सत्यताप्रति वफादार रहनुहोस्, स्नेहप्रति होइन

7 जुन 2025

जियामिङ्ग, चीन

जुलाई २०१७ मा एक दिन मलाई मेरो मण्डली अगुवाबाट एउटा पत्र प्राप्त भयो जसमा मण्डलीले अविश्वासीहरूको सफाइ गरिरहेको थियो, र मेरो दाइको व्यवहारको मूल्याङ्कन लेख्न मलाई भनिएको थियो। म छक्क परेँ, र केही आत्तिएँ। के मण्डली मेरो दाइलाई निकाल्न लागेको थियो? अन्यथा, किन उनको व्यवहारको बारेमा लेख्न भन्थे र? मलाई थाहा थियो कि उनी आफ्नो खाली समयमा परमेश्वरको वचन पढ्दैनथे वा भेलामा जाँदैनथे, बरु सधैँ साथीहरूसँग रमाइलो गर्दै, सांसारिक प्रवृत्तिहरू पछ्याउँदै, र आस्थाका विषयहरूमा कुनै चासो देखाउँदैनथे। उनले आफू जस्तै मलाई पनि आस्थामा धेरै केन्द्रित नहुन, बरु बाहिरी दुनियाँमा धेरै निस्कन भने। मैले उनीसँग परमेश्वरको वचनमा सङ्गति गर्न खोजेँ, तर उनले सुनेनन् र रिसाउँदै भने, “बस्! अब तैँले मलाई यी सबै कुरा भन्नुको कुनै अर्थ छैन। मलाई चासो छैन!” त्यसपछि उनी सुत्न गए। ब्रदर-सिस्टरहरूले उनलाई धेरै पटक सङ्गतिको प्रस्ताव गरे, परमेश्वरको वचन पढ्न र भेलामा जान सल्लाह दिए, तर उनले स्वीकारेनन्। उनले भने, परमेश्वरमा विश्वास गर्नु अत्यन्त सीमित हुनु हो, उनले सधैँ भेलामा जान समय निकाल्नुपर्थ्यो, र पहिलो स्थानमा मण्डलीमा सामेल हुनु उनको रोजाइ पनि थिएन—उनले हाम्रो आमा खुसी पार्न मात्र यसो गरेका थिए। उनी सधैँ यस्तै थिए। त्यसबाट हेर्दा, उनी साँच्चै अविश्वासी थिए, र यदि उनलाई मण्डलीबाट निकालिइयो भने, यो सिद्धान्त अनुरूप हुनेथ्यो। तर हामी सधैँ मिल्थ्यौँ। सानैदेखि, मिठो खानेकुरा पाउँदा उनले सधैँ मेरो लागि केही राख्थे, र मानिसले उनलाई कुनै पैसा दिँदा आधा मलाई दिन्थे। एक पटक, एक शिक्षकले मलाई स्कूलपछि थुनेर राखे, र मेरो दाइ यति दुःखी भए कि उनी रोए। गाउँका धेरैजसो सहोदरहरू हामीजस्तो मिल्दैनथे। त्यो सबै सम्झँदा, म उनका समस्याहरूका बारेमा लेख्न सक्दिनथेँ; म हाम्रो बन्धन तोड्न चाहन्नथेँ। यदि मैले उनको व्यवहारको बारेमा इमानदारीपूर्वक लेखेँँ र मण्डलीले उनलाई निकालिदियो भने, त्यसपछि उनलाई मुक्तिको कुनै मौका हुन्थ्यो र? के त्यो म क्रूर र निर्दयी भएको हुन्थेन र? यदि मैले उनको बारेमा लेखेँको कुरा थाहा पाए र मसँग कहिल्यै बोलेनन् भने? मैले सकारात्मक कुरा लेख्ने निर्णय गरेँ, उनी कहिलेकाहीँ परमेश्वरको वचन पढ्छन्, र भेलामा नगए पनि, उनको हृदयमा उनी अझै पनि परमेश्वरमा विश्वास गर्छन् भन्न मन लाग्यो। त्यसले उनलाई केही छुट दिनेथ्यो। जब अगुवाले यो पढे, तिनले उनीसँग थप सङ्गति गर्न सक्थिन् र सायद उनी ननिकालिन सक्थे। तर, यदि म उनको व्यवहारको बारेमा इमानदार भइनँ भने, त्यो झूट बोल्नु र सत्यतालाई ढाकछोप गर्नु हुनेथ्यो। त्यसले हाम्रा ब्रदर-सिस्टरलाई भ्रमित पारी मण्डलीको कामलाई बिथोल्नेथ्यो। एकातिर मण्डलीको काम थियो, र अर्कातिर मेरो दाइ थिए। मलाई कुन पक्ष रोज्ने थाहा थिएन। म निकै निराश थिएँ, र शान्त भएर कर्तव्य पूरा गर्न सकिनँ। उनको व्यवहारको बारेमा कलम चलाउने विचारले मेरो दिमाग खाली भयो; मलाई कहाँबाट सुरु गर्ने थाहा थिएन। मैले यसबारे जति सोचेँ, त्यति नै आफू हराएको पाएँ, त्यसैले मैले चुपचाप प्रार्थना गरेँ, “हे परमेश्वर, म मेरो दाइको मूल्याङ्कनमा निष्पक्ष हुन चाहन्छु, तर म स्नेहद्वारा बाँधिएकोले यसो गर्न सक्दिनँ। कृपया मलाई मेरो तौरतरिकामा स्नेहद्वारा शासित नहुन, बरु तपाईंको वचन पालन गर्न मार्गदर्शन गर्नुहोस्।”

प्रार्थनापछि मैले परमेश्वरको वचनको यो खण्ड पढेँ: “जसले आफ्ना पूर्ण रूपमा गैरविश्‍वासी छोराछोरी र नातेदारहरूलाई मण्डलीतिर तान्छन् उनीहरू अत्यन्त स्वार्थी हुन्छन् र उनीहरूले केवल दया देखाइरहेका हुन्छन्। उनीहरूले विश्‍वास गरे पनि नगरे पनि र यो परमेश्‍वरको अभिप्राय होस् वा नहोस्, यी मानिसहरू प्रेमिलो हुने कुरामा मात्र केन्द्रित हुन्छन्। कतिपयले आफ्ना पत्‍नीलाई परमेश्‍वरसामु ल्याउँछन्, वा आफ्ना आमाबुबालाई परमेश्‍वरसामु खिँचेर ल्याउँछन् अनि पवित्र आत्मा यसमा सहमत हुनुभएको वा उहाँले उनीहरूमा काम गरिरहनुभएको होस् वा नहोस्, उनीहरूले परमेश्‍वरका निम्ति अन्धाधुन्ध रूपमा ‘प्रतिभाशाली मानिसहरूलाई अपनाउन’ जारी राख्छन्। यी गैरविश्‍वासीहरूप्रति दया देखाएर के नै फाइदा प्राप्त गर्न सकिन्छ र? पवित्र आत्माको उपस्थितिविनाका यी अविश्वासीहरूले मन नलागी-नलागी परमेश्‍वरलाई पछ्याउने भए पनि, उनीहरूले अझै पनि मानिसहरूले सोचेजस्तो मुक्ति पाउन सक्दैनन्। जसले मुक्ति पाउन सक्छन्, उनीहरूलाई प्राप्त गर्न खासमा त्यत्ति सजिलो छैन। जसले पवित्र आत्माको काम र परीक्षाहरू भोगेका छैनन् र जो देहधारी परमेश्‍वरद्वारा सिद्ध तुल्याइएका छैनन्, ती मानिसहरूलाई कसैगरी पूर्ण बनाउन सकिँदैन। यसकारण, ती मानिसहरूले नामधारी रूपमा मात्र परमेश्‍वरलाई पछ्याउन सुरु गरेदेखि नै, उनीहरूमा पवित्र आत्माको उपस्थितिको कमी हुन्छ। उनीहरूको अवस्था र खास स्थितिलाई हेर्दा, उनीहरूलाई पूर्ण बनाउन सकिँदै सकिँदैन। यसरी, पवित्र आत्माले उनीहरूमाथि धेरै शक्ति समर्पित नगर्ने निर्णय गर्नुहुन्छ, न त उहाँले उनीहरूलाई कुनै अन्तर्दृष्टि प्रदान गर्नुहुन्छ वा कुनै तरिकाले मार्गदर्शन गर्नुहुन्छ; उहाँले उनीहरूलाई पछ्याउन मात्र दिनुहुन्छ र अन्तमा उनीहरूका परिणामहरू प्रकट गर्नुहुनेछ—यो नै पर्याप्‍त छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्)। परमेश्वरको वचन पढेर, मैले बुझेँ मेरो दाइलाई मण्डलीमा राख्न र मुक्तिको मौका दिन उनको बारेमा राम्रा कुराहरू भन्न चाहनु मेरो आफ्नै इच्छित सोच थियो। परमेश्वरको वचनले हामीलाई प्रस्टसँग भन्छ कि जो साँच्चै परमेश्वरको पछि लाग्दैनन्, तर उहाँमा नाम मात्रको विश्वास गर्छन्, उनीहरू मुक्ति पाउन सक्दैनन्। परमेश्वरले केवल ती मानिसहरूलाई मुक्ति दिनुहुन्छ जसले सत्यतालाई प्रेम र स्वीकार गर्छन्। त्यस्तै व्यक्तिले मात्र पवित्र आत्माको उपस्थिति र काम प्राप्त गर्न सक्छ, सत्यता बुझ्न र प्राप्त गर्न सक्छ, र अन्ततः परमेश्वरद्वारा मुक्ति पाउन र विपत्तिहरूबाट बाँच्न सक्छ। सारमा, अविश्वासीहरू सत्यताप्रति वितृष्ण हुन्छन्। तिनीहरू कहिल्यै सत्यता स्वीकार गर्न सक्दैनन्, र जति लामो समयसम्म विश्वास गरे पनि, तिनीहरूको दृष्टिकोण, जीवनप्रतिको हेराइ र मूल्यहरू कहिल्यै परिवर्तन हुँदैन। तिनीहरू गैरविश्वासीहरू जस्तै हुन्। परमेश्वरले तिनीहरूलाई स्वीकार गर्नुहुन्न, र तिनीहरूले कहिल्यै पवित्र आत्माको अन्तर्दृष्टि वा मार्गदर्शन प्राप्त गर्ने छैनन्। तिनीहरूले अन्तसम्म पछ्याउन सक्छन्, तर कहिल्यै आफ्नो जीवन स्वभाव परिवर्तन गर्ने छैनन्—तिनीहरूले मुक्ति पाउन सक्दैनन्। मेरो दाइको व्यवहारको बारेमा सोच्दा, उनले सत्यतालाई प्रेम गर्थेनन्, उनी त्यसप्रति वितृष्ण थिए। उनले गैरविश्वासी जस्तै, परमेश्वरको वचन नपढेर वा भेलामा नगएर, गैरविश्वासी जस्तै सांसारिक सुखलाई महत्त्व दिन्थे। उनले प्रायः भन्थे, “परमेश्वरमा विश्वास गर्नु व्यर्थ छ। तपाईं विश्वास गर्नुहुन्छ वा गर्नुहुन्न, यसले फरक पार्दैन।” उनी कसैको सङ्गति सुन्दैनथे, र अति हुँदा उनी चिढिन्थे। मेरो दाइको समग्र व्यवहार हेर्दा, उनी एक अविश्वासी थिए, र परमेश्वरले उनलाई कसैगरी स्विकार्नु हुन्थेन उनले कहिल्यै पवित्र आत्माको काम वा सत्यताको बुझाइ प्राप्त गर्ने थिएनन्। मैले उनलाई मण्डलीमा राख्न जति राम्रोसँग लेखेँ पनि, उनले कहिल्यै मुक्ति पाउने थिएनन्। यो बिन्दुमा मैले पहिले नै उनी एक अविश्वासी हुन् भनेर निर्धारण गरिसकेकाले, यदि मैले स्नेहमा फसेर उनलाई मण्डलीमा टिकाउनका लागि ढाकछोप गरेँ भने, मैले स्पष्ट रूपमा सिद्धान्तहरूको उल्लङ्घन गरिरहेको हुने थिएन र? यदि मैले तथ्यहरूको आधारमा मेरो दाइको मूल्याङ्कन निष्पक्ष र सही रूपमा लेखिनँ, बरु मण्डलीबाट सफाइ गरिनुपर्ने व्यक्तिलाई मण्डलीमा राख्न मेरा ब्रदर-सिस्टरहरूलाई भ्रमित पारेँ भने, त्यसले मण्डलीको कामलाई अवरोध गरेको हुने थिएन र? परिणाम कति गम्भीर हुनेछ भनेर बुझेपछि, मलाई थाहा थियो कि म मेरो स्नेहलाई छाड्नुपर्छ, सिद्धान्तहरू पालना गर्नुपर्छ, र मण्डलीलाई मेरो दाइको बारेमा सही जानकारी दिनुपर्छ-त्यो मात्र परमेश्वरको अभिप्राय अनुरूप हुनेछ। यो थाहा पाएर, मैले मेरो दाइको मूल्याङ्कन लेखेँं र अगुवालाई बुझाएँ, अन्ततः मैले सही काम गरेको महसुस गरेँ। अन्तमा, सिद्धान्तअनुसार, मण्डलीले उनलाई बाहिर निकाल्यो, र म शान्त भई त्यो परिणाम स्वीकार गर्न सक्षम भएँ। परमेश्वरको वचनको मार्गदर्शनको कारण, मैले मेरो स्नेहअनुसार काम गरिनँ र मेरो दाइलाई संरक्षण गरिनँ, तर सट्टामा मैले उनको निष्पक्ष र वस्तुनिष्ठ मूल्याङ्कन गरेँ। म परमेश्वरप्रति धेरै आभारी थिएँ।

त्यसपछि, जुलाई २०२१ मा, मण्डली अगुवाले मलाई मेरी आमाको मूल्याङ्कन लेख्न भन्नुभयो। मैले सम्झेँ, पछिल्लो समय उहाँ सिद्धान्तअनुसार सुसमाचार बाँडिरहनुभएको थिएन, जसकारण भण्डै केही ब्रदर-सिस्टरहरू पक्राउ परेका थिए। अरूले उहाँको समस्या औँल्याउदा, उहाँले त्यसलाई स्वीकार गर्नुभएन, बरु वास्तवमा के भयो भन्ने कुरालाई लिएर निरन्तर झगडा गर्नुभयो। त्यसपछि ब्रदर-सिस्टरहरू उहाँको कुनै पनि समस्या उठाउन डराउँथे। वास्तवमा, मेरी आमाले बखेडा गरेको त्यो पहिलो वा दोस्रो पटक थिएन। एकपटक, एक भेलाको क्रममा, एक अगुवाले अर्की मेरी आमाको सट्टा सिस्टरलाई परमेश्वरको वचन पढ्न भन्नुभयो। मेरी आमाले उक्त अगुवाले आफूलाई दमन गरिरहेको र ऊ झूटो अगुवा हो भन्न थाल्नुभयो। एक सिस्टरले उहाँलाई चर्को बोल्दै गरेको देखेर आवाज सानो गर्न र वातावरणको ख्याल राख्न भनिन्। मेरी आमाले ती सिस्टरलाई आफूमा दोष खोज्ने प्रयास गरिरहेको आरोप लगाउनुभयो, र अर्को पटक नआउन भन्नुभयो। उहाँ सानोतिनो कुरामा पनि निरन्तर झगडा गर्नुहुन्थ्यो र भेलाहरूमा समस्या उत्पन्न गर्ने व्यक्ति हुनुहुन्थ्यो। उहाँ मण्डली जीवनका लागि बाधा बन्नुभएको थियो। उहाँले आत्मचिन्तन र पश्चाताप गर्नुहोला भन्ने आशामा, ब्रदर-सिस्टरहरूले उहाँसँग सङ्गति गरे, र उहाँलाई धेरै पटक काटछाँट गरे, तर उहाँले स्वीकार गर्नुभएन। उहाँले तथ्यहरूलाई तोडमोड पनि गर्नुभयो, आफूले केवल एउटा सानो कुरा गलत भनेको र मानिसहरूले त्यसलाई ठूलो बनाइरहेका भन्नुभयो। उहाँ सत्यता स्वीकार गर्नुहुन्नथ्यो। सिद्धान्तअनुसार, ब्रदर-सिस्टरहरूको भेलामा अवरोध पुर्‍याउन र असर पार्नबाट रोक्न, यस्तो व्यवहार गर्ने व्यक्तिलाई आत्मचिन्तनको लागि अलग गरिनुपर्छ। मलाई थाहा थियो कि मैले सकेसम्म चाँडो मण्डलीका लागि उहाँको व्यवहारको बारेमा सही रूपमा लेख्नुपर्छ, तर त्यसपछि उहाँ इज्जत गुमेको मन नपराउने र उहाँको विस्फोटक रिसबारे सोचेँ। उहाँ आफूलाई आलोचना गर्ने जो कोहीलाई बेवास्ता गर्ने गर्नुहुन्थ्यो। यदि मैले उहाँका समस्याहरूको बारेमा लेखेको उहाँलाई थाहा भयो भने, के त्यसलाई सहन सक्नुहुन्थ्यो? मैले उहाँको बारेमा ती कुराहरू भनेको उहाँलाई थाहा भयो भने के त्यो उहाँको लागि अपमानजनक हुने थिएन? के उहाँ नकारात्मक भएर आफ्नो विश्वास त्याग्नुहुन्थ्यो? मैले यसबारे जति सोचेँ, उति दुःखी भएँ, र उहाँले मलाई अतीतमा कसरी माया र हेरचाह गर्नुभएको थियो भनेर सोचिरहेँ। एकपटक, म सानो हुँदा मध्यरातमा धेरै ज्वरो आएको थियो, उहाँले मलाई बोकेर छिमेकी गाउँको डाक्टरकहाँ लैजानुभयो। मेरो ज्वरो यति धेरै थियो कि डाक्टर पनि मलाई हेर्न डराए, र त्यसै रात मेरी आमाले मलाई अझ टाढा सहरको अस्पतालमा लैजानुभयो। उहाँले स-साना कुराको ख्याल गर्दै मेरो जीवनका सबै कुरामा मलाई मद्दत गर्नुभयो। उहाँले मलाई जन्म दिनुभयो र हुर्काउनुभयो, मलाई सुसमाचार बाँड्नुभयो, मलाई परमेश्वरसमक्ष ल्याउनुभयो, र मेरो कर्तव्यमा समर्थन गर्नुभयो। उहाँ मप्रति निकै असल हुनुहुन्थ्यो-यदि मैले उहाँलाई खुलासा गरेँ भने, के त्यो निर्दयी हुने थिएन र? के त्यो उहाँको लागि दुखदायक हुने थिएन र? यदि अरूले मैले व्यक्तिगत रूपमा मण्डली जीवनमा उहाँको अवरोध खुलासा गरेको थाहा पाए भने, के उनीहरूले मलाई आफ्नै आमाप्रति धेरै क्रूर र निर्दयी भएको भनेर आलोचना गर्नेथिए? के उनीहरूले म कृतघ्न दुष्ट छोरा थिएँ भनेर भन्नेथिए? मलाई थाहा थियो, मेरी आमा सत्यता स्वीकार गर्ने व्यक्ति हुनुहुन्थिएन, तर मेरो धेरै ख्याल गर्नुहुन्थ्यो। आखिर उहाँ मेरी आफ्नै आमा हुनुहुन्थ्यो। त्यसैले, अगुवाले मलाई उहाँको मूल्याङ्कन लेख्न भनिरहँदा पनि, मैले त्यसलाई स्थगित गरिरहेँ। अतीतमा, हामी विश्वासीहरूको परिवार थियौँ। हामी भजन गाउँथ्यौँ र सँगै प्रार्थना गर्थ्यौँ, परमेश्वरको वचन पढ्थ्यौँ र हाम्रा भावनाहरूका बारेमा कुरा गर्थ्यौँ। त्यो धेरै खुशीको समय थियो, र कहिलेकाहीँ ती सम्झनाहरू मेरो दिमागमा आउँथे। तर अहिले, मेरो दाइलाई निकालिएको थियो, र मेरी आमालाई आत्मचिन्तन गर्न भनेर अलग्याइन खोजिँदै थियो। म दुःखी थिएँ र यस अवस्थालाई कसरी सामना गर्ने मलाई थाहा थिएन। म मेरो कर्तव्य गर्नको मूडमा थिइनँ, र मेरा ब्रदर-सिस्टरहरूलाई उनीहरूको समस्यामा मद्दत गर्न सत्यता खोज्ने बोझ महसुस गरिनँ। म भेलाहरूमा केवल झारा टारिरहेको थिएँ, ध्यान कहीँ कतै थिएन र कुनै विषयमा सङ्गति गर्न असमर्थ थिएँ। म जसोतसो दिनहरू काटिरहेको थिएँ, साँच्चै दुःख भोगिरहेको थिएँ। मलाई थाहा थियो म राम्रो स्थितिमा थिइनँ, त्यसैले म परमेश्वरसमक्ष गएर प्रार्थना गरेँ, उहाँलाई म स्नेहद्वारा नबाँधिन मलाई मेरो नकारात्मकताबाट बाहिर निकाल्न मार्गदर्शन गर्न भनेँ।

पछि, मैले परमेश्वरको वचन पढेँ: “कस्ता मामलाहरू भावनाहरूसँग सम्बन्धित हुन्छन्? पहिलो त, तैँले आफ्नै परिवारका सदस्यहरूलाई कसरी मूल्याङ्कन गर्छस्, र तिनीहरूले गर्ने कामकुराहरूलाई कसरी लिन्छस् भन्‍ने हो। यहाँ ‘तिनीहरूले गर्ने कामकुरा’ मा तिनीहरूले मण्डलीको काममा अवरोध र बाधा दिने, पिठ्यूँपछाडि मानिसहरूलाई गलत ठहराउने, तिनीहरू अविश्‍वासीहरूका केही अभ्यासहरूमा संलग्न हुने, इत्यादि कुराहरू स्वतः समावेश हुन्छन्। के तँ यी कामकुराहरूलाई निष्पक्ष रूपमा हेर्न सक्छस्? तैँले तेरो परिवारका सदस्यहरूको मूल्याङ्कन लेख्नुपर्ने हुँदा, के तैँले आफ्ना भावनाहरू पन्छाएर वस्तुगत र निष्पक्ष रूपमा लेख्न सक्छस्? यो तैँले तेरो परिवारका सदस्यहरूलाई कसरी लिन्छस् भन्‍ने कुरासित सम्बन्धित छ। यसका साथै, के तँ आफूसँग मिल्ने वा आफूलाई पहिला मद्दत गरेका मानिसहरूप्रति भावनाहरू पाल्छस्? के तैँले तिनीहरूका क्रियाकलाप र आचरणलाई वस्तुगत, निष्पक्ष, र सही रूपमा हेर्न सक्छस्? यदि तिनीहरूले मण्डलीको काममा अवरोध र बाधा पुर्‍याउँछन् भने, के तैँले त्यो कुरा थाहा पाएपछि तुरुन्तै तिनीहरूको रिपोर्ट वा खुलासा गर्न सक्नेछस्?(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२))। “उदाहरणका लागि, मानौँ तेरा आफन्त वा आमाबुबा परमेश्‍वरका विश्‍वासी हुन्, तर दुष्कर्म गरेको र बाधा दिएको वा सत्यता अलिकति पनि नस्विकारेको कारण, तिनीहरूलाई निकालिन्छ। तर, तैँले तिनीहरूलाई खुट्ट्याउँदैनस्, तँलाई तिनीहरूलाई निकाल्नुको कारण थाहा छैन, तँ निकै दुःखी हुन्छस्, अनि परमेश्‍वरको घरमा प्रेम छैन र यो मानिसहरूप्रति निष्पक्ष छैन भनेर सधैँ गुनासो गर्छस्। तैँले परमेश्‍वरसँग प्रार्थना गरी सत्यताको खोजी गर्नुपर्छ, त्यसपछि परमेश्‍वरका वचनहरूका आधारमा यी आफन्तहरू कस्ता मानिसहरू हुन् भनेर मूल्याङ्कन गर्नुपर्छ। यदि तैँले साँचो रूपमा सत्यता बुझिस् भने, तिनलाई सही रूपमा परिभाषित गर्न सक्‍नेछस्, र परमेश्‍वरले गर्ने हरकुरा सही हुन्छ, र उहाँ धर्मी परमेश्‍वर हुनुहुन्छ भनेर देख्‍नेछस्। त्यसपछि, तँमा कुनै गुनासो हुनेछैन, तँ परमेश्‍वरका बन्दोबस्तहरूमा समर्पित हुन सक्‍नेछस्, अनि तैँले आफ्ना आफन्त वा आमाबुबाको बचाउ गर्ने प्रयास गर्नेछैनस्। यो तिमीहरूको सम्बन्ध तोड्ने कुरा होइन; यो त बस तिनीहरू कस्ता मानिस हुन् भनेर निर्धारित गर्नलाई हो, र तैँले तिनीहरूलाई खुट्ट्याउन, र तिनीहरूलाई किन हटाइयो भनेर जान्‍न सक् भनेर हो। यदि तँ तेरो हृदयमा यी कुराहरूबारे साँच्‍चै स्पष्ट छस् र तेरा दृष्टिकोणहरू सही र सत्यताअनुरूप छन् भने, तँ परमेश्‍वरकै पक्षमा खडा हुन सक्‍नेछस्, अनि यो मामिलाप्रतिको तेरा दृष्टिकोणहरू परमेश्‍वरका वचनहरूसँग पूर्ण रूपले मेल खानेछन्। यदि तँ सत्यता स्विकार्न वा परमेश्‍वरका वचनअनुसार मानिसहरूलाई हेर्न सक्दैनस्, र मानिसहरूलाई हेर्दा अझै पनि दैहिक सम्बन्ध र दृष्टिकोणको पक्ष लिन्छस् भने, तैँले यो दैहिक सम्बन्धलाई कहिल्यै फाल्न सक्‍नेछैनस्, अनि तैँले यी मानिसहरूलाई अझै पनि आफन्तकै रूपमा व्यवहार गर्नेछस्—तैँले तिनीहरूलाई मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूभन्दा पनि घनिष्ठ ठान्‍नेछस्, र त्यस स्थितिमा यो मामिलाबारे परमेश्‍वरका वचन र परिवारप्रतिको तेरो दृष्टिकोण बाझिनेछन्—द्वन्द्व समेत हुनेछ, र यस्तो परिस्थितिमा तँ परमेश्‍वरको पक्षमा खडा हुन असम्भव हुनेछ, अनि तैँले परमेश्‍वरबारे धारणा र गलतफहमी पाल्‍नेछस्। तसर्थ, यदि मानिसहरूलाई परमेश्‍वरको अनुकूल हुनु छ भने, सर्वप्रथम मामलाहरूबारे तिनीहरूको दृष्टिकोण परमेश्‍वरका वचनहरू अनुरूप हुनैपर्छ; तिनीहरूले मानिस र कामकुराहरूलाई परमेश्‍वरका वचनहरूका आधारमा हेर्न, परमेश्‍वरका वचन सत्यता हुन् भनेर स्विकार्न, र मानिसहरूका परम्‍परागत धारणाहरूलाई पन्छाउन सक्‍नैपर्छ। तैँले जुनै व्यक्ति वा मामिलाको सामना गरे पनि, परमेश्‍वरको जस्तै दृष्टिकोण र सोच कायम राख्‍न सक्‍नैपर्छ, अनि तेरा दृष्टिकोण र विचारहरू सत्यताअनुरूप हुनैपर्छ। यसरी, तेरा विचार र मानिसहरूसँग व्यवहार गर्ने तेरो शैली परमेश्‍वरविरोधी हुनेछैन, र तँ परमेश्‍वरप्रति समर्पित बन्‍न र परमेश्‍वरअनुरूप हुन सक्‍नेछस्। त्यस्ता मानिसहरूले फेरि कहिल्यै परमेश्‍वरको विरोध गर्नै सक्दैनन्; परमेश्‍वरले प्राप्त गर्न चाहने मानिसहरू तिनीहरू नै हुन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पावलको प्रकृति सार कसरी खुट्ट्याउने)। परमेश्वरको वचनले मलाई हामी संवेदनाको दृष्टिकोणबाट कामकुरा वा मानिसहरूको मूल्याङ्कन गर्न सक्दैनौँ भनी बुझ्न मद्दत गर्‍यो। हामीले कसैको प्रकृतिको सार र उनीहरू कस्तो व्यक्ति हुन् भनेर पहिचान गर्न परमेश्वरको वचनको सत्यतालाई पालन गर्नुपर्छ। हामी स्नेहको शिकार नहुने सुनिश्चित गर्दै कसैको मूल्याङ्कन गर्ने यो उचित तरिका हो। मैले सधैँ संवेदनाको दृष्टिकोणबाट मेरी आमासँगको अवस्थालाई विश्लेषण गरिरहेको थिएँ, उहाँले मलाई जन्म दिनुभएको, माया गर्नुभएको र मेरो ख्याल गर्नुभएको कुरा सोचेँ। यसले मलाई कलम उठाउन र साँचो मूल्याङ्कन लेख्न धेरै गाह्रो बनायो। तर परमेश्वर भन्नुहुन्छ हामीले मानिसहरूलाई उनीहरूको प्रकृति सारको आधारमा खुट्याउनुपर्छ; उनीहरूको प्रकृति सार बुझ्न सक्षम हुनु स्नेहबाट मुक्त हुने र उनीहरूलाई निष्पक्ष र सिद्धान्तअनुसार व्यवहार गर्ने एक मात्र तरिका हो। मेरी आमा वास्तवमा कस्तो व्यक्ति हुनुहुन्थ्यो? उहाँ आफ्नो दैनिक जीवनमा अरूप्रति उत्साही र ख्याल राख्ने हुनुहुन्थ्यो, तर यसको मतलब केवल उहाँ हृदयवान हुनुहुन्थ्यो। उहाँले मेरो धेरै ख्याल राख्नुभयो, तर यसको मतलब केवल उहाँले आमाको जिम्मेवारी पूरा गर्नुभएको हो। तर, प्रकृतिले उहाँ अहङ्कारी हुनुहुन्थ्यो र सत्यता स्वीकार गर्नुहुन्नथ्यो। उहाँ आफ्ना समस्याहरू औँल्याउने वा उहाँलाई काटछाँट गर्ने जो कोहीप्रति आलोचनात्मक र प्रतिरोधी बन्नुहुन्थ्यो, र त्यसमा रिसाउनुहुन्थ्यो। जब अवस्था खराब हुन्थ्यो, उहाँ अरूसँग झगडा पनि गर्नुहुन्थ्यो र उनीहरूलाई निरन्तर सताउनुहुन्थ्यो, जसले अरूलाई सङ्कुचित गराउँथ्यो। उहाँको व्यवहारको आधारमा, यदि उहाँ ब्रदर-सिस्टरहरूसँग भेला भइरहनुभयो भने, उहाँले निश्चित रूपमा मण्डली जीवनमा अवरोध गर्दै अरूको जीवन प्रवेशलाई रोक्नुहुनेथियो। सिद्धान्तअनुसार, यदि उहाँलाई आत्मचिन्तनको लागि अलग गरिएको भए, सबैले फेरि उचित भेला गर्न सक्थे, र त्यो प्रबन्ध उहाँलाई चेतावनी हुने थियो। यदि उहाँले साँच्चै आत्मचिन्तन गरेर आफ्नै बारेमा सिक्नुभएमा, यो उहाँको जीवनको लागि फाइदाजनक हुनेथ्यो। तर यदि उहाँले विरोध गर्नुहुन्थ्यो र अस्वीकार गर्नुहुन्थ्यो, वा आफ्नो आस्था पनि त्याग्नुहुन्थ्यो भने, उहाँलाई खुलासा गरिनेथ्यो र निकालिनेथ्यो। त्यसपछि म उहाँको प्रकृति सारलाई स्पष्ट रूपमा देख्नेथिएँ, उहाँ झारपात हो कि गहुँ हो भन्ने एक नजरमै स्पष्ट हुनेथ्यो, र मैले उहाँलाई मण्डलीमा राख्न प्रयास गर्ने कुनै कारण हुनेथिएन। त्यो समयमा मैले परमेश्वरको अभिप्राय बुझेँ। परमेश्वरले यो परिस्थिति मैले समझशक्ति प्राप्त गर्ने र उहाँको वचनअनुसार मानिसहरूको प्रकृति सार देख्न सिक्ने आशामा तयार गर्नुभयो, ताकि म मेरो कार्यमा स्नेहलाई छोड्न सकूँ र मानिसहरूलाई सिद्धान्त अनुसार व्यवहार गर्न सकूँ।

यसपछि, मैले परमेश्वरको वचनको अर्को खण्ड पढेँ: “शैतान को हुन्, पिशाच को हुन्, र परमेश्‍वरका शत्रु को हुन्? के तिनीहरू परमेश्‍वरमा विश्‍वास नगर्ने प्रतिरोधीहरू होइनन् र? के उनीहरू परमेश्‍वरविरुद्ध विद्रोह गर्ने मानिस नै होइनन् र? के उनीहरू नै ती होइनन् जसले विश्‍वास भएको दाबी गर्छन्, तैपनि सत्यताको कमी हुन्छ? के उनीहरू परमेश्‍वरको निम्ति गवाही दिन असक्षम हुँदा पनि आशिष्‌हरू मात्र प्राप्‍त गर्न खोज्नेहरू होइनन् र? आज तैँले अझै ती भूतहरूसँग घुलमेल गर्छस् र तिनीहरूसँग विवेक र प्रेमले व्यवहार गर्छस्, तर यस्तो अवस्थामा, के तैँले शैतानप्रति शुभेच्छा बढाइरहेको छैन र? के तैँले भूतहरूसँग साँठगाँठ गरिरहेको छैनस् र? यदि मानिसहरू यो बिन्दुमा पुगेका छन् र अझै असल र खराबबीच भिन्नता छुट्याउन असक्षम छन् भने, र परमेश्‍वरका अभिप्रायको खोजी गर्ने कुनै चाहनाविना नै अन्धाधुन्ध प्रेमिलो र कृपालु भइरहन्छन्‌ भने वा कुनै पनि किसिमले परमेश्‍वरका अभिप्रायहरूलाई उनीहरूको आफ्नै झैँ गरी लिन सक्षम हुन्छन् भने, उनीहरूको अन्त झनै दयनीय हुनेछ। देहमा हुनुभएको परमेश्‍वरलाई विश्‍वास नगर्ने जो कोही पनि परमेश्‍वरको शत्रु हो। यदि तैँले शत्रुलाई सम्मान र प्रेम गर्न सक्छस् भने, के तँमा न्याय बोधको कमी छैन र? यदि तँ मैले जे घृणा गर्छु र म जेसँग असहमत हुन्छु, र त्यसैसँग अनुकूल हुन्छस् र उनीहरूप्रति अझै प्रेम वा व्यक्तिगत भावनाहरू वहन गर्छस् भने, तब के तँ विद्रोही होइनस् र? के तैँले जानी-जानी परमेश्‍वरको प्रतिरोध गरिरहेका छैनस् र? के यस्तो मानिससित वास्तवमै सत्यता हुन्छ? यदि मानिसहरूले शत्रुप्रति सम्मान राख्छन्, भूतहरूलाई प्रेम गर्छन् र शैतानलाई कृपा गर्छन् भने, तब के उनीहरूले परमेश्‍वरको कामलाई जानी-जानी अवरोध गरिरहेका हुँदैनन् र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्)। परमेश्वरको वचनले मेरो सटीक स्थिति प्रकट गर्‍यो। मलाई थाहा थियो मेरी आमाले वर्षौंदेखि परमेश्वरमा विश्वास गर्नुभएको थियो तर सत्य स्वीकार गर्नुहुन्नथ्यो, र अरूले उहाँका समस्याहरूमा मद्दत गर्न खोज्दा, उहाँलाई काटछाँट गर्न खोज्दा, उहाँले त्यो परमेश्वरबाट आएको भनी स्विकार्न सक्नुभएन। उहाँ सधैँ सानोतिनो कुरामा झगडा गर्दै र मण्डली जीवनलाई बिथोल्दै, शैतानको सेवकको रूपमा काम गरिरहनुभएको थियो। तर म खडा भएर उहाँलाई खुलासा गरिनँ, म केवल यस्ता कुरालाई ढाकछोप गरिरहेँ र उहाँलाई जोगाइरहेँ। मैले सोचेँ उहाँलाई खुलासा नगर्नु वा सत्य मूल्याङ्कन नलेख्नु विवेकशील काम थियो। मैले सोचेँ उहाँलाई खुलासा नगर्नु वा सत्य मूल्याङ्कन नलेख्नु विवेकशील काम थियो। मण्डलीको काम वा मेरा ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा हानि हुन सक्छ भनेर पटक्कै सोचिरहेको थिइनँ। म शैतानको पक्ष लिइरहेको थिएँ र शैतानको तर्फबाट बोल्दै थिएँ। के यसैलाई परमेश्‍वरले “जानी-जानी परमेश्‍वरको प्रतिरोध गरिरहेका” भन्‍नुभएको होइन र? मेरो प्रेम सिद्धान्तहीन थियो, र मलाई सही र गलत थाहा थिएन-यो भ्रमित प्रेम थियो। म मेरी आमालाई जोगाइरहेको, उहाँलाई मण्डली जीवनलाई बिथोल्न सक्षम बनाइरहेको थिएँ। मैले उहाँको दुष्टतामा भूमिका खेलेँ। यसरी व्यवहार गरेर मैले अरूलाई र आफैलाई चोट पुर्‍याइरहेको थिएन? म स्नेहले अन्धो, हलचल गर्न नसक्ने भएको थिएँ। अगुवाले मेरी आमाको मूल्याङ्कन लेख्न मलाई धेरै पटक आग्रह गरे, तर मैले त्यसलाई स्थगित गरिरहेँ र मण्डलीको काममा ढिलाइ गरिरहेँ। यो बुझेर, मेरो हृदय दोषले भरियो। मलाई थाहा थिएन म यो अवस्थाको सामना गर्दा किन स्नेहद्वारा बाँधिएको थिएँ। वास्तविक समस्या के थियो? म परमेश्वरसमक्ष प्रार्थना र खोजी गर्न आएँ, उहाँलाई मलाई मेरा समस्याहरू बुझ्न मार्गदर्शन गर्न भनेँ।

मैले परमेश्वरको वचनको एउटा खण्ड पढेँ, जसले मलाई आफूबारे थप बुझ्न मद्दत गर्‍यो। परमेश्‍वरका वचनहरूले भन्छन्: “परमेश्‍वरका वचनहरूमा मानिसहरूलाई कुन-कुन सिद्धान्तद्वारा एक-अर्कालाई व्यवहार गर्न भनिन्छ? परमेश्‍वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू। मानिसहरूले पालन गर्नुपर्ने सिद्धान्त यही हो। परमेश्‍वरले सत्यता पछ्याउने र उहाँको इच्छा पछ्याउन सक्नेहरूलाई प्रेम गर्नुहुन्छ; हामीले पनि प्रेम गर्नुपर्ने मानिसहरू यिनै हुन्। परमेश्‍वरको इच्छा पालन गर्न नसक्नेहरू, परमेश्‍वरलाई घृणा गर्नेहरू, र परमेश्‍वरको विरुद्धमा विद्रोह गर्नेहरू—यी मानिसहरूलाई परमेश्‍वर घिन गर्नुहुन्छ, र हामीले पनि तिनीहरूलाई घिन गर्नुपर्छ। परमेश्‍वर मानिसबाट यही माग गर्नुहुन्छ। … यदि कुनै व्यक्ति परमेश्‍वरलाई इन्कार र विरोध गर्ने व्यक्ति हो, र ऊ परमेश्‍वरद्वारा श्रापित भएको छ, तर ऊ तेरो आमा वा बुबा, वा आफन्त हो, र तैँले बुझ्न सकेसम्म ऊ दुष्ट व्यक्ति जस्तो देखिँदैन र उसले तँलाई राम्रो व्यवहार गर्छ भने, तैँले त्यो व्यक्तिलाई घृणा गर्न सक्दैनस्, र तँ ऊसित निकटतम सम्पर्कमै रहिरहन सक्छस्, र ऊसँगको तेरो सम्बन्ध अपरिवर्तित रहन्छ। परमेश्‍वर त्यस्ता मानिसहरूलाई घृणा गर्नुहुन्छ भन्‍ने सुन्दा, तँलाई दुःख लाग्नेछ, तँ परमेश्‍वरको पक्षमा उभिन सक्नेछैनस्, र तैँले हृदयलाई कठोर बनाएर तिनीहरूलाई इन्कार गर्न सक्नेछैनस्। तँ सधैँ स्नेहद्वारा बाँधिनेछस्, र तँ वास्तवमा तिनीहरूसँगको सम्बन्ध तोड्न सक्नेछैनस्। यसको कारण के हो? तेरो स्नेह अत्यन्तै बलियो हुनाले यस्तो हुन्छ, र त्यसले तँलाई सत्यता अभ्यास गर्नबाट रोक्छ। त्यो व्यक्तिले तँलाई राम्रो व्यवहार गर्छ, त्यसैले तँ उसलाई घृणा गर्न सक्दैनस्। यदि उसले तँलाई हानि गर्‍यो भने मात्र तैँले उसलाई घृणा गर्न सक्थिस्। के त्यो घृणा सत्यता सिद्धान्तहरू अनुरूप हुनेथियो र? साथै, तँ अझै पनि परम्परागत धारणाहरूद्वारा बाँधिएको हुन्छस्, र तँ तिनीहरू तेरा आमाबुबा वा आफन्त हुन्, र यदि तैँले तिनीहरूलाई घृणा गरिस् भने, तँलाई समाजले तिरस्कार गर्नेछ र जनमतले निन्दा गर्नेछ, तँलाई छोराछोरीको धर्म ननिभाउने, विवेक नभएको, र मानव नभएको भनेर दोषी ठहराइनेछ भन्‍ने सोच्छस्। तँ सोच्छस् कि तैँले ईश्‍वरीय निन्दा भोग्नेछस् र तँ दण्डित हुनेछस्। तैँले तिनीहरूलाई घृणा गर्न चाहे पनि, तेरो विवेकले तँलाई त्यसो गर्न दिनेछैन। तेरो विवेकको यो प्रभाव कहाँबाट आउँछ? यो तँ सानो छँदादेखि नै तँभित्र रोपिएको विचारबाट, तेरो परिवारको विरासत, तेरा आमाबुबाले तँलाई दिएको शिक्षा, र परम्परागत संस्कृतिको सिकाइको माध्यमबाट आउँछ। यो विचार तेरो हृदयमा निकै गहिरो जरा गाडेर बसेको हुन्छ, र यसले तँलाई छोराछोरीको धर्म निभाउनु पूर्ण रूपमा स्वाभाविक र न्यायोचित हो, र आफ्ना पुर्खाहरूबाट विरासतमा पाएको कुनै पनि कुरा सधैँ राम्रो हुन्छ भन्ने गलत विश्‍वास गर्न लगाउँछ। यो सुरुमा तैँले नै सिकिस् र यो हावी रहन्छ, जसले तेरो विश्‍वासमा र सत्यताको स्वीकारमा ठूलो उल्झन र बाधा सिर्जना गर्छ, जसले तँलाई परमेश्‍वरका वचनहरू व्यवहारमा लागू गर्न असक्षम तुल्याउँछ, र परमेश्‍वरले प्रेम गर्ने कुरालाई प्रेम गर्ने, र परमेश्‍वरले घृणा गर्ने कुरालाई घृणा गर्ने अभ्यास गर्न असक्षम तुल्याउँछ। वास्तवमा, तेरो जीवन परमेश्‍वरबाट आएको हो, तेरा आमाबुबाबाट होइन भन्‍ने कुरा तँलाई हृदयमा थाहा हुन्छ, र तैँले तेरा आमाबुबाले परमेश्‍वरमा विश्‍वास नगर्ने मात्र होइन, परमेश्‍वरको विरोध नै गर्छन्, र परमेश्‍वर तिनीहरूलाई घृणा गर्नुहुन्छ भन्‍ने कुरा जान्दछस् र तँ परमेश्‍वरमा समर्पित हुनुपर्छ, उहाँको पक्षमा उभिनुपर्छ भन्‍ने कुरा पनि तँलाई थाहा छ, तर तैँले तिनीहरूलाई चाहेर पनि पटक्कै घृणा गर्न सक्दैनस्। तँ आफ्नो सोचाइ बदल्न सक्दैनस्, तँ आफ्नो हृदय कठोर बनाउन सक्दैनस्, र तँ सत्यतालाई व्यवहारमा लागू गर्न सक्दैनस्। यसको मूल कारण के हो? शैतानले यी परम्परागत संस्कृतिहरू र नैतिकतासम्बन्धी यी धारणाहरूलाई तेरो हृदय र मनलाई बाँध्न प्रयोग गर्छ, जसले गर्दा कामकुराबारे तेरा दृष्टिकोणहरू असङ्गत बन्छन् र तँ आफ्नो हृदयमा परमेश्‍वरलाई नकार्छस् र उहाँको विरोध गर्छस्, यसरी तँ परमेश्‍वरका वचनहरू स्वीकार गर्न असक्षम हुन्छस्; तँलाई शैतानका यी कुराहरूले कब्जा गरेको हुन्छ, र तँलाई परमेश्‍वरका वचनहरू स्वीकार गर्न असक्षम तुल्याइएको हुन्छ। यदि तँ परमेश्‍वरका वचनहरू अभ्यास गर्न चाहन्छस् भने, यी कुराहरूले काम गर्नेछन् र तँभित्र बाधाहरू उत्पन्न गर्नेछन्, र तँलाई सत्यता र परमेश्‍वरका मागहरूको प्रतिरोध गर्न लगाउनेछन्। यदि तैँले परम्परागत संस्कृतिको बन्धनबाट आफूलाई मुक्त गर्न चाहे पनि, तँसँग त्यसो गर्ने शक्ति नै हुनेछैन। केही समय सङ्घर्ष गरेपछि, तैँले सम्झौता गर्छस्। तैँले परम्परागत नैतिकताका धारणाहरू सही छन् र सत्यतासँग मिल्दा छन् भनी विश्‍वास गर्नेछस्, र त्यसैले तैँले परमेश्‍वरका वचनहरूलाई इन्कार वा शङ्का गर्नेछस्, परमेश्‍वरका वचनहरूलाई सत्यताका रूपमा स्वीकार गर्नेछैनस्, तँ मुक्ति प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्नेबारे वास्ता गर्नेछैनस्, र यस्तो महसुस गर्छस् कि, आखिरमा, तँ अझै पनि यही संसारमा जिउने हो, र यी कुराहरूमा भर परेर मात्रै जीवनमा अगाडि बढ्ने बाटो पाउन सकिन्छ। जनमतको निन्दा सहन नसकेर, तैँले सत्यता र परमेश्‍वरका वचनहरू त्याग्ने निर्णय गर्नेछस्, र बरु तँ परम्परागत संस्कृतिको नैतिकतासम्बन्धी धारणाहरूमा टाँसिनेछस्, शैतानको पक्षमा जानेछस् र शैतानसँग खडा हुनेछस्, सत्यता स्वीकार गर्नुभन्दा बरु परमेश्‍वरलाई चिढ्याउन रुचाउनेछस्। मलाई भन त, के मानिस दयनीय छैन र? के उसलाई परमेश्‍वरको मुक्ति चाहिएको छैन र?(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना गलत दृष्टिकोणहरू जानेर मात्र साँच्चिकै रूपान्तरित हुन सकिन्छ)। परमेश्वरको वचनबाट मैले बुझेँ हामीले पनि उहाँले माया गर्नेलाई माया गरौँ र उहाँले घृणा गर्नेलाई घृणा गरौँ भन्ने चाहनुहुन्छ। प्रभु येशूले पनि एकपटक भन्नुभयो: “मेरी आमा को हुन्? र मेरा दाजुभाइहरू को हुन्? … जसले स्वर्गमा हुनुहुने मेरो पिताको इच्छालाई पछ्याउँछन्, तिनीहरू नै मेरा दाजुभाइ, दिदीबहिनी, र आमा हुन्(मत्ती १२:४८-५०)। परमेश्वरले सत्यता पछ्याउने र स्वीकार गर्न सक्नेहरूलाई माया गर्नुहुन्छ। यस्ता मानिसहरूलाई मात्र मैले ब्रदर-सिस्टर भन्नुपर्छ; यस्तालाई मात्र मैले माया गर्नुपर्छ र मायाले मद्दत गर्नुपर्छ। सत्यताप्रति वितृष्ण रहने र कहिल्यै सत्यता अभ्यास नगर्नेहरू सबै अविश्वासी हुन्, ब्रदर-सिस्टर होइनन्। तिनीहरू हाम्रा आमाबाबु वा आफन्त भए पनि, हामीले सिद्धान्तअनुसार तिनीहरूलाई पहिचान गर्न र खुलासा गर्नुपर्छ। यसको मतलब हामी आमाबाबुप्रति कर्तव्यपरायण हुनु हुँदैन वा भविष्यमा उहाँहरूको ख्याल राख्ने छैनौँ भन्ने होइन, तर यसको मतलब हामीले उहाँहरूको प्रकृति सार अनुसार उहाँहरूलाई तर्कसङ्गत र निष्पक्ष व्यवहार गर्नुपर्छ। तर “रगत पानीभन्दा गाढा हुन्छ” र “मानिस निर्जीव छैन; ऊ संवेदनाबाट कसरी मुक्त हुन सक्छ र?” जस्ता शैतानी विष मा म डुबेको थिएँ। म मानिसहरूसँग व्यवहार गर्दा सिद्धान्तवान थिइन, र मैले सधैँ स्नेहको आधारमा मेरो परिवारलाई संरक्षण गरेँ र पक्ष लिएँ। मैले दाइको मूल्याङ्कन लेख्दै गर्दा, मलाई थाहा थियो कि उनले पहिले नै आफूलाई अविश्वासी भएको खुलासा गरिसकेका थिए र उनी मण्डलीबाट बाहिर निकालिनुपर्थ्यो, तर म मेरो स्नेहमा फसेको थिएँ र साँचो कुरा लेख्न चाहन्नथेँ। म तथ्यहरूलाई लुकाउन र मेरा ब्रदर-सिस्टरहरूलाई धोका दिन चाहन्थेँ। अगुवाले मलाई मेरी आमाको मूल्याङ्कन लेख्न आग्रह गर्दा, मलाई थाहा थियो उहाँ मण्डली जीवनलाई अवरोध गर्ने व्यक्ति हो र उहाँलाई खुलासा गर्ने र प्रतिबन्ध लगाउने कुरामा अगुवालाई मद्दत गर्न मैले सही, वस्तुनिष्ठ मूल्याङ्कन लेख्नुपर्छ। तर उहाँलाई मेरी आमाको रूपमा सोच्दा, र उहाँ मेरो लागि कति असल हुनुहुन्थ्यो भनेर सोच्दा मैले उहाँको व्यवहारको बारेमा इमानदारीपूर्वक लेखेँं भने मलाई सधैँ दोषी महसुस हुनेछ र म यो दोष बोकेर जिउन सक्ने छैन भनी डराएँ। अरूले मलाई क्रूर र निर्दयी सोच्नेछन् भन्ने पनि डर थियो। शङ्का र डरले भरिएकाले मैले त्यसलाई स्थगित गरिरहेँ। मैले यी शैतानी विषहरू मेरो हृदयमा गहिरो गरी जरा गाडिएका, तिनले मलाई मेरो स्नेहमा जकडेर राखेको पाएँ। ती विषले मलाई अरूसँगको व्यवहारमा सिद्धान्तहीन बनाएको, र मलाई मण्डलीको कामलाई कायम राख्नबाट रोकेको थियो। म शैतानको पक्षमा उभिएर परमेश्वरविरुद्ध विद्रोह र प्रतिरोध गरिरहेको थिएँ। तथ्य कुरा मेरी आमा र दाइ दुवै अविश्वासी थिए, र उनीहरूको व्यवहारलाई खुलासा गर्नु न्यायपूर्ण काम थियो। यो मण्डलीको कामको रक्षा गर्नु र परमेश्वरका माग पालना गर्नु थियो। यो परमेश्वरले माया गर्नेलाई माया गर्नु र परमेश्वरले घृणा गर्नेलाई घृणा गर्नु थियो, अनि सत्यता अभ्यासको गवाही थियो। तर मैले सत्यता अभ्यास र शैतानलाई खुलासा गर्नुलाई नकारात्मक देखेँ; मैले यसलाई निर्दयी, अविवेकी र विश्वासघाती देखेँ। म कति भ्रमित थिएँ! मैले कालोलाई सेतो, राम्रोलाई नराम्रो भन्ने गल्ती गरेँ। म मेरो स्नेहले बाँधिएको थिएँ र त्यसकारण नकारात्मकताले ग्रस्त थिएँ, जसले गर्दा कर्तव्य पूरा गर्ने प्रेरणा नै थिएन। परमेश्वरको समयमै अन्तर्दृष्टि र मार्गदर्शन नभएको भए, मेरो स्नेहले मलाई समाप्त पार्ने थियो। रो स्नेहभित्र बाँच्नु भण्डै मेरो अन्त्य थियो। म साँच्चै आगोसँग खेल्दै थिएँ।

पछि, मैले थप आत्मचिन्तन गरेँ, मेरी आमाबारे लेख्न हिचकिचाहट हुनु अर्को गलत धारणाबाट उत्पन्न भएको रहेछ भन्ने बुझेँ—अर्थात्, उहाँले मलाई त्यस्तो दयाका साथ हुर्काउनु भएकाले उहाँलाई खुलासा गर्नु मेरो तर्फबाट निर्दयी हुने थियो। मैले परमेश्वरको वचनको एउटा खण्ड पढेँ जसले यसबारे मेरो दृष्टिकोण परिवर्तन गर्‍यो। परमेश्‍वरका वचनहरूले भन्छन्: “परमेश्‍वरले यो संसार सृष्‍टि गर्नुभयो र यसमा उहाँले जीवन दिनुभएको जीवित प्राणी, मानिसलाई ल्याउनुभयो। त्यसपछि, मानिसले आमाबुबा र नातेदारहरू पायो, अनि ऊ उप्रान्त एक्लो भएन। मानिसले यस भौतिक संसारलाई पहिलो पटक देखेदेखि नै, उसको भाग्यमा परमेश्‍वरको नियोजनमा बाँच्न लेखिएको थियो। परमेश्‍वरबाट आएको जीवनको सासले नै प्रत्येक जीवित प्राणीलाई हुर्काएर वयस्कतासम्म धान्छ। यस क्रममा, मानिस परमेश्‍वरको हेरचाहमा अस्तित्वमा रहन्छ र हुर्कन्छ भनेर कसैले महसुस गर्दैन; बरु, तिनीहरू मानिस आफ्ना आमाबुबाको लालनपालनको अनुग्रहमा हुर्कन्छ र उसको हुर्काइलाई उसैको जीवनको जन्मजात प्रवृत्तिले अघि बढाउँछ भन्‍ने विश्‍वास गर्छन्। यस्तो किन हुन्छ भने, मानिस आफ्नो जीवन आफूलाई कसले दिएको हो वा यो कहाँबाट आउँछ भन्‍ने कुरा जान्दैन, जीवनको जन्मजात प्रवृत्तिले कसरी चमत्कारहरू सृजना गर्छ भन्‍ने कुरा जान्नु त परै जाओस्। उसको जीवनलाई निरन्तरता दिने आधार खाना हो, दृढता नै उसको जीवनको अस्तित्वको स्रोत हो, अनि उसको मनमा भएका विश्वासहरू नै पुँजी हुन् जसमाथि उसको अस्तित्व निर्भर हुन्छ भन्‍ने मात्र ऊ जान्दछ। मानिस परमेश्‍वरको अनुग्रह र उहाँको आपूर्तिबारे पूर्णतः अनजान हुन्छ र परमेश्‍वरले उसलाई दिनुभएको जीवन ऊ यसरी नै खेर फाल्छ…। परमेश्‍वरले दिनरात रेखदेख गर्ने एउटा व्यक्तिले पनि उहाँको आराधना गर्ने पहलकदमी लिँदैन। परमेश्‍वर आफूले योजना बनाएअनुसार, मानिसमा काम मात्र गर्नुहुन्छ, जसबाट कुनै पनि अपेक्षा गर्न सकिँदैन। कुनै दिन मानिस आफ्नो सपनाबाट ब्युँझनेछ अनि उसले अचानक जीवनको मूल्य र अर्थ, परमेश्‍वरले उसलाई प्रदान गर्नुभएको सबै कुराका निम्ति उहाँले चुकाउनुभएको मूल्य, र जुन उत्कटताका साथ परमेश्‍वर मानिस उहाँतर्फ फर्कियोस् भनी व्यग्र अभिलाषा राख्नुहुन्छ, त्यो महसुस गर्नेछ भन्ने आशाका साथ परमेश्‍वर यसो गर्नुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। परमेश्वरको वचनबाट मैले जानेँ कि बाहिरबाट हेर्दा, मेरी आमाले मलाई जन्म दिनुभयो र हुर्काउनुभयो, र उहाँ मेरो जीवनमा मेरो ख्याल गर्ने व्यक्ति हुनुहुन्थ्यो। तर वास्तविकतामा, मानव जीवनको स्रोत परमेश्वर हनुहुन्छ, र मैले जे जति पाएको चू, त्यो सबै परमेश्वरले दिनुभएको हो। परमेश्वरले मलाई जीवन दिनुभयो, र मेरो परिवार र घरको प्रबन्ध गर्नुभयो। मलाई उहाँको आवाज सुन्न र उहाँसमक्ष आउन दिने कुरा पनि परमेश्वरको प्रबन्ध थियो। मैले परमेश्वरलाई धन्यवाद दिनुपर्छ, अनि परमेश्वरलाई सन्तुष्ट पार्न र उहाँको प्रेम चुकाउन मेरो अगाडि आउने सबै कुरामा सत्यता अभ्यास गर्नुपर्छ। म आफ्नो परिवारको पक्षमा उभिएर शैतानका लागि काम गर्नु, मण्डलीको काममा बाधा पुर्‍याउनु हुँदैन। यो बुझ्नु मेरो लागि चेतावनीको घण्टी जस्तै भयो। मैले परमेश्वरसमक्ष पश्चाताप गर्नुपर्थ्यो, र मैले आफ्नो मेरो स्नेह पछ्याइरहन मिल्दैनथ्यो। त्यसपछि, मैले मेरी आमाको मण्डली जीवनलाई बिथोल्ने व्यवहारलाई सही रूपमा खुलासा गरेँ।

एक महिनापछि, म मण्डली अगुवा चुनिएँ। केही मण्डली सदस्यले अझै मेरी आमाको व्यवहारलाई अझै पूर्ण रूपमा नखुट्याएको मैले थाहा पाएँ। मैले सोचेँ, “मेरी आमाले कसरी मण्डली जीवनलाई बिथोल्नुभएको थियो भनेर मैले उनीहरूसँग कुरा गर्नुपर्छ, ताकि उनीहरूले सत्यता सिद्धान्तअनुसार उहाँलाई पहिचान गर्न र व्यवहार गर्न सिक्न सकून्।” तर त्यसो गर्नै लाग्दा आफूभित्र द्वन्द्व महसुस गरेँ। यदि, सङ्गति र विश्लेषणको क्रममा, ब्रदर-सिस्टरहरूले मेरी आमाको व्यवहारबारे समझशक्ति पाए भने, के उनीहरूले मेरी आमालाई त्याग्ने थिए? के यसले मेरी आमालाई दुःखी बनाउने थियो? मलाई लाग्यो म केही भन्न सक्दिनँ। अनि म फेरि स्नेहले बाँधिदै छु भन्ने लाग्यो र मैले पहिले पढेको परमेश्वरको वचन सम्झेँ-कि मैले परमेश्वरले माया गर्नेलाई माया गर्नुपर्छ र घृणा गर्नेलाई घृणा गर्नुपर्छ। मेरी आमाले मण्डली जीवनमा समस्या निम्त्याउनुभयो, र त्यो परमेश्वरले घृणा गर्ने कुरा हो। म स्नेहमा परेर उहाँलाई जोगाइरहन सक्दिनथेँ। सत्यता सिद्धान्तअनुसार अवस्थालाई खुलासा गर्ने र चिरफार गरेर ब्रदर-सिस्टरहरूले समझशक्ति दिलाउनु मेरो जिम्मेवारी थियो। त्यसैले, मैले मेरी आमाले कसरी मण्डली जीवनलाई बिथोल्नुभएको थियो भनेर सङ्गति र चिरफार गरेँ, र अरूले केही समझशक्ति प्राप्त गरे र केही पाठ सिके। उहाँलाई आत्मचिन्तनको लागि अलग गरिनुपर्छ भनेर अधिकांश मानिसहरू सहमत भए। यसलाई व्यवहारमा लागू गरेपछि, मैले सहज र शान्त महसुस गरेँ। म हृदयको गहिराइबाट सत्यता बुझ्न र अभ्यास गर्न सिद्धान्तहरू फेला पार्न, र मेरो परिवारका सदस्यहरूलाई कसरी व्यवहार गर्ने भनेर बुझ्न उहाँको वचनको मार्गदर्शन र अन्तर्दृष्टि दिनुभएकोमा परमेश्वरलाई धन्यवाद दिन्छु। त्यो नभएको भए म अझै पनि स्नेहले बाँधिएर परमेश्वरको प्रतिरोध गर्ने काम गर्दै हुन्थेँ। यी अनुभवहरूले मलाई मानिसहरूलाई व्यवहार गर्दा र मण्डलीभित्र परिस्थितिहरू सम्हाल्दा, सबै सत्यता सिद्धान्तअनुसार गरिनुपर्छ भनेर देखाएको छ। यही मात्र परमेश्वरको अभिप्राय अनुरूप छ। यो मात्र स्वतन्त्र महसुस गर्ने र आन्तरिक शान्तिको भाव प्राप्त गर्ने तरिका हो। परमेश्वरलाई धन्यवाद!

सम्बन्धित विषयवस्तु

प्रतिकूल परिस्थितिमा कसरी आफ्नो कर्तव्य निर्वाह गर्ने

वु फ्यान, चीन२०२२ को जुन महिनामा, मैले ३० जनाभन्दा बढी ब्रदर-सिस्टरहरूलाई प्रहरीले पक्राउ गरेको कुरा थाहा पाएँ, जसमा केही अगुवाहरू पनि...

अब मलाई आफ्नो कर्तव्यमा कसरी सहकार्य गर्ने थाहा भयो

नोभेम्बर २०१९ को कुरा हो, मैले सिस्टर झाऊसित नेतृत्वको कर्तव्य पूरा गरिरहेकी थिएँ। काम राम्ररी र अधिक कुशलतापूर्वक पूरा गर्न, माथिल्लो तहका...

सौभाग्य पछ्याइमाथिको चिन्तन

सन् २०२२ को अन्त्यमा, मैले प्रचारकको रूपमा आफ्नो कर्तव्य सुरु गरेँ, र धेरैवटा मण्डलीको काम अनुगमन गर्ने जिम्मेवारी पाएँ। एक दिन मैले...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्