परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५६१

6 जुलाई 2021

सबै मानवजाति शैतानद्वारा भ्रष्ट पारिएका छन्, र मानिसको स्वभाव भनेको परमेश्‍वरलाई धोका दिनु हो। तापनि, शैतानले भ्रष्ट पारिएका सबै मानिसहरूमध्ये केहीले परमेश्‍वरको काममा समर्पित हुन र सत्यतालाई स्वीकार्न सक्छन्; सत्यता प्राप्त गर्न सक्‍ने र स्वभावमा रूपान्तरण हासिल गर्न सक्‍ने यिनीहरू नै हुन्। त्यस्ता मानिसहरू पनि हुन्छन् जसले सत्यको खोजीमा ध्यान दिँदैनन्। तिनीहरू केवल धर्म-सिद्धान्तहरूलाई बुझेर सन्तुष्ट छन्; तिनीहरूले राम्रो धर्म-सिद्धान्तको बारेमा सुन्छन् र पालन गर्छन्, र त्यो बुझेपछि, तिनीहरूले केही हदसम्म आफ्‍ना कर्तव्यहरू पूरा गर्न सक्छन्। यी मानिसहरूले उनीहरूलाई भनिएको काम गर्छन् र तिनीहरूमा सामान्य मानवता हुन्छ। तिनीहरू निश्चित हदसम्म आफूलाई समर्पित गर्न, सांसारिकतालाई त्याग्न, र दुःख-कष्ट सहन इच्छुक हुन्छन्। तापनि, तिनीहरू सत्यताको सन्दर्भमा गम्भीर हुँदैनन्; तिनीहरूले कुनै पाप नगर्नु पर्याप्त हुन्छ भन्‍ने तिनीहरू विश्‍वास गर्दछन्, र सत्यताको सारलाई कहिल्यै पनि बुझ्न सक्दैनन्। यदि त्यस्ता मानिसहरू अन्त्यसम्म दृढ भई खडा हुन सक्छन् भने, उनीहरूलाई पनि बचाउन सकिन्छ, तर उनीहरूले आफ्ना स्वभावमा रूपान्तरण प्राप्त गर्दैनन्। यदि तँ आफूलाई भ्रष्टताबाट शुद्धीकरण गर्न र तेरो जीवन स्वभाव बदल्न चाहन्छस् भने, तँमा सत्यताप्रति प्रेम अनि सत्यता स्वीकार गर्ने क्षमता हुनुपर्छ। सत्यतालाई स्वीकार गर्नु भनेको के हो? सत्यता स्वीकार गर्नु भनेको तँसँग जे-जस्तो भ्रष्ट स्वभाव भए तापनि, वा रातो अजिङ्गरको जुनसुकै विषहरू तेरो प्रकृतिमा भए तापनि, परमेश्‍वरका वचनहरूले त्यसलाई प्रकाश पार्दा तैँले त्यसलाई स्वीकार गर्छस् र तँ ती वचनहरूमा समर्पित हुन्छस् भन्ने हो; तैँले तिनलाई विनासर्त, कुनै बहानाहरू नबनाईकन वा कुनै कुरा टिप्ने र छान्ने नगरिकनै स्वीकार गर्छस्, र तैँले उहाँले जे भन्नुहुन्छ सोको आधारमा आफैलाई चिन्छस्। परमेश्‍वरका वचनहरूलाई स्वीकार गर्नु भनेको यही हो। उहाँले जेसुकै भन्नुभए तापनि, उहाँका वाणीले जति धेरै तेरो हृदयलाई छेदन गरे तापनि, अनि उहाँले जुनसुकै वचनहरू प्रयोग गर्नुभए तापनि, उहाँले भन्नुभएका कुराहरू सत्य हुन् भने तैँले तिनलाई स्वीकार गर्न सक्छस् र ती वास्तविकतासँग मेल खान्छन् भने तैँले तिनलाई सकार्न सक्छस्। तैँले परमेश्‍वरका वचनहरूलाई जति गहन रूपमा बुझे पनि तँ ती वचनहरूमा समर्पित हुन सक्छस्, र तँ पवित्र आत्माद्वारा प्रकट गरिएको अनि तेरा दाजुभाइ-दिदीबहिनीहरूले सङ्गति गरेको ज्योतिलाई स्वीकार गर्न र त्यसमा समर्पित हुन सक्छस्। जब त्यस्तो व्यक्तिले केही हदसम्म सत्यको खोजी गरेको हुन्छ तब उसले सत्य प्राप्त गर्न सक्छ र उसले आफ्नो स्वभावको रूपान्तरण हासिल गर्न सक्छ। सत्यलाई प्रेम नगर्ने व्यक्तिहरू शालीन मानवताकै भए तापनि, जब सत्यको कुरा आउँछ, तिनीहरू भ्रमित हुन्छन् र तिनीहरूले यसलाई गम्भीरताका साथ लिँदैनन्। तिनीहरूले केही सुकर्म गर्न सक्‍ने भए पनि, र तिनीहरूले परमेश्‍वरको लागि आफैलाई समर्पित गर्न सक्‍ने भए तापनि, अनि तिनीहरू त्याग गर्न सक्षम भए तापनि, तिनीहरूले स्वभावमा परिवर्तन हासिल गर्न सक्दैनन्। तुलनात्मक रूपमा, पत्रुसको मानवता अन्य प्रेरितहरू र तिनका दाजुभाइ-बहिनीहरूको जस्तै थियो, तर सत्यताको खोजीमा तिनी अरूभन्दा माथि उठेका थिए; येशूले भन्नुभएका सबै कुरालाई तिनले गम्भीरतासाथ मनन गरे। येशूले सोध्नुभयो, “यूहन्नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुसले इमानदारीसाथ जबाफ दिए, “म स्वर्गमा हुनुहुने पितालाई मात्र प्रेम गर्दछु, तर पृथ्वीका प्रभुलाई प्रेम गरेको छैनँ।” पछि तिनले बुझे, र सोचे, “यो सही होइन; पृथ्वीमा हुनुहुने परमेश्‍वर नै स्वर्गका परमेश्‍वर हुनुहुन्छ। के स्वर्ग र पृथ्वी, दुवैमा हुनुहुने परमेश्‍वर एउटै हुनुहुन्न र? यदि मैले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई मात्र प्रेम गरें भने, मेरो प्रेम वास्तविक हुँदैन; मैले पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई पनि प्रेम गर्नुपर्छ, तब मात्र मेरो प्रेम वास्तविक हुनेछ।” यसरी, येशूले भन्नुभएको कुरालाई विचार गरेर पत्रुसले त्यसको सटीक अर्थ बुझे। परमेश्‍वरलाई प्रेम गर्न, र त्यो प्रेम वास्तविक हुनका लागि, व्यक्तिले पृथ्वीमा हुनुहुने देहधारी परमेश्‍वरलाई प्रेम गर्नै पर्छ। अस्पष्ट र अदृश्य परमेश्‍वरलाई प्रेम गर्नु न त वास्तविक न व्यावहारिक नै हुन्छ, तर व्यावहारिक, देखिने परमेश्‍वरलाई प्रेम गर्नु सत्यता हो। येशूका वचनहरूबाट, पत्रुसले सत्यता र परमेश्‍वरको इच्छाको बुझाइ प्राप्त गरे। स्पष्ट छ, परमेश्‍वरमाथिको पत्रुसको विश्‍वास केवल सत्यताको पछि लाग्ने कार्यमा मात्रै केन्द्रित थियो; आखिरमा, तिनले व्यावहारिक परमेश्‍वर अर्थात्‌ पृथ्वीमा हुनुहुने परमेश्‍वरको प्रेम पाउन सके। पत्रुस सत्यताको खोजीमा विशेष रूपमा गम्भीर थिए। येशू तिनलाई सल्लाह दिनुहुँदा प्रत्येक पटक नै तिनले येशूका वचनहरूलाई गम्भीरताका साथ विचार गर्थे। सायद तिनले महिनौंसम्म, एक वर्ष, वा पवित्र आत्माले तिनलाई अन्तर्दृष्टि नदिऊञ्जेल धेरै वर्षसम्म मनन-विचार गर्थे र तिनले परमेश्‍वरका वचनहरूको अर्थ बुझ्थे; यसरी, पत्रुस सत्यतामा प्रवेश गरे, र पछि, तिनको जीवन स्वभाव रूपान्तरण र नवीकरण भयो। यदि व्यक्ति सत्यताको पछि लाग्दैन भने, उसले यसलाई कहिल्यै पनि बुझ्न सक्‍नेछैन। तैँले अक्षर र धर्म-सिद्धान्तहरू दस हजार पटक भन्न सक्लास्, तर ती केवल अक्षरहरू र धर्म-सिद्धान्तहरू मात्र हुनेछन्। कतिपय मानिसहरूले यति मात्र भन्छन्, “ख्रीष्ट सत्य, बाटो र जीवन हुनुहुन्छ।” यदि तैंले यी शब्दहरूलाई दस हजार पटक दोहोऱ्याइस् भने पनि, त्यो व्यर्थ हुनेछ; तैंले त्यसको अर्थ बुझेको हुँदैनस्। ख्रीष्ट सत्य, बाटो र जीवन हुनुहुन्छ भनेर किन भनिन्छ? के तैंले यस विषयमा अनुभवबाट प्राप्त गरेको ज्ञानलाई बताउन सक्छस्? के तँ सत्य, बाटो र जीवनको वास्तविकतामा प्रवेश गरेको छस्? परमेश्‍वरले आफ्‍ना वचनहरू यसकारण बोल्‍नुभएको छ ता कि तिमीहरूले तिनको बारेमा अनुभव र ज्ञान प्राप्त गर्न सक; अक्षरहरू र धर्मसिद्धान्तहरूको मात्रै कुरा गर्नु व्यर्थ हो। तैंले परमेश्‍वारका वचनहरू बुझेर तँ त्यसमा प्रवेश गरिस् भने मात्र तैँले आफैलाई जान्न सक्छस्। यदि तैँले परमेश्‍वरका वचनहरूलाई बुझ्दैनस् भने, तैँले आफैलाई चिन्न सक्दैनस्। तँसँग सत्यता छ भने मात्र तैँले बुझ्न सक्छस्; सत्यताविना, तैँले बुझ्न सक्दैनस्। तँसँग सत्यता छ भने मात्र, तैँले कुनै कुरालाई पूर्ण रूपमा बुझ्न सक्नेछस्; सत्यताविना तैँले कुनै विषयलाई बुझ्न सक्दैनस्। तँसँग सत्यता छ भने मात्र तैँले आफैलाई चिन्न सक्छस्; सत्यताविना, तैँले आफूलाई चिन्न सक्दैनस्। तँसँग सत्यता छ भने मात्र तेरो स्वभाव परिवर्तन हुन सक्छ, सत्यताविना तेरो स्वभाव परिवर्तन हुन सक्दैन। तँसँग सत्यता छ भने मात्र तैँले परमेश्‍वरको इच्छाअनुसार सेवा गर्न सक्छस्; सत्यताविना, तैँले परमेश्‍वरको इच्छाअनुसार सेवा गर्न सक्दैनस्। तैँले सत्यता प्राप्त गरिसकेपछि मात्रै तैँले परमेश्‍वरको आराधना गर्न सक्छस्; सत्यविना, तेरो आराधना धार्मिक संस्कारहरूभन्दा बढी अरू केही पनि हुनेछैन। यी सबै थोक परमेश्‍वरका वचनहरूबाट सत्यता प्राप्त गर्ने कुरामा निर्भर हुन्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी जान्ने

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्