Nepali Gospel Movie | मेरा पाष्टर श्रीमान र म | Why Can't My Pastor Husband Welcome the Lord's Return?

18 अक्टोबर 2024

झाओ शिनहुइका श्रीमान एक धार्मिक पाष्टर हुन् जसलाई विश्वासीहरूले कदर र समर्थन गर्छन्, अनि उनी र उनका श्रीमान दुवैले उत्सुकतासाथ प्रभु येशूको पुनरागमनको प्रतीक्षा गर्छन्। एक दिन, झाओ शिनहुइले सर्वशक्तिमान् परमेश्वरका वचन पढ्छिन्, जसमा उनले आश्चर्यजनक रूपमा परमेश्वरको आवाज पहिचान गर्छिन्। खोजी र अनुसन्धानमार्फत, उनले सर्वशक्तिमान् परमेश्वर प्रभु येशूको दोस्रो आगमन हुनुभएको निर्धारण गर्छिन्, अनि भावनाले भरिन्छिन्, हर्षसाथ उनको श्रीमानलाई प्रभु फर्कनुभएको समाचार भन्न चाहन्छिन्। उनले अपेक्षा नगरेको कुरा के हुन्छ भने, उनका श्रीमान हायल-कायल भई बाइबलका वचनहरूमा टासिँन्छन् र प्रभु देहधारी हुनुहुनेछ र मानिसको पुत्रका रूपमा फर्कनुहुनेछ भनी पटक्कै विश्वास गर्दैनन्। उनले हठी भएर प्रभु बादलबाट ओर्लिरहनुभएको आत्मिक शरीरका रूपमा फर्कनुहुनेछ भन्छन्, धार्मिक धारणा फैलाउने र झाओ शिनहुइको अनुसन्धान र उनको साँचो मार्गको स्वीकारमा अवरोध ल्याउने समेत गर्छन्। यसपछि, तिनीहरूबीच बहसको एउटा शृङ्खला नै चल्छ। झाओ शिनहुइ बढ्दो रूपमा अन्योलमा पर्छिन्; उनका श्रीमानले बाइबल यति राम्ररी बुझे तापनि कसरी परमेश्वरको आवाज नसुन्न सक्छन्? उनलाई झन् चकित त के कुराले पार्छ भने, विगतमा निकै नम्र, विचारशील र प्रमिलो रहिआएका उनका श्रीमानले प्रभुको आगमनलाई कसरी यति शत्रुताका साथ व्यवहार गर्छन्। उनले साँचो मार्गको खोजी र अनुसन्धान नगर्ने मात्र होइन, विश्वासीहरूलाई प्रभुलाई स्वागत गर्नबाट रोक्न कुनै कसर बाँकी राख्दैनन्, आखिरी दिनहरूको सुसमाचार फैलाउने दाजुभाइ-दिदीबहिनीहरूबारे पुलिसमा रिपोर्ट गरेर तिनीहरूलाई पक्राउ गराउने, र उनीसँग हिंसात्मक बन्ने समेत गर्छन्। आफ्नो परिवारभित्र यो आत्मिक लडाईको सामना गर्दा, झाओ शिनहुइले के रोज्नेछिन्? के उनी साँचो मार्गमा दृढ रूपमा खडा रहन सक्नेछिन्?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्