परमेश्वरका दैनिक वचनहरू: परमेश्वरलाई चिन्नु | अंश १६
27 अप्रिल 2021
परमेश्वरको कामको दौरान भाग्ने व्यक्तिहरूप्रति परमेश्वरको आचरण
यस प्रकारका मानिसहरू जहाँतहीँ हुन्छन्: परमेश्वरको मार्गको बारेमा निश्चित भइसकेपछि, विविध कारणहरूले गर्दा, तिनीहरू चुपचाप गएँ है पनि नभनी, टाढा जान र तिनीहरूको हृदयले जे चाहन्छ त्यही गर्न छाडेर हिँड्छन्। हाललाई हामी यी व्यक्तिहरूले छाडेर हिँड्ने कारणहरूमा प्रवेश गर्नेछैनौं; हामी पहिले यस प्रकारको व्यक्तिप्रति परमेश्वरको आचरण कस्तो हुन्छ त भनेर हेर्नेछौं। यो एकदमै स्पष्ट छ! यी मानिसहरूले छाडी गएको क्षणदेखि, परमेश्वरको आँखामा तिनीहरूको विश्वासको अवधि समाप्त हुन्छ। यो उक्त एक व्यक्तिले अन्त्य गरेको होइन, यो त परमेश्वरले अन्त्य गर्नुभएको हो। उक्त व्यक्तिले परमेश्वरलाई छाडेर गयो भन्नुको अर्थ तिनीहरूले परमेश्वरलाई अस्वीकार गरे, तिनीहरूले उहाँलाई अब फेरि कहिल्यै चाहँदैनन् र तिनीहरूले परमेश्वरको मुक्ति अब फेरि कहिल्यै स्वीकार गर्दैनन् भन्ने हुन्छ। यस प्रकारका मानिसहरूले परमेश्वरलाई नचाहने भएको हुनाले, के तिनीहरूलाई उहाँले अझै चाहनुहुन्छ त? यस बाहेक, जब त्यस्ता मानिसहरूसँग यस प्रकारको आचरण, यो दृष्टिकोण हुन्छ र तिनीहरू परमेश्वरलाई छाडी जान दृढ बन्छन्, तब तिनीहरूले पहिले नै परमेश्वरको स्वभावलाई भड्काइसकेका हुन्छन्। तिनीहरू रिसले चूर नभएको र तिनीहरूले परमेश्वरलाई नसरापेको भए पनि, तिनीहरू दुष्ट र अतिशय व्यवहारमा संलग्न नभए तापनि र यी मानिसहरूले “जब मैले बाह्य रूपमा धीत मरूञ्जेल मजा लिइसकेको हुन्छु, वा जब मलाई अझै केही कुराको लागि परमेश्वरको आवश्यकता पर्छ, यदि यस्तो दिन आए, म फर्की आउनेछु वा परमेश्वरले मलाई बोलाउनुभयो भने म फर्की आउनेछु” भनेर सोचे तापनि वा तिनीहरूले “जब म बाह्य रूपमा चोटग्रस्त हुन्छु, वा जब मैले बाह्य संसार एकदमै अन्धकारमय र दुष्ट भएको देख्छु र म अब फेरि कहिल्यै जमानाअनुसार चल्न चाहन्न भने, म परमेश्वरकहाँ फर्की आउनेछु” भनेर भने तापनि यस्तो हुन्छ। यी मानिसहरूले तिनीहरू कहिले फर्की आउने भनेर तिनीहरूको मस्तिष्कमा हिसाबकिताब गरिसकेको हुने भए तापनि र तिनीहरूले फर्की आउने ढोका खुला राखे तापनि, तिनीहरूले महसुस गर्दैनन् कि चाहे तिनीहरूले जेसुकै विश्वास गरून् वा तिनीहरूले जे-जसरी नै योजना गरून् यो त केवल अभिलाषी सोच मात्र हुन्छ। तिनीहरूको सबैभन्दा ठूलो गल्ती भनेको परमेश्वरलाई छाडी जाने तिनीहरूको चाहनाले परमेश्वरलाई कस्तो अनुभव गर्ने तुल्याउँछ भन्ने बारेमा स्पष्ट नहुनु हो। तिनीहरूले परमेश्वरलाई छाडी जाने निर्णय गरेकै क्षणदेखि, उहाँले तिनीहरूलाई पूर्ण रूपमा परित्याग गर्नुहुन्छ; त्यति बेलासम्ममा, उहाँले त्यस्तो व्यक्तिको परिणाम निर्धारण गरिसक्नुभएको हुन्छ। त्यो परिणाम के हो त? त्यो परिणाम भनेको उक्त व्यक्ति मुसाहरूमध्ये एक बन्नेछ र तिनीहरूसँगै नासिएर जानेछ भन्ने हो। यसरी, मानिसहरूले यस प्रकारको अवस्था बारम्बार देख्छन्: कुनै व्यक्तिले परमेश्वरलाई छाड्छ तर त्यसपछि उसले कुनै दण्ड पाउँदैन। परमेश्वरले उहाँका आफ्नै सिद्धान्तहरू अनुसार कार्य सञ्चालन गर्नुहुन्छ; केही कुराहरू देख्न सकिन्छ भने अन्य कुराहरूचाहिँ परमेश्वरको हृदयभित्र निष्कर्षमा पुग्छन्, त्यसैले मानिसहरूले नतिजाहरू देख्न सक्दैनन्। मानिसहरूले देख्न सक्ने भाग नै वस्तुहरूको साँचो भाग हो भन्ने जरुरी छैन, तर त्यो अर्को भागमा—तैँले नदेख्ने भागमा—वास्तवमा परमेश्वरका साँचो हृदयस्पर्शी सोचहरू र निष्कर्षहरू हुन्छन्।
परमेश्वरको कामको अवधिमा भाग्ने मानिसहरू साँचो मार्ग त्याग्ने व्यक्तिहरू हुन्
परमेश्वरले उहाँको कामको दौरान भागेर जाने मानिसहरूलाई कसरी त्यस्तो गम्भीर दण्ड दिन सक्नुहुन्छ? उहाँ तिनीहरूप्रति किन त्यति रिसाउनुहुन्छ? सर्वप्रथम, हामीलाई परमेश्वरको स्वभाव भनेको महिमा र क्रोध हो भन्ने थाहा छ; उहाँ जो कसैले काटेर मार्ने भेडा होइन, उहाँ मानिसहरूले जसरी चाह्यो त्यसरी काबूमा रहने कठपुतली हुने कुरा त झन् परै जाओस्। उहाँ यता-उता गराउन सकिने रित्तो हावाको पोको पनि होइन। यदि तैँले परमेश्वर अस्तित्वमा हुनुहुन्छ भनी सच्चा रूपमा विश्वास गर्छस् भने, तँसँग परमेश्वरको डर मान्ने हृदय हुनुपर्छ, अनि तैँले उहाँको सार क्रोधित पारिनु पर्ने कुरा होइन भनी जान्नुपर्छ। यस्तो क्रोध एउटा शब्दले, वा शायद एउटा विचारले, वा शायद कुनै प्रकारको दुष्ट व्यवहारले, वा शायद सामान्य व्यवहार—यस्तो व्यवहार जुन मानवीय आँखाहरू र आचारशास्त्रअनुसार ठीकै लाग्ने हुन्छन्—त्यसले समेत पैदा गराउन सक्छ; वा शायद यो क्रोधलाई कुनै धर्मसिद्धान्त वा सिद्धान्तले भड्काउँछ। तथापि, तैँले परमेश्वरलाई क्रोधित पारिसकेपछि तेरो अवसर गुमिसकेको हुन्छ, अनि तेरा आखिरी दिनहरू आइसकेका हुन्छन्। यो एकदम भयानक कुरा हो! यदि तैँले परमेश्वरलाई ठेस पुर्याउनु हुँदैन भन्ने कुरा बुझ्दैनस् भने, तँ परमेश्वरसँग डराउँदैनस्, र शायद तैँले नियमित रूपमा उहाँलाई ठेस पुर्याउँदै गरेको हुन सक्छस्। यति तँलाई कसरी परमेश्वरको डर मान्ने भन्ने कुरा थाहा छैन भने तैँले परमेश्वरको डर मान्न सक्दैनस्, र तँलाई कसरी आफूले आफूलाई परमेश्वरको मार्ग अर्थात परमेश्वरको डर मान्ने अनि दुष्टताबाट अलग रहने मार्गमा हिँड्ने बाटोमा लैजाने हो सो थाहा हुनेछैन। परमेश्वरलाई ठेस पुर्याउनु हुँदैन भन्ने तँलाई थाहा भइसकेपछि र तँ यसबारेमा सचेत भइसकेपछि, तैँले परमेश्वरको डर मान्ने अनि दुष्टताबाट अलग रहने भनेको के हो सो थाहा पाउनेछस्।
परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्गमा हिँड्नु भनेको तैँले कति सत्यता बुझेको छस्, तैँले कति परीक्षाहरूको अनुभव गरेको छस्, वा तँ कति अनुशासित छस् भन्ने बारेमा नै हुनु जरुरी छैन। बरु, यो त तँसँग तेरो हृदयमा परमेश्वरप्रति कस्तो प्रकारको आचरण छ र तैँले के सार व्यक्त गर्छस् भन्ने कुरामा निर्भर हुन्छ। मानिसहरूका सारहरू र तिनीहरूका आत्मपरक आचरणहरू—यी कुराहरू धेरै महत्त्वपूर्ण, धेरै निर्णायक छन्। जहाँसम्म परमेश्वरलाई परित्याग गर्ने र छोडेर जाने व्यक्तिहरूको सवाल छ, परमेश्वरप्रतिको तिनीहरूको निन्दनीय आचरण र सत्यतालाई घृणा गर्ने तिनीहरूको हृदयले यसअघि नै उहाँको स्वभावलाई क्रुद्ध पारिसकेको हुन्छ, जहाँसम्म उहाँको सवाल छ, उहाँले तिनीहरूलाई कहिल्यै पनि क्षमा गर्नुहुनेछैन। तिनीहरूले परमेश्वरको अस्तित्वको बारेमा जानेका छन्, तिनीहरूलाई उहाँ यसअघि नै आइसक्नुभएको छ भनी सूचित गरिसकिएको छ र तिनीहरूले परमेश्वरको नयाँ कामको पनि अनुभव गरिसकेका छन्। तिनीहरू प्रस्थान हुनुको कारण तिनीहरू भ्रममा परेकाले वा बेवकुफ भएकाले थिएन, तिनीहरूलाई जबरजस्ती छोडेर जान लगाउने कुरो त परै जाओस्। बरु, तिनीहरूले जानी-जानी नै र स्पष्ट विचारको साथ परमेश्वरलाई छोडेर जाने विकल्प रोजे। तिनीहरूको प्रस्थान तिनीहरूले बाटो बिराएको कारण थिएन, न त तिनीहरू परित्याग गरिएका नै थिए। त्यसकारण, परमेश्वरको नजरमा तिनीहरू झुण्डबाट हराएका भेडाहरू होइनन्, तिनीहरू बाटो बिराएका उडन्ते पुत्रहरू हुने कुरा त परै जाओस्। तिनीहरूले दण्डहीनताका साथ प्रस्थान गरे—त्यस्तो अवस्थाले, त्यस्तो परिस्थितिले परमेश्वरको स्वभावलाई भड्काउँछ, र यही भड्काइको कारण उहाँले तिनीहरूलाई निराशाजनक परिणामहरू दिनुहुन्छ। के यस प्रकारको परिणाम डरलाग्दो हुँदैन त? त्यसकारण, यदि मानिसहरूले परमेश्वरलाई चिन्दैनन् भने तिनीहरूले उहाँलाई ठेस पुर्याउन सक्छन्। यो सानो कुरो होइन! यदि मानिसहरूले परमेश्वरको आचरणलाई गम्भीर रूपमा लिँदैनन् भने र तिनीहरू अझै पनि तिनीहरू उहाँका हराएका भेडाहरू भएकोले उहाँ तिनीहरू फर्की आउने आशामा हुनुहुन्छ र उहाँले अझै पनि तिनीहरूले हृदय परिवर्तन गरून् भन्ने प्रतीक्षामा हुनुहुन्छ भन्ने विश्वास गर्छन् भने, तिनीहरू तिनीहरूको दण्डका दिनहरूबाट धेरै टाढा छैनन्। परमेश्वरले तिनीहरूलाई स्वीकार गर्न इन्कार मात्र गर्नुहुन्न—तिनीहरूले उहाँको स्वभावलाई भड्काएको त्यो दोस्रो पटक भएको हुँदा, मामला झनै भयानक हुन्छ! यी मानिसहरूको अनादरकारी आचरणहरूले यसअघि नै परमेश्वरका प्रशासनिक विधिहरूको उल्लङ्घन गरिसकेका छन्। के तिनीहरूलाई अझै उहाँले स्वीकार गर्नुहुन्छ त? परमेश्वरको हृदयमा, यो मामलाको सम्बन्धमा उहाँका सिद्धान्तहरू के हुन्छन् भने यदि कसैले साँचो मार्गको बारेमा निश्चितता हासिल गरेको छ तर पनि अझै उसले जानी-जानी नै र स्पष्ट विचारको साथ परमेश्वरलाई अस्वीकार गरी परमेश्वरबाट टाढा जान्छ भने, उहाँले त्यस्तो व्यक्तिको मुक्तिको बाटो बन्द गरिदिनुहुन्छ र उक्त व्यक्तिको लागि राज्यको प्रवेशद्वार अब उप्रान्त बन्द गरिनेछ। जब यस्तो व्यक्ति फेरि ढोका ढकढक्याउँदै आउँछ, परमेश्वरले ढोका उघार्नुहुनेछैन; उक्त व्यक्तिलाई सधैँको लागि ढोका बन्द गरी बाहिरै राखिनेछ। सायद तिमीहरूमध्ये केहीले बाइबलमा मोशाको कथा पढेका छौ होला। परमेश्वरद्वारा मोशाको अभिषेक भएपछि, तिनका कार्यहरूको कारण र अन्य विविध कुराहरूको कारण २५० जना अगुवाहरूले मोशाप्रति अवज्ञा व्यक्त गरे। तिनीहरूले कोप्रति समर्पित हुन अस्वीकार गरे त? मोशाप्रति होइन। तिनीहरूले परमेश्वरका बन्दोबस्तहरूप्रति समर्पित हुन अस्वीकार गरे; तिनीहरूले यस मामला सम्बन्धी परमेश्वरको कामप्रति समर्पित हुन अस्वीकार गरे। तिनीहरूले यसो भने: “तपाईंहरूले अति गर्नुभयो! महासभामा सबै जना पवित्र छन्, हरेक व्यक्ति पवित्र छन् र तिनीहरूमाझ यहोवा हुनुहुन्छ…।” के यी शब्द र पङ्तिहरू, मानव दृष्टिकोणबाट, धेरै गम्भीर छन् त? ती धेरै गम्भीर छैनन्! कम्तीमा पनि यी शब्दहरूको शाब्दिक अर्थ गम्भीर छैन। कानुनी अर्थमा, तिनीहरूले कुनै पनि कानुन उल्लङ्घन गर्दैनन्, किनभने सतही रूपमा, यो शत्रुतापूर्ण भाषा वा शब्दसंग्रह होइन, यसमा ईश्वरनिन्दाको सङ्केतार्थ हुने कुरा त परै जाओस्। यी त केवल सामान्य वाक्यहरू हुन्, त्योभन्दा बढ्ता केही होइनन्। त्यसो भए, किन यी शब्दहरूले परमेश्वरको त्यस्तो क्रोध भड्काउन सक्छन् त? किनभने ती शब्दहरू मानिसहरूलाई भनिएका थिएनन्, परमेश्वरलाई भनिएका थिए। तिनीहरूले व्यक्त गरेका मनोवृत्ति र स्वभाव नै ती कुराहरू हुन् जसले परमेश्वरको स्वभावलाई भड्काउँछन्, र तिनीहरूले चिढ्याउन नहुने परमेश्वरको स्वभावलाई चिढ्याउँछन्। अन्त्यमा ती अगुवाहरूका परिणामहरू के थिए, हामी सबैलाई थाहा छ। परमेश्वरलाई त्याग गरेका मानिसहरूको सम्बन्धमा भन्दा, तिनीहरूको दृष्टिकोण के हो त? तिनीहरूको आचरण के हो त? अनि किन तिनीहरूको दृष्टिकोण र आचरणले परमेश्वरलाई तिनीहरूसँग त्यस शैलीमा व्यवहार गर्ने तुल्याउँछ त? यसको कारण के हो भने, तिनीहरूले उहाँ परमेश्वर हुनुहुन्छ भन्ने जाने तापनि, तिनीहरूले अझै उहाँलाई धोका दिने विकल्प रोजे, अनि यसको कारण तिनीहरूलाई तिनीहरूको मुक्तिका सबै अवसरहरूबाट पूर्ण रूपमा वञ्चित गरिन्छ। बाइबलमा लेखिए झैं, “किनभने यदि हामीले सत्यको ज्ञान प्राप्त गरिसकेपछि पनि जानी-जानी पाप गर्छौं भने, त्यसउप्रान्त पापहरूको निम्ति कुनै बलिदान बाँकी रहँदैन” (हिब्रू १०:२६)। के अब तिमीहरूले यो मामलाको बारेमा स्पष्ट बुझ्यौ त?
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू