एउटा सानो कुराले मेरो छलीपन प्रकटित भयो
झाङ दी, चीनसन् २०२३ को नोभेम्बरको अन्त्यमा, मैले केही मण्डलीहरूमा मलजल गर्ने कामको निरीक्षण गर्न दुई जना सिस्टरहरूसँग सहकार्य गरें। हरेक...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
२०२१ को मे महिनाको कुरा हो, एक दिन हामीले ब्रदर लुकाले एकल गीत गाउँदै गरेको म्युजिक भिडियो छायाङ्कन गरिरहेका थियौँ र मचाहिँ स्टेज लाइटिङमा काम गरिरहेको थिएँ। सुरुमा मैले निकै ध्यान दिइरहेको थिएँ, र सुरुका केही शटमा कुनै समस्या भएन, त्यसैले मैले बिस्तारै कम ध्यान दिँदै गएँ। हामीले लगभग छायाङ्कन सकिसकेका बेला निर्देशकले एउटा शट केही फरक शैलीमा लिन चाहे। मैले ध्यान दिइरहेको थिइनँ, त्यसैले हामीले रोलिङ गर्न थाल्दा म अझै अर्को मनिटर हेरिरहेको थिएँ, र लुका लाइटको क्षेत्रबाट बाहिर आएको मैले यादै गरिनँ। मैले हतपत्त लाइट मिलाउन खोजे पनि ढिलो भइसकेको थियो, र यसले गर्दा लुकाको टाउको लाइट बाहिर अनि फेरि भित्र भयो। त्यो शट काम नलाग्ने भयो। सामान्यतया स्टेजमा समस्या हुँदा हामीले निर्देशकलाई तुरुन्तै अर्को टेक गरौं भन्नुपर्ने हो, तर मैले वाकीटकी मात्र समातिरहेँ, मुख खोल्न डराएँ। शब्दहरू घाँटीमै अड्किए र मनमा एकदमै अन्तर्द्वन्द्व चल्यो। मैले सोचेँ, यहाँ निर्देशक मात्र छैनन्, अरू धेरै ब्रदर-सिस्टरहरू पनि छन्। यदि मैले यस्तो मामुली गल्ती गरेको बताएँ भने तिनीहरूले मलाई के सोच्लान्? के तिनीहरूले म आफ्नो कर्तव्यमा लापरबाह छु भनेर नभन्लान् र? त्यो त साह्रै लाजमर्दो हुनेछ! तर मैले केही भनिनँ भने कर्तव्य निर्वाह नगरेको हुनेछ। सम्पादनमा त्यो फुटेज प्रयोग गरिएमा त्यसले भिडियोको गुणस्तरमा प्रत्यक्ष असर पर्नेछ। भनूँ कि नभनूँ भनी मनमा द्वन्द चलिरहेको बेला निर्देशकले यसो भनेको सुनेँ, “यो त राम्रो भयो, अब अर्को गरौँ।” मैले यसो हेरेँ, छायाङ्कन गर्ने ब्रदर पहिले नै अर्को ठाउँ सरेर पर्खेर बसिरहेको देखेँ, त्यसैले मैले यसो सोच्दै आफैलाई सान्त्वना दिन थालेँ, “छायाङ्कन सकिसक्यो, अब अहिले आएर मैले यो कुरा बताएमा सबैले आफ्नो उपकरण फेरि पहिलेकै ठाउँमा ल्याएर मिलाउनुपर्ने हुन्छ र त्यो निकै झन्झटिलो हुनेछ। मैले यो बताउनुहुँदैन, आखिर यो दुईमध्ये एक शट त हो नि र सायद त्यसको प्रयोग पनि नहोला। यसबाहेक, मान्छेहरूले ध्यान दिएर हेरेनन् भने त्यो देख्दा पनि देख्दैनन्।” मैले यो कुरा मनभित्र खेलाइरहेँ, तर अन्तिममा चुप लाग्ने निर्णय गरेँ। छायाङ्कनपछि मलाई ग्लानिले सताइरह्यो, मैले सोचेँ, “के म जानीजानी छली भइरहेको छुइनँ र? म मानिसलाई त छल गरूँला, तर परमेश्वरलाई छल गर्न सक्छु र?” त्यसैले मैले निर्देशकलाई भेटेर आफ्नो गल्ती बताएँ। उनले भने, “हामीले शुटिङ सकिसक्यौँ र सबैजनाले आफ्नो सरसामान प्याक गरिसके। अहिले आएर भन्नुको के फाइदा भयो र? त्यतिबेला किन नभन्नुभएको? पहिल्यै बताउनुभएको भए फेरि शट लिन समय नै लाग्ने थिएन।” निर्देशकको अनुहारमा खिन्नता देखेर मलाई झन् नराम्रो लाग्यो र आफैलाई थप्पड हान्न मन लाग्यो। सबैको अगाडि आफ्नो गल्ती स्वीकार गर्न मलाई किन यति गाह्रो भएको? इमानदार हुन मलाई किन यत्रो सङ्घर्ष गर्नुपरेको? यो पीडा बोकी परमेश्वरसामु आएर मैले प्रार्थना गरेँ: “हे परमेश्वर, मैले कर्तव्यको दौरान गल्ती गरेँ, अनि सबैले मेरो आलोचना गर्लान् र मलाई तुच्छ ठान्लान् भन्ने डरले मैले उनीहरूको अगाडि गल्ती स्वीकार गर्ने हिम्मत गरिनँ। अहिले म ग्लानिमा डुबेको छु। बिन्ती छ, मलाई आत्मज्ञानमा मार्गदर्शन गर्नुहोस्।”
त्यसपछि मैले परमेश्वरका वचनले यसो भनेको भेटें: “मानिलिऊँ तैँले दुइटा मार्गमध्ये एउटा रोज्नुपर्यो। एउटा इमानदार व्यक्ति बन्ने, सत्य बोल्ने र मनमा जे छ त्यो भन्ने, आफ्नो मनको कुरा अरूसँग बाँड्ने, वा आफ्ना गल्ती स्वीकार गर्ने र यथार्थलाई जस्ताका तस्तै बताउने, अरूलाई आफ्नो भ्रष्ट कुरूपता देखाउने र आफ्नै व्यक्तित्वलाई लज्जित तुल्याउने बाटो हो। अर्को चाहिँ परमेश्वरका लागि शहिद हुन आफ्नो ज्यान दिने र मरेपछि स्वर्गको राज्यमा प्रवेश गर्ने बाटो हो। तँ कुन मार्ग रोज्छस्? कसै-कसैले यसो भन्लान्, ‘म परमेश्वरका लागि आफ्नो जीवन त्याग गर्ने मार्ग रोज्छु। म उहाँका लागि मर्न इच्छुक छु; मृत्युपछि म मेरो इनाम पाउनेछु, र स्वर्गको राज्यमा प्रवेश गर्नेछु।’ सङ्कल्प भएकाहरूले एउटै जोडदार प्रयासमा परमेश्वरका लागि आफ्नो जीवन अर्पण गर्न सक्छन्। तर के यस्तो प्रयासले सत्यता अभ्यास गर्न र इमानदार व्यक्ति बन्न सकिन्छ? सकिँदैन, दुई प्रयासमा पनि सकिँदैन। केही गर्दा यदि तँसँग इच्छा छ भने, तैँले यो एकै प्रयासमा राम्रोसँग गर्न सक्छस्; तर बिनाझूट एकपल्ट सत्य बोल्दैमा तँ सधैँका लागि इमानदार व्यक्ति बन्दैनस्। इमानदार व्यक्ति बन्न तेरो स्वभाव परिवर्तन हुनु आवश्यक छ, र यसका लागि दस वा बीस वर्षको अनुभव चाहिन्छ। तैँले इमानदार व्यक्ति बन्ने मानक पूरा गर्न सक्नुअघि झूट र छलकपटको आफ्नो छली स्वभाव त्याग्नैपर्छ। के यो सबैका निम्ति गाह्रो छैन त? यो ठूलो चुनौती हो। परमेश्वर अब मानिसहरूको एउटा समूहलाई सिद्ध पार्न र प्राप्त गर्न चाहनुहुन्छ, अनि सत्यता पछ्याउने सबैले न्याय र सजाय, परीक्षा र शोधन स्वीकार गर्नैपर्छ, जसको उद्देश्य तिनीहरूका छली स्वभावहरू हटाउनु र तिनीहरूलाई परमेश्वरमा समर्पित हुने इमानदार मानिस बनाउनु हो। यो एकै प्रयासमा हासिल गर्न सकिने कुरा होइन; यसका लागि साँचो विश्वास चाहिन्छ र व्यक्तिले यो प्राप्त गर्नुअघि कैयौँ परीक्षा र धेरै शोधन भोग्नैपर्छ। मानौँ परमेश्वरले तँलाई अहिले इमानदार व्यक्ति बन्न र कुनै कुराबारे साँचो बोल्न भन्नुहुन्छ, जसमा तथ्यहरू, वा तेरो भविष्य र तेरो नियति समावेश छन्। तैँले त्यसो गर्नुका परिणामहरू तेरो फाइदामा नहुन सक्छन्: यस्तो हुन सक्छ कि अरूले उप्रान्त्त तँलाई उच्च नठान्लान्, र तँलाई तेरो ख्याति नष्ट भएको महसुस होला। यस्ता परिस्थितिहरूमा, के तँ स्पष्ट हुन र साँचो बोल्न सक्थिस्? के तँ इमानदार हुन सक्थिस्? यो गर्न सबैभन्दा कठिन कुरा हो, आफ्नो जीवन त्याग्नुभन्दा धेरै कठिन। तैँले यसो भन्लास्, ‘म परमेश्वरका लागि मर्न सक्छु, तर यदि परमेश्वरले मलाई साँचो बोल्न लगाउनुहुन्थ्यो भने, म त्यो गर्न सक्नेथिइनँ। म इमानदार व्यक्ति बन्न पटक्कै चाहन्नँ। सबैले मलाई हेयको नजरले हेर्न दिनुभन्दा, सबैले म एक साधारण व्यक्ति मात्रै हुँ भनी देख्न दिनुभन्दा म बरु मर्न रुचाउँछु।’ यसबाट के देख्न सकिन्छ भने, मानिसहरूले सबैभन्दा धेरै मूल्यवान् ठान्ने कुरा अझै पनि हैसियत र ख्याति हो—तिनीहरू यी कुराहरूलाई आफ्नो जीवनभन्दा पनि धेरै मूल्यवान् ठान्छन्। तिनीहरू अझै पनि शैतानी स्वभावहरूमाझ जिउँछन्, र तिनीहरूको हृदय अझै पनि शैतानद्वारा नियन्त्रित छ भन्ने कुरा स्पष्ट छ। यदि तिनीहरूले ठूलो खतरा सामना गरे भने, तिनीहरूले एकै पटकको प्रयासमा आफ्नो ज्यान जोखिममा पार्न सक्लान्, तर तिनीहरूका लागि हैसियत र ख्याति त्याग्न सजिलो छैन। परमेश्वरमा विश्वास गर्ने मानिसहरूको हकमा चाहिँ जीवन दिनु नै सबैभन्दा महत्त्वको कुरा हुँदैन। परमेश्वर मानिसहरूले सत्यता स्विकारून् र उनीहरू आफ्नो हृदयमा जे छ त्यही कुरा भन्ने साँच्चै इमानदार व्यक्ति बनून्, सबैसामु खुलस्त होऊन् र आफूलाई उदाङ्गो पारून् भन्ने माग गर्नुहुन्छ। के त्यो गर्न सजिलो छ र? (छैन।) परमेश्वरले वास्तवमा तँलाई तेरो जीवन बलिदान गर्न भन्नुहुन्न। के तेरो जीवन परमेश्वरले दिनुभएको होइन र? तेरो जीवन परमेश्वरका लागि के कामको हुनेछ? परमेश्वरले यो चाहनुहुन्न। उहाँले तैँले साँचो बोलेको, तँ कस्तो व्यक्ति होस् अनि तँ तेरो हृदयमा के सोच्छस् भनी भनेको चाहनुहुन्छ। के तँ यी कुराहरू भन्न सक्छस्? यहाँ, कुराहरू अझै कठिन हुन्छन्, अनि तैँले यसो भन्छस् होला, ‘मलाई केही गाह्रो काम गर्न लगाउनुहोस्, अनि त्यो गर्न मसित शक्ति हुनेछ। मलाई आफ्ना सबै सम्पत्ति बलिदान गर्न लगाउनुहोस्, म त्यो गर्न सक्छु। म आफ्ना आमाबुबा र छोराछोरी, मेरो विवाह र करियर सबै सजिलै त्याग्न सक्छु। तर मलाई हृदयबाट एउटा कुरा भन्न लगाउनु वा एउटा इमानदार वाक्य बोल्नु—त्यो एउटै कुरा म गर्न सक्दिनँ।’ तैँले त्यो गर्न नसक्नुको कारण के हो? कारण हो, तैँले त्यो गरिसकेपछि, तँलाई चिन्ने वा तँसित परिचित हुने सबैले तँलाई भिन्नै प्रकारले हेर्नेछन्। तिनीहरूले तँलाई मान गर्नेछैनन्। तैँले आफ्नो इज्जत गुमाएको हुनेछस् र तँ पूरै अपमानित भएको हुनेछस्, अनि तेरो निष्ठा र मर्यादा अबउसो हुनेछैन। अरूको हृदयमा रहेको तेरो उच्च हैसियत र प्रतिष्ठा पनि रहनेछैनन्। त्यसकारण, त्यस्ता परिस्थितिहरूमा, जेसुकै भए पनि, तैँले सत्य बोल्नेछैनस्। जब मानिसहरूले यो कुरा सामना गर्छन्, तब तिनीहरूको हृदयमा एउटा लडाइँ चल्छ। जब त्यो लडाइँ समाप्त हुन्छ, तब कतिपयले आफ्ना कठिनाइहरूदेखि अन्ततः पार गर्छन्, जबकि अरू आजको दिनसम्म पनि आफ्ना शैतानी स्वभावहरूको बन्धन र नियन्त्रणबाट मुक्त भएका छैनन्, अनि तिनीहरू अझै आफ्नो हैसियत, अभिमान, आडम्बर, र कथित मर्यादाद्वारा नियन्त्रित नै हुन्छन्। यो कठिनाइ हो, होइन र? इमानदारीपूर्वक बोल्नु र सत्य बोल्नु कुनै ठूलो कुरा होइन, तैपनि परमेश्वरका निम्ति आफूलाई अर्पित गर्ने, आफूलाई समर्पित गर्ने र आफ्नो जीवन व्यतित गर्ने गम्भीर शपथ खाएका यति धेरै वीर, यति धेरै मानिस, अनि परमेश्वरलाई भव्य कुराहरू भन्ने यति धेरै मानिस यसले गर्दा अकमक्क परेका छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। उचित रूपमा कर्तव्य पूरा गर्न सद्भावपूर्ण सहकार्य चाहिन्छ)। परमेश्वरका वचनहरूले मेरो साँचो स्थिति वर्णन गरे। मैले आफ्नो इज्जत र हैसियतलाई एकदमै धेरै महत्त्व दिएँ। सबैको अघि आफू नराम्रो देखिने डरले मैले आफ्नो गल्ती स्विकार्न एक शब्द पनि बोल्न सकिनँ। त्यति मामुली गल्ती गर्न सक्ने मलाई सबैले आफ्नो काम नगरिरहेको भन्लान् भन्ने डर लाग्यो। कस्तो लाजमर्दो! आफ्नो छवि र हैसियत जोगाउन मैले मेरो गल्ती ढाकछोप गरेँ, अनि मैले यसबारे केही भनिनँ भने कसैले थाहा पाउँदैन र मेरो आलोचना पनि हुँदैन भन्ने सोचेँ। यसबाट मेरो सान र छवि पनि जोगिने थियो। मलाई यसबारे ग्लानि र असहज महसुस भएको भए पनि मैले आफ्नो मन बुझाउने बहाना खोजेँ: “यो एउटा टेक त हो नि, तिनीहरूले सायद प्रयोग पनि गर्दैनन् होला।” के मैले आफैलाई र अरूलाई ढाँटिरहेको थिइनँ र? यस्तो सोच आउँदा केवल आफ्नो इज्जत र हैसियत जोगाउन ब्रदर-सिस्टरहरूलाई धोका दिएकोमा मलाई ठूलो पछुतो भयो। त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मैले आफ्नो गल्ती स्वीकार गरिनँ किनकि म आफ्नो इज्जत र हैसियत जोगाउन चाहन्थेँ। त्यो तपाईंको इच्छासित मेल खाँदैन भनेर मलाई थाहा छ, तर मलाई दियाबलसले बहकाएजस्तो भयो र म आफ्नो भ्रष्ट स्वभावबाट उम्कन सकिनँ। हे परमेश्वर, बिन्ती मलाई मार्गदर्शन गर्नुहोस् र म आफ्नो भ्रष्ट स्वभावका बाधा बन्धनहरूबाट मुक्त हुन सकूँ।”
त्यसपछि, मैले परमेश्वरका वचनका एकदुई खण्ड पढेँ जसले मलाई अभ्यासका केही मार्ग प्रदान गरे। परमेश्वर भन्नुहुन्छ: “इमानदार मानिसहरू मात्रै स्वर्गको राज्यमा सहभागी हुन सक्छन्। यदि तँ इमानदार व्यक्ति बन्ने प्रयास गर्दैनस् भने, यदि तँ सत्यता पछ्याउने दिशामा अनुभव र अभ्यास गर्दैनस् भने, र यदि तँ आफ्नो कुरूपता खुलासा गर्दैनस् भने, र यदि तँ आफूलाई उदाङ्गो पार्दैनस् भने, तैँले कहिल्यै पवित्र आत्माको काम वा परमेश्वरको अनुमोदन प्राप्त गर्न सक्नेछैनस्। तैँले जेसुकै गरे पनि वा जुनसुकै कर्तव्य निर्वाह गरे पनि, तँसित इमानदार मनोवृत्ति हुनैपर्छ। इमानदार मनोवृत्तिबिना, तैँले आफ्नो कर्तव्य राम्रोसित पूरा गर्न सक्दैनस्। यदि तैँले सधैँ झाराटारुवा शैलीमा कर्तव्य निर्वाह गर्छस्, र तँ कुनै काम राम्रोसित गर्न असफल हुन्छस् भने, तैँले आत्मचिन्तन गर्नुपर्छ, र आत्म-चिरफार गर्नका लागि तँ खुलस्त हुनुपर्छ। त्यसपछि, तैँले सत्यता सिद्धान्तहरू खोजी गर्नुपर्छ र झाराटारुवा हुनुको सट्टा अर्कोपल्ट अझ राम्रो गर्ने प्रयास गर्नुपर्छ। यदि तँ इमानदार हृदयसहित कोसिस गर्ने र परमेश्वरलाई सन्तुष्ट तुल्याउने गर्दैनस्, अनि सधैँ आफ्नो देह वा आफ्नै आडम्बरलाई सन्तुष्ट पार्न खोज्छस् भने, के तैँले राम्रो काम गर्न सक्नेछस् र? के तैँले आफ्नो कर्तव्य राम्रोसित पूरा गर्न सक्नेछस्? निश्चय नै सक्नेछैनस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास)। “यदि गल्ती गरिसकेपछि, तैँले यसलाई सही तरिकाले लिन सक्छस्, र अरू सबैलाई यसबारे कुराकानी र टीकाटिप्पणी गर्न, यसलाई खुट्ट्याउन दिन सक्छस्, र तैँले यसलाई चिरफार गर्न र अरूले देख्नेगरी उदाङ्गो पार्न सक्छस् भने, तेरो बारेमा सबैको राय के हुनेछ? तिनीहरूले पक्कै पनि तँ इमानदार व्यक्ति होस् भन्नेछन्, किनकि तेरो हृदय परमेश्वरका लागि खुला छ, साथै तेरा कार्य र व्यवहारमार्फत, तिनीहरूले तेरो हृदय छर्लङ्ग देख्न सक्छन्। तर यदि तैँले भेष बदल्ने र सबैलाई धोका दिने कोसिस गरिस् भने, तिनीहरूले तँलाई कम आँक्नेछन्, अनि तँ मूर्ख र निर्बुद्धि व्यक्ति होस् भनेर भन्नेछन्। यदि तैँले नाटकबाजी गर्ने वा आफूलाई सही ठहराउने कोसिस गरिनस् भने, यदि तैँले आफ्नो गल्ती स्विकार्न सकिस् भने, सबैले तँ इमानदार र बुद्धिमान् छस् भन्नेछन्। अनि कुन कुराले तँलाई बुद्धिमान् बनाउँछ? सबैले गल्ती गर्छन्। सबैमा कमीकमजोरी र खोटहरू हुन्छन्। अनि सबैमा उस्तै भ्रष्ट स्वभावहरू हुन्छन्। आफूलाई अरूभन्दा कुलीन, सिद्ध, र दयालु नठान्; त्यसरी सोच्नु अत्यन्तै समझविहीन हुनु हो! जब तैँले मानिसहरूका भ्रष्ट स्वभावहरू र तिनीहरूको भ्रष्ट सारको साँचो मुहार स्पष्ट रूपमा देख्न सक्छस्, र तैँले आफ्नै गल्तीहरू ढाकछोप गर्न खोज्दैनस्, अरू मानिसहरूका गल्तीहरूलाई तिनीहरूको विरुद्धमा प्रयोग गर्दैनस्, र दुवैलाई सही तरिकाले लिन सक्छस्, तब मात्रै तैँले कामकुरालाई गहिराइमा देख्नेछस् र मूर्खतापूर्ण कामहरू गर्नेछैनस्, र तँ एक बुद्धिमान् व्यक्ति बन्नेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आत्मआचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। मैले परमेश्वरका वचनहरूबाट के सिकेँ भने सबैले आ-आफ्नो कर्तव्यको सिलसिलामा गल्ती गर्छन्। यो सामान्य कुरा हो। हामीले यी कुरालाई ढाकछोप गर्नु हुँदैन, हामीले सेतोलाई सेतो र कालोलाई कालो नै भन्नुपर्छ, आफ्ना गल्तीहरूको जिम्मेवारी लिन अग्रसर हुनुपर्छ, र आफ्ना भ्रष्टता र कमीकमजोरीबारे अरूसित खुलेर कुरा गर्नुपर्छ। हामीले आफ्नो इज्जत र हैसियत जोगाउने बारेमा मात्र चिन्ता गर्नु हुँदैन, बरु परमेश्वरले चाहेअनुसार इमानदार मानिस बन्नुपर्छ। त्यो मात्र चरित्रवान् र मर्यादित जीवन जिउने अनि परमेश्वरको अनुमोदन र आशिष् प्राप्त गर्ने मार्ग हो। तर मैले आफ्नो कर्तव्य निर्वाह गर्दा अरूले मेरो बारेमा के सोच्लान् भन्ने कुरामा धेरै वास्ता गर्थें, सधैँ आफ्नो हैसियत र छवि कायम राख्न चाहन्थेँ। यसले गर्दा म आफूले गरेको जुनसुकै गल्तीलाई पनि सधैँ ढाकछोप गर्न चाहन्थेँ, ती गल्ती अरूले थाहा पाउलान् कि भनेर सधैँ डराउँथेँ। आफूलाई दोषी महसुस हुँदासमेत त्यसबारे इमानदारीसाथ बताउन आँट गरिनँ। यसले मण्डलीको काममा पुर्याउन सक्ने क्षतिबारे मैले केही सोचिनँ। आफ्नो कर्तव्य निर्वाह गर्दा मैले मण्डलीका हित रक्षा गरिरहेको थिइनँ, र म फिटिक्कै इमानदार थिइनँ। यसरी नै म अघि बढिरहेको भए मैले उचित रूपमा आफ्नो कर्तव्य कसरी पूरा गर्न सक्थेँ र? त्यो कुरा महसुस हुँदा मलाई एकदमै ग्लानि भयो र मैले कर्तव्य पालन गर्ने मेरो स्थिति सुधार्न चाहेँ।
त्यसपछि, छायाङ्कनको काममा मैले कहिलेकाहीँ गल्ती गर्दा र त्यसलाई भन्ने कि नभन्ने भनी मनमा द्वन्द्व चल्दा मैले केवल अरूको नजरमा आफ्नो हैसियत र छवि जोगाउन खोजिरहेको छु भनी सचेत हुन्थेँ। सबैसामु आफ्नो गल्ती स्विकार्न सकूँ भनेर परमेश्वरलाई प्रार्थना गर्थें, सत्यता अभ्यास गर्न र इमानदार व्यक्ति बन्न उहाँको मार्गदर्शन माग्थेँ। मैले त्यसो गर्दा ब्रदर-सिस्टरहरूले मलाई दोष दिएनन्, बरु मेरो गल्तीलाई उचित रूपमा सम्हाले। मलाई आफू व्यावहारिक बनेको महसुस भयो, र मैले सत्यता अभ्यास गर्दा प्राप्त हुने शान्ति र आनन्द अनुभूति गरेँ।
एक दिन हामी अर्को एकल भिडियोमा काम गरिरहेका थियौँ। हामीले छायाङ्कन सुरु गर्नुअघि निर्देशकले लाइटहरू तयार छन् कि छैनन् भनेर सोधे। मैले सबै लाइटहरू पहिले नै चेक गरेजस्तो लाग्यो, त्यसैले मैले निर्धक्कसाथ भनेँ, “सबै ठीक छन्, सुरु गर्दा हुन्छ!” तर एक शटपछि मैले केही लाइटहरू अन गर्न बिर्सेको रहेछु भनेर थाहा पाइहालेँ। म आत्तिएँ। म यसबारे भन्न चाहन्थेँ तर हिचकिचाएँ, र सोचेँ, “शुटिङ सुरु हुनुअघि मैले सबै कुरा तयार छन् भनेर सबैलाई ढुक्क बनाएको छु, अब अहिले आएर मबाट गल्ती भएको बताएँ भने तिनीहरूले मलाई के सोच्लान्? तिनीहरूले ममाथिको विश्वास पो गुमाउँलान् कि? लाइटहरू अन गर्न बिर्सनु सिकारू व्यक्तिले गर्ने गल्ती थियो। मैले यो स्वीकार गरेँ भने फेरि आफ्नो अनुहार कसरी देखाउनु? के ब्रदर-सिस्टरले मलाई यति सामान्य काम पनि गडबड गर्ने बेकारको व्यक्ति ठान्नेछैनन् र?” केहीबेर मेरो मनमा असाध्यै अन्तर्द्वन्द्व चल्यो, र मलाई फलामे किलाको ओछ्यानमा सुतिरहेको छु कि जस्तो लाग्यो। म आफूले गल्ती गरेको कुरा स्विकार्न चाहन्थेँ, तर हामीले थुप्रै शटहरू लिइसकेका थियौँ। अहिले आएर मैले लाइटिङमा समस्या रहेको बताउँदा अरू सबैले तुरुन्तै बताइहाल्नुको सट्टा अहिलेसम्म किन पर्खिबसेको भनेर मेरो आलोचना गर्लान् भनेर म डराएँ। निकै सोचविचार गरेपछि मैले हल निकालेँ: म शुटिङ सकुञ्जेल कुर्छु र त्यसपछि भिडियो सम्पादन गर्ने ब्रदरकहाँ एक्लै गएर कुरा गरी लाइटिङ मिलाइदिन अनुरोध गर्छु। त्यसो गर्दा मैले आफ्नो गल्ती सबैको सामु स्विकार्नु पर्दैन। यसबाट यो भिडियोको गुणस्तरमा प्रभाव पनि पर्नेछैन, र मेरो इज्जत र हैसियत पनि बच्नेछ। त्यसैले छायाङ्कन सकिएपछि म सम्पादन गर्ने ब्रदरकहाँ गएँ, र यसलाई हल्कासित यसरी बताएँ: “मलाई पहिलो शटमा लाइटिङमा समस्या भयो, तर अरू शटसित राम्ररी दाँजेर हेर्दा त्यति फरक देखिँदैन। ब्राइटनेसमा थोरै फरक परेको छ। यसमा तपाईंले मदत गर्नुभएमा राम्रो हुने थियो।” उनले मेरो कुरा पत्याए र बिग्रेको लाइटिङ मिलाइदिने कुरा बताए। मेरो मुखबाट त्यो कुरा निस्किनेबित्तिकै मलाई ग्लानि भयो किनभने लाइट अन हुनु र नहुनुले वास्तवमा निकै फरक पार्थ्यो, तर मैले अलिअलि मात्रै फरक परेको होला भनेर भनेँ। के मैले ब्रदरको सामु ठाडै झूट बोलिरहेको थिइनँ र? ती ब्रदरलाई त्यो शटमा लाइटिङ मिलाउन तीन घण्टाभन्दा बढी समय लाग्यो। भोलिपल्ट बिहान सबैभन्दा पहिले निर्देशकले मलाई मेसेज गरेर सोधे, “हिजो तपाईंलाई लाइटिङको यस्तो ठूलो समस्या थियो भनेर थाहा भएन?” निर्देशकले यति चाँडो थाहा पाउनुहोला भनेर मैले सोचेको थिइनँ, र एकछिन त के भन्ने हो मलाई थाहा भएन, त्यसैले मैले स्पष्टीकरण दिन केही बहाना बनाएँ। अनि उनले भने, “यस्तो पहिला पनि भएको छ, तपाईंले गल्ती स्पटमै थाहा पाउनुभयो, तर केही पनि बताउनुभएन। यसले हाम्रो काममा रोकावट ल्याइरहेको छ। आफूले के गरेँ भनेर तपाईंले साँच्चै आत्मसमीक्षा गर्नु आवश्यक छ।” उनले त्यसो भन्दा मलाई साह्रै दोषी महसुस भयो। आफू भ्रष्ट स्वभावको नियन्त्रण र बन्धनमा परेकोमा र फेरि सत्यता अभ्यास गर्न चुकेकोमा मलाई आफैप्रति घृणा लाग्यो। मैले घुँडा टेकेर प्रार्थना गरेँ: “हे परमेश्वर, म आफ्नो इज्जत र प्रतिष्ठाको असाध्यै ख्याल गर्छु। यसपटक मैले मेरो गल्तीबारे नबताएको मात्र होइन, त्यसलाई ढाकछोप पनि गरेँ। म साँच्चै छली रहेछु। हे परमेश्वर, म पश्चात्ताप गर्न चाहन्छु। बिन्ती मलाई मार्गदर्शन गर्नुहोस् र बचाउनुहोस्।”
त्यसपछि मैले परमेश्वरका वचनहरूको यो खण्ड पढेँ: “ख्रीष्टविरोधीहरूको मानवता बेइमान हुन्छ, जसको अर्थ तिनीहरू अलिकति पनि सत्यवादी हुँदैनन्। तिनीहरूले भन्ने र गर्ने हरेक कुरा अशुद्ध हुन्छन्, ती तिनीहरूका आफ्नै अभिप्राय र लक्ष्यहरूद्वारा दूषित भएका हुन्छन्, त्यो सबैमा तिनीहरूका भन्न नमिल्ने तथा अकथनीय चाल र योजनाहरू लुकेका हुन्छन्। त्यसकारण ख्रीष्टविरोधीहरूका बोलीवचन तथा कार्यहरू अत्यन्तै धेरै दूषित र ढोँगले भरिएका हुन्छन्। तिनीहरूले जति धेरै बोले पनि तिनीहरूका शब्दहरूमध्ये कुन साँचो, कुन झूटो, कुन सही र कुन गलत हुन् भनी थाहा पाउन असम्भव हुन्छ। किनभने तिनीहरू बेइमान हुन्छन्, तिनीहरूका मन अत्यन्तै जटिल, षड्यन्त्रपूर्ण युक्तिहरूले भरिएका र चलाकीपनले गाँजिएका हुन्छन्। तिनीहरूले भन्ने कुनै कुरा पनि सीधा र स्पष्ट हुँदैन। तिनीहरूले एकलाई एक, दुईलाई दुई, होलाई हो अनि होइनलाई होइन भन्दैनन्। त्यसको साटो तिनीहरू सबै मामलाहरूमा घुमाउरो कुरा गर्छन् र परिणामहरूका बारेमा परिकल्पना गर्दै हरेक कोणबाट गुण र दोष तौलँदै, मनमस्तिष्कमा कामकुराबारे बारम्बार सोच्छन्। त्यसपछि तिनीहरूले आफूले भन्न चाहेका कुराहरूलाई यसरी परिष्कृत गर्छन् कि त्यो सब निकै भद्दा सुनिन्छ। इमान्दार मानिसहरूले तिनीहरूले भन्ने कुरा कहिल्यै बुझ्दैनन् अनि सजिलै तिनीहरूको धोका र छलमा पर्छन्, त्यस्ता मानिसहरूसित बोल्ने र कुराकानी गर्ने जोकोहीले पनि आफ्नो अनुभव पट्यारलाग्दो र कठिन पाउँछन्। तिनीहरूले कहिल्यै एकलाई एक, दुईलाई दुई भन्दैनन्, तिनीहरूले कहिल्यै तिनीहरूले के सोचिरहेका छन् भनेर भन्दैनन् अनि तिनीहरूले कहिल्यै कामकुरा जस्तो छ, त्यस्तै बयान गर्दैनन्। तिनीहरूले भन्ने हरेक कुरा बुझ्न नसकिने हुन्छ अनि तिनीहरूका कामहरूका लक्ष्य र अभिप्रायहरू धेरै नै जटिल हुन्छन्। यदि सत्यता बाहिरियो भने—यदि अरू मानिसहरूले तिनीहरूलाई छर्लङ्ग देखे र तिनीहरूको वास्तविक रूप देखे भने—तिनीहरू त्यसलाई ढाकछोप गर्न तुरुन्तै अर्को झुट सिर्जना गर्छन्। यस प्रकारको मानिस बारम्बार झूटो बोलिरहन्छ र झूटो बोलिसकेपछि त्यो झुटलाई कायम राख्न उसले थप झुटहरू बोल्नुपर्ने हुन्छ; तिनीहरू आफ्ना अभिप्राय लुकाउन अरूलाई छल गर्छन् र आफूले बोलेका झुटहरूको समर्थनमा हरप्रकारका बहाना र स्पष्टीकरणहरू रच्छन्। फलस्वरूप, मानिसहरूलाई कुन कुरा साँचो हो र कुनचाहिँ साँचो होइन भनेर छुट्याउन धेरै गाह्रो हुन्छ, र तिनीहरू कहिले साँचो बोलिरहेका छन् भन्ने कुरा थाहै हुँदैन, तिनीहरू कहिले झुट बोलिरहेका हुन्छन् भनी जान्ने त कुरै भएन। जब तिनीहरूले झुट बोल्छन्, तिनीहरू लाज मान्दैनन् वा हिचकिचाउँदैनन्, मानौँ तिनीहरूले सत्यता नै बोलिरहेका छन्। के यसको अर्थ, तिनीहरूलाई झूटो बोल्ने बानी परेको छ भन्ने होइन र? उदाहरणको लागि, कहिलेकाहीँ ख्रीष्टविरोधीहरू बाहिरबाट अरूप्रति असल, तिनीहरूप्रति विचारशील, न्यानो हृदयले बोल्ने देखिन्छन्, जुन सुन्नमा दयालु र मार्मिक लाग्छ। तर तिनीहरूले यसरी बोले पनि तिनीहरू निष्कपट हुन् कि होइनन् भनी कसैले बताउन सक्दैन, केही दिनपछि कुनै घटना घटेर तिनीहरू निष्कपट थिए कि थिएनन् भनी प्रकाश हुन्जेलसम्म सधैँ पर्खनुपर्छ। ख्रीष्टविरोधीहरू सधैँ केही निश्चित अभिप्राय र लक्ष्यहरू लिएर बोल्छन्, तर तिनीहरू वास्तवमा कुन कुराको पछाडि लागेका छन् भनी कसैले बताउन सक्दैन। त्यस्ता मानिसहरूलाई झुट बोल्ने बानी परेको हुन्छ र तिनीहरू आफ्ना कुनै पनि झुटहरूका परिणामहरूबारे विचारै गर्दैनन्। यदि तिनीहरूको झुटले तिनीहरूलाई फाइदा दिन्छ र अरूलाई छल्न सक्छ भने, यदि त्यसले आफ्नो लक्ष्य हासिल गर्न सक्छ भने, परिणामहरू जेसुकै हुन् तिनीहरूले केही मतलब गर्दैनन्। तिनीहरूको खुलासा हुनेबित्तिकै तिनिहरूले निरन्तर ढाकछोप गर्ने, झूटो बोल्ने र छल्ने काम गरिरहन्छन्। यी मानिसहरूले जुन सिद्धान्त र विधिद्वारा आफूलाई आचरणमा ढाल्छन् र संसारसँग व्यवहार गर्छन् त्यो झुटहरूद्वारा मानिसहरूलाई छल्ने हो। तिनीहरू दुई-जिब्रे हुन्छन् अनि आफ्ना श्रोताहरूसित अनुकूल हुने गरी बोल्छन्; परिस्थितिले जस्तो भूमिका माग गर्दछ, तिनीहरूले त्यही भूमिका निर्वाह गर्दछन्। तिनीहरू चाप्लुसीपूर्ण र धूर्त हुन्छन्, तिनीहरूका मुख झुटहरूले भरिएका हुन्छन् र तिनीहरू भरोसा गर्न नसकिने किसिमका हुन्छन्। तिनीहरूसित थोरै समय सम्पर्कमा हुनेहरू भ्रममा पर्छन् वा व्याकुल हुँदै जान्छन् अनि तिनीहरूले कुनै रसद, सहायता वा प्रवर्द्धन प्राप्त गर्न सक्दैनन्। त्यस्ता मानिसहरूका मुखबाट निस्कने वचनहरू अप्रिय वा राम्रो, तर्कसङ्गत वा हास्यास्पद, अथवा मानवतासित मेल वा बेमेलमा रहेको, अशिष्ट वा सभ्य जे-जस्तो भए पनि ती सबै नै मूलत: मिथ्या, दूषित शब्द र झुटहरू हुन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग एक))। परमेश्वरका वचनहरूले ख्रीष्टविरोधीहरूको छली र धूर्त प्रकृतिको खुलासा गर्छन्। तिनीहरू आफ्नो बोली र कर्ममा बेइमान हुन्छन्। तिनीहरूको मुखबाट सत्यताको एउटै वचन पनि सुन्न सकिँदैन। खुलासा हुनबाट आफैलाई जोगाउन तिनीहरूले निर्लज्ज भएर झूट बोल्दै आफ्नो घृणित मनसायलाई लुकाउँछन्। ख्रीष्टविरोधीहरू असाध्यै दुष्ट हुन्छन्। परमेश्वरका यी वचनहरूले मलाई नै भनेका हुन् जस्तो लाग्यो। छायाङ्कन गर्दा मैले ध्यान दिएर सबै कुरा ठीक छ छैन भनेर हेरिनँ, जसले गर्दा गल्ती भयो, र मेरा ब्रदर-सिस्टरहरूले मलाई तुच्छ ठान्लान् भन्ने डरले मैले त्यो स्वीकार गरिनँ। त्यसलाई ढाकछोप गर्ने उपाय खोज्न मैले आफ्नो दिमाग खियाएँ। समस्यालाई ठीक गर्न सम्पादन गर्ने ब्रदरसित एक्लै कुरा गरेँ, र उनले त्यो कुनै ठूलो कुरा होइन भन्ने सोचून् भनेर त्यो समस्या त्यति भद्दाचाहिँ छैन भनेर झूट बोल्दै भ्रम छरें। म एकदमै बेइमान थिएँ। के मेरो स्वभाव ख्रीष्टविरोधीको जस्तै दुष्ट थिएन र? परमेश्वर इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ, तर म अत्यन्तै धृर्त छु। परमेश्वरलाई यो कुराप्रति कसरी घृणा र दिगमिग नलाग्ला र? प्रभु येशुले भन्नुभएको कुरा मलाई याद आयो: “तिमीहरूको बोली-वचन होलाई, हो; होइनलाई, होइन भन्ने होस्: किनकि यीभन्दा बढी जे छ त्यो दुष्टबाट आउँछ” (मत्ती ५:३७)। “तिमीहरू आफ्ना पिता दुष्टका हौ, र तिमीहरू आफ्ना पिताका अभिलाषाहरू पूरा गर्छौ। त्यो सुरुदेखि नै हत्यारा थियो र त्यो सत्यतामा बसेन, किनकि त्यसमा सत्यता छैन। जब त्यसले झूटो बोल्छ, त्यसले आफ्नै स्वभावअनुसार बोल्छ: किनकि त्यो ढँटुवा हो र त्यसको पिता हो” (यूहन्ना ८:४४)। परमेश्वर भन्नुहुन्छ, झूटहरू दुष्ट व्यक्ति र दियाबलसबाट आउँछन्, र सधैँ झुट बोल्नेहरू दियाबलस हुन्। मैले निरन्तर झूट बोल्नु र एउटा झूट लुकाउन अर्को झूट थप्दै जानुले के म शैतानजस्तै भइनँ र? मैले भनेको कुरामा पैशाचिक तत्व थियो, त्यो छली थियो, र त्यो मण्डलीको कामको लागि बाधक थियो। मैले छायाङ्कनमा गरेको त्यो गल्तीलाई इमानदारीसाथ स्विकारेर समाधान गर्न सकिन्थ्यो, र अनावश्यक समस्याहरूबाट बच्न सकिन्थ्यो। तर, आफ्नो इज्जत र हैसियत जोगाउन मैले दिमागमा त्यसबारे सोचेर पनि इमानदार भई बताउन सकिनँ। मैले त्यसलाई ढाकछोप गर्न झूटमाथि झूट बोलेँ, ब्रदर-सिस्टरहरूलाई धोका दिएँ, र सम्पादन गर्ने ती ब्रदरलाई मेरो गल्ती सच्याउन तीन घण्टाभन्दा बढी समय काम गर्न लगाएँ। मैले अरूको कामलाई विचारै गरिनँ, र अन्तिम भिडियोमा ती गडबड भएका शटहरू प्रयोग गर्दा कस्तो परिणाम आउला भनेर सोचिनँ। यो मेरो एकदमै स्वार्थी र तुच्छ काम थियो! मलाई थाहा भयो, मैले मेरो भ्रष्ट स्वभावलाई सबै कुरा नियन्त्रण गर्न दिइरहेको थिएँ, र मैले गरेको हरेक कामले आफूलाई र अरूलाई चोट पुऱ्याइरहेको थियो। मानिसहरूलाई दिक्क पार्ने यस्तो कार्यलाई परमेश्वरले घृणा गर्नुहुन्थ्यो। मलाई पश्चात्ताप र आत्मग्लानी भयो। मैले आफ्नो इज्जत र हैसियत जोगाउने बारेमा चिन्ता गर्न छोडेर सरल, खुलस्त र इमानदार व्यक्ति हुन चाहन्छु भनी परमेश्वरलाई प्रार्थना गरें।
त्यसपछि मैले परमेश्वरका वचनहरूले यसको भनेको देखेँ: “तैँले जस्तोसुकै समस्याहरूको सामना गरे पनि, तिनलाई समाधान गर्न तैँले सत्यताको खोजी गर्नैपर्छ, तैँले कदापि छद्मभेष धारण गर्नु वा अरूको सामु झूटो स्वरूप प्रस्तुत गर्नु हुँदैन। चाहे त्यो तेरा कमीहरू होऊन्, तेरा अपर्याप्तताहरू होऊन्, तेरा त्रुटिहरू होऊन्, वा तेरा भ्रष्ट स्वभावहरू नै किन नहोऊन्, तैँले यी सबै कुराहरूका बारेमा खुलेर सङ्गति गर्नैपर्छ। तिनलाई ढाकछोप नगर्। आफूलाई कसरी खोल्ने भनी सिक्नु जीवन प्रवेशतर्फको पहिलो कदम हो, र यो पहिलो तगारो हो, जसलाई पार गर्न सबैभन्दा कठिन हुन्छ। तैँले यो तगारो पार गरेपछि, सत्यतामा प्रवेश गर्न सजिलो हुनेछ। जब तैँले यो कदम चाल्छस्, तब यसले के सङ्केत गर्नेछ? यसले के सङ्केत गर्नेछ भने, तँ आफ्नो हृदय खोलिरहेको छस्, र तेरा हरेक पक्षलाई—चाहे त्यो असल होस् वा खराब, सकारात्मक होस् वा नकारात्मक—अरू मानिसहरू र परमेश्वरले देख्ने गरी उदाङ्गो पारिरहेको र खोलिरहेको छस्, परमेश्वरबाट कुनै कुरा लुकाइरहेको वा ढाकछोप गरिरहेको, परमेश्वरप्रति कुनै छद्मभेष, छल, वा कपट प्रयोग गरिरहेको छैनस्, र त्यसरी नै अरू मानिसहरूसँग पनि स्पष्ट भइरहेको छस्। यसरी, तँ ज्योतिमा जिउनेछस्; परमेश्वरले तेरो छानबिन त गर्नुहुन्छ नै, तेरा कार्यहरूमा सिद्धान्त र पारदर्शिता छ भनी अरू मानिसहरूले पनि देख्नेछन्। तैँले आफ्नो प्रतिष्ठा, छवि, र हैसियतको रक्षा गर्न कुनै पनि विधिहरू प्रयोग गर्नु आवश्यक छैन, न त तैँले आफ्ना गल्तीहरूलाई कुनै किसिमले लुकाउनु वा ढाकछोप गर्नु नै आवश्यक छ। तँ यी व्यर्थका प्रयासहरूमा संलग्न हुनु आवश्यक छैन। यदि तँ यी कुराहरू त्याग्न सक्छस् भने, तेरो जीवन निकै तनावरहित, बन्धन र पीडाबाट मुक्त बन्नेछ, र तँ पूर्ण रूपमा ज्योतिमा जिउनेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। मैले परमेश्वरका वचनहरूमा सत्यता अभ्यास गर्ने मार्ग भेट्टाएँ: मैले खुलेर कुरा गर्न, परमेश्वरसामु हृ्दय खोल्न, र आफ्नो छवि जोगाउन बेइमान, धूर्त वा छली नहुन सिक्नुपर्छ। मैले आफ्नो भ्रष्टता, कमीकमजोरी, गल्ती र भित्री मनसायबारे ब्रदर-सिस्टरहरूसित खुलेर कुरा गर्नुपर्छ। सत्यतामा प्रवेश गर्ने सबैभन्दा महत्त्वपूर्ण चरण त्यही हो। त्यो स्थिति हासिल गर्नु नै आफ्नो भ्रष्ट स्वभावको बन्धन र नियन्त्रणबाट बिस्तारै मुक्त भई साँचो मानव स्वरूपमा जिउने एकमात्र तरिका हो। मैले आफ्नो इज्जत र हैसियत जोगाउन खोज्ने काम गरिरहनु हुँदैन। मैले परमेश्वरको जाँच र ब्रदर-सिस्टरहरूको सुपरिवेक्षण स्वीकार गर्नुपर्छ। त्यसैले, मैले आफूले गरेका गल्तीहरू र यस क्रममा प्रकट भएको मेरो भ्रष्टताबारे अरूलाई इमानदारीपूर्वक खुलेर बताएँ। मैले यो कुरा नबिर्सूँ भनी सुनिश्चित गर्न आफैलाई सजाय दिने केही काम पनि गरेँ। यो अनुभवबाट मैले आफ्नो छली स्वभावबारे केही चेतना प्राप्त गरेँ र अब म आफूलाई बदल्नेछु भनेर कसम खाएँ।
त्यसपछि एक दिन छायाङ्कनको क्रममा मैले एकछिन अर्को क्यामेराको स्क्रिन विवरण हेर्न यसो आँखा लगाएको मात्र थिएँ, गायक लाइट क्षेत्रबाट बाहिर गइसकेका रहेछन्। त्यो मलाई थाहा भइञ्जेलसम्ममा उनले धेरै हरफ गाइसकेका थिए। लाइटिङमा गडबडी भएकोले गर्दा हामीसँग १० सेकेन्डभन्दा लामो प्रयोग गर्न नसकिने फुटेज भयो। मैले सोचेँ, “मबाट फेरि कसरी त्यही गल्ती हुन गयो? मैले आजकाल धेरै गडबड गरिरहेको छु। मैले यो स्वीकार गरेँ भने सबैले के सोच्लान्? के मैले आफ्नो कर्तव्यलाई गम्भीरतापूर्वक लिइरहेको छुइनँ भनेर नभन्लान् र?” केही भन्न म तर्कवितर्क गरिरहेको बेला म फेरि आफ्नो इज्जत र हैसियत जोगाउन खोज्दै छु भनेर मलाई महसुस भयो। पहिला मैले आफैलाई जोगाउन चाहँदै सत्य नबोलेर मण्डलीको काममा हानि पुर्याएको कुरा सम्झेँ। मैले आफ्नो गल्ती लुकाउने प्रयास गर्नु कति लज्जास्पद थियो, र झूटबाट मैले कति पीडा र दुःख भोगेँ भनेर सोचेँ। मैले अब अरूलाई धोका दिन र छल्न सक्दिनँ, मैले आफूलाई त्यागेर सत्यता अभ्यास गर्नुपर्छ भन्ने महसुस गरेँ। त्यसैले, दोधारलाई हटाएँ र भएको कुरा निर्देशकलाई बताएँ।
त्यसपछि, मैले आफ्नो कर्तव्य निर्वाह गर्दा सचेत भई इमानदार व्यक्ति बन्ने अभ्यास गर्न थालेँ, गल्ती हुनेबित्तिकै स्वस्फूर्त रूपमा स्वीकार गर्न थालेँ र हैसियत र इज्जतबारे सोचिरहिन छोडेँ। म सचेत भई मण्डलीको कामको रक्षा गर्न सक्षम हुन थालेँ। गल्ती स्विकार्दा कहिलेकाहीँ मेरा ब्रदर-सिस्टरहरूबाट पाउने गाली र चेतावनीको सामना गर्नु परे पनि, र यसबाट मेरो इज्जतमा धक्का लागेको भए पनि, सत्यताको अभ्यासको गर्दा मेरा गल्तीको कारण परमेश्वरको घरको काममा क्षति पनि पाएन। यसले मलाई विशेष रूपमा व्यवहारिक बनेको र शान्ति पाएको महसुस गरायो। मैले आफ्नो हैसियत र प्रतिष्ठा जोगाउनको लागि झूट बोल्नु र छल गर्नु कति पीडादायी हुन्छ भनेर साँचो अनुभव गरेँ। सत्यता अभ्यास गर्नु र इमानदार व्यक्ति हुनु नै चरित्रवान् र मर्यादित जीवन प्राप्त गरी खुल्लमखुल्ला ज्योतिमा जिउने एकमात्र तरिका हो। परमेश्वरलाई धन्यवाद होस्!
झाङ दी, चीनसन् २०२३ को नोभेम्बरको अन्त्यमा, मैले केही मण्डलीहरूमा मलजल गर्ने कामको निरीक्षण गर्न दुई जना सिस्टरहरूसँग सहकार्य गरें। हरेक...
जिन सिन, चीनम आफ्नो आत्मगौरवको असाध्यै ख्याल गर्थेँ र अरूले मलाई कसरी हेर्छन् भनी निरन्तर चिन्ता गर्थेँ। जबजब म भेलाहरूमा उपस्थित हुन्थेँ,...
मेरिडिथ, अमेरिकासन् २०१५ मा, सिसिपिको पक्राउ र सतावटबाट जोगिन, म विदेश भागेँ। मैले परमेश्वरमा विश्वास गर्दै काम गरेँ। मैले एउटा ठूलो...
फेलिक्स, दक्षिण कोरियाएउटा बैठकमा, एक अगुवाले नयाँ विश्वासीहरूलाई मलजल गर्ने म इन्चार्ज रहेको मण्डलीको काम कसरी अघि बढिरहेको छ भनेर...