म अहङ्कारबाट कसरी मुक्त भएँ

15 मार्च 2022

सन् २०१९ को जूनमा मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। एक वर्षपछि मैले मण्डली अगुवाको रूपमा मेरो कर्तव्य पूरा गर्न थालेँ। परमेश्‍वरले मलाई अभ्यास गर्ने यो मौका दिनुभएकोमा म परमेश्‍वरप्रति अत्यन्तै आभारी थिएँ, त्यसकारण म मेरो कर्तव्यमा खुशीसाथ लागिपरेँ, फलो-अप गर्थेँ र कामको बारेमा बुझ्थेँ, अनि मेरा दाजुभाइ-दिदीबहिनीका समस्याहरूलाई समाधान गर्थेँ। केही समयपछि, धेरैजसो नयाँ विश्‍वासीहरूले सामान्य रूपमा नै भेलाहरूमा सहभागिता जनाए, तिनीहरूले सुसमाचार सुनाउने र आफ्‍नो कर्तव्य पूरा गर्ने काम गरेँ। मेरो अरू कामले पनि केही परिणामहरू हासिल गरे, र म अलिक गर्व नगरी बस्‍न सकिनँ। म सोच्थेँ, “मेरो नेतृत्वको कर्तव्यमा केही व्यवहारिक समस्याहरू समाधान गर्न मलाई त्यति धेरै समय लागेन, र मेरा दाजुभाइ-दिदीबहिनीले मलाई आदर गर्छन्। म पक्‍कै पनि पहिलेको अगुवाभन्दा सिपालु छु।”

एउटा भेलापछि एक जना सिस्टरले मलाई उनले मण्डलीमा मानिसहरूलाई स्वीकार गर्ने सम्‍बन्धी सिद्धान्तहरू नबुझेको र मेरो सङ्गति चाहेको बताइन्। मेरो सहकर्मी सिस्टर झाङ्गले पनि मेरो कुरा सुन्‍न चाहिन्, त्यसकारण मैले सम्‍बन्धित सिद्धान्तहरूको बारेमा विस्तृत रूपमा सङ्गति गरेँ र केही मुख्य बुँदाहरूलाई जोड दिएँ। सङ्गतिपछि मैले धेरैजसो दाजुभाइ-दिदीबहिनीले बुझ्यौं भनी बताएको सुनेँ, त्यसले गर्दा म निकै खुशी भएँ र यी समस्याहरू सजिलै समाधान गर्न सक्छु भन्‍ने लाग्यो। बिस्तारै म अहङ्कारी बन्‍न थालेँ। जब म अरूको काम निरीक्षण गर्थेँ, तब मैले कतिपय समूह अगुवाहरूले आफ्‍नो समूहको अवस्थालाई नबुझ्‍ने र आफ्‍नो कर्तव्यमा ढिला-सुस्ती गर्ने गरेको देख्थेँ, र म धैर्य गुमाउँथेँ, अनि तिनीहरूलाई हप्काउँथेँ, अनि तिनीहरूसँग सङ्गति गर्न चाहँदिनथिएँ। तिनीहरूमध्ये कति जना मद्वारा बाध्य भएको देख्दा सुरुमा मलाई आफूले रिस देखाएकोमा अलिक पछुतो लाग्यो, तर पछि मैले सोचेँ, “म मण्डलीको लागि काम गरिरहेकी छु, र यदि मैले कडा व्यवहार गरिनँ भने परिणामहरू हासिल गर्न सक्दिनँ।” त्यसपछि मैले आत्मसमीक्षा गरिनँ र समस्या त्यतिकै अघि बढिरह्‍यो।

एउटा सुसमाचार भेलाभन्दा पहिले मैले भेलाको विषयवस्तुको बारेमा छलफल गर्न मलजल समूहका अगुवाहरूसँग भेट गरेँ। सुरुमा मैले तिनीहरूलाई आफ्‍नो दृष्टिकोण बताउन अनुरोध गरेँ, तर लामो समयपछि पनि कसैले एक शब्‍द बोलेनन्, र एक जना सिस्टरले मात्रै थोरै सङ्गति बाँडिन्। सुरुमा, मलाई निकै रिस उठेको थियो। मलाई के लाग्यो भने तिनीहरू यति बेकार छन् कि तिनीहरूले भेलाको विषयवस्तु समेत मलाई बताउन सक्दैनन्, र मलाई तिनीहरूमाथि मेरो रिस खन्याउन मन लाग्यो, तर यसले त्यो साँझको भेलालाई प्रभाव पार्नेछ भन्‍ने डर लाग्‍यो, त्यसकारण मैले मेरो रिस शान्त गरिदिनुहोस् भनी परमेश्‍वरसँग प्रार्थना गरेँ। मैले सोचेँ, “तिनीहरूमध्ये कसैको पनि कुनै विचार छैन, त्यसकारण सुरुमा म नै सङ्गति गर्नेछु। यदि भेलामा सबैले मेरा विचारहरूका आधारमा सङ्गति गरे भने हामी केही परिणामहरू हासिल गर्न सक्‍नेछौं।” यो कुरा ध्यानमा राख्दै मैले शान्त भएर तिनीहरूलाई मेरा विचारहरू विस्तृत रूपमा बाडेँ। मैले यो भेला सत्यताका विभिन्‍न पक्षहरूसँग सम्‍बन्धित हुनेछ, त्यसकारण तिनीहरूले पहिले विषय “क” को बारेमा त्यसपछि विषय “ख” को बारेमा सङ्गति गर्नुपर्छ भनेर भनेँ। यसो भनेपछि मैले यो कुरा थपेँ, “यदि मैले भनेको कुरा तपाईंहरूलाई उचित लाग्यो भने यसलाई प्रयोग गर्न सक्‍नुहुन्छ, तर तपाईंहरूसँग योभन्दा राम्रा विचार छन् भने आफूलाई उचित लाग्‍ने कुरा सङ्गति गर्न सक्‍नुहुन्छ।” तर भेलामा मैले केही सिस्टरहरूले मैले निर्देशन दिएअनुसार नबोलेको देखेँ, र अरूले सक्रिय रूपमा सङ्गति नै गरेनन्। म क्रोधित भएँ र मलाई रिस पोखाउन मन लाग्यो, तर नयाँ विश्‍वासीहरूको भेलामा बाधा पुग्‍नेछ भन्‍ने डर लाग्यो, त्यसकारण मैले आफ्‍नो रिसलाई काबुमा राखेँ। भेलापछि, हामीले अपेक्षा गरेका परिणामहरू हासिल गरेनौं, र मलाई निकै नराम्रो लाग्यो। भेला समाप्त भएपछि मैले भनेँ, “आजको रातको भेलाका परिणामहरू तपाईंहरूलाई कस्तो लाग्यो? तपाईंहरूले के-कस्ता समस्या वा त्रुटिहरू पत्ता लगाउनुभयो?” एक जना सिस्टरले सङ्गति गर्नको लागि उनले आफूलाई शान्त गर्न नसकेको भनी बताइन्, केही सिस्टरहरूले भेला अत्यन्तै छोटो भएको बताए, र अरूले पनि पर्याप्त समय नभएको भन्दै सही थपे…। यो सुनेपछि मेरो रिस फेरि उम्‍लियो। मैले सोचेँ, “मैले तिमीहरूका गल्तीहरूलाई शान्त भएर सहन चाहेकी थिएँ, तर तिमीहरूले आफ्‍ना समस्याहरूलाई चिन्तन गर्न सकेनौ, अनि बहाना पनि खोज्छौ। मैले तिमीहरूलाई साँच्‍चै एउटा पाठ सिकाउनुपर्ने भयो।” त्यसपछि मैले परमेश्‍वरको वचनको एउटा खण्ड पठाएर तिनीहरूलाई निराकरण गर्न यसको प्रयोग गरेँ। मैले भेलाको विषयवस्तुको बारेमा छलफल गर्दा तिनीहरू अत्यन्तै निष्क्रिय रहेका र भेला राम्ररी अघि नबढेपछि तिनीहरूले बहाना बनाएर आत्मसमीक्षा नगरेको भनी बताएँ। कुनै पनि दाजुभाइ-दिदीबहिनीहरूले एक शब्‍द बोल्‍ने आँट गरेनन्। त्यसपछि मैले मेरा शब्‍दहरू अत्यन्तै कठोर पो थिए कि भनी मनन गरेँ। दाजुभाइ-दिदीबहिनीहरूलाई त्यसरी निराकरण गर्नु सही थिएन। तर त्यसपछि मैले सोचेँ, “मैले तिनीहरूले आफूलाई चिनून् भनेर यो गरेकी हुँ।” मलाई आफूले सही काम गरेको छु भन्‍ने लाग्यो, त्यसकारण मेरा आफ्‍नै समस्याहरूको बारेमा मनन गरिनँ। त्यसपछि मैले मेरो अगुवालाई मलजल गर्नेहरू कमजोर क्षमताका र आफ्‍नो कर्तव्यप्रति जिम्‍मेवारी बोध नभएकाहरू छन् भनी रिपोर्ट गरेँ। उहाँले मलाई मलजल गर्ने असल व्यक्तिहरू पठाउनुभएको चाहन्थेँ र मैले एक जना सिस्टरलाई हटाउन समेत चाहेकी थिएँ। तर मेरो अगुवाले यसो भन्दै सङ्गति गर्नुभयो, “तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेको त्यति धेरै भएको छैन र तिनीहरूको कद सानो छ। हामीले त्यति धेरै माग गर्नु हुँदैन, र हामीले सङ्गति गरेर तिनीहरूलाई सहयोग गर्नुपर्छ।” उहाँले के पनि भन्‍नुभयो भने परमेश्‍वरको नयाँ कामलाई भर्खरै स्वीकार गर्ने नयाँ विश्‍वासीहरू धेरै छन्, त्यसकारण मलजल गर्ने कुनै पनि व्यक्ति मेरो लागि पठाउन सकिँदैन। यो सुनेपछि मैले मन नलागी-नलागी स्वीकार गरेँ।

पछि मेरी सहकर्मी सिस्टर झाङ्गले मसँग कामको बारेमा त्यति कुरा गर्दिनन् भन्‍ने थाहा पाएँ। उनलाई कामका कुनै पनि समस्याहरूको बारेमा मसँग कुरा गर्न मन लाग्दैनथियो, र धेरै पटक कर्मचारी बैठकमा धेरै जना डिकनहरूले सक्रिय रूपमा सङ्गति गरेनन्, यसले गर्दा मलाई खिन्‍न लाग्यो। केही दिनपछि मेरो अगुवाले यसो भन्दै मेरा समस्याहरू औंल्याउनुभयो, “तपाईं भेलामा मानिसहरूलाई हप्काउने र निराकरण गर्ने गर्नुहुन्छ भनेर सिस्टर झाङ्गले रिपोर्ट गर्नुभएको छ। यसरी सङ्गति गर्दा मानिसहरू बाध्य भएको महसुस गर्छन्, त्यसकारण तपाईंले यस विषयमा उचित तरिकाले मनन गर्नुपर्छ…।” मैले सोचेँ, “मैले तिनीहरूका समस्याहरू औंल्याइरहेकी थिएँ। तिनीहरूले आफैलाई चिन्दैनन् र अहिले बाध्य महसुस गरेका छौं भन्छन्, तर मैले तिनीहरूलाई कहिल्यै बाध्य महसुस गर्न अनुरोध गरेकी थिइनँ। यदि तिनीहरूले बाध्य महसुस गर्छन् भने यो तिनीहरूको आफ्‍नै समस्या हो।” पछि मलाई पनि पछुतो भयो, र मेरा दाजुभाइ-दिदीबहिनीहरूसँग सहकार्य गर्दा मैले भ्रष्टता प्रकट गरेको कारण यसले तिनीहरूलाई दबाबमा पार्‍यो भन्‍ने मलाई महसुस भयो। मेरो कुरा खोल्न र सङ्गति गर्नको लगि म सिस्टर झाङ्गकहाँ गएँ, र भनेँ, “म सीधै बोल्‍ने र रिसाइहाल्‍ने व्यक्ति हुँ। कहिलेकहीँ म मेरा दाजुभाइ-दिदीबहिनीहरूको भ्रष्टता र कमीकमजोरीलाई उचित रूपमा सम्‍हाल्दिनँ, र मानिसहरूसँग कठोर तरिकाले बोल्छु, जसले तिनीहरूलाई बाध्य भएको अनुभव गराउँछ।” सिस्टर झाङ्गले यसो भन्दा म छक्‍क परेँ, “मलाई लाग्छ तपाई अहङ्कारी, आत्मधर्मी, र झडङ्ग रिसाइहाल्‍ने व्यक्ति हुनुहुन्छ, र अरूलाई हेपेर भन्‍न र हप्काउन मन पर्छ।” यो कुरा सुन्दा म चकित भएँ। मैले सोचेँ, “म अहङ्कारी छु त्यो म स्वीकार्छु, तर मैले तिमीहरू कसैसँग पनि हेपेर बोलेको छैनँ! मैले भर्खरै मन खोलेर तिमीसँग सङ्गति गरेँ, तर तिमीले आफूलाई चिनेकी छैनौं, र अहिले मेरा समस्याहरूलाई खोतल्दैछौ।” मैले त्यो सहनै सकिनँ, त्यसकारण मैले उनको कर्तव्यका केही समस्याहरू औंल्याइदिएँ। मैले भनेको कुरालाई सिस्टर झाङ्गले तुरुन्तै स्वीकार गरेको देख्दा म छक्‍कै परेँ। मलाई लाज लाग्यो, र अलिक अप्ठ्यारो पनि लाग्यो, त्यसकारण मैले परमेश्‍वरसँग प्रार्थना गरेँ र भनेँ, “परमेश्‍वर, यो मामला तपाईंको योजनाबद्ध कार्य र बन्दोबस्तहरूको भाग हो भन्‍ने मलाई थाहा भयो। मेरी सिस्टरले मेरा समस्याहरू औंल्याइदिएकी छिन्, तर मैले यसलाई पहिचान गर्न वा स्वीकार गर्न सकिनँ। हे परमेश्‍वर, बिन्ती छ मलाई अन्तर्दृष्टि दिनु दिनुहोस् र आत्मसमीक्षा गर्न सहयोग गर्नुहोस्।”

त्यसपछि म अहङ्कारी, आत्मधर्मी, र अरू मानिसहरूसँग हेपेर बोल्छु भनेर सिस्टर झाङ्गले भनेको कुराको आधारमा मैले मनन गरेँ, तर तीन दिनसम्‍म मनन गरेपछि पनि मैले यस्तो कुरा देख्‍न सकिनँ। म सिस्टर झाङ्गकहाँ गएँ र उनलाई यसको बारेमा स्पष्ट बताइदिन अनुरोध गरेँ। उनले भनिन्, “पछिल्लो पटकको भेला समापनमा, तपाईंले हाम्रा के-कस्ता समस्या देखिइरहेका छन् भनेर सोध्‍नुभएन, बरु अचानक हाम्रो निराकरण गर्नुभयो।” मैले सोचेँ, “यो एउटै घटनाको लागि तिमीले म अहङ्कारी छु र अरूलाई हेपेर बोल्छु भनेर भन्छौ?” मैले स्पष्टीकरण दिएँ, “मैले तपाईंहरूलाई निराकरण गर्नुको कारण थियो। सुरुमा म गल्तीहरूका कुरा मात्रै गर्न चाहन्थेँ। तर तपाईंहरू कसैले पनि आफूलाई नचिनेको देख्दा मात्रै मैले रिस पोखाएँ।” सिस्टर झाङ्गले मेरो कुरा बुझ्‍नेछिन् भन्‍ने मलाई लागेको थियो, तर उनले तुरुन्तै भनिन्, “तपाईं अत्यन्तै अहङ्कारी हुनुहुन्छ। तपाईंले आफ्‍नै विचारहरूलाई सत्यताको रूपमा लिनुहुन्छ र सबैले तपाईंको कुरा सुन्‍नुपर्छ भनी माग गर्नुहुन्छ।” उनको कुरा सुनेपछि म दोधारमा परेँ। मैले उनको कुरा गलत तरिकाले पो सुने कि भन्‍ने लागेर मैले सुनिश्‍चित गर्न उनलाई फेरि सोधेँ, र उनले मलाई अत्यन्तै स्पष्‍ट रूपमा भनिन्, “तपाईंले ठीक भन्‍नुभयो।” मलाई डर लाग्‍न थाल्यो, र मैले सोचेँ, “उनले व्यर्थको कुरा भनिरहेकी छिन्! मैले आफ्‍नै विचारहरूलाई कसरी सत्यताको रूपमा लिने आँट गरेँ? मैले त्यस्तो विचार कहिल्यै गरेकी छैनँ।” तर मलाई यसरी निराकरण गरिनुको पछाडि परमेश्‍वरका असल अभिप्रायहरू छन् भन्‍ने मलाई थाहा थियो, त्यसकारण मैले तुरुन्तै परमेश्‍वरसँग प्रार्थना गरेँ र मलाई अन्तर्दृष्टि दिनुहोस् भनी अनुरोध गरेँ ताकि मैले आफूलाई मनन गरेर चिन्‍न सकूँ।

पछि मेरो भक्तिका समयमा मैले परमेश्‍वरका वचनहरूको दुई वटा खण्ड पढेँ। “कतिपय मानिसहरू आफूसित भ्रष्ट स्वभाव छैन र आफू अहङ्कारी छैन भनी भन्छन्। यी कस्ता मानिसहरू हुन्? तिनीहरू समझ नै नभएका मानिसहरू हुन् र तिनीहरू सबैभन्दा अहङ्कारी मानिसहरू पनि हुन्। वास्तवमा, तिनीहरू कुनै व्यक्तिभन्दा बढी अहङ्कारी र विद्रोही मानिसहरू हुन्; कसैले आफू भ्रष्ट छैन भनी जति बढी भन्छन्, तिनीहरू त्यति नै बढी अहङ्कारी र स्व-धर्मी हुन्छन्। किन अरूले आफैलाई चिन्न र परमेश्‍वरको न्याय स्विकार्न सक्छन्, तर तँ चाहिँ सक्दैनस्? के तँ अपवाद होस्? के तँ सन्त होस्? के तँ शून्यतामा जिउँछस् र? मानवजाति शैतानद्वारा भ्रष्ट पारिएको छ, मानिसहरूसित भ्रष्ट स्वभाव छ, त्यसैले तँ सबैभन्दा अहङ्कारी र भ्रष्ट छस् भनी तँ मानिलिँदैनस्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “अहङ्कारी प्रकृति नै परमेश्‍वरप्रतिको मानिसको विरोधको जड हो”)। “मैले के पाएको छु भने, धेरै अगुवाहरू मानिसहरूलाई भाषण दिन मात्र सक्षम हुन्‍छन्, उनीहरू मानिसहरूलाई उच्‍च ओहोदामा रहेर प्रचार गर्न मात्र सक्षम हुन्‍छन् र तिनीहरूसित समान स्तरमा रहेर कुराकानी गर्न सक्दैनन्; उनीहरू मानिसहरूसित सामान्य तवरमा अन्तरक्रिया गर्न सक्षम हुँदैनन्। केही मानिहरू कुरा गर्दा, त्यो सधैँ भाषण दिइरहेको वा रिपोर्ट गरिरहेको जस्तो हुन्छ; उनीहरूका शब्दहरू अरूका अवस्थाहरूतर्फ मात्र सधैँ निर्देशित हुन्छन् र उनीहरूले आफूबारे कहिल्यै खुलेर बताउँदैनन्, उनीहरूले आफ्ना भष्ट स्वभावहरू कहिल्यै केलाउँदैनन्, तर अरूलाई थाहा दिनको लागि अन्य मानिसहरूका मामिलाहरू मात्र केलाउँछन्। अनि उनीहरूले यो किन गर्छन् त? यस्ता उपदेशहरू प्रचार गर्न र यस्ता कुराहरू भन्‍न किन उनीहरू प्रवृत्त हुन्‍छन्? यो कुरा, उनीहरूसित आफूबारे ज्ञान छैन, उनीहरूसित सुझबुझको कमी छ, उनीहरू अति अहङ्कारी र घमण्डी छन् भन्‍ने कुराको प्रमाण हो। उनीहरू अरू मानिसहरूका भ्रष्ट स्वभावहरू चिन्‍ने आफ्नो क्षमताले आफू अरू मानिसहरूभन्दा उच्‍च अनि मानिस र परिस्थिति ठम्याउनमा अरूभन्दा उत्तम र अरूभन्दा कम भ्रष्ट भएको प्रमाण दिन्छ भन्‍ने सोच्छन्। अरूलाई विश्‍लेषण गर्न र भाषण दिन सक्षम हुनु, तर आफूलाई खुलस्त गर्न असक्षम हुनु, आफ्ना भ्रष्ट स्वभावहरूलाई खुलासा नगर्नु वा नकेलाउनु, आफ्नो साँचो रूप नदेखाउनु, आफ्ना अभिप्रेरणाहरूबारे केही नबताउनु, अरू मानिसहरूलाई गलत कुरा गरेकोमा भाषण मात्र दिनु—यो आफ्नै बढाइचढाइ र आत्म-प्रसंशा गर्नु हो(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “राज्यको युगमा परमेश्‍वरका प्रशासनिक आदेशहरूको बारेमा कुराकानी”)। परमेश्‍वरका वचनहरूले मेरो वास्तविक स्थितिलाई प्रकट गरे। सारा मानवजाति शैतानद्वारा भ्रष्ट तुल्याइएका छन् र शैतानी स्वभावले भरिएका छन्। म अवश्य नै शून्यतामा जिउँदिन। म पनि शैतानद्वारा भ्रष्ट तुल्याइएकी छु। मसँग कसरी अहङ्कारी स्वभाव नहुन सक्छ? मेरी सिस्टरले मलाई म अहङ्कारी र अरूलाई हेप्‍ने व्यक्ति भनेर गरेको निराकरण परमेश्‍वरबाट आएको थियो। तर उनले मलाई निराकरण गर्दा उनले मसँग रूखो बोलिरहेकी छिन् भन्‍ने लागेको थियो। म यति असंवेदनशील थिएँ कि मैले आफैलाई चिनेकी नै थिइनँ। परमेश्‍वरका वचनहरूले के भन्छन् भने यदि अगुवाहरूले सत्यतामा सङ्गति गर्न, अरूलाई भरणपोषण गर्न, आफ्‍नो विश्‍लेषण गरेर आफूलाई चिन्‍न सक्दैनन्, तर प्रवचन दिँदा अरूलाई हप्काउने, हेपेर बोल्‍ने गर्छन्, र आफूलाई अरूभन्दा असल रहेको सोच्छन् भने तिनीहरू सबैभन्दा अहङ्कारी र विद्रोही मानिसहरू हुन्। मैले यसरी नै व्यवहार गरेकी थिएँ भन्‍ने मलाई थाहा भयो। जब मैले जिम्‍मा लिएको काम प्रभावकारी भयो, वा जब मेरा दाजुभाइ-दिदीबहिनीहरूले मलाई अनुमोदन गरे, तब मैले आफूलाई स्याबासी दिन थालेँ र म मेरा दाजुभाइ-दिदीबहिनीहरूभन्दा असल छु भन्‍ने लाग्‍न थाल्यो। जब मैले तिनीहरूले बिस्तारै काम गरिरहेको देख्थेँ, तब तिनीहरूले आफ्‍नो बोझ बोकिरहेका छैनन् भन्‍ने मलाई लाग्थ्यो, र म रिस पोखाउँथेँ, तिनीहरूलाई हप्काउँथेँ, दोष दिन्थेँ, तिनीहरू खराब झन् भन्‍ने लाग्थ्यो, र मेरी सिस्टरलाई उनको काम प्रभावकारी छ कि छैन भन्‍ने कुरालाई समेत नहेरी मैले उनको क्षमता कमजोर छ भन्‍ने ठानेर हटाउन चाहन्थेँ। जब हामीले भेला सम्‍बन्धी विषयवस्तुको बारेमा छलफल गर्‍यौं, तब मेरा दाजुभाइ-दिदीबहिनीहरू मौन थिए, तर मैले तिनीहरूका कठिनाइहरूका बारेमा सोध्‍नुभन्दा तिनीहरूलाई निश्‍चित तरिकाले सङ्गति गर्न दबाब दिएँ, जसले तिनीहरूलाई बाध्य भएको अनुभव गरायो। भेलाको बेला तिनीहरूले मेरा विचारहरू अनुसार सङ्गति नगर्दा मलाई तिनीहरूमाथि रिस खन्याउन र निराकरण गर्न मन लाग्यो। जब मैले तिनीहरूका समस्याहरू औँल्याएँ, तर तिनीहरूले त्यसलाई स्वीकार गरेनन्, तब मैले तिनीहरूलाई हृदयदेखि घृणा र हेला गरेँ, र कठोरताको साथ तिनीहरूको निराकरण पनि गरेँ। तिनीहरूको कद यतिको स्तरमा पुगेको छ कि छैन भनेर मैले विचार गरिनँ। पछि, मेरो अगुवाले मलाई सिस्टर झाङ्गले मद्वारा बाध्य भएको महसुस गरेकी छिन् भनेर भन्‍नुभयो र मलाई आत्मसमीक्षा गर्न भन्नुभयो, तर मैले यस कुरालाई गम्‍भीरताको साथ लिइनँ, र मैले सिस्टर झाङ्गले आफूलाई राम्ररी चिन्न सकून् भनेर निराकरण गरेकी हुँ भन्‍ने लागेको थियो। सिस्टर झाङ्गले मलाई एक पटक म भेलामा उपस्थित हुँदा सङ्गति गर्न आँट नगर्ने एक जना विश्‍वासी छ भनेको कुरा याद आयो। त्यो बेला मैले यसको बारेमा केही पनि विचार गरिनँ। दाजुभाइ-दिदीबहिनीहरू सबैले मद्वारा बाध्य भएको महसुस गर्दा रहेछन् भन्‍ने मलाई अहिले मात्रै थाहा भयो, र मलाई मेरा समस्याहरूका बारेमा थाहा थिएन, र मैले तिनीहरूलाई बोझ नबोकेकोमा घृणा गरेँ। म अत्यन्तै अहङ्कारी थिएँ! मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई समान रूपमा व्यवहार गरिनँ, न त मैले तिनीहरूका कठिनाइ र कमीकमजोरीहरूका बारेमा बुझ्‍ने वा विचार गर्ने प्रयास नै गरेँ। बरु, मैले तिनीहरूलाई हेपेर हप्काएँ। जब मलाई काटछाँट गर्न, निराकरण गर्न, र निर्देशन दिन परमेश्‍वरले दाजुभाइ-दिदीबहिनीहरूलाई प्रयोग गर्नुभयो, तब मैले आफूलाई चिन्दै चिनिनँ र आफ्‍नो रक्षा गरेर स्पष्टीकरण दिने प्रयास गरेँ। म सीधा बोल्छु र छिटो रिसाउँछु भन्‍ने सोचेकी थिएँ। मैले मानिसहरूलाई हेप्‍ने र हप्काउने गर्छु भन्‍ने कुरालाई मैले स्वीकार गर्न सकिनँ। मैले अरूलाई सधैँ आफूलाई चिन्‍न आदेश दिएँ, तर मैले आफ्‍नै भ्रष्टतालाई नियालिनँ। म सधैँ म सही छु र अरू सबै गलत छन् भन्‍ने सोच्थेँ। म अत्यन्तै अहङ्कारी र तर्कहीन थिएँ। तब मात्रै मैले मप्रतिको परमेश्‍वरको कृपा र सहनशीलतालाई देखेँ। मेरा समस्याहरूलाई बारम्‍बार औंल्याउन, मलाई आफूलाई चिन्‍न लगाउन, त्यसपछि मेरो पाप स्वीकार गरेर पश्‍चात्ताप गर्न लगाउन परमेश्‍वरले सिस्टर झाङ्गलाई प्रयोग गर्नुभयो।

पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ। “यदि तैँले आफ्नो हृदयमा साँच्‍चै सत्यतालाई बुझ्छस् भने, सत्यता अभ्यास गर्न र परमेश्‍वरको आज्ञापालन गर्न जान्‍नेछस् अनि तँ सत्यताको पछि लाग्‍ने मार्गमा स्वभाविक रूपले हिँड्नेछस्। यदि तँ हिँड्ने मार्ग सही र परमेश्‍वरको इच्छाअनुरूप छ भने, पवित्र आत्माको कामले तँलाई त्याग्‍नेछैन—यस अवस्थामा तैँले परमेश्‍वरलाई धोका दिने सम्भावना कमभन्दा कम हुँदै जानेछ। सत्यताविना, दुष्टता गर्न सजिलो हुन्छ, र तेरो स्वाभाविकको बाबजुत पनि तैँले त्यो काम गर्नेछस्। उदाहरणका लागि, यदि तँमा अहङ्कारी र घमन्डी स्वभाव छ भने, परमेश्‍वरको प्रतिरोध नगर् भन्दा त्यसले कुनै फरक पार्दैन, तैँ आफूलाई रोक्‍न सक्दैनस्, यो तेरो नियन्त्रणभन्दा बाहिरको कुरा हो। तैंले जानी-जानी त्यसो गर्दैनस्; तैँले आफ्नो अहङ्कारी र घमण्डी प्रकृतिको वशमा परेर त्यसो गर्छस्। तँलाई तेरो अहङ्कार र घमन्डले परमेश्‍वरलाई तुच्छ ठान्ने र उहाँलाई कुनै महत्त्व नभएको व्यक्तिको रूपमा हेर्ने बनाउँछ; ती कुराहरूले तँलाई आफैलाई उचाल्ने, निरन्तर आफैलाई प्रदर्शनमा राख्‍ने बनाउँछ; ती कुराहरूले तँलाई अरूको तिरस्कार गर्न लगाउँछ, तेरो हृदयमा अरू कसैलाई नराखी तँ आफैलाई राखिदिन्छ; ती कुराहरूले तँलाई अरू मानिसहरू र परमेश्‍वरभन्दा तँ उच्‍च छस् भन्‍ने ठान्‍न लगाउँछ र अन्त्यमा तिनले तँलाई परमेश्‍वरको स्थानमा बस्‍न लगाउँछ र मानिसहरू तेरो सोच, विचार र धारणाहरूलाई सत्यको रूपमा सम्मान गर्दै तँप्रति समर्पण होऊन् भन्‍ने अपेक्षा गराउँछ। हेर् आफ्‍नो अहङ्कारी र घमन्डी प्रकृतिको वशमा पर्ने मानिसहरूले कति धेरै खराबी गरेका छन्!(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “सत्यको पछि लागेर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ”)। मैले परमेश्‍वरको वचनबाट के बुझेँ भने अहङ्कारी र आत्मधर्मी प्रकृति भएका मानिसहरूले आफूलाई उचाल्छन्, अरूलाई हेप्छन्, र आफू सधैँ सही रहेको सोच्छन्। तिनीहरूले आफ्‍नै विचारहरूलाई समेत सत्यताको रूपमा लिन्छन् र कुनै पनि बेला दुष्कर्म वा परमेश्‍वरको विरोध गर्न सक्छन्। मैले यसभन्दा पहिले अरूसँग भएको मेरो सम्पर्कको बारेमा विचार गरेँ: मैले तिनीहरूले आफूलाई चिनून् भनेर कहिल्यै आफ्‍नो अनुभवको बारेमा छलफल गर्ने वा मेरो आफ्‍नै भ्रष्टताको विश्‍लेषण गर्ने गरेकी थिइनँ। बरु, मैले हेपाहा तरिकाले तिनीहरूको विश्‍लेषण गरेर खुलासा गरेँ। तिनीहरूले कुरा नबुझ्दा, रिसाएर म तिनीहरूलाई हेप्थेँ, अनि निराकरण गरेर तिनीहरूलाई बाध्य भएको अनुभव गराउँथेँ। तिनीहरूसँग समस्या हुँदा तिनीहरूले मलाई भन्‍ने आँट गर्दैनथिए, जसले तिनीहरूको कर्तव्यमा बाधा पुर्‍यायो र मण्डली जीवनका प्रभावकारितालाई प्रभाव पार्‍यो। यो सबै मेरो अहङ्कारी प्रकृतिले गर्दा पैदा भएको थियो। मानिसहरूलाई भरणपोषण गर्न र हाम्रो भ्रष्टतालाई खुलासा गर्न परमेश्‍वरले कसरी सत्यता व्यक्त गर्नुहुन्छ भन्नेबारे मैले विचार गरेँ। परमेश्‍वरले हामीलाई कहिल्यै पनि स्वीकार गर्न वा अभ्यास गर्न बाध्य गर्नुहुन्‍न। बरु, उहाँले धैर्यताको साथ मानिसहरूलाई अगुवाइ गर्नुहुन्छ, र उहाँका वचन र कामको अनुभव गर्ने तरिकाहरू मिलाउनुहुन्छ। अनुभवद्वारा, मानिसहरूले क्रमिक रूपमा आफैलाई चिन्‍न थाल्छन्, सत्यताको अभ्यास गरेर, जीवनमा वृद्धि हुन थाल्छन्। मानिसहरूलाई निराकरण गर्ने क्रममा परमेश्‍वरले पनि सिद्धान्तहरूको प्रयोग गर्नुहुन्छ। परमेश्‍वरले मानिसहरूलाई तिनीहरूको कद र क्षमताको आधारमा निष्पक्ष व्यवहार गर्नुहुन्छ। हामीले गर्न सक्‍नेभन्दा बढी परमेश्‍वरले हामीबाट माग गर्नुहुन्‍न। उहाँले हामीलाई उच्‍च ठान्‍ने वा नीच ठान्‍ने गर्नुहुन्‍न। म त सृष्टि गरिएको सानो प्राणी मात्रै हुँ, तर मैले सङ्गतिमा केही बुझाइ बताउन सकेँ भन्दैमा, मैले मानिसहरूलाई मेरो कुरा सुन्‍न आदेश दिएँ। मैले मानिसहरूका विभिन्‍न परिस्थितिहरूका बारेमा विचार गरिनँ र सबैको लागि उच्‍च मापदण्डहरू तोकिदिएँ। जब मानिसहरू मेरो मापदण्डमा पुग्‍न सकेनन्, तब मैले तिनीहरूलाई घृणा गरेँ, हेपेँ, र मानिसहरूलाई हटाउने समेत इच्‍छा गरेँ। मैले आफूले गरेको कुराको सारलाई मनन गरेँ। मैले आफ्‍ना विचारहरूलाई सत्यताको रूपमा लिन्थेँ, समय वा स्थान जेसुकै भए पनि मैले मेरो दृष्टिकोण सही हो भनेर जोड दिन्थेँ, र मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई मेरो कुरा सुन्‍न लगाउँथेँ। मैले मेरो कर्तव्य पूरा गरिरहेकी थिइनँ। के मैले परमेश्‍वरको विरोध गरिरहेकी थिइनँ र? म मेरो अहङ्कारी र आत्मधर्मी प्रकृतिको नियन्त्रणमा छु भन्‍ने मलाई थाहा थिएन, र मैले परमेश्‍वरको विरोध गर्ने र दाजुभाइ-दिदीबहिनीहरूलाई हानि गर्ने दुष्ट कामहरू गरेँ। म भयानक व्यक्ति थिएँ र म परमेश्‍वरको दण्ड पाउन योग्य थिएँ! यो थाहा भएपछि, मेरो सिस्टरको माध्यमद्वारा समयमा नै आत्मसमीक्षा गर्ने मौका दिएर बरालिन जानबाट रोकी मलाई रक्षा गर्नुभएकोमा म परमेश्‍वरप्रति अत्यन्तै आभारी भएँ। अहिले मात्रै मैले ममा सत्यताको वास्तविकताहरूको कमी छ भन्‍ने देखेँ। मैले अझै पनि मेरा विचार र बुझाइलाई सत्यताको रूपमा लिन सक्थेँ, अनि मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई मेरो कुरा सुन्‍न लगाउँथेँ। म अत्यन्तै अहङ्कारी थिएँ र मैले आफ्‍नो बारेमा केही पनि जानेकी थिइनँ।

पछि, एक जना सिस्टरले मलाई परमेश्‍वरको वचनको एउटा खण्ड पठाइन्। यो “केवल सत्य वास्तविकता हुनेहरूले नेतृत्व गर्न सक्छन्” को पहिलो अनुच्‍छेदमा छ। “यदि तैँले मण्डली अगुवा वा कामदारको हैसियतमा परमेश्‍वरका चुनिएका जनहरूलाई सत्यताको वास्तविकतामा प्रवेश गर्न र परमेश्‍वरको उचित गवाही दिन नेतृत्व गर्नुपर्‍यो भने, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको मानिसहरूलाई परमेश्‍वरका वचनहरू पढ्न र सत्यताबारे सङ्गति गर्नका लागि अझ धेरै समय बिताउन मार्गदर्शन गर्नु हो ताकि परमेश्‍वरका चुनिएका जनहरूले मानिसलाई मुक्ति दिनेबारे परमेश्‍वरको लक्ष्य र उहाँको कामको उद्देश्यबारे अझ गहन ज्ञान प्राप्त गर्न सकून् र परमेश्‍वरको इच्छा र मानिसको लागि उहाँका विभिन्‍न मापदण्डहरूलाई बुझ्न सकून्, र यसरी उनीहरूले सत्यता बुझ्ने मौका पाऊन्। … यदि तैँले मानिसहरूलाई निराकरण मात्र गरिस् र भाषण मात्र दिइस् भने, के उनीहरूलाई सत्यता बुझाउन र यसको वास्तविकतामा प्रवेश गराउन सक्छस्? यदि तैँले सङ्गति गर्ने सत्यता वास्तविक होइन भने, यदि यो धर्मसिद्धान्तका शब्दहरूबाहेक अरू केही होइन भने, तैँले जति नै उनीहरूलाई निराकरण गरिस् र भाषण दिइस् भने पनि, यो व्यर्थ हुनेछ। के तैँले मानिसहरू तँसित डराउने र तैँले अह्राएको काम उनीहरूले गर्ने तर विरोध गर्न आँट नगर्ने कुरालाई उनीहरूले सत्यता बुझेको र उनीहरू आज्ञाकारी भएको समान ठान्छस्? यो ठूलो गल्ती हो; जीवनमा प्रवेश गर्नु त्यति सजिलो छैन। कतिपय मानिसहरूले ठूलो प्रभाव पार्न प्रयास गर्ने नयाँ म्यानेजरले जस्तै आफूले भर्खर पाएको अख्तियार परमेश्‍वरका चुनिएका मानिसहरूमा लाद्‍ने प्रयास गर्छन् ताकि सबै जना तिनीहरूप्रति समर्पित होऊन्। यसो गर्दा आफ्नो काम अझ सहज हुन्छ भन्‍ने तिनीहरू सोच्छन्। यदि तँमा सत्यताको वास्तविकता छैन भने, चाँडै नै तेरो वास्तविक रूप प्रकट हुनेछ, तेरो साँचो कद खुलासा हुनेछ र तँ अवश्य नै मेटिनेछस्। केही प्रशासनिक काममा अलिकति निराकरण, काटछाँट र अनुशासन स्वीकार्य हुन्छ। तर यदि तैँले सत्यता प्रदान गर्न सकिनस् भने—यदि तँ मानिसहरूलाई भाषण दिन मात्र सक्षम भइस् र तैँले गर्ने सबै सबै कुरा भनेको रिसको झोँक देखाउनु मात्र हो भने—यो, तेरो भ्रष्ट स्वभाव आफै प्रकट भइरहेको हो र तैँले आफ्नो भ्रष्टताको कुरूप अनुहार देखाएको हुन्‍छस्। समय बित्दै जाँदा, परमेश्‍वरका चुनिएका जनहरूले तँबाट जीवनको भरणपोषण प्राप्त गर्न सक्‍नेछैनन्, उनीहरूले कुनै वास्तविक कुरा प्राप्त गर्नेछैनन् र तँलाई तिरस्कार र घृणा गर्नेछन् र उनीहरू तँबाट टाढिनेछन्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू)। अगुवाहरूका रूपमा हामीले समस्याहरू समाधान गर्नको लागि सत्यतामा सङ्गति गर्न अनि मानिसहरूलाई सत्यता बुझ्‍न अगुवाइ गर्न सिक्‍नुपर्छ भनी परमेश्‍वरले हामीलाई निर्देशन दिनुहुन्छ, सानो कुरामा पनि मानिसहरूलाई हप्काउन र निराकरण गर्न, हाम्रो शक्ति देखाउन, र अरूलाई हामीप्रति डर मान्‍ने बनाउन होइन। यी झूटो अगुवाका व्यवहारहरू हुन्। परमेश्‍वरले मलाई नेतृत्वको कर्तव्य दिएर उचाल्‍नुभएको थियो, मैले व्यवहारिक काम नगरेको मात्रै होइन, मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूले जीवन प्रवेशमा कुनै पनि ठोस लाभ पुर्‍याइनँ, र मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई अन्धाधुन्ध हप्काएँ र निराकरण गरेँ, जसले गर्दा तिनीहरू मद्वारा बाध्य भए, मदेखि डराए र मबाट टाढा बसे। मलाई अघिल्‍लो महिना निष्कासन गरिएको एक जना झूटो अगुवाको याद आयो, जसले व्यवहारिक काम गर्दैनथिए, आफ्‍ना कर्तव्यमा दाजुभाइ-दिदीबहिनीहरूले सामना गरेका कठिनाइहरूलाई समाधान गर्न सक्दैनथिए, र सधैँ अन्धाधुन्ध तिनीहरूलाई निराकरण गर्ने र नराम्रो काम गर्‍यो भनी दोष दिने गर्थे, यसो गरेर तिनीहरूलाई रुवाउने, बाध्य भएको महसुस गराउने गर्थे। तिनीहरू कमजोर र नकारात्मक स्थितिमा पुगे र आफ्‍नो कर्तव्य पूरा गर्न नसक्ने भनी सोच्थे। यो झूटो अगुवाको व्यवहारले परमेश्‍वरको घरको काममा र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा गम्‍भीर हानि पुर्‍यायो। के म पनि यो झूटो अगुवा जस्तै थिइनँ र? ममा सत्यताका वास्तविकताहरू थिएनन् र मैले सत्यता वा स्वभाव परिवर्तनको खोजी गर्ने कार्यमा ध्यान केन्द्रित गरिनँ। मैले मेरो अहङ्कारी स्वभावबाट मानिसहरूलाई अन्धाधुन्ध हप्काउने र निराकरण गर्ने काम मात्रै गर्न सकेँ। म झूटा अगुवा र ख्रीष्ट-विरोधीहरूको मार्गमा हिँडिरहेकी थिएँ। यसरी अघि बढ्नु खतरनाक कुरा थियो।

पछि, मैले परमेश्‍वरको वचनको एउटा खण्ड भेटेँ, “अगुवा र सेवकहरूले परमेश्‍वरका वचनहरूमा सङ्गति गर्न सक्‍नुपर्छ, परमेश्‍वरका वचनहरूबाट अभ्यास गर्ने मार्ग पत्ता लगाउन सक्‍नुपर्छ, र मानिसहरूलाई परमेश्‍वरका वचनहरू बुझ्न, र तिनीहरूको दैनिक जीवनमा परमेश्‍वरका वचनहरू अनुभव गर्न र तिनमा प्रवेश गर्न अगुवाइ गर्नुपर्छ। तिनीहरूले आफ्नो दैनिक जीवनमा परमेश्‍वरका वचनहरू समावेश गर्न सक्‍नुपर्छ, र तिनीहरूले समस्याको सामना गर्दा, परमेश्‍वरका वचनहरू प्रयोग गरेर ती समस्या समाधान गर्न सक्‍नुपर्छ; त्यसै गरी, तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा सामना गर्ने विभिन्‍न कठिनाइहरूको समाधान गर्न परमेश्‍वरका वचनहरू प्रयोग गर्न सक्‍नुपर्छ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “झूटा अगुवाहरूको पहिचान (१)”)। अगुवा र सेवकहरूले अरूलाई सत्यत बुझ्‍न र त्यसको वास्तविकतामा प्रवेश गर्न अगुवाइ गर्नको लागि सत्यता र सिद्धान्तहरूमा निरन्तर सङ्गति गर्नुपर्छ। अरूले आफ्‍नो कर्तव्यमा सामना गर्ने समस्या र कठिनाइहरूलाई तिनीहरूले बुझ्‍न र समाधान गर्न सक्‍नुपर्छ, ताकि तिनीहरूले आफ्‍नो कर्तव्य पूरा गर्दाको समय र वास्तविक जीवनमा सत्यताको अभ्यास गर्न र जीवनमा प्रगति गर्न सिकून्। यो अगुवा र सेवकहरूको काम हो। यो काम मैले गरेजस्तो मानिसहरूका समस्याहरू नबुझ्‍नु, तिनीहरूका समस्याहरू समाधान गर्न सत्यतामा सङ्गति नगर्नु, र सधैँ हेपाहा तरिकाले तिनीहरूलाई दोष लगाउने र माग गर्ने गर्नु होइन। काटछाँट र निराकरणका समेत आफ्‍नै सिद्धान्तहरू छन्। हामीले मानिसहरूलाई निराकरण गर्न सिद्धान्तका शब्‍दहरू प्रयोग गर्नु हुँदैन, र हाम्रा आफ्‍नै विचार वा रिसको आधारमा हेपाहा तरिकाले अरूलाई हप्काउनु हुँदैन। काटछाँट र निराकरण गर्नको लागि फरक परिस्थिति र पृष्ठभूमिलाई चिन्‍नु आवश्यक हुन्छ। यदि कसैले परमेश्‍वरको घरको काममा बाधा दिने वा गडबडी ल्याउने काम गर्छ, दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा क्षति पुर्‍याउँछ, अनि बारम्‍बार सङ्गति गर्दा पनि परिवर्तन हुँदैन भने उसलाई काटछाँट र निराकरण गर्नुपर्छ। कतिपय मानिसहरूले आफ्‍नो कर्तव्यमा झारा टार्ने गर्छन् र सङ्गति दिए पनि पश्‍चात्ताप गर्दैनन्, अनि तिनीहरूलाई काटछाँट र निराकरण गरिनुपर्छ। जब मानिसहरूले जानाजान पाप गर्छन् वा सत्यतालाई बुझेर पनि अभ्यास गर्दैनन्, तब तिनीहरूलाई काटछाँट र निराकरण गरिनुपर्छ। जब हामी अरूलाई निराकरण गर्छौं, तब हामीले समस्याको सारलाई सही रूपमा देखेर सत्यतामा सङ्गति गर्नुपर्छ, ताकि तिनीहरूले आफ्‍नो गल्ती, आफूलाई नियन्त्रण गर्ने भ्रष्ट स्वभाव, र आफ्नो कामको सार चिन्‍न सकून्। यसको साथै, मानिसहरूको भ्रष्टताको काटछाँट, निराकरण, र खुलासा गर्ने क्रममा हामी हाम्रा दाजुभाइ-दिदीबहिनीहरूकै स्तरमा उभिनुपर्छ। हामी भ्रष्ट होइनौं जस्तै गरी आफूलाई पृथक ठाउँमा उभाउनु हुँदैन। तर मैले मानिसहरूलाई काटछाँट र निराकरण गर्ने सम्‍बन्धी सिद्धान्तहरूलाई बुझेकी थिइनँ। जब मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूले आफ्‍नो कर्तव्यमा झारा टारेको र आलटाल गरेको देख्थेँ, तब तिनीहरूलाई सहयोग गर्न सत्यतामा सङ्गति गर्नुको सट्टा मैले तिनीहरूलाई हप्काएर निराकरण गर्थेँ। परिणाम स्वरूप, तिनीहरूले आफ्‍नो बारेमा ज्ञान प्राप्त गर्नुको सट्टा मद्वारा बाध्य भएको महसुस गर्थे। वास्तवमा, मेरा अगुवाहरूले मलाई कतिपय दाजुभाइ-दिदीबहिनीहरूले भर्खरै आफ्‍नो कर्तव्य सम्‍हाल्‍न थालेका हुन्, कतिपय सिद्धान्तहरूलाई बुझेका छैनन्, त्यसकारण केही गल्ती र विचलन हुनु स्वभाविकै हो भनेर भन्‍नुभएको थियो, र मैले त्यस्ता अवस्थाहरूमा तिनीहरूलाई निराकरण गर्नु हुँदैनथियो। बरु, मैले तिनीहरूका कमीकमजोरी र समस्यालाई बुझेर प्रेमपूर्वक साथ र सहयोग दिनुपर्थ्यो, र सत्यताका सिद्धान्तहरू बुझ्‍न अगुवाइ गर्नुपर्थ्यो। यदि मैले तिनीहरूलाई सहयोग गरेर अझै बढी अगुवाइ गरेकी भए, र अभ्यास कसरी गर्ने भन्‍ने थाहा भएर पनि तिनीहरूले पश्‍चात्ताप नगरेका वा परिवर्तन नभएका भए, मैले मेरो बराबर व्यवहार गरेर तिनीहरूका समस्याहरूको सारलाई औंल्याउनु पर्नेथियो, परमेश्‍वरका वचन र सिद्धान्तहरू अनुसार आफूलाई चिन्‍न तिनीहरूलाई सहयोग गर्नुपर्थ्यो। यसरी काटछाँट र निराकरण गर्नु मात्रै परमेश्‍वरको इच्‍छा अनुरूप हो, र यसले परमेश्‍वरको घरको काम र हाम्रा दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा सहयोग गर्छ। जेसुकै भए पनि सत्यता अनुसार अभ्यास गर्दा मात्रै मानिसहरूलाई फाइदा हुन्छ।

एक दिन मेरो अगुवाले एउटा कामको अवस्थाको अनुसन्धान गर्ने बारेमा समूहमा सन्देश पठाउनुभयो, तर मेरो सहकर्मी र समूह अगुवाहरूले समयमा नै प्रतिक्रिया दिएनन्। मैले सोचेँ, “मेरा दाजुभाइ-दिदीबहिनीहरूले किन सक्रिय रूपमा प्रतिक्रिया दिएनन्? तिनीहरू आफ्‍नो कर्तव्यमा अत्यन्तै निष्क्रिय छन्।” जब हाम्रो बैठक हुने बेला आयो, तब मैले त्यो प्रश्‍न उठाएँ, र सबै जना मौन भएपछि मैले तिनीहरूलाई आफ्‍नो कर्तव्यमा अत्यन्तै विलम्‍ब र निष्क्रिय भएको दोष लगाइहालेछु। मेरो कुरा सकेपछि पनि तिनीहरू मौन नै थिए, र मैले सोचेँ, “के मैले फेरि मेरो अहङ्कारी स्वभाव प्रकट गरेँ र मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई बाध्य भएको महसुस गराएँ?” त्यो बेला, मैले मेरो कम्प्युटरमा हेरेँ र मैले सङ्गति गरिरहेको बेला मेरो माइक्रोफोन म्यूट भएको रहेछ। त्यसपछि मलाई थाहा भयो, परमेश्‍वरले मेरो रक्षा गरिरहनुभएको छ र मलाई मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई हानि गर्नबाट रोक्‍नुभएको रहेछ। त्यसपछि मैले मनमनै परमेश्‍वरलाई धन्यवाद दिएँ, तर फेरि पनि अहङ्कार देखाएकोमा मलाई गहन पछुतो भयो र आफैप्रति घृणा जाग्यो। मैले मेरो माइक्रोफोन अन गरेँ र शान्त शैलीमा तिनीहरूलाई किन समयमा नै सन्देशको प्रतिक्रिया नदिएको भनी सोधेँ। त्यो बेला मात्रै मेरो सहकर्मीको घरमा इन्टरनेट छैन भन्‍ने थाहा पाएँ, अनि अरूले सिद्धान्तहरू नबुझेको वा परिस्थिति के हो भन्‍ने थाहा नपाएको कारण कसरी प्रतिक्रिया दिने भन्‍ने नबुझेका रहेछन्। मैले सिद्धान्तहरू अनुसार यो काम कसरी कार्यान्वयन गर्ने भनेर धैर्यताको साथ तिनीहरूसँग सङ्गति गरेँ, त्यसपछि मेरो अगुवालाई कामको अवस्थाको बारेमा रिपोर्ट गरेँ। यसरी अभ्यास गर्दा मलाई अलिक सहज महसुस भयो।

पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ। “परमेश्‍वरद्वारा मानिसहरूलाई विजय गरिएपछि, तिनीहरूले आफूलाई सुसज्‍जित गर्नुपर्ने विवेक ज्ञानको आधारभूत गुण भनेको अवश्य नै अहङ्कारी रूपमा नबोल्‍नु हो। तिनीहरूले ‘भूँइमा भएको गोबर’ जस्तै सानो स्थान लिनुपर्छ, र केही साँचो कुरा बोल्‍नुपर्छ; यो नै सबैभन्दा उत्तम हुनेछ। विशेष गरी परमेश्‍वरको लागि गवाही दिने क्रममा, यदि तैँले कुनै खोक्रो वा ठूलो गफ र काल्‍पनिक, मनगढन्ते कुरा नगरी, हृदयबाट नै कुनै ठोस कुरा भन्‍न सक्छस् भने, तेरो स्वभाव परिवर्तन भइसकेको हुनेछ, र परमेश्‍वरद्वारा जितिएपछि तँमा हुनुपर्ने परिवर्तन यही हो। यदि तँसँग यति मात्रामा पनि तर्कशक्ति हुँदैन भने, तँ साँच्‍चै नै मानव स्वरूपविहीन हुन्छस्। भविष्यमा, जब सारा राष्ट्र र क्षेत्रहरू परमेश्‍वरले विजय गरिसक्नुभएको हुन्छ, तब परमेश्‍वरको प्रशंसाको ठूलो भेलामा तैँले फेरि पनि अहङ्कारी व्यवहार गर्न सुरु गर्छस् भने, तँलाई लखेटिनेछ र हटाइनेछ। अबदेखि, मानिसले सधैँ उचित व्यवहार गर्नुपर्छ, आफ्‍नो हैसियत र प्रतिष्ठालाई पहिचान गर्नुपर्छ, र आफ्‍ना पुराना मार्गहरूमा फर्किनु हुँदैन(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “सत्यको पछि लागेर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ”)। मैले परमेश्‍वरको वचनबाट के बुझेँ भने म त सृष्टि गरिएको सानो प्राणी मात्रै हुँ, अत्यन्तै गहन रूपमा भ्रष्ट तुल्याइएको व्यक्ति, अनि मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूकै स्तरमा उभिएर मेरो कर्तव्यलाई राम्ररी पूरा गर्नुपर्छ। समझदार हुनु भनेको यही हो। अहिले जब म मण्डलीको कामको बारेमा फलोअप गर्छु, म झनक्‍क रिसाएर मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई हप्काउने गर्दिनँ। म तिनीहरूका कठिनाइहरूलाई बुझ्‍न सचेत प्रयास गर्छु, र सबैसँग मिलेर सत्यताको खोजी गर्छु। बिस्तारै हामी मित्रवत् रूपमा सहकार्य गर्न सक्‍ने भएका छौं। ममा आएका यी परिवर्तनहरू परमेश्‍वरको न्याय र सजायको परिणाम हुन्, र मलाई बचाउनुभएकोमा परमेश्‍वरप्रति कृतज्ञ छु।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

आफ्‍नो सतर्कतालाई हटाउँदा

केही समयअघि, हामीले मण्डलीको छायाङ्कन कार्यका लागि केही तस्विरहरू बनाउनुपर्थ्यो। मेरा सहकर्मी ब्रदर साइमनले एउटा तस्विर डिजाइन गरेर...

इमानदार उजुरीको फल

झाओ मिङ्ग, चीनअप्रिल २०११ मा, मैले देशको अर्को भागमा रहेको एउटा मण्डलीकी याओ लान नामक अगुवाको स्थान लिनुपर्ने भयो। हस्तान्तरणको बेला,...

परमेश्‍वरको गवाही दिनु भनेको साँचो रूपमा कर्तव्य पूरा गर्नु हो

केही समय अघि, मैले नयाँ विश्‍वासीहरूको अनुभव सम्‍बन्धी गवाहीका भिडियोहरू हेरेकी थिएँ, र म निकै प्रभावित भएँ। दुई-तीन वर्ष विश्‍वास गरेर...

झुटहरू पश्‍चात्

चेन शी, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरले इमानदारलाई मन पराउनुहुन्छ भन्ने कुरा तिमीहरूले थाहा पाउनुपर्छ। वास्तवमा,...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्