Christian Dance | सत्यता पछ्याउनु सबैभन्दा ठूलो आशिष् हो | Praise Song

12 अक्टोबर 2024

मानिसको पुत्र देखा पर्नुभएको छ र सत्यता व्यक्त गर्नुहुन्छ,

उहाँ सर्वशक्तिमान् परमेश्‍वर हुनुहुन्छ।

परमेश्‍वरका भेडाले उहाँको स्वर सुन्छन् र उहाँसामु उठाइन्छन्।

हरदिन हामी परमेश्‍वरको वचन खान्छौँ र पिउँछौँ

र स्वर्गको राज्यको भोजमा सहभागी हुन्छौँ।

परमेश्‍वरको वचनद्वारा मलजल र आपूर्ति गरिनु कति आनन्दमय र मीठो कुरा हो!

परमेश्‍वरको वचनभित्र हामी धेरै सत्यताहरू बुझ्छौँ।

हामी यस संसारमा हुने दुष्टताको जड स्पष्ट रूपमा देख्छौँ र जीवनको अर्थ बुझ्छौँ।

हामी परमेश्‍वरलाई पछ्याउन र जीवनमा ज्योतिको मार्ग हिँड्न सबथोक पन्छाउँछौँ।

आखिरी दिनहरूका ख्रीष्ट, सर्वशक्तिमान् परमेश्‍वरलाई पछ्याउन पाउँदा हामी कति आशिषित छौँ!

सतावट र सङ्कष्टहरूमाझ परमेश्‍वरको प्रेम सधैँ हाम्रो छेउमै रहेको छ।

उहाँका वचनहरूद्वारा डोऱ्याइएर र मार्गनिर्देशित भएर, हामी आस्था र बल प्राप्त गर्छौँ;

हामी शैतानका परीक्षाहरूलाई जित्छौँ र परमेश्‍वरको सुन्दर गवाही दिन्छौँ।

यो परमेश्‍वरको अनुग्रह र आशिष् हो।

हामी सर्वशक्तिमान् परमेश्‍वरलाई धन्यवाद र प्रशंसा अर्पण गर्छौँ!

हामीलाई परमेश्‍वरका वचनहरूको न्याय र सजायको भोगाइले

आफैलाई चिन्ने तुल्याएको छ।

हाम्रा भ्रष्ट स्वभावहरू पखालिन्छन्, र यो परमेश्‍वरको आशिष् हो!

हामीले परमेश्‍वरको स्वभावको धार्मिकता र पवित्रता देखेका छौँ।

हाम्रो हृदयले परमेश्‍वरलाई प्रेम गर्छ र उहाँको डर मान्छ,

र हामी उहाँलाई धन्यवाद र प्रशंसा अर्पण गर्छौँ!

जसले उहाँको न्याय र सजाय अनुभव गरेका छन्

र उहाँको धर्मी स्वभाव अनुभव गरेका छन्,

तिनीहरू सबै साँच्चै आशिषित व्यक्तिहरू हुन्!

सर्वशक्तिमान् परमेश्‍वरले दिनुहुने मुक्तिकै कारण हामी आजको दिनसम्म आइपुगेका छौँ।

परीक्षाहरूमार्फत हामी पखालिन्छौँ र सिद्ध पारिन्छौँ।

सर्वशक्तिमान् परमेश्‍वरलाई हामी सदासर्वदा धन्यवाद दिन्छौँ।

जसले उहाँको न्याय र सजाय अनुभव गरेका छन्

र उहाँको धर्मी स्वभाव अनुभव गरेका छन्,

तिनीहरू सबै साँच्चै आशिषित व्यक्तिहरू हुन्!

सर्वशक्तिमान् परमेश्‍वरले दिनुहुने मुक्तिकै कारण हामी आजको दिनसम्म आइपुगेका छौँ।

परीक्षाहरूमार्फत हामी पखालिन्छौँ र सिद्ध पारिन्छौँ।

सर्वशक्तिमान् परमेश्‍वरलाई हामी सदासर्वदा धन्यवाद दिन्छौँ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्