अगुवाहरूलाई सिद्धान्तअनुसार व्यवहार गर्ने

20 जनवरी 2022

शियाओकिङ, चीन

सन् २०१६ को ग्रीष्म ऋतुमा, म मण्डली अगुवाको पदमा एकदमै नयाँ थिएँ। एक दिन, माथिल्लो तहका अगुवा सिस्टर वाङ हाम्रो एउटा भेलामा आउनुभयो। मैले कुनै एक जना ब्रदर असल टोली अगुवा बन्छन् कि भनेर बुझ्ने प्रयास गरिरहेकी थिएँ र यसबारे मैले उहाँलाई मदत मागेँ। यो कुरा सुनेर, उहाँले यी व्यक्तिबारे विस्तृत जानकारी समेत नलिई वा मानिसहरूलाई विकास गर्ने सिद्धान्तहरूबारे नबोली, उनलाई केही समय त्यस ओहोदामा राखेर हेर्नू र आवश्यक परेमा फेरबदल गर्नू मात्र भन्नुभयो। गलत व्यक्तिलाई प्रशिक्षण दिँदा मण्डलीको काममा रोकावट आउँछ भनेर म डराएँ, त्यसैले उहाँलाई सिद्धान्तहरूको बारेमा निश्‍चित सङ्गति गर्न प्रोत्साहित गर्न मैले केही शङ्का व्यक्त गरेँ, उहाँले धेरै सङ्गति बाँड्नु भएन, बरु उहाँले अधीर हुँदै मलाई अहङकारी भएको र सत्यता नस्वीकारेको भनेर आलोचना गर्नुभयो, र लामो समयसम्म त्यसै गरिरहनुभयो। यसरी निराकरण गरिँदा म विवश भएँ, र सोचेँ, “के हामीले समस्याहरू समाधान गर्न सत्यतामाथि सङ्गति गर्नुपर्दैन र? हामीसित समस्याहरू हुँदा, तपाईं सङ्गति मार्फत मदत गर्नुहुन्न, बरु घमण्डी हुँदै हामीलाई गाली गर्नुहुन्छ। त्यसले हामीलाई सत्यता बुझ्न र सिद्धान्तहरू पछ्याउन डोऱ्याइरहेको छैन।” म मेरो अन्योलता बताउन चाहन्थेँ, तर सबैको अघि उहाँ मसँग कत्ति कठोर हुनुभएको थियो भनेर सोच्दा, उहाँले फेरि मलाई गाली गर्दै अहङ्कारी र सत्यता नस्वीकार्ने भन्नुहुन्छ भनेर डराएँ। त्यसैले, मैले केही भनिनँ।

यसपछिका केही भेलाहरूमा, परमेश्‍वरका वचनहरूमाथि सिस्टर वाङको सङ्गति अन्तर्दृष्टि दिने वा व्यवहारिक नरहेको, केवल शाब्दिक सिद्धान्त रहेको र वास्तविक समस्याहरू समाधान गर्न नसकेको मैले देखें। उहाँसित साँच्चै पवित्र आत्माको कार्य छ त भन्ने सोचेँ। तर त्यसपछि मलाई लाग्यो, उहाँ अहिले राम्रो स्थितिमा हुन्नुहुन्न, अनि यदि आत्माको कार्य स्पष्ट छैन भने, यस्तो हुनु सामान्य हो। मैले यसबारे अरू केही सोचिनँ। पछि, मण्डली कार्यको सामुहिक रूपमा रेखदेख गर्न प्रत्येक मण्डलीको लागि तीन जना अगुवाहरू चयन गरिने प्रबन्ध गरियो। सिस्टर वाङले हामीलाई भन्नुभयो, अगुवाहरू चयन गर्नु वास्तवमै महत्वपूर्ण हो, त्यसकारण हामीले ढिलाइ नगरी यसलाई गरिहाल्नु आवश्यक छ। तर त्यो काम गर्ने बेला परिस्थिति भनेजस्तो भएन। त्यसबेला म मात्र अगुवा थिएँ र कहिलेकाहीँ मैले सबै कामहरू सम्हाल्न सक्दिनँ थिएँ। उहाँले छिटो चुनाव आयोजन गर्नुहुन्छ भन्ने आशा गर्दै मैले यो कुरा उहाँलाई बताएँ। उहाँले गर्छु भन्नुभयो तर केही समय बितिसक्दा पनि केही गर्नुभएन। मैले उहाँलाई आग्रह गर्दै फेरि पत्र लेखेँ तर केही भएन। मलाई यो कुरा अनौठो लाग्यो। अगुवाहरू चयन गर्नु कत्ति महत्वपूर्ण छ र उहाँको सङ्गति गजबको छ भन्ने उहाँलाई थाहा थियो, तर जब केही गर्ने समय आयो, तब उहाँले खुट्टा झिक्नुभयो। के उहाँले सिद्धान्त फलाक्दै र व्यवहारिक काम नगरी कुरा मात्रै गरिरहनुभएको थिएन र? पछि मैले सुनेँ, उहाँले अरू मण्डलीहरूका चुनावहरू पनि त्यसरी नै ढिलाइ गर्नुभएको रहेछ, त्यसकारण, समयमा उचित अगुवाहरू भेट्टाइएनन्, त्यसले गर्दा मण्डली जीवन र यसको कार्यमा गम्भीर असर पऱ्यो।

सिस्टर वाङ व्यवहारिक कार्य नगर्ने झुटो अगुवा हुनुहुन्छ र यदि यो निरन्तर चलिरह्यो भने, मण्डलीको सबै काममा गम्भीर असर पर्छ भनेर मैले सोचिरहेकी थिएँ। मलाई लाग्यो, मैले उहाँलाई यी समस्याहरू देखाइदिनुपर्छ। तर उहाँलाई पत्र लेख्नै लाग्दा, मलाई के लाग्यो भने, उहाँ अगुवा हुनुहुन्छ, त्यसैले, यो कुरा उहाँले स्वीकार्नुभयो भने त अति राम्रो हो, तर स्वीकार्नुभएन भने त, उहाँले मलाई बसिनसक्नु पार्नुहुन्छ, र मलाई हटाउने बहाना समेत बनाउन सक्नुहुन्छ। मैले यस कुरालाई बिर्सिदिने निर्णय गरेँ। मैले कलम थन्काएँ र त्यसलाई त्यतिकै छोडेँ। तर त्यसपछि मलाई असहज महसुस भयो। मैले उहाँका समस्याहरू एक शब्द नबोली पक्का र स्पष्टसित देखेकी थिएँ—त्यो परमेश्‍वरको इच्छा थिएन। मैले केही भन्नुपर्थ्यो भनेर मलाई थाहा थियो। तर अझै पनि मैले लेख्न सकिनँ। मैले पत्र लेख्न पनि सकिनँ र नलेख्न पनि सकिनँ। म साँच्चै दुविधामा परेँ। मैले त्यो पत्र लेखिनँ। मैले आफ्नो समस्याबारे परमेश्‍वरलाई प्रार्थना गरेँ। पछि, मैले परमेश्‍वरका यी वचनहरू पढेँ। “तिमीहरू परमेश्‍वरको भारलाई बुझ्छौ र मण्डलीको गवाहीको प्रतिरक्षा गर्छौ भनी तिमीहरू सबै भन्छौ, तर तिमीहरूमध्ये कसले परमेश्‍वरको बोझलाई साँच्‍चै बुझेका छौ? आफैलाई सोध: के तँ उहाँको बोझलाई बुझ्‍ने व्यक्ति होस्? के तैँले उहाँको निम्ति धार्मिकतालाई अभ्यास गर्न सक्छस्? के तँ मेरो लागि खडा भएर बोल्‍न सक्छस्? के तँ दृढताको साथ सत्यतालाई अभ्यास गर्न सक्छस्? के तँ शैतानका सारा कार्यहरूको विरुद्धमा लड्न सक्‍ने जत्तिको साहसी छस्? के तँ आफ्‍ना भावनाहरूलाई पन्छ्याएर मेरो सत्यताको खातिर शैतानको खुलासा गर्न सक्षम छस्? के तँ मेरा अभिप्रायहरूलाई तँमा पूरा हुन दिन सक्छस्? के तैँले सबैभन्दा महत्त्वपूर्ण पलहरूमा आफ्‍नो हृदयलाई समर्पण गरेको छस्? के तँ मेरो इच्‍छा पूरा गर्ने व्यक्ति होस्? आफैलाई यी प्रश्‍नहरू सोध्, र तिनीहरूको बारेमा बारम्‍बार सोच्‍ने गर्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १३)। परमेश्‍वरको हरेक प्रश्न मलाई नै भनिएको हो जस्तो लाग्यो। त्यसकारण, मैले आफैलाई सोधेँ: के म परमेश्‍वरको बोझलाई विचार गर्छु? के मैले परमेश्‍वरको घरका हितहरूलाई रक्षा गरिरहेकी छु? कसरी सिस्टर वाङ सत्यताको सङ्गति गर्न र समस्याहरू समाधान गर्न चुक्नुहुन्छ अनि अरूलाई कठोरतासाथ गाली गर्नुहुन्छ र विवश पार्नुहुन्छ भन्नेबारे मैले सोचेँ। उहाँले हाम्रो कार्यमा भएका कुनै पनि व्यवहारिक समस्यालाई सम्बोधन नगरी सिद्धान्तमाथि मात्र सङ्गति गर्नुभयो। चुनाव प्रक्रिया कछुवा तालमा अघि बढिरहेका थिए। उहाँको व्यवहारले परमेश्‍वरको घरको कार्यमा पहिल्यै बाधा पारिसकेको थियो। मलाई थाहा थियो, मैले उहाँलाई केही भन्नुपर्छ ताकि उहाँले यो कत्ति गम्भीर हो भनेर जान्नुहोस्। तर, यदि मैले भनेँ भने उहाँले यो स्वीकार्नुहुन्न र मलाई बसिनसक्नु पार्नुहुन्छ, र मलाई कर्तव्यबाट निकाल्ने बहाना खोज्नुहुन्छ भनेर म डराएँ। मैले केही भन्ने आँट गरिनँ, बरू देखेर पनि नदेखेको जस्तो गरिरहेँ र यसरी परमेश्‍वरको घरको कामलाई रक्षा गरिनँ। मैले आफ्नै व्यक्तिगत हितहरूबारे मात्र सोचेँ। म एकदमै स्वार्थी थिएँ र मसित मानवताको कमी थियो! म मण्डली अगुवा थिएँ तर मण्डलीको कार्यमा बाधा पुग्दा, त्यसलाई रोक्ने आँट गरिनँ। के मैले सिस्टर वाङको खराबीलाई समर्थन गरिरहेकी थिइनँ र? मैले परमेश्‍वरको घरको कार्यलाई महत्वपूर्ण ढङ्गले रक्षा गरिनँ, त्यसकारण, कसरी म अगुवा हुन लायक थिएँ र? यसबारे जत्ति धेरै सोचेँ त्यति नै दोषी महसुस गरेँ अनि मैले आफ्नो देहलाई त्याग्ने र सत्यता अभ्यास गर्ने परमेश्‍वर सामु वाचा गरेँ।

मैले कार्यकर्ताहरू र अगुवाहरूलाई कसरी व्यवहार गर्नुपर्छ भन्ने कार्य प्रबन्धहरूका सिद्धान्तहरू पढेँ र के बुझेँ भने, सत्यताको पछि लाग्ने र व्यवहारिक कार्य गर्न सक्नेहरूको सन्दर्भमा भन्नुपर्दा, यदि तिनीहरूले आफ्नो कर्तव्यमा अपराधहरू गर्छन् वा कहिलेकाहीँ त्यति सफलता प्राप्त गर्दैनन् भने, तिनीहरूलाई प्रेमपूर्वक मदत गर्नुपर्छ, वा हप्काउन र निराकरण गर्न सकिन्छ, तर त्यतिकै अचानक निन्दा गर्नु हुँदैन वा हटाइनु हुँदैन। व्यवहारिक कार्य नगर्ने वा सत्यताको पछि नलाग्नेहरूको सन्दर्भमा भन्नुपर्दा, यदि तिनीहरू दुर्जन बन्नतिर लागिरहन्छन् र सत्यता स्वीकार्दैनन् वा अलोचना गरिँदा पश्चात्ताप गर्दैनन् भने, तिनीहरू झुटा अगुवाहरू हुन् र तिनीहरूलाई खारेज गर्नुपर्छ भन्ने निर्णय गरिन्छ। उहाँसितको मेरो व्यक्तिगत अनुभव धेरै थिएन। उहाँ झुटा अगुवा हुनुहुन्छ भन्ने निकै सङ्केतहरू मैले देखेकी थिएँ। तर त्यसबारे म शतप्रतिशत पक्का हुन सकिनँ। मैले उहाँलाई सङ्गति दिन थाल्नुपर्छ र त्यो मेरो कर्तव्य हो भनेर मलाई थाहा थियो। तसर्थ, मैले उहाँका समस्याहरू लेख्न कलम उठाएँ, र साँच्चै भन्नुपर्दा, म असाध्यै नर्भस थिएँ। त्यसपछि मैले परमेश्‍वरलाई प्रार्थना गरेर शक्ति मागेँ, ताकि मैले आफूलाई त्याग्न र मण्डलीका हितहरूको रक्षा गर्न सकूँ। त्यसपछि मलाई विवश भएको महसुस भएन, अनि मैले सिस्टर वाङ्का समस्याहरू एक-एक गरी लेखेँ। मैले पत्र लेखिसकेर पठाउँदा साँच्चै शान्ति महसुस गरेँ।

उहाँले कहिल्यै जवाफ दिनुभएन। मण्डलीका चुनावहरू अझै पनि रोकिइरहेका थिए, अनि थुप्रै मण्डलीहरूमा ठीक ठीक समयमा परियोजनाहरू पूरा गर्न आवश्यक कार्यकर्ताहरू र अगुवाहरू थिएनन्। यसले परमेश्‍वरको घरको कार्यमा गम्भीररूपले बाधा पुऱ्यायो। मैले उहाँलाई आग्रह गर्दै निकै पटक पत्र लेखेँ, तर कुनै उत्तर आएन। मैले बुझेँ, उहाँ कुरा मात्र गर्नुहुन्छ र व्यवहारिक कार्य गर्नुहुन्न, अनि धेरै प्रतिक्रियाहरू पाएपछि पनि परिवर्तन हुनुहुन्न, त्यसैले, उहाँको निरन्तर व्यवहारको आधारमा, उहाँ व्यवहारिक कार्य नगर्ने झुटा अगुवा हुनुहुन्थ्यो। मैले उहाँका समस्याहरू बताउँदै माथिल्लो तहका एक जना अगुवालाई पत्र लेखेँ। तुरुन्तै, परमेश्‍वरको घरभित्रको जाँचले उहाँ व्यवहारिक कार्य नगर्ने झुटा अगुवा भएको पुष्टि गऱ्यो, र उहाँलाई हटाइयो। यस अनुभवले मलाई परमेश्‍वरको घरमा सत्यता र धार्मिकता बास गर्छन् भनेर देखायो। झुटा अगुवाहरूसित ओहोदा हुन सक्छ, तर तिनीहरूले सत्यता पछ्याउँदैनन् वा वास्तविक कार्य गर्दैनन्, त्यसकारण परमेश्‍वरको घरमा पाइला राख्न सक्दैनन्। अगुवालाई चिढ्याउँछु र मलाई कर्तव्यबाट खारेज गर्छन् होला भनेर म सधैँ डराउँथेँ, तसर्थ, मैले तिनीहरूका समस्याहरू बाहिर ल्याउने आँट गरिनँ। त्यस स्थितिमा, मैले परमेश्‍वरको धर्मी स्वभावलाई बुझिनँ भनेर महसुस गरेँ। परमेश्‍वरको घरमा प्रशासनिक आदेशहरू, सिद्धान्तहरू र नियमहरू छन्, त्यसकारण, कुनै अगुवा जतिसुकै उच्चमा होऊन्, तिनीहरूले परमेश्‍वरका वचनहरू र सत्यतका सिद्धान्तहरूअनुसार कार्यहरू गर्नुपर्छ। आफ्नै तरिकामा काम गर्ने जो कोहीले पाइला राख्ने ठाउँ पाउनेछैनन्। त्यसबाहेक, मैले मण्डलीमा गर्न सक्ने जुनसुकै कर्तव्यका इन्चार्ज परमेश्‍वर हुनुहुन्छ। त्यो कुनै अगुवाको हातमा हुँदैन। यो तिनीहरूको माग होइन। मैले चिन्ता गर्नुपर्ने केही थिएन।

अक्टोबर २०१९ मा, म अर्को मण्डलीमा कर्तव्य पूरा गर्न सरुवा भएँ। केही समयपछि, मभन्दा माथिको अगुवा सिस्टर चेनले सिद्धान्तहरूअनुसार मानिसहरू नियुक्त नगरिरहनुभएको मैले याद गरेँ। हाम्रोमा पानी हाल्ने डिकन सिस्टर झाङ्ग हुनुहुन्थ्यो, जो अति स्वार्थी र धूर्त हुनुहुन्थ्यो। केही मानिसहरूले मण्डली जीवनमा बाधा पुऱ्याइरहेको उहाँले देख्नुभयो, तर तिनीहरू चिढिएलान् भन्ने डरले केही गर्नुभएन। अरूले केही समस्याहरू बताए, तर उहाँले त्यो जिम्मेवारीलाई पन्छाउनुभयो, त्यसैले यी समस्याहरू समयमै निराकरण गरिएनन्। यसबारे जाँच गरियो र के स्पष्ट भयो भने, यो त सिस्टर झाङ्गको निरन्तर व्यवहार थियो, उहाँले कहिल्यै पनि मण्डलीको कामको रक्षा गर्नुभएको थिएन वा व्यवहारिक कार्य गर्नुभएको थिएन, त्यसकारण, उहाँलाई तुरुन्तै हटाइनुपर्थ्यो। तर सिस्टर चेनले त्यसो गर्न अघि सर्नुहुँदा, सिस्टर झाङ्गले आफूलाई थाहा भएका केही कुराहरू भन्नुभयो, तसर्थ, उहाँ सिस्टर झाङ्गको देखावटी रूपको अघि झुक्नुभयो र हटाउन ढिलाइ भयो। मैले देखेँ, सिस्टर चेनले अगुवाहरू र कार्यकर्ताहरू हटाउनका लागि सिद्धान्तहरू प्रयोग गरिरहनुभएको थिएन, जुन गम्भीर समस्या हो। म उहाँलाई यो कुरा बताउन चाहन्थेँ। तर त्यसपछि मैले आफू कर्तव्यमा धेरै नयाँ छु र उहाँले मलाई कति धेरै मूल्यवान् ठान्‍नुहुन्छ भनेर सोचेँ, तसर्थ, यदि उहाँले मेरा सुझावहरू स्वीकार गर्नुभयो भने अति राम्रो हुन्छ, तर यदि उहाँले स्वीकार्नुभएन भने, त्यस ओहोदामा भएको केही दिनमै आफ्ना समस्याहरूले ग्रस्त भएर मलाई अहङ्कारी भन्न सक्नुहुन्छ। त्यसैको कारण उहाँले मलाई अघि बढ्न मदत गर्नुभएन भने के होला? यस सोचाइले गर्दा यो कुरा उठाउन मलाई डर लाग्यो। यसबारे मलाई एक प्रकारको दोषी महसुस भए तापनि, मैले अन्त्यमा हार मानेँ।

एक पटक सिस्टर चेन मेरो समूहको भेलामा सहभागी हुनुभयो र मैले यो कुरा उठाउन चाहेँ, तर उहाँले आफू यस कर्तव्यमा नयाँ भएको र यो कार्य उहाँलाई गाह्रो भएको, आफू राम्रो स्थितिमा नरहेको भनेर बताउनुभयो। मैले सोचेँ, यदि उहाँले अगुवाइको कार्यलाई लिएर पहिल्यै सङ्घर्ष गरिरहनुभएको बेला मैले उहाँलाई समस्याहरू बताएँ भने, के उहाँले मलाई अमानवीय र प्रेम नभएको व्यक्ति ठान्नुहुन्छ कि? त्यो समस्या समाधान हुँदैन, उहाँले नकारात्मक सोच्नुहुन्छ र उहाँको नजरमा मेरो छवि राम्रो हुँदैन भनेर त्यो समस्या नबताउने निर्णय गरेँ। मैले यो कुरा उठाइनँ। पानी हाल्ने डिकनलाई फेरबदल गरिएन, र यसरी उहाँको कार्यमा समाधान नगरिएका थुप्रै समस्याहरू त्यतिकै रहे, त्यसले साँच्चै दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेश र परमेश्‍वरको घरको कार्यमा हानि पुऱ्यायो। यसबारे मलाई असाध्यै दोषी महसुस भयो। यदि मैले समयमै यो कुरा उठाएकी भए, अन्त्यमा गएर यो त्यति खराब हुनेथिएन। पछि हामीले भेलामा परमेश्‍वरका केही वचनहरू पढ्यौँ, त्यसले मलाई साँच्चै प्रेरित गऱ्यो। “मण्डलीका धेरै मानिसमा कुनै विवेक छैन। जब कुनै भ्रामक कुरा आउँछ, तिनीहरू अप्रत्याशित रूपमा शैतानको पक्षमा खडा हुन्छन्; शैतानको नोकर हो भनी भन्दा तिनीहरू रिसाउने समेत गर्छन्। मानिसहरूले आफूसँग कुनै विवेक छैन भने पनि तिनीहरू सधैँ सत्यता विनाको पक्षमा खडा हुन्छन्, तिनीहरू कठिन समयमा सत्यको पक्षमा कहिल्यै खडा हुँदैनन्, तिनीहरू कहिल्यै पनि खडा भएर सत्यको निम्ति तर्क गर्दैनन्। के तिनीहरूमा साँच्चै विवेकको कमी छ? तिनीहरू किन अप्रत्याशित रूपमा शैतानको पक्ष लिन्छन्? किन तिनीहरू सत्यको समर्थनमा निष्पक्ष र उचित एउटै शब्‍द पनि कहिल्यै बोल्दैनन्? के यो स्थिति वास्तविक रूपमा उनीहरूको क्षणिक भ्रमको कारण उत्पन्न भएको हो? मानिसहरूमा चेतनाको जति कमी हुन्छ तिनीहरू सत्यको पक्षमा खडा हुन त्यत्ति नै कम सक्षम हुन्छन्। यसले के देखाउँछ? के यसले चेतना नहुने मानिसहरूले खराबीलाई प्रेम गर्छन् भन्ने देखाउँछ? के यसले तिनीहरू शैतानको बफादार अण्डा हुन् भन्ने देखाउँदैन र? किन तिनीहरू सधैँ शैतानको पक्षमा उभिन र त्यसको भाषा बोल्न सक्षम हुन्छन्? तिनीहरूका कुरा र काम, तिनीहरूको अनुहारका भावहरू नै तिनीहरू कुनै पनि प्रकारले सत्यलाई प्रेम गर्नेहरू होइनन् भनेर प्रमाणित गर्न पर्याप्त हुन्छ; बरु तिनीहरू सत्यलाई घृणा गर्नेहरू हुन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी)। यो वचन पढ्दा मेरो विवेकले साह्रै दोषी महसुस गरायो। अगुवाहरू र कार्यकर्ताहरू सरुवा गर्नका लागि सिस्टिर चेन सिद्धान्तहरूविरुद्ध जानुभएको मैले देखेको थिएँ। उहाँले खुलासा भएको झुटो कार्यकर्तालाई समयमै निकाल्नुभएको थिएन, जसले मण्डलीको कार्यमा असर गरेको थियो। मैले उहाँलाई सङ्गति दिनुपर्छ र परमेश्‍वरको घरको कार्यको रक्षा गर्न मदत गर्नुपर्छ भन्ने मलाई थाहा थियो। तर उहाँ चिढिनुहोला र उहाँको नजरमा मेरो छवि बिग्रिएला भनेर म डराएँ, त्यसकारण, म चुपचाप बसेँ र सिद्धान्हरू कायम गरिनँ। त्यसको अर्थ, परमेश्‍वरको घरको कार्यमा असर पऱ्यो र म त्यसमा सहभागी थिएँ। मैले सत्यतालाई प्रेम गरिनँ वा मसित धार्मिकताको समझ पटक्कै थिएन, तर म त आफ्नै हितहरूको रक्षा गर्ने र शैतानको पक्षमा खडा हुने घृणित व्यक्ति मात्र थिएँ भनेर बुझेँ। परमेश्‍वरले मलाई यस्तो महत्वपूर्ण कर्तव्यमा विकास गराउन माथि उठाउनुभएको थियो अनि इमानदारीसाथ यत्ति धेरै सत्यताको सङ्गति गर्नुभएको थियो ताकि मैले सत्यता सिक्न सकूँ र समझ प्राप्त गर्न सकूँ। म सिद्धान्तहरू कायम गर्छु र परमेश्‍वरको घरको पक्षमा खडा हुन्छु भनेर आशा गर्नुहुँदै उहाँले मलाई यी समस्याहरू बुझ्न मार्गदर्शन पनि गर्नुभयो। तर म स्वार्थी भएँ, आफूले खाने थालमा आफै थुकेँ। आफ्ना हितहरूको रक्षा गर्न मैले आत्माको मार्गदर्शनतिर पीठ फर्काइरहेँ, र यसरी परमेश्‍वरको घरको कार्यलाई हानि गरेँ र रोकेँ, परमेश्‍वरसामु अपराधहरू गरेँ। साथै, म अन्धकारमा जिइरहेकी थिएँ, परमेश्‍वरको घृणालाई निम्ताइरहेकी थिएँ।

पछि मैले किन केही कुरा हुँदा आफूलाई मदत गर्न र सुरक्षा गर्न सकिनँ भनेर मनन गर्न थालेँ। कुन प्रकारको भ्रष्ट प्रकृतिले मलाई नियन्त्रण गरिरहेको थियो? त्यसपछि, मैले परमेश्‍वरका वचनहरू वाचन गरिएको एउटा भिडियोमा यी सबैको जड भेट्टाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरको कामको अनुभव गरेर सत्यता हासिल नगरुञ्‍जेलसम्‍म, भित्रैबाट ठाउँ लिने र प्रभुत्व कायम गर्ने भनेको शैतानको प्रकृति नै हो। त्यो प्रकृतिमा विशेष रूपमा के हुन्छ त? उदाहरणको लागि, तँ किन स्वार्थी छस्? तैँले किन आफ्नो ओहदा संरक्षण गर्छस्? किन तँमा त्यस्ता तीव्र भावनाहरू छन्? किन तैँले ती अधर्मी कुराहरूमा आनन्द लिन्छस्? किन तँ ती दुष्टताहरूलाई मन पराउँछस्? त्यस्ता कुराहरूप्रति तेरो लगाव हुनुको आधार के हो? यी कुराहरू कहाँबाट आउँछन्? ती कुराहरू स्वीकार गर्न तँ किन त्यति धेरै खुशी हुन्छस्? अहिलेसम्ममा, तिमीहरू सबैले बुझिसकेको हुनुपर्छ कि यी सबै कुराहरू हुनुको मुख्य कारण भनेकै तिमिहरूभित्र शैतानको विष हुनु हो। जहाँसम्म शैतानको विष के हो भन्ने कुरा छ, यसलाई शब्दहरूद्वारा पूर्ण रूपमा अभिव्यक्त गर्न सकिन्छ। उदाहरणको लागि, यदि तैँले ‘मानिसहरू कसरी जिउनुपर्छ? मानिसहरू केको लागि जिउनुपर्छ?’ भनेर सोधिस् भने, मानिसहरूले जबाफ दिनेछन्, ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।’ यो एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको दर्शनशास्‍त्र मानिसहरूको जीवन बनिसकेको छ। मानिसहरूले जेसुकैको खोजी गर्ने भए पनि, तिनीहरूले यो आफ्नै लागि मात्र गर्छन्। त्यसकारण तिनीहरू आफ्‍नै लागि मात्र जिउँछन्। ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’—मानिसको जीवन र दर्शनयही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। शैतानका यी शब्दहरू नै ठ्याक्‍कै शैतानको विष हो र जब मानिसहरूले यसलाई ग्रहण गर्छन्, तब यो तिनीहरूको प्रकृति नै बन्छ। शैतानको प्रकृति यी शब्दहरूबाट उदाङ्गो हुन्छ; यी शब्दहरूले त्यसको पूर्ण रूपमा प्रतिनिधित्व गर्छन्। यो विष मानिसहरूको जीवन र साथसाथै तिनीहरूको अस्तित्वको आधार स्तम्भ बन्छ, र भ्रष्ट मानवजाति हजारौं वर्षदेखि यही विषको प्रभुत्वमा रहिआएको छ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “पत्रुसको मार्गमा कसरी हिँड्ने”)। मैले यसबाट के बुझें भने, मैले सधैँ आफ्नै हितहरूको रक्षा गरेँ किनभने म शैतानका विषहरूद्वारा नियन्त्रित थिएँ। “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “बाठाहरू गल्ती गर्नबाट जोगिन मात्रै खोज्ने हुँदा आत्मरक्षा गर्न खप्‍पिस हुन्छन्,” “कुनै कुरा गलत छ भन्‍ने थाहा छ भने, त्यो नभनेकै बेस।” म यत्तिका लामो समयदेखि ती शैतानी विषहरूमा डुबेकी थिएँ, ती त मेरो प्रकृति नै भएका थिए। म यी कुराअनुसार जिइरहेकी थिएँ, तसर्थ, मैले हरेक परिस्थितिमा आफ्नै हितहरूको मात्र रक्षा गरेँ। दाजुभाई-दिदीबहिनीहरूमाझ, मैले परमेश्‍वरको घरको कार्यबारे होइन आफ्नै प्रतिष्ठा र हैसियतबारे मात्र सोचेँ। एक जना अगुवाले मानिसहरूलाई स्थानन्तरण गर्दा स्पष्टसित सिद्धान्तहरूको उल्लङ्घन गरिरहेको देखेँ, तर आफूलाई केही नराम्रो हुन सक्छ भनेर डराएँ, तसर्थ, आफ्नो ओहोदा र भविष्य जोगाउन त्यो कुरा देखेर पनि नदेखेको जस्तो गरेँ। मैले समयमा सङ्गति र मदत गरिनँ, आफ्ना हितहरूको सम्झौता गर्नुअघि अरूको जीवन प्रवेश र मण्डलीको कार्यमा असर परेको हेर्न तयार भएँ। म कत्ति स्वार्थी र घृणित थिएँ भनेर बुझ्न सकेँ। म यी शैतानी विषहरूअनुसार जिइरहेकी थिएँ, र यसरी झन् झन् स्वार्थी र धूर्त भइरहेकी थिएँ, कुनै मानवताबिना जिइरहेकी थिएँ। मैले आफैलाई हानि पुऱ्याएकी थिएँ अनि परमेश्‍वरको घरको कार्यलाई रोकेकी र बाधा पुऱ्याएकी थिएँ। यी विषहरूले केवल मानिसहरूलाई भ्रष्ट पार्छन् र चोट दिन्छन्, त्यसकारण, हामी परमेश्‍वरविरुद्ध विद्रोह र उहाँको विरोध नगरी सक्दै सक्दैनौँ। मलाई थाहा भयो, यदि मैले यी समस्याहरू समाधान गर्न पश्चात्ताप गरिनँ र सत्यता खोजिनँ भने, अन्त्यमा म परमेश्‍वरद्वारा निकालिन्छु, हटाइन्छु र मुक्ति पाउने मौका गुमाउँछु। मैले मेरो लागि परमेश्‍वरको क्षमा र मुक्ति पनि बुझेँ। म एकदमै विद्रोही भए तापनि परमेश्‍वरले बारम्बार कुराहरू मिलाउनुभएको थियो, आफ्ना वचनहरूले मलाई मार्गदर्शन गर्नुभयो, मलाई मेरो भ्रष्टता देखाइदिनुभयो। मैले परमेश्‍वरको अवाज्ञा गर्न छोड्नुपर्छ, आफ्नो देह त्याग्नुपर्छ र सत्यता अभ्यास गर्नुपर्छ भनेर मलाई थाहा भयो।

पछि मैले अर्को खण्ड पढेँ। “कसैलाई प्रोत्साहन र जगेर्ना गर्नुको अर्थ उनीहरूले पहिलेबाटै सत्य बुझेका छन् भन्‍ने होइन, न त यसको अर्थ उनीहरू पहिलेबाटै आफ्नो कर्तव्य सन्तोषजनक ढङ्गले गर्न सक्षम छन् भन्‍ने नै हो। … मानिसहरूले प्रोत्साहन र जगेर्ना गरिएकाहरूबाट ठूल्ठुला आशाहरू राख्‍नु वा उनीहरूमा अवास्तविक मापदण्डहरू थोपर्नु हुँदैन; त्यसो गर्नु अनुचित हुनेछ, र उनीहरूप्रति अन्याय हुनेछ। तिमीहरूले उनीहरूको निगरानी गर्न सक्‍छौ, र तिमीहरूलाई समस्या हो भन्‍ने विश्‍वास लागेको कुरा उनीहरूले गरेमा त्यसको रिपोर्ट गर्न सक्‍छौ, तर उनीहरू पनि जगर्ना र विकासको अवधिमा हुन्छन्, र उनीहरूलाई सिद्ध बनाइसकिएका व्यक्तिहरूको रूपमा हेरिनु हुँदैन, उनीहरूलाई दोष लाउनै नसकिने वा सत्य वास्तविकता धारण गरेका व्यक्तिहरूको रूपमा हेरिनु हुने कुरा त परै जाओस्। उनीहरू तिमीहरू जस्तै हुन्: यो उनीहरूलाई तालिम दिइँदै गरेको समय हो। … मैले यो कुरा भन्‍नुको कारण के हो? सबैलाई यो भन्‍नका लागि हो कि उनीहरूले परमेश्‍वरको घरले गर्ने विभिन्‍न प्रकारका प्रतिभाहरूको प्रोत्साहन र जगेर्नालाई गलत प्रकारले व्याख्या गर्नु हुँदैन, उनीहरूले कठोर भएर यी मानिसहरूमा कडा मापदण्डहरू थोपर्नु हुँदैन। स्वाभाविक रूपमा, मानिसहरू उनीहरूप्रतिको विचारमा पनि अवास्तविक हुनु हुँदैन। उनीहरूको अत्यधिक प्रशंसा वा आदर गर्ने हुनु मूर्खता हो भने तैँले उनीहरूबाट पूरा हुने अपेक्षा गरेका मापदण्डहरूमा तँ अत्यधिक कठोर हुनु अमानवीय वा अवास्तविक हुनु हो। त्यसो भए, उनीहरूसित व्यवहार गर्ने सबैभन्दा तर्कसंगत तरिका के हो त? उनीहरूलाई साधारण मानिसहरूको रूपमा सोच्नु र खोजी गर्न आवश्यक पर्ने समस्या आइपर्दा उनीहरूसँग सङ्गति गर्नु र एकअर्काको सबल पक्षबाट सिक्‍नु र एकअर्काको परिपूरक बन्‍नु। यसबाहेक, अगुवा र सेवकहरूले वास्तविक काम गरिरहका छन् कि छैनन्, र उनीहरू आफ्ना कर्तव्यहरू पूरा गर्न दक्ष छन् कि छैनन् भनी निगरानी गर्ने जिम्मेवारी सबैको हो। यदि उनीहरू दक्ष छैनन् र तिमीहरूले उनीहरूको वास्तविक रूप देखेका छौ भने त्यसको रिपोर्ट दिन वा उनीहरूलाई हटाउन समय खेर नफाल; अरू कसैलाई चुन र परमेश्‍वरको घरको काममा ढिलाइ नगर। परमेश्‍वरको घरको काममा ढिलाइ गर्नु भनेको तिमीहरू आफैलाई र अरूलाई चोट पुर्‍याउनु हो, यो कसैको लागि राम्रो हुँदैन(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “झूटा अगुवाहरूको पहिचान (५)”)। यस खण्डले मलाई अगुवाहरू र कायकर्ताहरूलाई कसरी व्यवहार गर्ने भन्नेबारे सिद्धान्तहरू देखायो। तिनीहरूले सत्यता बुझ्न थाल्दैनन् र तिनीहरू त्यस ओहोदाको लागि त्यति योग्य हुँदैनन्। तिनीहरू अभ्यासको अवधिमा हुन्छन्, तिनीहरूमा त्रुटिहरू र कमीकमजोरीहरू हुन्छन्, त्यसकारण, हामी तिनीहरूसित निष्पक्ष र न्यायसङ्गत हुनुपर्छ, र धेरै माग गर्नुहुँदैन। तर त्यससँगै, तिनीहरूको कार्यलाई नियाल्ने जिम्मेवारी हामीसित छ। यो कुनै कुरा सत्यताअनुरूप छ भने, हामीले त्यो स्वीकार्नुपर्छ, तर छैन भने, हामीले त्यो औँल्याइदिनुपर्छ अनि सङ्गति र मदत दिनुपर्छ ताकि तिनीहरूले आफ्नो कर्तव्यमा गल्तीहरू देख्न सकून् र जतिसक्दो चाँडो ती समाधान गर्न सकून्। त्यो तिनीहरूकै जीवन प्रवेश र परमेश्‍वरको घरको कार्यका लागि राम्रो हुन्छ। यदि तिनीहरू व्यवहारिक कार्य नगर्ने र अयोग्य झुटा अगुवाहरू हुन् भनेर स्पष्ट हुन्छ भने, त्यसको तुरुन्तै रिपोर्ट गर्नुपर्छ। मलाई थाहा थियो, सिस्टर चेन त्यो कर्तव्यमा नयाँ हुनुहुन्छ, त्यसैले उहाँबाट गल्तीहरू हुनु स्वभाविकै थियो। गल्तीहरू मैले देखेको हुनाले, ती देखाइदिनु र सङ्गति दिनु मेरो जिम्मेवारी थियो। उहाँले त्यो इन्कार गर्नुभएमा, मैले उहाँको रिपोर्ट र खुलासा गर्न सक्थेँ। म त्यतिकै केही नगरी बसेर परमेश्‍वरको घरको कार्यमा हानि पुगेको हेर्न सक्दिनँ थिएँ। त्यस स्थितिमा मैले आफ्ना हितहरूको रक्षा गर्दै नगर्ने चाहेँ र परमेश्‍वरको घरको कार्यलाई जोगाउन आफ्ना मनसायहरू सुधार गर्न तयार भएँ। केही दिनपछि हाम्रो काम हेर्न सिस्टर चेन आउनुभयो, र मैले उहाँलाई उहाँले कसरी सिद्धान्तहरू उल्लङ्घन गर्नुभएको छ भनेर बताएँ अनि मैलै आफ्नै हालको स्वार्थीपन र धूर्तपनबारे खुलेर बताएँ। उहाँले आफूबारे मनन गर्न परमेश्‍वरका वचनहरू प्रयोग गर्नुभयो र आफूले गरेका गल्तीहरू र ती मामिलाहरू सम्हाल्दा देखाएको भ्रष्टता देख्नुभयो अनि परिवर्तन हुने चाहना व्यक्त गर्नुभयो।

त्यसपछि, हामीले मानिसहरूका कर्तव्यहरू परिवर्तन गर्नका लागि निर्दिष्ट सिद्धान्तहरूबारे कुरा गऱ्यौँ। हाम्रो सङ्गतिपछि हामी अझ् स्पष्ट भयौँ अनि परमेश्‍वरको मार्गदर्शन र आशिषहरू देख्यौँ। त्यसपछि उहाँले सिद्धान्तहरूको मागअनुसार सिस्टर झाङ्गलाई प्रतिस्थापित गर्नुभयो। यस अनुभवले मलाई के सिकायो भने, कुनै अगुवाको कर्तव्यमा समस्याहरू देख्नसाथ प्रतिक्रिया जनाउनु र मदत दिनु सकारात्मक कुरा हो। यो न्यायसङ्गत छ र यसले परमेश्‍वरको घरको कार्यलाई रक्षा गर्छ। मैले के पनि बुझेँ भने, परमेश्‍वरको घरले सबैलाई सत्यताका सिद्धान्तहरूअनुसार व्यवहार गर्छ। क्षणिक पाप वा केही भ्रष्टता प्रकट गरेको कारण कसैले पनि आफ्नो कर्तव्य गुमाउनेछैन, तर तिनीहरूको मार्ग, प्रकृति र सार अनि सत्यताप्रति तिनीहरूको मनोवृत्ति सबै जोखिनेछ र त्यहीअनुसार तिनीहरूलाई व्यवहार गरिनेछ। यो निष्पक्ष र तार्किक छ। अगुवाहरू र कार्यकर्ताहरूलाई सिद्धान्तहरूअनुसार व्यवहार गर्दा मात्र परमेश्‍वरको घरको कार्य र अरूलाई लाभ पुग्छ अनि यसो गर्नु परमेश्‍वरको इच्छाअनुरूप हुन्छ। यी अनुभवहरूले मलाई अगुवाहरू र कार्यकर्ताहरूलाई व्यवहार गर्ने र तिनीहरूसित हुन सक्ने समस्याहरू समाधान गर्ने तरिका देखाए। मैले मेरो स्वार्थी, चालपूर्ण भ्रष्ट स्वभावहरूबारे केही समझ पनि पाएँ, अनि म स्वार्थी भई जिउन छोड्न चाहन्थेँ। अन्त्यमा मैले सिद्धान्तहरू कायम गरेँ र न्यायको केही समझ प्राप्त गरेँ। मैले जे प्राप्त गरेँ, त्यसको लागि म परमेश्‍वरप्रति असाध्यै कृतज्ञ छु।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

सुसमाचार प्रचार गर्न कठिनाइ हुँदा

सन् २०२० मा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकार गरेँ। मैले प्रभुको पुनरागमनलाई स्वागत गर्न पाउनु ठूलो आशिष थियो। यो...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्