किन सल्‍लाह स्विकार्न अत्यन्तै गाह्रो हुन्छ?

25 फेब्रुअरी 2023

सन् २०२१ को जूनमा, म मण्डलीका नयाँ विश्‍वासीहरूलाई मलजल गरिरहेकी थिएँ। ब्रदर जेरेमीले हाम्रो कामको रेखदेख गरिरहेका थिए। तिनी सामान्यतया मेरो कर्तव्यमा कुनै समस्या वा कठिनाइहरू छन् कि भनेर सोध्थे, नयाँ विश्‍वासीहरूसँग कसरी कुराकानी गर्ने र तिनीहरूलाई समस्या समाधान गर्न सहयोग गर्ने भनेर मलाई डोऱ्याउँथे। कहिलेकहीँ मेरो काममा गल्ती वा समस्याहरू हुन्थे। तिनले ती देखे भने औँल्याइदिन्थे र ती कसरी समाधान गर्ने सो मलाई बताउँथे। सुरुमा त, मलाई ब्रदर जेरेमीले औँल्याइँदिँदा म खुसीसाथ स्विकार्थेँ, तर तिनले धेरै समस्या औँल्याइदिँदा, मलाई ती स्विकार्न मन लाग्‍न छोड्यो। म सोच्थेँ: “हरेक दिन म नयाँ विश्‍वासीहरूलाई मलजल गर्न अत्यन्तै व्यस्त हुन्छु, कहिलेकहीँ समयमा खानसमेत पाउँदिनँ। म यसमा आफ्नो सर्वस्व लगाउँदै छु, र पनि किन तिमी सधैँ मेरा समस्याहरूबारे कुरा गर्छौ? मलाई आफ्नो क्षमता निकै राम्रो छ जस्तो लाग्छ, के गर्ने मलाई थाहा छ र मलाई कसैले भनिरहनु पर्दैन।”

एक दिन, समूहका एक नयाँ विश्‍वासीले आफू काममा धेरै व्यस्त भएकोले अघिल्लो भेला छुटाएँ भनेर माफी माग्दै मेसेज पठाए। त्यो बेला म अर्कै काम गरिरहेकी थिएँ, त्यसकारण मैले तुरुन्तै जवाफ दिइनँ। मैले उनको मेसेज हेर्दा त, ब्रदर जेरेमीले त्यो नयाँ विश्‍वासीको मेसेजको जवाफ दिइसकेका रहेछन्। तिनले मलाई समयमा नै प्रतिक्रिया दिन स्मरण गराउँदै व्यक्तिगत मेसेज पनि पठाए, र तिनीहरूसँग कुराकानी गर्नेबारे सुझावहरू दिए। तिनको मेसेज देखेर मलाई अलिक झोँक चल्यो र तिनले मलाई दुःख दिइरहेका छन् जस्तो लाग्यो, र सोचेँ, “तिनीहरूसँग कसरी कुराकानी गर्ने मलाई थाहा छ, तिमी किन मलाई सल्‍लाह दिएको दिएकै गर्छौ? तिमीलाई सङ्गति गर्न सक्छु जस्तो लाग्छ भने, आफै गर्दा भइहाल्यो नि।” मलाई असन्तुष्टिसमेत भइरहेको थियो, “म सबै कुरा गरिरहेकी छु, यहाँसम्‍म कि कहिलेकहीँ त खानसमेत बिर्सन्छु, तर तिमी अझै पनि मलाई यो काम, त्यो काम राम्ररी गरिरहेकी छैनौ भनेर भन्छौ।” ब्रदर जेरेमीले कामबारे बुझ्‍न मलाई कल गर्दा, म कल उठाउँदिनथेँ वा तिनलाई मेसेजसमेत गर्दिनथेँ—मलाई तिनको कुरा मान्‍न मन लाग्दैनथ्यो। तर तिनी मेरो कामबारे सोधिरहन्थे र मलाई सुझाव दिइरहन्थे। एकपटक एक नयाँ विश्‍वासीले मैले पठाएको मेसेजको जवाफ नदिँदा, तिनलाई फलो-अप गरिनँ। ब्रदर जेरेमीले मलाई मैले तिनलाई सम्पर्क गरिरहनुपर्छ, र नयाँ विश्‍वासीहरूप्रति धैर्यशील बनेर तिनीहरूलाई धेरै सहयोग गर्नुपर्छ भनेर भने। मलाई तिनको सल्‍लाह स्विकार्न मन लागेन। मैले सोचेँ, “नयाँ विश्‍वासीले जवाफ दिएका छैनन्, त्यसकारण मैले थप समय बरबाद गर्नु पर्दैन। त्यसमा केही गलत छैन, त्यसैले किन मैले तिम्रो कुरा सुन्‍ने?” त्यसकारण, मैले तिनको सुझाव मानिनँ। मलाई जवाफ नदिने मानिसहरूका हकमा, मैले तिनीहरूसँग झमेला मोल्न छोडेँ। क्रमिकरूपमा, म जिम्‍मेवार रहेका समूहहरूका धेरै नयाँ विश्‍वासीहरूले भेलाहरूमा आउने रुचि गुमाए। यो कुरा थाहा पाएपछि मात्रै मैले सल्‍लाह नस्विकार्ने मेरो मनोवृत्ति गलत छ भन्‍ने थाहा पाएँ। मैले कसरी ब्रदर जेरेमीलाई बेवास्ता गर्दै तिनको सल्‍लाह इन्कार गरिरहेकी थिएँ, तर तिनी सधैँ मेरा मेसेजहरूको जवाफ दिन्थे भनेर पनि सोचेँ। मलाई तिनीसँग माफी माग्‍नुपर्छ जस्तो लाग्यो। त्यसकारण, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, अनि डोऱ्याइ र बल मागेँ। मैले आफ्‍ना विचारहरू त्यागेर यी ब्रदरको सल्‍लाह स्विकार्न चाहेँ।

पछि मैले परमेश्‍वरका वचनहरूमा यो कुरा पढेँ: “केही मानिसहरू आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा कहिल्यै पनि सत्यताको खोजी गर्दैनन्। तिनीहरू आफ्नै कल्पनाअनुसार व्यवहार गर्दै केवल आफ्नो इच्छाअनुसार काम गर्छन्, र तिनीहरू सधैँ स्वेच्छाचारी र अविवेकी हुन्छन्, र तिनीहरू सत्यता अभ्यास गर्ने मार्गमा हिँड्दै हिँड्दैनन्। ‘स्वेच्छाचाररी र अविवेकी’ हुनुको अर्थ के हो? यसको अर्थ तैँले कुनै समस्या सामना गर्दा कुनै सोचविचारविना, वा खोजीको कुनै प्रक्रियाविना तँलाई ठिक लागेअनुसार काम गर्नु हो। अरूले भनेको कुनै कुराले तेरो हृदय छुन वा तेरो मन परिवर्तन गर्न सक्दैन। तँलाई सत्यता सङ्गति गरिँदा पनि तैँले यो स्विकार्न सक्दैनस्, तँ आफ्नै रायहरूमा टाँसिइरहन्छस्, अरूले कुनै सही कुरा भन्दा सुन्दै सुन्दैनस्, आफैलाई सही ठान्छस्, र आफ्नै विचारहरूमा झुण्डिरहन्छस्। तेरो सोचाइ सही छ भने पनि, तैँले अरू मानिसहरूका रायलाई पनि विचार गर्नुपर्छ, होइन र? अनि यदि तैँले अरूका रायलाई पटक्‍कै विचार गर्दैनस् भने, के यो अति आत्मधर्मी हुनु होइन र? अति आत्मधर्मी र हठी मानिसहरूलाई सत्यता स्विकार्नु सजिलो हुँदैन। यदि तैँले केही गलत गरिस् र अरूले तँलाई ‘तपाईंले यो सत्यताअनुसार गरिरहनुभएको छैन’ भनेर आलोचना गरे भने, तँ यसरी जवाफ दिन्छस्, ‘मैले यो सत्यताअनुसार गरिरहेको छैनँ भने पनि, म यसरी नै गर्नेछु।’ अनि त्यसपछि तैँले यो सही भनेर उनीहरूलाई सोच्न लगाउने केही कारण खोज्छस्। यदि उनीहरूले तँलाई ‘तपाईंले त हस्तक्षेप गर्दै हुनुहुन्छ, यसले मण्डलीको काममा हानि गर्नेछ’ भनेर निन्दा गरे भने, तैँले त्यो सुन्दैनस् मात्र होइन, बहानाहरूसमेत बनाइरहन्छस्: ‘मलाई यो सही तरिका लाग्यो र म त्यसरी नै गर्दै छु।’ यो कस्तो स्वभाव हो? (अहङ्कार।) यो अहङ्कार हो। अहङ्‌कारी प्रकृतिले तँलाई दुराग्रही बनाउँछ। यदि तँसित अहङ्‌कारी प्रकृति छ भने, तैँले स्वेच्छाचारी र अविवेकी व्यवहार गर्नेछस्, कसैले भनेको कुरा सुन्‍नेछैनस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरको वचनले ममा ठूलो प्रभाव पार्‍यो। मैले कर्तव्य पूरा गरिरहेकी थिएँ, तर सत्यताका सिद्धान्तहरू खोजी गरिरहेकी थिइनँ। म त आफ्‍नै तरिकाले, आफ्‍नै विचारहरूअनुसार काम गरिरहेकी थिएँ र अरू कसैले भनेको कुरा स्वीकार गर्दिनथेँ। मलाई मेरो क्षमता राम्रो छ र मैले सही तरिकाले काम गरिरहेकी छु, त्यसकारण मैले अरूको मार्गनिर्देशन वा सल्‍लाह स्विकार्नु पर्दैन जस्तो लाग्थ्यो। म साँच्‍चै जिद्दी र आत्म-धर्मी थिएँ। मैले नयाँ विश्‍वासीहरूका मेसेज बेवास्ता गर्दा, ब्रदर जेरेमीले मलाई ती मेसेजहरूको जवाफ समयमै दिन स्मरण गराएका थिए, र नयाँ विश्‍वासीहरूसँग कुराकानी गर्ने विषयमा सल्‍लाह दिएका थिए, तर मैले तिनका सुझाव मानिनँ किनभने के गर्ने भन्‍ने मलाई थाहा छ, र तिनले मलाई भनिरहनु पर्दैन जस्तो लाग्थ्यो। त्यसले गर्दा मलाई तिनीप्रति झोँक चल्थ्यो, त्यसकारण तिनले मसँग नयाँ विश्‍वासीहरूका समस्याबारे कुरा गर्न चाहँदा, म तिनका कलहरू उठाउने वा तिनका मेसेजहरूको जवाफ दिने गर्थिनथेँ। तिनले मलाई नयाँ विश्‍वासीहरूप्रति प्रेमिलो हुनुपर्छ भनेर भन्थे, र तिनीहरूसँग व्यवहार गर्ने यो जिम्‍मेवार तरिका हो भन्‍ने मलाई थाहा भए पनि, मलाई मैले तिनीहरूसँग निकै राम्रो व्यवहार गरिसकेकी छु, र थप मेसेजहरू पठाउनु समयको बरबादी हो जस्तो लाग्थ्यो। आफूप्रति पूर्ण विश्‍वस्त भएकोले र ब्रदर जेरेमीको सल्‍लाह नमानेकोले गर्दा धेरै नयाँ विश्‍वासीहरूले भेलाहरूमा रुचि गुमाए। त्यो परिणामले मलाई के देखायो भने म त परमेश्‍वरले बताउनुभएको व्यक्तिजस्तै रहेछु—जिद्दी, अहङ्कारी, र आत्म-धर्मी। म आफ्‍नो कर्तव्यमा सिद्धान्तहीन, स्वेच्‍छाचारी र लापरवाह थिएँ, र मैले सत्यता खोजिनँ। मैले आफ्‍नो जिम्‍मेवारी पूरा गरिरहेकी थिइनँ। मैले आफ्‍नो अहमता पन्छाएर अरूको सल्‍लाह स्विकारेकी भए, मेरो काम यति खराब हुनेथिएन। यसबारे विचार गरेपछि, मलाई आफ्‍नो अहङ्कारी स्वभावप्रति साँच्‍चै घृणा जाग्यो। मैले अबदेखि म देहसुख त्याग्छु, सत्यता अभ्यास गर्छु, र सुझावहरू मान्‍न सिक्छु भनेर शपथ खाएँ। म आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न लागिपर्छु। त्यसपछि, मैले ब्रदर जेरेमीले सुझाव दिएअनुसार गर्ने प्रयास गरेँ अनि मलाई जवाफ नदिने नयाँ विश्‍वासीहरूसँग सम्पर्कमा रहने सुनिश्चित गरेँ। अचम्‍मको कुरो, चाँडै नै तिनीहरूमध्ये कतिले फेरि भेलाहरूमा आउन चाहे, र मैले ब्रदर जेरेमीको सुझाव कति उपयोगी रहेछ, र यो कर्तव्य पूरा गर्ने जिम्‍मेवार तरिका हो भन्‍ने कुरा बल्‍ल बुझेँ। त्यसपछि, ब्रदर वा सिस्टरले मलाई सुझाव दिँदा, म त्यो स्विकार्ने प्रयास गर्थेँ।

पछि, मैले सुसमाचार सुनाउन थालेँ। सिस्टर मोनाले हाम्रो कामको रेखदेख गरिरहेकी थिइन्। सुरुमा सुसमाचार सुनाउन थाल्दा म निकै घबराएकी थिएँ, तर सुसमाचार प्रचार गर्न लायक व्यक्तिहरूलाई सङ्गति दिन मैले सक्दो गरेँ। मैले राम्रो काम गर्न थालिसकेकी छु जस्तो लागेको थियो, तर पहिलो हप्ता बित्यो, र मैले कुनै असल परिणाम प्राप्त गरिरहेकी थिइनँ। सिस्टर मोनाले मलाई कुनै कठिनाइ भयो कि भनेर सोधिन् र सुसमाचार सुनाउन लायक मानिसहरूका धारणा र समस्याहरू समाधान गर्न तिनीहरूसँग धेरै कुराकानी गर्नुपर्छ भनेर मलाई सम्झाइन्। उनले त्यसो भनेको सुन्दा, मलाई अलिक रिस उठ्यो र मैले भनेँ, “मैले सङ्गति दिइसकेँ, तर तिनीहरू मलाई जवाफ दिँदैनन्।” मैले तिनीहरूलाई मेसेज गरेकी थिएँ भनेर प्रमाणित गर्न उनलाई स्क्रिनसटहरूसमेत पठाएँ। त्यसपछि सिस्टर मोनाले मलाई परमेश्‍वरका आखिरी दिनहरूको कामबारे ब्रदर जोसेफको गवाही रेकर्डिङ पठाइन् ताकि मैले यसबाट सिक्‍न सकूँ। उनले तिनी सुसमाचार प्रचार गर्न निकै सिपालु छन्, र यसमा निकै सफल भएका छन् भनेर भनिन्। त्यो कुराले मलाई निकै लाज लाग्यो। उनले मलाई ब्रदर जोसेफसँग दाँजिरहेका छन् जस्तो लाग्यो, र मलाई यो असह्य भयो। “उनले किन मलाई त्यो रेकर्डिङ पठाइन्? के त्यो तिनको सङ्गति मेरोभन्दा राम्रो भन्नका लागि हो? उनले तिनी सफल छन् भन्नुको मतलब पक्‍कै पनि म सिपालु छैन भनेकी हुन्।” मैले मनमनै भनेँ, “मेरो सङ्गति ठिक छ, म यो कर्तव्यमा नयाँ छु र सिद्धान्तहरू मलाई थाहा छैन।” मलाई हरेक व्यक्तिको आ-आफ्‍नै व्यक्तिगत शैली हुन्छ जस्तो लाग्यो, त्यसकारण मैले त्यो रेकर्डिङसमेत सुनिनँ। मैले सिस्टर मोनालाई यस्तो जवाफ दिएँ, “अरूको आफ्‍नै शैली हुन्छ, र मेरो आफ्‍नै शैली छ। यदि तपाईंलाई अरूको शैली मन पर्छ भने, म नयाँ विश्‍वासीहरूलाई मलजल गर्न फर्केर जान सक्छु।” मलाई सिस्टर मोनाले तुच्छ ठानिरहेकी छिन्, म राम्रो सुसमाचार प्रचारक होइन भन्‍ने ठान्छिन् जस्तो लाग्यो। म निकै निराश र व्याकुल भएँ, र मलाई तिनको सल्‍लाह स्विकार्न मन लागेन। दुःखी हुँदै मैले तिनलाई सोधेँ, “हाम्रो प्रचार गर्ने शैली फरक-फरक छ। किन मलाई त्यो रेकर्डिङ पठाउनुभएको?” त्यसपछि मैले उनलाई जवाफ दिन छोडेँ।

म सही स्थितिमा छैन भन्‍ने लागेर सिस्टर मोनाले मलाई परमेश्‍वरका केही वचनहरू पठाइन्, जसले मलाई साह्रै भावविभोर तुल्याए। परमेश्‍वरका वचनहरूले भन्छ, “तैँले जस्तोसुकै प्रकारको कर्तव्य पूरा गरिरहेको भए पनि वा जस्तोसुकै व्यावसायिक सीप अध्ययन गरिरहेको भए पनि, समय बित्दै गएपछि तँ यसमा असल हुँदै जानुपर्छ। यदि तैँले सुधार हुने प्रयास गरिरहन सक्छस् भने, यसमा तँ कर्तव्य निर्वाह गर्नमा झन्झन् पोख्त हुँदै जानेछस्। … जुनै कर्तव्य निर्वाह गरिहेको भए पनि, तैँले परिस्थिति अध्ययन गर्नमा आफ्नो हृदय लगाउनुपर्छ। यदि तँमा व्यावसायिक ज्ञानको कमी छ भने, व्यावसायिक ज्ञान अध्ययन गर्। यदि तँ सत्यता बुझ्दैनस् भने, सत्यता खोजी गर्। तैँले सत्यता बुझिस् र व्यावसायिक ज्ञान हासिल गरिस् भने, आफ्नो कर्तव्य निर्वाह गरेर परिणामहरू प्राप्त गर्न तैँले ती कुरा प्रयोग गर्न सक्‍नेछस्। यस्तो व्यक्ति नै साँचो प्रतिभा र वास्तविक ज्ञान भएको व्यक्ति हुन्छ। यदि तँ आफ्नो कर्तव्यको अवधिमा कुनै व्यावसायिक ज्ञान अध्ययन गर्दैनस्, सत्यता खोजी गर्दैनस्, र तेरो सेवा निम्‍नस्तरको छ भने, कसरी तैँले आफ्नो कर्तव्य निर्वाह गर्न सक्छस्? आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न, तैँले थुप्रै उपयोगी ज्ञान अध्ययन गर्नैपर्छ र आफूलाई धेरै सत्यताले सुसज्‍जित पार्नैपर्छ। तैँले सिक्‍न कहिल्यै छोड्नु हुँदैन, अनि खोजी गर्न र अरूबाट सिकेर आफ्नो कमजोरी सुधार्न कहिल्यै छोड्नै हुँदैन। अरू मानिसहरूको सामर्थ्य जस्तो भए पनि, वा उनीहरू तँभन्दा जुनै तरिकामा बलिया भए पनि, तैँले उनीहरूबाट सिक्‍नुपर्छ। अनि अझ बढ्तासँग तैँले आफूभन्दा राम्रो सत्यता बुझ्ने जोकोहीबाट सिक्‍नुपर्छ। तैँले निकै वर्षसम्म यसरी आफ्नो कर्तव्य निर्वाह गरेर सत्यता बुझ्नेछस् र यसका वास्तविकताहरूमा प्रवेश गर्नेछस्, अनि तेरो कर्तव्यपालन पनि स्तरीय हुनेछ। अनि, तँ सत्यता र मानवता भएको व्यक्ति, सत्यताको वास्तविकता भएको व्यक्ति बनेको हुनेछस्। यो सत्यताको पछि लागेर प्राप्त कुरा हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरू पढेपछि मैले के देखेँ भने कर्तव्यमा प्रगति गर्न र सुसमाचार काममा सफल हुन, मैले अरूको सुझाव मान्‍न अनि तिनीहरूको सबल पक्ष र सफल शैलीहरूबाट सिक्‍नुपर्थ्यो। यो गर्नु अत्यन्तै महत्त्वपूर्ण थियो। सत्यतासम्‍बन्धी मेरो बुझाइ सतही थियो, र ममा धेरै त्रुटि र कमीहरू थिए। कर्तव्य जुनसुकै भए पनि, मैले सान्दर्भिक सिद्धान्त र सीपहरू सिक्‍नुपर्थ्यो। म सिक्‍न र अरूको सल्‍लाह स्विकार्न इच्छुक भएँ भने, आफ्ना कमीकमजोरीलाई परिपूर्ति र सुधार गर्न सक्थेँ। तर म अहङ्कारी र आत्मविश्‍वस्त थिएँ। मैले भर्खरै सुसमाचार प्रचार गर्न थालेकी थिएँ—मैले सिद्धान्तहरू बुझेकी थिइनँ र म त्यति सफल भएकी थिइनँ, तर मलाई आफूले राम्रो काम गरेकी छु जस्तो लाग्यो र म सल्‍लाह स्विकार्न इच्‍छुक भइनँ। सिस्टर मोनाले मेरा समस्याहरू औँल्याउँदासमेत, मलाई आफूले के गरिरहेकी छु थाहा छ, र मलाई कुनै सल्‍लाह चाहिँदैन भनेर प्रमाणित गर्न उनलाई स्क्रिनसटहरू पठाएँ। उनले ब्रदर जोसेफले सुसमाचार प्रचार गरेको रेकर्डिङ पठाउँदा मैले त्यो स्विकारिनँ किनभने मसँग राम्रा तरिकाहरू छन् र मैले अरूबाट सिक्‍नुपर्दैन भन्‍ने मलाई लाग्यो। म आफ्नो अहङ्कारको कारण सकारात्मक र सक्रिय सल्‍लाह स्विकार्न अनिच्‍छुक भएँ। सिस्टर मोना र ब्रदर जेरेमी दुवैका सल्‍लाहप्रति मेरो मनोवृत्ति उस्तै थियो, मैले सधैँ विरोध, इन्कार, र आफ्‍नै कुरामा जिद्दी गरेँ। त्यस्तो मनोवृत्ति लिएर मैले आफ्‍नो कर्तव्यमा राम्रा परिणामहरू प्राप्त गर्न वा कुनै प्रगति गर्न सक्दिनथेँ। परमेश्‍वरले पनि मेरो कर्तव्यलाई अनुमोदन गर्नुहुन्‍नथ्यो।

पछि मैले परमेश्‍वरका केही वचनहरू पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “अहङ्कार र आत्मधर्मीपन मानिसहरूको सबैभन्दा स्पष्ट शैतानी स्वभाव हो, र तिनीहरूले सत्यता स्विकार्दैनन् भने, तिनीहरूलाई शुद्ध पार्न कदापि सकिँदैन। मानिसहरूमा अहङ्कारी र आत्मधर्मी स्वभाव हुन्छ, तिनीहरू सधैँ आफैलाई सही ठान्छन्, र तिनीहरू आफूले सोच्‍ने, भन्‍ने, र राय दिने कुराहरूमा सधैँ आफ्‍नो दृष्टिकोण र मानसिकता सही छ, अरूको कुरा आफ्नो जत्तिको असल वा सही छैन भन्‍ने ठान्छन्। तिनीहरू सधैँ आफ्‍नै रायमा अल्झिरहन्छन्, र अरू कसैले भनेको कुरा जेसुकै भए पनि सुन्दैनन्; अरूले भनेको कुरा सही छ, र सत्यताअनुरूप छ भने पनि, तिनीहरूले त्यसलाई स्वीकार गर्दैनन्, तिनीहरूले सुन्छन् मात्रै, तर कुनै पनि कुरालाई मनमा लिँदैनन्। काम गर्ने बेला आएपछि, तिनीहरूले अझै पनि आफ्‍नै तरिकाले काम गर्छन्; तिनीहरूले सधैँ आफू सही र जायज छु भनी सोच्छन्। तँ सही, र जायज हुन सक्छस्, वा तैँले कुनै समस्याविना सही काम गरिरहेको हुन सक्छस्, तर तैँले प्रकट गरेको स्वभाव कस्तो हो? के यो अहङ्कार र आत्मधार्मिकता होइन र? यदि तैँले यो अहङ्कारी र आत्मधर्मी स्वभावलाई हटाउन सक्दैनस् भने, के यसले तेरो कर्तव्यपालनमा असर गर्नेछ? के यसले सत्यता अभ्यास गर्ने तेरो क्षमतामा असर गर्नेछ? यदि तैँले यस्तो अहङ्कारी र आत्मधर्मी स्वभावलाई समाधान गर्न सक्दैनस् भने, के तैँले भविष्यमा ठूलाठूला बाधाहरूको सामना गर्ने सम्‍भावना हुन्छ? हो, हुन्छ, र यो अपरिहार्य छ भन्‍ने कुरामा कुनै शङ्‍का छैन। के परमेश्‍वरले यस्ता कुराहरू मानिसहरूमा प्रकट भएको देख्‍न सक्‍नुहुन्छ? सक्‍नुहुन्छ, एकदमै राम्रोसित देख्‍न सक्‍नुहुन्छ; परमेश्‍वरले मानिसको अन्तस्करणलाई मात्रै नियाल्‍नुहुन्‍न, उहाँले सधैँ तिनीहरूको हरेक बोलीवचन र व्यवहारलाई पनि हेरिरहनुभएको हुन्छ। अनि, यी कुराहरू तँमा प्रकट भएको देखेपछि परमेश्‍वरले के भन्‍नुहुनेछ? परमेश्‍वरले भन्‍नुहुनेछ, ‘तँ दुराग्रही छस्! तँ गलत छस् भन्‍ने तँलाई थाहा नहुँदा आफ्‍नै कुरामा जिद्दी गर्नु ठीकै होला, तर तँ गलत छस् भन्‍ने कुरा तँलाई राम्ररी थाहा हुँदा पनि, तँ आफ्‍नै कुरामा जिद्दी गर्छस्, र पश्‍चात्ताप गर्न मान्दैनस् भने, तँ जिद्दी र मूर्ख होस्, र तँ समस्यामा छस्। सुझाव जसको भए पनि यदि तैँले नकारात्मक र विरोधी मनोवृत्तिले प्रतिक्रिया दिन्छस्, र सत्यतालाई पटक्‍कै स्वीकार गर्दैनस् भने—तेरो हृदयमा विरोधीपन, कुण्ठितपन, इन्कार मात्रै छ भने—तँ हास्यास्पद मूर्ख होस्! तँलाई निराकरण गर्न निकै कठिन हुन्छ।’ तँमा भएको के कुरा निराकरण गर्न गाह्रो हुन्छ? तँमा रहेको के कुरा कठिन हुन्छ भने, तेरो व्यवहार गलत कार्यशैली वा गलत आचरणले भरिएको हुँदैन, बरु यसले निश्‍चित प्रकारको स्वभाव प्रकट गर्छ। यसले कस्तो स्वभाव प्रकट गर्छ? तँ सत्यताप्रति दिक्‍क मान्छस् र तैँले सत्यतालाई घृणा गर्छस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरको अघि बारम्‍बार जिएर मात्रै उहाँसँग सामान्य सम्‍बन्ध कायम राख्‍न सकिन्छ)। परमेश्‍वरको वचनबाट, मैले मेरो स्वभाव कति अहङ्कारी र जिद्दी रहेछ भन्‍ने बुझेँ। मलाई सधैँ मैले सबै कुरा बुझेकी छु र सही तरिकाले काम गरेकी छु भन्‍ने लाग्थ्यो। सिस्टर मोना र ब्रदर जेरेमीले मलाई बारम्‍बार सल्‍लाह दिए, तर मैले त्यो कहिल्यै स्विकारिनँ, र तिनीहरूविरुद्ध भिडेँ र तिनीहरूसँग रुष्ट भएँ। मेरो कर्तव्य भनेको सुसमाचार सुनाउनु र परमेश्‍वरको गवाही दिनु थियो, त्यसैले यदि तिनीहरूका सुझाव मेरो कर्तव्यको लागि र साँचो मार्ग स्विकार्ने मानिसहरूका लागि उपयोगी हुन्थे भने, मैले ती स्विकारेर अभ्यास गर्नुपर्थ्यो। तर मैले त्यसो गरिनँ। म आफूलाई कुन कुरा के हो थाहा छ र सत्यतामा सङ्गति गर्न सक्छु भन्‍ने सोच्थेँ, तर वास्तवमा, मैले सिद्धान्तहरू बुझेकी थिइनँ र म सुसमाचार प्रचार गर्न सिपालु थिइनँ। म आफ्‍नो कर्तव्यमा पटक्‍कै सफल थिइनँ। ब्रदर-सिस्टरहरूले मेरा समस्याहरू औँल्याउँदा वा मलाई सुझाव दिँदा, म अहङ्कारी र आत्म-धर्मी व्यवहार मात्र गर्थेँ, र ती स्विकार्न मलाई गाह्रो हुन्थ्यो। कहिलेकहीँ त म विरोध गर्ने वा रिसाउनेसमेत गर्थेँ। त्यो मेरो बाहिरी व्यवहारमा भएको गल्ती मात्रै थिएन, तर सत्यताप्रतिको मेरो घृणा प्रकट भएको थियो। म प्रतिरोध गर्ने र अनाज्ञाकारी हुनु भनेको अवश्यै सत्यता इन्कार गर्नु र यससँग लडाइ गर्नु थियो—यो सत्यतालाई घृणा गर्नु थियो। त्यसपछि मैले परमेश्‍वर मानिसहरूको बाहिरी व्यवहार मात्रै हेर्नुहुन्‍न, तिनीहरूको हृदय, सत्यता र उहाँप्रति तिनीहरूको मनोवृत्ति हेर्नुहुन्छ भनेर बुझेँ। म विश्‍वासी थिएँ, कर्तव्य पूरा गर्थेँ, र भेलाहरूमा जान्थेँ, तर सत्यताअनुरूपका सुझावहरू वा सकारात्मक कुराहरू स्वीकार गर्दिनथेँ। मैले सत्यता इन्कार गरेँ, यसविरुद्ध लडेँ, र यसलाई घृणासमेत गरेँ। परमेश्‍वरप्रति ममा कुनै आदर थिएन। यदि मैले त्यसै गरिरहेकी भए, आफ्‍नो कर्तव्य राम्ररी पूरा नगर्ने मात्रै होइन, तर मलाई परमेश्‍वरले घृणा गर्नुहुनेथ्यो, दोषी ठहराएर दण्ड दिनुहुनेथ्यो, र मैले असल परिणाम पाउनेथिइनँ। आफ्‍नो कुरूप शैतानी रूपलाई हेर्दा मलाई चिन्ता र डर लाग्यो। मैले आफू यति भ्रष्ट छु, र मेरो अहङ्कारी स्वभावले मलाई परमेश्‍वरविरुद्ध उतार्नेछ भनेर कहिल्यै कल्‍पना गरेकी थिइनँ। यो महसुस गरेपछि मलाई साँच्‍चै आफूप्रति घृणा जाग्यो।

भोलिपल्‍ट, मैले समूहमा सिस्टर मोनाले पठाएका परमेश्‍वरका केही वचनहरू पढेँ, र अभ्यासको मार्ग भेट्टाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “व्यक्तिको जीवन स्वभावमा हुने परिवर्तनका धेरै विशेषताहरू छन्। पहिलो विशेषता भनेको सही र सत्यताअनुरूपका कुराहरू पालन गर्न सक्‍नु हो। वृद्धध वा जवान जसले विचार राखे पनि, तेरो उनीहरूसँग तालमेल मिलोस् वा नमिलोस्, तिमीहरू उनीहरूलाई चिन वा नचिन, उनीहरूसँग परिचित होऊ वा नहोऊ, वा तिमीहरूको उनीहरूसँग सम्बन्ध राम्रो होस् वा खराब, जबसम्म उनीहरूले भन्‍ने कुरा सही र सत्यताअनुरूप हुन्छ, र परमेश्‍वरको घरको काममा लाभदायी हुन्छ, तबसम्म तैँले कुनै कुराको प्रभावमा नपरी त्यो सुन्‍न, अपनाउन र स्विकार्न सक्छस्। सही र सत्यताअनुरूपका कुराहरू स्विकार्न र पालन गर्न सक्‍नु नै पहिलो विशेषता हो। दोस्रो विशेषताचाहिँ केही कुरा आइपर्दा सत्यता खोज्न सक्‍नु हो; सत्यता स्विकार्न सक्‍ने मात्र नभई सत्यता अभ्यास गर्ने, र आफ्नो इच्छाअनुसार मामिलाहरू नसम्हाल्ने बन्‍न सक्‍नु हो। तैँले जुनसुकै समस्या सामना गरिरहेको भए पनि, त्यो नबुझेमा खोजी गर्न सक्छस्, र कसरी समस्या सम्हाल्ने र कसरी अभ्यास गर्ने भनेर हेर्न सक्छस्, ताकि यो सत्यताका सिद्धान्तहरूअनुरूप होस् र यसले परमेश्‍वरका मापदण्डहरू पूरा गरोस्। तेस्रो विशेषताचाहिँ तैँले जुनसुकै समस्या सामना गरे पनि परमेश्‍वरको इच्छालाई विचार गर्नु, र परमेश्‍वरप्रति समर्पित हुन देहविरुद्ध विद्रोह गर्नु हो। जुनसुकै कर्तव्य निर्वाह गरिरहेको भए पनि, तैँले परमेश्‍वरको इच्छालाई ख्याल गर्छस्, परमेश्‍वरका मापदण्डहरूअनुसार आफ्ना कर्तव्यहरू निर्वाह गर्छस्। यस कर्तव्यको लागि परमेश्‍वरका मापदण्डहरू जेसुकै भए पनि, तैँले परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन उहाँका मापदण्डहरूअनुसार यो पूरा गर्न सक्छस्। तैँले यो सिद्धान्त बुझ्नैपर्छ, र आफ्नो कर्तव्य जिम्मेवारपूर्ण र विश्‍वासयोग्य ढङ्गमा निर्वाह गर्नैपर्छ। परमेश्‍वरको इच्छालाई ख्याल गर्नु भनेको यही हो। यदि तँलाई परमेश्‍वरको इच्छालाई कसरी ख्याल गर्ने वा कुनै निश्‍चित मामिलामा कसरी परमेश्‍वरलाई सन्तुष्ट तुल्याउने भनेर थाहा छैन भने, तैँले खोजी गर्नैपर्छ। तिमीहरूले स्वभाव परिवर्तनका यी तीन विशेषतालाई आफूसँग दाँज्नुपर्छ, र तिमीहरूसँग यी विशेषताहरू छन् कि छैनन् भनेर हेर्नुपर्छ। यदि तिमीहरूसँग यी तीन पक्षहरूमा व्यावहारिक अनुभव, अनि ती अभ्यास गर्ने मार्ग छ भने, यही नै मामिलाहरू सम्हाल्दा सिद्धान्तअनुरूप हुनु हो। तैँले जुनै मामिला सामना गरे पनि वा जुनै समस्या सम्हालिरहेको भए पनि, तैँले सधैँ अभ्यासका सिद्धान्तहरू, सत्यताको प्रत्येक सिद्धान्तमा समावेश कुराहरू र सिद्धान्तहरू उल्लङ्घन नगरी अभ्यास गर्ने तरिकाहरू खोजी गर्नैपर्छ। यी समस्याहरू स्पष्ट भएपछि, तैँले स्वभाविक रूपमा कसरी सत्यता अभ्यास गर्ने भनेर थाहा पाउनेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता अभ्यास गरेर मात्रै भ्रष्ट स्वभावका बन्धनहरूलाई तोड्न सकिन्छ)। “तैँले सत्यता नबुझ्दा, यदि कसैले तँलाई सल्लाह दिन्छ र सत्यताअनुसार कसरी काम गर्ने भनेर बताउँछ भने, तैँले सर्वप्रथम यो स्वीकार गर्नुपर्छ, अनि यो सही मार्ग हो कि होइन, यो सत्यताका सिद्धान्तअनुरूप छ कि छैन भनेर हेर्न सबैलाई सँगै सङ्गति गर्न अनुरोध गर्नुपर्छ। यदि यो सत्यताअनुसार छ भनेर तँ निश्‍चित भइस् भने, यसरी नै अभ्यास गर्; यदि यो सत्यताअनुसार छैन भनेर तँ निश्‍चित भइस् भने, यसरी अभ्यास नगर्। यो यति सरल छ। तैँले धेरै मानिसहरूबाट सत्यता खोज्नुपर्छ, सबैले के भन्छन् सुनेर त्यो सबैलाई गम्भीरतापूर्वक लिनुपर्छ; मानिसहरूलाई नसुन्‍ने वा बेवास्ता गर्ने नगर्। यो तेरो कर्तव्यभित्र पर्छ, त्यसैले तैँले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ। यो नै सही मनोवृत्ति र सही स्थिति हो। तेरो स्थिति सही छ भने, तैँले सत्यताप्रति दिक्‍क मान्‍ने र वैरभाव राख्‍ने स्वभाव प्रकट गर्नेछैनस्; यसरी अभ्यास गर्दा, यसले तेरो भ्रष्ट स्वभावको स्थान लिनेछ, र यो नै सत्यता अभ्यास गर्नु हो। अनि यसरी सत्यता अभ्यास गर्दा के परिणाम निस्कन्छ? (त्यसमा पवित्र आत्माको मार्गदर्शन हुन्छ।) पवित्र आत्माको मार्गदर्शन पाउनु एउटा पक्ष हो। कहिलेकाहीँ, मामिला एकदमै सरल, र तेरो आफ्नै बुद्धि प्रयोग गरेर प्राप्त गर्न सकिने हुन्छ; मानिसहरूले सुझावहरू दिइसकेपछि र तैँले बुझिसकेपछि, तैँले परिस्थितिहरू ठिक गर्छस् र खुरुक्‍क सिद्धान्तहरूअनुसार अघि बढ्छस्। मानिसहरूलाई यो सानो कुरा लाग्ला, तर परमेश्‍वरको दृष्टिमा यो ठूलो कुरा हो। किन म यसो भन्छु? तैँले यसरी अभ्यास गर्दा, परमेश्‍वरले तँ सत्यता अभ्यास गर्न सक्षम छस्, तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होस्, सत्यतादेखि दिक्‍क मान्‍ने व्यक्ति होइनस् भनेर देख्‍नुहुन्छ, र यसको साथै परमेश्‍वरले तेरो हृदय हेर्नुहुँदा, तेरो स्वभाव पनि देख्‍नुहुन्छ। यो ठूलो कुरा हो। अनि तैँले परमेश्‍वरसामु कुनै कर्तव्य निभाउँदा र काम गर्दा, तैँले जे-जस्तो कुरा जिउँछस् र प्रकट गर्छस् त्यो सत्यताको वास्तविकता हुन्छ जुन मानिसहरूमा हुनैपर्ने कुरा हो; परमेश्‍वरको अघि, तैँले गर्ने हरेक कुरामा तेरो मनोवृत्ति, सोचाइ, र स्थिति सबैभन्दा महत्त्वपूर्ण हुन्छ, परमेश्‍वरले ती कुराको सूक्ष्म जाँच गर्नुहुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरको अघि बारम्‍बार जिएर मात्रै उहाँसँग सामान्य सम्‍बन्ध कायम राख्‍न सकिन्छ)। परमेश्‍वरका वचनहरूले साँच्‍चै मेरो पनि आँखा खोलिदिए। कसैले मलाई सल्‍लाह दिन्छ भने, व्यक्ति जोसुकै भए पनि, तिनीहरूको कुरा सही छ र सत्यतासँग मिल्छ भने, मैले त्यो स्विकार्नु र पालना गर्नुपर्छ, र परमेश्‍वरको इच्‍छाअनुसार काम गर्नुपर्छ। त्यो सत्यता स्वीकार र अभ्यास गर्ने व्यवहार हो। मैले आफ्‍नो कर्तव्यमा सहजै परमेश्‍वरको डोऱ्याइ र असल परिणामहरू प्राप्त गर्ने एउटै मात्र तरिका त्यही हो, त्यसपछि मेरो भ्रष्ट स्वभाव क्रमिकरूपमा परिवर्तन हुँदै जान सक्छ। पहिले म आफ्नो घमण्ड र अहङ्कारको कारण, आफ्‍नो कर्तव्यमा सत्यताका सिद्धान्तहरू खोज्दिनथेँ वा अरूको सुझाव मान्दिनथेँ, जसले गर्दा मेरो कामगराइ राम्रो भएन। अब मैले परमेश्‍वरका इच्‍छा र मागहरू बुझेँ। मैले आफ्‍नो कर्तव्यमा परमेश्‍वरको इच्‍छा पालना गर्नुपर्छ, सत्यता खोज्नुपर्छ, सिद्धान्तहरूअनुसार अभ्यास गर्नुपर्छ, र आफ्‍ना जिम्‍मेवारीहरू पूरा गर्नुपर्छ। सुसमाचार सुनाउने कामसम्‍बन्धी कुनै कुरामा म सुस्त हुनु हुँदैन। मैले यसलाई गम्‍भीररूपमा लिएर सुसमाचार सुन्‍ने मानिसहरूको साँचो मार्ग स्विकार्नेसम्‍बन्धी प्रश्‍नहरू समाधान गर्नुपर्छ। मसँग कुनै सत्यताको वास्तविकता छैन वा म यसका सिद्धान्तहरू बुझ्दिनँ, त्यसकारण मलाई अरूको औँल्याइ र सहयोग चाहिन्छ। तिनीहरूले मलाई सल्‍लाह दिँदा, यो मलाई आफ्नो कर्तव्यमा प्रगति गराउन सहयोग गर्नका लागि नै हुन्छ ताकि मैले आफ्‍ना जिम्‍मेवारीहरू पूरा गर्न सकूँ। तिनीहरूले मलाई तुच्छ ठानिरहेका हुँदैनन्, त्यसकारण मैले तिनीहरूका अभिप्रायलाई गलत ठान्‍नु हुँदैन। त्यस दिन दिउँसो, मैले आफ्‍नो व्यवहारप्रति माफी माग्दै सिस्टर मोनालाई मेसेज पठाएँ। उनी मप्रति अलिकति पनि रिसाइनन्, तर मलाई अझै पनि अलिक ग्‍लानि भयो किनभने यसको दोषी म नै हुँ भन्‍ने मलाई लाग्यो। मैले सत्यता नस्विकारेकी कारण यो सब भएको थियो; म अत्यन्तै अहङ्कारी र हठी थिएँ। त्यहाँदेखि, सिस्टर मोनाले मलाई जस्तो सल्‍लाह दिए पनि वा अरूले मेरो जुनसुकै समस्या औँल्याए पनि, त्यो सही छ र त्यसले मेरो कर्तव्यमा सहयोग गर्छ भने, म त्यो स्विकार्ने प्रयास गर्थेँ। कहिलेकहीँ सुसमाचार सुनाउँदा चुनौतीहरू सामना गरेँ भने, म सक्रिय भएर अरूको सुझाव माग्थेँ। त्यसो गर्दा, मैले सुसमाचार प्रचारमा अझै राम्रा परिणामहरू प्राप्त गरेँ र अझै धेरै मानिसहरूलाई विश्‍वासमा ल्याएँ। एकपटक, मैले सुसमाचार सुन्ने केही मानिसहरूलाई परमेश्‍वरका आखिरी दिनहरूको कामबारे गवाही दिएपछि, तिनीहरूमध्ये कतिले यसबारे थप जँच्न चाहे, तर कतिले मेरो मेसेज पढेपछि जवाफ दिएनन्, त्यसकारण मैले तिनीहरूलाई थप कुनै ध्यान दिइनँ। सिस्टर मोनाले म लापरवाह हुँदै गएकी देखेर तिनीहरूलाई यति सजिलै नत्याग्‍न मलाई सुझाव दिइन्। तिनीहरूले मेरो मेसेज पढे भने, मैले तिनीहरूलाई सम्पर्कमा रहेर आकृष्ट गर्ने उपाय सोच्‍नुपर्छ। यसपटक, मैले उनको सल्‍लाह इन्कार गरिनँ। मैले परमेश्‍वरले भन्‍नुभएको कुरा सम्झेँ: “व्यक्तिको जीवन स्वभावमा हुने परिवर्तनका धेरै विशेषताहरू छन्। पहिलो विशेषता भनेको सही र सत्यताअनुरूपका कुराहरू पालन गर्न सक्‍नु हो। वृद्धध वा जवान जसले विचार राखे पनि, तेरो उनीहरूसँग तालमेल मिलोस् वा नमिलोस्, तिमीहरू उनीहरूलाई चिन वा नचिन, उनीहरूसँग परिचित होऊ वा नहोऊ, वा तिमीहरूको उनीहरूसँग सम्बन्ध राम्रो होस् वा खराब, जबसम्म उनीहरूले भन्‍ने कुरा सही र सत्यताअनुरूप हुन्छ, र परमेश्‍वरको घरको काममा लाभदायी हुन्छ, तबसम्म तैँले कुनै कुराको प्रभावमा नपरी त्यो सुन्‍न, अपनाउन र स्विकार्न सक्छस्।” मैले आफ्‍नो भ्रष्ट स्वभाव परिवर्तन गरेर आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न चाहेँ भने, अरूको सुझाव स्विकार्न सिक्‍नुपर्छ भन्‍ने मलाई थाहा थियो। मैले सिस्टर मोनाको सल्‍लाह मान्‍ने प्रयास गरेँ, र ती मानिसहरूलाई तिनीहरूको कठिनाइहरूबारे सोध्दै मेसेज गरिरहेँ। पहिले जवाफ नदिनेहरूले मलाई आफूले प्रचारबाट सिकेको कुराबारे मलाई बताउन थाल्दा म त छक्क परेँ। तिनीहरूले सक्रियरूपमा साँचो मार्ग खोजी गर्न थाले। मलाई अत्यन्तै खुसी लाग्यो, र मैले अरूको सल्‍लाह मान्नु कति फाइदाजनक हुन्छ भन्‍ने कुरा व्यक्तिगतरूपमा देखेँ। त्यसरी मैले धेरै कुरा सिकेँ। मैले सुसमाचार सुनाउनेबारे केही सत्यता मात्रै सिकेकी छैनँ, तर सुसमाचार सुन्‍ने मानिसहरूका कठिनाइ र प्रश्‍नहरू समाधान गर्न कसरी सत्यतामा सङ्गति गर्ने त्यो पनि जानेकी छु। अब त मलाई तिनीहरूसँग कुराकानी गर्न त्यति गाह्रो लाग्दैन र म आफ्‍नो कर्तव्य झन्-झन् राम्रो गर्दै गइरहेकी छु।

यस अनुभवबाट मैले परमेश्‍वरका वचनहरू अति बहुमूल्य छन्, र ती वचनले हामीलाई आफूबारे जान्‍न सहयोग गर्छन् भन्‍ने कुरा सिकेँ। जब हामी उहाँका वचनहरूअनुसार अभ्यास गर्छौँ, तब हाम्रो भ्रष्ट स्वभाव परिवर्तन हुन सक्छ। अझै मैले कहिलेकहीँ केही अहङ्कार देखाए पनि, म आफ्‍नो अहमता त्याग्न, सत्यता स्विकार्न, अरूको सल्‍लाह स्विकार्न, र अझ धेरै सत्यता सिक्‍न इच्छुक हुन्छु। आशा छ परमेश्‍वरले मलाई निरन्तर मार्गदर्शन दिनुहुन्छ र जाँच गर्नुहुन्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

कर्तव्यमा कुनै दर्जा हुँदैन

सर्वशक्तिमान् परमेश्‍वरलाई विश्‍वास गर्नुभन्दा पहिले, मलाई शिक्षकहरूको प्रशंसा सुन्‍ने बानी परेको थियो। म सधैँ ध्यानको केन्द्रविन्दु हुन...

मेरा आमाबाबुको वास्तविकता देख्दा

मैले सानै छँदादेखि, आफ्ना आमाबाबुलाई परमेश्‍वरलाई पछ्याउने कार्यको आदर्शका रूपमा हेर्थेँ। उहाँहरू आफ्ना विश्‍वासमा निकै उत्साहित र त्यागहरू...

साँचो मार्ग स्विकार्दा यति धेरै अवरोध किन हुन्छ?

सन् २००८ मा मेरी आमासँगै मैले प्रभुमा विश्‍वास गरेँ, र त्यसपछि, म स्थानीय मण्डलीका भेलाहरूमा जान थालेँ। पछि, म मण्डली डिकनसमेत बनेँ। हाम्रो...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्