कर्तव्य राम्रोसित पालन गर्न आलोचना आवश्यक छ

15 फ्रेवुअरी 2022

केही समयअघि मैले एउटा पत्र पाएँ जुन एउटी सिस्टरले एकजना अगुवा र दुईजना डिकनहरूको बारेमा दिएको उजुरी थियो। तिनले अगुवा सिस्टर शिनले व्यवहारिक काम गर्दिनन्, भेलाहरूमा झारा टार्ने मात्र काम मात्र गर्छिन् अरूको स्थिति वा कठिनाइहरूको बारेमा वास्ता गर्दिनन् भनेर लेखेकी थिइन्। अन्य दुई डिकनका पनि तिनै समस्या थिए। मैले सोचेँ, उल्लेखित समस्याहरूको बारेमा त मैले पहिले पनि तिनीहरूसित सङ्गति गरिसकेकी र तिनीहरूको निराकरण गरिसकेकी थिएँ। तिनीहरूले केही आत्म-सचेतना प्राप्त गरेका र सिस्टर शिन अफसोस गर्दै रोएकी थिइन्। मलाई लाग्यो, म तिनीहरूलाई थप सहायता प्रदान गर्न सक्छु, तिनीहरूलाई बर्खास्त गर्नुपर्ने खाँचो छैन। तिनीहरूले व्यवहारिक काम गर्न सक्छन् भनी म निश्‍चित थिएँ। साथै, उजुरी दिने सिस्टरले आफ्नो पत्रमा केही थप हस्ताक्षर पनि गराएकी थिइन्, तर तिनीहरू उत्कट रूपले खोजी गर्नेहरू थिएनन् अनि केहीलाई मण्डलीबाट निकाला गर्न लागिएको थियो। तिनीहरूले उजुरी दिएका धेरै समस्याहरू ती तीनजनाले कसरी आफ्नो कर्तव्यमा व्यवहार गरेका थिए भन्‍नेबारेमा थियो। उजुरीको केही भाग पूर्ण रूपले स्पष्ट वा सही थिएन। मलाई लाग्यो कि पत्र लेख्‍ने सिस्टर साँच्‍चै नै अहङ्कारी हुनुपर्छ। तिनलाई के थाहा थियो र? केही झिनामसिना कुराहरूका निम्ति अगुवा र दुई डिकनका बारेमा एकैसाथ उजुरी दिँदा—यदि तिनीहरूलाई बर्खास्त गरिएमा कसले मण्डलीको काम गर्छ? तिनले मण्डलीको कामलाई सुरक्षा गरिरहेकी थिइन् कि भत्काउँदै थिइन्? मैले सोचेँ, “म तिनीहरूको कामको इन्चार्ज हुँ समस्या छ कि छैन, तिनीहरूले व्यवहारिक काम गर्न सक्छन् कि सक्दैनन् भनी अरूलाई भन्दा बढी मलाई थाहा हुनुपर्ने होइन र? तिनीहरूका समस्याहरू होलान्, तर हामी कोही पनि सिद्ध छैनौँ, त्यसैले कसले गल्तीहरू गर्दैन र? यदि हामीले समस्या हुनेबित्तिकै उजुरी गर्‍यौँ र तिनीहरूलाई बर्खास्त गर्‍यौँ भने, अगुवाहरूको मानकभन्दा त्यो अति उच्च हुन्छ।” यसको बारेमा मैले जति बढी सोचेँ, त्यति नै बढी उजुरी गर्ने सिस्टरसितै समस्या छ भन्‍ने मलाई लाग्यो अनि मैले त्यस पत्रको बारेमा धेरै सोचिनँ। मैले अगुवा र डिकनहरूसितै ती समस्याहरूको बारेमा चर्चा गर्न, तिनीहरूलाई केही निराकरण गर्न र सहायता गर्न चाहेँ।

दुई तीन दिनपछि, माथिल्लो अगुवाले एक्‍कासी त्यो उजुरीको प्रसङ्ग उठाइन्। मैले त्यसलाई नसम्हालेको देखेर त्यो कुरा खुला छलफलका निम्ति मण्डली सामु ल्याउन भनिन्। मैले त्यसो गर्न मौखिक सहमति जनाएँ तर मैले वास्तवमा त्यसो गरिनँ। मैले सोचेँ, ती मानिसहरू आफ्नो काममा धेरै हदसम्म सक्षम छन्, अनि हामीले खुला रूपले छलफल गर्न भन्दै सबैको सामु तिनीहरूका समस्याहरू प्रकट गर्दा के त्यो उचित हुने थियो र? के सबैले तिनीहरूका समस्याहरूलाई उचित रूपले लिने थिए र? यदि उनीहरूले तिनीहरूका धेरै समस्याहरू रहेछन् भनी सोचे र तिनीहरूको नेतृत्वलाई स्वीकार गर्न छोडे भने के होला? के मैले तिनीहरूका कामको रक्षा गर्नुपर्दैन? म गुप्त तरिकाले तिनीहरूलाई सहायता गर्न सक्थेँ, तिनीहरूलाई परिवर्तन हुन लगाउँथेँ अनि तिनीहरूले आफ्नो कर्तव्य उचित रूपले गर्न सक्थे। म विद्रोही र कठोर भइरहेकी र अगुवाले अह्राएको कुरा स्वीकार गर्न इन्कार गरिरहेकी थिएँ भनी परमेश्‍वर जान्‍नुहुन्थ्यो। तिनले फेरि मेरो खोजी गरिन् अनि मेरो गलत धारणा र स्वभावको बारेमा मसित सबिस्तार सङ्गति गरिन्। तिनले मलाई एउटा प्रश्‍न सोधिन्ः “परमेश्‍वरको घरमा सत्यताको प्रभुत्व हुन्छ र हामी सबैप्रति निष्पक्ष हुनुपर्छ। समस्याहरू भएका अगुवा र डिकनहरूलाई तिमी किन ढाकछोप गर्छौ? किन परमेश्‍वरको पक्षमा खडा हुँदैनौ? कसिलो घेरा निर्माण गरेर, तिनीहरूलाई सुरक्षा दिनु—यो त ख्रीष्टविरोधीको बाटो हो! अरूसित तिमीले व्यवहार गर्दा किन सिद्धान्तहरूलाई पछ्याउँदैनौ? के तिमी परमेश्‍वरका चुनिएका मानिसहरूलाई विश्‍वास गर्दैनौ? के तिमी परमेश्‍वरको घरका सत्य नियमहरूलाई विश्‍वास गर्दैनौ?” अन्त्यमा, तिनले जोड दिएर भनिन्, “तिमी झुटा अगुवाहरूको खुलासा गर्न इन्कार गर्छौ, बरु तिनीहरूलाई ढोकछोप गर्छौ, अनि तिमी सत्यताको पक्षमा खडा हुँदैनौ।” त्यस समयमा मैले त्यसलाई पूर्ण रूपमा स्वीकार गर्न सकेकी थिइनँ। म अझै आफूभित्र विवाद र तर्कवितर्क गर्दै थिएँ। म पहिले झुटा अगुवाहरूको दमनमा परेकी थिएँ, र तिनीहरू नियन्त्रणकारी भूमिकामा हुँदा मण्डलीको काममा र सदस्यहरूलाई हानि पुगेको आफ्नै आँखाले देखेकी थिएँ। अनि तिनीहरूको व्यवहारले मलाई साँच्‍चै नै रिस उठाएको थियो। खुलासा गरिएका ती झुटा अगुवाहरूलाई मैले सधैँ बर्खास्त गरेकी थिएँ। म कसरी ती झुटा अगुवाहरूको बचाउ गर्न सक्थेँ र? तिनले मेरा कार्यहरूको प्रकृतिलाई विश्लेषण गर्दै रहिन्, सत्यताको अभ्यास नगर्ने तर शैतानी दर्शनहरूलाई प्रयोगमा ल्याउने झुटा अगुवाको रूपमा मेरो खुलासा गर्दै गइन्। कम्युनिष्ट पार्टीका अधिकारीहरूले एक अर्काको बचाउ गरेजस्तै मैले पनि ती अगुवाहरूलाई सुरक्षा गरेँ, र मैले शक्ति पाएमा म ख्रीष्टविरोधी नै हुनेथिएँ भनेर तिनले भनिन्। “झुटा अगुवा” र “ख्रीष्टविरोधी”: हरेकपल्ट तिनले यी शब्दहरू भन्दा मेरो हृदय निराश हुन्थ्यो। म अति उदास भएँ अनि भयङ्कर अन्यायमा परेको महसुस गरेँ। म नरोईकन रहन सकिनँ। मैले आँसु बगाउँदै प्रार्थना गरेँ, “हे परमेश्‍वर, मलाई थाहा छ, अगुवाले मेरो वास्तविक समस्यालाई खुलासा गरिरहेकी छिन्, तर म यसलाई देख्‍न सक्दिनँ। कृपया मलाई अन्तर्दृष्टि प्रदान गरी मार्गदर्शन गर्नुहोस् ताकि म आफैलाई चिन्‍न सकूँ र सिक्‍नुपर्ने पाठ सिक्‍न सकूँ।”

उजुरीमा परेका अगुवा र डिकनहरूको बारेमा खुला छलफल र विश्लेषण गर्नका निम्ति मैले अर्को दिन एउटा भेला आयोजना गरेँ। ब्रदर र सिस्टरहरू मैले सोचेझैँ तिनीहरूका समस्यामाथि झम्टिरहेका थिएनन्, बरु ती मानिसहरूले कसरी आफ्ना कर्तव्यहरू पालन गरे भनी छलफल गर्न विशेष उदाहरणहरू प्रयोग गर्दै उजुरीका समस्यामाथि न्यायोचित र वस्तुगत ढङ्गले सङ्गति गरिरहेका थिए। छलफलमा सिस्टर शिनको बारेमा मैले गरेको पहिलेको मूल्याङ्कन उल्टियो। धेरैले भने, तिनले व्यवहारिक काम गरिनन्, अनि भेलाहरूमा झारा टार्ने काम मात्र गरिन्। तिनले वास्तविक समस्याहरू हल वा कामको अनुगमन गरिनन्। सबैजना आफ्नो कर्तव्यमा संघर्ष गरिरहेका थिए तर तिनले कुनै चासो देखाइनन्। कामको बन्दोबस्त वा मानिसहरूका जिम्मेवारी परिवर्तन गरिरहँदा तिनले सत्यतामाथि सङ्गति गरिनन्, त्यसैले, कामकुरा कठिन हुँदा तिनीहरू आफैले हल निकाल्नुपर्थ्यो, वा एक अर्कालाई सहायता गर्नुपर्थ्यो। अगुवा कहीँ पनि देखा पर्दिनथिइन्। सिस्टर शिनको व्यवहार साँच्‍चै नै ब्रदर र सिस्टरहरूका लागि निराशाजनक थियो। हरेक मूल्याङ्कन सिस्टर शिनको उदासीनता र व्यवहारिक कामको कमीप्रतिको गुनासो थियो। ती मप्रतिका अभियोग पनि थिए। तिनीहरू सबैले बोलेको सुन्दा त्यसले मलाई यस्तो अनुभूति दिलायो जुन मैले बयानै गर्न सक्दिनँ। मैले दोषी र लज्‍जित महसुस गरेँ, अनि मेरो गालामा बेसरी चड्कन हानिएको अनुभव गरेँ। म इन्चार्ज भएको मण्डलीमा एउटा झुटा अगुवा थिइन्, उनी व्यवहारिक काम गर्दिनथिइन्, र यो मलाई थाहै थिएन। तिनले सत्यता पछ्याउँछिन् र अगुवाको रूपमा वास्तविक काम गर्छिन् भन्‍ने सोचर म आफैमा अति निश्‍चिन्त थिएँ। जब तिनका समस्याहरू उजुर गरियो, मैले त्यसलाई हेर्ने र सम्हाल्ने काम गरिनँ, बरु तिनलाई नै गुप्त रूपले सहायता गर्न चाहेँ। म सिस्टर शिनभन्दा कसरी भिन्‍न भएँ त? मैले अरूका खाँचोहरूबारे विचार गरिरहेकी वा तिनीहरूका समस्या र कठिनाइहरूलाई हल गरिरहेकी थिइनँ। म त शक्तिको पदमा रहेर वास्तविक काम नगर्ने झुटा अगुवा पो थिएँ। त्यसपछि, ब्रदर र सिस्टरहरूले दुई जना डिकनका समस्याहरूलाई अघि सारे, सिस्टर वाङ भावनात्मक भएर कामकुरा सम्हाल्छिन्, आफ्नो कर्तव्यमा सिद्धान्त प्रयोग गर्दिनन्। तिनी अहङ्कारी पनि छिन् र तिनले मानिसहरूलाई विवश पार्न र अत्याचार गर्न आफ्नो पदको प्रयोग गर्छिन्। तिनी साँच्‍चै नै भद्दा शैलीकी थिइन्, यसले ब्रदर र सिस्टरहरूलाई धेरै क्षति पुर्‍यायो, र तिनीहरूको कर्तव्यमा बाधा गर्‍यो। मैले सोचेजस्तो सानो सङ्गतिले हल गर्न सकिने यी झिनामसिना समस्याहरू थिएनन्। सबैले भनेको कुरा सुनेर म लल्‍जित भएँ। कुनै वास्तविक काम नगर्ने यी झुटा अगुवा र कामदारहरूका तौरतरिकाहरू एकपछि अर्को गरेर मेरो सामु राखियो। म स्तब्ध भएँ। तिनीहरू अर्काको रिसलाई उत्तेजित तुल्याउने हदसम्मका समस्याहरूले भरिपूर्ण थिए, तर म पूर्ण रूपले अनभिज्ञ थिएँ। म आफ्नो काममा के गरिरहेकी थिएँ? अगुवा भएको हैसियतले के त्यो मेरो गम्भीर असफलता थिएन र? अनि अन्त्यमा, प्रार्थना गर्न र आफ्नै समस्यामाथि मनन गर्न मैले आफैलाई शान्त तुल्याएँ।

मैले परमेश्‍वरको वचनहरूको एउटा खण्ड पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “झूटा अगुवाहरूले वास्तविक काम गर्दैनन्। न त उनीहरू गएर निरीक्षण, देखरेख गर्ने, वा विभिन्न कार्य विशेषज्ञहरूलाई निर्देशन दिने, के भइरहेको छ भनी जान्‍न, काम कसरी अगाडि बढिरहेको छ, अझै कुन समस्याहरू छन् कि छैनन्, समूहको निरीक्षक आफ्‍नो काम गर्न सक्षम छ कि छैन भनी हेर्न विभिन्‍न समूहलाई ठीक समयमा भेट्ने नै गर्छन्। दाजुभाइ-दिदीबहिनीहरूले निरीक्षकलाई कस्तो प्रतिक्रिया दिइरहेका छन्, उनीहरूले तिनीहरूको बारेमा के सोच्छन्, समूह अगुवा वा निरीक्षकले कसैलाई रोकेर राखेको छ कि छैन; कहीँ कुनै प्रतिभाशाली वा सत्यताको पछि लाग्ने व्यक्तिलाई अरूले कमजोर पारेको वा अलग्ग गरेको छ कि, कहीँ कुनै छल-कपटरहित मानिसहरूलाई धम्की दिइँदैछ कि त्यो हेर्दैनन्; झूटा अगुवाहरूलाई पर्दाफास गर्ने र रिपोर्ट गर्ने मानिसहरूलाई दबाउने र नियन्त्रण गर्ने गरिन्छ कि गरिँदैन, वा मानिसहरूले सही सुझाउहरू दिँदा ती सुझाउहरू अपनाइन्छन् कि अपनाइँदैनन्; र समूहको अगुवा वा निरीक्षक दुष्ट छ कि, वा मानिसहरूलाई कठिनाइमा पार्न मन पराउने किसिमका छन् कि छैनन् भन्‍ने हेर्दैनन्। यदि झूटा अगुवाहरूले यी कुनै पनि काम गर्दैनन् भने, तिनीहरूलाई प्रतिस्थापन गर्नुपर्छ। उदाहरणको लागि मानिलिऔं, कसैले झूटा अगुवालाई कुनै निरीक्षकले मानिसहरूलाई बारम्बार कमजोर बनाउँछ र तिनीहरूलाई रोक्छ भनी रिपोर्ट गर्यो; दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूको बारेमा विचार राख्‍न चाहन्छन्, तर त्यो भन्ने हिम्मत गर्दैनन्; निरीक्षकले आफैलाई प्रमाणित गर्ने र आफूलाई सही साबित गर्ने विभिन्न बहानाहरू फेला पार्छ, र आफ्‍ना गल्तीहरू कहिल्यै पनि स्वीकार गर्दैन। यस्तो निरीक्षकलाई किन तुरुन्तै बदलाइएन? तर झूटो अगुवाले भन्छ, ‘यो जीवन प्रवेश सम्‍बन्धी मानिसहरूको समस्या हो। ऊ धेरै घमण्डी छ—थोरै क्षमता भएका सबै घमण्डी हुन्छन्। यो कुनै ठूलो कुरा होइन, मैले ऊसँग केही सङ्गति मात्र गर्नु आवश्यक छ।’ सङ्गतिको क्रममा, निरीक्षकले भन्छ, ‘म घमण्डी छु, कहिलेकहीँ म मेरो आफ्नै व्यर्थता र प्रतिष्ठाको बारेमा चिन्तित हुन्छु भन्‍ने कुरालाई म स्वीकार गर्छु, तर अरू मानिसहरू कामको यस क्षेत्रमा असल छैनन्, तिनीहरू प्रायः व्यर्थका सुझावहरू लिएर आउँछन्, त्यसैले मैले तिनीहरूको कुरा नसुन्‍नु उचितै हो।’ झूटा अगुवाले सम्पूर्ण परिस्थितिलाई बुझ्न सक्दैन, तिनीहरूले निरीक्षकले कति राम्ररी काम गर्छ त्यो हेर्दैनन्, तिनीहरूको मानवता, स्वभाव, र खोज कस्तो छ भन्ने हेर्नु त परको कुरा हो। तिनीहरूले सहर्ष यसो मात्र भन्छन्, ‘मलाई यो कुराको रिपोर्ट गरिएको छ, त्यसैले मैले तिमीमाथि नजर राख्दैछु। म तिमीलाई एउटा मौका दिँदैछु।’ कुराकानीपछि, निरीक्षकले पश्चात्ताप गर्न चाहन्छु भनी भन्छ, तर तिनीहरूले वास्तवमा पछि पश्‍चात्ताप गर्छन् कि झूट बोल्छन् र धोका दिन्छन्, र पहिलेको जस्तै काम जारी राख्छन्, तिनीहरूको काम कस्तो छ भन्ने कुरामा झूटा अगुवाले कुनै ध्यान दिँदैन, न त त्यो पत्ता लगाउने कोसिस गर्छ। … निरीक्षकले तिनीहरूलाई छल गरिरहेको थियो, चिप्‍लो कुरा गरिरहेको थियो भनी तिनीहरूले भन्न सक्दैनन्। तिनीहरूले आफूभन्दा मुनिका मानिसहरूले निरीक्षकको बारेमा के रिपोर्ट गर्छन् त्यसलाई कुनै ध्यान दिँदैनन्, यो व्यक्तिको समस्या वास्तवमा कतिको गम्भीर छ, तिनीहरूको अधीनमा रहेका मानिसहरूले भनेका समस्या साँचो हो कि होइन, त्यो वास्तविक हो कि होइन, त्यस व्यक्तिलाई बदल्नुपर्छ कि पर्दैन भनी हेर्न जाँदैनन्; तिनीहरूले यी समस्याहरूमाथि कुनै विचार गर्दैनन्, तर चीजहरूलाई स्थगित गरिरहन्छन्। यी समस्याहरूप्रति झूटा अगुवाको प्रतिक्रिया अत्यन्तै सुस्त हुन्छ, तिनीहरू अति सुस्त गतिमा काम गर्छन् र चल्छन्, तिनीहरू छलकपट गरिरहन्छन्, मानिसहरूलाई अर्को मौका दिइरहन्छन्, मानौं तिनीहरूले मानिसहरूलाई दिने यी मौकाहरू अति बहुमूल्य र महत्त्वपूर्ण छन्, मानौं ती मौकाले तिनीहरूका भाग्य परिवर्तन गर्न सक्छन्। तिनीहरूले कुनै व्यक्तिमा प्रकट भएको कुराद्वारा उसको प्रकृति र सारलाई देख्‍नु, अनि त्यस व्यक्तिको प्रकृति र सारको आधारमा ऊ कस्तो बाटोमा हिँड्छ भन्ने कुराको न्याय गर्नु, र व्यक्तिले हिँड्ने बाटोको आधारमा ऊ निरीक्षक बन्ने योग्यको छ कि छैन भनी बुझ्न तिनीहरूको लागि सम्भव हुँदैन। तिनीहरूले यसलाई त्यसरी हेर्न सक्दैनन्। तिनीहरूसँग केवल दुई वटा चालहरू हुन्छन्: कुराकानी गर्नका निम्ति मानिसहरूलाई ल्याउने, र तिनीहरूलाई अर्को मौका दिने। के यसलाई कामको रूपमा गणना गरिन्छ? झूटा अगुवाहरूले मानिसहरूसितको आफ्नो कुराकानी, तिनीहरूले उनीहरूलाई भनेका सानातिना कुराहरू, खोक्रा शब्दहरू, सिद्धान्तहरूलाई धेरै बहुमूल्य र महत्त्वपूर्ण रूपमा हेर्छन्। तिनीहरू जान्दैनन् कि परमेश्‍वरको काम भनेको कुरा मात्र होइन, तर मानिसहरूलाई निराकरण र छाँटकाँट गर्ने, तिनीहरूलाई पर्दाफास गर्ने, तिनीहरूको न्याय गर्ने, गम्भीर मामिलाहरूमा तिनीहरूलाई जाँच्ने र शुद्ध पार्ने, तिनीहरूलाई ताडना दिने र अनुशासन गर्ने कार्य पनि हो; यो एउटा शैली मात्र होइन। त्यसोभए किन तिनीहरू आफैप्रति यति ढुक्क हुन्छन्? के तिनीहरूले थोरै सिद्धान्तको कुरा गर्दा अनि केही आकर्षक शब्दहरू दोहोऱ्याउँदा मानिसहरूलाई विश्‍वस्त पार्न सक्छन्, र तिनीहरूलाई परिवर्तन गर्न सक्छन्? यिनीहरू यति अज्ञानी र सोझा कसरी हुन सक्छन्? के व्यक्तिको काम गर्ने गलत तरिका र भ्रष्ट व्यवहार सच्याउनु त्यति सजिलो हुन सक्छ? के मानिसहरूको भ्रष्ट स्वभावहरूको समस्या समाधान गर्न त्यति सजिलो छ? झूटा अगुवाहरू अत्यन्तै मूर्ख र सतही हुन्छन्! मानिसहरूको भ्रष्टताको समस्या समाधान गर्न परमेश्‍वरले एउटा मात्र तरिका प्रयोग गर्नुहुन्न, तर धेरै वटा तरिका प्रयोग गर्नुहुन्छ; उहाँले मानिसहरूलाई प्रकट गर्न र तिनीहरूलाई सिद्ध बनाउन विभिन्न वातावरणहरू तय गर्नुहुन्छ। झूटा अगुवाहरूले काम गर्ने तरिका धेरै सरल हुन्छ: तिनीहरूले मानिसहरूलाई कुराकानी गर्नका लागि बोलाउँछन्, थोरै विचारधाराको काम गर्छन्, मानिसहरूलाई थोरै सल्लाह दिन्छन्, र यसो गर्नु नै काम गर्नु हो भनी सोच्छन्। यो सतही हो, होइन र? र यो सतहीपनको पछाडि के लुकेको हुन्छ? के यो मूर्खता हो? तिनीहरू अत्यन्तै मूर्ख हुन्छन्, मानिसहरूप्रतिको दृष्टिकोणमा अत्यन्तै मूर्ख हुन्छन्। मानिसहरूको भ्रष्ट स्वभाव ठीक पार्नुजस्तो कठिन अरू केही हुँदैन। एउटा भनाइ छ, ‘चितुवाले आफ्नो शरीरका थोप्लाहरू बदलाउन सक्दैन।’ झूटा अगुवाहरूमा यी समस्याहरूको कुनै समझ हुँदैन। जब मण्डलीका त्यस प्रकारका निरीक्षकहरूको कुरा आउँछ जसले मानिसहरूका लागि स्थिति कठिन बनाउँछन्, जसले मण्डलीको काममा बाधा पुर्‍याउँछन्, जसले सधैँ मानिसहरूलाई रोकेर राख्छन्, तब झूटा अगुवाहरूले बोल्‍ने बाहेक अरू केही गर्दैनन्; निराकरण गर्ने र छाँटकाँट गर्ने केही शब्दहरू मात्र बोल्छन्, बस त्यत्ति मात्र। तिनीहरूले मानिसहरूलाई तुरुन्तै पुनर्नियुक्त गर्ने वा प्रतिस्थापन गर्ने गर्दैनन्। त्यसै गरी, झूटा अगुवाहरूको काम गर्ने तरिकाले पनि मण्डलीको काममा ठूलो हानि पुऱ्‍याउँछ, र धेरै चोटि यो कामलाई सामान्य रूपमा, सफलतापूर्वक, प्रभावकारी रूपमा अघि बढ्नबाट रोक्छ, र प्रायजसो, दुष्टहरूद्वारा हुने अवरोधको कारण, ढिलाइ र हानि गर्छन्, अनि रोक्छन्—यी सबै झूटा अगुवाहरूले मानिसहरूलाई सही रूपमा प्रयोग नगरेको कारणले उत्पन्न हुने प्रतिकूल परिणामहरू हुन्। बाहिरी रूपमा हेर्दा, यी झूटा अगुवाहरूले ख्रीष्ट विरोधीहरूले जस्तै जानाजानी खराबी गरिरहेका हुँदैनन्, जानाजानी आफ्नै अधिकार क्षेत्र स्थापना गरिरहेका र आफ्नै बाटोमा हिँडिरहेका हुँदैनन्। तर तिनीहरूको कामको दायराभित्र, झूटा अगुवाहरूले निरीक्षकहरूले उत्पन्न गर्ने विभिन्न समस्याहरू तुरुन्तै समाधान गर्न सक्दैनन्, तिनीहरू तुरुन्तै निरीक्षकहरूलाई पुनर्नियुक्त गर्न र मापदण्डभन्दा कम स्तरका निरीक्षकहरूलाई बदल्न सक्दैनन्, जसले मण्डलीको कामलाई गम्भीर रूपमा हानि पुऱ्याइरहेको हुन्छ, र यी सबै झूटा अगुवाहरूको लापरवाहीको कारणले गर्दा भएका हुन्छन्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “झूटा अगुवाहरूको पहिचान (३)”)। यो पढ्दा परमेश्‍वरका वचनहरूले मलाई व्यक्तिगत रूपले न्याय र खुलासा गरिरहेको जस्तो लाग्यो। मैले अगुवा र डिकनहरूको उजुरी प्राप्त गरेको बेला यसको बारेमा मसित सतही मनोवृत्ति थियो। मैले यी कुरा तुरुन्तै छानबिन गरी व्यवस्थापन गर्न चाहिनँ। तिनीहरूसित केही समस्याहरू भए तापनि वास्तविक काम गर्न सक्छन्, र मैले तिनीहरूलाई मद्दत गरिरहनुपर्छ भनी सोचेँ। मैले कामकुरालाई निरन्तर ध्यान दिइरहेकी थिइनँ अनि तिनीहरूले उजुरी गर्दा पनि म साँच्‍चै नै आत्म-आश्‍वस्त थिएँ र मैले आफ्नै अडान लिएँ। मैले आफ्नै मूल्याङ्कनमा विश्‍वास गरेँ र अरूले के भने, त्यसलाई कुनै ध्यान दिइनँ। मैले यो पनि सोचेँ कि पत्र लेख्‍नेहरूले यसलाई बढाइचढाइ गरिरहेका थिए र निष्पक्ष भइरहेका थिएनन्। मैले व्यवहारिक काम नगरिरहेकी र अन्धी भइरहेकी मात्र होइन, म अज्ञानी र अहङ्कारी पनि थिएँ। मैले सिस्टर शिनसित दुई महिनाअघि तिनले व्यवहारिक काम नगरिरहेको बारेमा सङ्गति गरेकी थिएँ र तिनले पश्‍चात्ताप गरेकी थिइन्। मेरो काम सिद्धिएको, समस्या हल भएको जस्तो मलाई लागेको थियो। तर वास्तवमा, सबैले भनेको कुराबाट त्यहाँ कुनै परिवर्तन भएको छैन भन्‍ने मैले प्रष्ट देखेँ। तिनका आँसुहरू नक्‍कली थिए, तर मसित त्यो छुट्याउने पारख मसित थिएन। म दया देखाउन, तिनलाई सहायता गरिरहन र मौकाहरू दिइरहन चाहन्थेँ। अनि अर्को सिस्टर वाङ थिइन्—तिनी सधैँ अहङ्कारी र मिजास बदल्ने खालकी थिइन्, र कसैले बेलाबेलामा यो कुराको उजुरी गरिदिन्थे। तर, यो क्षणिक भ्रष्टता मात्र देखिएको हो भन्‍ने मैले सोचें र यसलाई धेरै ध्यान दिइनँ। कहिलेकाहीँ तिनीसित मेरो केही कुरा हुन्थ्यो अनि मेरो काम सकियो, तिनी पछि परिवर्तन हुनेछिन् जस्तो मलाई लाग्थ्यो। यी कुराहरूको आधारमा मैले तिनको सारलाई छुट्ट्याइनँ वा सिद्धान्तअनुसार यसलाई कसरी सम्हाल्ने भन्‍ने खोजी गरिनँ। मसित सत्यताको कमी थियो अनि मैले परिस्थितिलाई स्पष्टसित देख्‍न सकिनँ। ब्रदर र सिस्टरहरूको उजुरीले मलाई पारख उध्याउने मौका देओस् भनेर परमेश्‍वरले बन्दोबस्त मिलाइदिनुभयो तर मैले परमेश्‍वरको कामलाई बिर्सेर अनि अरूलाई भरोसा नगरेर ती सबैलाई बेवास्ता गरेँ। मैले हठी भएर आफ्नै आँखालाई विश्‍वास गरेँ। जब मैले यसलाई उचित रूपले सम्हालिनँ, तब अगुवा आएर मलाई सहायता गरिन् अनि मैले जे गुमाएँ, त्यो परिपूर्ति गर्न अरूसित मिलेर सम्हाल्नू भनिन्। तर यो राम्रोसित सम्पन्‍न नहोला भनी डराएर मैले त्यो गरिनँ। मैले आफू एउटा निश्‍चित हदसम्म साँच्‍चै नै अहङ्कारी भएको कुरा देखेँ। अगुवा र डिकनहरूले वर्षौंदेखि आफ्ना कर्तव्यहरू गर्दै आइरहेका थिए, तर, निकै आलोचना र अनुशासनपछि पनि परिवर्तन भएका थिएनन्। त्यसको अर्थ, तिनीहरूले सत्यतालाई स्वीकार गर्ने थिएनन्। अझ बढी सङ्गति र सहायताले के नै राम्रो गर्थ्यो र? अलिकति बढी सङ्गतिले त्यसको समाधान गर्नेछ भनी म सोझो सोच राख्‍ने गर्थें। खासमा मेरो हृदयदेखि नै, मेरो सहायता र मैले दिने सङ्गतिले परमेश्‍वरका वचनहरू, उहाँको न्याय, ताडना र अनुशासनले भन्दा बढी काम गर्नेछ भनी सोचेँ। त्यो मेरो अत्यन्तै अविवेकपूर्ण र अहङ्कारी सोच थियो। यो वाक्‍कलाग्दो थियो। त्यस बिन्दुमा, उजुरी अन्य मानिसहरूको समस्याबारे भए तापनि त्यसले मेरा समस्याहरूको पनि खुलासा गरिरहेको मैले महसुस गरेँ। झुटा अगुवा र कामदारहरू मेरै आँखाअघि थिए तर मैले तिनीहरूलाई देखिनँ र स्थितिलाई सम्हालिनँ। यसले ब्रदर र सिस्टरहरूको जीवन प्रवेशलाई ढिलाइ गर्‍यो र परमेश्‍वरको घरको कामलाई रोक्यो। मैले त परमेश्‍वरले खुलासा गर्नुभएको व्यवहारिक काम नगर्ने झुटो अगुवाले झै व्यवहार गरिरहेकी थिएँ। म आफ्नो अहङ्कारबाट बिस्तारै बिस्तारै तल झरिरहेकी थिएँ।

तिनीहरूको कार्यसम्पादनअनुसार, तिनीहरू व्यवहारिक काम नगर्ने झुटा अगुवा र कामदारहरू हुन् भनी हामीले निर्धारण गर्‍यौँ र तिनीहरूलाई बर्खास्त गर्‍यौँ। मैले उजुरीलाई सम्हाल्ने काम सिध्याइसकेकी थिएँ तर मेरो हृदयमा त्यो अनुभवको छाप बसेको थियो। मैले ती मानिसहरूलाई बचाउ गरिरहेकी छु र मैले झुटा अगुवा र कामदारहरूलाई खुलासा गर्दिन भन्दै अगुवाले मलाई कसरी हप्काएकी थिइन् भन्‍ने सम्झँदा मैले यस्तो नमीठो अनुभव गरेँ जुन बयान गर्न सक्दिनँ। मैले साँच्‍चै आफैलाई घृणा गरेँ। मैले कसरी त्यस्तो गर्न सकेकी थिएँ? म प्रार्थनामा यसो भन्दै फेरि परमेश्‍वरको सामु आएँ, “परमेश्‍वर, म अति भ्रष्ट छु। म तपाईंले तोकेअनुसार आफ्नो कर्तव्य पालन गर्न सक्षम छैनँ। म बिथोल्ने कामहरू नगरी रहन सक्दिनँ। परमेश्‍वर, म गहिरो प्रकारले आफूमाथि मनन गर्न चाहन्छु र सत्यता प्रयोग गरेर आफ्ना समस्याहरू हल गर्न चाहन्छु ताकि म भ्रष्टताबाट छुटकारा पाउन र मेरो कर्तव्य पालन राम्रोसित गर्न सकूँ। कृपया मलाई मार्गदर्शन र अन्तर्दृष्टि दिनुहोस्।” प्रार्थनापछि, त्यो पत्र पाएको बेला म के सोचिरहेकी थिएँ, त्यसमाथि मेरो मनोवृत्ति र दृष्टिकोण के थियो भनी फर्केर हेरेँ। त्यस समय म कस्तो अहमवादी, अभिमानी र अहङ्कारी थिएँ भनी मैले सम्झेँ। मसित सबै कुरा देख्‍ने आँखा भएजस्तो प्रार्थनाविना वा खोजी नगरीकनै मैले हरेक मूल्याङ्कन र निर्णय गरेँ। त्यो विषय सम्हाल्दा मसित अलिकति पनि शंका थिएन अनि मैले अगुवाको निर्देशनहरू पछ्याइनँ। मैले कामकुरा ठीकै गरिरहेको जस्तो मलाई लाग्यो। यसले मलाई भयभीत तुल्यायो। कसरी म आफैमा त्यति निश्‍चिन्त, त्यति अभिमानी हुन सकेँ?

परमेश्‍वरका केही वचनहरू मेरो मनमा आयो। परमेश्‍वर भन्नुहुन्छ, “यदि तैँले आफ्नो हृदयमा साँच्‍चै सत्यतालाई बुझ्छस् भने, सत्यता अभ्यास गर्न र परमेश्‍वरको आज्ञापालन गर्न जान्‍नेछस् अनि तँ सत्यताको पछि लाग्‍ने मार्गमा स्वभाविक रूपले हिँड्नेछस्। यदि तँ हिँड्ने मार्ग सही र परमेश्‍वरको इच्छाअनुरूप छ भने, पवित्र आत्माको कामले तँलाई त्याग्‍नेछैन—यस अवस्थामा तैँले परमेश्‍वरलाई धोका दिने सम्भावना कमभन्दा कम हुँदै जानेछ। सत्यताविना, दुष्टता गर्न सजिलो हुन्छ, र तेरो स्वाभाविकको बाबजुत पनि तैँले त्यो काम गर्नेछस्। उदाहरणका लागि, यदि तँमा अहङ्कारी र घमन्डी स्वभाव छ भने, परमेश्‍वरको प्रतिरोध नगर् भन्दा त्यसले कुनै फरक पार्दैन, तैँ आफूलाई रोक्‍न सक्दैनस्, यो तेरो नियन्त्रणभन्दा बाहिरको कुरा हो। तैंले जानी-जानी त्यसो गर्दैनस्; तैँले आफ्नो अहङ्कारी र घमण्डी प्रकृतिको वशमा परेर त्यसो गर्छस्। तँलाई तेरो अहङ्कार र घमन्डले परमेश्‍वरलाई तुच्छ ठान्ने र उहाँलाई कुनै महत्त्व नभएको व्यक्तिको रूपमा हेर्ने बनाउँछ; ती कुराहरूले तँलाई आफैलाई उचाल्ने, निरन्तर आफैलाई प्रदर्शनमा राख्‍ने बनाउँछ; ती कुराहरूले तँलाई अरूको तिरस्कार गर्न लगाउँछ, तेरो हृदयमा अरू कसैलाई नराखी तँ आफैलाई राखिदिन्छ; ती कुराहरूले तँलाई अरू मानिसहरू र परमेश्‍वरभन्दा तँ उच्‍च छस् भन्‍ने ठान्‍न लगाउँछ र अन्त्यमा तिनले तँलाई परमेश्‍वरको स्थानमा बस्‍न लगाउँछ र मानिसहरू तेरो सोच, विचार र धारणाहरूलाई सत्यको रूपमा सम्मान गर्दै तँप्रति समर्पण होऊन् भन्‍ने अपेक्षा गराउँछ। हेर् आफ्‍नो अहङ्कारी र घमन्डी प्रकृतिको वशमा पर्ने मानिसहरूले कति धेरै खराबी गरेका छन्!” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “सत्यको पछि लागेर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ”)। “मानव विचारहरू मानिसहरूलाई प्रायजसो राम्रो र सही लाग्छ, अनि तिनीहरूले सत्यतालाई त्यति धेरै उल्लंघन नगर्लान् भन्‍ने जस्तो देखिन्छ। त्यस्तो शैलीमा काम गर्नु भनेको सत्यताको अभ्यास गर्नु हो भन्ने मानिसहरू ठान्छन्; त्यस्तो शैलीमा काम गर्नु भनेको परमेश्‍वरमा समर्पित हुनु हो भन्ने तिनीहरू ठान्छन्। वास्तवमा, तिनीहरूले सच्चा रूपमा परमेश्‍वरलाई खोजी गरिरहेका वा प्रार्थना गरिरहेका हुँदैनन् र तिनीहरूले परमेश्‍वरको इच्छा पूरा गर्न परमेश्‍वरका आवश्यक मापदण्डहरू अनुसार राम्रोसँग यसो गर्ने प्रयत्न गरिरहेका हुँदैनन्। तिनीहरूसित यो सच्चा अवस्था नै छैन, न त तिनीहरूसँग कुनै इच्छा नै छ। मानिसहरूले तिनीहरूको अभ्यासमा गर्ने सबैभन्दा ठूलो गल्ती यही हो। तैँले परमेश्‍वरमा विश्‍वास गर्छस्, तर तैँले आफ्नो हृदयमा परमेश्‍वरलाई राख्दैनस्। यो कसरी पाप हुन सक्दैन र? के तैँले आफैलाई धोका दिइरहेको छैनस् र? यदि यस्तै शैलीमै विश्‍वास गरिरहन्छस् भने तैँले कस्ता किसिमका प्रभावहरू हासिल गर्न सक्छस् र? अझ भन्ने हो भने, कसरी विश्‍वासको महत्त्व प्रकटीकरण हुन सक्छ र?” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “परमेश्‍वरको इच्छाको खोजी गर्नु भनेको सत्यता अभ्यासको लागि हो”)। यी खण्डहरूसित म पहिल्यै परिचित थिएँ, तर यसपटक ती मेरो निम्ति विशेष मार्मिक थिए। परमेश्‍वरका वचनहरूको न्याय र प्रकाशद्वारा मैले स्पष्टसँग आफ्नै घिनलाग्दोपन देख्‍न सकेँ। ब्रदर र सिस्टरहरूले अगुवा र डिकनहरूको उजुरी गरे तर मैले उपेक्षा मात्र गरेँ। मैले तिनीहरूलाई र तिनीहरूको कामको क्षमतालाई जानेको, र अरूको साँगुरो दृष्टिकोण भएको तर मैले चाहिँ बृहत चित्र देखेको जस्तो मलाई लाग्यो। मैले आफ्नै तरिकाले कामकुरा गर्नु हाम्रो कामका निम्ति सर्वोत्तम हुन्छ भनी सोचेँ। अगुवाले उजुरीलाई पारदर्शीतापूर्वक सम्हाल्नु भनेर मलाई बताए पनि मैले खुला रूपले त्यसलाई सम्हाल्दा अरूमा पूर्वाग्रह उत्पन्‍न गर्ला र यसले मण्डलीको कामलाई हानि पुर्‍याउला भनेर सोचेँ। मेरो गुप्त सङ्गति र सहायता नै सबैभन्दा बुद्धिमत्तापूर्ण उपाय हो भन्‍ने मलाई लाग्यो। मैले त्यो आत्मविश्‍वासलाई त्यस परिस्थितिको सम्पूर्ण अवधिभर कायम राखेँ। मेरो तरिकाले कामकुरा गर्नु सर्वोत्तम उपाय हो भनी म निश्‍चित थिएँ। मैले बिलकुल प्रार्थना वा परमेश्‍वरको इच्छा खोजिनँ अनि मलाई स्मरण गराउन नै परमेश्‍वरले यो वातावरण मिलाउनुभएको हो भन्‍ने कुरालाई पनि चिन्‍न सकिनँ। मेरो हृदयमा परमेश्‍वरको ठाउँ थिएन। मैले सबै कुरा बुझेको र सत्यतालाई हासिल गरेको ठानेँ, मानौँ मेरा व्यक्तिगत विचारहरूले परमेश्‍वरको विचारहरूलाई प्रतिनिधित्व गर्न सक्छ। के मैले परमेश्‍वरलाई पूर्ण रूपले बेवास्ता गर्दै आफैलाई उहाँको ठाउँमा राखिरहेकी थिइनँ र? म केही महिनाहरूदेखि मात्रै नेतृत्व पदमा थिएँ र मैले धेरै सत्यतालाई बुझेकी थिइनँ। उजुरीको पत्रलाई सम्हालेको यो मेरो पहिलोपल्ट थियो। तर पनि मलाई मेरो आफ्नै सोच र दृष्टिकोणहरूमा अत्यन्त ठूलो भरोसा थियो। मैले झुटा अगुवाहरूलाई मूल्याङ्कन गर्नेसम्बन्धी मण्डलीका प्रष्ट सिद्धान्तहरूलाई बेवास्ता गरेँ, मैले त तिनीहरूको ममाथि परेको प्रभाव र केही सतही कामको आधारमा तिनीहरूको बारेमा विचार गर्दै मैले मेरो आफ्नै निर्णायक निष्कर्ष निकालेँ। मैले परमेश्‍वरका वचनहरूलाई नसुनी मेरो व्यक्तिगत कल्पनाहरूलाई सत्यता हुन् जस्तो व्यवहार गरेँ। मेरो हृदयमा परमेश्‍वर हुनुहुन्‍नथ्यो—म हदै नाघेर अहङ्कारी भएकी थिएँ। म ती मानिसहरूलाई चिन्छु, अनि मैले तिनीहरूसित सङ्गति गरेको, सहायता गरेको र तिनीहरूले केही बुझाइ प्राप्त गरेकोले हामीले तिनीहरूलाई राखिराख्‍न सक्छौँ भनी मैले सोचेँ। तर तिनीहरूका समस्याहरूको विश्‍लेषण भइसकेको थियो र उनीहरूले पहिले नै ती कुरा देखिसकेका थिए, त्यसैले तिनीहरूलाई त्यसरी नै फेरि खुलासा गर्नुको अर्थ हो, तिनीहरूले पश्‍चात्ताप नगरेका, तिनीहरू परिवर्तन नभएका र तिनीहरूले साँच्‍चै नै सत्यतालाई स्वीकार नगरेका रहेछन्। परमेश्‍वरले मेरा कल्पनाहरूलाई तथ्यहरूले प्रहार गर्नुभयो। साँचो आत्मज्ञान वा पश्‍चात्ताप र परिवर्तन के हुन् भनी मैले बुझेकी पनि थिइनँ। मैले सबै कुराहरू यथार्थ रूपले देख्‍छु अनि म सबै कुरा प्रष्टसित देख्‍न सक्छु भनी मैले सोचेँ। मेरो अहङ्कारको बारेमा सोच्नु वाक्‍कलाग्दो र लज्जाजनक छ। परमेश्‍वर सृष्टिका प्रभु हुनुहुन्छ, सत्यताको मूर्तरूप हुनुहुन्छ। उहाँले सबै कुरामाथि शासन गर्नुहुन्छ, हाम्रो मन र मष्तिष्कभित्र देख्‍नुहुन्छ तर उहाँ अलिकति पनि अहङ्कारी हुनुहुन्‍न। उहाँ नम्र र प्रेमिलो हुनुहुन्छ। तर, म शैतानद्वारा यति भ्रष्ट भएकी थिएँ कि मसित मानव रूप वा उचित सुझबुझ पनि थिएन। स्पष्ट रूपले, म बिलकुल शून्यता बराबर थिएँ तर अझै पनि म अन्त्यहीन रूपले अहङ्कारी थिएँ। म आफ्नो शैतानी स्वभावमा जिउँदै जोकरजस्तै व्यवहार गरिरहेकी थिएँ। त्यसपछि, आफैप्रति हृदयभित्र घृणा र तिरस्कार भरियो, अनि मैले परमेश्‍वर कति पवित्र हुनुहुन्छ भनेर पनि महसुस गर्न सकेँ। परमेश्‍वरले धेरै लामो समयअघि नै मेरो हरेक विचार र कामलाई देखिसक्‍नुभएको थियो अनि त्यस उजुरी पत्रलाई मेरो अहङ्कारलाई खुलासा गर्न, म कति त्रुटिपूर्ण, सिद्धान्तरहित र काम सिध्याउन कति असक्षम छु भनी देखाउन प्रयोग गर्नुभयो। म उहाँको न्याय र सजायका लागि परमेश्‍वरप्रति कृतज्ञ छु जसले मलाई आफैलाई चिन्‍न सहायता गर्‍यो। अगुवाले मलाई सिधै नभनेको भए, के थाहा म सही मार्गदेखि कति टाढा गइसकेकी हुन्थेँ र वा मैले सिद्धान्तको विरुद्धमा र मण्डलीको कामलाई बिथोल्दै कति कुरा गरिसकेकी हुन्थेँ। परमेश्‍वरले मलाई पश्‍चात्ताप गर्ने र परिवर्तन हुने मौका दिइरहनुभएको थियो अनि त्यो उहाँको विशेष अनुग्रह थियो। मैले अठोट गरेँ कि म आफ्नो कर्तव्यमा आफैलाई परित्याग र इन्कार गर्न सिक्‍नेछु, अझ बढी परमेश्‍वरको सामु आई खोजी गर्नेछु र सिद्धान्तअनुसार काम गर्नेछु।

मैले परमेश्‍वरको वचनहरूबाट एउटा खण्ड पढेँ जसले त्यस तरिकाले उजुरी सम्हाल्दाका परिणामहरू र समस्याहरूलाई निराकरण गर्ने केही सिद्धान्तबारे बुझ्न मलाई सहायता गर्‍यो। परमेश्‍वर भन्नुहुन्छ, “तँ एक अगुवा होस्। अगुवा हुनुको अर्थ के हो? यसको अर्थ मानिसहरूलाई तिनीहरूको पाठ सिक्न, वास्तवमा मानिसहरू, घटनाहरू, र तिनीहरूको दैनिक जीवनमा उत्पन्न हुने परिस्थितिहरूबाट सिक्‍न, वास्तवमा परमेश्‍वरका वचनहरू अनुभव गर्न, र वास्तवमा परिस्थिति र मानिसहरूलाई तिनीहरू जस्ता छन् त्यस्तै रूपमा हेर्न अगुवाइ गर्नु हो। तँमा अगुवा वा कार्यकर्ताको क्षमता पाइएपछि, तँमा मानिसहरूले परमेश्‍वरको घरद्वारा भरणपोषण पाउने क्षमता वा अवस्थाहरू पाइएपछि, तब तैँले नेतृत्व गर्न थाल्नुपर्छ, अनि दाजुभाइ-दिदीबहिनीहरूलाई विभिन्न व्यक्तिहरू, घटनाहरू, र तिनीहरूको दैनिक जीवनका परिस्थितिहरूको बारेमा कसरी बताउने सो सिक्न अगुवाइ गर्नुपर्छ, यसैले कि तिनीहरूले सत्यताको बुझाइ प्राप्त गरून्, मण्डलीको काममा बाधा पुऱ्याउने र अस्तव्यस्त पार्ने विभिन्न प्रकारका मानिसहरूप्रति कस्तो प्रतिक्रिया दिने, सत्यतालाई कसरी व्यवहारमा अपनाउने त्यो जान्न सकून्, र विभिन्न प्रकारका मानिसहरूसित सिद्धान्त अनुसार व्यवहार गर्न सकून्। यो सबै तेरो जिम्मेवारी हो। … अझ महत्त्वपूर्ण कुरा के हो भने, अगुवा वा कार्यकर्ताको रूपमा, तँलाई यस्तो मौका दिनुभएकोमा, यी मानिसहरू, घटनाहरू, र कुराहरूको एकसाथ सामना गर्न, साथै यी मानिसहरू, घटनाहरू र परिस्थितिहरू कसरी, कहिले उत्पन्न हुन्छन्, तिनीहरूले तिनलाई पहिचान गर्नुपर्छ भन्‍ने कुरा, तिनीहरूले कुन पाठहरू सिक्नुपर्छ, यी कुराहरू हुनुभन्दा अगाडि विभिन्न प्रकारका मानिसहरूको बारेमा तिनीहरूमा कुन धारणाहरू, कल्पनाहरू र गलत दृष्टिकोणहरू थिए ती तिनीहरूले पहिचान गर्न, र केही कुराहरूको अनुभव गरेपछि तिनीहरूले कुन पाठ सिके, कुन गलत धारणाहरू र दृष्टिकोणहरू सच्याइए भन्‍ने कुरा बुझ्‍न दाजुभाइ-दिदीबहिनीहरूलाई अगुवाइ गरेर, परमेश्‍वरका वचनहरूको शुद्ध समझ हासिल गर्ने, केवल परमेश्‍वरका वचनहरू मात्र सत्यता हुन् भनी बुझ्‍न, र यी वचनहरू कसरी पूरा हुन्छन् भन्‍ने बुझ्‍न तँलाई अगुवाइ गर्नुभएकोमा तँ परमेश्‍वरप्रति धन्यवादी हुनुपर्छ। तिनीहरूले सिक्‍नुपर्ने पाठ भनेको, तिनीहरूले अरूसित गर्ने व्यवहारमा परमेश्‍वरका वचनहरूलाई अझै राम्रोसँग प्रयोग गर्न सक्नुपर्छ, र बाहिरी स्वरूप अनि तिनीहरूको आफ्नै कल्पनाहरूमा भर पर्नुको साटो तिनीहरूले अरूलाई हेर्ने दृष्टिकोणमा अझ निष्पक्ष हुनुपर्छ। तिनीहरूले मानिसहरू र कामकुराहरूलाई परमेश्‍वरका वचनहरूद्वारा हेर्नेछन्, कुनै व्यक्तिको मानवता मापन गर्न र तिनीहरू साँच्चै सत्यताको पछि लाग्ने व्यक्तिहरू हुन् कि होइनन् भनी जान्न परमेश्‍वरका वचनहरू प्रयोग गर्नेछन्; तिनीहरूले देख्ने, महसुस गर्ने, बुझ्ने गर्ने वा कल्पना गर्ने कुरामा भर पर्नुको साटो तिनीहरूले सबै कुरालाई मापन गर्ने मानदण्डको रूपमा परमेश्‍वरका वचनहरू प्रयोग गर्नेछन्। यी पाठहरू सिकेपछि मात्र अगुवा वा कार्यकर्ताको काम पूरा हुन्छ, र यो जिम्मेवारी पूरा हुन्छ। तैँले आफ्नो जिम्मेवारी पूरा गरिसकेपछि, दाजुभाइ-दिदीबहिनीहरूले यी फाइदाहरूको प्राप्त गर्नेछन्। यदि तँ धेरै दुःखबाट भएर गएको छस्, तर दाजुभाइ-दिदीबहिनीहरूलाई पाठ सिक्न मार्गदर्शन गर्न, र विभिन्न व्यक्तिहरू, घटनाहरू, र चिजहरू वास्तवमा के हुन् भनी बताउन सक्दैनस् भने, तँ अन्धो, बोधो, संवेदनाहीन छस्। जब यी कुराहरू तँमाथि आइपरेका थिए, तब तैँले तिनको सामना गर्न संघर्ष मात्र गरिनस्, तँ यो कामको सामना गर्न असमर्थ मात्र थिइनस्, तर तैँले दाजुभाइ-दिदी-बहिनीहरूले गर्ने यी कुराको अनुभवलाई पनि प्रभावित गरिस्। यदि तैँले दाजुभाइ-दिदीबहिनीहरूले यी कुराहरू अनुभव गर्ने तरिकालाई तैँले प्रभाव पार्छस् भने, समस्या त्यति गम्भीर छैन;। तर यदि तैँले यसलाई राम्ररी सम्हाल्न सकिनस् भने, यदि तैँले भन्‍नुपर्ने कुरा नभनी, सङ्गति गर्नुपर्ने सत्यताको वचनमा सङ्गति नगरी, मानिसहरूको लागि लाभदायी वा तिनीहरूलाई सुधार गर्ने केही कुरा नभनी तँ आफ्‍नो काममा असफल भइस् भने; यदि, यी बाधा दिने र विघटनकारी व्यक्तिहरू, घटनाहरू, र चीजहरू देखा पर्दा, धेरै जना मानिसहरू परमेश्‍वरबाट समझ प्राप्त गर्न असमर्थ मात्र हुँदैनन्, यी चीजहरूको बारेमा सक्रिय रूपमा प्रतिक्रिया दिन र तीबाट पाठ सिक्न असक्षम मात्र हुँदैनन्, तर परमेश्‍वरको बारेमा धेरैभन्दा धेरै धारणाहरू राख्छन्, परमेश्‍वरप्रति अझ धेरै सतर्क हुन्छन्, र परमेश्‍वरको विषयमा धेरैभन्दा धेरै अविश्‍वासी र शङ्कालु हुन्छन् भने, यसमा के एक अगुवा वा कार्यकर्ताको रूपमा आफ्नो जिम्मेवारी पूरा गर्न तँ असफल भएको हुँदैनस् र? तैँले मण्डलीको काम राम्ररी पूरा गरेको हुँदैनस्, तैँले परमेश्‍वरले तँलाई सुम्पनुभएको आदेश पूरा गरेको हुँदैनस्, तैँले अगुवा वा कार्यकर्ताको जिम्मेवारी पूरा गरेको हुँदैनस्, तैँले दाजुभाइ-दिदीबहिनीहरूलाई शैतानको शक्तिबाट छुटाएको हुँदैनस्; तिनीहरू अझै पनि शैतानका परीक्षाहरूका बीचमा, भ्रष्ट स्वभावमा जिइरहेका छन्। के तैँले मानिसहरूलाई हानि गरिरहेको हुँदैनस्? जब तँलाई अगुवा वा कार्यकर्ता बनाइन्छ, तब तैँले परमेश्‍वरले तँलाई सुम्पनुभएको जिम्मेवारी पूरा गर्नुपर्छ, तैँले दाजुभाइ-दिदीबहिनीहरूलाई परमेश्‍वरको सामु लैजानुपर्छ, तिनीहरूलाई परमेश्‍वरको वचन र सत्यता सिद्धान्तहरूद्वारा आफैलाई सुसज्जित बनाउन सक्षम बनाउनुपर्छ, परमेश्‍वरमाथिको तिनीहरूको भरोसा झन्‌-झन् बढ्दै गइरहेको हुनुपर्छ। यदि तैँले यी कुराहरू गरेको छैनस् भने—यदि दाजुभाइ-दिदीबहिनीहरूमाथि केही आइपर्दा, तिनीहरू परमेश्‍वरबाट अझ बढी सतर्क हुन्छन्, र तिनीहरूमा परमेश्‍वरको बारेमा अझ बढी गलत बुझाइहरू छन्, र परमेश्‍वरसँगको तिनीहरूको सम्बन्ध झन् तनावपूर्ण र विरोधाभासपूर्ण हुन्छ भने, तब के तैँले दुष्टतालाई सहजीकरण गरेको हुँदैनस्? यो कुकर्म होइन र? तँ दाजुभाइ-दिदी-बहिनीहरूलाई सकारात्मक प्रवेश प्राप्त गर्न र पाठ सिक्‍न मद्दत गर्न असफल मात्र भएको छैनस्, तर तिनीहरूलाई परमेश्‍वरबाट अझ टाढा लगेको छस्। के यो एउटा गम्भीर समस्या हो? (हो।)” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “झूटा अगुवाहरूको पहिचान (२०)”)। परमेश्‍वरका वचनहरू सिधै मेरो हृदयमा गयो, मानौँ उहाँले मेरो खुलासा र अनि मलाई आमने सामने राखेर विश्लेषण गरिरहनुभएको छ। अन्ध, स्तब्ध, चेतनाशून्य—म त्यस्तो भएँ। अगुवा र डिकनहरूलाई ब्रदर र सिस्टरहरूको निरीक्षण चाहिन्छ, त्यसैले, जब कसैले तिनीहरूको उजुरी गर्छ, तब, अगुवाको हैसियतले, मैले अरूलाई सामूहिक रूपले पाठ सिक्‍नका लागि खोजी गर्न मार्गदर्शन गर्नुपर्छ, अनि तिनीहरूलाई सैद्धान्तिक प्रकारले कसरी व्यवहार गर्ने भनी जान्‍नुपर्छ। तर मेरो त्यस उजुरीप्रति कस्तो आचरण थियो? उपेक्षा र साथमा निष्क्रियता। सत्यतालाई खोजी गर्ने मसित कुनै मनसाय थिएन। परमेश्‍वरको इच्छा के हो, साँचो प्रकारले आफ्नो कर्तव्य गर्नु के हो भन्‍ने कुरा नसोचिकन मैले यसलाई कसरी सम्हाल्ने भनेर मात्रै सोचिरहेकी थिएँ। “तँ एक अगुवा होस्,” “तेरो जिम्मेवारी हो,” “मानिसहरूलाई हानि गरिरहेको,” र “दुष्टतालाई सहजीकरण गरेको” जस्ता वचनहरूले मलाई साँच्‍चै नै प्रहार गर्यो। मैले आफैलाई सोध्‍नुपर्योः अगुवाको हैसियतले, मैले के गरेँ? मैले अरूको साथमा सत्यतालाई खोजी गर्न, भेदशक्ति हासिल गर्न र पाठ सिक्‍न त्यो उजुरी पत्रलाई प्रयोग गरिनँ, अनि त्यसको बारेमा अरूलाई थाहा दिन पनि चाहिनँ। उनीहरूसित धेरै समस्या छन् र सबैको सामु राख्‍न सकिँदैन भन्‍ने मलाई लाग्यो। कसैले अबदेखि उनीहरूका समस्याहरू सुन्‍नेछैनन्, तब कसरी हामी काम गरिसिध्याउनेछौँ? अहिले पछाडि फर्केर हेर्दा, मेरो दृष्टिकोण हास्यास्पद थियो भनी म देख्‍न सक्छु। खुला छलफलका निम्ति अगुवाहरूको कुन समस्याहरू सबैको सामु लान सकिँदैन र? चाहे त्यो तिनीहरू हालै रहेको पदमा होस् वा बर्खास्त गरिसकिएको होस्, तिनीहरूका जेसुकै समस्याहरू भएपनि, चाहे तिनीहरू अगुवा वा डिकनको रूपमा सेवा गरिरहन योग्य भएपनि हामीसित ती कुराहरूका निम्ति परमेश्‍वरको घरमा सिद्धान्तहरू छन्। जबसम्म हामी यसमाथि स्पष्ट प्रकारले सङ्गति गर्छौँ, ब्रदर र सिस्टरहरू स्वभाविक रूपले निष्कर्षमा पुग्‍नेछन्। तिनीहरूलाई सुरक्षा गर्दा मलाई के फाइदा हुन्छ र? के मैले जानीजानी तिनीहरूका व्यक्तिगत समस्याहरू ढाकछोप गर्ने कोसिस गरिरहेकी थिइनँ र, ताकि अरूले पत्ता लगाउन नसकोस्? वास्तवमा, मैले अगुवा र डिकनहरूलाई बचाव गर्दै र पुल्पुल्याउँदै थिएँ। त्यो उजुरीलाई खुला छलफलका लागि सबैको सामु ल्याउँदा त्यसले मेरा कमीहरूलाई परिपूर्ति गर्दछ, अनि म धेरै सत्यता र भेदशक्ति सिक्‍न सक्छु र मेरो कर्तव्यका निम्ति सिद्धान्तहरूलाई राम्रोसित बुझ्न सक्छु। मैले पहिले त त्यसो गर्न किन आवश्यक छ भनी बुझिनँ अनि म साँच्‍चै नै त्यसमा सहमत हुन सकिनँ। मैले अगुवाबाट त्यो मापदण्डको बारेमा बुझिनँ। अहिले, मैले त्यो अभ्यास कतिको महत्वपूर्ण छ भनी देखेँ। सत्यतालाई बुझ्न र भेदशक्ति हासिल गर्न यो हामी सबैका लागि अति नै महत्वपूर्ण छ। आफैमाथि मनन गर्दा, अगुवाको हैसियतले, मैले अगुवा र डिकनहरूको कामलाई अनुगमन गरिनँ वा अरूले समस्याहरूको बारेमा उजुरी गर्दा, समस्याहरूलाई पत्ता लगाइनँ र निराकरण गरिनँ। अनि म आफ्नै धारणा र अहङ्कारअनुसार समस्यालाई पन्छाइरहेकी थिएँ। यो व्यवहारिक काम नगरिरहेको मात्र होइन, मैले वास्तवमा झुटा अगुवा र कामदारहरूलाई बचाव पनि गरिरहेकी थिएँ। ब्रदर र सिस्टरहरूले सत्यतालाई अभ्यास गर्दै त्यो उजुरी तयार गर्न आफ्नो साहस जुटाइरहेका थिए तर मैले एउटै शब्द नबोलीकन त्यसलाई दबाएको थिएँ। तिनीहरूले अगुवा र डिकनहरूका समस्यामाथिको आफ्नो उजुरी कतै नपुगेको, अनि समस्या निम्त्याउने अगुवा र डिकनहरू खराबी गरेर पनि आफ्नो ठाउँमा बस्न सक्‍ने रहेछन् भनी देख्दा, तिनीहरूले भविष्यमा समस्याहरूको उजुरी गर्ने आँट गर्ने थिएनन्। तिनीहरूले पक्‍कै पनि हामी कथित अगुवाहरू पनि एक अर्काको गल्ती ढाकछोप गर्ने अधिकारीहरू जस्तै हौँ भनी सोच्ने थिए, अनि परमेश्‍वरको घरमा सत्यताले प्रभुत्व गर्दैन भनी ठान्‍ने थिए। मैले मानिसलाई सत्यता अभ्यास गर्दै मण्डलीको काम सम्हाल्नदेखि रोकेर धार्मिकतालाई दबाइरहेकी थिएँ। मैले अरूलाई सत्यताभित्र डोरयाइरहेकी थिइनँ, तिनीहरूलाई सत्यता अभ्यास गर्न उत्साह दिइरहेकोकीथिइनँ वा परमेश्‍वरको सामु ल्याइरहेकी थिइनँ, बरु मैले धार्मिकतालाई दबाइरहेकी थिएँ, सत्यतालाई अभ्यास गर्ने तिनीहरूको जोशलाई कुचलिरहेकी थिएँ, सत्यता अभ्यास गर्न वा अगुवाहरूविरुद्ध खडा हुन र समस्याहरूको खुलासा गर्न तिनीहरूलाई भयभीत पारिरहेकी थिएँ। यसले मानिसहरूलाई परमेश्‍वर र परमेश्‍वरको घरलाई गलत प्रकारले बुझ्ने तुल्यायो। के मैले मानिसलाई परमेश्‍वरदेखि टाढा उहाँलाई त्याग्‍ने बाटोतर्फ डोर्याइरहेकी थिइनँ र? जति बढी मैले यसको बारेमा सोचेँ, त्यति नै बढी आफू बाधा गर्ने र विध्वंश निम्त्याउने व्यक्ति जस्तो लाग्यो। म कसरी त्यति बेवकुफ हुन सकेँ? के त्यो वास्तविक झुटा अगुवाले गर्ने कुरा थिएन र? मप्रति अगुवाको आलोचनालाई सम्झँदा, मलाई झुटा अगुवा, ख्रीष्टविरोधी भनेर बोलाउनु मेरो प्रकृति र सार, मेरो शैतानी स्वभावलाई प्रकट गरिरहेको थियो भनी मैले हृदयदेखि थाहा पाएँ। म अहङ्कारी थिएँ र आफ्नो कर्तव्यमा सिद्धान्तरहित थिएँ। म झुटा अगुवा र झुटा कामदारहरूलाई बचाव गरिरहेकी थिएँ, ब्रदर र सिस्टरहरूको जीवन प्रवेशलाई रोकिरहेकी, अनि परमेश्‍वरको घरको कामलाई हानि पुर्याइरहेकी थिएँ। यदि अगुवाले समयमै मेरो खुलासा नगरेको भए, मैले व्यवहारिक काम नगर्ने अगुवा र डिकनहरूलाई बचाव गर्दै अरूको उजुरीहरूलाई दबाउँदै रहेकी हुन्थेँ। परमेश्‍वरले बन्दोबस्त गर्नुभएको वातावरणलाई विचार गर्दा त्यस प्रकारले मेरो खुलासा गर्नु वास्तवमा मलाई बचाउनु थियो। यो मभित्रको भ्रष्टतालाई शुद्ध गर्नु र परिवर्तन गर्नु थियो। यदि त्यस प्रकारले मलाई निराकरण नगरिएको भए, मैले मेरो अहङ्कार कति गम्भीर रहेछ भनी देख्दिनथेँ। यदि हामी आफ्नै प्रकारले कामकुरा गर्छौँ, आफ्नो कर्तव्यमा सत्यताका सिद्धान्तहरू खोजी गर्दैनौँ वा परमेश्‍वरका निम्ति श्रद्धाको हृदय राख्दैनौँ भने हामी ठेस खान र लड्न सक्छौं। जब मैले त्यो महसुस गरेँ, तब मैले परमेश्‍वरको न्याय र प्रकाशका निम्ति उहाँलाई हृदयभित्रबाट धन्यवाद दिएँ, अनि पश्‍चात्ताप गर्न, सत्यतालाई अभ्यास गर्न आफैलाई परित्याग गर्न र आफ्नो कर्तव्यमा सिद्धान्तहरूलाई पछ्याउन तत्पर हुँदै मौन प्रार्थना गरेँ।

धेरै समय नबित्दै, मण्डलीमा एउटी सिस्टरले, अप्रत्याशित रूपले सिस्टर शियाओ, एकजना अगुवाका केही समस्याहरू बताइन्। तिनले अरूसित छलफल र सिद्धान्त प्रयोग नगरी काम गरिन्। जब मैले त्यस प्रकारको व्यवहारको बारेमा सुनेँ, तब मैले सोचेँ कि मैले तिनलाई भर्खरै अगुवाको बढुवा दिएको थिएँ र तिनीसित दुई महिनाको अभ्यास मात्र थियो, अनि त्यस समयमा, अरू ब्रदर र सिस्टरहरूद्वारा तिनको ज्यादै सराहना हुन्थ्यो। उनीहरूले तिनी आफ्नो कर्तव्यमा उत्साही छिन् भन्थे, अनि मलाई तिनले आफ्नो कर्तव्य राम्रो गरेको र व्यवहारिक काम गरिसिध्याएको जस्तो लाग्थ्यो। के सिस्टर शियाओको समस्या एउटा ठोस समस्या थियो? के उनलाई बढी सहनशीलता, बढी सहायता चाहिन्थ्यो? सिस्टर शियाओ झुटा अगुवा हुन् भनेर यति चाँडै खुलासा होला भनेर मलाई विश्‍वास गर्न गाह्रो भयो। त्यसपछि, मैले परमेश्‍वरको वचनहरूबाट एउटा खण्ड पढेँ। परमेश्‍वर भन्नुहुन्छ, “तेरो जीवनको अनुभवमा, प्रत्येक विषयको अनुसन्धान गरिनुपर्छ। सबै विषयहरूमाथि परमेश्‍वरको वचन र सत्यअनुसार राम्ररी चिन्तन गर्नुपर्छ, यसैले कि तैँले पूर्ण रूपमा परमेश्‍वरको इच्छा अनुरूप तिनको सामना गर्न सक्। त्यसपछि तेरो आफ्नै इच्छाबाट उत्पन्न हुने कुराहरूलाई त्याग्न सकिन्छ। तैंले परमेश्‍वरको इच्छाअनुसार कसरी काम गर्नुपर्छ भनी जान्नेछस्, र गएर ती गर्नेछस्; यस्तो लाग्नेछ, कि सबै कुराले त्यसको प्राकृतिक मार्ग लिइरहेको छ, र यो अत्यन्तै सजिलो देखिनेछ। सत्यता भएका मानिसहरूले यसरी नै काम गर्छन्। त्यसपछि तैँले अरूलाई साँच्चै तेरो स्वभाव परिवर्तन भएको छ भनी देखाउन सक्छस् र उनीहरूले तैंले निश्चित रूपमा केही राम्रा कामहरू गरेको छस्, तैंले सिद्धान्तअनुसार कामहरू गर्छस्, र तैंले सबै कुरा सही तरिकाले गर्छस् भनी देख्नेछन्। यो यस्तो व्यक्ति हो जसले सत्यलाई बुझ्दछ र जोसँग साँच्चै मानवको स्वरूप हुन्छ। निश्चय, परमेश्‍वरको वचनले मानिसमा नतिजा ल्याएको हुन्छ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “सत्यको पछि लागेर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ”)। परमेश्‍वरका वचनहरू अभ्यासका सिद्धान्तहरूको विषयमा धेरै प्रष्ट छन्। हामीले आफ्नो इच्छाद्वारा चल्नुहुँदैन, बरु सत्यतालाई खोजी गर्नुपर्छ, अनि परमेश्‍वरका वचनहरूअनुसार कामकुरा देख्‍नुपर्छ, सिद्धान्तहरूअनुसार कामकुरालाई व्यवस्थित र हल गर्नुपर्छ। परमेश्‍वरको इच्छालाई पछ्याउनु त्यही हो। मैले सिस्टर शियाओको मूल्याङ्कन देखेको थिएँ अनि कहिलेकाहीं तिनीसित तिनको कर्तव्यको बारेमा छलफल गरेकी थिएँ तर तिनीसित मेरो धेरै सम्पर्क थिएन अनि म तिनलाई राम्रोसित चिन्दिन थिएँ। कसैले उजुरी गरेको कारण, मैले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ अनि यसको सबिस्तारपूर्ण बुझाइ प्राप्त गर्नुपर्छ परमेश्‍वरका वचनहरूबाट भेदशक्ति प्राप्त गर्नुपर्छ र सिद्धान्तअनुसार कामकुरालाई सम्हाल्नुपर्छ। मैले अन्धाधुन्ध आफ्नो न्यायलाई पछ्याउन सक्दिनथेँ। केही मूल्याङ्कनहरू लेख्‍न मैले सिस्टर शियाओलाई चिन्‍ने केही ब्रदर र सिस्टरहरूलाई भनें, अनि तिनले व्यवहारिक काम गर्न कसरी चुकिन् भनेर जब हरेक पंक्तिले बयान गरेको मैले देखेँ, तब म फेरि एकपटक लज्‍जित भएँ। तिनले मलाई सधैँ आफू धेरै हदसम्म व्यवहारिक भएको आभास गराउँथिन्, तर वास्तवमा, तिनले आफ्नो कर्तव्यमा मानिसहरूलाई हुकुम दिने काम गरिरहेकी थिइन्। तिनी बिलकुल व्यवहारिक थिइनन्, वा व्यवहारिक समस्याहरूलाई निराकरण गरिरहेकी थिइनन् अनि तिनले आफ्ना सफलताहरूको मात्र प्रतिवेदन दिन्थिन्। तिनले व्यवहारिक काम गर्न सक्थिन् भनेर मैले सोचेँ तर तथ्यहरूले साँच्‍चै मेरो आँखा खोलिदियो अनि मैले आफू छलिएको महसुस गरेँ। त्यस क्षणमा, मैले आफू के ले बनिएको रहेछु भनी देखेँ। मसित सत्यताको वास्तविकता थिएन वा अरूको बारेमा कुनै भेदशक्ति थिएन। मभित्रको त्यो अहङ्कार मैले जान्‍नुअघि नै खुम्चियो। मैले परमेश्‍वरका वचनहरूको बारेमा सोचेँ: “… अनि दाजुभाइ-दिदीबहिनीहरूलाई विभिन्न व्यक्तिहरू, घटनाहरू, र तिनीहरूको दैनिक जीवनका परिस्थितिहरूको बारेमा कसरी बताउने सो सिक्न अगुवाइ गर्नुपर्छ, यसैले कि तिनीहरूले सत्यताको बुझाइ प्राप्त गरून्, मण्डलीको काममा बाधा पुऱ्याउने र अस्तव्यस्त पार्ने विभिन्न प्रकारका मानिसहरूप्रति कस्तो प्रतिक्रिया दिने, सत्यतालाई कसरी व्यवहारमा अपनाउने त्यो जान्न सकून्, र विभिन्न प्रकारका मानिसहरूसित सिद्धान्त अनुसार व्यवहार गर्न सकून्। यो सबै तेरो जिम्मेवारी हो” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “झूटा अगुवाहरूको पहिचान (२०)”)। मैले पछिल्लो समय त्यसलाई अभ्यासमा लगाउँदा पाएको सकारात्मक नतिजाहरूको बारेमा सोचेँ। ब्रदर र सिस्टरहरू समस्यामा पर्दा हामीले सँगै सत्यतालाई खोजी गर्नुपर्छ र वास्तविक पाठ सिक्‍नुपर्छ भन्‍ने कुरा मलाई थाहा थियो। पछि गएर, हामीले सबै मण्डलीको भेलामा सिस्टर शियाओको व्यवहारको बारेमा छलफल गर्‍यौँ र सबैजना सहमत भए, परमेश्‍वरका वचनहरूअनुसार, तिनी व्यवहारिक काम नगर्ने झुटा अगुवा थिइन्। केही अगुवाहरूले तिनी पहिले केही सक्षम रहेकी महसुस गरेका थिए तर तिनीहरूले सङ्गतिद्वारा नै अगुवाको रूपमा गर्न कसैको योग्यतालाई कसरी जाँच्ने भन्‍ने कुरा सिके। जोशिलो र व्यस्त देखिनु एउटा अगुवालाई जाँच्ने मापदण्ड होइन तर तिनीहरूले व्यवहारिक काम गर्छन् कि गर्दैनन् अनि मण्डलीको वास्तविक समस्याहरू हल गर्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरा हो भनी तिनीहरूले देखे। हामीले तिनको वास्तविक व्यवहारहरूको बारेमा पनि कुरा गर्‍यौँ अनि तिनको स्वभाव र सार तथा तिनले लिइरहेको बाटोको बारेमा सङ्गति गर्न परमेश्‍वरका वचनहरूसित जोड्यौँ। भेदशक्तिलाई विकास गर्दा सबैले त्यसलाई चेतावनीको रूपमा पनि लिन सक्थे। त्यसो गर्दा त्यसले मेरो हृदयमा चैन ल्यायो अनि एउटा अगुवाले ब्रदर र सिस्टरहरूलाई साँचो प्रकारले डोर्याउन र सहायता गर्न कस्तो प्रकारको काम गर्नुपर्छ भन्‍ने कुराको गहिरो बुझाइ पनि मलाई दियो।

पछिल्लो समयमा, ब्रदर र सिस्टरहरूले अगुवाहरूका सबै प्रकारका समस्याहरू मलाई उजुरी गरिररहेका छन्। तीमध्ये कोही मैले केही हदसम्म चिनेका मानिसहरू हुन् तर म पहिले जस्तो हठी भएर अहङ्कारपूर्वक, ढिटपूर्वक आफ्नै बाटोमा गएर मनोमानी ढङ्गले तिनीहरूको न्याय गर्न आफ्नो कथित बुझाइमाथि भर पर्ने आँट गर्दिनँ। मसित अझ उत्तम, शान्त आचरण छ। अनि समस्याहरू आउँदा म त्यति लापरवाह र आफैमा निश्‍चिन्त हुँदिन, तर म व्यवहारिक बुझाइ प्राप्त गर्न र त्यसलाई अरूसित छलफल गर्न अनि परमेश्‍वरका वचनहरू र सिद्धान्तहरूअनुसार सचेत रूपले काम गर्न सक्षम छु। अगुवाको निराकरण र परमेश्‍वरका वचनहरूले न्याय नभएको भए, मैले कहिल्यै आफ्नो अहङ्कार देख्‍ने थिइनँ र मैले कहिल्यै आफूलाई इन्कार गर्ने थिइनँ। मैले कहिल्यै सत्यतालाई खोजी गर्नु र अगुवाको हैसियतले सबै कुरामा सिद्धान्तहरूलाई पछ्याउनु कुराको महत्वलाई महसुस गर्ने थिइनँ। यस प्रकारले निराकरण गरिनुले मेरो जीवनका लागि धेरै सेवा गरेको छ। परमेश्‍वरलाई धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

म अहङ्कारबाट कसरी मुक्त भएँ

सन् २०१९ को जूनमा मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। एक वर्षपछि मैले मण्डली अगुवाको रूपमा मेरो कर्तव्य...

भूकम्पपछि

मैले जुलाइ २०१९ मा सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। पछि, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका धेरै वचनहरू पढेँ, र...

सत्यले मलाई बाटो देखाएको छ

शिझाइ, जापानसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ उसले...

कमजोर क्षमता बहाना होइन

झुइक्‍वी, चीनविगतका समयमा, मैले मेरो कर्तव्य गर्ने समयमा कठिनाइको सामना गर्नु पर्दा, वा मैले नराम्रोसँग काम गर्दा, मेरो क्षमता कमजोर भएर हो...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्