आफूले काममा लगाएका मानिसहरूलाई कहिल्यै शङ्का नगर्दा के हुन्छ

25 अप्रिल 2023

गत वर्ष, म मण्डलीको मलजल र सुसमाचार कामको सुपरभाइजर थिएँ। मैले यो काम भर्खरै सुरु गरेकी हुनाले, कामका धेरै कुराबारे मलाई थाहा थिएन, त्यसैले म प्रायजसो ती टोली अगुवाहरूको भर पर्थेँ। मलाई लाग्थ्यो, तिनीहरू ती क्षेत्रमा सिपालु छन् र सबै कुरामा मभन्दा पोख्त छन्, त्यसकारण मैले तिनीहरूबाट सिक्‍नुपर्छ, विशेष गरी सिस्टर लिलीबाट, जसको क्षमता निकै राम्रो थियो र उनी प्रतिभावान् सेवक थिइन्। उनी सधैँ कामसम्‍बन्धी भेलाहरूमा नेतृत्व लिन्थिन् र उनको समूहको सुसमाचार काम अरूको भन्दा अलिक फलदायी थियो। परिणामस्वरूप, मैले उनलाई निकै आदर र भरोसा गरेँ। सामान्यतया मैले उनको काम साधारणरूपमा मात्रै बुझेकी हुन्थेँ र विस्तृतमा कहिल्यै जाँच्दिनथेँ। मलाई उनमा पूरा विश्‍वास थियो। त्यो बेला, मेरा ब्रदर-सिस्टरहरूले मलाई हप्तामा केही समय लिएर लिलीको काम जाँच गर्नुपर्छ भनेर सम्झाएका थिए, तर मैले त्यसो गर्नेर सहमति जनाए पनि, सोचेँ: “लिलीले कहिलेकहीँ हठ गर्न सक्छिन्, तर कामको हरेक पक्ष निकै राम्रो गर्छिन् र यो क्षेत्रमा उनी नै सबैभन्दा प्रतिभावान् छिन्, त्यसैले सायद उनमा त्यति ठूलो समस्या हुनेछैन। यदि मैले उनको कामबारे सधैँ सोधपुछ गरिरहेँ भने, उनलाई भरोसा नगरेको जस्तो देखिनेछ।” त्यसैले मैले तिनीहरूको सुझावलाई गम्‍भीरतासाथ लिइनँ। एक दिन, दुई जना सिस्टरले मलाई लिलीले व्यावहारिक काम गरिरहेकी छैनन् भनेर भने। तिनीहरूले भने, उनले टोलीको काम प्रायः अनुगमन गर्दिनन् वा ब्रदर-सिस्टरहरूका समस्या र कठिनाइहरूको समाधान गर्न सङ्गति गर्दिनन्, र कहिलेकाहीँ जाँच गरे पनि, त्यो त्यति उपयोगी हुँदैन, त्यसैले टोलीको सुसमाचार कामको प्रभावकारिता घटेको छ। यो सुनेर म छक्‍क परेँ। कसरी लिलीले व्यावहारिक काम गर्न सकिनन्? उनले मलाई टोलीको काम अनुगमन गरिरहेकी छु भनेर भनेकी थिइन्, र मैले सोध्दैपिच्छे उनले कुनै समस्या छैन भन्थिन्। त्यसोभए किन अरूले उनी तिनीहरूको काम अनुगमन गरिरहेकी छैनन् भन्छन् त? तर फेरि सोचेँ: “लिलीको समूहले समग्रमा राम्रै गरिरहेको छ, सायद यी सिस्टरहरूलाई सबै कुरा थाहा छैन। मैले तिनीहरूको कुरा मात्रै सुन्‍नु हुँदैन। साथै, यी सिस्टरहरूका आफ्‍नै समस्याहरू छन्—लिलीको कर्तव्यमा समस्याहरू भए पनि, त्यो सामान्य हो। सिद्ध कोही छैन!” त्यसैले मैले तिनीहरूको गुनासोबारे त्यति विचार गरिनँ र व्यक्तिगतरूपमा लिलीलाई भविष्यमा समूहको काम अनुगमन गर्न ध्यान दिनू भनेर एकान्तमा सरसरती सम्झाएँ, र त्यस कुरालाई त्यतिमा टुङ्गाइदिएँ। अचम्‍मको कुरो, केही समयपछि नै लिलीको काममा ठूला समस्याहरू देखा परे।

एक दिन, एक जना अगुवाले लिली व्यावहारिक काम गर्दिनन् भन्ने फेरि रिपोर्ट गरिएको छ भनेर भने। उनले सुसमाचार काम राम्रो नहुँदासमेत त्यसको अनुगमन गरिरहेकी थिइनन्, र टोलीलाई सुसमाचार सुनाउन समस्या हुँदा उनी तुरुन्तै प्रतिक्रिया दिँदिनथिइन्। काम कार्यान्वयन गर्दा उनी कहिल्यै परिस्थिति बुझ्ने गर्दिनथिइन्—उनी भेलाको बेला योजना अघि सार्थिन्, तर पछि त्यसको अनुगमन गर्दिनथिइन्, त्यसैले ती योजना लागू गर्न सकिँदैनथ्यो, जसले गर्दा सुसमाचार सुनाउने कामको परिणाममा सिधै असर पर्थ्यो। यो सुन्दा, म फेरि छक्‍क परेँ—लिलीको कर्तव्यमा केही समस्या छन् भन्‍ने मलाई थाहा थियो, तर ती समस्याहरू गम्‍भीर छन् भन्‍ने मलाई थाहा थिएन। उनको क्षमता राम्रो थियो र उनी आफ्‍नो कर्तव्यमा निकै सक्रिय थिइन्, उनले कसरी कुनै व्यावहारिक काम गर्न सकिनन्? मलाई यो विश्‍वासै लागेन। पछि, अगुवाले उनीसँग सङ्गति गरेर उनका समस्याहरू औँल्याइदिए। उनले आत्मचिन्तन गरेर यसबाट पाठ सिक्छिन् भन्‍ने मलाई लागेको थियो, तर अचम्‍मको कुरो, उनले मनन गरिनन् र उनमा स्विकार्ने मनोवृत्तिको पूर्ण कमी थियो। उनले आफू समूह अगुवा हुन लायक छैन र पदबाट हट्छु मात्रै भनिन्। उनले व्यावहारिक काम नगरेकी मात्र होइन, तर निराकरणसमेत स्वीकार गरिनन्। सिद्धान्तहरूका आधारमा उनलाई आखिर टोली अगुवा हुन अयोग्य ठहराइयो र अर्को काम दिइयो। त्यसपछि, मलाई नराम्रो लाग्यो। टोली अगुवाले व्यावहारिक काम नगरेको मैले कसरी देख्‍न सकिनँ? मैले परमेश्‍वरलाई प्रार्थना गरेँ: “हे परमेश्‍वर, म अन्धो भएकी रहेछु। मलाई आफ्नो असफलताको कारण भेट्टाउन अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस्।”

एक दिन, मैले भक्तिको समयमा परमेश्‍वरको वचनको यो खण्ड देखेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “झूटा अगुवाहरूले वास्तविक काम नगर्ने वा आफ्‍ना जिम्‍मेवारीहरू बेवास्ता गर्ने सुपरभाइजरहरूका बारेमा अनुसन्धान गर्दैनन्। तिनीहरूलाई लाग्छ कि तिनीहरूले सुपरभाइजर छनौट गरे पुग्छ, अनि सबै कुरा ठीक भइहाल्छ; पछि, सुपरभाइजरले नै कामका सबै मामलाहरू सम्‍हाल्‍नेछ, र तिनीहरूले नियमित रूपमा भेला आयोजना गर्नु मात्रै जरुरी छ, कामको निगरानी गर्नु वा यो कसरी भइरहेको छ भनेर सोधिरहनु जरुरी छैन, काममा हात नलगाई बस्दा पनि हुन्छ। यदि कसैले सुपरभाइजरको समस्याबारेमा रिपोर्ट गर्‍यो भने, झूटो अगुवाले भन्‍नेछ, ‘यो सामान्य समस्या मात्रै हो, ठीकै छ। तपाईं आफैले यो कुरा सम्‍हाल्‍न सक्‍नुहुन्छ। मलाई नसोध्‍नुहोस्।’ समस्या रिपोर्ट गर्ने व्यक्तिले भन्छ, ‘सुपरभाइजर अल्छी भातमारा हुन्। तिनले खाने र मनोरञ्‍जन गर्नेबाहेक केही गर्दैनन्, र तिनी फोकटमा बस्छन्। तिनले कर्तव्यमा अलिकति पनि कठिनाइ भोग्‍न चाहँदैनन्, र आफ्‍नो काम र जिम्‍मेवारीहरूबाट पन्छिन सधैँ छल र बहाना गर्ने गर्छन्। तिनी सुपरभाइजर हुन लायक छैनन्।’ झूटो अगुवाले भन्छ, ‘सुपरभाइजर छनौट गरिँदा तिनी राम्रै थिए। तपाईंले भन्‍नुभएको कुरा साँचो होइन, वा हो नै भने पनि, यो क्षणिक प्रकटीकरण मात्रै हो।’ झूटो अगुवाले सुपरभाइजरको परिस्थितिबारे थप कुरा पत्ता लगाउने प्रयास गर्दैन, बरु त्यो व्यक्तिले विगतमा कस्तो छाप पारेको थियो भन्‍ने आधारमा त्यो मामिलाबारे मूल्याङ्कन र निर्धारण गर्छ। सुपरभाइजरमा रहेका समस्याहरूबारे जसले रिपोर्ट गरे पनि, झूटो अगुवाले बेवास्ता गर्छ। यस्तो सुपरभाइजरको ल्याकत नै पुग्दैन, ऊ आफ्‍नो काम पूरा गर्न असक्षम हुन्छ, र पहिले नै काम भताभुङ्ग पार्ने अवस्थामा पुगिसकेको हुन्छ—तर झूटो अगुवालाई मतलब हुँदैन। कसैले सुपरभाइजरका समस्याहरू रिपोर्ट गर्दा तिनीहरूले देखे पनि नदेखे जस्तो गर्नु आफैमा पनि खराब कुरा हो। तर सबभन्दा घृणित कुराचाहिँ के हो? सुपरभाइजरमा रहेका साँच्‍चै गम्‍भीर समस्याहरूबारे मानिसहरूले तिनीहरूलाई बताउँदा, तिनीहरूले त्यो सुल्झाउने प्रयास गर्दैनन्, बरु हरप्रकारका बहानाहरूसमेत बनाउँछन्: ‘यो सुपरभाइजरलाई मैले चिनेको छु, उसले परमेश्‍वरमा साँच्‍चै विश्‍वास गर्छ र उसमा कहिल्यै कुनै समस्या आउँदैन। आयो नै भने पनि, परमेश्‍वरले उसलाई सुरक्षा र अनुशासनमा राख्‍नुहुनेछ। उसले कुनै गल्ती गर्‍यो भने, त्यो ऊ र परमेश्‍वरबीचको कुरा हो—हामीले चासो दिनु पर्दैन।’ झूटा अगुवाहरूले यसरी नै काम गर्छन्: आफ्‍नै धारणा र कल्‍पनाअनुसार। तिनीहरूले सत्यता बुझेको र सत्यता धारण गरेको बहाना गर्छन्—जसले गर्दा तिनीहरूले मण्डलीको काम भद्रगोल पार्छन्, वा यसलाई पूरै ठप्‍प नै पार्छन्, तर यसबारेमा सधैँ अन्जान रहेको बहाना गर्छन्। के तिनीहरू काम गरेको नाटक गर्ने मानिसहरू मात्रै होइनन् र? झूटा अगुवाहरूले वास्तविक काम गर्न सक्दैनन्, न त तिनीहरूले समूह अगुवा र सुपरभाइजरको कामलाई नै कुनै गम्‍भीरतासाथ लिन्छन्। मानिसहरूसम्‍बन्धी तिनीहरूको दृष्टिकोण तिनीहरूको आफ्‍नै सोचइ र कल्‍पनामा आधारित हुन्छ। कसैले केही समयसम्‍म राम्ररी व्यवहार गरेको देखेपछि, यो व्यक्ति सधैँ असल हुनेछ, र परिवर्तन हुनेछैन भन्‍ने तिनीहरूको विश्‍वास हुन्छ; यो व्यक्तिमा समस्या छ भन्‍ने कसैको कुरा पनि तिनीहरूले पत्याउँदैनन्, र यो व्यक्तिको बारेमा कसैले केही कुरा औँल्याउँदा, तिनीहरू बेवास्ता गर्छन्। … झूटा अगुवाहरूमा ठूलो अवगुण हुन्छ: तिनीहरू आफ्नै कल्पनामाथि भर परेर मानिसहरूलाई भरोसा गरिहाल्‍छन्। अनि यो सत्यतालाई नबुझेको कारणले हुने हो, होइन र? परमेश्‍वरका वचनहरूले भ्रष्ट मानवजातिको सार कसरी खुलासा गर्छन्? परमेश्‍वरले ती मानिसहरूलाई भरोसा गर्नुहुन्‍न भने तिनीहरूले चाहिँ किन भरोसा गर्नुपर्‍यो? परमेश्‍वरले मानिसहरूलाई बाहिरी रूपद्वारा मूल्याङ्कन गर्नुको साटो, निरन्तर तिनीहरूको हृदयलाई हेरिरहनुहुन्छ—त्यसैले, अरूलाई मूल्याङ्कन गर्दा र भरोसा गर्दा किन झूटा अगुवाहरू त्यति लापरवाही हुन्छन्? झूटा अगुवाहरू अत्यन्तै अभिमानी हुन्छन्, होइन र? तिनीहरूले के सोच्छन् भने, ‘मैले यस व्यक्तिलाई भेट्टाउँदा, म गलत थिइनँ। कुनै कुरा पनि गडबड हुन सक्दैन; तिनीहरू पक्कै पनि ख्यालठट्टा गर्न मन पराउने र कडा परिश्रम मन नपराउने अनि समस्या पैदा गर्दै हिँड्ने मानिसहरू होइनन्। तिनीहरू अवश्य नै विश्‍वसनीय र भरोसायोग्य छन्। तिनीहरू परिवर्तन हुनेछैनन्; यदि परिवर्तन भए भने, म नै तिनीहरूको बारेमा गलत थिएँ भन्ने अर्थ लाग्‍छ, होइन र?’ यो कस्तो प्रकारको तर्क हो? के तँ कुनै प्रकारको विशेषज्ञ होस्? के तँसित एक्स-रेको जस्तै दृष्टि छ? के यो तेरो विशेष सीप हो? तँ त्यस्तो व्यक्तिसित एक-दुई वर्ष बस्न सक्छस् तर तिनीहरूको प्रकृति र सारलाई पूर्ण रूपले उदाङ्गो पार्ने उचित वातावरणविना तैँले तिनीहरू कस्ता छन् भनी देख्न सक्छस् र? यदि तिनीहरू परमेश्‍वरद्वारा खुलासा नगरिएका भए, तँ तिनीहरूसित तीनदेखि पाँच वर्षसम्म पनि एक साथ रहन सक्थिस् र पनि तिनीहरूसित कस्तो प्रकृति र सार छ भन्ने कुरा देख्न तैँले अझै संघर्ष गर्नुपर्थ्यो। अनि तैँले तिनीहरूलाई विरलै देख्ने, तिनीहरूसित विरलै रहने अवस्थामा त यो झन् कति साँचो हुन्छ? तैँले तिनीहरूको क्षणिक हाउभाउ वा अरू कसैले तिनीहरूको बारेमा गरेको सकारात्मक मूल्याङ्कन्‌को आधारमा तिनीहरूलाई निर्धक्‍क विश्‍वास गर्छस्, र त्यस्ता मानिसहरूलाई मण्डलीको कामको जिम्मेवारी दिने दुस्साहस गर्छस्। यसमा, के तँ अत्यन्तै अन्धो बन्दै छैनस् र? के तँ अविवेकी बन्दै छैनस् र? अनि, झूटा अगुवाहरूले यसरी काम गर्दा, के तिनीहरू अत्यन्तै गैरजिम्मवारपूर्ण भइरहेका हुँदैनन् र?(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। मैले परमेश्‍वरको वचन मनन गर्दा, मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ र तिनीहरू सबै सत्यता पाएर आफ्नो स्वभाव परिवर्तन गर्नुअघि भरपर्दा हुँदैनन्, र तिनीहरू कसैमा भर पर्न सकिँदैन भनेर महसुस गरेँ। तर झूटा अगुवाहरू सत्यता बुझ्दैनन्, मानिसहरूको सार चिन्न सक्दैनन्, र तिनीहरू अरूमा त्यतिकै भरोसा गर्छन्, लामो समयसम्‍म तिनीहरूको काम रेखदेख वा अनुगमन गर्दैनन्। तिनीहरू साह्रै अहङ्कारी र गैरजिम्‍मेवार हुन्छन्। मैले पनि त्यस्तै व्यवहार गरिरहेकी थिएँ। मैले लिलीको काम रेखदेख वा जाँच नगर्नुको मुख्य कारण मैले उनमा अति धेरै भरोसा गरेकीले थियो। मैले उनको क्षमता राम्रो छ र उनी सुसमाचार सुनाउनमा अनुभवी र प्रभावकारी छिन् भन्‍ने देखेँ, र उनलाई पूरै भरोसा गरेँ र आदर गरेँ, उनको कामको निरीक्षण गर्ने कष्ट कहिल्यै उठाइनँ। अरूले मलाई उनको समस्याबारे रिपोर्ट गर्दा, मैले ध्यान दिइनँ, र समस्या त तिनीहरूमा पो छ भनेर समेत सोचेँ। परिणामस्वरूप, मैले थाहै नपाई काममा ठूला समस्याहरू आए। मैले मानिसहरू र परिस्थितिलाई परमेश्‍वरको वचनअनुसार हेरिनँ, आफ्नो दृष्टिमा मात्र भरोसा गरेँ, मानौँ म निकै अन्तर्ज्ञान भएकी विशेषज्ञ हुँ। म साह्रै घमण्डी थिएँ। वास्तवमा, भ्रष्ट व्यक्तिलाई पूरै भरोसा गर्न सकिँदैन—तिनीहरू आफै कुनै पनि बेला के गर्छन् कसैलाई थाहा हुँदैन। कसैले क्षणिक सफलता पाएको छ र केही व्यावहारिक काम गर्छ भन्दैमा, त्यो व्यक्ति पूरै भरपर्दो छ भन्न मिल्दैन। मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ, त्यसैले तिनीहरू कर्तव्यमा मनोमानी गर्छन् र सिद्धान्त तोड्छन्, तिनीहरू सुस्त र लापरवाह बन्न सक्छन्, र काममा हानि गर्न सक्छन्। यति मात्र होइन, मैले लिलीलाई चिनेको धेरै भएको थिएन र उनलाई राम्ररी बुझेकी थिइनँ, तैपनि मैले उनमा धेरै भरोसा गरेँ, उनी सबै कुरामा सिपालु छिन् र राम्रो काम गर्न उनलाई रेखदेख चाहिँदैन भनेर सोचेँ। म कत्ति अहङ्कारी र अन्धो थिएछु! लिली त्यस्तो स्वार्थी रहेछिन् भन्‍ने मलाई कहिल्यै लागेन। उनी टोली अगुवा थिइन्, तर आफूले धेरै मानिसहरू विश्‍वासमा ल्याउने बारेमा मात्रै सोच्थिन् तर आफ्‍नो टोलीको कामलाई बेवास्ता गर्थिन्। अरूको काममा समस्या हुँदा, त्यो समाधान गर्न उनी सङ्गति गर्दिनथिइन्। उनी टोली अगुवाले गर्नुपर्ने कुनै काम गर्दिनथिइन्। म सधैँ सोच्थेँ, उनी राम्रो क्षमता भएको प्रतिभाशाली सेवक हुन् र व्यावहारिक काम गर्न सक्छिन्, त्यसैले म उनलाई आदर गर्थेँ। त्यसपछि मात्रै मलाई यो साँचो होइन भन्‍ने थाहा भयो। लिली स्वभावलै स्वार्थी थिइन्, आफ्‍नै कामको मात्रै वास्ता गर्थिन्, अनि मण्डलीको समग्र हितको रक्षा गर्दिनथिइन्। उनी आफै सुसमाचार सुनाउन मात्र उपयुक्त थिइन्, टोली अगुवा बन्‍न होइन। मैले लिलीलाई अन्धाधुन्ध भरोसा गरेकी हुनाले, उनको काम जाँचिनँ, र यसमा भएका विचलन र भूलचूकलाई तुरुन्तै पत्ता लगाइनँ। परिणामस्वरूप, सुसमाचारको काममा बाधा भयो। सुपरभाइजरको रूपमा, यो अक्षम्य थियो। जति मनन गरेँ, मलाई त्यति नै ग्‍लानि भयो, त्यसैले साँच्‍चै मनन गर्न अनि आफ्‍नो गलत स्थिति र दृष्टिकोणलाई परिवर्तन गर्ने इच्‍छा गर्दै परमेश्‍वरलाई प्रार्थना गरेँ।

पछि, मैले परमेश्‍वरको वचनको यो खण्ड देखेँ। “धेरैजसो मानिसहरूले ‘आफूले काममा लगाएका मानिसहरूलाई शङ्का नगर्नु, र शङ्का लागेका मानिसहरूलाई काममा नलगाउनु’ भन्‍ने भनाइलाई सत्यताको रूपमा लिन्छन्, र यसैको छल र बन्धनमा छन् भनेर भन्दा अत्युक्ति हुँदैन। मानिसहरूलाई छनौट वा नियुक्त गर्दा तिनीहरू यसको बाधा र प्रभावमा पर्छन्, र यसैलाई आफ्नो निर्देशित गर्नसमेत गर्छन्। फलस्वरूप, धेरै अगुवा र सेवकहरूले मण्डलीको कामको जाँच गर्दा र मानिसहरूलाई बढुवा र नियुक्ति दिँदा, तिनीहरूले सधैँ कठिनाइ र आशङ्का महसुस गर्छन्। अन्त्यमा, तिनीहरूले आफूलाई ‘आफूले काममा लगाएका मानिसहरूलाई शङ्का नगर्नु, र शङ्का लागेका मानिसहरूलाई काममा नलगाउनु’ भन्‍ने शब्‍दहरूद्वारा आफूलाई सान्त्वना दिन मात्र सक्छन्। जबजब तिनीहरूले कामको जाँच वा सोधपुछ गर्छन्, तबतब यस्तो सोच्छन्, ‘“आफूले काममा लगाएका मानिसहरूलाई शङ्का नगर्नु, र शङ्का लागेका मानिसहरूलाई काममा नलगाउनु।” ब्रदर-सिस्टरहरूलाई भरोसा गर्नुपर्छ, आखिर पवित्र आत्‍माले नै मानिसहरूलाई रेखदेख गर्नुहुन्छ, त्यसकारण मैले सधैँ शङ्का गरेर अरूको निगरानी गर्नु हुँदैन।’ तिनीहरू यो वाक्यांशद्वारा प्रभावित भएका हुन्छन्, होइन र? यो वाक्यांशको प्रभावबाट आउने परिणामहरू के-के हुन्? सर्वप्रथम, तँ परमेश्‍वरको वचन, परमेश्‍वरले तँलाई दिनुभएको आज्ञा, र परमेश्‍वरप्रति नभई, जिउनेसम्‍बन्धी शैतानी दर्शन र शैतानी तर्कप्रति निष्ठावान् हुन्छस्। तैँले परमेश्‍वरलाई विश्‍वास त गर्छस् तर सीधै परमेश्‍वर र उहाँको वचनलाई धोका पनि दिन्छस्। यो गम्‍भीर समस्या हो, होइन र? दोस्रो, यो परमेश्‍वरको वचन र आफ्‍नो कर्तव्य पालन गर्न नसक्‍नु मात्रै होइन, यो त शैतानको युक्ति र जिउने दर्शनलाई सत्यताको रूपमा लिएर त्यसैलाई पछ्याउनु र अभ्यास गर्नु पनि हो। तैँले शैतानको आज्ञापालन गरिरहेको र शैतानी दर्शनअनुसार जिइरहेको हुन्छस्, होइन र? यसो गर्नुको अर्थ तँ परमेश्‍वरको आज्ञापालन गर्ने व्यक्ति होइनस्, परमेश्‍वरका वचनहरू पालना गर्ने व्यक्ति हुनु त परको कुरा हो। तँ बदमास होस्। परमेश्‍वरका वचनहरूलाई पन्छाएर शैतानी वाक्यांशलाई स्विकार्दै त्यसैलाई सत्यताको रूपमा अभ्यास गर्नु सत्यता र परमेश्‍वरलाई धोका दिनु हो! तँ परमेश्‍वरको घरमा काम गर्छस्, तैपनि शैतानी तर्क र जिउने दर्शनअनुसार व्यवहार गर्छस् भने, तँ कस्तो व्यक्ति होस्? यो त परमेश्‍वरविरुद्ध विद्रोह गर्ने र परमेश्‍वरलाई अत्यन्तै लज्‍जित पार्ने व्यक्ति हो। यो कार्यको सार के हो? खुलेआम परमेश्‍वरलाई निन्दा गर्नु र खुलेआम सत्यतालाई इन्कार गर्नु। के यसको सार त्यही होइन र? परमेश्‍वरको इच्‍छालाई नपछ्याउनेबाहेक, तैँले शैतानका भ्रम र जिउने दर्शनहरूलाई मण्डलीमा व्याप्त हुन दिइरहेको हुन्छस्। यसो गरेर, मण्डलीभित्र तँ शैतानको मतियार र शैतानको कामको सघाउकर्ता बन्छस्। यो समस्याको सार निकै गम्‍भीर हुन्छ, होइन र?(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट एक: सत्य के हो)। मैले परमेश्‍वरको वचनबाट के महसुस गरेँ भने, “आफूले काममा लगाएका मानिसहरूलाई शङ्का नगर्नु” भन्‍ने वाक्यांश सकारात्मक वा साँचो होइन। यो शैतानको दर्शन हो। मैले लिलीलाई भरोसा गरेर उनको काम रेखदेख नगर्नुको मुख्य कारण त म यो दर्शनअनुसार जिएर उनलाई धेरै भरोसा गरेकीले पो रहेछ। मलाई उनको जाँच गर्न मन लाग्दा पनि, मैले विस्तृत जाँच गरेँ भने, उनलाई भरोसा गरिनँ भनेर उनले सोच्‍नेछिन् भन्‍ने चिन्ता लाग्थ्यो। आखिर, उनले यो कर्तव्य पूरा गरेको धेरै भएको थियो र उनमा धेरै अनुभव थियो, धेरै पक्षमा उनी मभन्दा सिपालु थिइन् र उनको परिणाम पनि चित्तबुझ्दो थियो। उनी जस्तो व्यक्तिमा ठूलो समस्या के हुन सक्थ्यो र? मैले सानातिना कुरालाई जाँच्नु पर्दैन, उनलाई काम दिएँ भने, भरोसा गर्नुपर्छ, र कुनै समस्या हुँदैन भन्‍ने म सोच्थेँ। म त्यो शैतानी जीवन-दर्शनको नियन्त्रणमा थिएँ, तसर्थ मैले कहिल्यै उनको काम रेखदेख वा जाँच गरिनँ। मानिसहरूले उनका समस्याहरू रिपोर्ट गर्दासमेत, मैले विश्‍वास गरिनँ वा यसबारे थप अनुसन्धान गरिनँ। परिणामस्वरूप, सुसमाचारको काममा बाधा पुग्यो, मैले गरेको हानि सुधार्न नसकिने थियो। वास्तवमा, परमेश्‍वर अगुवा र सेवकहरूले कामको रेखदेख र अनुगमन गरेको माग गर्नुहुन्छ ताकि हामीले समस्या र विचलनलाई समयमा नै पत्ता लगाएर समाधान गर्न सकौँ। मानिसहरूको कर्तव्य र मण्डलीको काम दुवैको लागि यो फाइदाजनक हुन्छ। तर यसको साटो, म “आफूले काममा लगाएका मानिसहरूलाई शङ्का नगर्नु” भन्‍ने शैतानी दर्शनअनुसार जिएँ र मानिसहरूलाई काममा लगाएपछि निरीक्षण वा जाँच गरिनँ, तिनीहरूलाई मार्गदर्शन वा सहयोग दिनु त परको कुरा थियो। मैले आफ्‍नो कर्तव्यमा लापरवाह भएर व्यावहारिक काम गरिरहेकी थिइनँ—त्यो त झूटो अगुवाको व्यवहार थियो। मैले व्यावहारिक काम नगर्ने टोली अगुवालाई कर्मचारीको रूपमा राखेँ, यसले मण्डलीको काममा मदत नपुऱ्याएको मात्र होइन, तर वास्तवमा गम्भीर बाधा दियो। मैले दुष्कर्म गरिरहेकी थिएँ! त्यसपछि मात्रै मलाई, “आफूले काममा लगाएका मानिसहरूलाई शङ्का नगर्नु” भन्‍ने यो शैतानी दृष्टिकोण अत्यन्तै हानिकारक रहेछ भन्ने थाहा भयो। हामी सधैँ त्यही विचारअनुसार जियौँ भने, मण्डलीको काममा ढिलाइ गर्न पुग्छौँ। जति मनन गरेँ, मलाई त्यति नै पछुतो भयो, त्यसैले परमेश्‍वरलाई प्रार्थना गरेँ: “म अबदेखि शैतानी दर्शनअनुसार मानिसहरू र आफ्‍नो कर्तव्यलाई लिन चाहन्‍नँ। म परमेश्‍वरको मागअनुसार कर्तव्य पूरा गर्न लागिपर्न तयार छु। म आफूलाई पछुतो हुने अरू कुनै कुरा गर्न चाहन्नँ।”

पछि, मैले परमेश्‍वरको वचनको यो खण्ड पढेँ र अभ्यासको मार्ग भेट्टाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “के तिमीहरूले ‘आफूले काममा लगाएका मानिसहरूलाई शङ्का नगर्नु, र शङ्का लागेका मानिसहरूलाई काममा नलगाउनु’ भन्‍ने वाक्यांश सही छ भन्‍ने विश्‍वास गर्छौ? के यो वाक्यांश सत्यता हो? परमेश्‍वरको घरको काममा र आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा कसैले किन यो वाक्यांशको प्रयोग गर्छ? यहाँ, समस्या के हो? यी अवश्य नै अविश्‍वासीका शब्‍दहरू, शैतानबाट आएका शब्दहरू हुन्—र पनि किन तिनीहरूले तिनलाई सत्यताको रूपमा लिन्छन्? ती सही हुन् कि गलत हुन् भनेर किन भन्‍न सक्दैनन्? यी स्पष्ट रूपमै मान्छेका शब्‍दहरू, भ्रष्ट मानवजातिका शब्‍दहरू हुन्, ती सत्यता हुँदै होइनन्, ती परमेश्‍वरका वचनहरूको पूर्णविपरीत छन्, र तिनलाई मानिसका कार्यहरू, चालचलन, र परमेश्‍वरको आराधनाको मापदण्डको रूपमा लिनु हुँदैन। त्यसो भए, यो वाक्यांशलाई कसरी लिनुपर्छ? यदि तँ साँच्‍चै नै फरक छुट्याउन सक्छस् भने, तैँले तेरो अभ्यासको सिद्धान्तको रूपमा यसको सट्टा कस्तो मापदण्ड प्रयोग गर्नुपर्छ? त्यो मापदण्ड, ‘आफ्‍नो सारा हृदय, सारा प्राण र सारा मनले आफ्‍नो कर्तव्य पूरा गर्नु’ भन्‍ने हुनुपर्छ। सारा हृदय, सारा प्राण, र सारा मनले काम गर्नु भनेको कोहीद्वारा बाधित नहुनु हो; यो एउटै हृदय र मनको हुनु हो, त्योबाहेक अरू केही होइन। यो तेरो जिम्‍मेवारी र कर्तव्य हो, र यसलाई तैँले राम्ररी पूरा गर्नुपर्छ, किनभने यो स्वर्गले तोकेको र पृथ्वीले स्विकारेको कुरा हो। तैँले जस्तोसुकै समस्याहरू सामना गरे पनि, सिद्धान्तहरूअनुसार काम गर्नुपर्छ। जसरी सम्‍हाल्‍नुपर्ने हो, त्यसरी सम्‍हाल्; यदि काटछाँट र निराकरण जरुरी हुन्छ भने, त्यसै गर्, र बर्खास्त गर्नुपर्छ भने, त्यसै गर्। परमेश्‍वरका वचनहरू र सत्यताअनुसार काम गर्। के यो सिद्धान्त होइन र? के यो ‘आफूले काममा लगाएका मानिसहरूलाई शङ्का नगर्नु, र शङ्का लागेका मानिसहरूलाई काममा नलगाउनु’ भन्‍ने वाक्यांशको ठीकविपरीत छैन र? आफूले काममा लगाएका मानिसहरूलाई शङ्का नगर्नु, र शङ्का लागेका मानिसहरूलाई काममा नलगाउनु भनेको के हो? यसको अर्थ यदि तैँले कुनै व्यक्तिलाई काममा लगाएको छस् भने, तैँले ऊमाथि शङ्का गर्नु हुँदैन। यदि तैँले कसैलाई काममा लगाएको छस् भने, तैँले लगाम लगाउन छोड्नुपर्छ, उसलाई सुपरिवेक्षण गर्नु हुँदैन, र उसलाई जसरी मन लाग्छ त्यसरी काम गर्न दिनुपर्छ; र यदि तँलाई त्यस व्यक्तिप्रति शङ्का लाग्छ भने, तैँले उसलाई काममा लगाउनु हुँदैन। के यसको अर्थ यही होइन र? यो अत्यन्तै गलत छ। मानवजातिलाई शैतानले अत्यन्तै गहन रूपमा भ्रष्ट तुल्याएको छ। हरेक व्यक्तिमा शैतानी स्वभाव हुन्छ, र उसले परमेश्‍वरको विरुद्धमा विद्रोह गर्न र उहाँलाई विरोध गर्न सक्छ। यो भन्‍न सकिन्छ कि कोही पनि भरपर्दो हुँदैन। यदि व्यक्तिले पृथ्वीको नाममा कसम खान्छ भने पनि, यसको कुनै अर्थ हुँदैन, किनभने मानिसहरू आफ्नो भ्रष्ट स्वभावको बन्धनमा हुन्छन् र आफ्‍नो व्यवहार नियन्त्रण गर्न सक्दैनन्। तिनीहरूले आफ्‍नो भ्रष्ट स्वभावको समस्या समाधान गर्न, र परमेश्‍वरको विरोध गर्ने र उहाँलाई धोका दिने समस्या पूर्ण रूपमा हटाउन सक्‍ने बन्‍नुभन्दा पहिले, तिनीहरूले परमेश्‍वरको न्याय र सजाय स्वीकार गर्नुपर्छ, र मान्छेको पापको जड समाधान गर्नुपर्छ। परमेश्‍वरको न्याय र शुद्धीकरण अनुभव गरेर मुक्ति हासिल नगरेकाहरू भरपर्दो हुँदैनन्। तिनीहरू भरोसा गर्न लायक हुँदैनन्। त्यसकारण, तैँले जब कसैलाई काममा लगाउँछस्, तब तिनीहरूलाई सुपरिवेक्षण गर्ने, निर्देशन दिने, काटछाँट गर्ने, र बारम्‍बार सत्यताबारे सङ्गति दिने गर्नुपर्छ। यसरी मात्रै तैँले तिनीहरूलाई निरन्तर काममा लगाइरहन सकिन्छ कि सकिँदैन भनेर स्पष्ट देख्‍न सक्‍नेछस्। यदि कतिपय मानिसहरूले सत्यता स्विकार्न, काटछाँट र निराकरण मान्‍न, निष्ठापूर्वक कर्तव्य पूरा गर्न, र जीवनमा निरन्तर प्रगति गर्न सक्छन् भने, तिनीहरू मात्रै काममा लगाउन सकिने मानिसहरू हुन्छन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट एक: सत्य के हो)। मैले परमेश्‍वरको वचन पढेर अभ्यासको मार्ग भेट्टाएँ। हामीले आफ्‍नो कर्तव्यमा सारा हृदय लगाएको परमेश्‍वर माग गर्नुहुन्छ। मेरो रेखदेखमा रहेका सबै काममा, म व्यक्तिसँग परिचित भए पनि नभए पनि, वा मैले उसलाई जेजस्तो सोचे पनि, मैले परमेश्‍वरले अगुवा र सेवकहरूका निम्ति तय गर्नुभएका सिद्धान्तहरूका आधारमा आफ्‍नो कर्तव्य पूरा गर्नुपर्छ र मबाट अपेक्षा गरिएका सबै काम गर्नुपर्छ, सबैको कामको निरीक्षण गर्दै त्यो राम्ररी बुझ्‍नुपर्छ, समस्या पत्ता लगाएर तुरुन्तै समाधान गर्नुपर्छ, र गम्‍भीर समस्या भएकाहरूलाई निराकरण र काटछाँट गर्नुपर्छ। मेरो कर्तव्यका सिद्धान्तहरू यिनै हुन्, र मेरो लागि आफ्‍नो कर्तव्य पूरा गर्ने एकमात्र तरिका यही हो। यो थाहा पाएपछि, मलाई निकै स्पष्ट भयो र मैले आफ्‍नो कर्तव्यमा अघिको मार्ग पाएँ।

त्यसपछि, मण्डलीले लिलीलाई नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने काम दियो, र उनी त्यो काम गर्न खुसी थिइन्। मैले मनमनै सोचेँ: “उनले पक्‍कै पनि आफ्‍नो बर्खासीबाट पाठ सिकेर यसपटक राम्ररी कर्तव्य पूरा गर्नेछिन्।” तर चाँडै नै, उनले मलजल गरेका धेरै नयाँ विश्‍वासीहरू सामान्यरूपमा भेलामा आइरहेका थिएनन्। मलाई यो अनौठो लाग्यो, त्यसैले मैले उनलाई के भइरहेको छ भनेर अझ विस्तृतरूपमा सोधेँ। उनले तिनीहरूको अनुगमन गर्ने समय नपाएको बहाना मात्रै बनाउँदा म छक्‍क परेँ। यो सुनेर म निकै खिन्न भएँ। बर्खास्त भएपछि, उनले आत्मचिन्तन गरेर केही व्यावहारिक काम गर्नेछिन् भन्‍ने मैले सोचेकी थिएँ, तर म गलत रहेछु। मैले मानिसहरूलाई आफ्‍नै धारणाअनुसार हेरिरहनु हुँदैन भन्‍ने मलाई थाहा भयो। मैले सुपरभाइजरको रूपमा कामको रेखदेख र जाँच गर्नुपर्थ्यो र निर्देशन दिनुपर्थ्यो, अनि आफ्‍ना जिम्‍मेवारीहरू पूरा गर्नुपर्थ्यो। त्यो बेला, मलाई परमेश्‍वरका यी वचनहरू याद आयो: “सारा हृदय, सारा प्राण, र सारा मनले काम गर्नु भनेको कोहीद्वारा बाधित नहुनु हो; यो एउटै हृदय र मनको हुनु हो, त्योबाहेक अरू केही होइन। यो तेरो जिम्‍मेवारी र कर्तव्य हो, र यसलाई तैँले राम्ररी पूरा गर्नुपर्छ, किनभने यो स्वर्गले तोकेको र पृथ्वीले स्विकारेको कुरा हो। तैँले जस्तोसुकै समस्याहरू सामना गरे पनि, सिद्धान्तहरूअनुसार काम गर्नुपर्छ। जसरी सम्‍हाल्‍नुपर्ने हो, त्यसरी सम्‍हाल्; यदि काटछाँट र निराकरण जरुरी हुन्छ भने, त्यसै गर्, र बर्खास्त गर्नुपर्छ भने, त्यसै गर्। परमेश्‍वरका वचनहरू र सत्यताअनुसार काम गर्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट एक: सत्य के हो)। ठिक भन्‍नुभयो। मैले परमेश्‍वरको वचन र मागअनुसार आफ्‍नो कर्तव्य पूरा गर्नुपर्थ्यो। त्यसपछि, मैले लिलीलाई उनका सबै समस्या औँल्याइदिएँ र खुलासा गरेँ, र कर्तव्यप्रति उनको लापरवाह मनोवृत्ति र त्यसका खतरनाक परिणामहरूको विश्लेषण गर्दै उनलाई सङ्गति दिएँ। त्यसपछि मात्रै लिलीले बल्‍ल आफ्‍ना समस्याहरू पहिचान गरिन्। पछि, म बेला-बेलामा लिलीको कामबारे सोधपुछ र जाँच गर्थेँ र समस्या देखेँ भने, त्यो सुधार्न उनलाई सङ्गति दिन्थेँ। त्यसपछि, लिलीले नयाँ विश्वासीहरूलाई मलजल गर्नमा राम्रा परिणामहरू प्राप्त गरिन्। यो देख्दा म निकै उत्साहित भएँ र परिस्थितिलाई परमेश्‍वरको वचनअनुसार हेर्दा र व्यवहार गर्दा आफ्‍नो कर्तव्यमा सर्वोत्तम परिणाम आउँछ भन्‍ने मैले महसुस गरेँ। मलाई निकै ढुक्क र शान्ति पनि भयो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

ईर्ष्याले गरेको हानि

केही समयअघि म केही मण्डलीहरूको कामको हेरचाह गर्ने मण्डली अगुवा चुनिएँ। त्यसको तुरुन्तै मैले केही नतिजाहरू देख्न थालेँ, र धेरै मण्डली...

म किन अघि बढ्न डराउँछु?

जुन २०१९ मा मैले परमेश्‍वरको नयाँ काम स्वीकार गरेँ, र त्यसपछि मैले नयाँ विश्‍वासीहरूलाई मलजल गर्न सुरु गरेँ। केही नयाँ विश्‍वासीहरू मेरो...

जिउने सुन्दर तरिका

क्षुन्‍क्‍वी, जापानम सानो छँदा मलाई के सिकाइयो भने, अरूसँग ठाडे व्यवहार नगर्नू र अरूलाई दुःखी नबनाउनू, र त्यो नै मेरो जीवनको दर्शन थियो।...

ख्याति र सम्पत्तिबाट मुक्ति

जियाओ मिन, चीनविश्‍वासी बन्नुअघि, म जहिले पनि नाम र हैसियतको पछि लागिरहेकी थिएँ, र यदि कसैले मलाई जित्यो भने म ईर्ष्या गर्थेँ र दुःखी...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्