हामीले अरूलाई हेर्ने एकमात्र आधार परमेश्‍वरका वचनहरू हुन्

25 अप्रिल 2023

शीला र म निकै पुराना चिनजान हौँ र म उनलाई राम्ररी चिन्छु। हाम्रो भेट हुँदा, सधैँ उनी मसँग आफ्नो वर्तमान स्थितिबारे कुरा गर्थिन्। उनी सधैँ अरूप्रति शङ्का गर्ने र अरूले उनीबारे के सोच्छन् भनी निकै ख्याल गर्ने गरेको कुरा बताउँथिन्। आफू निकै सानो चित्तको हुन सक्ने र सधैँ अरूका कुराको अर्थ केलाउने गर्छिन् पनि भन्थिन्। उनी कसैको अनुहारको हाइभाउ, बोल्ने तरिका वा रूखो टिप्पणीले पनि खिन्न हुन सक्थिन्। उनी त्यस्तो हुन चाहँदिन थिइन्, तर त्यसो नगरी सक्थिनन्। उनी प्राय: आफू अति भ्रष्ट र छली छिन् अनि उनमा मानवताको कमी छ, र आफूले प्रतिष्ठा र हैसियतलाई निकै मूल्यवान् ठानेकोमा घृणा गर्छिन् भनेर भन्थिन्, र उनी कुरा गर्दा रुन्थिन्। उनको त्यस्तो पछुतो र उनले आफूलाई घृणा गरेको देखेर मलाई उनी साँच्चै परिवर्तन हुन चाहन्छिन् भन्‍ने लाग्यो। सायद यो भ्रष्ट स्वभाव गम्भीर थियो। यो उनको सबैभन्दा ठूलो कमजोरी थियो र परिवर्तित हुन सजिलो थिएन; त्यसको लागि समय लाग्नेथ्यो। त्यसैले मैले उनलाई सहानुभूती देखाउनुपर्छ भन्‍ने सोचेँ। म आफ्नो कर्तव्यमा जति व्यस्त भए पनि, उनले कुरा गर्न चाहेमा, म आफ्नो काम पन्छाएर, उनले मनका कुरा खोलेको सुन्थेँ, र उनलाई प्राय: हौसला र सान्त्वना, र सङ्गति दिन्थेँ। तर मैले बुझ्न नसकेको कुराचाहिँ के थियो भने, शीला आफ्नो सङ्गतिमा व्यावहारिक देखिन्थिन् र आफूलाई राम्ररी चिन्थिन्, तैपनि अरूले उनको समस्या औँल्याइदिँदा, तिनीहरूले उनलाई तिरस्कार गरे भन्‍ने सोच्थिन् र नकारात्मक हुन्थिन्। यस्तो बारम्बार भइरह्यो र यो कहिल्यै परिवर्तन भएन। साथै, उनले धेरै जनासँग यस समस्याबारे कुरा गरेकी थिइन्, धेरैपटक खुलस्त बताएकी थिइन् र धेरै मानिसहरूले उनलाई सङ्गति दिएका थिए। तर धेरै वर्षपछि पनि, उनले सुधारको अलिकति पनि सङ्केत देखाएकी थिइनन्।

मलाई याद छ एकपटक, एक पर्यवेक्षकले नयाँ विश्‍वासीहरूलाई मलजल गर्दा हामीलाई आइपरेको समस्या बताउँदै, हामीले नयाँ विश्‍वासीहरूलाई पर्याप्त हेरचाह गरिरहेका र धैर्य देखाइरहेका छैनौँ, र उनीहरू भेलामा नआउँदा तुरुन्तै सङ्गति र सहयोग दिएनौँ, जुन लापरवाही हो भने। यो कुरा पर्यवेक्षकले सबै मलजलकर्तालाई भनिरहेका थिए, र कसैलाई विशेष रूपमा औँल्याइरहेका थिएनन्। तर शीलाले, पर्यवेक्षकले उनको खुलासा गरेर उनको बेइज्जत गरिरहेका छन्, त्यसैले त्यस भेलामा उनी बोल्न चाहिनन् भनेर भनिन्। अर्कोपटक, एक जना ब्रदरले आफ्नो वर्तमान स्थितिबारे सङ्गति दिइरहेका थिए, र कहिलेकहीँ कम क्षमता भएका मानिसहरूसँग व्यवहार गर्दा तिनले उनीहरूलाई उचित व्यवहार नगरेको कुरा बताए। तिनले आफ्नो अनुभवबारे र आफ्नो व्यवहार कसरी सुधारेर प्रवेश हासिल गरे भनी सङ्गति दिए। तर शीलाले यो कुरा सुनेपछि तिनले उनको बारेमा कुरा गरिरहेको, उनको क्षमता र उनलाई हेयको दृष्टिले हेरेको भन्ठानिन्। त्यसपछि उनी धेरै दिनसम्म नकारात्मक भइन्, उनले ती ब्रदरविरुद्ध पूर्वाग्रह पालिन् र तिनीबाट अलग रहे र तिनलाई बेवास्ता गरिन्। अर्कोपटक कामबारे छलफल गर्दा, शीलाले नयाँ विश्‍वासीलाई मलजल गर्ने तरिकाको एउटा सानो समस्यालाई पर्यवेक्षकले औँल्याए, अनि उनी एक्कासी रुन थालिन् र दौँडिदै बाहिर गइन्, र निकै बेरसम्म फर्किनन्। उनी आँसु झार्दै चुपचाप एक छेउमा बसिन्, मानौँ उनलाई एकदमै अन्याय भएको छ। मैले उनको अनुहारको भाव देख्दा, आफ्नो हृदय शान्त राख्न सकिनँ, र भेला खलबलियो। अन्त्यमा, पर्यवेक्षकले उनलाई सान्त्वना र प्रोत्साहन नदिई भएन, त्यसपछि बल्ल उनी शान्त भइन्। पछि, ती अगुवाले उनलाई उनी प्रतिष्ठा र हैसियतलाई अति बहुमूल्य ठान्छिन् अनि कर्तव्य गर्दा सबैको ख्याल र ध्यान उनैमा परोस् भन्‍ने चाहन्छिन भनेर औँल्याउँदै सङ्गति दिए। उनले यो कुरा झनै स्विकारिनन्: एकातिर उनले पर्यवेक्षकको आलोचना पूर्वाग्रही र पक्षपात पूर्ण भएको भनिन्, अर्कोतिर आफ्नो प्रकृति अप्ठ्यारो खालको भएको, र आफूले त्यसलाई परिवर्तन गर्न चाहे पनि असमर्थ रहेको कुरा पनि बताइन्। उनले यो पनि भनिन्, “मैले मुक्ति पाउँदिनँ। मेरो प्रकृति कसरी यस्तो भयो? किन अरू सबै जना मभन्दा असल छन् र उनीहरूमा जटिल विचारहरू कम छन्? किन परमेश्‍वरले मलाई असल प्रकृति दिनुभएन?” उनले यो सबै भनेको सुन्दा, मैले सोचेँ, “उनी कति घृणित र अव्यावहारिक रहेछिन्। कसरी उनले परमेश्‍वरलाई दोष दिन सकेको?” तर त्यसपछि मैले सोचेँ, हाल उनी खराब अवस्थामा छिन् होला, र उनको प्रतिष्ठा र हैसियत खतरामा परेकोले मात्र यी कुरा भनेकी हुन् होला। सायद, उनको स्थिति सुध्रिएपछि उनी त्यस्तो हुन छोड्नेछिन्।

तर पछि मैले महसुस गरेँ, चाहे उनी जोसँग भए पनि, उनी सधैँ तिनीहरूको कुराले बन्धनमा पर्थिन्—यदि उनलाई कोही उनीसँग रुखो भएको जस्तो लाग्यो वा उनलाई उसको बोल्ने तरिका मन परेन भने, उसले उनलाई निशाना बनाएको निष्कर्ष निकाल्थिन्। म उनीसँग कुराकानी गर्दा, एकदमै सावधान हुन्थेँ, र उनलाई कुनै तरिकाले चिढ्याएर, नकारात्मक बनाएर उनलाई कर्तव्यमा ढिलाइ गर्ने तुल्याउनेछु भनी सधैँ चिन्तित हुन्थेँ। उनीसँग कुरा गर्न खोज्दा मलाई उकुसमुकुस हुन्थ्यो र म प्राय: उनीबाट पन्छिन खोज्थेँ। तर त्यसपछि म आफै पनि भ्रष्ट छु र सधैँ अरूप्रति आलोचनात्मक हुनु हुँदैन, म अरूको सङ्घर्षप्रति विचारशील र बुझकी हुनुपर्छ, अनि सहनशील र दयालु हुनुपर्छ भनी सम्झिन्थेँ। त्यसैले मैले उनीसँग सामान्यरूपमा कुराकानी गर्न जोड गरेँ र उनलाई नचिढ्याउने सक्दो प्रयास गरेँ।

पछि, अगुवाले शीलालाई सत्यता पटक्कै नस्विकारेको, अव्यावहारिक भएको, र मण्डलीको काममा बाधा पुऱ्याएकोले, बर्खास्त गरे र अलग्गै बसेर मनन गर्न अनुरोध गरे। यो खबर सुन्दा म निकै छक्क परेँ, किनकि शीला प्रतिष्ठा र हसियतबारे निकै चिन्तित भएको र प्राय: अरूप्रति शङ्कालु भएको भए पनि, उनी खुलस्त हुन र सङ्गति गर्न इच्छुक हुन्थिन्, र सत्यता खोजी गरिरहेकी छिन् झैँ देखिन्थ्यो। त्यसोभए किन उनलाई अलग्गै राखिनेथ्यो त? पछि एउटा भेलाको दौरान, अगुवाले शीलाका मूल्याङ्कनहरू पढेर सुनाए र उनको व्यवहार केलाउन परमेश्‍वरको वचन प्रयोग गरे, तब मात्र मैले उनलाई केही मात्रामा बुझेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “अविवेकशील, र अत्यन्तै पिराहा मानिसहरूले काम गर्दा आफ्‍नै हितहरू मात्रै विचार गर्छन्। तिनीहरूलाई जे मन लाग्यो त्यही गर्छन्, र तिनीहरूका बोलीवचन हास्यास्पद विधर्महरूले भरिएका हुन्छन्। तिनीहरू अबुझ हुन्छन्, र तिनीहरू आक्रमक स्वभावले भरिएका हुन्छन्। तिनीहरूसँग उठबस गर्न कसैले आँट गर्दैन, र आफूमाथि विपत्ति आउने डरले तिनीहरूसित सत्यता सङ्गति गर्न कोही इच्छुक हुँदैन। तिनीहरूलाई मन नपर्ने वा तिनीहरूको इच्‍छासँग नमिल्‍ने एउटा शब्द बोले पनि तिनीहरूले यसैलाई आधार मानेर उनीहरूमाथि घोर आरोपहरू लगाउनेछन् भन्‍ने डरले मानिसहरू तिनीहरूलाई मनको कुरा बताउँदा भयभीत हुन्छन्। के त्यस्ता मानिसहरू दुष्टहरू होइनन् र? के तिनीहरू जीवित पिशाचहरू होइनन् र? आक्रमक स्वभाव र अनुचित तर्क भएका मानिसहरू सबै जीवित पिशाचहरू हुन्। अनि जब कसैले जीवित पिशाचसँग अन्तरक्रिया गर्छ, उसले क्षणिक लापरवाही गर्दा नै आफूमाथि विपत्ति ल्याउन सक्छ। के त्यस्ता जीवित पिशाचहरू मण्डलीमा भए भने समस्या आउँदैन र?(आउँछ।) यी जीवित पिशाचहरूले आवेग र रिस पोखाएपछि, केही समयसम्‍म मानवजस्तै बोलेर माफी माग्‍न सक्छन्, तर पछि तिनीहरू परिवर्तन हुनेछैनन्। कुन बेला मुड खराब भएर तिनीहरूले फेरि रिसको झोँक देखाउँदै फगल्टे विधर्मी शब्‍दहरू कहिले बोल्छन्, कसलाई के थाहा! तिनीहरूको रिस र आक्रोशको निसाना हरेकपटक फरक हुन्छ; तिनीहरूको झोँकको स्रोत र पृष्ठभूमि पनि फरक नै हुन्छ। कुनै पनि कुराले तिनीहरूको रिस भड्काउन सक्छ। कुनै पनि कुराले तिनीहरूलाई असन्तुष्ट तुल्याउन सक्छ, र कुनै पनि कुराले तिनीहरूमा रुखो र अनुचित प्रतिक्रिया ल्याउन सक्छ। कस्तो डरलाग्दो, कस्तो समस्याग्रस्त कुरो! यी दुष्ट मानिसहरूले मानसिक रोगीले जस्तो व्यवहार गर्छन्। कुनै पनि बेला तिनीहरूको दिमाग खराब हुन सक्छ, र तिनीहरूले के गर्न सक्छन् कसैलाई थाहा हुँदैन। मलाई त्यस्ता मानिसहरूप्रति सबैभन्दा बढी घृणा लाग्छ। तिनीहरू प्रत्येकलाई सफाइ गर्नुपर्छ—तिनीहरू सबैलाई हटाउनुपर्छ। म तिनीहरूसँग उठबस गर्न चाहन्‍नँ। तिनीहरू सोचमा भ्रमित र मिजासमा पाशविक हुन्छन्, तिनीहरू फगल्टे विधर्म र व्यर्थका शब्‍दहरूले भरिएका हुन्छन्, र आफ्नो जीवनमा कुनै परिस्थिति आइपर्दा, तिनीहरूले आवेगपूर्ण व्यवहार गर्छन्। … तिनीहरूले आफूमा समस्या छ भनी स्वीकार गर्दैनन् बरु आफ्‍नो जिम्‍मेवारी अरूको काँधमा हालिदिन्छन्। तिनीहरूले आफ्‍नो व्यवहारको दोषसमेत अरूलाई लगाउँछन्, र आफूलाई दुर्व्यवहार भएको छ भनेर दाबी गर्छन्, मानौँ तिनीहरूको झोँक र बाधाकारी मूर्ख व्यवहार अरू कसैको कारण देखिएका हुन्, र तिनीहरूसँग त्यस्तो व्यवहार गर्नेबाहेक अर्को विकल्‍प थिएन। तिनीहरूले यस कुरालाई यस्तो बनाउँछन् मानौँ तिनीहरूले आत्मरक्षा गरिरहेका थिए, र यो सब अरूको गल्ती थियो। तिनीहरू असन्तुष्ट हुनेबित्तिकै, तिनीहरूले अरूमाथि रिस पोखाउँछन्, निरर्थक शब्‍दहरू बोल्छन्, र हास्यास्पद विधर्महरू फलाक्छन्। तिनीहरूले यस्तो व्यवहार गर्छन् मानौँ यसको दोषी अरू नै हो, मानौँ तिनीहरू मात्रै असल छन् र अरू सबै खराब छन्। अनि तिनीहरूले जति नै धेरै आवेग पोखाए पनि, र जस्तोसुकै निरर्थक विधर्महरू फलाके पनि, तिनीहरू अझै पनि अरूले तिनीहरूबारे राम्रो बोलून् भन्‍ने चाहन्छन्। जब तिनीहरूले कुनै खराब काम गर्छन्, तब तिनीहरू कसैलाई पनि यसबारेमा खुलासा गर्न वा तिनीहरूलाई दोष दिन दिँदैनन्। यदि तैँले तिनीहरूका बारेमा कुनै खराब कुरा बोलिस् भने, यस विषयमा तिनीहरूले तँलाई निरन्तर दुःख दिइरहनेछन् र यो कुरालाई कहिल्यै छोड्नेछैनन्। यी मानिसहरू को हुन्? यी मानिसहरू अविवेकशील र अत्यन्तै पिराह मानिसहरू हुन्, र यिनीहरू सबै दुष्टहरू हुन्(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। कसैले यस्ता मानिसको हितमा खतरा पार्नेबित्तिकै, यिनीहरू अनुचित तरिकामा बोल्छन् र बखेडा खडा गर्छन्। तिनीहरूको स्वभाव यति दुष्ट हुन्छ कि अरू मानिस तिनीहरू चिढिएलान् र झगडा गर्लान् भनेर डराउँछन्। तिनीहरूले ब्रदर-सिस्टरहरू र मण्डली जीवनलाई गम्भीर रूपमा बाधा दिन्छन्। शीला सधैँ त्यस्तै थिइन्। अरूहरूले उनको समस्या औँल्याइदिँदा, तिनीहरूले भनेको कुरा साँचो हो कि होइन भनेर उनी विचार र मनन गर्दिनथिइन्, बरु तिनीहरूको बोल्ने तरिका र मनोवृत्तिमा ध्यान दिन्थिन्। उनलाई ती मन नपरेमा, उनी नाराज हुन्थिन्, र कि त तिनीहरूलाई घृणा गर्थिन् र तिनीहरूलाई नराम्रो ठान्थिन्, तिनीहरू उनलाई निशाना बनाएर तुच्छ ठान्छन भनेर सोच्थिन् वा रोएर आफ्नो असन्तुष्टि पोखाउँथिन्। यसले अरू मानिसलाई बन्धनमा पार्थ्यो। उनीहरूले उनलाई कि त बेवास्ता गर्नुपर्थ्यो कि त सहनुपर्थ्यो, हाम्रा पर्यवेक्षकले हामीलाई सुधार्न र कर्तव्य अझ राम्ररी गर्न सहयोग दिन हाम्रो मलजल काममा भएका समस्याहरूबारे बताएका थिए तर शीलाले पर्यवेक्षकले उनलाई एक्ल्याएर उनको विगतका समस्याहरू कोट्याइरहेका छन् भन्‍ने सोचिन्, त्यसैले उनले पर्यवेक्षकलाई नराम्रो ठानिन् र निरन्तर रोइरहिन् मानौँ उनलाई अन्याय गरिएको छ, जसले गर्दा पूरै भेला खलबलियो र सबै जना खिन्न भए। एक जना ब्रदरले आफू मानिसहरूलाई उचितरूपमा व्यवहार गर्न असमर्थ रहेको कुरा भन्दै, आफ्नो स्थितिबारे सङ्गति दिँदा, तिनले उनलाई हेयको दृष्टिले हेरेको सोचेर तिनलाई बेवास्ता गरिन्, र आफ्नो गुनासो पोख्न डाँको छोडेर रुनसमेत थालिन्। त्यसैले मानिसहरू उनी चिढ्याएलान् वा झगडा गर्लिन् भनेर डराए, र उनलाई मनाउँदै र उनले भनेको मान्दै, उनीसँग कोमल तरिकामा मात्र कुरा गर्न सक्थे। अनि मात्र उनी आफ्नो कर्तव्य गर्थिन्। शीला वर्षौँदेखि त्यस्तै व्यवहार गर्दै आइरहेकी थिइन्। उनको प्रतिष्ठा र हैसियतलाई हानि गर्ने वा उनको हितलाई खतरामा पार्ने जो-कोहीलाई उनी नराम्रो ठान्थिन्। उनीप्रतिको अरूको मनोवृत्तिको कारण नै आफू नकारात्मक भएको पनि उनी भन्थिन्, जुन पूर्णतया तथ्यलाई अनुचित तरिकामा उल्टाउनु थियो। के उनी परमेश्‍वरले खुलासा गर्नुभएका अव्यावहारिक मानिसहरू मध्ये एक थिइनन् र? यो महसुस गरे पछि मात्र मैले के बुझेँ भने, शीलाका समस्याहरू अरूप्रति शङ्कालु हुनु र प्रतिष्ठाप्रति चिन्तित हुनु मात्र थिएनन्; उनी सत्यता पटक्कै स्विकार्दिनथिइन् र दिक्कलाग्दो र अव्यावहारिक व्यक्ति थिइन्। जब शीला आफ्नो स्थितिबारे प्राय: छलफल गर्थिन्, खुलेर आफ्नो भ्रष्टताबारे बताउँथिन्, भेलाहरूमा आफूलाई विश्लेषण गर्थिन् र आफ्नो भ्रष्टताबारे छलफल गर्दा रुन्थिन् र पछुतो गर्थिन्, तब मैले कसरी उनले आफूलाई साँच्चै चिनेको हुनुपर्छ र उनी सत्यता खोज्ने व्यक्ति हुनुपर्छ भनेर सोचेको थिएँ भनी मनन गरेँ। मेरो बुझाइमा के गल्ती भयो?

पछि, मेरा ब्रदर-सिस्टरहरूसँग परमेश्‍वरका वचनबारे सङ्गति गरेपछि, मैले अनन्त: उनको तथाकथित “आत्म-समझ”-लाई केही मात्रामा बुझेँ। “कतिपय मानिसहरूले आफ्‍नो आत्मज्ञानको बारेमा सङ्गति गर्दा, तिनीहरूको मुखबाट सुरुमा यो कुरा निस्कन्छ, ‘म दियाबलस, जिउँदो शैतान हुँ, परमेश्‍वरलाई विरोध गर्ने व्यक्ति हुँ। मैले उहाँको अवज्ञा गरेँ र उहाँलाई धोका दिएँ; म सर्प हुँ, श्रापित हुनुपर्ने दुष्ट व्यक्ति हुँ।’ के यो साँचो आत्मज्ञान हो? तिनीहरूले समग्रतामा मात्रै बोल्छन्। किन तिनीहरूले उदाहरणहरू दिँदैनन्? विश्‍लेषण गर्नको लागि, किन तिनीहरूले आफूले गरेका लाजमर्दा कुराहरू खुलासा गर्न सक्दैनन्? कतिपय समझ नभएका मानिसहरूले तिनीहरूको कुरा सुनेर भन्छन्, ‘यो त साँचो आत्मज्ञान हो! तिनीहरूले आफूलाई दियाबलस, शैतानको रूपमा चिनेर आफूलाई धिक्‍कारसमेत गर्छन्—तिनीहरू कति उचाइमा पुगिसकेका रहेछन्!’ धेरै मानिसहरू, विशेष गरी नयाँ विश्‍वासीहरू यस्तो कुराद्वारा भ्रमित हुने सम्‍भावना हुन्छ। तिनीहरूले यस्तो बोल्‍ने व्यक्ति शुद्ध छ र उसले आत्मिक कुराहरू बुझ्छ, ऊ सत्यतालाई प्रेम गर्ने व्यक्ति हो, त्यसकारण नेतृत्व पदको लागि ऊ योग्य छ भन्‍ने सोच्छन्। तैपनि, तिनीहरूले त्यस व्यक्तिसँग केही समय कुराकानी गरिसकेपछि, वास्तविकता यो रहेनछ, त्यो व्यक्ति तिनीहरूले कल्‍पना गरेजस्तो रहेनछ, बरु अत्यन्तै झूटो र छली रहेछ, वास्तविकता लुकाउन र नाटक गर्न सिपालु रहेछ भन्‍ने थाहा पाउँछन्, र यसले तिनीहरूलाई निकै खिन्‍न तुल्याउँछ। मानिसहरूले आफूलाई चिन्‍न सक्छन् भनेर कुन आधारमा भन्‍न सकिन्छ? हामीले तिनीहरूले बोलेको कुरा मात्रै ध्यान दिनु हुँदैन—मुख्य कुरा तिनीहरूले सत्यता अभ्यास र स्वीकार गर्न सक्छन् कि सक्दैनन् भन्‍ने हो। साँचो रूपमा सत्यता बुझ्‍ने मानिसहरूका हकमा, तिनीहरूमा आफ्‍नो बारेमा साँचो ज्ञान हुने मात्र होइन, अझै महत्त्वपूर्ण कुरा त तिनीहरूले सत्यता अभ्यास पनि गर्न सक्छन्। तिनीहरूले आफ्‍नो साँचो बुझाइको बारेमा बोल्ने मात्रै होइन आफूले भनेको कुरालाई साँचो रूपमा गर्न पनि सक्छन्। अर्थात्, तिनीहरूका बोलीवचन र व्यवहार पूर्णतया सङ्गत हुन्छन्। यदि तिनीहरूले बोलेको कुरा उचित र सहमतयोग्य सुनिन्छ, तर तिनीहरू बोलेको काम गर्दैनन्, र बोलेअनुसार जिउँदैनन् भने, यस तरिकाले तिनीहरू फरिसी बनेका हुन्छन्; तिनीहरू ढोङ्गी हुन्, आफूलाई साँचो रूपमा चिन्‍ने मानिसहरू हुँदै होइनन्। सत्यताको बारेमा सङ्गति गर्दा धेरै मानिसहरू अत्यन्तै उचित सुनिन्छन्, तर आफूमा भ्रष्ट स्वभाव प्रकट भएको तिनीहरूलाई थाहै हुँदैन। के यी मानिसहरू आफूलाई चिन्‍ने मानिसहरू हुन्? यदि मानिसहरूले आफूलाई चिनेका छैनन् भने, के तिनीहरू सत्यता बुझ्‍ने मानिसहरू हुन्? आफूलाई नचिन्‍ने मानिसहरू सत्यता नबुझ्‍ने मानिसहरू हुन्, र आत्मज्ञानका खोक्रा शब्‍दहरू बोल्‍ने मानिसहरूमा झूटो आत्मिकता हुन्छ, तिनीहरू ढँटुवा हुन्। कतिपय मानिसहरूले धर्मसिद्धान्तका शब्‍दहरू बोल्दा निकै तर्कसङ्गत सुनिन्छन्, तर तिनीहरूको आत्माको स्थिति स्तब्ध र सुस्त हुन्छ, तिनीहरूले केही बुझ्दैनन्, र कुनै समस्याप्रति पनि प्रतिक्रिया दिँदैनन्। तिनीहरू भावशून्य हुन्छन् भनेर भन्‍न सकिन्छ, तर कहिलेकहीँ, तिनीहरूको कुरा सुन्दा, तिनीहरूको आत्मा निकै प्रखर छ जस्तो देखिन्छ। उदाहरणको लागि, कुनै घटना घटेपछि, तिनीहरूले तुरुन्तै आफूलाई चिन्‍न सक्छन्: ‘अहिले भर्खरै मभित्र एउटा विचार प्रकट भएको छ। यसबारे विचार गर्दा, मलाई महसुस भयो कि यो त धूर्त कार्य रहेछ, र मैले परमेश्‍वरलाई धोका दिइरहेको रहेछु।’ तिनीहरूले यसो भनेको सुन्दा समझ नभएका कतिपय मानिसहरूले डाहा गर्दै भन्छन्: ‘भ्रष्टता प्रकट हुँदा यस व्यक्तिले तुरुन्तै महसुस गर्न सक्दो रहेछ र यसबारेमा खुलेर सङ्गति गर्न पनि सक्दो रहेछ। ऊ प्रतिक्रिया दिन छिटो रहेछ, उसको आत्मा प्रखर रहेछ, र ऊ हामीभन्दा राम्रो रहेछ। ऊ पक्‍कै पनि सत्यता खोजी गर्ने व्यक्ति हो।’ के यो मानिसहरूलाई मापन गर्ने सही तरिका हो त? (होइन।) त्यसो भए, मानिसहरूले आफूलाई साँच्‍चै चिनेका छन् कि छैनन् भनेर मूल्याङ्कन गर्ने आधार के हो? तिनीहरूको मुखबाट निस्कने कुराहरू मात्रै हेर्नु हुँदैन। तिनीहरूमा साँच्‍चै के प्रकट हुन्छ त्यसलाई हेर्नुपर्छ, र यसको सरल विधि भनेको तिनीहरूले सत्यता अभ्यास गर्न सक्छन् कि सक्दैनन् भनेर हेर्नु हो—यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। सत्यता अभ्यास गर्ने तिनीहरूको क्षमताले तिनीहरू साँचो रूपमा आफूलाई चिन्छन् भन्‍ने प्रमाणित गर्छ, किनभने आफूलाई साँचो रूपमा चिन्‍नेहरूले पश्‍चात्ताप गर्छन्, र पश्‍चात्ताप गरेमा मात्रै मानिसहरूले आफूलाई साँचो रूपमा चिन्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आत्मज्ञानले मात्रै सत्य पछ्याउन सहयोग गर्छ)। मैले परमेश्‍वरका वचनहरू पढेर के बुझेँ भने, आफूलाई साँच्चै चिन्ने मानिसहरू सत्यता स्विकार्न सक्छन्, भ्रष्टता प्रकट गरेपछि लज्जित महसुस गर्न सक्छन्, र पछि साँच्चै पछुतो गरेर रूपान्तरित हुन सक्छन्। यसको विपरित अरूले सही कुरा मात्रै बोल्छन्, आफूलाई पिशाच वा शैतान भन्छन्, मानौँ तिनीहरूले आफूलाई राम्ररी चिनेका छन्, तर काटछाँटमा पर्दा, तिनीहरू त्यो पटक्कै स्विकार्दैनन् र मनन गर्दैनन्, र बारम्बार आफ्नो प्रतिरक्षा र भ्रामक तर्कहरूसमेत गर्छन्। त्यस्ता मानिसहरूले आफूलाई जति नै बुझेको झैँ देखिए पनि, त्यो सबै छल हो। शीलाले कसरी सधैँ आफू इज्जतबारे अति चिन्तित छन् र मानिसहरूको मनोवृत्तिद्वारा बन्धनमा छिन् भन्दै आफ्नो स्थितिबारे मानिसहरूसँग कुराकानी गर्थिन् भनी मैले सोचेँ। उनले आफू छली र अरूप्रति शङ्कालु छिन पनि भन्थिन्। यसो हेर्दा, उनी सोझै बोल्ने र स्पष्टवादी, आफ्नो भ्रष्टता चिन्न र आत्मचिन्तन गर्न सक्छिन् जस्तो देखिन्थ्यो, उनी कहिलेकाहीँबोल्दै गर्दा रुन्थिन् पनि। उनलाई साँच्चै पछुतो भएको छ र उनले आफूलाई घृणा गरेको जस्तै देखिन्थ्यो। त्यसैले मैले उनी सत्यता खोज्ने व्यक्ति हुनन् भन्‍ने सोचेँ तर उनले वर्षौंदेखि यी व्यवहारहरूबारे कुरा गर्दै आएकी थिइन्, तैपनि उनमा परिवर्तन आएको कहिल्यै देखिएन। मैले परमेश्‍वरका वचनहरूको खुलासाद्वारा मात्र के देखेँ भने, शीलाको तथाकथित आत्म-समझ ढोँग मात्र थियो; उनी वास्तवमा सत्यता स्विकार्दिथिन् वा आफ्नो भ्रष्टताबारे मनन गर्दिनथिन्। उनी प्राय: गहनजस्तो लाग्ने विभिन्न खोक्रा कथनहरू आफूमा लागू गर्थिन्, आफ्नो मानवता कमजोर छ, आफू छली, दुष्ट, ख्रीष्टविरोधी हुन् र आफूलाई नर्कमा पठाइनुपर्छ भन्थिन्। उनले आफूलाई राम्ररी बुझेको जस्तो देखिन्थ्यो, तर अरूले उनका समस्याहरू औँल्याइदिँदा वा उनलाई काँटछाँट वा निराकरण गर्दा, उनी त्यो पटक्कै स्वीकार गर्दिनथिन्, अनि प्रतिरोधी, द्वेषपूर्ण, दिक्कलाग्दो र अव्यावहारिक समेत थिइन्। उनी रुन्थिन् अनि सही र गलतबारे बहस गर्थिन्, अरूलाई भेला हुन नसक्ने र आफ्नो कर्तव्य सामान्यरूपमा गर्न नसक्ने पार्ने गरी बाधा दिन्थिन्। उनले मण्डली जीवन र मण्डलीको काममा गम्भीर बाधा दिइन्। विगतमा, मैले सत्यता बुझेकी थिइन र ममा समझको कमी थियो, त्यसैले म उनको बाहिरी व्यवहारको छलमा परेँ, र मैले उनी सत्यता खोज्ने व्यक्ति हुन् भन्‍नेसमेत सोचेँ। म कति भ्रमित र मूर्ख थिएँ। पछि मात्र मैले के थाहा पाएँ भने, शीलाले आफ्नो समस्या समाधान गर्न र आफ्नो स्थिति सुधार्न सत्यता खोजिरहेकोले नभई आफ्नो गुनासो पोख्ने, आफूलाई सान्त्वना दिने र आफ्नो पीडा कम गर्न मद्दत गर्ने व्यक्ति खोजिरहेकोले गर्दा अरूसँग आफ्नो स्थितिबारे कुरा गरिरहेकी थिइन्। उनी जतिसुकै मानिससँग खुलस्त भए पनि, सधैँ बाधा मात्रै दिन्थिन्। यदि उनलाई बर्खास्त नगरिएको भए र उनको स्थिति विश्लेषण नगरिएको भए, मैले उनलाई बुझ्नेथिइनँ। म उनलाई सहनशीलता र धैर्यसाथ सिस्टरको रूपमा व्यवहार गर्नेथिएँ, र उनीबाट थाहै नपाई धोका पनि पाउथेँ होला। तब मैले मानिसहरूलाई परमेश्‍वरका वचनहरूअनुसार हेर्नु कति महत्त्वपूर्ण छ भनेर बुझेँ!

पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ जसले मलाई शीलाको मनसाय र उनले छल गर्न प्रयोग गर्ने युक्तिहरूलाई केही मात्रामा बुझेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “कुनै व्यक्तिले सत्यतालाई प्रेम गर्छ कि गर्दैन भनेर कसरी छुट्याउन सकिन्छ? एक हिसाबमा, यस व्यक्तिले आफूलाई परमेश्‍वरको वचनको आधारमा चिन्‍न सक्छ कि सक्दैन, उसले आफ्‍नो बारेमा मनन गर्न र साँचो ग्‍लानि महसुस गर्न सक्छ कि सक्दैन भनेर हेर्नुपर्छ; अर्को हिसाबमा, उसले सत्यता स्विकार्न र अभ्यास गर्न सक्छ कि सक्दैन भनेर हेर्नुपर्छ। यदि उसले सत्यता स्विकार्न र अभ्यास गर्न सक्छ भने, ऊ सत्यतालाई प्रेम गर्ने र परमेश्‍वरको काम पालन गर्ने व्यक्ति हो। यदि यस्ता व्यक्तिहरूले सत्यतालाई केवल पहिचान गर्छन्, तर स्विकार्ने वा अभ्यास गर्ने कहिल्यै गर्दैनन् अर्थात्, ‘म सबै सत्यता बुझ्छु, अभ्यास गर्नचाहिँ सक्दिनँ’ भन्‍नेले जस्तै व्यवहार गर्छन् भने, तिनीहरू सत्यलाई प्रेम गर्ने मानिसहरू होइनन्। कतिपय मानिसहरूले परमेश्‍वरको वचन सत्यता हो र आफूमा भ्रष्ट स्वभाव छ भनेर स्विकार्छन्, र तिनीहरू पश्‍चात्ताप गर्न र आफूलाई बदलेर नयाँ पार्न तयार छौँ पनि भन्छन्, तर त्यसपछि तिनीहरूमा कुनै परिवर्तन आउँदैन। तिनीहरूको बोली र व्यवहार पहिलेको जस्तै हुन्छ। जब तिनीहरूले आफूलाई चिन्‍नेबारेमा कुरा गर्छन्, यस्तो लाग्छ कि तिनीहरूले चुट्किला सुनाइरहेका वा नारा फलाकिरहेका छन्। तिनीहरूले हृदयदेखि मनन गर्ने वा आफूलाई चिन्‍ने प्रयास किमार्थ गर्दैनन्, र सबैभन्दा महत्त्वपूर्ण कुरा त तिनीहरूमा ग्‍लानिको मनोवृत्ति कहीँकतै हुँदैन। तिनीहरूले साँचो रूपमा आत्मचिन्तन गर्न आफ्‍नो भ्रष्टताबारे खुलेर कुरा गर्नु त झनै परको कुरा हो। बरु, तिनीहरूले विधि पूरा गरेजस्तो गर्दै अनि झारा टार्दै आफूलाई चिनेको बहाना बनाइरहेका हुन्छन्। तिनीहरू आफूलाई साँचो रूपमा चिन्‍ने वा सत्यता स्विकार्ने मानिसहरू होइनन्। जब त्यस्ता मानिसहरूले आफूलाई चिनेको बारेमा कुरा गर्छन्, तिनीहरूले केवल झारा टारिरहेका हुन्छन्; तिनीहरू नाटक गर्न र छल्न अनि झूटो आत्मिकता देखाउनमा लागिरहेका हुन्छन्। कतिपय मानिस छली हुन्छन्, र जब तिनीहरूले अरूले आफ्‍नो आत्मज्ञान सङ्गति गरिरहेको देख्छन्, तब तिनीहरूले सोच्छन्, ‘अरू सबैले आफ्‍नो छलको बारेमा खुलेर विश्‍लेषण गर्छन्। यदि मैले केही भनिनँ भने त मैले आफूलाई चिनेकै छैन भनेर सबैले सोच्लान्। यस्तोमा मैले पनि केही बोलेजस्तो त गर्नैपर्ने भो!’ त्यसपछि, तिनीहरूले आफ्‍नो छललाई अत्यन्तै गम्‍भीर भन्छन्, यसलाई नाटकीय शैलीमा प्रस्तुत गर्छन्, र हेर्दा खेरि तिनीहरूको आत्मज्ञान निकै गहनजस्तो लाग्छ। तिनीहरूको कुरा सुन्‍ने हरेकले तिनीहरूले साँच्‍चै आफूलाई चिनेका रहेछन् भन्‍ने सोच्छन्, र तिनीहरूलाई डाहाको नजरले गर्छन्, अनि तिनीहरू महिमावान् भएको, तिनीहरूको शिरमा तेजस्वी ज्योति छाएको जस्तो महसुस गर्छन्। आत्मज्ञान पाएजस्तो नाटक गर्ने तिनीहरूको यो शैली, साथै देखावटी व्यवहार र छलले अरूलाई पूरै बहकाउँछ। यसो गर्दा के तिनीहरूको विवेक शान्त हुन्छ त? के यो केवल भद्दा छल होइन र? यदि मानिसहरूले आफूलाई चिनेकोबारेमा खोक्रा शब्‍दहरू मात्रै बोल्छन् भने, तिनीहरूको ज्ञान जति नै उच्‍च र असल देखिए पनि, तिनीहरू बिलकुलै परिवर्तन हुनेछैनन् र पहिलेजस्तै भ्रष्ट स्वभाव प्रकट गरिरहनेछन्। त्यो साँचो आत्मज्ञान होइन। यदि मानिसहरूले यसरी जानीजानी नाटक गरेर धोका दिन सक्छन् भने, यसले तिनीहरूले सत्यता पटक्‍कै स्वीकार गर्दैनन्, र तिनीहरू अविश्‍वासीहरूजस्तै छन् भन्‍ने प्रमाणित गर्छ। आफ्‍नो आत्मज्ञानको बारेमा यस्तो शैलीमा कुरा गरेर, तिनीहरूले प्रचलनलाई मात्र पछ्याइरहेका हुन्छन् र अरू सबैलाई जे मन पर्छ त्यही मात्र बोलिरहेका हुन्छन्। के तिनीहरूको आत्मज्ञान र विश्‍लेषण छलपूर्ण हुँदैन र? के यो साँचो आत्मज्ञान हो त? अवश्य नै होइन। किनभने तिनीहरूले खुलेर हृदयबाट आफूलाई विश्‍लेषण गरिरहेका हुँदैनन्, केवल झारा टार्नको लागि आफूलाई जानेको छु भनेर झूटो र छली तरिकाले थोरै कुरा बोलिरहेका हुन्छन्। अझै गम्‍भीर कुरा त के हुन्छ भने अरूलाई तिनीहरूको श्रद्धा र डाहा गर्ने तुल्याउन, तिनीहरूले आत्मज्ञानको बारेमा कुरा गर्दा आफ्ना समस्याहरूलाई अझै गम्‍भीर देखाउन जानीजानी बढाइचढाइ गर्छन्, यसको मतलब तिनीहरूले खुलेर कुरा गरेजस्तो गर्दा त्यसमा व्यक्तिगत अभिप्राय र उद्देश्यहरू लुकेका हुन्छन्। जब तिनीहरूले यसो गर्छन्, तिनीहरूलाई कुनै ग्‍लानि हुँदैन, तिनीहरूले देखावटी रूप धारण गर्दै र छली काम गर्दै परमेश्‍वरविरुद्ध विद्रोह र धोकाको काम गर्दा पनि तिनीहरूलाई केही अप्ठ्यारो लाग्दैन, र तिनीहरूले आफ्‍नो गल्ती स्विकार्न परमेश्‍वरलाई प्रार्थना गर्दैनन्। के यस्ता मानिसहरू हठी होइनन् र? यदि तिनीहरूलाई ग्‍लानि हुँदैन भने, के तिनीहरूलाई कहिल्यै अफसोस हुन्छ त? के सच्‍चा अफसोस नहुने व्यक्तिले देहसुख त्याग्‍न र सत्यता अभ्यास गर्न सक्छ? के सच्‍चा अफसोस नहुने व्यक्तिले साँचो रूपमा पश्‍चात्ताप गर्न सक्छ? अवश्य नै सक्दैन। यदि तिनीहरूलाई अफसोससमेत हुँदैन भने, के आत्मज्ञानको बारेमा कुरा गर्नु हास्यास्पद हुँदैन र? के यो नाटक र छल मात्रै हुँदैन र?(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आत्मज्ञानले मात्रै सत्य पछ्याउन सहयोग गर्छ)। उनलाई आफ्नो स्थितिबारे अरूसँग कुरा गर्न मन पर्थ्यो र उनी भेलाहरूमा आत्मचिन्तन गर्न परमेश्‍वरका वचनहरू प्रयोग गर्थिन्। उनी आफूलाई नकै गम्भीर शब्दहरूले वर्णन गर्थिन्। बाहिरबाट, उनले आफूलाई राम्ररी चिनेको अनि अत्यन्तै पछुतो लागेको र आफैलाई घृणा गरेको जस्तो देखिन्थ्यो, तर यो सब अरूलाई छल गरेर उनले सत्यता स्विकारेकी छिन् र आफूलाई चिनेकी छिन् भनी सोच्ने तुल्याउन तिनीहरूसामु ढोँग मात्र थियो, यो तथाकथित आत्म-समझ उनले अरूलाई उनी साहसी भई आफूलाई उदाङ्गो पार्दै छिन् भनी सोच्न लगाएर, धोका दिने र झुक्काउने तरिका थियो, ताकि तिनीहरूले उनलाई नचिन्‍ने मात्रै होइन, तर निकै आदर पनि गरून्। साथै, शीलाले हरेक पटक भ्रष्टता प्रकट गर्दा, आफ्नो वर्णन गर्न परमेश्‍वरले ख्रीष्टविरोधीहरूलाई गरेको खुलासालाई प्रयोग गर्थिन्, र उनी प्रतिष्ठा र हैसियत खोज्छिन्, ख्रीष्टविरोधीको मार्गमा हिँड्दै छिन्, हैसियतको चाहनाले उनको जीवन नियन्त्रण गरेको छ र उनले पश्चात्ताप गरिनन् भने, यो इच्छाले उनलाई मार्नेछ भनेर भन्थिन्। तर कुनै परिस्थितिले उनको प्रतिष्ठा र हैसियतलाई खतरामा पार्नेबित्तिकै, उनी आफ्ना पुराना तरिकाहरूमा फर्किन्थिन्, र त्यसैले वर्षौँसम्म उनको स्थितिबारे सङ्गति गरे पनि, उनमा कुनै आएको थिएन। अगुवाहरूले उनको समस्या औँल्याएर उनीसँग धेरैपटक सङ्गति गरेका थिए, तर उनले त्यो सुनिनन् र कुनै परिवर्तन गरिनन्। यहाँसम्म कि उनी प्रतिरोध गर्थिन्, निरन्तर बहस गर्थिन् र भ्रामक तर्कहरू गर्थिन्। उनले अरू आफ्नो अहमलाई पन्छाएर सत्यता खोज्न सक्षम भएको देख्दा, तिनीहरूको सबलताबाट सिकिनन्, बरु तिनीहरू राम्रो प्रकृति लिएर जन्मिएका हुन्, परमेश्‍वरले उनलाई राम्रो प्रकृति दिनु नभएकोले उनी सत्यता अभ्यास गर्न सक्दिनन् र मानिसहरूलाई सधैँ शङ्का गर्छिन् भन्‍ने सोच्थिन्। उनले आफ्नो शैतानी स्वभावलाई घृणा गरिनन्, बरु परमेश्‍वरलाई दोष दिइन्, उहाँलाई नराम्रो ठानिन् र उहाँ धर्मी हुनुहुन्न भनिन्। यसले शीलामा पिशाचको सार थियो, उनी अत्यन्तै निरर्थक र अव्यावहारिक थिइन् भन्‍ने देखायो। यदि परमेश्‍वरका वचनहरूले खुलासा नगरेको भए, मैले उनलाई सत्यता खोज्ने व्यक्तिको रूपमा व्यवहार गर्नेथिएँ।

पछि, एउटा भेलाको दौरान, मैले परमेश्‍वरका वचनहरूको यो खण्ड भेट्टाएँ। “सत्यतालाई प्रेम गर्नेहरू मात्रै परमेश्‍वरको घरका हुन्छन्; तिनीहरू मात्रै वास्तविक दाजुभाइ-दिदीबहिनीहरू हुन्। के तँलाई प्राय सभामा गइरहनेहरू सबैजना दाजुभाइ-दिदीबहिनीहरू हुन् भन्‍ने लाग्छ? त्यस्तै हुन जरुरी छैन। कस्ता मानिसहरू दाजुभाइ-दिदीबहिनीहरू होइनन्? (सत्यताप्रति दिक्‍क मान्‍ने, र सत्यता स्वीकार नगर्नेहरू।) सत्यता स्वीकार नगर्ने र सत्यताप्रति दिक्‍क मान्‍ने मानिसहरू सबै दुष्ट मानिसहरू हुन्। तिनीहरू सबै विवेक वा समझ नभएका मानिसहरू हुन्। तिनीहरूमध्ये कसैलाई पनि परमेश्‍वरले मुक्ति दिनुहुन्‍न। यी मानिसहरू मानवताहीन हुन्छन्, तिनीहरू काममा हेल्चेक्र्याइँ गर्छन् र व्यवहारमा अराजक हुन्छन्। तिनीहरू शैतानी दर्शनअनुसार जिउँछन् र धूर्त युक्तिहरू प्रयोग गर्छन् अनि अरूलाई प्रयोग गर्छन्, फुस्ल्याउँछन्, र ठग्छन्। तिनीहरूले अलिकति पनि सत्यता स्वीकार गर्दैनन्, र तिनीहरू आशिष्‌ पाउनको लागि मात्रै परमेश्‍वरको घरमा घुसपैठ भएका हुन्छन्। किन हामी तिनीहरूलाई गैरविश्‍वासीहरू भन्छौँ? किनभने तिनीहरू सत्यताप्रति दिक्‍क मान्छन्, र सत्यता स्वीकार गर्दैनन्। सत्यता सङ्गति गर्नेबित्तिकै, तिनीहरूको रुचि हट्छ, तिनीहरू सत्यताप्रति दिक्‍क मान्छन्, यसलाई सुन्‍नै सक्दैनन्, यो अल्छीलाग्दो भएको महुसुस गर्छन् र सुन्न बसिरहन सक्दैनन्। यस्ता मानिसहरू स्पष्टतः गैरविश्‍वासी र अविश्‍वासीहरू हुन्। अनि, तैँले जे गरे पनि, तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरूका रूपमा लिनु हुँदैन। … यदि सत्यताप्रति चासो नै राख्दैनन् भने, तिनीहरूले कसरी सत्यता अभ्यास गर्न सक्छन्? त्यसो भए, तिनीहरू केअनुसार जिउँछन् त? निस्सन्देह नै, तिनीहरू शैतानका दर्शनअनुसार जिउँछन्, सधैँ कुटिल र धूर्त हुन्छन्, र तिनीहरूमा सामान्य मानवताको जीवन हुँदैन। तिनीहरूले कहिल्यै पनि परमेश्‍वरलाई प्रार्थना गर्ने वा सत्यता खोजी गर्ने गर्दैनन्, बरु मानव छल, युक्ति, र जीवनदर्शनहरू प्रयोग गरेर सबै कुरा सम्‍हाल्छन्—जसले गर्दा तिनीहरूको अस्तित्व थकाइलाग्दो र पीडादायी हुन्छ। … सत्यतालाई प्रेम नगर्नेहरूले वास्तवमै परमेश्‍वरमा विश्‍वास गर्दैनन्। सत्यता स्विकार्न सक्दै नसक्‍ने मानिसहरूलाई विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू भनेर भन्‍न सकिँदैन। सत्यतालाई प्रेम गर्ने र सत्यता स्विकार्न सक्‍ने मानिसहरू मात्रै विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू हुन्। अब, सत्यतालाई प्रेम नगर्नेहरू को हुन् त? तिनीहरू सबै अविश्‍वाहरूसी हुन्। सत्यता स्वीकारै नगर्नेहरू सत्यताप्रति दिक्‍क मान्छन्, तिनीहरूले सत्यता त्यागिसकेका हुन्छन्। अझै स्पष्ट रूपमा भन्दा, तिनीहरू सबै मण्डलीमा घुसपैठ भएका अविश्‍वासीहरू हुन्। यदि तिनीहरूले हरकिसिमका दुष्कर्महरू गर्न र मण्डलीको काममा बाधा र व्यवधान ल्याउन सक्छन् भने, तिनीहरू शैतानका नोकरहरू हुन्। तिनीहरूलाई हटाउनु र निष्कासित गर्नुपर्छ। तिनीहरूलाई विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूका रूपमा व्यवहार गर्न सकिँदैन। तिनीहरूलाई प्रेम गर्ने सबै मानिसहरू अत्यन्तै मूर्ख र अज्ञानी हुन्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। मैले परमेश्‍वरका वचनहरूद्वारा के बुझेँ भने, सच्चा ब्रदर-सिस्टरहरूले सत्यतालाई प्रेम गर्न र स्विकार्न सक्छन्। तिनीहरू साँच्चै परमेश्‍वरमा समर्पित हुन्छन् र तिनीहरूसँग सत्यता अभ्यासका गवाहीहरू हुन्छन्। सायद तिनीहरू कुनै गहन आत्म-समझको कुरा गर्न सक्दैनन्, तर सत्यतालाई प्रेम गर्छन् र आफूले बुझेका धेरैभन्दा धेरै परमेश्‍वरका वचनहरू अभ्यास गर्छन्। तिनीहरू अपराध गर्लान्, भ्रष्टता देखाउलान् र कहिलेकाहीँ नकारात्मक होलान्, तैपनि तिनीहरूले सत्यता खोजेको कारण, काटछाँट र निराकरण गरिँदा वा असफल हुँदा, त्यसलाई परमेश्‍वरबाट आएको भनी ग्रहण गर्न सक्छन्, सत्यता खोजेर आत्मचिन्तन गर्न सक्छन्। तिनीहरूले आफ्ना समस्याहरू चिनेपछि, तिनलाई बिस्तारै सच्याउन र सुधार्न सक्छन्। यस्ता मानिसहरू मात्र सच्चा ब्रदर-सिस्टरहरू हुन्। सत्यतालाई नस्विकार्ने र घृणा गर्नेहरूको कुरा गर्दा, तिनीहरूलाई ब्रदर-सिस्टर भन्न सकिँदैन। यदि तिनीहरूसँग कमजोर मानवता छ र तिनीहरू मण्डलीको काममा बाधा पुर्‍याउने सबै प्रकारका खराब कामहरू गर्छन् भने, तिनीहरू दुष्कर्मी र ख्रीष्टविरोधी हुन् र ब्रदर वा सिस्टर भनिन पनि लायक छैनन्। तिनीहरू मण्डलीमा रहे पनि, केवल झूटा विश्‍वासी हुन्, जसले परमेश्‍वरको घरमा घुसेका छन्। तिनीहरूले जति नै लामो समयदेखि विश्‍वास गरे पनि अन्ततः परमेश्‍वरले तिनीहरूलाई खुलासा गरेर हटाउनुहुनेछ। यसो हेर्दा, शीलाले कुनै ठूलो दुष्कर्म गरेको जस्तो देखिन्थेन, तर उनले गरेका सबै कुराले मानिसहरूको विचारमा खलल पुर्‍यायो र उनीहरूको कर्तव्यमा बाधा पुर्‍यायो, र उनी यो पहिलेदेखि गर्दै आइरहेकी थिइन्। अरूले उनीलाई जति नै सङ्गति र सहयोग दिए पनि, उनी कहिल्यै अलिकति पनि परिवर्तित भइनन्, अनि बहस, तर्क र अनुचित व्यवहार समेत गर्थिन्। यसबाट शीलाले सत्यता पटक्कै नस्विकारेको र उनको प्रकृति नै सत्यताप्रति दिक्क मान्ने खालको थियो भन्‍ने देखियो। उनी दियाबलास वर्गकी हुन् र हाम्रा सिस्टरमध्ये एक होइनन्। विगतमा, मैले सत्यताको यस पक्षलाई बुझेकी थिइनँ र ममा समझको कमी थियो। कसैले परमेश्‍वरमा विश्‍वास गऱ्यो र उहाँको नामलाई चिन्यो भने, उसलाई ब्रदर वा सिस्टरको रूपमा व्यवहार गर्नुपर्छ भनी म सोच्थेँ। म तिनीहरूलाई अन्धाधुन्ध सहानुभूति दिन्थेँ र सहन्थेँ, मूर्ख भई समझबिना तिनीहरूलाई दया देखाउँथेँ र साथ दिन्थेँ। फलस्वरूप, मेरा धेरै प्रयास व्यर्थ भए। म कति मूर्ख र भ्रमित थिएँ।

अहिले, शीलालाई अलग राखिएको छ, मैले परमेश्‍वर कति धर्मी हुनुहुन्छ भनी देखेकी छु। सत्यता नखोज्ने र अनुचित कार्य गर्नेहरूले मण्डलीमा प्रवेश पाउँदैनन्, र अन्त्यमा परमेश्‍वरद्वारा तिनीहरू खुलासा गरिनेछन्। मैले परमेश्‍वरका असल अभिप्रायहरू पनि बुझेँ: परमेश्‍वरले मलाई पाठहरू सिक्न दिन परिस्थितिहरू मिलाउनुभएको छ। मैले त्यो मौका छोप्न थाल्नुपर्छ। अघि बढ्दै जाँदा, मैले सत्यतामा अझ बढी समय र उर्जा लगाउनैपर्छ, र परमेश्‍वरको वचनहरूको आधारमा कामकुरालाई हेर्नु र गर्नुपर्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

अपरिहार्य कर्तव्य

सेप्टेम्‍बर २०२० मा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। त्यसपछि, मैले भेलाहरूमा निरन्तर सहभागिता जनाउन...

म किन अघि बढ्न डराउँछु?

जुन २०१९ मा मैले परमेश्‍वरको नयाँ काम स्वीकार गरेँ, र त्यसपछि मैले नयाँ विश्‍वासीहरूलाई मलजल गर्न सुरु गरेँ। केही नयाँ विश्‍वासीहरू मेरो...

लापरवाह कामको पछाडि वास्तवमा के छ

केही समयअघि भिडियोहरूको समीक्षा गर्ने सिस्टरले मैले भर्खरै बनाएका भिडियोहरूको गुणस्तर राम्रो भएको छैन भनेर औँल्याइन् र उनले त्यसमा धेरै...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्