् अनि घर जा।” उनले मलाई घोषणामा हस्ताक्षर गर्न भनेनन्। म धेरै खुसी भएँ, किनकि परमेश्वरले मेरो प्रार्थना सुन्नुभएको रहेछ भनेर मैले थाहा पाएँ। परमेश्वरले मेरो कद साह्रै सानो छ भन्ने थाहा पाउनुभयो र ममाथि कृपा गर्नुभयो अनि मेरो लागि बाटो खोलिदिनुभयो। मैले हृदयमा परमेश्वरलाई धन्यवाद दिइरहेँ!
म मानसिक अस्पतालबाट निस्किएपछि, मैले फेरि परमेश्वरमा विश्वास गर्छु भन्ने डरले मेरा श्रीमान्ले मलाई माइत पठाए, र तिनले मेरी आमा र भाइलाई ममाथि निगरानी गर्न लगाए। उनीहरूले मलाई रोक्न नसक्ने देखेपछि, मेरा श्रीमान्ले मलाई जबरजस्ती आफूसँगै बाहिर काममा लगे। मैले जान नमानेकीले तिनले रिसाउँदै भने, “तँ मसँगआउन चाहँदैनस् किनकि तँ अरू विश्वासीहरू फेला पार्न चाहन्छस्, होइन त? कुनै दिन म तँलाई फेरि मानसिक अस्पताल पठाउँछु र साँच्चैको पागल बनाइदिन्छु!” मेरा श्रीमान्को यस्तो कुरा सुनेर, म एकदमै निराश र दुःखमय भएँ। तिनी यति निष्ठुरी होला र तिनले यस्तो कुरा भन्ला भनेर मैले कहिल्यै अपेक्षा गरेकी थिइनँ। म परमेश्वरका वचनहरू नसोची बस्नै सकिनँ: “हिजोआज, पछ्याउने र नपछ्याउनेहरू दुई किसिमका मानिसहरू हुन्, जसका गन्तव्यहरू फरक छन्। सत्यता जान्न र सत्यता अभ्यास गर्न पछ्याउनेहरू नै ती मानिस हुन्, जसकहाँ परमेश्वरले मुक्ति ल्याउनुहुनेछ। साँचो मार्ग थाहा नहुनेहरू पिशाच र शत्रु हुन्; उनीहरू प्रधान स्वर्गदूतका सन्तानहरू हुन् र विनाशका पात्रहरू हुनेछन्। अस्पष्ट परमेश्वरका भक्त विश्वासीहरू पनि, के उनीहरूचाहिँ पिशाच होइनन्? असल विवेक भएकाहरू, तर साँचो मार्ग स्वीकार नगर्ने मानिसहरू पिशाच हुन्; उनीहरूको सार भनेको परमेश्वरको प्रतिरोध गर्ने सार हो। साँचो मार्ग स्वीकार नगर्नेहरू परमेश्वरको प्रतिरोध गर्नेहरू हुन् र यस्ता मानिसहरूले धेरै कष्ट सहे पनि, उनीहरूलाई अझ पनि नष्ट पारिनेछ। संसारलाई त्याग्न अनिच्छुक हुनेहरू, आफ्ना बाबुआमासँग अलग हुन नसक्नेहरू, र आफ्नै देहका सुख-विलासहरूबाट आफैलाई मुक्त गर्न नसक्नेहरू परमेश्वरविरुद्ध विद्रोही हुन्छन्, र सबै विनाशका पात्रहरू हुनेछन्। देहधारी परमेश्वरमा विश्वास नगर्नेहरू पिशाच हुन्, र, यस अलावा, उनीहरूलाई नष्ट गरिनेछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्)। मेरा श्रीमान्ले चिनियाँ कम्युनिस्ट पार्टीका आधारहीन अफवाहहरू पत्याएका थिए र मलाई आक्रमण गर्न र सताउन परिवारका सदस्यहरूलाई उक्साएका थिए। तिनले मलाई मानसिक अस्पताल पठाउन पुलिससँग समेत मिलेमतो गरे, र मलाई पागल महिलाझैँ व्यवहार गरे। तिनलाई म बाँचे पनि मरे पनि मतलब थिएन। अहिले तिनले मलाई आफूसँगै काममा जान बाध्य पारिरहेका थिए, ताकि म परमेश्वरबाट टाढा होऊँ र उहाँलाई धोका दिऊँ, नत्र तिनले मलाई फेरि मानसिक अस्पताल पठाएर साँच्चैको पागल बनाइदिनेथिए। मेरा श्रीमान्ले हाम्रो वर्षौँको वैवाहिक सम्बन्धको कुनै पर्वाह गरेनन् र मलाई परमेश्वरमा विश्वास गर्नबाट रोक्न सकेसम्मको उपाय लगाए। तिनको सार नै परमेश्वरलाई घृणा गर्ने खालको छ। तिनी दियाबलस हुन् र परमेश्वरको शत्रु हुन्। मेरा श्रीमान्सँग विवाह भएको चौध वर्ष भइसकेको थियो, र परमेश्वरलाई पाउनुअघि, मैले परिवारको लागि हड्डी घोटेर काम गरेँ, छोराछोरीको हेरचाह मात्र होइन परिवार पाल्न पैसा पनि कमाएकी थिएँ। मेरा श्रीमान्ले म तिनलाई काम लाग्छु भन्ने देख्दा मेरो राम्रो हेरचाह गरे, तर अब जब मैले परमेश्वरलाई पाएँ, तिनी म पक्राउ पर्छु र परिवार पाल्न पैसा कमाउन सक्दिनँ, जसले गर्दा तिनको स्वार्थमा धक्का लाग्छ भनेर डराए। त्यसैले तिनले मलाई सताउन पटक-पटक दुर्भावपूर्ण तरिकाहरू प्रयोग गरे, जसले मेरो शरीर र मन दुवैलाई ठूलो हानि पुर्यायो। तिनले मलाई कहिल्यै साँचो प्रेम गरेका थिएनन्, मलाई प्रयोग मात्र गरिरहेका थिए भन्ने कुरा मलाई छर्लङ्ग भयो। मेरा श्रीमान्ले चिनियाँ कम्युनिस्ट पार्टीका दुष्ट कुराहरू पत्याए र तिनी पार्टीको पछि लागेका थिए, जबकि म परमेश्वरमा विश्वास गर्थेँ, सत्यता पछ्याउन र आफ्नो कर्तव्य पूरा गर्न चाहन्थेँ। हाम्रा बाटाहरू नितान्त फरक थिए। हामी नितान्त फरक मानिस थियौँ, र सँगै बसे पनि, हाम्रो कुरा मिल्दैनथ्यो। म तिनीसँग सम्बन्ध विच्छेद गर्न चाहन्थेँ, तर यो पनि सोच्थेँ, “मेरो छोरा अझै सानै छ—यदि हामीले सम्बन्ध विच्छेद गर्यौँ र म गएँ भने उसको के होला? मेरा श्रीमान्ले मलाई घर दिनेवाला छैन, अनि भविष्यमा म कसरी जिउने? यदि हामीले सम्बन्ध विच्छेद गरेनौँ भने, तिनले मलाई परमेश्वरमा विश्वास गर्नबाट रोक्नेछन्, त्यसो भए के म तिनीसँगै काममा जाउँ त?” त्यो समयमा, मैले यस कठिनाइका बारेमा परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, श्रीमान्को सतावट भोग्नुपर्दा, मैले कुन बाटो रोज्नुपर्ने हो मलाई थाहा छैन। बिन्ती छ मलाई मार्गदर्शन गर्नुहोस् र कष्ट सहने सङ्कल्प दिनुहोस्।”
एक दिन, मैले परमेश्वरका वचनहरूको एउटा भजन सुनेँ:
आफ्नो सम्पूर्ण सत्त्व परमेश्वरको काममा अर्पण गर
१ मेरो आत्माले महान् काम गर्ने समय, र अन्यजाति राष्ट्रहरूमाझ मैले मेरो काम सुरु गर्ने समय अहिले नै हो। त्योभन्दा बढी, यो त्यो समय हो जब म सबै सृजित प्राणीहरू प्रत्येकलाई तिनीहरूको यथाक्रम श्रेणीमा राख्दै वर्गीकरण गर्छु, ताकि मेरो काम अझ छिटोछरितो रूपमा अगाडि बढ्न सकोस् र त्यो नतिजाहरू हासिल गर्न अझ बढी सक्षम होस्। त्यसैले, म तँबाट के माग गर्छु भने, अझै पनि तँ आफ्नो सम्पूर्ण सत्त्वलाई मेरा सबै काममा अर्पण गर्, अनि, अझ बढी, मैले तँमा गरेका मेरा कामलाई तँ स्पष्ट रूपमा खुट्ट्या र सही रूपमा चिन्, र तँ आफ्नो सम्पूर्ण शक्ति मेरो काममा समर्पित गर्, ताकि मेरो कामले अझ ठूला नतिजाहरू हासिल गर्न सकोस्। यो कुरा तैँले बुझ्नैपर्छ।
२ आपसमा होड गर्न, आकस्मिक योजना खोज्न, वा आफ्नो देहका लागि सुख खोज्नबाट टाढा बस्, ताकि मेरो काममा ढिलाइ नहोस्, र तेरो अद्भुत भविष्यमा छेकथुन नहोस्। तिमीहरूलाई जोगाउनु त कता हो कता, त्यस्ता कार्यले तिमीहरूमाथि विनाश मात्र ल्याउन सक्छ। के यो तेरो मूर्खता हुनेछैन र? तँ आज लिप्त हुने कुरा नै तेरो भविष्यलाई बिगारिरहेको कुरा हो, जबकि तैँले आज सहने पीडाले नै तेरो सुरक्षा गरिरहेको छ। तँ यी चीजहरूबारे स्पष्ट रूपमा सचेत हुनुपर्छ, ताकि आफूलाई उम्किन कठिन लाग्ने परीक्षाको सिकार हुनबाट तँ जोगिन सक्, र बाटो बिराएर बाक्लो कुहिरोभित्र छिरेर फेरि कहिल्यै सूर्य भेट्टाउन असक्षम हुनबाट जोगिन सक्। जब बाक्लो कुहिरो हट्छ, तब तैँले आफूलाई महान् दिनको न्यायमाझ पाउनेछस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सुसमाचार फैलाउने काम पनि मानिसलाई मुक्ति दिने काम नै हो
परमेश्वरका वचनले मलाई प्रेरित गर्यो अनि साहस र अभ्यासको मार्ग दियो। छोराको चिन्ता र देहको मोहका कारणले नै म श्रीमान्सँग अर्को ठाउँंमा काम गर्न जान सक्दिनथेँ, किनकि यदि म गएँ भने, मैले भेला हुन वा आफ्नो कर्तव्य पूरा गर्न सक्ने थिइनँ, र म परमेश्वरबाट टाढा हुनेथिएँ अनि मैले मुक्ति पाउने मौका गुमाउनेथिएँ। यदि मैले त्यसो गरेँ भने, मलाई पछि पछुतो हुनेथियो। हरेकको भाग्य परमेश्वरको सार्वभौमिकताभित्रै हुन्छ, र मेरो छोराको भाग्य पनि त्यहीँ छ। उसले कस्तो जीवन जिउनेछ र कस्तो दुःख भोग्नेछ भन्ने कुरा परमेश्वरले पहिले नै पूर्वनियोजन गर्नुभएको छ, र मेरो चिन्ता र फिक्री अनावश्यक थियो। म उसको साथमा भए पनि, उसले दुःख पाउँदा मैले उसलाई मद्दत गर्न सक्ने थिइनँ। मैले मेरो जीवनको भविष्य परमेश्वरको हातमा छ भन्ने कुरा पनि सोचेँ; मैले यसको अनुभव गर्न परमेश्वरमा भर पर्नुपर्छ र उहाँका सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुनुपर्छ।
२०१४ को फेब्रुअरीसम्ममा, मैले फेरि मण्डलीमा आफ्नो कर्तव्य पूरा गर्न थालेकी थिएँ। एक दिन, मेरा श्रीमान्ले मलाई तिनीसँग घुम्न जान भने, तर मैले मानिनँ, अनि तिनले भने, “यदि तँ मसँग आइनस् भने, यो घर अबदेखि तेरो हुनेछैन, र गाडीमा बस्ने महिला पनि तँ हुनेछैनस्।” तिनको मतलब मसँग सम्बन्ध विच्छेद गर्ने थियो। मेरो मुटु टुक्रा-टुक्रा भयो र म क्रोधित पनि भएँ, र अब मैले निर्णय गर्ने बेला आएछ भन्ने मलाई थाहा भयो। तर हाम्रो घरको सबै थोक तिनलाई सुम्पिने कुरा सम्झँदा, मलाई छोड्न अलि गाह्रो भयो, त्यसैले मलाई मार्गदर्शन गर्नुहोस् भनेर मैले परमेश्वरलाई प्रार्थना गरेँ। ठीक त्यही बेला, परमेश्वरका नयाँ वचनहरू प्रकाशनमा आए। मैले परमेश्वरका ती वचनहरू पढेँ र अभ्यासको मार्ग भेट्टाएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “यदि तँ परमेश्वरमा विश्वास गर्न चाहन्छस्, र तँ परमेश्वरलाई प्राप्त गर्न र उहाँको सन्तुष्टि प्राप्त गर्न चाहन्छस् भने, तैँले केही कष्ट भोग्नैपर्छ र केही प्रयास लगाउनैपर्छ, अन्यथा तैँले यी कुराहरू प्राप्त गर्न सक्नेछैनस्। तिमीहरूले धेरै प्रवचन सुनेका भए पनि, सुन्दैमा ती तेरा हुन्छन् भन्ने होइन; तैँले तिनलाई आत्मसात् गर्नैपर्छ र तिनलाई आफ्नो बनाउनैपर्छ। तैँले तिनलाई आफ्नो जीवनमा समाहित गर्नैपर्छ र आफ्नो अस्तित्वमा ल्याउनैपर्छ, र यी वचनहरू र प्रवचनहरूलाई तेरो जिउने दिशालाई मार्गदर्शन गर्न, र तेरो जीवनमा अस्तित्वको मूल्य र जीवित हुनुको अर्थ भर्न दिनुपर्छ। यसरी, तेरा लागि यी वचनहरू सुन्नु सार्थक हुनेछ। यदि मैले बोल्ने वचनहरूले तेरो दैनिक जीवनमा एउटा मोड ल्याउँदैनन् वा तेरो जीवनमा अस्तित्वको मूल्य थप्दैनन् भने, तँ ती व्यर्थमा सुन्छस्। तिमीहरू यो बुझ्छौ, होइन र? यो बुझिसकेपछि, बाँकी कुरा तिमीहरूमै भर पर्छ। तिमीहरूले केही प्रयास लगाउनैपर्छ। तिमीहरूले हरेक कुरालाई गम्भीर रूपमा लिनुपर्छ। अन्योलमा नपर; समय उडेर जाँदैछ। तिमीहरूमध्ये धेरैजसोले एक दशकभन्दा बढी समयदेखि परमेश्वरमा विश्वास गरिसकेका छौ। यस समयलाई फर्केर हेर: तिमीहरूले कति प्राप्त गरेका छौ? यस जीवनकालमा तिमीहरूका लागि अझै कति दशक बाँकी छन्? तिमीहरूसँग धेरै समय छैन। परमेश्वरको कामले तँलाई पर्खन्छ कि पर्खँदैन, उहाँले तेरा लागि मौका छोड्नुभएको छ कि छैन, वा उहाँले फेरि त्यही काम गर्नुहुनेछ कि गर्नुहुनेछैन—यी कुराहरूलाई अहिलेका लागि एकातिर राख। के तँ आफ्नो जीवनका विगत दश वर्षलाई फर्काउन सक्छस्? बित्ने हरेक दिनसँगै, र तैँले चाल्ने हरेक कदमसँगै, तँसँग एक दिन कम हुन्छ। समयले कसैलाई पर्खँदैन! तैँले परमेश्वरमा विश्वास गर्नुलाई आफ्नो जीवनको एउटा प्रमुख मामिला मान्नैपर्छ, खाना, लुगा, वा अरू कुनै पनि कुराभन्दा महत्त्वपूर्ण—यसरी, तैँले नतिजाहरू पाउनेछस्। यदि तँ फुर्सदको समयमा मात्रै विश्वास गर्छस्, र तँ विश्वास गर्नमा आफूलाई अर्पित गर्दैनस्, र सधैँ अन्योलमा पर्छस् भने, तैँले केही पनि प्राप्त गर्नेछैनस्” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय १०)। परमेश्वरका वचनहरूबाट, मैले उहाँको जरुरी अभिप्राय महसुस गरेँ। परमेश्वर हामीले देहसुख त्यागेर आफ्नो हृदय उहाँलाई देऔँ, र सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गरौँ भन्ने चाहनुहुन्छ। तब मात्र जीवनको अर्थ रहन्छ। फर्केर हेर्दा, मैले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेकी भए पनि, श्रीमान्को सतावटका कारण मैले भेलाहरूमा सहभागी हुन वा आफ्नो कर्तव्य सामान्य रूपमा पूरा गर्न सकेकी थिइनँ, र मैले परमेश्वरका वचनहरू खाएको र पिएको भए पनि, म झारा मात्र टारिरहेकी थिएँ, र म आफ्नो विश्वासमा गम्भीर थिइनँ। मैले कहिल्यै पनि परमेश्वरमाथिको विश्वासलाई जीवनको सबैभन्दा महत्त्वपूर्ण कुराको रूपमा लिइनँ, र मैले सत्यता प्राप्त गर्ने धेरै अवसरहरू गुमाएँ। म अझै जवान नै थिएँ, त्यसैले मैले सत्यता पछ्याउन र सत्यता प्राप्त गर्न यो बहुमूल्य समयको कदर गर्नुपर्थ्यो। यदि मैले पहिले जस्तै देहलाई सन्तुष्ट पार्न खोजिरहेँ र अलमल्ल तरिकाले परमेश्वरमा विश्वास गरिरहेँ भने, अन्त्यमा मेरो हातमा केही पनि हुनेथिएन। परिवार र देह पनि जोगाउन खोज्ने अनि सत्यता र मुक्ति पनि प्राप्त गर्न चाहने, यसरी दुइटा डुङ्गामा खुट्टा राखेर म अब पहिले जसरी अघि बढ्न सक्दिनथेँ। मैले परमेश्वरमाथिको विश्वासलाई जीवनको सबैभन्दा महत्त्वपूर्ण पछ्याइका रूपमा लिनुपर्थ्यो, किनकि सत्यता प्राप्त गरेर मात्र जीवनको अर्थ रहन्छ। एक दिन, म भेलाबाट फर्केपछि, मेरा श्रीमान्ले मलाई सोधे, “तँ अझै परमेश्वरमा विश्वास गर्छेस्? यदि त्यसो हो भने, यो घरबाट निस्केर जा र कहिल्यै फर्केर नआइज! अनि छोरा वा घर पाउँछु भनेर सोच्न पनि नसोच्!” जब मैले श्रीमान्ले मलाई छोरा र घर दुवै नदिने भनेको सुनेँ, मलाई मेरो जीउको मासु काटेर फ्याँकेजस्तै महसुस भयो; त्यो असाध्यै पीडादायी थियो। मैले मनमनै परमेश्वरलाई प्रार्थना गरेँ, र मलाई मार्गदर्शन गर्न अनुरोध गरेँ ताकि म शैतानको चालमा नफसूँ। प्रार्थना गरेपछि, मेरो मन बिस्तारै शान्त भयो, र मैले शान्तपूर्वक मेरा श्रीमान्लाई भनेँ, “यदि तपाईँलाई त्यस्तै लाग्छ भने, हामी सम्बन्ध विच्छेद गरेर आ-आफ्नो बाटो लाग्नुपर्छ।” भोलिपल्ट, हामी सम्बन्ध विच्छेदको प्रक्रिया पूरा गर्न नागरिक मामिला ब्यूरो गयौँ, जब म ब्यूरोबाट बाहिर निस्किएँ, मलाई साँच्चै मुक्त भएको महसुस भयो। अन्त्यमा म परमेश्वरमा विश्वास गर्न र आफ्नो कर्तव्य पूरा गर्न स्वतन्त्र भएँ।
यो अनुभवलाई सम्झिँदा, जब म पीडामा र कमजोर थिएँ, परमेश्वरले नै मलाई विश्वास दिनुभयो र उहाँका वचनहरूले नै मलाई ती कष्टकर दिनहरूमा मार्गदर्शन गरे। मलाई परमेश्वर सधैँ मेरो साथमा हुनुहुन्छ र उहाँले मलाई कहिल्यै छोड्नुभएको छैन भन्ने महसुस भयो, अनि परमेश्वरप्रतिको मेरो विश्वास पनि बढ्यो। यद्यपि मेरा श्रीमान्को सतावट र चिनियाँ कम्युनिस्ट पार्टीका दुष्ट दियाबलसहरूको यातनाले मलाई धेरै दुःख दियो, तर त्यो भोगेपछि, मैले मेरा श्रीमान् र चिनियाँ कम्युनिस्ट पार्टीको शैतानी सार स्पष्ट रूपमा देखेँ। म अब पहिले जस्तो अन्योलमा परेकी, कमजोर, र सही र गलत छुट्याउन नसक्ने थिइनँ; परमेश्वरलाई पछ्याउने मेरो सङ्कल्प झन् दृढ बन्यो, र यस्तो कष्ट सहनु पनि सार्थक रहेछ भन्ने मलाई महसुस भयो। यी कुराहरू मैले आरामदायी वातावरणमा प्राप्त गर्न सक्ने थिइनँ। परमेश्वरलाई धन्यवाद!
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अगष्ट २०११ मा एक जना सहकर्मीले मलाई परमेश्वरको आखिरी दिनहरूको कामको सुसमाचार सुनाइन्। त्यो बेला, मेरो कामको कारण म लामो समयदेखि रसायन...
म शिक्षिका थिएँ, र मेरा श्रीमान इन्जिनियर थिए। हाम्रो वैवाहिक सम्बन्ध निकै राम्रो थियो, र हाम्री छोरी निकै स्मार्ट र शिष्ट थिई। हाम्रा...
एन्जेल, म्यान्मारमैले सिस्टर टिनालाई २०२० को अगस्टमा फेसबुकमा भेटेँ। उनले मलाई प्रभु येशू फर्किसक्नुभएको, उहाँले धेरै सत्यता व्यक्त...
२०१० को प्रारम्भतिर, कम्युनिस्ट पार्टीले सर्वशक्तिमान् परमेश्वरको मण्डलीको बारेमा फैलाएका अफवाह र नकारात्मक प्रचारबाजी मेरी श्रीमतीले...