परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५६५

27 अप्रिल 2021

प्रकृतिमा परिवर्तन हासिल गर्ने मुख्य कुञ्जी भनेको आफ्नै प्रकृतिलाई जान्नु हो, र यो परमेश्‍वरबाट आउने प्रकाशहरू अनुरूप हुनुपर्दछ। परमेश्‍वरको वचनमा मात्र व्यक्तिले उसको आफ्नो घिनलाग्दो प्रकृतिलाई जान्न सक्छ, आफ्नै प्रकृतिमा रहेको शैतानका विभिन्न विषहरू पहिचान गर्नसक्छ, आफू मूर्ख र अज्ञानी छ भनी थाहा पाउनसक्छ, र आफ्नो प्रकृतिमा रहेका कमजोर र नकारात्मक तत्वहरूलाई चिन्न सक्छ। यी कुराहरू पूर्ण रूपमा जानेपछि, र तैँले आफैलाई साँचो रूपमा घृणा गर्न र शरीरलाई त्याग्न सकेपछि, निरन्तर परमेश्‍वरको वचन पूरा गरेपछि, र पवित्र आत्मा र परमेश्‍वरको वचनमा पूर्ण रूपमा समर्पित हुने इच्छा गरेपछि मात्र तँ पत्रुसको बाटोमा हिँड्न थालेको हुनेछस्। परमेश्‍वरको अनुग्रहविना र पवित्र आत्माको ज्ञान र निर्देशनविना यस मार्गमा हिँड्न गाह्रो हुन्छ, किनकि मानिसहरूसँग सत्यता छैन र तिनीहरूले आफैलाई धोका दिन सक्दैनन्। पत्रुसको सिद्धताको बाटो हिँड्ने कार्य मुख्य रूपमा दृढ संकल्‍प लिने, विश्‍वास गर्ने र परमेश्‍वरमा भरोसा राख्ने कुरामा निर्भर हुन्छ। यसबाहेक, व्यक्ति पवित्र आत्माको कामप्रति समर्पित हुनुपर्छ; सबै कुरामा, व्यक्तिले परमेश्‍वरको वचनविना केही पनि गर्न सक्दैन। मुख्य पक्षहरू यिनै हुन्, जसमध्ये कुनै पनि कुरालाई उल्लङ्घन गर्न सकिँदैन। अनुभवद्वारा आफैलाई चिन्नु धेरै कठिन छ; पवित्र आत्माको कामविना, यसमा प्रवेश गर्न धेरै गाह्रो छ। पत्रुसको मार्गमा हिँड्नको लागि, व्यक्तिले आफूलाई चिन्‍न र आफ्‍नो स्वभाव परिवर्तन गर्ने कर्मामा ध्यान केन्द्रित गर्नुपर्छ। पावलको मार्ग जीवनको खोजी गर्ने वा आत्म-ज्ञानमा केन्द्रित गर्ने मार्ग थिएन; तिनले विशेष गरी काम गर्न र यसको प्रभाव र गतिमा ध्यान दिए। तिनको प्रेरणा भनेको तिनको काम र कष्टको बदलीमा परमेश्‍वरको आशिष् प्राप्त गर्नु, र परमेश्‍वरबाट इनाम प्राप्त गर्नुथियो। यो प्रेरणा गलत थियो। पावलले जीवनमा ध्यान केन्द्रित गरेनन्, न त तिनले स्वभाव परिवर्तन गर्नुमा नै कुनै महत्त्व दिए; तिनले केवल इनाममा ध्यान दिए। तिनका लक्ष्यहरू गलत भएकाले तिनले हिँडेको बाटो पनि अवश्य नै गलत थियो। यो तिनको अहङ्कारी र घमण्डी स्वभावले ल्याएको थियो। स्पष्टै छ, पावलसँग कुनै सत्यता थिएन, न त तिनीसँग कुनै विवेक वा तर्क नै थियो। मानिसहरूलाई बचाउने र परिवर्तन गर्ने क्रममा परमेश्‍वरले तिनीहरूका स्वभाव परिवर्तन गर्नुहुन्छ। उहाँको वचनको उद्देश्य भनेको परिवर्तन भएको स्वभाव प्राप्त गरेपछि प्राप्त हुने परिणाम र परमेश्‍वरलाई चिन्‍ने, उहाँलाई स्वीकार गर्ने, र सामान्य तरिकामा उहाँको आराधना गर्ने क्षमताको नतिजा मानिसहरूमा हासिल गर्नु हो। परमेश्‍वरका वचनहरू र उहाँको कार्यको उद्देश्य यही हो। पावलको खोजी गर्ने तरिका प्रत्यक्ष रूपमै परमेश्‍वरको इच्छाको उल्लङ्घनमा र विरोधमा थियो; त्यो पूर्ण रूपमा परमेश्‍वरको इच्छा विपरीत थियो। तापनि, पत्रुसको खोजी गर्ने तरिका पूर्ण रूपमा परमेश्‍वरको इच्छाअनुरूप थियो, र परमेश्‍वरले मानवजातिमा प्राप्त गर्न चाहनुहुने नतिजा त्यही हो। त्यसैले पत्रुसको मार्ग आशिषित छ र यसले परमेश्‍वरको प्रशंसा प्राप्त गर्दछ। पावलको मार्गले परमेश्‍वरको इच्छा उल्लङ्घन गर्ने हुनाले, परमेश्‍वरले त्यसलाई घृणा गर्नुहुन्छ र सराप दिनुहुन्छ। पत्रुसको बाटोमा हिँड्नका निम्ति व्यक्तिले परमेश्‍वरको इच्छालाई जान्नुपर्छ। यदि कुनै व्यक्तिले उहाँको वचनद्वारा उहाँको इच्छालाई पूर्ण रूपले बुझ्न सक्छ भने—जसको अर्थ परमेश्‍वरले मानिसबाट के चाहनुहुन्छ र अन्ततः उहाँले कुन नतिजा प्राप्त गर्न चाहनुहुन्छ भन्ने कुरा बुझ्‍नु हो—अनि मात्र आफूले कुन बाटो पछ्याउनुपर्छ भनेर उसले सही रूपले बुझ्न सक्छ। यदि तँ पत्रुसको मार्गलाई पूर्ण रूपमा बुझ्दैनस्, र केवल यसलाई पछ्याउन मात्र चाहन्छस् भने, तँ त्यसमा हिँड्न सक्‍नेछैनस्। अर्को शब्दमा भन्दा, तैँले धेरै सिद्धान्तहरू जानेको हुनसक्छस्, तर अन्त्यमा तँ वास्तविकतामा प्रवेश गर्न सक्‍नेछैनस्। तैँले सतही प्रवेश गरे तापनि तैँले कुनै पनि वास्तविक परिणाम प्राप्त गर्न सक्‍नेछैनस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्