परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५६८

27 अप्रिल 2021

मानिसहरूले परमेश्‍वरको कामको अनुभव गरेर सत्यता हासिल नगरुञ्‍जेलसम्‍म, भित्रैबाट ठाउँ लिने र प्रभुत्व कायम गर्ने भनेको शैतानको प्रकृति नै हो। त्यो प्रकृतिमा विशेष रूपमा के हुन्छ त? उदाहरणको लागि, तँ किन स्वार्थी छस्? तैँले किन आफ्नो ओहदा संरक्षण गर्छस्? किन तँमा त्यस्ता तीव्र भावनाहरू छन्? किन तैँले ती अधर्मी कुराहरूमा आनन्द लिन्छस्? किन तँ ती दुष्टताहरूलाई मन पराउँछस्? त्यस्ता कुराहरूप्रति तेरो लगाव हुनुको आधार के हो? यी कुराहरू कहाँबाट आउँछन्? ती कुराहरू स्वीकार गर्न तँ किन त्यति धेरै खुशी हुन्छस्? अहिलेसम्ममा, तिमीहरू सबैले बुझिसकेको हुनुपर्छ कि यी सबै कुराहरू हुनुको मुख्य कारण भनेकै तिमिहरूभित्र शैतानको विष हुनु हो। जहाँसम्म शैतानको विष के हो भन्ने कुरा छ, यसलाई शब्दहरूद्वारा पूर्ण रूपमा अभिव्यक्त गर्न सकिन्छ। उदाहरणको लागि, यदि तैँले दुष्कर्म गर्ने केही व्यक्तिहरूलाई किन तिनीहरूले त्यस्तो व्यवहार गरेको भनेर सोध्छस् भने तिनीहरूले जबाफ दिनेछन्, “किनभने यो अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।” यो एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको तर्क मानिसहरूको जीवन बनिसकेको छ। तिनीहरूले यो वा त्यो उद्देश्यको लागि काम-कुराहरू गर्दछन् तर तिनीहरूले यो कार्य केवल आफ्नै लागि मात्र गरिरहेका हुन्छन्। हरेक व्यक्तिले सोच्छ कि हरेक मान्छे केवल ऊ आफ्नै लागि हो, बाँकी त सब दियाबलसका हुन्, त्यसैले मानिसहरू आफ्नै लागि बाँच्नुपर्छ र तिनीहरूले खाना र वस्त्रको लगि राम्रो ओहदा सुरक्षित गर्न आफ्नो सामर्थ्यमा भएका सबै कुराहरू गर्नुपर्छ। “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ”—मानिसको जीवन र दर्शन यही हो र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। शैतानका यी शब्दहरू नै ठ्याक्‍कै शैतानको विष हो र जब मानिसहरूले यसलाई ग्रहण गर्छन्, तब यो तिनीहरूको प्रकृति नै बन्छ। शैतानको प्रकृति यी शब्दहरूबाट उदाङ्गो हुन्छ; यी शब्दहरूले त्यसको पूर्ण रूपमा प्रतिनिधित्व गर्छन्। यो विष मानिसहरूको जीवन र साथसाथै तिनीहरूको अस्तित्वको आधार स्तम्भ बन्छ, र भ्रष्ट मानवजाति हजारौं वर्षदेखि यही विषको प्रभुत्वमा रहिआएको छ। शैतानले गर्ने सबै कुरा आफ्नो लागि हो। यसले परमेश्‍वरलाई उछिन्न, उहाँबाट स्वतन्त्र हुन, र आफैले शक्ति प्रयोग गर्न, अनि परमेश्‍वरका सबै सृष्टिहरूलाई काबूमा राख्न चाहन्छ। त्यसकारण, मानिसको प्रकृति शैतानको प्रकृति हो। वास्तवमा, धेरै मानिसहरूका आदर्श वाक्यहरूले तिनीहरूको प्रकृतिलाई प्रतिनिधित्व र प्रतिबिम्बित गर्छन्। मानिसहरूले जति नै आफूलाई बाहिरी भेषमा लुकाउन खोजे पनि, तिनीहरूले गर्ने सबै कुराहरूमा र तिनीहरूले भन्ने सबै कुराहरूमा तिनीहरूले तिनीहरू जे हुन् सो कुरालाई लुकाउन सक्दैनन्। केही व्यक्तिहरू छन् जो कहिल्यै पनि सत्यता बोल्दैनन् र बहाना बनाउन खप्पिस हुन्छन्, तर अन्य व्यक्तिहरूले केही समयसम्‍म तिनीहरूसँग अन्तरक्रिया गर्नेबित्तिकै तिनीहरूको छली प्रकृति र पूर्ण बेइमान पत्ता लाग्छन्। अन्त्यमा, अरूले निम्न निष्कर्षहरू निकाल्छन्: त्यस व्यक्तिले कहिल्यै पनि सत्य बोल्दैन र ऊ छली हो। यो भनाइले त्यस्तो व्यक्तिको प्रकृतिको सत्यतालाई प्रतिनिधित्व गर्छ; यो तिनीहरूको प्रकृतिको सारको सर्वश्रेष्ठ चित्रण र प्रमाण हो। तिनीहरूको जीवनको दर्शन भनेको कसैलाई सत्य नभन्नु हो, साथसाथै कसैलाई पनि भरोसा नगर्नु हो। मानिसको शैतानी प्रकृतिमा यस प्रकारका धेरै दर्शनहरू हुन्छन्। कहिलेकाहीँ तँ आफैलाई पनि त्यसको बारेमा थाहा नहुन सक्छ, र तैँले यसलाई बुझ्दैनस्; तैपनि तेरो जीवनको हरेक क्षण त्यसैमा आधारित हुन्छ। अझ भन्ने हो भने, तैँले यो दर्शन निकै सही र मनासिब छ र यो गलत छँदै छैन भन्‍ने ठान्छस्। शैतानको दर्शन मानिसहरूको प्रकृति बनेको छ, र तिनीहरू यही दर्शन अनुरूप, यस विरुद्ध अलिकति पनि विद्रोह नगरिकनै बाँचिरहेका छन् भन्ने देखाउन यो कुरा नै काफी छ। त्यसकारण, तिनीहरूले निरन्तर रूपमा आफ्‍नो शैतानी प्रकृति प्रकट गरिरहेका छन्, र सबै पक्षमा तिनीहरू निरन्तर रूपमा शैतानको दर्शन अनुरूप बाँचिरहेका छन्। शैतानको प्रकृति मानवजातिको जीवन बनेको छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्