स्वर्ग, पृथ्वी र यावत् थोकको सृष्टि गर्न सक्‍नुहुने मात्र एउटै साँचो परमेश्‍वर, सृष्टिका प्रभु हुनुहुन्छ

14 अगस्ट 2021

परमेश्‍वरका प्रासंगिक वचनहरू:

सबै थोकमाथि शासन गर्ने र सबै थोकमाथि प्रशासन चलाउनुहुने परमेश्‍वर नै हुनुहुन्छ। अस्तित्वमा भएका सबै कुरा उहाँले नै सृष्टि गर्नुभएको हो, अस्तित्वमा भएका सबै कुरामाथि उहाँले नै प्रशासन चलाउनुहुन्छ, र अस्तित्वमा भएका सबै थोकमाथि उहाँले नै शासन गर्नुहुन्छ, र अस्तित्वमा भएका सबै थोकलाई उहाँले नै भरणपोषण गर्नुहुन्छ। परमेश्‍वरको हैसियत यही हो, र उहाँको पहिचान यही हो। सबै थोक र अस्तित्वमा रहेका सबै कुराको लागि, परमेश्‍वरको साँचो पहिचान भनेको सबै सृष्टिको सृष्टिकर्ता र शासक हो। परमेश्‍वरको पहिचान यही हो, र उहाँ सबै थोकका बीचमा अद्वितीय हुनुहुन्छ। परमेश्‍वरका कुनै पनि सृष्टिहरूले—चाहे तिनीहरू मानवजातिका बीचमा होऊन् वा आत्मिक संसारमा होऊन्—परमेश्‍वरको पहिचान र हैसियतलाई अनुकरण गर्न वा प्रतिस्थापन गर्नको लागि कुनै पनि माध्यम वा बहानाको प्रयोग गर्न सक्दैनन्, किनभने सबै थोकको बीचमा यो पहिचान, शक्ति, अख्तियार, र सृष्टिमाथि शासन गर्ने यो क्षमता भएको एक मात्रै हुनुहुन्छ: हाम्रा अद्वितीय परमेश्‍वर स्वयम्। उहाँ सबै थोकमाझ जिउनुहुन्छ र घुमफिर गर्नुहुन्छ; उहाँ सबैभन्दा उच्‍च स्थानमा, सबै थोकभन्दा माथि उठ्न सक्‍नुहुन्छ। मानिस बनेर, देह र रगतकाहरूमध्ये एक बनेर, मानिसहरूको आमने-सामने आएर अनि तिनीहरूसँग खुशी र दुःख बाँडेर उहाँले आफैलाई नम्र तुल्याउन सक्‍नुहुन्छ, यसको साथै उहाँले अस्तित्वमा रहेका सबै थोकको नियति र यो सबै अघि बढ्ने दिशा निर्धारण गर्दै अस्तित्वमा रहेका सबै थोकमाथि हुकुम चलाउनुहुन्छ। यसको साथै, उहाँले सारा मानवजातिको नियतिको मार्गनिर्देश गर्नुहुन्छ, र मानवजातिको दिशा तय गर्नुहुन्छ। यस्तो परमेश्‍वरलाई सबै मानवजातिले आराधना गर्नुपर्छ, आज्ञापालन गर्नुपर्छ, र चिन्‍नुपर्छ। यसरी, तँ मानवजातिको जुनसुकै समूह वा प्रकारमा भए तापनि, परमेश्‍वरलाई विश्‍वास गर्नु, परमेश्‍वरलाई पछ्याउनु, उहाँको नियमलाई स्वीकार गर्नु र तेरो भाग्यको लागि उहाँका बन्दोबस्तहरूलाई स्वीकार गर्नु कुनै पनि व्यक्ति र कुनै पनि जीवित प्राणीको लागि एउटै मात्र विकल्‍प हो, अर्थात् अत्यावश्यक छनौट हो। परमेश्‍वरको अद्वितीयपनमा, मानिसहरूले उहाँको अख्‍तियार, उहाँको धर्मी स्वभाव, उहाँको सार देख्छन् अनि उहाँले सबै थोकलाई भरणपोषण गर्ने माध्यमहरू सबै पूर्ण रूपमा अद्वितीय रहेको देख्छन्; यो अद्वितीयपनले परमेश्‍वर स्वयम्‌को साँचो पहिचानलाई निर्धारित गर्छ, र यसले उहाँको हैसियतलाई पनि निर्धारित गर्छ। त्यसकारण, सारा सृष्टिको बीचमा, परमेश्‍वरको अनुकरण गर्ने प्रयास असम्‍भव भएझैं आत्मिक संसारमा वा मानवजातिको बीचमा रहेको कुनै पनि जीवित प्राणीले परमेश्‍वरको स्थानमा खडा हुने इच्‍छा गर्थ्यो भने, त्यस कार्यमा सफलता मिल्न असम्‍भव हुनेथियो। तथ्य यही नै हो।

वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १०

परमेश्‍वरको शक्तिले जीवन र जीवन-शक्ति भएको कुनै पनि स्वरूपको कुराहरूलाई सृष्टि गर्न सक्छ, र यसलाई परमेश्‍वरको जीवनले नै निर्धारित गरेको हुन्छ। परमेश्‍वर जीवन हुनुहुन्छ, त्यसकारण उहाँ सबै जीवित प्राणीहरूको स्रोत हुनुहुन्छ। यसको साथै, परमेश्‍वरको अख्‍तियारले हरेक जीवित प्राणीलाई परमेश्‍वरको हरेक वचन पालन गर्ने तुल्याउँछ, अर्थात् परमेश्‍वरको मुखबाट निस्केका वचनहरू अनुसार अस्तित्वमा आउने, र परमेश्‍वरको आज्ञा अनुसार जिउने र सन्तान उत्पादन गर्ने तुल्याउँछ, जसपछि परमेश्‍वरले सबै जीवित प्राणीहरूमाथि शासन गर्नुहुन्छ र हुकुम चलाउनुहुन्छ, र कहिल्यै पनि त्यसमा तलमाथि हुनेछैन, सदासर्वदा नै। कुनै पनि व्यक्ति वा वस्तुमा यी कुराहरू छैन; सृष्टिकर्तामा मात्रै त्यस्तो शक्ति छ र उहाँले मात्रै त्यस्तो शक्ति बोक्‍नुहुन्छ, त्यसैले यसलाई अख्तियार भनिन्छ। सृष्टिकर्ताको अद्वितीयपन यही नै हो। त्यसैले, चाहे यो “अख्‍तियार” शब्‍द मात्रै होस् वा यो अख्तियारको सार होस्, प्रत्येकलाई सृष्टिकर्तासँग मात्रै सम्‍बन्धित गर्न सकिन्छ, किनभने यो सृष्टिकर्ताको अद्वितीय पहिचान र सारको प्रतीक हो, र यसले सृष्टिकर्ताको पहिचान र हैसियतलाई प्रतिनिधित्व गर्छ; सृष्टिकर्ता बाहेक, कुनै पनि व्यक्ति वा थोकलाई “अख्‍तियार” भन्‍ने शब्दसँग सम्‍बन्धित गर्न सकिँदैन। सृष्टिकर्ताको अद्वितीय अख्‍तियारको अर्थ-अनुवाद यही नै हो।

वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

परमेश्‍वर र मानिसका बीचको सबैभन्दा ठूलो भिन्‍नता यही हो कि परमेश्‍वरले सारा सृष्टिमाथि राज्य गर्नुहुन्छ र बन्दोबस्त गर्नुहुन्छ। उहाँ सबै थोकको स्रोत हुनुहुन्छ र परमेश्‍वरले सारा सृष्टिलाई उपलब्ध गराउनुहुँदा मानवजातिले त्यसको आनन्द उठाउँछ। भन्‍नुको तात्पर्य, मानिसले परमेश्‍वरले सबै थोकलाई प्रदान गर्नुहुने जीवन स्वीकार गर्दा उसले सृष्टिका सबै थोकहरूको आनन्द उठाउँछ। परमेश्‍वर मालिक हुनुहुन्छ र मानवजातिले परमेश्‍वरले गर्नुभएको सबै थोकको सृष्टिको फलहरूको आनन्द लिन्छ। त्यसो भए, परमेश्‍वरका सृष्टिका सबै थोकको दृष्टिकोणबाट हेर्दा परमेश्‍वर र मानिस बीचको भिन्‍नता के हो? सबै थोक कसरी वृद्धि हुन्छन् भन्‍ने नियमलाई परमेश्‍वरले स्पष्टसँग देख्‍न सक्‍नुहुन्छ र उहाँले ती नियमहरूको नियन्त्रण र प्रभुत्व गर्नुहुन्छ। यसर्थ, सबै थोक परमेश्‍वरको नजरभित्र छन् र उहाँको निगरानीको दायराभित्र छन्। के मानवजातिले यी सबै थोक देख्‍न सक्छ? मानवजातिले देख्‍न सक्‍ने कुरा उसको प्रत्यक्ष अगाडि भएको कुरामा सीमित छ। यदि तैँले पर्वत चढिस् भने तैँले त्यो पर्वत मात्र देख्छस्। तैँले त्यस पर्वतको अर्कोतिर के छ भन्‍ने देख्‍न सक्दैनस्। यदि तँ समुद्रको किनारामा गइस् भने तैँले समुद्रको एक छेउ मात्र देख्छस् र त्यस समुद्रको अर्को छेउ कस्तो देखिन्छ भन्‍ने तैँले थाहा पाउन सक्दैनस्। यदि तँ वनमा गइस् भने तैँले तेरा अगाडि र वरिपरि भएका वनस्पतिहरू देख्छस्, तर त्यसभन्दा पर के छ त्यो देख्‍न सक्दैनस्। मानवले माथिका, टाढाका र गहिराइका कुराहरू देख्‍न सक्दैनन्। तिनीहरूले प्रत्यक्ष आफू अगाडिका तिनीहरूका दृष्टि क्षेत्रभित्रका कुराहरू मात्र देख्‍न सक्छन्। वर्षका चार ऋतुहरूलाई हुकुम गर्ने नियम वा सबै थोक कसरी वृद्धि हुन्छन् भन्‍ने नियमको बारेमा मानवलाई थाहा भए तापनि तिनीहरूले अझ पनि सबै थोकको प्रबन्ध गर्न वा तिनलाई हुकुम गर्न सक्दैनन्। तथापि परमेश्‍वरले आफ्नो सारा सृष्टिलाई त्यसरी नै हेर्नुहुन्छ जसरी उहाँ आफैले बनाउनुभएको यन्त्रलाई हेर्नुहुन्छ। उहाँ हरेक भाग र हरेक जडानसँग गहिरो गरी परिचित हुनुहुन्छ, तिनका सिद्धान्तहरू के-के हुन्, तिनका ढाँचाहरू के-के हुन् र तिनका उद्देश्यहरू के-के हुन्—परमेश्‍वरलाई यो सबै कुरा अत्यन्तै स्पष्टसँग थाहा छ। यसैले परमेश्‍वर, परमेश्‍वर नै हुनुहुन्छ र मानिस, मानिस नै हो! मानिस विज्ञान र सारा कुराहरू नियमित गर्ने कानूनहरूको बारेमा आफ्नो अनुसन्धानको गहिराइमा जान सक्ने भए तापनि, त्यो अनुसन्धानको दायरा सीमित छ, जबकि परमेश्‍वरले सबै कुराको नियन्त्रण गर्नुहुन्छ। मानिसको निम्ति, परमेश्‍वरको नियन्त्रण अनन्त छ। मानिसले परमेश्‍वरको सबैभन्दा सानो कार्यको अनुसन्धान गर्दा साँचो परिणामहरू प्राप्त नगरीकनै आफ्नो सम्पूर्ण जीवन खर्च गर्न सक्छ। यसैले, यदि तैँले परमेश्‍वरको अध्ययन गर्न आफ्नो ज्ञान र आफूले सिकेको कुरा मात्र प्रयोग गरिस् भने तँ कहिले पनि परमेश्‍वरलाई चिन्‍न वा बुझ्‍न सक्षम हुनेछैनस्। तर यदि तैँले सत्यको खोजी र परमेश्‍वरको खोजी गर्ने मार्गको छनोट गर्छस् र उहाँलाई चिन्‍ने दृष्टिकोणबाट परमेश्‍वरलाई हेर्छस् भने, तैँले एक दिन, परमेश्‍वरका कार्यहरू र बुद्धि एकै पटक सबैतिर छन् भन्‍ने पहिचान गर्नेछस् र परमेश्‍वरलाई किन सबै कुराहरूको मालिक र सबै कुराहरूको जीवनको स्रोत भनिएको हो भन्‍ने जान्‍नेछस्। तैँले जति धेरै यस्तो बुझाइ प्राप्त गर्छस्, त्यति नै धेरै तेँले परमेश्‍वरलाई सारा कुराहरूको मालिक किन भनिएको हो भन्‍ने बुझ्‍नेछस्। तँलगायत सारा कुराहरू र हरेक कुराले निरन्तर रूपमा परमेश्‍वरको भरणपोषणको स्थिर प्रवाह प्राप्त गरिरहेका छन्। तँ यस संसारमा र यस मानवजातिमाझ सारा कुराहरूको अस्तित्वलाई शासन गर्ने, व्यवस्थापन गर्ने र कायम राख्‍ने क्षमता र सार परमेश्‍वरबाहेक कोहीसँग छैन भन्‍ने पनि स्पष्ट रूपले महसुस गर्न सक्षम हुनेछस्।

वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ८

परमेश्‍वर सदासर्वदा नै धार्मिकताको मूर्त रूप हुनुहुनेछ, तर शैतान, भूतहरू, र प्रधान स्‍वर्गदूत सदासर्वदा नै दुष्टताका मूर्त रूप र दुष्ट शक्तिहरूका मूल-आदर्श हुनेछन्। परमेश्‍वर सदासर्वदा नै धर्मी रहनुहुनेछ; यो अपरिवर्तनीय तथ्य हो, र परमेश्‍वरको सर्वोत्कृष्टता र असाधारणताको एउटा पक्ष हो। मानिसले परमेश्‍वरको सम्पूर्णतालाई प्राप्त गर्‍यो भने पनि, तिनीहरूले परमेश्‍वरलाई कहिल्यै पनि उछिन्‍न सक्दैनन्—जुन मानिस र परमेश्‍वरको बीचमा रहेको भिन्‍नता हो। मानिसहरू परमेश्‍वरले तय गर्नुभएका नियम र निर्देशनहरूमा रहेर मात्रै सुव्यवस्थित रूपमा जिउन सक्छन्, र परमेश्‍वरले सृष्टि गर्नुभएका सबै कुरालाई तिनीहरूले यी नियम र निर्देशनहरूद्वारा मात्रै व्यवस्थापन गर्न सक्छन्; तिनीहरूले नयाँ नियमहरू सूत्रबद्ध वा निर्माण गर्न सक्दैनन्, यो संसारलाई तिनीहरूले परिवर्तन गर्न सक्नु त परै जाओस्—तथ्य यही हो। अनि यो तथ्यले के देखाउँछ? परमेश्‍वरले मानवजातिलाई दिनुभएको अख्‍तियार, शक्ति, र क्षमता जति नै ठूलो भए पनि, आखिरमा, कसैले पनि परमेश्‍वरको अख्‍तियारलाई उछिन्‍न सक्दैन। जति वर्ष भए पनि, जति अनगिन्ती पुस्ताहरू भए पनि, मानव जनसङ्ख्या जति ठूलो भए पनि, मानवजाति सधैँ परमेश्‍वरको अख्‍तियार र सार्वभौमिकताअन्तर्गत मात्रै जिउन सक्छ; यो अपरिवर्तनीय तथ्य हो, यो कहिल्यै पनि परिवर्तन हुन सक्दैन!

ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले आफैलाई पृथक तुल्याउन … को लागि आफ्‍ना कर्तव्य पूरा गर्छन् … (१)”

संसारमा धेरै मुख्य धर्महरू छन्, र हरेकको आ-आफ्‍नै प्रमुख वा अगुवा छन्, र अनुयायीहरू संसारका विभिन्‍न देश र क्षेत्रहरूमा छरिएका छन्; ठूलो होस् कि सानो होस्, हरेक देशभित्र फरक-फरक धर्महरू हुन्छन्। तैपनि, संसारभरि जति धेरै धर्महरू भए तापनि, ब्रह्माण्डभित्रका सारा मानिसहरू आखिरमा एउटै परमेश्‍वरको अगुवाइमा अस्तित्वमा रहन्छन्, र तिनीहरूको अस्तित्वलाई धार्मिक प्रमुख हरू वा अगुवाहरूले अगुवाइ गर्दैनन्। यसो भन्‍नुको अर्थ के हो भने मानवजाति निश्‍चित धर्मको प्रमुख वा अगुवाद्वारा अगुवाइ गरिएको हुँदैन; बरु, सारा मानवजातिलाई सृष्टिकर्ताले नै अगुवाइ गर्नुहुन्छ, जसले स्वर्गहरू र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुभयो, र जसले मानवजातिलाई पनि सृष्टि गर्नुभयो—तथ्य यही नै हो। संसारमा धेरै मुख्य धर्महरू भए तापनि, तिनीहरू जति नै ठूलो भए तापनि, तिनीहरू सबै सृष्टिकर्ताको प्रभुत्वमुनि अस्तित्वमा रहन्छन्, र तिनीहरू कसैले पनि यो प्रभुत्वको क्षेत्रलाई नाघ्‍न सक्दैनन्। मानवजातिको विकास, सामाजिक प्रगति, प्राकृतिक विज्ञानहरूको विकास—प्रत्येकलाई नै सृष्टिकर्ताको बन्दोबस्तबाट अलग गर्न सकिँदैन, र यो कार्य कुनै पनि निश्‍चित धर्मको प्रमुखले गर्न सक्‍ने कुरा होइन। धार्मिक प्रमुखहरू निश्‍चित धर्मका अगुवाहरू मात्रै हुन्, र तिनीहरूले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैनन्, न त तिनीहरूले स्वर्गहरू र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुहुनेलाई नै प्रतिनिधित्व गर्न सक्छन्। धार्मिक प्रमुखहरूले त्यस धर्मका सबैलाई नेतृत्व गर्न सक्छन्, तर तिनीहरूले स्वर्गहरू मुनिका सबै सृष्टिहरूमाथि हुकुम चलाउन सक्दैनन्—यो विश्‍वव्यापी रूपमा स्वीकार्य तथ्य हो। धार्मिक प्रमुखहरू अगुवाहरू मात्रै हुन्, र परमेश्‍वर (सृष्टिकर्ता) कै दर्जामा खडा हुन सक्दैनन्। सबै थोक सृष्टिकर्ताकै हातमा छ, र आखिरमा तिनीहरू सृष्टिकर्ताकै हातमा फर्कनेछन्। मानवजातिलाई सुरुमा परमेश्‍वरले नै बनाउनुभयो, र धर्म जुनसुकै भए तापनि, हरेक व्यक्ति परमेश्‍वरको प्रभुत्वमा फर्कनेछन्—यो अपरिहार्य छ। सबै थोकका बीचमा परमेश्‍वर मात्रै सर्वोच्‍च हुनुहुन्छ, र सबै सृष्टिहरूका बीचमा रहेका उच्‍च शासक पनि उहाँकै प्रभुत्वमा फर्कनुपर्छ। मानिसको हैसियत जति नै उच्‍च भए तापनि, त्यो मानिसले मानवजातिलाई उचित गन्तव्यमा पुर्‍याउन सक्दैन, र कसैले पनि सबै थोकलाई प्रकार अनुसार वर्गीकरण गर्न सक्दैन। यहोवा स्वयम्‌ले मानवजाति सृष्टि गर्नुभयो र हरेकलाई प्रकार अनुसार वर्गीकरण गर्नुभयो, अनि जब अन्त्यको समय आउँछ, उहाँले सबै थोकलाई प्रकार अनुसार वर्गीकरण गर्दै आफ्‍नो काम अझै पनि आफै गर्नुहुनेछ—परमेश्‍वर बाहेक कसैले पनि यो काम गर्न सक्दैन। सुरुदेखि अहिलेसम्‍म गरिएका कार्यका तीन चरणलाई परमेश्‍वर स्वयम्ले अघि बढाउनुभएको थियो, र एउटै परमेश्‍वरले अघि बढाउनुभएको थियो। कार्यका तीन चरणको तथ्य सारा मानवजातिमाथि रहेको परमेश्‍वरको नेतृत्वको तथ्य, अर्थात् कसैले पनि इन्कार गर्न नसक्‍ने तथ्य हो। कार्यका तीन चरणको अन्त्यमा, सबै थोकलाई प्रकार अनुसार वर्गीकरण गरिनेछ र सबै परमेश्‍वरको प्रभुत्वमा फर्कनेछन्, किनभने सम्पूर्ण ब्रह्माण्डभरि यही एक मात्र परमेश्‍वर मात्रै अस्तित्वमा हुनुहुन्छ, र अरू कुनै धर्महरू छैनन्। संसारको सृष्टि गर्न नसक्नेले यसलाई अन्त्यमा पुर्‍याउन पनि सक्नेछैन, जबकी संसार सृष्टि गर्नुहुनेले अवश्य नै यसलाई अन्त्य गर्नुहुनेछ। त्यसकारण, यदि कुनै व्यक्तिले युगलाई अन्त्य गर्न सक्दैन र मानिसलाई उसको मस्तिष्क विकास गर्न मात्रै सहायता गर्न सक्छ भने, ऊ अवश्य नै परमेश्‍वर हुन सक्दैन, र अवश्य नै मानवजातिका प्रभु बन्‍न सक्‍नेछैन। उसले त्यस्तो महान् काम गर्न सक्‍नेछैन; त्यस्तो कार्य गर्न सक्‍ने एउटै मात्र हुनुहुन्छ, र यो काम गर्न नसक्‍ने सबै अवश्य नै शत्रुहरू हुन्, परमेश्‍वर होइनन्। सबै दुष्ट धर्महरू परमेश्‍वरसँग मेल खाँदैन, र तिनीहरू परमेश्‍वरसँग मेल नखाने हुनाले, तिनीहरू परमेश्‍वरका शत्रुहरू हुन्। सबै काम यही एउटै साँचो परमेश्‍वरले गर्नुहुन्छ, र सारा ब्रह्माण्डमाथि यही एउटै परमेश्‍वरले हुकुम चलाउनुहुन्छ। उहाँले इस्राएलमा वा चीनमा काम गरिरहनुभएको भए पनि, त्यो कार्य आत्माले वा देहले गरे पनि, सबै परमेश्‍वर स्वयम्‌ले नै गर्नुहुन्छ, र अरू कसैले यसलाई गर्न सक्दैन। उहाँ स्पष्ट रूपमा सारा मानवजातिका परमेश्‍वर हुनुभएकोले नै उहाँले कुनै पनि सर्तहरूद्वारा नबाँधिइकन स्वतन्त्र रूपमा काम गर्नुहुन्छ—यो सबै दर्शनहरूमा सबैभन्‍दा महान् हो।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

परमेश्‍वरका आत्माले धेरै काम गर्न सक्नुहुन्छ। उहाँले संसारलाई सृष्टि गर्न सक्नुहुन्छ र जलप्रलय पठाएर यसलाई नाश गर्न पनि सक्नुहुन्छ; उहाँले सबै मानवजातिलाई उद्धार गर्न सक्नुहुन्छ, र यसबाहेक उहाँले सारा मानवजातिलाई जित्न र नाश पार्न सक्नुहुन्छ। यो काम सबै परमेश्‍वर आफैले गर्नुभएको हो र उहाँको ठाउँमा परमेश्‍वरको कुनै अर्को व्यक्तित्वहरूले गर्न सक्दैन थियो। उहाँका आत्मालाई यहोवा र येशू, साथै सर्वशक्तिमान् भनेर पनि सम्बोधन गर्न सकिन्छ। उहाँ प्रभु र ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पुत्र पनि बन्न सक्नुहुन्छ। उहाँ स्वर्गहरूमा हुनुहुन्छ र पृथ्वीमा पनि हुनुहुन्छ; उहाँ ब्रह्माण्डभन्दा माथि र भीड्को माझमा हुनुहुन्छ। स्वर्गहरू र पृथ्वीका एकमात्र मालिक उहाँ हुनुहुन्छ! सृष्टिको समयदेखि अहिलेसम्म यो काम परमेश्‍वर स्वयमको आत्माले गर्दै आउनुभएको छ। त्यो काम चाहे स्वर्गहरूमा होस् वा देहमा, सबै उहाँको आफ्नै आत्माद्वारा गरिन्छ। चाहे स्वर्गमा होस् वा पृथ्वीमा, सबै प्राणीहरू उहाँको सर्वशक्तिमान् हत्केलामा छन्; यी सबै स्वयम् परमेश्‍वरका काम हुन् र उहाँको ठाउँमा अरू कसैले यो गर्न सक्दैन। स्वर्गहरूमा उहाँ आत्मा हुनुहुन्छ, तर परमेश्‍वर स्वयम् पनि हुनुहुन्छ; मानिसहरूका माझ उहाँ देह हुनुहुन्छ, तर परमेश्‍वर स्वयम् नै रहनुहुन्छ। यद्यपि उहाँलाई सयौं हजारौं नाउँले सम्बोधन गर्न सकिन्छ, उहाँ अझै पनि उहाँ नै हुनुहुन्छ, र सबै कामहरू उहाँको आत्माको प्रत्यक्ष अभिव्यक्ति हो। उहाँको क्रुसिकरणद्वारा सारा मानवजातिको छुटकारा उहाँका आत्माको प्रत्यक्ष कार्य थियो, र आखिरी दिनहरूमा सबै जाति र सबै देशहरूका निम्ति घोषणा पनि हो। सबै समयमा, परमेश्‍वरलाई सर्वशक्तिमान् र एक मात्र साँचो परमेश्‍वर, सर्व-सम्मिलित परमेश्‍वर स्वयम् भन्न सकिन्छ। अलग-अलग व्यक्तित्वहरू छैनन्, पिता, पुत्र र पवित्र आत्माको धारणाको त कुरै नगरौँ। स्वर्ग र पृथ्वीमा एउटै मात्र परमेश्‍वर हुनुहुन्छ!

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के त्रिएकत्व अस्तित्वमा छ?

यदि तैँले जसलाई विश्‍वास गर्छस् त्यो अद्वितीय परमेश्‍वर स्‍वयम्‌ हुनुहुन्न भने, सायद तैँले मूर्तिमा, वा महान् व्यक्तिमा, वा बोधिसत्त्वमा विश्‍वास गर्छस् होला, वा तैँले आफ्‍नो हृदयमा भएको बुद्धलाई आराधना गर्छस् होला। यसअलावा, सायद तैँले साधारण व्यक्तिमा विश्‍वास गर्छस् होला। छोटकरीमा भन्दा, परमेश्‍वरप्रतिको मानिसहरूको विभिन्‍न प्रकारका विश्‍वास र मनोवृत्तिको कारण, तिनीहरूले आफ्नो हृदयमा आफ्‍नै ज्ञानको परमेश्‍वरलाई राख्छन्, परमेश्‍वरमाथि आफ्‍नै कल्‍पनाका कुरा लाद्छन्, परमेश्‍वरसम्‍बन्धी तिनीहरूका आफ्‍नै मनोवृत्ति र कल्‍पनाहरूलाई अद्वितीय परमेश्‍वर स्वयम्‌सँग सँगै राख्छन्, अनि त्यसपछि तिनलाई पवित्र ठान्छन्। परमेश्‍वरप्रति मानिसहरूको यस्तो अनुचित मनोवृत्ति हुनुको अर्थ के हो त? यसको अर्थ तिनीहरूले साँचो परमेश्‍वर स्वयम्‌लाई इन्कार गरेका छन् र एउटा झूटो ईश्‍वरको आराधना गरिरहेका छन् भन्‍ने हुन्छ; यसले के सङ्केत गर्छ भने परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा, तिनीहरूले उहाँलाई इन्कार गरिरहेका छन् र उहाँको विरोध गरिरहेका छन्, र तिनीहरूले साँचो परमेश्‍वरको अस्तित्वलाई इन्कार गरिरहेका छन्। यदि मानिसहरूले निरन्तर त्यस्तो विश्‍वास नै लिइरहन्छन् भने, तिनीहरूले के-कस्ता परिणामहरूको सामना गर्नेछन् त? त्यस्तो विश्‍वासद्वारा, के तिनीहरू परमेश्‍वरका मापदण्डहरूलाई पूरा गर्ने कार्यको नजिक पुग्न सक्‍नेछन् त? (अहँ, तिनीहरूले त्यसो गर्न सक्‍नेछैनन्।) यसको विपरीत, तिनीहरूका धारणा र कल्‍पनाहरूको कारण, तिनीहरू परमेश्‍वरको मार्गबाट झन्-झन् टाढा बरालिँदै जानेछन्, किनभने तिनीहरूले खोज्‍ने दिशा परमेश्‍वरले तिनीहरूलाई हिँड्न लगाउनुभएको दिशाको विपरीत हुन्छ। के तिमीहरूले कहिल्यै “उत्तर जाने रथमा चढेर दक्षिण जानु” भन्‍ने कथा सुनेका छौ? यो पनि उत्तर जाने रथमा चढेर दक्षिण जानु जस्तै हुन सक्छ। यदि मानिसहरूले त्यस्तो लट्याङपट्याङ तरिकाले परमेश्‍वरमा विश्‍वास गर्छन् भने, तैँले जति कठिन प्रयास गर्छस्, तँ परमेश्‍वरबाट त्यति नै टाढा जानेछस्। त्यसैले, म तिमीहरूलाई सल्‍लाह दिन्छु: तिमीहरू अघि बढ्नुभन्दा पहिले, सुरुमा तँ सही दिशामा गइरहेको छस् कि छैनस्, पत्ता लगा। आफ्‍ना प्रयासहरूमा विशेष ध्यान दे, र आफैलाई यो प्रश्‍न सोध्, “के मैले विश्‍वास गर्ने परमेश्‍वर सबै थोकका शासक हुनुहुन्छ? के मैले विश्‍वास गर्ने परमेश्‍वर आत्मिक भरण-पोषण दिने व्यक्ति मात्रै हुनुहुन्छ? के उहाँ मेरो मूर्ति मात्रै हुनुहुन्छ? मैले विश्‍वास गरेको यो परमेश्‍वरले मलाई के गर्न लगाउनुभएको छ? के मैले गर्ने सबै कुरालाई परमेश्‍वरले स्वीकार गर्नुहुन्छ? के मेरा सबै कार्य र खोजीहरू परमेश्‍वरलाई चिन्‍ने कार्यअनुरूप छन्? के ती उहाँले मलाई दिनुभएका मापदण्डहरूअनुरूप छन्? के मैले हिँड्ने मार्गलाई परमेश्‍वरले पहिचान र स्वीकृत गर्नुभएको छ? के उहाँ मेरो विश्‍वासप्रति सन्तुष्ट हुनुहुन्छ?” तैँले प्रायजसो र बारम्‍बार आफैलाई यी प्रश्‍नहरू सोध्‍नुपर्छ। यदि तँ परमेश्‍वरको ज्ञानको खोजी गर्न चाहन्छस् भने, तँ उहाँलाई सन्तुष्ट पार्ने कार्यमा सफल हुनुभन्दा पहिले तँसँग स्पष्ट विवेक र स्पष्ट उद्देश्यहरू हुनुपर्छ।

वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १०

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरले सारा ब्रह्माण्डलाई कसरी व्यवस्थापन र शासन गर्नुहुन्छ

परमेश्‍वरका प्रासंगिक वचनहरू:ब्रह्माण्ड र आकाश मण्डलको विशालतामा, अनगिन्ती प्राणीहरू जिउँछन् र सन्तान पैदा गर्छन्, जीवनको चक्रीय नियम पालन...

परमेश्‍वर सृष्टिका प्रभु हुनुहुन्छ, उहाँको अख्तियार अद्वितीय छ

परमेश्‍वरका प्रासंगिक वचनहरू:परमेश्‍वरले यावत् थोक सृष्टि गर्न वचन प्रयोग गर्नुहुन्छउत्पत्ति १:३-५ र परमेश्‍वरले भन्‍नुभयो, उज्यालो होस्:...

शैतान पतित स्वर्गदूत हो जसले स्वर्ग, पृथ्वी र यावत् थोक सृष्टि गर्न र परमेश्‍वरको अख्तियारलाई उछिन्न कहिल्यै सक्दैनथ्यो

परमेश्‍वरका प्रासंगिक वचनहरू:पृथ्वी अस्तित्वमा हुनुभन्दा पहिले, त्यो प्रधान स्‍वर्गदूत स्वर्गका स्वर्गदूतहरूमध्ये सबैभन्दा महान् थियो।...

कुनै पनि स्वर्गदूतलाई परमेश्‍वर भन्न सकिँदैनथियो, किनभने तिनीहरूले स्वर्ग, पृथ्वी र यावत् थोक सृष्टि गर्न सक्दैनथिए

परमेश्‍वरका प्रासंगिक वचनहरू:उहाँले यावत् थोकको सृष्टि गर्न सुरु गर्नुभएदेखि नै, परमेश्‍वरको शक्ति व्यक्त हुन र प्रकट हुन थाल्यो, किनभने...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्