सृष्टि गरिएको र सृष्टि नगरिएको कुनै पनि प्राणीले सृष्टिकर्ताको पहिचानलाई प्रतिस्थापन गर्न सक्दैन
उहाँले यावत् थोकको सृष्टि गर्न सुरु गर्नुभएदेखि नै, परमेश्वरको शक्ति व्यक्त हुन र प्रकट हुन थाल्यो, किनभने परमेश्वरले सबै थोक सृष्टि गर्न वचनको प्रयोग गर्नुभयो। उहाँले तिनीहरूलाई जसरी सृष्टि गर्नुभए तापनि, उहाँले तिनीहरूलाई जुन कारणले सृष्टि गर्नुभए तापनि, सबै थोक परमेश्वरकै वचनको कारण हुन आए र दृढ भई खडा भए र अस्तित्वमा रहे; सृष्टिकर्ताको अद्वितीय अख्तियार यही नै हो। संसारमा मानवजाति देखा पर्नुभन्दा पहिलेको समयमा, सृष्टिकर्ताले मानवजातिको लागि सबै थोक सृष्टि गर्न आफ्नो शक्ति र अख्तियारको प्रयोग गर्नुभयो, र मानवजातिको लागि जिउने उपयुक्त वातावरण तयारी गर्नको लागि आफ्नो अद्वितीय विधिहरूको प्रयोग गर्नुभयो। उहाँले गर्नुभएको सबै कुरा मानवजातिको तयारीको लागि थियो, जसले चाँडै नै उहाँको सास प्राप्त गर्न लागेको थियो। भन्नुको अर्थ, मानवजातिको सृष्टि गरिनुभन्दा पहिलेको समयमा, मानवजातिभन्दा फरक रहेका सबै प्राणीहरूमा, स्वर्गहरू, ज्योतिहरू, समुद्रहरू, र भूमि जस्ता ठूला कुराहरूमा, र पशु-प्राणी र चराचुरुङ्गीजस्ता साना कुराहरूमा, साथै नाङ्गो आँखाले देख्न नसकिने विभिन्न प्रकारका ब्याक्टेरिया लगायत कीरा-फट्याङ्ग्रा र सूक्ष्मजीवहरूमा परमेश्वरको अख्तियार प्रदर्शन गरिएको थियो। हरेकलाई सृष्टिकर्ताको वचनले जीवन दिएको थियो, सृष्टिकर्ताकै वचनको कारण हरेक सङ्ख्यामा वृद्धि भए, र उहाँकै वचनको कारण हरेक नै सृष्टिकर्ताको सार्वभौमिकताको अधीनमा जिए। तिनीहरूले सृष्टिकर्ताको सास प्राप्त नगरेका भए तापनि, तिनीहरूका विभिन्न रूप र संरचनाद्वारा नै तिनीहरूले सृष्टिकर्ताद्वारा तिनीहरूलाई दिइएको जीवन-शक्ति प्रदर्शन गरे; सृष्टिकर्ताले मानवजातिलाई दिनुभएको बोल्न सक्ने क्षमता तिनीहरूले प्राप्त नगरे तापनि, सृष्टिकर्ताले तिनीहरूलाई दिनुभएको तिनीहरूको जीवन व्यक्त गर्ने तरिका तिनीहरू प्रत्येकले प्राप्त गरे, जुन मानिसको भाषाभन्दा फरक थियो। सृष्टिकर्ताको अख्तियारले अचल देखिने भौतिक वस्तुलाई त्यो कहिल्यै हराएर नजाओस् भनेर जीवनशक्ति मात्र दिँदैन, तर उहाँले हरेक जीवित प्राणीलाई सन्तान पैदा गरेर वृद्धि हुने प्राकृतिक गुण पनि दिनुहुन्छ, ताकि तिनीहरू कहिल्यै हराएर नजाऊन्, ताकि सृष्टिकर्ताले तिनीहरूलाई दिनुभएको बाँच्ने सम्बन्धी नियम र सिद्धान्तहरूलाई तिनीहरूले एकपछि अर्को पुस्ता गर्दै हस्तान्तरण गर्दै जाऊन्। सृष्टिकर्ताले आफ्नो अख्तियार जुन किसिमले प्रयोग गर्नुहुन्छ त्यसले वृहत् वा सूक्ष्म दृष्टिकोणलाई कठोरताको साथ पालना गर्दैन, र यो कुनै पनि रूपमा सीमित छैन; उहाँले ब्रह्माण्डका कार्यवाहीहरूलाई आदेश दिन र सबै थोकको जीवन र मृत्युमाथि सार्वभौमिकता राख्न सक्नुहुन्छ, यसको साथै, सबै थोकले उहाँकै सेवा गरून् भनेर तिनलाई मिलाउनुहुन्छ; उहाँले पहाड-पर्वत, नदीनाला, र तालतलैयाले कसरी काम गर्छन् तिनलाई व्यवस्थापन गर्न, र तिनीहरूभित्र भएका कुराहरूलाई शासन गर्न सक्नुहुन्छ, त्यस बाहेक, उहाँ सबै थोकलाई जे चाहिन्छ त्यो प्रदान गर्न सक्नुहुन्छ। मानवजाति बाहेक सबै थोकको बीचमा सृष्टिकर्ताको अद्वितीय अख्तियारको प्रकटीकरण यही नै हो। त्यस्तो प्रकटीकरण जीवनकालको लागि मात्रै होइन; यो कहिल्यै सकिँदैन, न त यसले विश्राम नै गर्छ, र यसलाई कुनै पनि व्यक्ति वा थोकले परिवर्तन गर्न वा क्षति पुर्याउन सक्दैन, न त कुनै पनि व्यक्ति वा थोकले यसलाई थप्न वा घटाउन नै सक्छ—किनभने कसैले पनि सृष्टिकर्ताको पहिचानलाई प्रतिस्थापन गर्न सक्दैन, त्यसकारण सृष्टिकर्ताको अख्तियारलाई सृष्टि गरिएको कुनै पनि प्राणीले प्रतिस्थापन गर्न सक्दैन; सृष्टि नगरिएको कुनै पनि प्राणीले यसलाई प्राप्त गर्न सक्दैन। उदाहरणको लागि परमेश्वरका दूतहरू र स्वर्गदूतहरूलाई लिऊँ। तिनीहरूसँग परमेश्वरको शक्ति छैन, सृष्टिकर्ताको अख्तियार हुने कुरा त परै जाओस्, र तिनीहरूमा सृष्टिकर्ताको सार नभएको कारण तिनीहरूमा परमेश्वरको शक्ति र अख्तियार हुँदैन। परमेश्वरका दूतहरू र स्वर्गदूतहरूजस्ता सृष्टि नगरिएका प्राणीहरूले परमेश्वरको सट्टामा केही कुराहरू गर्न सक्ने भए तापनि तिनीहरूले परमेश्वरलाई प्रतिनिधित्व गर्न सक्दैनन्। तिनीहरूसँग मानिसमा नभएका केही शक्ति भए तापनि, तिनीहरूसँग परमेश्वरको अख्तियार छैन, अर्थात् सबै थोक सृष्टि गर्ने, सबै थोकमाथि हुकुम गर्ने, र सबै थोकमाथि सार्वभौमिकता राख्ने परमेश्वरको अख्तियार तिनीहरूसँग छैन। त्यसकारण, परमेश्वरको अद्वितीयतालाई सृष्टि नगरिएको प्राणीले प्रतिस्थापन गर्न सक्दैन, त्यसरी नै, सृष्टि नगरिएको कुनै पनि प्राणीले परमेश्वरको अख्तियार र शक्तिलाई प्रतिस्थापन गर्न सक्दैन। के बाइबलमा, परमेश्वरको कुनै दूतले सबै थोक सृष्टि गर्यो भनेर तैँले पढेको छस्? परमेश्वरले सबै थोक सृष्टि गर्नको लागि किन उहाँको कुनै पनि दूत वा स्वर्गदूतहरूलाई खटाउनुभएन? किनभने तिनीहरूसँग परमेश्वरको अख्तियार थिएन, त्यसकारण परमेश्वरको अख्तियार प्रयोग गर्ने क्षमता तिनीहरूसँग थिएन। सबै प्राणीहरू जस्तै, तिनीहरू सबै नै सृष्टिकर्ताको सार्वभौमिकताको अधीनमा, र सृष्टिकर्ताको अख्तियारको अधीनमा छन्, त्यसरी नै, सृष्टिकर्ता तिनीहरूका परमेश्वर र तिनीहरूका सार्वभौम हुनुहुन्छ। तिनीहरूमध्ये हरेकको बीचमा—चाहे ती कुलीन वा नीच होऊन्, ठूलो शक्ति भएको वा सानो शक्ति भएका होऊन्—सृष्टिकर्ताको अख्तियारलाई नाघ्न सक्ने एउटै छैन, त्यसकारण, तिनीहरूका बीचमा, सृष्टिकर्ताको पहिचानलाई प्रतिस्थापन गर्न सक्ने एउटै छैन। तिनीहरूलाई कहिल्यै पनि परमेश्वर भनिनेछैन, र तिनीहरू कहिल्यै पनि सृष्टिकर्ता बन्न सक्नेछैनन्। यी अपरिवर्तनीय सत्यता र तथ्यहरू हुन्!
माथिको सङ्गतिबाट, के हामी निम्न कुरालाई जोड दिन सक्छौं त: सबै थोकका सृष्टिकर्ता र शासक, जोसँग अद्वितीय अख्तियार र अद्वितीय शक्ति छ, उहाँलाई मात्रै अद्वितीय परमेश्वर स्वयम् भनेर भन्न सकिन्छ? यस बिन्दुमा, त्यस्तो प्रश्न अत्यन्तै गहन छ भन्ने तिमीहरूलाई लाग्न सक्छ। तिमीहरू एक क्षणको लागि यसलाई बुझ्न सक्दैनौ, र यसभित्रको सारलाई बुझ्न सक्दैनौ, त्यसकारण अहिलेको लागि तिमीहरूलाई यो उत्तर दिनु कठिन छ भन्ने लाग्छ। त्यस हकमा, मैले मेरो सङ्गतिलाई जारी राख्नुपर्छ। त्यसपछि, म तिमीहरूलाई परमेश्वरको स्वामित्वमा मात्रै रहेको अख्तियार र शक्तिको विभिन्न पक्षका वास्तविक कामहरू देख्ने तुल्याउनेछु, यसरी म तिमीहरूलाई परमेश्वरको अद्वितीयपन, र परमेश्वरको अद्वितीय अख्तियार भनेको के हो त्यसलाई साँचो रूपमा बुझ्ने, कदर गर्ने, र जान्ने तुल्याउनेछु।
— वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय १