सृष्टिकर्ताको अख्‍तियारको अधीनतामा, सबै थोक सिद्ध छन्

13 अगस्ट 2021

चराचुरुङ्गी र माछा, रूख-बिरुवा र फूलहरूजस्ता चल्‍न सक्‍ने र चल्‍न नसक्‍नेलगायत, र छैटौं दिनमा बनाइएका चौपाया, कीराफट्याङ्ग्रा, र वन-पशुहरूलगायत, परमेश्‍वरले सृष्टि गर्नुभएका यावत् थोक—परमेश्‍वरको नजरमा ती सबै असल थिए, यसको साथै, परमेश्‍वरको नजरमा उहाँको योजनाअनुसार, यी कुराहरू सबैले सिद्धताको शिखर प्राप्त गरेका थिए र तिनीहरू परमेश्‍वरले हासिल गर्न चाहनुभएका मापदण्डहरूमा पुगेका थिए। चरणबद्ध रूपमा, सृष्टिकर्ताले आफ्‍नो योजनाअनुरूप नै आफ्‍नो अभिप्रायको काम गर्नुभयो। एकपछि अर्को गर्दै, उहाँले सृष्टि गर्ने अभिप्राय राख्‍नुभएका कुराहरू देखा परे, र हरेक कुराको देखा पराइ सृष्टिकर्ताको अख्‍तियारको प्रतिबिम्‍ब, उहाँको अख्‍तियारको मूर्तता थियो; यो मूर्तताको कारण, सारा जीवहरू सृष्टिकर्ताको अनुग्रह र बन्दोबस्‍तप्रति आभारी नभई बस्‍न सकेनन्। परमेश्‍वरका आश्‍चर्यजनक कार्यहरू आफै प्रकट हुने क्रममा, यो संसार एक-एक गरी परमेश्‍वरले सृष्टि गर्नुभएका सबै कुराहरूद्वारा भरिपूर्ण भए, र यो लथालिङ्गपन र अन्धकारबाट स्पष्टता र ज्योतिमा, मृत्युको सन्नाटादेखि जीवन्त र असीमित जीवन शक्तिमा परिवर्तन भयो। सृष्टिका सबै थोकमाझ, ठूलादेखि सानासम्‍म, सानादेखि अति सुक्ष्‍मसम्‍म, सृष्टिकर्ताको अख्‍तियार र शक्तिले सृष्टि नगरेको केही पनि थिएन, र हरेक जीवको अस्तित्वको अद्वितीय र अन्तर्निहित आवश्यकता र मूल्य थियो। तिनीहरूको आकार र संरचनामा रहेका भिन्‍नताहरूका बावजूद पनि, तिनीहरूलाई सृष्टिकर्ताले सृष्टिकर्ताको अख्तियारको अधीनमा रही जिउने गरी बनाउनुभएको थियो। कहिलेकहीँ मानिसहरूले एउटा अत्यन्तै कुरूप कीरालाई देख्छन्, अनि भन्छन्, “त्यो कीरा अत्यन्तै भयानक छ, त्यसकारण यस्तो कुरूप थोक परमेश्‍वरले बनाउनुभएको हुँदै-होइन—उहाँले त्यस्तो कुरूप थोक सृष्टि गर्न सक्‍नुहुन्‍न।” कस्तो मूर्ख सोच! तिनीहरूले त यसो भन्‍नुपर्ने हो, “यो कीरा यति कुरूप भए पनि, परमेश्‍वरले नै यसलाई बनाउनुभएको हो, त्यसकारण पक्‍कै पनि यसको आफ्‍नै अद्वितीय उद्देश्य हुनुपर्छ।” परमेश्‍वरका विचारहरूमा, आफूले सृष्टि गर्नुभएका विभिन्‍न जीवित प्राणीहरूलाई उहाँले हरेक स्वरूप र हरेक प्रकारका प्रकार्य र प्रयोजनहरू दिने अभिप्राय राख्‍नुभएको थियो, त्यसकारण परमेश्‍वरले बनाउनुभएका कुनै पनि थोक उही कपडा काटेर सिलाइएका वस्त्रहरूजस्तो थिएनन्। तिनीहरूको बाहिरी रूपदेखि भित्री बनावटसम्‍म, तिनीहरूको जिउने शैलीदेखि तिनीहरूले ओगट्ने स्थानसम्‍म—हरेक कुरा फरक छ। गाईसँग गाईकै रूप हुन्छ, गधासँग गधाकै रूप हुन्छ, मिर्गसँग मिर्गकै रूप हुन्छ, र हात्तीसँग हात्तीकै रूप हुन्छ। के कुनचाहिँ सबैभन्दा राम्रो देखिन्छ, र कुनचाहिँ सबैभन्दा कुरूप देखिन्छ भनेर तैँले भन्‍न सक्छस्? के कुनचाहिँ सबैभन्दा उपयोगी छ, र कुनको अस्तित्व सबैभन्दा कम आवश्यक छ भनेर तैँले भन्‍न सक्छस्? कतिपय मानिसहरूलाई हात्तीको रूप मन पर्छ, तर जमिनमा खेती गर्नको लागि कसैले पनि हात्तीको प्रयोग गर्दैनन्; कतिलाई सिंह र बाघको रूप मन पर्छ, किनभने तिनीहरूको रूप सबै थोकभन्दा आकर्षक देखिन्छ, तर के तँ तिनलाई घरपालुवा जनावरको रूपमा राख्‍न सक्छस्? छोटकरीमा भन्दा, जब सृष्टिका असंख्य थोकको कुरा आउँछ, मानिसले सृष्टिकर्ताको अख्तियारलाई काम गर्न दिनुपर्छ, भन्‍नुको अर्थ, सृष्टिकर्ताले यावत् थोकको निम्ति तय गर्नुभएको क्रमलाई काम गर्न दिनुपर्छ; सबैभन्दा बुद्धिमानी मनोवृति यही हो। सृष्टिकर्ताको मौलिक अभिप्रायहरूको खोजी गर्ने, र त्यसको पालना गर्ने मनोवृति मात्रै सृष्टिकर्ताको अख्‍तियारको साँचो स्वीकार र सुनिश्‍चितता हो। यो परमेश्‍वरको नजरमा असल छ, त्यसकारण, मानिसले गल्ती देखाउनुको कारण के छ र?

सृष्टिकर्ताको अख्‍तियारको अधीनतामा, सबै थोक सिद्ध छन्

यसरी, सृष्टिकर्ताको अख्‍तियारअन्तर्गतका यावत् थोकले सृष्टिकर्ताको सार्वभौमिकताको नयाँ जयगान गाउनुपर्छ, उहाँले नयाँ दिनमा गर्नुभएको कामको लागि सानदार शुभारम्भ गर्नुपर्छ, र यस क्षणमा सृष्टिकर्ताले उहाँको व्यवस्थापन कार्यमा नयाँ पृष्ठ पनि खोल्‍नुहुनेछ। वसन्तमा मुना उम्रने, ग्रीष्ममा पाक्‍ने, शरदमा कटनी गर्ने, र शिशिरमा भण्डारण गर्नेसम्‍बन्धी सृष्टिकर्ताले तोक्‍नुभएको नियमअनुसार, सबै थोकले सृष्टिकर्ताको व्यवस्थापन योजनालाई प्रतिबिम्‍बित गर्नेछन्, र तिनीहरूले तिनीहरूका आफ्‍नै नयाँ दिन, नयाँ सुरुवात, र नयाँ जीवन यात्रालाई स्वागत गर्नेछन्। सृष्टिकर्ताको अख्‍तियारको सार्वभौमिकताको अधीनमा हरेक दिनलाई स्वागत गर्नको लागि तिनीहरू जिइरहनेछन् र अनवरत रूपमा वृद्धि हुँदै जानेछन् …

— वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

छैठौं दिन, सृष्टिकर्ता बोल्‍नुहुन्छ, र उहाँको मस्तिष्कमा भएका हरेक प्रकारका प्राणी एकपछि अर्को गर्दै देखा पर्छन्

चालै नपाई, सृष्टिकर्ताको सबै थोक सृष्टि गर्ने कार्य पाँचौं दिनसम्‍म जारी रह्यो, र यसपछि तुरुन्तै सृष्टिकर्ताले सबै थोक सृष्टि गर्ने आफ्‍नो...

चौथो दिन, परमेश्‍वरले फेरि आफ्‍नो अख्तियार प्रयोग गर्नुहुन्छ र मानवजातिका ऋतु, दिन, र वर्षहरू अस्तित्वमा आउँछन्

आफ्‍नो योजना हासिल गर्नको लागि सृष्टिकर्ताले आफ्‍ना वचनहरू प्रयोग गर्नुभयो, र यसरी उहाँले आफ्‍नो योजनाको प्रारम्‍भिक तीन दिन बिताउनुभयो। यी...

तेस्रो दिन, परमेश्‍वरको वचनले पृथ्वी र समुद्रलाई जन्‍म दिन्छ, र परमेश्‍वरको अख्‍तियारले संसारलाई जीवनले भरिपूर्ण तुल्याउँछ

यसपछि हामी उत्‍पत्ति १:९–११ को पहिलो वाक्यलाई पढौं: “अनि परमेश्‍वरले भन्‍नुभयो, वायुमण्डलमुनिको पानी एक ठाउँमा जम्मा होस् र सुक्खा भूमि...

पहिलो दिन, परमेश्‍वरको अख्‍तियारले मानवजातिको दिन र रात पैदा र खडा गर्छ

हामी पहिलो अनुच्‍छेदलाई हेरौं: “र परमेश्‍वरले भन्‍नुभयो, उज्यालो होस्: अनि उज्यालो भयो। अनि परमेश्‍वरले त्यो असल छ भन्‍ने देख्‍नुभयो: अनि...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्