Nepali Christian Movie | एउटा खतरनाक सुसमाचार यात्रा | Spreading the Gospel of the Lord Jesus' Return

7 अगस्ट 2024

शु सोंगएनले एउटा घर-मण्डलीका एल्डर थिए, अनि सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गरेपछि, उनले आफ्ना पाष्टर र सहकर्मीहरूलाई उत्साहपूर्वक सुसमाचार प्रचार गरे। तर, अचानक, उनले भत्सर्ना र अस्वीकार भोगे। शु सोंगएनले के देखे भने, पाष्टर र एल्डरहरूको प्रकृति सत्यतालाई घृणा गर्ने र सत्यतादेखि दिक्क मान्ने खालको थियो, अनि उनले दृढतापूर्वक आफूलाई धर्मबाट अलग गरे। यसपछि, उनले सक्रिय रूपमा सुसमाचार प्रचार गरे र परमेश्वरको गवाही दिए, र छ महिनाभित्र, आफ्नो अगुवाइमुनि रहेका १०,००० भन्दा बढी विश्वासीहरूलाई परमेश्वरसामु लिएर आए। यसकारण, धार्मिक पाष्टर उनको शत्रु भए, र पुलिसलाई खबर गरेर उनलाई पक्राउ गराइयो। जेल सजाय काट्दा, उनले धार्मिक अगुवा लि मुग्वांगलाई भेटे, र ती दुई जना निकै कम समयमा राम्रा मित्र बने, जेलमा प्राय: एक अर्कालाई मद्दत गर्ने र एक-अर्कासँग सङ्गति गर्ने गर्थे। शु सोंगएन लि मुग्वांगलाई परमेश्वरको आखिरी दिनहरूको कामको गवाही दिन निकै चाहन्थे, तर तिनीहरूलाई जेलमा निकै नजिकबाट निगरानी गरिन्थ्यो, अनि लि मुग्वांग आफ्नो जेल सजाय सक्काएर रिहा पनि हुन लागेका थिए। निकै गम्भीर रूपमा सोच-विचार गरेपछि, शु सोंगएनले एउटा जोखिमपूर्ण निर्णय लिए: उनले जेलबाट भागेर लि मुगुआंगलाई सुसमाचार प्रचार गर्ने निर्णय लिए। के उनी जेलबाट सफलतापूर्वक भाग्न सक्नेछन् त? के उनी परमेश्वरको आखिरी दिनहरूको सुसमाचार प्रचार गर्न अनि गवाही दिन जारी राख्न सक्नेछन् त? पत्ता लगाउन "एउटा खतरनाक सुसमाचार यात्रा" हेर्नुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्