झूटो अगुवाको रक्षा गर्दा के हुन्छ

25 फेब्रुअरी 2023

सन् २०२० को अक्टोबरको अन्त्यतिर, व्यावहारिक काम गर्न नसकेकोमा मलाई अगुवाको पदबाट बर्खास्त गरियो र म मेरो स्‍थानीय मण्डलीमा फर्केँ। मेरो घर अलिक सुरक्षित नभएकोले म केही समय भेलाहरूमा सहभागी हुन पाइनँ। मलाई अत्यन्तै नकरात्मक र कमजोर महसुस भइरहेको थियो। मेरो गाउँमा बस्‍ने ली यान नामकी सिस्टर अर्को मण्डलीका अगुवा थिइन्। म उनले रेखदेख गर्ने मण्डलीको सदस्य नभए पनि, भेट हुँदा उनी मेरो स्थितिबारे सोध्थिन् र मलाई सहयोग गर्न परमेश्‍वरका वचनहरू पढिदिन्थिन्। झूटो अगुवाको रूपमा मलाई बर्खास्त गरिएकोमा उनले मलाई तुच्छ नठानेकोमा र मलाई सहयोगसमेत गरेकोमा म उनीप्रति निकै कृतज्ञ थिएँ। म सोच्थेँ: “भविष्यमा उनलाई कुनै समस्या भयो भने, म सक्दो सहयोग गर्नेछु।”

केही महिनापछि, मैले मण्डलीमा सफाइको काम लिएँ र ली यानसँग धेरै काम गरेँ। मैले उनी व्यक्तिगत कामले गर्दा भेलाहरूमा प्रायः ढिलो आउने र भेलाहरूमा उनले झारा टार्ने र परमेश्‍वरको वचनमा बिरलै सङ्गति गर्ने गरेकी देखेँ। ब्रदर-सिस्टरहरूले गैरविश्‍वासी, ख्रीष्ट-विरोधी वा दुष्कर्मीहरूलाई चिन्‍न नसक्दा, उनी तिनीहरूसँग सत्यताका सिद्धान्तहरूमा सङ्गति गर्दिनथिइन्। त्यो बेला, मैले मण्डली डिकनबाट के सुनेँ भने सानोभन्दा सानो कुरामा पनि उनी आफ्‍नो सहकर्मीसँग झगडा गर्छिन्, जसले गर्दा भेलाहरू सामान्यरूपमा अघि बढ्न सकेन। यो सुन्दा मलाई निकै रिस उठ्यो। अगुवाको रूपमा ली यानले व्यावहारिक काम गर्न नसकेकी मात्र होइन, तर मण्डली जीवनमा पनि बाधा दिइरहेकी थिइन्। यसले अरूको जीवन प्रवेश र मण्डलीको काममा ढिलाइ गर्नेथ्यो। मैले उनलाई सङ्गति गर्न र उनले व्यावहारिक काम गरिरहेकी छैनन् भनेर औँल्याउन भेटेँ। यदि उनी यस्तै भइरहिन् भने झूटो अगुवा बन्‍नेछिन् भनेर मैले उनलाई चेतावनी पनि दिएँ। तर उनले वास्तै नगरेको देखियो, र यसो भनिन्: “ठिक छ, म झूटा अगुवा नै हुँ। मैले त तिनीहरूसँग सत्यतामा सङ्गति गरिरहेकी छैनँ, तपाईंचाहिँ किन गर्नुहुन्न त?” त्यसपछि, केही मण्डली सदस्यहरूले नकारात्मकता फैलाइरहेका र मण्डली जीवनमा धेरै बाधा दिइरहेका मैले देखेँ। मैले ली यानलाई तिनीहरू गैर-विश्‍वासी हुन् कि र तिनीहरूलाई सफाइ गर्नुपर्ने हो कि भनेर हेर्नका लागि तिनीहरू सबैको मूल्याङ्कन बुझ्न अनुरोध गरेँ। तर उनले आफू व्यस्त भएको बहाना बनाइन्, र यो काम थाँती राखिरहिन्, जसले गर्दा ती मण्डली सदस्यहरूले निरन्तर मण्डली जीवनमा बाधा दिइरहे। मण्डलीको कामप्रति उनको मनोवृत्ति कति लापरवाही छ भन्‍ने देखेर, मैले उनका समस्याहरू फेरि औँल्याइदिएँ, तर उनले अझै उल्टै तर्क गरिन्। ली यान व्यावहारिक काम गर्न निरन्तर असफल भएकी छिन्, सुझाव स्वीकार गर्दिनन्, र उनले मण्डलीको काममा ढिलाइ गरिसकेकी छिन् भन्‍ने मलाई महसुस भयो। सिद्धान्तहरूका आधारमा मूल्याङ्कन गर्दा, उनी पक्‍कै पनि झूटो अगुवा हुन् भन्‍ने मलाई लाग्यो त्यसकारण मैले उनको अवस्थाबारे माथिल्‍लो तहका अगुवालाई रिपोर्ट गर्न चाहेँ। तर त्यसपछि सोचेँ, “उनले मलाई म नकारात्मक हुँदा सहयोग गरेकी थिइन् र राम्रो व्यवहार गरेकी थिइन्। मैले माथिल्‍लो तहका अगुवाकहाँ उनको रिपोर्ट गरेकी हुँ भन्‍ने उनले थाहा पाइन् भने, के उनी मप्रति पूर्वाग्रही बन्‍नेछिन्? यदि त्यसले गर्दा उनी बर्खास्त भइन् भने, के उनले मलाई विवेकहीन भन्‍नेछिन्? सायद मैले अहिले उनको रिपोर्ट गरिनँ र अलिक धेरै सङ्गति गरेँ भने, सायद उनी परिवर्तन हुनेछिन्।” त्यसपछि, मैले मण्डलीको सफाइ कामको महत्त्वबारे, साथै उनले आफ्‍नो कर्तव्यलाई कसरी लिनुपर्छ भनेर मात्रै उनीसँग छलफल गरेँ। तर केही समयपछि, ली यानले अझै व्यावहारिक काम गरिरहेकी थिइनन्, र अझै पनि ती मण्डली सदस्यहरूको मूल्याङ्कन गरेकी थिइनन्। मैले के पनि सुनेँ भने ली यान आफ्‍नो काममा गैरजिम्‍मेवार र मण्डलीको स्रोत-साधन व्यवस्थापनको रेखदेख गर्न असफल भएकी छिन्, जसले गर्दा केही सामग्रीहरू बिग्रिए, अनि मण्डलीको गम्‍भीर आर्थिक क्षति भयो। त्यसपछि, उनले आत्म-चिन्तन गरिनन् र अरूले ती सामग्रीहरू राम्ररी राखेनन् भन्दै अरूमा दोष थोपर्ने प्रयाससमेत गरिन्। उनले कुनै पनि व्यावहारिक काम नगरेको मैले देखेँ। मण्डलीका प्रोजेक्टहरूप्रति उनको लापरवाह मनोवृत्ति थियो, र उनी आलोचना स्वीकार गर्दिनथिइन्। मण्डलीको काममा अवरोध र सम्पत्तिमा क्षति हुँदा, उनलाई अलिकति पनि ग्‍लानि भएन। के त्यो झूटो अगुवाको चिन्‍ह होइन र? तर मैले उनको समस्याबारे समयमै रिपोर्ट गरिनँ। यो महसुस गरेपछि, मलाई निकै ग्‍लानि भयो। मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड भेटेँ। “तिमीहरू परमेश्‍वरको भारलाई बुझ्छौ र मण्डलीको गवाहीको प्रतिरक्षा गर्छौ भनी तिमीहरू सबै भन्छौ, तर तिमीहरूमध्ये कसले परमेश्‍वरको बोझलाई साँच्‍चै बुझेका छौ? आफैलाई सोध: के तँ उहाँको बोझलाई बुझ्‍ने व्यक्ति होस्? के तैँले उहाँको निम्ति धार्मिकतालाई अभ्यास गर्न सक्छस्? के तँ मेरो लागि खडा भएर बोल्‍न सक्छस्? के तँ दृढताको साथ सत्यतालाई अभ्यास गर्न सक्छस्? के तँ शैतानका सारा कार्यहरूको विरुद्धमा लड्न सक्‍ने जत्तिको साहसी छस्? के तँ आफ्‍ना भावनाहरूलाई पन्छ्याएर मेरो सत्यताको खातिर शैतानको खुलासा गर्न सक्षम छस्? के तँ मेरा अभिप्रायहरूलाई तँमा पूरा हुन दिन सक्छस्? के तैँले सबैभन्दा महत्त्वपूर्ण पलहरूमा आफ्‍नो हृदयलाई समर्पण गरेको छस्? के तँ मेरो इच्‍छा पूरा गर्ने व्यक्ति होस्? आफैलाई यी प्रश्‍नहरू सोध्, र तिनीहरूको बारेमा बारम्‍बार सोच्‍ने गर्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १३)। परमेश्‍वरका वचनहरूले मलाई दोषी ढहराइरहेका छन् जस्तो लाग्यो, विशेष गरी यो भाग देख्दा: “के तँ उहाँको बोझलाई बुझ्‍ने व्यक्ति होस्? के तैँले उहाँको निम्ति धार्मिकतालाई अभ्यास गर्न सक्छस्?” “के तँ शैतानका सारा कार्यहरूको विरुद्धमा लड्न सक्‍ने जत्तिको साहसी छस्?” मलाई निकै लाज लाग्यो र दोषी महसुस भयो। हामी परमेश्‍वरको इच्‍छा पालना गर्न सक्छौँ र मण्डलीका हितहरूको रक्षा गर्न मण्डलीको काममा बाधा दिने मानिसहरूलाई खुलासा गर्न र रोक्‍न तुरुन्तै अडान लिन्छौँ भन्‍ने परमेश्‍वर आशा गर्नुहुन्छ। तर मेरो सन्दर्भमा, मैले ली यानलाई चिनेको निकै भएको थियो र उनले कसरी व्यावहारिक काम गर्दिनन् र आलोचना स्वीकार गर्दिनन् भन्‍ने देखेकी थिएँ, र उनलाई बर्खास्त गरिएन भने, मण्डलीको काम र ब्रदर-सिस्टरहरूको जीवन प्रवेश दुवैमा क्षति हुनेछ भन्‍ने मलाई राम्ररी थाहा थियो। तर मैले कसरी उनले मलाई सहयोग गरेकी थिइन् भन्‍ने सोचेँ, र उनलाई रिपोर्ट गरेकी हुँ भन्‍ने उनले थाहा पाएपछि मलाई घृणा गर्नेछिन् र विवेकहीन ठान्नेछिन् भन्‍ने चिन्ता गरेँ। त्यसकारण हाम्रो सम्‍बन्ध जोगाउन, मैले उनले व्यावहारिक काम गर्न नसकेकी, धेरै गैरविश्‍वासीहरूलाई मण्डलीबाट तुरुन्तै सफाइ नगरेकी र मण्डली जीवनमा बाधा दिइरहेकी देख्दासमेत उनका समस्याहरूबारे रिपोर्ट गर्न चाहिनँ। म कति स्वार्थी र घृणित थिएछु! सत्यताका सिद्धान्तहरू उल्‍लङ्घन गरेर, झूटो अगुवालाई साथ दिएर अनि रक्षा गरेर, अनि उनलाई मण्डली जीवनमा बाधा पुऱ्याउन दिएर, के म यो झूटा अगुवाको दास बनेर उनको दुष्कर्ममा भागीदार बनेकी थिइनँ र? यो महसुस गरेपछि, मलाई ली यानबारे समयमै रिपोर्ट नगरेकोमा आफूप्रति घृणा जाग्यो र मैले उनको समस्याबारे तुरुन्तै अगुवासँग छलफल गर्ने निर्णय गरेँ।

त्यसपछि, माथिल्ला अगुवाले मलाई ली यानबारे ब्रदर-सिस्टरहरूको मूल्याङ्कन बटुल्‍न लगाइन् त्यसपछि उनलाई बर्खास्त गर्ने कि नगर्ने भन्‍ने कुरा उनको निरन्तर कार्यप्रस्तुतिको आधारमा निर्णय गर्न सकिन्थ्यो। यदि उनी झूटो अगुवा निर्धारित भयो भने, मैले तिनीसँग सहमत भएर ली यानलाई बर्खास्त गर्नुपर्थ्यो। माथिल्ला अगुवाले यसो भनेको सुनेपछि म अलिक हिचकिचाएँ र सोचेँ: “यसभन्दा पहिले म बर्खास्त भएपछि ली यानले मलाई धेरै सहयोग गरेकी थिइन्। यदि मैले उनको खुलासा गरेँ र अरूलाई उनको वास्तविकता बुझ्‍न सहयोग गरेँ भने, उनले ममा विवेक छैन भनेर भन्‍नेछिन्।” म निकै दोधारमा परेँ र मलाई उनको खुलासा गर्न मन लागेन। मलाई मेरो स्थिति गलत छ भन्‍ने महसुस भयो, त्यसकारण मैले आफ्‍ना आशङ्काहरू हटाउने प्रयासमा परमेश्‍वरलाई प्रार्थना गरेँ। मैले परमेश्‍वरका वचनहरूको यो खण्ड भेट्टाएँ: “यदि परमेश्‍वरमा विश्‍वास नगर्ने प्रतिरोधीहरू होइनन् भने शैतान को हो, भूतहरू को हुन्, र परमेश्‍वरका शत्रुहरू को हुन्? के उनीहरू परमेश्‍वरप्रति अनाज्ञाकारी मानिसहरू नै होइनन् र? के उनीहरू नै ती होइनन् जसले विश्‍वास भएको दाबी गर्छन्, तैपनि सत्यताको कमी हुन्छ? के उनीहरू परमेश्‍वरको निम्ति गवाही दिन असक्षम हुँदा पनि आशिष्‌हरू मात्र प्राप्‍त गर्न खोज्नेहरू होइनन् र? आज तैँले अझै ती भूतहरूसँग घुलमेल गर्छस् र उनीहरूप्रति सम्मान र प्रेम बहन गर्छस्, तर यस्तो अवस्थामा, के तैँले शैतानप्रति शुभेच्छा बढाइरहेको छैन र? के तैँले भूतहरूसँग साँठगाँठ गरिरहेको छैनस् र? यदि यी दिनहरूका मानिसहरू अझै असल र खराब बीच भिन्नता छुट्याउन असक्षम छन् भने, र परमेश्‍वरको इच्छाको खोजी गर्ने कुनै मनसायविना नै अन्धाधुन्ध प्रेमिलो र कृपालु भइरहन्छन्‌ भने वा कुनै पनि किसिमले परमेश्‍वरको इच्छाहरूलाई उनीहरूको आफ्नै झैँ गरी प्रश्रय दिन सक्षम हुन्छन् भने, उनीहरूको अन्त झनै दयनीय हुनेछ। देहमा हुनुभएको परमेश्‍वरलाई विश्‍वास नगर्ने जो कोही पनि परमेश्‍वरको शत्रु हो। यदि तैँले शत्रुप्रति सम्मान र प्रेम बहन गर्न सक्छस् भने, के तँमा धार्मिकताको भावको कमी छैन र? यदि तँ मैले जे घृणा गर्छु र म जेसँग असहमत हुन्छु, र त्यसैसँग अनुकूल हुन्छस् र उनीहरूप्रति अझै प्रेम वा व्यक्तिगत भावनाहरू बहन गर्छस् भने, तब के तँ अनाज्ञाकारी होइनस् र? के तैँले जानी-जानी परमेश्‍वरको प्रतिरोध गरिरहेका छैनस् र? के यस्तो मानिससित सत्यता हुन्छ? यदि मानिसहरूले शत्रुप्रति सम्मान राख्छन्, भूतहरूलाई प्रेम गर्छन् र शैतानलाई कृपा गर्छन् भने, तब के उनीहरूले परमेश्‍वरको कामलाई जानी-जानी तोडिरहेका हुँदैनन् र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्)। परमेश्‍वरका वचनहरूले मलाई साँच्‍चै नै छोए। यस खण्डले स्पष्‍ट रूपमा नै सत्यता खोज्ने र मण्डलीको कामको रक्षा गर्ने मानिसहरूलाई प्रेमपूर्वक व्यवहार गर्नुपर्छ, तर सत्यतालाई घृणा गर्ने र मण्डलीको काममा बाधा दिने मानिसहरूलाई चाहिँ घृणा गर्नुपर्छ र त्याग्नुपर्छ भनेर बताएको छ। तर मैले ली यानले व्यावहारिक काम गरिरहेकी छैनन् र मण्डलीको काममा बाधा दिइरहेकी छिन् भन्‍ने स्पष्टसित देखेर पनि, उनलाई दया देखाएँ र उनको तुरुन्तै रिपोर्ट गरिनँ। त्यसपछि, उनलाई खुलासा गरेर अरूलाई वास्तविकता बुझ्‍न र पाठ सिक्‍न सहयोग गर्ने बेला, म चिन्तामा डुबेँ, र उनले मलाई घृणा गर्नेछिन् र अकृतज्ञ धोकेबाज भन्‍नेछिन् भनेर चिन्तित भएँ। त्यसकारण मैले उनलाई रक्षा गर्दै र शरण दिँदै आफ्नो विवेकलाई धोका दिएँ। ममा साँच्‍चै मानवताको कमी थिएछ। परमेश्‍वरप्रतिको मेरो वफादारी कहाँ थियो? के म शैतानको दास बनेकी थिइनँ र? मैले परमेश्‍वरको यति धेरै भरणपोषण पाएर पनि, उहाँलाई धोका दिएकी थिएँ। म आफ्ना व्यक्तिगत हितहरूको रक्षा गर्न मण्डलीको काम र ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा हानि पुग्न दिन तयार थिएँ। ममा विवेक र मानवताको निकै कमी थियो! यदि म पश्‍चात्ताप गर्न र सत्यता अभ्यास गर्न निरन्तर असफल भएकी भए, परमेश्‍वरले अन्त्यमा मप्रति दिक्‍क भएर मलाई हटाउनुहुनेथ्यो।

त्यसपछि, मैले परमेश्‍वरका वचनहरूबाट थप केही खण्ड पढेँ। “यदि परमेश्‍वर तँलाई मुक्ति दिन चाहनुहुन्छ भने, यो पूरा गर्न उहाँले जसका सेवाहरू प्रयोग गर्नुभए पनि, तैँले पहिला परमेश्‍वरलाई धन्यवाद दिनुपर्छ र परमेश्‍वरबाट यो स्विकार्नुपर्छ। तैँले मानिसहरूप्रति मात्र कृतज्ञता जाहेर गर्नु हुँदैन, कसैमाथि कृतज्ञ बन्दै आफ्नो जीवन अर्पण गर्न मिल्ने कुरै नगरौँ। यो ठूलो गल्ती हो। महत्त्वपूर्ण कुरा भनेको तेरो हृदय परमेश्‍वरप्रति कृतज्ञ हुनु र तैँले यो उहाँबाट स्वीकार गर्नु हो(वचन, खण्ड ६। सत्यताको पछि लाग्‍नेबारे। सत्यता पछ्याउनु भनेको के हो (७))। “खाँचो पर्ने कसैलाई उचित समय र स्थानमा मदत गर्नु एकदमै सामान्य घटना हो। यो मानवजातिको हरेक सदस्यको जिम्मेवारी पनि हो। यो एक प्रकारको जिम्मेवारी र दायित्व मात्र हो। परमेश्‍वरले मानिसहरूलाई सृष्टि गर्दा यो अन्तर्निहित प्रवृत्ति दिनुभयो। … मानिसहरूलाई मदत गर्नु र उनीहरूप्रति असल हुनु मानवजातिका लागि प्रयत्‍न लगाउनुपर्ने कुरो होइन, यो मानव प्रवृत्तिको भाग हो, र यो मानिसहरूले सम्पूर्ण रूपमा पूरा गर्न सक्‍ने कुरा हो। यसलाई अनुग्रहजतिको उच्‍च दर्जामा राख्‍नुपर्दैन। तथापि, धैरे मानिसहरू यसलाई अनुग्रहको बराबरीमा राख्छन्, र सधैँ यसबारे कुरा गरिरहेका हुन्छन् र निरन्तर यसको ऋण तिरिरहेका हुन्छन्, अनि यसो नगर्दा आफूसँग विवेक छैन भनेर सोच्छन्। तिनीहरू आफूलाई तुच्छ ठान्छन् र घृणा गर्छन्, समाजले निन्दा गर्नेछ भनेर चिन्तासमेत गर्छन्। के यी कुराबारे चिन्ता गर्नु आवश्यक छ र? (छैन।) धेरै मानिसहरू यसलाई छर्लङ्ग देख्‍न सक्दैनन्, र निरन्तर यो समस्याको बन्धनमा हुन्छन्। सत्यताका सिद्धान्तहरू नबुझ्‍नु भनेकै यही हो(वचन, खण्ड ६। सत्यताको पछि लाग्‍नेबारे। सत्यता पछ्याउनु भनेको के हो (७))। हजुर। परमेश्‍वर सृष्टिका प्रभु हुनुहुन्छ; उहाँ सर्वोच्‍च शासन गर्नुहुन्छ र सबै थोकलाई योजनाबद्ध गर्नुहुन्छ। म सबैभन्दा कमजोर र नकारात्मक अवस्थामा हुँदा, ली यानले मलाई सहयोग र सङ्गतिद्वारा राम्रो व्यवहार गरिरहेकी जस्तो देखिएको हुन सक्छ, तर वास्तवमा, यो सबै उनले मलाई ख्याल गरेकी नभई, परमेश्‍वरको शासन र बन्दोबस्त थियो। मैले त्यो परमेश्‍वरबाट आएको ठानेर उहाँलाई धन्यवाद दिनुपर्थ्यो, त्यसको श्रेय उनलाई दिनुहुन्थेन। यसबाहेक, ली यान मण्डली अगुवा थिइन्, त्यसकारण ब्रदर-सिस्टरहरूलाई सहयोग गर्नु, र तिनीहरूको जीवन प्रवेशको कुनै पनि समस्या समाधान गर्नु वास्तवमा उनको कर्तव्य थियो। ली यानले मलाई सहयोग र परमेश्‍वरको वचनबाट सङ्गति दिँदा, आफ्‍नो कर्तव्य मात्र पूरा गरिरहेकी थिइन्। साथै, ब्रदर-सिस्टरहरूलाई प्रेमपूर्वक व्यवहार गर्नु, एकअर्कालाई सहयोग र साथ दिनु परमेश्‍वरले आफ्‍ना चुनिएका मानिसहरूसँग गर्नुभएको एउटा माग हो। मैले ली यानको सहयोगलाई परमेश्‍वरबाट आएको ठानेर उहाँप्रति कृतज्ञ हुनुपर्थ्यो। तर, मैले यसलाई गलतरूपमा मप्रति उनको ख्याल ठानेँ र उनी साँच्‍चै असल व्यक्ति हुन् भन्ने सोचेँ। मैले आफ्नो व्यक्तिगत स्‍नेहको कारण उनलाई बारम्‍बार रक्षा गरेँ। उनी झूटो अगुवा हुन् भनेर मलाई राम्ररी थाहा थियो, तर मैले खडा भएर उनको रिपोर्ट र खुलासा गरिनँ। म कति बेवकुफ थिएछु! मैले परमेश्‍वरको इच्‍छा पालना गर्नुपर्थ्यो, सिद्धान्तहरूलाई लागू गरेर मण्डलीको कामको रक्षा गर्न झूटा अगुवाको खुलासा गर्नुपर्थ्यो। त्यो मात्रै विवेक र मानवता देखाएको हुनेथ्यो। यदि ली यान सत्यता स्विकार्ने व्यक्ति थिइन् भने, उनलाई निराकरण र खुलासा गर्दा, उनले मनन गरेर आफूलाई चिन्‍नेथिइन्, आफ्‍नो भ्रष्टता र कमीकमजोरी देख्‍नेथिइन्, पश्‍चात्ताप गरेर परिवर्तन गर्नेथिइन्। यसले उनलाई पनि फाइदा हुनेथ्यो। यदि उनी सत्यता नस्विकार्ने व्यक्ति हुन्, र निराकरण गरिँदा, उनले पश्‍चात्ताप गरिनन् भने, यसले उनी सत्यता खोज्दिनन् भन्‍ने तथ्यलाई खुलासा गर्थ्यो र उनलाई बर्खास्त गर्नुपर्थ्यो। यो मण्डलीको काम र अरूको जीवन प्रवेश दुवैको लागि उपयोगी हुनेथ्यो। कामकुराबारे मेरो बुझाइ निरर्थक थिएछ: म सधैँ मानिसहरूको निराकरण र खुलासा गर्नु भनेको तिनीहरूलाई अपमान गर्नु र चोट पुर्‍याउनु हो भन्‍ने विश्‍वास गर्थेँ। मैले अत्यन्तै सकारात्मक कुरालाई नकारात्मक ठानिरहेकी थिएँ। परिणामस्वरूप, मैले यो गलत विश्‍वासको निरन्तर बन्धनमा परेर ली यानका समस्याहरू खुलासा गर्ने आँट गरिनँ। मैले सत्यता बुझेकै थिइनँ र म साँच्‍चै दयनीय हालतमा पुगेँ। त्यो सबै महसुस गरेपछि, मलाई अलिक हल्का भयो र म आफ्‍नो जिम्‍मेवारीबाट भाग्‍न छोडेँ। पछि, ली यानको समग्र प्रस्तुतिलाई मूल्याङ्कन गरेपछि, उनी झूटो अगुवा हुन् भन्‍ने पत्ता लाग्यो, र उनलाई बर्खास्त गरियो। उनले आत्म-चिन्तन गरिनन् वा आफूलाई पटक्‍कै चिनिनन्, र उनलाई अन्याय भयो भनेरसमेत गुनासो गरिन्। उनले के तर्क गरिन् भने उनी अगुवा भएको धेरै वर्ष भयो, उनले संसारमा पैसा कमाउने मौका त्यागेकी छिन्, र धेरै कष्ट भोगेकी छिन्, त्यसकारण उनलाई मण्डलीले अनुचित व्यवहार गरिरहेको छ भन्‍ने लागेको छ। त्यसपछि, उनी सम्पत्तिमा मग्‍न भइन्, पैसा कमाउन जागिर खाइन् र भेलाहरूमा नियमित सहभागी हुन छोडिन्। उनलाई बर्खास्त गरिएपछि, मण्डलीले नयाँ अगुवा छनौट गर्न निर्वाचन गर्‍यो, गैरविश्‍वासीहरूलाई हटाइयो, मण्डली जीवनमा बाधाहरू आउन छोडे, र मण्डलीका विभिन्‍न प्रोजेक्टहरू सहजताका साथ अघि बढ्न सके। यो सब देख्दा, मलाई निकै ढुक्‍क लाग्यो। आफूले यस परिस्थितिमा सत्यता खोज्न सकेकोमा, समयमै आफ्ना समस्या पहिचान गरेर आफ्‍नो कर्तव्य पूरा गर्न सकेकोमा मलाई साह्रै खुसी लाग्यो।

पछि, मैले ली यानलाई भेट्दा, उनी मसँग यसरी कड्किन्: “मलाई तपाईंको अनुहार पनि हेर्न मन छैन! अहिले सबैले मलाई झूटो अगुवा भनिरहेका छन्, र तिनीहरूलाई बताउने तपाईं नै हुनुहुन्छ। म तपाईंलाई घृणा गर्छु!” उनले यसो भनेकी सुन्दा मलाई निकै नराम्रो लाग्यो, तर मैले माथिल्ला अगुवालाई रिपोर्ट गरेका सबै कुरा वास्तविक थिए भन्‍ने मलाई थाहा थियो। उनी झूटो अगुवा थिइन् र उनको खुलासा र रिपोर्ट गर्नुपर्थ्यो। यो पूर्णरूपमा परमेश्‍वरको इच्‍छाअनुरूप थियो। तर उनले मलाई घृणा गर्छिन् भनेको सुन्दा किन यति धेरै चित्त दुख्यो? पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ जसबाट मैले समस्याको जडलाई बुझेँ। परमेश्‍वरका वचनहरूले भन्छ, “मानिसहरूले हरेक दिन परमेश्‍वरका वचनहरू खालान् र पिउँलान् अनि प्रायः परमेश्‍वरका वचनहरू प्रार्थनापूर्वक पढ्लान् र मनन गर्लान्, तर उनीहरूले मानिस र विविध कुराहरूलाई कसरी हेर्ने, कस्तो आचरण अँगाल्ने, र मामिलाहरू कसरी सम्हाल्ने भन्‍ने अन्तर्निहित आधारभूत दृष्टिकोण, सिद्धान्त र तौरतरिकाहरू अझै पनि परम्परागत संस्कृतिअनुसारकै छन्। अनि, परम्परागत संस्कृतिले व्यक्तिमा यस्तो प्रभाव पारेको हुन्छ कि उनीहरू आफ्नो दैनिक जीवनमा अझै पनि यसैको चलखेल, योजना र नियन्त्रणको अधीनमा रहन्छन्। यो व्यक्तिले पिछा छुटाउन र आफैलाई मुक्त गराउन नसक्‍ने आफ्नै छायाजस्तो हो। किन यस्तो हो? किनभने पराम्परागत संस्कृति र शैतानले मानिसको मस्तिष्कको गहिराइमा घुसाएका विभिन्‍न विचार र दृष्टकोणहरूलाई मानिसहरू उदाङ्गो पार्न, चिरफार वा खुलासा गर्न सक्दैनन्; तिनीहरू यी कुराहरू चिन्‍न, छर्लङ्ग देख्‍न, तीविरुद्ध विद्रोह गर्न वा ती त्याग्‍न सक्दैनन्; तिनीहरू परमेश्‍वरले मानिसहरूलाई बताउनुभएअनुसार वा उहाँले सिकाउनुभएका र बुझाउनुभएका तरिकाले मानिस र विविध कुराहरूलाई हेर्ने, आफ्नो आचरण अँगाल्ने, वा मामिलाहरू सम्हाल्ने गर्दैनन्। यसले गर्दा अधिकांश मानिसहरू अझै कस्तो प्रकारको अवस्थामा जिउँछन्? एक यस्तो अवस्थामा जहाँ तिनीहरू हृदयदेखि नै परमेश्‍वरका वचनहरूअनुसार मानिस र विविध कुराहरूलाई हेर्ने, आफ्नो आचरण अँगाल्ने, र मामिलाहरू सम्हाल्ने, अनि परमेश्‍वरको इच्छाप्रति पिठ्यूँ नफर्काउने वा सत्यताविरुद्ध नजाने गहिरो चाहना राख्छन्। तैपनि विनाप्रतिरोध र आफ्नै चाहनाविपरीत, उनीहरू शैतानले सिकाएका तौरतरिकाअनुसार मानिसहरूसँग अन्तर्क्रिया गर्छन्, आफ्नो आचरण अँगाल्छन् र मामिलाहरू सम्हाल्छन्। मानिसहरूमा सत्यताको तृष्णा गर्ने हृदय भए पनि, परमेश्‍वरप्रतिको अथाह चाहना भए पनि, परमेश्‍वरका वचनहरूअनुसार मानिस र विविध कुराहरूलाई हेर्ने, आफ्नो आचरण अँगाल्ने र मामिलाहरू सम्हाल्ने, अनि सत्यताका सिद्धान्तहरूविरुद्ध नजाने चाहना भए पनि, परिस्थितिहरू सधैँ उनीहरूको इच्छाविपरीत हुन्छन्। उनीहरूले दोब्बर प्रयास गरे पनि, अन्तिम परिणाम उनीहरूको चाहनाअनुसार हुँदैन। मानिसहरूले जति नै सङ्घर्ष गरे पनि, जति प्रयास गरे पनि, सकारात्मक कुराहरूप्रतिको प्रेम प्राप्त गर्ने जति नै सङ्कल्प र चाहना गरे पनि, आखिरमा उनीहरूले वास्तविक जीवनमा अभ्यास गर्न सक्‍ने सत्यता र पालन गर्न सक्‍ने सत्यताका सिद्धान्तहरू एकदमै थोरै हुन्छन्। यो नै मानिसहरूको भित्री हृदयमा हुने सबैभन्दा निराशालाग्दो कुरा हो। यसको कारणचाहिँ के हो त? एउट कारण त परम्परागत संस्कृतिले मानिसहरूलाई सिकाउने विभिन्‍न विचार र दृष्टिकोणहरूले उनीहरूका हृदय, उनीहरूका बोलीवचन, कार्य, विचार, शैली र तौरतरिकालाई अधीन गर्नु हो, जसअनुसार मानिसहरू आफ्नो आचरण अँगाल्छन् र मामिलाहरू सम्हाल्छन्। तसर्थ, परम्परागत संस्कृतिलाई चिन्‍न, यसलाई चिरफार र खुलासा गर्न, यसलाई बुझ्न र छर्लङ्ग देख्‍न, अनि अन्त्यमा यसलाई सदाको लागि त्याग्‍न एक प्रक्रियामार्फत गुज्रनुपर्छ। यो अत्यन्तै महत्त्वपूर्ण छ; यो तैँले लिने वा छोड्ने कुरा होइन किनभने परम्परागत संस्कृतिले मानिसहरूको भित्री हृदयलाई पहिल्यै अधीन गरिसक्छ, र पुरै मानिसलाई समेत अधीन गर्न सक्छ, यसले गर्दा उनीहरू आफ्नो जीवनमा, आफूले अँगालेको आचरणमा, र मामिलाहरू सम्हाल्ने तरिकामा सत्यताप्रति पिठ्यूँ नफर्काई रहन सक्दैनन्; र यसरी आजसम्मै उनीहरू अझै पनि परम्परागत संस्कृतिद्वारा नियन्त्रित र प्रभावित नभई रहन सक्दैनन्(वचन, खण्ड ६। सत्यताको पछि लाग्‍नेबारे। मानिसले किन सत्यताको खोजी गर्नैपर्छ)। परमेश्‍वरका वचनहरू मनन गरेपछि, मैले के महसुस गरेँ भने म परम्‍परागत संस्कृति र शैतानी दर्शनहरूको आधारमा जिइरहेकी रहेछु जस्तै “एक थोपा दयाको ऋण इनामको भकारीले तिर्नू।” मैले यी विचारहरूलाई मार्गदर्शन गर्ने सिद्धान्तको रूपमा लिएकी थिएँ। मलाई दया गर्ने र राम्रो व्यवहार गर्ने मानिसहरू असल भए पनि खराब भए पनि वा सत्यताका सिद्धान्तहरूअनुसार चले पनि नचले पनि मैले तिनीहरूको रक्षा गर्न र गुन तिर्न सक्दो गर्नुपर्छ भन्‍ने म विश्‍वास गर्थेँ। तिनीहरूले दुष्कर्म गरेर मण्डलीको काममा बाधा पुर्‍याए पनि, मैले तिनीहरूलाई ढाकछोप गर्नुपर्छ, नत्र ममा विवेक र मानवताको कमी हुनेछ भन्ने सोच्थेँ। म यी शैतानी दर्शनहरूको बन्धनमा परेकी हुनाले, ली यानले व्यावहारिक काम गर्दिनन् र उनी झूटो अगुवा हुन् भन्‍ने कुरा स्पष्टसित देखेर पनि, मैले उनको खुलासा र रिपोर्ट गर्न ढिलाइ गरेँ, किनभने उनले मलाई पहिले सहयोग गरेकी थिइन्। म सधैँ उनलाई अर्को मौका दिन र उनीप्रति नरम हुन, दयालु र प्रेमिलो बन्‍न चाहन्थेँ। मण्डलीको काम र ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा हानि पुगेको छ कि छैन भन्‍ने कुरा मैले विचार गरिनँ। म त झूटो अगुवाको दुष्कर्ममा मुछिरहेकी थिएँ र शैतानको पक्षमा उभिएर, परमेश्‍वरविरुद्ध विद्रोह र उहाँको विरोध गरिरहेकी थिएँ। वास्तवमा यी परम्‍परागत मान्यताहरू मानिसहरूलाई धोका दिन र भ्रष्ट तुल्याउन शैतानले प्रयोग गर्ने झूट र भ्रम हुन् भन्‍ने मैले बुझेँ। ती हामीले जिउनुपर्ने सिद्धान्तहरू होइनन्। त्यस्ता विचारहरूअनुसार जिउँदा म झन्-झन् हास्यास्पद र निरर्थक हुनेथिएँ। मेरा सोचाइहरू झन्-झन् भ्रमित हुँदै जानेथिए, मैले असल र खराब छुट्याउन सक्नेथिइनँ र मैले सत्यता उल्‍लङ्घन गरेर परमेश्‍वरलाई विरोध मात्रै गर्नेथिएँ।

मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड देखेँ, जसमा भनिएको छ: “कहिलेकाहीँ विवेकको कार्य भावनाहरूद्वारा नियन्त्रित र प्रभावित हुन्छ, अनि त्यसैले हाम्रा निर्णयहरू सत्यताका सिद्धान्तहरूसित बाझिन्छन्। यसरी हामी एउटा तथ्य स्पष्टसित देख्‍न सक्छौँ: विवेकको कार्य सत्यताका मापदण्डहरूभन्दा न्यून स्तरको हुन्छ, र कहिलेकाहीँ आफ्नो विवेकअनुसार काम गर्दा सत्यताको उल्लङ्घन हुन सक्छ। यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, तर सत्यताअनुसार जिउँदैनस्, बरु आफ्नो विवेकअनुसार काम गर्छस् भने, के आखिर तैँले दुष्कर्म गरेर परमेश्‍वरको विरोध गर्न सक्दैनस् र? केही कुराहरू साँच्‍चै नै दुष्ट कार्य हुन्छन्। आफ्नो विवेकअनुसार काम गर्दा कहिल्यै गल्ती हुँदैन भनेर तैँले निश्‍चित रूपमा भन्‍न सक्दैनस्। यसले के देखाउँछ भने, यदि तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न र उहाँको इच्छा पालन गर्न चाहन्छस् भने, तेरो विवेकअनुसार मात्र काम गरेर कहिल्यै पुग्‍नेछैन। तैँले परमेश्‍वरका मापदण्डहरू पूरा गर्न सत्यताअनुसार काम गर्नैपर्छ(वचन, खण्ड ६। सत्यताको पछि लाग्‍नेबारे। सत्यता पछ्याउनु भनेको के हो (२))। हजुर। हामी सबैमा विवेक हुनुपर्छ, तर त्यो सत्यता होइन र त्यसले सत्यताको स्थान लिन सक्दैन। यदि हामीले सत्यता पछ्याउनुको सट्टा आफ्नो विवेकअनुसार मात्रै काम र व्यवहार गर्छौँ भने, सत्यताविरुद्ध गएर परमेश्‍वरलाई विरोध गर्ने सम्‍भावना हुनेछ। परमेश्‍वरले प्रेम गर्ने कुरालाई हामीले प्रेम गरेको र घृणा गर्ने कुरालाई हामीले घृणा गरेको उहाँ माग गर्नुहुन्छ। अरूसँग पनि हामीले यही सिद्धान्त लागू गर्नुपर्छ। यदि कुनै ब्रदर वा सिस्टर सत्यता खोज्ने व्यक्ति हुन् भने, तिनीहरूले मलाई दया देखाएका भए पनि नदेखाएका भए पनि, तिनीहरूलाई समस्या आइपर्दा, मैले तिनीहरूलाई प्रेमपूर्वक सहयोग गर्नुपर्छ। तिनीहरूले दुष्ट काम गरे वा तिनीहरू झूटा अगुवा, दुष्कर्मी वा ख्रीष्टविरोधी रहेछन् भने, तिनीहरूले मसँग दयालु व्यवहार नै गरेका भए पनि, मैले तिनीहरूलाई सिद्धान्तअनुसार व्यवहार गरेर खुलासा र रिपोर्ट गर्नुपर्छ। त्यसैले ली यानले मण्डलीको काममा बाधा दिँदा र सत्यता पटक्कै नस्विकार्दा, र हामीले जसरी सङ्गति र सहयोग दिए पनि पश्‍चात्ताप गर्न र परिवर्तन हुन नमान्दा, मैले उनलाई तथाकथित “विवेक” को आधारमा रक्षा गर्नु हुँदैनथ्यो, तर सिद्धान्तहरूअनुसार उनको खुलासा र रिपोर्ट गर्नुपर्थ्यो। त्यसो नगर्दा, मैले ब्रदर-सिस्टरहरूलाई हानि गरिरहेकी र मण्डलीको काममा थप नोक्‍सान पुर्‍याइरहेकी हुनेथिएँ। मलाई यो अन्तर्दृष्टिपूर्ण लाग्यो र मैले अरूसँग व्यवहार गर्दा प्रयोग गर्ने अभ्यासका मार्ग र सिद्धान्तहरू भेट्टाएकी छु भन्‍ने मलाई लाग्यो। पछि, ली यान बर्खास्त भएकोमा यति रिसाएकी थिइन् कि उनी सम्पत्तिको पछि लागेकी र भेलाहरूमा नियमित आउन छोडेकी मात्र होइन, तर उनले अरूमाझ नकारात्मकता फैलाउने, निरन्तर बाधा दिइरहने, र धेरैपटक सङ्गति र आलोचनालाई इन्कार गर्ने गरिन्। उनलाई सिद्धान्तअनुसार हटाउनुपर्थ्यो। त्यसपटक मैले उनलाई रक्षा गर्ने प्रयास गरिनँ, बरु उनीबारे ब्रदर-सिस्टरहरूबाट मूल्याङ्कन बटुल्‍न अगुवाहरूलाई सहयोग गरेँ। ८०% भन्दा बढी ब्रदर-सिस्टरहरूको अनुमोदनले, ली यानलाई मण्डलीबाट हटाइयो।

त्यो सब अनुभव गरेर मात्रै मैले शैतानको दर्शनअनुसार जिउँदा सत्यता अभ्यासमा बाधा मात्रै पुग्छ र मण्डलीको काम रोकिन सक्छ भन्‍ने महसुस गरेँ। कामकुराप्रति आफ्‍नो व्यवहार र दृष्टिकोणमा परमेश्‍वरका वचनअनुसार चल्ने मानिसहरूसँग मात्रै साँचोरूपमा मानवता हुन्छ र तिनीहरूले मण्डलीको रक्षा गर्न र परमेश्‍वरको इच्‍छालाई सन्तुष्ट पार्न सक्छन्। परमेश्‍वरका वचनहरूले मेरो गलत विश्‍वासलाई सुधारिदिए र अरूलाई कसरी व्यवहार गर्ने भन्नेबारे सिद्धान्तहरू बुझ्‍न मलाई सहयोग गरे।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

“असल अगुवा” को चिन्तन-मनन

म सानै हुँदादेखि, मेरा आमाबुबाले मलाई मानिसहरूसँग मिलनसार हुन अनि मिलनसार र बुझकी व्यक्ति बन्‍न सिकाउनुभयो। मेरो चिनेजानेका मानिसहरूसँग...

आफ्‍नो कर्तव्यप्रतिको सही आचरण

त्यसपछि म निकै व्याकुल भएकी थिएँ। मैले यो कुरालाई स्वीकार गर्न सकेकी थिइनँ, विशेष गरी अझै धेरै मानिसहरूले परमेश्‍वरको आखिरी दिनहरूको कामलाई...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्