परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५६२

25 अप्रिल 2021

परमेश्‍वरका वचनहरूको वास्तविक अर्थको सच्‍चा बुझाइ हासिल गर्नु सजिलो विषय होइन। यस्तो तरिकाले नसोच: “म परमेश्‍वरका वचनहरूको शाब्दिक अर्थ व्याख्या गर्न सक्छु र सबै जनाले मेरो व्याख्या राम्रो छ भनेर भन्छन् र मलाई स्याबासी दिन्छन्, यसको मतलब मैले परमेश्‍वरका वचनहरूलाई बुझ्छु।” यो परमेश्‍वरका वचनहरूलाई बुझ्नु होइन। यदि तैँले परमेश्‍वरका वाणीहरू भित्रबाट केही ज्योति प्राप्त गरेको छस् भने, र तैँले उहाँका वचनहरूको साँचो अर्थको अनुभूति प्राप्त गरेको छस् भने; र यदि तैँले उहाँका वचनहरू पछाडिको अभिप्राय र तिनीहरूले अन्तमा जे-जस्तो प्रभाव पार्नेछन् सो व्यक्त गर्न सक्छस् भने, तैँले यी सबै कुराहरूको बारेमा स्पष्ट बुझाइ हासिल गरिसकेपछि तैँले परमेश्‍वरका वचनहरूको बारेमा केही तहको बुझाइ हासिल गरेको छस् भन्‍ने मान्न सकिन्छ। यसरी, परमेश्‍वरका वचनहरूलाई बुझ्नु त्यति सरल छैन। तैँले परमेश्‍वरका वचनहरूको शाब्दिक अर्थको आलंकारिक व्याख्या गर्न सक्छस् भन्दैमा तैँले तिनलाई बुझ्छस् भनेर भन्न मिल्दैन। तैँले तिनीहरूको शाब्दिक अर्थको जतिसुकै व्याख्या गर्न सक्ने भए तापनि, तेरो व्याख्या अझै पनि मानवीय कल्पना र मानवीय सोच्ने शैलीमा आधारित हुन्छ। यो बेकार छ! तैँले कसरी परमेश्‍वरका वचनहरूलाई बुझ्न सक्छस्? यसको कडी भनेको तिनीहरू भित्रैबाट सत्यताको खोजी गर्नु हो; त्यस तरिकाले मात्रै तैँले उहाँले जे भन्नुहुन्छ सो वास्तवमै बुझ्न सक्छस्। जब-जब परमेश्‍वर बोल्नुहुन्छ, तब-तब उहाँ सामान्यताहरूको बारेमा मात्र बोल्नुहुन्न। उहाँले बोल्नुहुने हरेक वाक्यमा विस्तृत विवरणहरू हुन्छन्, जसलाई अवश्य पनि परमेश्‍वरका वचनहरूमा थप प्रकाश पारिन्छ, अनि तिनीहरूलाई फरक रूपमा व्यक्त गर्न सकिन्छ। परमेश्‍वरले सत्यता व्यक्त गर्नुहुने शैलीहरूलाई मानिसले पूर्ण रूपमा बुझ्न सक्दैन। परमेश्‍वरका वाणीहरू एकदमै गहन हुन्छन् र तिनलाई मानवीय सोच्ने शैलीले पूर्ण रूपमा बुझ्न सकिँदैन। मानिसहरूले जबसम्म प्रयत्न गर्छन् तबसम्म सत्यताको हरेक पक्षहरूको सम्पूर्ण अर्थ पत्ता लगाउन सक्छन्; यदि तैँले यसो गरिस् भने, तैँले तिनलाई अनुभव गर्दा, पवित्र आत्माले तँलाई अन्तर्ज्ञान दिनुहुँदा बाँकी विवरणहरू पूर्ण रूपमा भरिँदै जान्छन्, र यसरी तँलाई यी ठोस अवस्थाहरूका बारेमा बुझाइ प्राप्त हुन्छ। एउटा भाग भनेको परमेश्‍वरका वचनहरूको बुझाइ हासिल गर्नु र तिनलाई पढेर तिनको विशेष विषयवस्तुको खोजी गर्नु हो। अर्को भाग चाहिँ परमेश्‍वरका वचनहरूको तात्पर्यहरूको बुझाइ तिनलाई अनुभव गरेर र पवित्र आत्माबाट अन्तर्दृष्टि प्राप्त गरेर हासिल गर्नु हो। यी दुई माध्यमहरूद्वारा नै मुख्य रूपमा परमेश्‍वरका वचनहरूको साँचो बुझाइ हासिल गरिन्छ। यदि तैँले उहाँका वचनहरूलाई शाब्दिक रूपमा, वा तेरो आफ्नो सोच वा कल्पनाका नजरबाट व्याख्या गर्छस् भने, चाहे तैँले तिनलाई जतिसुकै कुशल रूपमा व्याख्या गरे पनि परमेश्‍वरका वचनहरूप्रतिको तेरो बुझाइ वास्तविक हुँदैन। तैँले तिनको अर्थलाई प्रसङ्गभन्दा बाहिर लगेर गलत अर्थ लगाउन पनि सक्छस्, अनि त्यसो गर्नु अझै समस्याग्रस्त कुरा हो। यसर्थ, सत्यतालाई प्राथमिक रूपमा परमेश्‍वरका वचनहरूमार्फत पवित्र आत्माबाट अन्तर्दृष्टि हासिल गरेर प्राप्त गरिन्छ। उहाँका वचनहरूको शाब्दिक अर्थ बुझ्नु वा तिनलाई व्याख्या गर्न सक्षम हुनुलाई सत्यता प्राप्त गरेको भन्न सकिँदैन। यदि तैँले उहाँका वचनहरूको शाब्दिक अर्थ मात्र व्याख्या गर्नुपर्थ्यो भने पवित्र आत्माको अन्तर्दृष्टिको के अर्थ हुन्थ्यो र? त्यो अवस्थामा, तँलाई केही निश्चित स्तरको शिक्षाको मात्र आवश्यक पर्थ्यो, र अशिक्षितहरू सबै एकदमै दुर्दशामा हुन्थे। परमेश्‍वरको काम मानव मस्तिष्कद्वारा बुझिने कुरा होइन। परमेश्‍वरका वचनहरूको साँचो बुझाइ मुख्य रूपले पवित्र आत्माको अन्तर्दृष्टि प्राप्त गर्नुमा निर्भर रहन्छ; सत्यता प्राप्त गर्ने प्रक्रिया यही हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी जान्ने

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्