परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५७३

26 अप्रिल 2021

तैँले जेसुकै गरे पनि, सबैभन्दा पहिले तैँले त्यो कार्य किन गर्दैछस्, त्यो कार्य गर्न तँलाई कुन अभिप्रायले निर्देशित गर्छ, तैँले त्यो कार्य गर्नुको महत्त्व के छ, त्यो मामलाको प्रकृति के-कस्तो छ, अनि तैँले गरिरहेको त्यो कार्य सकारात्मक कुरा हो कि नकारात्मक कुरा हो भनेर बुझ्नुपर्छ। तँलाई यी सबै कुराहरूको बारेमा स्पष्ट बुझाइ हुनुपर्छ; सिद्धान्त सहित कार्य गर्न सक्‍नको लागि यो एकदमै जरुरी छ। यदि तैँले तेरो कर्तव्य पूरा गर्नको लागि केही गर्दैछस् भने तैँले विचार-विमर्श गर्नुपर्छ: मैले यो कार्य कसरी गर्नुपर्छ? मैले कसरी मेरो कर्तव्य राम्रोसँग पूरा गर्नुपर्छ ताकि मैले त्यो कार्य झारो टार्नको लागि मात्र नगरूँ? तँ यो मामलामा परमेश्‍वरको नजिक आउनुपर्छ। परमेश्‍वरको नजिक जानु भनेको यो मामलामा सत्यताको खोजी गर्नु हो, अभ्यास गर्ने बाटो खोज्नु हो, परमेश्‍वरको इच्छाको खोजी गर्नु हो, अनि परमेश्‍वरलाई कसरी खुशी तुल्याउने सो कुराको खोजी गर्नु हो। तैँले गर्ने हरेक कुरामा परमेश्‍वरको नजिक जानु भनेको यसरी नै हो। यसमा कुनै धार्मिक समारोहको आयोजना गर्नु वा कुनै बाह्य रूपमै देखिने कार्य गर्नु पर्दैन। यो कार्य परमेश्‍वरको इच्छाको खोजीपश्चात सत्यता अनुरूप अभ्यास गर्ने उद्देश्यको लागि गरिन्छ। यदि तँ सधैँ केही पनि नगरेको अवस्थामा “धन्यवाद परमेश्‍वर” भनी भन्छस्, तर जब तैँले केही गरिरहेको हुन्छस् तब आफूलाई जुन शैलीमा मन लाग्यो त्यही शैलीमा निरन्तर गर्छस् भने यस प्रकारको धन्यवाद केवल बाह्य रूपमा देखाउने कार्य हुन्छ। जब तैँले आफ्नो कर्तव्य पूरा गरिरहेको हुन्छस् वा कुनै कुरामा कार्य गरिरहेको हुन्छस्, तब तैले सधैँ सोच्नुपर्छ: कसरी मैले यो कर्तव्य पूरा गर्नुपर्छ? परमेश्‍वरको इच्छा के हो? यो तैँले जे गर्छस् सो कार्यमार्फत तँ परमेश्‍वरको नजिक जानको लागि अनि त्यसो गर्दा तैँले तेरो कार्यपछाडिका सिद्धान्तहरू र सत्यताको साथसाथै परमेश्‍वरको इच्छाको खोजी गर्नको लागि र तैँले गर्ने सबै कार्यमा परमेश्‍वरबाट टाढा नजानको लागि हो। त्यस्तो व्यक्तिले मात्र सच्चा रूपमा परमेश्‍वरमा विश्‍वास गर्छ। आजभोली, जब-जब मानिसहरू कुनै कुराको सामु आउँछन्, तब-तब, वास्तविक अवस्था जे-जस्तो भए पनि, तिनीहरूले यो र त्यो गर्न सक्छु भनी सोच्छन्, त्यसैले तिनीहरूका हृदयमा परमेश्‍वर हुँदैन, अनि तिनीहरूले त्यो कार्य तिनीहरूको आफ्नै इच्छाअनुसार गर्छन्। तिनीहरूको कार्यशैली उचित भए पनि नभए पनि, वा त्यो सत्यता अनुरूप भए पनि नभए पनि, तिनीहरू ढिठ गर्दै अघि बढ्छन् र आफ्नै व्यक्तिगत अभिप्रायहरू अनुसार कार्य गर्छन्। सामान्यतया तिनीहरूका हृदयमा परमेश्‍वर हुनुहुन्छ भन्‍ने जस्तो पनि देखिन्छ तर जब तिनीहरूले कार्य गर्छन् तब तिनीहरूका हृदयमा परमेश्‍वर हुँदैन। केही मानिसहरूले भन्छन्, “मैले गर्ने कुराहरूमा म परमेश्‍वरको नजिक जानै सक्दिनँ। विगतमा मलाई धार्मिक समारोहहरू आयोजना गर्ने बानी थियो, र मैले परमेश्‍वरको नजिक जाने कोसिस गरेँ, तर यो प्रयास व्यर्थ भयो। म उहाँको नजिक जानै सकिनँ।” त्यस्ता मानिसहरूको हृदयमा परमेश्‍वर हुँदैन; तिनीहरूका हृदयमा तिनीहरू आफै हुन्छन्, अनि तिनीहरूले गर्ने कुनै पनि कार्यमा तिनीहरूले सत्यताको अभ्यास गर्न सक्दै सक्दैनन्। सत्यता अनुरूप कार्य नगर्नु भनेको तिनीहरूका आफ्‍नै इच्छाअनुसार कार्य गर्नु हो, र तिनीहरूका आफ्‍नै इच्छाअनुसार कार्य गर्नु भनेको परमेश्‍वरलाई छाड्नु हो; यसको अर्थ, तिनीहरूका हृदयमा परमेश्‍वर हुनुहुन्न भन्‍ने हुन्छ। मानव विचारहरू मानिसहरूलाई प्रायजसो राम्रो र सही लाग्छ, अनि तिनीहरूले सत्यतालाई त्यति धेरै उल्लंघन नगर्लान् भन्‍ने जस्तो देखिन्छ। त्यस्तो शैलीमा काम गर्नु भनेको सत्यताको अभ्यास गर्नु हो भन्ने मानिसहरू ठान्छन्; त्यस्तो शैलीमा काम गर्नु भनेको परमेश्‍वरमा समर्पित हुनु हो भन्ने तिनीहरू ठान्छन्। वास्तवमा, तिनीहरूले सच्चा रूपमा परमेश्‍वरलाई खोजी गरिरहेका वा प्रार्थना गरिरहेका हुँदैनन् र तिनीहरूले परमेश्‍वरको इच्छा पूरा गर्न परमेश्‍वरका आवश्यक मापदण्डहरू अनुसार राम्रोसँग यसो गर्ने प्रयत्न गरिरहेका हुँदैनन्। तिनीहरूसित यो सच्चा अवस्था नै छैन, न त तिनीहरूसँग कुनै इच्छा नै छ। मानिसहरूले तिनीहरूको अभ्यासमा गर्ने सबैभन्दा ठूलो गल्ती यही हो। तैँले परमेश्‍वरमा विश्‍वास गर्छस्, तर तैँले आफ्नो हृदयमा परमेश्‍वरलाई राख्दैनस्। यो कसरी पाप हुन सक्दैन र? के तैँले आफैलाई धोका दिइरहेको छैनस् र? यदि यस्तै शैलीमै विश्‍वास गरिरहन्छस् भने तैँले कस्ता किसिमका प्रभावहरू हासिल गर्न सक्छस् र? अझ भन्ने हो भने, कसरी विश्‍वासको महत्त्व प्रकटीकरण हुन सक्छ र?

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्