कुनै पनि स्वर्गदूतलाई परमेश्‍वर भन्न सकिँदैनथियो, किनभने तिनीहरूले स्वर्ग, पृथ्वी र यावत् थोक सृष्टि गर्न सक्दैनथिए

14 अगस्ट 2021

परमेश्‍वरका प्रासंगिक वचनहरू:

उहाँले यावत् थोकको सृष्टि गर्न सुरु गर्नुभएदेखि नै, परमेश्‍वरको शक्ति व्यक्त हुन र प्रकट हुन थाल्यो, किनभने परमेश्‍वरले सबै थोक सृष्टि गर्न वचनको प्रयोग गर्नुभयो। उहाँले तिनीहरूलाई जसरी सृष्टि गर्नुभए तापनि, उहाँले तिनीहरूलाई जुन कारणले सृष्टि गर्नुभए तापनि, सबै थोक परमेश्‍वरकै वचनको कारण हुन आए र दृढ भई खडा भए र अस्तित्वमा रहे; सृष्टिकर्ताको अद्वितीय अख्‍तियार यही नै हो। संसारमा मानवजाति देखा पर्नुभन्दा पहिलेको समयमा, सृष्टिकर्ताले मानवजातिको लागि सबै थोक सृष्टि गर्न आफ्‍नो शक्ति र अख्तियारको प्रयोग गर्नुभयो, र मानवजातिको लागि जिउने उपयुक्त वातावरण तयारी गर्नको लागि आफ्‍नो अद्वितीय विधिहरूको प्रयोग गर्नुभयो। उहाँले गर्नुभएको सबै कुरा मानवजातिको तयारीको लागि थियो, जसले चाँडै नै उहाँको सास प्राप्त गर्न लागेको थियो। भन्‍नुको अर्थ, मानवजातिको सृष्टि गरिनुभन्दा पहिलेको समयमा, मानवजातिभन्दा फरक रहेका सबै प्राणीहरूमा, स्वर्गहरू, ज्योतिहरू, समुद्रहरू, र भूमि जस्ता ठूला कुराहरूमा, र पशु-प्राणी र चराचुरुङ्गीजस्ता साना कुराहरूमा, साथै नाङ्गो आँखाले देख्‍न नसकिने विभिन्‍न प्रकारका ब्याक्टेरिया लगायत कीरा-फट्याङ्ग्रा र सूक्ष्मजीवहरूमा परमेश्‍वरको अख्‍तियार प्रदर्शन गरिएको थियो। हरेकलाई सृष्टिकर्ताको वचनले जीवन दिएको थियो, सृष्टिकर्ताकै वचनको कारण हरेक सङ्ख्यामा वृद्धि भए, र उहाँकै वचनको कारण हरेक नै सृष्टिकर्ताको सार्वभौमिकताको अधीनमा जिए। तिनीहरूले सृष्टिकर्ताको सास प्राप्त नगरेका भए तापनि, तिनीहरूका विभिन्‍न रूप र संरचनाद्वारा नै तिनीहरूले सृष्टिकर्ताद्वारा तिनीहरूलाई दिइएको जीवन-शक्ति प्रदर्शन गरे; सृष्टिकर्ताले मानवजातिलाई दिनुभएको बोल्‍न सक्‍ने क्षमता तिनीहरूले प्राप्त नगरे तापनि, सृष्टिकर्ताले तिनीहरूलाई दिनुभएको तिनीहरूको जीवन व्यक्त गर्ने तरिका तिनीहरू प्रत्येकले प्राप्त गरे, जुन मानिसको भाषाभन्दा फरक थियो। सृष्टिकर्ताको अख्‍तियारले अचल देखिने भौतिक वस्तुलाई त्यो कहिल्यै हराएर नजाओस् भनेर जीवनशक्ति मात्र दिँदैन, तर उहाँले हरेक जीवित प्राणीलाई सन्तान पैदा गरेर वृद्धि हुने प्राकृतिक गुण पनि दिनुहुन्छ, ताकि तिनीहरू कहिल्यै हराएर नजाऊन्, ताकि सृष्टिकर्ताले तिनीहरूलाई दिनुभएको बाँच्‍ने सम्‍बन्धी नियम र सिद्धान्तहरूलाई तिनीहरूले एकपछि अर्को पुस्ता गर्दै हस्तान्तरण गर्दै जाऊन्। सृष्टिकर्ताले आफ्‍नो अख्‍तियार जुन किसिमले प्रयोग गर्नुहुन्छ त्यसले वृहत् वा सूक्ष्‍म दृष्टिकोणलाई कठोरताको साथ पालना गर्दैन, र यो कुनै पनि रूपमा सीमित छैन; उहाँले ब्रह्माण्डका कार्यवाहीहरूलाई आदेश दिन र सबै थोकको जीवन र मृत्युमाथि सार्वभौमिकता राख्‍न सक्‍नुहुन्छ, यसको साथै, सबै थोकले उहाँकै सेवा गरून् भनेर तिनलाई मिलाउनुहुन्छ; उहाँले पहाड-पर्वत, नदीनाला, र तालतलैयाले कसरी काम गर्छन् तिनलाई व्यवस्थापन गर्न, र तिनीहरूभित्र भएका कुराहरूलाई शासन गर्न सक्‍नुहुन्छ, त्यस बाहेक, उहाँ सबै थोकलाई जे चाहिन्छ त्यो प्रदान गर्न सक्‍नुहुन्छ। मानवजाति बाहेक सबै थोकको बीचमा सृष्टिकर्ताको अद्वितीय अख्‍तियारको प्रकटीकरण यही नै हो। त्यस्तो प्रकटीकरण जीवनकालको लागि मात्रै होइन; यो कहिल्यै सकिँदैन, न त यसले विश्राम नै गर्छ, र यसलाई कुनै पनि व्यक्ति वा थोकले परिवर्तन गर्न वा क्षति पुर्‍याउन सक्दैन, न त कुनै पनि व्यक्ति वा थोकले यसलाई थप्‍न वा घटाउन नै सक्छ—किनभने कसैले पनि सृष्टिकर्ताको पहिचानलाई प्रतिस्थापन गर्न सक्दैन, त्यसकारण सृष्टिकर्ताको अख्‍तियारलाई सृष्टि गरिएको कुनै पनि प्राणीले प्रतिस्थापन गर्न सक्दैन; सृष्टि नगरिएको कुनै पनि प्राणीले यसलाई प्राप्त गर्न सक्दैन। उदाहरणको लागि परमेश्‍वरका दूतहरू र स्वर्गदूतहरूलाई लिऊँ। तिनीहरूसँग परमेश्‍वरको शक्ति छैन, सृष्टिकर्ताको अख्तियार हुने कुरा त परै जाओस्, र तिनीहरूमा सृष्टिकर्ताको सार नभएको कारण तिनीहरूमा परमेश्‍वरको शक्ति र अख्‍तियार हुँदैन। परमेश्‍वरका दूतहरू र स्वर्गदूतहरूजस्ता सृष्टि नगरिएका प्राणीहरूले परमेश्‍वरको सट्टामा केही कुराहरू गर्न सक्‍ने भए तापनि तिनीहरूले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैनन्। तिनीहरूसँग मानिसमा नभएका केही शक्ति भए तापनि, तिनीहरूसँग परमेश्‍वरको अख्‍तियार छैन, अर्थात् सबै थोक सृष्टि गर्ने, सबै थोकमाथि हुकुम गर्ने, र सबै थोकमाथि सार्वभौमिकता राख्‍ने परमेश्‍वरको अख्‍तियार तिनीहरूसँग छैन। त्यसकारण, परमेश्‍वरको अद्वितीयतालाई सृष्टि नगरिएको प्राणीले प्रतिस्थापन गर्न सक्दैन, त्यसरी नै, सृष्टि नगरिएको कुनै पनि प्राणीले परमेश्‍वरको अख्‍तियार र शक्तिलाई प्रतिस्थापन गर्न सक्दैन। के बाइबलमा, परमेश्‍वरको कुनै दूतले सबै थोक सृष्टि गर्‍यो भनेर तैँले पढेको छस्? परमेश्‍वरले सबै थोक सृष्टि गर्नको लागि किन उहाँको कुनै पनि दूत वा स्वर्गदूतहरूलाई खटाउनुभएन? किनभने तिनीहरूसँग परमेश्‍वरको अख्‍तियार थिएन, त्यसकारण परमेश्‍वरको अख्‍तियार प्रयोग गर्ने क्षमता तिनीहरूसँग थिएन। सबै प्राणीहरू जस्तै, तिनीहरू सबै नै सृष्टिकर्ताको सार्वभौमिकताको अधीनमा, र सृष्टिकर्ताको अख्तियारको अधीनमा छन्, त्यसरी नै, सृष्टिकर्ता तिनीहरूका परमेश्‍वर र तिनीहरूका सार्वभौम हुनुहुन्छ। तिनीहरूमध्ये हरेकको बीचमा—चाहे ती कुलीन वा नीच होऊन्, ठूलो शक्ति भएको वा सानो शक्ति भएका होऊन्—सृष्टिकर्ताको अख्‍तियारलाई नाघ्‍न सक्‍ने एउटै छैन, त्यसकारण, तिनीहरूका बीचमा, सृष्टिकर्ताको पहिचानलाई प्रतिस्थापन गर्न सक्‍ने एउटै छैन। तिनीहरूलाई कहिल्यै पनि परमेश्‍वर भनिनेछैन, र तिनीहरू कहिल्यै पनि सृष्टिकर्ता बन्‍न सक्‍नेछैनन्। यी अपरिवर्तनीय सत्यता र तथ्यहरू हुन्!

वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

स्वर्गदूतहरू विशेष रूपमा कमजोर थिए र बोल्नसक्‍ने कुनै क्षमता तिनीहरूसँग थिएन, त्यसकारण, तिनीहरूलाई अख्तियार दिने बित्तिकै तिनीहरू अहङ्कारी बने। प्रधान स्‍वर्गदूतको हकमा यो विशेष गरी लागू थियो, जसको हैसियत अरू कुनै पनि स्वर्गदूतको भन्दा उच्‍च थियो। स्वर्गदूतहरूका बीचमा राजा भएकोले, त्यसले तिनीहरूमध्ये करोडौँलाई नेतृत्व गरे, र यहोवाको अधीनमा, त्यसको अख्तियार अरू कुनै पनि स्वर्गदूतहरूलाई उछिन्थ्यो। त्यसले यो र त्यो गर्न, अनि संसारलाई नियन्त्रण गर्नको लागि स्वर्गदूतहरूलाई मानिसहरूका बीचमा झार्न चाहन्थ्यो। उहाँ नै ब्रह्माण्डको नियन्त्रण गर्ने हुनुहुन्छ भनेर परमेश्‍वरले भन्‍नुभयो; तर ब्रह्माण्ड नियन्त्रण गर्ने त्यही हो भनेर प्रधान स्‍वर्गदूतले भन्यो—त्यसपछि, प्रधान स्‍वर्गदूतले परमेश्‍वरलाई धोका दियो। परमेश्‍वरले स्वर्गमा अर्को संसारको सृष्टि गर्नुभयो, अनि प्रधान स्‍वर्गदूतले यो संसारलाई नियन्त्रण गर्ने, साथै मरणशील संसारमा ओर्लने इच्‍छा गर्‍यो। के परमेश्‍वरले त्यसलाई यसो गर्न दिनुभयो? तसर्थ, उहाँले प्रधान स्‍वर्गदूतलाई प्रहार गर्नुभयो र त्यसलाई मध्याकाशमा फालिदिनुभयो। त्यसले मानिसहरूलाई भ्रष्ट तुल्याएपछि नै, तिनीहरूलाई मुक्त गर्नको लागि परमेश्‍वरले प्रधान स्‍वर्गदूतसँग युद्ध गर्नुभएको छ; उहाँले यो छ सहस्‍त्राब्दीलाई त्यसको हारको लागि प्रयोग गर्नुभएको छ। …

परमेश्‍वरको हृदयलाई मानवजातिप्रतिको शोकद्वारा धेरै पटक भारी तुल्याउने यही चरणबद्ध, वास्तविक कार्य नै हो, त्यसकारण शैतानसँगको उहाँको युद्ध छ हजार वर्षसम्‍म जारी रहेको छ, र परमेश्‍वरले भन्‍नुभएको छ, “म फेरि कहिल्यै पनि मानवजातिको सृष्टि गर्नेछैन, न त म फेरि कहिल्यै स्वर्गदूतहरूलाई अख्तियार नै दिनेछु।” त्यसपछि, जब स्वर्गदूतहरू काम गर्न पृथ्वीमा आए, तिनीहरूले केही काम गर्न केवल परमेश्‍वरलाई पछ्याए; उहाँले फेरि कहिल्यै कुनै पनि अख्तियार दिनुभएन। इस्राएलीहरूले देखेका स्वर्गदूतहरूले कसरी आफ्‍ना काम गरे? तिनीहरूले आफैलाई सपनाहरूमा प्रकट गरे अनि यहोवाका वचनहरू व्यक्त गरे। क्रूसीकरणको तीन दिनपछि जब येशू पुनरुत्थान हुनुभयो, ठूलो ढुङ्गालाई गुडाउने स्वर्गदूतहरू नै थिए; परमेश्‍वरका आत्माले यो काम व्यक्तिगत रूपमा गर्नुभएन। स्वर्गदूतहरूले मात्रै यस प्रकारको काम गर्थे; तिनीहरूले सहयोगी भूमिका निर्वाह गर्थे, तर तिनीहरूसँग कुनै अख्तियार थिएन, किनभने परमेश्‍वरले तिनीहरूलाई फेरि कहिल्यै कुनै अख्तियार दिनुभएन।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले सम्पूर्ण मानवजाति वर्तमान दिनसम्म कसरी विकसित भयो भन्ने जान्‍नुपर्छ

परमेश्‍वरसँग अख्‍तियार र शक्ति भए तापनि, उहाँको अख्‍तियार साँचो र वास्तविक हो, रित्तो होइन। परमेश्‍वरको अख्तियार र शक्तिको विशुद्धता र वास्तविकता उहाँले गर्नुभएको सबै थोकको सृष्टिमा, सबै थोकमाथिको उहाँको नियन्त्रणमा, र उहाँले मानवजातिलाई अगुवाइ गर्ने र व्यवस्थापन गर्ने प्रक्रियामा क्रमिक रूपमा प्रकट र मूर्तरूप गरिन्छ। मानवजाति र सबै थोकमाथिको परमेश्‍वरको सार्वभौमिकताको हरेक विधि, हरेक दृष्टिकोण, र हरेक विवरण, र उहाँले पूरा गर्नुभएको सबै काम, साथै सबै थोकबारे उहाँको बुझाइ—ती सबैले परमेश्‍वरको अख्‍तियार र शक्ति खोक्रा शब्‍दहरू होइनन् भन्‍ने कुरालाई ठेड रूपमा प्रमाणित गर्छ। उहाँको अख्‍तियार र शक्तिलाई सबै कुरामा अटुट रूपमा देखाइन्छ र प्रकट गरिन्छ। यी प्रकटीकरण र प्रकाशले परमेश्‍वरको अख्तियारको यथार्थ अस्तित्वबारे बताउँछन्, किनभने उहाँले आफ्‍नो कार्यलाई जारी राख्‍न र सबै थोकमाथि हुकुम चलाउन, र हरेक क्षणमा सबै थोकलाई शासन गर्नको लागि उहाँले आफ्‍नो अख्‍तियार र शक्तिको प्रयोग गरिरहनुभएको छ; उहाँको शक्ति र अख्तियारलाई न त स्वर्गदूतहरूले न त परमेश्‍वरका कुनै दूतहरूले नै प्रतिस्थापन गर्न सक्छन्। अब्राहाम र अय्यूबलाई के-कस्ता आशिषहरू दिने हो त्यसको निर्णय परमेश्‍वरले नै गर्नुभयो—यो परमेश्‍वरले नै गर्नुपर्ने निर्णय थियो। परमेश्‍वरका दूतहरूले अब्राहाम र अय्यूबलाई व्यक्तिगत रूपमा नै भेटेका भए तापनि, तिनीहरूका कार्य परमेश्‍वरका आज्ञाहरूमा आधारित थिए, र तिनीहरूका कार्यहरू परमेश्‍वरको अख्‍तियारको अधीनमा गरिएका थिए, त्यसरी नै, दूतहरू परमेश्‍वरको सार्वभौमिकताको अधीनमा थिए। परमेश्‍वरका दूतहरूले अब्राहामलाई भेट्छन् भन्‍ने मानिसले देखे तापनि, बाइबलका विवरणहरूमा यहोवा परमेश्‍वरले आफै केही गर्नुहुन्छ भन्‍ने नदेख्‍ने भए तापनि, वास्तवमा, शक्ति र अख्तियारको प्रयोग गर्ने एक मात्र व्यक्ति परमेश्‍वर स्वयम् नै हुनुहुन्छ, र यसले कुनै पनि मानिसमा शङ्का पैदा गर्दैन! तैँले स्वर्गदूतहरू र दूतहरूसँग महान् शक्ति भएको र तिनीहरूले आश्‍चर्यकर्महरू गरेको, वा तिनीहरूले परमेश्‍वरले आज्ञा गर्नुभएका केही कुराहरू गरेका देखेका भए तापनि, तिनीहरूका कार्यहरू परमेश्‍वरका आज्ञाहरू पालन गर्नको खातिर मात्रै हुन्, र ती कुनै पनि हालतमा परमेश्‍वरको अख्‍तियारको प्रदर्शन होइनन्—किनभने कुनै मानिस वा वस्तुमा सबै थोक सृष्टि गर्ने र सबै थोकलाई शासन गर्ने सृष्टिकर्ताको अख्तियार छैन वा स्वामित्व गर्दैन। त्यसकारण, कुनै पनि मानिस वा वस्तुले सृष्टिकर्ताको अख्‍तियारलाई प्रयोग गर्न वा प्रदर्शन गर्न सक्दैन।

वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

स्वर्ग, पृथ्वी र यावत् थोकको सृष्टि गर्न सक्‍नुहुने मात्र एउटै साँचो परमेश्‍वर, सृष्टिका प्रभु हुनुहुन्छ

परमेश्‍वरका प्रासंगिक वचनहरू:सबै थोकमाथि शासन गर्ने र सबै थोकमाथि प्रशासन चलाउनुहुने परमेश्‍वर नै हुनुहुन्छ। अस्तित्वमा भएका सबै कुरा...

परमेश्‍वरले सारा ब्रह्माण्डलाई कसरी व्यवस्थापन र शासन गर्नुहुन्छ

परमेश्‍वरका प्रासंगिक वचनहरू:ब्रह्माण्ड र आकाश मण्डलको विशालतामा, अनगिन्ती प्राणीहरू जिउँछन् र सन्तान पैदा गर्छन्, जीवनको चक्रीय नियम पालन...

परमेश्‍वरले कसरी आजका दिनसम्म मानवजातिलाई अगुवाइ र भरणपोषण गर्दै आउनुभएको छ

परमेश्‍वरका प्रासंगिक वचनहरू:जीवनको बाटो जोसुकैले पाउने कुरा होइन, न त यो कसैले सहजै प्राप्त गर्न सक्‍ने कुरा नै हो। यो यसैले हो किनभने...

शैतान पतित स्वर्गदूत हो जसले स्वर्ग, पृथ्वी र यावत् थोक सृष्टि गर्न र परमेश्‍वरको अख्तियारलाई उछिन्न कहिल्यै सक्दैनथ्यो

परमेश्‍वरका प्रासंगिक वचनहरू:पृथ्वी अस्तित्वमा हुनुभन्दा पहिले, त्यो प्रधान स्‍वर्गदूत स्वर्गका स्वर्गदूतहरूमध्ये सबैभन्दा महान् थियो।...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्