निराकरणपछिको परिवर्तन

25 फेब्रुअरी 2023

गत मार्चमा, मैले मण्डलीको भिडियो काम जिम्‍मा लिएँ। त्यो कर्तव्यमा म नयाँ भएकोले मैले धेरै सत्यता पूर्णरूपमा बुझेको थिइनँ त्यसकारण हरेक दिन म तनावमा हुन्थेँ, र मैले प्रोजेक्टमा महत्त्वपूर्ण चरणलाई छुटाउनेछु र यसले हाम्रो काममा ढिलाइ हुनेछ भन्‍ने मलाई डर लाग्थ्यो। म आफ्‍नो कर्तव्यको लागि सधैँ प्रार्थना र परमेश्‍वरमा भरोसा गरिरहेको हुन्थेँ, र काममा कुनै समस्या भेट्टाउँदा, म तुरुन्तै ब्रदर-सिस्टरहरूसँग छलफल गरेर त्यो समाधान गर्थेँ। यसरी केही समयसम्‍म कडा परिश्रम गरेपछि, हाम्रो काम अझ फलदायी भयो र हामीले विभिन्न भिडियोहरू बनाउन सक्यौँ। अरू ब्रदर-सिस्टरहरूले हाम्रो भिडियोको गुणस्तर र प्रभावकारितामा सुधार आइरहेको छ भन्थे। त्यो सुन्दा मलाई निकै खुसी लाग्थ्यो। मैले काम गरेको त्यति धेरै समय नभए पनि, हामीले राम्रा परिणामहरू प्राप्त गरिरहेका थियौँ, त्यसकारण म के सोच्थेँ भने, हरेक दिन हामीले यसरी नै काम गरिरह्यौँ भने, त्यो काफी हुनेछ। तर आफ्‍नो कर्तव्यप्रति मेरो मनोवृत्ति क्रमिकरूपमा परिवर्तन हुँदै गयो। मलाई पहिलेजस्तो कामप्रति आतुरी हुँदैनथ्यो, र थाहै नपाई, म आत्मसन्तुष्टिको स्थितिमा जिउन पुगेछु। केही समयपछि, मेरी सहकर्मीले हाम्रो प्रडक्सन सुस्त भइरहेको छ र हाम्रा भिडियोहरूमा सृजनशीलताको कमी छ भन्‍ने याद गरिन्, त्यसकारण उनले यी समस्याहरूका समाधानबारे छलफल गर्न मलाई सम्पर्क गरिन्। उनले तीललाई पहाड बनाइरहेकी छिन् भन्‍ने सोचेर मैले कुनै चिन्ता नगरी उनको कुरा बेवास्ता गरेँ। म पहिलेजस्तै आधा मनले काम गर्दै आत्मसन्तुष्ट भइरहेँ।

केही दिनपछि अगुवाले हाम्रो काम जाँच गर्दा, उनले हाम्रो भिडियोको गुणस्तर र प्रभावकारिता खस्केको रहेछ भन्ने देखिन्, त्यसकारण उनले हमीसँग सङ्गति गरिन्। उनले हामीलाई सोधिन्, “तपाईंहरूलाई आफ्‍नो उत्पादनशीलताको चिन्ता छ? तपाईंहरूको समर्पण कहाँ गयो? तपाईंहरू थोरै कामले थकित होइन्छ भनेर डराउनुहुन्छ। तपाईंहरू किन यसमा अलिक बढी मेहनत गर्नुहुन्‍न? तपाईंहरूले सुस्त र अनुशासनहीन भएर लसकमसक काम गरिरहनुभएको छ। के तपाईंहरूले परमेश्‍वरको इच्‍छालाई ध्यान दिइरहनुभएको छ? यसरी आफ्‍नो कर्तव्य पूरा गर्नु भनेको त सेवा दिनु मात्र हो र तपाईंहरू आफ्‍नो सेवामा समर्पित हुनुभएन भने, तपाईंहरू अन्तिममा निकालिनुहुनेछ।” उनको आलोचना सुन्दा म छक्‍कै परेँ र ममलाई अन्याय भएको जस्तो लाग्यो। हाल हाम्रा भिडियोहरू प्रभावकारी भएका छैनन् भन्‍ने कुरा साँचो थियो, तर ती अझै पहिलेको भन्दा निकै राम्रा थिए। हामी समर्पित छैनौँ भनेर उनले कसरी भन्‍न सकिन्? त्यो सेवा दिनु मात्र हो भनेर कसरी भन्‍न सकिन्? हामीले जानाजानी ढिलाइ गर्ने वा अल्छी बन्ने प्रयास गरिरहेका थिएनौँ। साथै, यो काटछाँट परमेश्‍वरको अनुमतिले भएको हो भन्‍ने मलाई थाहा थियो, त्यसकारण मैले आफ्‍नो समस्या नबुझे पनि यसलाई आज्ञाकारी र खोजी गर्ने हृदयले लिनुपर्छ भन्‍ने मलाई थाहा भयो। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, आज मलाई अगुवाले आलोचना गरिन्, तर मैले कहाँ गल्ती गरेँ मलाई अझै थाहा छैन। बिन्ती छ, मलाई आत्मचिन्तन गर्न र आफूलाई चिन्‍न डोऱ्याउनुहोस्, ताकि मैले तपाईंको इच्‍छा जानेर यसबाट पाठ सिक्‍न सकूँ।” प्रार्थना गरेपछि मलाई के महसुस भयो भने मसँग जस्तोसुकै वस्तुगत बहाना भए पनि, हाम्रो भिडियो निर्माण सुस्त भएको र त्यसमा सृजनशीलताको कमी भएको कुरा साँचो थियो। अगुवाले हाम्रो बाहिरी व्यवहारको आलोचना गरिरहेकी थिइनन्, तर हाम्रो गलत स्थिति र आफ्नो कर्तव्यप्रतिको हाम्रो मनोवृत्तिबारे कुरा गरिरहेकी थिइन्, त्यसकारण मैले आफ्‍नो स्थितिलाई राम्ररी नियाल्‍नु आवश्यक थियो।

त्यसपछि मैले परमेश्‍वरका वचनहरूमा यो कुरा पढेँ। “परमेश्‍वरलाई साँचो रूपमा विश्‍वास गर्ने मानिसहरूले आफ्‍नो नाफाघाटा हिसाबकिताब नगरी आफ्‍नो कर्तव्य स्वेच्छाले निर्वाह गर्छन्। तँ सत्यताको खोजी गर्ने व्यक्ति भए पनि नभए पनि, आफ्‍नो कर्तव्य निभाउने क्रममा तैँले सधैँ आफ्‍नो विवेक र समझमा भरोसा गरेर एकदमै कडा परिश्रम गर्नुपर्छ। कडा परिश्रम गर्नुको अर्थ के हो? यदि तँ केवल नाममात्रको प्रयास गरेर र थोरै शारीरिक कठिनाइ भोगेर सन्तुष्ट हुन्छस्, तर आफ्नो कर्तव्यलाई पटक्‍कै गम्भीरतापूर्वक लिँदैनस् वा सत्यताका सिद्धान्तहरू खोजी गर्दैनस् भने, यो लापरवाह र झाराटारुवा हुनुबाहेक अरू केही होइन—यो साँचो अर्थमा प्रयास गर्नु होइन। प्रयास गर्नुका मूलभूत कुराहरू आफ्नो हृदय लगाउनु, हृदयमा परमेश्‍वरको डर मान्‍नु, परमेश्‍वरको इच्छालाई ध्यान दिनु, परमेश्‍वरको अवज्ञा गर्न र उहाँलाई चोट पुऱ्याउन डराउनु, र आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न जुनसुकै कठिनाइ भोग्‍नु हुन्: यदि तँसँग यसरी परमेश्‍वरलाई प्रेम गर्ने हृदय छ भने, तैँले आफ्नो कर्तव्य उचित तरिकाले निर्वाह गर्न सक्‍नेछस्। यदि तेरो हृदयमा परमेश्‍वरको डर छैन भने, आफ्नो कर्तव्य निर्वाह गर्दा तँमा बोझको कुनै बोध हुनेछैन, यसमा कुनै चासो हुनेछैन, र तँ अपरिहार्य रूपमै लापरवाह र झाराटारुवा हुनेछस्, र तैँले काम गरिटोपलेजस्तो गर्नेछस्, प्रभावचाहिँ केही पनि हासिल गर्नेछैनस्—र यो कर्तव्य निर्वाह गर्नु होइन। यदि तँलाई साँच्‍चै नै बोझको बोध हुन्छ, र तँलाई आफ्‍नो कर्तव्य पूरा गर्नु भनेको तेरो आफ्‍नै जिम्‍मेवारी हो, र तैँले कर्तव्य पूरा नगर्दा तँ जिउनयोग्य हुँदैनस्, र तँ पशुसरह हुन्छस्, अनि तैँले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्दा मात्रै तँ मानव भनिनलायक हुन्छस् भन्‍ने लाग्छ, अनि तैँले आफ्‍नै विवेकले भनेको मान्‍न सक्छस् भने—यदि आफ्‍नो कर्तव्य पूरा गर्दा तँलाई बोझको यस्तो बोध हुन्छ भने—तैँले सबै कुरा विवेकशील रूपमा गर्न सक्‍नेछस्, र तैँले सत्यताको खोजी गर्न र सिद्धान्तहरूअनुसार काम गर्न सक्‍नेछस्, र यसरी तैँले आफ्‍नो कर्तव्य उचित रूपमा पूरा गरेर परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन सक्‍नेछस्। यदि तँ परमेश्‍वरले तँलाई दिनुभएको मिसन, र तेरो लागि परमेश्‍वरले बलिदान दिनुभएको सबै कुरा अनि तँप्रतिको परमेश्‍वरका अपेक्षाहरूको निम्ति लायक छस् भने, यो साँचो रूपमा कडा परिश्रम गर्नु हो। के अहिले तिमीहरूले बुझ्यौ? यदि आफ्‍नो कर्तव्य पूरा गर्दा तिमीहरू केवल झारा टार्छौ र परिणामहरू हासिल गर्ने प्रयास गर्दैनौ भने, तिमीहरू ढोँगी, भेडाको भेसमा ब्‍वाँसो हौ। तैँले मानिसहरूलाई छल्‍न सक्छस्, तर परमेश्‍वरलाई मूर्ख बनाउन सक्दैनस्। यदि तैँले आफ्‍नो कर्तव्य पूरा गर्दा कुनै वास्तविक मूल्य चुकाउँदैनस् र कुनै बफादारिता देखाउँदैनस् भने, त्यो मापदण्डको स्तरमा पुगेको हुँदैन। यदि तैँले आफूलाई परमेश्‍वरमाथिको आफ्नो विश्‍वासप्रति र आफ्नो कर्तव्य पूरा गर्ने कार्यप्रति समर्पित गरेको छैनस् भने; यदि तँ सधैँ झारा टार्ने काम गर्छस् र एक अविश्‍वासीले हाकिमको अधीनमा काम गरेको जस्तो आफ्‍ना कार्यहरूमा लापरवाह हुन्छस् भने; यदि तँ नाममात्रको काम गर्छस्, दिमाग लगाउँदैनस्, हरेक दिन काम आइपर्दा लटरपटर गर्दै अघि बढ्छस्, समस्याहरू देख्दा तिनलाई बेवास्ता गर्छस्, कुनै कुरा छरपष्ट भएको देख्दा पनि तँ त्यसलाई सफा गर्दैनस्, र तेरो फाइदा नहुने सबै कुरालाई सोचविचार नगरी पन्छाइदिन्छस् भने—के यो समस्या होइन र? यस्तो कुनै व्यक्ति कसरी परमेश्‍वरको घरको सदस्य हुन सक्छ? त्यस्ता मानिसहरू गैरविश्‍वासीहरू हुन्; तिनीहरू परमेश्‍वरको घरका होइनन्। तिनीहरूमध्ये एकजनालाई पनि परमेश्‍वरले मान्यता प्रदान गर्नुहुन्‍न। तैँले आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा तँ आफ्नो हृदयमा साँचो भइरहेको छस् कि छैनस् र तैँले आफैलाई समर्पित गरिरहेको छस् कि छैनस् भन्‍नेबारेमा परमेश्‍वरले हिसाब राख्‍नुहुन्छ, र तँ आफैलाई पनि त्यो सबै पूरै थाहा हुन्छ। त्यसो भए, के तिमीहरूले आफूलाई कहिल्यै आफ्नो कर्तव्य पूरा गर्ने काममा समर्पित गरेका छौ? के तिमीहरूले यसलाई कहिल्यै गम्भीरताका साथ लिएका छौ? के तिमीहरूले यसलाई आफ्नो जिम्मेवारी, तिमीहरूको दायित्वको रूपमा लिएका छौ? के तिमीहरूले यसको स्वामित्व लिएका छौ? तैँले यी मामिलाहरूबारे उचित तरिकाले मनन गर्नैपर्छ र जान्‍नैपर्छ, र यसो गर्दा तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा आइपर्ने समस्याहरू समाधान गर्न सजिलो हुनेछ, र यो तैँले जीवन प्रवेश गर्दा लाभदायी हुनेछ। यदि तँ आफ्नो कर्तव्य निर्वाह गर्दा सधैँ गैरजिम्मेवार हुन्छस्, अनि तैँले समस्याहरू पत्ता लगाउँदा अगुवा र सेवकहरूलाई त्यसको रिपोर्ट गर्दैनस्, न त ती समस्या आफै समाधान गर्न सत्यता खोजी गर्छस्, सधैँ ‘जति कम समस्या उति राम्रो’ भनी सोच्छस्, सधैँ सांसारिक दर्शनहरूअनुसार जिउँछस्, कर्तव्य निर्वाह गर्दा सधैँ लापरवाह र झाराटारुवा बन्छस्, कहिल्यै कुनै समर्पण देखाउँदैनस्, र काटछाँट र निराकरण गरिँदा सत्यता पटक्‍कै स्वीकार गर्दैनस् भने—यदि तँ यसरी आफ्नो कर्तव्य निर्वाह गर्छस् भने, तँ खतरामा छस्; तँ सेवाकर्तामध्येको एक होस्। सेवाकर्ताहरू परमेश्‍वरको घरका सदस्य होइनन्, केवल कर्मचारी, र भाडाका खेताला मात्र हुन्। काम सकिएपछि, तिनीहरूलाई हटाइनेछ, र स्वाभाविक रूपमै तिनीहरू महाविपत्तिमा पर्नेछन्। … वास्तवमा परमेश्‍वरले हृदयमा तिमीहरूलाई आफ्‍नो परिवारका सदस्यका रूपमा व्यवहार गर्न चाहनुहुन्छ, तैपनि तिमीहरू सत्यता स्वीकार गर्दैनौ, र आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा सधैँ लापरवाह, झारा टारुवा, र गैरजिम्‍मेवार हुन्छौ। तिमीहरूलाई सत्यताबारे जसरी सङ्गति दिए पनि, तिमीहरू पश्‍चात्ताप गर्दैनौ। आफूलाई परमेश्‍वरको घरबाहिर राख्‍ने त तिमीहरू आफै हौ। परमेश्‍वर तिमीहरूलाई मुक्ति दिन र आफ्‍नै परिवारका सदस्य बनाउन चाहनुहुन्छ, र पनि तिमीहरू यो कुरा मान्दैनौ। त्यसकारण तिमीहरू उहाँको घरबाहिर छौ; तिमीहरू अविश्‍वासी हौ। अलिकति पनि सत्यता स्वीकार नगर्नेलाई अविश्‍वासीको रूपमा मात्रै व्यवहार गर्न सकिन्छ। आफ्‍नो परिणाम र स्थान स्थापित गर्ने तिमीहरू आफै हौ। तिमीहरूले यसलाई परमेश्‍वरको घरबाहिर स्थापित गरेका छौ। यसको लागि तिमीहरूबाहेक अरू कसलाई दोष दिने?(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। राम्रोसित आफ्‍नो कर्तव्य निभाउनको लागि, व्यक्तिमा कम्तीमा पनि विवेक र तर्कशक्ति हुनुपर्छ)। परमेश्‍वरका वचनहरू पढेपछि मलाई लाज लाग्यो। थोरै शारीरिक कठिनाइ भोगेर सन्तुष्ट हुनुलाई हामी आफ्नो कर्तव्यमा समर्पित भएका मानिँदैन भनेर परमेश्‍वर भन्‍नुहुन्छ। महत्त्वपूर्ण कुरा भनेको आफ्नो कर्तव्यप्रति साँचो बोझ उठाउनु र जिम्‍मेवारी बोध गर्नु, आफूले गर्ने हरेक कुरालाई आफ्‍नै जिम्‍मेवारीको भाग ठान्नु, र यसमा आफूसँग भएको सबथोक दिनु हो, ताकि हामीले आफ्‍नो कर्तव्यमा राम्रा परिणामहरू प्राप्त गर्न सकौँ। साँचो बोझ लिने व्यक्तिलाई कसैले ठेलिरहनुपर्दैन, तर तिनीहरूमा नै भित्री जोस-जाँगर हुन्छ। तिनीहरूले आफ्‍नो दैनिक काम समाप्त गरेपछि, के कुरा सही भएन, र यसलाई अझै राम्ररी कसरी गर्न सकिन्छ भनेर विचार गर्छन्। परमेश्‍वरको इच्‍छालाई विचार गर्ने र परमेश्‍वरको घरको सदस्य कहलाइन योग्य हुने तरिका त्यही हो। तर सेवाकर्ताहरू आफ्‍नो कर्तव्यमा मन लगाउँदैनन्। सतही प्रयासमा नै सन्तुष्ट हुन्छन्, तर हृदयमा बोझ लिँदैनन्। तिनीहरू आफ्‍नो कर्तव्य कसरी राम्रोसँग पूरा गर्ने भनेर कहिल्यै मनन गर्दैनन् र आफ्नो काममा समस्याहरू देखा पर्दा चिन्ता वा आतुरी अनुभूति गर्दैनन्। तिनीहरू कर्तव्य पूरा गरिरहेका छौँ भन्छन्, तर परमेश्‍वरको इच्‍छालाई पटक्‍कै विचार गरिरहेका हुँदैनन्। तिनीहरू त जागिर खाने, तलबको लागि केही प्रयास गर्ने अविश्‍वासीहरूजस्तै हुन्। त्यस्तो व्यक्तिले साँचोरूपमा कर्तव्य पूरा गरिरहेको हुँदैन, तर सेवा मात्रै गरिरहेको हुन्छ। यसले परमेश्‍वरको अनुमोदन पाउनेछैन। मैले आफ्‍नो कर्तव्यप्रतिको मेरो व्यवहार र मनोवृत्तिलाई विचार गर्दा, सेवाकर्ताजस्तै व्यवहार गरिरहेको छु भन्‍ने मलाई थाहा भयो। हाम्रो भिडियो निर्माणमा सुधार आएदेखि नै, म आत्मसन्तुष्टिको अवस्थामा अल्झिएर बसेको थिएँ। मलाई लाग्यो, आखिर हामी काममा व्यस्त भइरहेका छौँ, त्यसकारण हामीले यसै गरिरह्यौँ र कुनै ठूलो गल्ती गरेनौँ भने, त्यसरी आफ्‍नो कर्तव्य पूरा गर्नु नै पर्याप्त हुन्छ। त्यसकारण मैले हाम्रा भिडियोहरू त्यति रचनात्‍मक नभएका र पुरानै ढाँचाका देख्दा, मलाई पटक्‍कै चिन्ता लागेन। मैले आफ्नो सबै समय कर्तव्यमा खर्चिरहेको जस्तो देखिन्थ्यो, तर हृदयमा साँचो बोझ लिएको थिइनँ। हामी पहिलेभन्दा अलिक दक्ष भएका हुनाले, त्यो प्रगति र हाम्रो कर्तव्यमा प्राप्त सफलता हो भन्‍ने मैले सोचेँ। मलाई आफूप्रति खुसी लाग्न थाल्यो र म त्यही स्थितिमा अल्झिरहेँ। हामीले अझ राम्रो गर्न वा हाम्रो परिणामलाई अझ सुधार गर्न सक्छौँ कि सक्दैनौँ, र हामीले आफ्नो प्रगति र दक्षता बढाउन सक्छौँ कि सक्दैनौँ भनेर मैले कहिल्यै सोचिनँ। साथै, मैले आफ्‍नो कर्तव्यमा सिद्धान्तहरू पछ्याइरहेको छु कि छैन, वा के-कस्ता भुलचुक वा गल्तीहरू भएका छन् भनेर मनन गरिरहेको थिइनँ। त्यसरी आफ्‍नो कर्तव्य पूरा गर्नु भनेको वास्तवमा सेवा गर्नु थियो। मैले परमेश्‍वरका वचनहरूमा के पढेँ भने जब मानिसहरू आफ्‍नो कर्तव्यमा मन लगाउँदैनन्, तब झारा टारिरहेका र परमेश्‍वरलाई ठगिरहेका हुन्छन्। आफ्‍ना सबै व्यवहारलाई हेर्दा, मैले परमेश्‍वरलाई ठगिरहेको रहेछु, र ममा साँच्‍चै मानवताको कमी छ भन्‍ने मलाई थाहा भयो। निराकरण गरिएपछि मात्रै मैले आफ्‍नो कर्तव्यमा अति लापरवाह र गैरजिम्‍मेवार बन्नु, यसलाई सेवाकर्ताले जस्तो लिएर पनि परमेश्‍वरको अनुमोदन चाहनु साँच्‍चै हास्यास्पद हो भन्‍ने देखेँ। त्यसरी आफ्‍नो कर्तव्यलाई लिँदा मण्डलीको काममा मात्रै बाधा पुगेन, तर म आफैले पनि कुनै प्रगति गर्न सकिनँ। यदि लामो समयसम्‍म त्यस्तै भइरहेको भए, म अवश्य नै हटाइनेथिएँ। यसबारे सोच्दा म निकै दुःखी भएँ, त्यसकारण म पश्‍चात्ताप गर्न, यो गलत मानसिकता परिवर्तन गर्न र आफ्‍नो काम राम्ररी गर्न तयार हुँदै प्रार्थना गर्न परमेश्‍वरअघि आएँ। मनन गर्ने क्रममा, मैले यो असफलताको अर्को कारण पत्ता लगाएँ। म अत्यन्तै जिद्दी थिएँ। म सही सिद्धान्तहरू खोज्नुको सट्टा आफ्‍नै इच्‍छाअनुसार आफ्‍नो कर्तव्य पूरा गर्थेँ। मैले परमेश्‍वरका वचनहरूमा यो कुरा पढेँ: “कर्तव्य भनेको तेरो व्यक्तिगत कामकाज होइन; तैँले यो आफ्‍नै लागि गरिरहेको हुँदैनस्, तैँले आफ्नै काम-कार्बाही सञ्‍चालन गरिरहेको हुँदैनस्, यो तेरो आफ्‍नै व्यक्तिगत व्यवसाय होइन। परमेश्‍वरको घरमा, तैँले जे गरे पनि, तैँले आफ्‍नै उद्यमको काम गरिरहेको हुँदैनस्; यो परमेश्‍वरको घरको काम हो, यो परमेश्‍वरको काम हो। तैँले सधैँ यो ज्ञान र सचेतनालाई ध्यान दिएर भन्‍नुपर्छ, ‘यो मेरो आफ्‍नै कामकाज होइन; मैले त आफ्नो कर्तव्य निर्वाह गरिरहेको छु र आफ्नो जिम्‍मेवारी पूरा गरिरहेको छु। म मण्डलीको काम गरिरहेको छु। यो मलाई परमेश्‍वरले सुम्पनुभएको काम हो र मैले उहाँको लागि यो काम गरिरहेको छु। यो मेरो कर्तव्य हो, आफ्‍नै व्यक्तिगत कामकाज होइन।’ मानिसहरूले बुझ्‍नुपर्ने पहिलो कुरा यही हो। यदि तैँले आफ्‍नो कर्तव्यलाई व्यक्तिगत व्यवसायको रूपमा लिन्छस्, र काम गर्दा सत्यताका सिद्धान्तहरू खोज्दैनस्, अनि यसलाई आफ्‍नै अभिप्राय, दृष्टिकोण, र कार्यसूची अनुसार गर्छस् भने, तैँले गल्ती गर्ने सम्‍भावना धेरै हुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?)। मैले परमेश्‍वरका वचनहरूमा के देखेँ भने, आफ्‍नो कर्तव्य पूरा गर्नु भनेको व्यक्तिगत कुरा होइन, तर परमेश्‍वरको आज्ञा हो। आफ्‍नो कर्तव्य परमेश्‍वरका मापदण्ड र सत्यताका सिद्धान्तअनुसार गर्नुपर्छ। त्यसपछि मात्रै यो परमेश्‍वरको इच्‍छाअनुरूप हुन्छ। यदि तपाईंले आफ्‍नो कर्तव्यलाई व्यक्तिगत कुराको रूपमा लिएर परमेश्‍वरको इच्‍छा वा सत्यताका सिद्धान्तहरू नखोजी आफूखुसी गर्नुभयो भने, त्यो वास्तवमा आफ्‍नो कर्तव्य पूरा गर्नु होइन। तपाईंले जति नै मेहनत गरेको देखिए पनि, जति नै कष्ट भोग्नुभए पनि र त्याग गर्नुभए पनि, परमेश्‍वरले अनुमोदन गर्नुहुन्‍न। मैले आफ्‍नो कर्तव्य त्यसरी नै पूरा गरिरहेको छु भन्‍ने मलाई महसुस भयो। म माहुरीजस्तै व्यस्त देखिन्थेँ, तर म सधैँ आफूले चाहेअनुसार, आफ्‍नै रुचिअनुसार कामकुरा गर्थेँ। मैले कडाइका साथ सिद्धान्तहरू पालना गरिरहेको थिइनँ। परमेश्‍वरको घरले हामीलाई भिडियो बनाउँदा, गुणस्तर सुधार्दै प्रभावकारिता सुनिश्‍चित गर्नुपर्छ भनेर बारम्बार बताएको छ। सुरुमा, म सहमत भएँ, तर वास्तविक समस्याहरू देखा पर्दा, मैले यी सिद्धान्तहरूलाई मनको एक कुनामा थन्काएँ र आफूले चाहेअनुसार कामकुरा गरेँ। मेरी सिस्टरले हाम्रो प्रडक्सन सुस्त भएको छ र हामीले उही पुरानै ढाँचा प्रयोग गरिरहेका छौँ भनेर औँल्याउँदा, मैले त्यसलाई त्यति वास्ता गरिनँ। मलाई निराकरण गरिँदासमेत मैले आफू गलत छु भन्‍ने सोचिनँ; मलाई अन्याय भएको जस्तो लाग्यो। म कति चेतनाशुन्य र कठोर रहेछु, र मैले आफूलाई पटक्‍कै चिनेकी थिइनँ। परमेश्‍वरको घरले माग गरेको कुरा सैद्धान्तिकरूपमा मात्रै जानेर पनि म सन्तुष्ट थिएँ, तर यसलाई अभ्यास गर्दा, म यी सिद्धान्तहरूविरुद्ध गएँ र आफ्‍नै तरिकाले काम गरेँ, र अन्तिममा भिडियो निर्माणमा बाधा पुऱ्याएँ। त्यही बेला मलाई मेरो समस्या गम्‍भीर रहेछ भन्‍ने थाहा भयो। अगुवाले मलाई मण्डलीको काम कायम राख्न र परमेश्‍वरको इच्‍छाप्रति विचार पुऱ्याउन आलोचना गरेकी थिइन्। म त्यो आलोचनाको योग्य थिएँ। किनभने मैले आफ्‍नो कर्तव्यलाई हल्‍कासित लिइरहेको, आफूखुसी गरिरहेको, र सिद्धान्तहरू उल्‍लङ्घन गरिरहेको थिएँ। मैले मेरा गल्तीहरू देखेर सिद्धान्तहरूअनुसार आफ्‍नो कर्तव्य पूरा गर्दै अघि बढ्न सकूँ भनेर अगुवाले यसो गरेकी थिइन्। यो महसुस गरेपछि मैले त्यो निराकरण वास्तवमा परमेश्‍वरको प्रेम र सुरक्षा रहेछ भन्‍ने बुझेँ।

त्यसपछि, मैले परमेश्‍वरका वचनहरूमा अभ्यासको मार्ग भेट्टाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “आज, कतिपय व्यक्तिहरू आफ्‍नो कर्तव्यपालनमा लगनशील हुन थालेका छन्, तिनीहरूले परमेश्‍वरको हृदय सन्तुष्ट पार्नको लागि सृष्टि गरिएको प्राणीको कर्तव्य कसरी उचित रूपमा पूरा गर्ने भनी विचार गर्न थालेका छन्। तिनीहरू नकारात्मक र अल्छी बन्दैनन्, निष्क्रिय भई माथिबाट आदेशहरू जारी गरियोस् भनेर पर्खिँदैनन्, बरु केही अग्रसरता देखाउँछन्। तिमीहरूको कर्तव्यपालनको मूल्याङ्कन्‌ गरेर हेर्दा, तिमीहरू पहिलेभन्दा अलिक बढी प्रभावकारी भएका छौ, र यो अझै मापदण्डको स्तरमा पुग्‍न नसकेको भए पनि, थोरै वृद्धिचाहिँ भएको छ—जुन राम्रो कुरा हो। तर तिमीहरू यथास्थितिमै सन्तुष्ट भएर बस्‍नु हुँदैन, तिमीहरूले खोजी गरिरहनुपर्छ, तिमीहरू वृद्धि भइरहनुपर्छ—त्यसपछि मात्रै तिमीहरूले आफ्‍नो कर्तव्य अझै राम्ररी पूरा गर्नेछौ, र स्वीकार्य मापदण्डमा पुग्‍नेछौ। तर आफ्‍नो कर्तव्य निर्वाह गर्दा, कतिपय मानिसहरू कुनै कसर बाँकी नछोडी तनमन दिएर लागिपर्दैनन्, केवल ५०-६० % प्रयास मात्रै लगाउँछन्, र आफूले गर्दै गरेको काम पूरा भइञ्‍जेलसम्‍म कामचालउ प्रयास मात्र गर्छन्। तिनीहरूले कहिल्यै पनि सामान्य स्थिति कायम राख्दैनन्: तिनीहरूलाई रेखदेख गर्ने वा सहयोग गर्ने कोही नहुँदा, तिनीहरू सुस्त हुन्छन् र जाँगर गुमाउँछन्; जब सत्यताको सङ्गति गर्ने कोही हुन्छ, तब तिनीहरू उत्साहित हुन्छन्, तर केही समयसम्‍म सत्यताको बारेमा सङ्गति दिइएन भने, तिनीहरू उदासीन बन्छन्। यसरी तिनीहरू सधैँ घरि यता, घरि उता गरिरहनुमा के समस्या छ? मानिसहरूले सत्यता प्राप्त नगरेको अवस्थामा, तिनीहरू यस्तै हुन्छन् र यसरी नै जोसमा जिउँछन्—एक यस्तो जोस जुन कायम राखिराख्‍न गाह्रो हुन्छ: तिनीहरूलाई हरदिन कसै न कसैले प्रचार र सङ्गति गर्नुपर्छ; तिनीहरूलाई मलजल र भरणपोषण गर्ने, र तिनीहरूलाई साथ दिने कोही छैन भने, तिनीहरूको हृदय फेरि चिसो भइहाल्छ, र तिनीहरू फेरि सुस्त बन्छन्। अनि, तिनीहरूको हृदय सुस्त हुँदा, तिनीहरू आफ्‍नो कर्तव्यमा कम प्रभावकारी हुन्छन्; यदि तिनीहरूले थप परिश्रम गरे भने, प्रभावकारितामा वृद्धि हुन्छ, तिनीहरूको कर्तव्यपालन अझै फलदायी हुन्छ, र तिनीहरूले अझै धेरै कुरा प्राप्त गर्छन्। … वास्तवमा, परमेश्‍वरले मानिसहरूलाई जे गर्न लगाउनुहुन्छ त्यो सबै कुरा मानिसहरूले गर्न सक्छन्; जबसम्म तिमीहरूले आफ्‍नो विवेक लगाउन सक्छौ, र आफ्‍नो कर्तव्य पूरा गर्दा विवेकलाई पछ्याउन सक्छौ, तबसम्म तिमीहरूलाई सत्यता स्वीकार गर्न सजिलो हुनेछ—र यदि तिमीहरूले सत्यता स्वीकार गर्न सक्छौ भने, पर्याप्त रूपमा आफ्‍नो कर्तव्य पूरा गर्न सक्छौ। तिमीहरूले यसरी सोच्‍नुपर्छ: ‘यतिका वर्षमा परमेश्‍वरमा विश्‍वास गरेर, यतिका वर्षसम्‍म परमेश्‍वरका वचनहरू खाएर-पिएर, मैले धेरै कुरा प्राप्त गरेको छु, र परमेश्‍वरले मलाई ठूला अनुग्रह र आशिष्‌हरू दिनुभएको छ। म परमेश्‍वरको हातमा जिउँछु, परमेश्‍वरकै शक्तिको अधीनमा, उहाँको प्रभुत्वमा रही जिउँछु, र उहाँले मलाई यो सास दिनुभएको हो, त्यसैले मैले मेरो मनमस्तिष्क लगाउनुपर्छ, र सारा शक्तिले आफ्‍नो कर्तव्य पूरा गर्न लागिपर्नुपर्छ—यही नै मुख्य कुरा हो।’ मानिसहरूमा इच्‍छाशक्ति हुनैपर्छ; इच्‍छाशक्ति भएकाहरू मात्रै सत्यताप्रति लागिपर्न सक्छन्, र तिनीहरूले सत्यता बुझेपछि मात्रै आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न, परमेश्‍वरलाई सन्तुष्ट पार्न, अनि शैतानलाई लाजमा पार्न सक्छन्। यदि तँमा यस्तो इमानदारिता छ, र आफ्‍नै खातिर योजना बनाउँदैनस्, बरु सत्यता प्राप्त गर्ने र आफ्‍नो कर्तव्य उचित रूपमा पूरा गर्ने योजना मात्रै बनाउँछस् भने, तेरो कर्तव्यपालन सामान्य बन्छ, र सधैँ एकसमान रहिरहन्छ; तैँले जस्तोसुकै परिस्‍थितिको सामना गर्नुपरे पनि, तँ आफ्‍नो कर्तव्य पूरा गर्नमा लागिरहन सक्छस्। तँलाई बहकाउन वा बाधा दिन जोसुकै वा जेसुकै आए पनि, तेरो मनस्थिति राम्रो भए पनि नराम्रो भए पनि, तैँले सामान्य रूपमै आफ्‍नो कर्तव्य पूरा गर्न सक्‍नेछस्। यसरी, परमेश्‍वर तँप्रति ढुक्‍क बन्‍नुहुनेछ, र पवित्र आत्‍माले तँलाई सत्यताका सिद्धान्तहरू बुझ्‍न अन्तर्दृष्टि दिन सक्‍नुहुनेछ, र सत्यताको वास्तविकतामा प्रवेश गर्न तँलाई अगुवाइ गर्नुहुनेछ, फलस्वरूप, तेरो कर्तव्यपालन अवश्य नै मापदण्डको स्तरमा पुग्‍नेछ। जबसम्म तँ इमानदारीपूर्वक परमेश्‍वरमा समर्पित हुन्छस्, आफ्‍नो कर्तव्य व्यावहारिक रूपमा पूरा गर्छस्, र धूर्त तरिकाले काम वा चलाकी गर्ने प्रयास गर्दैनस्, तबसम्म तैँले परमेश्‍वरको मापदण्ड पूरा गर्नेछस्। परमेश्‍वरले मानिसहरूको मनमस्तिष्क, विचार, र मनसायहरूलाई हेर्नुहुन्छ। यदि तेरो हृदयले सत्यताको तृष्णा गर्छ र तँ सत्यताको खोजी गर्न सक्छस् भने, परमेश्‍वरले तँलाई अन्तर्दृष्टि र ज्योति दिनुहुनेछ। कुनै पनि मामलामा, तैँले जबसम्म सत्यता खोजी गर्छस्, तबसम्म परमेश्‍वरले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ। उहाँले ज्योतिको निम्ति तेरो हृदय खोलिदिनुहुनेछ र तँलाई अभ्यासको मार्ग दिनुहुनेछ, अनि तेरो कर्तव्यपालनले फल फलाउनेछ। परमेश्‍वरको अन्तर्दृष्टि उहाँको अनुग्रह र आशिष्‌ हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमाथिको विश्‍वासमा सबैभन्दा महत्त्वपूर्ण कुरा उहाँका वचनहरू अभ्यास र अनुभव गर्नु हो)। मैले परमेश्‍वरका वचनहरूबाट के सिकेँ भने मानिसहरूले आफ्‍नो कर्तव्य गर्दा कम्तीमा पनि आफ्‍नो विवेकमा भर पर्नुपर्छ, र समस्या आइपर्दा, सक्रिय भई परमेश्‍वरको इच्‍छा र सिद्धान्तहरू खोज्नुपर्छ, परमेश्‍वरका वचनहरूका मापदण्डहरू पालना गर्नमा सर्वस्व लगाउनुपर्छ ताकि उनीहरूले परमेश्‍वरको मार्गदर्शन र आफ्‍नो कर्तव्यमा असल परिणामहरू हासिल गर्न सकून्। भिडियो कामको रेखदेख गर्ने मौका पाउनु परमेश्‍वरको अनुग्रह थियो। मैले आफ्‍नो कर्तव्यमा सक्दो प्रयास गर्नुपर्थ्यो र हाम्रो प्रगति र परिणामहरूलाई बढाइरहनुपर्थ्यो। म आफ्‍नो काममा सुस्त, वा यति लापरवाह हुनु हुँदैनथ्यो। यो महसुस गरेपछि, म परमेश्‍वरअघि आएँ र प्रार्थना गरेँ, “हे परमेश्‍वर, म आफ्‍नो कर्तव्यमा नित्य तालिका पछ्याउने र प्रगति गर्न कोसिस नगर्ने रहेछु भन्‍ने मलाई थाहा भएको छ। बिन्ती छ, मलाई डोऱ्याउनुहोस् ताकि मैले जतिसुकै कठिनाइ सामना गरे पनि, म आफ्‍नो कर्तव्यमा सक्दो प्रयास गरूँ। मैले हाम्रो कामको प्रगतिमा फेरि ढिलाइ गरेँ भने, बिन्ती छ, मलाई अनुशासन दिनुहोस्।” त्यसपछि, ब्रदर-सिस्टरहरू र मैले हामी आफ्नो कर्तव्यमा विलम्ब गरेको र गर्नुपर्ने जति नगरेको विषयमा छलफल गर्‍यौँ, र हरेक भिडियोबारे योजना बनायौँ। हामीले प्रडक्सनको लागि राम्रा विचारहरू निकाल्‍ने पनि प्रयास गर्‍यौँ। सबैको सहकार्यद्वारा, हाम्रो भिडियो प्रडक्सन पहिलेकोभन्दा निकै नै सफल भयो, र हामीले आफ्ना शैलीमा विविधता ल्यायौँ। यो परिणामको लागि म परमेश्‍वरप्रति निकै कृतज्ञ भएँ। मलाई खुसी लाग्नुका साथै, आफ्‍नो कर्तव्यप्रति मेरो पहिलाको मनोवृत्तिबारे ग्‍लानि र आत्मदोषी महसुस भयो। त्यसपछि मात्रै मैले यसअघि आफ्‍नो कर्तव्यमा देखाएको ढिलासुस्ती तुलनात्मकरूपमा कति गम्‍भीर रहेछ भन्‍ने महसुस गरेँ। म हतार गर्दिनथेँ, लसकमसक गर्थेँ, दिन काट्ने प्रयास मात्रै गर्थेँ, तर पनि म समर्पित छु भन्‍ने विश्‍वास गर्थेँ। मैले आफूलाई पटक्‍कै चिनेको थिइनँ। त्यो बेला मलाई निराकरण नगरिएको, र मैले त्यसरी लापरवाह, र आत्मसन्तुष्ट मनोवृत्ति लिएर आफ्‍नो कर्तव्य पूरा गरिरहेको भए, मैले हाम्रो काममा कति धेरै ढिलाइ गर्नेथेँ कसलाई के थाहा। मलाई अगुवाले ठिक समयमा आलोचना गरेकी हुन् भन्‍ने हृदयदेखि नै महसुस भयो। पछि मैले एउटा भेलामा परमेश्‍वरका वचनहरूमा यो कुरा पढेँ: “नोआले सृष्टिकर्ताको आज्ञाप्रति आज्ञापालनको मनोवृत्ति राखेका थिए। यसबारे तिनी बेपरवाह थिएनन्, र तिनको हृदयमा प्रतिरोध थिएन, न त उदासीनता नै थियो। बरु, तिनले हरेक कुराको विवरण लेख्दा लगनशील भई सृष्टिकर्ताको इच्‍छालाई बुझ्‍ने प्रयास गरे। तिनले परमेश्‍वरको आपतकालिन इच्‍छालाई बुझेपछि चाँडो अघि बढ्ने, परमेश्‍वरले तिनलाई सुम्पनुभएको काम तुरुन्तातुरुन्ती पूरा गरिहाल्ने निर्णय गरे। ‘तुरुन्तातुरुन्तै’ भन्नुको अर्थ के हो? यसको अर्थ पहिले एक महिना लाग्‍ने कामलाई जतिसक्दो कम समयमा पूरा गर्नु, फिटिक्कै लसकमसक नगरी वा अलिकति पनि आलटाल नगरी, पूरै परियोजनालाई सकेजति अघि बढाएर तोकिएको मितिभन्दा तीन वा पाँच दिनपहिले नै पूरा गर्नु हो। स्वभाविकतः, तिनी हरेक काम गर्दा, हानि र गल्तीहरूलाई कम गर्न र दोहोर्‍याउनुपर्ने गरी कुनै काम नगर्न सक्दो प्रयास गर्थे; तिनले हरेक काम र प्रक्रियालाई गुणस्तर सुनिश्चत गरेर तोकिएको समयमा नै राम्ररी पूरा गर्थे। यो लसकमसक नगर्ने कार्यको साँचो प्रकटीकरण थियो। त्यसोभए, तिनले लसकमसक नगरी काम गर्न सक्नुको पूर्व शर्त के थियो? (तिनले परमेश्वरको आज्ञा सुनेका थिए।) हो, तिनको यस उपलब्धिको पूर्व शर्त र प्रसङ्ग त्यही थियो। अब, नोआले किन लसकमसक नगरी काम गर्न सके? कतिपय मानिसहरू नोआमा साँचो आज्ञापालन थियो भनेर भन्छन्। त्यसकारण तिनमा त्यस्तो के थियो जसले गर्दा तिनले त्यस्तो साँचो आज्ञापालन हासिल गर्न सके? (तिनी परमेश्‍वरको इच्‍छालाई ख्याल गर्थे।) सही हो! हृदय हुनु भनेको यही हो! हृदय भएका मानिसहरूले परमेश्वरको इच्‍छालाई ख्याल गर्न सक्छन्; हृदय नभएका मानिसहरू रित्तो गाग्री, मूर्ख हुन्, तिनीहरू परमेश्‍वरको इच्‍छालाई ख्याल गर्न जान्दैनन्: ‘परमेश्‍वरका लागि यो जति नै आतुरी भए पनि, म वास्ता गर्दिनँ, म जे चाहन्छु त्यही गर्छु—आखिर, म जाँगरमरुवा वा अल्छी होइन।’ यस्तो मनोवृत्ति, यस्तो नकारात्मकता, सक्रियताको पूर्ण अभाव—यो परमेश्वरको इच्छालाई ख्याल गर्ने व्यक्ति होइन, न त उसले परमेश्‍वरको इच्‍छालाई कसरी ख्याल गर्ने भनेर नै बुझ्छ। त्यस्तो अवस्थामा, के तिनीहरूमा साँचो विश्‍वास हुन्छ? अवश्य नै हुँदैन। नोआ परमेश्‍वरको इच्‍छालाई ख्याल गर्थे, तिनमा साँचो विश्‍वास थियो, त्यसकारण तिनले परमेश्‍वरको आज्ञा पूरा गर्न सके। त्यसैले, परमेश्‍वरको आज्ञा स्वीकार गरेर केही प्रयास गर्न इच्‍छुक हुनु मात्रै पर्याप्त हुँदैन। तैँले परमेश्‍वरको इच्‍छालाई पनि ख्याल गर्नैपर्छ, आफ्‍नो सर्वस्व सुम्पेर समर्पित हुनैपर्छ—जसको लागि मानिसहरूमा विवेक र समझ हुनुपर्छ; मानिसहरूमा हुनुपर्ने कुरा यही हो, र नोआमा यही कुरा थियो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट तीन: नोआ र अब्राहामले कसरी परमेश्‍वरका वचनहरू सुने र उहाँको आज्ञापालन गरे (भाग दुई))। परमेश्‍वरका वचनहरूको यो खण्ड पढ्दा म भावुक पनि भएँ। नोआले परमेश्‍वरको कुरा सुने, उहाँको इच्छा बुझे, र उहाँको आज्ञा अलिकति पनि बेवास्ता गरेनन्। नोआ परमेश्‍वरको इच्‍छाप्रति विचारशील हुन चाहन्थे, र परमेश्‍वरले तिनलाई जहाज बनाउने आज्ञा दिनुहुँदा, तिनले परमेश्‍वरको इच्‍छाको आतुरी बुझे, र परमेश्‍वरले सबैभन्दा आतुरी ठान्‍नुभएको कुरामा निरन्तर लागिपरे। तनले हरेक काममा ढिलाइ हुन नदिन आफूले सक्‍ने सबै काम गरे, अनि अघि बढ्न आफूले भरमग्दूर गरेको सुनिश्चित गरे। अनि तिनले गरेका सबै काममा, गल्ती र नोक्‍सानीलाई कम गर्ने सक्दो प्रयास गरे। आफ्‍नो कर्तव्यप्रति नोआको मनोवृत्तिबाट तिनले परमेश्‍वरको इच्‍छालाई सच्‍चा ख्याल गरेको देखियो। नोआको अनुभवले मलाई साँच्‍चै उत्प्रेरित गर्‍यो। यसले मलाई परमेश्‍वरको इच्‍छा बुझ्‍न पनि सहयोग गर्‍यो र अभ्यासको मार्ग दियो। मैले नोआजस्तै भएर परमेश्‍वरको बोझलाई ख्याल गर्नुपर्थ्यो, आफ्‍नो कामका सबै कुराको सूची बनाउनुपर्थ्यो, ती उचितरूपमा व्यवस्थित गर्नुपर्थ्यो, र हरेक काम राम्ररी पूरा गर्न सक्दो प्रयास गर्नुपर्थ्यो। आफ्‍नो काममा कठिनाइहरू सामना गर्दा, म ती पार गर्छु र त्यसैमा अल्झिएर बस्दिनँ भनेर विश्‍वस्त थिएँ किनभने परमेश्‍वरका निम्ति केही असम्‍भव छैन भन्‍ने मलाई विश्‍वास थियो। त्यसकारण मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र पुकारेँ, अनि अझै बोझ र आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न डोऱ्याइ मागेँ। त्यसपछि, हामी हाम्रो कामको बारम्‍बार सारसङ्क्षेप गर्थ्यौँ, गल्ती वा भुलचुकहरूलाई तुरुन्तै सुधार गर्थ्यौँ, र हाम्रो कर्तव्यमा सहकार्य गर्थ्यौँ। त्यसपछि हाम्रो दक्षता निकै बढ्यो।

एकपटक, हामीले पूर्ण अपरिचित प्रोजेक्टमा काम गर्नुपऱ्यो। र यो काम निकै छोटो समयमा सकाउनुपर्नेथ्यो। म अलिक घबराएँ। हामीले यसपटक यो काम गर्न सक्छौँ कि सक्दैनौँ त्यो मलाई थाहा थिएन। मैले केही भनिनँ, तर भित्रभित्रै म चिन्तित थिएँ। मैले फेरि आफ्‍ना देहगत हितहरूलाई विचार गरिरहेको छु भन्‍ने महसुस गरेँ, त्यसकारण मैले प्रार्थना गरेँ: “हे परमेश्‍वर, मेरो काम निकै सुस्त हुने गर्थ्यो। म आफ्‍नो कर्तव्यमा समर्पित थिइनँ र मैले हाम्रो कामको प्रगतिमा ढिलाइ गरेँ। अहिले हाम्रो काममा मैले कष्ट भोग्‍नुपर्ने र मूल्य चुकाउनुपर्ने भएको छ, मैले फेरि आफ्‍नो सहजताबारे सोच्‍नु हुँदैन। बिन्ती छ, मलाई कष्ट भोग्ने सङ्कल्प दिनुहोस् र म यो काम राम्ररी पूरा गर्न सकूँ।” प्रार्थनापछि मलाई निकै ढुक्‍क लाग्यो। म मेरो मनोवृत्ति परिवर्तन गरेर आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न तयार भएँ। त्यसपछि, मैले अरूसँग आवश्यक भिडियो प्रडक्सनको सीप सिकेँ, हामीले प्रोजेक्टबारे छलफल गर्‍यौँ, र हाम्रो प्रडक्सन तालिकालाई तोकिएको समयभित्र राख्यौँ। अन्त्यमा, हामीले भिडियो सकायौँ। यी अनुभवहरूबारे सोच्दा, मैले आफ्‍नो कर्तव्यमा बारम्बर झारा टारेको र चलाकी गरेको रहेछु भन्‍ने देखेँ। त्यस अवधिमा मैले कर्तव्यमा अलिकति कष्ट भोगेँ, तर मलाई शान्ति र निकै राम्रो लाग्थ्यो। महिनाको अन्तिममा हुने हाम्रो भेलामा, सबैले आ-आफ्‍नो अनुभव र प्राप्तिहरूबारे सङ्गति गरे। निराकरणमा नपरी, र परमेश्‍वरका वचनहरूको प्रकाशविना, हामीले आफ्ना त्रुटि र भ्रष्टता देख्‍नेथिएनौँ, र जति लामो समयसम्‍म काम गरे पनि कुनै प्रगति गर्नेथिएनौँ भन्‍ने सबैले साँच्चै महसुस गरे। यो हाम्रो कर्तव्य र जीवन प्रवेश दुवैका लागि अत्यन्तै फाइदाजनक छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

थोरै भए नि मानव रूपमा जिउनु निश्‍चय नै महान् कुरा हो

टाशी, क्यानडासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “उहाँको ६,००० वर्षको व्यवस्थापन योजना नजिक नआउञ्‍जेलसम्‍म—उहाँले प्रत्येक वर्गको मानिसको...

कर्तव्यमा कुनै दर्जा हुँदैन

सर्वशक्तिमान् परमेश्‍वरलाई विश्‍वास गर्नुभन्दा पहिले, मलाई शिक्षकहरूको प्रशंसा सुन्‍ने बानी परेको थियो। म सधैँ ध्यानको केन्द्रविन्दु हुन...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्