इमानदार व्यक्ति बनेर मैले के पाएँ

25 अप्रिल 2023

एक दिन, एक जना अगुवाले नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने म इन्‍चार्ज रहेको मण्डलीको काम कसरी अघि बढिरहेको छ भनेर सोधिन्। के भन्‍ने मलाई थाहा थिएन। मैले विगत केही दिनदेखि यसको बारेमा फलोअप गरेको थिइनँ र निश्‍चित कुराहरू मलाई थाहा थिएन। मैले के भन्‍ने? मलाई थाहा छैन भनेँ भने, अगुवा र अरू सहकर्मीहरूले अवश्य नै मैले व्यवहारिक काम गरिरहेको छैन भनेर भन्‍नेछन्, र त्यो लाजमर्दो कुरा हुनेछ। मैले आफूलाई पहिले थाहा भएको कुरा मात्रै बताउन सक्छु त्यसपछि के गर्न सक्‍ने रहेछु, त्यो हेर्छु भन्‍ने सोचेँ। त्यसकारण मैले भनेँ, “त्यो सब कामको बन्दोबस्त भएको छ, र हामीले केही समूह सदस्यहरू थपेका छौँ।” अगुवाले तुरुन्तै भनिहालिन्, “तपाईंले प्रश्‍नको उत्तर दिनुभएन, तपाईंले त कुरा बङ्ग्याइरहनुभएको छ। त्यो त धूर्त हुनु हो। थाहा छैन भने, भन्‍नुहोस् र जति सक्दो चाँडो फलो-अप गर्नुहोस्। किन तपाईं त्यति सारो कुरा घुमाउनुहुन्छ? त्यस्तो गर्नु राम्रो होइन। गल्ती भनेको गल्ती नै हो, र तपाईंसँग यसलाई स्वीकार गर्ने साहस हुनुपर्छ।” मलाई अस्पट र अप्ठ्यारो लाग्यो, र मेरो अनुहार रातो भइरहेको थियो। मलाई जे कुराको डर थियो त्यही भयो। मलाई त मैले पूर्ण रूपमा इज्‍जत गुमाएको छु, सबैले मेरो वास्तविक रूपलाई देखेका छन् जस्तो लाग्यो। अगुवाले भनेकी कुरा ठीक हो भन्‍ने मलाई थाहा थियो, तर मैले मेरो हृदयमा यो कुरालाई स्वीकार गर्न सकिनँ। उनले यति धेरै भनिरहनु पर्दैनथियो जस्तो लाग्यो। मैले यो समस्यालाई जति सक्दो चाँडो समाधान गरेँ भने के सबै ठीकठाक हुनेथिएन र? उनले किन यी सब मानिसहरूको अगाडि मलाई काट-छाँट र निराकरण गर्नुपर्ने? म निकै व्याकुल भएँ, त्यसकारण मैले मनमनै प्रार्थना गरेँ, “हे परमेश्‍वर, निराकरण गरिँदा मेरो मनमा विरोध पलाउँछ र म यसलाई मान्‍न सक्दिनँ। बिन्ती छ मलाई अन्तर्दृष्टि दिनुहोस् र अगुवाइ गर्नुहोस् ताकि मैले आफूलाई चिनेर पाठ सिक्‍न सकूँ।” पछि मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ। “पहिले हामी यहोवा परमेश्‍वरले शैतानलाई कस्तो किसिमको प्रश्‍न सोध्‍नुभयो सो हेरौँ। ‘तँ कहाँबाट आइस्?’ के यो सीधा प्रश्‍न होइन र? के यसमा कुनै गुप्‍त अर्थ छ त? छैन; यो त एउटा सीधा प्रश्‍न हो। यदि मैले तिमीहरूलाई ‘तँ कहाँबाट आइस्?’ भनेर सोध्‍नुपर्‍यो भने, तिमीहरूले कसरी जवाफ दिनेथियौ? के यो जवाफ दिन गाह्रो प्रश्‍न हो? के तिमीहरूले ‘यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ’ भनेर जवाफ दिनेथियौ? (थिएनौ।) तिमीहरूले यस किसिमले जवाफ दिनेथिएनौ। त्यसो भए, शैतानले यसरी जवाफ दिँदा तिमीहरूलाई कस्तो अनुभूति हुन्छ? (शैतान हास्यास्पद र छली भएको हामी महसुस गर्छौं।) मैले कस्तो महसुस गरिरहेको छु भनी के तिमीहरू बताउन सक्छौ? हरेकपटक जब म शैतानका यी वचनहरूलाई देख्छु, तब मलाई घृणाको महसुस हुन्छ, किनभने शैतान बोल्छ तर यसका वचनहरूमा कुनै सारतत्व हुँदैन। के शैतानले परमेश्‍वरको प्रश्‍नको जवाफ दियो? दिएन, शैतानले बोलेका शब्दहरू जवाफ थिएनन्, ती शब्दहरूको केही अर्थ थिएन। ती परमेश्‍वरको प्रश्‍नको उत्तर थिएनन्। ‘पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ।’ तैँले यी शब्‍दहरूबाट के बुझ्छस्? शैतान कहाँबाट आएको हो? के तिमीहरूले यो प्रश्‍नको जवाफ पाएका छौ त? (छैनौँ।) यही नै शैतानको धूर्त योजनाको ‘विशिष्ट प्रतिभा’ हो—त्यसले वास्तवमा आफूले के भन्‍न खोजेको हो भनी कसैलाई पत्ता लगाउन दिँदैन। तैँले यी शब्दहरू सुनिसकेपछि पनि त्यसले के भन्‍न खोजेको हो भनी अझै छुट्याउन सक्दैनस्, यद्यपि त्यसले जवाफ भने दिइसकेको छ। तैपनि आफूले उत्तम रूपमा जवाफ दिएको छु भनी शैतानले विश्‍वास गर्छ। अनि तँचाहिँ कस्तो महसुस गर्छस् त? घिनाउँछस्? (हो।) अब तँ यी शब्दहरूको प्रत्युत्तरमा घिन महसुस गर्न थाल्छस्। शैतानका शब्दहरूमा केही निश्‍चित विशेषताहरू हुन्छन्: शैतानले जे बोल्छ त्यसले तँलाई टाउको कन्याउने बनाउँछ, तँ त्यसका शब्दहरूको स्रोत पत्ता लगाउन असक्षम हुन्छस्। कहिलेकाहीँ शैतानसँग मनसायहरू हुन्छन् र त्यसले जानाजानी बोल्छ, र कहिलेकाहीँ त्यसको आफ्नै प्रकृतिद्वारा सञ्‍चालित भई, यी शब्दहरू स्वतस्फूर्त रूपमा निस्कन्छन् र सीधै शैतानको मुखबाट आउँछन्। शैतानले यी शब्दहरूलाई मनन गर्दै लामो समय बिताउँदैन; यी शब्दहरूलाई विचारै नगरीकन व्यक्त गरिन्छ। जब परमेश्‍वरले शैतानलाई तँ कहाँबाट आएको होस् भनी सोध्‍नुभयो, तब त्यसले केही दोहोरो अर्थ लाग्‍ने शब्दहरूद्वारा जवाफ दियो। तैँले आफू धेरै अलमलिएको महसुस गर्छस्, तँलाई शैतान कहाँबाट आएको हो भनी ठ्याक्‍कै थाहा हुँदैन। तिमीहरूमाझ यस्तै किसिमले बोल्‍ने कोही छन्? यो कस्तो खालको बोल्ने तरिका हो त? (यो अस्पष्ट छ र यसले एक निश्‍चित जवाफ दिँदैन।) यस किसिमको बोल्‍ने तरिकालाई वर्णन गर्न हामी कस्ता शब्दहरूको प्रयोग गर्नुपर्छ? यो बहकाउने किसिमको र भ्रामक छ। मानौँ, कोही आफूले हिजो के गरेका थियौँ भनी अरूलाई थाहा नहोस् भन्‍ने चाहन्छन्। तैँले तिनीहरूलाई सोध्छस्: ‘मैले तपाईंलाई हिजो देखेको थिएँ। तपाईं कहाँ जाँदै हुनुहुन्थ्यो?’ तिनीहरू हिजो कहाँ गएका थिए भनी तिनीहरूले तँलाई सीधा कुरा बताउँदैनन्। बरु, तिनीहरू भन्छन्: ‘हिजोको दिन कस्तो व्यस्त दिन थियो। कस्तो थकान लगायो!’ के तिनीहरूले तेरो प्रश्‍नको जवाफ दिए त? तिनीहरूले जवाफ त दिए, तर तिनीहरूले तैँले चाहेको जवाफ दिएनन्। योचाहिँ मानिसको बोलीभित्रको कुटिलताको ‘विशिष्ट प्रतिभा’ हो। त्यसको अर्थ के हो भनी तैँले कहिल्यै पत्ता लगाउन सक्दैनस्, न त तँलाई तिनीहरूका शब्दहरूको स्रोत र अभिप्राय नै कहिल्यै थाहा हुन्छ। तिनीहरूले के कुरा लुकाउन खोजिरहेका छन् भनी तँलाई थाहा हुँदैन किनकि तिनीहरूको हृदयमा तिनीहरूको आफ्‍नै कथा हुन्छ—यो कपटीपन हो(वचन, खण्ड १, परमेश्‍वरको काम र परमेश्‍वरलाई चिन्‍नु, परमेश्‍वर स्वयम् अद्वितीय ४)। परमेश्‍वरको वचनले प्रकट गरेको कुराबाट, मैले के देखेँ भने शैतानका बोलीवचन र काममा मनसाय र युक्तिहरू लुकेका हुन्छन्। त्यसले आफ्‍ना लाजमर्दा मनसायहरूलाई ढाक-छोप गर्नको लागि, यो साँच्‍चै घुमाउरो पारामा बोल्छ ताकि मानिसहरूले बुझ्‍न नसकून्। यो साँच्‍चै नै चलाक र धूर्त छ। शैतानले परमेश्‍वरका प्रश्‍नहरूको उत्तर अस्पष्ट र भ्रामक रूपमा दिन्छ। परमेश्‍वरको लागि यो घृणित कुरा हो। जहाँसम्‍म मेरो कुरा छ, नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने काम कसरी अघि बढिरहेको छ मलाई साँच्‍चै नै थाहा थिएन, तर मैले साँचो कुरा भनिनँ। मैले अगुवालाई भुलाउन घुमाउरो उत्तर दिएँ। अगुवालाई सत्यता नबताई प्रश्‍नको उत्तर दिएँ। आफ्‍नो इज्‍जत र हैसियतलाई रक्षा गर्न, अनि मैले व्यवहारिक काम गरिरहेको छैन भनेर अगुवालाई थाहा नहोस्, र ब्रदर-सिस्टरहरूले मलाई नीच नठानून् भनेर, मैले अस्पष्ट कुरालाई तथ्यहरूको रूपमा निर्धक्‍क बताएँ, र तिनीहरूलाई बहकाउने र छल गर्ने प्रयास गरेँ। मैले शैतानी स्वभाव प्रकट गरिरहेको थिएँ। यसको बारेमा विचार गर्दा, मैले ब्रदर-सिस्टरहरूसँग सामान्यतया त्यसरी नै व्यवहार गर्ने गरेको रहेछु। जस्तै कहिलेकहीँ कसैले मलाई सीपसँग सम्‍बन्धित प्रश्‍न गर्थ्यो, तर मलाई यसको बारेमा राम्ररी थाहा हुँदैनथियो, अनि साँचो कुरा भनेँ भने तिनीहरूले मलाई सानो नजरले हेर्छन् भन्‍ने डर लाग्थ्यो, त्यसकारण म यस्तै जवाफ दिन्थेँ, “यदि यो समस्या समाधान भएन भने, यो तपाईंको सीपको स्तरको मात्रै समस्या होइन, कि कसो? के तपाईं आफ्‍नो कर्तव्यमा अल्याङटलयाङ गर्दै आउनुभएकोले यस्तो भएको होइन र? कि तपाईं सिक्‍न र कुराकानी गर्नमा पछिपरिरहनुभएको छ?” झट्ट हेर्दा, मैले उत्तर दिइरहेको छु जस्तो देखिन्थ्यो, तर त्यस्तो उत्तरले समस्या समाधान हुँदैन भन्‍ने मलाई मनमा थाहा हुन्थ्यो। मलाई के लाग्थ्यो भने, त्यसरी प्रश्‍नको प्रतिप्रश्‍न गर्दा, व्यक्तिले आत्म-चिन्तन गर्छ, र मलाई प्रश्‍न सोध्‍न छोड्छ। त्यसरी, मेरा कमीकमजोरीहरू देखा पर्दैन। म आफ्‍नो प्रतिष्ठा र हैसियतको रक्षा गर्न म सधैँ धूर्त र छली भइरहेकी हुन्थेँ। म आफ्‍नो इज्‍जत फाल्‍नुभन्दा झूट बोल्‍नमा नै खुशी थिएँ। त्यसले मेरो कपटी, धूर्त प्रकृतिलाई, र म सत्यताप्रति दिक्‍क थिएँ भन्‍ने कुरालाई पूर्ण रूपमा प्रकट गर्‍यो। झूट बोल्‍नु र छल गर्नु साँच्‍चै नै चलाख कार्य हो जस्तो लाग्थ्यो, तर वास्तवमा यो मूर्खता रहेछ। मैले सबैलाई ठगेँ र भ्रममा पारेँ, र तिनीहरूले मलाई आदर गरे र मैले काम राम्ररी गर्न सक्छु र आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्छु भन्‍ने ठाने पनि, परमेश्‍वरले अनुमोदन गर्नुहुन्‍नथियो—उहाँले मलाई घृणा गर्नुहुन्थ्यो। त्यसपछि त अरू सबैको अनुमोदनको के फाइदा? त्यो बेला, मलाई रित्तो र दयनीय महसुस भयो। म बिहानदेखि रातीसम्‍मै व्यस्त हुन्थेँ, तर मैले एक शब्‍द पनि साँचो कुरा बोल्‍न सक्दिनथिएँ। मेरो छली शैतानी स्वभाव पटक्‍कै परिवर्तन भएको थिएन, र ममा सत्यताको कुनै पनि वास्तविकता थिएन। त्यस दिन अगुवाले मलाई यति कठोरताको साथ खुलासा र आलोचना गर्नु परमेश्‍वरले मलाई दिनुभएको चेतावनी थियो। म त्यसरी अघि बढिरहनु हुँदैन, तर मैले परमेश्‍वरलाई क्षमा माग्‍नुपर्छ, इमानदार व्यक्ति बन्‍ने प्रयास गर्नुपर्छ, र वास्तविकतामा जिउनुपर्छ भन्‍ने मलाई थाहा थियो।

त्यसपछि, मैले ममा अरू केकस्ता कपटी व्यवहारहरू छन् भनेर विचार गरेँ। मैले आत्मजाँच गरेर तिनलाई परिवर्तन गर्नुपर्छ भन्‍ने मलाई थाहा थियो। आत्म-चिन्तनद्वारा मैले के महसुस गरेँ भने मैले केही समय अगाडि लेखेको काम सम्‍बन्धी सारांशमा केही चतुरता थिए। विस्तृत रूपमा र पूर्ण रूपमा गरिएको कामको बारेमा मैले विस्तृत रूपमा लेखेँ। र लापरवाही रूपमा र अप्रभावकारी रूपमा गरिएको कामको गरेमा मैले आम शब्‍दहरू प्रयोग गरेर लेखेँ, वा त्यसको बारेमा केही लेख्दैलेखिनँ। एउटा प्रोजेक्टका नतिजा राम्रो आएको थिएन, त्यसपछि मैले साँचो कुरा लेखेँ भने सबैले के सोच्लान् भनेर चिन्ता लाग्यो। मैले त्यो सानो प्रोजेक्ट पनि राम्ररी गर्न सकिनँ, म अयोग्य छु भनेर तिनीहरूले मलाई भन्‍नेछन्? मैले फाइदा र बेफाइदालाई तुलना गरेँ, र मैले प्रोजेक्टको प्रगतिको बारेमा नलेख्‍ने निर्णय गरेँ ताकि कसैलाई पनि थाहा नहोस्, र ताकि तिनीहरूले म अत्यन्तै व्यस्त छु र मैले यसको बारेमा बिर्सेँ भनेर सोचून्। म बारम्‍बार धूर्त र छली भइरहेको थिएँ। म कति कपटी रहेछु। मैले विश्‍वास गरेपछिका वर्षहरूमा, मैले धेरै कर्तव्य पूरा गरेको र केही कठिनाइ भोगेको भए पनि, मैले सत्यताको खोजी गर्ने कार्यमा प्रयास गरिरहेको थिइनँ। म आफ्‍नो प्रतिष्ठा र हैसियतलाई कसरी रक्षा गर्ने भन्‍ने बारेमा मात्रै सोचिरहेको हुन्थेँ, त्यसकारण मेरो बोलीवचन र व्यवहार इमानदार व्यक्तिको जस्तो पटक्‍कै थिएन। सरल र खुला व्यक्ति बन्‍ने मसँग साहस नै थिएन—कस्तो दयनीय कुरा! कहिलेकहीँ आफैलाई सोध्थेँ: परमेश्‍वरले हामीलाई धेरै कुरा बताउनुभएको छ, र मैले उहाँका धेरै वचनहरू पढेको छु, तर के म यसमध्ये कुनैको वास्तविकतामा जिइरहेको छु? म काम सम्‍बन्धी सारांश समेत इमान्दारीपूर्वक लेख्‍न सक्दिनथिएँ। अन्त्यमा मैले त्यसरी के प्राप्त गर्न सक्थेँ? त्यो बेला म खतरामा पर्न लागेको छु जस्तो मलाई लाग्यो। पश्‍चात्ताप र स्वभाव परिवर्तन गरिनँ भने, मलाई कुनै पनि बेला परमेश्‍वरले हटाउनुहुनेथियो। मैले हृदयमा प्रार्थना गरेँ, “हे परमेश्‍वर, म गहन रूपमा भ्रष्ट भएको छु। आफ्‍नो इज्‍जत र हैसियतलाई रक्षा गर्न म निरन्तर झूट बोलिरहेको र छल गरिरहेको हुन्छु। बिन्ती छ मलाई अन्तर्दृष्टि दिनुहोस् र अगुवाइ गर्नुहोस् ताकि मैले साँचो रूपमा आफूलाई चिन्‍न सकूँ।”

त्यसपछि मैले परमेश्‍वरका अझै धेरै वचनहरू पढेँ। “यदि तिमीहरू अगुवा वा सेवक हौ भने, के तिमीहरूलाई परमेश्‍वरको घरले तिमीहरूको कामको बारेमा प्रश्‍न गर्छ र सुपरिवेक्षण गर्छ भन्‍ने डर लाग्छ? के तिमीहरूलाई परमेश्‍वरको घरले तिमीहरूको कामका भूलचूक र गल्तीहरू पत्ता लगाएर तिमीहरूको निराकरण गर्नेछ भन्‍ने डर लाग्छ? के तिमीहरूलाई तिमीहरूको वास्तविक क्षमता र कदबारे माथिलाई थाहा भएपछि, उहाँले तिमीहरूलाई फरक नजरले हेर्नुहुनेछ र तिमीहरूलाई प्रवर्धन गर्नेबारे विचार गर्नुहुनेछैन भन्‍ने डर लाग्छ? … तँमा ख्रीष्टविरोधीको स्वभाव छ भन्‍ने जानेर पनि किन तँ यसलाई सामना गर्ने आँट गर्दैनस्? किन तँ यसलाई खुलस्त रूपमा लिएर यसो भन्‍न सक्दैनस्, ‘यदि माथिबाट मेरो कामबारे सोधपुछ गरिन्छ भने, म आफूलाई थाहा भएको सबै कुरा भन्‍नेछु, र यदि मैले गरेका खराब कुराहरू खुलासा भए पनि, र उहाँलाई थाहा भएपछि माथिबाट हामीलाई प्रयोग गर्न छोडिए पनि, र मैले आफ्‍नो हैसियत गुमाए पनि, म आफूले भन्‍नुपर्ने कुरा स्पष्ट रूपमा भन्‍नेछु’? परमेश्‍वरको घरले तेरो कामको रेखदेख र सोधखोज गर्नेछ भन्‍ने तेरो डरले तैँले सत्यताभन्दा बढी हैसियतलाई प्रेम गर्छस् भन्‍ने प्रमाणित गर्छ। के यो ख्रीष्टविरोधीको स्वभाव होइन र? हैसियतलाई सबैभन्दा माथि राख्‍नु ख्रीष्टविरोधीको स्वभाव हो। तैँले किन हैसियतलाई यति बहुमूल्य ठान्छस्? हैसियतका फाइदाहरू के-के हुन्? यदि हैसियतले तँमाथि विपत्ति, कठिनाइ, बेइज्जती, र पीडा ल्याउँछ भने, के तैँले अझै पनि यसलाई बहुमूल्य ठान्थिस्? (ठान्‍नेथिइनँ।) हैसियत हुँदाका कैयौँ लाभहरू छन्, जस्तै अरू मानिसहरूको डाहा, सम्‍मान, उच्‍च आकलन, र चापलुसी, साथै तिनीहरूको आदर र सम्‍मान। यसबाट श्रेष्ठता र सौभाग्यको पनि अनुभूति हुन्छ जसले तँलाई गौरव र आत्मसम्‍मानको अनुभव गराउँछ। यसको साथै, तैँले अरूले उपभोग गर्न नपाउने कुराहरू पनि उपभोग गर्न सक्छस्, जस्तै हैसियतको सरसुविधा र अरूबाट मिल्ने विशेष व्यवहार। यी कुराहरूबारे तैँले सोच्‍नसमेत आँट गर्दैनस्, र यी तैँले सपना देखेका र तृष्णा गरेका कुराहरू हुन्। के तँ यी कुराहरूलाई बहुमूल्य ठान्छस्? यदि हैसियत कुनै वास्तविक महत्त्वविनाको खोक्रो कुरा हो भने, र यसको प्रतिरक्षा गरेर कुनै वास्तविक उद्देश्य पूरा हुँदैन भने, के यसलाई बहुमूल्य ठान्‍नु मूर्खता होइन र? यदि तैँले देहका हित र आनन्दजस्ता कुराहरूलाई त्याग्‍न सक्छस् भने, ख्याति र हैसियतले अबउप्रान्त तँलाई बन्धनमा पार्नेछैन। त्यसकारण, हैसियतलाई बहुमूल्य ठान्‍ने र त्यसको पछि दगुर्ने समस्या समाधान गर्नुभन्दा पहिले कुन कुरा समाधान गर्नुपर्छ? सबभन्दा पहिले, दुष्कर्म र चलाकी गर्ने, कुरा लुकाउने, र ढाकछोप गर्ने, साथै हैसियतका फाइदाहरूमा रमाउन परमेश्‍वरको घरको सुपरिवेक्षण, सोधखोज, र अनुसन्धान इन्कार गर्ने कार्यमा सहभागी हुने समस्याको प्रकृतिलाई स्पष्टसित देख्‍न सक्नुपर्छ। यो परमेश्‍वरविरुद्धको ठाडो प्रतिरोध र विरोध हो कि होइन भनेर हेर्। यदि तैँले हैसियतका फाइदाहरूको लोभ गर्नुका प्रकृति र परिणामहरू स्पष्ट देख्‍न सक्छस् भने, हैसियतको पछि लाग्‍ने समस्या समाधान हुनेछ। अनि हैसियतका फाइदाहरूको लोभ गर्नुको सार चिन्‍न सक्‍ने क्षमताविना, यो समस्या कहिल्यै समाधान हुनेछैन(वचन, खण्ड ३, ख्रीष्ट विरोधीहरूको पर्दाफास, विषयवस्तु ८: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरको पालना गर्न होइन तर तिनीहरूको आफ्‍नै कुरा पालना गर्न लगाउँथे (भाग दुई))। यी वचनहरूले मलाई के बुझ्‍न सहयोग गरे भने मैले झूट बोल्‍न र धोका दिनबाट आफूलाई रोक्‍न सकिनँ किनभने मैले प्रतिष्ठा र हैसियतलाई धेरै मूल्यवान् ठान्थेँ। मैले मेरो नाम र हैसियतको रक्षा गर्न, अनि मैले कामको फलो-अप गर्न नसक्‍नुको वास्तविकतालाई अगुवाले नदेखून् भनेर, मैले मेरा शब्‍दहरूद्वारा अगुवासँग युक्ति गर्ने, चलाकी गर्ने र भ्रममा पार्ने प्रयास गरेँ। मैले कामको सारांश लेख्दा, मैले मेरा कमीकमजोरीहरूलाई लुकाएँ, असल पक्षको बारेमा मात्रै रिपोर्ट गरेँ, खराब पक्षको बारेमा होइन, ताकि अरूले मलाई म व्यवहारिक काम गर्ने अगुवा हुँ भनेर सोचून्। तिनीहरूले मेरो साँचो रूप देख्छन् र मलाई आदर गर्न छोड्छन्, त्यसपछि त्यो हैसियतले ल्याएको श्रेष्ठतामा म रमाउन पाउँदिनँ भन्‍ने मलाई डर लागेको थियो। जब मैले परमेश्‍वरका वचनहरू देखेँ, “हैसियतलाई सबैभन्दा माथि राख्‍नु ख्रीष्टविरोधीको स्वभाव हो,” तब मैले यो कति गम्‍भीर समस्या हो भन्‍ने कुरा बल्‍ल महसुस गरेँ। मलाई बहिष्कार गरिएका ती ख्रीष्ट-विरोधीहरूको याद आयो। तिनीहरू आफ्‍नो कर्तव्यमा सधैँ नाम र हैसियतको पछि लाग्थे, र तिनीहरू पर्दा पछाडि चलाकी र छलछाम गर्थे। त्यसले मण्डलीको कामलाई गम्‍भीर रूपमा बाधा दियो, त्यसकारण तिनीहरूलाई खुलासा गरेर निकालियो। हैसियतका लाभहरूमा आनन्द लिने झूटा अगुवाहरू पनि हुन्छन्। तिनीहरूले आफ्‍नो कर्तव्यमा सधैँ कपटी व्यवहार गर्छन् र तिनीहरूले वास्तविक काम नगर्दा सत्यतालाई ढाकछोप गर्ने काम गर्छन्, जसले मण्डलीको काममा बाधा दिन्छ। सुसमाचार कार्यको इन्‍चार्ज रहेकी एक सिस्टरले ठीक त्यसै गरेकी थिइन्। उनले त्यो बेला अरू काम पनि सम्‍हालिरहेकी थिइन्, र दुवै पदमा उनले झूटो र छली काम गर्थिन्। सुसमाचारको कार्यमा, उनले अर्को काममा व्यस्त छु भनेर भन्थिन्, र अर्को काममा उनले सुसमाचारको काममा व्यस्त छु भनेर भन्थिन्। वास्तवमा उनले दुवै पक्षमा काम गरेकी हुँदिनथिइन्, र उनलाई बर्खास्त गरियो। अरूको असफलताका पाठहरू मेरो लागि चेतावनी थियो। आफ्‍नो नाम र हैसियतको लागि खेल खेल्‍ने र छलछाम गर्ने गर्नु भनेको आफू र अरूलाई मात्रै बहकाउमा पार्नु, अनि मूर्ख काम गर्नु मात्रै थियो। परमेश्‍वरले सबै कुरा देख्‍नुहुन्छ र उहाँले इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ। इमानदार मानिसहरूले मात्रै परमेश्‍वरको घरमा दह्रिलो स्थान पाएका हुन्छन्, र धूर्त मानिसहरूलाई कुनै बेला खुलासा गरेर हटाइनेछ। मेरो विश्‍वासमा मैले इमानदार व्यक्ति बन्‍ने प्रयास गरिरहेकी थिइनँ, तर देखावटी रूप धारण गर्दै नाटक गरिरहेको थिएँ, र मैले मानिसहरूलाई मूर्ख बनाए पनि, म परमेश्‍वरको छानबिनबाट भाग्‍न सक्दिनथिएँ। अन्त्यमा परमेश्‍वरले मलाई खुलासा गरेर हटाउनुहुनेथियो। त्यसपछि, मैले इमानदार व्यक्ति बन्‍नुको महत्त्वलाई महसुस गरेँ र परमेश्‍वरले भन्‍नुभए जस्तै इमानदार व्यक्ति बन्‍नु र सबै कुरामा उहाँको छानबिनलाई स्वीकार गर्नु मात्रै उहाँको अनुमोदन प्राप्त गर्ने एउटै मात्र तरिका हो। मलाई परमेश्‍वरका यी वचनहरू याद आयो: “यदि कुनै व्यक्तिले आफ्‍नो हृदयमा भएको कुरा सधैँ बताउन सक्छ भने, यदि उसले कहिल्यै पनि झूट बोल्‍ने वा बढाइचढाइ गर्ने गर्दैन भने, यदि ऊ इमानदार छ, र आफ्‍नो कर्तव्य निर्वाह गर्दा कदापि लापरवाही हुने वा झारा टार्ने गर्दैन भने, र यदि उसले आफूले बुझेको सत्यता अभ्यास गर्न सक्छ भने, यस व्यक्तिले सत्यता प्राप्त गर्ने आशा हुन्छ। यदि कुनै व्यक्तिले उसलाई कसैले पनि स्पष्ट रूपमा नदेखोस् भनेर सधैँ आफूलाई ढाकछोप गर्छ र हृदयको कुरा लुकाउँछ, र अरूलाई छल गर्न झूटो छवि प्रकट गर्छ भने, ऊ ठूलो खतरामा हुन्छ, ऊ ठूलो समस्यामा हुन्छ, र उसले सत्यता प्राप्त गर्न अत्यन्तै गाह्रो हुन्छ। व्यक्तिको दैनिक जीवन र उसको बोलीवचन र व्यवहारबाट उसको सम्‍भावना के छ भन्‍ने कुरा स्पष्ट देख्‍न सकिन्छ। यदि यो व्यक्तिले सधैँ बहाना बनाइरहेको, सधैँ फाइँफुट्टी लगाइरहेको हुन्छ भने, ऊ सत्यतालाई स्वीकार गर्ने व्यक्ति होइन, र ढिलोचाँडो उसलाई खुलासा गरी निष्कासित गरिनेछ। … कहिल्यै खुलस्त कुरा नगर्ने, कुरा लुकाउने, सोझो भएको बहाना गर्ने, अरूलाई आफ्नो बारेमा राम्रो सोच्‍न लगाउन खोज्ने, आफ्‍नो वास्तविकता अरूलाई पूरै थाहा हुन नदिने र अरूलाई आफ्‍नो आदर गर्न लगाउने मानिसहरू—के यस्ता मानिसहरू मूर्ख हुँदैनन् र? त्यस्ता मानिसहरू अत्यन्तै मूर्ख हुन्छन्! किनभने व्यक्तिको वास्तविकता ढिलोचाँडो बाहिर आउनेछ। तिनीहरूले आफ्‍नो बानीबेहोरामा कस्तो मार्ग हिँड्छन्? फरिसीहरूको मार्ग। ढोँगीहरू खतरामा हुन्छन् कि हुँदैनन्? परमेश्‍वरले सबैभन्दा बढी घृणा गर्नुहुने मानिसहरू तिनीहरू नै हुन्, त्यसकारण के तिनीहरू खतरामा छैनन् भनेर तिमीहरू कल्‍पना गर्छौ? जो फरिसीहरू हुन् तिनीहरू सबै अनन्त विनाशको बाटोमा हिँड्छन्!(वचन, खण्ड २, आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू, परमेश्‍वरलाई आफ्नो साँचो हृदय दिँदा, सत्यता प्राप्त गर्न सकिन्छ)। सधैँ लुक्‍नु अनि ढाक-छोप गर्नु, नाटक गर्नु गलत मार्ग हो, र यदि पछि फर्कनुभएन भने, अन्त्यमा नष्ट हुनुहुनेछ। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र सङ्कल्‍प गरेँ, अनि स्वभावमा परिवर्तन ल्याउन र इमानदार व्यक्ति बन्‍न तयार भएँ।

पछि मैले परमेश्‍वरका अझै धेरै वचनहरू पढेँ। “तैंले गर्ने सबै काम, प्रत्येक कार्य, प्रत्येक उद्देश्य र प्रत्येक प्रतिक्रिया परमेश्‍वरको सामु ल्याउनुपर्छ। यहाँसम्म कि तेरो दैनिक आत्मिक जीवन—तेरा प्रार्थनाहरू, परमेश्‍वरसँगको तेरो घनिष्ठता, तँ परमेश्‍वरका वचनहरू कसरी खान्छस् र पिउँछस्, तेरा भाइबहिनीहरूसित तेरो सङ्गति र मण्डलीभित्रको तेरो जीवन—र साझेदारीमा गरिएको तेरो सेवालाई परमेश्‍वरको जाँचका निम्ति उहाँको सामने ल्याउन सकिन्छ। यो यस्तो अभ्यास हो जसले तँलाई जीवनमा वृद्धि हासिल गर्न मद्दत गर्दछ। परमेश्‍वरको जाँच स्वीकार्ने प्रक्रिया शुद्धीकरणको प्रक्रिया हो। तँ जति धेरै परमेश्‍वरको जाँचलाई स्वीकार गर्न सक्छस्, त्यति नै बढी तँ शुद्ध हुन्छस् र जति धेरै तँ परमेश्‍वरको इच्छा अनुसारको हुन्छस्, तँ अनैतिक कार्यमा आकर्षित हुनेछैनस्, र तेरो हृदय उहाँको उपस्थितिमा रहनेछ। तैँले उहाँको जाँचलाई जति धेरै स्वीकार गर्छस्, शैतानको अपमान र शरीरलाई छोड्ने तेरो क्षमता त्यति नै बढी हुन्छ। यसैले परमेश्‍वरको जाँचलाई स्वीकार गर्नु भनेको मानिसहरूले अनुसरण गर्नुपर्ने अभ्यास हो(वचन, खण्ड १, परमेश्‍वरको काम र परमेश्‍वरलाई चिन्‍नु, परमेश्‍वरले उहाँको हृदय अनुसारकाहरूलाई सिद्ध बनाउनुहुन्छ)। परमेश्‍वरका वचनहरू मनन गरेर मैले के महसुस गरेँ भने परमेश्‍वरको छानबिनलाई स्वीकार गर्ने मानिसहरूमा मात्रै उहाँप्रति आदर हुन्छ, तिनीहरूले मात्रै सत्यताको खोजी गर्न आफूलाई उहाँको अघि शान्त पार्न, आफ्‍ना विचारहरूका बारेमा सही मूल्याङ्कनहरू गर्न, र गर्नुपर्ने सही कुरा जान्‍न अनि परमेश्‍वरको अनुमोदन पाउन सक्छन्। परमेश्‍वरको छानबिनलाई स्वीकार गरेर, हामी सधैँ परमेश्‍वरको अघि जिउन सक्छौँ, अनि त्यसपछि मात्रै हाम्रो छली, धोकेबाजपूर्ण मनसाय र धारणाहरूलाई सुधार गर्न सजिलो हुन्छ। झन्-झन् सरल र इमानदार बन्‍ने, अनि सत्यतालाई अभ्यास गरेर आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्ने एक मात्र तरिका त्यही मात्रै हो। परमेश्‍वरको इच्‍छालाई बुझेपछि, मैले परमेश्‍वरको अघि आफ्‍नो हृदय खोल्‍न, बहाना बनाउन वा आफूलाई राम्रो देखाउने प्रयास गर्न छोडेँ, र सबै कुरामा परमेश्‍वरको छानबिनलाई स्वीकार गर्न थालेँ। त्यसपछि कामको सारांश लेख्दा म आफैलाई इमान्दार बन्‍न र परमेश्‍वरको छानबिनलाई स्वीकार गर्न, र मैले राम्ररी पूरा नगरेको कामको बारेमा हुबहु व्याख्या गर्न चेतावनी दिन्थेँ। अगुवाले मेरो कामको बारेमा सोध्दा, म साँचो कुरा भन्थेँ। अरूले मलाई प्रश्‍न सोध्दा, म आफूलाई थाहा भए-नभएको बारेमा साँचो कुरा बताउँथेँ। थाहा छ भने थाहा छ भन्थेँ, र थाहा छैन भने, थाहा छैन भन्थेँ। यसरी अभ्यास गर्दा निकै ढुक्‍क लाग्दो रहेछ। मैले के अनुभव गरेँ भने परमेश्‍वरको छानबिनलाई स्वीकार गर्नु नै सत्यताको वास्तविकतामा प्रवेश गरेर भ्रष्टतालाई हटाउने मार्ग हो। मैले के पनि अनुभव गरेँ भने काट-छाँट र निराकरणविना, मैले आफ्‍नो भ्रष्टतालाई गम्‍भीर रूपमा जाँच्‍नेथिइनँ, र वास्तविकतामा प्रवेश गर्न सत्यताको खोजी अवश्य नै गर्नेथिइनँ। अन्यथा, मैले विश्‍वास गरेको जति वर्ष भए पनि, मैले जति धेरै वटा कर्तव्य पूरा गरेको भए पनि, वा मैले जति कष्ट भोगे पनि, मेरो भ्रष्ट स्वभाव कहिल्यै पनि परिवर्तन हुनेथिएन। मैले मुक्ति पाउन सक्‍नेथिइनँ, र मलाई परमेश्‍वरले अवश्य नै हटाउनुहुनेथियो। त्यो बेला काट-छाँट र निराकरण भएपछि, मैले इमानदार व्यक्ति बन्‍नुको महत्त्वलाई देखेँ, र मैले आफ्‍नो छली र कपटी शैतानी स्वभावको बारेमा केही मात्रामा बुझेँ। त्यो परमेश्‍वरको प्रेम र मुक्ति थियो!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

काटछाँट र निराकरण गरिएर फसल कटनी

योउक्षिन, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले आफ्नो स्वभाव आफै परिवर्तन गर्न सक्दैनन्; तिनीहरू परमेश्‍वरका...

अहङ्कारी स्वभावका परिणामहरू

सन् २००६ मा म हाइस्कूलको विद्यार्थी नै थिएँ। हामीले बाइबल अध्ययन गर्दा, शिक्षकहरूले मलाई अक्सर सुरुमा मन्तव्य दिन र हामीलाई प्रचार गर्ने...

के मानिसहरूलाई खुशी पार्नेहरूले परमेश्‍वरको स्याबासी जित्‍न सक्छन्

लियु यि, चीनम एक विश्‍वासी हुनुभन्दा पहिले, अरू मानिसलाई ठेस नपुर्‍याऊँ र सबैसँग मिलेर रहन सकूँ भनेर सधैं सचेत रहने गर्दथें। कोही कठिन...

साँचो मार्ग स्विकार्दा यति धेरै अवरोध किन हुन्छ?

सन् २००८ मा मेरी आमासँगै मैले प्रभुमा विश्‍वास गरेँ, र त्यसपछि, म स्थानीय मण्डलीका भेलाहरूमा जान थालेँ। पछि, म मण्डली डिकनसमेत बनेँ। हाम्रो...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्