परमेश्‍वर सृष्टिका प्रभु हुनुहुन्छ, उहाँको अख्तियार अद्वितीय छ

14 अगस्ट 2021

परमेश्‍वरका प्रासंगिक वचनहरू:

परमेश्‍वरले यावत् थोक सृष्टि गर्न वचन प्रयोग गर्नुहुन्छ

उत्पत्ति १:३-५ र परमेश्‍वरले भन्‍नुभयो, उज्यालो होस्: अनि उज्यालो भयो। अनि परमेश्‍वरले त्यो असल छ भन्‍ने देख्‍नुभयो: अनि परमेश्‍वरले उज्यालोलाई अन्धकारबाट अलग गर्नुभयो। अनि परमेश्‍वरले उज्यालोलाई दिन र अन्धकारलाई रात भन्‍नुभयो। अनि साँझ र बिहान पहिलो दिन थियो।

उत्पत्ति १:६-७ अनि परमेश्‍वरले भन्‍नुभयो, पानीहरूको बीचमा वायुमण्डल होस् र त्यसले पानीहरूलाई पानीहरूबाट अलग गरोस्। अनि परमेश्‍वरले वायुमण्डल बनाउनुभयो र पानीलाई वायुमण्डलमुनि र वायुमण्डलमाथि विभाजन गर्नुभयो: अनि त्यस्तै भयो।

उत्पत्ति १:९-११ अनि परमेश्‍वरले भन्‍नुभयो, वायुमण्डलमुनिको पानी एक ठाउँमा जम्मा होस् र सुक्खा भूमि देखा परोस्: अनि त्यस्तै भयो। अनि परमेश्‍वरले सुक्खा भूमिलाई पृथ्वी; र एक ठाउँमा जम्मा भएको पानीलाई समुद्रहरू भन्‍नुभयो: अनि परमेश्‍वरले त्यो असल छ भन्‍ने देख्‍नुभयो। अनि परमेश्‍वरले भन्‍नुभयो, भूमिले घाँस उमारोस्, बीउ फलाउने बोट-बिरुवाहरू र आफ्नै प्रजातिका फल फलाउने बीउ भएका फलका रुखहरू पृथ्वीमा उमारोस्: अनि त्यस्तै भयो।

उत्पत्ति १:१४-१५ अनि परमेश्‍वरले भन्‍नुभयो, अन्तरिक्षमा दिनलाई रातबाट छुट्याउने ज्योतिहरू होऊन्; र तिनीहरू ऋतु, दिन र वर्षहरू छुट्याउने चिन्ह होऊन्: र पृथ्वीमा ज्योति दिनलाई आकाशको अन्तरिक्षमा ती ज्योतिहरू होऊन्: अनि त्यस्तै भयो।

उत्पत्ति १:२०-२१ अनि परमेश्‍वरले भन्‍नुभयो, पानीहरूले जीवन भएका प्रशस्त चल्‍ने प्राणीहरू र पृथ्वीमाथि खुला आकाशमा उड्ने पक्षीहरू उत्पन्न गरोस्। अनि परमेश्‍वरले ठूला ह्वेल माछाहरू, जसलाई पानीहरूले तिनीहरूका प्रजातिअनुसार प्रशस्त मात्रामा उत्पन्‍न गरे, र चल्‍ने हरेक जीवित प्राणीहरू र हरेक प्रजातिका पखेटा भएका पक्षीहरू बनाउनुभयो: अनि त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो।

उत्पत्ति १:२४-२५ अनि परमेश्‍वरले भन्‍नुभयो, पृथ्वीले तिनीहरूका प्रजातिअनुसारका जीवित प्राणीहरू, चौपायाहरू र घस्रने जन्तुहरू र प्रजातिअनुसारका जनावरहरू उत्पन्‍न गरोस्: अनि त्यस्तै भयो। अनि परमेश्‍वरले प्रजातिअनुसार पृथ्वीको जन्तु, तिनीहरूका प्रजातिअनुसारका चौपायाहरू बनाउनुभयो र पृथ्वीमा घस्रने हरेक जन्तुहरूलाई तिनीहरूकै प्रजातिअनुसार बनाउनुभयो: अनि त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो।

पहिलो दिन, परमेश्‍वरको अख्‍तियारले मानवजातिको दिन र रात पैदा र खडा गर्छ

हामी पहिलो अनुच्‍छेदलाई हेरौं: “र परमेश्‍वरले भन्‍नुभयो, उज्यालो होस्: अनि उज्यालो भयो। अनि परमेश्‍वरले त्यो असल छ भन्‍ने देख्‍नुभयो: अनि परमेश्‍वरले उज्यालोलाई अन्धकारबाट अलग गर्नुभयो। अनि परमेश्‍वरले उज्यालोलाई दिन र अन्धकारलाई रात भन्‍नुभयो। अनि साँझ र बिहान पहिलो दिन थियो” (उत्पत्ति १:३-५)। यो अनुच्‍छेदले सृष्टिको सुरुवात गर्ने परमेश्‍वरको पहिलो कार्य, र साँझ परेर बिहान भएपछि परमेश्‍वरले पूरा गर्नुभएको पहिलो दिनलाई व्याख्या गर्छ। तर यो असाधारण दिन थियो: परमेश्‍वरले सबै थोकको लागि उज्यालो तयार गर्नुभयो, यसको साथै, उज्यालोलाई अन्धकारबाट अलग गर्नुभयो। यही दिन, परमेश्‍वरले बोल्‍न सुरु गर्नुभयो, र उहाँको वचन र अख्‍तियार सँग-सँगै अस्तित्वमा रह्यो। सबै थोकमा उहाँको अख्तियार देखा पर्न थाल्यो, र उहाँको वचनको परिणामस्वरूप उहाँको शक्ति सबै थोकमा फैलियो। यो दिनदेखि पछि, परमेश्‍वरको वचन, परमेश्‍वरको अख्‍तियार, र परमेश्‍वरको शक्तिको कारण सबै थोकले आकार लिए र खडा भए, अनि परमेश्‍वरको वचन, परमेश्‍वरको अख्‍तियार, र परमेश्‍वरकै शक्तिको कारण ती सुचारु हुन थाले। जब परमेश्‍वरले “उज्यालो होस्,” भनी भन्‍नुभयो तब उज्यालो भयो। परमेश्‍वरले कार्यहरूको कुनै सिलसिला सुरुवात गर्नुभएन; उहाँको वचनको परिणामस्वरूप ज्योति देखा पर्‍यो। यो त्यो ज्योति थियो जसलाई परमेश्‍वरले दिन भन्‍नुभयो, र मानिस आज पनि आफ्‍नो अस्तित्वको लागि यसैमा भर पर्छ। परमेश्‍वरको आज्ञाको कारण, यसको सार र मूल्य कहिल्यै परिवर्तन भएको छैन, र यो कहिल्यै पनि हराएको छैन। यसको अस्तित्वले परमेश्‍वरको अख्‍तियार र शक्तिलाई प्रदर्शन गर्छ, र सृष्टिकर्ताको अस्तित्वलाई घोषणा गर्छ। यसले बारम्‍बार सृष्टिकर्ताको पहिचान र हैसियतलाई पुष्टि गर्छ। यो अस्पृश्य वा भ्रामक कुरा होइन, तर मानिसले देख्‍न सक्‍ने यथार्थ ज्योति हो। त्यो समयपछि यता, यो रित्तो संसार जसमा “पृथ्वी आकारविनाको र शून्य थियो; र गहिराइमाथि अन्धकार थियो,” त्यसमा पहिलो भौतिक कुरा पैदा गरियो। यो कुरा परमेश्‍वरको मुखबाट निस्केका वचनहरूबाट आयो, र परमेश्‍वरको अख्तियार र परमेश्‍वरको वाणीहरूका कारण यावत् थोकको सृष्टिको पहिलो कार्य देखा पर्‍यो। त्यसपछि चाँडै, परमेश्‍वरले ज्योति र अन्धकारलाई अलग हुने आदेश दिनुभयो…। परमेश्‍वरको वचनको कारण सबै कुरा परिवर्तन भयो र पूर्ण भयो…। परमेश्‍वरले यो ज्योतिलाई “दिन” भनी भन्‍नुभयो र अन्धकारलाई “रात” भनी भन्‍नुभयो। त्यो बेला, परमेश्‍वरले सृष्टि गर्न चाहनुभएको संसारमा पहिलो साँझ र पहिलो बिहान उत्पन्‍न गरियो, र यो पहिलो दिन हो भनेर परमेश्‍वरले भन्‍नुभयो। यो दिन सृष्टिकर्ताले गर्नुभएको यावत् थोकको सृष्टिको पहिलो दिन थियो, र यावत् थोकको सृष्टिको प्रारम्‍भ थियो, अनि उहाँले सृष्टि गर्नुभएको यो संसारमा सृष्टिकर्ताको अख्‍तियार र शक्तिलाई प्रदर्शन गरिएको यो पहिलोपटक थियो।

यी वचनहरूमार्फत, मानिसले परमेश्‍वरको अख्‍तियार र परमेश्‍वरको वचन, साथै परमेश्‍वरको शक्तिलाई देख्‍न सक्छ। परमेश्‍वरसँग मात्रै त्यस्तो शक्ति हुने भएकोले, परमेश्‍वरमा मात्रै त्यस्तो अख्‍तियार छ; परमेश्‍वरसँग त्यस्तो अख्‍तियार हुने भएकोले, परमेश्‍वरसँग मात्रै त्यस्तो शक्ति छ। के कुनै पनि मानिस वा वस्तुमा यस्तो अख्‍तियार र शक्ति हुन सक्छ? के तिमीहरूको हृदयमा यसको उत्तर छ? के परमेश्‍वरबाहेक, सृष्टि गरिएको वा नगरिएको कुनै पनि प्राणीमा त्यस्तो अख्‍तियार छ? के तिमीहरूले कुनै पुस्तक वा प्रकाशनमा यस्तो उदाहरण कहिल्यै देखेका छौ? के कसैले स्वर्ग र पृथ्वी अनि यावत् थोक सृष्टि गर्‍यो भन्‍ने कुनै अभिलेख छ? अरू कुनै पनि पुस्तक वा अभिलेखहरूमा यो कुरा देखा पर्दैन; अवश्य नै, परमेश्‍वरले सानदार संसार सृष्टि गर्नुभएको बारेमा रहेका आधिकारिक र शक्तिशाली वचनहरू यिनै हुन्, जसलाई बाइबलमा समावेश गरिएको छ; यी वचनहरूले परमेश्‍वरको अद्वितीय अख्‍तियार र पहिचानलाई उल्‍लेख गर्छन्। के त्यस्तो अख्तियार र शक्तिलाई परमेश्‍वरको अद्वितीय पहिचानको प्रतीक हो भनी भन्‍न सकिन्छ? के ती परमेश्‍वरमा, केवल परमेश्‍वरमा मात्रै छन् भनेर भन्‍न सकिन्छ? परमेश्‍वरसँग मात्रै त्यस्तो अख्‍तियार र शक्ति छ भन्‍ने कुरामा कुनै शङ्का छैन! कुनै पनि सृष्टि गरिएको वा नगरिएको प्राणीमा यो अख्‍तियार र शक्ति हुन सक्दैन वा त्यसलाई तिनले प्रतिस्थापन गर्न सक्दैनन्! के यो अद्वितीय परमेश्‍वर स्वयम्‌को एउटा चरित्र हो? के तिमीहरूले यसलाई देखेका छौ? यी वचनहरूले परमेश्‍वरमा अद्वितीय अख्‍तियार, र अद्वितीय शक्ति छ, उहाँको पहिचान र हैसियत सर्वोच्‍च छ भन्‍ने तथ्यलाई तुरुन्तै र स्पष्ट रूपमा बुझ्‍न मानिसहरूलाई सक्षम तुल्याउँछन्। माथिको सङ्गतिबाट, तिमीहरूले जुन परमेश्‍वरलाई विश्‍वास गर्छौ उहाँ अद्वितीय परमेश्‍वर हुनुहुन्छ भनेर के तिमीहरू भन्‍न सक्छौ?

दोस्रो दिन, परमेश्‍वरको अख्तियारले पानीलाई व्यवस्थित पार्छ, र वायुमण्डल बनाउँछ, र मानव अस्तित्वको लागि सबैभन्दा आधारभूत ठाउँ देखा पर्छ

हामी बाइबलको दोस्रो अनुच्‍छेदलाई पढौं: “अनि परमेश्‍वरले भन्‍नुभयो, पानीहरूको बीचमा वायुमण्डल होस् र त्यसले पानीहरूलाई पानीहरूबाट अलग गरोस्। अनि परमेश्‍वरले वायुमण्डल बनाउनुभयो र पानीलाई वायुमण्डलमुनि र वायुमण्डलमाथि विभाजन गर्नुभयो: अनि त्यस्तै भयो” (उत्पत्ति १:६-७)। परमेश्‍वरले “पानीहरूको बीचमा वायुमण्डल होस् र त्यसले पानीहरूलाई पानीहरूबाट अलग गरोस्” भनी भन्‍नुभएपछि के-कस्ता परिवर्तनहरू आए? पवित्र-शास्‍त्रमा यसो भनिएको छ: “अनि परमेश्‍वरले वायुमण्डल बनाउनुभयो र पानीलाई वायुमण्डलमुनि र वायुमण्डलमाथि विभाजन गर्नुभयो।” परमेश्‍वरले बोल्‍नुभएपछि र यसो गर्नुभएपछि के परिणाम आयो? यसको उत्तर अनुच्‍छेदको अन्तिम भागमा छ: “अनि त्यस्तै भयो।”

यी दुई छोटा वाक्यहरूले सानदार घटनाको विवरण दिन्छन्, र अचम्‍मको दृश्यलाई व्याख्या गर्छन्—अद्भुत कार्य जसमा परमेश्‍वरले पानीलाई व्यवस्थित गर्नुभयो, र मानिस अस्तित्वमा रहन सक्‍ने ठाउँ सृष्टि गर्नुभयो …

यस चित्रमा, एकै क्षणमा परमेश्‍वरको आँखा अघि पानी र वायुमण्डल देखा पर्‍यो, र तिनलाई परमेश्‍वरको अख्‍तियारले विभाजित गर्‍यो, र परमेश्‍वरले तय गर्नुभएको शैलीमा ती “माथि” र “तल” गरी अलग भए। भन्‍नुको अर्थ, परमेश्‍वरले सृष्टि गर्नुभएको वायुमण्डलले तलको पानीलाई मात्रै ढाकेन, यसले त माथिको पानीलाई पनि अड्यायो…। यसमा, मानिसले छक्‍क परेर, अक्‍क न बक्‍क भई हेर्ने, र उहाँको अख्‍तियारको शक्ति र सृष्टिकर्ताले जसरी पानीलाई हलचल गरी आदेश दिनुभयो, र वायुमण्डल सृष्टि गर्नुभयो त्यस दृश्यको वैभवप्रतिको आदरमा अचम्‍मित हुनबाहेक केही पनि गर्न सक्दैन। परमेश्‍वरको वचन, र परमेश्‍वरको शक्ति, र परमेश्‍वरको अख्‍तियारमार्फत, परमेश्‍वरले अर्को महान् उपलब्धि हासिल गर्नुभयो। के यो सृष्टिकर्ताको अख्‍तियारको शक्ति होइन र? परमेश्‍वरका कार्यहरूलाई व्याख्या गर्नको लागि हामी धर्मशास्‍त्रका खण्डहरूको प्रयोग गरौं। परमेश्‍वरले आफ्‍नो वचन बोल्‍नुभयो, र परमेश्‍वरका यी वचनहरूको कारणले गर्दा पानीहरूका बीचमा वायुमण्डल सृजित भयो। यसै समयमा, परमेश्‍वरका यिनै वचनहरूको कारणले गर्दा अन्तरिक्षमा ठूलो परिवर्तन आयो, र यो सामान्य अर्थको परिवर्तन थिएन, बरु यो त यस्तो प्रकारको प्रतिस्थापन थियो जसमा शून्यताबाट केही थोक बन्यो। यो सृष्टिकर्ताका विचारहरूद्वारा जन्मियो, र सृष्टिकर्ताले बोल्‍नुभएका वचनहरूको कारण शून्यताबाट केही थोक बन्यो, यसको साथै, यसपछि यो सृष्टिकर्ताको खातिर नै अस्तित्वमा रही खडा भइरहनेवाला थियो, र सृष्टिकर्ताका विचारहरूअनुसार यो हलचल, परिवर्तन, र नवीकरण हुनेवाला थियो। सृष्टिकर्ताले सम्पूर्ण संसारको सृष्टि गर्ने क्रममा गर्नुभएको दोस्रो कार्यलाई यो अनुच्‍छेदले व्याख्या गर्छ। यो सृष्टिकर्ताको अख्‍तियार र शक्तिको अर्को अभिव्यक्ति, सृष्टिकर्ताको अर्को अग्रगामी कार्य थियो। संसारको जग बसालिएपछि सृष्टिकर्ताले बिताउनुभएको दोस्रो दिन यही थियो, र यो उहाँको लागि सुन्दर दिन थियो: उहाँ ज्योतिको बीचमा हिँड्‍डुल गर्नुभयो, उहाँले वायुमण्डल ल्याउनुभयो, पानीलाई व्यवस्थित गरी सञ्चालित गर्नुभयो, र त्यस नयाँ दिनमा उहाँका कार्यहरू, उहाँको अख्‍तियार, र उहाँको शक्तिलाई काममा प्रयोग गरियो …

के परमेश्‍वरले उहाँका वचनहरू बोल्‍नुभन्दा पहिले पानीहरूका बीचमा वायुमण्डल थियो? अवश्य नै थिएन! परमेश्‍वरले “पानीहरूको बीचमा वायुमण्डल होस्” भनी भन्‍नुभएपछि के भयो? परमेश्‍वरका अभिप्रायका कुराहरू देखा परे; पानीहरूका बीचमा वायुमण्डल सृजित भयो, र परमेश्‍वरले “त्यसले पानीहरूलाई पानीहरूबाट अलग गरोस्।” भनी भन्‍नुभएको कारणले पानी अलग भयो। यसरी परमेश्‍वरको वचनलाई पछ्याएर परमेश्‍वरको अख्‍तियार र परमेश्‍वरको शक्तिको परिणामस्वरूप यावत् थोकको बीचमा दुई नयाँ थोकहरू, दुई वटा भर्खरै जन्‍मेका कुराहरू देखा परे। यी दुई नयाँ कुराहरू देखा परेको घटनाको बारेमा तिमीहरूलाई कस्तो अनुभूति हुन्छ? के तिमीहरू सृष्टिकर्ताको शक्तिको महानता अनुभव गर्छौ? के तिमीहरू सृष्टिकर्ताको अद्वितीय र असाधारण सामर्थ्य अनुभव गर्छौ? परमेश्‍वरको अख्‍तियारको कारण त्यस्तो सामर्थ्य र शक्तिको महान्‌ता आएको हो, र यो अख्‍तियार परमेश्‍वर स्वयम्‌को प्रतिनिधित्व अनि परमेश्‍वर स्वयम्‌को अद्वितीय विशेषता हो।

के यो अनुच्‍छेदले तिमीहरूलाई फेरि एकपटक परमेश्‍वरको अद्वितीयपनको प्रगाढ अनुभूति दियो? वास्तवमा, यो पर्याप्तताभन्दा टाढाको कुरा हो; सृष्टिकर्ताको अख्‍तियार र शक्ति योभन्दा धेरै टाढा जान्छ। उहाँमा कुनै पनि प्राणीको भन्दा अद्वितीय सार भएकोले मात्रै उहाँसँग अद्वितीयपन छ भन्‍ने होइन, बरु उहाँको अख्‍तियार र शक्ति सबैभन्दा असाधारण, असीमित, सर्वोत्कृष्ट, र सबैभन्दा माथि रहेको कारणले गर्दा हो, र अझ भन्ने हो भने, उहाँको अख्‍तियार र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसले जीवन पैदा गर्ने, आश्‍चर्यकर्महरू उत्पन्‍न गर्ने, र हरेक सानदार र असाधारण मिनेट र सेकेन्ड रचना गर्ने कारणले गर्दा हो। यसको साथै, उहाँले सृष्टि गर्नुहुने जीवनलाई शासन गर्न सक्‍नुहुन्छ र उहाँले सृष्टि गर्नुहुने आश्‍चर्यकर्महरू र हरेक मिनेट र सेकेन्डमाथि सार्वभौमिकता राख्‍न सक्‍नुहुन्छ।

तेस्रो दिन, परमेश्‍वरको वचनले पृथ्वी र समुद्रलाई जन्‍म दिन्छ, र परमेश्‍वरको अख्‍तियारले संसारलाई जीवनले भरिपूर्ण तुल्याउँछ

यसपछि हामी उत्‍पत्ति १:९-११ को पहिलो वाक्यलाई पढौं: “अनि परमेश्‍वरले भन्‍नुभयो, वायुमण्डलमुनिको पानी एक ठाउँमा जम्मा होस् र सुक्खा भूमि देखा परोस्।” परमेश्‍वरले “वायुमण्डलमुनिको पानी एक ठाउँमा जम्मा होस् र सुक्खा भूमि देखा परोस्” भनी भन्‍नुभएपछि के-कस्ता परिवर्तनहरू आए? यो स्थानमा ज्योति र वायुमण्डल बाहेक के थियो? पवित्रशास्‍त्रमा यस्तो लेखिएको छ: “अनि परमेश्‍वरले सुक्खा भूमिलाई पृथ्वी; र एक ठाउँमा जम्मा भएको पानीलाई समुद्रहरू भन्‍नुभयो: अनि परमेश्‍वरले त्यो असल छ भन्‍ने देख्‍नुभयो।” भन्‍नुको अर्थ, त्यो स्थानमा अब भूमि र समुद्र थियो, र भूमि र समुद्र अलग गरिएको थियो। परमेश्‍वरको मुखबाट आएको आज्ञाद्वारा यी नयाँ कुराहरू देखा पर्‍यो, “अनि त्यस्तै भयो।” के यसो गर्ने क्रममा परमेश्‍वरले हतारमा गर्नुभयो भनेर पवित्रशास्‍त्रले व्याख्या गर्छ? के उहाँ शारीरिक परिश्रममा सहभागी हुनुभयो भनेर यसले व्याख्या गर्छ? त्यसो भए, परमेश्‍वरले कसरी यो गर्नुभयो त? परमेश्‍वरले कसरी यी नयाँ कुराहरू पैदा गराउनुभयो? स्पष्टै छ, यो सबै हासिल गर्न, यसको पूर्णता सृष्टि गर्नको लागि परमेश्‍वरले वचनहरू प्रयोग गर्नुभयो।

माथिका तीन अनुच्‍छेदहरूमा, हामीले तीन वटा महान् घटनाहरू घटेको बारेमा जान्यौं। यी तीन वटा महान् घटनाहरू परमेश्‍वरको वचनले नै घटाएका थिए र अस्तित्वमा ल्याएका थिए, र उहाँकै वचनको कारण, एकपछि अर्को गर्दै परमेश्‍वरको आँखाको अगाडि यी घटनाहरू देखा परे। त्यसकारण “परमेश्‍वर बोल्‍नुहुन्छ, र यो पूरा हुनेछ; उहाँले आज्ञा गर्नुहुन्छ, र यो दृढ रूपमा खडा हुनेछ” भन्‍ने यी वचनहरू खोक्रा होइनन् भन्‍ने देख्‍न सकिन्छ। उहाँका विचारहरू पैदा हुनेबित्तिकै परमेश्‍वरको सार पुष्टि हुन्छ, र जब परमेश्‍वरले बोल्‍नलाई आफ्‍नो मुख खोल्‍नुहुन्छ, उहाँको सार पूर्ण रूपमा प्रतिबिम्बित हुन्छ।

हामी यो अनुच्‍छेदको अन्तिम वाक्यलाई निरन्तरता दिऔं: “अनि परमेश्‍वरले भन्‍नुभयो, भूमिले घाँस उमारोस्, बीउ फलाउने बोट-बिरुवाहरू र आफ्नै प्रजातिका फल फलाउने बीउ भएका फलका रुखहरू पृथ्वीमा उमारोस्: अनि त्यस्तै भयो।” जब परमेश्‍वरले बोल्‍दैहुनुहुन्थ्यो, परमेश्‍वरका विचारहरूलाई पछ्याउँदै यी सबै कुराहरू अस्तित्वमा आए, र एकै क्षणमा, विभिन्‍न प्रकारका जीवनका स-साना रूपहरूले आ-आफ्‍ना शिर माटोबाट फुत्त-फुत्त निकालिरहेका थिए, र आफ्‍नो शरीरका अलि-अलि धूलो टकटक्याउनुभन्दा पहिले तिनीहरूले संसारप्रति शिर हल्‍लाउँदै र मुस्कुराउँदै एक-अर्कालाई उत्सुकताका साथ अभिवादन गरिरहेका थिए। तिनीहरूलाई उहाँले दिनुभएको जीवनको निम्ति तिनीहरूले सृष्टिकर्तालाई धन्यवाद दिए, र तिनीहरू यावत् थोकका भाग हुन्, र सृष्टिकर्ताको अख्‍तियारलाई प्रदर्शन गर्नको लागि तिनीहरूले आफ्‍नो जीवन समर्पित गर्नेछन् भनेर संसारलाई घोषणा गरे। परमेश्‍वरको वचन बोलिएपछि, भूमि हराभरा र हरियाली भयो, मानिसले उपभोग गर्न सक्‍ने सबै प्रकारका जडीबुटी जमिनबाट उम्री निस्के र जमिन फुटाएर निस्के, र पहाड र समथर जमिन रूखहरू र वनजङ्गलले भरिए…। जीवनको कुनै पनि नाम-निशानै नभएको यो बाँझो जमिन प्रशस्त घाँस-पात, जडीबुटी र रूख-बिरुवाले भरिए र हरियालीले ढकमक्‍क बन्यो…। घाँसको मीठो वासना र माटोको सुगन्ध हावामा फैलियो, र हावाको बहावसँगै वनस्पतिका श्रेणीहरूले क्रमैसँग सास फेर्न थाले, र वृद्धि हुने प्रक्रियालाई सुरु गरे। यसको साथै, परमेश्‍वरका वचनहरूको कारण र परमेश्‍वरका विचारहरूलाई पछ्याउँदै, सबै वनस्पतिले वृद्धि हुने, फुल्‍ने, फल फलाउने, र वृद्धि हुँदै जाने अनवरत जीवन चक्रलाई सुरु गरे। तिनीहरूले आ-आफ्‍नो जीवनको मार्गलाई पूर्ण रूपमा पालना गर्न थाले र सबै थोकको बीचमा आ-आफ्‍नो भूमिका निर्वाह गर्न थाले…। सृष्टिकर्ताकै वचनको कारण ती जन्‍मे, र जिए। तिनीहरूले सृष्टिकर्ताको कहिल्यै नटुङ्गिने बन्दोबस्‍त र पालनपोषण प्राप्त गर्थे, र सृष्टिकर्ताको अख्‍तियार र शक्तिलाई प्रदर्शन गर्नको लागि तिनीहरू भूमिको हरेक कुनामा दृढताको साथ सधैँ बाँच्थे, र सृष्टिकर्ताले तिनीहरूलाई दिनुभएको जीवन शक्ति तिनीहरूले सधैँ प्रदर्शन गर्थे …

सृष्टिकर्ताको जीवन असाधारण छ, उहाँका विचारहरू असाधारण छन्, र उहाँको अख्‍तियार असाधारण छ, त्यसकारण, जब उहाँका वचनहरू उच्‍चारण गरिए, यसको अन्तिम परिणाम “अनि त्यस्तै भयो।” भन्‍ने थियो। स्पष्टै छ, परमेश्‍वरले काम गर्नुहुँदा उहाँका आफ्‍नै हातले काम गर्नु आवश्यक छैन; उहाँले हुकुम गर्न आफ्‍ना विचारहरू र आदेश दिन उहाँका वचनहरू मात्रै प्रयोग गर्नुहुन्छ, र यसरी काम-कुराहरू हासिल गरिन्छन्। यो दिन, परमेश्‍वरले पानीहरूलाई एउटै ठाउँमा भेला गर्नुभयो, र सुक्खा जमिन देखा पर्न लगाउनुभयो, यसपछि परमेश्‍वरले भूमिबाट घाँस-पात उमार्नुभयो, र बीउहरू फलाउने जडीबुटी, फल फलाउने रूख-बिरुवा वृद्धि भए, अनि परमेश्‍वरले तिनीहरू प्रत्येकलाई तिनको प्रकारअनुसार वर्गीकरण गर्नुभयो, र प्रत्येकलाई आ-आफ्‍नै बीउ उत्पन्‍न गर्ने तुल्याउनुभयो। यी सबै नै परमेश्‍वरका विचारहरू र परमेश्‍वरको वचनका आज्ञाहरूअनुसार प्रकट भए, र एकपछि अर्को गर्दै यो नयाँ संसारमा ती प्रत्येक कुरा देखा परे।

उहाँले आफ्‍नो कामको आरम्‍भ गर्नुभन्दा पहिले नै, आफूले जे हासिल गर्ने अभिप्राय राख्‍नुभएको थियो त्यसको चित्र परमेश्‍वरको मनमा थियो, र यो चित्रको विषयवस्तुको बारेमा बोल्‍नको लागि आफ्‍नो मुख खोली यी कुराहरू हासिल गर्न जब परमेश्‍वर तयार हुनुभयो, परमेश्‍वरको अख्‍तियार र शक्तिको कारण सबै थोकमा परिवर्तन आउन थाल्यो। परमेश्‍वरले यो जसरी गर्नुभए पनि, वा उहाँले आफ्‍नो अख्‍तियारको प्रयोग जसरी गर्नुभएको भए पनि, परमेश्‍वरको योजनाअनुरूप र परमेश्‍वरका वचनहरूको कारण चरणबद्ध रूपमा सबै हासिल गरियो, र परमेश्‍वरकै वचनहरू र अख्‍तियारद्वारा एकपछि अर्को गर्दै, स्वर्ग र पृथ्वीको बीचमा परिवर्तनहरू आए। यी सबै परिवर्तन र घटनाहरूले सृष्टिकर्ताको अख्‍तियार, र सृष्टिकर्ताको जीवनको शक्तिको असाधारणपन र महान्‌ता प्रदर्शन गरे। उहाँका विचारहरू सरल विचारहरू, वा रित्तो चित्र होइनन्, तिनीहरू त जीवन शक्ति र असाधारण ऊर्जासहितका अख्तियार हुन्, र सबै थोकलाई परिवर्तन हुन, पुनर्जीवित हुन, नवीकरण हुन, र नष्ट हुन लगाउने शक्ति तिनै हुन्। यसैले, उहाँकै विचारहरूको कारणले गर्दा सबै थोक सुचारु हुन्छन्, यसको साथै उहाँको मुखका वचनहरूको कारणले यी सबै हासिल गरिन्छन् …

सबै थोक देखा पर्नुभन्दा पहिले, परमेश्‍वरका सोचहरूमा निकै पहिले नै पूर्ण योजना निर्मित भइसकेको थियो, र धेरै पहिले नै नयाँ संसारलाई हासिल गरिसकिएको थियो। तेस्रो दिन, भूमिमा अनेक किसिमका वनस्पति देखा परेको भए तापनि, यो संसारको सृष्टि गर्ने आफ्‍नो कार्यका चरणहरूलाई रोक्‍ने कुनै कारण परमेश्‍वरसँग थिएन; उहाँको अभिप्राय आफ्ना वचनहरू निरन्तर रूपमा बोल्‍ने, हरेक नयाँ कुराको सृष्टि हासिल गर्न जारी राख्‍ने थियो। उहाँ बोल्‍नुहुन्थ्यो, उहाँले आफ्‍ना आज्ञाहरू जारी गर्नुहुन्थ्यो, र आफ्‍नो अख्तियार प्रयोग गर्नुहुन्थ्यो र आफ्‍नो शक्ति देखाउनुहुन्थ्यो, र उहाँले सृष्टि गर्ने अभिप्राय राख्‍नुभएको सबै थोक र मानवजातिको लागि तयारी गर्न उहाँले योजना बनाउनुभएको सबै कुरा तयारी गर्नुभयो …

चौथो दिन, परमेश्‍वरले फेरि आफ्‍नो अख्तियार प्रयोग गर्नुहुन्छ र मानवजातिका ऋतु, दिन, र वर्षहरू अस्तित्वमा आउँछन्

आफ्‍नो योजना हासिल गर्नको लागि सृष्टिकर्ताले आफ्‍ना वचनहरू प्रयोग गर्नुभयो, र यसरी उहाँले आफ्‍नो योजनाको प्रारम्‍भिक तीन दिन बिताउनुभयो। यी तीन दिनको अवधिमा, परमेश्‍वर व्यस्त हुनुभएको, वा आफैलाई रित्याउनुभएको देखिएन; यसको विपरीत, उहाँले आफ्‍नो योजनाको प्रारम्‍भिक सुन्दर तीन दिन बिताउनुभयो, र संसारको आमूल रूपान्तरण गर्ने महान् कार्य हासिल गर्नुभयो। उहाँकै आँखाअगाडि एउटा नयाँ संसार देखा पर्‍यो, र एक-एक गरी, उहाँका विचारहरूमा लुकेको सुन्दर दृश्य आखिरमा परमेश्‍वरका वचनहरूमा प्रकट भयो। हरेक नयाँ कुरा देखा परेको घटना नयाँ बालकको जन्‍मजस्तै थियो, र कुनै बेला आफ्‍ना विचारहरूमा रहेको, तर अहिले जीवनमा ल्याइएको चित्रप्रति सृष्टिकर्ता प्रसन्‍न हुनुभयो। यस बेला, उहाँको हृदयले भरपुर सन्तुष्टि हासिल गर्‍यो, तर उहाँको योजनाको सुरुवात मात्रै भएको थियो। आँखा झिमिक्‍क गर्दा, नयाँ दिन आइपुगेको थियो—र सृष्टिकर्ताको योजनाको अर्को पृष्ठमा के थियो त? उहाँले के भन्‍नुभयो? उहाँले कसरी आफ्‍नो अख्तियारको प्रयोग गर्नुभयो? यसबीच, यो नयाँ संसारमा के-कस्ता नयाँ कुराहरू आए? सृष्टिकर्ताको मार्गनिर्देशनलाई पछ्याउँदै, हाम्रो नजर परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभएको चौथो दिनमा केन्द्रित हुन्छ, जुन अर्को एक नयाँ सुरुवातको दिन थियो। अवश्य नै, सृष्टिकर्ताको लागि, यो अर्को सुन्दर दिन थियो भन्‍नेमा कुनै शङ्का छैन, र यो दिन आजको मानवजातिको लागि निकै महत्त्वपूर्ण अर्को दिन थियो। अवश्य नै, यो अतुलनीय मूल्य भएको दिन थियो। कसरी यो सुन्दर थियो, कसरी यो त्यति महत्त्वपूर्ण थियो, र यो कसरी अतुलनीय मूल्यको थियो? हामी सुरुमा सृष्टिकर्ताले बोल्‍नुभएका वचनहरूलाई सुनौं …

“अनि परमेश्‍वरले भन्‍नुभयो, अन्तरिक्षमा दिनलाई रातबाट छुट्याउने ज्योतिहरू होऊन्; र तिनीहरू ऋतु, दिन र वर्षहरू छुट्याउने चिन्ह होऊन्: र पृथ्वीमा ज्योति दिनलाई आकाशको अन्तरिक्षमा ती ज्योतिहरू होऊन्” (उत्पत्ति १:१४-१५)। सुक्खा जमिन र यसमा भएका वनस्पतिलाई सृष्टि गरिसकेपछि सृष्टिका थोकहरूले प्रकट गरेको परमेश्‍वरको अख्तियारको यो अर्को प्रयोग थियो। परमेश्‍वरको लागि, यस्तो कार्य उहाँले पहिले नै गर्नुभएको जत्तिकै सहज थियो, किनभने परमेश्‍वरमा त्यस्तो शक्ति छ; परमेश्‍वर उहाँको वचनजस्तै असल हुनुहुन्छ, र उहाँको वचनलाई हासिल गरिनेछ। परमेश्‍वरले आकाशमा ज्योतिहरू देखा पर्ने आदेश दिनुभयो, अनि यी ज्योतिहरू आकाश र पृथ्वीमा मात्रै चम्किएनन्, तर तिनले दिन र रात, ऋतुहरू, दिनहरू, र वर्षहरूको चिन्‍हको रूपमा पनि काम गरे। यसरी, परमेश्‍वरले आफ्‍ना वचनहरू बोल्‍नुभएपछि, परमेश्‍वरले हासिल गर्न चाहनुभएको हरेक कार्य परमेश्‍वरको अर्थअनुसार र परमेश्‍वरले नियुक्त गर्नुभएअनुसार नै पूरा भए।

आकाशका ज्योतिहरू आकाशका तत्व हुन् जसले ज्योति दिन सक्छन्; तिनले आकाश र जमिन अनि समुद्रलाई ज्योति दिन सक्छन्। परमेश्‍वरले आज्ञा गर्नुभएको ताल र आवृत्तिअनुसार ती परिक्रमा गर्छन्, र जमिनमा फरक-फरक समय अवधिमा चम्‍कन्छन्, र यसरी ज्योतिहरूको घुम्‍ने चक्रले भूमिको पूर्व र पश्‍चिममा दिन र रात पैदा गर्छ, र ती रात र दिनका चिन्‍हहरू मात्रै होइनन्, बरु यी फरक-फरक चक्रहरूमार्फत तिनीहरूले मानवजातिका चाडपर्व र विभिन्‍न प्रकारका विशेष दिनहरूलाई पनि सङ्केत गर्छन्। ती परमेश्‍वरले जारी गर्नुभएका चार ऋतुहरू अर्थात वसन्त, ग्रीष्म, शरद, र शिशिर ऋतुका सर्वोत्तम पूरक र साथ हुन्, जसको साथमा ज्योतिहरूले मानवजातिका औंसी-पूर्णे, दिनहरू, र वर्षहरूको नियमित र सटीक चिन्‍हहरूका रूपमा मैत्रीपूर्ण रूपमा काम गर्छन्। खेतीपातीको उदयपछि मात्रै परमेश्‍वरले सृष्टि गर्नुभएका ज्योतिहरूले पैदा गर्ने औंसी-पूर्णे, दिनहरू, र वर्षहरूको विभाजनलाई मानवजातिले बुझ्‍न र थाहा पाउन थालेको भए तापनि, वास्तवमा आज मानिसले बुझ्‍ने औंसी-पूर्णे, दिनहरू, र वर्षहरू धेरै पहिले सबै थोकलाई परमेश्‍वरले सृष्टि गर्नुभएको चौथो दिनमा नै पैदा हुन थालेको थियो, र मानिसले अनुभव गर्ने वसन्त, ग्रीष्म, शरद, र शिशिरको परिवर्तन भइरहने चक्र पनि धेरै पहिले सबै थोकलाई परमेश्‍वरले सृष्टि गर्नुभएको चौथो दिनमा नै सुरु भएको थियो। परमेश्‍वरले सृष्टि गर्नुभएका ज्योतिहरूले मानिसलाई रात र दिनको बीचमा नियमित रूपमा, सटीक रूपमा, र स्पष्ट रूपमा भिन्‍नता छुट्याउन, र दिनहरूको गन्ती गर्न, र औंसी-पूर्णे र वर्षको हिसाब गर्न सक्षम तुल्यायो। (पूर्णिमाको दिन एक महिना पूरा हुन्थ्यो, र यसबाट मानिसले ज्योतिहरूको प्रकाशले नयाँ चक्रलाई सुरु गर्छ भन्‍ने थाहा पाए; अर्धचन्द्रको दिन आधा महिना पूरा हन्थ्यो, जसले नयाँ औंसी-पूर्णेको सुरुवात भएको छ भनेर मानिसलाई बताउँथ्यो, यसद्वारा औंसी-पूर्णेको चक्रमा कति दिन र कति रात हुन्छ, एउटा ऋतुमा कति वटा पूर्णिमा पर्छ, र एक वर्षमा कति वटा ऋतु हुन्छन् भनेर जान्‍न सकिन्थ्यो, र यी सबैलाई ठूलो नियमितताको साथ प्रकट गरियो।) त्यसकारण, ज्योतिहरूको चक्रले सङ्केत गर्ने औंसी-पूर्णे, दिनहरू, र वर्षहरूको हिसाब मानिसले सहजै गर्न सक्थ्यो। यस विन्दुभन्दा यता, मानवजाति र सबै थोक अचेतन रूपमै रात र दिनको सुव्यवस्थित परिवर्तन र ज्योतिको चक्रले पैदा गर्ने ऋतुहरूको फेरबदलको बीचमा जिए। चौथो दिन, सृष्टिकर्ताले ज्योतिहरू सृष्टि गर्नुको महत्त्व यही नै थियो। यसरी नै, सृष्टिकर्ताको यो कार्यको उद्देश्य र महत्त्वलाई अझै पनि उहाँको अख्‍तियार र शक्तिबाट अलग गर्न सकिँदैनथियो। त्यसकारण, परमेश्‍वरले बनाउनुभएका ज्योतिहरू र तिनीहरूले मानिसमा चाँडै नै ल्याउने महत्त्व नै सृष्टिकर्ताको अख्‍तियारको प्रयोगको अर्को उल्‍लेखनीय उपलब्धि थियो।

मानवजाति अहिलेसम्‍म देखा नपरेको यो नयाँ संसारमा, उहाँले चाँडै नै सृष्टि गर्न लाग्‍नुभएको जीवनको लागि सृष्टिकर्ताले साँझ र बिहान, वायुमण्डल, भूमि र समुद्र, घाँस-पात, जडीबुटी र विभिन्‍न प्रकारका रूखहरू, र ज्योतिहरू, ऋतुहरू, दिनहरू, र वर्षहरू तयार गर्नुभएको थियो। उहाँले सृष्टि गर्नुभएको हरेक नयाँ थोकमा सृष्टिकर्ताको अख्‍तियार र शक्ति व्यक्त गरिएको थियो, र अलिकति भिन्‍नताविना नै, र अलिकति अन्तरालविना नै उहाँका वचनहरू र उपलब्धिहरू एकसाथ आए। यी सबै नयाँ कुराहरू प्रकट हुनु र जन्‍मनु नै सृष्टिकर्ताको अख्‍तियार र शक्तिको प्रमाण थियो: उहाँ उहाँको वचन जत्ति नै असल हुनुहुन्छ, र उहाँको वचन हासिल गरिनेछ, अनि उहाँले जे हासिल गर्नुहुन्छ ती सदासर्वदा रहिरहन्छन्। यो तथ्य कहिल्यै परिवर्तन भएको छैन: विगतमा यो यस्तै थियो, आज पनि यो यस्तै छ, र सम्पूर्ण अनन्तसम्‍म यो यस्तै रहनेछ। जब तिमीहरू पवित्र-शास्‍त्रका ती वचनहरूलाई फेरि एकपटक हेर्छौ, के ती तिमीहरूलाई ताजा लाग्छन्? के तिमीहरूले नयाँ विषयवस्तु देखेका छौ, र नयाँ कुराहरू पत्ता लगाएका छौ? यस्तो हुनुको कारण के हो भने सृष्टिकर्ताका कार्यहरूले तिमीहरूको हृदयलाई छोएको छ, र उहाँको अख्‍तियार र शक्तिसम्‍बन्धी तिमीहरूको ज्ञानको दिशालाई निर्देशित गरेको छ, र सृष्टिकर्तासम्बन्धी तिमीहरूको बुझाइको लागि ढोका खोलेको छ, र उहाँका कार्यहरू र अख्तियारले यी वचनहरूमा जीवन प्रदान गरेको छ। त्यसकारण, यी वचनहरूमा मानिसले सृष्टिकर्ताको अख्‍तियारको वास्तविक, स्पष्ट अभिव्यक्तिलाई देखेको छ, सृष्टिकर्ताको सर्वोच्‍चतालाई साँचो रूपमा देखेको छ, र सृष्टिकर्ताको अख्तियार र शक्तिको असाधारणपन देखेको छ।

सृष्टिकर्ताको अख्‍तियार र शक्तिले एकपछि अर्को गर्दै आश्‍चर्यकर्म पैदा गर्छ; उहाँले मानिसको ध्यानलाई केन्द्रित गर्नुहुन्छ, र मानिस उहाँको अख्तियारको प्रयोगबाट जन्‍मेका चकित पार्ने कार्यहरूलाई छक्‍क परेर नहेरी बस्‍न सक्दैन। उहाँको असाधारण शक्तिले एकपछि अर्को गर्दै प्रसन्‍नता ल्याउँछ, र मानिस आदर, श्रद्धा र हर्षमा चकित पर्छ र उल्‍लसित हुन्छ; यसको साथै, मानिस भौतिक रूपमै प्रभावित हुन्छ र उसमा आदर, भक्ति, र घनिष्ठता पैदा हुन्छ। सृष्टिकर्ताका अख्‍तियार र कार्यहरूले मानिसको आत्मामा निकै महान् प्रभाव र शोधनकारी असर पार्छन्, यसको साथै, तिनले मानिसको आत्मालाई तृप्त गर्छन्। सबै थोकमध्ये उहाँका हरेक विचारहरू, उहाँका हरेक वाणीहरू, र उहाँको अख्तियारको हरेक प्रकटीकरण उत्कृष्ट कार्य हो, र यो सृष्टि गरिएको मानवजातिको गहन बुझाइ र ज्ञानको निम्ति सबैभन्दा योग्य महान् कार्य हो। जब हामी सृष्टिकर्ताका वचनहरूबाट जन्‍मेका हरेक प्राणीको गन्ती गर्छौं, हाम्रो आत्मा परमेश्‍वरको शक्तिको आश्‍चर्यतातर्फ तानिन्छ, र हामीले आफैलाई सृष्टिकर्ताका पाइलाहरूलाई अर्को दिनसम्‍म अर्थात परमेश्‍वरद्वारा सबै थोक सृष्टि गरिएको पाँचौं दिनसम्म पछ्याइरहेको पाउँछौं।

सृष्टिकर्ताका थप कार्यहरू हेर्ने क्रममा, हामी निरन्तर रूपमा पवित्रशास्‍त्रको एकपछि अर्को अनुच्‍छेद पढ्दै जाऔं।

पाँचौं दिन, विभिन्‍न प्रकारका र विविध रूपका जीवनले फरक-फरक तरिकाले सृष्टिकर्ताको अख्‍तियारलाई प्रदर्शन गर्छन्

पवित्रशास्‍त्रले भन्छ, “अनि परमेश्‍वरले भन्‍नुभयो, पानीहरूले जीवन भएका प्रशस्त चल्‍ने प्राणीहरू र पृथ्वीमाथि खुला आकाशमा उड्ने पक्षीहरू उत्पन्न गरोस्। अनि परमेश्‍वरले ठूला ह्वेल माछाहरू, जसलाई पानीहरूले तिनीहरूका प्रजातिअनुसार प्रशस्त मात्रामा उत्पन्‍न गरे, र चल्‍ने हरेक जीवित प्राणीहरू र हरेक प्रजातिका पखेटा भएका पक्षीहरू बनाउनुभयो: अनि त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो” (उत्पत्ति १:२०-२१)। यस दिन, परमेश्‍वरले पानीका प्राणीहरू र आकाशका पक्षीहरू सृष्टि गर्नुभयो भनेर पवित्रशास्‍त्रले स्पष्ट रूपमा भन्छ, भन्‍नुको अर्थ, उहाँले विभिन्‍न प्रकारका माछा र चराचुरुङ्गी सृष्टि गर्नुभयो, र तिनीहरूलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गर्नुभयो। यसरी, पृथ्वी, आकाश, र पानी परमेश्‍वरको सृष्टिले भरिपूर्ण भए …

परमेश्‍वरका वचनहरू बोलिएपछि, सृष्टिकर्ताको वचनद्वारा नै हरेक ताजा नयाँ जीवन फरक-फरक रूपमा जीवित भई निस्के। ती आफ्‍नो स्थानको लागि तँछड-मछाड गर्दै, आनन्दले उफ्रँदै, उल्‍लसित हुँदै आए…। सबै रूप र आकारका माछाहरू पानीमा पौडन थाले; बालुवाबाट हरप्रकारका खपटे माछाहरू निस्किए; कत्ला भएका, खपटो भएका, र मेरुदण्ड नभएका प्राणीहरू फरक-फरक आकारमा तुरुन्तै बढ्दै निस्के, चाहे ती ठूला हुन् वा साना, लामा हुन् वा छोटा। त्यसरी नै विभिन्‍न प्रकारका समुद्री वनस्पति तेज रूपमा वृद्धि भए, ती विभिन्‍न प्रकारका समुद्री प्राणीका चाललाई प्रभाव पार्दै, मन्द पानीलाई तरङ्गित तुल्याउँदै लहरिए, मानौं तिनले तिनीहरूलाई यसो भन्दैथिए: “खुट्टा झट्का! तेरा साथीहरूलाई ले! किनभने तँ अब फेरि कहिल्यै एकलो हुनेछैनस्!” परमेश्‍वरले सृष्टि गर्नुभएका विभिन्‍न जीवित प्राणीहरू पानीमा देखा परेको क्षणदेखि नै हरेक नयाँ जीवनले धेरै लामो समयदेखि अचल रहेको पानीमा जीवन शक्ति ल्यायो, र नयाँ युगलाई आरम्‍भ गर्‍यो…। यस विन्दुपछि, तिनीहरूले एक-अर्कामा अडेस लिँदै बसे, र एक-अर्कालाई साथ दिए, र एक-अर्काको बीचमा कुनै दूरी राखेनन्। पानी यसको अङ्गालोभित्र रहेका हरेक जीवनलाई पालनपोषण गर्दै यसमा भएका प्राणीहरूकै निम्ति अस्तित्वमा रह्यो, र हरेक प्राणी पानीले दिने पोषणको खातिर अस्तित्वमा रह्यो। हरेकले अर्कोलाई जीवन प्रदान गर्‍यो, यसका साथै, हरेकले त्यही शैलीम सृष्टिकर्ताको सृष्टिको आश्‍चर्यता र महानता, र सृष्टिकर्ताको अख्‍तियारको सर्वोत्कृष्ट शक्तिको गवाही दियो …

जसरी समुद्र त्यसपछि कहिल्यै शान्त रहेन, त्यसरी नै आकाशलाई पनि जीवनले भर्न थाल्यो। एकपछि अर्को गर्दै, ठूला-साना चराचुरुङ्गीहरू जमिनबाट आकाशतिर उडे। समुद्रका प्राणीहरूभन्दा फरक रूपमा, तिनीहरूसँग तिनीहरूका स-साना र सुन्दर स्वरूपलाई ढाक्‍ने पखेटा र प्वाँखहरू थिए। तिनीहरूका प्वाँखहरूको सुन्दर वस्त्र र सृष्टिकर्ताले तिनीहरूलाई दिनुभएको तिनीहरूको विशेष क्षमता र सीपहरूलाई घमण्ड र गर्वका साथ प्रदर्शन गर्दै तिनीहरूले आफ्‍ना पखेटाहरू फरफराए। तिनीहरू स्वतन्त्रताका साथ उडे, र कुशलतापूर्वक आकाश र पृथ्वी, घाँसे मैदान र वन-जङ्गलहरूका बीचमा वेग मार्दै उडे…। तिनीहरू आकाशका प्रिय थिए, तिनीहरू सबै थोकका प्रिय थिए। तिनीहरू चाँडै नै आकाश र पृथ्वीलाई जोड्ने बन्धन बन्‍नेवाला थिए, र तिनीहरूले नै सबै थोकलाई सन्देशहरू दिनेवाला थिए…। तिनीहरू गाउँथे, आनन्दले यता-उता उडिहिँड्थे, कुनै बेला रित्तो रहेको यस संसारमा तिनीहरूले नै हर्ष, खुशी, र जीवन्तता ल्याए…। सृष्टिकर्ताले तिनीहरूलाई दिनुभएको जीवनको लागि तिनीहरूले आफ्‍ना स्पष्ट, सुमधुर गीतको प्रयोग गरे, आफ्‍नो हृदयका वचनहरू प्रयोग गरे। सृष्टिकर्ताको सृष्टिको सिद्धता र आश्‍चर्यपनलाई प्रदर्शन गर्नको लागि तिनीहरू हर्षका साथ नाचे, र तिनीहरूले आफ्‍नो सम्पूर्ण जीवन उहाँले तिनीहरूलाई दिनुभएको विशेष जीवनमार्फत सृष्टिकर्ताको अख्तियारको गवाही दिने कार्यमा नै अर्पण गर्नेवाला थिए …

चाहे ती पानीमा हुन् वा आकाशमा, जीवित प्राणीहरूको यो प्रचुरता सृष्टिकर्ताको आज्ञाद्वारा जीवनका विभिन्‍न स्वरूपमा अस्तित्वमा रह्यो, र सृष्टिकर्ताको आज्ञाद्वारा, तिनीहरू आ-आफ्नो प्रजातिअनुसार एकसाथ भेला भए—र यो व्यवस्था, यो नियमलाई कुनै पनि प्राणीले परिवर्तन गर्न सक्दैनथ्यो। न त सृष्टिकर्ताले तिनीहरूको लागि तय गर्नुभएका सीमाहरूभन्दा बाहिर जाने आँट तिनीहरूले कहिल्यै गरे, न त तिनीहरूले त्यसो गर्न नै सके। सृष्टिकर्ताले तोक्‍नुभएअनुसार, तिनीहरू जिए र वृद्धि भए, अनि सृष्टिकर्ताले अघि सार्नुभएको जीवनको दिशा र नियमहरूलाई तिनीहरूले कडाइका साथ पालना गरे, र उहाँका नबोलिएका आज्ञाहरू र उहाँले तिनीहरूलाई दिनुभएका स्वर्गीय आदेशहरू र ज्ञानहरूलाई तिनीहरूले आजको दिनसम्‍मै सचेत रूपमा पालना गरिरहे। तिनीहरूले आफ्‍नै विशेष तरिकामा सृष्टिकर्तासँग कुराकानी गरे, र सृष्टिकर्ताको अर्थलाई बुझ्‍न पुगे, र उहाँका आज्ञाहरूलाई पालना गरे। सृष्टिकर्ताको अख्‍तियारलाई कसैले कहिल्यै भङ्ग गरेन, र उहाँका विचारहरूभित्र नै उहाँको सार्वभौमिकता र आज्ञा तिनीहरूलाई जारी गरिएको थियो; कुनै पनि वचनहरू जारी गरिएन, तर कुनै पनि भाषिक विशेषता नभएको र मानवजातिको भन्दा फरक रहेको सृष्टिकर्ताको अद्वितीय अख्‍तियारले नै मौन रूपमा सबै थोकलाई नियन्त्रण गर्‍यो। यस प्रकारको विशेष तरिकामा गरिएको उहाँको अख्तियारको प्रयोगले मानिसलाई सृष्टिकर्ताको अद्वितीय अख्‍तियारको बारेमा नयाँ ज्ञान प्राप्त गर्न, र त्यसलाई नयाँ तरिकाले अर्थ्याउन बाध्य तुल्यायो। यहाँ, मैले तिमीहरूलाई भन्नैपर्छ कि यो नयाँ दिनमा सृष्टिकर्ताको अख्‍तियारको प्रयोगले सृष्टिकर्ताको अद्वितीयपनलाई फेरि एकपटक प्रदर्शित गर्‍यो।

यसपछि, हामी पवित्र-शास्‍त्रको यो अनुच्‍छेदको अन्तिम वाक्यलाई हेरौं: “त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो।” यसको अर्थ के हो भन्‍ने तिमीहरूलाई लाग्छ? परमेश्‍वरका भावनाहरू यिनै वचनहरूभित्र समावेश छन्। आफूले सृष्टि गर्नुभएको सबै थोक उहाँकै वचनको कारण अस्तित्वमा आएर, खडा भएको, अनि क्रमिक रूपमा परिवर्तन हुन सुरु गरेको परमेश्‍वरले हेर्नुभयो। यो समयमा, आफ्‍ना वचनहरूद्वारा उहाँले बनाउनुभएका कुराहरूप्रति र उहाँले हासिल गर्नुभएका विभिन्‍न कार्यहरूप्रति के परमेश्‍वर सन्तुष्ट हुनुहुन्थ्यो? उत्तर “त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो।” भन्‍ने हो। तिमीहरू यहाँ के देख्छौ? “त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो” ले केलाई प्रतिनिधित्व गर्छ? यो केको प्रतीक हो? यसको अर्थ आफूले योजना बनाउनुभएका र निर्धारित गर्नुभएका कुराहरूलाई हासिल गर्ने, उहाँले हासिल गर्नको लागि तय गर्नुभएका लक्ष्यहरूलाई हासिल गर्ने शक्ति र बुद्धि परमेश्‍वरसँग छ भन्‍ने हुन्छ। जब परमेश्‍वरले प्रत्येक काम पूरा गर्नुभयो, के उहाँलाई पछुतो लाग्यो? यसको उत्तर अझै पनि “त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो।” भन्‍ने नै हो। अर्को शब्‍दमा भन्दा, उहाँलाई कुनै पछुतो नलागेको मात्रै होइन, तर यसको सट्टा उहाँ सन्तुष्टचाहिँ हुनुहुन्थ्यो। उहाँलाई कुनै पछुतो भएन भन्‍नुको अर्थ के हो? यसको अर्थ परमेश्‍वरको योजना सिद्ध छ, उहाँको शक्ति र बुद्धि सिद्ध छ, र उहाँको अख्‍तियारद्वारा मात्रै त्यस्तो सिद्धता हासिल गर्न सकिन्छ भन्‍ने हो। जब मानिसले कुनै काम गर्छ, के उसले पनि परमेश्‍वरले जस्तै यसलाई हेरेर असल देख्‍न सक्छ? के मानिसले गर्ने सबै कुरामा उसले सिद्धता हासिल गर्न सक्छ? के मानिसले कुनै कुरा सदा अनन्तसम्‍मको लागि पूरा गर्न सक्छ? मानिसले “कुनै पनि कुरा सिद्ध हुँदैन, अलिक उत्तम मात्रै हुन्छ” भनेजस्तै, मानिसले गर्ने कुनै कुराले पनि सिद्धता हासिल गर्न सक्दैन। जब आफूले गर्नुभएको र हासिल गर्नुभएको सबै कुरा परमेश्‍वरले असल देख्‍नुभयो, परमेश्‍वरले बनाउनुभएको सबै कुरा उहाँकै वचनले तय गरेको थियो, भन्‍नुको अर्थ, जब “त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो,” उहाँले बनाउनुभएका सबैले स्थायी स्वरूप लिएको थियो, प्रकार अनुसार वर्गीकरण भएको थियो, र सदा अनन्तको लागि निश्‍चित स्थान, उद्देश्य, र कार्य दिइएको थियो। यसको साथै, सबै थोकको बीचमा तिनीहरूको भूमिका, र सबै थोकमाथिको परमेश्‍वरको व्यवस्थापनको अवधिमा तिनीहरूले गर्नै पर्ने यात्रा परमेश्‍वरले पहिले नै नियुक्त गरिसक्‍नुभएको थियो, र ती अपरिवर्तनीय थिए। यो सृष्टिकर्ताले सबै थोकका लागि दिनुभएको स्वर्गीय नियम थियो।

“त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो,” यी सरल, कम रूपमा बुझिएका, धेरै पटक बेवास्ता गरिएका वचनहरू, परमेश्‍वरले सारा प्राणीहरूलाई दिनुभएका स्वर्गीय नियम र स्वर्गीय अध्यादेशका वचनहरू हुन्। ती सृष्टिकर्ताको अख्‍तियारको अर्को मूर्तरूप हो, जुन अझै बढी व्यवहारिक, र अझै बढी गहन छ। आफ्‍ना वचनहरूद्वारा, सृष्टिकर्ताले आफूले हासिल गर्न तय गर्नुभएको सबै कुरालाई प्राप्त मात्रै गर्न सक्‍नुभएन, र उहाँले प्राप्त गर्न तय गर्नुभएको सबै हासिल मात्रै गर्न सक्‍नुभएन, तर उहाँले सृष्टि गर्नुभएको सबैलाई आफ्‍नै हातले नियन्त्रण गर्न, र आफ्‍नो अख्‍तियारको अधीनमा उहाँले बनाउनुभएका सबै थोकलाई शासन गर्न पनि सक्‍नुभयो, यसको साथै सबै व्यवस्थित र क्रमबद्ध थियो। सबै कुरा उहाँकै वचनद्वारा सङ्ख्यामा वृद्धि भए, अस्तित्वमा रहे, र नाश भए, यसको साथै, उहाँको अख्‍तियारद्वारा नै ती उहाँले अघि सार्नुभएको नियमको बीचमा अस्तित्वमा रहे, र कुनैलाई पनि यसबाट छूट थिएन! “त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो,” भनी भनिएकै क्षण यो नियमको सुरुवात भयो र सृष्टिकर्ताले रद्द गर्नुहुने दिनसम्‍मै परमेश्‍वरको व्यवस्थापन योजनाको खातिर यो अस्तित्वमा रहिरहन्छ, निरन्तर रहन्छ, र सुचारु भइरहन्छ! सबै थोक सृष्टि गर्ने र सबै थोकलाई आज्ञा गरी अस्तित्वमा ल्याउने उहाँको क्षमतामा मात्रै होइन, तर सबै थोकलाई शासन गर्ने र तिनमाथि सार्वभौमिकता राख्‍ने, र सबै थोकमाथि जीवन र जीवन शक्ति प्रदान गर्ने उहाँको क्षमतामा, साथै, उहाँले बनाउनुभएको संसारमा उहाँले आफ्‍नो योजनामा सृष्टि गर्नुभएको यावत् थोक सिद्ध आकार, र सिद्ध जीवन संरचना, अनि सिद्ध भूमिका सहित सदा अनन्तको लागि देखा पर्ने र अस्तित्वमा रहने तुल्याउने उहाँको क्षमतामा पनि सृष्टिकर्ताको अद्वितीय अख्तियार प्रकट भयो। त्यसरी नै सृष्टिकर्ताका विचारहरू कुनै पनि सीमाहरूका अधीनमा थिएनन्, समय, स्थान, वा भूगोलद्वारा सीमित थिएनन् भन्‍ने तरिकाले पनि यसको प्रकटीकरण भयो। उहाँको अख्तियारजस्तै, सृष्टिकर्ताको अद्वितीय पहिचान पनि अनन्‍तदेखि अनन्‍तसम्‍म अपरिवर्तित रहन्छ। उहाँको अख्तियार सधैँ नै उहाँको अद्वितीय पहिचानको प्रतिनिधित्व र प्रतिक हुनेछ, र उहाँको अख्‍तियार उहाँको पहिचानसँग एकसाथ सदासर्वदा रहिरहन्छ!

छैठौं दिन, सृष्टिकर्ता बोल्‍नुहुन्छ, र उहाँको मस्तिष्कमा भएका हरेक प्रकारका प्राणी एकपछि अर्को गर्दै देखा पर्छन्

चालै नपाई, सृष्टिकर्ताको सबै थोक सृष्टि गर्ने कार्य पाँचौं दिनसम्‍म जारी रह्यो, र यसपछि तुरुन्तै सृष्टिकर्ताले सबै थोक सृष्टि गर्ने आफ्‍नो कार्यको छैटौं दिनलाई स्वागत गर्नुभयो। यो दिन अर्को नयाँ सुरुवात, र अर्को असाधारण दिन थियो। त्यसो भए, यो नयाँ दिनको अघिल्‍लो साँझ सृष्टिकर्ताको योजना के थियो त? उहाँले के-कस्ता नयाँ प्राणीहरू पैदा गर्नुहुनेथियो, सृष्टि गर्नुहुनेथियो? सुन, सृष्टिकर्ताको आवाज त्यही हो …

“अनि परमेश्‍वरले भन्‍नुभयो, पृथ्वीले तिनीहरूका प्रजातिअनुसारका जीवित प्राणीहरू, चौपायाहरू र घस्रने जन्तुहरू र प्रजातिअनुसारका जनावरहरू उत्पन्‍न गरोस्: अनि त्यस्तै भयो। अनि परमेश्‍वरले प्रजातिअनुसार पृथ्वीको जन्तु, तिनीहरूका प्रजातिअनुसारका चौपायाहरू बनाउनुभयो र पृथ्वीमा घस्रने हरेक जन्तुहरूलाई तिनीहरूकै प्रजातिअनुसार बनाउनुभयो: अनि त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो” (उत्पत्ति १:२४-२५)। के-कस्ता जीवित प्राणीहरू समावेश छन्? पवित्र-शास्‍त्रले भन्छ: पालिने पशुहरू, र घस्रने जन्तुहरू, र प्रजाति-प्रजातिका वन-पशुहरू। भन्‍नुको अर्थ, यो दिन पृथ्वीमा सबै प्रकारका प्राणीहरू मात्रै थिएनन्, तर तिनीहरू सबैलाई प्रकारअनुसार वर्गीकरण पनि गरिएको थियो, त्यसरी नै, “त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो।”

अघिल्‍ला पाँच दिनको अवधिमा जस्तै, सृष्टिकर्ताले उस्तै शैलीमा बोल्‍नुभयो र आफूले चाहनुभएका जीवित प्राणीहरूको जन्‍मको आदेश दिनुभयो, र तिनीहरू आ-आफ्‍नै प्रकारअनुसार पृथ्वीमा देखा परे। जब सृष्टिकर्ताले आफ्‍नो अख्‍तियार प्रयोग गर्नुहुन्छ, उहाँले बोल्‍नुभएको कुनै पनि वचन व्यर्थ हुँदैन, र त्यसैअनुसार छैटौं दिन, उहाँले सृष्टि गर्ने अभिप्राय राख्‍नुभएका हरेक जीवित प्राणी तोकिएको समयमा देखा परे। सृष्टिकर्ताले “पृथ्वीले तिनीहरूका प्रजातिअनुसारका जीवित प्राणीहरू उत्पन्‍न गरोस्,” भनी भन्‍नुभएपछि, पृथ्वी तुरुन्तै जीवनले भरिपूर्ण भयो, र भूमिमा अचानक सबै प्रकारका जीवित प्राणीहरू प्रकट भए…। घाँसे मैदानमा, आफ्‍नो पुच्छर यता-उता हल्‍लाउने गाईका बथानहरू एकपछि अर्को गर्दै देखा परे, भ्या-भ्या गर्ने भेडाहरू बथान-बथानमा जम्‍मा भए, र घोडाहरू आवाज निकाल्दै दौडन थाले…। एकै क्षणमा, शान्त घाँसे मैदानको ठूलो क्षेत्र जीवनले भरिपूर्ण भयो…। यी विभिन्‍न प्रकारका चौपायाहरू देखा परेको घटना शान्त घाँसे मैदानमा देखिएको सुन्दर दृश्य थियो, र तिनले असीमित जीवन शक्ति ल्याए…। तिनीहरू एक-अर्कामा पारस्‍परिक रूपमा आश्रित हुँदै घाँसे मैदानका साथी, र घाँसे मैदानका मालिक बन्‍नेवाला थिए; त्यसरी नै तिनीहरू यी भूमिहरूका रक्षक र हेरचाह गर्नेहरू बन्‍नेवाला थिए, जुन तिनीहरूको स्थायी बासस्थान हुनेवाला थियो, र जसले तिनीहरूलाई चाहिने सबै कुरा, तिनीहरूको अस्तित्वको लागि अनन्त पोषणको स्रोत प्रदान गर्नेवाला थियो …

यी विभिन्‍न चौपाया अस्तित्वमा आएकै दिन, सृष्टिकर्ताको वचनद्वारा एकपछि अर्को गर्दै असंख्य कीराफट्याङ्ग्रा देखा परे। सबै प्राणीहरूमध्ये तिनीहरू सबैभन्दा साना जीवित प्राणीहरू थिए, तैपनि तिनीहरूको जीवन शक्ति सृष्टिकर्ताको आश्‍चर्यजनक सृष्टि थियो, र तिनीहरू आइपुगेको समय अत्यन्तै ढिला भएको थिएन…। कतिले आफ्‍ना स-साना पखेटाहरू चलाउथे, अरू भने बिस्तारै घस्रिन्थे; कति उफ्रन्थे र फड्को मार्थे, अरू मुस्किलले हिँड्थे; कति अघि दगुर्थे, कति तुरुन्तै पछि हट्थे; कति दायाँबायाँ गर्दै घस्रन्थे, अरू माथि-तल गर्दै उफ्रन्थे…। सबै आफ्‍नो लागि घर खोज्‍ने प्रयासमा व्यस्त थिए: कतिले घाँसको बीचमा ठाउँ तयार पारे, कतिले भूँइमा दुलो खन्‍नलागे, कति जङ्गलको बीचमा लुकेका रूखहरूतर्फ उडे…। आकारमा साना भए तापनि, खाली पेटको पीडा सहन तिनीहरू इच्‍छुक थिएनन्, र आफ्‍नो घर भेट्टाइसकेपछि, तिनीहरू आफ्‍नो लागि खानेकुरा खोज्‍न हतारमा निस्के। कति कलिलो मुना खान घाँसको बोटमा चढे, कतिले मुखभरि माटो लिए र निकै स्वादिलो मान्दै र खुशी हुँदै पेटसम्‍म पुग्‍ने गरी निले (तिनीहरूका लागि, माटो समेत स्वादिलो खानेकुरा हो); कति जङ्गलहरूका बीचमा लुकेका थिए, तर तिनीहरूले विश्राम लिन छोडेनन्, किनभने चमकदार गाढा हरिया पातहरूभित्रको भोजनले तिनीहरूलाई रसिलो खाना प्रदान गर्थ्यो…। कीराफट्याङ्ग्राहरूले तृप्त भएपछि पनि आफ्‍नो क्रियाकलापलाई रोकेनन्; तिनीहरू कदमा साना भए पनि, तिनीहरूमा अथाह ऊर्जा र असीमित जोस थियो, त्यसकारण सबै प्राणीहरूमध्ये तिनीहरू नै सबैभन्दा सक्रिय र मेहनती थिए। तिनीहरूले कहिल्यै अल्छी गरेनन्, र तिनीहरू कहिल्यै विश्राममा भुलेनन्। तिनीहरूको भोक तृप्त भएपछि, आफ्‍नो भविष्यको लागि, भोलिको दिनको लागि व्यस्त रहँदै र दौडधूप गर्दै, आफ्‍नो अस्तित्वको लागि आफ्‍नो परिश्रममा तिनीहरू लागिरहे…। तिनीहरूले आफैलाई प्रोत्साहन गर्न र उत्साह दिइरहनको लागि विभिन्‍न प्रकारका धुन र तालमा गीतहरू गुनगुनाउथे। तिनीहरूले हरेक दिन, हरेक वर्षलाई अद्वितीय तुल्याउँदै घाँस-पात, रूख-बिरुवा, र हरेक इन्च माटोमा आनन्द थपे…। तिनीहरूका आफ्‍नै भाषा र तिनीहरूका आफ्‍नै तौर-तरिकाहरूद्वारा, तिनीहरूले सबै जीवित प्राणीहरूकहाँ जानकारी प्रसारण गरे। तिनीहरूका आफ्‍नै विशेष जीवन शैलीको प्रयोग गर्दै, तिनीहरूले सबै कुरामा चिन्‍ह लगाउँथे, जसमा तिनीहरूले आफ्‍ना छाप छोड्थे…। माटो, घाँस-पात, र वन-जङ्गलसँग तिनीहरूको सम्‍बन्ध घनिष्ठ थियो, र तिनीहरूले माटो, घाँस-पात, र वन-जङ्गलमा जोस र जीवन शक्ति ल्याए। तिनीहरूले सबै जीवित प्राणीहरूकहाँ सृष्टिकर्ताको प्रोत्‍साहन र अभिवादन ल्याए …

आफूले सृष्टि गरेका सबै थोकमाथि सृष्टिकर्ताले नजर लगाउनुभयो, र यस क्षणमा उहाँको नजर वन-जङ्गल र पहाड-पर्वतमा रोकियो, उहाँको मन त्यसमा केन्द्रित भयो। उहाँका वचनहरू उच्‍चारण गरिएपछि, घना जङ्गलमा, र पहाडहरूमा एक प्रकारका प्राणीहरू देखा परे जुन पहिले कहिल्यै देखिएका थिएनन्: ती परमेश्‍वरको मुखले बोल्नुभएका वन-पशुहरू थिए। चाँडै नै, तिनीहरूले आफ्‍ना शिर हल्‍लाए र आफ्‍ना पुच्छर हल्‍लाए, हरेकका आ-आफ्‍नै अद्वितीय अनुहार थिए। कतिको भुवादार वस्‍त्र थियो, कति कवचधारी थिए, कति तीखा दाँत भएका थिए, कतिको पङ्तिबद्ध दाँत थिए, कति लामो घाँटी भएका थिए, कति छोटो पुच्छर भएका थिए, कति ठूला-ठूला आँखा भएका थिए, कति कमजोर नजरका थिए, कतिले घाँस खान निहुरिनुपर्थ्यो, कतिले मुखभरि रगत बोकेका हुन्थे, कति दुई खुट्टाले बुरुक्‍क-बुरुक्‍क उफ्रन्थे, कति चार खुरले हिँड्थे, कतिले रुखको टुप्पामा बसेर टाढा-टाढा हेर्थे, कति जङ्गलमा पस्रेर पर्खन्थे, कति विश्राम गर्नलाई गुफाहरू खोज्थे, कति समथर भूमिमा दौडँदै र उल्‍लसित भइरहेका हुन्थे, कति वन-जङ्गलमा सिकारको खोजी गरिरहेका हुन्थे…; कति गर्जिरहेका हुन्थे, कति कुकुर रोएझैँ कराइरहेका हुन्थे, कति भुकिरहेका हुन्थे, कति रोइरहेका हुन्थे…; कति उच्‍च स्वरका थिए, कति मध्यम स्वरका, कति पूर्ण स्वरका, कति स्पष्ट र सुमधुर थिए…; कति डरलाग्दा थिए, कति सुन्दर थिए, कति घिनलाग्दा थिए, कति छोऊँ-छोऊँ लाग्दा थिए, कति भयानक थिए, कति मोहक थिए…। पालैपालो, तिनीहरू प्रत्येक देखा परे। तिनीहरू कति उच्‍च र शक्तिशाली छन्, स्वतन्त्र, एक-अर्कालाई एक नजर हेर्ने झमेलामा नपरी एक-अर्काको परवाह नगर्ने छन्…। प्रत्येकले सृष्टिकर्ताद्वारा तिनीहरूलाई दिइएको जीवन, र तिनीहरूका आफ्‍नै जङ्गलीपन र जनावरपन वहन गर्दै, तिनीहरू वन-जङ्गलमा र पहाड-पर्वतमा देखा परे। सबैभन्दा घृणित, त्यति अभिमानले भरिएका—तिनीहरूलाई कसले पहाड-पर्वत र वन-जङ्गलका साँचो मालिकहरू तुल्यायो? सृष्टिकर्ताले तिनीहरू देखा पर्ने घटनाको प्रबन्ध गर्नुभएको क्षणदेखि नै, तिनीहरूले वन-जङ्गल र पहाड-पर्वतलाई “दाबी गरे”, किनभने सृष्टिकर्ताले पहिले नै तिनीहरूको सीमामा मोहर हालिसक्‍नुभएको थियो र तिनीहरूको अस्तित्वको क्षेत्रलाई निर्धारित गरिसक्‍नुभएको थियो। तिनीहरू मात्रै पहाड-पर्वत र वन-जङ्गलका साँचो प्रभुहरू थिए, अनि त्यही कारणले गर्दा नै तिनीहरू त्यति उग्र, त्यति घृणित थिए। सबै प्राणीहरूमध्ये तिनीहरू नै साँचो रूपमा जङ्गली, पाशविक, र सधाउन नसकिने थिए, र खासमा यही कारणले नै तिनीहरूलाई “वन-पशुहरू” भनेर भनियो। तिनीहरूलाई सधाउन सकिँदैनथियो, त्यसैले तिनीहरूलाई पाल्‍न सकिँदैनथियो, र तिनीहरू मानवजातिसँग मिलेर बस्‍न वा मानवजातिको खातिर परिश्रम गर्न सक्दैनथिए। तिनीहरूलाई पाल्‍न नसकिने, तिनीहरूले मानवजातिको लागि काम गर्न नसक्‍ने भएकाले नै, तिनीहरू मानवजातिबाट टाढा बस्‍नुपर्थ्यो, र मानिस तिनीहरूको नजिक जान सक्दैनथियो। यसैले, तिनीहरू मानवजातिबाट टाढा बस्‍नुपर्ने भएकोले र मानिस तिनीहरूको नजिक जान नसक्‍ने भएकोले, सृष्टिकर्ताले तिनीहरूलाई प्रदान गर्नुभएको जिम्‍मेवारी अर्थात् पहाड-पर्वत र वन-जङ्गललाई रक्षा गर्ने काम तिनीहरूले पूरा गर्न सके। तिनीहरूको जङ्गलीपनले पहाड-पर्वतलाई सुरक्षा दियो र वन-जङ्गलको रखवारी गर्‍यो, र यो तिनीहरूको अस्तित्व र सन्तान उत्पादनको लागि सबैभन्दा उत्तम सुरक्षा र सुनिश्‍चितता थियो। यसको साथै, तिनीहरूको जङ्गलीपनले सबै थोकको बीचमा सन्तुलन कायम राख्यो र यसको सुनिश्‍चितता प्रदान गर्‍यो। तिनीहरूको आगमनले पहाड-पर्वत र वन-जङ्गललाई सहयोग र सुरक्षा मिल्यो; तिनीहरूको आगमनले अचल र रित्तो पहाड-पर्वत र वन-जङ्गलमा असीमित जोश र जीवन शक्ति ल्यायो। यस विन्दुदेखि यता, पहाड-पर्वत र वन-जङ्गल तिनीहरूको स्थायी बासस्थान बन्यो, र तिनीहरूले कहिल्यै आफ्‍नो घर गुमाउनेवाला थिएनन्, किनभने तिनीहरूकै लागि नै पहाड-पर्वत र वन-जङ्गल देखा परेका र अस्तित्वमा आएका थिए; वन-पशुहरूले आफ्‍नो कर्तव्य पूरा गर्नेवाला थिए र तिनलाई सुरक्षित गर्नको लागि आफूले सक्‍ने सबै गर्नेवाला थिए। त्यसरी नै, वन-पशुहरूले तिनीहरूको क्षेत्रलाई कायम राख्‍न, र सृष्टिकर्ताले स्थापित गर्नुभएको सबै थोकमा सन्तुलन कायम राख्‍न तिनीहरूको पाशविक प्रकृतिलाई निरन्तर प्रयोग गर्नको लागि सृष्टिकर्ताले दिनुभएका आदेशहरूलाई कडाइका साथ पालन गर्नेवाला थिए, र सृष्टिकर्ताको अख्‍तियार र शक्तिलाई प्रदर्शन गर्नेवाला थिए!

सृष्टिकर्ताको अख्‍तियारको अधीनतामा, सबै थोक सिद्ध छन्

चराचुरुङ्गी र माछा, रूख-बिरुवा र फूलहरूजस्ता चल्‍न सक्‍ने र चल्‍न नसक्‍नेलगायत, र छैटौं दिनमा बनाइएका चौपाया, कीराफट्याङ्ग्रा, र वन-पशुहरूलगायत, परमेश्‍वरले सृष्टि गर्नुभएका यावत् थोक—परमेश्‍वरको नजरमा ती सबै असल थिए, यसको साथै, परमेश्‍वरको नजरमा उहाँको योजनाअनुसार, यी कुराहरू सबैले सिद्धताको शिखर प्राप्त गरेका थिए र तिनीहरू परमेश्‍वरले हासिल गर्न चाहनुभएका मापदण्डहरूमा पुगेका थिए। चरणबद्ध रूपमा, सृष्टिकर्ताले आफ्‍नो योजनाअनुरूप नै आफ्‍नो अभिप्रायको काम गर्नुभयो। एकपछि अर्को गर्दै, उहाँले सृष्टि गर्ने अभिप्राय राख्‍नुभएका कुराहरू देखा परे, र हरेक कुराको देखा पराइ सृष्टिकर्ताको अख्‍तियारको प्रतिबिम्‍ब, उहाँको अख्‍तियारको मूर्तता थियो; यो मूर्तताको कारण, सारा जीवहरू सृष्टिकर्ताको अनुग्रह र बन्दोबस्‍तप्रति आभारी नभई बस्‍न सकेनन्। परमेश्‍वरका आश्‍चर्यजनक कार्यहरू आफै प्रकट हुने क्रममा, यो संसार एक-एक गरी परमेश्‍वरले सृष्टि गर्नुभएका सबै कुराहरूद्वारा भरिपूर्ण भए, र यो लथालिङ्गपन र अन्धकारबाट स्पष्टता र ज्योतिमा, मृत्युको सन्नाटादेखि जीवन्त र असीमित जीवन शक्तिमा परिवर्तन भयो। सृष्टिका सबै थोकमाझ, ठूलादेखि सानासम्‍म, सानादेखि अति सुक्ष्‍मसम्‍म, सृष्टिकर्ताको अख्‍तियार र शक्तिले सृष्टि नगरेको केही पनि थिएन, र हरेक जीवको अस्तित्वको अद्वितीय र अन्तर्निहित आवश्यकता र मूल्य थियो। तिनीहरूको आकार र संरचनामा रहेका भिन्‍नताहरूका बावजूद पनि, तिनीहरूलाई सृष्टिकर्ताले सृष्टिकर्ताको अख्तियारको अधीनमा रही जिउने गरी बनाउनुभएको थियो। कहिलेकहीँ मानिसहरूले एउटा अत्यन्तै कुरूप कीरालाई देख्छन्, अनि भन्छन्, “त्यो कीरा अत्यन्तै भयानक छ, त्यसकारण यस्तो कुरूप थोक परमेश्‍वरले बनाउनुभएको हुँदै-होइन—उहाँले त्यस्तो कुरूप थोक सृष्टि गर्न सक्‍नुहुन्‍न।” कस्तो मूर्ख सोच! तिनीहरूले त यसो भन्‍नुपर्ने हो, “यो कीरा यति कुरूप भए पनि, परमेश्‍वरले नै यसलाई बनाउनुभएको हो, त्यसकारण पक्‍कै पनि यसको आफ्‍नै अद्वितीय उद्देश्य हुनुपर्छ।” परमेश्‍वरका विचारहरूमा, आफूले सृष्टि गर्नुभएका विभिन्‍न जीवित प्राणीहरूलाई उहाँले हरेक स्वरूप र हरेक प्रकारका प्रकार्य र प्रयोजनहरू दिने अभिप्राय राख्‍नुभएको थियो, त्यसकारण परमेश्‍वरले बनाउनुभएका कुनै पनि थोक उही कपडा काटेर सिलाइएका वस्त्रहरूजस्तो थिएनन्। तिनीहरूको बाहिरी रूपदेखि भित्री बनावटसम्‍म, तिनीहरूको जिउने शैलीदेखि तिनीहरूले ओगट्ने स्थानसम्‍म—हरेक कुरा फरक छ। गाईसँग गाईकै रूप हुन्छ, गधासँग गधाकै रूप हुन्छ, मिर्गसँग मिर्गकै रूप हुन्छ, र हात्तीसँग हात्तीकै रूप हुन्छ। के कुनचाहिँ सबैभन्दा राम्रो देखिन्छ, र कुनचाहिँ सबैभन्दा कुरूप देखिन्छ भनेर तैँले भन्‍न सक्छस्? के कुनचाहिँ सबैभन्दा उपयोगी छ, र कुनको अस्तित्व सबैभन्दा कम आवश्यक छ भनेर तैँले भन्‍न सक्छस्? कतिपय मानिसहरूलाई हात्तीको रूप मन पर्छ, तर जमिनमा खेती गर्नको लागि कसैले पनि हात्तीको प्रयोग गर्दैनन्; कतिलाई सिंह र बाघको रूप मन पर्छ, किनभने तिनीहरूको रूप सबै थोकभन्दा आकर्षक देखिन्छ, तर के तँ तिनलाई घरपालुवा जनावरको रूपमा राख्‍न सक्छस्? छोटकरीमा भन्दा, जब सृष्टिका असंख्य थोकको कुरा आउँछ, मानिसले सृष्टिकर्ताको अख्तियारलाई काम गर्न दिनुपर्छ, भन्‍नुको अर्थ, सृष्टिकर्ताले यावत् थोकको निम्ति तय गर्नुभएको क्रमलाई काम गर्न दिनुपर्छ; सबैभन्दा बुद्धिमानी मनोवृति यही हो। सृष्टिकर्ताको मौलिक अभिप्रायहरूको खोजी गर्ने, र त्यसको पालना गर्ने मनोवृति मात्रै सृष्टिकर्ताको अख्‍तियारको साँचो स्वीकार र सुनिश्‍चितता हो। यो परमेश्‍वरको नजरमा असल छ, त्यसकारण, मानिसले गल्ती भेट्टाउनुको कारण के हो त?

यसरी, सृष्टिकर्ताको अख्‍तियारअन्तर्गतका यावत् थोकले सृष्टिकर्ताको सार्वभौमिकताको नयाँ जयगान गाउनुपर्छ, उहाँले नयाँ दिनमा गर्नुभएको कामको लागि सानदार शुभारम्भ गर्नुपर्छ, र यस क्षणमा सृष्टिकर्ताले उहाँको व्यवस्थापन कार्यमा नयाँ पृष्ठ पनि खोल्‍नुहुनेछ। वसन्तमा मुना उम्रने, ग्रीष्ममा पाक्‍ने, शरदमा कटनी गर्ने, र शिशिरमा भण्डारण गर्नेसम्‍बन्धी सृष्टिकर्ताले तोक्‍नुभएको नियमअनुसार, सबै थोकले सृष्टिकर्ताको व्यवस्थापन योजनालाई प्रतिबिम्‍बित गर्नेछन्, र तिनीहरूले तिनीहरूका आफ्‍नै नयाँ दिन, नयाँ सुरुवात, र नयाँ जीवन यात्रालाई स्वागत गर्नेछन्। सृष्टिकर्ताको अख्‍तियारको सार्वभौमिकताको अधीनमा हरेक दिनलाई स्वागत गर्नको लागि तिनीहरू जिइरहनेछन् र अनवरत रूपमा वृद्धि हुँदै जानेछन् …

वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय १” बाट उद्धृत गरिएको

उहाँले यावत् थोकको सृष्टि गर्न सुरु गर्नुभएदेखि नै, परमेश्‍वरको शक्ति व्यक्त हुन र प्रकट हुन थाल्यो, किनभने परमेश्‍वरले सबै थोक सृष्टि गर्न वचनको प्रयोग गर्नुभयो। उहाँले तिनीहरूलाई जसरी सृष्टि गर्नुभए तापनि, उहाँले तिनीहरूलाई जुन कारणले सृष्टि गर्नुभए तापनि, सबै थोक परमेश्‍वरकै वचनको कारण हुन आए र दृढ भई खडा भए र अस्तित्वमा रहे; सृष्टिकर्ताको अद्वितीय अख्‍तियार यही नै हो। संसारमा मानवजाति देखा पर्नुभन्दा पहिलेको समयमा, सृष्टिकर्ताले मानवजातिको लागि सबै थोक सृष्टि गर्न आफ्‍नो शक्ति र अख्तियारको प्रयोग गर्नुभयो, र मानवजातिको लागि जिउने उपयुक्त वातावरण तयारी गर्नको लागि आफ्‍नो अद्वितीय विधिहरूको प्रयोग गर्नुभयो। उहाँले गर्नुभएको सबै कुरा मानवजातिको तयारीको लागि थियो, जसले चाँडै नै उहाँको सास प्राप्त गर्न लागेको थियो। भन्‍नुको अर्थ, मानवजातिको सृष्टि गरिनुभन्दा पहिलेको समयमा, मानवजातिभन्दा फरक रहेका सबै प्राणीहरूमा, स्वर्गहरू, ज्योतिहरू, समुद्रहरू, र भूमि जस्ता ठूला कुराहरूमा, र पशु-प्राणी र चराचुरुङ्गीजस्ता साना कुराहरूमा, साथै नाङ्गो आँखाले देख्‍न नसकिने विभिन्‍न प्रकारका ब्याक्टेरिया लगायत कीरा-फट्याङ्ग्रा र सूक्ष्मजीवहरूमा परमेश्‍वरको अख्‍तियार प्रदर्शन गरिएको थियो। हरेकलाई सृष्टिकर्ताको वचनले जीवन दिएको थियो, सृष्टिकर्ताकै वचनको कारण हरेक सङ्ख्यामा वृद्धि भए, र उहाँकै वचनको कारण हरेक नै सृष्टिकर्ताको सार्वभौमिकताको अधीनमा जिए। तिनीहरूले सृष्टिकर्ताको सास प्राप्त नगरेका भए तापनि, तिनीहरूका विभिन्‍न रूप र संरचनाद्वारा नै तिनीहरूले सृष्टिकर्ताद्वारा तिनीहरूलाई दिइएको जीवन-शक्ति प्रदर्शन गरे; सृष्टिकर्ताले मानवजातिलाई दिनुभएको बोल्‍न सक्‍ने क्षमता तिनीहरूले प्राप्त नगरे तापनि, सृष्टिकर्ताले तिनीहरूलाई दिनुभएको तिनीहरूको जीवन व्यक्त गर्ने तरिका तिनीहरू प्रत्येकले प्राप्त गरे, जुन मानिसको भाषाभन्दा फरक थियो। सृष्टिकर्ताको अख्‍तियारले अचल देखिने भौतिक वस्तुलाई त्यो कहिल्यै हराएर नजाओस् भनेर जीवनशक्ति मात्र दिँदैन, तर उहाँले हरेक जीवित प्राणीलाई सन्तान पैदा गरेर वृद्धि हुने प्राकृतिक गुण पनि दिनुहुन्छ, ताकि तिनीहरू कहिल्यै हराएर नजाऊन्, ताकि सृष्टिकर्ताले तिनीहरूलाई दिनुभएको बाँच्‍ने सम्‍बन्धी नियम र सिद्धान्तहरूलाई तिनीहरूले एकपछि अर्को पुस्ता गर्दै हस्तान्तरण गर्दै जाऊन्। सृष्टिकर्ताले आफ्‍नो अख्‍तियार जुन किसिमले प्रयोग गर्नुहुन्छ त्यसले वृहत् वा सूक्ष्‍म दृष्टिकोणलाई कठोरताको साथ पालना गर्दैन, र यो कुनै पनि रूपमा सीमित छैन; उहाँले ब्रह्माण्डका कार्यवाहीहरूलाई आदेश दिन र सबै थोकको जीवन र मृत्युमाथि सार्वभौमिकता राख्‍न सक्‍नुहुन्छ, यसको साथै, सबै थोकले उहाँकै सेवा गरून् भनेर तिनलाई मिलाउनुहुन्छ; उहाँले पहाड-पर्वत, नदीनाला, र तालतलैयाले कसरी काम गर्छन् तिनलाई व्यवस्थापन गर्न, र तिनीहरूभित्र भएका कुराहरूलाई शासन गर्न सक्‍नुहुन्छ, त्यस बाहेक, उहाँ सबै थोकलाई जे चाहिन्छ त्यो प्रदान गर्न सक्‍नुहुन्छ। मानवजाति बाहेक सबै थोकको बीचमा सृष्टिकर्ताको अद्वितीय अख्‍तियारको प्रकटीकरण यही नै हो। त्यस्तो प्रकटीकरण जीवनकालको लागि मात्रै होइन; यो कहिल्यै सकिँदैन, न त यसले विश्राम नै गर्छ, र यसलाई कुनै पनि व्यक्ति वा थोकले परिवर्तन गर्न वा क्षति पुर्‍याउन सक्दैन, न त कुनै पनि व्यक्ति वा थोकले यसलाई थप्‍न वा घटाउन नै सक्छ—किनभने कसैले पनि सृष्टिकर्ताको पहिचानलाई प्रतिस्थापन गर्न सक्दैन, त्यसकारण सृष्टिकर्ताको अख्‍तियारलाई सृष्टि गरिएको कुनै पनि प्राणीले प्रतिस्थापन गर्न सक्दैन; सृष्टि नगरिएको कुनै पनि प्राणीले यसलाई प्राप्त गर्न सक्दैन। उदाहरणको लागि परमेश्‍वरका दूतहरू र स्वर्गदूतहरूलाई लिऊँ। तिनीहरूसँग परमेश्‍वरको शक्ति छैन, सृष्टिकर्ताको अख्तियार हुने कुरा त परै जाओस्, र तिनीहरूमा सृष्टिकर्ताको सार नभएको कारण तिनीहरूमा परमेश्‍वरको शक्ति र अख्‍तियार हुँदैन। परमेश्‍वरका दूतहरू र स्वर्गदूतहरूजस्ता सृष्टि नगरिएका प्राणीहरूले परमेश्‍वरको सट्टामा केही कुराहरू गर्न सक्‍ने भए तापनि तिनीहरूले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैनन्। तिनीहरूसँग मानिसमा नभएका केही शक्ति भए तापनि, तिनीहरूसँग परमेश्‍वरको अख्‍तियार छैन, अर्थात् सबै थोक सृष्टि गर्ने, सबै थोकमाथि हुकुम गर्ने, र सबै थोकमाथि सार्वभौमिकता राख्‍ने परमेश्‍वरको अख्‍तियार तिनीहरूसँग छैन। त्यसकारण, परमेश्‍वरको अद्वितीयतालाई सृष्टि नगरिएको प्राणीले प्रतिस्थापन गर्न सक्दैन, त्यसरी नै, सृष्टि नगरिएको कुनै पनि प्राणीले परमेश्‍वरको अख्‍तियार र शक्तिलाई प्रतिस्थापन गर्न सक्दैन। के बाइबलमा, परमेश्‍वरको कुनै दूतले सबै थोक सृष्टि गर्‍यो भनेर तैँले पढेको छस्? परमेश्‍वरले सबै थोक सृष्टि गर्नको लागि किन उहाँको कुनै पनि दूत वा स्वर्गदूतहरूलाई खटाउनुभएन? किनभने तिनीहरूसँग परमेश्‍वरको अख्‍तियार थिएन, त्यसकारण परमेश्‍वरको अख्‍तियार प्रयोग गर्ने क्षमता तिनीहरूसँग थिएन। सबै प्राणीहरू जस्तै, तिनीहरू सबै नै सृष्टिकर्ताको सार्वभौमिकताको अधीनमा, र सृष्टिकर्ताको अख्तियारको अधीनमा छन्, त्यसरी नै, सृष्टिकर्ता तिनीहरूका परमेश्‍वर र तिनीहरूका सार्वभौम हुनुहुन्छ। तिनीहरूमध्ये हरेकको बीचमा—चाहे ती कुलीन वा नीच होऊन्, ठूलो शक्ति भएको वा सानो शक्ति भएका होऊन्—सृष्टिकर्ताको अख्‍तियारलाई नाघ्‍न सक्‍ने एउटै छैन, त्यसकारण, तिनीहरूका बीचमा, सृष्टिकर्ताको पहिचानलाई प्रतिस्थापन गर्न सक्‍ने एउटै छैन। तिनीहरूलाई कहिल्यै पनि परमेश्‍वर भनिनेछैन, र तिनीहरू कहिल्यै पनि सृष्टिकर्ता बन्‍न सक्‍नेछैनन्। यी अपरिवर्तनीय सत्यता र तथ्यहरू हुन्!

वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय १” बाट उद्धृत गरिएको

आज मानवजातिको विकासमा, मानवजातिको विज्ञानले प्रगति गरिरहेको छ भनेर भन्‍न सकिन्छ, र मानिसको वैज्ञानिक अन्वेषणका उपलब्धिहरू उल्‍लेखनीय छन् भनेर व्याख्या गर्न सकिन्छ। मानिसको क्षमता झन्-झन् ठूलो हुँदै वृद्धि भइरहेको छ भनेर भन्‍नुपर्छ, तर मानिसले गर्न नसकेको एउटा वैज्ञानिक सफलता छ: मानवजातिले हवाई जहाज, विमान वाहक, र परमाणु बम बनाएको छ, मानवजाति अन्तरिक्षमा गएर चन्द्रमामा हिँडेको छ, इन्टरनेट आविष्कार गरेको छ, र उच्‍च प्रविधिको जीवनशैली जिउन पुगेको छ, तैपनि मानवजातिले जीवित, सास फेर्ने थोक बनाउन सक्दैन। हरेक जीवित प्राणीका प्राकृतिक गुण र तिनीहरू जिउने नियम, र हरेक जीवित थोकको जीवन र मृत्युको चक्र—यी सबै नै मानवजातिको विज्ञानको शक्तिभन्दा बाहिर छन्, र तिनलाई यसले नियन्त्रण गर्न सक्दैन। यस विन्दुमा, मानिसको विज्ञानले हासिल गरेका उचाइहरू जति नै माथि भए पनि, सृष्टिकर्ताका कुनै पनि विचारहरूसँग यो अतुलनीय छ, र सृष्टिकर्ताले गर्नुभएको सृष्टिको आश्‍चर्यता र उहाँको अख्तियारको सामर्थ्यलाई यसले पत्ता लगाउन सक्दैन। पृथ्वीमा धेरै समुद्रहरू छन्, तैपनि तिनीहरू आफ्‍ना सीमितताहरूलाई नाघेर कहिल्यै पनि स्वेच्छाले भूमिमा आएका छैनन्, किनभने तिनीहरू प्रत्येकको लागि परमेश्‍वरले नै सीमाहरू तोक्‍नुहुन्छ; उहाँले तिनीहरूलाई जहाँ रहने आज्ञा दिनुभयो तिनीहरू त्यहीँ बसे, र परमेश्‍वरको अनुमतिविना तिनीहरू स्वतन्त्र पूर्वक हलचल गर्न सक्दैनन्। परमेश्‍वरको अनुमतिविना, तिनीहरूले एक-अर्कालाई अतिक्रमण गर्न सक्दैनन्, र परमेश्‍वरले भन्‍नुहुन्छ भने मात्रै तिनीहरू हलचल गर्न सक्छन्, र तिनीहरू कहाँ जान्छन् र बस्छन् सो कुरा परमेश्‍वरको अख्‍तियारले नै निर्धारित गर्छ।

यसलाई सरल रूपमा भन्दा, “परमेश्‍वरको अख्‍तियार” को अर्थ यो कुरा परमेश्‍वरकै हातमा छ भन्‍ने हुन्छ। कुनै कुरा गर्ने निर्णय गर्ने अधिकार परमेश्‍वरसँग छ, र उहाँले जसरी चाहनुहुन्छ यो त्यही अनुरूप गरिन्छ। सबै थोकको नियम परमेश्‍वरकै हातमा छ, मानिसको हातमा होइन; न त यसलाई मानिसले परिवर्तन नै गर्न सक्छ। यसलाई मानिसको इच्‍छाले हलचल गर्न सक्दैन, बरु यो परमेश्‍वरका विचारहरू, परमेश्‍वरको बुद्धि, र परमेश्‍वरका आदेशहरूद्वारा नै परिवर्तन हुन्छ; यो कुनै पनि मानिसले इन्कार गर्न नसक्‍ने तथ्य हो। स्वर्ग र पृथ्वी अनि यावत् थोक, ब्रह्माण्ड, ताराले भरिएको आकाश, वर्षका चार ऋतु, मानिसले देख्‍न सक्‍ने र देख्‍न नसक्‍ने कुरा—परमेश्‍वरको अख्‍तियारको अधीनमा, परमेश्‍वरका आदेशहरू अनुसार, परमेश्‍वरका आज्ञाहरू अनुसार, र सृष्टिको सुरुवातका नियमहरू अनुसार नै ती सबै अस्तित्वमा रहन्छन्, काम गर्छन्, र कुनै पनि गल्ती विना नै परिवर्तन हुन्छन्। कुनै एक व्यक्ति वा वस्तुले तिनीहरूको नियम परिवर्तन गर्न, वा तिनले काम गर्ने अन्तर्निहित तरिकालाई परिवर्तन गर्न सक्दैन; ती परमेश्‍वरको अख्‍तियारको कारणले नै अस्तित्वमा आए, र परमेश्‍वरको अख्‍तियारकै कारणले ती नाश हुन्छन्। परमेश्‍वरको अख्‍तियार यही नै हो। यतिसम्‍म भनिसकिएको हुनाले, के तैँले परमेश्‍वरको अख्‍तियार परमेश्‍वरको पहिचान र हैसियतको प्रतीक हो भन्‍ने अनुभूति गर्न सक्छस्? के कुनै पनि सृष्टि गरिएको वा नगरिएको प्राणीमा परमेश्‍वरको अख्‍तियार निहित हुन सक्छ? के यसलाई कुनै व्यक्ति, थोक, वा वस्तुले अनुकरण गर्ने, नक्‍कल गर्ने, वा प्रतिस्थापन गर्ने गर्न सक्छ?

वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय १” बाट उद्धृत गरिएको

परमेश्‍वरको शक्तिले जीवन र जीवन-शक्ति भएको कुनै पनि स्वरूपको कुराहरूलाई सृष्टि गर्न सक्छ, र यसलाई परमेश्‍वरको जीवनले नै निर्धारित गरेको हुन्छ। परमेश्‍वर जीवन हुनुहुन्छ, त्यसकारण उहाँ सबै जीवित प्राणीहरूको स्रोत हुनुहुन्छ। यसको साथै, परमेश्‍वरको अख्‍तियारले हरेक जीवित प्राणीलाई परमेश्‍वरको हरेक वचन पालन गर्ने तुल्याउँछ, अर्थात् परमेश्‍वरको मुखबाट निस्केका वचनहरू अनुसार अस्तित्वमा आउने, र परमेश्‍वरको आज्ञा अनुसार जिउने र सन्तान उत्पादन गर्ने तुल्याउँछ, जसपछि परमेश्‍वरले सबै जीवित प्राणीहरूमाथि शासन गर्नुहुन्छ र हुकुम चलाउनुहुन्छ, र कहिल्यै पनि त्यसमा तलमाथि हुनेछैन, सदासर्वदा नै। कुनै पनि व्यक्ति वा वस्तुमा यी कुराहरू छैन; सृष्टिकर्तामा मात्रै त्यस्तो शक्ति छ र उहाँले मात्रै त्यस्तो शक्ति बोक्‍नुहुन्छ, त्यसैले यसलाई अख्तियार भनिन्छ। सृष्टिकर्ताको अद्वितीयपन यही नै हो। त्यसैले, चाहे यो “अख्‍तियार” शब्‍द मात्रै होस् वा यो अख्तियारको सार होस्, प्रत्येकलाई सृष्टिकर्तासँग मात्रै सम्‍बन्धित गर्न सकिन्छ, किनभने यो सृष्टिकर्ताको अद्वितीय पहिचान र सारको प्रतीक हो, र यसले सृष्टिकर्ताको पहिचान र हैसियतलाई प्रतिनिधित्व गर्छ; सृष्टिकर्ता बाहेक, कुनै पनि व्यक्ति वा थोकलाई “अख्‍तियार” भन्‍ने शब्दसँग सम्‍बन्धित गर्न सकिँदैन। सृष्टिकर्ताको अद्वितीय अख्‍तियारको अर्थ-अनुवाद यही नै हो।

वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय १” बाट उद्धृत गरिएको

“म बादलमा इन्द्रेनी राख्‍नेछु र त्यो म र पृथ्वीको बीचमा भएको करारको चिनो हुने छ।” यी सृष्टिकर्ताले मानवजातिसँग बोल्‍नुभएका मूल वचनहरू हुन्। उहाँले यी वचनहरू भन्‍नुभएपछि, मानिसको अघि एउटा इन्द्रेणी देखा पर्‍यो, र आजको दिनसम्‍म नै यो यस्तै रहिआएको छ। सबैले त्यस्तो इन्द्रेणी देखेको हुन्छ, र जब तँ यसलाई देख्छस्, यो कसरी देखा पर्छ के तँलाई थाहा छ? यसलाई प्रमाणित गर्न, वा यसको स्रोत पत्ता लगाउन, वा यो कहाँबाट आउँछ भन्‍ने पहिचान गर्न विज्ञानले सकेको छैन। किनभने इन्द्रेणी सृष्टिकर्ता र मानिसको बीचमा स्थापित गरिएको करारको चिन्‍ह हो; यसको लागि कुनै वैज्ञानिक आधार चाहिँदैन, यो मानिसले बनाएको होइन, न त मानिसले यसलाई परिवर्तन गर्न नै सक्छ। उहाँले आफ्‍ना वचनहरू बोल्‍नुभएपछिको यो सृष्टिकर्ताको अख्‍तियारको निरन्तरता हो। सृष्टिकर्ताले मानिससँगको आफ्‍नो करार र आफ्‍नो प्रतिज्ञालाई पालन गर्न आफ्‍नै निश्‍चित विधिको प्रयोग गर्नुभयो, त्यसकारण उहाँले स्थापना गर्नुभएको करारको चिन्‍हको रूपमा उहाँले इन्द्रेणीको प्रयोग गर्नुभएको कुरा स्वर्गीय अध्यादेश र नियम नै थियो जुन सदासर्वदा नै अपरिवर्तित रहनेछ, चाहे त्यो सृष्टिकर्ताको हकमा होस् वा सृष्टि गरिएको मानवजातिको हकमा। यो अपरिवर्तनीय नियम उहाँले सबै थोक सृष्टि गरिसक्‍नुभएपछिको सृष्टिकर्ताको अख्‍तियारको अर्को साँचो प्रकटीकरण हो भनेर भन्‍नुपर्छ, र सृष्टिकर्ताको अख्‍तियार र शक्ति असीमित छ भनेर भन्‍नैपर्छ; उहाँले इन्द्रेणीलाई चिन्‍हको रूपमा गर्नुभएको प्रयोग सृष्टिकर्ताको अख्‍तियारको निरन्तरता र विस्तार हो। यो परमेश्‍वरले आफ्‍नो वचनको प्रयोग गरेर गर्नुभएको अर्को काम थियो, र वचन प्रयोग गरेर परमेश्‍वरले मानिससँग स्थापना गर्नुभएको करारको चिन्‍ह थियो। उहाँले जे ल्याउने अठोट गर्नुभएको थियो, र यो जसरी पूरा गरिने र हासिल गरिनेथियो त्यसको बारेमा उहाँले मानिसलाई बताउनुभयो। यसरी उक्त कुरापरमेश्‍वरको मुखको वचन अनुसार पूरा भयो। त्यस्तो शक्ति परमेश्‍वरसँग मात्रै छ, र उहाँले यी वचनहरू बोल्‍नुभएपछिको हजारौं वर्षपछि आज समेत, परमेश्‍वरको मुखले बोलेर आएको इन्द्रेणीलाई मानिसले हेर्न सक्छ। परमेश्‍वरले बोल्‍नुभएका यी वचनहरूका कारण, यो कुरा आजको दिनसम्‍मै तलमाथि नभई अपरिवर्तित रहेको छ। कसैले पनि यो इन्द्रेणीलाई हटाउन सक्दैन, कसैले पनि यसको नियम परिवर्तन गर्न सक्दैन, र यो केवल परमेश्‍वरको वचनको लागि मात्रै अस्तित्वमा रहन्छ। परमेश्‍वरको अख्‍तियार वास्तवमा यही नै हो। “परमेश्‍वरको वचन जत्ति असल छ उहाँ त्यति नै असल हुनुहुन्छ, र उहाँको वचन पुराहुनेछ, अनि उहाँले जे हासिल गर्नुहुन्छ ती सदासर्वदा रहिरहन्छन्” यस्ता वचनहरू यहाँ स्पष्ट रूपमा प्रकट हुन्छन्, र यो परमेश्‍वरको अख्‍तियार र शक्तिको स्पष्ट चिन्‍ह र विशेषता हो। त्यस्तो चिन्‍ह वा विशेषता सृष्टि गरिएको कुनै पनि प्राणीसँग छैन वा तिनमा देखिँदैन, न त सृष्टि नगरिएको कुनै प्राणीमा नै यो देखिन्छ। यो अद्वितीय परमेश्‍वरको स्वामित्वमा मात्रै छ, र यसले सृष्टिकर्तामा निहित पहिचान र सारलाई प्राणीहरूको पहिचान र सारबाट अलग गर्छ। यसको साथै, यो त्यस्तो चिन्‍ह र विशेषता हो जसलाई परमेश्‍वर स्वयम्‌ बाहेक सृष्टि गरिएको वा सृष्टि नगरिएको कुनै पनि प्राणीले कहिल्यै नाघ्‍न सक्दैन।

मानिससँग परमेश्‍वरले आफ्‍नो करार स्थापना गर्नुभएको कार्य निकै महत्त्वपूर्ण थियो, जसलाई मानिससँग आफ्‍नो तथ्य व्यक्त गर्न र उहाँको इच्‍छा मानिसलाई बताउनको लागि प्रयोग गर्ने अभिप्राय उहाँको थियो। यसको लागि उहाँले मानिससँग करार स्थापना गर्नको लागि विशेष चिन्‍हको प्रयोग गर्दै अद्वितीय विधिको प्रयोग गर्नुभयो, जुन चिन्‍ह उहाँले मानिससँग स्थापित गर्नुभएको करारको प्रतिज्ञा थियो। त्यसोभए, के यो करारको स्थापना महान घटना थियो? यो कति महान् थियो? करार यति विशेष हुनुको कारण ठ्याक्‍कै यही नै हो: यो मानिस-मानिसले एक-अर्काको बीचमा स्थापना गरेको करार थिएन, न त एउटा समूहले अर्को समूहसँग, वा एउटा देशले अर्को देशसँग स्थापना गरेको करार नै थियो, तर यो सृष्टिकर्ता र सम्पूर्ण मानवजातिको बीचमा स्थापना गरिएको करार थियो, र सृष्टिकर्ताले सबै थोक रद्द गर्नुहुने दिनसम्‍म यो मान्य रहनेछ। यो करार लागू गर्ने सृष्टिकर्ता नै हुनुहुन्छ, र यसलाई कायम राख्‍ने पनि सृष्टिकर्ता नै हुनुहुन्छ। छोटकरीमा भन्दा, मानवजातिसँग स्थापना गरिएको इन्द्रेणीको करारको सम्पूर्णता सृष्टिकर्ता र मानवजातिको बीचमा भएको कुराकानी अनुसार पूरा भयो र हासिल गरियो, र यो आजको दिनसम्‍मै त्यही अवस्थामा रहिआएको छ। प्राणीहरूले सृष्टिकर्ताको अख्‍तियारमा समर्पित हुने, त्यसको पालना गर्ने, त्यसमा विश्‍वास गर्ने, त्यसको कदर गर्ने, त्यसको साक्षी दिने, र त्यसलाई सम्‍मान गर्ने बाहेक के गर्न सक्छन्? किनभने त्यस्तो करार स्थापना गर्ने शक्ति अद्वितीय परमेश्‍वरमा बाहेक कसैसँग छैन। बारम्‍बार इन्द्रेणी देखा पर्नु भनेको सृष्टिकर्ता र मानवजातिको बीचमा गरिएको करारको बारेमा मानवजातिलाई गरिने घोषणा हो र त्यसप्रति ध्यानाकर्षण गर्न उसलाई गरिने बोलावट हो। सृष्टिकर्ता र मानवजातिको बीचमा गरिएको करार निरन्तर देखा पर्ने क्रममा, मानवजातिलाई इन्द्रेणी वा करार स्वयम्‌लाई होइन, तर सृष्टिकर्ताको अपरिवर्तनीय अख्‍तियारलाई देखाइन्छ। बारम्‍बार इन्द्रेणी देखा पर्नुले गुप्त ठाउँहरूमा सृष्टिकर्ताले गर्नुहुने अथाह र आश्‍चर्यजनक कार्यहरूलाई प्रदर्शन गर्छ, यसको साथै, यो कहिल्यै ओइलिएर नजाने, कहिल्यै परिवर्तन नहुने सृष्टिकर्ताको अख्‍तियारको महत्त्वपूर्ण प्रतिबिम्ब हो। के यो सृष्टिकर्ताको अद्वितीय अख्‍तियारको अर्को पक्षको प्रदर्शन होइन र?

वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय १” बाट उद्धृत गरिएको

जब परमेश्‍वरले “तेरा सन्तानलाई वृद्धि गर्नेछु,” भनी भन्‍नुभयो, यो परमेश्‍वरले अब्राहामसँग स्थापित गर्नुभएको करार थियो, र इन्द्रेणीको करारजस्तै, यो अनन्तसम्‍मको लागि हासिल गरिनेथियो, र यो परमेश्‍वरले अब्राहामसँग गर्नुभएको प्रतिज्ञा पनि थियो। यो प्रतिज्ञालाई पूरा गर्न परमेश्‍वर मात्र योग्य र सक्षम हुनुहुन्छ। मानिसले यसलाई विश्‍वास गरे पनि वा नगरे पनि, मानिसले यसलाई स्वीकार गरे पनि वा नगरे पनि, र मानिसले यसलाई जसरी हेरे पनि र जसरी लिए पनि, यो सबै शब्‍द-शब्‍द गरी परमेश्‍वरले बोल्‍नुभएको वचन अनुसार नै पूरा हुनेछ। मानिसको इच्‍छा वा धारणाहरूमा आएको परिवर्तनको कारणले परमेश्‍वरको वचन परिवर्तन हुनेछैन, र कुनै व्यक्ति, घटना, वा कुरामा आएको परिवर्तनको कारणले यो परिवर्तन हुनेछैन। सबै थोक हराएर जान सक्छ, तर परमेश्‍वरको वचन सदासर्वदा रहिरहनेछ। वास्तवमा, सबै थोक हराएर जाने दिन नै परमेश्‍वरका वचनहरू पूर्ण रूपमा पूरा हुने दिन हो, किनभने उहाँ सृष्टिकर्ता हुनुहुन्छ, उहाँमा सृष्टिकर्ताको अख्‍तियार छ, सृष्टिकर्ताको शक्ति छ, र उहाँले नै सबै थोक र सबै जीवनशक्तिलाई नियन्त्रण गर्नुहुन्छ; उहाँले सुन्यताबाट कुनै थोक अस्तित्वमा ल्याउन, वा कुनै थोकलाई सुन्यतामा हराउन सक्‍नुहुन्छ, र उहाँले सबै थोकको जीवितबाट मृतकमा हुने रूपान्तरणलाई नियन्त्रण गर्नुहुन्छ; परमेश्‍वरको लागि, कसैको बीउलाई वृद्धि गराउने जत्तिको सरल केही पनि हुन सक्दैन। यो मानिसको लागि परी-कथाजस्तै शानदार सुनिन सक्छ, तर परमेश्‍वरको लागि, उहाँले जुन कुरा गर्ने निर्णय र प्रतिज्ञा गर्नुहुन्छ त्यो काल्‍पनिक होइन, न त परी-कथा नै हो। बरु, यो त परमेश्‍वरले पहिले नै देखिसक्‍नुभएको तथ्य हो, र जसलाई अवश्य नै हासिल गर्न सकिन्छ। के तिमीहरू यसलाई बुझ्छौ? के अब्राहामका सन्तान अनगिन्ती थिए भनेर तथ्यहरूले प्रमाणित गर्छ? तिनीहरू कति धेरै अनगिन्ती थिए? के तिनीहरू परमेश्‍वरले बोल्‍नुभएका “आकाशका ताराहरूसरह, र समुद्र किनारको बालुवासरह” जत्तिकै अनगिन्ती थिए? के तिनीहरू संसारका सबै राष्ट्रहरू र क्षेत्रहरूमा, हरेक ठाउँमा फैलिए? केद्वारा यो तथ्य हासिल गरियो? के यो परमेश्‍वरको अख्‍तियारद्वारा हासिल गरिएको थियो? परमेश्‍वरका वचनहरू बोलिएको सयौं वा हजारौं वर्षसम्‍म, परमेश्‍वरका वचनहरू निरन्तर रूपमा पूरा भए, र ती अटुट रूपमा तथ्यमा परिवर्तन भइरहे; परमेश्‍वरका वचनहरूको सामर्थ्य, र परमेश्‍वरको अख्‍तियारको प्रमाण यही हो। जब सुरुमा परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभयो, परमेश्‍वरले भन्‍नुभयो, “उज्यालो होस्” अनि उज्यालो भयो। यो शीघ्र रूपमा भयो, यो छोटो समयमा पूरा भयो, र यसको उपलब्धि र पूर्णतामा कुनै ढिलाइ भएन; परमेश्‍वरका वचनहरूका प्रभावहरू तत्‍कालीन थिए। ती दुवै नै परमेश्‍वरको अख्तियारको प्रदर्शन थिए, तर जब परमेश्‍वरले अब्राहामलाई आशिष्‌ दिनुभयो, उहाँले मानिसलाई परमेश्‍वरको अख्तियारको सारको अर्को पक्ष, साथै सृष्टिकर्ताको अख्‍तियार गन्तीभन्दा बाहिरको कुरा हो भन्‍ने देखाउनुभयो, यसको साथै उहाँले मानिसलाई सृष्टिकर्ताको अख्‍तियारको अझै यथार्थ, अझै उत्कृष्ट पक्ष देखाउनुभयो।

परमेश्‍वरका वचनहरू उच्‍चारण गरिएपछि, परमेश्‍वरको अख्‍तियारले यो कार्यमा हुकुम चलाउँछ, र परमेश्‍वरको मुखले प्रतिज्ञा गरेको तथ्य क्रमिक रूपमा यथार्थ बन्‍न थाल्छ। परिणामस्वरूप, जसरी वसन्तको आगमनसँगै घाँसहरू हरिया बन्‍न थाल्छन्, फूलहरू फुल्‍न थाल्छ, रूखका मुनाहरू पलाउन थाल्छन्, चराचुरुङ्गी गाउन थाल्छन्, हाँसहरू फर्केर आउँछन्, र भूमि मानिसहरूले भरिन्छन्, त्यसरी नै सबै थोकको बीचमा परिवर्तनहरू देखा पर्न थाल्छ…। वसन्तको आगमनसँगै सबै थोक नयाँ हुन्छन्, र यो सृष्टिकर्ताको आश्‍चर्यजनक कार्य हो। जब परमेश्‍वरले आफ्‍ना प्रतिज्ञाहरू हासिल गर्नुहुन्छ, स्वर्ग र पृथ्वीका सबै थोक नवीकरण हुन्छन् र परमेश्‍वरका विचारहरू अनुसार परिवर्तन हुन्छन्—कसैलाई पनि छूट छैन। जब परमेश्‍वरको मुखबाट प्रतिबद्धता वा प्रतिज्ञाको उच्‍चारण गरिन्छ, सबै थोक पूर्णतामा पुग्छ, र यसको पूर्णताको खातिर कुशलताको साथ अघि बढ्छन्; सबै प्राणीहरू परमेश्‍वरकै प्रभुत्वमा योजनाबद्ध गरिन्छ र मिलाइन्छ, र तिनीहरूले आ-आफ्‍नै भूमिका निर्वाह गर्छन्, र तिनीहरूको आ-आफ्‍नै कार्यगत गुण पूरा गर्छन्। सृष्टिकर्ताको अख्‍तियारको प्रकटीकरण यही हो। यसमा तँ के देख्छस्? तँ परमेश्‍वरको अख्‍तियारलाई कसरी जान्दछस्? के परमेश्‍वरको अख्तियारको कुनै दायरा छ? के समयको सीमितता छ? के यसको निश्‍चित उचाइ, वा निश्‍चित लम्‍बाइ छ भनेर भन्‍न सकिन्छ? के यसको निश्‍चित आकार वा सामर्थ्य छ भनेर भन्‍न सकिन्छ? के यसलाई मानिसका आयामहरूबाट मापन गर्न सकिन्छ? परमेश्‍वरको अख्‍तियार घरी सक्रिय, घरी निष्क्रिय हुने हुँदैन, यो आउने र जाने गर्दैन, र उहाँको अख्तियार वास्तवमा कति महान् छ भनेर नाप्‍न सक्‍ने कोही पनि छैन। जति धेरै समय बिते पनि, जब परमेश्‍वरले कुनै व्यक्तिलाई आशिष्‌ दिनुहुन्छ, यो आशिष्‌ अघि बढिरहनेछ, र यसको निरन्तरताले परमेश्‍वरको अख्‍तियारको अतुलनीय साक्षी दिनेछ, र सृष्टिकर्ताको ननिभ्‍ने जीवनशक्तिको पुन: देखा पर्ने घटनालाई बारम्‍बार देख्‍न मानवजातिलाई समर्थ तुल्याउनेछ। उहाँको अख्तियारको हरेक प्रदर्शन सबै थोकमा, र मानवजातिमा प्रदर्शन गरिने उहाँको मुखका वचनहरूको सिद्ध प्रदर्शन हुन्। यसको साथै, उहाँको अख्‍तियारले हासिल गर्ने सबै कुरा अति उत्तम, अतुलनीय, र अत्यन्तै त्रुटिहीन छन्। उहाँका विचारहरू, उहाँका वचनहरू, उहाँको अख्तियार, र उहाँले हासिल गर्नुहुने सबै कार्यहरू अतुलनीय रूपमा सुन्दर चित्र हुन्, र प्राणीहरूका लागि, यसको महत्त्व र मूल्यलाई स्पष्ट पार्न मानवजातिको भाषा असमर्थ छ। जब परमेश्‍वरले कुनै व्यक्तिलाई प्रतिज्ञा गर्नुहुन्छ, तिनीहरूको बारेमा सबै कुरा परमेश्‍वरको लागि उहाँको हातको पछाडिको भाग जत्तिकै परिचित हुन्छ, चाहे यो तिनीहरू कहाँ बस्‍छन् भन्‍ने होस् वा तिनीहरू कहाँ जान्छन् भन्‍ने नै होस्, तिनीहरूले प्रतिज्ञा प्राप्त गर्नुभन्दा पहिलेको वा पछिको तिनीहरूको पृष्ठभूमि होस्, वा तिनीहरूको जिउने वातावरणमा कति ठूलो कायापलट आएको छ त्यो नै होस्। परमेश्‍वरका वचनहरू बोलिएपछि जति धेरै समय बिते पनि, उहाँको लागि, ती भर्खरै उच्‍चारण गरिएका जस्तै हुन्छन्। भन्‍नुको अर्थ परमेश्‍वरसँग शक्ति छ, र उहाँसँग उहाँले मानवजातिसँग गर्नुहुने हरेक प्रतिज्ञाको लेखाजोखा राख्‍ने, नियन्त्रण गर्ने, र पूरा गर्ने अख्‍तियार छ, र प्रतिज्ञा जेसुकै भए तापनि, यो पूर्ण रूपमा पूरा हुन जति समय लागे पनि, यसको साथै, यसको पूर्णताले जति वृहत् दायरालाई छोए तापनि—उदाहरणको लागि, समय, भूगोल, जाति, र यस्तै इत्यादि—यो प्रतिज्ञा हासिल गरिनेछ र पूरा गरिनेछ, यसको साथै, यसलाई हासिल गर्न र पूरा गर्नको लागि उहाँलाई अलिकति समेत प्रयासको आवश्यकता पर्नेछैन। यसले केलाई प्रमाणित गर्छ? परमेश्‍वरको अख्तियार र शक्तिको क्षेत्र सम्पूर्ण ब्रह्माण्ड, र सम्पूर्ण मानवजातिलाई नियन्त्रण गर्नको लागि पर्याप्त छ भन्‍ने कुरालाई यसले प्रमाणित गर्छ। परमेश्‍वरले ज्योति बनाउनुभयो, तर त्यसको अर्थ परमेश्‍वरले ज्योतिको मात्रै व्यवस्थापन गर्नुहुन्छ भन्ने हुँदैन, वा उहाँले पानीको व्यवस्थापन गर्नुहुन्छ किनभने उहाँले पानी सृष्टि गर्नुभयो, र अरू सबै कुरा परमेश्‍वरसँग सम्‍बन्धित छैनन् भन्‍ने हुँदैन। के यो गलत बुझाइ हुँदैन र? परमेश्‍वरले अब्राहामलाई दिनुभएको आशिष्‌ सयौं वर्षपछि मानिसको स्मरणबाट क्रमिक रूपमा विलीन भएको भए तापनि, परमेश्‍वरको लागि, यो प्रतिज्ञा अझै पनि उस्तै रहिरह्यो। यो अझै पनि हासिल गरिने प्रक्रियामा थियो, र यो कहिल्यै रोकिएको थिएन। परमेश्‍वरले कसरी आफ्‍नो अख्‍तियारको प्रयोग गर्नुभयो, कसरी सबै थोकलाई योजनाबद्ध र व्यवस्थित गरियो, र यस समय परमेश्‍वरले सृष्टि गर्नुभएको सबै थोकको बीचमा के-कस्ता सुन्दर घटनाहरू घटे सो मानिसले कहिल्यै जानेन वा सुनेन, तर परमेश्‍वरको अख्तियारको प्रदर्शनको हरेक सुन्दर भाग र उहाँका कार्यहरूको प्रकाशलाई सबै थोकका बीचमा हस्तान्तरण र बढाइ गरियो, सबै थोकले सृष्टिकर्ताको आश्‍चर्यजनक कार्यहरूलाई प्रदर्शन गरे र तिनको बारेमा बोले, र यावत् थोकमाथिको सृष्टिकर्ताको सार्वभौमिकताको हरेक प्रचलित कथालाई सबै थोकले सदासर्वदा घोषणा गर्नेछन्। सबै थोकलाई शासन गर्ने परमेश्‍वरको अख्तियार, र परमेश्‍वरको शक्तिले सबै थोकलाई परमेश्‍वर सबै ठाउँमा र सबै समयमा उपस्थित हुनुहुन्छ भन्‍ने देखाउँछ। जब तैँले परमेश्‍वरको अख्तियार र शक्तिको सर्वव्यापकतालाई देखेको हुन्छस्, तब तैँले परमेश्‍वर सबै ठाउँ र सबै समयमा उपस्थित हुनुहुन्छ भन्‍ने देख्‍नेछस्। परमेश्‍वरको अख्तियार र शक्ति समय, भूगोल, स्थान, वा कुनै व्यक्ति, घटना वा थोकद्वारा सीमित छैनन्। परमेश्‍वरको अख्तियार र शक्तिको क्षेत्रले मानिसको कल्‍पनालाई नाघ्‍छ; मानिसले यसलाई बुझ्‍न सक्दैन, मानिसले यसलाई कल्‍पना गर्न सक्दैन, र यसलाई मानिसले कहिल्यै पनि पूर्ण रूपमा बुझ्‍न सक्नेछैन।

वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय १” बाट उद्धृत गरिएको

परमेश्‍वरमा अख्‍तियार र शक्ति भए तापनि, उहाँका कार्यहरूमा उहाँ अत्यन्तै दृढ र सिद्धान्त केन्द्रित हुनुहुन्छ, र आफ्‍नो वचनमा प्रतिबद्ध रहनुहुन्छ। उहाँको दृढता, र उहाँका कार्यहरूका सिद्धान्तहरूले सृष्टिकर्ताको उल्‍लङ्घन गर्न नसकिने गुण र सृष्टिकर्ताको अख्‍तियारको विजय गर्न नसकिने क्षमतालाई देखाउँछ। उहाँसँग सर्वोच्‍च अख्‍तियार भए तापनि, र सबै थोक उहाँकै प्रभुत्वमुनि भए तापनि, र उहाँसँग सबै थोकमाथि शासन गर्ने शक्ति भए तापनि, परमेश्‍वरले आफ्‍नै योजनालाई कहिल्यै नष्ट गर्ने वा भङ्ग गर्ने गर्नुभएको छैन, र उहाँले जब-जब आफ्‍नो अख्तियारको प्रयोग गर्नुहुन्छ, यो पूर्ण रूपमा उहाँका आफ्‍नै सिद्धान्तहरू अनुसार हुन्छ, र यसले उहाँको मुखबाट बोलिएको कुरालाई नै पछ्याउँछ, र उहाँको योजनाका चरण र उद्देश्यहरूलाई नै पछ्याउँछ। अवश्य नै, परमेश्‍वरले शासन गर्नुहुने सबै थोकले परमेश्‍वरको अख्तियार प्रयोग गरिने सिद्धान्तहरूलाई नै पालना गर्छन्, र उहाँको अख्‍तियारका प्रबन्धहरूबाट कुनै पनि मानिस वा वस्तुलाई छूट छैन, न त तिनीहरूले उहाँको अख्तियार प्रयोगका सिद्धान्तहरूलाई नै परिवर्तन गर्न सक्छन्। परमेश्‍वरको नजरमा, जसले आशिष्‌ पाएका छन् तिनीहरूले उहाँको अख्तियारले ल्याएको सौभाग्य प्राप्त गर्छन्, र जो श्रापित छन् तिनीहरूले परमेश्‍वरकै अख्‍तियारको कारण आफ्‍ना दण्ड प्राप्त गर्छन्। परमेश्‍वरको अख्तियारको सार्वभौमिकताको अधीनमा, उहाँको अख्‍तियारको प्रयोगबाट कुनै पनि मानिस वा थोकलाई छूट छैन, न त तिनीहरूले उहाँको अख्‍तियार प्रयोग गरिने सिद्धान्तहरूलाई नै परिवर्तन गर्न सक्छन्। सृष्टिकर्ताको अख्‍तियारलाई कुनै पनि कारकतत्वमा आउने परिवर्तनले परिवर्तन गर्न सक्दैन, त्यसरी नै, उहाँको अख्तियारको प्रयोग गरिने सिद्धान्तहरू कुनै पनि कारणले परिवर्तन हुँदैनन्। स्वर्ग र पृथ्वी ठूला-ठूला परिवर्तनहरू भएर जान सक्छन्, तर सृष्टिकर्ताको अख्‍तियार परिवर्तन हुनेछैन; सबै थोक लोप भएर जान सक्छन्, तर सृष्टिकर्ताको अख्‍तियार कहिल्यै हराउनेछैन। सृष्टिकर्ताको अपरिवर्तनीय र उल्‍लङ्घन गर्न नसकिने अख्‍तियारको सार यही हो, र सृष्टिकर्ताको अद्वितीयपन यही नै हो!

वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय १” बाट उद्धृत गरिएको

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

शैतान पतित स्वर्गदूत हो जसले स्वर्ग, पृथ्वी र यावत् थोक सृष्टि गर्न र परमेश्‍वरको अख्तियारलाई उछिन्न कहिल्यै सक्दैनथ्यो

परमेश्‍वरका प्रासंगिक वचनहरू:पृथ्वी अस्तित्वमा हुनुभन्दा पहिले, त्यो प्रधान स्‍वर्गदूत स्वर्गका स्वर्गदूतहरूमध्ये सबैभन्दा महान् थियो।...

स्वर्ग, पृथ्वी र यावत् थोकको सृष्टि गर्न सक्‍नुहुने मात्र एउटै साँचो परमेश्‍वर, सृष्टिका प्रभु हुनुहुन्छ

परमेश्‍वरका प्रासंगिक वचनहरू:सबै थोकमाथि शासन गर्ने र सबै थोकमाथि प्रशासन चलाउनुहुने परमेश्‍वर नै हुनुहुन्छ। अस्तित्वमा भएका सबै कुरा...

परमेश्‍वरले कसरी आजका दिनसम्म मानवजातिलाई अगुवाइ र भरणपोषण गर्दै आउनुभएको छ

परमेश्‍वरका प्रासंगिक वचनहरू:जीवनको बाटो जोसुकैले पाउने कुरा होइन, न त यो कसैले सहजै प्राप्त गर्न सक्‍ने कुरा नै हो। यो यसैले हो किनभने...

परमेश्‍वरले सारा ब्रह्माण्डलाई कसरी व्यवस्थापन र शासन गर्नुहुन्छ

परमेश्‍वरका प्रासंगिक वचनहरू:ब्रह्माण्ड र आकाश मण्डलको विशालतामा, अनगिन्ती प्राणीहरू जिउँछन् र सन्तान पैदा गर्छन्, जीवनको चक्रीय नियम पालन...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्