ती सब कष्ट-भोग केका लागि?

25 अप्रिल 2023

एन्जेला, इटाली

विश्‍वासी बनेपछि, धेरै अगुवा र सेवकहरूले वास्तवमै धेरै कठिनाइ भोग्‍न सक्छन् भन्‍ने देखेँ। तिनीहरूले झरी बतासमा पनि काम गरिरहेका, र आफ्‍नो कर्तव्य निभाइरहेका हुन्थे, र ब्रदर-सिस्टरहरू सबैले तिनीहरूलाई अनुमोदन र आदर गर्थे। म तिनीहरूलाई निकै डाहा गर्थेँ र तिनीहरूजस्तै कष्ट भोग्‍न र मूल्य चुकाउन सक्‍ने भई अरूको आदर पाउन सक्‍ने व्यक्ति बन्‍ने आशा गर्थेँ। त्यसकारण, म आफ्‍नो खोजीमा निकै उत्साहित थिएँ, र पछि मलाई मण्डली अगुवा चयन गरियो। हरेक दिन म आफ्‍नो कर्तव्यमा निकै व्यस्त हुन्थेँ, र मैले कठिनाइहरू सामना गर्न सकेकोमा अरूले मेरो तारिफ गर्थे, र म सत्यताको खोजी गर्ने व्यक्ति हुँ भनेर भन्थे। यस्तो कुरा सुन्दा म हरेकपटक नै रोमाञ्‍चित हुन्थेँ, र यो सबै कष्ट सार्थक छ भन्‍ने लाग्थ्यो। पछि, मेरा जिम्‍मेवारीहरूको क्षेत्र विस्तार हुँदै गयो र मेरो कामको भार पनि बढ्दै गयो। मसँग साझेदारी गर्ने कतिपय सिस्टरहरूले साँच्‍चै नै कष्ट भोग्‍न र मूल्य चुकाउन सकेको देख्थेँ। तिनीहरू सधैँ निकै अबेर सुत्थे र दिनमा खाने समय नपाए कहिलेकहीँ भेलाहरूमा भोकै जान्थे। तिनीहरूले आफ्नो कर्तव्यमा बोझ लिइरहेका छन् र तिनीहरू कठिनाइ भोग्‍न सक्षम छन् भनी ब्रदर-सिस्टरहरूले भनेको सुन्थेँ। मलाई लाग्यो, यदि ब्रदर-सिस्टरहरूले त्यस्ता मानिसहरूलाई मन पराउँछन् भने, परमेश्‍वरले पनि अवश्य नै तिनीहरूलाई मन पराउनुहुन्छ। त्यसकारण मैले राती अबेरसम्‍म आफ्‍नो कर्तव्य निभाउन थालेँ। तर केही समयपछि मेरो शरीरले थेग्‍न छोड्यो र आधा रात भएपछि मलाई निद्रा लाग्‍न थाल्थ्यो। तर हरेकपल्ट अरू सिस्टरहरूले अझै काम गरिरहेको देख्दा, मलाई सुत्‍न जान लाज लाग्थ्यो, किनभने तिनीहरूले म देहलाई ध्यान दिन्छु र आफ्‍नो कर्तव्यमा बोझ लिँदिनँ भनी भन्छन् भन्‍ने मलाई डर लाग्थ्यो। त्यसकारण म जबरजस्ती काम गरिरहन्थेँ, तर निरन्तर निद्रा थाम्‍न सक्दिनथेँ, र मैले त्यति धेरै काम पूरा गर्दिनथेँ। त्यसको बाबजुद, म अझै सुत्‍न जाँदिनथेँ। म चुपचाप जोडबल लगाइरहन्थेँ, किनभने मलाई मैले आफ्‍नो देहलाई ध्यान दिनु हुँदैन र अरूको नीच नजरमा पर्नु हुँदैन भन्‍ने लाग्थ्यो। कहिलेकहीँ राती अबेरसम्‍म बसेर पनि भेलाको लागि बिहान सबेरै उठ्नुपर्थ्यो, र इ-बाइक चलाएर जाँदा मलाई निद्रा लागिरहेको हुन्थ्यो, र भेलामा पनि निद्रा लागिरहन्थ्यो। मलाई दिउँसो एकछिन सुत्‍न मन लाग्थ्यो, तर मैले भौतिक आरामको तृष्णा गरिरहेकी छु भनेर अरूले सोच्छन् भन्‍ने डर लाग्थ्यो। हरेक दिन, म जबरजस्ती कठिनाइ सहन्थेँ, र मन नलागीनलागी यसो गर्थेँ। एक दिन, भेलामा इ‍-बाइक चलाएर जाँदा, मलाई निद्रा लागिरहेको थियो, र बाटोभरि झुलेँ र नालीमा बाइक लडाएँ, त्यसपछि तुरुन्तै मेरो होस खुल्यो। सडकमा इ-बाइक डोर्‍याउँदै जाँदा, मैले यो जिउने सही तरिका होइन रहेछ भनेर मात्रै सोचिरहेँ। आत्मविश्‍लेषण गर्दा, म अगुवा चयन भएदेखि नै मैले हरदिन देखिँदो रूपमा कष्ट भोग्‍ने र मेहनत गर्नेबारेमा मात्रै सोच्दै आइरहेकी रहेछु भन्‍ने मलाई थाहा भयो, किनभने मलाई मानिसहरूले मलाई देहमा केन्द्रित र सहजताको लोभ गर्ने व्यक्तिको रूपमा हेर्छन् भन्‍ने डर थियो। त्यसको अर्थ मेरो जीवनमा रुटिन भन्‍ने चीजै थिएन, र मैले सामान्य शैलीमा आरामसमेत गरिरहेकी थिइनँ।

एक दिन मैले फरिसीहरूलाई खुलासा गर्ने परमेश्‍वरका केही वचनहरू पढेँ, र ती वचनहरूलाई आफैमाथि प्रयोग गरेँ। परमेश्‍वरका वचनहरूले भन्छन्: “वास्तवमा फरिसी के हो भन्‍ने कुरा के तिमीहरूलाई थाहा छ? के तिमीहरूको छेउछाउमा कुनै फरिसीहरू छन्? यी मानिसहरूलाई किन ‘फरिसीहरू’ भनिन्छ? फरिसीहरूलाई कसरी व्याख्या गरिन्छ? तिनीहरू ढोँगी, पूर्ण रूपमा बनावटी मानिसहरू हुन्, र तिनीहरूले आफूले गर्ने हरेक काममा नाटक गर्छन्। तिनीहरूले के नाटक गर्छन्? आफू असल, दयालु, र सकारात्मक भएको नाटक गर्छन्। के तिनीहरू वास्तवमा यस्तै हुन्छन् त? बिलकुलै हुँदैनन्। तिनीहरू ढोँगीहरू भएका हुनाले, तिनीहरूमा देखिने र प्रकट हुने हरेक कुरा झूटो हुन्छ; यो सबै बहाना हो—यो तिनीहरूको साँचो रूप होइन। तिनीहरूको साँचो अनुहार कहाँ लुकेको हुन्छ? यो अरूले कहिल्यै नदेख्‍ने गरी तिनीहरूको हृदयभित्रको गहिराइमा लुकेको हुन्छ। बाहिर देखिने हरेक कुरा नाटक हुन्छ, यो सबै बनावटी हुन्छ, तर तिनीहरूले मानिसहरूलाई मात्र मूर्ख बनाउन सक्छन्; परमेश्‍वरलाई मूर्ख बनाउन सक्दैनन्। यदि मानिसहरूले सत्यताको खोजी गर्दैनन् भने, यदि तिनीहरूले साँचो रूपमा परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव गर्दैनन् भने, तिनीहरूले साँचो रूपमा सत्यता बुझ्न सक्दैनन्, र तिनीहरूका वचनहरू सुन्दा जति नै मीठा लागे पनि, ती वचनहरू सत्यता वास्तविकता होइनन्, केवल शब्‍दहरू र धर्मसिद्धान्तहरू हुन्। केही मानिसहरूले शब्‍दहरू र धर्मसिद्धान्तहरूलाई सुगारटाइ गर्नमा मात्र ध्यान दिन्छन्, तिनीहरूले उच्‍च प्रवचन दिने जोकोहीको नक्‍कल गर्छन्, र नतिजास्वरूप केही वर्षभित्रमै तिनीहरूको शब्‍दहरू र धर्मसिद्धान्त वाचन कला झन्-झन् व्यापक बन्दै जान्छ र तिनीहरूलाई धेरै मानिसहरूले आदर र श्रद्धा गर्छन्, र त्यसपछि त तिनीहरूले छलावरण धारण गर्न थाल्छन्, अनि आफूले भन्‍ने र गर्ने कुरामा एकदमै धेरै ध्यान दिन र आफूलाई विशेष रूपमा धर्मी र आत्मिक देखाउन थाल्छन्। तिनीहरूले छलावरण धारण गर्नका लागि यी तथाकथित आत्मिक सिद्धान्तहरूको प्रयोग गर्छन्। तिनीहरू जहाँ-जहाँ जान्छन्, तिनीहरूले बोल्ने कुरा यही हो, जुन बाहिरबाट हेर्दा आकर्षक हुन्छन् र ती मानिसहरूका धारणाहरूसित मिल्छन्, तर तिनमा सत्यता वास्तविकता हुँदैन। यी कुराहरूको प्रवचनमार्फत—मानिसहरूका धारणा र रुचिसँग मिल्दा यी कुराहरूमार्फत—तिनीहरूले धेरै मानिसहरूलाई बहकाउँछन्। अरूको लागि, यस्ता मानिसहरू अत्यन्तै भक्त र नम्र देखिन सक्छन्, तर यो वास्तवमा देखावटी मात्र हो; तिनीहरू सहनशील, धैर्य, र प्रेमिलो देखिन्छन्, तर यो वास्तवमा बहाना मात्र हो; तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्छौँ भनी भन्छन्, तर त्यो वास्तवमा नाटक मात्र हो। अरूले यस्ता मानिसहरूलाई पवित्र सोच्छन्, तर यो वास्तवमा नौटङ्की मात्र हुन्छ। साँचो रूपमा पवित्र व्यक्तिलाई कहाँ भेट्न सकिन्छ? मानव पवित्रता सबै देखावटी हो। यो सबै नाटक र बहाना मात्र हो। बाहिरी रूपमा, तिनीहरू परमेश्‍वरप्रति निष्ठावान् देखिन्छन्, तर वास्तवमा तिनीहरूले अरूले देखून् भनेर मात्रै कार्य प्रदर्शन गरिरहेका हुन्छन्। जब कसैले हेरिरहेका हुँदैनन्, तिनीहरू अलिकति पनि निष्ठावान् हुँदैनन्, र तिनीहरूले गर्ने हरेक कुरा झारा टार्ने शैलीका हुन्छन्। सतही रूपमा, तिनीहरूले आफैलाई परमेश्‍वरमा समर्पित गरेका छन्, र आफ्‍ना परिवार र जागिर छोडेका छन्। तर गोप्य रूपमा तिनीहरूले के गरिरहेका हुन्छन्? तिनीहरूले परमेश्‍वरको लागि काम गर्ने नाउँमा गोप्य रूपमा मण्डलीमा आफ्नै उद्यम सञ्‍चालन गरिरहेका र आफ्‍नै कारोबार अघि बढाइरहेका हुन्छन्, र मण्डलीबाट लाभ लिइरहेका र भेटी चोरिरहेका हुन्छन्…। यी मानिसहरू आधुनिक ढोँगी फरिसीहरू हुन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू)। परमेश्‍वरका वचनहरूले प्रकट गरेका कुराहरू मेरो लागि मर्मस्पर्शी र कठिन थिए। मैले ठ्याक्‍कै फरिसीहरूले जस्तै व्यवहार गरिरहेकी थिएँ। तिनीहरू नाटक गर्नलाई देखावटी व्यवहार प्रयोग गर्न मन पराउँथे, जानीजानी सडकका कुनाहरूमा प्रार्थना गर्थे र परमेश्‍वरका वचनहरू प्रचार गर्थे ताकि मानिसहरूले तिनीहरू साँच्‍चै भक्त छन् र तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्छन् भन्‍ने ठानून्। तर वास्तवमा तिनीहरू परमेश्‍वरको वचन अभ्यास गर्दैनथे। तिनीहरूले गर्ने ती सबै कुराहरू देखाउनको लागि, र अनुमोदन र आदर पाउनको लागि मात्रै हुन्थे। म पनि त्यस्तै थिएँ। म खास गरी देखावटी असल व्यवहारमा ध्यान दिन्थेँ ताकि ब्रदर-सिस्टरहरूले मलाई राम्रो सोचून्। अरूले आफ्‍नो कर्तव्यमा कष्ट भोग्‍न र मूल्य चुकाउन सकेको, अनि सबैको अनुमोदन र आदर पाएको देख्दा, म पनि त्यस्तो व्यक्ति बन्‍न लागिपरेँ। अगुवाको रूपमा चुनिएपछि, मसित साझेदारी गर्ने सिस्टरहरू राती अबेरसम्‍म बसेको देख्दा, म तिनीहरूभन्दा पछि नपरूँ भनेर जबरजस्ती राती अबेरसम्‍म बस्थेँ। मलाई जति नै निद्रा लागे पनि म जसोतसो जागा बस्थेँ। आफूलाई कठिनाइ भोग्‍न सक्‍ने व्यक्तिको रूपमा प्रस्तुत गर्ने प्रयासमा म आफूलाई सामान्य रूपमा दिउँसो एकछिन निदाउनसमेत दिँदिनथेँ। हर मोडमा म छद्म भेष धारण गरिरहेकी हुन्थेँ, र सबैले देख्‍ने गरी असल काम गरेर ब्रदर-सिस्टरहरूको आदर पाउने प्रयास गरिरहेकी हुन्थेँ। त्यसरी कष्ट भोग्‍नु र आफूलाई समर्पित गर्नु पूर्णतया नाटक र छल थिए। म फरिसीहरूको मार्ग हिँडिरहेकी थिएँ—अनि, परमेश्‍वरले यसलाई कसरी घृणा गर्नुहुन्‍नथ्यो र? त्यसपछि, मलाई आफ्नो वास्तविक रूप लुकाउन मन लाग्दा, सचेत भई म आफूलाई त्याग्थेँ, अरूको अगाडि आफ्नो प्रदर्शन गर्दिनथेँ, र मैले आफ्‍नो काम र विश्रामको समय पनि मिलाएँ, र दिनको काम सकेपछि सधैँझैँ सुत्‍न थालेँ। यसो गर्न थालेपछि मलाई निकै तनावरहित महसुस हुन थाल्यो।

एक वर्षपछि म विदेश गएँ। मसँगै काम गर्ने ब्रदर-सिस्टरहरूले आफ्‍नो कर्तव्यमा साँच्‍चै नै दुःख गर्न सक्थे र तिनीहरू राती अबेरसम्‍म बस्थे। कहिलेकहीँ आफ्‍नो काम सकेपछि मलाई चाँडै सुत्‍न मन लाग्थ्यो, तर तिनीहरूले मलाई म देहमा ध्यान दिन्छु भनेर सोच्छन् भन्‍ने डर लाग्थ्यो। यसको साथै, म एक अगुवा थिएँ, त्यसकारण म अन्य ब्रदर-सिस्टरहरूभन्दा चाँडै सुत्‍न गएँ भने सबैले के सोच्छन्? कतै तिनीहरूले म कष्ट भोग्‍न सक्दिनँ र आफ्‍नो कर्तव्यमा बोझ लिँदिनँ भनेर त सोच्दैनन्? यसरी सोच्दा, मैले फेरि पनि बहाना नबनाई बस्‍न सकिनँ र तिनीहरूसँगै राती अबेरसम्‍म बस्‍न थालेँ। तर बिहान १ बजेपछाडि मलाई निद्रा लाग्‍न थाल्थ्यो र म झुल्‍न थाल्थेँ। तिनीहरूले मलाई चाँडै सुत्‍नुहोस् भनी भन्थे, तर म आफूलाई तिनीहरूले जस्तै गर्न बाध्य गर्थेँ र भन्थेँ, “ठिकै छ, म थाम्‍न सक्छु। म एक छिनपछि सुत्छु।” तर त्यसपछि म फेरि झुलिहाल्थेँ। कहिलेकहीँ म निद्रा थाम्‍नै सक्दिनथेँ, त्यसकारण म टेबलमा घोप्टिएर एक्छिन् सुत्थेँ, तर त्यसरी सुतेपछि शान्त रहन सक्दिनथेँ। अरूले मेरो बारेमा के भन्छन् भन्‍ने चिन्ता लाग्थ्यो, त्यसैले म हतारहतार फेरि काम गर्न थाल्थेँ। म बोझ लिन्छु भन्‍ने देखाउन, कहिलेकहीँ म जानीजानी राती अबेर समूहमा मेसेज पठाउथेँ, ताकि म कति अबेर बसेँ, र मैले राती आफ्‍नो कर्तव्य निभाइरहेकी थिएँ भन्‍ने कुरा अरूले देख्‍न सकून्। स्वास्थ्यसम्‍बन्धी केही समस्याहरूको कारण म केही पुरक पोषकहरू किन्‍न चाहन्थेँ, तर सबैले के सोच्छन् भन्‍ने मलाई चिन्ता लाग्थ्यो। कतै तिनीहरूले म देहलाई धेरै महत्त्व दिन्छु भन्‍ने त ठान्दैनन्? त्यसकारण, मैले ती खरिद गरिनँ। एक दिन भेलामा, मैले एक सिस्टर सही स्थितिमा नभएको, र उनलाई केही सङ्गति र सहयोग चाहिएको कुरा थाहा पाएँ। तर उनी अर्कै देश र फरक समय क्षेत्रमा बस्थिन्, र मेरो लागि यो आधा रात भइसकेको थियो, त्यसकारण सुरुमा मैले भोलिपल्‍ट उनीसँग सङ्गति गर्छु भनेर सोचेँ। तर त्यसपछि फेरि सोचेँ, यदि मैले उनीसँग राती सङ्गति गरेँ भने मैले ब्रदर-सिस्टरहरूको जीवन प्रवेशको निम्ति बोझ लिन्छु भन्‍ने देखिन्छ। त्यसकारण मैले उनलाई सम्पर्क गरेँ र बिहान २ बजेसम्‍म सङ्गति गरिरहेँ। उनले मलाई भनिन्, “तपाईंको ठाउँमा त धेरै ढिला भइसक्यो, तपाईं सुत्‍नुहोस्। यसरी सधैँ रातीराती काम गर्नु तपाईंको स्वास्थ्यको लागि राम्रो हुँदैन।” उनले त्यसो भनेको सुन्दा मलाई निकै सन्तुष्टि मिल्यो। शारीरिक रूपमा असहज भएको थियो, तर यो व्यर्थ थिएन, किनभने मैले बोझ लिएकी छु र ममा जिम्‍मेवारीको बोध छ भन्‍ने उनले सोचेकी थिइन्। त्यसपछि मलाई स्वास्थ्यसम्‍बन्धी सानातिना अनेक समस्याहरू देखिन थाल्यो, र डाक्टरले यो लामो दीर्घकालीन अनिद्राको कारणले भएको हो भनेर भने। मैले त्यो कुरालाई बेवास्ता गरेँ र पहिलेको जस्तै गरिरहेँ। त्यतिखेर, एक जना माथिल्‍लो स्तरका अगुवाले सधैँ मलाई राती अबेरसम्‍म बस्‍नु हुँदैन, म चाँडै सुतेर चाँडै उठेँ भने काममा बाधा हुँदैन भनेर भन्थे। तर म के सोच्थेँ भने, यदि म चाँडै सुतेँ भने, अरूले मलाई अगुवा भएर पनि अरूले जति कठिनाइ भोग्‍न सक्दिनँ भनेर सोच्‍नेछन्, अनि यस्तो हुँदा तिनीहरूले अझै पनि मलाई आदर गरिरहन्छन् र? मैले अगुवाको सल्‍लाहलाई त्यति ध्यान दिइनँ। म स्वस्थ छैन भन्‍ने देखेर एक सिस्टरले भनिन्, “तपाईंले धेरै कुरा सोच्‍नुपरेको होला। सधैँ यति धेरै समस्याहरू समाधान गर्नुपर्दा र यति धेरै तनाव लिँदा, तपाईंको स्वास्थ्यमा असर परिरहेको छ। अगुवाको रूपमा, तपाईंलाई धेरै कुराको चिन्ता हुन्छ।” उनले त्यसो भन्दा मलाई आफैप्रति निकै खुसी लाग्यो। मैले चुकाएको मूल्य, र मैले भोगेको कष्ट अरूको अनुमोदन पाउनको लागि सार्थक भएजस्तो लाग्यो। तर पछि जब मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ, त्यसले मलाई मैले हिँडेको गलत मार्गको बारेमा केही बुझाइ प्रदान गर्‍यो। परमेश्‍वरका वचनहरूले भन्छन्: “ख्रीष्टविरोधीहरू सत्यताप्रति वितृष्ण हुन्छन्, तिनीहरू सत्यता बिलकुलै स्विकार्दैनन्—यसले प्रस्ट रूपमा एउटा तथ्यलाई देखाउँछ: ख्रीष्टविरोधीहरूले कहिल्यै पनि सत्यता सिद्धान्तहरूअनुसार काम गर्दैनन्, तिनीहरूले सत्यता कहिल्यै अभ्यास गर्दैनन्—यो ख्रीष्टविरोधीको सबैभन्दा स्पष्ट प्रकटीकरण हो। ख्याति र हैसियत, अनि आशिष र इनाम पाउनबाहेक, तिनीहरूले खोजी गर्ने अर्को कुरा देहको सहजता र हैसियतका लाभहरू मात्रै हुन्; यसले गर्दा, तिनीहरूले स्वाभाविक रूपमै बाधा र अवरोध निम्त्याउँछन्। यी तथ्यहरूले के देखाउँछन् भने तिनीहरूले खोजी गर्ने कुरा, तिनीहरूको व्यवहार र प्रकटीकरणहरूलाई परमेश्‍वरले प्रिय ठान्‍नुहुन्न। अनि यी कुरा अवश्य नै सत्यता खोजी गर्ने मानिसहरूका कार्य र व्यवहारहरू होइनन्। उदाहरणको लागि, कतिपय पावलजस्ता ख्रीष्टविरोधीहरूले कर्तव्य निभाउँदा तिनीहरूमा कष्ट भोग्‍ने अठोट हुन्छ, काम गर्दा तिनीहरू रातभरि बस्‍न र खाना नखाई बस्‍न सक्छन्, तिनीहरूले आफ्‍नो शरीरलाई अधीनमा राख्‍न, कुनै पनि रोग र असहजतालाई जित्‍न सक्छन्। अनि यो सब गर्नुको पछाडि तिनीहरूको उद्देश्य के हुन्छ? परमेश्‍वरको आज्ञा पूरा गर्दा तिनीहरूले आफूलाई पन्छाउन, आत्म-इन्कार गर्न सक्छन् भनेर सबैलाई देखाउनु हो; तिनीहरूको लागि कर्तव्य नै सबथोक हो भन्‍ने देखाउनु हो। तिनीहरूले अरूका अघि यो सब प्रदर्शन गर्छन्। वरिपरि मानिसहरू हुँदा, तिनीहरू विश्राम गर्नुपर्ने बेलामा विश्राम गर्दैनन्, जानीजानी काम गर्ने समय बढाउँछन्, सबेरै उठ्छन् र राती ढिलो सुत्छन्। तर ख्रीष्टविरोधीहरूले यसरी बिहानदेखि रातीसम्‍म मेहनत गर्दा तिनीहरूको कार्य कुशलता र प्रभावकारिता कस्तो हुन्छ? यी कुराहरू तिनीहरूको विचारभन्दा बाहिर हुन्छन्। तिनीहरूले यो सब अरूको अघि मात्रै गर्ने प्रयास गर्छन्, ताकि तिनीहरूले कष्ट भोगेको अरूले देख्‍न सकून्, र तिनीहरूले आफ्‍नो बारेमा नसोची कसरी परमेश्‍वरको लागि मेहनत गरिरहेका छन् भन्‍ने देख्‍न सकून्। जहाँसम्‍म तिनीहरूले निर्वाह गरेको कर्तव्य र तिनीहरूले गर्ने काम सत्यता सिद्धान्तहरूअनुसार भएका छन् कि छैनन् भन्‍ने कुरा छ, तिनीहरू यसबारेमा सोच्दै सोच्दैनन्। तिनीहरूले तिनीहरूको बाहिरी असल व्यवहार सबैले देखेका छन् कि छैनन्, सबैलाई यो कुरा थाहा छ कि छैन, सबैलाई यसले राम्रो प्रभाव पारेको छ कि छैन, र यो प्रभावले गर्दा तिनीहरूमा आदर र अनुमोदनको भाव पैदा हुन्छ कि हुँदैन, तिनीहरूको पिठ्यूँपछाडि यी मानिसहरूले तिनीहरूलाई स्याबास भन्छन् कि भन्दैनन् र ‘उसले साँच्‍चै कठिनाइ भोग्‍न सक्छ, उसको सहने क्षमता र असाधारण धैर्यता हाम्रो समझभन्दा बाहिर छ। यो त सत्यताको खोजी गर्ने, कष्ट भोग्‍न र ठूलो बोझ लिन सक्‍ने व्यक्ति हो, यो व्यक्ति मण्डलीको खम्‍बा हो’ भनेर प्रशंसा गर्छन् कि गर्दैनन् भन्‍ने मात्रै विचार गर्छन्। यो सुनेपछि, ख्रीष्टविरोधीहरू सन्तुष्ट हुन्छन्। तिनीहरूले हृदयमा यस्तो सोच्छन्, ‘मैले यसरी बहाना गरेँ, म कति बाठो छु, मैले यस्तो गर्न सकेँ म कति चलाख छु! सबैले बाहिरी कुरा मात्रै हेर्छन्, र तिनीहरूलाई यी असल व्यवहार मन पर्छ भन्‍ने मलाई थाहा थियो। मैले यस्तो व्यवहार गरेँ भने, यसबाट मानिसहरूको अनुमोदन प्राप्त हुन्छ, यसले गर्दा तिनीहरूले मलाई स्याबासी दिन्छन्, मलाई हृदयदेखि नै आदर गर्छन्, मलाई राम्रो नजरले हेर्छन्, र मलाई कसैले पनि कहिल्यै नीच ठान्दैनन् भन्‍ने मलाई थाहा थियो। अनि यदि कुनै दिन मैले वास्तविक काम गरेको छैन भन्‍ने कुरा माथि थाहा भयो र मलाई बरखास्त गरियो भने, मेरो पक्षमा खडा हुने, मेरो लागि रुने, र मलाई बस भन्‍ने, अनि मेरो पक्षमा बोल्ने मानिसहरू अवश्यै धेरै हुनेछन्।’ तिनीहरू आफ्नो झूटो व्यवहारप्रति मनमनै रमाउँछन्—अनि यसरी रमाउनुले ख्रीष्टविरोधीको प्रकृति सार पनि प्रकट गर्दैन र? अनि यसको सार के हो? (दुष्टता।) ठीक हो—यो दुष्टताको सार हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दस))। परमेश्‍वरका वचनहरूले ख्रीष्टविरोधीको सारलाई भयानक रूपमा दुष्ट भनेर खुलासा गरेका छन्। तिनीहरूले अरूलाई नियन्त्रण गर्ने र अरूको आदर पाउने आफ्नो उद्देश्य हासिल गर्नको लागि, देखावटी रूप धारण गर्न कुनै पनि युक्ति प्रयोग गर्छन्। उदाहरणको लागि, तिनीहरूले जानीजानी काम गर्ने समय लम्ब्याउँछन्, अनि राती अबेरसम्म बस्छन् र बिहान सबेरै उठ्छन् ताकि तिनीहरू परमेश्‍वरप्रति समर्पित भएजस्तो देखिऊन्। तिनीहरूले आफ्नो कर्तव्यमा बिहानदेखि बेलुकासम्‍म मेहनत गर्छन्, खान र सुत्‍न छुटाउँछन्, र शारीरिक आवश्यकताहरूलाई बेवास्ता गर्छन्, ताकि मानिसहरूले तिनीहरूलाई आदर गरून् र प्रिय ठानून्। अन्त्यमा, तिनीहरूले मानिसहरूलाई आफ्‍नो अघि ल्याउँछन्। परमेश्‍वरले त्यस्तो व्यवहारलाई घृणा र निन्दा गर्नुहुन्छ। आफूलाई परमेश्‍वरका वचनहरूसँग तुलना गर्दा मलाई निकै भयानक अनुभव भयो र निकै अप्ठ्यारो लाग्यो। मैले ख्रीष्टविरोधीले जस्तै व्यवहार गरिरहेकी थिएँ। म कठिनाइ सहन सक्छु, देहको ख्याल गर्दिनँ, र आफ्‍नो कामको बोझ लिन्छु भन्‍ने अरूले देखून्, र म असल अगुवा हुँ भनी तिनीहरूले मलाई आदर गरून् भनेर, म काम, विश्राम, र खानाको समयमा ठूलो कष्ट सहँदै नाटक गर्थेँ। विश्राम लिने बेलामा विश्राम लिँदिनथेँ, र मेरो कर्तव्यको लागि आवश्यक नहुँदा पनि म जानीजानी राती अबेरसम्‍म बस्थेँ। मेरो स्वास्थ्यमा केही समस्या आउँदासमेत मैले त्यसै गरिरहेँ। अरूले मलाई म देहको धेरै वास्ता गर्छु भनेर सोच्छन्, अनि मलाई नराम्रो नजरले हेर्छन् भन्‍ने डरले, म आफूलाई चाहिने पुरक पोषकहरू किन्दिनथेँ। सबैले देख्‍ने गरी राम्रो व्यवहार गरेर, कष्ट भोगेर अनि मूल्य चुकाएर मैले कुटिल तरिकाले आफैलाई स्थापित गरिरहेकी थिएँ, र यसरी मैले अरूलाई म सत्यताको खोजी गर्छु, म आफ्‍नो कर्तव्यमा लगनशील र समर्पित छु, र म असल अगुवा हुँ भनेर सोच्ने र मलाई आदर गर्ने पारिरहेकी थिएँ। मेरा प्रयास र खर्चाइहरू झूट र छलले पूरै कलङ्कित थिए। यो सबै म आफैलाई राम्रो देखाउन र अरूलाई झूटो छविले भ्रममा पार्नलाई थियो। म ख्रीष्टविरोधीको मार्गमा थिएँ। म यही काम गरिरहन चाहन्‍नथेँ, त्यसकारण मैले प्रार्थना गरेँ, र परमेश्‍वरसामु पश्‍चात्ताप गर्न र आफ्नो गलत स्थिति सुधार्न तयार भएँ।

पछि, मैले किन म कठिनाइ भोगेको बहाना गर्नमा त्यति धेरै ध्यान लगाँथेँ भनेर मनन गरिरहेकी थिएँ। अनि महसुस भयो, मैले त गलत दृष्टिकोण बोकेकी रहेछु। म सधैँ कष्ट भोग्‍न र मूल्य चुकाउन सक्‍नु र सबैले देख्‍ने गरी असल काम गर्नु भनेको सत्यताको अभ्यास गर्नु र परमेश्‍वरलाई सन्तुष्ट तुल्याउनु हो र परमेश्‍वरले यसलाई अनुमोदन गर्नुहुन्छ भन्‍ने सोच्थेँ। तर परमेश्‍वरका वचनहरूको खुलासामार्फत मैले यस प्रकारको दृष्टिकोण कदापि उचित होइन भन्‍ने थाहा पाएँ। परमेश्‍वरका वचनहरूले भन्छन्: “मानिसहरूका सतही असल कार्यहरूले केलाई प्रतिनिधित्व गर्छन्? तिनीहरूले देहको प्रतिनिधित्व गर्छन्, र बाह्य अभ्यासहरूमध्ये सर्वोत्तम अभ्यासले पनि जीवनको प्रतिनिधित्व गर्दैन; तिनीहरूले तेरो व्यक्तिगत मनोवृत्तिलाई मात्रै दर्शाउँछ। मानवजातिको बाह्य अभ्यासहरूले परमेश्‍वरका अभिप्रायहरूलाई पूरा गर्न सक्दैनन्। … यदि तेरा कार्यहरू केवल देखावटी रूपमा मात्र विद्यमान रहन्छन् भने यसको मतलब तँ चरम रूपमा बेकामे छस् भन्‍ने हुन्छ। ती कस्ता आचरणका मानिसहरू हुन् जो केवल सतही असल कार्य गर्दछन् र वास्तविकता विहीन रहन्छन्? त्यस्ता मानिसहरू केवल पाखण्डी फरिसीहरू र धार्मिक व्यक्तित्वहरू मात्रै हुन्। यदि तिमीहरूले बाह्य अभ्यासलाई त्याग्दैनौ र परिवर्तन गर्न सक्दैनौ भने तिमीहरूभित्र भएको पाखण्डीपन झन्-झन् मौलाउनेछ। तिमीहरूभित्र पाखण्डीपनका तत्वहरू जति धेरै ठूलो भयो, परमेश्‍वर विरुद्धको प्रतिरोध पनि त्यति नै धेरै हुन्छ। अन्त्यमा, त्यस्ता मानिसहरूलाई हटाइनेछ!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासमा, व्यक्तिले वास्तविकतालाई जोड दिनुपर्छ—धार्मिक विधिविधानमा संलग्‍न हुनु विश्‍वास होइन)। “अहिले, कतिपय मानिसहरू झिसमिसदेखि गोधूलिसम्म काम गर्छन्, र आफ्नो कर्तव्य निर्वाह गर्दा खान वा सुत्न नै बिर्सन्छन्, तिनीहरू देहलाई काबुमा राख्‍न, शारीरिक कठिनाइविरुद्ध विद्रोह गर्न, र बिरामी हुँदासमेत काम गर्न सक्छन्। तर तिनीहरूमा यी सन्तोषजनक गुणहरू भए पनि, अनि तिनीहरू असल र सही मानिसहरू भए पनि, तिनीहरूको हृदयमा अझै पनि तिनीहरूले पन्छाउनै नसक्ने कुराहरू ख्याति, प्राप्ति, हैसियत र घमण्ड हुन्छन्। यदि तिनीहरू यी कुराहरूलाई कहिल्यै पन्छाउँदैनन् भने, के तिनीहरू सत्यता पछ्याउने मानिसहरू हुन् त? उत्तर आफैमा स्पष्ट छ। परमेश्‍वरमा विश्‍वास गर्नुको सबैभन्दा गाह्रो पक्ष भनेको स्वभाव परिवर्तन गर्नु हो। सायद तँ जीवनभरि अविवाहित रहन सक्छस्, वा तैँले कहिल्यै पनि मिठो नखान वा राम्रो नलाउन सक्छस्; कतिपय मानिसहरू त यसोसमेत भन्छन्, ‘जीवनभरि दुःख पाए पनि, वा जीवनभरि एक्लै भए पनि, म त्यो सहन सक्छु—परमेश्‍वर मेरो साथमा हुनुभएकोले, यी कुरा केही पनि होइनन्।’ यस प्रकारको शारीरिक पीडा र कठिनाइलाई छिचोल्न र समाधान गर्न सजिलो छ। केलाई चाहिँ छिचोल्न सजिलो छैन? मान्छेको भ्रष्ट स्वभावलाई। भ्रष्ट स्वभावहरू आत्मसंयमद्वारा मात्र हटाउन सकिँदैन। मानिसहरूले आफ्‍नो कर्तव्य उचित रूपमा निर्वाह गर्न, परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न, र भविष्यमा राज्यमा प्रवेश गर्नको लागि शारीरिक कष्ट सहन सक्छन्—तर के कष्ट भोग्‍न र मूल्य चुकाउन सक्‍नुको अर्थ तिनीहरूको स्वभाव परिवर्तन भएको छ भन्‍ने हो त? होइन। व्यक्तिको स्वभाव परिवर्तन भएको छ कि छैन भनेर मापन गर्न उसले कति कष्ट सहन सक्छ, वा उसले बाहिरी रूपमा कति असल व्यवहार देखाउँछ भनेर नहेर्। व्यक्तिको स्वभाव परिवर्तन भएको छ कि छैन भनी सही रूपमा मापन गर्ने एकमात्र तरिका भनेको तिनीहरूका कार्यहरूको उद्देश्य, मनसाय, र अभिप्राय, तिनीहरूले व्यवहार गर्ने र मामिलाहरू सम्हाल्ने सिद्धान्तहरू, अनि सत्यताप्रतिको तिनीहरूको मनोवृत्तिलाई हेर्नु हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। असल व्यवहार गर्‍यो भन्दैमा व्यक्तिको स्वभाव परिवर्तन भएको छ भन्‍ने हुँदैन)। परमेश्‍वर वचनहरूबाट मैले कष्ट भोग्‍न र मूल्य चुकाउन सक्‍नु भनेको परमेश्‍वरको अनुमोदन नै हो भन्‍ने हुँदैन भन्‍ने कुरा बुझेँ। अनुग्रहको युगमा, पावल सबैले देख्‍ने गरी कष्ट भोग्‍न सक्षम थिए। तिनले सुसमाचार प्रचार गरे, र जेल पर्दा प्रभुलाई धोका दिएनन्। तिनको व्यवहार साँच्‍चै नै आदरयोग्य देखिन्थ्यो। तर तिनका सबै कष्टभोग र खर्चाइ परमेश्‍वरसँग कारोबार गर्नका लागि थिए। तिनले आफ्‍नो कष्टलाई मुकुट र परमेश्‍वरको राज्यको आशिष्‌सँग साट्न चाहन्थे। तिनले असल कार्य त गरेका थिए, तर तिनमा स्वभावगत परिवर्तन आइसकेको थिएन। बरु, यी देखावटी असल कार्यहरूको कारण, तिनले झन्झन् आफ्नो प्रदर्शन गरे, र आफ्नै गवाही दिए र तिनी झन्झन् अहङ्कारी हुँदै गए। तिनले जिउनु नै ख्रीष्‍ट हो भनेरसमेत गवाही दिए, र अन्त्यमा परमेश्‍वरले तिनलाई दोषी ठहराएर दण्ड दिनुभयो। आत्मचिन्तन गर्दा थाहा भयो, म आफ्नो वास्तविक रूप लुकाउन र मानिसहरूलाई मेरो आदर गराउन सधैँ राम्रो व्यवहार देखाउनेबारेमा मात्रै सोचिरहन्थेँ, तर म सत्यता अभ्यास गर्न वा मेरो भ्रष्ट स्वभाव समाधान गर्नमा ध्यान दिँदिनथेँ। फलस्वरूप, म झन्झन् ढोँगी हुँदै गएँ र मेरो जीवन स्वभाव कहीकतै परिवर्तन भएन। यदि म त्यसरी नै अघि बढिरहेकी भए, मैले अवश्य नै अलिकति पनि सत्यता प्राप्त गर्ने थिइनँ। मलाई अन्त्यमा पावललाई जस्तै हटाइने थियो! यसबारेमा मनन गरेपछि, मलाई खोजीसम्बन्धी मेरो गलत दृष्टिकोण तुरुन्तै परिवर्तन गर्न मन लाग्यो।

पछि, मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “परमेश्‍वरले मानिसलाई शरीर दिनुभएको छ, र निश्‍चित हदसम्‍म, यसका अङ्गहरू स्वस्थ रहनेछन्; तैपनि, यी हदहरूभन्दा बाहिर गएमा वा निश्‍चित नियमहरू तोडेमा भने, परिस्थितिहरू आइपर्नेछन्—र मानिसहरू बिरामी पर्नेछन्। मानिसको लागि परमेश्‍वरले तय गर्नुभएका नियमहरूको अवहेलना नगर्। यसो गर्छस् भने, यसको अर्थ तैँले परमेश्‍वरलाई आदर गर्दैनस्, र तँ मूर्ख र अज्ञानी छस् भन्‍ने हुन्छ। यदि तँ यी नियमहरूको अवहेलना गर्छस् भने—यदि तँ ‘गलत मार्गमा लाग्छस्’ भने—परमेश्‍वरले तँलाई रक्षा गर्नुहुनेछैन, परमेश्‍वरले तेरो लागि जिम्‍मेवारी उठाउनुहुनेछैन; परमेश्‍वरले त्यस्तो व्यवहार घृणा गर्नुहुन्छ। … आफ्‍नो कर्तव्य निभाउने क्रममा, काम र विश्रामबीच सामान्य सन्तुलन कायम गर्नु राम्रो हुन्छ। जब तेरो कर्तव्यमा व्यस्तता आउँछ, तब तेरो देहले थोरै कष्ट सहनुपर्छ, तैँले आफ्‍ना शारीरिक आवश्यकताहरूलाई पन्छाउनुपर्छ, तर यो कार्य धेरै समयसम्‍म जारी रहनु हुँदैन; यदि यस्तो भइरह्यो भने, तँ सहजै थकित हुन सक्छस्, र यसले तेरो कर्तव्यपालनको प्रभावकारितामा असर पार्न सक्छ। यस्तो बेला तैँले आराम गर्नैपर्छ। विश्राम गर्नुको उद्देश्य के हो? यो आफ्‍नो शरीरको हेरचाह गर्नु हो ताकि तैँले आफ्‍नो कर्तव्य अझै राम्ररी पूरा गर्न सक्। तर यदि तँ शारीरिक रूपमा थकित छैनस् र आफ्नो कर्तव्यमा व्यस्तता भए नि नभए नि सधैँ सुस्त हुने मौका खोज्छस् भने, तँमा कुनै भक्ति छैन। भक्ति गर्ने, र परमेश्‍वरले तँलाई सुम्पनुभएको कर्तव्य राम्रोसित पूरा गर्नेबाहेक, अन्य कुराबाट तैँले आफ्‍नो शरीरलाई थकित तुल्याउनु हुँदैन। तैँले यो सिद्धान्त बुझ्‍नैपर्छ। तेरो कर्तव्यमा व्यस्तता नभएको बेला, समय मिलाएर विश्राम ली। बिहान उठेपछि, आत्मिक भक्तिको अभ्यास गर्, प्रार्थना गर्, परमेश्‍वरका वचनहरू पढ्, र मिलेर परमेश्‍वरका वचनहरूको सत्यता सम्बन्धमा सङ्गति गर् वा सामान्य तवरमा भजनहरू सिक्; व्यस्त हुँदा, आफ्‍नो कर्तव्य पूरा गर्न ध्यान दे, परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव गर्, र आफ्नो जीवनमा परमेश्‍वरका वचनहरू समाहित गर्; यसले गर्दा सत्यता सिद्धान्तहरूअनुसार आफ्‍नो कर्तव्य पूरा गर्न तँलाई सहज हुनेछ। यसरी मात्रै तैँले साँचो रूपमा परमेश्‍वरको वचन अनुभव गर्नेछस्। यिनीहरू तैँले समायोजन गर्नुपर्ने कुराहरू हुन्(परमेश्‍वरको सङ्गति)। परमेश्‍वरका वचनहरू पढेपछि मैले धेरै ज्योति पाएँ। परमेश्‍वरले हामीलाई उहाँले पूर्वनिधारित गर्नुभएका नियमहरूअनुसार जिउन, काम गर्न र उचित रूपमा आराम गर्न, र यही जगमा रही आफ्‍नो कर्तव्य निर्वाह गर्न लगाउनुहुन्छ। जब हाम्रो कामको लागि हामीले केही कष्ट भोग्‍नुपर्ने र मूल्य चुकाउनेपर्ने हुन्छ, तब हामीले देहलाई परित्याग गर्नुपर्छ, र त्यो काम पूरा गर्न सक्दो गर्नुपर्छ। जब हाम्रो कामको लागि राती अबेरसम्‍म बस्‍नु आवश्यक हुँदैन, तब हामीले उचित रूपमा काम गर्दै आराम गर्नुपर्छ र उत्तम मानसिक स्थिति कायम राख्‍नुपर्छ। यसरी, हामी हाम्रो कर्तव्यमा प्रभावकारी हुन सक्छौँ। मलाई बाइबलको यो पद याद आयो: “तैँले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सम्पूर्ण हृदयले, आफ्नो सम्पूर्ण प्राणले, आफ्नो सम्पूर्ण मानले प्रेम गर्नू। यो पहिलो र महान्‌ आज्ञा हो(मत्ती २२:३७-३८)। हाम्रो कर्तव्यमा हामीले उहाँको इच्‍छालाई ध्यान दिएको, साँचो रूपमा बोझ लिएको, र पूर्ण हृदयले आफ्‍नो कर्तव्य पूरा गरेको परमेश्‍वर चाहनुहुन्छ। यसबाट परमेश्‍वरको अनुमोदन प्राप्त हुन्छ। परमेश्‍वरले हामीलाई औल्याउनुभएका यी मार्गहरूबारे विचार गर्दा, म साँच्‍चै कति मूर्ख रहेछु भन्‍ने मलाई थाहा भयो। परमेश्‍वरका वचनहरू अत्यन्तै स्पष्ट छन्, तर मैले तिनलाई कहिल्यै अभ्यास गरिनँ। मैले सधैँ आफ्‍नै धारणा र कल्‍पनाहरूको आधारमा व्यवहार गर्दै कैयौँ व्यर्थका कष्ट भोग्दै आइरहेकी थिएँ। त्यसपछि महसुस गरेँ कि मैले देखावटी असल कार्य गर्नमा ध्यान दिइरहनु हुँदैन, बरु परमेश्‍वरको सूक्ष्म जाँच स्विकार्नुपर्छ, मानिसहरूले के सोच्छन् भनेर ध्यान नदिई सबै कुरा परमेश्‍वरसामु गर्नुपर्छ र मेहनतसाथ आफ्नो कर्तव्य निभााउनुपर्छ। मैले गर्नुपर्ने काम त्यही हो।

त्यसपछि, मैले म कसरी गलत बाटोमा हिँडे र मेरा दृष्टिकोण गलत भए भनेर भेलाहरूमा विश्‍लेषण गरेँ, ताकि ब्रदर-सिस्टरहरूले समझशक्ति विकास गर्न सकून्। सामान्यतया म परमेश्‍वरका वचनहरू अभ्यास गर्ने कार्यमा ध्यान दिन्थेँ, र आफ्नो काममा कसरी बोझ उठाउन सक्छु र कसरी सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य निर्वाह गर्न सक्छु भनेर मन लगाउँथेँ, र त्यसपछिदेखि मैले अरूको प्रशंसा पाउन सधैँ देखावटी कष्ट उठाउनमा ध्यान दिइनँ। समय बित्दै जाँदा, अरू मानिसहरूले मलाई कसरी हेर्छन् भन्‍नेबारेमा चिन्ता गर्न छोडेँ, र अरूको अगाडि नाटक गर्ने कुरा सोच्‍न छोडेँ। मलाई निकै मुक्त भएको महसुस भयो। परमेश्‍वरका वचनहरू मात्रै हाम्रो व्यवहार र कार्यको लागि दिशा र मानक हुन्छन्, र परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्दा निकै राहत र ढुक्‍क लाग्छ भनेर मैले अनुभावबाट सिकेँ। सधैँ बहाना गर्नु जरुरी छैन। यसरी जिउनु त्यति थकाइलाग्दो वा पीडादायी हुँदैन। परमेश्‍वर धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मैले आफ्‍नो स्थान भेट्टाएँ

रोजाली, दक्षिण कोरियापरमेश्‍वरमा विश्‍वास गरेपछि, मैले उत्साहको साथ खोजी गरेँ। मण्डलीले मेरो लागि जे कर्तव्य बन्दोबस्त गरे पनि, मैले पालना...

इमानदार व्यक्ति हुनलाई लडाइँ

वेइ झोङ्ग, चीनकेही वर्षहरू अघि मैले एउटा उपकरण मर्मत पसल खोलेँ। म इमानदार व्यवसाय चलाउन चाहन्थेँ, र अलिकति पैसा कमाउन चाहन्थेँ ताकि मेरो...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्