परमेश्‍वरले सारा ब्रह्माण्डलाई कसरी व्यवस्थापन र शासन गर्नुहुन्छ

14 अगस्ट 2021

परमेश्‍वरका प्रासंगिक वचनहरू:

ब्रह्माण्ड र आकाश मण्डलको विशालतामा, अनगिन्ती प्राणीहरू जिउँछन् र सन्तान पैदा गर्छन्, जीवनको चक्रीय नियम पालन गर्छन्, अनि एउटै अटुट नियमको पालन गर्छन्। मर्नेहरूले आफूसँग जिउँदाहरूको कथाहरू लिएर जान्छन्, अनि जिउँदाहरूले नाश भएर जानेहरूकै उही दुःखद इतिहासलाई दोहोर्याउँछन्। त्यसकारण, मानिसले आफैलाई यो प्रश्‍न नगरी बस्‍न सक्दैन: हामी किन जिउँछौं? अनि हामी किन मर्नुपर्छ? कसले यो संसारलाई नियन्त्रण गर्छ? अनि कसले यो मानवजातिलाई सृष्टि गर्‍यो? के मानवजातिलाई साँच्‍चै नै प्रकृति माताले नै रचेकी हुन् त? के मानवजातिले साँच्‍चै आफ्‍नो गन्तव्यलाई नियन्त्रण गर्न सक्छ? … मानवजातिले अटुट रूपमा हजारौं वर्षदेखि गर्दै आएका प्रश्‍नहरू यिनै हुन्। दुःखको कुरा, यी प्रश्‍नहरूप्रति मानिस जति तल्‍लीन बनेको छ, विज्ञानको लागि उसमा त्यति नै बढी तृष्णा जागेको छ। विज्ञानले देहको लागि छोटो सन्तुष्टि र अस्थाई आनन्द दिन्छ, तर मानिसलाई उसको प्राणभित्रको एकान्तपन, एकलोपन, र त्यति लुक्‍न नसकेको आतङ्क र विवशताबाट मुक्त गर्नको लागि त्यो पर्याप्त छैन। आफ्‍नो हृदयलाई बेहोस बनाउनको लागि मानवजातिले आफ्‍नो नाङ्गो आँखाले देख्‍न सक्‍ने र उसको मस्तिष्कले बुझ्‍न सक्‍ने वैज्ञानिक ज्ञानलाई मात्रै प्रयोग गर्छ। तैपनि त्यस्तो वैज्ञानिक ज्ञान, रहस्यहरूको अन्वेषण गर्नबाट मानवजातिलाई रोक्‍न पर्याप्त छैन। मानवजातिलाई ब्रह्माण्ड र यावत् थोकका सार्वभौम को हुनुहुन्छ सो थाहै छैन, मानवजातिको सुरुवात र भविष्यको बारेमा जान्‍ने कुरा त परै जाओस्। मानवजाति यो नियमको बीचमा केवल विवशतापूर्वक जिउँछ। यसबाट कोही पनि उम्कन सक्दैन र यसलाई कसैले परिवर्तन गर्न सक्‍दैन, किनभने यावत् थोकको बीचमा र स्वर्गहरूमा अनन्‍तदेखि अनन्‍तसम्‍म रहनुहुने एक मात्र जन हुनुहुन्छ, जसको सबै कुरामाथि सार्वभौमिकता छ। उहाँ एक मात्र जन हुनुहुन्छ जसलाई मानिसले कहिल्यै देखेको छैन, जसलाई मानवजातिले कहिल्यै चिनेको छैन, जसको अस्तित्वलाई मानिसले कहिल्यै विश्‍वास गरेको छैन—तैपनि मानवजातिका पुर्खाहरूलाई सास फुकिदिने र मानवजातिलाई जीवन दिने उहाँ नै हुनुहुन्छ। मानिसलाई अस्तित्वमा रहन दिँदै, उसको लागि जुटाउने र उसलाई पालनपोषण गर्ने उहाँ नै हुनुहुन्छ; मानवजातिलाई हालको दिनसम्‍म डोर्याउने उहाँ नै हुनुहुन्छ। यसको साथै, मानवजातिले आफ्‍नो अस्तित्वको लागि भर पर्ने केवल उहाँ मात्रै हुनुहुन्छ। यावत् थोकमाथि उहाँको सार्वभौमिकता छ र ब्रह्माण्डका सारा प्राणीहरूमाथि उहाँले नै शासन गर्नुहुन्छ। चार ऋतुमाथि उहाँकै नियन्त्रण छ र बतास, तुसारो, हिउँ, र पानी ल्याउने उहाँ नै हुनुहुन्छ। मानवजातिलाई सूर्यको ज्योति दिने र रात ल्याउने उहाँ नै हुनुहुन्छ। मानवजातिलाई पर्वतहरू, तालहरू, अनि खोलानाला र ति भित्रका सारा प्राणीहरू दिँदै, स्वर्गहरू र पृथ्वीका जग बसाल्ने उहाँ नै हुनुहुन्थ्यो। उहाँका कार्यहरू सर्वव्यापी छन्, उहाँको शक्ति सर्वव्यापी छ, उहाँको बुद्धि सर्वव्यापी छ, र उहाँको अख्तियार सर्वव्यापी छ। यी हरेक व्यवस्था र नियमहरू उहाँका कार्यहरूका मूर्तरूप हुन्, र हरेकले उहाँको बुद्धि र अख्तियारलाई प्रकट गर्छ। उहाँको सार्वभौमिकताबाट आफैलाई कसले मुक्त गर्न सक्छ? अनि उहाँका योजनाहरूबाट कसले आफैलाई हटाउन सक्छ? सबै थोक उहाँकै नजरमा अस्तित्वमा हुन्छन्, र यसको साथै, सबै थोक उहाँकै सार्वभौमिकतामा जिउँछन्। उहाँका कार्यहरू र उहाँको शक्तिले मानवजातिलाई उहाँ वास्तवमा नै अस्तित्वमा हुनुहुन्छ र सबै थोकमाथि उहाँको सार्वभौमिकता छ भन्‍ने तथ्यलाई स्वीकार गर्ने बाहेक कुनै विकल्‍प दिँदैन। उहाँ बाहेक कसैले पनि ब्रह्माण्डलाई नियन्त्रण गर्न सक्दैन, यो मानवजातिलाई अटुट रूपमा जुटाउने कुरा त परै जाओस्। तैँले परमेश्‍वरका कार्यहरूलाई पहिचान गर्न सके पनि वा नसके पनि, र तैँले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गरे पनि वा नगरे पनि, तेरो गन्तव्य परमेश्‍वरले नै निर्धारण गर्नुहुन्छ भन्‍नेमा कुनै शङ्‍का छैन, र सबै थोकमाथि सँधै परमेश्‍वरकै सार्वभौमिकता हुन्छ भन्‍नेमा कुनै शङ्‍का छैन। उहाँको अस्तित्व र अख्तियार, तिनीहरुलाई मानवजातिले पहिचान गर्छ कि गर्दैन र बुझ्छ कि बुझ्दैन भन्‍ने आधारमा निर्धारित हुँदैन। उहाँलाई मात्रै मानिसको विगत, वर्तमान, र भविष्य थाहा छ, र उहाँले मात्रै मानिसको गन्तव्यलाई निर्धारित गर्न सक्‍नुहुन्छ। तैँले यो तथ्यलाई स्वीकार गर्न सके पनि वा नसके पनि, चाँडै नै सारा मानवजातिले आफ्‍नै आँखाले यो सबै देख्‍नेछ, र परमेश्‍वरले चाँडै नै ल्याउनुहुने तथ्य यही नै हो। परमेश्‍वरकै सामु मानवजाति जिउँछ र मर्छ। मानिस परमेश्‍वरको व्यवस्थापनको लागि जिउँछ, र जब उसले अन्तिम पटक आफ्‍ना आँखाहरू चिम्‍लन्छ, ती यही व्यवस्थापनकै लागि बन्द हुन्छन्। मानिस घरीघरी, अघि-पछि आउँछ, र जान्छ। कुनै अपवाद छैन कि यो सबै परमेश्‍वरको सार्वभौमिकता र उहाँको योजनाको भाग हो। परमेश्‍वरको व्यवस्थापन कहिल्यै अन्त्य भएको छैन; यो सदाकालसम्‍म अघि बढिरहन्छ। उहाँले मानवजातिलाई उहाँको अस्तित्वप्रति सचेत, उहाँको सार्वभौमिकतामाथि भरोसा गर्ने, उहाँका कार्यहरूलाई हेर्ने, र उहाँको राज्यमा फर्कने तुल्याउनुहुनेछ। उहाँले हजारौं वर्षदेखि व्यवस्थापन गर्दै आउनुभएको उहाँको योजना, र काम यही नै हो।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्त गरिन सकिन्छ

यस मानवजाति अस्तित्वमा आउनुभन्दा पहिले नै, आकाशमण्डल—स्वर्गमा भएका सबै ग्रहहरू र ताराहरू—पहिले नै अस्तित्वमा थिए। बृहत् स्तरमा, यी स्वर्गीय पिण्डहरू परमेश्‍वरको नियन्त्रणमा रही आफ्‍ना अस्तित्वको लागि नियमित रूपमा परिक्रमा गरिरहन्छन्, चाहे त्यो जति नै वर्ष भइसकेको होस्। कुनै निश्‍चित समयमा कुन ग्रह कहाँ जान्छ; कुन ग्रहले कुन काम, र कहिले गर्छ; कुन ग्रहले कुन परिक्रमा पथमा चक्‍कर लगाउँछ, र कहिले यो हराउँछ वा प्रतिस्थापित हुन्छ—यी सबै कुराहरू सानोभन्दा सानो गल्तीविना नै अघि बढिरहन्छन्। ग्रहहरूको स्थान र तिनीहरूबीचको दूरीले निश्‍चित ढाँचालाई पछ्याउँछन्, र यी सबैलाई सटीक आँकडाद्वारा व्याख्या गर्न सकिन्छ; तिनीहरूले यात्रा गर्ने मार्ग, परिक्रमा पथको गति र ढाँचा, तिनीहरू विभिन्‍न स्थानमा रहने समय—यी सबैलाई विशेष नियमहरूद्वारा सटीक रूपमा गणना र व्याख्या गर्न सकिन्छ। युगौंदेखि ग्रहहरूले अलिकति दायाँ-बायाँ नगरिकन यी नियमहरू पालना गरेका छन्। तिनीहरूको परिक्रमा पथ वा तिनीहरूले पछ्याउने ढाँचालाई कुनै पनि शक्तिले परिवर्तन गर्न वा भङ्ग गर्न सक्दैन। तिनीहरूको चाल नियन्त्रण गर्ने विशेष नियमहरू र तिनीहरूलाई व्याख्या गर्ने सटीक आँकडा सृष्टिकर्ताको अख्‍तियारद्वारा पूर्वनिर्धारित गरिएका हुनाले, सृष्टिकर्ताको सार्वभौमिकता र नियन्त्रणअन्तर्गत तिनीहरूले आफ्‍नै तरिकाले यी नियमहरूको पालना गर्छन्। बृहत् स्तरमा, मानिसले केही ढाँचा, केही आँकडा, र केही अनौठा र व्याख्या गर्न नसकिने नियम वा प्रक्रियाहरूलाई पत्ता लगाउनु कठिन छैन। परमेश्‍वरको अस्तित्वलाई मानवजातिले स्वीकार गर्दैन न त सृष्टिकर्ताले सबै थोक बनाउनुभयो र तीमाथि उहाँकै प्रभुत्व छ भन्‍ने नै स्वीकार गर्छ, साथै उसले सृष्टिकर्ताको अख्‍तियारको अस्तित्वलाई पहिचान गर्दैन, तथापि मानव वैज्ञानिक, खगोलशास्त्री, र भौतिकशास्‍त्रीहरूले ब्रह्माण्डमा यावत् थोकको अस्तित्व, र तिनीहरूको चाललाई निर्धारणगर्ने सिद्धान्त र ढाँचाहरू सबैलाई व्यापक र अदृश्य अन्धकारका उर्जाले शासन गर्दै नियन्त्रण गरेको छ भन्‍ने कुरालाई झन्-झन् बढी पत्ता लगाइरहेका छन्। यो तथ्यले मानिसलाई यी चालका ढाँचाहरूको बीचमा सबै कुरालाई योजनाबद्ध गर्नुहुने सर्वशक्तिमान् हुनुहुन्छ भन्‍ने कुराको सामना र स्वीकार गर्न बाध्य गर्छ। उहाँको शक्ति असाधारण छ, अनि उहाँको साँचो मुहारलाई कसैले देख्‍न नसके पनि, उहाँले हरेक क्षणमा हरेक कुरालाई शासनर नियन्त्रण गर्नुहुन्छ। उहाँको सार्वभौमिकताइतर कुनै पनि मानिस वा शक्ति पुग्न सक्दैन। यो तथ्यलाई ध्यानमा राख्दै, यावत् थोकको अस्तित्व शासन गर्ने नियमहरूलाई मानिसले नियन्त्रण गर्न सक्दैन, कसैले पनि त्यसलाई परिवर्तन गर्न सक्दैन भन्‍ने कुरालाई मानिसले पहिचान गर्नुपर्छ; मानिसले यी नियमहरूलाई पूर्ण रूपमा बुझ्‍न सक्दैन, र ती प्राकृतिक रूपमा नै भइरहेका हुँदैनन्, तर सार्वभौमबाट नियन्त्रित हुन्छन् भन्‍ने कुरालाई पनि उसले स्वीकार गर्नैपर्छ। यी सबै नै मानवजातिले बृहत् स्तरमा बुझ्‍न सक्‍ने परमेश्‍वरको अख्‍तियारका अभिव्यक्तिहरू हुन्।

सूक्ष्‍म स्तरमा, मानिसले पृथ्वीमा देख्‍न सक्‍ने सारा पहाड-पर्वत, नदी-नाला, ताल-तलैया, समुद्र अनि ठूला भूमिहरू, उसले अनुभव गर्ने सबै ऋतु, वनस्पति, पशु-प्राणी, सूक्ष्‍म जीव, र मानिसलगायत पृथ्वीमा वसोवास गर्ने सबै थोक परमेश्‍वरको सार्वभौमिकता र नियन्त्रणको अधीनमा छन्। परमेश्‍वरको सार्वभौमिकता र नियन्त्रणमा, उहाँकै सोचहरूअनुसार सबै थोक अस्तित्वमा आउँछन् वा हराउँछन्; तिनीहरूको अस्तित्वलाई शासन गर्ने नियमहरू उत्पन्‍न हुन्छन्, अनि त्यही नियमहरूलाई पालना गर्दै तिनीहरू बढ्छन् र फैलिन्छन्। कुनै पनि मानवजाति वा थोक यी नियमहरूभन्दा माथि छैन। किन यसो भयो? एउटै मात्र उत्तर यही हो: यो परमेश्‍वरको अख्‍तियारको कारणले गर्दा हो। अथवा, अर्को तरिकाले भन्दा, यो परमेश्‍वरको सोच र परमेश्‍वरको वचनहरूले गर्दा भएको हो; परमेश्‍वर स्वयम्‌को व्यक्तिगत कार्यहरूको कारणले गर्दा हो। यसको अर्थ के हो भने यी नियमहरूलाई उत्पन्‍न गर्ने परमेश्‍वरको अख्‍तियार र परमेश्‍वरको मन हुन्, जुन उहाँका सोचहरूअनुसार स्थानान्तरण र परिवर्तन हुन्छन्, अनि उहाँकै योजनाको खातिर स्थानान्तर र परिवर्तन हुन्छन् वा हराएर जान्छन्।

वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

जब परमेश्‍वरले सबै थोकको सिर्जना गर्नुभयो तब उहाँले हिमाल, समथर मैदान, मरुभूमि, पहाड, नदी र तालतलैयाका लागि सीमा निर्धारण गर्नुभयो। यस पृथ्वीमा हिमाल, समथर मैदान, मरुभूमि र पहाडलगायत पानीका विभिन्‍न रूपहरू छन् छ। यिनीहरूले पृथ्वीमा विभिन्न प्रकारको भूभाग निर्माण गरेका छन्, होइन र? यिनीहरूको बीचमा परमेश्‍वरले सीमा निर्धारण गर्नुभएको छ। जब हामी सीमा रेखाको कुरा गर्छौ, यसको अर्थ यो हो कि हिमालको आफ्नै आकार छ, समथर मैदानको आफ्नै आकार छ, मुरूभूमिका केही निश्चित सीमाहरू छन् र पहाडले निश्चित क्षेत्र ओगटेको छ। यसैगरी पानीको पनि निश्चित रूपहरू छन्, जस्तै, नदी नाला तथा तालतलैया। यस अर्थमा भन्नु पर्दा जब परमेश्‍वरले सबै थोकको सिर्जना गर्नुभयो तब उहाँले सबै कुराको स्पष्ट विभाजन गर्नुभयो। पहाडको अर्धव्यास कति किलोमिटर हुनुपर्दछ र यसको क्षेत्र के हो भनेर परमेश्‍वरले पहिला नै निर्धारण गरिसक्नुभएको छ। त्यस्तै उहाँले समथर मैदानको अर्धव्यास कति किलोमिटर हुनु पर्दछ र यसको क्षेत्र के हो भनेर पनि निर्धारण गरिसक्नुभएको छ। परमेश्‍वरले सबै थोकको निर्माण गर्दा उहाँले मरुभूमिको सीमा निर्धारण गर्नुभयो, साथै पहाडहरूको श्रेणी र तिनीहरूको अनुपात निर्धारण गरी सीमाबद्ध बनाउनुभयो। यस्ता सबै कुराहरू परमेश्‍वरद्वारा निर्धारण गरिएको थियो। उहाँले नदी र तालतलैयाको सिर्जना गर्दा तिनीहरूको श्रेणी निर्धारण गर्नुभयो। यी सबैको आ—आफ्नै सीमा निर्धारण गरिएको छ। त्यसो हो भने “सीमा” को बारेमा कुरा गर्दा यसको अर्थ के हो? हरेक थोकका लागि नियम बनाएर परमेश्‍वरले ती हरेक थोकमाथि कसरी शासन गर्नुहुन्छ भन्ने विषयमा भर्खरै हामीले कुरा गर्‍यौं। यस अर्थमा पृथ्वीको परिक्रमण वा समयको परिवर्तनसँगै हिमालका श्रेणी र सिमाना बढ्दैनन् वा घट्दैनन्। तिनीहरू निश्चित छन्, अपरिवर्तनीय छन् र परमेश्‍वरले तिनीहरूको अपरिवर्तनीयतालाई निर्देश गर्नुहुन्छ। समथर मैदानहरूको क्षेत्र, तिनीहरूको क्षेत्र र तिनीहरू कसरी घेरिएका हुन्छन् भन्ने सबै परमेश्‍वरद्वारा निर्धारण गरिएको छ। तिनीहरूका आफ्नै सीमा छन्, जस्तो कि एक समथर मैदानमा एक्कासी माटोको ढिस्को उठ्न असम्भव छ। समथर मैदान अकस्मात् हिमालमा परिवर्तन हुन सक्दैन—यो असम्भव छ। हामीले भर्खरै कुरा गरेको नियमहरू र सीमाको अर्थ यही हो। मरुभूमिका सन्दर्भमा भन्दा, हामी यहाँ मरुभूमिका विशेष कार्यहरूका बारेमा वा कुनै अन्य भूभाग वा भौगोलिक क्षेत्रका बारेमा कुरा गर्दैनौं, केवल तिनीहरूका सीमाको कुरा गर्नेछौं। परमेश्‍वरको नियमको अधीनमा, मरुभूमिको पनि सीमा विस्तार हुने छैन। यसो हुनुको कारण के हो भने परमेश्‍वरले यसका लागि नियम र सीमा निर्धारण गरिदिनुभएको छ। यसको क्षेत्र कति ठूलो छ र यसको कार्य के हो, यो के ले घेरिएको छ र यो कहाँ अवस्थित छ भन्ने सम्पूर्ण कुराहरू परमेश्‍वरले पहिला नै निर्धारण गरिदिनुभएको छ। यसले आफ्नो सीमा नाघ्नेछैन वा स्थान परिवर्तन गर्नेछैन र आफै यसको क्षेत्र बढ्ने छैन। नदी तथा ताल तलैयाबाट बग्ने पानीको प्रवाह सदैव व्यवस्थित र अविरल छ। यिनीहरू कहिल्यै पनि आफ्नो दायरा वा सीमाभन्दा बाहिर जाँदैनन्। जुन दिशामा बग्नुपर्ने हो त्यही दिशामा तिनीहरू व्यवस्थित रूपले निरन्तर बगिरहन्छन्। यसकारण परमेश्‍वरको नियमको अधीनमा पृथ्वीको परिक्रमण वा समयको परिवर्तनसँगै कुनै पनि नदी नाला वा तालतलैयाहरू अकस्मात् सुक्नेछैनन् वा अकस्मात् तिनीहरूले आफ्‍नो प्रभाव वा प्रवाहको मात्रा परिवर्तन गर्नेछैनन्। यो सबै परमेश्‍वरको नियन्त्रणमा छ। यसको तात्पर्य यो हो कि यस मानव जातिको बीचमा परमेश्‍वरद्वारा सिर्जना गरिएका सबै थोकहरूको स्थान, क्षेत्र र सीमा निर्धारण गरिएको छ। यस कारण जब परमेश्‍वरले सबै थोकको सिर्जना गर्नुभयो तब तिनीहरूको सीमा पनि निर्धारण गरिएको थियो र तिनीहरू स्वेच्छाचारी रूपले बदलिन, नवीकरण हुन वा परिवर्तन हुन सक्दैनन्। “स्वेच्छाचारी” भनेको के हो? यसको अर्थ यो हो कि तिनीहरू मौसम, तापक्रम वा पृथ्वीको परिक्रमणको गतिका कारण अनियमित रूपमा आफ्नो मूल रूप परिवर्तन गर्ने, फैलने, वा वास्तविक आकार परिवर्तन गर्ने जस्ता कार्य गर्दैनन्। उदाहरणका लागि हिमालको एक निश्चित उचाइ हुन्छ, यसको निश्चित क्षेत्रफल भएको आधार हुन्छ, यसको निश्चित उच्चता हुन्छ र यहाँ निश्चित मात्रामा वनस्पति पैदा हुन्छन्। यो सबै परमेश्‍वरद्वारा योजनाबद्ध तथा गणना गरिएको छ र यो कसैको स्वेच्छाले परिवर्तन हुनेछैन। समथर मैदानी क्षेत्रका बारेमा कुरा गर्दा अधिकांश मानिसहरू समथर मैदानी भूभागमा बसोबास गर्दछन् र मौसममा आएको कुनै पनि परिवर्तनले तिनीहरूको क्षेत्र वा अस्तित्वको महत्त्वमा कुनै प्रभाव पार्दैन। परमेश्‍वरद्वारा सृजित यी विभिन्न भूभाग तथा भौगोलिक वातावरणमा रहेका चिजहरू स्वेच्छाले परिवर्तन हुने छैनन्। उदाहरणका लागि मरुभूमिको संरचना, भूमिगत खनिज भण्डारको प्रकार, मरुभूमिमा भएको बालुवाको प्रकार र यसको रंग, मरुभूमिको मोटाई आदि जस्ता कुराहरू स्वेच्छाले परिवर्तन हुँदैनन्। किन तिनीहरू स्वेच्छाले परिवर्तन हुँदैनन्? यसको मुख्य कारण परमेश्‍वरको नियम र व्यवस्थापन हो। परमेश्‍वरले सृष्टि गर्नुभएका यी सबै विभिन्न भूभाग र भौगोलिक वातावरणमा उहाँले सबै थोकलाई योजनाबद्ध र व्यवस्थित तवरले व्यवस्थापन गरिरहनुभएको छ। यसकारण परमेश्‍वरद्वारा सृजित थोकहरू हजारौं तथा दशौं हजार वर्ष पश्चात् अहिले पनि यी भौगोलिक वातावरण अवस्थित छन् र अहिलेसम्म पनि यिनले निरन्तर आफ्नो कार्य गरिरहेका छन्। पृथ्वीमा ज्वालामुखी विस्फोट हुने केही निश्चित समय हुन्छ, भूकम्प जाने निश्चित समय हुन्छ र भूमण्डलमा केही मुख्य परिवर्तनहरू आउन सक्छन् तथापि अवश्य पनि परमेश्‍वरले कुनै पनि भूभागको मूल कार्य हराउन दिनुहुन्न। यो सबै परमेश्‍वरको व्यवस्थापन, उहाँको शासन र नियममाथिको उहाँले स्थापना गर्नुभएको नियन्त्रणका कारण सम्भव भएको छ। मानव जातिले देखेका र भोग गरेका सबै थोकहरू यस पृथ्वीमा व्यवस्थित तवरले अस्तित्वमा रहिरहन सक्छन्। त्यसोभए पृथ्वीमा अस्तित्वमा रहेका यी सबै विभिन्न भूभागको व्यवस्था परमेश्‍वरले किन गर्नुहुन्छ? विभिन्न भौगोलिक वातावरणमा अस्तित्वमा रहेका सबै सजीव प्राणीहरूको स्थिर वातावरण रहिरहोस् र उक्त स्थिर वातावरणमा तिनीहरू बाँच्न र वृद्धि-विकास हुन सकून् भन्ने उहाँको उद्देश्य हो। यस पृथ्वीमा भएका चलायमान तथा स्थिर सबै थोकहरू र सजीव तथा निर्जीव सबै मिलेर मानव जातिको अस्तित्वका लागि एउटा अनुपम वातावरण निर्माण गरेका छन्। केवल यस प्रकारको वातावरणले मात्र मानव जातिको पुस्तौँ-पुस्तालाई पालन-पोषण गर्न सक्छ र केवल यस प्रकारको वातावरणले मात्र मानव जातिलाई पुस्तौँ-पुस्तापछिसम्म पनि निरन्तर रूपमा शान्तिपूर्वक बाँच्न अनुमति दिन सक्छ।

वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ९

सबै थोक परमेश्‍वरद्वारा सृष्टि गरिएका हुन्—चाहे तिनीहरू एक निश्चित ठाउँमा राखिएका हुन् वा तिनीहरूले आफ्ना नाकबाट सास फेर्न सकून् वा नसकून्—अस्तित्वका निम्ति तिनीहरूका आफ्नै नियमहरू छन्। परमेश्‍वरले यी जीवित प्राणीहरूलाई सृष्टि गर्नुभन्दा धेरै अगाडि तिनीहरूको निम्ति उहाँले तिनीहरूका आफ्नै घरहरू र तिनीहरूको अस्तित्वको निम्ति तिनीहरूका आफ्नै वातावरणहरू तयार गर्नुभएको थियो। यी जीवित प्राणीहरूसँग आफ्नो अस्तित्वको निम्ति तिनीहरूका आफ्नै निश्चित वातावरण, तिनीहरूका आफ्नै खाना र तिनीहरूका आफ्नै वासस्थानहरू थिए र तिनीहरूसँग तिनीहरूका अस्तित्वको निम्ति उपयुक्त निश्चित स्थानहरू, तिनीहरूको अस्तित्वको निम्ति उपयुक्त तापक्रम भएका ठाउँहरू थिए। यसैले तिनीहरू आफूलाई मन लागे अनुसार यताउता जाँदैनन् वा मानवजातिको अस्तित्वलाई खतरामा पार्दैनन् वा मानिसहरूको जीवनलाई असर पार्दैनन्। मानवजातिको अस्तित्वको निम्ति सर्वश्रेष्ठ वातावरण प्रदान गर्दै परमेश्‍वरले यसरी नै सबै कुराहरूको व्यवस्थापन गर्नुहुन्छ। सबै थोकहरू भित्रका जीवित प्राणीहरूको अस्तित्वका निम्ति जीवन धान्ने खाना तिनीहरूको आफ्नै वातावरणहरूमा हुन्छ। त्यही खानाद्वारा तिनीहरू आफ्नो अस्तित्वको निम्ति आफ्ने रैथाने वातावरणमा जोडिएका हुन्छन्। परमेश्‍वरले तिनीहरूको निम्ति स्थापित गर्नुभएका नियमहरूअनुसार त्यस्तो किसिमको वातावरणमा तिनीहरूले जिउने, वृद्धि हुने र अगाडि बढ्ने काम जारी राख्छन्। यस्ता किसिमका नियमहरूको कारण, परमेश्‍वरको पूर्वनिर्धारणको कारण सबै जीवित प्राणीहरू मानवजातिसँग सद्भावका साथ जिउँछन् र मानवजाति सबैथोकसँगको पारस्परिक अन्तरनिर्भरताको आधारमा एक साथ अस्तित्वमा छ।

वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ९

परमेश्‍वरले सबै थोक सृजनुभयो उहाँले तिनीहरूलाई सन्तुलनमा ल्याउनको निम्ति अर्थात् पहाड-पर्वत र ताल-तलैयाको, बोट बिरुवा र सबै किसिमका जीवजन्तु, चरा-चुरुङ्गी र कीरा-फट्याङ्ग्राहरूको जीवनको अवस्थालाई सन्तुलनमा राख्‍नको निम्ति सबै किसिमका विधि र तरिकाहरूको प्रयोग गर्नुभयो। उहाँले स्थापना गर्नुभएको व्यवस्थाको अधीनमा रहेर सबै किसिमका जीवित प्राणीहरूलाई जिउन र वृद्धि हुन दिनु उहाँको लक्ष्य थियो। सृष्टिका कुनै पनि थोकहरू यी व्यवस्था बाहिर जान सक्दैनन् र व्यवस्थालाई तोड्न सकिँदैन। यस आधारभूत किसिमको वातावरणमा मात्र मानव पुस्तादेखि पुस्तासम्म सुरक्षितसाथ बाँच्‍न र वृद्धि हुन सक्छन्। यदि कुनै जीवित प्राणी परमेश्‍वरले स्थापित गर्नुभएको परिमाण वा क्षेत्रदेखि बाहिर जान्छ वा यदि यसले उहाँले तोक्‍नुभएको वृद्धि दर, प्रजनन आवृत्ति वा सङ्ख्यालाई नाघ्छ भने मानवजातिको अस्तित्वको वातावरण विनाशका विभिन्‍न हदहरूले ग्रसित हुनेछ। साथै, मानवजातिको अस्तित्व जोखिममा पर्नेछ। यदि एक किसिमको जीवित प्राणी सङ्ख्यामा अत्यन्तै धेरै छ भने यसले मानिसहरूको खाना लुट्नेछ, मानिसहरूको पानीको स्रोतहरू नष्ट गर्नेछ र तिनीहरूको मातृ-भूमिलाई बरबाद पार्नेछ। त्यसरी, मानवजातिको प्रजनन वा अस्तित्वको अवस्था तत्कालै प्रभावित हुनेछ। उदाहरणको लागि, पानी सबै थोकको लागि महत्वपूर्ण छ। यदि अत्याधिक संख्यामा मुसा, कमिला, सलह, भ्यागुता, वा अन्य कुनै प्रकारका जनावरहरू छन् भने, तिनीहरूले अझ धेरै पानी पिउँछन्। तिनीहरूले धेरै पानी पिउन थालेपछि, पिउने पानीको स्रोत भएको सीमित क्षेत्र र जलीय क्षेत्रहरूमा मानिसहरूले पिउने पानी र पानीको स्रोत न्यून हुन जान्छ र तिनीहरूले पानीको अभाव भोग्छन्। यदि सबै प्रकारका जनावरहरूको संख्या बढेको कारण मानिसहरूको पिउने पानी नष्ट हुन्छ, दूषित बन्छ, वा त्यसको आपूर्ति बन्द हुन्छ भने, जीवन-अस्तित्वको त्यस प्रकारको कठोर वातावरणमा मानवजातिलाई गम्भीर चुनौती आइलाग्छ। यदि एक किसिमको वा अनेक किसिमका जीवित प्राणीहरूले तिनीहरूको उचित सङ्ख्या पार गरे भने हावा, तापक्रम, आद्रता र मानवजाति बाँच्‍ने ठाउँभित्रको हावाको संयोजन विभिन्‍न हदले विषाक्त र नष्ट हुनेछ। यी परिस्थितिहरूमा मानवहरूको अस्तित्व र नियति पनि यी पर्यावरणीय कारकहरूद्वारा उत्पन्न खतरामा पर्नेछ। यसैले, यी सन्तुलनहरू गुमे भने मानिसहरूले सास फेर्ने हावा बर्बाद हुनेछ, तिनीहरूले पिउने पानी दूषित हुनेछ र तिनीहरूको लागि आवश्यक पर्ने तापक्रमहरू पनि परिवर्तन हुनेछ र विभिन्‍न हदहरूमा प्रभावित हुनेछ। यदि त्यसो भयो भने स्वभाविक रूपमा मानवजातिको अधिनमा रहेको बाँच्‍ने वातावरणहरूमाथि ठूला प्रभाव र चुनौतिहरू आइपर्नेछन्। मानवहरूको अस्तित्वका आधारभूत वातावरणहरू नष्ट पारिएको यस्तो किसिमको परिदृष्यमा मानवजातिको नियति र सम्भावनाहरू के होलान् त? यो एकदमै गम्भीर समस्या हो! सृष्टिका हरेक थोकहरू मानवजातिको निम्ति के कारणले अस्तित्वमा छन्, उहाँले सृष्टि गर्नुभएका हरप्रकारका वस्तुहरूको के भूमिका छ, हरेक वस्तुको मानवजातिमा कस्तो किसिमको प्रभाव हुन्छ र यसले मानवजातिलाई कुन हदसम्म फाइदा दिन्छ भन्‍ने कुरा परमेश्‍वरलाई थाहा भएकोले, परमेश्‍वरको हृदयमा यो सबैको योजना भएकोले र उहाँले सृष्टि गर्नुभएका सबै थोकहरूका हरेक पक्षहरूको व्यवस्थापन उहाँले गर्नुहुने भएकोले, उहाँले गर्नुहुने हरेक कुरा मानवजातिको निम्ति धेरै महत्त्वपूर्ण र आवश्यक छन्। यसैले अब उप्रान्त जबजब तैँले परमेश्‍वरले सृष्टि गर्नुभएका कुराहरूको बीचमा केही पर्यावरणीय घटनाहरू देख्छस् वा परमेश्‍वरले सृष्टि गर्नुभएका थोकहरूको बीचचमा केही प्राकृतिक नियमले काम गरेको देख्छस्, तबतब तैँले परमेश्‍वरले सृष्टि गर्नुभएको हरेक थोकको आवश्यकताको बारेमा कुनै पनि शंका गर्नेछैनस्। तैँले परमेश्‍वरको सबै थोकहरूको प्रबन्ध र मानवजातिको निम्ति उपलब्ध गराउने उहाँका विविध तरिकाहरूको बारेमा अबउप्रान्त मनमानी निर्णयहरू गर्न अनभिज्ञ शब्दहरू प्रयोग गर्नेछैनस्। न त तँ परमेश्‍वरका सृष्टिका सबै थोकहरूको निम्ति उहाँका व्यवस्थाहरूको बारेमा मनमानी निष्कर्षहरूमा नै पुग्‍ने छस्।

वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ९

आत्मिक संसारको अस्तित्व अपरिहार्य रूपमा नै मानवजातिको भौतिक संसारसँग जोडिएको छ। यसले यावत् थोकमाथिको परमेश्‍वरको प्रभुत्वमा मानव जीवन र मृत्युको चक्रमा मुख्य भूमिका निर्वाह गर्छ; यसको भूमिका यही हो, र यसको अस्तित्व महत्त्वपूर्ण हुनुको एउटा कारण यही हो। यो पञ्‍च-इन्द्रियहरूले अनुभूति गर्न नसक्‍ने स्थान भएको हुनाले, आत्मिक संसार अस्तित्वमा छ कि छैन भन्‍ने कुरालाई कसैले पनि सटीक रूपमा मूल्याङ्कन गर्न सक्दैन। यसका विभिन्‍न पक्षहरू मानव अस्तित्वसँग घनिष्ट रूपले जोडिएका हुन्छन्, जसको परिणामस्वरूप मानवजातिको जीवनक्रमलाई आत्मिक संसारले वृहद् प्रभाव पार्छ। यसमा परमेश्‍वरको सार्वभौमिकता संलग्‍न हुन्छ कि हुँदैन त? हुन्छ। जब म यसो भन्छु, तब तैँले यो विषयमा मैले किन छलफल गरिरहेको छु सो बुझ्छस्: किनभने यो परमेश्‍वरको सार्वभौमिकता, साथै उहाँको प्रशासनसँग सम्‍बन्धित छ। यस्तो संसारमा—मानिसहरूको लागि अदृश्य रहेको संसारमा—यसको हरेक स्वर्गीय उर्दी, आदेश, र प्रशासन प्रणाली भौतिक संसारको जुनसुकै राष्ट्रका कानूनहरू र प्रणालीहरूभन्दा निकै माथि हुन्छन्, र तिनलाई यो संसारमा जिउने कुनै पनि प्राणीले अवहेलना वा उल्‍लङ्घन गर्ने आँट गर्दैन। के यो परमेश्‍वरको सार्वभौमिकता र प्रशासनसँग सम्‍बन्धित छ त? आत्मिक संसारमा, स्पष्ट प्रशासनिक आदेशहरू, स्पष्ट स्वर्गीय उर्दीहरू, र स्पष्ट विधानहरू हुन्छन्। फरक-फरक स्तर र फरक-फरक क्षेत्रमा सहभागीहरूले आफ्‍ना कर्तव्यहरू कठोरताका साथ पालन गर्छन् र नीति र नियमहरूको पालन गर्छन्, किनभने स्वर्गीय उर्दीको उल्‍लङ्घन गर्दा हुने परिणाम के हुन्छ सो तिनीहरूलाई थाहा छ; परमेश्‍वरले कसरी दुष्टलाई दण्ड र असललाई इनाम दिनुहुन्छ, अनि कसरी उहाँले सबै थोकमाथि प्रशासन चलाउनुहुन्छ र शासन गर्नुहुन्छ सो तिनीहरूलाई स्पष्ट रूपमै थाहा छ। यसको साथै, तिनीहरूले कसरी उहाँले आफ्‍ना स्वर्गीय उर्दीहरू र विधानहरूलाई कार्यान्वयन गर्नुहुन्छ सो स्पष्ट रूपमै देख्छन्। के यी मानवजातिले वास गर्ने भौतिक संसारभन्दा फरक छन् त? तिनीहरू वास्तवमा अत्यन्तै फरक छन्। आत्मिक संसार भौतिक संसारभन्दा पूर्ण रूपमा फरक संसार हो। स्वर्गीय अध्यादेश र विधानहरू हुने भएकाले, यसले परमेश्‍वरको सार्वभौमिकता, प्रशासनलाई यसको अतिरिक्त उहाँको स्वभाव साथै उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई समावेश गर्छ।

वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १०

परमेश्‍वरले आत्मिक क्षेत्रमा विभिन्‍न स्वर्गीय उर्दीहरू, आदेशहरू, र प्रणालीहरूको स्थापना गर्नुभएको छ, र यिनको घोषणा भइसकेपछि, तिनलाई परमेश्‍वरले तय गर्नुभएअनुसार नै आत्मिक संसारका विभिन्‍न आधिकारिक पदहरूमा भएका प्राणीहरूले कठोर रूपमा पालन गर्छन्, र कसैले पनि तिनलाई उल्‍लङ्घन गर्ने आँट गर्दैनन्। त्यसकारण, मानिसको संसारमा मानवजातिको जीवन र मृत्युको चक्रमा, कुनै व्यक्ति पशु-प्राणी वा मानिस, जुनसुकै रूपमा पुनर्जन्‍म भए पनि, दुवैका लागि नियमहरू छन्। यी नियमहरू परमेश्‍वरबाट आउने हुनाले, तिनलाई तोड्ने आँट कसैले पनि गर्दैन, न त कसैले तिनलाई तोड्न नै सक्छ। परमेश्‍वरको यो सार्वभौमिकताको कारणले गर्दा, अनि त्यस्ता नियमहरू अस्तित्वमा भएको हुनाले मात्रै, मानिसहरूले देख्‍ने भौतिक संसार नियमित र सुव्यवस्थित छ; परमेश्‍वरको यो सार्वभौमिकताको कारणले गर्दा मात्रै मानिसहरू तिनीहरूका निम्ति पूर्ण रूपमा अदृश्य रहेको अर्को संसारसँग शान्तिपूर्ण रूपमा सहअस्तित्वमा रहन सक्छन्, र यससँग सदभावमा जिउन सक्छन्—जसमध्ये कुनैलाई पनि परमेश्‍वरको सार्वभौमिकताबाट अलग गर्न सकिँदैन। व्यक्तिको देहीय जीवन मरिसकेपछि पनि प्राणसँग अझै जीवन हुन्छ, त्यसैले यो परमेश्‍वरको प्रशासनको अधीनमा नभएको भए यसलाई के हुनेथियो? उक्त प्राण जहाँसुकै घुसपैठ गर्दै जताततै भौँतारिनेथियो, अनि मानव संसारका जीवित कुराहरूलाई हानि समेत गर्नेथियो। त्यस्तो हानि मानवजातिलाई मात्र होइन, वनस्पति र पशु-प्राणीलाई पनि हुनेथियो—तैपनि, हानि गरिने पहिलो कुरा मानिसहरू नै हुनेथिए। यस्तो भएको भए—यदि त्यस्तो प्राण प्रशासनविना भएको भए, त्यसले साँच्‍चै मानिसहरूलाई हानि गरेको भए, र वास्तवमै दुष्ट कुराहरू गरेको भए—यो प्राणलाई पनि आत्मिक संसारमा उचित रूपमा सम्‍हालिनेथियो। यदि अवस्था गम्‍भीर हुन्थ्यो भने, उक्त प्राण चाँडै नै अस्तित्वविहीन हुनेथियो, र यसलाई नष्ट गरिनेथियो। सम्‍भव भए, यसलाई कतै राखिनेथियो र त्यसपछि पुनर्जन्‍म गराइनेथियो। भन्‍नुको अर्थ, आत्मिक संसारले विभिन्‍न प्राणहरूलाई गर्ने प्रशासन सुव्यवस्थित हुन्छ र यस्तो प्रशासनलाई चरणहरू र नियमहरूअनुरूप कार्यान्वयन गरिन्छ। यस्तो प्रशासनको कारणले गर्दा नै मानिसको भौतिक संसार विश्रृंखलतामा परेको छैन, भौतिक संसारका मानिसहरूमा सामान्य मानसिकता, सामान्य चेतना, र व्यवस्थित देहीय जीवन छ। मानिसमा त्यस्तो सामान्य जीवन भएपछि मात्रै देहमा जिउनेहरू पुस्तौंपुस्तासम्‍म निरन्तर उन्‍नति गर्न र वृद्धि-विकास गर्न सक्‍नेछन्।

वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १०

जीवित प्राणीको मृत्युले—भौतिक जीवनको समाप्तिले—जीवित प्राणी भौतिक संसारबाट आत्मिक संसारमा गएको छ भन्‍ने देखाउँछ, नयाँ भौतिक जीवनको जन्‍मले जीवित प्राणी आत्मिक संसारबाट भौतिक संसारमा आएको छ र यसले आफ्‍नो भूमिका स्वीकार गरी निर्वाह गर्न सुरु गरेको छ भन्‍ने देखाउँछ। चाहे यो प्राणीको प्रस्थान वा आगमन जे भए तापनि, यी दुवैलाई आत्मिक संसारको कार्यबाट अलग गर्न सकिँदैन। कुनै व्यक्ति भौतिक संसारमा आइपुग्दासम्‍म, त्यो व्यक्ति कुन परिवारमा जानेछ, कुन युगमा तिनीहरू आइपुग्‍नेछन्, कुन घडीमा तिनीहरू आइपुग्‍नेछन्, अनि तिनीहरूले निर्वाह गर्ने भूमिका जस्ता उचित बन्दोबस्तहरू र परिभाषाहरू परमेश्‍वरले आत्मिक संसारमा पहिले नै तयार गरिसक्‍नुभएको हुन्छ। त्यसो भएको हुनाले, यो व्यक्तिको सम्पूर्ण जीवन—तिनीहरूले गर्ने कुराहरू, र तिनीहरूले लिने मार्गहरू—अलिकति पनि तलमाथि नभईकन आत्मिक संसारमा गरिएका बन्दोबस्तहरूअनुसार नै अघि बढ्नेछन्। यसको साथै, भौतिक जीवन समाप्त हुने र यो अन्त्य हुने तरिका र स्थान बारेमा आत्मिक संसारमा स्पष्ट र पत्ता लगाउन सकिने हुन्छ। भौतिक संसारमाथि परमेश्‍वरले शासन गर्नुहुन्छ, र उहाँले आत्मिक संसारमाथि पनि शासन गर्नुहुन्छ, अनि उहाँले प्राणको जीवन र मृत्युको सामान्य चक्रमा ढिलाइ गर्नुहुनेछैन, न त उहाँले त्यस चक्रका बन्दोबस्तहरूमा कहिल्यै कुनै गल्तीहरू नै गर्न सक्‍नुहुन्छ। आत्मिक संसारका आधिकारिक पदहरू धारण गर्नेहरूले आफ्‍ना व्यक्तिगत कार्यहरू गर्छन्, अनि परमेश्‍वरका निर्देशनहरू र नियमहरूअनुसार तिनीहरूले आफूले गर्नुपर्ने काम गर्छन्। तसर्थ, मानवजातिको संसारमा मानिसले हेर्ने हरेक भौतिक घटनाक्रम व्यवस्थित हुन्छन्, र त्यसमा कुनै भद्रगोलता हुँदैन। यो सबै परमेश्‍वरले सबै थोकमाथि गर्नुहुने सुव्यवस्थित शासनको कारण, साथै उहाँको अख्‍तियारले सबै थोकमाथि शासन गर्नुहुन्छ भन्‍ने तथ्यले गर्दा भएको हो। उहाँको प्रभुत्वमा मानिस जिउने भौतिक संसार, साथै मानवजातिभन्दा पछाडि रहेको अदृश्य आत्मिक संसार पनि समावेश छ। त्यसकारण, यदि मानिसले असल जीवन पाउने चाहना गर्छ, र देख्‍न सकिने सम्पूर्ण भौतिक संसार आफूलाई प्रदान गरिएको लगायत राम्रो परिवेशमा जिउने आशा गर्छ भने, तिनीहरूलाई आत्मिक संसार पनि प्रदान गरिनुपर्छ जसलाई कसैले पनि देख्‍न सक्दैन, जसले मानवजातिको पक्षमा हरेक जीवित प्राणीमाथि शासन गर्छ र जुन सुव्यवस्थित छ।

वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १०

मानवजाति र ब्रह्माण्डका नियतिहरू सृष्टिकर्ताको सार्वभौमिकतासँग घनिष्ट रूपले गाँसिएका र सृष्टिकर्ताका योजनाबद्ध कार्यहरूसँग अभिन्न रूपले जोडिएका हुन्छन्; आखिरमा, तिनीहरू सृष्टिकर्ताको अख्‍तियारसँग अभिन्न हुन्छन्। सबै कुराहरूका नियमहरूमा, मानिसले सृष्टिकर्ताका योजनाबद्ध कार्यहरू र उहाँको सार्वभौमिकतालाई बुझ्‍न पुग्छ; सबै कुराहरूको अस्तित्वका नियमहरूमा, उसले सृष्टिकर्ताको शासनलाई जान्‍न पुग्छ; सबै कुराहरूका नियतिहरूमा, उसले सृष्टिकर्ताले कसरी तिनीहरूउपर आफ्‍नो सार्वभौमिकता र नियन्त्रण प्रयोग गर्नुहुन्छ सो निश्कर्ष निकाल्न पुग्छ; अनि मानवजाति र यावत् थोकका जीवनचक्रहरूमा मानिसले साँच्‍चै नै यी यावत् थोक र जीवित प्राणीहरूका निम्ति सृष्टिकर्ताका योजनाबद्ध कार्यहरू र बन्दोबस्तहरूको अनुभव गर्न पुग्छ, कसरी ती योजनाबद्ध कार्यहरू र बन्दोबस्तहरूले सारा सांसारिक कानुनहरू, नियमहरू, र संस्थाहरू, अन्य सारा शक्तिहरू र सामर्थ्यहरूलाई नाघ्छन् भन्‍ने कुरा देख्‍न पुग्छ। त्यसो हुनाले, सृष्टिकर्ताको सार्वभौमिकतालाई कुनै पनि सृष्टि गरिएको प्राणीले उल्‍लङ्घन गर्न सक्दैन, सृष्टिकर्ताले पूर्वनिर्धारित गर्नुभएका घटनाहरू र काम-कुराहरूलाई कुनै पनि शक्तिले खोस्‍न वा उल्ट्याउन सक्दैन भन्‍ने कुरा स्वीकार गर्न मानवजाति बाध्य छ। यिनै ईश्‍वरीय व्यवस्था र नियमहरूमा नै मानवजाति अनि यावत् थोक जिउँछन् र एक पुस्तादेखि अर्को पुस्तासम्‍म वृद्धि हुँदै जान्छन्। के सृष्टिकर्ताको अख्‍तियारको साँचो मूर्त रूप यही होइन र?

वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

तँ यस संसारमा रुँदै आएको क्षणदेखि नै तैँले आफ्नो कर्तव्य पूरा गर्न थाल्छस्। परमेश्‍वरको योजना र उहाँको विधिमा आफ्नो भूमिका खेल्दै तैँले आफ्नो जीवन यात्रा सुरुआत गर्छस्। तेरो पृष्‍ठभूमि जस्तोसुकै होस् र तेरो अगाडि जस्तोसुकै यात्रा भए तापनि स्वर्गको व्यवस्थापन र प्रबन्धबाट कोही पनि उम्कन सक्दैन, अनि तिनीहरूको गन्तव्य आफ्नै वशमा हुँदैन, किनकि सबै थोकमाथि शासन गर्नुहुने उहाँ मात्र यस्तो कार्य गर्न सक्षम हुनुहुन्छ। मानिस अस्तित्वमा आएको दिनदेखि नै ब्रह्‍माण्डलाई व्यवस्थापन गरेर, सबै थोक परिवर्तन हुने नियमहरू र तिनीहरूका चालहरूको मार्गचित्र निर्देशन गर्दै परमेश्‍वरले काम गर्नुभएको छ। सबै थोकहरूलाई जस्तै मानिसलाई पनि परमेश्‍वरबाट आएको मिठासपन, झरी र शीतले गुपचुप र अञ्‍जान रूपमा पोषण दिन्छ; सबै थोकहरू जस्तै, मानिस अन्जान रूपमा नै परमेश्‍वरको बाहुलीको व्यवस्थापनको मातहतमा जिउँछ। मानिसको हृदय र आत्मा परमेश्‍वरको हातमा हुन्छ, उसको जीवनको सबै थोकमा परमेश्‍वरले नजर राख्‍नुहुन्छ। तैँले यस कुरालाई विश्‍वास गर् वा नगर्, चाहे त्यो सजीव वा निर्जीव होस्, कुनै पनि थोक र सबै थोक परमेश्‍वरको विचारअनुसार सर्छन्, परिवर्तन हुन्छन्, नवीकरण हुन्छन् र लोप हुन्छन्। परमेश्‍वरले यसरी सबै थोकमाथि शासन गर्नुहुन्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ

परमेश्‍वरले यस संसारलाई सृष्‍टि गर्नुभयो, उहाँले यस मानवजातिलाई सृष्‍टि गर्नुभयो, साथै उहाँ प्राचीन ग्रीक संस्कृति र मानव सभ्यताका योजनाकार हुनुहुन्थ्यो। परमेश्‍वरले मात्र यस मानवजातिलाई सान्त्वना दिनुहुन्छ, र परमेश्‍वरले मात्र यस मानवजातिलाई रात र दिन हेरचाह गर्नुहुन्छ। मानव विकास र प्रगति परमेश्‍वरको सार्वभौमिकताबाट अविभाज्य छन्, र मानवजातिको इतिहास र भविष्य परमेश्‍वरका योजनाहरूबाट अलग छैनन्। यदि तँ साँचो इसाई होस् भने, कुनै पनि देश वा राज्यको उदय र पतन परमेश्‍वरको योजनाअनुसार हुन्छ भनी तैँले अवश्य पनि विश्‍वास गर्छस्। कुनै देश वा राज्यको नियति परमेश्‍वरलाई मात्र थाहा छ, अनि परमेश्‍वरले मात्र यस मानवजातिको गति-पथलाई नियन्त्रण गर्नुहुन्छ। यदि मानवजातिले असल नियति भएको चाहना गर्छ भने, यदि कुनै देशले असल नियति चाहन्छ भने, मानवजातिले परमेश्‍वरको आराधना गर्न घुँडा टेक्‍नुपर्छ, परमेश्‍वरका सामु पश्‍चाताप गर्नुपर्छ र स्वीकार गर्नुपर्छ, अन्यथा मानवको नियति र गन्तव्य भनेको रोक्‍नै नसकिने विनाश हुनेछ।

…………

सायद, तेरो देश अहिले समृद्ध होला, तर यदि तैँले आफ्ना मानिसहरूलाई परमेश्‍वरबाट तर्केर जान दिइस् भने, तेरो देशले आफूलाई परमेश्‍वरको आशिष्‌बाट अझै वञ्‍चित भएको पाउनेछ। तेरो देशको सभ्यतालाई अझै पैतालोले कुल्चिइनेछ, र छोटो समयभित्रै मानिसहरू परमेश्‍वरका विरुद्धमा उठ्नेछन् र स्वर्गलाई सराप्नेछन्। अनि यसरी, मानवले नजानिकन नै देशको भविष्य विनाश हुनेछ। परमेश्‍वरले श्राप दिनुभएका ती देशहरूसँग निराकरण गर्नका लागि परमेश्‍वरले शक्तिशाली देशहरूलाई उठाउनुहुनेछ, र उहाँले तिनीहरूलाई पृथ्वीबाट हटाइदिनुहुनेछ। कुनै देश वा राज्यको उत्थान र पतन त्यहाँका शासकहरूले आफ्ना मानिसहरूलाई परमेश्‍वरका नजिक हुन र उहाँलाई आराधना गर्न अगुवाइ गरेका छन् वा छैनन् भन्ने आधारमा पक्का गरिनेछ। तैपनि, यस अन्तिम युगमा परमेश्‍वरलाई साँचो रूपमा खोज्ने र आराधना गर्नेहरू अति नै सीमित भएका हुनाले इसाई विश्‍वासलाई राष्ट्रिय विश्‍वास वा धर्मका रूपमा स्वीकार गर्ने देशहरूमाथि परमेश्‍वरले विशेष दया देखाउनुभएको छ। उहाँले ती देशहरूलाई धार्मिक समूह बनाउन एकसाथ जम्मा गर्नुहुन्छ, जब कि नास्तिक देशहरू र साँचो परमेश्‍वरलाई आराधना नगर्नेहरू धार्मिक समूहका विरोधी बन्छन्। यसरी, आफ्नो काम गर्नका लागि मानवजातिका बीचमा परमेश्‍वरको स्थान मात्र नभएको होइन, तर उहाँको विरोध गर्ने देशहरूमाथि अधिकार गर्दा र प्रतिबन्ध लगाउँदा, धार्मिक अख्तियार व्यवहारमा लगाउने देशहरूलाई फाइदा पुग्‍नेछ। तैपनि यो सबै हुँदाहुँदै पनि परमेश्‍वरलाई आराधना गर्न अझै पनि मानिसहरू अगाडि आउँदैनन्, किनकि मानव उहाँबाट अति नै टाढा भइसकेको छ, र मानवले लामो समयदेखि परमेश्‍वरलाई बिर्सिसकेको छ। धार्मिकतालाई अभ्यास गर्ने र अधर्मलाई विरोध गर्ने देशहरू मात्र पृथ्वीमा रहन्छन्। तर यो परमेश्‍वरको चाहनाभन्दा धेरै नै टाढा छ, किनकि कुनै पनि देशका शासकहरूले तिनीहरूका मानिसहरूलाई परमेश्‍वरभन्दा माथि राख्‍न चाहँदैनन्, अनि कुनै पनि राजनीतिक दलले परमेश्‍वरलाई आराधना गर्नका लागि आफ्ना मानिसहरूलाई एकसाथ जम्मा गर्नेछैन; हरेक देश, राज्य, सत्तामा भएको दलको हृदयमा, र हरेक व्यक्तिको हृदयमा पनि परमेश्‍वरले आफ्नो सही स्थान गुमाउनुभएको छ। धार्मिक शक्तिहरू यस संसारमा रहे तापनि परमेश्‍वरले मानवको हृदयमा पाउनुपर्ने शासनको स्थान कमजोर भएको छ। परमेश्‍वरका आशिष विना, राजनीतिक क्षेत्र अलमलमा पर्नेछ र आक्रमणको जोखिममा पर्नेछ। मानवजातिका निम्ति परमेश्‍वरका आशिष् विना रहनु चाहिँ सूर्यविना रहनु जस्तै हो। आफ्ना मानिसहरूका निम्ति शासकहरूले जति नै परिश्रमका साथ काम गरे पनि मानवजातिले एकसाथ जति नै धेरै धार्मिक सम्मेलनहरू गरे पनि यी कुनै पनि कुराले घटनाको गति-पथलाई परिवर्तन गर्नेछैन वा मानवजातिको नियतिलाई बदल्नेछैन। मानिसहरूले खान पाएका र लुगा लगाउन पाएका, तिनीहरू एकसाथ शान्तिले बसेका, असल नेतृत्व भएको देशचाँहि असल देश हो भनी मानवले विश्‍वास गर्छ। तर परमेश्‍वरले यस्तो विचार गर्नुहुन्‍न। उहाँलाई कसैले पनि आराधना नगर्ने देशलाई उहाँले नै विनाश गर्नुहुनेछ भनी उहाँ विश्‍वास गर्नुहुन्छ। मानवको विचार गर्ने तरिका परमेश्‍वरको भन्दा अति नै अनौठो छ। यसैले, यदि कुनै देशको प्रमुखले परमेश्‍वरलाई आराधना गर्दैन भने, तब त्यस देशको नियति दुःखद हुनेछ, अनि त्यस देशको कुनै गन्तव्य हुनेछैन।

परमेश्‍वर मानवका राजनीतिमा सहभागी हुनुहुन्‍न, र पनि कुनै देश वा राज्यको नियति परमेश्‍वरले नियन्त्रण गर्नुहुन्छ। परमेश्‍वरले यो संसार र सारा विश्‍वलाई नियन्त्रण गर्नुहुन्छ। मानवको नियति र परमेश्‍वरको योजना घनिष्ठ रूपमा जोडिएका छन्, कुनै पनि मानव, देश वा राज्य परमेश्‍वरको सार्वभौमिकताबाट छुटेको छैन। यदि मानवले आफ्नो नियति जान्‍न चाहन्छ भने, ऊ परमेश्‍वरका सामु आउनैपर्छ। परमेश्‍वरलाई पछ्याउने र आराधना गर्नेहरूलाई उहाँले समृद्ध पार्नुहुनेछ र उहाँलाई अस्वीकार गर्ने र विरोध गर्नेहरूलाई उहाँले अस्वीकार र विनाश गर्नुहुन्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि नेतृत्व गर्नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरले कसरी आजका दिनसम्म मानवजातिलाई अगुवाइ र भरणपोषण गर्दै आउनुभएको छ

परमेश्‍वरका प्रासंगिक वचनहरू:जीवनको बाटो जोसुकैले पाउने कुरा होइन, न त यो कसैले सहजै प्राप्त गर्न सक्‍ने कुरा नै हो। यो यसैले हो किनभने...

कुनै पनि स्वर्गदूतलाई परमेश्‍वर भन्न सकिँदैनथियो, किनभने तिनीहरूले स्वर्ग, पृथ्वी र यावत् थोक सृष्टि गर्न सक्दैनथिए

परमेश्‍वरका प्रासंगिक वचनहरू:उहाँले यावत् थोकको सृष्टि गर्न सुरु गर्नुभएदेखि नै, परमेश्‍वरको शक्ति व्यक्त हुन र प्रकट हुन थाल्यो, किनभने...

स्वर्ग, पृथ्वी र यावत् थोकको सृष्टि गर्न सक्‍नुहुने मात्र एउटै साँचो परमेश्‍वर, सृष्टिका प्रभु हुनुहुन्छ

परमेश्‍वरका प्रासंगिक वचनहरू:सबै थोकमाथि शासन गर्ने र सबै थोकमाथि प्रशासन चलाउनुहुने परमेश्‍वर नै हुनुहुन्छ। अस्तित्वमा भएका सबै कुरा...

परमेश्‍वर सृष्टिका प्रभु हुनुहुन्छ, उहाँको अख्तियार अद्वितीय छ

परमेश्‍वरका प्रासंगिक वचनहरू:परमेश्‍वरले यावत् थोक सृष्टि गर्न वचन प्रयोग गर्नुहुन्छउत्पत्ति १:३-५ र परमेश्‍वरले भन्‍नुभयो, उज्यालो होस्:...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्