Christian Dance | सत्यता पछ्याउनु सबैभन्दा ठूलो आशिष् हो | Praise Song
12 अक्टोबर 2024
१
मानिसको पुत्र देखा पर्नुभएको छ र सत्यता व्यक्त गर्नुहुन्छ,
उहाँ सर्वशक्तिमान् परमेश्वर हुनुहुन्छ।
परमेश्वरका भेडाले उहाँको स्वर सुन्छन् र उहाँसामु उठाइन्छन्।
हरदिन हामी परमेश्वरको वचन खान्छौँ र पिउँछौँ
र स्वर्गको राज्यको भोजमा सहभागी हुन्छौँ।
परमेश्वरको वचनद्वारा मलजल र आपूर्ति गरिनु कति आनन्दमय र मीठो कुरा हो!
परमेश्वरको वचनभित्र हामी धेरै सत्यताहरू बुझ्छौँ।
हामी यस संसारमा हुने दुष्टताको जड स्पष्ट रूपमा देख्छौँ र जीवनको अर्थ बुझ्छौँ।
हामी परमेश्वरलाई पछ्याउन र जीवनमा ज्योतिको मार्ग हिँड्न सबथोक पन्छाउँछौँ।
आखिरी दिनहरूका ख्रीष्ट, सर्वशक्तिमान् परमेश्वरलाई पछ्याउन पाउँदा हामी कति आशिषित छौँ!
सतावट र सङ्कष्टहरूमाझ परमेश्वरको प्रेम सधैँ हाम्रो छेउमै रहेको छ।
उहाँका वचनहरूद्वारा डोऱ्याइएर र मार्गनिर्देशित भएर, हामी आस्था र बल प्राप्त गर्छौँ;
हामी शैतानका परीक्षाहरूलाई जित्छौँ र परमेश्वरको सुन्दर गवाही दिन्छौँ।
यो परमेश्वरको अनुग्रह र आशिष् हो।
हामी सर्वशक्तिमान् परमेश्वरलाई धन्यवाद र प्रशंसा अर्पण गर्छौँ!
२
हामीलाई परमेश्वरका वचनहरूको न्याय र सजायको भोगाइले
आफैलाई चिन्ने तुल्याएको छ।
हाम्रा भ्रष्ट स्वभावहरू पखालिन्छन्, र यो परमेश्वरको आशिष् हो!
हामीले परमेश्वरको स्वभावको धार्मिकता र पवित्रता देखेका छौँ।
हाम्रो हृदयले परमेश्वरलाई प्रेम गर्छ र उहाँको डर मान्छ,
र हामी उहाँलाई धन्यवाद र प्रशंसा अर्पण गर्छौँ!
जसले उहाँको न्याय र सजाय अनुभव गरेका छन्
र उहाँको धर्मी स्वभाव अनुभव गरेका छन्,
तिनीहरू सबै साँच्चै आशिषित व्यक्तिहरू हुन्!
सर्वशक्तिमान् परमेश्वरले दिनुहुने मुक्तिकै कारण हामी आजको दिनसम्म आइपुगेका छौँ।
परीक्षाहरूमार्फत हामी पखालिन्छौँ र सिद्ध पारिन्छौँ।
सर्वशक्तिमान् परमेश्वरलाई हामी सदासर्वदा धन्यवाद दिन्छौँ।
जसले उहाँको न्याय र सजाय अनुभव गरेका छन्
र उहाँको धर्मी स्वभाव अनुभव गरेका छन्,
तिनीहरू सबै साँच्चै आशिषित व्यक्तिहरू हुन्!
सर्वशक्तिमान् परमेश्वरले दिनुहुने मुक्तिकै कारण हामी आजको दिनसम्म आइपुगेका छौँ।
परीक्षाहरूमार्फत हामी पखालिन्छौँ र सिद्ध पारिन्छौँ।
सर्वशक्तिमान् परमेश्वरलाई हामी सदासर्वदा धन्यवाद दिन्छौँ।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू