इसाई साक्षी: उनको छोराको क्यान्सर सामना गर्दा, उनले परमेश्‍वरमाथि भरोसा राख्छिन् र उहाँका कामहरूका साक्षी दिन्छिन्

24 मे 2021

By Xiaochun, China

लिन जिन केही कामहरू गरेर घर फर्किदै थिइन् र सडकको दुवै छेउमा बढेको बाली घामको किरणमा हरियो सागर जस्तो देखिन्थ्यो। सडकको किनारका वन्य फूलहरूले मन्द वायुमा नाच गरे, तर लिन जिनको सुन्दर ग्रामीण दृश्यहरूको प्रशंसा गर्न मन थिएन। उनी कसरी उनको छोरा बिनबिनलाई सधैं टाउको दुख्ने जस्तो देखिन्थ्यो र अक्सर बान्ता हुन्थ्यो भन्ने बारे सोच्थिन् र उनले यो कुनै साधारण रोग थिएन भन्ने अनुभुति गरिन्। उनको छोरा आज प्रान्तीय अस्पतालमा चेकअपको लागि जाँदै थिए, र परिणाम के हुन्छ भनेर उनी छक्क परिन्। यो सोचमा, लिन जिनले उनको वेग छिटोछिटो गरेर घरमा हतारगरी दगुरिन्।

उनको छोरा अत्यन्तै बिरामी छ र परमेश्‍वरको वचनले सान्त्वना प्रदान गर्दछ

लिन जिन हतारिएर घर पुगिन् र उनको परिवार सबै निराश देखिन्थ्यो। उनलाई केही ठीक थिएन भन्ने थाहा थियो, त्यसैले उनले सोधिन्, “बिनबिनको चेकअपको नतिजा के भयो?” उनका लोग्ने चुरोट पिउनमा मग्न थिए। ऊ रोकियो र बिस्तारै भन्यो, “डाक्टरले बिनबिनको टाउकोमा ट्यूमर छ भन्छ। यो मस्तिष्कको क्यान्सर हो …” जब उनले यो सुनिन्, लिन जिन डराउन थालिन्, र उनले सोधिन्: “मेरो छोरालाई मस्तिष्कको क्यान्सर छ रे? यो कसरी हुन सक्छ? क्यान्सर जाती नहुने खालको छ! मेरो छोरा २९ वर्षको मात्र छ। यदि उसलाई केही भयो भने, परिवारले कसरी सामना गर्ने?” लिन जिनले यसबारे अब सोच्ने आँट गरिनन्, र उनी यस परिस्थितिलाई कसरी सामना गर्ने भनेर भ्रममा परेकी थिई। उनको पीडा र असहायतामा, उनले गर्न सक्ने भनेकै आफ्नो हृदयमा परमेश्‍वरलाई चुपचाप प्रार्थना गर्नु थियो: “हे परमेश्‍वर! मेरो छोरो गम्भीर बिरामी छ, र म अत्यन्त व्याकुल भएको छु। मैले मेरो छोरो गुमाउने पो हो की भनेर म भयभित छु। हे परमेश्‍वर! कृपया मेरो हृदयको रक्षा गर्नुहोस् ताकि म तपाईं समक्ष शान्त हुन सकूँ, र म तपाईंलाई मेरो अगुवाई गर्न अनुरोध गर्दछु ताकि मलाई के भइरहेको छ त्यो सामना गर्ने साहस पाउन सकुँ।” प्रार्थना गरिसकेपछि लिन जिनले यसो भन्ने परमेश्‍वरका वचनहरूको बारेमा सोच्न थालिन्: “ब्रह्माण्डमा हुने सबै कुरामध्ये, त्यहाँ यस्तो केही छैन जसमा मेरो निर्णय हुँदैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय १)। परमेश्‍वरका वचनले लिन जिनलाई बल र विश्वास दियो, र उनले मनमनै सोचिन्: “हो, परमेश्‍वर सर्वशक्तिमान हुनुहुन्छ, र उहाँले सबै थोक आफ्नो हातमा लिनुहुन्छ। मेरो छोराको भाग्य पनि परमेश्‍वरको हातमा छ र ऊ बाँच्छ वा मर्छ भन्ने कुराको अन्तिम निर्णय परमेश्‍वरले गर्नुहुनेछ। यदि परमेश्‍वरले यसलाई अनुमति दिनुभएन भने मेरो छोरो ऊसँग एक सास मात्र बाँकी रहुन्जेलसम्म मर्नेछैन।” यो कुरा सोच्दै लिन जिनले फेरि एकपल्ट परमेश्‍वरलाई प्रार्थना गरिन्: “हे परमेश्‍वर! म विश्वास गर्दछु कि मानिसहरूको जीवन र मृत्यु तपाईंको हातमा शासित छन्, र चाहे मेरो छोराको बिमारी निको हुन्छ कि हुँदैन भन्ने कुरा पनि तपाईंको हातमा छ। म मेरो छोराको जीवन र मृत्यु तपाईंलाई सुम्पन चाहन्छु, र म तपाईंको योजना र प्रबन्धहरूको अधिनतामा सुम्पिन चाहन्छु।” प्रार्थना गरिसकेपछि लिन जिनलाई पहिले जस्तो डर लागेन र उनको हृदय बिस्तारै शान्त भयो।

उनको छोरा गम्भीर रूपमा बिरामी छ र आशिष्‌ पाउने उनको इच्छा पूर्ण रूपमा उजागर गरिन्छ

अर्को दिन, लिन जिनका पति उनीहरूको छोराको साथ अस्पतालमा अर्को जाँचको लागि गए। डाक्टरले भन्यो कि बिनबिनको ट्यूमर एक ट्यूमरमय जालोमा विस्तार भएको छ र यो अब अप्रभावी छ। डाक्टरले भने कि बिनबिन सायद अर्को दुई महिना मात्र बाँच्नेछ। लिन जिनले यो खबर सुनेपछि उनलाई अचानक चक्कर आयो र उनले पीडा र व्याकुलताको अनुभूति गरिन् कि मानौं उसको मुटु दुई टुक्रा भइसकेको छ। उनले स्वीकार गर्नै सकिनन् कि उनको छोरा, जो अझै यति सानो थियो, अचानक उनलाई छोड्दै र यस संसारलाई पछाडि छोड्दै थियो। लिन जिनले दुखाइलाई पराजित गरेकी थिइन् र उनको आँखाबाट लगातार आँसु झर्यो। उनले परमेश्‍वरलाई दोष लगाउन र गलत बुझ्न बाहेक केही गर्न सकेकी थिइनन्, र उनले सोचिन्, “म परमेश्‍वरमा विश्वास गर्दछु, त्यसोभए किन परमेश्‍वरले मेरो छोरालाई ध्यान दिनुभएन र उनको रक्षा गर्नुभएन? किन मेरो छोरालाई यस्तो गम्भीर रोग लागेको छ? ऊ मर्छ भने म के गर्ने…?” त्यस दिनदेखि लिन जिन हरेक दिन रुन्थिन् र उनले पीडा र कमजोर महसुस गर्थिन्। उनी परमेश्‍वरका वचनहरू पढ्ने कुनै मनस्थितिमा थिइनन्, र जब उनले प्रार्थना गर्थिन्, तब उनीसँग भन्नुपर्ने कुनै शब्द हुदैनथ्यो।

जब लिन जिन यति कमजोर र निराश भइसकेका थिए, दुई सिस्टरहरू उनलाई भेट्न आउनुभयो। उनीहरूले उनको लागि परमेश्‍वरको वचनहरू पढेर सुनाए र परमेश्‍वरको इच्छाको बारेमा उनीसँग सङ्गति गरिन्। एउटी सिस्टरले यस्तो पढीन्: “परमेश्‍वरले मानिसहरूभित्र गर्ने कार्यको प्रत्येक चरणमा, बाहिरी रूपमा यो मानिसहरू बीचको अन्तरक्रिया जस्तो देखिन्छ, मानवको बन्दोबस्त वा हस्तक्षेपहरूबाट जन्मेको जस्तो देखिन्छ। तर पर्दा पछाडि, कार्यको प्रत्येक चरण, र जे कुरा पनि हुन्छ, त्यो शैतानले परमेश्‍वरसँग बाजी थाप्‍ने कार्य हो, र यसका लागि मानिसहरूले परमेश्‍वरको साक्षी दिन दह्रिलो भएर खडा हुनु आवश्यक हुन्छ। उदाहरणको लागि अय्यूबलाई परीक्षा गरिएको घटनालाई लिऊँ: पर्दा पछाडि शैतानले परमेश्‍वरसँग बाजी थापिरहेको थियो, र अय्यूबलाई जे भयो त्यो मानिसहरूको कार्यहरू र मानिसहरूको हस्तक्षेप थियो। तिमीहरूमा परमेश्‍वरले गर्ने कार्यको प्रत्येक कदमको पछाडि शैतानले परमेश्‍वरसँग बाजी थापेको हुन्छ—पछाडिपट्टि यो सबै युद्ध हो(“परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो”)। उनले पढीसकेपछि, त्यो सिस्टरले यसो भन्दै सङ्गति गर्नुभयो, “सिस्टर लिन, अब तपाईको छोरा बिरामी भएकोले तपाईले कमजोर महसुस गर्नु सामान्य हो। तर तपाईंलाई थाहा हुनुपर्दछ, तपाईमाथी अहिले आइपरेको यस परिस्थिति पछाडि, आत्मिक संसारमा एउटा युद्ध भइरहेको छ र शैतानले परमेश्‍वरसँग बाजी मारिरहेको छ। शैतानलाई थाहा छ कि तपाईं आफ्नो बच्चाको अधिक हेरचाह गर्नुहुन्छ, र त्यसैले यसले तपाईंलाई प्रलोभनमा पार्न, तपाईंलाई परमेश्‍वरमाथिको विश्वास गुमाउन र परमेश्‍वरलाई दोष दिन र गलत अर्थ लगाउन तपाईंको बच्चाको बिरामीपनालाई प्रयोग गर्दछ ताकि अन्तमा, तपाईं परमेश्‍वरबाट अलग भएर उहाँलाई धोका दिनुहुन्छ, र तपाईं शैतानको अधिकार-क्षेत्रमुनि फर्किनुहुन्छ र त्यसद्वारा भ्रष्ट र मूर्ख बन्न जारी राख्नुहुन्छ। यदि हामीले चीजहरूलाई आत्मिक संसारको परिप्रेक्ष्यबाट हेर्दैनौं, र हामी परमेश्‍वरसामु प्रार्थना र खोजी गर्न आउँदैनौं, बरु गलत बुझाई र दोषमा बाँचिररहन्छौं भने, हामी शैतानका छली योजनाहरूको बहकाउमा आउनेछौं र हाम्रो गवाही गुमाउनेछौं। एक क्षणको लागि अय्यूबको अनुभवहरू विचार गरौं। जब शैतानका प्रलोभनहरू उनीमाथि आइपरे, अय्यूबले आफ्ना बच्चाहरू गुमाए, उनले भेडा र गाईवस्तुहरूको थुप्रो गुमाए र उनले आफ्नो परिवारको धन र सम्पत्ति गुमाए। उसको सम्पूर्ण शरीरमा पनि पीडादायी फोकाहरू फुटिनिस्क्यो। यो कत्ति अथाह परीक्षा थियो! तर अय्यूबले पापमय तवरमा बोलेनन्, न त उनले कुनै कुरा भने जसले उनले परमेश्‍वरलाई दोष दिए वा गलत अर्थ लगाए भन्ने कुरा देखायो। यसको सट्टा, उनले विश्वास गर्थे कि उसलाई जे भइरहेको थियो त्यो कुनै दुर्घटना होइन, तर त्यो कुरा पछाडि परमेश्‍वरको अनुमति थियो। अझ त्यो भन्दा बढी, अय्यूबलाई उनको हृदयमा थाहा भयो कि उसको पारिवारिक धन र सम्पत्ति, र तिनका सन्तानहरू उसलाई परमेश्‍वरद्वारा प्रदान गरिएको थियो र, परमेश्‍वरले दिनुभए पनि वा लानुभए पनि, उसले सृष्टि गरिएको प्राणीले गर्नुपर्ने जस्तो आज्ञा पालन गर्नेथ्यो। तसर्थ, अय्यूब पीडा र कष्टमा थिए, तैपनि तिनी अझै पनि परमेश्‍वरको योजना र प्रबन्धहरूको अधीनमा बस्न र यहोवाको नामको गुणगान गर्न सक्षम थिए। अन्तमा, परमेश्‍वरमाथिको उनको विश्वास, साथै उनको आज्ञाकारिता र परमेश्‍वरप्रतिको श्रद्धाले उसलाई शैतानलाई हराउने, परमेश्‍वरको निम्ति साक्षी दिने र परमेश्‍वरको प्रशंसा कमाउने अनुमति दियो। फलस्वरूप, जब तपाईंको बच्चा बिरामी पर्दछ, यो शैतानको प्रलोभनको साथसाथै परमेश्‍वरबाटको परिक्षण हो, र तपाईंले आत्मिक संसारमा के भइरहेको छ भन्ने कुरा स्पष्ट देख्न परमेश्‍वरको वचनहरू अनुसरण गर्नुपर्दछ। परीक्षणको क्रममा, हामीले परमेश्‍वरको इच्छा खोज्न, परमेश्‍वरको योजना र प्रबन्धहरूको अधीनमा बस्न, शैतानको छली युक्तिहरूको माध्यमबाट हेर्न र परमेश्‍वरको लागि साक्षी दिन सक्षम हुनुपर्दछ। त्यसोभए मात्र हामी शैतानको प्रलोभनमा पर्नबाट जोगिनेछौं र हामीभित्र परमेश्‍वरको लागि उठिरहेको गलत बुझाई र दोषबाट जोगिनेछौं।” सिस्टरको सङ्गति सुनेपछि, लिन जिनले परमेश्‍वरको इच्छा बुझिन्, र उनले अय्युबको अनुकरण गर्नुपर्छ भन्ने उनलाई थाहा भयो। उनको छोराको अवस्था जे जस्तो भए पनि, उसले परमेश्‍वरलाई दोष दिइनन्, बरु उनले परमेश्‍वरको योजना र व्यवस्थाहरूको अधिनतामा सुम्पिन् र परमेश्‍वरको लागि साक्षी दिइन्।

त्यसपछि त्यो सिस्टरले लिन जिनलाई परमेश्‍वरको वचनहरूको अर्को अंश पढ्छिन्: “मैले तिनीहरूलाई निको पारौं भनेर मात्र धेरैले मलाई विश्‍वास गर्छन्। मैले तिनीहरूको शरीरबाट अशुद्ध आत्माहरू निकाल्न मैले मेरो शक्ति प्रयोग गरौं भनेर र तिनीहरूले शान्ति र आनन्द प्राप्‍त गर्न सकून्‌ भनेर मात्र धेरैले ममा विश्‍वास गर्छन्। मबाट धेरै भौतिक सम्पत्ति माग गर्नलाई मात्र धेरैले ममा विश्‍वास गर्छन्। यस जीवनलाई शान्तिमा बिताउन र आउने संसारमा सुरक्षित र सकुशल हुनलाई मात्रै धेरैले ममा विश्‍वास गर्छन्। नरकको कष्टहरूबाट बच्न र स्वर्गका आशिष्‌हरू प्राप्‍त गर्नलाई धेरैले ममा विश्‍वास गर्छन्। धेरैले अस्थायी सान्त्वनाको निम्ति मात्र ममा विश्‍वास गर्छन्, तैपनि आउने संसारको कुनै पनि कुरा प्राप्‍त गर्न खोज्दैनन्। जब मैले मेरो क्रोध मानिसमाथि खन्याएँ र कुनै समयमा ऊसँग भएको सबै आनन्द र शान्ति खोसेँ, मानिस सशंकित भयो। मैले मानिसलाई नरकको कष्ट दिएर स्वर्गको आशिष्‌ फिर्ता गर्दा मानिसको शर्म रिसमा परिणत भयो। निको पार्नलाई मानिसले मलाई बिन्ती गर्दा मैले कुनै ध्यान दिइनँ र ऊप्रति घृणा महसुस गरेँ; बरु मानिस मबाट अलग भएर दुष्ट औषधि र टुनामुनाको मार्ग खोज्नतिर लाग्यो। जब मानिसले मबाट माग गरेको सबै थोक मैले खोसेँ, सबै जना कुनै निशानाविना नै गायब भए। यसैले, म अति धेरै अनुग्रह दिन्छु र प्राप्‍त गर्ने कुरा अति धेरै भएको हुनाले मानिसले ममा विश्‍वास गर्छ भनी म भन्छु(“विश्‍वासको बारेमा तँलाई के थाहा छ?”)। परमेश्‍वरका यी वचनहरू सुनेपछि, लिन जिनले उनी वास्तवमा परमेश्‍वरको वचनहरूले जे प्रकाश पारिरहेको थियो त्यस्तै थिइन् भन्ने महसुस गर्नासाथ लाज मानिन्। उनले परमेश्‍वरमा विश्वास गरिन् र परमेश्‍वरबाट आशिष् पाउन र लाभ लिनको लागि आफ्नो कर्तव्य पूरा गरिन्, र ताकि परमेश्‍वरले उनको परिवारको सुरक्षा गर्नुहुनेछ र सुरक्षित राख्नुहुनेछ, र सबैलाई स्वस्थ र राम्रो राख्नुहुनेछ। जब परमेश्‍वरको अनुग्रह उनको परिवारको साथमा थियो र सबै शान्तिमय र राम्रो थियो, उनले उहाँको आशिषका लागि परमेश्‍वरलाई धन्यवाद दिन्थिन्, र उनी आफ्नो कर्तव्य पूरा गर्ने क्रममा थोरै कष्ट भोग्न र थोरै रित्तिन तयार भएकी थिइन्। तर उनको परिवारमा केही भएर उनको छोरा गंभीर रूपमा बिरामी हुनासाथ, उनले परमेश्‍वरलाई गलत रूपमा बुझिन् र दोष दिइन्, र नकारात्मकताको स्थितिमा बसिन्। उनको अघिल्लो उत्साह पूर्ण रूपले हरायो, र उनी अब परमेश्‍वरको वचनहरू प्रार्थना गर्ने वा पढ्ने मनस्थितिमा थिइनन्; उनी अरू बढी आफ्नो कर्तव्य पूरा गर्न पनि इच्छुक थिइनन्। जब तथ्यहरू उनको आँखा अगाडि खुला राखिए तब मात्र लिन जिनले देखिन् कि उनले आशिष्‌ प्राप्त गर्ने मनसायले परमेश्‍वरमा विश्वास गरेकी थिइन्, उनले परमेश्‍वरसँग सम्झौता गरिरहेकी थिइन्, र अझै पनि उनीभित्र अशुद्धताहरू थिए। लिन जिनले पनि महसुस गरे कि उनी केवल एक सानो सृष्टि गरिएको प्राणी हुन् र परमेश्‍वरमा विश्वास गर्नु र परमेश्‍वरको आराधना गर्नु भनेको स्वर्गको कानून र पृथ्वीको सिद्धान्त हो—यो सबै सृष्टि गरिएका प्राणीहरूको दायित्व हो। तैपनि उनले सधैं परमेश्‍वरबाट अनुग्रह र आशिषको खोजी गरिन्, र दुर्भाग्यपूर्ण केहीकुरा उनको बाटोमा आउनासाथ, उनी नकारात्मक भइन्, उनले परमेश्‍वरलाई गलत रूपले बुझिन् र परमेश्‍वरको बारेमा गुनासो गरिन्। त्यसो गरेर, के उनले परमेश्‍वरको विद्रोह र परमेश्‍वरको विरोध गरिरहेकी थिइनन्? उनी वास्तवमा विवेक वा तर्करहित नै थिइन् र परमेश्‍वरप्रतिको उनको विश्वासमा यस प्रकारको मनसाय र दृष्टिकोणले उनले कसरी परमेश्‍वरको प्रशंसा पाउन सक्छिन्? त्यतिखेर लिन जिनले विगतको विद्रोहको लागि पछुतोको महसुस बाहेक केही गर्न सकिनन्, र उनले परमेश्‍वरमाथिको विश्वासप्रति उनको गलत धारणा सुधार्न उनलाई मार्गदर्शन गर्न परमेश्‍वरलाई विन्ती गर्दै, आफ्नो हृदयमा परमेश्‍वरलाई एउटा मूक प्रार्थना भनिन् ताकि उनले अब परमेश्‍वरसित कुनै सम्झौता गर्न नपरोस्।

परमेश्‍वरका वचनहरूले उनलाई मार्गदर्शन गर्छन् र उनी आज्ञाकारी हुन सिक्छन्

पछि, लिन जिनले यसो भन्ने परमेश्‍वरको वचनहरू पढे: “परमेश्‍वरमा विश्‍वास गर्नु भनेको तैँले उहाँको आज्ञापालन गर्नु, उहाँलाई प्रेम गर्नु र परमेश्‍वरको सृष्टिले गर्नुपर्ने कर्तव्य पूरा गर्नको लागि हो। परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य यही नै हो। तैँले परमेश्‍वरको प्रेमिलोपनको, उहाँ हाम्रो आदरको कति योग्य हुनुहुन्छ, र परमेश्‍वरले उहाँका सृष्टिहरूमा कसरी मुक्तिको काम गर्नुहुन्छ र तिनीहरूलाई सिद्ध बनाउनुहुन्छ भन्ने ज्ञान प्राप्त गर्नैपर्छ—यी परमेश्‍वरमाथिको तेरा विश्‍वासका अत्यावश्यक तत्वहरू हुन्। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको मुख्य रूपले देहको जीवनबाट परमेश्‍वरलाई प्रेम गर्ने जीवनमा सर्नु हो; भ्रष्टतामा जिउनुबाट परमेश्‍वरको वचन पालन गर्ने जीवनमा सर्नु हो; यो शैतानको अधिकार-क्षेत्रबाट बाहिर निस्केर परमेश्‍वरको वास्ता र सुरक्षामा जिउनु हो; यो परमेश्‍वरमा आज्ञाकारी हुन सक्नु र देहको आज्ञाकारी नहुनु हो; यो परमेश्‍वरलाई तेरो सम्पूर्ण हृदय प्राप्त गर्न दिनु हो, जसद्वारा परमेश्‍वरलाई तँलाई सिद्ध बनाउन दिनु हो, र तैँले आफैलाई भ्रष्ट शैतानिक स्वभावबाट मुक्त गर्नु हो। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको विशेष रूपले परमेश्‍वरको शक्ति र महिमा तँमा प्रकट हुन दिनु हो, तैँले परमेश्‍वरको इच्छाको काम गर्नु र उहाँको योजना पूरा गर्नु हो, साथै शैतानको सामु परमेश्‍वरको साक्षी दिन सक्नु हो(“परमेश्‍वरको वचनद्वारा सबै कुरा प्राप्त हुन्छ”)। परमेश्‍वरका वचनहरूबाट लिन जिनले परमेश्‍वरमा विश्वास गर्नेहरूले पछ्याउनुपर्ने सही लक्ष्य फेला पारे: परमेश्‍वरमा विश्वास गर्नेले आशिष् पाउन खोज्नुहुँदैन, बरु वास्तविक वातावरण र मानिसहरूमा, कसैले जीवनमा भेटेका घटना र चीजहरूमा, परमेश्‍वरको कार्यको अनुभव गर्न र परमेश्‍वरको कार्यहरू जान्न, मानिसको निम्ति परमेश्‍वरको प्रेम र मुक्तिको कदर गर्न र, निरन्तर परमेश्‍वरको कार्य र वचनहरूको अनुभव गरेर, आफ्नो शैतानी भ्रष्ट स्वभावलाई त्याग्न खोजी गर्नुपर्दछ। त्यसोभए, कोही यस्तो व्यक्ति बन्छ जो साँचो रूपमा परमेश्‍वरप्रति आज्ञाकारी हुन्छ र जसले परमेश्‍वरलाई साँच्चिकै प्रेम गर्दछ, सृष्टि गरिएको प्राणीले गर्नुपर्ने कर्तव्य उसले पूरा गर्छ र जुनसुकै कठिनाइ वा परीक्षाहरू आइपरे पनि ऊ सधैं परमेश्‍वरको मार्ग अनुसरण गर्न सक्षम हुनेछ र परमेश्‍वरको लागि साक्षी दिन सक्षम हुनेछ—परमेश्‍वरमा विश्वास गर्ने जोकोहीले खोज्नुपर्ने लक्ष्य यो नै हो। लिन जिनले अय्यूबको बारेमा र उनले कसरी आशिष पाउन वा केही नाफा प्राप्त गर्नका लागि परमेश्‍वरमा विश्वास गरेनन्, तर उनले जीवनमा परमेश्‍वरको कार्यहरू जान्न खोजे, र उनी परमेश्‍वरको मार्ग पछ्याउन, परमेश्‍वरसँग डराउन र खराबबाट अलग रहन खोजे भन्ने बारेमा सोचे। त्यसकारण, जब परीक्षाहरू अय्यूबमा आइपर्‍यो, त्यसबेला उनले परमेश्‍वरलाई दोष दिएनन् वा परमेश्‍वरलाई गलत बुझेनन् किनभने उनले आफ्नो पारिवारिक सम्पत्ति र आफ्ना बच्चाहरु गुमाएका थिए, बरु उनी आफू परेको परिस्थितिमा परमेश्‍वरको इच्छा खोजे, उनी परमेश्‍वरको योजना र प्रबन्धहरूको अधीनमा बसे, र उनले परमेश्‍वरको साक्षी दिन खोजे। अन्तमा, अय्यूबले शैतानलाई पराजित गर्यो, उसले शैतानलाई शर्ममा पार्छ जसमा त्यसले व्यावहारिक रूपमा परमेश्‍वरप्रतिको आफ्नो भय र दुष्टताबाट टाढा बस्छ, र ऊ एक स्वतन्त्र मानिस बन्यो जसले परमेश्‍वरको आराधाना गर्‍यो र परमेश्‍वरको प्रशंसा कमायो। एक पटक उनले यी चीजहरू बुझिसकेपछि लिन जिनले अय्यूबको अनुकरण गर्ने संकल्प गरिन्। चाहे उनको छोराको बिरामी होस् वा साधारण, दैनिक जीवनको कुरा होस्, उनले आफ्नो गलत मनसाय र उनको असाधारण मागहरूलाई त्याग्ने थिए र उनी परमेश्‍वरको इच्छा खोज्ने कुरामा ध्यान केन्द्रित गर्ने थिए र परमेश्‍वरको महिमा गर्न र उहाँको गवाही वहन गर्नको निम्ति परमेश्‍वरको आज्ञा पालन गर्ने र उहाँलाई प्रेम गर्ने व्यक्ति हुन खोज्ने थिए।

पछि, लिन जिनका पतिले डाक्टरले उनीहरूको छोरालाई क्रेनियोटोमी देओस् भनेर आग्रह गरे, किनकि उनीहरू सफलताको थोरै आशा भए पनि आफ्नो छोरालाई बचाउन चाहन्थ्यो। उनका पतिले बारम्बार यो माग गरेपछि डाक्टर अन्ततः निरुत्साहित भए। जुन दिन उनका छोराको शल्यक्रिया भयो, लिन जिन अस्पतालमा गइनन्, र अझै पनि उनी शान्त हुन सकिनन्। उनी आफ्नो छोराको शल्यक्रियाका बारे धेरै चिन्तित थिइन्, र उनलाई बचाउने आश्चर्यकर्म होस् भनेर पनि आशा राखिन्। ठीक त्यतिखेर, लिन जिनले महसुस गरिन् कि उनले अझै पनि परमेश्‍वरबाट असाधारण मागहरू गरिरहेकी थिइन् र उनले परमेश्‍वरले आफ्नो छोराको बिरामीलाई निको पारोस् भन्ने चाहिन्; उनीसित अझै पनि परमेश्‍वरप्रति साँचो आज्ञाकारिता थिएन। अनि त्यसैले, लिन जिनले परमेश्‍वरलाई प्रार्थना गरेर भनिन्, “हे परमेश्‍वर! मँ भन्छु कि म तपाईंको योजना र व्यवस्थाहरूको अधिनमा सुम्पिन चाहन्छु, र अझै पनि म तपाईंसँग मेरो हृदयमा माग गर्दछु। यो गलत छ भनेर मलाई थाहा छ, त्यसैले म तपाईंलाई अनुरोध गर्दछु कि तपाईंले मेरो हृदयलाई सुरक्षित राख्नुहोस् ताकि यो शान्त हुन सकोस् र ताकि म तपाईंको योजना र व्यवस्थापनमा पूर्ण रूपमा अधिनमा सुम्पिन सक्नेछु।” पछि लिन जिनले परमेश्‍वरका यी वचनहरू पढे: “अय्यूबले परमेश्‍वरसँग कुनै माग गरेनन्। तिनले परमेश्‍वरबाट आएका सबै प्रबन्धहरू पर्खने, स्वीकार गर्ने, सामना गर्ने, र पालन गर्ने माग आफैसँग गरे; त्यसो गर्नु तिनको कर्तव्य हो भन्‍ने विश्‍वास अय्यूबले गरेका थिए, र परमेश्‍वरले पनि ठीक त्यस्तै चाहनुहुन्थ्यो(“परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २”)। लिन जिनले यो देखे कि, जब परीक्षाहरू अय्यूबमा आइपर्यो, उनले परमेश्‍वरसँग कुनै माग गरेनन् किनभने उनले परमेश्‍वरका सबै योजना र व्यवस्थाहरूको प्रतिक्षा गर्नु, स्वीकार गर्नु र अधिनमा सुम्पिनु सृष्टि गरिएको प्राणीको दायित्व थियो भनेर विश्वास गरिन्। अय्यूबको विवेक र तर्क र उनको सिधा र इमान्दार चरित्रले परमेश्‍वरको स्वीकृतिलाई पूरा गर्‍यो, र यो लिन जिनले अनुकरण गर्नुपर्ने कुरा हो। लिन जिनले अय्यूबको अनुकरण गर्न र सबै चीजहरूमा परमेश्‍वरको योजनाहरूको अधिनमा सुम्पिन चाहे। त्यसकारण लिन जिनले घुँडा टेकेर परमेश्‍वरलाई साँचो मनले प्रार्थना गरिन्: “हे परमेश्‍वर! म अय्यूबको अनुकरण गर्न चाहन्छु र तपाईको सच्चा रूपमा आज्ञा पालन गर्ने र तपाईको आराधाना गर्ने व्यक्ति बन्नेछु। मेरो छोराको शल्यक्रिया जस्तो भए पनि, म यसलाई शान्तपूर्वक स्वीकार्न र तपाईंको योजना र प्रबन्धहरूको अधिनमा सुम्पिन चाहन्छु।” उनले प्रार्थना गरिसकेपछि, लिन जिनले धेरै धेरै शान्त भएको महसुस गरिन् र उनले अलि बढी स्वतन्त्र महसुस गरिन्।

उनी साँच्चिकै आज्ञाकारी बन्छिन् र उनी परमेश्‍वरको आश्चर्यजनक कामहरूको साक्षी दिन्छिन्

यो अपराह्न चार बजेपछि भएको थियो जब उनकी बुहारीले बोलाएर खुशीसाथ भनिन्, “आमा, बिनबिनको शल्यक्रियाले एक ठूलो सफलता पायो। अब चिन्ता लिनुपर्दैन।” जब लिन जिनले यो सुन्दर खबर सुने, उनले तुरुन्त आँसु खसालिन्। उनले डाक्टरले कसरी बिनबिनको ट्यूमर शल्यक्रिया गर्न नसकिने र बढीमा अर्को दुई महिना बाँच्नेछन् भनेको थियो भनेर सम्झिन्। शल्यक्रिया वास्तवमै ठूलो सफलता भएको थियो भनेर सुन्न पाउँदा उनी छक्क परिन्—यो अकल्पनीय थियो! लिन जिनलाई राम्ररी थाहा भयो कि यो पूर्णतया परमेश्‍वरको हेरचाह र सुरक्षामा थियो, र यो परमेश्‍वरको एउटा आश्चर्यजनक काम थियो! उनी परमेश्‍वरप्रति कृतज्ञ भइन् र उनले परमेश्‍वरलाई धन्यवाद चढाउँथिन् र उनले आफ्नो हृदयमा परमेश्‍वरलाई उनको धन्यवाद र उनको प्रशंसा चढाउँथिन्: “हे परमेश्‍वर! तपाईंको वचनले मलाई हरेक पाइलामा डोर्यायो, र तपाईंको अख्तियार र महान् शक्तिले मेरो छोरालाई मृत्युको कगारबाट बचायो। हे परमेश्‍वर! म तपाईंलाई धन्यवाद दिन्छु र तपाईंको प्रशंसा गर्छु …”

केही समय बितिसकेपछि, डाक्टरले बिनबिनको पूर्ण जाँच गराउन सल्लाह दिए। परिणाम आउनासाथ, डाक्टरले छक्क पर्दै आश्चर्यचकित हुँदै भने, “उसको टाउको एकदमै राम्ररी निको भएको छ। यो केवल अविश्‍वसनीय छ!” दिनदिनै उनको छोराको स्वास्थ्य राम्रो हुँदै गएको देखेर लिन जिनले उनको हृदयमा परमेश्‍वरको कृपाको लागि धन्यवाद दिन्छिन्, र उनी प्रायः आफ्नो छोराको अघि परमेश्‍वरको कामको प्रमाण दिन्छिन्। जब उनका छोराले यो कुरा सुने, उनले टाउको हल्लाए र सबै कुरामा परमेश्‍वरले प्रभुत्व जमाउनुभएको छ भन्ने कुरामा सहमति जनाए।

उनी विगतका घटनाहरूमा फर्केर हेर्छिन् र परमेश्‍वरको असीम प्रेमको अझ ठूलो अनुभूति गर्छिन्

समय बित्यो र आँखाको पलकमा, यो फेरि देखा पर्यो। रसीला बोटहरूले पृथ्वीलाई जीवन्त जीवनले भरिपूर्ण बनायो र लिन जिन खुशीसाथ उनको स्कूटरमा मण्डलीमा आफ्नो दायित्व पूरा गर्न सवार भए। उनको आँखा अगाडि ज्वलन्त दृश्यमा हेरेर, उनले अविश्‍वसनीय आराम महसुस गरिन्। उनको छोराको शल्यक्रिया भएको एक वर्ष भइसकेको थियो र ऊ यति निको भइसकेको थियो कि उनी राम्रो स्वास्थ्यमा थिए—उनले वास्तवमै परमेश्‍वरको कार्यहरूको गवाही दिइन्! उनको छोराको बिमारीद्वारा, लिन जिनले वास्तवमै यो कुरा बुझेका थिए कि यो जीवन र मृत्युको बारेमा अन्तिम निर्णय गर्ने डाक्टरहरू थिएनन् र कोही बाँच्नेछ वा मर्नेछ कि भनेर विज्ञानले भविष्यवाणी गर्न सकेन। न त कसैको जीवनको लागि कुनै स्नेह वा पैसाको आदानप्रदान हुन नै सक्यो। परमेश्‍वर सबै कुराको सार्वभौम हुनुहुन्छ, र मानिसहरुका जीवन, मृत्यु र भाग्य सबै परमेश्‍वरको हातमा छन्। जीवन र मृत्युको संगममा, केवल परमेश्‍वरले मानिसको समर्थन गर्नुहुन्छ र केवल परमेश्‍वर मात्र मानिसको एक्लो मद्दत हुनुहुन्छ। जसरी परमेश्‍वरका वचनहरूले भन्दछन्, “जीवन र मृत्युको शक्ति मानवजातिमा छैन, प्राकृतिक संसारको कुनै प्राणीमा छैन, तर सृष्टिकर्तामा छ, जसको अख्‍तियार अद्वितीय छ। मानवजातिको जीवन र मृत्यु प्राकृतिक संसारको कुनै नियमको उपज होइन, यो त सृष्टिकर्ताको अख्‍तियारको सार्वभौमिकताको परिणाम हो(परमेश्‍वर स्वयम् अद्वितीय ३)। उनको छोराको बिमारीबाट, लिन जिनलाई केही हदसम्म परमेश्‍वरको अधिकारको साँचो अनुभूति र कदर भयो किनभने उनले परमेश्‍वरको आश्चर्यकर्महरू देखेकी थिइन् र उनको लागि परमेश्‍वरको प्रेम र मुक्ति देखेकी थिइन। यसैबीच, लिन जिनले आफूले परमेश्‍वरमाथिको आफ्नो विश्वासको आधारमा गलत धारणा राख्छिन्, उनले आशिष्‌ पाउन मात्र परमेश्‍वरमा विश्वास गरिन् र परमेश्‍वरसँग सम्झौता गरिन्। लिन जिनले पछ्याउनको लागि सही लक्ष्य फेला पारेकी थिइन् र उनीलाई थाहा भयो कि सृष्टि गरिएको प्राणीको नाताले उसले परमेश्‍वरको आज्ञा पालन गर्ने, परमेश्‍वरलाई प्रेम गर्ने र परमेश्‍वरको आराधना गर्ने खोजी गर्नुपर्दछ र जुनसुकै कठिनाई वा जस्तोसुकै विपत्ति भोग्नु परे पनि, उनले कहिल्यै परमेश्‍वरलाई दोष दिन वा परमेश्‍वरलाई गलत अर्थ लगाउन मिल्दैन। यसको सट्टा, उनलाई थाहा भयो कि उनले सत्य खोज्नुपर्दछ र परमेश्‍वरको योजना र प्रबन्धहरूको अधीनमा बस्नुपर्दछ र उहाँको इच्छा पूरा गर्नका लागि परमेश्‍वरको पक्षमा साक्षी दिनुपर्दछ, त्यसपछि मात्र उनले अय्यूबले गरेको जस्तो परमेश्‍वरको प्रशंसा कमाइन्। उनले त्यस समयको बारेमा सोच्दा, लिन जिनले महसुस गरिन् कि उनले वास्तवमै परमेश्‍वरबाट धेरै आर्जन गरेकी छिन् र अझ धेरै, उनले परमेश्‍वरको असीम प्रेमको अनुभव गरेकी छिन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

प्रभु येशूको पुनरागमनसम्‍बन्धी बाइबलका यी ६ अगमवाणी पूरा भइसकेका छन्

दुई हजार वर्षअघि, प्रभु येशुले हामीलाई प्रतिज्ञा गर्नुभयो: “अनि हेर, म चाँडै आउँछु” (प्रकाश २२:१२)। अब, उहाँको आगमनका सबै किसिमका चिन्हहरू...

ख्रीष्टियानहरू नियमित तवरमा भेलाहरूमा उपस्थित हुनु महत्त्वपूर्ण छ

धेरै मानिसहरू नियमित रूपमा भेलाहरूमा उपस्थित हुदैँनन् किनकि तिनीहरू काम र पारिवारिक जीवनमा व्यस्त छन्, तर तिनीहरूले निरन्तर व्यस्त रहनुको परिणाम र भेलाहरूमा उपस्थित हुनुको अर्थ बुझ्दैनन्। आज, यो लेखले हामीलाई उत्तर देखाउन गइरहेको छ।

बाइबलका अन्त-समयका चिन्हहरू देखा परेको छ: हामी कसरी प्रभुको पुनरागमनलाई स्वागत गर्न सक्छौं?

अहिले नै अन्त्यका दिनहरू हुन्। प्रकोपहरू संसारभर लगातार भइरहने घटनाहरू हुन्, र प्रभुको आगमनको भविष्यवाणी पूरा भएको छ; विभिन्न चिन्ह र लक्षणहरूले संकेत गर्दछन् कि प्रभु फर्कनुभएको छ, त्यसोभए उहाँ किन बादलमा फर्कनुभएको छैन? अनि हामी कसरी उहाँको आगमनलाई स्वागत गर्न सक्छौं? यो पाठले तपाईंलाई कसरी गर्ने भनी बताउनेछ।

दैनिक अध्ययन: परमेश्‍वरको नजिक जानका लागि सहयोग गर्ने ४ तरिकाहरू

“परमेश्‍वरसँग नजिक कसरी पुग्ने” भन्ने विषयलाई धेरै विश्वासीहरूले होसियारीसाथ पछ्याउँछन्। यस युगमा जहाँ जीवन यति द्रुत गतिमा चल्दछ, हाम्रो हृदय सजिलैसँग व्यक्ति, घटनाहरू र चीजहरू वा सांसारिक सम्बन्धहरूद्वारा सजिलै विचलित र ओगटिएको हुन सक्छ, जसले गर्दा परमेश्‍वरसँगको हाम्रो सम्बन्ध अझ झन झन टाढा बन्न सक्छ। त्यसोभए हामी कसरी परमेश्‍वरसित ठ्याक्कै घनिष्ठ सम्बन्ध कायम राख्न सक्छौं? तलको लेखलाई क्लिक गरेर पढ्नुहोस्, र तपाईले उत्तर पाउनुहुनेछ।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्