परमेश्वरले कसरी आजका दिनसम्म मानवजातिलाई अगुवाइ र भरणपोषण गर्दै आउनुभएको छ
परमेश्वरका प्रासंगिक वचनहरू:
जीवनको बाटो जोसुकैले पाउने कुरा होइन, न त यो कसैले सहजै प्राप्त गर्न सक्ने कुरा नै हो। यो यसैले हो किनभने जीवन परमेश्वरबाट मात्रै आउन सक्छ, अर्थात्, परमेश्वर स्वयम्सँग मात्रै जीवनको सारतत्व छ, र परमेश्वर स्वयम्सँग मात्रै जीवनको बाटो छ। त्यसैले परमेश्वर मात्रै जीवनको स्रोत, र जीवनको जिउँदो पानीको सदा-बगिरहने मूल हुनुहुन्छ। उहाँले संसारको सृष्टि गर्नुभएदेखि नै परमेश्वरले जीवनको शक्तिसँग सम्बन्धित धेरै काम गर्नुभएको छ, मानिसलाई जीवन दिने धेरै काम गर्नुभएको छ, र मानिसले जीवन प्राप्त गर्न सकोस् भनेर ठूलो मूल्य चुकाउनुभएको छ। यो यसैले हो किनभने परमेश्वर स्वयम् नै अनन्त जीवन हुनुहुन्छ, अनि मानिस पुनरुत्थित हुने बाटो परमेश्वर स्वयम् नै हुनुहुन्छ। मानिसको हृदयबाट परमेश्वर कहिल्यै पनि अलग हुनुहुन्न, र उहाँ सँधैभरि मानिसकै बीचमा बस्नुहुन्छ। उहाँ नै मानिसको जियाइको संचालन शक्ति, मानिसको अस्तित्वको जरा, अनि जन्मपछि मानिसको अस्तित्वको लागि सम्पन्न भण्डार हुनुहुन्छ। मानिसलाई पुनर्जन्म गराउने, र उसको हरेक भूमिकालाई दृढताको साथ जिउन सक्षम गराउने उहाँ नै हुनुहुन्छ। उहाँको शक्ति र उहाँको ननिभ्ने जीवन शक्तिकै कारण, मानिस पुस्तौंदेखि जिएको छ, जुन अवधिमा परमेश्वरको जीवनको शक्ति नै मानिसको अस्तित्वको मुख्य आधार बनेको छ, र जसको लागि कुनै पनि मानिसले कहिल्यै नतिरेको मूल्य परमेश्वरले तिर्नुभएको छ। परमेश्वरको जीवन शक्ति अरू कुनै पनि शक्ति माथि प्रबल हुन सक्छ; यसको साथै, यसले कुनै पनि शक्तिलाई उछिन्छ। उहाँको जीवन अनन्त, उहाँको शक्ति असाधारण छ, र सृष्टि गरिएको कुनै पनि प्राणी वा शत्रुको शक्तिले उहाँको जीवन शक्तिलाई जित्न सक्दैन। समय वा स्थानको बावजूद परमेश्वरको जीवन शक्ति अस्तित्वमा नै रहन्छ र यसको शानदार चमकलाई चम्काउँछ। स्वर्ग र पृथ्वी धेरै परिवर्तन भएर जान सक्छ, तर परमेश्वरको जीवन सदासर्वदा उस्तै रहन्छ। सबै कुराहरू टलेर जान सक्छ, तर परमेश्वरको जीवन अझै उस्तै रहनेछ, किनभने सबै कुराहरूको अस्तित्वको स्रोत अनि तिनीहरूको अस्तित्वको जरा परमेश्वर नै हुनुहुन्छ। मानिसको जीवन परमेश्वरबाट सुरु हुन्छ, परमेश्वरकै कारणले गर्दा स्वर्गको अस्तित्व छ, अनि परमेश्वरको जीवनको शक्तिबाट पृथ्वीको अस्तित्व उत्पन्न हुन्छ। कुनै पनि थोकको जीवन-शक्तिले परमेश्वरको सार्वभौमिकतालाई उछिन्छ सक्दैन, र जोसका साथ कुनै पनि थोक परमेश्वरको अख्तियारको प्रभुत्वबाट उम्कन सक्दैन। यसरी, तिनीहरू जोसुकै भए पनि, हरेक नै परमेश्वरको प्रभुत्वमा समर्पित हुनुपर्छ, हरेक नै परमेश्वरको आज्ञाको अधीनमा जिउनुपर्छ, अनि उहाँको हातबाट कोही पनि उम्कन सक्दैन।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्नुहुन्छ
परमेश्वरले सबै कुराको सृष्टि गर्नुभएदेखि नै ती सबै चिजहरू उहाँले तय गर्नुभएका नियमका आधारमा उपयुक्त तवरले काम गरिरहेका छन् र नियमित रूपमा निरन्तर चलिरहेका छन्। उहाँको दृष्टि र उहाँको नियमको छत्रछायामा मानव जाति बाँचिरहेको छ र सबै चिजहरू व्यवस्थित रूपमा निरन्तर विकसित भइरहेका छन्। यी नियमहरू परिवर्तन गर्न वा नष्ट गर्न सक्ने कोही छैन। यसको कारण के हो भने परमेश्वरका नियम अनुसार सबै वृद्धि हुँदै जान्छन् र उहाँको नियम र व्यवस्थापनका कारण हरेक जीव जीवात्माहरू बाँच्न सक्छन्। यसको अर्थ यो हो कि परमेश्वरको नियमका आधारमा नै रीतपूर्वक सबै प्राणीहरू अस्तित्वमा आउँछन्, तिनीहरूको वृद्धि-विकास हुन्छ, हराएर जान्छन्, र तिनीहरूको पुनर्जन्म हुन्छ। जब वसन्त ऋतुको आवागमन हुन्छ तब झरीले स्वच्छ मौसमको अनुभूति गराउँछ र धर्तीलाई भिजाउँछ बनाउँछ। जमिन नरम हुन थाल्छ, र जमिनबाट घाँस उम्रिन थाल्छ र बिस्तारै-बिस्तारै रूखहरू हरिया हुँदै जान्छन्। यी हरेक जीवित प्राणीहरूले पृथ्वीमा स्वच्छ नयाँ जीवनशक्ति ल्याउँछन्। जब सबै प्राणीहरू अस्तित्वमा आउँछन् र तिनीहरूको वृद्धि-विकास हुँदै जान्छ तब यो यस्तै देखिन्छ। वसन्तको न्यानो अनुभव गर्न र नयाँ वर्षको शुभारम्भ गर्न सबै प्रकारका जनावरहरू आ—आफ्नो आश्रय स्थलबाट बाहिर निस्कन्छन्। सबै प्राणीहरू ग्रीष्म ऋतुको न्यानो ताप्छन् र यस ऋतुको न्यानोपनमा आनन्दित हुन्छन्। तिनीहरू द्रुत गतिमा बढ्छन्। रूखहरू, घाँस र सबै प्रकारका बोट-बिरुवाहरू तीव्र गतिमा बढ्छन् र अन्त्यमा तिनीहरू फुल्छन् र फल दिन्छन्। ग्रीष्म ऋतुमा मानवसहित सबै प्राणीहरू निकै व्यस्त रहन्छन्। वर्षा ऋतुमा वर्षात्ले शरद ऋतुको शीतलतालाई स्वागत गर्न थाल्छ अनि सबै प्रकारका जीवित प्राणीहरूले अन्नबाली भित्र्याउने समयको आवागमनको अनुभूति गर्न थाल्छन्। हरेक वनस्पतिमा फल लाग्न थाल्छन् र मानिसहरू शिशिरको तयारीका लागि यी विभिन्न प्रकारका फलहरू भित्र्याउन थाल्दछन्। शिशिर ऋतुमा सबै प्राणीहरू शान्तपनमा चुपचाप बस्नुका साथै चिसो मौसमसँगै आराम गर्न थाल्छन् र यस मौसममा मानिसहरू पनि विश्राम लिन्छन्। वसन्तदेखि ग्रीष्म, वर्षात्देखि शिशिर हरेक ऋतुहरूका यी सबै परिवर्तनहरू परमेश्वरद्वारा स्थापित नियमअनुसार भइरहन्छन्। उहाँले हरेक चीजको नेतृत्व गर्नुहुन्छ। यी नियमहरूको पालन गर्दै उहाँले सबै कुराहरूलाई साथै मानवजातिलाई नेतृत्व गर्नुहुन्छ र तापक्रम र मौसमअनुसार फरक रहेको वातावरणलाई अस्तित्वको लागि तयार गर्दै, मानव जातिका लागि एक सम्पन्न र रंगिन जीवन मार्ग तयार गर्नुभएको छ। यसकारण अस्तित्वका लागि निर्मित यस प्रकारको वातावरणमा मानव जाति व्यवस्थित रूपमा बाँच्न र आफ्नो वंश विकास गर्न सक्षम छ। मानव जातिले यी नियमहरू परिवर्तन गर्न सक्दैनन् र कुनै पनि व्यक्ति वा प्राणीले यो नियम उलंघन गर्न सक्दैन। संसारमा अनगिन्ति परिवर्तनहरू आएका छन्। समुन्द्रहरू मैदान भएका छन् भने मैदानहरू समुन्द्रमा परिणत भएका छन्। तथापि यी नियमहरू निरन्तर लागू भइरहेका छन्। यी नियमहरू अस्तित्वमा छन् किनभने परमेश्वर अस्तित्वमा हुनुहुन्छ, र उहाँको शासन र उहाँको व्यवस्थापनका कारण सबै चीज अस्तित्वमा छन्। यस प्रकारको क्रमबद्ध र वृहत् वातावरणमा यी नियम र शासनसँगै मानव जीवन अगाडि बढिरहन्छ। यी नियमहरूका अधीनमा मानव जातिका पुस्तौँ-पुस्ता चलेका थिए र यिनै नियमका अधीनमा मानव जातिका पुस्तौँ-पुस्ता अस्तित्वमा रहेका छन्। मानिसले बाँच्नका लागि यो व्यवस्थित वातावरणका साथै परमेश्वरद्वारा सृजित सबै थोकहरूको आनन्द पुस्तौँ-पुस्तादेखि लिइरहेका छन्। यद्यपि मानिसहरूलाई लाग्न सक्छ कि यस प्रकारका नियमहरू जन्मजात बनेका हुन् र यिनीहरूलाई सामान्य रूपमा लिन्छन्। परमेश्वरले यी नियमहरू बनाइरहनु भएको छ, जेसुकै भए तापनि यी नियमहरूमाथि परमेश्वरले योजनाबद्ध कार्य गरिरहनुभएको छ र परमेश्वर यस अपरिवर्तनीय कार्यमा लागिरहनु भएको छ भन्ने कुरा उनीहरूले महसुस गर्न सक्दैनन्। यस अपरिवर्तनीय कार्यमा उहाँको उद्देश्य भनेको मानव जातिको अस्तित्वको रक्षा गर्नु हो ता कि मानव जाति सँधैभरि बाँचिरहोस्।
वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ९
परमेश्वरले सबै कुरा सञ्चालन गर्ने प्रक्रियालाई शासन गर्ने नियमहरूको विषयमा आज्ञा दिनुहुन्छ; उहाँले सबै कुराहरूको अस्तित्वलाई शासन गर्ने नियमहरूको विषयमा आज्ञा दिनुहुन्छ; उहाँले सबै कुराहरू नियन्त्रण गर्नुहुन्छ, र ती कुराहरूलाई झनै बलियो हुने र आपसमा निर्भर हुने गरी निर्धारण गर्नुहुन्छ, ताकि तिनीहरू नष्ट नहोऊन् वा नहराऊन्। यसरी मात्रै मानवजाति बाँचिरहन सक्दछन्; यसरी मात्रै तिनीहरू यस्तो वातावरणमा परमेश्वरको निर्देशनमा बाँचिरहन सक्छन्। परमेश्वर यी सबै कुराहरू सञ्चालन गर्ने नियमहरूको मालिक हुनुहुन्छ, र कसैले पनि यी नियमहरूमा हस्तक्षेप गर्न सक्दैनन्, न त यी नियमहरूलाई परिवर्तन नै गर्न सक्छन्। यी नियमहरू परमेश्वरलाई मात्रै थाहा छ, र परमेश्वरले मात्रै यी नियमहरूको व्यवस्थापन गर्नुहुन्छ। रूखहरू कहिले उम्रिन्छन्; वर्षा कहिले हुन्छ; पृथ्वीले रूख-बिरुवाहरूलाई कति पानी र कति पोषक तत्त्वहरू दिन्छन्; कुन ऋतुमा पातहरू झर्नेछन्; रूखहरूले कुन ऋतुमा फल दिन्छन्; सूर्यको किरणले रूखहरूलाई कति पोषण दिन्छन्; सूर्यको किरण पाइसकेपछि रूखहरूले सासको रूपमा के छोड्छन्—यी सबै कुराहरू परमेश्वरले सबै कुराको सृष्टि गर्दा कसैले पनि तोड्न नसक्ने नियमको रूपमा पूर्वनिर्धारित गर्नुभएको हो। परमेश्वरले सृष्टि गर्नुभएको ती सबै कुराहरू जीवित भए पनि, वा मानिसका आँखामा, निर्जीव भए पनि, उहाँको हातमा छन्, उहाँले तिनीहरूलाई नियन्त्रण गर्नुहुन्छ र तिनीहरूमाथि शासन गर्नुहुन्छ। कसैले पनि यी नियमहरू परिवर्तन गर्न वा तोड्न सक्दैन। यसो भन्नुको अर्थ, जब परमेश्वरले सबै कुरा सृष्टि गर्नुभयो, तब उहाँले पृथ्वीविना रूखले जरा हाल्न, उम्रन र बढ्न सक्दैन; र यदि पृथ्वीमा कुनै रूखहरू छैन भने पृथ्वी सुक्खा हुन्छ; रूख चराहरूका लागि घर र हावाबाट आश्रय लिन सक्ने ठाउँ हुनुपर्छ भन्ने कुरा पूर्वनिर्धारित गर्नुभयो। के सूर्यको किरणविना रूख बाँच्न सक्छ? (सक्दैन।) न त यो पृथ्वी आफैमा मात्रैमा बाँच्न सक्दछ। यी सबै चिजहरू मानिसजातिका लागि हो, मानवजातिको अस्तित्वका लागि हो। रूखबाट, मानिसले ताजा हावा प्राप्त गर्दछ, र मानिस पृथ्वीमा बस्दछ, जसलाई रूखले सुरक्षित राखेको हुन्छ। मानिस सूर्यको किरण वा विभिन्न जीवित प्राणीहरूविना बाँच्न सक्दैन। यी सम्बन्धहरू जटिल भए तापनि, सबै चीजहरूले एक-अर्कालाई झनै सुदृढ बनाउन सकून्, एक-आपसमा निर्भर रहन सकून् र सह-अस्तित्व कायम रहन सकोस् भन्ने हेतुले यी सबै चीजहरूमाथि शासन गर्ने नियम परमेश्वरले बनाउनुभएको हो भन्ने कुरा तैँले याद राख्नुपर्छ। अर्को शब्दमा भन्नुपर्दा, उहाँले सृष्टि गर्नुभएको प्रत्येक चीजको आ-आफ्नै मूल्य र महत्त्व छ। यदि परमेश्वरले कुनै महत्त्वहीन चीजको सृष्टि गर्नुभयो भने, परमेश्वरले उक्त चीजलाई लुप्त बनाइदिनुहुनेछ। परमेश्वरले सबै चीजहरूका लागि व्यवस्थापन गर्ने तरिकाहरू मध्येको एक यही हो।
वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ७
“परमेश्वरले यावत् थोकको भरणपोषण गर्नुहुन्छ” भन्ने पदावली एकदमै फराकिलो महत्त्व र दायरा भएको पदावली हो। परमेश्वरले मानिसहरूलाई केवल तिनीहरूको दैनिक खाद्य र पेय पदार्थ मात्रै उपलब्ध गराउनुहुन्न; उहाँले त मानवजातिलाई तिनीहरूले देख्न सक्ने हरेक कुरा लगायत तिनीहरूलाई आवश्यक पर्ने हरेक कुरा उपलब्ध गराउनुहुन्छ, अनि उहाँले त तिनीहरूलाई तिनीहरूले देख्न नसक्ने कुराहरूसमेत उपलब्ध गराउनुहुन्छ। परमेश्वरले मानवजातिको लागि अत्यावश्यक यो सजीव वातावरणलाई कायम राख्नुहुन्छ, व्यवस्थापन गर्नुहुन्छ र त्यसमाथि शासन गर्नुहुन्छ। भन्नुको अर्थ, हरेक ऋतुमा मानवजातिलाई जे-जस्तो वातावरण चाहिन्छ, त्यस्तो वातावरण परमेश्वरले तयार गर्नुभएको छ। परमेश्वरले हावा र तापक्रमको प्रकार पनि व्यवस्थापन गर्नुहुन्छ ताकि ती मानव जीवन-अस्तित्वको लागि उपयुक्त हुन सकून्। यी कुराहरूलाई शासन गर्ने नियमहरू आफै वा आकस्मिक तवरमा उत्पन्न हुँदैनन्; तिनीहरू त परमेश्वरको सार्वभौमिकता र उहाँका कार्यहरूका परिणाम हुन्। परमेश्वर स्वयम् नै यी सबै नियमहरूको स्रोत र यावत् थोकको लागि जीवनको स्रोत हुनुहुन्छ। तैँले यसमा विश्वास गरे पनि नगरे पनि, तैँले यसलाई देख्न सके पनि नसके पनि, वा तैँले यसलाई बुझ्न सके पनि नसके पनि, यो कुरा एक स्थापित र अकाट्य तथ्यको रूपमा रहेको छ।
वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ७
यी फरक मानव जीवनशैलीहरूलाई आड दिने आधारभूत सर्तहरू के-के हुन्? के तिनीहरू बाँच्न सक्ने वातावरणहरूलाई आधारभूत तहमा संरक्षण गर्नु बिलकुलै आवश्यकता छैन र? अर्थात्, शिकार गरेर जीवन निर्वाह गर्नेहरूले पहाडी वनजङ्गल वा चराचुरुङ्गी र जीव-जनावरहरू गुमाउने हो भने तिनीहरूको जीविकोपार्जनको स्रोत रहँदैन। यो जाति र यस किमिमका मानिसहरूले लिनु पर्ने दिशा अनिश्चित बन्न पुग्छ र तिनीहरू लोप पनि हुन सक्छन्। अनि आफ्नो जीविकोपार्जनको निम्ति पशुपालन गर्नेहरूको हकमा के हुन्छ? तिनीहरू केमा भर पर्छन्? तिनीहरू तिनीहरूको वस्तुभाउमा होइन, तर ती वस्तुभाउ बाँच्न सक्ने वातावरण—घाँसे मैदानहरूमा निर्भर हुन्छन्। यदि घाँसे मैदानहरू नहुने हो भने पशुपालन गर्नेहरूले आफ्ना वस्तुभाउलाई कहाँ चराउनेथिए? वस्तुभाउ र भेडाहरूले के खानेथिए? वस्तुभाउविना यी फिरन्ते मानिसहरूको जीविकोपार्जन हुनेथिएन। तिनीहरूको जीविकोपार्जनको स्रोतविना यी मानिसहरू कहाँ जानेथिए? तिनीहरू जीवित रहन धेरै कठिन हुनेथियो; तिनीहरूको भविष्य रहनेथिएन। यदि पानीको स्रोत नहुने हो र नदी तथा तालहरू पूर्णरूपमा सुक्ने हो भने, बाँच्नको निम्ति पानीमा भर पर्ने सबै माछाहरू अझै जीवित रहनेथिए र? तिनीहरू जीवित रहनेथिएनन्। जीविकोपार्जनको निम्ति पानी र माछामा भर पर्ने यी मानिसहरू निरन्तर रूपमा जीवित रहनेथिए? तिनीहरूसँग खाना वा तिनीहरूको जीविकोपार्जनको स्रोत नभएपछि यी मानिसहरू निरन्तर रूपमा जीवित रहन सक्नेथिएनन्। अर्थात्, यदि कुनै जाति तिनीहरूको जीविकोपार्जन वा तिनीहरूको अस्तित्वसम्बन्धि समस्यामा परे भने, उक्त जातिको निरन्तरता हुनेछैन, र तिनीहरू पृथ्वीबाट हराउन सक्छन् र लोप हुन सक्छन्। अनि खेतीपाती गर्नेहरूले आफ्ना जमिन गुमाए भने, तिनीहरूले सबै किसिमका बोटविरुवाहरू रोप्न पाएनन् र ती बोटविरुवाहरूबाट खाना प्राप्त गर्न सकेनन् भने, त्यसको परिणाम के होला? के खानाविना मानिसहरू भोकमरीले मर्दैनन् र? यदि मानिसहरू भोकमरीले मरिरहेका छन् भने के मानवको त्यो जात सखाप हुँदैनन् र? यसैले परमेश्वरले विभिन्न किसिमका वातावरणहरूको जगेर्ना गर्नुको उद्देश्य यही हो। परमेश्वरले विभिन्न वातावरण र पर्यावरणहरू अनि ती भित्रका विभिन्न जीवित प्राणीहरूको जगेर्ना गर्नुको एउटै उद्देश्य मात्र छ—र त्यो हरेक किसिमका मानिसहरूको पालनपोषण गर्नु, विभिन्न भौगोलिक वातावरणहरूमा बसोबास गर्ने मानिसहरूको पालनपोषण गर्नु हो।
यदि सृष्टिका सबै थोकले तिनीहरूका आफ्ना नियमहरू गुमाए भने, तिनीहरूको अस्तित्व नै रहनेथिएन; यदि सबै थोकका नियमहरू हराए भने, सबै थोकका बीचमा जिउने प्राणीहरू पनि निरन्तर रहनेथिएनन्। मानवजातिले आफ्नो अस्तित्वको निम्ति भर परेको वातावरण पनि गुमाउनेथियो। यदि मानवजातिले ती सबै कुराहरू गुमाए भने, तिनीहरूले अहिले गरे जसरी निरन्तर रूपमा पुस्तादेखि पुस्तासम्म फस्टाउन र वृद्धि हुन सक्नेथिएनन्। परमेश्वरले तिनीहरूको पालनपोषण अर्थात् मानवजातिलाई फरक तरिकाले पालनपोषण गर्नको निम्ति सृष्टिका सबै थोक आपूर्ति गरिदिनुभएको कारण मानवजाति अहिलेसम्म जीवित रहेका हुन्। परमेश्वरले विभिन्न तरिकाले मानवजातिको पालनपोषण गर्नुभएको कारणले नै मानवजाति अहिलेको वर्तमान समयसम्म जीवित रहेको हो। जीवित रहनको निम्ति निश्चित अनुकूल वातावरण र प्राकृतिक नियमहरू असल क्रममा भएको कारण, पृथ्वीका सबै किसिमका मानिसहरू, सबै किसिमका जातिहरू तोकिएको क्षेत्रहरूमा जीवित रहन सक्छन्। कोही पनि यी क्षेत्रहरू वा तिनीहरूका बिचमा भएका सीमाहरूबाट बाहिर जान सक्दैन, किनकि तिनलाई तय गर्ने परमेश्वर नै हुनुहुन्छ।
वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ९
परमेश्वर नै मानव अस्तित्वको निम्ति चाहिने सबै भन्दा आधारभूत अवस्थाहरूको सृष्टिकर्ता हुनुहुन्छ, र परमेश्वरले यी थोकहरूको बन्दोबस्त र नियन्त्रण पनि गर्दैहुनुहुन्छ; अहिले पनि मानव अस्तित्वको हजारौँ वर्षपछि तिनीहरूलाई सबैभन्दा राम्रो र सबैभन्दा सुहाउँदो वातावरण दिँदै परमेश्वरले अझ पनि तिनीहरू जिउने वातावरणमा निरन्तर फेर-बदल गर्दै हुनुहुन्छ ताकि तिनीहरूको जीवन नियमित तरिकाले कायम राख्न सकियोस्। यस्तो परिस्थिति कति लामो समयसम्म काय रहन सक्छ? अर्को शब्दमा, परमेश्वरले कहिलेसम्म यस्तो वातावरण निरन्तर उपलब्ध गराउनुहुनेछ? परमेश्वरले आफ्नो व्यवस्थापनको काम पूरा नगरुञ्जेलसम्म यो जारी रहनेछ। त्यसपछि, परमेश्वरले मानवजातिको जिउने वातावरण परिवर्तन गर्नुहुनेछ। परमेश्वरले यी परिवर्तनहरू त्यही विधिहरूद्वारा गर्न सक्नुहुनेछ वा फरक विधिहरूद्वारा गर्न सक्नुहुनेछ, तर अहिले मानिसहरूले जान्नुपर्ने कुरा यही हो कि मानवजातिका आवश्यकताहरूको निम्ति परमेश्वरले निरन्तर उपलब्ध गराइरहनुभएको छ; मानव जिउने वातावरणको व्यवस्थापन गरिरहनुभएको छ; र त्यस वातावरणलाई संरक्षण दिने, सुरक्षा दिने र कायम राख्ने कार्य गर्दै आइरहनुभएको छ। यस्तो वातावरणमा परमेश्वरका चुनिएका मानिसहरू नियमित रूपले जिउन र परमेश्वरको मुक्ति, सजाय र न्याय स्वीकार गर्न सक्षम छन्। परमेश्वरको सार्वभौमिकताको कारण सबै थोक निरन्तर अस्तित्वमा छन् र परमेश्वरबाट आउने यस्तै प्रावधानहरूको कारण सारा मानवजाति निरन्तर अगाडि बढिरहेको छ।
वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ८
परमेश्वरले यो संसारलाई सृष्टि गर्नुभयो र जीवित प्राणी, अर्थात् मानिसलाई त्यस अवस्थामा ल्याउनुभयो, जसलाई उहाँले जीवन दिनुभयो। पछि मानिसको आमाबुबा र नातेदारहरू भए, अनि ऊ एकलो भएन। मानिसले यस भौतिक संसारलाई पहिलो पटक देखेदेखि नै उसलाई परमेश्वरको विधिभित्र रहनलाई निर्धारित गरिएको थियो। परमेश्वरबाट आएको जीवनको सासले नै प्रत्येक जीवित प्राणीहरूलाई वृद्धि गराएर वयस्कमा पुर्याउँछ। यस प्रक्रियामा, मानिस परमेश्वरको हेरचाहमा नै वृद्धि भइरहेको छ भन्ने कसैले महसुस गर्दैन; बरु, मानिस आफ्ना आमाबुबाको प्रेमपूर्ण हेरचाहमा वृद्धि भइरहेको हुन्छ र उसको वृद्धिलाई उसैको सुबुद्धिले निर्देशन गर्छ भन्ने तिनीहरू विश्वास गर्छन्। यस्तो हुन्छ किनभने उसको जीवन कसले दिएको वा यो कहाँबाट आउँछ भन्ने मानिसले जान्दैन, जीवनको अन्तर्निहित शक्तिले कसरी आश्चर्यकर्महरू पैदा गर्छ भन्ने कुरा तै परै जाओस्। उसको जीवनलाई निरन्तरता दिने आधार खाना हो र लगनशीलता नै उसको अस्तित्वको स्रोत हो अनि उसको मनमा भएको आस्थाहरू नै उसको अस्तित्वका जगहरू हुन् भन्ने मात्र उसले जान्दछ। मानिस परमेश्वरको अनुग्रह र ईश्वरीय कृपाबारे पूर्ण रूपमा अन्जान हुन्छ र परमेश्वरले उसलाई दिनुभएको जीवनलाई लापरवाही रूपमा बिताउँछ…। परमेश्वरले दिनरात हेरचाह गर्नुभएको मानवजातिमध्ये एक जनाले पनि उहाँको आराधना गर्न आफैलाई अग्रसर गर्दैन। परमेश्वरले मानिसमा काम मात्रै गरिरहनु हुन्छ, जसको निम्ति आफूले योजना बनाएअनुसार उहाँले कुनै पनि अपेक्षा राख्नुहुन्न। कुनै दिन मानिस उसको सपनाबाट ब्युँझन्छ अनि जीवनको मूल्य र अर्थलाई, उसलाई परमेश्वरले दिनुभएको सबै कुराको निम्ति उहाँले चुकाउनुभएको मूल्य र मानिस उहाँतिर फर्कन्छ भनी उहाँले गर्नुभएको उत्सुकता सहितको प्रतीक्षालाई महसुस गर्नेछ भनी अपेक्षाको साथ परमेश्वरले यसो गर्नुहुन्छ। मानव जीवनको उद्गम र निरन्तरतालाई सञ्चालन गर्ने रहस्यहरूभित्र कसैले नियालेको छैन। यी सबै कुरालाई बुझ्नुहुने परमेश्वरले मात्र चोट र प्रहारलाई चूपचाप सहनुहुन्छ, जुन प्रहार परमेश्वरबाट प्राप्त गरेको हरेक थोकको निम्ति धन्यवादी समेत नहुने मानिसले उहाँलाई दिन्छ। जीवनले ल्याएका कुराहरू मानिसले महत्त्वको ठान्दैन र परमेश्वरलाई मानिसले विश्वासघात गर्छ, बिर्सन्छ र उहाँबाट खोस्छ भन्ने कुरा त “सामान्य नै हो”। के परमेश्वरको योजना यति धेरै महत्त्वको हुन सक्छ? के परमेश्वरको बाहुलीबाट आएको यो जीवित प्राणी अर्थात् मानिस साँच्चै यति धेरै महत्त्वपूर्ण हुन सक्छ? निश्चित रूपमा नै, परमेश्वरको योजना महत्त्वपूर्ण छ; यद्यपि, परमेश्वरको बाहुलीद्वारा सृष्टि गरिएको यो जीवित प्राणी उहाँको योजनाको खातिर मात्र अस्तित्वमा छ। यसकारण, परमेश्वरले यस मनावजातिप्रतिको घृणाको खातिर आफ्नो योजनालाई बर्बाद पार्न सक्नुहुन्न। मानिसको देहको निम्ति होइन तर मानिसको जीवनको निम्ति, उहाँको योजना र उहाँले फुक्नुभएको सासको निम्ति परमेश्वरले सारा कष्टहरू सहनुहुन्छ। मानिसको देहलाई फिर्ता लिनको निम्ति होइन, तर उहाँले फुक्नुभएको सासको निम्ति उहाँले यसो गर्नुहुन्छ। यो नै उहाँको योजना हो।
यस संसारमा आउने सबैले जीवन र मृत्युबाट भएर जानुपर्छ, र तीमध्ये धेरै जना मृत्यु र पुनर्जन्मको चक्रबाट भएर गएका छन्। जो जीवित छन् तिनीहरू चाँडै मर्नेछन्, र मरेकाहरू चाँडै फर्कनेछन्। यी सबै कुरा जीवनको मार्ग हो जुन परमेश्वर आफैले प्रत्येक जीवित प्राणीहरूका लागि प्रबन्ध गर्नुभएको छ। यद्यपि यो मार्ग र चक्र त्यो खास सत्यता हो जुन मानिसले हेरोस् भन्ने परमेश्वर चाहनुहुन्छ: परमेश्वरले मानिसलाई दिनुभएको जीवन असीमित छ, भौतिकता, समय वा स्थानद्वारा बाधा नपुग्ने किसिमको छ। परमेश्वरले मानिसलाई प्रदान गर्नुभएको जीवनको रहस्य यस्तो छ र यो जीवन उहाँबाट नै आएको हो भन्ने कुराको प्रमाण हो। धेरैले जीवन परमेश्वरबाट आएको हो भनी विश्वास नगरे पनि र तिनीहरूले परमेश्वरको अस्तित्वलाई चाहे स्वीकार गरे पनि वा इन्कार गरे पनि मानिसले अनिवार्य रूपमा परमेश्वरबाट आएका कुराहरूको उपभोग गर्दछ। यदि परमेश्वरले एक दिन अचानक हृदय परिवर्तन गर्नुभयो र संसारमा भएका सबै फेरि प्राप्त गर्ने र उहाँले दिनुभएको जीवन फिर्ता लिने इच्छा गर्नुभयो भने कोही पनि रहनेछैन। परमेश्वरले जीवित र निर्जीव सबै कुराहरूको लागि आपूर्ति गर्न आफ्नो जीवन प्रयोग गर्नुहुन्छ, र उहाँको शक्ति र अधिकारको सद्गुणद्वारा सबै थोकलाई असल क्रममा राख्नुहुन्छ। यो त्यस्तो सत्यता हो जुन कसैले पनि कल्पना गर्न वा बुझ्न सक्दैन, र यी बुझ्न नसकिने सत्यताहरू नै परमेश्वरको जीवनशक्तिको प्रकटीकरण र साक्षी हो। अब म तँलाई एउटा रहस्य बताउँछु: परमेश्वरको जीवनको महानता र उहाँको जीवनको शक्ति कुनै पनि प्राणीका लागि बुझ्न नसकिने छ। विगतमा जस्तो थियो अहिले पनि यो त्यस्तै छ, आउने समयमा पनि यो त्यस्तै रहनेछ। मैले बताउने दोस्रो रहस्य यो हो: सृष्टि गरिएका सबै प्राणीका निम्ति जीवनको स्रोत परमेश्वरबाट आउँदछ, चाहे ती रूप वा ढाँचामा जतिसुकै फरक होऊन्। तँ जस्तोसुकै प्रकारको जीवित प्राणी भए पनि तँ परमेश्वरद्वारा तोकिएको जीवन मार्गको विरुद्ध जान सक्दैनस्। जसरी भए पनि, मानिसले यो बुझोस् भन्ने म चाहन्छु: परमेश्वरको वास्ता, सुरक्षा र प्रबन्धविना मानिसले जति नै कोसिस गरे पनि वा जति नै कठिन संघर्ष गरे पनि उसले प्राप्त गर्नुपर्ने ती सबै कुराहरू प्राप्त गर्न सक्दैन। परमेश्वरबाट जीवनको आपूर्ति भएन भने मानिसले जिउनुको महत्त्वको अर्थ र जीवनको अर्थलाई गुमाउँछ। आफ्नो जीवनको मोललाई व्यर्थमा खेर फाल्ने मानिसलाई परमेश्वरले कसरी यस्तो लापरवाह हुने अनुमति दिन सक्नुहुन्छ? मैले पहिले भनेझैँ: परमेश्वर तेरो जीवनको स्रोत हुनुहुन्छ भन्ने कुरालाई नबिर्स। यदि परमेश्वरले दिनुभएका सबै कुराको कदर गर्न मानिसले सकेन भने, परमेश्वरले सुरुमा जे दिनुभयो त्यो मात्र फिर्ता लिनुहुन्न, तर उहाँले मानिसबाट त्यसको क्षतिपूर्ति पनि माग्नुहुन्छ, उहाँले दिनुभएको भन्दा दोबर मूल्यको माग गर्नुहुन्छ।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर मानिसको जीवनको स्रोत हुनुहुन्छ
परमेश्वरको व्यवस्थापनको अस्तित्वदेखि नै, उहाँ सधैँ आफ्नो काम सम्पन्न गर्नको निम्ति पूर्ण रूपमा समर्पित हुँदै आउनुभएको छ। उहाँको व्यक्तित्व मानिसदेखि लुकेता पनि, मानिसमा उहाँको काम गर्दै, उहाँको स्वभाव अभिव्यक्त गर्दै, सारा मानवजातिलाई आफ्नो सारले मार्गनिर्देश गर्दै र हरेक व्यक्तिमा उहाँको शक्ति, उहाँको बुद्धि र उहाँको अधिकारद्वारा आफ्नो काम गर्दै उहाँ सधैँ मानिसको छेउमा रहँदै आउनुभएको छ, यसरी उहाँले व्यवस्थाको युग, अनुग्रहको युग र आजको राज्यको युगलाई अस्तित्वमा ल्याउनुभयो। परमेश्वरले उहाँको व्यक्तित्व मानिसबाट लुकाउनु भएता पनि, उहाँको स्वभाव, उहाँको अस्तित्व र सम्पत्तिहरू र मानवजातिप्रति उहाँको इच्छा मानिसले देख्न र अनुभव गरून् भनेर खुला रूपमा मानिसको सामु प्रकट गरिएका छन्। अर्को शब्दमा, मानवजातिले परमेश्वरलाई देख्न र छुन नसकेता पनि, मानवजातिले सामना गरेको परमेश्वरको स्वभाव र सार पूर्णतया परमेश्वर स्वयम्को अभिव्यक्तिहरू हुन्। के त्यो सत्य होइन? परमेश्वरले उहाँको कामको निम्ति जुनसुकै मार्ग वा तरिकाको प्रयोग गरेता पनि, उहाँले सधैँ आफ्नो साँचो पहिचानका साथ मानिसहरूसँग व्यवहार गर्नुहुन्छ, उहाँले अनिवार्य रूपमा गर्नुपर्ने काम गर्नुहुन्छ र उहाँले भन्नै पर्ने वचनहरू भन्नुहुन्छ। परमेश्वरले जुनसुकै ओहोदाबाट बोल्नुभएता पनि—उहाँ तेस्रो स्वर्गमा खडा भइरहनु भएको हुन सक्छ, वा शरीरमा खडा भइरहनु भएको हुन सक्छ, वा सामान्य व्यक्तिको रूपमा—उहाँ सधैँ आफ्नो सारा हृदय र सारा मनले मानिससँग बोल्नुहुन्छ, कुनै कपट वा गोप्यताविना। उहाँले आफ्नो काम सम्पन्न गर्नुहुँदा परमेश्वरले कुनै पनि किसिमको आरक्षणविना, आफ्नो वचन र आफ्नो स्वभाव अभिव्यक्त गर्नुहुन्छ र उहाँसँग जे छ र उहाँ जे हो भन्ने कुरा अभिव्यक्त गर्नुहुन्छ। उहाँले आफ्नो जीवन, उहाँको अस्तित्व र सम्पत्तिहरूद्वारा मानवजातिलाई मार्गनिर्देश गर्नुहुन्छ।
वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् १
परमेश्वरको व्यवस्थापन कार्य संसारको सृष्टिबाट सुरु भयो, र यो कार्यको केन्द्रविन्दु मानिस नै हो। मानिसकै खातिर परमेश्वरले यावत् थोक सृष्टि गर्नुभयो भनेर भन्न सकिन्छ। उहाँको व्यवस्थापनको कार्य हजारौं वर्षसम्म फैलिने हुँदा, र मिनेट वा सेकेन्डमा, वा आँखाको निमेसमा, वा एक-दुई वर्षमा नगरिने हुँदा, उहाँले मानवजातिको अस्तित्वको लागि आवश्यक धेरै कुराहरूको सृष्टि गर्नुपर्यो, जस्तै सूर्य, चन्द्रमा, सबै किसिमका जीवित प्राणी, खानेकुरा, र बस्न योग्य वातावरण। यो परमेश्वरको व्यवस्थापनको सुरुवात थियो।
त्यसपछि, परमेश्वरले मानवजातिलाई शैतानको हातमा सुम्पनुभयो, अनि मानिस शैतानको राज्य-क्षेत्रमा जियो, जसले बिस्तारै परमेश्वरको कार्यको पहिलो चरणमा लग्यो: व्यवस्थाको युगको कथा…। व्यवस्थाको युगको अवधिको हजारौं वर्षमा, मानवजातिलाई व्यवस्थाको युगको मार्गदर्शनप्रति बानी पर्यो र उसले यसलाई बेवास्ता गर्यो। क्रमिक रूपमा, मानिसले परमेश्वरको हेरचाहलाई छोड्दै गयो। त्यसैले, व्यवस्थालाई पछ्याउने क्रममा, तिनीहरूले मूर्तिहरूलाई पनि पुजे र दुष्ट कार्यहरू गरे। तिनीहरू यहोवाको सुरक्षा विहीन थिए, र तिनीहरूले मन्दिरको वेदी अगाडि मात्रै आफ्नो जीवन जिए। वास्तवमा, परमेश्वरको कार्यले तिनीहरूलाई धेरै पहिले नै छोडिसकेको थियो, र इस्राएलीहरू अझै पनि व्यवस्थामा टाँसिरहेका, र यहोवाको नाम पुकार्ने गरेका साथै, तिनीहरू मात्रै यहोवाका मानिसहरू हुन् र तिनीहरू यहोवाका चुनिएकाहरू हुन् भनेर तिनीहरूले गर्वका साथ विश्वास गर्ने गरेका भए तापनि, परमेश्वरको महिमाले तिनीहरूलाई चुपचाप छोड्यो …
जब परमेश्वरले आफ्नो काम गर्नुहुन्छ, उहाँले चुपचाप एउटा ठाउँलाई छोड्नुहुन्छ र अर्को ठाउँमा उहाँले सुरु गर्नुभएको कार्यलाई शान्तसाथ अघि बढाउनुहुन्छ। कठोर बनेका मानिसहरूका लागि यो उल्लेखनीय देखिन सक्छ। मानिसहरूले सँधै पुरानोलाई मूल्यवान् ठानेर नयाँ, अपरिचित कुराहरूलाई वैमनस्यताको साथ लिने वा तिनलाई घृणित ठान्ने गरेका छन्। त्यसैले, परमेश्वरले जेसुकै नयाँ काम गर्नुभए तापनि, सुरुदेखि अन्त्यसम्मै, यसको बारेमा जान्ने सबै कुराहरूमध्ये मानिस नै अन्तिम हो।
सँधैझैँ, व्यवस्थाको युगमा गरिएको यहोवाको कामपछि, परमेश्वरले दोस्रो चरणको आफ्नो नयाँ काम सुरु गर्नुभयो: देहलाई धारण गरेर—मानिसको रूपमा दश-बीस वर्षसम्म देहधारी हुनुभएर—अनि विश्वासीहरूका बीचमा बोलेर अनि काम गरेर। तैपनि कुनै अपवादविना, कसैले पनि यो थाहा पाएन, अनि प्रभु येशू क्रूसमा किला ठोकिएर पुनरुत्थान हुनुभएपछि थोरै सङ्ख्याका मानिसहरूले मात्रै उहाँ देह बन्नुभएका परमेश्वर हुनुहुन्छ भनेर स्वीकार गरे। … परमेश्वरको कार्यको दोस्रो चरण पूरा हुने बित्तिकै—क्रूसीकरणपछि—मानिसलाई पापबाट पुन: प्राप्ति गर्ने (भन्नुको अर्थ, मानिसलाई शैतानको हातबाट पुन: प्राप्ति गर्ने) परमेश्वरको कार्य पूरा भयो। त्यसकारण, त्यो क्षणदेखि उसो, मानिसले प्रभु येशूलाई मुक्तिदाताको रूपमा स्वीकार गर्नुपर्थ्यो, र उसको पाप क्षमा हुनेथियो। सामान्य रूपमा भन्दा, मानिसले मुक्ति हासिल गर्न र परमेश्वरको अघि आउनको लागि उसको पापहरु त्यस उप्रान्त बाधा बनेन, र यो त्यस उप्रान्त शैतानले मानिसलाई दोष दिने आधार रहेन। त्यो यसैले हो किनभने परमेश्वर स्वयमले वास्तविक काम गर्नुभएको थियो, उहाँ पापी देह जस्तै र त्यसको पूर्वअनुभव बन्नुभएको थियो, र परमेश्वर स्वयम् नै पापबलि हुनुहुन्थ्यो। यसरी, मानिस क्रूसबाट ओर्लियो, र परमेश्वरको देह, अर्थात्, यो पापी देहको स्वरूपद्वारा उद्धार गरियो र मुक्त गरियो। त्यसैले, शैतानद्वारा कैदीको रूपमा लगिएपछि, मानिस परमेश्वरको अघि उहाँको मुक्तिलाई स्वीकार गर्न एक कदम नजिक आयो। अवश्य नै, कार्यको यो चरण व्यवस्थाको युगको परमेश्वरको व्यवस्थापनभन्दा अझै गहन र अझै विकसित थियो।
…………
त्यसपछि राज्यको युग आयो, जुनचाहिँ कामको अझै व्यवहारिक चरण हो, र तैपनि यो मानिसले स्वीकार गर्नको लागि सबैभन्दा कठिन छ। यसको कारण के हो भने, मानिस जति परमेश्वरको नजिक आउँछ, परमेश्वरको लौरो त्यति नै मानिसको नजिक आउँछ, र परमेश्वरको मुहार मानिसको निम्ति त्यति नै स्पष्ट रूपमा प्रकट हुन्छ। मानिसको छुटकारापछि, मानिस आधिकारिक रूपमै परमेश्वरको परिवारमा फर्किन्छ। अहिले नै आनन्द गर्ने समय हो भन्ने मानिसले सोच्यो, तैपनि उसले परमेश्वरको पूर्ण प्रहार पाउँछ, जुन कस्तो छ भन्ने कुरा कसैले पनि पहिले देख्न सकेन: के देखिन्छ भने, यो परमेश्वरका मानिसहरूले “आनन्द” लिनुपर्ने बप्तिस्मा हो। त्यस्तो व्यवहार गरिँदा, मानिसहरूले रोकिएर आफ्नो बारेमा यस्तो विचार गर्ने बाहेक कुनै विकल्प हुँदैन, “म धेरै वर्षसम्म हराएको थुमा हुँ जसलाई खरिद गरेर फर्काउन परमेश्वरले धेरै खर्च गर्नुभयो, त्यसैले परमेश्वरले किन मलाई यस्तो व्यवहार गर्नुहुन्छ? के यो मप्रति हाँस्ने, र मलाई खुलासा गर्ने परमेश्वरको तरिका हो? …” वर्षौं बितेपछि, शोधन र सजायको कष्ट अनुभव गरिसकेपछि, मानिस जीर्ण बनेको छ। मानिसले विगतका समयहरूको “महिमा” र “रोमान्स” लाई गुमाएको भए तापनि, उसले थाहै नपाई, मानव आचरणका सिद्धान्तहरू बुझ्न पुगेको छ, र मानवजातिलाई मुक्त गर्ने परमेश्वरको वर्षौंको लगाबलाई बुझ्न पुगेको छ। मानिसले उसको आफ्नो जङ्गलीपनलाई बिस्तारै घृणा गर्न सुरु गर्छ। ऊ कति असभ्य छ त्यस कुरा, परमेश्वरप्रतिको उसका सबै गलत बुझाइहरू, र उहाँलाई उसले गरेका अनुचित मागहरूलाई उसले घृणा गर्न थाल्छ। समयलाई पछाडि फर्काउन सकिँदैन। विगतका घटनाहरू मानिसका अपसोचपूर्ण यादहरू बन्छन्, र परमेश्वरका वचनहरू र प्रेम मानिसको नयाँ जीवनको प्रेरणा-शक्ति बन्छ। दिन-प्रतिदिन मानिसका घाउहरू निको हुन्छन्, उसको सामर्थ्य फर्की आउछ र … उहाँ सँधै नै उसकै साथमा हुनुहुँदो रहेछ, अनि उहाँको मुस्कान र उहाँको सुन्दर मुहार अझै कति मोहक छ भन्ने पत्ता लगाउन, ऊ खडा भएर सर्वशक्तिमान्को अनुहारमा हेर्छ। उहाँको हृदयले अझै पनि आफूले सृष्टि गरेको मानवजातिप्रति चिन्ता गर्छ, र उहाँका हातहरू प्रारम्भमा जस्ता थिए त्यस्तै न्याना र शक्तिशाली छन्। यो चाहिँ मानिस अदनको बगैंचामा फर्केजस्तै हुन्छ, तैपनि यस पटक मानिसले त्यस उप्रान्त सर्पको बहकाउलाई सुन्दैन र त्यस उप्रान्त यहोवाको नजरबाट फर्कँदैन। मानिस परमेश्वरको अघि घुँडा टेक्छ, परमेश्वरको मुस्कुराइरहेको अनुहारलाई हेर्छ, र उसको सबैभन्दा बहुमूल्य बलिदान चढाउँछ—अहो! हे मेरा प्रभु, मेरा परमेश्वर!
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्वरको व्यवस्थापनको बीचमा मात्रै मुक्त गरिन सकिन्छ
हजारौं वर्ष बितिसकेको छ, र मानवजातिले अझै पनि परमेश्वरले दिनुभएको ज्योति र हावाको आनन्द लिन्छ, परमेश्वर स्वयम्ले फुकिदिनुभएको सासद्वारा सास फेर्छ, परमेश्वरले सृष्टि गर्नुभएका फूल, चराचुरुङ्गी, माछा र कीरा-फट्याङ्ग्रामा रमाउँछ, र परमेश्वरले प्रदान गर्नुभएका सबै थोकमा आनन्द लिन्छ; दिन र रात अझै पनि आउने-जाने क्रम जारी छ; सधैँ झैँ चार ऋतु परिवर्तन भइरहन्छ; आकाशमा उड्ने हांस शिशिरमा बिदा हुन्छन्, तैपनि अर्को वसन्तमा फर्कन्छन्; पानीमा बस्ने माछाले कहिल्यै पनि तिनीहरूको घर, अर्थात् खोलानाला र ताल-तलैयालाई छोड्दैन; ग्रीष्म याममा पृथ्वीका झ्याउँकिरीहरू आफ्नो हृदयबाट गीत गाउँछन्; शरद याममा घाँस-पातभित्रबाट किरकिर गर्ने फट्याङ्ग्रोले बताससँगै समय-समयमा मन्द स्वरमा गुनगुनाउँछ; पानी-हाँसरू बथानमा भेला हुन्छन्, जबकी चीलहरू एकला-एकलै रहन्छन्; सिंहका समूहले सिकार खेलेर आफ्नो पेट पाल्छन्; बाह्रसिङ्गे मृग घाँस-पात र फूलहरूबाट टाढा जाँदैनन्…। सबै थोकका बीचमा रहेका हरेक प्रकारका जीवित प्राणी बिदा हुन्छन् र फर्कन्छन्, त्यसपछि फेरि बिदा हुन्छन्, आँखाको एक निमेसमा करोडौँ परिवर्तन भइरहन्छ—तर परिवर्तन नहुने भनेका तिनीहरूका प्राकृतिक गुण र अस्तित्व सम्बन्धी नियमहरू हुन्। ती परमेश्वरको बन्दोबस्त र पालनपोषणमा जिउँछन्, र कसैले पनि तिनीहरूको प्राकृतिक गुणलाई परिवर्तन गर्न सक्दैन, न त अस्तित्व सम्बन्धी तिनीहरूका नियमहरूलाई नै कसैले बिगार्न सक्छ। सबै थोकको बीचमा जिउने मानवजातिलाई शैतानले भ्रष्ट तुल्याएको र छल गरेको भए तापनि, परमेश्वरले बनाउनुभएको पानीलाई, र परमेश्वरले बनाउनुभएको हावालाई, अनि परमेश्वरले बनाउनुभएको सबै थोकलाई मानिसले अझै त्याग्न सक्दैन, र परमेश्वरले सृष्टि गर्नुभएको यो क्षेत्रमा नै मानिस अझै जिउँछ र वृद्धि हुन्छ। मानवजातिको प्राकृतिक गुण परिवर्तन भएको छैन। मानिसले अझै पनि हेर्नको लागि आफ्नो आँखा, सुन्नको लागि आफ्नो कान, विचार गर्नको लागि आफ्नो मस्तिष्क, बुझ्नको लागि उसको हृदय, हिँड्नको लागि आफ्ना हात-खुट्टा, काम गर्नका लागि आफ्ना हातमा भर पर्छ, र यस्तै इत्यादि; उसले परमेश्वरको बन्दोबस्तलाई स्वीकार गर्न सकोस् भनेर परमेश्वरले मानिसलाई दिनुभएका सबै प्राकृतिक गुणहरू अपरिवर्तित नै रहन्छन्, परमेश्वरसँग मानिसले जुन अङ्गहरूको प्रयोग गरी सहकार्य गर्छ ती परिवर्तन भएका छैनन्, सृष्टि गरिएको प्राणीको रूपमा रहेको कर्तव्य निभाउने मानवजातिको अङ्ग परिवर्तन भएको छैन, मानवजातिका आत्मिक खाँचोहरू परिवर्तन भएका छैनन्, आफ्नो व्युत्पत्ति पत्ता लगाउने मानवजातिको इच्छा परिवर्तन भएको छैन, सृष्टिकर्ताद्वारा मुक्ति पाउने मानवजातिको तृष्णा परिवर्तन भएको छैन। मानवजातिका वर्तमान परिस्थितिहरू यस्तै छन्, जो परमेश्वरको अख्तियारको अधीनमा जिउँछन्, र जसले शैतानद्वारा ल्याइएका खूनी विनाशलाई भोगेको छ। मानवजाति शैतानको दमनमा परेको छ, र ऊ उप्रान्त सृष्टिको प्रारम्भका आदम र हव्वा होइन, तर ज्ञान, कल्पना, धारणाहरू र यस्तै इत्यादि जस्ता परमेश्वरको विरोध गर्ने कुराहरूले भरिएको छ, र भ्रष्ट शैतानी स्वभावले भरिएको छ, तैपनि, परमेश्वरको नजरमा मानवजाति अझै पनि उहाँले सृष्टि गर्नुभएको त्यही मानवजाति नै हो। मानवजातिलाई अझै पनि परमेश्वरले शासन गर्नुहुन्छ र योजनाबद्ध गर्नुहुन्छ, र ऊ परमेश्वरले तय गर्नुभएको मार्गभित्रै अझै जिउँछ, त्यसकारण परमेश्वरको नजरमा, शैतानले भ्रष्ट पारेको मानवजाति भोको पेट, अलिक ढिलो प्रतिक्रिया, पहिलेजस्तो राम्रो स्मरणशक्ति नभएको, र अलिक बूढो अवस्थामा फोहोर-मैलाले ढाकिएको मात्रै छ—तर मानिसका सबै कार्यगत गुण र प्राकृतिक गुणहरूमा कुनै क्षति पुगेको छैन। परमेश्वरले मुक्ति दिने अभिप्राय राख्नुभएको मानवजाति यही नै हो। यो मानवजातिले सृष्टिकर्ताको बोलावटलाई सुन्ने, र सृष्टिकर्ताको आवाजलाई सुन्ने बाहेक केही पनि गर्नु पर्दैन, अनि ऊ खडा हुनेछ र यो आवाज कहाँबाट आयो त्यो पत्ता लगाउन हतार गर्नेछ। यो मानवजातिले सृष्टिकर्ताको रूपलाई हेर्ने बाहेक केही गर्नु पर्दैन, अनि उसले आफैलाई परमेश्वरमा समर्पित गर्नको लागि अरू कसैलाई सुन्नेछैन, र सबैलाई बिर्सनेछ, र उहाँको लागि आफ्नो जीवन समेत दिनेछ। जब मानवजातिका हृदयले सृष्टिकर्ताको हृदयविदारक वचनहरू बुझ्छ, मानवजाति शैतानलाई इन्कार गरेर सृष्टिकर्ताको पक्षमा आउनेछ; जब मानवजातिले आफ्नो शरीरबाट फोहोर-मैला पूर्ण रूपमा धोएको हुन्छ, र फेरि एक पटक सृष्टिकर्ताको बन्दोबस्त र पालनपोषण प्राप्त गरेको हुन्छ, मानवजातिको स्मरण फर्केको हुनेछ, र यस पटक मानवजाति सृष्टिकर्ताको प्रभुत्वमा साँचो रूपमा फर्केको हुनेछ।
वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय १
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।