परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५५७

8 जुलाई 2021

प्रवेश गर्ने कार्यको खोजी गर्ने क्रममा, प्रत्येक विषयको अनुसन्धान गरिनुपर्छ। सबै विषयहरूमाथि परमेश्‍वरको वचन र सत्यअनुसार राम्ररी चिन्तन गर्नुपर्छ, यसैले कि तैँले पूर्ण रूपमा परमेश्‍वरको इच्छा अनुरूप तिनको सामना गर्न सक्। त्यसपछि तेरो आफ्नै इच्छाबाट उत्पन्न हुने कुराहरूलाई त्याग्न सकिन्छ। तैंले परमेश्‍वरको इच्छाअनुसार कसरी काम गर्नुपर्छ भनी जान्नेछस्, र गएर ती गर्नेछस्; यस्तो लाग्नेछ, कि सबै कुराले त्यसको प्राकृतिक मार्ग लिइरहेको छ, र यो अत्यन्तै सजिलो देखिनेछ। सत्यता भएका मानिसहरूले यसरी नै काम गर्छन्। त्यसपछि तैँले अरूलाई साँच्चै तेरो स्वभाव परिवर्तन भएको छ भनी देखाउन सक्छस् र उनीहरूले तैंले निश्चित रूपमा केही राम्रा कामहरू गरेको छस्, तैंले सिद्धान्तअनुसार कामहरू गर्छस्, र तैंले सबै कुरा सही तरिकाले गर्छस् भनी देख्नेछन्। यो यस्तो व्यक्ति हो जसले सत्यलाई बुझ्दछ र जोसँग साँच्चै मानवको स्वरूप हुन्छ। निश्चय, परमेश्‍वरको वचनले मानिसमा नतिजा ल्याएको हुन्छ। मानिसहरूले सत्यतालाई साँचो रूपमा बुझेपछि, उनीहरूले आफ्नो अस्तित्वका अवस्थाहरूलाई बुझ्न सक्छन्, कठिन कुराहरूको निचोड देख्न सक्छन्, र अभ्यास गर्ने उचित तरिका जान्दछन्। यदि तँ सत्यतालाई बुझ्दैनस् भने, तैँले आफ्नो अस्तित्वको अवस्थालाई बुझ्न सक्नेछैनस्। तैँले आफ्नै विरुद्धमा विद्रोह गर्न चाहन्छस्, तर त्यो कसरी गर्ने वा तैंले केको विरुद्ध विद्रोह गर्दैछस् त्यो जान्दैनस्। तँ आफ्नो स्वेच्छालाई त्याग्न चाहन्छस्, तर यदि तँ तेरो स्वेच्छा सत्यता अनुरूप छ भन्‍ने ठान्छस् भने, तँ त्यसलाई कसरी त्याग्न सक्छस्? तैंले यसलाई पवित्र आत्माले अन्तर्दृष्टि दिनुभएको छ भनेर पनि सोच्न सक्छस्, र चाहे जेसुकै भए पनि तैँले त्यसलाई त्याग्न इन्कार गर्नेछस्। यसरी, जब मानिसहरूमा सत्यता हुँदैन, तब तिनीहरूले उनीहरूका स्वेच्छाबाट, उनीहरूको मानवीय अशुद्धताहरू र असल अभिप्रायहरूबाट उत्पन्न हुने जुनसुकै कुरा, उनीहरूको भ्रमित मानवीय प्रेम र मानवीय अभ्यासहरू सही छन्, र ती सत्यता अनुरूप छन् भनी सोच्ने सम्‍भावना हुन्छ। त्यसोभए, तैँले कसरी यी कुराहरूको विरोध गर्न सक्छस्? यदि तैँले सत्यतालाई वा सत्यतालाई अभ्यास गर्नुको अर्थ के हो त्यसलाई बुझ्दैनस् भने, र यदि तेरो आँखामा बादल लागेको छ र कुन बाटोतिर लाग्नुपर्छ भन्‍ने तँलाई थाहा छैन त्यसैले तँलाई ठीक लागेको कुराको आधारमा मात्र काम गर्छस् भने, तैंले गलत र त्रुटिपूर्ण केही कार्यहरू गर्नेछस्। यी कार्यहरूमध्ये केही नियमअनुसारका हुनेछन्, केही उत्साहबाट उत्पन्न भएका हुनेछन्, र केही शैतानबाट उत्पन्न भएका हुनेछन्, र तिनले बाधाहरू उत्पन्न गर्नेछन्। सत्यता नभएका मानिसहरूले यसरी काम गर्दछन्: थोरै देब्रे र त्यसपछि थोरै दाहिने; एक मिनेट सही हुने, र त्यसपछि बरालिने; जसमा कुनै पनि सटीकता हुँदैन। सत्यता नभएका मानिसहरूले काम-कुराहरूलाई मूर्ख दृष्टिकोणले हेर्छन्। त्यसरी उनीहरूले कसरी मामलाहरूलाई ठीकसँग सम्हाल्न सक्छन् र? उनीहरूले कुनै पनि समस्याहरूलाई कसरी समाधान गर्न सक्छन्? सत्यतालाई बुझ्नु सहज काम होइन। परमेश्‍वरका वचनहरूलाई बुझ्न सक्ने कुरा, सत्यताको बुझाइमा निर्भर हुँदछ, र मानिसहरूले बुझ्न सक्ने सत्यताको सीमा छ। उनीहरूले जीवनभरि परमेश्‍वरमा विश्‍वास गरेका भए पनि परमेश्‍वरका वचनहरू सम्बन्धी उनीहरूको बुझाई अझै पनि सीमित नै हुन्छ। तुलनात्मक रूपमा अनुभवी मानिसहरू पनि बढीमा, स्पष्ट रूपमा परमेश्‍वरको विरोधका कुराहरू गर्न छोड्ने, स्पष्ट रूपमा खराब रहेका कार्यहरू गर्न छोड्ने, र कसैलाई पनि फाइदा नहुने कामहरू गर्न छोड्ने अवस्थामा मात्र पुग्‍न सक्छन्। उनीहरूले उनीहरूको कुनै पनि स्वेच्छा नमिसिएको स्थिति प्राप्त गर्ने सम्‍भावना हुन्छ। किनकि मानिसहरूले सामान्य विचारहरू गर्छन्, र उनीहरूका कतिपय विचारहरू परमेश्‍वरका वचनहरू अनुरूप हुन्छन् र स्वेच्छाको रूपमा वर्गीकरण गर्न नसकिने बुझाइको एउटा पक्ष हुन्छ। तापनि, मुख्य कुरा भनेका स्वेच्छाका ती भागहरूलाई पहिचान गर्नु हो जुन परमेश्‍वरका वचनहरूको विरुद्ध, सत्यताको विरुद्ध, र पवित्र आत्माको अन्तर्दृष्टिको विरुद्धमा हुन्छ। यसैले तैंले परमेश्‍वरका वचनहरूलाई जान्ने प्रयास गर्नैपर्छ, र सत्यतालाई बुझेर मात्र तैँले भेद-शक्ति प्राप्त गर्न सक्छस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यको पछि लागेर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्