Christian Song | सिद्ध हुनका लागि परमेश्‍वरसँग सामान्य सम्बन्ध राख्

22 जुन 2021

परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य भएपछि मात्रै

तँ उहाँबाट सिद्ध बनाइन योग्य हुन्छस्,

त्यसपछि मात्रै परमेश्‍वरको निराकरण, काँटछाँट, ताडना र शोधनले

तँमा तोकिएका प्रभाव हासिल गर्न सक्छ।

यसो भन्नुको अर्थ, यदि मानवजातिले परमेश्‍वरलाई तिनीहरूको हृदयमा राख्न सक्षम भएमा

र व्यक्तिगत लाभको खोजी नगरेमा

वा तिनीहरूको आफ्नै भविष्य वा तिनीहरूको देहको बारेमा नसोचेमा,

बरु त्यसको सट्टा जीवनमा प्रवेश गर्ने भारलाई बोकेमा,

सत्यको खोजी गर्ने सक्दो प्रयास गरेमा, र परमेश्‍वरको कार्यमा समर्पित भएमा—

यदि तैँले यसो गर्न सकेमा, तैँले अघि बढाउने लक्ष्यहरू सही हुनेछन्,

र परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य बन्नेछ।

परमेश्‍वरसँगको सम्बन्धलाई सही बनाउनुलाई

आत्मिक यात्रामा प्रवेश गर्ने पहिलो कदम भन्न सकिन्छ।

मानिसको नियति परमेश्‍वरको हातमा रहेको र परमेश्‍वरले पूर्वनिर्धारण गर्नुभएको भए तापनि,

र मानिसले परिवर्तन गर्न नसक्ने भए तापनि,

तँ परमेश्‍वरबाट सिद्ध बनाइने वा उहाँबाट प्राप्‍त गरिने कुरा

परमेश्‍वरसँग तेरो सम्बन्ध सामान्य छ वा छैन भन्ने कुरामा निर्भर रहन्छ।

तेरा केही भागहरू कमजोर वा अवज्ञाकारी हुन सक्छन्—

तर तेरो दृष्टिकोण र तेरो अभिप्राय सही हुँदासम्म,

र परमेश्‍वरसँगको तेरो सम्बन्ध सही र सामान्य हुँदासम्म,

तँ परमेश्‍वरबाट सिद्ध पारिन योग्य हुन्छस्।

यदि परमेश्‍वरसँगको तेरो सम्बन्ध सही छैन भने,

र तँ देह वा तेरो परिवारको निम्ति काम गर्छस् भने,

तैँले जतिसुकै कडा मेहनत गरे पनि, त्यो सबै व्यर्थ हुनेछ।

यदि परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य छ भने,

अन्य सबै कुरा आफैँ मिलेर आउँछ।

परमेश्‍वरले अरू केही कुरा पनि हेर्नुहुन्न,

परमेश्‍वरप्रतिको तेरो दृष्टिकोण सही छ वा छैन भनेर मात्र हेर्नुहुन्छ:

तँ कसलाई विश्‍वास गर्छस्, तँ कसको लागि विश्‍वास गर्छस्, र तँ किन विश्‍वास गर्छस्।

यदि तैँले अवस्थालाई स्पष्ट रूपमा देख्न

र तेरो दृष्टिकोणलाई राम्रो स्वभावसहित अभ्यास गर्न सक्छस् भने,

तैँले तेरो जीवनमा प्रगति गर्न सक्छस्,

र सही मार्गमा तेरो प्रवेशको प्रत्याभूतिसमेत हुनेछ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्