अफवाहहरूलाई पत्याउनु भनेको आखिरी दिनहरूका परमेश्‍वरको मुक्ति गुमाउनु हो

15 मार्च 2021

धेरै दाजुभाइ-दिदीबहिनीहरू कसैले आखिरी दिनहरूका सर्वशक्तिमान् परमेश्‍वरको सुसमाचारको बारेमा कुरा गरिरहेको सुन्दा ध्यान दिन सक्दैनन्, र प्रचार गरिएको कुरालाई स्वीकार्ने हिम्मत गर्दैनन्, किनकि ती धार्मिक क्षेत्रमा फैलाइएको सनसनीपूर्ण अफवाहहरूको कारणले तर्सिएका हुन्छन्। उनीहरूले कसैलाई यसो भनेको सुन्न सक्दछन्: “सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्नेहरू साँच्चिकै चलाख हुन्छन्—तपाईंले तिनीहरूलाई सम्पर्क गर्ने बित्तिकै तपाईं बहकाउमा पर्नुहुनेछ। प्रत्येक सम्प्रदायका थुप्रै साँचो विश्‍वासीहरू छन्, जो असल भेडा र राम्रा क्षमताका नेतृत्वकर्ता पनि हुन्, तर तिनीहरूलाई सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्नेहरूले चोरी गरिरहेका छन्…।” वा केहीले भनेका छन्: “सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्नेहरू सुसमाचार फैलाउन साँच्चै उत्साहित हुन्छन्। यदि तिनीहरूले विश्‍वासीलाई रूपान्तरण गरे भने उनीहरूले ३५,००० रुपैयाँ पुरस्कार पाउँछन्, यदि उनीहरूले मण्डलीका अगुवालाई रूपान्तरण गरे भने उनीहरूले १८०,००० देखि ३५०,००० रुपैयाँ प्राप्त गर्न सक्दछन्…।” र अझै अरूले भनेका छन्: “उनीहरूले पुरुष र महिला बीच उचित सीमाहरू कायम राख्दैनन्—तिनीहरू सबै अति नै छाडा छन्।” कसै-कसैले यसो समेत भनेका छन्: “पूर्वीय ज्योती आपराधिक भूमिगत संगठन हो। यदि तपाईं तिनीहरूसँग संलग्‍न हुनुभयो भने, तपाईं कहिल्यै पनि उम्कनुहुनेछैन। यदि तपाईंले त्यसो गर्ने प्रयास गर्नुभयो भने, तिनीहरूले तपाईंको आँखा निकाल्नेछन् र तपाईंको कान काट्नेछन्, वा तिनीहरूले तपाईंको खुट्टा भाँच्नेछन्…।” र यस्तै-यस्तै अन्य कुराहरू। तथ्यहरूका बारेमा स्पष्ट नभएका दाजुभाइ-दिदीबहिनीहरूलाई आखिरी दिनहरूका सर्वशक्तिमान् परमेश्‍वरको कार्यको खोजी गर्ने र अध्ययन गर्ने कार्यबाट यस्ता अफवाहहरूले नै रोक्छन्। अफवाहहरूमा विश्‍वास गर्ने दाजुभाइ-दिदीबहिनीहरू, के तपाईंहरूले यी कुराहरूको कुनै आधार छ कि छैन, र ती तथ्यहरूसँग मेल खान्छन् कि खाँदैनन् भनेर राम्ररी सोचविचार गर्नुभएको छ वा अनुसन्धान गर्नुभएको छ? यदि तपाईंहरूले सुन्नुहुने सबै अफवाहहरूमा अन्धाधुन्ध विश्‍वास गर्नुभयो र प्रभुको आगमनलाई स्वागत गर्ने अवसर गुमाउनुभयो भने कस्तो प्रकारको भयानक परिणामहरू हुनेछन् भनेर के तपाईंहरूले कहिल्यै सोच्नुभएको छ? अहिलेको लागि, हामी पहिले यी अफवाहहरूका बारेमा एउटा साधारण सङ्गति गर्नेछौं ताकि हाम्रा दाजुभाइ-दिदीबहिनीहरूले ती कुराहरूको सार स्पष्टसँग देख्न सकून् र ती कुराहरू वास्तवमा कसले फैलाउँदैछ, उनीहरूको बनावटी कुराको पछाडिका प्रेरणाहरू के हुन् र उनीहरूले के लक्ष्य हासिल गर्न चाहन्छन् भन्ने कुराको बारेमा स्पष्ट समझ पाउन सकून्।

यो अफवाह यस्तो हुन्छ: “सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्नेहरू साँच्चिकै चलाख हुन्छन्—तपाईंले तिनीहरूसँग सम्पर्क गर्ने बित्तिकै तपाईं बहकाउमा पर्नुहुनेछ। प्रत्येक सम्प्रदायका थुप्रै साँचो विश्‍वासीहरू छन्, जो असल भेडा र राम्रा क्षमताका नेतृत्वकर्ता पनि हुन्, तर तिनीहरूलाई सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्नेहरूले चोरी गरिरहेका छन्…।” आज, सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्नेहरूमध्ये धेरैजसो साँच्चिकै फरक-फरक सम्प्रदायबाट आएका छन् र आफ्‍ना सम्प्रदायहरूबाट आएकामध्ये धेरै जनामा क्षमता, अन्तर्दृष्टि छ, र तिनीहरू समर्पित रूपमा खोजी गर्नेहरू हुन्, तर तिनीहरू सबैलाई बहकाइन्छ भन्ने कुरा द्वेषपूर्ण निन्दा हो, यो त्यति स्पष्ट र सरल। यसको बारेमा सोच्नुहोस्: के आखिरी दिनहरूका सर्वशक्तिमान् परमेश्‍वरको कामलाई स्वीकार्न विभिन्न सम्प्रदायबाट आउने यति धेरै भक्तजनहरू सबैलाई बहकाउन सकिन्छ? के तिनीहरू यति धेरै वर्षसम्म विश्‍वासी भएर पनि कुनै समझशक्तिविना नै तिनीहरूले बाइबल राम्रोसँग जान्दछन् भन्ने कुराले अर्थ दिन्छ र? यदि मानिसहरू धोकामा परे पनि, तिनीहरू खोजी नगर्नेहरू, रोटी खाए र तृप्त हुनेहरू, र आफ्‍नो विश्‍वासमा अन्योलमा परेकाहरू मात्रै हुन सक्छन्। यो कसरी सम्भव छ कि यति धेरै खोजी गर्नेहरू र परमेश्‍वरमा साँचो विश्‍वास गर्ने धेरै मानिसहरू धोकामा परेका छन्? सबैलाई थाहा भएकै कुरा हो, धेरै अघि बाइबलमा यो भविष्यवाणी गरिएको थियो कि आखिरी दिनहरूमा परमेश्‍वर “चोर जस्तै” गाडधन चोर्न आउनुहुनेछ, उहाँ “गाडधनहरू” “चोर्न” आउनुहुनेछ। यसको अर्थ “चोरी” भएकाहरू सबै राम्रा क्षमताका हुन्, तिनीहरूले सत्यलाई बुझ्न र स्वीकार्न सक्दछन्, र परमेश्‍वरको आवाजलाई चिन्छन्। “चोरी” भएकाहरू सबै राम्रा भेडाहरू हुन् र प्रभुको पुनरागमन तिनीहरूलाई मुक्ति दिन र सिद्ध गर्नको लागि हो। यो स्पष्ट छ कि “चोरी” गरिनु भनेको वास्तवमा प्रभुलाई भेट्न उठाई लगिनु हो। विभिन्न सम्प्रदायका प्रभुका साँचो विश्‍वासीहरूले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढ्छन्, र उहाँले मानवजातिलाई मुक्ति दिनको लागि परमेश्‍वरको व्यवस्थापन योजनाको रहस्यका साथै व्यवस्थाको युग, अनुग्रहको युग, राज्यको युग (परमेश्‍वरको कार्यको तीन चरणहरू) बीचको सम्बन्ध, बाइबलको सत्य र भित्री कथा, आखिरी दिनहरूका परमेश्‍वरको न्यायको कामको महत्त्व, कसरी परमेश्‍वरले मानिसहरूलाई उनीहरूको प्रकार अनुसार वर्गीकृत गर्नुहुन्छ र तिनीहरूको नतिजा निर्धारण गर्नुहुन्छ, र अन्तमा कसरी परमेश्‍वरले युग अन्त्य गर्नुहुनेछ र कसरी ख्रीष्टको राज्य साकार हुनेछ भन्ने खुलासा गर्नुभएको छ भनी देख्छन्। यी देखेर, तिनीहरू हृदयमा यो पुष्टि गर्न सक्षम हुन्छन् कि यो परमेश्‍वरको आवाज हो, र सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू नै प्रकाशको पुस्तकमा धेरै पटक अगमवाणी गरिएका कुरा हुन्: “आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ।” सम्पूर्ण सत्यता यही हो, र सर्वशक्तिमान् परमेश्‍वर नै फर्कनुभएको प्रभु येशू हुनुहुन्छ भन्‍ने पहिचान गरेर तिनीहरू उहाँतर्फ एक-एक गर्दै फर्केका छन्। परमेश्‍वरको देखा पर्नुभएको घटना र काम नभएको भए, सबै सम्प्रदायका दाजुभाइ-दिदीबहिनीहरूलाई जित्ने र सबै विश्‍वासलाई एउटै बनाउने अधिकार र शक्ति कसको हुनेथियो र? किनभने सर्वशक्तिमान् परमेश्‍वर नै प्रभु येशू हुनुहुन्छ, जो फर्केर आउनुभएको छ र जो आखिरी दिनहरूमा देखा पर्नुभएको छ र काम गर्नुभएको छ, त्यसैले परमेश्‍वरको साँचो खोजी गर्नेहरूले परमेश्‍वरको सोर सुनेका छन् र परमेश्‍वर देखा पर्नुभएको घटना देखेका छन्, त्यसैले तिनीहरू आखिरी दिनहरूका सर्वशक्तिमान् परमेश्‍वरको काम स्वीकार गर्दछन्। को बुद्धिमानी कन्या भएर थुमाको पाइला पछ्याउन चाहँदैन? यही कारणले गर्दा विभिन्न सम्प्रदायका धेरै जना खोजी गर्नेहरूले आखिरी दिनहरूका सर्वशक्तिमान्‌ परमेश्‍वरको कार्यलाई स्विकारेका छन्। यही कारणले गर्दा, आखिरी दिनहरूका सर्वशक्तिमान्‌ परमेश्‍वरको कामलाई स्वीकार्ने मानिसहरू धोकामा परेका छन् भन्ने धारणा स्पष्ट रूपमा झूट हो, यो अपमानजनक छ, र यो परमेश्‍वरप्रति ईश्‍वरनिन्तापूर्ण छ।

कतिपय मानिसहरूले भनेका छन्: “सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्नेहरू सुसमाचार फैलाउन साँच्चै उत्साहित हुन्छन्। यदि तिनीहरूले विश्‍वासीलाई रूपान्तरण गरे भने उनीहरूले ३५,००० रुपैयाँ पुरस्कार पाउँछन्, यदि उनीहरूले मण्डलीका अगुवालाई रूपान्तरण गरे भने उनीहरूले १८०,००० देखि ३५०,००० रुपैयाँ प्राप्त गर्न सक्दछन्…।” यो झूटभित्र, यो उल्लेख गरिन्छ कि सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्नेहरू सर्वशक्तिमान् परमेश्‍वरको सुसमाचार फैलाउनको लागी धेरै उत्साही छन्। यो अंश वास्तवमै सत्य भए पनि, उहाँको सुसमाचार फैलाउन पैसा घूस दिइन्छ र उनीहरूको उत्साह व्यक्तिगत फाइदाको कारणले हो भन्ने बाँकी कुरा बिलकुल बनावटी कुरा र अपमानजनक अफवाह हो। तथ्य कुरा के हो भने, उहाँको सुसमाचार फैलाउने सर्वशक्तिमान् परमेश्‍वरका विश्‍वासीहरूले कुनै पनि प्रकारको पुरस्कार प्राप्त गर्दैनन्। यसको विपरीत, तिनीहरू यसको लागि आफ्नो बचत, र कहिलेकाहीँ तिनीहरूसँग भएका सबै कुरा खर्च गर्छन्। तिनीहरू यति उत्साहित हुनुको कारण उनीहरूलाई पैसाको घूस दिइएकोले होइन, बरु तिनीहरूले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूबाट सत्यता बुझेका, वास्तवमै उनीहरूले परमेश्‍वर देखा पर्नुभएको घटना देखेका, उहाँको महान् मुक्ति प्राप्त गरेका, परमेश्‍वरको प्रेम अनुभव गरेका र मानिसहरूलाई मुक्ति दिने परमेश्‍वरको उत्सुकतालाई महसुस गरेका हुनाले हो। तसर्थ, तिनीहरू परमेश्‍वरको राज्यको सुसमाचार फैलाउन आफूसँग भएका सबै खर्च गर्न र कुनै पनि कठिनाइ वा अपमान सहन तयार छन्। तिनीहरू प्रभु येशू ख्रीष्टका मूल चेलाहरू जस्तै हुन् जसले येशूको काम र वचनहरूद्वारा परमेश्‍वरको सोर सुनेका, प्रभु येशू नै उनीहरूले पर्खिरहेका मसीह हुनुहुन्छ भनेर स्वीकार गरेका थिए, र उहाँ मानवजातिलाई मुक्ति दिन आफूलाई बलि चढाउन, क्रूसमा टाँग्नको लागि इच्छुक हुनुभएको कुरा देखे। परमेश्‍वरको प्रेम यति ठूलो, यति यथार्थ छ! पवित्र आत्माद्वारा उत्प्रेरित, परमेश्‍वरको प्रेमद्वारा प्रोत्साहित भएर, तिनीहरू समाचार फैलाउन, प्रभुको साक्षी दिनको लागि घर र करियर छोड्न र सबै प्रकारका दमन र कठिनाइहरूको सामना गर्न तयार थिए। यो साँचो कुरा हो! सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्नेहरूले सुसमाचार प्रचार गर्दा कस्तो किसिमको “क्षतिपूर्ति” प्राप्त गर्छन् भन्‍ने कुरा सायद केही दाजुभाइ-दिदीबहिनीहरूले देखेका र सुनेका होलान्: कतिपयलाई अपमान गरिएको छ, अरूलाई लट्ठीले कुटिएको छ, कतिलाई लखेटिएको छ, र कतिलाई शक्तिमा भएकाहरूका हातद्वारा जेल सजाय र कैद गरिएको छ; तिनीहरूले सबै प्रकारका सतावट भोग्छन्…। म सबैलाई यो कुरा विचार गर्न आग्रह गर्दछु: परमेश्‍वरको महान् प्रेम र पवित्र आत्माको कार्यको लागि होइन भने कसले आखिरी दिनहरूका परमेश्‍वरको सुसमाचार फैलाउन स्वेच्छाले आफूलाई श्राप, कुटपिट र अपमानमा समर्पित गर्नेथियो? यदि परमेश्‍वरको कामको खातिर होइन भने कसले आखिरी दिनहरूका परमेश्‍वरको मुक्तिको सुसमाचार फैलाउन जेलमा पर्ने खतरामा र उसको जीवन समेत जोखिममा पार्नेथियो? तसर्थ “यदि तिनीहरूले विश्‍वासीलाई रूपान्तरण गरे भने उनीहरूले ३५,००० रुपैयाँको पुरस्कार पाउँछन्, यदि उनीहरूले मण्डलीका अगुवालाई रूपान्तरण गरे भने उनीहरूले १८०,००० देखि ३५०,००० रुपैयाँ प्राप्त गर्न सक्दछन्” भन्ने कुरा झूट, पूर्ण रूपमा बनावटी बाहेक केही पनि होइन।

अझै अरूले यसो भनेका छन्: “उनीहरूले पुरुषहरू र महिलाहरूबीच उचित सीमाहरू कायम राख्दैनन्—तिनीहरू सबै अति नै छाडा छन्।” यस बुँदाको सम्बन्धमा, हामी सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूलाई हेरौं: “म पवित्र परमेश्‍वर स्वयम्‌ हुँ; म अशुद्ध हुन सक्दिनँ, न त ममा अशुद्ध मन्दिर नै हुन सक्छ” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १०९)अनि “परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूले राज्यको युगमा पालन गर्नैपर्ने दश प्रशासनिक आदेश” मा दिइएको नियम स्पष्टै छ: “मानिसमा एउटा भ्रष्ट स्वभाव छ र त्यसबाहेक ऊसँग भावुकताहरू छन्। त्यसरी नै, परमेश्‍वरको सेवा गर्दा विपरीत लिङ्गका दुई सदस्यहरू मात्र एकलै रहेर काम गर्न पूर्ण रूपमा निषेध गरिएको छ। जो कसैले पनि त्यसो गरेको थाहा पाइएको खण्डमा, कुनै अपवादविना हटाइनेछ।” हामी सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूबाट के देख्न सक्छौं भने परमेश्‍वरको स्वभाव पवित्र र धार्मिक छ र मानवजातिको कुनै पनि अपराधलाई सहँदैन। उहाँ अशुद्ध मन्दिरमा बस्नुहुन्न। परमेश्‍वर छाडा व्यवहारमा संलग्न हुने कसैलाई पनि चाहनुहुन्न। सर्वशक्तिमान् परमेश्‍वरका प्रत्येक अनुयायीले कडाइका साथ परमेश्‍वरको प्रशासनिक आदेशहरूको पालना गर्नुपर्दछ, अन्यथा उनीहरूलाई मण्डलीबाट निष्कासन गरिनेछ—कुनै अपवाद छैन। यस बाहेक, सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्ने दाजुभाइ-दिदीबहिनीहरू मुख्यतया विभिन्न सम्प्रदायका ती साँचो खोजी गर्नेहरूबाट आएकाहरू हुन्; तीमध्ये कतिपय विभिन्न सम्प्रदायका अगुवा र सहकर्मीहरू हुन्। तिनीहरूले अनुग्रहको युगबाट जानेका हुन्छन्, परमेश्‍वर ईर्ष्यालु परमेश्‍वर हुनुहुन्छ र छाडा व्यवहारलाई तुच्छ ठान्नुहुन्छ। उनीहरूले सधैँ प्रभु येशूका आज्ञाहरू पालन गरेका छन्, जुन कुरा विगतमा सच्‍चा भक्त मानिसहरूले सधैँ गरेका हुन्थे। के यस्तो मानिसले आजको राज्यको युगको प्रशासनिक आदेशहरूलाई जानी-जानी उल्लङ्घन गर्छ? त्यसैले तपाईंले देख्न सक्नुहुन्छ, यस अफवाहको जड निरर्थक छ र यसलाई बदनामीको रूपमा प्रयोग गरिएको हो।

केही मानिसहरूले यसो भनेका छन्, "पूर्वीय ज्योती एक आपराधिक भूमिगत संगठन हो। यदि तपाईं तिनीहरूसँग संलग्‍न हुनुभयो भने तपाईं कहिले पनि उम्कनुहुनेछैन। यदि तपाईंले प्रयास गर्नुभयो भने, तिनीहरूले तपाईंको आँखा निकाल्नेछन् र तपाईंको कान काट्नेछन्, वा तिनीहरूले तपाईंको खुट्टा भाँच्नेछन्…।” जब उनीहरूले भूमिगत संगठनहरूको कुरा गर्छन्, हामी सबैलाई थाहा छ कि त्यसमा हत्याराहरू, आगलागी गर्नेहरू, चोरहरू र डकैतीहरू समावेश हुन्छन् जसले सबै किसिमका दुष्ट कामहरू गर्दछन्। त्यस्ता मानिसहरूलाई कसैले पनि उक्साउन चाहँदैनन्। चिनियाँ सरकार र यसको पुलिस पनि तिनीहरूमध्ये केहीसँग टक्‍कर गर्ने हिम्मत गर्दैनन्, होइन त? त्यसोभए हामी आखिरी दिनहरूका सर्वशक्तिमान् परमेश्‍वरको सुसमाचार फैलाउने दाजुभाइ-दिदीबहिनीहरूका बारेमा हेरौं। जब तिनीहरू मानिसहरूलाई परमेश्‍वरकहाँ ल्याउन बाहिर जान्छन्, तिनीहरूलाई बाहिर फ्याँकिन्छ, अपमानित गरिन्छ, कुटपिट गरिन्छ, कुकुरहरूद्वारा आक्रमण गरिन्छ, पक्राउ गरिन्छ, जेलमा हालिन्छन् र यातना समेत दिइन्छ। तिनीहरू सबै किसिमका क्रूर व्यवहारको सिकार हुन्छन्। यदि यी भाइबहिनीहरू वास्तवमा भूमिगत संगठनका सदस्यहरू थिए भने के कसैले उनीहरूलाई त्यस्तो व्यवहार गर्ने साहस गर्ने थिए? के उनीहरू मौखिक दुर्व्यवहार सहेर प्रतिक्रिया नदिइकन बस्‍न सक्थे? के उनीहरूले कुटपिट सहेर प्रतिकार गर्दैनथिए? के तपाईंलाई त्यस्तै कुनै गैंगस्टारको बारेमा थाहा छ? के यस प्रकारको कुनै कुरामा संलग्न व्यक्तिले साँच्चै परमेश्‍वरमा विश्‍वास गरेको हुन सक्छ? यदि उनीहरूले परमेश्‍वरमा विश्‍वास गरे भने, के उनीहरूले पवित्र आत्माको काम पाउन सक्थे? के तिनीहरूले तुलनात्मक रूपमा समर्पित खोजी गर्ने व्यक्तिहरूलाई सुसमाचार प्रचार गर्न सक्षम हुनेथिए? यसबाहेक, विभिन्‍न सम्प्रदायका विभिन्‍न दाजुभाइ-दिदीबहिनीहरू छन्, जसले परमेश्‍वरको आखिरी दिनहरूका सुसमाचार सुनेका छन्। चाहे उनीहरूले सुसमाचारलाई ग्रहण गरेर जुनसुकै कारणले गर्दा मण्डलीबाट अलग भएको होस्, वा उनीहरूले सर्वप्रथम सुसमाचार कहिल्यै पनि स्वीकार नगरेको होस्, तिनीहरूमध्ये कसका आँखा निकालिएको, कान काटिदिएको वा खुट्टा भाँचिएको छ? यस अनुसार, धेरै व्यक्तिहरू हुनुपर्छ जसका आँखा बाहिर निकालिएको, खुट्टा भाँचिएको थियो। के चिनियाँ कम्युनिस्ट पार्टीको सरकारले धेरै पहिले यसलाई कानुनी अदालतमा मुद्दा चलाएर सजाय सुनाएको, र सम्पूर्ण प्रेसलाई खबर गरी सम्पूर्ण विश्‍वभरि फैलाएको थियो र? के यी अफवाह फैलाउनेहरू भनेको कुराको कुनै वास्तविक आधार छ? न त तिनीहरूले भनेको यो कुरामा नै कुनै वास्तविक आधार छ: “यदि तपाईं सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्ने कार्यमा सामेल हुनुभयो भने, तपाईं प्रवेश गरिसक्‍नुभएपछि, तपाईं कहिल्यै उम्कनुहुनेछैन।” “परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूले राज्यको युगमा पालन गर्नैपर्ने दश प्रशासनिक आदेश” मा यो लेखिएको छ: “ती आफन्तहरू (तेरा छोराछोरीहरू, तेरा पति वा तेरी पत्नी, तेरा दिदी-बहिनी, वा तेरा बाबुआमा इत्यादि) जो विश्‍वासी होइनन् उनीहरूलाई मण्डलीमा आउन जबरजस्ती गर्नु हुँदैन। परमेश्‍वरको घरमा सदस्यहरूको कमी छैन, र काम नलाग्ने मानिसहरूलाई ल्याएर त्यसको सङ्ख्या बढाउनु आवश्यक छैन। जसले खुसीसाथ विश्‍वास गर्दैनन् उनीहरूलाई मण्डलीमा ल्याउनु हुँदैन।” सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीलाई परमेश्‍वरमा खुशीसाथ विश्‍वास नगर्नेहरू संख्या बढाउनको लागि मात्रै आवश्यक पर्दैन र सुसमाचार प्रचार गर्दा, मानिसहरूले खास गरी मानिसहरूलाई घिस्याएर ल्याउन वा उनीहरूलाई जबरजस्ती परमेश्‍वरमा विश्‍वास गराउन सक्दैनन्। यो परमेश्‍वरको प्रशासनिक आदेश हो र प्रत्येक व्यक्तिले कडाइका साथ यसको पालना गर्नुपर्छ—यसको उल्लङ्घन हुन सक्दैन। सत्य के हो भने, मण्डलीको ढोका खुला छ, र जसले मण्डली र उनीहरूको विश्‍वास छोड्न चाहन्छन्, तिनीहरू कुनै पनि समयमा जान सक्दछन्। कसैले तिनीहरूलाई जबरजस्ती गर्दैन। सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीले प्रत्येक व्यक्तिलाई आफ्नै छनौट गर्ने स्वतन्त्रता दिन्छ। वास्तवमा, परमेश्‍वरको आखिरी दिनहरूका काम स्वीकार्नेहरू छोडेर जान सक्दैनन् भन्‍ने होइन, तर तिनीहरू आफै नै छाडेर जान चाहँदैनन्। यो किन हो? सर्वशक्तिमान् परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको देहधारणले सबै धर्म र क्षेत्रहरूमा तरङ्ग पठाएको छ, यसले धार्मिक क्षेत्रका मौलिक क्रमलाई ‘भद्रगोलको अवस्थामा’ धकेलिदिएको छ र यसले परमेश्‍वर देखा पर्नुभएको चाहना गर्नेहरूको हृदय हल्लाइदिएको छ। कसले उपासना गर्दैन र? कसले परमेश्‍वरलाई देख्‍न चाहँदैन र? परमेश्‍वर धेरै वर्षदेखि व्यक्तिगत रूपमा मानिसको बीचमा रहँदै आउनुभएको छ, तापनि मानिसले कहिले पनि यसलाई महसुस गरेन। आज, परमेश्‍वर स्वयम् देखा पर्नुभएको छ र उहाँको पहिचान जनसाधरणलाई देखाउनुभएको छ—यसले कसरी मानिसको हृदयमा हर्ष नल्‍याओस्?” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (१०))। “आखिरी दिनहरूमा, परमेश्वर फेरि देह बन्नुभयो, र उहाँको देहधारणसितै उहाँले अनुग्रहको युग समाप्त गर्नुभयो र परमेश्वरको राज्यको युग सुरु गर्नुभयो। परमेश्वरको दोस्रो देहधारणलाई स्वीकार गर्न सक्नेहरू जति सबैलाई परमेश्वरको राज्यको युगतिर लगिनेछ, र यसबाहेक व्यक्तिगत रूपमा परमेश्वरको मार्गदर्शन स्वीकार गर्न सक्षम हुनेछन्। … उहाँको प्रभुत्वमुनि आउनेहरू सबैले अझ उच्च सत्यको आनन्द लिनेछन् र अझ ठूला आशिषहरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्य, बाटो र जीवन प्राप्त गर्नेछन्” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)। आखिरी दिनहरूका देहधारी परमेश्‍वरको देखा पर्ने घटना र कामले वास्तवमा सम्पूर्ण धार्मिक संसारमा तरङ्गहरू पठाएको छ र यसले परमेश्‍वरको देखा पर्ने घटनाको लागि तिर्खाउनेहरूको हृदयलाई हल्‍लाएको छ। विभिन्न सम्प्रदायका दाजुभाइ-दिदीबहिनीहरू परमेश्‍वरमा फर्कनुको कारण के हो भने, उनीहरूले परमेश्‍वर देखा पर्नुभएको घटना देखेका छन्, उहाँको सोर सुनेका छन्, आखिरी दिनहरूका ख्रीष्ट नै सत्य, मार्ग, र जीवन हुनुहुन्छ भनेर बुझेका छन् र सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गरेर मात्र उनीहरूले मुक्ति प्राप्त गर्न र स्वर्गको राज्यमा प्रवेश गर्न सक्छन्। यस प्रकारको मुक्ति पाएपछि कसले छोड्न चाहन्छ? त्यसकारण, मानिसहरूले आँखा निकालिने, कान काटिने, वा खुट्टा भाँचिने डरको कारण छोड्न चाहँदैनन् अफवाहहरू बाहिरी मनसाय भएका मानिसहरूले फैलाएका मात्र हुन् भन्‍ने कुरा स्पष्ट छ।

हामीले माथि सङ्गती गरेका कुराबाट, हामी के देख्न सक्छौं भने आखिरी दिनहरूका परमेश्‍वरको कामको बारेमा गरिएका निन्दापूर्ण टिप्पणीहरू सत्यमा आधारित नरहेका बनावटी झूट बाहेक केही होइनन्। यदि हामीले यहाँ थोरै मात्र समझशक्ति लागू गर्‍यौं भने यी अफवाहहरू वास्तवमै समाधान हुन थाल्छन्। विश्‍वासीले झूट बोल्‍नु र झूटो गवाही दिनु भनेको परमेश्‍वरले सबैभन्दा घृणा गर्नुहुने व्यवहार हो; बाइबलले भने झैं यसलाई परमेश्‍वरले दोषी ठहराउनुभएको छ: “झुटो साक्षीले छल गर्छ” (हितोपदेश १२:१७)। “झुटो बोल्‍ने ओठहरू यहोवाका लागि घृणित छन्” (हितोपदेश १२:२२)। प्रभु येशूले भन्नुभयो: “तिमीहरू आफ्ना पिता दुष्टका हौ, र तिमीहरू आफ्ना पिताका अभिलाषाहरू पूरा गर्छौ। त्यो सुरुदेखि नै हत्यारा थियो र त्यो सत्यतामा बसेन, किनकि त्यसमा सत्यता छैन। जब त्यसले झूटो बोल्छ, त्यसले आफ्नै स्वभावअनुसार बोल्छ: किनकि त्यो ढँटुवा हो र त्यसको पिता हो(यूहन्‍ना ८:४४)। झूटा कुरा बोल्नु र झूटो गवाही दिनु भनेको परमेश्‍वरले घृणा गर्नुहुने कुरा हो भन्ने तथ्यलाई थाहा पाउँदा पनि तिनीहरू किन त्यसो गरिरन्छन्? यूहन्ना ११ अध्यायको ४७-४८ पदले भन्छ: “तब मुख्य पुजारीहरू र फरिसीहरू भेला भए, र भने हामी के गरौं? किनकि यो मानिसले धेरै आश्‍चर्यकर्महरू गर्छ। यदि हामीले उसलाई छोडिदियौँ भने, सबै मानिसले उसमाथि विश्‍वास गर्नेछन्: अनि रोमीहरू आउनेछन् र हाम्रो स्थान र जाती दुवैलाई लैजानेछन्” मत्ती २८ अध्यायले यो तथ्यलाई औंल्याउँछ: प्रभु येशूको पुनरुत्थानपछि सबैले प्रभु येशूमा विश्‍वास गर्नेछन् र हामीले आफ्नो ओहदा र आय गुमाउनेछौं भनेर, यहूदी मुख्य पूजाहारीहरू, शास्त्रीहरू र फरिसीहरू डराएका थिए। त्यसपछि तिनीहरूले प्रभु येशू पुनरुत्थान हुनुभएको तथ्यलाई ढाकछोप गर्न षड्यन्त्र गरे। उनीहरूले सिपाहीहरूलाई चाँदीको सिक्काको घूस दिए र सिपाहीहरू सुतिरहेको बेला उहाँका चेलाहरूले उहाँको शरीर लगे भन्दै, प्रभु येशू कहिल्यै पुनरुत्थान हुनुभएन भन्ने कुरा मानिसहरूलाई विश्‍वस्त तुल्याउन झूटा कुरा गरे। हामी यसबाट यो देख्छौं कि मानिसहरूले जानाजानी झूटहरू निर्माण गर्न सक्दछन्, र परमेश्‍वरको कार्यलाई न्याय र निन्दा गर्न सक्दछन् साथै परमेश्‍वरको निन्दा गर्न सक्छन्। तिनीहरूले तिनीहरूको आफ्नै प्रतिष्ठा, ओहोदा, र नाफाको रक्षा गर्न त्यसो गर्छन्। यसले उनीहरूको दुष्ट स्वभावलाई, साथै तिनीहरूले सत्यलाई घृणा गर्छन् र तिनीहरू परमेश्‍वरका शत्रुहरू हुन् भन्‍ने कुरालाई देखाउँछ। आखिरी दिनहरूमा अहिले पनि यो कुरा त्यस्तै छ। सर्वशक्तिमान्‌ परमेश्‍वरले मुख्य भूमि चीनमा आखिरी दिनहरूको आफ्नो कार्य विस्तार गर्नुहुँदा, विभिन्न धार्मिक सम्प्रदायका विश्‍वासीहरूको ठूलो समूह परमेश्‍वरको नयाँ काम स्वीकार्न आएका छन्। जब यस सम्प्रदायका केही अगुवाहरूले धेरैभन्दा धेरै मानिसहरूले सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गरेका तर उनीहरू अन्तर्गतका विश्‍वासीहरू ओइलिरहेका देख्छन्, तिनीहरू आखिरी दिनहरूका सर्वशक्तिमान् परमेश्‍वरको कार्यको निन्दा गर्न सबै किसिमका झूटहरू निर्माण गर्छन् र निन्दा गर्दछन् ताकि उनीहरूले आफ्नै प्रतिष्ठा र आयलाई सुरक्षित राख्न सकून्। यस प्रकार उनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई धोका दिन्छन् र उनीहरूलाई आखिरी दिनहरूका परमेश्‍वरको कामको खोजी गर्न, छानबिन गर्न, र स्वीकार गर्न भयभीत पार्छन्; तिनीहरूको उद्देश्य सँधै तिनीहरूका मण्डली झुण्डहरूलाई फन्दामा परेर नियन्त्रण गर्नु हो। यसबाट हामी देख्न सक्छौं कि विभिन्न सम्प्रदायका अगुवाहरू आखिरी दिनहरूमा परमेश्‍वरले गर्नुभएका कामहरूद्वारा प्रकट गरिएका आधुनिक समयका फरिसीहरू हुन्। तिनीहरूले आफ्नै प्रतिष्ठा र आयको सुरक्षाको लागि अफवाहहरू फैलाउँछन्—यसमा उनीहरूका मनसायहरू, उनीहरूको आफ्नै लक्ष्यहरू छन्।

यदि हामी धार्मिक क्षेत्रले फैलाएका यी बनावटी झूटलाई बुझ्‍न सक्दैनौं र यसलाई अन्धाधुन्ध पछ्याउँछौं भने हामी परमेश्‍वरको कार्यको निन्दा गर्ने, प्रतिरोध गर्ने र बाधा दिनेहरूको पक्षमा खडा हुन्छौ। यसले व्यक्तिलाई परमेश्‍वरको आखिरी दिनहरूको मुक्ति गुमाउने मात्र होइन, तर परमेश्‍वरको घृणा, अस्वीकृति र सजायको निसाना बन्‍ने पनि तुल्याउँछ। यो यहूदीहरूमाझ प्रभु येशूले गर्नुभएको कामजस्तै हो, जहाँ फरिसीहरूले उहाँको विरुद्धमा सबै प्रकारका झूटहरू निर्माण गरे र निन्दा गरे, जस्तै भूतहरू भगाउन सक्ने प्रभु येशूको क्षमता भूतहरूको राजकुमार, बालजिबुलद्वारा जादु गरिरहेको कारणले मात्र उहाँले प्राप्त गर्नुभएको थियो भन्ने भनाई, उहाँलाई भूतहरू लागेको थियो भन्ने भनाई, साथै अन्य ईश्‍वरनिन्दासँग सम्बन्धित कुराहरू। फरिसीहरूको झूटा कुरा र अफवाहहरूका कारण, तिनीहरूमा समझशक्तिको कमी भएको कारण र तिनीहरूले प्रभु येशूको काम र वचनलाई ध्यानपूर्वक अध्ययन नगरेकोले, धेरै यहूदीहरूले परमेश्‍वरको प्रतिरोध गर्ने खराब मार्ग अपनाए, फरिसीहरूको झूटलाई अन्धाधुन्ध स्विकारेर प्रभु येशूलाई त्याग्न र हत्या गर्न तिनीहरूसँग सामेल भए। फरिसीहरूले झूटा कुरा फैलाए र परमेश्‍वरको गिल्‍ला गरे र निन्दा गरे, र उनीहरूको अन्त्य के भयो भनेर हामी सबैले अनुमान लगाउन सक्छौ, तर ती झूटहरू र निन्दालाई सत्यताको रूपमा लिने ती यहूदी मानिसहरूलाई के भयो—के उनीहरूको अन्त्य दुःखद थिएन र? तिनीहरूले अभूतपूर्व राष्ट्रिय विनाशको सामना गरे र यहूदी मानिसहरू चार दिशामा तितरबितर भए। २,००० वर्षसम्म तिनीहरूको फर्कने घर थिएन। के ती फरिसीहरूको झूटलाई सत्यको रूपमा लिनु र परमेश्‍वरको विरोध गर्नुका नतिजाहरू होइनन् र? त्यसोभए हामी देख्न सक्छौं, जसले श्रद्धालु हृदयविना परमेश्‍वरमा विश्‍वास गर्दछन्, जसले परमेश्‍वरको नयाँ कामको खोजी गर्दैनन् वा अनुसन्धान गर्दैनन्, र जसले सजिलै झूटमा विश्‍वास गर्दछन् तिनीहरू शैतानको साथी हुन्छन् र परमेश्‍वरको विरोध गर्ने अपराधीहरू हुन्छन्। अन्तमा, तिनीहरू परमेश्‍वरप्रतिको यही विरोधको कारण विनाशमा डुबे। बाइबलमा लेखिएको यो कुरा पूरा भयो: “ज्ञानको कमीको कारण मेरा मानिसहरू नष्ट पारिएका छन्” (होशे ४:६)। “मूर्खहरू बुद्धिको चाहनामा मर्छन्” (हितोपदेश १०:२१)

बाइबलमा के भनिएको छ भने, भूतहरूले सुरुदेखि नै झूट बोल्छन्। शैतानले परमेश्‍वरको प्रतिरोध गर्न र मानिसहरूलाई धोका दिन प्रयोग गर्ने दुई आम चलाकीहरू झूट बोल्‍नु र निन्दा गर्नु हो, र यसमा यसका दुष्ट अभिप्रायहरू र छलहरू लुकेका हुन्छन्। तैपनि, परमेश्‍वरको बुद्धि सधैं शैतानको युक्तिहरूको एक कदम अगाडि हुन्छ। शैतान परमेश्‍वरको काम बिगार्न असमर्थ मात्र छैन, तर यसको विपरीत, यसले परमेश्‍वरको काममा आफ्‍नो सेवा दिन्छ। जसरी यहूदी मुख्य पूजाहारीहरू, शास्त्रीहरू र फरिसीहरूले प्रभु येशूको कामको प्रतिरोध गर्न र यसलाई दोषी ठहराउन कडा प्रयत्न गरे; तिनीहरू आफ्नो योजनामा ​​सफल भइरहेका छन् र तिनीहरूले प्रभु येशूको कामलाई मेटाउनेछन् भन्‍ने ठान्दै प्रभु येशूलाई क्रूसमा टाँग्न लगाउन तिनीहरूले रोमसँग षड्यन्त्र गरे, तर उनीहरूलाई छक्क पर्दै, प्रभु येशूले भन्नुभयो: “अब सकियो।” यसले हामीलाई के देखाउँछ भने परमेश्‍वरले आफ्‍नो व्यवस्थापन योजना हासिल गर्न र मानवजातिको छुटकारा पूर्ण गर्न शैतानका युक्तिहरूको प्रयोग गर्नुभयो। आज पनि त्यही कुरा लागू हुन्छ। आखिरी दिनहरूका सर्वशक्तिमान् परमेश्‍वरको कामको प्रतिरोध गर्न झूट र अफवाहहरू निर्माण गर्न कुनै कसूर बाँकी नराख्‍ने विभिन्‍न धार्मिक सम्प्रदायका अगुवाहरू धेरै भए तापनि, यी सबै कार्यहरूले परमेश्‍वरको कार्यलाई हानी गर्न नसक्‍ने मात्र होइन, तर वास्तवमा तिनले आखिरी दिनहरूको उहाँको काम पूरा गर्न सहयोग पुर्‍याउँछन्: बाली काट्ने र निफन्ने काम, मानिसलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गर्न, र असललाई इनाम दिन र खराबलाई सजाय दिन गहुँलाई सामाबाट, भेडालाई बाख्राबाट छुट्याउने काम। हाम्रो वास्तविक अनुभवबाट, हामीले यो देख्यौं कि चिनियाँ कम्युनिस्ट पार्टीको सरकार र धार्मिक संसारको झूटले साँचो अवस्था के हो सो नबुझ्‍ने केही दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाएको छ। तैपनि, आखिरी दिनहरूका परमेश्‍वरका कार्यको खोजी र अनुसन्धान गरेर र सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढेर, परमेश्‍वरमा साँचो विश्‍वास गर्ने र सत्यलाई प्रेम गर्नेहरूले वास्तविक मार्ग अनादि कालदेखि नै दमनको सिकार भएको छ भन्‍ने स्पष्ट देख्छन्। चिनियाँ कम्युनिस्ट पार्टीको सरकार र धार्मिक संसारले यसको प्रतिरोध गर्छ र यसको निन्दा जति धेरै गर्छ, यो त्यति नै बढी साँचो मार्ग हुन्छ—तसर्थ तिनीहरू परमेश्‍वरतर्फ फर्कन्छन्। तर जसले सत्यलाई तिरस्कार गर्छन् र घृणा गर्छन् तिनीहरूले मूर्खता पूर्वक झूट र हल्लाहरू सुन्छन् र अन्य मानिसहरूलाई पछ्याउँछन् किनकि उनीहरू खराबलाई प्रेम गर्दछन् र शक्तिप्रति मोहित हुन्छन्। नतिजा स्वरूप, तिनीहरू झूटको जालमा फसेका छन् र राज्यको ढोका बाहिर अड्केका छन्। के त्यो परमेश्‍वरको बुद्धि र सर्वशक्तिमान्‌ता होइन र? झूटले “सामा” लाई राम्ररी बाँध्न सक्छ तर यी झूटहरूले “गहुँको दाना” लाई उस्तै प्रभाव गर्दैनन्। हावाले भूसलाई उडाउँछ, जबकी खँदिला बीउहरू अन्तमा भकारीमा जम्मा हुनेछन्। यसरी, शैतानका युक्तिहरू मानिसलाई उनीहरूको प्रकार अनुसार वर्गीकरण गर्ने, साथै राम्रोलाई इनाम दिने र खराबलाई दण्डित गर्ने आखिरी दिनहरूका परमेश्‍वरको काम पूरा गर्ने उपकरण, सेवा गर्ने वस्तुहरू बन्‍न पुग्छन्। परमेश्‍वरको काम यति अचम्मलाग्दो र अथाह छ।

म यस बिन्दुमा आइपुग्दासम्‍म, तपाईंले अफवाहहरूको केही कारण, ती कुराहरूको सार र ती कुराहरूको हानीकारकताको बारेमा केही ज्ञान प्राप्त गर्नुभयो भन्‍ने मलाई विश्‍वास छ! र अब, सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको काम अभूतपूर्व नयाँ उचाइमा पुगेको छ—यो आफ्नो गौरवपूर्ण निष्कर्षमा पुग्छ र सबै राष्ट्र र सबै मानिसले देख्‍ने गरी सर्वशक्तिमान् परमेश्‍वरले आफैलाई प्रकट गर्नुहुनेछ। यस्तो महत्त्वपूर्ण समयमा, के तपाईं केही अफवाहहरूको भ्रमको कारण आफ्नो जीवन गुमाउन इच्छुक हुनुहुन्छ? के तपाईं यसका लागि आखिरी दिनहरूका परमेश्‍वरको मुक्ति यति संकुचित रूपमा गुमाउन इच्छुक हुनुहुन्छ? मलाई विश्‍वास छ, कुनै पनि बुद्धिमान व्यक्तिले अवश्य पनि बुद्धिमानी निर्णय गर्नेछ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

महामारी आएको छ: परमेश्‍वरको सुरक्षा पाउन इसाईले के गर्नुपर्छ?

आजभोली, महामारी विश्‍वभरि फैलिएको छ। संसारभरि करोडौँ मानिसहरू मरिरहेका छन् र हाम्रो बीचमा ठूला-ठूला विपत्तिहरू आइरहेका छन् भन्‍ने अनुभूति...

इसाई भक्तिहरू: आखिरी दिनहरूमा फर्केर आउनुहुँदा प्रभु येशूलाई अझै पनि येशू नै भनिनेछ?

गत दुई सहस्‍त्राब्दीको अवधिमा, इसाईहरूले उहाँको नाम कहिल्यै परिवर्तन हुनेछैन भन्‍ने ठोस विश्‍वासको साथ प्रभु येशूको नाममा प्रार्थना गर्दै, प्रचार गर्दै, रोग निको पार्दै, र भूतहरू धपाउँदै आइरहेका छन्। तर केही समय अघि, हान लेइ नामक एक इसाईले बाइबलबाट आखिरी दिनहरूमा परमेश्‍वरले नयाँ नाम लिनुहुनेछ भन्‍ने पत्ता लगाउँछन्। यो उनको लागि मनोहर तर अचम्‍मको कुरा, साथै अन्योलताको स्रोत थियो, तर केही समय खोजी गरिसकेपछि, उनले यसभित्र रहेको रहस्यलाई बुल्‍ल बुझ्छन् …

इसाई साक्षी: उनको छोराको क्यान्सर सामना गर्दा, उनले परमेश्‍वरमाथि भरोसा राख्छिन् र उहाँका कामहरूका साक्षी दिन्छिन्

By Xiaochun, China लिन जिन केही कामहरू गरेर घर फर्किदै थिइन् र सडकको दुवै छेउमा बढेको बाली घामको किरणमा हरियो सागर जस्तो देखिन्थ्यो। सडकको...

दैनिक अध्ययन: परमेश्‍वरको नजिक जानका लागि सहयोग गर्ने ४ तरिकाहरू

“परमेश्‍वरसँग नजिक कसरी पुग्ने” भन्ने विषयलाई धेरै विश्वासीहरूले होसियारीसाथ पछ्याउँछन्। यस युगमा जहाँ जीवन यति द्रुत गतिमा चल्दछ, हाम्रो हृदय सजिलैसँग व्यक्ति, घटनाहरू र चीजहरू वा सांसारिक सम्बन्धहरूद्वारा सजिलै विचलित र ओगटिएको हुन सक्छ, जसले गर्दा परमेश्‍वरसँगको हाम्रो सम्बन्ध अझ झन झन टाढा बन्न सक्छ। त्यसोभए हामी कसरी परमेश्‍वरसित ठ्याक्कै घनिष्ठ सम्बन्ध कायम राख्न सक्छौं? तलको लेखलाई क्लिक गरेर पढ्नुहोस्, र तपाईले उत्तर पाउनुहुनेछ।

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्