इमानदारी तरिकाले बोल्‍न समस्या हुँदा

2 अप्रिल 2022

मैले सन् २०१७ मा सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गति गर्दाको मेरो समय सामान्यतया सुखद नै हुन्थे किनभने मैले सधैँ यसबाट थप सत्यता र केही कुरा प्राप्त गर्ने गर्थेँ। सुरुमा हामी सबै च्याटमा कुरा गर्थ्यौं, अर्थात्, हामी टाइप गरेर कुराकानी गर्ने गर्थ्यौं। त्यसकारण म कुनै पनि कुरा लुकाउँदिनथेँ, र म परमेश्‍वरका वचनहरूसम्‍बन्धी मेरो बुझाइको बारेमा कुरा गर्न अत्यन्तै इच्‍छुक हुन्थेँ। अगुवाहरूले मसँग राम्रो बुझाइ छ भनेर भन्थे अनि दाजुभाइ-दिदीबहिनीहरूले मलाई आदर गर्थे। तिनीहरूले मेरो सङ्गति सुन्‍न मन पर्छ र मैले अङ्ग्रेजी पनि राम्ररी बोल्‍न सक्छु भनेर भन्थे। तिनीहरूको प्रशंसा सुन्दा म अत्यन्तै हर्षित हुन्थेँ र मैले राम्ररी काम गरिरहेकी छु भन्‍ने लाग्थ्यो। त्यसपछि एक जना सिस्टरले भेलामा हामी भोइस कलबाट बोलौं भनेर भनिन्, अनि मेरा समस्याहरू देखा पर्न थाले।

एक दिन दिउँसोको भेलामा, हामीले परमेश्‍वरका वचनहरू पढिसकेपछि, एकदुई जना सिस्टरहरूले त्यस अनुच्‍छेदको बारेमा आफ्‍नो बुझाइ बताए। तर म नर्भस थिएँ र मैले तिनीहरूको सङ्गति सुनेकै थिइनँ। यसभन्दा पहिले सधैँ लेखेरै कुरा हुन्थ्यो, त्यसकारण भोइसबाट सङ्गति गर्ने मलाई बानी परेकै थिएन। भोइसबाट सङ्गति गर्नु मेरो कमजोर पक्ष थियो। जब लेखेर कुरा गरिन्थ्यो तब मैले मेरा शब्‍दहरू चयन गरेर राम्रो बनाउन सक्थेँ। तर लाइभ च्याटमा बोल्दा, मसँग तयारी गर्ने पर्याप्त समय हुँदैनथ्यो। मसँग परमेश्‍वरका वचनहरूको केही बुझाइ भए पनि, मेरो सङ्गति भताभुङ्ग र लथालिङ्ग हुन्थ्यो, त्यसकारण दाजुभाइ-दिदीबहिनीहरू मप्रति खिन्‍न हुन्छन् भन्‍ने मलाई डर लागेको थियो। सारा समय यही कुराले मेरो मन छोपेको थियो। मैले आफ्‍नो कुरा बताउने कि नबताउने मलाई हिचकिचाहट भइरहेको थियो। मैले बताइन भने, अरूले म सक्रिय रूपमा सहभागी भएकी छैन भन्ने सोच्नेछन् र अगुवा मप्रति खिन्‍न हुनेछन्। तर मैले बताएँ भने, त्यो अचानक हुनेथियो र म राम्ररी बोलिन भने, दाजुभाइ-दिदीबहिनीहरूले मलाई नीच नजरले हेर्नेछन्। यसले तिनीहरूसँगको मेरो राम्रो छविलाई बरबाद गर्नेछ। यी विचारहरूले मलाई यति नर्भस बनायो कि मैले केही बोल्‍नै सकिनँ। म लज्‍जित भएँ, किनभने मलाई विश्‍वासमा ल्याउने सिस्टरहरू भेलामै थिए। मैले सोचेँ, तिनीहरू खिन्‍न भएको हुनुपर्छ किनभने लेखेर कुराकानी गर्दा, मैले असल बुझाइ प्रस्तुत गर्थेँ र म साँच्‍चै नै सक्रिय भएर बोल्थेँ, तर त्यो बेला मैले एक शब्‍द पनि बोलिनँ। एक जना अगुवा, फ्‍लोरा शीले मलाई भनिन्, “सिस्टर वेनिएला, तपाईं केही कुरा बताउन चाहनुहुन्छ? अरू सबैले बताइसक्‍नुभयो। तपाईंले सङ्गति बाँड्न बिर्सिनुभयो?” उनको आवाजको भाव सुन्दा मलाई उनी खिन्‍न छिन् जस्तो लाग्यो। मलाई साँच्‍चै नै अनौठो र लज्‍जित महसुस भयो। मेरो यो कमजोरीलाई लुकाउन र तिनीहरूको नजरमा मेरो छवि कायम राख्‍न, त्यहाँदेखि मैले भेलाभन्दा पहिले सङ्गतिमा केको बारेमा बोल्‍न चाहन्थेँ त्यसबारेमा लेख्‍ने, अनि मेरो पालोमा त्यो पढ्ने निर्णय गरेँ। त्यसपछि म त्यति नर्भस हुँदिनथेँ। तिनीहरूले म राम्रो वक्ता हुँ र मेरो सङ्गति तिनीहरूको लागि स्पष्ट र उपयोगी छ भन्‍ने सोच्नेछन्। मलाई यो राम्रो विचार हो भन्‍ने लाग्यो।

एक दिन साँझ, चीनका एकदुई जना सिस्टरहरूले हाम्रो भेलाको आयोजना गरे। हामी सबैले हाम्रो कुराकानी प्रस्तुत गर्न अङ्ग्रेजी प्रयोग गर्यौं। स्थानीय दाजुभाइ-दिदीबहिनीहरू अत्यन्तै लजाएका थिए किनभने तिनीहरूको अङ्ग्रेजी त्यति राम्रो थिएन, तर तिनीहरूले परमेश्‍वरका वचनहरूसम्‍बन्धी आफ्‍नो बुझाइको बारेमा सङ्गति गर्न सके। मेरो पालो आउँदा, म अत्यन्तै एकाग्र थिएँ र आत्मविश्‍वासले भरिएको जस्तो सुनिएकी थिएँ किनभने मैले सबै कुरा अगाडि नै लेखिसकेकी थिएँ। सङ्गति बाँड्ने अन्तिम व्यक्ति म नै थिएँ। मैले मेरो सङ्गति लेख्‍नको लागि धेरै समय बिताएकी थिएँ र मैले स्वाभाविक शैलीमा बोल्‍ने सक्‍दो प्रयास गरिरहेकी थिएँ ताकि तिनीहरूले मैले पढिरहेकी छु भन्‍ने थाहा नपाऊन्। त्यसपछि, तिनीहरू सबैले मेरो सङ्गतिको तारिफ गरे र यो तिनीहरूको लागि उपयोगी रह्यो भनी भने अनि मेरो अङ्ग्रेजी राम्रो रहेछ भनेर बताए। तिनीहरूको प्रशंसा सुन्दा म मनमनै खुशी थिएँ र मैले तिनीहरूको सम्‍मान पाएकी छु भन्‍ने लाग्यो। त्यसपछि दाजुभाइ-दिदीबहिनीहरूले जब-जब तिनीहरूलाई मेरो सङ्गति राम्रो लाग्यो र म वरदानप्राप्त छु भनेर भन्थे, मैले अनुभव गरेको आनन्द लुकाउन सक्दिनथेँ। त्यसपछि मलाई समूह अगुवाको रूपमा छनौट गरियो। अरूले मलाई के सोच्छन् भन्‍नेबारेमा मैले अझै बढी ध्यान केन्द्रित गरेँ। तर केही समयपछि, अरूले मेरो प्रशंसा गर्दा मलाई ग्‍लानि, अलिक असहज हुन थाल्यो। मैले जे गरिरहेकी थिएँ त्यो गलत हो, मैले तिनीहरूलाई मेरो वास्तविकता देखाइरहेकी छैन भन्‍ने मलाई थाहा थियो। मलाई यो सही छ भन्‍ने लागेन, तर पनि मैले त्यसै गरिरहेँ। भेलाहरूमा मैले साँचो रूपमा अरूको सङ्गति सुनिरहेकी हुँदिनथे। मैले तिनीहरूलाई आफ्‍नो हृदयले अलिकति पनि सुनिरहेकी हुँदिनथेँ, तर म आफ्‍नै बुझाइलाई लेख्‍न व्यस्त हुन्थेँ, परिणामस्वरूप, तिनीहरूको सङ्गति साँचो रूपमा सुन्‍ने मसँग कुनै उपाय नै थिएन। मेरो लागि भेलाहरूको कुनै अर्थ हुँदैनथ्यो। म आफ्‍नो अहम्‌लाई सन्तुष्ट पार्न र मेरो प्रतिष्ठालाई जोगाउन सधैँ राम्रो सुनिने कुराहरू लेख्‍नमा केन्द्रित हुन्थेँ। यसले गर्दा मैले ती सङ्गतिहरूबाट धेरै कुरा पाउन सकिनँ। म परिवर्तन भएर अझै स्वतन्त्रतापूर्वक सङ्गति गर्न चाहन्थेँ, तर मलाई त्यो कदम चाल्‍न डर लाग्यो। यदि मैले अग्रिम रूपमै यी कुराहरू लेख्‍ने गरेको कुरा अरूले थाहा पाए भने, तिनीहरूले मलाई नीच नजरले हेर्छन् र म अत्यन्तै कपटी छु, मैले झूट बोलिरहेकी र छल गरिरहेकी छु भनेर भन्‍न सक्छन् भन्‍ने मलाई डर लागेको थियो। मैले धेरैपटक त्यसो गर्न छोड्न चाहेकी थिएँ किनभने यसले मलाई फाइदा दिएको थिएन, र यसले मलाई असहज स्थितिमा पार्थ्यो, तर त्यो चिन्ताको बोझले मेरो छवि र अरूको आदर पाउने इच्‍छालाई जितेको थिएन। मलाई मेरो इज्‍जत र प्रतिष्ठाको बढी चिन्ता थियो। तर त्यसो गर्दा हरेकपटक, मलाई ठूलो ग्‍लानि हुन्थ्यो। मैले यो मेरो बुझाइलाई अझै स्पष्ट र सटीक रूपमा बताउन गरिरहेकी छु, त्यसरी अरूले मैले भनेको कुरालाई अझै राम्ररी बुझ्‍न सक्छन् भनेर आफैलाई विश्‍वस्त दिलाउने समेत प्रयास गरेँ। मैले आफैलाई यो ठीक छ भनेर भनिरहेँ, तर मेरो असहजता र ग्‍लानिले मलाई सताइरह्यो। मैले के सोचेँ भने, यदि मैले मेरो अहम्‌लाई त्यागेँ र सबैलाई सत्य बताएँ भने, म त्योबाट उम्कन सक्छु। तर मेरो अङ्ग्रेजी त्यति राम्रो छैन भन्‍ने तिनीहरूले थाहा पाए भने, तिनीहरूले मलाई हाँसोमा उडाउनेछन् भन्‍ने लाग्यो। त्यसपछि मैले कसरी तिनीहरूको सामना गर्ने? मैले यो समस्याको बारेमा लामो समय सङ्घर्ष गरेँ, र पनि मैले मेरो हृदय खोल्‍न सकिनँ। अरू के गर्ने भन्‍ने थाहा नभएपछि, मैले मेरो भाषागत सीप बढाउने प्रयास गरेँ। मैले घरमा आफै सङ्गति गरेको अभ्यास गर्थेँ, आफ्‍नो कुरा रेकर्ड गरेर कस्तो सुनिन्छ भनी सुन्थेँ। मलाई लागेको थियो, त्यसरी मेरो बोल्‍ने सीपलाई क्रमिक रूपमा सुधार गर्न सक्छु, त्यसपछि मैले मेरो सङ्गतिलाई अग्रिम रूपमा लेख्‍नु पर्दैन, मैले सीधै बताउन सक्छु। त्यसपछि कसैलाई साँचो कुरा बताउनुपर्ने आवश्यकता हुँदैन। मैले राम्ररी सङ्गति गर्न सकेँ र मेरो अङ्ग्रेजी राम्रो सुनियो भने, मप्रतिको तिनीहरूको आदर कायम रहन्छ। तर मैले जति धेरै अभ्यास गरे पनि, हामी सङ्गतिमा हुँदा मलाई जहिल्यै नर्भस हुन्थ्यो, त्यसकारण सधैँझैँ म मेरो सङ्गति पढेर सुनाउँथेँ। म आफैप्रति खिन्‍न थिएँ र नकारात्मक स्थितिमा अल्झिएकी थिएँ। यसले मेरो कर्तव्यमा पनि असर गरेको थियो। म समूह अगुवाको पदबाट पनि निष्कासित भएँ।

एकपटक भेलामा, एक जना सिस्टरले परमेश्‍वरका वचनहरूको यो खण्ड सुनाइन्: “यदि अरूले तँलाई विश्‍वास गरून् भन्ने तँ चाहन्छस् भने, सर्वप्रथम तँ इमान्दार हुनुपर्छ। इमान्दार व्यक्ति बन्‍न, तैँले आफ्नो हृदय उदाङ्गो पार्नुपर्छ ताकि हरेक व्यक्तिले त्यसभित्र हेर्न सकून्, तैँले के सोँच्दैछस् भनी देख्न सकून्, अनि तेरो साँचो मुहारको झलक पाउन सकून्; तैँले भेष बदल्ने वा आफूले आफूलाई राम्रो भएको भनी प्रस्तुत गर्नु हुँदैन। त्यसपछि मात्र मानिसहरूले तँलाई भरोसा गर्नेछन् र तँलाई इमान्दार मान्नेछन्। यही नै इमान्दार व्यक्तिको सबैभन्दा आधारभूत अभ्यास अनि पूर्वावश्यकता हो। तैँले सधैँ बहाना बनाइरहेको हुन्छस्, सधैँ पवित्रता, सच्चरित्रता, महानताको ढोंग गरिरहेको छस्, र उच्च नैतिक गुणहरूको स्वाङ पारिरहेको छस्। तैँले मानिसहरूलाई तेरा भ्रष्टता र तेरा असफलताहरू हेर्न दिँदैनस्। तैँले मानिसहरू समक्ष झूटो प्रतिरूप प्रस्तुत गर्छस् ताकि तिनीहरूले तँ इमानदार, महान्, आत्मत्यागी, निष्पक्ष र निस्वार्थ छस् भनी विश्‍वास गरून्। यो छलीपन हो। छली भेष प्रयोग नगर्, र ढोंग गर्दै आफूलाई प्रस्तुत नगर्; बरु अन्य व्यक्तिहरूले हेर्नको लागि आफूलाई र आफ्नो हृदयलाई उदाङ्गो पार्। यदि तैँले अन्य व्यक्तिहरूले हेर्नको लागि आफ्नो हृदयलाई उदाङ्गो पार्न सक्छस् भने, र आफ्ना सकारात्मक र नकारात्मक दुवै खालका सोचहरू र योजनाहरू उदाङ्गो पार्न सक्छस् भने, के तँ इमानदार भएको हुँदैनस् र? यदि तैँले अन्य व्यक्तिहरूले हेर्नको लागि आफूलाई उदाङ्गो पार्न सक्छस् भने, परमेश्‍वरले समेत तँलाई हेर्नुहुनेछ र भन्नुहुनेछ, ‘अन्य व्यक्तिहरूले हेर्नको लागि तैँले आफूलाई उदाङ्गो पारेको छस्, त्यसैले अवश्य तँ मेरो अगाडि पनि इमानदार छस्।’ यदि तैँले आफू अन्य व्यक्तिको नजरभन्दा बाहिर भएको बेलामा परमेश्‍वरको अगाडि मात्र आफूलाई उदाङ्गो पार्छस्, र उनीहरूको साथमा भएको बेलामा तँ सधैँ महान र सच्चरित्रवान वा न्यायसंगत र निस्वार्थ भएको बहाना गर्छस् भने, परमेश्‍वरले के सोच्नुहुनेछ र के भन्नुहुनेछ? उहाँले भन्नुहुनेछ, ‘तँ साँच्चिकै छली होस्; तँ विशुद्ध रूपमा पाखण्डी र स्वार्थी होस्; अनि तँ इमान्दार व्यक्ति होइनस्।’ परमेश्‍वरले यसरी तँलाई दोषी ठहराउनुहुनेछ। यदि तँ इमान्दार बन्न चाहन्छस् भने, चाहे परमेश्‍वरको अगाडि हुँदा होस् वा अन्य व्यक्तिहरूको अगाडि हुँदा होस्, तैँले आफूमा प्रकट भएका कुराहरूको बारेमा र तेरो हृदयमा भएका शब्दहरूको बारेमा विशुद्ध र खुलस्त वृतान्त दिन सक्‍नुपर्छ। के यो हासिल गर्न सजिलो छ त? यसको लागि केही समयअवधिको अभ्यासका साथै बारम्बारको प्रार्थना आवश्यक पर्छ; तैँले सबै कामकुराहरूमा सामान्य र खुलस्त रूपमा बोलेर अभ्यास गर्नुपर्छ; तैँले हृदयभित्रबाटै बोल्नुपर्छ। यस प्रकारको अभ्यास गरेर, तँ अगाडि बढ्न सक्छस्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास”)। परमेश्‍वरलाई इमानदार मानिसहरू मन पर्छ, उहाँलाई कुटिल वा कपटी मानिसहरू मन पर्दैन। राम्रो होस् वा कुरूप कुरा होस्, हामीले सङ्गतिमा आफ्‍नो हृदय खोलेर कुरा गर्नुपर्छ, हामी जे होइनौं त्यो बहाना गरेर, मकुन्डो लगाउनु हुँदैन। इमानदार हुनु भनेको त्यही हो। यो पढ्दा मलाई अत्यन्तै पछुतो भयो किनकि म इमानदार व्यक्ति होइन भन्‍ने मलाई थाहा थियो। म साँच्‍चै सबैसँग खुलस्त हुन, मेरो अभिमान र इज्‍जतको चाह त्याग्‍न चाहन्थेँ, तर मैले एकदुईपटक यसो गर्ने प्रयास गरे पनि, कहिल्यै गर्न सकिनँ। मलाई इज्‍जतको धेरै नै माया थियो। म मेरो आफ्‍नै अभिमानको बन्धनमा थिएँ। म पूर्ण रूपमा भ्रष्ट छु भन्‍ने मैले देखेँ। मलाई अत्यन्तै ग्‍लानि भयो र बेचैन पनि भयो। मानिसहरूलाई झूटो सकारात्मकता प्रस्तुत गर्दै, मैले किन सधैँ बहाना बनाइहरेकी थिएँ? मैले किन सत्यताको अभ्यास गर्न सकिनँ? किन मैले परमेश्‍वरमाथिको मेरो विश्‍वासलाई खेर फालिरहेकी थिएँ? के ती सबै भेला र कर्तव्यहरू व्यर्थ थिए? मेरो आफ्‍नै अभिमानको बन्धनबाट म कहिल्यै पनि उम्कनेछैन भन्‍ने लाग्यो। आफूलाई सही स्थितिमा ल्याउन, केही समय हाम्रो समूह छोडेर एकलै समय बिताउन मन लाग्यो, त्यसपछि म भेलाहरूमा फर्केर आउन र यी कुराहरू गर्न छोड्न सक्थेँ। त्यसकारण म समूहबाट निस्किएँ र मैले प्रयोग गर्ने गरेको एकाउन्ट प्रयोग गर्न छोडेँ, किनभने म एकलै रहेर आफ्‍नो बारेमा मनन गर्न चाहन्थेँ। म केही समय साँच्‍चै व्याकुल र हताश भएकी थिएँ, र एकलो पनि भएकी थिएँ। मलाई आफैप्रति खिन्‍न लागेको थियो। मैले विश्‍वास गरेको दुई वर्ष भइसकेको थियो, तर मैले अझै पनि इमानदार भएर मेरो अभिमानलाई त्याग्‍न सकेकी थिइनँ। मप्रति अरूको विचार कस्तो छ भन्नेमा म धेरै चासो राख्थेँ। सत्य जानेर अरूले कस्तो प्रतिक्रिया देलान् भन्‍ने कल्पना गर्दा नै मलाई अत्यन्तै लाज लाग्थ्यो।

त्यो बेला म परमेश्‍वरका वचनहरू पढ्ने बाहेक केही गर्दिनथेँ। एक दिन मैले यो खण्ड देखेँ: “सत्यको पछि लाग्‍नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो, र यो अभ्यास गर्नु वास्तवमा धेरै सजिलो छ। तैँले एक इमानदार व्यक्ति बनेर सत्य बोल्दै र आफ्नो हृदय खोल्दै सुरुवात गर्नुपर्छ। यदि त्यहाँ कुनै कुरा छ जसको बारेमा तँ आफ्ना दाजुभाइ र दिदीबहिनीहरूलाई भन्‍न धेरै अप्ठ्यारो मान्छस् भने, तैँले घुँडा टेकेर प्रार्थनामार्फत त्यो कुरा परमेश्‍वरलाई भन्‍नुपर्छ। तैंले परमेश्‍वरलाई के भन्‍नुपर्छ त? तेरो हृदयमा जे छ त्यो परमेश्‍वरलाई भन्; खोक्रा गफहरू नगर् वा उहाँलाई धोका दिने कोसिस नगर्। इमानदार भएर सुरु गर्। यदि तँ कमजोर भएको छस् भने, म कमजोर भएको छु भन्; यदि तँ खराब भएको छस् भने, म खराब भएको छु भन्; यदि तँ छली भएको छस् भने, म छली भएको छु भन्; यदि तँमा दुष्ट र हानि गर्ने विचारहरू छन् भने, त्यसबारे परमेश्‍वरलाई भन्। यदि तँ सधैं पदका लागि प्रतिस्पर्धा गर्दै छस् भने, उहाँलाई यो कुरा पनि भन्। परमेश्‍वरबाट तँमाथि अनुशासन कारबाही हुन दे; उहाँलाई तेरो निम्ति वातावरण बनाउन दे; परमेश्‍वरलाई तेरा सबै कठिनाइहरू पार गर्न र तेरा सबै समस्याहरू समाधान गर्न तँलाई सहयोग गर्न दे। तैँले आफ्नो हृदय खोल्नुपर्छ; त्यसलाई बन्द नगर्। यदि तैँले उहाँलाई आउन दिइनस् भने पनि उहाँले तँभित्र देख्‍न सक्‍नुहुन्छ। तैपनि, यदि तँ उहाँप्रति खुला भइस् भने, तैँले सत्यता प्राप्त गर्न सक्छस्। त्यसो भए तैँले कुन बाटो रोज्नुपर्छ त? इमानदार हुँदै सुरु गर्, र कुनै पनि हालतमा देखावटी नगर्। हामीले वर्षौंदेखि इमानदार हुने विषयमा सत्यहरू सङ्गति गर्दैआएका छौं, तैपनि आज पनि यहाँ धेरै मानिसहरू छन् जो उदासीन छन्, जो आफ्ना अभिप्राय, चाहना र उद्देश्‍यहरूअनुसार मात्र बोल्छन् र काम गर्छन्, र जसलाई कहिल्यै पश्‍चात्ताप गर्न मन लाग्दैन। के यो इमानदार मानिसहरूको मनोवृत्ति हो त? (होइन।) परमेश्‍वरले मानिसहरूलाई किन इमानदार हुने आग्रह गर्नुहुन्छ? के तिनीहरूलाई नियन्त्रण गर्न सजिलो होस् भनेर हो? (होइन।) इमानदार हुनु भनेको सामान्य हुनु, परमेश्‍वरद्वारा प्रेम गरिनु, र सत्यता प्राप्त गर्नुको सुरुआत हो; र यो मानवता र एक वास्तविक व्यक्तिको स्वरूप हुनुको सबैभन्दा आधारभूत सङ्केत पनि हो। यसर्थ, जो कहिल्यै इमानदार भएको छैन, वा जसले कहिल्यै इमानदार हुने कुरा सोचेको छैन, ऊ सत्यता बुझ्न नसक्‍ने, वा सत्यता प्राप्त गर्न नसक्‍ने व्यक्ति हो। यदि तँ मलाई विश्‍वास गर्दैनस् भने, तँ आफै गएर हेर्, वा गएर आफै अनुभव गर्। तैंले इमानदार हुने अभ्यास गरिस् भने मात्र तेरो हृदय खुल्न सक्छ, र तेरो हृदय खुलेपछि मात्र सत्यता तँभित्र पस्‍न सक्छ, अनि तैँले त्यसलाई बुझ्न र प्राप्त गर्न सक्छस्। यदि तेरो हृदय सधैं बन्द छ, र तँ कहिल्यै कसैसँग सत्य बोल्दैनस्, र तँ सधैं टार्ने र छकाउने खालको हुन्छस् भने, तेरा ती सबै छलबाट के हासिल हुनेछ? तैँले अन्त्यमा आफैलाई नाश पार्नेछस्, र तँ कुनै पनि सत्यता बुझ्न वा प्राप्त गर्न असक्षम हुनेछस्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “जीवन वृद्धिका छ वटा सूचकहरू”)। यसले मलाई के देखायो भने, सत्यता बुझ्‍नु अरू कुनै कुराभन्दा महत्त्वपूर्ण छ, मेरो इज्‍जत र अभिमानभन्दा महत्त्वपूर्ण छ। सत्यता प्राप्त गर्नको लागि, म इमानदार हुन थाल्‍नुपर्थ्यो। एक भनेको एक, दुई भनेको दुई—अबउप्रान्त बहाना बनाउने वा धोका दिन छोड्नुपर्थ्यो। केही समयसम्‍म, मैले बहाना गरिरहेकी थिएँ, अरूलाई धोका दिइरहेकी थिएँ। मैले आफूले बोल्‍न चाहेको कुरा लेख्थेँ, ताकि तिनीहरूले मेरो बुझाइ राम्रो छ र मैले अङ्ग्रेजी राम्रो बोल्छु भन्‍ने सोचून्, र तिनीहरूले मेरो तारिफ गरिरहून्। म ग्‍लानि र चिन्ताले भरिएकी थिएँ, तर दाजुभाइ-दिदीबहिनीहरूको अघि मन खोलेर बताउने साहस मसँग थिएन। तिनीहरूले मेरा अपर्याप्तताहरू देखेको र मलाई नीच नजरले हेरेको, म झूट बोल्‍ने व्यक्ति हुँ भनेर भनेको म चाहँदिनथेँ। तिनीहरूलाई सत्य बताउनुभन्दा हाम्रो समूह छोड्नसमेत मैले चाहेकी थिएँ। म साँच्‍चै नै धूर्त थिएँ। मलाई थाहा भयो, म त्यति धेरै डिप्रेसनमा पर्नु भनेको शैतानले मलाई गरेको हानि हो र यसले पक्‍कै पनि मलाई मेरो जीवन प्रवेशबाट रोकिरहेको छ। यसले मलाई बरबाद समेत गर्न सक्थ्यो। मेरो हृदयमा वास्तवमा के थियो भनी बताउने साहस मसँग हुनुपर्थ्यो ताकि मैले केही इमानदारिताको अभ्यास गर्न सकूँ। सत्य बताउन जति नै अनौठो लागे पनि, म गलत तरिकाले काम गर्नबाट बाहिर निस्‍कनुपर्छ भन्‍ने मलाई थाहा थियो। परमेश्‍वरलाई इमानदार मानिसहरू मन पर्छ र धूर्त मानिसहरूलाई उहाँले घृणा गर्नुहुन्छ। अरूसामु झूटो बहाना बनाउँदै र सीधा कुरा नगरी मैले नाटक गरिरहेकी भए, म अन्धकारमा जिइरहेकी हुन्थेँ र मैले कहिल्यै पवित्र आत्‍माको काम प्राप्त गर्नेथिइनँ। मैले कहिल्यै सत्यता प्राप्त गर्नेथिइनँ। म परमेश्‍वरप्रति पूर्ण रूपमा खुलस्त हुनुपर्थ्यो ताकि उहाँले ममा भएको छललाई समाधान गर्न मलाई सहयोग गर्न सक्‍नुहोस्। मलाई सत्यताको अभ्यास गर्न र इमानदार व्यक्ति बन्‍न अगुवाइ गर्नुहोस् भनेर परमेश्‍वरलाई अनुरोध गर्दै मैले प्रार्थना गरेँ।

पछि, मैले पछि बल्‍ल हाम्रो अगुवा, सिस्टर कोन्‍नीलाई मेरो कुरा खोलेर बताएँ। मैले उनलाई मैले किन समूह त्यागेर मेरो एकाउन्ट बन्द गरेँ सोबारे बताएँ। मेरो कुरा सुनेपछि, सिस्टर कोन्‍नीले भनिन्, “म तपाईंलाई त्यसको निम्ति कहिल्यै नीच नजरले हेर्दिनथेँ, र म तपाईंको इमानदारितालाई साँच्‍चै कदर गर्छु।” उनको कुरा सुन्दा म अत्यन्तै चिन्तामुक्त भएँ। इमानदार बन्‍नु कति राम्रो कुरा हो त्यस कुरालाई मैले साँचो रूपमा अनुभव गरेँ। यो इमानदारिताले मलाई मेरो सबै चिन्ताबाट मुक्त गर्‍यो र मेरा गलत दृष्टिकोणहरू सुधार गर्ने मौका दियो। उनले मलाई यसो भन्दै केही सुझाव पनि दिइन्, मैले परमेश्‍वरका वचनहरूसम्‍बन्धी मेरो बुझाइ बताउँदा, मैले धाराप्रवाह रूपमा बोल्‍नु पर्दैन वा उच्‍च स्तरका सिद्धान्तहरू बताउनु पर्दैन। हृदयबाट निस्केको कुरा बताउनु, इमानदार हुनु नै पर्याप्त हुन्छ। त्यसले परमेश्‍वरलाई आनन्द दिन्छ। मैले उनको सुझाव स्विकारेँ, म यसलाई अभ्यास गर्न तयार छु जस्तो लाग्यो।

पछि, अर्की एक जना सिस्टरले मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड पठाइन्। “धेरै जना मानिसहरूसित सत्यको खोजी गर्नुको साटो तिनीहरूका आ-आफ्नै ससाना एजेन्डाहरू हुन्छन्। तिनीहरूका लागि आफ्नै रुचि, इज्‍जत, र मानिसहरूको नजरमा तिनीहरूले ओगटेको स्थान र प्रतिष्ठा नै धेरै महत्त्वपूर्ण हुन्छन्। तिनीहरूले यिनै कुराहरू मनमा राख्छन्। तिनीहरूको लागि जीवन नै प्रिय हुन्छ र त्यसैमा टाँसिन्छन्। परमेश्‍वरले तिनीहरूलाई कसरी हेर्नुहुन्छ वा व्यवहार गर्नुहुन्छ भन्‍ने कुरा तिनीहरूका निम्ति कम महत्त्वको हुन्छ। अहिलेको लागि तिनीहरूले यसलाई बेवास्ता गर्छन्; अहिलेको लागि तिनीहरू त्यो झुन्डको मालिक हुन् कि होइनन्, मानिसहरूले तिनीहरूलाई हेर्छन् कि हेर्दैनन् वा तिनीहरूले भनेका कुराहरू सुन्छन् कि सुन्दैनन् भन्‍ने कुरा मात्र सोच्छन्। तिनीहरूका लागि यी प्राथमिक महत्त्वका हुन्छन्। जब मानिसहरू झुन्डमा हुन्छन्, प्रायः तिनीहरू सबैले यस प्रकारको प्रतिष्ठा, यस प्रकारका मौकाहरू खोज्छन्। जब तिनीहरू उच्‍च प्रतिभाशाली हुन्छन्, निश्‍चय नै तिनीहरू आफ्नो क्षेत्रमा सफल हुन चाहन्छन्; यदि तिनीहरू मध्यम क्षमताका छन् भने पनि, तिनीहरू झुन्डका अन्य मध्यम क्षमताका व्यक्तिहरू भन्दा उच्‍च स्थानमा रहन चाहन्छन्; र यदि तिनीहरू औसत क्षमता र योग्यताका भएर झुन्डमा निम्‍न स्थानमा छन् भने पनि, अरूले आफूलाई उच्‍च नजरले हेरून् भन्‍ने चाहन्छन्, तिनीहरू अरूले आफूलाई हेला गरून् भन्‍ने चाहँदैनन्। यी मानिसहरूले इज्‍जत र मर्यादामै रेखा खिच्छन्: तिनीहरूले यी कुराहरूलाई नै समातिबस्‍नुपर्छ। तिनीहरूसित कुनै निष्ठा हुन सक्दैन, र न त परमेश्‍वरको स्वीकृति न त सहमति पाएका हुन्छन्, तर झुन्डमा भने तिनीहरूले इज्‍जत, प्रतिष्ठा, र अरूको प्रशंसाको फाइदा उठाउने मौका कहिल्यै गुमाउँदैनन्—जुन शैतानको स्वभाव हो। धेरै मानिसलाई यसबारे केही थाहा हुँदैन। उनीहरू इज्‍जतको टुक्रालाई आखिरीसम्म समातेर राख्‍नुपर्छ भनी विश्‍वास गर्छन्। यी व्यर्थ र सतही कुराहरूलाई पूर्ण रूपमा त्याग्दा र पन्छाउँदा मात्र तिनीहरू संकल्प भएका व्यक्ति बन्छन् भन्‍ने कुरा उनीहरूलाई थाहा हुँदैन। प्रतिष्ठालाई आफ्नो जीवन बनाउने मानिसहरूले आफ्नो जीवन गुमाउँछन्। तिनीहरूलाई कुन कुरा खतरामा छ भन्‍ने थाहा हुँदैन। त्यसैले, जब तिनीहरूले कार्य गर्छन्, तिनीहरूले सधैं केही न केही आफैभित्र रोकेर राख्छन्, तिनीहरू सधैं आफ्नो इज्‍जत र प्रतिष्ठा जोगाउने कोसिस गर्छन्, तिनीहरू यी कुराहरूलाई पहिलो स्थानमा राख्छन्, केवल आफ्नै उद्देश्य, आफ्नै अनुचित सुरक्षाको कुरा मात्र गर्छन्। तिनीहरूले गर्ने सबै काम आफ्नै लागि हुन्छ। तिनीहरू हर उज्‍ज्वल कुराको पछि दौडन्छन्, र अरूलाई तिनीहरू त्यसको एउटा हिस्सा थिए भनी देखाउँछन्। वास्तवमा तिनीहरूसँग त्यसको कुनै सरोकार हुँदैन, तर तिनीहरू कहिल्यै पृष्ठभूमिमा धकेलिन चाहँदैनन्, तिनीहरू सधैं अरू मानिसहरूले तिनीहरूलाई हेला गर्लान् भनी डराउँछन्, तिनीहरू सधैं अरू मानिसहरूले तिनीहरू केही पनि होइनन्, तिनीहरू केही पनि गर्न असमर्थ छन्, तिनीहरूसँग कुनै सीप छैन भन्लान् भनी डराउँछन्। के यो सबै तिनीहरूको शैतानी स्वभावद्वारा निर्देशित छैन र? जब तँ यी सबै कुरा छोड्न सक्छस्, तब तँ भित्री रूपमा धेरै ढुक्‍क र स्वतन्त्र हुनेछस्; तैँले इमानदार हुने बाटोमा पाइला राखेको हुनेछस्। तर धेरैका लागि, यो कुरा हासिल गर्न सजिलो हुँदैन। जब क्यामेरा देखा पर्छ, तिनीहरू उफ्रँदै अगाडि आइपुग्छन्; तिनीहरूलाई आफ्नो अनुहार क्यामेरामा पार्न मन पर्छ, जति धेरै कभरेज हुन्छ उति नै राम्रो ठान्छन्; तिनीहरू पर्याप्त कभरेज प्राप्त नहोला कि भनेर डराउँछन्, र यो प्राप्त गर्ने मौकाका लागि कुनै पनि मूल्य चुकाउँछन्। अनि, के यो सबै तिनीहरूको शैतानी स्वभावद्वारा निर्देशित हुँदैन र? (हुन्छ।) यी तिनीहरूका शैतानी स्वभावहरू हुन्। त्यसरी तैँले कभरेज पाउँछस्—त्यसपछि के हुन्छ? मानिसहरूले तँलाई ठूलो मानिस सोच्छन्—अनि के हुन्छ? तिनीहरूले तँलाई आदर्श बनाउँछन्—अनि के हुन्छ? के यीमध्ये कुनै कुराले तँसित सत्य छ भन्‍ने प्रमाणित गर्छ? यीमध्ये कुनै पनि कुराको मूल्य हुँदैन। जब तँ यी कुराहरूलाई जित्‍न सक्छस्—जब तँ तीप्रति उदासीन हुन्छस्, र अबउप्रान्त तँ ती कुराहरूलाई महत्त्वपूर्ण मान्‍न छोड्छस्, जब इज्‍जत, घमण्ड, प्रतिष्ठा, अरू मानिसहरूले तेरो बारेमा के सोच्लान् भन्‍ने कुराले अबउप्रान्त तेरा विचार र व्यवहार नियन्त्रण गर्न छोड्छन्, र जब यी कुराहरूले तँ आफ्नो कर्तव्य कसरी निर्वाह गर्छस् भन्‍ने कुरालाई नियन्त्रण गर्ने कुनै प्रश्‍न उठ्दैन—तब तेरो कर्तव्य प्रदर्शन अझ प्रभावकारी र अझ शुद्ध हुनेछ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “सत्यता अभ्यास गरेर मात्र व्यक्तिले सामान्य मानवता धारण गर्न सक्छ”)। यस खण्डमा परमेश्‍वरले कसरी मानिसहरूले आफ्‍नो जीवनभन्दा आफ्‍नो इज्‍जत र हैसियतलाई बहुमूल्य ठान्छन्, र कुनै कुराको सामना गर्दा परमेश्‍वरको इच्‍छाको बारेमा नभई आफ्‍नै प्रतिष्ठा, अभिमान र पदको बारेमा विचार गर्छन् भन्‍ने कुरालाई खुलासा गर्नुभएको छ। हामीले बहाना गरेको परमेश्‍वर चाहनुहुन्‍न, र हामीले आफ्नो प्रतिष्ठालाई पहिलो प्राथमिकता दिएको वा मानिसहरूमाझ आफ्नो हैसियत खोजेको उहाँ चाहनुहुन्‍न। त्यो हामीलाई परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सहयोग गर्ने कुरा होइन, र यसले हाम्रो स्वभाव परिवर्तन गर्न वा मुक्ति पाउन सहयोग गर्न सक्दैन। नाम र हैसियत भनेका शैतानले हामीलाई बाँध्‍न प्रयोग गर्ने बन्धन हुन् र यी कुराहरूको पछि लाग्दा यसले हामीलाई झन्-झन् अभिमानी र धूर्त बनाउँछ। त्यसरी हामी परमेश्‍वरको अगुवाइ गुमाउँछौं र अन्तिममा उहाँको मुक्ति पनि गुमाउँछौं। परमेश्‍वरलाई धूर्त मानिसहरू मन पर्दैन र उहाँको अनुमोदन वा अरूको आदर प्राप्त गर्न मानिसहरूले चलाकीको खेल खेलेको उहाँ चाहनुहुन्‍न। हामीले हाम्रो प्रतिष्ठा र हैसियतलाई त्यागेको, सत्यताको पछि लागेको र इमानदार मानिसहरू बनेको उहाँ चाहनुहुन्छ। परमेश्‍वरको अघि होस् वा अरूको अघि होस्, हामी छली वा कपटी हुनु हुँदैन। बारम्‍बार, मैले आफ्‍नो मन खोलेर अरूलाई मेरा समस्याहरू बताउन सकेकी थिइनँ किनभने म मेरो इज्‍जत र अभिमानप्रति अत्यन्तै चिन्तित थिएँ। आफ्नै शैतानी स्वभावको दह्रिलो पकडमा परेर मैले सत्यताको अभ्यास गर्न सकिनँ। इज्‍जत र हैसियतसम्‍बन्धी मेरो इच्‍छा अत्यन्तै दह्रिलो थियो।

पछि, ती सिस्टरले मलाई परमेश्‍वरका वचनहरूको थप खण्डहरू पठाइन्, जुन मेरो लागि विशेष रूपमा उपयोगी भयो। “यी ससाना कृपाहरू वा प्रदर्शन गर्ने कार्य वा भ्रमद्वारा मानिसहरूलाई धोका दिने माध्यमहरू बाहिरबाट हेर्दा यी लागू गर्ने व्यक्तिलाई धेरै फाइदा र सन्तुष्टि दिने देखिए पनि, अहिले जब तँ यसलाई हेर्छस्, तब के यो बाटो लिनु राम्रो हो भनेर भन्छस्? के यो सत्यताको पछि लाग्ने बाटो हो? के यो मुक्ति ल्याउन सक्ने मार्ग हो? स्पष्ट छ, होइन। यी विधिहरू र युक्तिहरू, चाहे जत्तिकै बुद्धिमानीसाथ बनाइएको भए पनि, त्यसले परमेश्‍वरलाई मूर्ख बनाउन सक्दैन, र अन्त्यमा यी सबैलाई परमेश्‍वरले निन्दा गर्नुहुन्छ र घृणा गर्नुहुन्छ, किनकि त्यस्ता व्यवहारहरूको पछाडि व्यक्तिगत महत्वाकांक्षा र आफैलाई उहाँको विरुद्धमा राख्ने आचरण र इच्छाको सार लुकेको हुन्छ। भित्री रूपमा, परमेश्‍वरले त्यस्तो व्यक्तिलाई आफ्नो कर्तव्य पूरा गर्ने व्यक्तिको रूपमा कहिल्यै चिन्नुहुन्न, र बरु तिनीहरूलाई दुष्टको रूपमा परिभाषित गर्नुहुन्छ। दुष्कर्मीहरूसँग व्यवहार गर्ने क्रममा परमेश्‍वरको निष्कर्ष के हुन्छ? ‘हे अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ!’ जब परमेश्‍वरले ‘मबाट दूर होओ’ भन्‍नुभयो, तब उहाँले मानिसहरूलाई शैतानकहाँ, शैतानसँग जम्‍मा हुने ठाउँमा पठाइरहनुभएको थियो, र उहाँले तिनीहरूलाई उप्रान्त चाहनुहुन्‍नथियो। तिनीहरूलाई चाहनुभएन भन्नुको अर्थ उहाँले तिनीहरूलाई मुक्ति दिनुहुनेछैन। यदि तँ परमेश्‍वरको बगालमध्ये एक होइनस् भने, उहाँका अनुयायीहरूमध्ये एक पनि होइनस् भने, तँ उहाँले मुक्ति दिनुहुनेहरूमध्येको एक हुँदैनस्। यस्तो व्यक्तिलाई यसरी नै परिभाषित गरिएको छ(ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरू मानिसहरूलाई जित्ने कोसिस गर्छन्”)। परमेश्‍वरका वचनहरूबाट मैले मानिसहरूको हृदयमा ठाउँ लिन कतिपय मानिसहरू ढोँगी र झूट बन्छन् भन्‍ने देखेँ। तिनीहरूले अरूको सम्‍मान प्राप्त गर्छन् र तिनीहरूका महत्वाकांक्षा र इच्‍छा पूरा हुन्छन् जस्तो देखिन्छ। तर तिनीहरूले अन्त्यमा के पाउँछन्? तिनीहरूले एक क्षणको लागि मानिसहरूलाई मूर्ख तुल्याउन सक्छन्, तर परमेश्‍वरलाई मूर्ख तुल्याउन सक्दैनन्। परमेश्‍वरले हाम्रो मन र मस्तिष्कको कुरा देख्‍नुहुन्छ, र अन्तिममा तिनीहरूले परमेश्‍वरको मुक्ति पाउने मौका गुमाउँछन् र कहिल्यै पनि सत्यता वा परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्दैनन्। परमेश्‍वरका वचनहरू स्पष्ट छन्। सत्यताको पछि नलाग्‍ने र आफ्‍नै धारणाहरू बोकेर हिँड्ने, अरूको हृदयमा ठाउँ लिनेहरूलाई उहाँले घृणा गर्नुहुन्छ। उहाँले तिनीहरूलाई दुष्कर्मीहरूका रूपमा हेर्नुहुन्छ र उहाँले तिनीहरूले गरेका कर्तव्यहरूलाई स्वीकार गर्नुहुन्‍न। मलाई निकै डर लाग्यो। परमेश्‍वरले मलाई त्याग्‍नुहुन्छ, शैतानको हातमा फाल्नुहुन्छ र मैले उहाँको मुक्ति गुमाउनेछु भन्‍ने मलाई डर थियो। मैले साँच्‍चै गलत मार्ग लिएकी छु भन्‍ने मैले थाहा पाएँ। मेरा सबै विचार र कार्यहरू अरूको प्रशंसा र तारिफ पाउनका लागि गरिएका हुन्थे, त्यसकारण मैले परमेश्‍वरको इच्‍छालाई वा मैले त्यसरी व्यवहार गरेर अन्तिममा के पाउनेछु भनेर कहिल्यै विचार गरिनँ। मैले कतिपय मानिसहरूको हृदय जिते पनि, मैले कहिल्यै सत्यता प्राप्त गर्नेथिइनँ किनभने म परमेश्‍वरविरुद्धको मार्गमा थिएँ। यदि मैले त्यो मार्गलाई जारी राखेकी भए, अन्तिममा म बरबाद हुन्थेँ। त्यो विचार गरेपछि, मैले जे गर्दै आएकी थिएँ त्यसलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ र म त्यस कुराको पछि लागेको उहाँ चाहनुहुन्‍न भन्‍ने मलाई थाहा थियो। मैले मेरा भावनाहरू शान्त गर्न सकिनँ। म साँच्‍चै परिवर्तन भएर त्यो स्थितिबाट मुक्त हुन, मेरो साँचो रूपमा आउन, र फेरि कहिल्यै छली नहुन चाहन्थेँ।

पछि, सिस्टर कोन्‍नीले मलाई सङ्गति गर्न र अरूसँग खुल्न, इमानदार बन्‍न प्रोत्साहन दिइन् ताकि मैले केही शान्ति र आनन्द प्राप्त गर्न सकूँ। तर मेरो भ्रष्टता र गल्तीहरूका बारेमा दाजुभाइ-दिदीबहिनीहरूसँग मन खोल्‍ने बारेमा सोच्दा, म साँच्‍चै हिचकिचाएँ। त्यसपछि मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड देखेँ: “समस्या जे भए पनि, उत्पन्न हुने कुनै पनि समस्याको समाधान गर्नका लागि तैँले सत्यताको खोजी गर्नुपर्छ, अनि कुनै पनि प्रकारले आफैलाई फरक रूपमा देखाउने वा अरूको अगाडि झूटो अनुहार धारण गर्ने गर्न सक्दैनस्। तेरा दोषहरू, तेरा कमीहरू, तेरा गल्तीहरू, तेरो भ्रष्ट स्वभाव—ती सबैको बारेमा पूर्ण रूपमा खुला बन्, र ती सबैको विषयमा सङ्गति गर्। ती कुरालाई भित्र लुकाएर नराख्। आफैलाई कसरी खुलस्त बनाउनुपर्छ सो सिक्नु नै सत्यतामा प्रवेश गर्ने तर्फको पहिलो कदम हो, र यो पहिलो बाधा हो, जसमाथि विजय पाउन सबैभन्दा गाह्रो हुन्छ। तैँले यसमाथि विजय पाएपछि, सत्यतामा प्रवेश गर्नु सजिलो हुन्छ। यो कदम उठाउनुले के कुराको सङ्केत गर्छ? यसको अर्थ, तैँले आफ्नो हृदय खोल्दैछस् र तेरा राम्रा वा नराम्रा, सकारात्मक वा नकारात्मक, सबै कुरा देखाउँदैछस्, अरू मानिस र परमेश्‍वरले देख्ने गरी आफैलाई उदाङ्गो पार्दैछस्; परमेश्‍वरबाट केही लुकाएको छैनस्, केही गोप्य कुरा राखेको छैनस्, कुनै कुरालाई ढाकेर राखेको छैनस्, छल र चालबाजीबाट मुक्त छस्, र यस्तै गरी अरू मानिसहरूसँग खुला र इमानदार हुँदैछस्। यस प्रकारले, तँ ज्योतिमा जिउँछस्, र परमेश्‍वरले मात्र तँलाई छानबिन गर्नुहुन्‍न, तर अरू मानिसहरूले पनि तँ सिद्धान्त र केही हदसम्म पारदर्शितासहित काम गर्दछस् भनी देख्न सक्नेछन्। तैँले आफ्‍नै प्रतिष्ठा, आत्मम्‍मान, र हैसियतको लागि कुनै कुरा लुकाउने, कुनै हेरफेर गर्ने, वा कुनै पनि चलाकीहरूको प्रयोग गर्ने गर्नु पर्दैन, र तैँले गरेका जुनसुकै गल्तीहरूमा पनि यही कुरा लागू हुन्छ; त्यस्तो व्यर्थको कार्य अनावश्यक छ। यदि तैँले त्यसो गर्दैनस् भने, तँ सहज र अथक रूपमा, अनि पूर्ण रूपमा ज्योतिमा रहेर जिउनेछस्। त्यस्ता मानिसहरूले मात्रै परमेश्‍वरको स्याबासी पाउन सक्छन्। त्यसपछि, तैँले आफ्‍ना सोचाइ र विचारहरूलाई कसरी विश्‍लेषण गर्ने सो कुरा सिक्‍नुपर्छ। तैँले जे-जस्ता कुराहरू गलत रूपमा गरिरहेको छस्, र तेरा जे-जस्ता बानीबेहोरा परमेश्‍वरले मन पराउनुहुन्‍न, तैँले तिनलाई तुरुन्तै उल्ट्याएर सुधार गर्न सक्‍नुपर्छ। तिनलाई सुधार गर्नुको उद्देश्‍य के हो त? यसको उद्देश्य तँभित्र भएका शैतानको स्वामित्वमा रहेका कुराहरूलाई इन्कार गर्दै र तिनलाई सत्यताले प्रतिस्थापन गर्दै सत्यतालाई स्वीकार गर्नु र अपनाउनु हो। पहिले, तैँले सबै कामकुरा तेरो भ्रष्ट प्रकृति अर्थात् कुटिलपन र छलिपनअनुसार गर्थिस्; तँलाई आफूले नढाँटीकन त कुनै काम पूरा गर्नै सक्दिनँ भन्‍ने लाग्थ्यो। अहिले तैँले सत्यता बुझेको छस् र शैतानको काम गर्ने तौरतरिकाहरूलाई घृणा गर्छस्, तँ अब त्यस तरिकाले कामकुराहरू गर्दैनस्, तँ इमानदारिता, शुद्धता, र आज्ञापालनको मानसिकताका साथ काम गर्छस्। यदि तँ कुनै कुरा पनि लुकाउँदैनस्, बाहिरी खोल ओढ्दैनस्, बहाना गर्दैनस्, झुटो रूप देखाउँदैनस् भने, यदि तँ दाजुभाइ-दिदीबहिनीहरूको सामु आफैलाई उदाङ्गो पार्छस्, तेरा भित्री सोच र विचारहरू लुकाउँदैनस्, बरु अरूलाई तेरो निष्कपट मनोवृत्ति हेर्न दिन्छस् भने, सत्यले बिस्तारै तँमा जरा गाड्नेछ, यो फुल्नेछ र फल्नेछ, र यसले अलिअलि गर्दै परिणाम दिनेछ। यदि तेरो हृदय धेरै नै इमानदार छ, र धेरै नै परमेश्‍वरमा केन्द्रित छ भने र यदि तैँले आफ्नो कर्तव्य पूरा गर्दा परमेश्‍वरको घरको हितको रक्षा गर्न जान्दछस्, यी हितहरूको रक्षा गर्न नसक्दा तँलाई ग्लानि महसुस हुन्छ भने, यो कुरा सत्यले तँमा प्रभाव पारेको छ र त्यो तेरो जीवन बनेको छ भन्‍ने प्रमाण हो(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “सत्यता अभ्यास गर्नेहरू मात्रै परमेश्‍वरको डर मान्‍नेहरू हुन्”)। मैले परमेश्‍वरका वचनहरूले साँच्‍चै नै मानिसहरूलाई परिवर्तन गर्न सक्छ भन्‍ने देखेँ। जब मानिसहरूले आफ्‍नो साँचो भ्रष्टताको बारेमा कसरी खुलेर बोल्‍ने र सत्यताको खोजी गर्ने भन्‍नेबारेमा सिक्छन्, हाम्रो गलत विचार र भ्रष्ट स्वभाव बिस्तारै परिवर्तन हुँदै जान सक्छन्। परमेश्‍वरले मेरो गलत सोचाइको खुलासा गर्नुभयो र नाम र हैसियतसम्‍बन्धी मेरो गलत खोजीलाई प्रकट गर्नुभयो, त्यसपछि अभ्यासको सही मार्ग पत्ता लगाउन उहाँका वचनहरूद्वारा मलाई अगुवाइ गर्नुभयो। मैले अरूसँग मन खोलेर कुरा गर्न, मेरो नाम र इज्‍जतको बारेमा विचार गर्न छोड्न, कपटी, छली, र धूर्त बन्‍न छोड्नको लागि मैले पहिलो कदम लिनुपर्थ्यो। मैले परमेश्‍वरका वचनहरूको अभ्यास गर्दै ती वचनहरूलाई मभित्र मार्गको अगुवाइ गर्न दिनुपर्थ्यो।

त्यो आइतबार बिहान, म सधैँ झैँ भेलामा सहभागी भएँ र म सच्‍चा भएर, सबै जनासँग आफ्नो बुझाइ खुलेर बताउनुपर्छ भनेर मैले आफैलाई भनेँ। मैले प्रार्थना गरेँ, “प्रिय परमेश्‍वर, यसपटक म सत्यताको अभ्यास गर्न चाहन्छु, शैतानका बन्धनहरूबाट मुक्त हुन र मेरो ढोँगीपन र छललाई प्रकट गर्न चाहन्छु। तिनीहरूले मलाई नीच नजरले हेरे पनि म त्यसको वास्ता गर्नेछैनँ। म तपाईंलाई सन्तुष्ट पार्न इमानदार व्यक्ति बन्‍न चाहन्छु। बिन्ती छ मलाई सहयोग गर्नुहोस् ताकि म खुलेर कुरा गर्न र इमानदार बन्‍न सकूँ।” प्रार्थना गरेपछि म अलिक ढुक्‍क भएँ। हाम्रो भेलाको अवधिमा, मैले साँच्‍चै नै परमेश्‍वरका वचनहरूको बारेमा सोचेँ अनि गम्‍भीर रूपमा अरूले आफ्‍नो अनुभव र बुझाइको बारेमा दिएको सङ्गति सुनेँ। मैले त्यो समय आफ्‍नो सङ्गति लेखिरहेकी थिइनँ, र अरू सबैलाई कस्तो सङ्गति मन पर्छ भन्‍ने बारेमा विचार गरिनँ। मैले त्यसो गर्दा, अरूको सङ्गतिबाट नयाँ अन्तर्दृष्टि प्राप्त गरेँ। मेरो पालो आएपछि, मैले मेरो सङ्गति कति राम्रो वा धाराप्रवाह छ भन्‍नेबारेमा विचार गरिनँ र म नर्भस भए पनि, यसले मलाई सङ्गति जारी राख्‍नबाट रोकेन। त्यसपछि मैले मलाई साँचो रूपमा प्रभाव पारेका परमेश्‍वरका वचनहरूको एउटा खण्डको बारेमा कुरा गरेँ। “इमानदारीता भनेको तेरो हृदय परमेश्‍वरलाई दिनु, सबै कुरामा परमेश्‍वरसँग सच्चा हुनु, सबै कुरामा उहाँसँग खुलस्त हुनु, कुनै पनि कुरा कहिल्यै नलुकाउनु, आफूभन्दा माथिका र तलकालाई कहिल्यै धोका दिने प्रयास नगर्नु र कुनै पनि काम परमेश्‍वरको कृपा पाउन चापलुसी गर्नलाई मात्र नगर्नु हो। छोटकरीमा भन्ने हो भने इमानदार हुनु भनेको आफ्ना कार्य र बोलीहरूमा विशुद्ध हुनु हो र परमेश्‍वर वा मानिस कसैलाई पनि धोका नदिनु हो। … यदि तँसँग तैँले बाँड्न नचाहने धेरै गोप्य कुराहरू छन् भने, यदि तँ उज्यालो बाटो खोज्नको लागि आफ्ना गोप्य कुराहरू—आफ्ना अप्ठ्याराहरू—लाई अन्य व्यक्तिहरू समक्ष ल्याउन अत्यन्तै अनिच्छुक छस् भने, म भन्छु तँ सजिलैसँग मुक्ति नपाउने र सजिलैसँग अँध्यारोबाट बाहिर नआउने व्यक्ति होस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तीन अर्तीहरू)। परमेश्‍वरका वचनहरूको यो खण्डलाई मैले मेरो आफ्‍नै अनुभवसँग जोडेँ र अन्त्यमा मेरो प्राणलाई उदाङ्गो पारेर, मेरो सबैभन्दा साँचो रूप तिनीहरू सबैको निम्ति प्रकट गरेँ। तिनीहरूले मेरो बारेमा के भन्छन् भन्‍नेबारेमा मलाई अलिकति पनि चिन्ता थिएन। मैले तिनीहरूलाई भनेँ, “यतिका समय, मैले ठूलो बहाना गर्दै आएकी थिएँ, अङ्ग्रेजी फरर बोलेको बहाना गरिरहेकी थिएँ। साँचो कुरा त के हो भने मैले मेरो सबै सङ्गति अग्रिम रूपमा लेख्‍ने गर्थेँ र मेरो बोलाइ स्वाभाविक सुनियोस् र तपाईंहरू सबैले मलाई राम्रो ठान्‍नुहोस् भनेर रेकर्ड गर्दै अभ्यास समेत गर्थेँ। यो तपाईंहरूको प्रशंसा पाउन, र तपाईंहरूले मलाई उच्‍च नजरले हेर्नुहोस् भनेर थियो। मैले तपाईंहरूलाई छल्दै आइरहेकी थिएँ। …” मैले मेरो हृदयलाई उदाङ्गो पारेपछि तिनीहरूले मलाई नीच नजरले हेर्छन् भन्‍ने ठानेकी थिएँ, तर तिनीहरूले मलाई भने, तपाईंले नराम्रो सङ्गति गर्छु भनेर चिन्ता गर्नु पर्दैन, हामी सबै लगभग उस्तै त छौं। परमेश्‍वर हामी सच्‍चा भएको चाहनुहुन्छ, आफ्‍नो कुरा सिँगार्ने र अव्यवहारिक बनेको होइन। यदि मैले हृदयबाट सङ्गति गरिनँ, र यो शाब्दिक धर्मसिद्धान्त मात्रै थियो भने, त्यसको फाइदा के हुन्थ्यो र? यो कुराले मेरो मन छोयो। तिनीहरूले मलाई नीच नजरले हेरेनन्, र तिनीहरूमध्ये कतिले मेरो अवस्था के थियो भन्‍ने बुझ्‍न सक्छौं भनी भने, मेरो अनुभवले तिनीहरूलाई सहयोग गर्‍यो भनी भने। मेरो लागि यो मनोहर आश्‍चर्य थियो। मेरो भ्रष्टताको बारेमा सबैसँग खुलस्त कुरा गरिसकेपछि, मेरो छातीबाट काँडा निकालिएको जस्तो अनुभव भयो। म बल्‍ल स्वतन्त्र भएँ, र मेरो शैतानी स्वभावको बन्धनबाट मुक्त हुन सकेँ। शैतानले मलाई सत्यताको अभ्यास गर्नबाट रोक्‍न अभिमान र प्रतिष्ठाको प्रयोग गर्‍यो, तर जब मैले परमेश्‍वरका वचनहरूबाट आफ्‍नो बारेमा सिकेँ, इमान्दार व्यक्ति बन्‍ने र खुलस्त कुरा गर्ने अभ्यास गरेँ, मलाई परमेश्‍वरको एक कदम नजिक पुगेजस्तो लाग्यो अनि यसले म र मेरा दाजुभाइ-दिदीबहिनीहरूबीचका शङ्का र बाधाहरू हटायो। मैले लामो समयदेखि आफ्‍नो अभिमानलाई त्याग्‍न वा सत्यता बताउन सकेकी थिइनँ किनभने म परमेश्‍वरको इच्‍छाप्रति नभई मेरो इज्‍जतप्रति अत्यन्तै चिन्तित थिएँ। धेरै लामो समयदेखि, मैले आफ्‍नो अभिमानलाई सन्तुष्ट पार्न र अरूको प्रशंसामा रमाउन छदम्‌ रूप धारण गर्ने निर्णय गरेँ, तर त्यो परमेश्‍वरको चाहना थिएन। वास्तवमा, मैले लामो समयदेखि परमेश्‍वरलाई चोट पुर्‍यार्याउँदै आएकी थिएँ। तर म परिवर्तन भई आउने प्रतीक्षा गर्दै परमेश्‍वर सधैँ क्षमाशील र धैर्य रहनुभयो। परमेश्‍वरको अथाह प्रेमको लागि म अत्यन्तै कृतज्ञ छु।

यो अनुभवले मलाई सत्यताको खोजी गर्नुको महत्त्व सिकायो। शैतानी स्वभावका बन्धनहरूबाट मुक्त हुने एउटै मात्र तरिका भनेको इमानदार व्यक्ति बनेर सत्यताको अभ्यास गर्नु हो। साँचो खुशी र शान्ति प्राप्त गर्ने एउटै तरिका भनेको सत्यताको छनौट गर्नु हो। म अत्यन्तै कुटिल, ढोँगी थिएँ, तर अहिले मैले सत्यताको अभ्यास गर्ने र इमानदार बन्‍ने निर्णय गरेकी छु। मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। मेरो एउटै चाहना भनेको परमेश्‍वरले मलाई अगुवाइ गरिरहनुहोस् भन्‍ने हो, ताकि मैले अझै धेरै सत्यतालाई अभ्यास गर्न सकूँ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

सुसमाचार सुनाउँदाको अनुभव

फुसु, दक्षिण कोरिया मैले सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको कार्य स्वीकारेपछि सुसमाचार सुनाउन थालें। जस्तै कठिनाइहरू आइपरे तापनि म...

मकुन्डो हटाउने मार्ग

तोङशिन्, दक्षिण कोरिया यो वर्ष म मलजल गर्ने समूह अगुवाको रूपमा चुनिएकी थिएँ, र म धेरै वटा समूहको मलजल कार्यको निम्ति जिम्‍मेवार थिएँ। त्यो...

मेरो कर्तव्य कसरी लेनदेन बन्यो

काइना, चीन अप्रिल २०१७ मा, म उच्च रक्तचापबाट पीडित थिएँ, त्यसैले म घर गएर आराम गर्न सकूँ भनेर अगुवाले मेरो कर्तव्य स्थगित गरिदिनुभयो। म...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्