स्वर्गीय राज्यको मार्गमा मलाई कसले बाधा दिन्छ?
अगष्ट २०२० मा, एक जना सिस्टरले मलाई सर्वशक्तिमान् परमेश्वरको मण्डलीको अनलाइन भेलामा निमन्त्रणा दिइन्। सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढेर, खोजी र अनुसन्धान गरेर, म सर्वशक्तिमान् परमेश्वरका वचनहरू नै परमेश्वरका आवाज हुन्, र सर्वशक्तिमान् परमेश्वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्ने कुरामा पक्का भएँ। म निकै प्रभावित भएको थिएँ, र अत्यन्तै उत्साहित थिएँ। मेरा दाजुभाइहरूले पनि प्रभुको पुनरागमनको प्रतीक्षा गरिरहेका थिए। मैले तिनीहरूलाई तुरुन्तै यो शुभ समाचार बताउनुपर्छ अनि तिनीहरूले पनि परमेश्वरको आखिरी दिनहरूको कार्यलाई स्वीकार गर्न सक्छन् भन्ने मलाई थाहा थियो। त्यसकारण, मैले मेरो साइँला दाइलाई सुसमाचार सुनाएँ, र उसले हाम्रो जेठा दाई, मण्डली अगुवालाई प्रभुको पुनरागमनको खबर सुनाए। अनपेक्षित रूपमा, मेरो जेठा दाजुले थाहा पाएपछि, तिनी त्यो रात हतार-हतार मेरो घरमा आए … “हेङक्षिन, तैँले प्रभु येशू फर्केर आइसक्नुभएको छ र उहाँले नयाँ चरणको काम गरिरहनुभएको छ भनेर भनिस् रे हो? त्यो कसरी हुनसक्छ? प्रभु येशूले हाम्रो पाप क्षमा गर्नुभएको छ। जब उहाँ आउनुहुन्छ, उहाँले हामीलाई सीधै स्वर्गको राज्यमा उठाई लैजानुहुनेछ। उहाँले कसरी नयाँ काम गर्न सक्नुहुन्छ?” “दाजु, मसँग नरिसाउनुहोस् न। प्रभु येशूले हाम्रो पाप क्षमा गर्नुभएको भए पनि, हामीले अझै पनि पाप गर्न सक्छौँ, र हाम्रो पापी प्रकृति अझै पनि हामीभित्रै हुन्छ। परमेश्वर भन्नुहुन्छ: ‘त्यसकारण तिमीहरू पवित्र हुनुपर्छ, किनकि म पवित्र छु’ (लेवी ११:४५)। दाजु, हामी पवित्र छैनौँ भने हामीले प्रभुलाई देख्न सक्दैनौँ, र हामीलाई पापबाट धोइएको छैन भने हामी स्वर्गको राज्यमा प्रवेश गर्न सक्दैनौँ। हाम्रो पापी प्रकृतिलाई हटाउन, र हाम्रो पाप सम्बन्धी समस्यालाई जरादेखि नै समाधान गर्नको लागि परमेश्वरले न्यायको काम गर्नुपर्छ— हाम्रो सबै पाप लिएर प्रभु येशू क्रूसमा टाँगिनुभएको थियो।” “प्रभुले हामीलाई पापीको रूपमा हेर्नुहुन्न। तँ भन्छस्, हामीलाई शुद्ध गरिएको छैन, तर त्यो तेरो आफ्नै विचार हो। बाइबलले यसो भन्दैन। बाइबलले के भन्छ तँलाई थाहा छैन? ‘किनभने धार्मिकताको लागि मानिसले हृदयले विश्वास गर्छ; र मुक्तिको लागि मुखले स्वीकार गर्छ’ (रोमी १०:१०)। प्रभुमा विश्वास गरेर हामीले मुक्ति पाइसकेका हुँदैनौँ र? किन प्रभुले अझै पनि नयाँ काम गर्नु आवश्यक छ?” “दाजु, तपाईंले भन्नुभएको वचन पावलको वचन हो, प्रभु येशूको वचन होइन। प्रभु येशूले कहिल्यै पनि विश्वासद्वारा मुक्ति पाउनेहरू स्वर्गको राज्यमा प्रवेश गर्न सक्छन् भनेर कहिल्यै पनि भन्नुभएको छैन। स्वर्गको राज्यमा को प्रवेश गर्न सक्छ भनेर प्रभु येशूले स्पष्ट रूपमा बताउनुभएको छ: ‘मलाई प्रभु, प्रभु भन्ने हरेक व्यक्ति स्वर्गको राज्यमा प्रवेश गर्नेछैन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्छालाई पूरा गर्छ जो स्वर्गमा हुनुहुन्छ’ (मत्ती ७:२१)। दाजु, स्वर्गको राज्यमा प्रवेश गर्न हामीले परमेश्वरको इच्छा पूरा गर्नुपर्छ र परमेश्वरका वचनहरू अनुसार व्यवहार गर्नुपर्छ। के हामीले यो मापदण्ड पूरा गरेका छौँ? हामीले अझै पनि बारम्बार पाप गरिरहन्छौँ, र हामीले प्रभुका वचनहरूलाई पूरा गर्न सक्दैनौँ। प्रभु येशूले हामीलाई हाम्रा छिमेकीलाई पनि आफूलाई जस्तै प्रेम गर्नुपर्छ भनेर भन्नुभएको छ। के हामीले त्यसो गर्न सक्छौँ? हामीले तिनीहरूलाई प्रेम गर्न नसक्ने मात्र होइन, तर हामी तिनीहरूप्रति डाहा गर्छौँ, तिनीहरूलाई घृणा गर्छौँ, र हामी प्रायजसो पापमा नै जिउँछौँ। हामी स्वर्गको राज्यमा प्रवेश गर्न योग्यका छैनौं। यसैले परमेश्वर बोल्न र न्यायको काम गर्नको लागि आखिरी दिनहरूमा फेरि आउनुहुन्छ। उहाँले मानिसहरूको पापी प्रकृतिलाई हटाउन, र हाम्रो पापको समस्यालाई जरादेखि नै समाधान गर्न, अनि मानिसहरूलाई पूर्ण रूपमा शुद्ध गर्न र मुक्ति दिन यसो गर्नुहुन्छ। प्रभु येशू स्वयम्ले यसो भनेर अगमवाणी गर्नुभएको छ: ‘मलाई इन्कार गर्ने र मेरा वचनहरू ग्रहण नगर्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले अन्तको दिनमा उसको न्याय गर्नेछ’ (यूहन्ना १२:४८)। अनि बाइबलले भन्छ, ‘किनभने परमेश्वरको घरानाबाट न्याय सुरू हुने समय आएको छ’ (१ पत्रुस ४:१७)।” “भयो! प्रभुको पुनरागमन भएपछि अर्को चरणको काम हुन्छ भनेर भन्दैछस्। के त्यसको अर्थ प्रभु येशूको छुटकाराको काम व्यर्थ भएन र? के यो व्यर्थमा गरिएको हुँदैनथियो र?” मेरो दाजुले भनेको कुरा सुन्दा, म अलिक व्याकुल भएँ। तिनले परमेश्वरको कामको बारेमा बुझेर आफ्ना धारणाहरूलाई हटाउने गरी मैले कसरी सङ्गति गर्ने? यही बेला मलाई सर्वशक्तिमान् परमेश्वरका वचनहरूको एउटा खण्ड याद आयो: “येशूले मानिसको माझमा धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिको छुटकारा मात्र पूरा गर्नुभयो र मानिसको पापको बलि बन्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नु भएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नको निम्ति येशूले पापको बलि बनेर मानिसका पापहरू बोक्न मात्र आवश्यक थिएन, तर मानिसलाई शैतानी रूपमा भ्रष्ट पारेको उसको स्वभावबाट पूर्ण रूपमा छुटकारा दिन परमेश्वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। यसैले अब, मानिसका पापहरू क्षमा गरिएका छन्, मानिसलाई नयाँ युगतिर डोऱ्याउन परमेश्वर देहमा फर्केर आउनुभएको छ, र सजाय अनि न्यायको काम सुरु गर्नुभएको छ। यो कामले मानिसलाई एक उच्च क्षेत्रमा पुर्यायो। उहाँको प्रभुत्वमा आउनेहरू सबैले अझ उच्च सत्यता प्राप्त गर्नेछन् र अझ ठूला आशिषहरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, बाटो र जीवन प्राप्त गर्नेछन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावना)। परमेश्वरका वचनहरूले मेरो हृदय स्पष्ट र उज्यालो बनायो। मैले मेरो दाजुलाई भनेँ, “परमेश्वर आखिरी दिनहरूमा न्यायको काम गर्न आउनुहुन्छ भन्दैमा प्रभु येशूको छुटकाराको काम व्यर्थ भयो भन्ने हुँदैन। प्रभु येशूले मानिसहरूको पाप क्षमा गर्नुभयो ताकि तिनीहरूलाई उप्रान्त व्यवस्थाद्वारा दोषी नठहराइयोस् अनि दण्ड नदिइयोस्, तर प्रभु येशूले गर्नुभएको काम छुटकाराको काम मात्रै थियो, मानिसहरूलाई शुद्ध पार्ने र मुक्ति दिने काम थिएन। हामी सबै अझै पापमा जिइरहेका छौँ। परमेश्वरको आखिरी दिनहरूको न्यायको कामविना, हामी पापबाट उम्कन र परमेश्वरको राज्यमा प्रवेश गर्न सक्दैनौँ।” तिनले मसँग तर्क गर्न नसक्ने देखेपछि, तिनले अत्यन्तै रिसाएर भने, “तैँले सर्वशक्तिमान् परमेश्वरमा विश्वास गरेको धेरै भएको छैन, र पनि तैँले धेरै सिकेछस्। मैले जे भने पनि, तैँले तर्क गर्न सक्छस्, त्यसकारण मैले तँलाई केही पनि बन्न सक्दिनँ!” त्यसपछि, तिनी रिसाउँदै गए। मैले सोचेँ, “तिनले प्रभुमा विश्वास गर्छन् र हरेक दिन प्रभुको पुनरागमनको प्रतीक्षा गर्दै आएका छन्, तर प्रभुको पुनरागमनको बारेमा सुनेपछि पनि, किन तिनले यसको बारेमा खोजी-निधो गरेनन्, तर अत्यन्तै रिसाए? सायद तिनमा धेरै धार्मिक धारणाहरू भएको हुनाले, तिनले तुरुन्तै यसलाई स्वीकार गर्न नसकेका हुन्। मैले तिनीसँग सङ्गति गर्ने अर्को मौका खोज्नुपर्छ।”
चाँडै नै, मैले सर्वशक्तिमान् परमेश्वरमा विश्वास गरेको छु भन्ने थाहा पाएर मेरा दुई जना भाउजूहरू मेरो घरमा आए … “हेङक्षिन, तिमीले सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्यौ र, तिमीले प्रभुको नाउँमा होइन, उहाँको नाउँमा प्रार्थना गर्छौ रे। यो त प्रभुलाई धोका दिनु र धर्म त्याग्नु हो।” “अँ, तपाईंहरूले अहिलेसम्म यो कुरा बुझ्नुभएको छैन त्यसैले यसो भन्दैहुनुहुन्छ। तपाईंहरूले सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढ्नुभएको छैन, र उहाँ नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्ने तपाईंहरूलाई थाहा छैन। सर्वशक्तिमान् परमेश्वर र प्रभु येशू एउटै आत्मा र एउटै परमेश्वर हुनुहुन्छ। परमेश्वरले फरक-फरक युगमा फरक-फरक नाम प्रयोग गर्नुभएको मात्रै हो। व्यवस्थाको युगमा, परमेश्वरको नाम यहोवा थियो, तर अनुग्रहको युगमा परमेश्वरको नाम येशू थियो। परमेश्वरको नाम परिवर्तन भएको छ, तर प्रभु येशू र यहोवा एउटै परमेश्वर हुनुहुन्नथियो भनेर भन्न सक्नुहुन्छ? के प्रभु येशूमा विश्वास गर्नु यहोवा परमेश्वरलाई धोका दिनु थियो भनेर भन्न सक्नुहुन्छ? सर्वशक्तिमान् परमेश्वर, प्रभु येशू, र यहोवा परमेश्वर एउटै हुनुहुन्छ। हेर्नुहोस्, म तपाईंहरूलाई एउटा भिडियो देखाउँछु, र तपाईंहरूले बुझ्नुहुनेछ।” सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “म कुनै समय यहोवाको रूपमा चिनिन्थें। मलाई कुनै समय मसीह भनिन्थ्यो र मानिसहरूले प्रेम र आदरसाथ मलाई मुक्तिदाता येशू भनी पुकार्थे। यद्यपि, आज म यस उप्रान्त मानिसहरूले विगतको समयमा चिनेको यहोवा वा येशू होइन; म त आखिरी दिनहरूमा फर्केर आएको परमेश्वर, युगको अन्त ल्याउने परमेश्वर हुँ। म पृथ्वीको पल्लो छेउबाट उदय हुने, मेरो समग्र स्वभावले पूर्ण भएको, र अधिकार, आदर र महिमाले भरिपूर्ण परमेश्वर स्वयम् हुँ। मानिसहरू कहिल्यै पनि मसँग सम्बद्ध भएका छैनन्, मलाई कहिल्यै चिनेका छैनन् र सदैव मेरो स्वभावप्रति अनभिज्ञ भएका छन्। संसारको सृष्टिदेखि अहिलेसम्म नै एक जनाले पनि मलाई देखेको छैन। आखिरी दिनहरूमा मानिसमा देखा पर्नुहुने र मानिसहरू माझ गुप्त परमेश्वर उहाँ नै हुनुहुन्छ। उहाँ मानिस माझ सत्य र वास्तविक रूपमा उज्ज्वल सूर्य र प्रज्वलित ज्वालाजस्तै शक्ति र अधिकारले पूर्ण भएर बास गर्नुहुन्छ। मेरा वचनहरूद्वारा न्याय नगरिने एक जना व्यक्ति वा चीज छैन र प्रज्वलित आगोद्वारा शुद्ध नपारिने एक जना व्यक्ति वा चीज छैन। अन्तमा, मेरा वचनहरूको कारणले सबै जातिहरूलाई आशिष् दिइनेछ, र मेरो वचनहरूको कारणले टुक्रा-टुक्रा पारिनेछ। यसरी, आखिरी दिनहरूको अवधिका सबै मानिसहरूले म फर्केर आएको मुक्तिदाता हुँ र म सारा मानवजातिमाथि विजय हासिल गर्ने सर्वशक्तिमान् परमेश्वर हुँ भनी देख्नेछन्। म कुनै समय मानिसको निम्ति पापबलि थिएँ, तर म आखिरी दिनहरूमा सबै थोकलाई भस्म गर्ने सूर्यको ज्वालाका साथसाथै सबै थोकलाई उदाङ्गो पार्ने धार्मिकताको सूर्य पनि भएको छु भनी सबैले देख्नेछन्। आखिरी दिनहरूका मेरो काम यही हो। मैले यो नाउँ धारण गरेँ र यो स्वभाव हासिल गरेँ ताकि म धर्मी परमेश्वर, उज्वल सूर्य, प्रज्वलित ज्वाला हुँ भन्ने सबै मानिसहरूले देखून्, र ताकि सबैले म, एक मात्र साँचो परमेश्वरको आराधना गरून्, र ताकि तिनीहरूले मेरो साँचो रूप देख्न सकून्: म इस्राएलीहरूको मात्र परमेश्वर होइन, र म उद्धारकर्ता मात्र होइन; म स्वर्गहरू, पृथ्वी र समुद्रभरिका सबै प्राणीहरूका परमेश्वर हुँ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मुक्तिदाता पहिले नै “सेतो बादल” मा फर्किसक्नुभएको छ)। परमेश्वरका वचनहरू पढेपछि, मैले मेरा भाउजूहरूसँग सङ्गति गरेँ, “परमेश्वरको नाम हरेक युग र परमेश्वरको कामको हरेक चरणमा परिवर्तन हुन्छ। परमेश्वरले फरक युगमा फरक नामको प्रयोग गर्नुहुन्छ, हरेक युगमा एउटा नाम लिनुहुन्छ, र हरेक नामले परमेश्वरको कामको हरेक चरणलाई प्रतिनिधित्व गर्छ। व्यवस्थाको युगमा, परमेश्वरले ‘यहोवा’ नाम लिएर व्यवस्था जारी गर्नुभयो र मानवजातिलाई पृथ्वीमा जिउन सिकाउनुभयो। अनुग्रहको युगमा, परमेश्वरका आत्मा प्रभु येशूको रूपमा देहधारी हुनुभयो र मानवजातिको लागि छुटकाराको काम गर्नुभयो। आखिरी दिनहरूमा, परमेश्वर सर्वशक्तिमान् परमेश्वरको रूपमा देहधारी भएर आउनुहुन्छ र सत्यता व्यक्त गर्नुहुन्छ अनि मानिसहरूलाई न्याय गर्ने र शुद्ध पार्ने काम गर्नुहुन्छ। बाहिरबाट हेर्दा, परमेश्वरको नाम र काम परिवर्तन भएको जस्तो देखिन्छ, तर परमेश्वरको कामको सार अपरिवर्तनीय छ। सधैँ एउटै परमेश्वरले मानवजातिलाई मुक्ति दिन काम गर्दै आउनुभएको थियो।” मैले तिनीहरूलाई एउटा उदाहरण पनि दिएँ। कुनै व्यक्तिले अस्पतालमा काम गर्न सक्छ, र सबैले उसलाई “डाक्टर” भनेर भन्छन्, तर एक दिन, उसले पढाउने निर्णय गर्छ, र सबैले उसलाई “शिक्षक” भन्छन्, र पछि ऊ मण्डलीमा प्रचार गर्न जान्छ, र अरूले उसलाई “पाष्टर” भनी भन्छन्। बुझ्नुभयो त? उसको काम परिवर्तन भयो, र अरूले उसलाई बोलाउने नाम पनि परिवर्तन भयो, तर ऊ अझै पनि एउटै व्यक्ति हुन्छ। अझै ऊ उही हुन्छ। यसरी नै, परमेश्वरले फरक-फरक युगमा फरक-फरक नाम प्रयोग गर्नुहुन्छ, तर परमेश्वरको सार र पहिचान परिवर्तन हुँदैन, र उहाँ एउटै परमेश्वर हुनुहुन्छ। जब हामीले सर्वशक्तिमान् परमेश्वरको नाममा प्रार्थना गर्छौँ, तब हामीले प्रभुलाई धोका दिएर विश्वासघाती बनिरहेका हुँदैनौँ, हामीले प्रभुलाई स्वागत गरिरहेका र उहाँका पाइलाहरू पछ्याइरहेका हुन्छौँ। म बोलिरहेको बेला, मेरा जेठो दाजु र साइँला दाइ पनि आए, मेरो जेठो दाजुले रिसाउँदै मेरो कुरा बीचैमा काटे। “त्योसँग अब कुरा नगर। त्योसँग बोलेर सकिँदैन। जे भने पनि, त्यसले उत्तर दिन सक्छ, त्यसकारण बोलेर के काम?” “हेङक्षिन, तैँले गलत कुरामा विश्वास गरिस्। अब यसो नगर्।” “तिमी सर्वशक्तिमान् परमेश्वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भनेर भन्छौ। गएर पाष्टरलाई प्रचार गर। पाष्टरले यो साँचो मार्ग हो भनेर भन्छ भने, हामी सँगै विश्वास गरौँ, नत्र भने, मण्डलीमा फर्केर आऊ र हामीसँगै विश्वास गर। तिमीहरू सबै एउटै आमाका छोराहरू हौ। तिमीहरू आ-आफ्नो बाटो लाग्नु हुँदैन।” मेरा दाजु-भाउजूहरूले पाष्टरलाई कसरी पूजा गर्छन् भन्ने देखेर, मैले तिनीहरूलाई भनेँ, “हामी विश्वासीहरूले सबैभन्दा बढी परमेश्वरको आज्ञापालन गर्नुपर्छ र उहाँलाई नै आदर गर्नुपर्छ। हामीले अन्धाधुन्ध मानिसहरूको कुरा मान्नु हुँदैन। विशेष गरी प्रभुलाई स्वागत गर्ने कुरामा, हामीले पाष्टरलाई निर्णय गर्न दिनु हुँदैन। प्रभु येशूले भन्नुभयो, परमेश्वरको भेडाले उहाँको आवाज सुन्न सक्छ। हामीले प्रभुलाई स्वागत गर्न सकौँ भनेर हामीले परमेश्वरको आवाज सुन्ने कार्यमा ध्यान दिनुपर्छ।” मैले तिनीहरूलाई यसो पनि भनेँ, “जब प्रभु येशू काम गर्न आउनुभयो, यहूदी धर्ममा विश्वास गर्नेहरूले परमेश्वरको आवाज सुन्ने प्रयास गरेनन्। प्रभु येशूलाई विरोध गर्ने र दोष दिने कार्यमा तिनीहरूले अन्धाधुन्ध फरिसीहरूलाई पछ्याए। परिणाम स्वरूप, तिनीहरूले प्रभुको मुक्ति गुमाए। यो हाम्रो लागि एउटा पाठ हो।” तर मैले जे भने पनि, मेरा दाजु-भाउजूहरूले मेरो कुरा सुन्दै-सुनेनन्, र तिनीहरूले पाष्टरको कुरा गलत हुन सक्दैन भनेर जोड दिए। तिनीहरूको आचरण देखेर, मैले सोचेँ, “तिनीहरूले पाष्टरको धेरै पूजा गर्छन्, यहाँसम्म कि पाष्टरले यसलाई स्वीकार गर्यो भने, तिनीहरूले पनि यसलाई स्वीकार गर्छन्।”
जनवरी २०२१ मा एक दिन, पाष्टर र अगुवाहरू मेरो घरमा आए, र मैले यही मौकामा तिनीहरूलाई सुसमाचार सुनाएँ। “मत्ती २४:३७ ले भन्छ, ‘नोआका दिनहरू जस्ता थिए, मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ।’ र २४:४४ ले भन्छ, ‘यसकारण, तिमीहरू पनि तयार होऊ: किनभने मानिसको पुत्र तिमीहरूले नसोचेको समयमा आउँछ।’ अनि लूका १७:२४-२५ ले भन्छ, ‘किनभने जसरी चट्याङ्गले आकाशमुनिको एउटा भागलाई उज्यालो बनाउँदा आकाशमुनिको अर्को भागलाई पनि चम्किलो बनाउँछ; मानिसको पुत्र पनि उनको दिनमा त्यस्तै हुनेछन्। तर सुरूमा उहाँले धेरै कुराहरूको कष्ट भोग्नुपर्छ, र यस पुस्ताद्वारा इन्कार गरिनुपर्छ।’ यो अगमवाणीले ‘मानिसको पुत्रको आगमन’ र ‘मानिसको पुत्र आउँछ’ भनेर उल्लेख गरेको छ। त्यसो भए, मानिसको पुत्र को हो? मानिसको पुत्रले परमेश्वरको देहधारणलाई जनाउँछ। प्रभु येशू मानिसको पुत्र हुनुहुन्थ्यो किनभने उहाँ परमेश्वरका आत्माको देहधारण हुनुहुन्थ्यो। आत्मालाई मानिसको पुत्र भनेर भन्न मिल्दैन। त्यसकारण, आखिरी दिनहरूमा प्रभु मानिसको पुत्रको रूपमा देहधारी भएर आउनुहुन्छ भनेर अगमवाणीले भनेको छ। यदि प्रभु येशूको पुनरुत्थान शरीर, अर्थात् आत्मिक शरीर बादलमा ओर्लियो र महान् महिमाको साथ सबैको अघि देखा पर्यो भने, कसले उहाँलाई विरोध गर्ने वा दोष दिने आँट गर्थ्यो? तैपनि प्रभु येशूले भन्नुभयो, ‘सुरूमा उहाँले धेरै कुराहरूको कष्ट भोग्नुपर्छ, र यस पुस्ताद्वारा इन्कार गरिनुपर्छ।’ यो अगमवाणी कसरी पूरा हुन्छ? साधारण र सामान्य व्यक्ति जस्तो देखिने गरी मानिसको पुत्रको रूपमा परमेश्वर देहधारी भएर आउनुभयो भने मात्रै, अर्थात् मानिसहरूले ईश्वर भनी नचिन्ने रूपमा आउनुभयो भने मात्रै, उहाँलाई दोष दिइन्छ र इन्कार गरिन्छ। त्यसकारण, प्रभु येशूको अगमवाणी अनुसार, प्रभु आखिरी दिनहरू देहधारी भई फर्कनुहुनेछ, र यो पूर्ण रूपमा निश्चित कुरा हो।” “बाइबलका यी पदहरूले ‘मानिसको पुत्र’ भन्ने उल्लेख गर्छन् र यसले प्रभु येशूलाई जनाउँछ।” “ब्रदर हान, प्रभु येशूले स्पष्ट रूपमै भन्नुभएको छ। यी अगमवाणीहरू प्रभुको पुनरागमनसँग सम्बन्धित छन्, प्रभु येशूको बारेमा होइन।” “बाइबलले स्पष्ट रूपमा भन्छ, ‘अनि त्यसपछि स्वर्गमा मानिसको पुत्रको चिन्ह देखा पर्नेछ: अनि पृथ्वीका सबै कुलले शोक गर्नेछन्, अनि तिनीहरूले मानिसको पुत्रलाई शक्ति र महान् महिमाका साथमा स्वर्गको बादलमा आइरहनुभएको देख्नेछन्’ (मत्ती २४:३०)। प्रभु बादलको सवारीमा आउनुहुन्छ, तर तपाईंले त उहाँ देहधारी भएर आउनुहुन्छ भनी भन्नुहुन्छ। के यी कुराहरू बाझिँदैनन् र? हामी त बादलको सवारीमा आउनुहुने प्रभु येशूलाई प्रतीक्षा गरिरहेका छौँ। अब, समय नजिकै आइसकेको छ, सबै विपत्तिहरू देखा परिसकेका छन्, र हामीलाई स्वर्गको राज्यमा लैजानको लागि प्रभु बादलको सवारीमा आउन लाग्नुभएको छ। प्रभुमा यति धेरै वर्ष विश्वास गरिसकेपछि, तपाईं त्यहाँ पुग्न लाग्नुभएको थियो, तर तपाईंले त, सबै कुरा त्याग्नुभयो।” “पाष्टर वाङ्ग, तपाईंले भर्खर उल्लेख गर्नुभएको अगमवाणी पनि साँचो हो, तर परमेश्वरको देहधारण हुन्छ भन्ने कुराले उहाँ बादलको सवारीमा आउनुहुन्छ भन्ने कुरालाई विरोध गर्दैन। मैले पनि सुरुमा यो कुरा बुझेको थिइनँ। पछि, सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढिसकेपछि, मैले के महसुस गरेँ भने प्रभु दुई चरणमा आउनुहुनेछ। पहिले, उहाँ सत्यता व्यक्त गर्न र न्यायको काम गर्न मानिसको पुत्रको रूपमा गुप्तमा आउनुहुन्छ, त्यसपछि विजेताहरूको समूह निर्माण गरेपछि, परमेश्वरले असललाई इनाम दिन र दुष्टलाई दण्ड दिन विपत्तिहरू पठाउनुहुन्छ। विपत्तिहरूपछि, परमेश्वर बादलको सवारीमा ओर्लनुहुन्छ र सबैकहाँ देखा पर्नुहुन्छ। त्यो बेला, सर्वशक्तिमान् परमेश्वरलाई विरोध गर्ने र दोष दिने सबै रुनेछन् र तिनीहरूले दाह्रा किट्नेछन्, जुन घटनाले प्रभु बादलको सवारीमा आउनुहुन्छ भन्ने अगमवाणीलाई पूर्ण रूपमा पूरा गर्छ, ‘हेर, उहाँ बादलहरूसहित आउनुहुन्छ; अनि हरेक आँखाले उहाँलाई देख्नेछन्, र तिनीहरूले पनि जुनले उहाँलाई घोचे: अनि उहाँको कारण पृथ्वीका सबै जातिले विलाप गर्नेछन्’ (प्रकाश १:७)।” त्यो बेला, पाष्टर र अरू व्यक्तिहरू चकित भए र चुपचाप बसे। मैले तिनीहरूलाई सर्वशक्तिमान् परमेश्वरका वचनहरूको एउटा खण्ड पढेर सुनाएँ: “जब तिमीहरूले येशू स्वर्गबाट सेतो बादलमा आउनुभएको आफ्नै आँखाले देख्छौ, त्यो धार्मिकताको सूर्य सार्वजनिक रूपमा देखा पर्ने क्षण हुनेछ। सायद त्यो क्षण तेरो निम्ति ठूलो उल्लासको समय हुन सक्छ, तर तैँले येशू स्वर्गबाट ओर्लनुभएको देख्ने समय तँ दण्ड भोग्नलाई नरक जाने बेला पनि हो भनी जान्नुपर्छ। त्यो परमेश्वरको व्यवस्थापन योजनाको अन्त्यको समय हुनेछ, र त्यो परमेश्वरले असललाई इनाम र दुष्टलाई दण्ड दिने समय हुनेछ। सत्यताको अभिव्यक्ति मात्र हुँदा मानिसले चिन्हहरू देख्नुअघि नै परमेश्वरको न्याय अन्त्य भइसकेको हुनेछ। सत्यता स्वीकार गर्नेहरू, चिन्हहरू नखोज्नेहरू र यसरी शुद्ध पारिएकाहरू परमेश्वरको सिंहासनसामु फर्केका र सृष्टिकर्ताको अंगालोमा प्रवेश गरेका हुनेछन्। ‘सेतो बादलमा सवार नहुने येशू झुटो ख्रीष्ट हो’ भन्ने विश्वासमा अड्डी कस्नेहरू अनन्त दण्डको भागीदार हुनेछन्, किनभने तिनीहरूले चिन्ह प्रदर्शन गर्नुहने येशूमा मात्र विश्वास गर्छन्, तर कठोर न्याय घोषणा गर्नुहुने र साँचो मार्ग र जीवनको निकास दिनुहुने येशूलाई स्वीकार गर्दैनन्। यसकारण, सेतो बादलमा येशूको खुल्लमखुल्ला पुनरागमन हुँदा मात्र उहाँले तिनीहरूलाई निराकरण गर्नुहुनेछ। तिनीहरू अति हट्ठी, आफैमा अति आत्मविश्वासी, अति अहङ्कारी छन्। यस्ता भ्रष्टहरूलाई येशूले कसरी इनाम दिन सक्नुहुन्छ? सत्यता स्वीकार गर्न सक्नेहरूका निम्ति येशूको पुनरागमन ठूलो मुक्ति हो, तर सत्यता स्वीकार गर्न नसक्नेहरूका निम्ति यो दण्डको चिन्ह हो। तिमीहरूले आफ्नै मार्ग चुन्नुपर्छ र पवित्र आत्माको निन्दा र सत्यतालाई इन्कार गर्नु हुँदैन। तँ अज्ञानी र अहङ्कारी व्यक्ति हुनुहुँदैन, बरु पवित्र आत्माको मार्गदर्शन पालन गर्ने, सत्यताको उत्कट इच्छा र खोजी गर्ने व्यक्ति हुनुपर्छ; तिमीहरू यसरी मात्र लाभान्वित हुनेछौ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्वरले स्वर्ग र पृथ्वीलाई फेरि बनाइसक्नुभएको हुनेछ)। परमेश्वरका अख्तियारपूर्ण वचनहरू सुनेपछि त्यहाँ उपस्थित सबै जना चकित भए। केही समयपछि, पाष्टरले मुख खोले। “तपाईंले यी वचनहरू परमेश्वरका नयाँ वचनहरू हुन् भनी भन्नुभएको हो? त्यो सही होइन। परमेश्वरका सबै वचनहरू बाइबलमा नै छन्, र बाइबलभन्दा बाहिर कुनै पनि वचन छैन। यदि छ भनी भन्छौँ भने, ती त बाइबलमा कुरा थप्नु सरह हो। प्रकाशको पुस्तकले स्पष्ट रूपमा उल्लेख गर्छ, ‘किनकि यस पुस्तकका अगमवाणीका वचनहरू सुन्ने हरेक मानिसलाई म गवाही दिन्छु, यदि कुनै मानिसले यी कुराहरूमा थप्यो भने परमेश्वरले यस पुस्तकमा लेखिएका विपत्तिहरू त्यसलाई थपिदिनुहुनेछः र यदि कुनै मानिसले यस अगमवाणीका पुस्तकबाट वचनहरू हटायो भने, परमेश्वरले जीवनको पुस्तकबाट, पवित्र सहरबाट र यस पुस्तकमा लेखिएका कुराहरूबाट उसको हिस्सा हटाउनुहुनेछ’ (प्रकाश २२:१८-१९)।” “पाष्टर वाङ्ग, यसमा केही थप्न वा यसबाट घटाउन मिल्दैन भन्नुको अर्थ, प्रकाशको पुस्तकका अगमवाणीहरूमा मनोमानी ढङ्गले थप्ने वा त्यसबाट हटाउने गर्नु हुँदैन भनेर मानिसहरूलाई चेतावनी दिइएको हो। यसको अर्थ परमेश्वरले उप्रान्त नयाँ वचनहरू बोल्नुहुन्न भन्ने होइन। प्रभु येशू स्वयम्ले यसो भन्नुभयो, ‘मैले तिमीहरूलाई भन्नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ’ (यूहन्ना १६:१२-१३)। प्रभु येशूले स्पष्ट रूपमै भन्नुभएको छ, आखिरी दिनहरूमा उहाँको पुनरागमन हुँदा, उहाँले हामीलाई सबै सत्यतामा दोहोर्याउन धेरै वचनहरू बोल्नुहुनेछ। तपाईंको बुझाइ अनुसार त, आखिरी दिनहरूमा परमेश्वर फर्किनुहुँदा, उहाँले उप्रान्त बोल्नुहुनेछैन र काम गर्नुहुनेछैन। त्यसोभए प्रभु येशूका यी वचनहरू कसरी पूरा हुनेछन् र लागू हुनेछन्? परमेश्वर नै सत्यता, जीवनको स्रोत, अनि कहिल्यै नसुक्ने जीवनको पानीको स्रोत हुनुहुन्छ। तपाईंले परमेश्वरका वचनहरू र कामलाई बाइबलमा सीमित गर्नुहुन्छ, मानौँ परमेश्वरले बाइबलमा भएका यी वचनहरू मात्रै बोल्न सक्नुहुन्छ। के यो परमेश्वरलाई हदबन्दी गर्नु र हेला गर्नु होइन र?” मेरो कुरा सुनेपछि पाष्टर वाङ्ग बोल्न छाड्नुभयो। मैले सोचेँ, “म पाष्टरहरूको पूजा गर्ने गर्थेँ। मलाई तिनीहरू बाइबलप्रति परिचित छन् र तिनीहरूसँग बाइबलको ज्ञान छ भन्ने लागेको थियो। तर अचम्मको कुरो, तिनीहरूले बाइबल बुझेका छैनन्, र तिनीहरूले परमेश्वरको कामलाई समेत सीमित गर्छन्।” मलाई खिन्न लाग्यो।
धेरै वाद-विवादपछि, म मेरो विश्वासमा दृढ छु भन्ने देखेर पाष्टरले मलाई अन्योलमा पार्न धेरै भ्रमहरूको प्रयोग गरे, र मैले परमेश्वरका वचनहरू प्रयोग गरेर त्यसको खण्डन गरेँ, अनि मैले परमेश्वरको आखिरी दिनहरूको कामको बारेमा गवाही दिएँ, तर तिनीहरूले पटक्कै कुरा सुनेनन्। विवादको अन्तिममा, मेरो कुरा खण्डन गर्न नसक्ने देखेर, पाष्टर वाङ केही पनि बोलेनन्। तिनीसँगै आएका अगुवा हानले मलाई भने, “हेङक्षिन, सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्न छोडिदिनुहोस् किनभने तपाईंको जीवनको जिम्मेवार व्यक्ति हामी हौँ। हामीले यो प्रेमको कारण गरिरहेका छौँ। तपाईंले गलत मार्ग लिनुहुन्छ भन्ने हामीलाई डर छ। तिमी जस्तो बाइबल बुझेको मानिसहरू त मण्डलीको अगुवा भएर हाम्रो काममा सहकार्य गर्नु पर्ने हो। कति राम्रो हुनेथियो होला।” तिनको कुरा सुनेपछि, मलाई बाइबलमा प्रभु येशूलाई परीक्षा गर्ने दियाबलसका वचनहरू याद आयो, “फेरि, दुष्टले उहाँलाई एकदमै अग्लो पहाडमा लैजान्छ र संसारका राज्यहरू र तिनको महिमा देखाउँछ; अनि उहाँलाई भन्यो, यदि तपाईंले लम्पसार परेर मेरो आराधना गर्नुभयो भने, म तपाईंलाई यी सबै थोक दिनेछु” (मत्ती ४:८-९)। तिनीहरूले मलाई मण्डलीको अगुवा हुन अनुरोध गर्नु दियाबलसको परीक्षा थियो। यदि तिनीहरूले मलाई प्रतिष्ठा र हैसियतद्वारा प्रलोभनमा पारे भने, म तिनीहरूसँगै जानेछु भन्ने तिनीहरूलाई लागेको थियो। प्रतिष्ठा र हैसियत तिनीहरूका लागि अत्यन्तै महत्त्वपूर्ण कुरा थिए! तिनीहरूले प्रभुको पुनरागमनको खबर सुनेका थिए, तर खोजी र अनुसन्धान गर्नुको सट्टा, तिनीहरूले मलाई साँचो मार्गबाट लोभ्याएर लैजाने प्रयास गरे। यो अत्यन्तै धूर्त कार्य थियो! त्यसकारण, मैले तिनीहरूको कुरा इन्कार गरेँ। “म मण्डली फर्केर जान्नँ। अहिले, प्रभु येशू नयाँ काम गर्न फर्केर आउनुभएको छ। उहाँले अनुग्रहको युगको मण्डलीहरूमा काम गर्नुहुन्न। म मण्डली गएर के फाइदा? हामीले परमेश्वरको नयाँ कामलाई स्वीकार गरेर परमेश्वरलाई पछ्याउनुपर्छ, नत्र प्रभुले हामीलाई त्याग्नुहुनेछ र हटाउनुहुनेछ। यो अवस्था प्रभु येशू काम गर्न आउनुभएको बेलाको जस्तै छ। चेलाहरूले प्रभु येशूका वचनहरू सुने, प्रभुको आवाज चिने, प्रभुलाई पछ्याए, र प्रभुको मुक्ति पाए, र मन्दिरमा नै बसेर व्यवस्था पालना गर्नेहरूलाई प्रभुले त्याग्नुभयो र हटाउनुभयो। तपाईंहरू सबैलाई यो कुरा थाहा हुनुपर्छ। आखिरी दिनहरूमा प्रभु फर्केर आइसक्नुभएको छ। हामीले उहाँको आवाज सुनेनौँ भने, हामीले कसरी उहाँलाई स्वागत गर्न सक्छौँ? प्रभु येशूले भन्नुभयो: ‘मेरो भेडाले मेरो सोर सुन्छ, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्’ (यूहन्ना १०:२७)। प्रकाशको पुस्तकले यसो भनेर पनि अगमवाणी गरेको छ, ‘आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ सो, कान हुनेले सुनोस्’ (प्रकाश अध्याय २, ३)। ‘हेर, म ढोकामा खडा हुन्छु र ढक्ढकाउँछु: यदि कसैले मेरो स्वर सुन्छ र ढोका खोल्छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ’ (प्रकाश ३:२०)। पाष्टर वाङ, प्रभुलाई स्वागत गर्ने क्रममा, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको प्रभुको आवाज सुन्नु हो। कसैले उहाँ फर्केर आउनुभएको छ भनेर गवाही दिन्छ भने, हामीले हाम्रा धारणाहरूलाई पन्छाएर खोजी र अनुसन्धान गर्नुपर्छ। नत्र, हामीले प्रभुलाई स्वागत गर्न सक्दैनौँ अनि हामी स्वर्गको राज्यमा प्रवेश गर्न पाउँदैनौँ।” “हामीले परमेश्वरको आवाज सुन्नु पर्दैन, हामीले उहाँको राज्यमा हामीलाई लैजानको लागि बादलको सवारीमा प्रभु आउनुहुने दिनको प्रतीक्षा मात्रै गर्नुपर्छ। यदि प्रभु येशू बादलमा आउनुहुँदा हामीले रुँदै दाह्रा किट्ने दिन आयो भने, हामी त्यसको जिम्मेवारी लिनेछौँ। तर मैले तपाईंलाई स्पष्ट रूपमा भन्नुपर्छ। यदि तपाईंले गलत विश्वास गर्नुभयो र गलत मार्ग अपनाउनुभयो भने, हामीलाई दोष नदिनुहोस्। यदि तपाईं परिवर्तन हुन चाहनुहुन्छ भने, तपाईं अझै पनि मण्डली फर्केर आउन सक्नुहुन्छ। म तपाईंलाई यसको बारेमा विचार गर्न केही दिनको समय दिन्छु। अबको सात दिनमा, मण्डली आएर मलाई उत्तर दिनुहोस्। अनि म तपाईंलाई चेतावनी दिँदैछु, मण्डलीमा आएर तपाईंको सुसमाचार सुनाउने अनुमति छैन। यदि तपाईंको कारण मण्डलीको कसैले सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्न थाल्यो भने, मैले जानेको छु!” पाष्टरले बोलिसकेपछि, तिनले मेरो परिवारलाई भने, “हामीले धेरै कुरा भन्यौँ, र पनि यिनले सुनेनन्। तपाईं यिनको परिवार हुनुहुन्छ, त्यसकारण तिनलाई मनाउने प्रयास गर्नुहोस्।” त्यसपछि, पाष्टर रिसाउँदै गए।
मैले पाष्टरको कुरा नमानेको देख्दा मेरो परिवार अत्यन्तै रिसाए, त्यसकारण तिनीहरू सबै मलाई हप्काउन आए, र मेरो माइला दाजुले त कुटपिट गर्ने धम्की समेत दिए। “हामीले पाष्टरलाई बोलायौँ अनि तैँले हामीलाई लाजमा पारिस्। पाष्टरले धेरै कुरा भने, तर तैँले सुनिनस्, अनि तैँले सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्ने जिद्दी गर्छस्। तँलाई म कुटेर मार्छु!” “बिन्ती छ, मैले के गल्ती गरेको छु र मलाई कुट्न चाहनुहुन्छ? प्रभु फर्केर आउनुभएको छ। मैले उहाँको आवाज सुनेर उहाँलाई स्वागत गरेको मात्र हुँ। किन मसँग यस्तो व्यवहार गरिरहनुभएको छ? के तपाईंहरू अझै पनि परमेश्वरका विश्वासी हुनुहुन्छ र?” “तैँले पाष्टरको कुरा समेत सुन्दैनस्। तँलाई के भयो?” “तपाईं परमेश्वरमा विश्वास गर्नुहुन्छ कि पाष्टरमा विश्वास गर्नुहुन्छ? मैले परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गरेकै कारणले, पाष्टरले मलाई यसरी बाधा दिन्छ र रोक्ने प्रयास गर्छ। मलाई त पाष्टर र ती अगुवाहरू ढोङ्गी फरिसीहरू हुन् जस्तो लाग्छ। परमेश्वर फर्किनुभएको छ, उहाँले आफ्नो काम गरिरहनुभएको छ, र उहाँले धेरै सत्यता व्यक्त गर्नुभएको छ, तर तिनीहरू आफैलाई खोजी र अनुसन्धान गर्दैनन्, र तिनीहरूले अरूलाई पनि प्रभुलाई स्वागत गर्नबाट रोक्छन्। मलाई साँचो मार्गबाट लोभ्याएर लैजानको लागि तिनीहरूले हैसियतको प्रलोभन समेत देखाए, र यो मेरो आफ्नै जीवनको लागि हो भनेर भने। के यो झूट मात्रै होइन र? तिनीहरूले मलाई फसाएर बरबाद गर्न चाहन्छन्! प्रभु येशूले फरिसीहरूलाई यसो भनेर खुलासा गर्नुभयो, ‘शास्त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्कार छ! किनभने तिमीहरूले मानिसहरूको विरुद्ध स्वर्गको राज्य बन्द गर्छौ: किनभने न त तिमीहरू आफै जान्छौ, न भित्र जानलाई प्रवेश गरिरहेकाहरूलाई नै प्रवेश गर्न दिन्छौ। … किनभने एक जनालाई आफ्नो मतमा ल्याउनको लागि तिमीहरू समुद्र र भूमि चहार्छौ, अनि ऊ मतमा आएपछि उसलाई तिमीहरूभन्दा दुई गुणा बढी नरकको बालक बनाउँछौ’ (मत्ती २३:१३, १५)। पाष्टर र अगुवाहरू अनि फरिसीहरूको बीचमा के भिन्नता छ र? तपाईंहरू कसरी तिनीहरूको पक्षमा उभिन सक्नुहुन्छ?” “पाष्टरले तँलाई निकाल्यो भने, हामी अबदेखि दाजुभाइ होइनौँ, र तँ बाँचे पनि मरे पनि हामीलाई मतलब हुँदैन। हाम्रो पैसा ले। हामीलाई दुई हप्ताभित्र चाहिन्छ।”
तिनीहरू त्यति निर्दयी भएको देख्दा मलाई निकै दुःख लाग्यो। तिनीहरू समस्यामा हुँदा, म तिनीहरूलाई सहयोग गर्न सक्दो प्रयास गर्थेँ, तर अहिले तिनीहरूले मसँग यस्तो व्यवहार गरिरहेका थिए। कसरी मैले चिनेका मेरा राम्रा दाजुहरू यस्तो भए? तिनीहरू कसरी मेरो परिवार हुन सक्छन्? त्यो रात, म ओछ्यानमा पल्टिरहेँ तर सुत्न सकिनँ। यसको बारेमा सोच्दा यति पीडा हुन्थ्यो कि म आँसु रोक्नै सक्दिनथिएँ। मैले परमेश्वरलाई प्रार्थना गरेँ, र मलाई विश्वास दिनुहोस् र उहाँको इच्छा बुझ्न अगुवाई गर्नुहोस् भनेर अनुरोध गरेँ, यसरी मैले यो परिस्थितिलाई कसरी अनुभव गर्ने सो थाहा पाउन सक्थेँ। मलाई प्रभु येशूले भन्नुभएको यो वचन याद आयो, “म पृथ्वीमा शान्ति बर्साउन आएको हुँ भन्ने नसोच: म शान्ति बर्साउन होइन, तरवार बर्साउन आएको हुँ। किनभने म मानिसलाई उसको बुबाको विरुद्धमा, र छोरीलाई उसकी आमाको विरुद्धमा, अनि बुहारीलाई सासूको विरुद्धमा उठाउन आएको हुँ। अनि मानिसका शत्रुहरू उसको आफ्नै परिवारकाहरू हुनेछन्” (मत्ती १०:३४-३६)। “यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने, तिमीहरूलाई घृणा गर्नु अगाडि त्यसले मलाई घृणा गर्यो भन्ने तिमीहरूलाई थाहा छ” (यूहन्ना १५:१८)। प्रभुका वचनहरू साँचो छन्, र प्रभुका अगमवाणीहरू पूरा भएका छन्। मैले परमेश्वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेकै कारण, मेरा पाष्टर र दाजुहरूले मलाई बाधा दिने र मलाई सताउने प्रयास गरे। तिनीहरूले मलाई होइन परमेश्वरलाई घृणा गर्थे। केही दिनको अवधिमा भएका घटनाहरूको बारेमा सोचेपछि, म परमेश्वरप्रति आभारी भएँ। परमेश्वरको वचनले मलाई मेरो पाष्टर र परिवारबाट आएको बाधा र अवरोध जित्न सहयोग गर्यो, र मलाई तिनीहरूको वास्तविकताको बारेमा केही थाहा भयो।
एक दिन, एक जना सिस्टरले मेरो परिस्थितिको बारेमा थाहा पाइन् र मलाई सर्वशक्तिमान् परमेश्वरको वचनको एउटा खण्ड पठाइन्। “निराश नबन्, कमजोर नबन्, अनि म तेरो लागि सबै कुरो स्पष्ट बनाउनेछु। राज्यमा पुग्ने मार्ग सहज छैन; कुनै पनि कुरो त्यति साधारण छैन! तिमीहरूकहाँ आशिष सहजै आएको नै तिमीहरू चाहन्छौ, होइन र? आज सबैले कठिन परीक्षाको सामना गर्नु पर्नेछ। यस्तो परीक्षाविना मेरो निम्ति तिमीहरूसँग भएको प्रेम बलियो हुन सक्दैन अनि तिमीहरूमा मेरो निम्ति साँचो प्रेम हुनेछैन। यस्ता परीक्षाहरू स-साना परिस्थितिहरूले भरिएका भए तापनि सबैले यसबाट पार भएर नै जानुपर्नेछ, केवल परीक्षाको कठिनाइ व्यक्ति अनुरूप फरक हुनेगर्छ। परीक्षाहरू मैले दिएका आशिषहरू हुन्, अनि तिमीहरूमध्ये कति जना मकहाँ बारम्बार आएर मेरो आशीर्वादको निम्ति घुँड़ा टेकेर प्रार्थना गर्छौ? मूर्ख बालकहरू! तिमीहरू सधैँ यो सोच्छौ कि केही ठूलठूला शब्दहरू मेरा आशीर्वादहरू हुन्। तरै पनि तिक्तता पनि आशीर्वादहरू हुन् भन्ने तिमीहरू जान्दैनौ। तिनीहरू, जसले मेरा तिक्तताहरू बाँड्छन्, तिनीहरूले पक्कै पनि मेरा मिठासपना पनि बाँड्नेछन्। तिमीहरूको निम्ति मेरो प्रतिज्ञा अनि आशीर्वाद यही हो। मेरा वचन खान अनि पिउन र आनन्द लिन नहिचकिचाऊ। अन्धकार बितेर गएपछि प्रकाश प्रवेश गर्नेछ। बिहान हुनभन्दा अघि पूर्ण अन्धकार हुन्छ; त्यसपछि आकाश बिस्तारै प्रकाशमय बन्दै जान्छ अनि सूर्य उदाउँछ। नडराऊ वा कमजोर नहोऊ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ४१)। उनले मसँग यसो भन्दै सङ्गति गरिन्, “हामीले सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्छौँ र प्रभुलाई स्वागत गरेका छौँ, तर हामीले मुक्ति पाएको वा हामी परमेश्वरद्वारा प्राप्त गरिएको शैतानले चाहँदैन, त्यसकारण यसले हामीलाई बाधा दिन र रोक्नको लागि विभिन्न माध्यमको प्रयोग गर्छ। तर परमेश्वरले नै यसो हुन दिनुहुन्छ। किन? परमेश्वरले मानिसहरूको विश्वास साँचो छ कि छैन भनेर प्रकट गर्न चाहनुहुन्छ। साँचो विश्वास भएको व्यक्ति, अर्थात् असल भेडा परीक्षामा खडा हुन सक्छ। शैतानले उसलाई जसरी बाधा दिए पनि, उसले परमेश्वरलाई पछ्याइरहन सक्छ। परमेश्वरको स्वामित्वमा नरहेकाहरू, झूटो विश्वास गर्नेहरू भने शैतानले बाधा दिँदा पछि हट्छन्। यो शैतानको युक्तिको आधारमा प्रयोग हुने परमेश्वरको बुद्धि हो। अहिले तपाईंलाई तपाईंका पाष्टर र परिवारले बाधा दिन्छ र रोक्छ। यो एउटा जाँच हो। यो अनुभव गरिसकेपछि, तपाईंले केही सत्यता प्राप्त गर्नुहुनेछ र निश्चित कुराहरूलाई स्पष्ट रूपमा देख्नुहुनेछ। तपाईंले साँचो विश्वासी को हो र झूटो विश्वासी को हो त्यो पनि चिन्न सिक्नुहुन्छ, र परमेश्वरमाथिको तपाईंको विश्वास वृद्धि हुनेछ, जुन कुराहरू हामीले सहज वातावरणमा पाउन सक्दैनौँ। यो कष्ट सार्थक छ।” सिस्टरको सङ्गति सुनेपछि, मैले के बुझेँ भने पाष्टर र मेरो परिवारको बाधा र व्यवधान मानिसले गरेको जस्तो देखिए पनि, वास्तवमा, यो त मलाई परमेश्वरको मुक्ति गुमाउन लगाउने प्रयास स्वरूप शैतानले दिएको बाधा रहेछ। शैतान साँच्चै नै घृणास्पद छ। यो घटनाबाट, मैले पाष्टरको खास रूपको बारेमा केही कुरा थाहा पाएँ, र परमेश्वरलाई पछ्याउने मेरो इच्छा झन् दह्रिलो भयो। केही दिनपछि, मैले अझै पनि सर्वशक्तिमान् परमेश्वरमा नै विश्वास गरिरहेको छु भन्ने देखेर, मेरो काका मलाई मनाही गर्न आए। “हेङक्षिन, मेरो कुरा त सुन्। फर्केर आइज। पाष्टरले तँलाई निकाल्यो भने के गर्छस्? यदि तँलाई भविष्यमा कुनै समस्या भयो वा तँ बिरामी परिस् भने, कसले तँलाई सहयोग गर्नेछ?” “मैले बल्ल-बल्ल प्रभुलाई स्वागत गरेको छु, त्यसकारण जेसुकै भए पनि, म सर्वशक्तिमान् परमेश्वरलाई पछ्याउनेछु। म मण्डलीमा फर्केर जानेछैन।” “तँलाई पाष्टरलाई जत्ति धेरै कुरा थाहा छैन। परमेश्वरमा विश्वास गर्ने मामलामा, हामीले पाष्टरको कुरा सुन्नुपर्छ।” “जब प्रभु येशू काम गर्न आउनुभयो, यहूदी धर्मका विश्वासीहरूले पनि फरिसीहरूले धेरै कुरा जानेका छन् भन्ने ठाने र प्रभुलाई विरोध गर्ने र दोष दिने कार्यमा तिनीहरूलाई पछ्याए। परिणाम स्वरूप, तिनीहरू श्रापित र दण्डित भए। परमेश्वरका विश्वासीहरू भएका हुनाले, हामीले परमेश्वरका वचनहरू नै सुन्नुपर्छ। पाष्टरका वचनहरू र व्यवहारहरू परमेश्वरका वचनहरू अनुसार छैनन् भने, हामीले तिनीहरूको कुरा सुन्नु हुँदैन। मैले पाष्टरलाई परमेश्वर आखिरी दिनहरूमा धेरै सत्यता बताउन आउनुहुन्छ जुन कुरालाई बाइबलले र प्रभु येशूका अगमवाणीहरूले प्रमाणित गर्छ भनेर भनेँ, र तिनीहरूले यसलाई खण्डन गर्न सकेनन्, तर तिनीहरूसँग यसको बारेमा खोजी गर्ने कुनै इच्छा थिएन, बरु प्रभुलाई स्वागत गर्नबाट मलाई रोक्ने प्रयास गरे र मेरा कुनै पनि ब्रदर-सिस्टरलाई यो बाँड्न नदिने भने। के तिनीहरूले गरेको कुरा परमेश्वरका वचनहरू अनुरूप छ भन्ने तपाईंलाई लाग्छ? अङ्कल, तपाईंले परमेश्वरको आखिरी दिनहरूको कामको खोजी र अनुसन्धान गर्नुहुन्न। तपाईं पाष्टरले जे भने पनि सुन्नुहुन्छ। तपाईंले कहिल्यै पनि सर्वशक्तिमान् परमेश्वरको वचन पढ्नुभएको छैन, त्यसकारण ती वचनहरू साँचो हुन् कि झूटा हुन् भनेर कसरी थाहा पाउन सक्नुहुन्छ? यो त खोला तर्नु जस्तै हो। यदि एक जना व्यक्तिले पानी गहिरो छ भनेर भन्छ र अर्कोले गहिरो छैन भन्छ भने, तपाईंले कसको कुरामा विश्वास गर्नुहुन्छ? तपाईं आफैले जाँच्नुभयो भने तपाईंलाई थाहा हुँदैन र? यदि तपाईंले प्रभुमा विश्वास गर्नुहुन्छ, तर उहाँको कुरा सुन्नुहुन्न, बरु पाष्टरको कुरा सुन्न जिद्दी गर्नुहुन्छ भने, अन्त्यमा, पाष्टर नरक गयो भने, तपाईं पनि नरक जानुहुन्न र? के यो अन्धोले अन्धोलाई डोर्याएर खाडलमा पुर्याउनु जस्तो होइन?” “पाष्टरले तेरो बारेमा सरकारलाई रिपोर्ट गरेर तँलाई पक्राउ गर्न लगाउँछ भन्ने डर लाग्दैन?” “तिनीहरूले सरकारलाई रिपोर्ट गरे पनि, सरकारले मलाई जे गरे पनि, मलाई सतावट नै गरे पनि, म सर्वशक्तिमान् परमेश्वरलाई पछ्याउँछु।” त्यस दिन, मेरो काकाले मलाई निरन्तर मनाउने प्रयास गरे, तर मैले तिनको कुरा मानिनँ। एक हप्तापछि, मलाई फेरि पाष्टरले झमेलामा नपारोस् भनेर, म पाष्टर र अगुवाहरूकहाँ गएँ, र मैले सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्ने निर्णय गरेँ र म मण्डली फर्केर आउँदिनँ भनी भनेँ, अनि मसँग फेरि कुरा नगर्न अनुरोध गरेँ। अपेक्षाकृत रूपमा, पाष्टरले हरेस खान मानेनन्, र मलाई भने, “तपाईंले विश्वास गरेको यो पूर्वीय ज्योति प्रभुको पुनरागमन होइन। तपाईंले विश्वास गरिरहनुभयो भने, तपाईंले प्रभुलाई धोका दिइरहनुभएको हुन्छ।” मैले तिनलाई भनेँ, “प्रभु येशूले आफ्नो पुनरागमनको यसो भनेर अगमवाणी गर्नुभएको छ, ‘किनभने जसरी बिजुली पूर्वबाट चम्किन्छ र पश्चिमतिर पनि चम्किन्छ; मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ’ (मत्ती २४:२७)। पूर्वीय ज्योतिको देखापराइले उहाँको अगमवाणीलाई पूरा गर्दैन र?” मेरो कुरा खण्डन गर्न नसक्ने देखेर, पाष्टर वाङ रिसाए र परमेश्वरको कामको आलोचना र निन्दा गर्न थाले। तिनको कुरा सुनेर मलाई निकै रिस उठ्यो। मलाई प्रभु येशूले भन्नुभएको यो वचन याद आयो, “मेरो भेडाले मेरो सोर सुन्छ, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्” (यूहन्ना १०:२७)। परमेश्वरको भेडाले उहाँको आवाज सुन्छ। पाष्टर र अगुवाहरूले परमेश्वरको आवाज सुन्दैनन्, र तिनीहरूले परमेश्वरको आलोचना गर्छन्। तिनीहरू परमेश्वरका भेडा होइनन्। तिनीहरू दियाबलसका मानिसहरू हुन्। मैले तिनीहरूलाई भनेँ, “विगतमा, फरिसीहरूले प्रभु येशूलाई आलोचना र निन्दा गरे। अहिले तपाईंहरूले प्रभु फर्केर आइसक्नुभएको छ भनेर सुन्नुभयो र पनि यसको खोजी वा अनुसन्धान गर्नुहुन्न। सर्वशक्तिमान् परमेश्वरका वचनहरू असल तरिकाले बोलिएका छन् भन्ने देखेर पनि, तपाईंहरू अझै यसलाई निन्दा र विरोध गर्नुहुन्छ। के तपाईंहरू आधुनिक फरिसीहरू हुनुहुन्न र?” मैले यो भनेपछि पाष्टर र एल्डरहरू अत्यन्तै रिसाए, त्यसकारण तिनीहरूले मलाई जबरजस्ती गर्न अर्को उपाय प्रयोग गरे। “तपाईं सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्न यति निश्चित हुनुहुन्छ भने, तपाईंले प्रभु येशूमा विश्वास गर्नुहुन्न भन्ने व्यहोराको घोषणा-पत्र लेखौँ र तपाईंले त्यसमा हस्ताक्षर गर्नुहोस्।” “मैले किन त्यसमा हस्ताक्षर गर्ने? सर्वशक्तिमान् परमेश्वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ, र म सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्छु, जुन प्रभुलाई स्वागत गर्नु हो। मैले प्रभु येशूमा विश्वास गर्दिनँ भनेर तपाईंहरूले कसरी भन्न सक्नुहुन्छ? के त्यो तथ्यहरूलाई बङ्ग्याउने काम होइन र? तपाईंहरूको कुरा अनुसार त, जब प्रभु येशू काम गर्न आउनुभयो, पत्रुस र यूहन्ना जस्ता प्रभुका चेलाहरू सबैले मन्दिर छोडेर प्रभु येशूलाई पछ्याएका थिए। के तिनीहरूले यहोवा परमेश्वरलाई धोका दिए भनेर तपाईंहरू भन्न सक्नुहुन्छ? अवश्य नै सक्नुहुन्न। तिनीहरूले परमेश्वरको नयाँ कामलाई पछ्याए। त्यसरी नै, अहिले प्रभु येशू नयाँ काम गर्न फर्केर आउनुभएको छ, र मैले सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्नु थुमाको पाइला पछ्याउनु हो। यो कसरी प्रभुलाई धोका दिएको भयो? म त्यस्तो केहीमा पनि हस्ताक्षर गर्नेछैनँ!” “तपाईं आफैले मण्डली छोड्नुभएको हो, हामीले तपाईंलाई हटाएका होइनौँ भनेर प्रमाणित गर्न तपाईंले यो घोषणा-पत्रमा हस्ताक्षर गर्नैपर्छ, र तपाईंका दाजुहरू र आमाबुबाले पनि हस्ताक्षर गर्नुपर्छ।” त्यो बेला, मैले पाष्टरको उद्देश्य देखेँ। म प्रभु येशूमा विश्वास गर्दिनँ तर सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्छु भनेर घोषणा गरेँ भने, के मैले सर्वशक्तिमान् परमेश्वर र प्रभु येशू एउटै परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई इन्कार गरिरहेको हुनेथिइनँ र? यदि मैले हस्ताक्षर गरेँ भने, तिनीहरूले यसको आधारमा सर्वशक्तिमान् परमेश्वरलाई इन्कार र निन्दा गर्न सक्नेथिए। तिनीहरू अत्यन्तै कुटिल र दुष्ट रहेछन्! यदि तिनीहरूले यो घोषणा-पत्र भियतनामी सरकारमा लगे भने, मलाई सतावट आउनेथियो। यो तिनीहरूको घृणित उद्देश्य थियो। त्यो रात, मैले राती दश बजेसम्म विवाद गरेँ, तर मैले जे भने पनि, पाष्टरले बुझ्न नसकेको जस्तै देखिन्थ्यो, र तिनले रूखो र अनुचित तरिकामा व्यवहार गरे, त्यसकारण मैले तिनीहरूलाई भन्ने कुरा केही बाँकी थिएन। भोलि पल्ट, यो कुरा मेरो परिवारले थाहा पाएपछि, मलाई विभिन्न दोष लगाउन तिनीहरू मेरो घरमा आए। “तँलाई हुर्काउन तेरो बुबा र मैले धेरै दुःख गर्यौँ, र अहिले तँ हामीलाई छोड्दैछस्? तँसँग कुनै विवेक नै छैन!” “आमा, मैले तपाईंलाई त्यागेको छैनँ। मैले तपाईंहरूलाई धेरै पटक सुसमाचार सुनाएँ, तर तपाईंहरू विश्वास गर्नुहुन्न। तपाईंले परमेश्वरका वचनहरू सुन्नुहुन्न, पाष्टरको कुरा मात्रै सुन्नुहुन्छ। यो तपाईंको आफ्नै निर्णय हो।” “अबदेखि, तँ मेरो छोरा होइनस्!” “अबदेखि, हामी आ-आफ्नो बाटो लाग्नेछौँ। हामी अबदेखि दाजुभाइ होइनौँ। भविष्यमा तँलाई जति दुःख परे पनि, हामी तँलाई सहयोग गर्नेछैनौँ।” “त्यसो भए त्यो तपाईंहरूको विचार हो। मैले परमेश्वरमा विश्वास मात्रै गरेको हुँ, तर पनि तपाईंहरूले मलाई यसरी सताउनुहुन्छ, अनि तपाईंहरू र परमेश्वरको बीचमा छनौट गर्न लगाउनुहुन्छ, त्यसकारण अवश्य नै म परमेश्वरलाई चुन्छु। तर मैले तपाईंहरू मेरा आमाबुबा र दाजुहरू हुनुहुन्न भनेर कहिल्यै भनेको छैनँ। त्यो तपाईंहरूले भन्नुभएको हो।”
त्यसपछि, म मण्डली जान छोडेँ। पाष्टर र अगुवाहरूले मलाई अब फेरि झिज्याउनेछैनन् भन्ने लागेको थियो। अनपेक्षित रूपमा, अप्रिल महिनामा एक दिन, मण्डलीको कोष व्यवस्थापन गर्ने मण्डली कर्मचारी मकहाँ आए र प्रभु येशूमा विश्वास गर्दिनँ भन्ने घोषणा-पत्रमा हस्ताक्षर गर्न आउनुहोस् भनी जिद्दी गरे। म क्रोधित भएँ। यी मानिसहरूले मलाई एकलै छोड्नै मानेनन्। किन तिनीहरू यति घृणित भएका? मैले तिनलाई पठाएपछि, मैले आफूलाई शान्त पारेँ र परमेश्वरलाई प्रार्थना गरेँ, र मलाई सर्वशक्तिमान् परमेश्वरका वचनहरूको एउटा खण्ड याद आयो। “जब परमेश्वरले काम गर्नुहुन्छ, कुनै व्यक्तिलाई वास्ता गर्नुहुन्छ, र उसलाई नियाल्नुहुन्छ, र जब उहाँले त्यो व्यक्तिलाई कृपा र अनुमोदन प्रदान गर्नुहुन्छ, तब शैतान पनि त्यसको पछिपछि लाग्छ, र त्यसलाई फुस्ल्याउने, र हानि गर्ने प्रयास गर्छ। परमेश्वरले त्यो व्यक्तिलाई प्राप्त गर्न चाहनुभयो भने, शैतानले परमेश्वरलाई बाधा दिन आफ्नो भएभरको शक्ति लगाउँछ, र परीक्षा गर्न, बाधा दिन र परमेश्वरको कामलाई बिगार्न विभिन्न दुष्ट चालहरू प्रयोग गर्छ, र त्यसले आफ्नो गुप्त उद्देश्य हासिल गर्न यी सबै कार्य गर्छ। यो उद्देश्य के हो त? परमेश्वरले कुनै पनि व्यक्तिलाई प्राप्त गर्नुभएको त्यसले चाहँदैन; परमेश्वरले चाहनुभएका सबैलाई त्यसले आफ्नो कब्जामा लिन चाहन्छ, तिनीहरूलाई नियन्त्रण गर्न चाहन्छ, तिनीहरूलाई वशमा पार्न चाहन्छ, ताकि तिनीहरूले त्यसको आराधना गरून्, ताकि दुष्कर्म गर्नमा तिनीहरू त्यससँग हात मिलाऊन्, र परमेश्वरको विरोध गरून्। के यो शैतानको दुष्ट आशय होइन र? तिमीहरू प्रायजसो भन्छौ, शैतान अत्यन्त दुष्ट छ, अत्यन्त खराब छ, तर के तिमीहरूले त्यसलाई देखेका छौ? तिमीहरूले मानवजाति कति खराब छ भनेर देख्न सक्छौ; तर वास्तविक शैतान कति खराब छ भनी तिमीहरूले देखेका छैनौ। तर अय्यूबसँग सम्बन्धित मामलामा, तिमीहरूले शैतान कति दुष्ट छ भनेर देखेका छौ। यो मामलाले शैतानको घृणित मुहार र यसको सारलाई एकदमै स्पष्ट पारेको छ। परमेश्वरसँग युद्ध गर्ने क्रममा, र उहाँको पिछा गर्ने क्रममा, शैतानको उद्देश्य भनेको परमेश्वरले गर्न चाहनुभएको सबै कामलाई विनाश गर्नु, परमेश्वरले आफ्नो बनाउन चाहनुभएका मानिसहरूलाई कब्जा र नियन्त्रण गर्नु, र परमेश्वरले प्राप्त गर्न चाहनुभएकाहरूलाई पूर्ण रूपमा नष्ट गर्नु हो। यदि तिनीहरूलाई नष्ट गरिएन भने तिनीहरू शैतानको अधीनमा आउँछन्, शैतानद्वारा प्रयोग गरिन्छन्—त्यसको उद्देश्य यही हो” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ४)। परमेश्वरका वचनहरू मनन गरिसकेपछि, मैले शैतानको चलाकीलाई अझै स्पष्ट रूपमा बुझेँ। यी पाष्टर र एल्डरहरू शैतानको स्वामित्वमा छन् भन्ने देखेँ। तिनीहरू शैतानका सहकर्मीहरू रहेछन्। सर्वशक्तिमान् परमेश्वरमाथिको मेरो विश्वासलाई रोक्न र बाधा दिनको लागि, मलाई परमेश्वरबाट टाढा लैजानको लागि तिनीहरूले हरेक माध्यमको प्रयोग गरे। मलाई निन्दा गर्ने बहानाको लागि तिनीहरूले मलाई प्रभु येशूलाई इन्कार गर्ने पत्रमा हस्ताक्षर गर्न अनुरोध गरे। तिनीहरूको हृदय अत्यन्तै घातक रहेछ! सुरुदेखि अन्तिमसम्म नै, तिनीहरूले शैतानको भूमिका खेले। पछि, मेरो परिवारले पनि पाष्टरका अभिप्रायहरू देखे, र तिनीहरूले मलाई पत्रमा हस्ताक्षर गर्न लगाएर सरकारमा रिपोर्ट गर्ने इच्छा रहेछ भन्ने महसुस गरे, र मेरी आमाले मलाई भन्नुभयो, “हेङक्षिन, त्यो पत्रमा सही नगर्। पाष्टर खत्तम छ। परमेश्वरमा विश्वास गरेर तैँले केही गलत गरेको छैनस्, र पनि तिनले तँलाई यस्तो व्यवहार गर्छ। तँलाई केही सतावट भयो भने, म तिनलाई त्यतिकै छोड्दिनँ।” म पाष्टरहरूको पूजा गर्ने गर्थेँ। तिनीहरूले प्रभुको सेवा गर्छन् र तिनीहरूलाई सहयोग गर्नु प्रभुलाई प्रेम गर्नु हो भन्ने ठान्थेँ, त्यसकारण म नियमित रूपमा दशांस-भेटी दिन्थेँ, पैसा र सामान दुवै दिन्थेँ। तिनीहरूको कार बिग्रँदा, म सधैँ मर्मत गरिदिन्थेँ, चाहे खर्च जतिसुकै लागोस्। यो अनुभवबाट, अहिले मैले पाष्टरहरूको वास्तविक रूप देखेँ। बगालको रक्षा गर्ने नाममा तिनीहरूले साँचो मार्गको अनुसन्धान गर्नबाट मानिसहरूलाई रोक्छन्, र प्रभुलाई स्वागत गर्न र स्वर्गको राज्यमा प्रवेश गर्नबाट अरूलाई रोक्छन्। तिनीहरूले हामी सबैलाई आफ्नो पकडमा राख्न मात्रै चाहन्छन्, ताकि हामीले तिनीहरूलाई अझै धेरै पैसा र सहयोग दिन सकौँ। तिनीहरू मानिसहरूलाई स्वर्गको राज्यमा प्रवेश गर्नबाट रोक्ने ठेस लाग्ने ढुङ्गाहरू हुन्।
सर्वशक्तिमान् परमेश्वरका वचनहरूले भन्छन्: “भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू पनि छन् तर उनीहरूमध्ये एक जनाले पनि परमेश्वरको कार्यको उद्देश्य बुझेको हुँदैन। उनीहरूमध्ये एक जना पनि परमेश्वरलाई जान्न सक्षम छैन, उनीहरूमध्ये कोही परमेश्वरको इच्छामा एकचित्त हुने बारेमा त कुरै नगरौं। उनीहरू सबैजना परमेश्वरलाई प्रवचन सुनाउन उचाइमा उभिएका व्यर्थका दुष्ट मानिसहरू हुन्। उनीहरूले परमेश्वरको ध्वजा बोके तापनि जानीबुझीकनै परमेश्वरको विरोध गर्छन्। परमेश्वरमा विश्वास भएको दाबी गर्दै उनीहरूले मान्छेको मासु खान्छन् र रगत पिउँछन्। त्यस्ता सबै मानिस मान्छेको आत्मा विनाश गर्ने दियाबलसहरू हुन्, सही मार्गमा हिँड्ने प्रयास गरिरहेका व्यक्तिहरूलाई रोक्ने प्रमुख दुष्टात्माहरू हुन्, र परमेश्वरको खोजी गर्ने व्यक्तिहरूलाई अवरोध गर्ने बाधा-अड्चनहरू हुन्। उनीहरू ‘स्वस्थ विधान’ का जस्तो लाग्न सक्छन् तर उनीहरू मानिसहरूलाई परमेश्वरविरुद्ध उभिन अगुवाइ गर्ने ख्रीष्टविरोधीहरूबाहेक केही होइनन् भन्ने कुरा कसरी उनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्? उनीहरू मानव आत्मा विनाश गर्नमा समर्पित जीवित शैतान हुन् भन्ने कुरा कसरी ती अनुयायीहरूले थाहा पाउन सक्छन्?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई नचिन्ने सबै मानिस परमेश्वरको विरोध गर्नेहरू हुन्)। परमेश्वरको सुरक्षाको लागि म कृतज्ञ छु। मलाई कदम-कदम गरि अगुवाइ र मार्गनिर्देशित गर्ने, मलाई शैतानका चलाकीहरू देखाउने पाष्टरहरूले कसरी सत्यतालाई घृणा गर्छन् र परमेश्वरको विरोध गर्छन् भन्ने देख्न, दुष्ट नोकरहरू र ख्रीष्ट-विरोधीहरूको बन्धनबाट मलाई पूर्ण रूपमा मुक्त गर्ने, र परमेश्वरको घरमा फर्काउन सहयोग गर्ने सर्वशक्तिमान् परमेश्वरको वचन नै थियो। मेरो हृदय परमेश्वरप्रतिको कृतज्ञताद्वारा भरियो! अहिले म, हरेक दिन परमेश्वरको वचनको भरणपोषण प्राप्त गर्छु, मेरा ब्रदर-सिस्टरहरूलाई सुसमाचार प्रचार गर्छु र परमेश्वरको गवाही दिन्छु, र मलाई सन्तुष्टि र खुशी लाग्छ! परमेश्वर धन्यवाद!