शैतान पतित स्वर्गदूत हो जसले स्वर्ग, पृथ्वी र यावत् थोक सृष्टि गर्न र परमेश्‍वरको अख्तियारलाई उछिन्न कहिल्यै सक्दैनथ्यो

14 अगस्ट 2021

परमेश्‍वरका प्रासंगिक वचनहरू:

पृथ्वी अस्तित्वमा हुनुभन्दा पहिले, त्यो प्रधान स्‍वर्गदूत स्वर्गका स्वर्गदूतहरूमध्ये सबैभन्दा महान् थियो। स्वर्गका सारा स्वर्गदूतहरूमाथि त्यसको क्षेत्राधिकारथियो; परमेश्‍वरले त्यसलाई प्रदान गर्नुभएको अख्तियार यही नै थियो। परमेश्‍वर बाहेक, स्वर्गका स्वर्गदूतहरूमध्ये यो नै सबैभन्दा महान् थियो। पछि, परमेश्‍वरले मानवजातिलाई सृष्टि गरिसक्‍नुभएपछि, तल पृथ्वीमा त्यस प्रधान स्‍वर्गदूतले परमेश्‍वरको विरुद्धमा अझै ठूलो षड्यन्त्र गर्‍यो। म के भन्छु भने त्यसले मानवजातिलाई व्यवस्थापन गर्न र परमेश्‍वरको अख्तियारलाई नाघ्‍न चाहेकोले त्यसले परमेश्‍वरलाई धोका थियो। हव्‍वालाई परीक्षा गरी पाप गर्न लगाउने त्यही प्रधान स्‍वर्गदूत थियो, र त्यसले त्यसो गर्‍यो किनभनेत्यसले पृथ्वीमा आफ्‍नो राज्य स्थापना गर्न र मानिसहरूले परमेश्‍वरलाई आफ्‍नो पिठ्यूँ फर्काएर उहाँको सट्टा प्रधान स्‍वर्गदूतको आज्ञापालन गर्ने तुल्याउन चाहन्थ्यो। धेरै कुराहरूले त्यसको आज्ञापालन गर्न सक्छन्त्यस—पृथ्वीका मानिसहरूले जस्तै स्वर्गदूतहरूले पनि त्यसो गर्न सक्छन् भन्‍ने त्त्यस प्रधान स्‍वर्गदूतले देख्यो। आदम र हव्‍वाले त्यस प्रधान स्‍वर्गदूतको आज्ञा पालन गर्दा, चराचुरुङ्गी र वनपशुहरू, रूखहरू, जङ्गलहरू, पहाड-पर्वत, खोलानाला, र पृथ्वीमा भएका सबै कुरा मानवजाति, अर्थात् आदम र हव्‍वाको हेरचाहमा थियो। त्यसकारण, त्यस प्रधान स्‍वर्गदूतले परमेश्‍वरको अख्तियारलाई नाघ्‍ने र परमेश्‍वरलाई धोका दिने इच्‍छा गर्‍यो। त्यसपछि, त्यसले धेरै स्वर्गदूतहरूलाई परमेश्‍वरको विरुद्ध विद्रोह गर्न उक्सायो, जो पछि विभिन्‍न प्रकारका अशुद्ध आत्‍माहरू बने। के आजको दिनसम्‍मको मानवजातिको विकास प्रधान स्‍वर्गदूतको भ्रष्टताले नै पैदा गरेको होइन र? मानवजाति आज जस्ता छन् त्यो प्रधान स्‍वर्गदूतले परमेश्‍वरलाई धोका दिएर मानवजातिलाई भ्रष्ट तुल्याएको कारणले गर्दा नै हो। यो चरणबद्ध कार्य मानिसहरूले कल्‍पना गरेजस्तो अमूर्त र सरल छँदै-छैन। शैतानले कुनै कारणले त्यसको धोकालाई अघि बढायो, तैपनि त्यति सरल तथ्यलाई बुझ्‍न मानिसहरू असमर्थ छन्। स्वर्गहरू र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुहुने परमेश्‍वरले किन शैतानलाई पनि सृष्टि गर्नुभयो? परमेश्‍वरले शैतानलाई अत्यन्तै धेरै घृणा गर्नुहुन्छ, र शैतान उहाँको शत्रु हो, त्यसो हुँदा-हुँदै पनि, किन उहाँले शैतानलाई सृष्टि गर्नुभयो? शैतानको सृष्टि गरेर, के उहाँले शत्रुको सृष्टि गर्दै हुनुहुन्‍नथियो र? परमेश्‍वरले वास्तवमा शत्रुको सृष्टि गर्नुभएन; बरु, उहाँले स्वर्गदूत सृष्टि गर्नुभयो, र पछि त्यो स्वर्गदूतले उहाँलाई धोका दियो। त्यसको हैसियत वृद्धि भएर यति महान् भयो कि त्यसले परमेश्‍वरलाई नै धोका दिन चाह्यो। यो संयोग थियो भनेर भन्‍न सकिन्छ, तर यो एउटा अपरिहार्य कुरा पनि थियो। कुनै व्यक्ति निश्‍चित विन्दुसम्‍म परिपक्‍व भइसकेपछि कसरी आखिरमा मर्छ यो त्यस्तै छ; काम-कुराहरू विकास हुँदै त्यो चरणमा पुग्यो।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले सम्पूर्ण मानवजाति वर्तमान दिनसम्म कसरी विकसित भयो भन्ने जान्‍नुपर्छ

स्वर्गदूतहरू विशेष रूपमा कमजोर थिए र बोल्नसक्‍ने कुनै क्षमता तिनीहरूसँग थिएन, त्यसकारण, तिनीहरूलाई अख्तियार दिने बित्तिकै तिनीहरू अहङ्कारी बने। प्रधान स्‍वर्गदूतको हकमा यो विशेष गरी लागू थियो, जसको हैसियत अरू कुनै पनि स्वर्गदूतको भन्दा उच्‍च थियो। स्वर्गदूतहरूका बीचमा राजा भएकोले, त्यसले तिनीहरूमध्ये करोडौँलाई नेतृत्व गरे, र यहोवाको अधीनमा, त्यसको अख्तियार अरू कुनै पनि स्वर्गदूतहरूलाई उछिन्थ्यो। त्यसले यो र त्यो गर्न, अनि संसारलाई नियन्त्रण गर्नको लागि स्वर्गदूतहरूलाई मानिसहरूका बीचमा झार्न चाहन्थ्यो। उहाँ नै ब्रह्माण्डको नियन्त्रण गर्ने हुनुहुन्छ भनेर परमेश्‍वरले भन्‍नुभयो; तर ब्रह्माण्ड नियन्त्रण गर्ने त्यही हो भनेर प्रधान स्‍वर्गदूतले भन्यो—त्यसपछि, प्रधान स्‍वर्गदूतले परमेश्‍वरलाई धोका दियो। परमेश्‍वरले स्वर्गमा अर्को संसारको सृष्टि गर्नुभयो, अनि प्रधान स्‍वर्गदूतले यो संसारलाई नियन्त्रण गर्ने, साथै मरणशील संसारमा ओर्लने इच्‍छा गर्‍यो। के परमेश्‍वरले त्यसलाई यसो गर्न दिनुभयो? तसर्थ, उहाँले प्रधान स्‍वर्गदूतलाई प्रहार गर्नुभयो र त्यसलाई मध्याकाशमा फालिदिनुभयो। त्यसले मानिसहरूलाई भ्रष्ट तुल्याएपछि नै, तिनीहरूलाई मुक्त गर्नको लागि परमेश्‍वरले प्रधान स्‍वर्गदूतसँग युद्ध गर्नुभएको छ; उहाँले यो छ सहस्‍त्राब्दीलाई त्यसको हारको लागि प्रयोग गर्नुभएको छ। सर्वशक्तिमान् परमेश्‍वरसँग सम्‍बन्धित तिमीहरूको अवधारणा परमेश्‍वरले हाल गरिरहनुभएको कामसँग मिल्दैन; यो पूर्णतया अव्यवहारिक, र अत्यन्तै भ्रामक छ! वास्तवमा, प्रधान स्‍वर्गदूतको धोकापछि मात्रै परमेश्‍वरले त्यसलाई आफ्‍नो शत्रुको रूपमा घोषणा गर्नुभयो। त्यसको धोकाको कारणले गर्दा मात्रै प्रधान स्‍वर्गदूत भौतिक संसारमा आइपुगेपछि त्यसले मानवजातिलाई आघात पुर्यायो, अनि यही कारणले गर्दा नै मानवजाति यस विन्दुसम्‍म विकास भइआएको छ। त्यो घटना घटेपछि, परमेश्‍वरले शैतानसँग शपथ खानुभयो, “म तँलाई पराजित गर्नेछु र मैले सृष्टि गरेको सारा मानवलाई मुक्ति दिनेछु।” सुरुमा अविश्‍वस्त, शैतानले उत्तर दियो, “तपाईंले साँच्‍चै मलाई के गर्न सक्‍नुहुन्छ? के तपाईंले मलाई प्रहार गरेर मध्याकाशमा झार्न सक्‍नुहुन्छ? तपाईंले मलाई साँच्‍चै पराजित गर्नुहुन्छ?” परमेश्‍वरले त्यसलाई मध्याकाशमा झारिसक्‍नुभएपछि, उहाँले त्यसप्रधान स्‍वर्गदूतलाई थप कुनै ध्यान दिनुभएन, र पछि शैतानको निरन्तर वाधाहरूका बाबजुद पनि उहाँले मानवजातिलाई मुक्त गर्नर आफ्‍नो कामलाई अगि बढाउन सुरु गर्नुभयो। शैतानले यो र त्यो गर्न सक्यो, तर यो सबै परमेश्‍वरले पहिले त्यसलाई दिनुभएको शक्तिको कारणले गर्दा थियो; त्यसले यी कुराहरूलाई आफूसँग मध्याकाशमा लिएर गयो, अनि आजको दिनसम्‍मै राखेको छ। प्रधान स्‍वर्गदूतलाई प्रहार गरेर मध्याकाशमा झार्ने क्रममा, परमेश्‍वरले त्यसको अख्तियार फिर्ता लिनुभएन, र त्यसैले शैतानले मानवजातिलाई निरन्तर रूपमा भ्रष्ट तुल्यायो। अर्कोतर्फ, सृष्टिपछि तुरुन्तै शैतानले भ्रष्ट तुल्याएको मानवजातिलाई मुक्त गर्नेकाम परमेश्‍वरले सुरु गरिहाल्‍नुभयो। स्वर्गमा हुँदा परमेश्‍वरले आफ्‍ना कार्यहरू प्रकट गर्नुभएन; तैपनि, पृथ्वीको सृष्टि गर्नुभन्दा पहिले, उहाँले सृष्टि गर्नुभएका संसारका मानिसहरूलाई स्वर्गमा उहाँका कार्यहरूदेख्ने अनुमति दिनुभयो, यसरीउहाँले यी मानिसहरूलाई माथि स्वर्गमा अगुवाइ गर्नुभयो। उहाँले तिनीहरूलाई बुद्धि र बौद्धिक क्षमता दिनुभयो, अनि ती मानिसहरूलाई त्यससंसारमा जिउन अगुवाइ गर्नुभयो। स्वाभाविक रूपमै, तिमीहरू कसैले पनि यसभन्दा अघि यसको बारेमा कहिल्यै सुनेका छैनौ। पछि, परमेश्‍वरले मानिसहरूलाई सृष्टि गरिसक्‍नुभएपछि, प्रधान स्‍वर्गदूतले तिनीहरूलाई भ्रष्ट तुल्याउन थाल्यो; पृथ्वीमा, सारा मानवजाति अस्तव्यस्ततामा फस्यो। त्यसपछि मात्रै परमेश्‍वरले शैतान विरुद्धको आफ्‍नो युद्ध सुरु गर्नुभयो, अनि यस पटक मात्रै मानिसहरूले उहाँका कार्यहरू देख्‍न थाले। प्रारम्‍भमा, त्यस्ता कार्यहरूलाई मानवजातिबाट लुकाइएको थियो। शैतानलाई मध्याकाशमा झारिएपछि, त्यसले आफ्‍नै काम-कुराहरू गर्‍यो अनि शैतानको विरुद्धमा निरन्तर युद्ध गर्दै, परमेश्‍वरले आखिरी दिनहरूसम्‍मै आफ्‍नो कामलाई जारी राख्‍नुभयो। शैतानलाई नष्ट गर्नुपर्ने समय अहिले नै हो। सुरुमा, परमेश्‍वरले त्यसलाई अख्तियार दिनुभयो, र उहाँले पछि त्यसलाई प्रहार गरेर मध्याकाशमा झार्नुभयो, तैपनि यो विद्रोही नै रह्यो। त्यसपछि, त्यसले पृथ्वीमा मानवजातिलाई भ्रष्ट तुल्यायो, तर परमेश्‍वर त्यहीँ नै मानवजातिलाई व्यवस्थापन गर्दै हुनुहुन्थ्यो। परमेश्‍वरले शैतानलाई हराउनको लागि उहाँले मानिसहरूको व्यवस्थापनको प्रयोग गर्नुहुन्छ। मानिसहरूलाई भ्रष्ट तुल्याएर, शैतानले तिनीहरूको भविष्यलाई समाप्त गर्छ र परमेश्‍वरको कार्यमा वाधा दिन्छ। अर्कोतर्फ, मानवजातिको मुक्ति नै परमेश्‍वरको कार्य हो। परमेश्‍वरको कामको कुन चरण मानवजातिलाई मुक्त गर्नको लागि होइन? कुन चरण मानवजातिलाई धुनको लागि, र तिनीहरूलाई धर्मी रूपमा व्यवहार गर्ने र प्रेम गर्न सकिनेहरूको प्रतिरूपमा जिउने तुल्याउनको लागि होइन? तैपनि, शैतानले यसो गर्दैन। त्यसले मानवजातिलाई भ्रष्ट तुल्याउँछ; त्यसले मानवजातिलाई भ्रष्ट तुल्याउने त्यसको काम सम्पूर्ण ब्रह्माण्डभरि नै निरन्तर रूपमा जारी राख्छ। अवश्‍य नै, परमेश्‍वरले पनि शैतानलाई कुनै ध्यान नै नदिइकन आफ्‍नो काम गर्नुहुन्छ। शैतानसँग जति नै धेरै अख्‍तियार भए तापनि, त्यो अख्तियार परमेश्‍वरले नै त्त्यसलाई दिनुभएको थियो; परमेश्‍वरले आफ्‍नो सम्पूर्ण अख्तियार त्त्यसलाई दिनुभएन, त्यसकारण शैतानले जेसुकै गरे तापनि, त्यसले परमेश्‍वरलाई कहिल्यै उछिन्नसक्दैन र यो सधैँ नै परमेश्‍वरको पकडभित्रै हुनेछ। स्वर्गमा हुँदा परमेश्‍वरले आफ्‍नो कुनै पनि कार्य प्रकट गर्नुभएन। उहाँले शैतानलाई अख्तियारको सानो भाग मात्रै दिएर त्यसलाई अरू स्वर्गदूतहरूमाथि नियन्त्रण अभ्यास गर्न दिनुभयो। त्यसकारण, शैतानले जेसुकै गरे तापनि, त्यसले परमेश्‍वरको अख्‍तियारलाई उछिन्न सक्दैन, किनभने परमेश्‍वरले त्यसलाई सुरुमा दिनुभएको अख्तियार सीमित छ। परमेश्‍वरले काम गर्नुहुँदा, शैतानले वाधा दिन्छ। आखिरी दिनहरूमा, त्यसका अवरोधहरू समाप्त हुनेछन्; त्यसरी नै, परमेश्‍वरको कार्य पनि समाप्त हुनेछ, अनि परमेश्‍वरले जुन प्रकारका मानिसहरूलाई पूर्ण बनाउन चाहनुहुन्छ तिनीहरू पनि पूर्ण हुनेछन्। परमेश्‍वरले मानिसहरूलाई सकारात्मक रूपमा निर्देशित गर्नुहुन्छ; उहाँको जीवन जिउँदो पानी हो, जुन नाप्‍न नसकिने र सीमारहित छ। शैतानले मानिसलाई निश्‍चित हदसम्‍म भ्रष्ट तुल्याएको छ; अन्त्यमा, जीवनको जिउँदो पानीले मानिसलाई पूर्ण बनाउनेछ, अनि हस्तक्षेप गर्नु र त्यसको काम गर्नु शैतानको लागि असम्‍भव हुनेछ। यसरी, परमेश्‍वरले यी मानिसहरूलाई पूर्ण रूपमा प्राप्त गर्न सक्‍नुहुनेछ। अहिले समेत, शैतानले यो स्वीकार गर्न मान्दैन; त्यसले निरन्तर रूपमा आफैलाई परमेश्‍वरको विरुद्धमा खडा गर्छ, तर उहाँले त्यसलाई कुनै ध्यान दिनुहुन्‍न। परमेश्‍वरले भन्‍नुभएको छ, “शैतानका सारा अन्धकारका शक्तिहरू र सारा अन्धकारका प्रभावहरूमथि म विजय हुनेछु।” अहिले देहमा गरिनुपर्ने काम यही नै हो, र देह बन्‍ने कार्यलाई महत्त्वपूर्ण तुल्याउने पनि यही नै हो: अर्थात्, आखिरी दिनहरूमा शैतानलाई हराउने कामको चरण पूरा गर्नु, अनि शैतानको स्वामित्वमा रहेका सबै कुरालाई हटाउनु। शैतानमाथिको परमेश्‍वरको विजय अपरिहार्य छ! वास्तवमा, शैतान धेरै पहिले नै असफल भइसक्यो। जब ठूलो रातो अजिङ्गरको देशभरि सुसमाचार फैलन सुरु भयो—अर्थात्, जब देहधारी परमेश्‍वरले आफ्‍नो काम सुरु गर्नुभयो र यो काम अघि बढ्यो—तब शैतान पूर्ण रूपमा पराजित भयो, किनभने देहधारणको खास उद्देश्य नै शैतानलाई जित्‍नु थियो। परमेश्‍वर फेरि पनि देह बन्‍नुभएको छ र कुनै पनि शक्तिले रोक्‍न नसक्‍ने आफ्‍नो काम उहाँले सुरु गर्नुभएको छ भन्‍ने थाहा पाउने बित्तिकै, शैतान यो कामको अघि हक्‍का न बक्‍क बन्यो, अनि थप कुनै पनि दुष्कर्म गर्ने आँट गरेन। सुरुमा शैतानले पनि प्रशस्तै बुद्धि प्राप्त गरेको छु भन्‍ने ठान्यो, अनि त्यसले परमेश्‍वरको कार्यमा वाधा दियो र सतायो; तैपनि, परमेश्‍वर फेरि देह बन्‍नुहुनेछ, वा उहाँको काममा, परमेश्‍वरले शैतानको विद्रोहीपनलाई मानवजातिको लागि प्रकाश र न्यायको रूपमा प्रयोग गर्नुहुनेछ, जसद्वारा उहाँले मानिसहरूलाई विजय गर्नुहुनेछ र शैतानलाई हराउनुहुनेछ भन्‍ने अपेक्षा त्यसले गरेको थिएन। परमेश्‍वर शैतानभन्दा बुद्धिमानी हुनुहुन्छ, र उहाँको कामले त्यसलाई अत्यन्तै बढी मात्रामा उछिन्छ। त्यसकारण, मैले यसभन्दा अघि उल्‍लेख गरेझैँ, “मैले गर्ने काम शैतानको चालहरूको प्रतिक्रियामा गरिन्छ; अन्त्यमा, म मेरो सर्वशक्तिमान्‌ता र शैतानको शक्तिहीनतालाई प्रकट गर्नेछु।” परमेश्‍वरले अग्रस्थानमा आफ्‍नो काम गर्नुहुन्छ, तर आखिरमा, नष्ट भइञ्‍जेलसम्‍म शैतान पछि-पछि दगुर्छ—त्यसलाई केले प्रहार गर्‍यो त्यो पनि त्यसलाई थाहा हुनेछैन! त्यसलाई पहिले नै प्रहार गरेर चकनाचूर पारिसकिएपछि मात्रै त्यसले सत्यतालाई महसुस गर्नेछ, र त्यो बेलासम्‍म, यो पहिले नै आगोको कुण्डमा परिसकेको हुनेछ। के त्यसबेला यो पूर्ण रूपमा विश्‍वस्त हुनेछैन र? किनभने त्यसपछि शैतानसँग प्रयोग गर्ने कुनै पनि युक्ति हुनेछैन!

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले सम्पूर्ण मानवजाति वर्तमान दिनसम्म कसरी विकसित भयो भन्ने जान्‍नुपर्छ

शैतानको विशेष पहिचानले गर्दा धेरै मानिसहरूलाई विभिन्‍न पक्षहरूको प्रकटीकरणमा बलियो रुचि प्रदर्शन गर्ने तुल्याएको छ। परमेश्‍वरजस्तै शैतानमा पनि अख्‍तियार छ, किनभने शैतानले पनि आश्‍चर्यकर्महरू देखाउन सक्छ, र मानवजातिको लागि असम्‍भव रहेका कुराहरू गर्न सक्छ भनी विश्‍वास गर्ने धेरै मूर्ख मानिसहरू समेत छन्। त्यसैले, परमेश्‍वरलाई आराधना गर्ने बाहेक, मानिसले आफ्‍नो हृदयमा शैतानको लागि पनि ठाउँ साँचेर राख्छ, र शैतानलाई परमेश्‍वरको रूपमा आराधना समेत गर्छ। यी मानिसहरू दयनीय र घृणास्पद दुवै छन्। तिनीहरूको अज्ञानताको कारण तिनीहरू दयनीय छन्, र तिनीहरूको विधर्म र अन्तर्निहित दुष्ट सारको कारण तिनीहरू घृणास्पद छन्। यस विन्दुमा, तिमीहरूलाई अख्‍तियार भनेको के हो, यो केको प्रतीक हो, र यसले केलाई प्रतिनिधित्व गर्छ सो बारेमा जानकारी दिनु अत्यावश्यक छ भन्‍ने मलाई लाग्छ। वृहत् रूपमा भन्दा, परमेश्‍वर स्वयम्‌ नै अख्‍तियार हुनुहुन्छ, उहाँको अख्‍तियार परमेश्‍वरको सर्वोच्‍चता र सारको प्रतीक हो, र परमेश्‍वर स्वयम्को अख्तियारले परमेश्‍वरको हैसियत र पहिचानलाई प्रतिनिधित्व गर्छ। यसो हुनाले, के शैतानले त्यो आफै परमेश्‍वर हो भनेर भन्‍ने आँट गर्छ? के शैतानले त्यसले नै सबै थोक सृष्टि गरेको हो, र सबै थोकमाथि त्यसको सार्वभौमिकता छ भनेर भन्‍ने आँट गर्छ? अवश्य यसले त्यसो भन्दैन! किनभने यसले सबै थोक सृष्टि गर्न सक्दैन; अहिलेको मितिसम्‍म, परमेश्‍वरले सृष्टि गर्नुभएको कुनै पनि थोक यसले बनाएको छैन, र जीवन भएको कुनै पनि कुरा सृष्टि गरेको छैन। त्योसँग परमेश्‍वरको अख्तियार नभएको हुनाले, त्यसमा परमेश्‍वरको हैसियत र पहिचान हुनु कहिल्यै सम्‍भव हुन सक्दैन, र यसलाई त्यसकै सारले निर्धारित गर्छ। के त्योसँग परमेश्‍वरको जस्तै शक्ति छ? अवश्य त्यसमा त्यस्तो शक्ति छैन! शैतानले गरेका कार्यहरूलाई, र शैतानले प्रदर्शन गरेका आश्‍चर्यकर्महरूलाई हामी के भन्छौं? के यो शक्ति हो? के यसलाई अख्‍तियार भनेर भन्‍न सकिन्छ? अवश्य सकिँदैन! शैतानले दुष्टताको छाललाई निर्देशित गर्छ, र परमेश्‍वरको कार्यका हरेक पक्षलाई बिथोल्‍ने, बिगार्ने, र बाधा दिने गर्छ। विगतका हजारौं वर्षदेखि, मानवजातिलाई भ्रष्ट तुल्याउने र दुर्व्यवहार गर्ने, र मानिस मृत्युको छायाको घाटीतर्फ हिँडोस् भनेर मानिसलाई प्रलोभनमा पर्ने र छल गर्ने गरेर भ्रष्टता र परमेश्‍वरलाई इन्कार गर्ने कार्यमा लगाउने बाहेक, के शैतानले त्यस्तो केही गरेको छ जसको लागि मानिसले त्यसलाई अलिकति समेत स्मरण गर्नु, तारिफ गर्नु, वा कदर गर्नु योग्य छ? यदि शैतानसँग अख्‍तियार र शक्ति भएको भए, के मानवजातिलाई यसद्वारा भ्रष्ट तुल्याइएको हुनेथियो? यदि शैतानसँग अख्‍तियार र शक्ति भएको भए, के मानवजातिलाई यसद्वारा हानी गरिएको हुनेथियो? यदि शैतानसँग शक्ति र अख्तियार भएको भए, के मानवजाति परमेश्‍वरलाई त्यागेर मृत्युको शरण परेको हुनेथियो? शैतानसँग कुनै अख्‍तियार वा शक्ति नभएको हुनाले, त्यसले गर्ने सबै कुराको सारको बारेमा हामीले के निष्कर्ष निकाल्‍नुपर्छ? शैतानले गर्ने सबै कुरा छल मात्रै हुन् भनेर परिभाषित गर्नेहरू पनि छन्, तैपनि त्यस्तो परिभाषा त्यति उपयुक्त छैन भन्‍ने मलाई विश्‍वास छ। के मानवजातिलाई भ्रष्ट तुल्याउने त्यसका दुष्ट कार्यहरू छल मात्रै हुन् त? अय्यूबलाई दुर्व्यवहार गर्नको लागि शैतानले प्रयोग गरेको दुष्टताको शक्ति, र तिनलाई दुर्व्यवहार गर्ने र तिनलाई निल्ने त्यसको तीव्र इच्‍छालाई छलद्वारा मात्रै हासिल गर्न सकिँदैन। फर्केर हेर्दा, पहाड-पर्वतभरि टाढा-टाढासम्‍म छरपष्ट भएका अय्यूबका बथान र बगालहरू एकै क्षणमा विलय भएका थिए; एकै क्षणमा, अय्यूबको भाग्य हराएर गयो। के त्यसलाई छलले मात्रै हासिल गर्न सकियो? शैतानले गर्ने सबै कुराको प्रकृति बिगार्ने, बिथोल्‍ने, नष्ट गर्ने, हानी गर्ने, दुष्टता, दुर्भावना, र अन्धकार जस्ता नकरात्मक शब्‍दहरूसँग सम्‍बन्धित छन् र तीसँग मिल्छन्, त्यसकारण घट्ने सबै अधार्मिकता र दुष्ट घटनाहरू अपरिहार्य रूपमा नै शैतानका कार्यहरूसँग जोडिएका हुन्छन्, र त्यसलाई शैतानको दुष्ट सारबाट अलग गर्न सकिँदैन। शैतान जति नै “शक्तिशाली” भए तापनि, त्यो जति नै दुस्साहसी र महत्त्वाकांक्षी भए तापनि, हानी पुर्याउने यसकोक्षमता जति नै ठूलो भए पनि, त्यसले मानिसलाई भ्रष्ट तुल्याउने र प्रलोभनमा पार्ने उपायहरू जति नै धेरै भए पनि, त्यसले मानिसलाई विचलित बनाउने त्यसका चलाकी र युक्तिहरू जति नै चतुर भए तापनि, यो जति परिवर्तनीय स्वरूपमा अस्तित्वमा रहे तापनि, यसले एउटै जीवित प्राणीलाई सृष्टि गर्न कहिल्यै सकेको छैन, सबै थोकको अस्तित्वको लागि व्यवस्था वा नियमहरू कहिल्यै निर्माण गर्न सकेको छैन, र सजीव होस् वा निर्जीव होस् त्यसले कुनै पनि वस्तुलाई शासन गर्न र नियन्त्रण गर्न कहिल्यै सकेको छैन। आकाशमण्डल र वायुमण्डलमा, त्योबाट जन्‍मेको वा त्यसको कारणले अस्तित्वमा रहेको एक जना व्यक्ति वा थोक छैन; त्यसद्वारा शासन गरिएको, वा त्यसद्वारा नियन्त्रण गरिएको एउटै व्यक्ति वा वस्तु छैन। यसको विपरीत, त्यो परमेश्‍वरको प्रभुत्वमा जिउनु पर्ने मात्रै होइन, तर, त्योभन्दा पनि बढी, त्यसले परमेश्‍वरका सबै आदेश र आज्ञाहरूलाई पालन गर्नैपर्छ। परमेश्‍वरको अनुमतिविना, भूमिमा पानीको थोपा वा बालुवाको कण छुनु समेत शैतानको लागि कठिन हुन्छ; परमेश्‍वरको अनुमतिविना, शैतानसँग भूमिको कमिलोलाई हल्‍लाउने स्वतन्त्रता समेत छैन, परमेश्‍वरले सृष्टि गर्नुभएको मानवजातिलाई छुने कुरा त परै जाओस्। परमेश्‍वरको नजरमा, शैतान पहाडका लिली फूल, आकाशमा उड्ने चराचुरुङ्गी, समुद्रका माछा, र पृथ्वीका कीराभन्दा सानो छ। सबै थोकको बीचमा रहेको त्यसको भूमिका भनेको सबै थोकको सेवा गर्नु, र मानवजातिको लागि काम गर्नु, अनि परमेश्‍वरको काम र उहाँको व्यवस्थापन योजनामा सेवा गर्नु हो। त्यसको प्रकृति जस्तोसुकै दुर्भावनापूर्ण भए तापनि, र त्यसको सार जति नै दुष्ट भए तापनि, त्यसले गर्न सक्‍ने एउटै मात्र कुरा भनेको त्यसको कार्यगत गुणलाई कर्तव्यनिष्ठा भई पालन गर्नु हो: परमेश्‍वरको सेवामा हुनु, र परमेश्‍वरको लागि भिन्‍नताधार प्रदान गर्नु। शैतानको सार र स्थान यही नै हो। त्यसको सार जीवनसँग जोडिएको छैन, शक्तिसँग जोडिएको छैन, अख्‍तियारसँग जोडिएको छैन; त्यो परमेश्‍वरको सेवा गर्ने मेसिनजस्तै परमेश्‍वरको हातमा खेलिरहेको हुन्छ!

वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

शैतानले परमेश्‍वरको अख्‍तियार भङ्ग गर्ने आँट कहिल्यै गरेको छैन, यति मात्र होइन, परमेश्‍वरका आदेशहरू र निश्‍चित आज्ञाहरूलाई सधैँ ध्यान दिएर सुनेको र पालन गरेको छ, र तिनलाई उल्‍लङ्घन गर्ने कहिल्यै आँट गरेको छैन, र अवश्य नै, परमेश्‍वरका कुनै पनि आज्ञाहरूलाई स्वतन्त्र रूपमा परिवर्तन गर्ने आँट गरेको छैन। परमेश्‍वरले शैतानको लागि तय गर्नुभएका सीमितताहरू यिनै थिए, त्यसकारण शैतानले यी सीमितताहरूलाई नाघ्‍ने आँट कहिल्यै गरेन। के यो परमेश्‍वरको अख्तियारको सामर्थ्य होइन र? के यो परमेश्‍वरको अख्तियारको साक्षी होइन र? परमेश्‍वरप्रति कस्तो व्यवहार गर्ने र परमेश्‍वरप्रति कस्तो दृष्टिकोण राख्ने भन्‍ने बारेमा मानवजातिलाई भन्दा शैतानलाई अझै बढी स्पष्ट रूपमा थाहा छ, त्यसकारण, आत्मिक संसारमा, शैतानले परमेश्‍वरको हैसियत र अख्‍तियारलाई स्पष्ट रूपमा देख्छ, र त्यसमा परमेश्‍वरको अख्तियारको सामर्थ्य र उहाँको अख्तियार प्रयोगको पछाडि रहेका सिद्धान्तहरूका बारेमा गहन कदर छ। यसले तिनलाई बेवास्ता गर्ने आँट गर्दै-गर्दैन, न त तिनलाई कुनै पनि हालतमा उल्‍लङ्घन गर्ने, वा परमेश्‍वरको अख्‍तियारलाई भङ्ग गर्ने कुनै काम गर्ने आँट नै गर्छ, र त्यसले कुनै पनि हालतमा परमेश्‍वरको क्रोधलाई चुनौती दिने आँट गर्दैन। त्यो प्रकृतिमा दुष्ट र अहङ्कारी भए तापनि, परमेश्‍वरले त्यसको लागि तय गर्नुभएका परिधि र सीमाहरूलाई नाघ्‍ने आँट शैतानले कहिल्यै गरेको छैन। करोडौँ वर्षसम्‍म, यसले यी परिधिहरूलाई कडाइको साथ पालन गरेको छ, परमेश्‍वरले त्यसलाई दिनुभएको हरेक आज्ञा र आदेशलाई पालन गरेको छ, र घेरालाई नाघ्‍ने आँट कहिल्यै गरेको छैन। यो दुर्भावनापूर्ण भए तापनि, शैतान भ्रष्ट मानवजातिभन्दा निकै बुद्धिमानी छ; त्यसलाई सृष्टिकर्ताको पहिचान थाहा छ, र त्यसका आफ्‍नै सीमाहरू थाहा छ। शैतानको “समर्पित” कार्यहरूबाट के देख्‍न सकिन्छ भने, परमेश्‍वरको अख्‍तियार र शक्ति स्वर्गीय अध्यादेशहरू हुन् जसलाई शैतानले नाघ्‍न सक्दैन, र परमेश्‍वरको अद्वितीयपन र अख्‍तियारकै कारणले सबै थोक सुव्यवस्थित रूपमा परिवर्तन हुन्छन् र वृद्धि हुन्छन्, परमेश्‍वरले स्थापना गर्नुभएको मार्गभित्र रही मानवजाति जिउन र वृद्धि हुन सक्छ, यो आदेशलाई परेशान गर्ने कुनै व्यक्ति वा वस्तु छैन, र यो नियमलाई परिवर्तन गर्न सक्‍ने कुनै व्यक्ति वा वस्तु छैन—किनभने तिनीहरू सबै सृष्टिकर्ताको हातबाट, र सृष्टिकर्ताको आदेश र अख्‍तियारबाट आउँछन्।

वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

शैतानले अय्यूबमाथि लोभी नजरले हरेको भए तापनि, परमेश्‍वरको अनुमतिविना त्यसले अय्यूबको शरीरको एउटा रौँ समेत छुने आँट गरेन। शैतान अन्तर्निहित रूपमा दुष्ट र निर्दयी भए तापनि, परमेश्‍वरले त्यसको लागि उहाँको आदेश जारी गरिसक्‍नुभएपछि, परमेश्‍वरको आज्ञालाई पालना गर्ने बाहेक त्योसँग केही विकल्‍प थिएन। यसरी, जब त्यो अय्यूबकहाँ आयो त्यो भेडाको बीचमा ब्‍वाँसो झैँ अनियन्त्रित भएको भए तापनि, परमेश्‍वरले त्यसको निम्ति तोकिदिनुभएका सीमितताहरूलाई बिर्सने आँट त्यसले गरेन, परमेश्‍वरका आदेशहरूलाई उल्‍लङ्घन गर्ने आँट गरेन, र त्यसले गरेको सबै कुरामा, शैतानले परमेश्‍वरका वचनहरूका सिद्धान्त र सीमितताहरूबाट दायाँ-बायाँ गर्ने आँट गरेन—के यो तथ्य होइन र? यसबाट के देख्‍न सकिन्छ भने शैतानले यहोवा परमेश्‍वरका कुनै पनि वचनहरूलाई अवहेलना गर्ने आँट गर्दैन। शैतानको लागि, परमेश्‍वरको मुखबाट निस्केको हरेक वचन आदेश र स्वर्गीय कानुन, परमेश्‍वरको अख्तियारको अभिव्यक्ति हो—किनभने परमेश्‍वरको वचनको पछाडि परमेश्‍वरका आदेशहरूलाई उल्‍लङ्घन गर्नेहरू, र स्वर्गीय कानुनहरूलाई अवज्ञा गर्ने र विरोध गर्नेहरूलाई दिइने परमेश्‍वरका दण्डहरू इंगित गरिएको हुन्छ। यदि त्यसले परमेश्‍वरका आदेशहरू उल्‍लङ्घन गर्‍यो भने, परमेश्‍वरको अख्‍तियारलाई नाघेको र स्वर्गीय नियमहरूलाई विरोध गरेको परिणामहरूलाई त्यसले स्वीकार गर्नैपर्छ भन्‍ने कुरा शैतानलाई स्पष्टै थाहा छ। यी परिणामहरू आखिर के-के हुन् त? अवश्य नै, ती परमेश्‍वरले त्यसलाई दिनुहुने दण्ड हुन्। अय्यूबप्रति शैतानले गरेका कार्यहरू त्यसले मानिसलाई कति भ्रष्ट तुल्याएको छ भन्‍ने कुराको सानो टुक्रा मात्रै थियो, र जब शैतानले यी कार्यहरू गरिरहेका थिए, परमेश्‍वरले शैतानको लागि तय गर्नुभएका सीमितताहरू र उहाँले जारी गर्नुभएका आदेशहरू त्यसले गर्ने सबै कुराको पछाडिका सिद्धान्तहरूको सानो टुक्रा मात्रै थियो। यसको साथै, यस विषयमा शैतानको भूमिका र स्थान परमेश्‍वरको व्यवस्थापनको कार्यमा रहेको त्यसको भूमिका र स्थानको सानो भाग मात्रै थियो, र अय्यूबलाई परीक्षा गर्ने क्रममा शैतानले गरेको परमेश्‍वरको पूर्ण आज्ञापालन परमेश्‍वरको व्यवस्थापन कार्यमा कसरी शैतानले परमेश्‍वरलाई अलिकति विरोध गर्ने आँट पनि गरेन त्यसको सानो भाग मात्रै थियो। यी साना भागहरूले तिमीहरूलाई के चेतावनी दिन्छ? शैतान लगायत सबै थोकको बीचमा, सृष्टिकर्ताले तय गर्नुभएका स्वर्गीय नियम र अध्यादेशहरूलाई उल्‍लङ्घन गर्न सक्‍ने कुनै व्यक्ति वा थोक छैन, र यी स्वर्गीय नियम र अध्यादेशहरूलाई उल्‍लङ्घन गर्ने आँट कुनै व्यक्ति वा थोकले गर्दैन, किनभने तिनलाई अवज्ञा गर्नेहरूलाई सृष्टिकर्ताले दिनुहुने दण्डलाई कुनै व्यक्ति वा थोकले परिवर्तन गर्न वा त्यसबाट उम्‍कन सक्दैन। सृष्टिकर्ताले मात्रै स्वर्गीय नियम र अध्यादेशहरू जारी गर्न सक्‍नुहुन्छ, तिनलाई लागू गर्ने शक्ति सृष्टिकर्तासँग मात्रै छ, र सृष्टिकर्ताको शक्तिलाई मात्रै कुनै व्यक्ति वा थोकले भङ्ग गर्न सक्दैन। सृष्टिकर्ताको अद्वितीय अख्‍तियार यही नै हो, र यो अख्‍तियार सबै थोकको बीचमा सबैभन्दा सर्वोच्‍च छ, त्यसकारण “परमेश्‍वर सबैभन्दा महान् हुनुहुन्छ र दोस्रो नम्बरमा शैतान छ” भनेर भन्‍नु असम्‍भव छ। अद्वितीय अख्तियार निहित भएको सृष्टिकर्ता बाहेक, अरू कुनै परमेश्‍वर छैन!

वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

शैतानका सीप र क्षमताहरू मानिसको भन्दा ठूलो भए तापनि, त्यसले मानिसले गर्न नसक्‍ने कुराहरू गर्न सक्‍ने भए तापनि, चाहे तैँले शैतानले जे गर्छ त्यसको ईर्ष्या वा चाहना गरे पनि, चाहे यी कुराहरूलाई तैँले मन नपराउने वा घृणा गर्ने भए पनि, चाहे तँ तिनलाई देख्‍न सक्‍ने भए पनि नभए पनि, र चाहे शैतानले जति नै धेरै हासिल गर्न सके पनि, वा त्यसले जति मानिसलाई त्यसको आराधना गर्न र प्रतिष्ठित गर्न लगाउन छल गर्न सके पनि, र चाहे तैँले त्यसलाई जे-जसरी परिभाषित गरे पनि, तैँले त्यससँग परमेश्‍वरको अख्‍तियार र शक्ति छ भनेर सम्भवत भन्‍न सक्दैनस्। तँलाई थाहा हुनुपर्छ कि परमेश्‍वर, परमेश्‍वर नै हुनुहुन्छ, परमेश्‍वर एउटै मात्र हुनुहुन्छ, यसको साथै, परमेश्‍वरसँग मात्रै अख्‍तियार छ, सबै थोकलाई नियन्त्रण गर्ने र शासन गर्ने शक्ति परमेश्‍वरसँग मात्रै छ। शैतानसँग मानिसहरूलाई धोका दिने क्षमता छ र त्यसले परमेश्‍वरको अनुकरण गर्न सक्छ, परमेश्‍वरले प्रदर्शन गर्नुहुने चिन्‍ह र आश्‍चर्यकर्महरू अनुकरण गर्न सक्छ, अनि त्यसले परमेश्‍वरका जस्तै कुराहरू गरेको छ भन्दैमा, तैँले गलत रूपमा परमेश्‍वर अद्वितीय हुनुहुन्‍न, ईश्‍वरहरू धेरै छन्, यी फरक-फरक ईश्‍वरहरूसँग ठूला वा साना सीपहरू छन्, र तिनीहरूले चलाउने शक्तिको क्षेत्रमा भिन्‍नताहरू छन् भनेर विश्‍वास गर्छस्। तिनीहरूको आगमनको क्रम र तिनीहरूको उमेरको आधारमा तैँले तिनीहरूको महानताको क्रम मिलाउँछस्, र परमेश्‍वरबाहेक अरू ईश्‍वरहरू पनि छन् भनेर तैँले गलत रूपमा विश्‍वास गर्छस्, अनि परमेश्‍वरको शक्ति र अख्‍तियार अद्वितीय छैनन् भन्‍ने ठान्छस्। यदि तँसँग त्यस्ता विचारहरू छन् भने, यदि तैँले परमेश्‍वरको अद्वितीयपनलाई पहिचान गर्दैनस्, परमेश्‍वरसँग मात्रै अख्‍तियार छ भन्‍ने विश्‍वास गर्दैनस् भने, र तैँले बहुईश्‍वरवादलाई मात्रै मान्छस् भने, तँ प्राणीहरूमध्येको नीच प्राणी होस्, तँ शैतानको साँचो मूर्तरूप होस्, र तँ पूर्ण रूपमा दुष्ट व्यक्ति होस्! यी वचनहरू भनेर मैले तिमीहरूलाई के सिकाउने प्रयास गरिरहेको छु, के तिमीहरू बुझ्छौ? समय, स्थान, वा तेरो पृष्ठभूमि जेसुकै भए तापनि, तैँले परमेश्‍वर र अरू कुनै व्यक्ति, थोक, वा वस्तुमा झुक्‍किनु हुँदैन। परमेश्‍वरको अख्‍तियार र परमेश्‍वर स्वयम्‌को सार जति जान्‍न नसकिने र पहुँच प्राप्त गर्न नसकिने छ भन्‍ने तँलाई लागे पनि, चाहे तेरो धारणा र कल्‍पनासँग शैतानका जति कार्य र वचनहरू मिले पनि, चाहे तेरो लागि ती जति नै चित्तबुझ्‍दो भए पनि, मूर्ख नबन्, यी अवधारणाहरूप्रति अन्योल नबन्, परमेश्‍वरको अस्तित्वलाई इन्कार नगर्, परमेश्‍वरको पहिचान र हैसियतलाई इन्कार नगर्, परमेश्‍वरलाई तेरो हृदयको ढोकाबाट बाहिर निकालेर परमेश्‍वरको सट्टा शैतानलाई तेरो परमेश्‍वर बनाउन नले। तिमीहरूले त्यसो गर्नुका परिणामहरू के हुनेछन् त्यसको कल्‍पना गर्न सक्छौ भन्‍नेमा मलाई कुनै शङ्का छैन!

वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरले कसरी आजका दिनसम्म मानवजातिलाई अगुवाइ र भरणपोषण गर्दै आउनुभएको छ

परमेश्‍वरका प्रासंगिक वचनहरू:जीवनको बाटो जोसुकैले पाउने कुरा होइन, न त यो कसैले सहजै प्राप्त गर्न सक्‍ने कुरा नै हो। यो यसैले हो किनभने...

स्वर्ग, पृथ्वी र यावत् थोकको सृष्टि गर्न सक्‍नुहुने मात्र एउटै साँचो परमेश्‍वर, सृष्टिका प्रभु हुनुहुन्छ

परमेश्‍वरका प्रासंगिक वचनहरू:सबै थोकमाथि शासन गर्ने र सबै थोकमाथि प्रशासन चलाउनुहुने परमेश्‍वर नै हुनुहुन्छ। अस्तित्वमा भएका सबै कुरा...

कुनै पनि स्वर्गदूतलाई परमेश्‍वर भन्न सकिँदैनथियो, किनभने तिनीहरूले स्वर्ग, पृथ्वी र यावत् थोक सृष्टि गर्न सक्दैनथिए

परमेश्‍वरका प्रासंगिक वचनहरू:उहाँले यावत् थोकको सृष्टि गर्न सुरु गर्नुभएदेखि नै, परमेश्‍वरको शक्ति व्यक्त हुन र प्रकट हुन थाल्यो, किनभने...

परमेश्‍वर सृष्टिका प्रभु हुनुहुन्छ, उहाँको अख्तियार अद्वितीय छ

परमेश्‍वरका प्रासंगिक वचनहरू:परमेश्‍वरले यावत् थोक सृष्टि गर्न वचन प्रयोग गर्नुहुन्छउत्पत्ति १:३-५ र परमेश्‍वरले भन्‍नुभयो, उज्यालो होस्:...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्