सङ्गति भन्‍ने कुरा मन खोलेर गरिएको हुनुपर्छ

7 जुन 2025

सन् २०२१ को सुरुमा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। मैले सक्रिय भएर भेलाहरूमा सहभागिता जनाउन र परमेश्‍वरको वचन पढ्न थालेँ, र दुई महिना बितेपछि, मैले मलजल गर्ने डिकनको रूपमा काम गर्न थालेँ। त्यो बेला, हामीले आफ्‍नो कर्तव्यमा सामना गरेका समस्या र कठिनाइहरूका बारेमा छलफल गर्न र हामीले के सिकेका छौँ, हामीले कस्तो भ्रष्टता प्रकट गर्‍यौँ, र परमेश्‍वरको वचनद्वारा हामीले कसरी मनन गरेर त्यसलाई बुझ्यौँ भनेर सङ्गति गर्न हरेक सप्ताहन्तमा डिकन बैठक गर्थ्यौँ। हरेक बैठकभन्दा पहिले, म निकै नर्भस हुन्थेँ र लामो समयसम्‍म सोचविचार गर्थेँ, किनभने तिनीहरूलाई के भन्‍ने मलाई थाहा हुँदैनथियो। मलाई आफ्‍नो भ्रष्टता र कमीकमजोरीहरूका बारेमा बोल्‍नुपर्छ भन्‍ने बारेमा चिन्ता लाग्थ्यो, किनभने अरूले मलाई नराम्रो सोच्छन् भन्‍ने डर लाग्थ्यो। उदाहरणको लागि: मैले नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने काम भर्खरै सुरु गरेकी थिएँ। मलाई धेरै कुरा थाहा थिएन, र ममा अनुभवको कमी थियो। मलाई नयाँ विश्‍वासीहरूले मन पराउँदैनन् र म तिनीहरूलाई राम्ररी मलजल गर्न सक्दिन भन्‍ने सोच्‍नेछन् भन्‍ने चिन्ता लाग्थ्यो, त्यसकारण मलाई यो कर्तव्य पूरा गर्न मन लाग्‍न छोडेको थियो। तर मलाई डिकन बैठकमा मेरो स्थितिको बारेमा मन खोलेर बताउन मन लाग्दैनथियो, किनभने मैले यस्तो कुरा गरेँ भने, तिनीहरूले ममा अरूसँग सङ्गति गर्ने क्षमता छैन भनेर सोच्नेछन् भन्‍ने मलाई चिन्ता लागेको थियो। यसको साथै, म कतिपय नयाँ विश्‍वासीहरूप्रति धैर्य हुन सकेकी थिइनँ, र मलाई यो कुरा भन्‍ने चाहना थिएन, किनभने मैले तिनीहरूलाई यो कुरा बताएँ भने, तिनीहरूले ममा खराब मानवता छ भन्‍ने सोच्छन् भन्‍ने मलाई चिन्ता लागेको थियो। तर मलाई चिन्ता पनि लाग्थ्यो, किनभने मैले बैठकमा केही पनि भनिनँ भने, तिनीहरूले अवश्य नै मलाई म अरू जतिको सक्षम छैन भनेर सोच्‍नेथिए। म आफूलाई लाजमा पार्न वा तिनीहरूबाट हेपिन चाहँदिनथिएँ। यसको बारेमा विचार गरेपछि, मैले बल्‍ल अनुचित केही कुरा बताउने तर धेरै लाजमर्दो कुरा नभन्‍ने निर्णय गर्थेँ, जस्तै म अल्छी छु भन्‍ने, जुन धेरैजसो मानिसहरूमा हुने समस्या हो। त्यसरी, म अरूभन्दा कम क्षमताकी देखिनेथिइनँ।

त्यसकारण, बैठकमा, अगुवाले मलाई यस अवधिमा मैले प्राप्त गरेका अनुभवहरूका बारेमा, र मेरा भ्रष्ट स्वभावहरूबाट मैले के ज्ञान प्राप्त गरेँ भनेर बताउन अनुरोध गरे, र मैले आफ्‍नो योजना अनुसार नै सङ्गति गरेँ। मेरो कुरा सकिएपछि, मैले राहतको सास फेरेँ, तर मलाई अप्ठ्यारो लाग्यो, र मेरो विवेकले मलाई दोष दियो। मैले सत्य कुरा बताएकी छैनँ, र मैले परमेश्‍वरको इच्‍छा विपरीत काम गरेकी छु भन्‍ने मलाई थाहा थियो। मलाई प्रभु येशूका यी वचनहरू याद आयो, “तिमीहरूको बोली-वचन होलाई, हो; होइनलाई, होइन भन्‍ने होस्: किनकि यीभन्दा बढी जे छ त्यो दुष्टबाट आउँछ(मत्ती ५:३७)। “साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरू परिवर्तन भएर साना बालबालिकाहरूजस्तै भएनौ भने, तिमीहरू स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ(मत्ती १८:३)। यी वचनहरूको बारेमा सोच्दा, मलाई निकै ग्‍लानि भयो। झूट शैतानबाट आउँछ, र त्यो दुष्टता हो। परमेश्‍वरले इमानदार मानिसहरू मन पराउनुहुन्छ, र इमानदार मानिसहरू मात्रै स्वर्गको राज्यमा प्रवेश गर्न सक्छन्। ढँटुवा र ढोङ्गीहरू परमेश्‍वरको राज्यमा प्रवेश गर्न सक्दैनन्। त्यस्ता मानिसहरूलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ, र अन्त्यमा परमेश्‍वरले तिनीहरूलाई अवश्य नै हटाउनुहुनेछ। यो महसुस गरेपछि, मलाई निकै बेचैन भयो, र मलाई परमेश्‍वरले इन्कार गर्नुहुन्छ भन्‍ने डर भयो। मैले परमेश्‍वरसँग प्रार्थना गरेँ र मलाई इमानदार व्यक्ति बन्‍न अगुवाइ गर्नुहोस् भनेर अनुरोध गरेँ। मैले अर्को बैठकमा साँचो कुरा बताउने र मेरो भ्रष्टताको बारेमा मन खोलेर कुरा गर्ने निर्णय गरेँ। तर समय आएपछि, मसँग यो कुरा बताउने साहस थिएन। यदि मैले मेरो भ्रष्टता र कमीकमजोरीहरूका बारेमा बताएँ भने, मेरा ब्रदर-सिस्टरहरूले मलाई म तिनीहरूभन्दा बढी भ्रष्ट छु भन्‍ने सोच्छन् भन्‍ने मलाई डर भयो। तिनीहरूलाई सत्यता बताउन निकै गाह्रो लाग्यो। यो कुरा सोच्दा, मलाई डिकन बैठकहरूमा सहभागिता जनाउन मन लागेन। तर मेरा ब्रदर-सिस्टरहरूले मलाई म किन आइन भनेर सोच्छन्, र के भन्‍ने मलाई थाहा हुँदैन भन्‍ने चिन्ता लागेको थियो। मैले यसको बारेमा जति विचार गरेँ, मलाई त्यति नै दोधार भयो र हैरान लाग्यो। के गर्ने मलाई थाहा थिएन। एउटा भेलामा, ब्रदर-सिस्टरहरूले सधैँ झैँ आफ्‍ना अनुभव र ज्ञानको बारेमा सङ्गति गरे, र के भन्‍ने थाहा नभएकोले, मैले ध्यान दिएर मात्रै सुनिरहेँ। मलाई आफैप्रति खिन्‍न लागेको थियो, म सधैँ आफ्‍नो वास्तविक रूप लुकाउँथेँ र बारम्‍बार सत्यताको अभ्यास गर्न असफल हुन्थेँ। म इमानदार शब्द समेत बोल्‍न सक्दिनथिएँ। म निकै व्याकुल भएँ, त्यसकारण मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र मलाई यो परिस्थितिबाट मुक्त गर्न अगुवाइ गर्नुहोस् भनी उहाँलाई अनुरोध गरेँ।

पछि, मैले परमेश्‍वरको वचनको यो खण्ड पढेँ, “समस्या जे भए पनि, उत्पन्‍न हुने कुनै पनि समस्याको समाधान गर्नका लागि तैँले सत्यताको खोजी गर्नुपर्छ, अनि कुनै पनि प्रकारले आफैलाई फरक रूपमा देखाउने वा अरूको अगाडि झूटो अनुहार धारण गर्ने गर्नु हुँदैन। तेरा दोषहरू, तेरा कमीहरू, तेरा गल्तीहरू, तेरो भ्रष्ट स्वभाव—ती सबैका बारेमा पूर्ण रूपमा खुला बन्, र ती सबैका विषयमा सङ्गति गर्। ती कुरालाई भित्र लुकाएर नराख्। आफैलाई कसरी खुलस्त बनाउनुपर्छ सो सिक्नु नै जीवन प्रवेश गर्नेतर्फको पहिलो कदम हो, र यो पहिलो बाधा हो, जसमाथि विजय पाउन सबैभन्दा गाह्रो हुन्छ। तैँले यसमाथि विजय पाएपछि, सत्यतामा प्रवेश गर्न सजिलो हुन्छ। यो कदम उठाउनुले के कुराको सङ्केत गर्छ? यसको अर्थ, तैँले आफ्नो हृदय खोल्दैछस् र तेरा राम्रा वा नराम्रा, सकारात्मक वा नकारात्मक, सबै कुरा देखाउँदैछस्, अरू मानिस र परमेश्‍वरले देख्ने गरी आफैलाई उदाङ्गो पार्दैछस्; परमेश्‍वरबाट केही लुकाएको छैनस्, केही गोप्य कुरा राखेको छैनस्, कुनै कुरालाई ढाकेर राखेको छैनस्, छल र चालबाजीबाट मुक्त छस्, र यस्तै गरी अरू मानिसहरूसँग खुला र इमानदार हुँदैछस्। यस प्रकारले, तँ ज्योतिमा जिउँछस्, र परमेश्‍वरले मात्र तँलाई छानबिन गर्नुहुन्‍न, तर अरू मानिसहरूले तँ सिद्धान्त र केही हदसम्म पारदर्शितासहित काम गर्दछस् भन्‍ने कुरा पनि देख्न सक्नेछन्। तैँले कुनै तरिका प्रयोग गरी आफ्‍नै प्रतिष्ठा, छवि, र हैसियत जोगाउनु आवश्यक पर्दैन, न त आफ्ना गल्तीहरूलाई ढाकछोप गर्नु वा छद्म रूप दिनु नै आवश्यक पर्छ। तैँले यी व्यर्थका प्रयासहरूमा संलग्‍न हुनु आवश्यक छैन। यदि तैँले यी कुराहरूलाई छोड्न सक्छस् भने, तँ तनावरहित हुनेछस्, बन्धन र पीडारहित भई बाँच्नेछस्, र पूर्ण रूपमा ज्योतिमा रहेर जिउनेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरको वचनबाट मैले के बुझेँ भने हामीले हाम्रा भ्रष्ट स्थितिहरूका बारेमा कहिल्यै पनि ढाक-छोप गर्नु हुँदैन। हामीले ती कुरालाई परमेश्‍वरको अघि ल्याएर प्रार्थना गर्नुपर्छ, मनन गर्नुपर्छ, र बुझ्‍ने प्रयास गर्नुपर्छ, साथै सत्यताको खोजी गर्नको लागि हाम्रो हृदय खोलेर ब्रदर-सिस्टरहरूको अगाडि हाम्रो भ्रष्टता खुलासा गर्नुपर्छ। यसले हामीलाई आफ्‍नो बारेमा अझै राम्ररी बुझ्‍न र हाम्रा भ्रष्ट स्वभावहरूलाई समाधान गर्न सहायता गर्नेछ। तर, आफ्‍नो इज्‍जत र हैसियतलाई कायम राख्‍न, म आफ्‍नो भ्रष्टता र कठिनाइहरूका बारेमा मन खोलेर बताउन अनिच्छुक भएँ, अनि मैले मेरा ब्रदर-सिस्टरहरूसँग सत्यता पनि खोज्‍न चाहिनँ। म सधैँ मेरो हृदयलाई बन्द गरेर राख्थेँ ताकि कसैले पनि मेरो वास्तविकतालाई देख्‍न नसकून्, र अन्धकारमा जिउँदा मलाई कुनै स्वतन्त्रताको अनुभूति भएन। मलाई म अब यसरी जिउनु हुँदैन, र मैले परमेश्‍वरको वचन अनुसार अभ्यास गर्नुपर्छ, मेरो स्थितिको बारेमा मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई खुलेर बताउनुपर्छ, अनि तिनीहरूको सहयोग खोज्नुपर्छ भन्‍ने महसुस भयो। बैठक समाप्त हुने बित्तिकै, एक जना सिस्टर आफ्‍नो हालैको अनुभव बताउन मकहाँ आइन्। मलाई यो उनलाई मन खोलेर बताउने मौका हो भन्‍ने लाग्यो, तर मलाई अझै पनि अलिक लाज लागेको थियो, किनभने उनले मलाई के सोच्‍नेछिन् मलाई थाहा थिएन। उनले मलाई अत्यन्तै बेइमान व्यक्ति भनेर भन्‍नेछिन् भन्‍ने मलाई चिन्ता लाग्यो। त्यसकारण, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म अबदेखि आफूलाई ढाकछोप गर्न चाहन्‍नँ। म अबदेखि मेरो साँचो विचार लुकाउन चाहन्‍नँ। म धेरै थाकेँ। हे परमेश्‍वर, म इमानदार व्यक्ति बन्‍न चाहन्छु, बिन्ती छ मलाई अगुवाइ गर्नुहोस्।” प्रार्थना गरिसकेपछि, मैले बैठकमा खुलेर बताउन नसकेका सबै कुराहरू मेरी सिस्टरलाई बताएँ। बोलिसकेपछि, मलाई निकै ढुक्‍क भयो। सिस्टरले मलाई आफूले बुझेको कुरा बताइन्, र मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड पठाइन्। “छली व्यक्तिको मुख्य विशेषता के हो भने, उसले कहिल्यै कसैसित सङ्गति गर्न पनि आफ्‍नो हृदय खोल्दैन, र आफ्‍नो सबैभन्दा नजिकको मित्रलाई समेत उसले आफ्‍नो हृदयको कुरा खोल्दैन। यस्ता व्यक्तिहरू असाधारण रूपमा रहस्यमय हुन्छन्। खासमा, यस्ता व्यक्तिहरू वृद्ध नै हुन्छन्, वा तिनीहरूले धेरै संसार देखेका हुन्छन् भन्‍ने हुँदैन, र तिनीहरूसँग अनुभवसमेत थोरै मात्रै हुन सक्छ, तैपनि तिनीहरू अत्यन्तै रहस्यमयी हुन्छन्। तिनीहरू उमेरको हिसाबले निकै धूर्त हुन्छन्। के यस्ता व्यक्तिहरू प्रकृतिले नै छली हुँदैनन् र? तिनीहरूले आफूलाई यति गहन रूपमा लुकाएका हुन्छन् कि कसैले तिनीहरूको वास्तविकता देख्‍न सक्दैन। तिनीहरूले जति नै धेरै शब्‍दहरू बोले पनि, कुन साँचो र कुन झूटो हो भन्‍नु गाह्रो हुन्छ, र तिनीहरूले कुन बेला साँचो र कुन बेला झूट बोलिरहेका छन् भनी कसैलाई थाहा हुँदैन। यसको साथै, तिनीहरू वास्तविक रूप लुकाउन र मिथ्या बोध गराउन निकै सिपालु हुन्छन्। तिनीहरूले मानिसहरूलाई भ्रममा पारेर सत्यता लुकाउने गर्छन्, जसले गर्दा मानिसहरूले तिनीहरूको झूटो रूप मात्र देख्छन्। तिनीहरूले आफैलाई उच्‍च, असल, चरित्रवान्, र निष्कपट मानिसहरूको रूपमा, र सबैले मन पराउने र अनुमोदन गर्ने मानिसहरूको रूपमा देखाउँछन्, र अन्त्यमा, सबैले तिनीहरूलाई आराधना र सम्‍मान गर्छन्। त्यस्तो व्यक्तिसँग तैँले जति लामो समय बिताए पनि, उसले के विचार गरिरहेको छ भन्‍ने कुरा तँलाई कहिल्यै थाहा हुँदैन। सबै प्रकारका मानिस, घटना, र वस्तुहरूप्रतिको तिनीहरूको दृष्टिकोण र मनोवृत्तिहरू तिनीहरूको हृदयभित्र लुकेका हुन्छन्। तिनीहरूले कहिल्यै कसैलाई यी कुराहरू बताउँदैनन्। तिनीहरूले आफ्‍नो घनिष्ठ विश्‍वासपात्रसँग समेत यी कुराहरूबारे कहिल्यै सङ्गति गर्दैनन्। परमेश्‍वरलाई प्रार्थना गर्दासमेत, तिनीहरूले आफ्‍नो हृदयको कुरा वा तीबारेको सत्यता व्यक्त नगर्न सक्छन्। यति मात्र होइन, तिनीहरूले आफूलाई असल मानवता भएको व्यक्ति, अत्यन्तै आत्मिक र सत्यताको खोजीमा समर्पित भएको व्यक्तिको रूपमा प्रस्तुत गर्छन्। तिनीहरूमा कस्तो स्वभाव छ र तिनीहरू कस्तो व्यक्ति हुन् भनेर कसैले पनि बुझ्न सक्दैन(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु पन्ध्र: तिनीहरूले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्, र तिनीहरूले ख्रीष्टको सारलाई इन्कार गर्छन् (भाग एक))। परमेश्‍वरको वचनबाट, मैले के बुझेँ भने छली मानिसहरूले अरूसँग मनदेखि बोल्दैनन्, न त तिनीहरूले आफ्‍नो वास्तविक स्थितिको बारेमा अरूसँग खुलेर कुरा गर्छन्। बरु, तिनीहरूले प्रायजसो आफूलाई लुकाउने र देखावटी रूप धारण गर्ने गर्छन्। म त परमेश्‍वरले प्रकट गर्नुभएको जस्तै छु भन्‍ने मलाई थाहा भयो। मलजल गर्ने डिकन भएपछि, मैले ममा धेरै कमीकमजोरीहरू छन्, र ममा धेरै भ्रष्ट स्वभावहरू पनि प्रकट हुन्छन्, र नयाँ विश्‍वासीहरूप्रति ममा कुनै प्रेम र धैर्यता छैन भन्‍ने थाहा पाएँ। मैले आफ्‍नो हृदय खोलेर मेरा ब्रदर-सिस्टरहरूसँग यी समस्याहरूको समाधान खोज्‍नु पर्नेथियो। तर मैले साँचो कुरा बताएँ भने, तिनीहरूले मलाई हेप्‍नेछन् र मलाई नीच ठान्‍नेछन् भन्‍ने चिन्ता लाग्यो, त्यसकारण मलाई आफ्‍नो वास्तविक स्थितिको बारेमा तिनीहरूलाई बताउन मन लागेन। म महत्त्वपूर्ण कुराहरूबाट जोगिन्थेँ र महत्त्व नभएका कुराहरू अथवा धेरै मानिसहरूमा हुन्छन् भनी मैले सोचेका कुराहरू बताउँथेँ। म मेरो कालो पक्ष र अन्‍तस्‍करणका विचारहरू लुकाउन यसो गर्थेँ। अरूले मलाई राम्रो ठानून् भनेर, म आफ्‍नो वास्तविक रूप लुकाउँथे र देखावटी रूप धारण गर्थेँ। मैले मेरा ब्रदर-सिस्टरहरूलाई धोका दिइरहेकी थिएँ। म कपटी र ढोङ्गी थिएँ।

पछि, मेरी सिस्टरले मलाई परमेश्‍वरका वचनहरूको अर्को खण्ड पठाइन्, “वास्तवमा, मानिसहरू सबैलाई आफूले किन झूट बोल्छु भनेर थाहा हुन्छ। तिनीहरूले व्यक्तिगत लाभ र घमण्डको खातिर वा आडम्बर र हैसियतको लागि अरूसित प्रतिस्पर्धा गर्न खोज्छन्, र आफूलाई अर्कै व्यक्तित्‍वको रूपमा प्रस्तुत गर्छन्। तर तिनीहरूका झूटहरूलाई अन्त्यमा अरूले प्रकट र खुलासा गरिदिन्छन्, अनि तिनीहरूले आफ्नो इज्‍जतका साथै आफ्नो सम्मान र चरित्र पनि गुमाउँछन्। यो सबै झूटको अत्यधिक मात्राले गराएको हो। तेरा झूटहरू अनगिन्ती भइसकेका छन्। तैँले बोल्ने हरेक शब्द अशुद्ध र बेइमानीपूर्ण छ, तेरो एउटै शब्दलाई पनि साँचो वा इमानदार मान्‍न सकिँदैन। यदि तैँले झूट बोल्दा इज्‍जत गुमाएजस्तो अनुभूति गर्दैनस् नै भने पनि, भित्र कहीँ अन्तरकुन्तरमा तँ आफू कलङ्कित भएको महसुस गर्छस्। तेरो विवेकले तँलाई दोष दिन्छ, र तैँले आफ्नो बारेमा राम्रो विचार राख्दैनस्, र यस्तो सोच्छस्, ‘म किन यस्तो दयनीय जीवन जिइरहेको छु? के सत्य बोल्‍नु यति गाह्रो हुन्छ? के मैले आफ्नो घमण्डको खातिर झूटको सहारा लिनैपर्ने हो? किन मेरो जीवन यति थकाइलाग्दो छ?’ तैँले थकाइलाग्दो जीवन जिउनै पर्दैन। यदि तैँले इमानदार व्यक्ति बन्‍ने अभ्यास गर्न सक्छस् भने, तँ तनावरहित, स्वतन्त्र, र आजाद जीवन जिउन सक्षम हुनेछस्। तर, तैँले झूट बोलेर आफ्नो घमण्ड र आडम्बर कायम गरिरहने विकल्प रोजेको छस्। फलस्वरूप, तँ थकाइलाग्दो र दयनीय जीवन जिउँछस्, र त्यो तेरो स्व-सिर्जित अवस्था हो। व्यक्तिले झूट बोलेर घमण्ड महसुस गर्न सक्छ, तर त्यो घमण्डको अनुभूति भनेको के हो? त्यो बस एक खोक्रो कुरा हो, र त्यो पूर्णतया व्यर्थ कुरा हो। झूट बोल्नु भनेको आफ्नो चरित्र र इज्जत बेच्‍नु हो। यसले व्यक्तिको इज्जत र चरित्र लैजान्छ, र यसले परमेश्‍वरलाई तँप्रति अप्रसन्‍न बनाउनेछ र उहाँले यसलाई घृणा गर्नुहुनेछ। के यो सार्थक छ त? छैन। … यदि तँ सत्यता प्रेम गर्ने व्यक्ति होस् भने, तैँले सत्यता अभ्यास गर्नको निम्ति विभिन्‍न कठिनाइहरू सहनेछस्। तैँले यदि यसको लागि आफ्नो प्रतिष्ठा र हैसियत त्याग्‍नुपर्‍यो भने पनि र अरूको गिल्ला र अपमान सहनुपर्‍यो भने पनि, तैँले नराम्रो मान्‍नेछैनस्—जबसम्म तँ सत्यता अभ्यास गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्षम हुन्छस्, तबसम्म त्यो काफी नै हुनेछ। सत्यता प्रेम गर्ने मानिसहरूले सत्यता अभ्यास गर्न र इमानदार हुन रोज्छन्। यो सही मार्ग हो र यो परमेश्‍वरद्वारा आशिषित हुन्छ। यदि व्यक्तिले सत्यता प्रेम गर्दैन भने, उसले के रोज्छ? उसले आफ्नो प्रतिष्ठा, हैसियत, इज्जत र चरित्र कायम राखिराख्‍नको लागि झूट प्रयोग गर्न रोज्छ। यसको लागि बरु तिनीहरू छली हुन र परमेश्‍वरद्वारा तिरस्कार र इन्कार गरिन रुचाउँछन्। त्यस्ता मानिसहरूले सत्यता र परमेश्‍वरलाई अस्वीकार गर्छन्। तिनीहरू आफ्नै प्रतिष्ठा र हैसियत रोज्छन्; तिनीहरू छली बन्‍न चाहन्छन्। तिनीहरू परमेश्‍वर खुसी बन्‍नुहुन्छ कि हुन्‍न वा उहाँले तिनीहरूलाई मुक्ति दिनुहुन्छ कि हुन्‍न भनेर वास्ता गर्दैनन्। के त्यस्ता मानिसहरूले परमेश्‍वरबाट अझै पनि मुक्ति पाउन सक्छन् त? निश्‍चय नै सक्दैनन्, किनकि तिनीहरूले गलत मार्ग रोजेका छन्। तिनीहरू ढाँटेर अनि ठगेर मात्र जिउन सक्छन्; तिनीहरू हरदिन झूट बोल्ने र त्यसलाई ढाकछोप गर्ने, अनि आफ्नो प्रतिरक्षा गर्न दिमाग खियाउने पीडापूर्ण जीवन जिउन मात्र सक्छन्। यदि तँ झूटहरूले तैँले चाहने प्रतिष्ठा, हैसियत, आडम्बर र घमण्ड कायम राखिराख्‍न मदत गर्न सक्छन् भनेर सोच्छस् भने, तँ पूरै गलत छस्। वास्तवमा, झूटहरू बोलेर, तैँले आफ्नो आडम्बर र घमण्ड अनि आफ्नो इज्जत र चरित्र कायम राखिराख्‍न नसक्‍ने मात्र होइन, त्योभन्‍दा पनि गम्भीर कुरा त, तैँले सत्यता अभ्यास गर्ने र इमानदार व्यक्ति बन्‍ने मौका पनि गुमाउनेछस्। यदि तँ त्यो बेला आफ्नो प्रतिष्ठा, हैसियत, आडम्बर, र घमण्ड कायम राखिराख्‍न सक्षम भइस् भने पनि, तैँले सत्यता त्याग गरेको र परमेश्‍वरलाई धोका दिएको हुनेछस्। यसको मतलब, तैँले उहाँबाट मुक्ति पाउने र सिद्ध पारिने तेरो मौका पूर्णतया गुमाएको हुनेछस्, र त्यो सबैभन्दा ठूलो क्षति र जीवनभरको अफसोस हो। यो कुरा छली मानिसहरूले कहिल्यै बुझ्नेछैनन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ)। परमेश्‍वरको वचन पढेपछि, मैले आफ्‍नै बारेमा मनन गरेँ। आफ्‍नो इज्‍जत र हैसियतलाई कायम राख्‍न र अरूले नहेपून् भनेर, हरेक भेलाभन्दा पहिले, म भेलाको बेला कसरी सङ्गति गर्ने भनेर सोच्‍न दिमाग खियाउँथेँ। यदि मैले मेरो वास्तविक स्थितिको बारेमा मन खोलेर बताएँ भने, ब्रदर-सिस्टरहरूले मलाई नराम्रो सोच्‍नेछन् भन्‍ने मलाई डर लाग्थ्यो। तर मैले केही पनि भनिनँ भने, मेरा ब्रदर-सिस्टरहरूले मलाई म खराब छु भनेर सोच्‍नेछन् र मलाई हेप्‍नेछन् भन्‍ने पनि चिन्ता लाग्थ्यो, हताश भएर, म यो परिस्थितिबाट उम्‍कन चाहन्थेँ। आफ्‍नो इज्‍जत र हैसियत कायम राख्‍नको लागि, मैले आफ्‍नो दिमाग खियाइरहेकी र आफैलाई हैरान तुल्याइरहेकी हुन्थेँ, र पनि मलाई अझै मन खोलेर कुरा गर्न, इमानदार व्यक्ति बन्‍न, र मेरा ब्रदर-सिस्टरहरूलाई मेरो वास्तविक स्थिति र कठिनाइहरूको बारेमा भन्‍न मन लाग्दैनथियो। म कति छली र दुष्ट रहेछु! मैले मानिसहरूको हृदयमा केही समयसम्‍म मेरो छविलाई कायम राखे पनि, मैले मेरो गौरव, इमानदार व्यक्ति बन्‍ने मेरो मौका, र सत्यताको खोजी गर्ने मौका गुमाएकी थिएँ। हरेक भेलामा अत्यन्तै थकान महसुस हुन्थ्यो, र कुनै स्वतन्त्रताको अनुभव हुँदैनथियो। म पूर्ण रूपमा मेरो भ्रष्ट स्वभावको बन्धनमा थिएँ। ब्रदर-सिस्टरहरूले भेलाहरूमा परमेश्‍वरको वचन खानु र पिउनु पर्ने हो, र परमेश्‍वरको वचन सम्‍बन्धी आफ्‍नो अनुभव र ज्ञानको बारेमा सङ्गति गर्नु पर्ने हो। यदि हामीसँग कुनै समस्या वा कठिनाइहरू छन् भने, हामीले एक-अर्कालाई सहयोग गर्न र एक-अर्काको सबल पक्षबाट सिक्‍न सक्छौँ। यसरी, पवित्र आत्‍माको काम प्राप्त गर्न र सत्यता बुझ्‍न सहज हुन्छ। तर भेलाहरूमा, म सधैँ अरूद्वारा नहेपिनको लागि कसरी सङ्गति गर्ने भनेर मात्रै सधैँ विचार गरिरहेकी हुन्थेँ, ताकि अरूले मलाई राम्रो ठानून्। मेरा सबै विचारहरू यसैमा केन्द्रित हुन्थे। यसरी जिउनु अत्यन्तै कठिन र थकाइलाग्दो हुन्छ।

पछि, मैले परमेश्‍वरको वचनको अर्को खण्ड पढेँ, “अरूसँग सङ्गति गर्दा के तिमीहरूले खुलस्त भई साँच्‍चिकै हृदयमा भएको कुरा बताउन सक्छौ? यदि कसैले आफ्‍नो हृदयमा भएको कुरा सधैँ साँचो रूपमा बताउँछ भने, यदि ऊ इमानदार भई साधारण रूपमा बोल्छ, र ऊ इमानदार छ भने, र कर्तव्य निर्वाह गर्दा ऊ कदापि झारा टार्ने गर्दैन भने, र यदि उसले आफूले बुझेको सत्यता अभ्यास गर्न सक्छ भने, यस व्यक्तिले सत्यता प्राप्त गर्ने आशा हुन्छ। यदि कुनै व्यक्तिले उसलाई कसैले पनि स्पष्ट रूपमा नदेखोस् भनेर सधैँ आफूलाई ढाकछोप गर्छ र हृदयको कुरा लुकाउँछ, र अरूलाई छल गर्न झूटो छवि प्रकट गर्छ भने, ऊ गम्भीर खतरामा हुन्छ, ऊ ठूलो समस्यामा हुन्छ, र उसले सत्यता प्राप्त गर्न अत्यन्तै गाह्रो हुन्छ। व्यक्तिको दैनिक जीवन र उसको बोलीवचन र व्यवहारबाट तैँले उसको सम्‍भावना के छ भन्‍ने कुरा स्पष्ट देख्‍न सक्छस्। यदि यो व्यक्तिले सधैँ बहाना बनाइरहेको, सधैँ फाइँफुट्टी लगाइरहेको हुन्छ भने, ऊ सत्यता स्वीकार गर्ने व्यक्ति होइन, र ढिलोचाँडो उसलाई खुलासा गरी हटाइनेछ। … कहिल्यै हृदय खुलस्त नबनाउने, कुरा ढाकछोप गर्ने र लुकाउन खोज्ने, आदरणीय भएको ढोँग गर्ने, अरूले आफ्नो बारेमा उच्च सोचून् भनी चाहने, अरूलाई आफ्नो पूर्ण मापन गर्न नदिने र अरूले आफ्‍नो आदर गरून् भनी चाहने मानिसहरू—के यी मानिसहरू मूर्ख हुँदैनन् र? यी मानिसहरू सबैभन्दा मूर्ख हुन्छन्! किनभने व्यक्तिको वास्तविकता ढिलोचाँडो खुलासा हुनेछ। यस्तो व्यवहार अँगालेर, तिनीहरू कुन मार्ग हिँड्छन्? यो फरिसीहरूको मार्ग हो। के ढोँगीहरू खतरामा हुँदैनन् र? यिनीहरू परमेश्‍वरले सबैभन्दा बढी तिरस्कार गर्नुहुने मानिसहरू हुन्, त्यसैले तिमीहरू के सोच्छौ, के तिनीहरू खतरामा छन्, कि छैनन्? जो फरिसीहरू हुन् तिनीहरू सबै विनाशको बाटो हिँड्छन्!(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। हृदय परमेश्‍वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ)। परमेश्‍वरका वचनहरूबाट मैले के बुझेँ भने परमेश्‍वरले हामी इमानदार बनेको, सरल र खुलस्त बोलेको, झूट नबोलेको वा छल नगरेको चाहनुहुन्छ, र हामीले भ्रष्टता नै प्रकट गरे पनि, हामीले मन खोलेर यसको बारेमा कुरा गर्न सक्छौँ, ताकि अरूले हाम्रो वास्तविक विचारहरूलाई देख्‍न सकून्। यसरी सत्यताको अभ्यास गरेर, हामी थकित महसुस गर्दैनौँ, र हामी मुक्तिको मार्गमा हिँड्न सक्छौँ। तर सधैँ देखावटी रूप धारण गर्ने, वास्तविक रूप लुकाउने, ढाक-छोप गर्ने, र अरूलाई आफ्‍नो स्थिति देख्‍न नदिनेहरू गलत मार्गमा हिँड्छन्, झन्-झन् ढोङ्गी बन्दै जान्छन्, त्यसकारण तिनीहरूको भ्रष्ट स्वभावलाई कहिल्यै समाधान गर्न सक्दैनन्। यो विनाशको मार्ग हो। मलाई दुई हजार वर्ष पहिलेका फरिसीहरूको याद आयो। बाहिरी रूपमा तिनीहरू भक्त थिए, र सभाघरहरूमा आउनेहरूलाई धर्मशास्‍त्रको अर्थ लगाउँदै दिनहरू बिताउँथे। तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्छन् भनेर मानिसहरूले भनून् भनी तिनीहरू जानी-जानी चोकहरूमा उभिएर प्रार्थना पनि गर्थे। तर तिनीहरूले परमेश्‍वरको डर मान्दै मान्थेनन्, परमेश्‍वरलाई सबैभन्दा माथि राख्दैनथिए, वा परमेश्‍वरका आज्ञाहरू नै पालना गर्दैनथिए। जब प्रभु येशूले देखा परेर काम गर्न थाल्‍नुभयो, तब तिनीहरूलाई उहाँका वचनहरूमा अख्‍तियार र शक्ति छ, र ती परमेश्‍वरबाट आएका हुन् भन्‍ने तिनीहरूलाई राम्ररी थाहा थियो, तर आफ्‍नो हैसियत र आम्दानीको रक्षा गर्न, तिनीहरूले पागलले झैँ परमेश्‍वरको कामको विरोध र निन्दा गरे र अन्त्यमा प्रभु येशूलाई क्रूसमा टाँगे। फरिसीहरू हेर्दा मात्र भक्त देखिन्थे, तर सारगत रूपमा धूर्त र चतुर थिए भन्‍ने मैले थाहा पाएँ। तिनीहरू देखावटी रूप धारण गर्न र छल गर्न सिपालु थिए। तिनीहरूले गर्ने हरेक कुरा मानिसहरूलाई धोका दिन र नियन्त्रण गर्न, अनि मानिसहरूबाट तिनीहरूको आदर र आराधना चोरी लिनको लागि हुन्थे। तिनीहरू परमेश्‍वरलाई विरोध गर्ने मार्ग अपनाएका थिए। अन्त्यमा, तिनीहरूले परमेश्‍वरको स्वभावलाई उल्‍लङ्घन गरे र परमेश्‍वरले तिनीहरूलाई श्राप र दण्ड दिनुभयो। मैले आफ्‍नै बारेमा मनन गरेँ। अरूको हृदयमा राम्रो छवि बनाउन, र आफ्‍नो छवि र हैसियतलाई कायम राख्‍न, मैले आफ्‍नो भ्रष्टतालाई लुकाउथेँ र सामान्यतया छलफल गरिने अरू बानीबेहोराको बारेमा मात्रै कुरा गर्थेँ। यसले मेरो छविलाई मात्रै रक्षा गर्दैनथियो, तर म खुलेर बोलिरहेकी छु भन्‍ने मानिसहरूलाई भ्रममा पनि पार्थ्यो। के म फरिसीहरू जस्तै छली र दुष्ट थिइनँ र? यो महसुस गरेपछि मलाई निकै डर लाग्यो। मैले उप्रान्त यसो गर्नु हुँदैनथियो। म परमेश्‍वरका मापदण्डहरू अनुसार इमानदार व्यक्ति बन्‍नुपर्थ्यो।

त्यसपछि, मेरी सिस्टरले मलाई परमेश्‍वरको वचनको अर्को खण्ड पठाइन्। “आफूमाथि परिस्थितिहरू आइपर्दा सत्यताको खोजी गर्नमा ध्यान केन्द्रित गर्ने र सत्यताको खोजी गर्न सक्‍ने मानिसहरू अहिले धेरै छन्। यदि तँ आफूभित्रका गलत मनसाय र अस्वाभाविक स्थितिहरूलाई समाधान गर्न चाहन्छस् भने, त्यसो गर्न तैँले सत्यताको खोजी गर्नैपर्छ। सुरुमा, तैँले सङ्गतिमा परमेश्‍वरका वचनहरूको आधारमा आफ्‍नो बारेमा खुलस्त बताउन सिक्‍नुपर्छ। अवश्य नै, खुलस्त रूपमा सङ्गति गर्नको लागि तैँले सही व्यक्तिको छनौट गर्नुपर्छ—कम्तीमा पनि, तैँले सत्यतालाई प्रेम र स्वीकार गर्ने, तुलनात्मक रूपमा असल मानवता भएको, तुलनात्मक रूपमा इमानदार र सीधा व्यक्तिलाई छनौट गर्नुपर्छ। तैँले सत्यता बुझ्‍न सक्‍ने व्यक्तिलाई छनौट गर्न सकिस्, र उसको सङ्गतिबाट सहयोग प्राप्त गर्न सम्भव भयो भने झनै राम्रो। सङ्गतिमा मन खोलेर कुरा गर्न र आफ्‍ना कठिनाइहरू समाधान गर्न यस्तो व्यक्ति भेट्न सकेमा त्यो प्रभावकारी हुन सक्छ। यदि तैँले गलत व्यक्ति, अर्थात् सत्यतालाई प्रेम नगर्ने, तर वरदान वा प्रतिभा मात्रै भएको व्यक्तिलाई छनौट गरिस् भने, त्यो व्यक्तिले तँलाई गिल्‍ला र घृणा गर्नेछ, अनि त्यसले तँलाई पतित पार्नेछ। यो तेरो लागि फाइदाजनक हुँदैन। एक हिसाबले, परमेश्‍वरको अघि आएर उहाँलाई प्रार्थना गर्ने क्रममा व्यक्तिले गर्नुपर्ने काम भनेको मन खोल्नु र आफूलाई उदाङ्गो पार्नु हो; व्यक्तिले अरूसँग सत्यताको बारेमा सङ्गति गर्दा पनि यसै गर्नुपर्छ। कुराहरू लुकाएर नराख्, र ‘मेरा अभिप्राय र कठिनाइहरू छन्। मेरो भित्री स्थिति राम्रो छैन—यो नकारात्मक छ। म कसैलाई भन्दिनँ। म यसलाई लुकाएर राख्छु’ भनेर नसोच्। यदि तैँले यस्ता कुराहरूलाई समाधान नगरी सधैँ लुकाएर राख्छस् भने, तँ झन्झन् बढी नकारात्मक हुँदै जान्छस्, र तेरो स्थिति झन्झन् खराब हुँदै जान्छ। तँलाई परमेश्‍वरसँग प्रार्थना गर्न मन लाग्दैन। यो परिवर्तन गर्न कठिन हुने कुरा हो। त्यसैले, तेरो अवस्था जस्तोसुकै भएता पनि, तँ नकारात्मक भए पनि वा कठिनाइमा भए पनि, तेरा आफ्नै व्यक्तिगत अभिप्रायहरू वा योजनाहरू जस्तै भए पनि, जाँचद्वारा तैँले जेसुकै जानेको वा महसुस गरेको भएता पनि तैँले खुलस्त हुन र सङ्गति गर्न सिक्नुपर्छ, अनि तैँले सङ्गति गर्ने क्रममा पवित्र आत्माले काम गर्नुहुन्छ। अनि, पवित्र आत्माले कसरी काम गर्नुहुन्छ? उहाँले तँलाई अन्तर्दृष्टि र ज्योति दिनुहुन्छ, र समस्याको गम्भीरता जान्‍न मदत गर्नुहुन्छ, उहाँले तँलाई समस्याको जड र सारप्रति सचेत बनाउनुहुन्छ, र त्यसपछि तँलाई सत्यता र उहाँको अभिप्राय अलिअलि गर्दै बुझ्ने बनाउनुहुन्छ, र तँलाई अभ्यासको मार्ग देख्‍न, र सत्यता वास्तविकतामा प्रवेश गर्न दिनुहुन्छ। व्यक्तिले खुलस्त रूपमा सङ्गति गर्न सक्छ भने, यसको अर्थ ऊसँग सत्यताप्रति इमानदार मनोवृत्ति छ भन्‍ने हुन्छ। व्यक्ति इमानदार छ कि छैन भन्‍ने कुरा सत्यताप्रतिको उसको मनोवृत्तिद्वारा नै मापन गरिन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरको वचन पढिसकेपछि, मेरी सिस्टरले यसो भनेर सङ्गति गरिन्: “यदि हामी हाम्रो गलत स्थितिलाई सुधार गर्न चाहन्छौँ भने, हामी इमानदार मानिसहरू बन्‍नुपर्छ र अरूसँग सङ्गति गर्दा हृदय खोलेर बोल्‍नुपर्छ। यदि हामीले सधैँ वास्तविकता लुकायौँ, ढाकछोप गर्‍यौँ, र मन खोल्‍न इन्कार गर्‍यौँ भने, हामी सधैँ हाम्रो गलत स्थितिको फन्दामा पर्छौँ, मार्गदर्शन गुमाएर, अन्धकारमा पर्छौँ। उदाहरणको लागि, कुनै व्यक्ति बिरामी छ भने, उसले डाक्टरलाई खोज्छ वा अनुभवी मान्छेलाई सोध्छ। त्यसरी, उसले आफ्‍नो स्थिति बुझ्छ, सही औषधि लिएर, समयमा नै रोगलाई नियन्त्रणमा राख्छ। तैपनि कतिपय मानिसहरू, बिरामी छु भन्‍ने जानेर पनि, यसले केही फरक पार्दैन भन्‍ने सोच्छन्, र आफ्‍नो रोगको बारेमा छलफल गर्न चाहँदैनन्। अन्त्यमा, समयमा नै उपचार नभएपछि, अवस्था झन्-झन् खराब हुँदै जान्छ, वा ज्यान समेत खतरामा पर्छ। यदि हामी हाम्रो गलत स्थिति र कठिनाइहरूलाई सुधार गर्न चाहन्छौँ भने, हामीले खुलस्त सङ्गति गर्नुपर्छ र इमानदार मानिसहरू बन्‍नुपर्छ। यो नै अभ्यास गर्ने सही तरिका हो।” परमेश्‍वरको वचनबाट सिस्टरले दिएकी सङ्गतिबाट मैले के बुझेँ भने, इमानदार व्यक्ति बन्‍नु र खुलस्त बन्‍नु अत्यन्तै महत्त्वपूर्ण कुरा हो। मैले लामो समयदेखि परमेश्‍वरमा विश्‍वास गरेकी थिइनँ र सत्यतालाई बुझेकी थिइनँ। मैले भ्रष्ट स्वभाव खुलासा गरेकी छु भन्‍ने मलाई थाहा भएको भए पनि, मैले यसलाई समाधान गर्न सकेकी थिइनँ। मैले इमानदार व्यक्ति बन्‍ने अभ्यास गर्नुपर्छ, मेरो स्थितिको बारेमा खुलस्त बन्‍नुपर्छ, र सत्यताको खोजी गर्नुपर्छ। यसरी मात्रै मैले परमेश्‍वरको अगुवाइ प्राप्त गर्न सक्छु, र यसले मेरो भ्रष्ट स्वभावलाई समाधान गर्न पनि सहयोग गर्नेछ। मैले नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने काम भर्खरै सुरु गरेकी थिएँ, त्यसकारण मैले धेरै कुराहरू नबुझ्‍नु स्वाभाविकै थियो। आफूले नबुझेको बेला, मैले मेरा ब्रदर-सिस्टरहरूसँग सोधखोज गर्नुपर्छ। त्यसरी, म आफ्‍नो कर्तव्यका सिद्धान्तहरूमा अलि-अलि गर्दै दक्ष हुन र आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्‍ने हुन सक्छु। त्यसपछि, यो अवधिमा मेरो स्थिति कस्तो थियो र मेरो कर्तव्यमा के-कस्ता कठिनाइहरू आए भनेर मैले मेरी सिस्टरलाई खुलस्त बताएँ। उनले मलाई नराम्रो नठानेकी मात्र होइन, तर मलाई सहयोग गर्न परमेश्‍वरको वचन पठाइन् र आफ्‍नो अनुभवको बारेमा सङ्गति पनि गरिन्। उनको सहयोगद्वारा, मैले मेरो स्थिति र मैले खुलासा गरेको भ्रष्टताको बारेमा केही ज्ञान प्राप्त गरेँ, र मलाई निकै खुशी लाग्यो र शान्तिको महसुस भयो। त्यसपछि, मैले सक्रिय भएर इमानदार व्यक्ति बन्‍ने र आफ्‍नो स्थितिको बारेमा खुलस्त कुरा गर्ने अभ्यास गर्न थालेँ।

एक दिन राती, मैले एउटा समूह भेला संचालन गरेँ। अगुवाले एक जना समूह अगुवालाई मसँगै संचालन गर्ने बन्दोबस्त गरेका थिए। यस सिस्टरले मैलेभन्दा राम्ररी सत्यता बुझेकी थिइन्। भेलाको बेला, उनले सङ्गति गरिन् र अरूको समस्याहरू प्रभावकारी रूपमा समाधान गरिन्, र मलाई अलिक डाहा लागेको थियो। मलाई अरूले के सोच्लान् भन्‍ने चिन्ता लाग्यो। के तिनीहरूले मलाई उनीभन्दा नजान्‍ने भनेर सोच्‍नेछन्? भेलापछि, अगुवाले मलाई कुनै विचार बाँड्न चाहन्छु कि भनेर सोधे। म इमानदार व्यक्ति बन्‍नुपर्छ, त्यस सिस्टरलाई मेरो भ्रष्टताको बारेमा खुलस्त बताउनुपर्छ, र समाधान खोज्‍नुपर्छ भन्‍ने मलाई थाहा थियो। त्यसकारण, मैले आफ्‍नो हृदयमा जे प्रकट गरेँ त्यो कुरा मेरी सिस्टरलाई बताएँ। उनले मलाई परमेश्‍वरको वचन पठाइन् र आफ्‍नो अनुभवको बारेमा बताइन्। मैले हैसियतलाई महत्त्व दिने गरेकी, ममा अहङ्कारी स्वभाव भएको, र मैले आदर पाउने चाहना गर्ने गरेकीले मलाई मेरी सिस्टरप्रति डाहा लागेको रहेछ भन्‍ने मलाई थाहा भयो। मैले के पनि महसुस गरेँ भने मेरो डाहालाई हटाउनको लागि, मैले अझै बढी परमेश्‍वरसँग प्रार्थना गर्नुपर्छ, परमेश्‍वरको घरको काम र मेरो कर्तव्यलाई ध्यान दिनुपर्छ, र परमेश्‍वरको घरका हितहरूलाई पहिलो प्राथमिकता दिनुपर्छ। यो परमेश्‍वरको इच्‍छा अनुरूप हुन्छ। यसको साथै, मैले मेरा कमीकमजोरी र त्रुटिहरूलाई उचित रूपमा तह लगाउनु र मेरा कमीकमजोरीहरूलाई हटाउन अरूका सबल पक्षबाट अझै बढी सिक्‍नु पनि आवश्यक थियो। त्यसरी, मैले अझै बढी सत्यता बुझ्‍न सक्थेँ। यो कुरा महसुस गर्दा मलाई निकै खुशी लाग्यो। मैले साँच्‍चै के अनुभव गरेँ भने मेरा ब्रदर-सिस्टरहरूसँग खुलस्त कुरा गर्दा, तिनीहरूले मलाई हेप्‍ने होइन, तर सबैले मलाई धेरै सहयोग गर्छन्।

यो कुराको अनुभव गरेपछि, मैले इमानदार व्यक्ति बन्‍नु कति महत्त्वपूर्ण छ भन्‍ने कुरा थाहा पाएँ। इमानदार अनि खुलस्त बनेर मात्रै हामीले पवित्र आत्‍माको कार्य प्राप्त गर्न र सत्यतालाई बुझ्‍न सक्छौँ। मैले के पनि देखेँ भने इमानदार व्यक्ति बन्दा यसले हामीलाई स्वतन्त्रता र सहजता प्रदान गर्छ, र हामीलाई मानव जस्तो जिउने मौका दिन्छ। परमेश्‍वरलाई धन्यवाद होस्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

बुझेको बहाना गर्दा म बरबाद भएँ

म मण्डलीको लागि डिजाइनको काम गर्थेँ। समय बित्दै जाँदा, मैले सबै किसिमका डिजाइन र तस्विरहरू बनाउँदै जाँदा, मेरो सीप निकै सुध्रियो र मलाई...

आफ्नो देखावटी आवरणलाई उतार्दा कति राम्रो अनुभव हुँदो रहेछ

चेन युआन, चीनसेप्टेम्बर २०१८ मा, म मण्डलीको अगुवाको रूपमा चुनिएँ। त्यस बेला म निकै खुशी थिएँ। मेरा धेरैजसो दाजुभाइ र दिदीबहिनीहरूभन्दा म नै...

मैले किन खुलस्त हुने आँट गरिनँ

२०२१ को मेको मध्यतिर, हाम्रा अगुवा जेनले लाउराको मूल्याङ्कन लेख्‍न लगाइन्। उनले लाउरा अहङ्कारी र आत्म-धर्मी छिन्, अनि सधैँ अगुवा र...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्