परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५७९

26 अप्रिल 2021

परमेश्‍वरलाई चिन्‍नुको अर्थ के हो? यसको अर्थ उहाँको खुशी, रिस, दुःख र सुख बुझ्‍न सक्नु हो; परमेश्‍वरलाई चिन्‍नु यही हो। तैँले उहाँलाई देखेको छु भनेर दावी गर्छस्, तैपनि तैँले अझै उहाँको खुशी, रिस, दुःख र सुख अनि तैँले उहाँको स्वभाव बुझ्दैनस्। तैँले न त उहाँको धार्मिकतालाई न त उहाँको कृपालुपनलाई बुझ्छस्, न त तैँले उहाँलाई के मन पर्छ वा उहाँले केलाई घृणा गर्नुहुन्छ भन्‍ने कुरा नै जान्दछस्। यो परमेश्‍वरबारेको ज्ञान होइन। यसैले, केही मानिसहरूले परमेश्‍वरलाई पछ्याउन त पछ्याउँछन् तर तिनीहरू उहाँमा साँचो तवरले विश्‍वास गर्न सक्षम छन् भन्‍ने जरुरी छैन; फरक यहीँ छ। यदि तैँले परमेश्‍वरलाई चिन्छस्, उहाँलाई बुझ्छस् र तँ उहाँका केही इच्छाहरू बुझ्न सक्षम छस् भने, तैँले साँचो रूपले उहाँमा विश्‍वास गर्न सक्छस्, साँचो रूपले उहाँमा समर्पित हुन सक्छस्, साँचो रूपले उहाँलाई प्रेम गर्न सक्छस् र साँचो रूपले उहाँको आराधना गर्न सक्छस्। यदि तैँले यी कुराहरू बुझ्दैनस् भने, तब तँ केवल साथमा दौडने र प्रवाहसँगै बहने अनुयायी मात्र हुन्छस्। त्यसलाई साँचो समर्पण वा साँचो आराधना भन्‍न सकिन्‍न। साँचो आराधना कसरी हुन्छ त? बिना कुनै अपवाद, साँचो रूपमा परमेश्‍वरको आराधना गर्नेबारेमा जान्‍ने र उहाँलाई देख्दा उहाँको आदर गर्ने सबै; तिनीहरू सबै दण्डवत् गर्न र आराधना गर्न बाध्य छन्। वर्तमान समयमा, देहधारी परमेश्‍वर काममा हुनुभएको बेला, उहाँको स्वभाव र उहाँसँग जे छ र उहाँ जो हुनुहुन्छ सो बारेमा मानिसहरूमा जति धेरै बुझाइ हुन्छ, तिनीहरूले त्यति नै धेरै यी कुराहरूलाई मूल्यवान् ठान्‍नेछन् र तिनीहरूले त्यति नै धेरै उहाँको आदर गर्नेछन्। सामान्यत: मानिसहरूसँग जति थोरै बुझाइ हुन्छ, तिनीहरू त्यति नै धेरै बेपर्वाह हुन्छन् र त्यसैकारण तिनीहरूले परमेश्‍वरलाई मानवको रूपमा व्यवहार गर्छन्। यदि मानिसहरूले साँच्चै नै परमेश्‍वरलाई चिन्थे र देख्थे भने, तिनीहरू डरले काँप्‍थे। “मपछि आउनुहुने व्यक्ति मभन्दा शक्तिशाली हुनुहुन्छ, जसको जुत्ता बोक्‍न पनि म योग्य छैन”—यूहन्‍नाले किन यसो भने त? भित्री रूपमा तिनीसँग गहन बुझाइ नभए तापनि, तिनलाई परमेश्‍वर तेजस्वी हुनुहुन्छ भन्‍ने थाहा थियो। आजभोलि कति जना मानिसहरू परमेश्‍वरको आदर गर्न सक्षम छन् र? यदि तिनीहरूले उहाँको स्वभावको बारेमा जान्दैनन् भने, तिनीहरूले कसरी परमेश्‍वरको आदर गर्न सक्छन् र? मानिसहरूले न त ख्रीष्टको सारको बारेमा जान्दछन् न त परमेश्‍वरको स्वभाव नै बुझ्छन्, तिनीहरू परमेश्‍वरको साँचो आराधना गर्न सक्षम हुने कुरा त परै जाओस्। यदि तिनीहरूले ख्रीष्टको साधारण र सामान्य बाहिरी रूप मात्र देख्छन् तर अझै पनि उहाँको सार जान्दैनन् भने, ख्रीष्टलाई साधारण मानिसको रूपमा लिन तिनीहरूलाई सहज हुन्छ। तिनीहरूले उहाँप्रति अनादरकारी मनोवृत्ति अपनाउन सक्छन् र उहाँलाई धोका दिन, उहाँको प्रतिरोध गर्न, उहाँको अवज्ञा गर्न र उहाँको मूल्याङ्कन गर्न सक्छन्। तिनीहरू स्व-धर्मी हुन सक्छन् र तिनीहरूले उहाँका वचनहरूलाई गम्भीर रूपमा नलिन सक्छन्; तिनीहरूले परमेश्‍वरको विरुद्ध धारणाहरू, आलोचनाहरू र ईश्‍वरनिन्दा उत्पन्न गर्न सक्छन्। यी सवालहरूको निराकरण गर्न, एक व्यक्तिले ख्रीष्टको सार र ईश्‍वरत्वको बारेमा जान्‍नुपर्छ। यो परमेश्‍वरलाई जान्‍ने बारेको मुख्य पक्ष हो; यो व्यावहारिक परमेश्‍वरमाथि विश्‍वास गर्ने हरेक व्यक्तिले प्रवेश गर्नुपर्ने र प्राप्त गर्नुपर्ने कुरा हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्