Christian Dance | परमेश्‍वरका वचनहरूले चमत्कार गर्छन् | Praise Song

17 डिसेम्बर 2024

हे परमेश्‍वर! तपाईँ मानिसमाझ आउन देह बन्नुभएको छ,

हाम्रा लागि अनन्त जीवनको मार्ग ल्याउनुभएको छ।

तपाईँका सबै वचनहरू सत्यता हुन्,

तिनले हाम्रो भ्रष्ट स्वभावलाई न्याय र शुद्धिकरण गर्छन्।

तपाईँका वचनहरूमा अख्तियार छ र तिनले हामीलाई शैतानको प्रभावबाट मुक्ति दिन्छन्।

तपाईँको प्रेमले हाम्रो हृदयमा गहिरो जरा गाडेको छ,

र तपाईँका सबै मानिसहरूले तपाईँको प्रशंसामा नयाँ गीतहरू रच्छन्।

सर्वशक्तिमान् परमेश्‍वर, हामी तपाईँको प्रशंसा गर्छौँ!

सर्वशक्तिमान् परमेश्‍वर, हामी तपाईँको प्रशंसा गर्छौँ!

तपाईँका मानिसहरूमध्ये हरेक व्यक्तिको वृद्धि

तपाईँका वचनहरूको मलजल र पालनपोषणबाट अविभाज्य छ।

तपाईँका मानिसहरूमध्ये हरेकको हृदय

तपाईँका लागि प्रेम र अनुरागले भरिपूर्ण छ।

तपाईँले हाम्रो सम्पूर्ण प्राण पूर्ण रूपमा प्राप्त गर्नुभएको छ,

हामी तपाईँका लागि कसरी नगाउन सक्छौँ?

हे परमेश्‍वर! तपाईँको धार्मिकता स्वर्गभन्दा माथि छ,

दुष्टताको युग तपाईँको क्रोधद्वारा भस्म हुन्छ।

तपाईँका वचनहरूले तपाईँको सर्वशक्तिमान्‌ता प्रकाश गर्छन्,

स्वर्ग र पृथ्वी अनि यावत् थोकलाई नयाँ र जीवन्त बनाउँछन्।

तपाईँले पूर्ण महिमा प्राप्त गर्नुभएको छ,

शैतानलाई जित्नुभएको छ र सबै शत्रुहरूलाई पराजित गर्नुभएको छ।

तपाईँका सबै मानिस तपाईँको सिंहासनसामु फर्किन्छन्,

तपाईँको प्रचुरताको आनन्द उठाउँछन्, र तपाईँका अद्भुत कार्यको प्रशंसा गर्छन्।

सर्वशक्तिमान् परमेश्‍वर, हामी तपाईँको प्रशंसा गर्छौँ!

सर्वशक्तिमान् परमेश्‍वर, हामी तपाईँको प्रशंसा गर्छौँ!

जीवन र मृत्युको हरेक क्षणमा,

तपाईँका वचनहरूले हामीलाई शैतानको यातनालाई जित्न अगुवाइ गर्छन्।

हरेक जोरदार गवाहीले तपाईँको असीमित सर्वशक्तिमान्‌ता र बुद्धिको प्रशंसा गर्छ।

तपाईँका वचनहरू सत्यता हुन् र तिनले सबथोक पूरा गर्छन्,

मानिसहरूको एउटा समूहलाई पखाल्दै र सिद्ध पार्दै तिनलाई विजेता बनाउँछन्।

सारा ब्रह्माण्ड तपाईँको प्रशंसामा हर्षोल्लास गर्छ,

र प्रशंसाका यी आवाजहरू कहिल्यै चुप हुनेछैनन्!

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्