मैले कसरी झूट बोल्न छोडेँ

15 फेब्रुअरी 2022

मरिनेत्ते, फ्रान्स

परमेश्‍वरका आखिरी दिनहरूको कामलाई स्वीकार गर्नुअघि, म झूट बोल्थें र सोच्दै नसोची मानिसहरूको चापलुसी गर्थें किनभने मलाई सत्य बोलेर कतै मानिसहरूलाई निराश पार्छु वा चिढ्याउँछु कि भन्‍ने डर लाग्थ्यो। सन् २०१८ को नोभेम्बरमा, मैले सर्वशक्तिमान परमेश्‍वरमा विश्‍वास गरेँ, अनि मैले मानिसलाई खुसी पार्ने र धूर्त व्यक्तिलाई उहाँले घृणा गर्नुहुन्छ भनेर उहाँका वचनहरूबाट सिकेँ। मैले परमेश्‍वरका वचनहरू अभ्यास गर्ने र इमानदार व्यक्ति बन्ने निर्णय गरेँ, र केही प्रयास गरेपछि, मैले धेरैजसो समय इमानदारीपूर्वक बोल्न सकेँ। उदाहरणको लागि, मैले औषधी किन्दा €५० भन्दा धेरै रकम तिर्न लागेकी थिएँ, तर पसलेले गलत हिसाब गरेर आधा दाम मात्र लिए, मैले झट्टै त्यो गल्ती देखाइदिएँ। तर, केही कुराले मेरो प्रतिष्ठा वा व्यक्तिगत हितलाई प्रभाव पार्दा खुलस्त हुनु गाह्रो हुन्थ्यो।

मार्च २०२१ मा, मैले मण्डली अगुवाको रूपमा सेवा गरिरहेकी थिएँ र म हर समय व्यस्त हुन्थें। कहिलेकाहीँ, राम्रो निद्रा नपुगेको कारण म साह्रै थकित हुन्थें। एक दिन अपराह्ण, म यसो एक झप्क निदाउन लागेकी थिएँ, मेरी पार्टनर सिस्टर लीले हाम्रो कामबारे च्याट गर्नु छ भनेर भनिन्। उनको मेसेज देखेर मलाई त्यति खुसी लागेन किनकि म थकित थिएँ र कुनै कुराको बारेमा छलफल गर्न मन थिएन। त्यति बेला मैले आराम गर्नुबाहेक अरू कुनै कुराबारे सोच्न सकेकी थिइनँ, तर त्यो मैले सिस्टर लीलाई सीधै बताउन चाहिनँ। उनले मलाई के सोच्लिन् भनेर डराएँ, म अल्छे वा त्यस्तै केही छु, शारीरिक आरामलाई बढ्तै ध्यान दिन्छु वा उनले मलाई नराम्रो सोच्लिन् भन्ने मलाई लाग्यो। त्यसैले, आफ्नो छवि जोगाउन मैले उनलाई यसो मात्र भनेँ, “माफ गर्नुहोला, मेरो डाक्टरसित अपोइन्टमेन्ट छ। म भेट्न जानुपर्छ।” केही नसोची मेरो मुखबाट फुत्त झूट कुरा निस्किहाल्यो। यसले गर्दा मलाई यत्ति साह्रो दोषी महसुस भयो कि मैले पटक्कै आराम गर्न सकिनँ, तर हर समय साह्रै नमज्जा लागिरह्यो। परमेश्‍वर इमानदार मानिसलाई मन पराउनुहुन्छ। कसरी मैले त्यतिकै झूट बोल्न सकेँ? तब म कसरी भरपर्दो हुन सक्छु र? मलाई थाहा थियो, आफ्नो शारीरिक आरामका लागि झूट बोल्नु सही होइन, परमेश्‍वरले त्यसलाई मन पराउनुहुनेछैन, र मैले मण्डलीको कामलाई प्राथमिकता दिनुपर्छ। मैले तुरुन्तै सिस्टरलाई सम्पर्क गरेँ। उनले मलाई डाक्टरलाई भेटेर फर्किसक्नुभएको हो कि भनेर सोधिन्। मैले उनलाई सत्य कुरा बताइनँ, तर उनको अघि नराम्रो नहुन र म धूर्त व्यक्ति हुँ भनेर उनलाई सोच्न नलगाउन झूट बोल्दै गएँ। मैले उनलाई डाक्टरलाई भेट्न सकिएन, डाक्टर खोप क्लिनिकमा जानु परेकोले गर्दा अन्तिम क्षणमा तिनले अपोइन्टमेन्ट रद्द गरिन् भनेर भनेँ। त्यसपछि, हाम्रो कुराकानी कामतिर मोडियो तर मलाई निकै असजिलो महसुस भयो। मैले उनलाई एक पटक ढाँटेँ, त्यसपछि त्यसलाई स्वीकार गरिनँ तर झूट बोल्दै गएँ। मेरो शैतानी स्वभाव कत्ति गम्भीर रहेछ भनेर बुझेँ र मलाई आफैदेखि सरम लाग्यो। मैले उनीसित आँखा जुधाउन सकिनँ। मैले उनलाई धोका दिएकी थिएँ, त्यसको अर्थ म असाध्यै बेइमान व्यक्ति थिएँ। मेरो मनमा असाध्यै द्वन्द्व चल्यो। यदि मैले उनलाई खुलस्तसित बताएकी भए, उनको अघि मेरो छवि खराब हुनेथियो र उनले मलाई बेइमान ठान्नेथिइन्। तर यदि मलै झूट बोलिरहेँ भने, परमेश्‍वरले मलाई घृणा गर्नुहुनेथियो। तसर्थ, आत्मसमीक्षा गर्न म परमेश्‍वरसामु आएँ, र आत्मसमीक्षा गर्दा, म जीवनमा चलाक र धूर्त रहेछु भनेर बुझेँ। एक पल्ट एक जना अगुवाले मलाई त्यो साँझ हुने भेलाबारे सिस्टर झाऊलाई मैले जानकारी दिएँ कि दिइनँ भनेर सोधिन्। मलाई थाहा भयो, मैले दिएकी थिइनँ, तर मैले आफ्नो छवि जोगाउन अगुवालाई सत्य कुरा बताइनँ। मैले ढाँटेँ, भर्खरै बताएँ भनेर भनेँ। त्यसपछि, मैले तुरुन्तै सिस्टर झाऊलाई त्यो भेलाबारे बताउन मेसेज गरेँ। साथै, सामान्यतया म हरेक शुक्रबार बिहान किराना सामान किनमेल गर्न जान्थेँ, त्यसैले, त्यति बेला अपर्झट हुने कुनै पनि भेलामा जान सक्दिनथिएँ। म सत्य कुरा बताउँदिनथिएँ र केही दिनका लागि भान्साका सर-सामान किनिराख्नु पर्नेथियो, र किराना किनमेल गर्नुपर्ने समय पनि त्यति बेलै पऱ्यो भनेर मैले अगुवालाई सीधै बताउथें। म तिनलाई मेरो अर्को भेला थियो वा अपोइन्टमेन्ट थियो, र त्यही कारण म जान सकिनँ भनेर भन्थें। मैले केवल आफ्नो छवि जोगाउन र हर समय म आफ्नो कर्तव्यमा व्यस्त छु भनेर अगुवालाई सोच्न लगाउन धूर्त र छली हुँदै कुरा मोडिरहेकी थिएँ। म इमानदारीता सम्‍बन्धी परमेश्‍वरको मापदण्डको नजिक पुगेकी छैन भन्‍ने मैले थाहा पाएँ। त्यसैले, मैले प्रार्थना गरेँ, “हे सर्वशक्तिमान् परमेश्‍वर, मेरो झूट र छलको लागि म असाध्यै पछुतो गर्छु। म आफ्नो शारीरिक आरामको लागि झूट नबोली सक्दै सक्दिनँ। म इमानदार व्यक्ति पटक्कै होइन। हे परमेश्‍वर, कृपया मलाई मार्गदर्शन गर्नुहोस् अनि सत्यता बुझ्न र यो भ्रष्टताबाट मुक्त हुन मलाई मदत गर्नुहोस्।”

मैले पछि, परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “आफ्‍नो दैनिक जीवनमा, मानिसहरूले व्यर्थ, असत्य, अज्ञानी, मूर्ख, र बहानापूर्ण कुराहरू धेरै बोल्छन्। मूल रूपमा, तिनीहरूले आफ्‍नै अहम्‌को खातिर, आफ्‍नै अभिमानलाई सन्तुष्ट पार्नको लागि यी कुराहरू भन्छन्; तिनीहरूले यी झूटहरू बोल्‍नु भनेको तिनीहरूको भ्रष्ट स्वभावको प्रकटीकरण हो। यो भ्रष्टतालाई समाधान गर्ने हो भने त्यसले तेरो हृदयलाई धुन्छ, र त्यसरी तँलाई अझै शुद्ध, र अझै इमानदार बनाउँछ। वास्तवमा, सबै मानिसहरूलाई आफूले किन झूट बोल्छु भन्‍ने कुरा थाहा हुन्छ: तिनीहरूले आफ्‍नै इज्‍जत बचाउन झूट बोल्‍छन्। अनि आफूलाई अरूसँग तुलना गर्ने क्रममा, तिनीहरूले आफ्‍नो इज्जत र इमान बचाउन आफ्‍नो क्षमताभन्दा बाहिरको कुरा गर्छन्, र ठ्याक्कै उल्टो रूपमा, तिनीहरूले आफ्‍नो इज्‍जत, इमान र प्रतिष्ठा गुमाउँछन्। यस्तो हुन्छ किनभने तैँले अत्यन्तै धेरै झूट बोल्छस्, र तैँले बोल्‍ने हरेक कुरा झूट हुन्छ। तेरो एक शब्द पनि साँचो हुँदैन। जब तैँले झुटो बोल्छस्, तब तँ त्यत्ति नै बेला अपमानित हुँदैनस्, तर तैँले आफ्नो हृदयमा आफू नराम्रोसँग बदनाम भएको महसुस गर्छस्, र तेरो विवेकले तँलाई बेइमान भएको दोष लगाउनेछ। मनभित्र तैँले आफैलाई तुच्छ ठान्‍नेछस् र आफैलाई घृणित मान्‍नेछस्, र यस्तो सोच्नेछस्, ‘कसरी होला, म यति दयनीय बनेर जिउँदै छु? के सत्य बोल्नु वास्तवमै त्यति गाह्रो छ? के मैले केवल मेरो प्रतिष्ठाको खातिर यी झुटहरू बताउनैपर्छ त? मेरो निम्ति जीवन किन यति थकानपूर्ण छ?’ तैँले थकित जीवन जिउनु पर्दैन, तर तैँले सहजता र स्वतन्त्रताको मार्ग रोजेको छैनस्। तैँले आफ्नो प्रतिष्ठा र आफ्नो अहङ्कारलाई समर्थन गर्ने मार्ग चुनेको छस्, यसैले तेरो लागि जीवन धेरै थकानपूर्ण छ। झुटो बोलेर तैँले कुन प्रतिष्ठा प्राप्त गर्छस् त? प्रतिष्ठा एउटा रित्तो कुरा हो, र यो एक पैसा मूल्यको पनि छैन। झुटो बोलेर तँ आफ्नो इमानदारी र मर्यादा बेच्छस्। यी झुटहरूले गर्दा तैँले आफ्नो मर्यादा गुमाउँछस् र परमेश्‍वरको सामु तेरो कुनै इमानदारी हुँदैन। परमेश्‍वर यसमा प्रसन्न हुनुहुन्न र उहाँले यसलाई घृणा गर्नुहुन्छ। त्यसो भए, के यसको मूल्य छ त? के यो मार्ग सही छ त? छैन, यो मार्ग सही छैन, र यसलाई पछ्याएर तँ ज्योतिमा जिइरहेको हुँदैनस्। जब तँ ज्योतिमा जिइरहेको हुँदैनस्, तैँले थकित महसुस गर्छस्। तैँले सधैं झुटो बोलिरहेको हुन्छस्, र झुटलाई साँचो बनाउने कोसिस गरिरहेको हुन्छस्, भन्नुपर्ने मूर्ख कुराहरू सोच्न तेरो दिमागलाई कष्ट दिइरहेको हुन्छस्, जसद्वारा तैँले आफैलाई अझ बढी कष्ट पुऱ्याइरहेको हुन्छस्, अनि आखिरमा तँ यस्तो विचार गर्छस्, ‘अबदेखि फेरि कहिल्यै मैले झुटो बोल्नुहुँदैन। म चुप लागेर बस्छु र थोरै बोल्छु।’ तर तैँले आफैलाई रोक्‍न सक्दैनस्। यस्तो किन हुन्छ त? तँ तेरो प्रतिष्ठा र इज्जतजस्ता कुराहरू त्याग्न सक्दैनस्, त्यसैले तँ केवल तिनीहरूलाई झुटले मात्र थामेर राख्‍न सक्छस्। तैँले ती कुराहरूमा अडिग रहिरहन झुटको प्रयोग गर्न सक्छु भनी विचार गर्छस्, तर वास्तवमा, तैँले त्यसलो गर्न सक्दैनस्। तेरो इमानदारी र मर्यादा कायम राख्‍न तेरा असत्य कुराहरू सफल नभएका मात्र हुँदैनन्, बारु अझ महत्त्वपूर्ण कुरा, तैँले सत्यको अभ्यास गर्ने मौका गुमाएको हुन्छस्। यदि तैँले आफ्नो प्रतिष्ठा र इज्जत थामेर राखेको भए पनि सत्यता गुमाएको हुन्छस्; तैँले त्यसलाई व्यवहारमा अपनाउने मौका, साथै एक इमानदार व्यक्ति बन्‍ने मौका पनि गुमाएको हुन्छस्। यो सबैभन्दा ठूलो नोक्सानी हो(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ”)। यसले म कस्तो छु भनेर पूर्ण रूपले बताइदियो। म धूर्त र छली छु भनेर मैले बुझेँ। मैले केवल आराम गर्न चाहँदा, एकदमै सानो कुराबारे सत्य कुरा बताउन सकिनँ। एक झप्क निदाउनुपऱ्यो र तपाईंलाई एकछिनपछि भेट्छु भनेर मैले आफ्नी पार्टनरलाई सीधै भनिनँ, तर त्यसको सट्टा ढाँटेँ। अरू मानिसहरूको नजरमा आफ्नो इज्जत, हैसियत र आफ्नो छवि जोगाउने कुराले म अभिप्रेरित थिएँ। तर, त्यस प्रकारको व्यवहारलाई परमेश्‍वर घृणा गर्नुहुन्छ र मलाई पनि त्यसमा दोषी महसुस भयो। परमेश्‍वरका वचनहरूले भन्छन्, “जब तैँले झुटो बोल्छस्, तब तँ त्यत्ति नै बेला अपमानित हुँदैनस्, तर तैँले आफ्नो हृदयमा आफू नराम्रोसँग बदनाम भएको महसुस गर्छस्, र तेरो विवेकले तँलाई बेइमान भएको दोष लगाउनेछ। मनभित्र तैँले आफैलाई तुच्छ ठान्‍नेछस् र आफैलाई घृणित मान्‍नेछस्, र यस्तो सोच्नेछस्, ‘कसरी होला, म यति दयनीय बनेर जिउँदै छु? के सत्य बोल्नु वास्तवमै त्यति गाह्रो छ? के मैले केवल मेरो प्रतिष्ठाको खातिर यी झुटहरू बताउनैपर्छ त? मेरो निम्ति जीवन किन यति थकानपूर्ण छ?’(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ”)। परमेश्‍वरका यी वचनहरूले मेरो वास्तविकतालाई बताइदिए। मैले साँच्चै के बुझेँ भने, आफ्नो प्रतिष्ठा जोगाउन झूट बोल्नु भनेको जिउने थकाइलाग्दो तरिका हो, एक झूटलाई लुकाउन हजार झूट बोल्नुपर्ने हुन्छ, अन्त्यमा म झन्-झन् झूटो र कपटी बन्‍नेथिएँ। मलाई थाहा थियो, यसलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ किनभने उहाँ पवित्र र धर्मी हुनुहुन्छ। मेरा सबै बेइमानीबारे फर्केर सोच्दा, झूट बोलेपछि मेरो विवेकले मलाई असाध्यै दोषी ठहराउँथ्यो, म पछुतो गर्थें र परमेश्‍वरसामु रुन्थेँ, र झूट बोलेकोमा लज्जित महसुस गर्थें। तर त्यसपछि, निरन्तर अझ धेरै झूट नबोली सक्दै सक्दिनथिएँ। यो मेरो लागि अत्यन्तै भ्रष्ट र लाजमर्दो कुरा थियो! झूट बोल्नु मेरो प्रकृति नै भएको थियो। प्रभु येशूले भन्नुभएको कुरा मैले सम्झेँ: “तर तिमीहरूको बोली-वचन होलाई, हो; होइनलाई, होइन भन्‍ने होस्: किनकि यीभन्दा बढी जे छ त्यो दुष्टबाट आउँछ(मत्ती ५:३७)। “तिमीहरू आफ्ना पिता दुष्टका हौ, र तिमीहरू आफ्ना पिताका अभिलाषाहरू पूरा गर्छौ। त्यो सुरुदेखि नै हत्यारा थियो र त्यो सत्यतामा बसेन, किनकि त्यसमा सत्यता छैन। जब त्यसले झूटो बोल्छ, त्यसले आफ्नै स्वभावअनुसार बोल्छ: किनकि त्यो ढँटुवा हो र त्यसको पिता हो(यूहन्‍ना ८:४४)। त्यो साँचो थियो। मैले निरन्तर झूट बोल्दा त्यसले के देखायो भने, म शैतान पक्षको हुँ, र मैले यो आफ्नो छवि र प्रतिष्ठा जोगाउनकै लागि मात्र यसो गरिरहेकी थिएँ। तर, त्यसले मेरो सबै आचरण र मर्यादा खोस्यो। म साह्रै मूर्ख थिएँ! परमेश्‍वरले मलाई सत्यता अभ्यास गर्न, इमानदार व्यक्ति बन्न अनि गवाही दिन र शैतानलाई लज्जित पार्न मौका दिइरहनुभएको थियो। तर म शैतानको चालमा फसिरहेकी थिएँ, त्यसको लागि हाँसोको पात्र बनेँ। यो केवल आफ्नो प्रतिष्ठा जोगाउन र भ्रष्टता ढाकछोप गर्नका लागि मात्र थियो। म इमानदार व्यक्ति थिइनँ तर म प्रकृतिले नै छली थिएँ।

मैले परमेश्‍वरका वचनहरूमा यो कुरा पनि पढेँ: “परमेश्‍वरले इमानदारलाई मन पराउनुहुन्छ भन्ने कुरा तिमीहरूले थाहा पाउनुपर्छ। वास्तवमा, परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, त्यसैले उहाँका वचनहरूलाई सधैँ विश्‍वास गर्न सकिन्छ; यसको अलाबा, उहाँका कार्यहरू खोटरहित र निर्विवाद छन्, किनभने परमेश्‍वरले उहाँप्रति इमानदार हुनेलाई मन पराउनुहुन्छ। इमानदारीता भनेको तेरो हृदय परमेश्‍वरलाई दिनु, सबै कुरामा परमेश्‍वरसँग सच्चा हुनु, सबै कुरामा उहाँसँग खुलस्त हुनु, कुनै पनि कुरा कहिल्यै नलुकाउनु, आफूभन्दा माथिका र तलकालाई कहिल्यै धोका दिने प्रयास नगर्नु र कुनै पनि काम परमेश्‍वरको कृपा पाउन चापलुसी गर्नलाई मात्र नगर्नु हो। छोटकरीमा भन्ने हो भने इमानदार हुनु भनेको आफ्ना कार्य र बोलीहरूमा विशुद्ध हुनु हो र परमेश्‍वर वा मानिस कसैलाई पनि धोका नदिनु हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तीन अर्तीहरू)। मैले के बुझेँ भने, इमानदार हुनु भनेको हृदयमा छल नहुनु, जिब्रोले झूट नबोल्नु, र कुनै कुरामा पनि परमेश्‍वर र मानिसलाई धोका नदिनु हो। मैले म सिस्टर लीप्रति पहिले असाध्यै धूर्त भएकी थिएँ, आफ्ना छवि र हितलाई जोगाउन सधैँ झूट बोलेँ भन्‍ने मलाई महसुस भयो। म थकित थिएँ र एक झप्क निदाउन चाहन्थेँ, त्यसैले मैले त्यतिखेर उनीसित मण्डलीको कामबारे छलफल गर्न चाहिनँ, तर मेरो मनमा के छ त्यो भनिनँ, त्यसको सट्टा अपोइन्टमेन्ट छ भनेर ढाँटेँ किनभने उनले मलाई कमको ठानून् भन्ने म चाहन्नथिएँ। त्यो सभामा सहभागी नहुनका लागि मैले आफू एकदमै थकित छु र मलाई अलिक आराम चाहिएको छ भनेर भन्नुभन्दा बरु झूट बोल्न रुचाएँ। अनि हाम्रो भेटमा, मैले आफ्नो गल्ती स्वीकार गरिनँ, तर झूट बोलिरहेँ, पहिलो झूटलाई लुकाउन अर्को झूट बोलेँ। मेरा अगुवाले कामबारे सोध्दा, आफूले गर्दै नगरेको कुरालाई पनि गरिसकेँ भनेर ढाँट्थेँ। अनि म आफ्नो साप्ताहिक किरानाको सामान किनमेल गर्नुपर्दा र त्यो समय भेलाको समयसित जुझ्दा, मेरो अपोइन्टमेन्ट छ भनेर ढाँट्थेँ। म हर कुरामा आफ्नो छवि मात्र जोगाउन चाहन्थेँ। मसित वास्तवमै धूर्त र छली प्रकृति रहेछ भनेर मैले बुझेँ। मैले सबैभन्दा आधारभूत कुरामा समेत सत्य कुरा बताउन सकिनँ। शैतानले मलाई अति गहिरोसित भ्रष्ट पारेको थियो, म अलिकति पनि इमानदार थिइनँ।

मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पनि पढेँ। “यदि मानिसहरू इमानदार हुन खोज्छन् भने मात्र तिनीहरू कति गहन रूपमा भ्रष्ट छन् र तिनीहरूमा कुनै मानवीय स्वरूप छ वा छैन भनी तिनीहरूले जान्न सक्छन्; जब तिनीहरूले इमानदारीसाथ अभ्यास गरिरहेका हुन्छन् तब मात्र तिनीहरूले कति धेरै झूटो बोल्छन् र तिनीहरूको छलकपट र बेइमानी कतिसम्म गम्भीर रूपमा लुकेका छन् सो थाहा पाउनेछन्। इमानदार बन्ने अभ्यासको अनुभव प्राप्त गरेपछि मात्र मानिसहरूले बिस्तारै उनीहरूको आफ्नै भ्रष्टताको सत्यता जान्न सक्छन् र आफ्नै प्रकृति सार जान्न सक्छन्, अनि मात्र तिनीहरूका भ्रष्ट स्वभावहरूलाई निरन्तर शुद्ध पार्न सकिन्छ। तिनीहरूको भ्रष्ट स्वभाव निरन्तर रूपमा शुद्ध भइरहेको बेला मात्र मानिसहरूले सत्यता प्राप्त गर्न सक्नेछन्। तिमीहरूको समय निकालेर यी वचनहरू अनुभव गर। परमेश्‍वरले तिनीहरूलाई सिद्ध पार्नुहुन्न जो छली छन्। यदि तेरो हृदय इमानदार छैन भने—यदि तँ इमानदार व्यक्ति होइनस् भने—तँलाई परमेश्‍वरले प्राप्त गर्नुहुनेछैन। त्यसरी नै, तैँले सत्यता प्राप्त गर्न सक्नेछैनस्, र तँ परमेश्‍वरलाई प्राप्त गर्न पनि असमर्थ हुनेछस्। तैँले परमेश्‍वरलाई प्राप्त गर्दैनस् भन्‍नुको अर्थ के हो? यदि तैँले परमेश्‍वरलाई प्राप्त गर्दैनस् र तैँले सत्यतालाई बुझेको छैनस् भने, तैँले परमेश्‍वरलाई चिन्‍नेछैनस्, त्यसकारण तँ कुनै पनि हालतमा परमेश्‍वर अनुरूप हुनेछैनस्, जसले गर्दा तँ परमेश्‍वरको शत्रु हुन्छस्। यदि तँ परमेश्‍वर अनुरूप छैनस् भने, र परमेश्‍वर तेरो परमेश्‍वर हुनुहुन्‍न; र यदि परमेश्‍वर तेरो परमेश्‍वर हुनुहुन्न भने, तैँले मुक्ति पाउनेछैनस्। र यदि तैँले मुक्ति प्राप्त गर्न सक्दैनस् भने, तैँले किन परमेश्‍वरमा विश्‍वास गरिरहेको छस्? यदि तैँले मुक्ति प्राप्त गर्न सक्दैनस् भने तँ सधैँका निम्ति परमेश्‍वरको घोर शत्रु बन्नेछस्, र तेरो परिणाम निश्चित भएको हुनेछ। यसैले, यदि मानिसहरू मुक्ति पाउन चाहन्छन् भने, तिनीहरू इमानदार बनेर यो काम सुरु गर्नुपर्छ। एउटा चिह्न छ जसले अन्त्यमा को परमेश्‍वरद्वारा प्राप्त गरिनेछ भन्‍ने देखाउँछ। यो के हो भन्‍ने के तिमीहरूलाई थाहा छ? यसको बारेमा बाइबलमा प्रकाशको पुस्तकमा लेखिएको छ: ‘तिनीहरूको मुखमा कुनै झूट पाइएन, तिनीहरू निष्खोट छन्’ (प्रकाश १४:५)। यहाँ ‘तिनीहरू’ भनेका को हुन्? तिनीहरू परमेश्‍वरद्वारा सिद्ध पारिएका र प्राप्त गरिएका, अनि मुक्ति पाएकाहरू हुन्। परमेश्‍वरले यी मानिसहरूको वर्णन कसरी गर्नुहुन्छ? तिनीहरूका कार्यहरूका विशेषताहरू र अभिव्यक्तिहरू के-के हुन्? (तिनीहरू निष्खोट छन्। तिनीहरू कुनै झूटो कुरा बोल्दैनन्।) कुनै झूटो कुरा नबोल्नुको अर्थ के हो सो तिमीहरू सबैले जान्नु र बुझ्नुपर्छ: यसको अर्थ इमानदार हुनु हो। निष्खोट हुनुको अर्थ के हो? कुनै खोट नभएको मानिसलाई परमेश्‍वरले कसरी परिभाषित गर्नुहुन्छ? परमेश्‍वरको नजरमा, सिद्ध व्यक्ति को हो? (परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने व्यक्ति।) यो सही हो। परमेश्‍वरको नजरमा यो सरल छ, त्यो त्यही व्यक्ति हो जो परमेश्‍वरको डर मान्‍छ र दुष्टताबाट अलग बस्छ। त्यसो भए, के सिद्ध हुने कुरा बेदाग हुनुसँग सम्बन्धित छ, के ती एउटै कुरा हुन्? (हो।) विलकुलै। अनि, ‘बेदाग’ भनेको के हो? (त्यस्ता मानिसहरू जो सिद्ध छन्, जो परमेश्‍वरसँग डराउँछन् र दुष्टताबाट अलग बस्छन्।) सही। तिनीहरू परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने र परमेश्‍वरको मार्गमा हिंड्न सक्‍ने मानिसहरू हुन्। यस्ता मानिसहरू मात्र बेदाग हुन्छन्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “जीवन वृद्धिका छ वटा सूचकहरू”)। यसबारे सोच्दा म एकदमै भयभीत भएँ। परमेश्‍वर भन्नुहुन्छ: “यदि तँ इमानदार व्यक्ति होइनस् भने—तँलाई परमेश्‍वरले प्राप्त गर्नुहुनेछैन। त्यसरी नै, तैँले सत्यता प्राप्त गर्न सक्नेछैनस्, र तँ परमेश्‍वरलाई प्राप्त गर्न पनि असमर्थ हुनेछस्।” “यदि तैँले मुक्ति प्राप्त गर्न सक्दैनस् भने तँ सधैँका निम्ति परमेश्‍वरको घोर शत्रु बन्नेछस्, र तेरो परिणाम निश्चित भएको हुनेछ।” यो कुरा साँचो हो, परमेश्‍वरले छली मानिसहरूलाई मुक्ति दिनुहुन्न। मैले पश्चात्ताप गरिनँ भने, परमेश्‍वरले मलाई हटाउनुहुनेछ भनेर मलाई थाहा थियो। परमेश्‍वरका वचनहरूको कारण, अन्त्यमा मैले आफूबारे साँचो बुझाइ प्राप्त गरेँ र झूट शैतानबाट आउँछ अनि म हुर्किएको तरिका र समाजको प्रभावले गर्दा मैले झूट बोलेकी रहेछु भन्‍ने मलाई थाहा भयो। मेरी आमाले मलाई सधैँ के भन्नुहुन्थ्यो भने, कसैको कपाल व कपडा जत्ति नै नराम्रो देखिए पनि, तिनीहरूको भावनामा चोट नपुऱ्याउन मैले त्यसलाई राम्रो भन्नुपर्छ। नत्र, मलाई खाँचो पर्दा मदत गर्ने कोही हुनेछैन। त्यस प्रकारको शिक्षाले गर्दा, मसित इमानदार बन्ने साहस थिएन। मैले असल छवि कायम राख्न काम गरेँ ताकि मानिसहरूले मलाई मन पराऊन् र म दयालु छु भनेर सोचून्। तर वास्तवमा, आखिर म झूटा र छली व्यक्ति भएँ। यसले मलाई अय्यूब १:७ को सम्झना गरायो: “अनि यहोवाले शैतानलाई भन्नुभयो, तँ कहाँबाट आइस्? तब शैतानले यसो भन्दै यहोवालाई जवाफ दियो, पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तल माथि गर्दै आएँ।” शैतानका शब्दहरू धूर्त र अप्रत्यक्ष थिए, त्यसले के भनिरहेको थियो भनेर स्पष्ट थिएन। झूट बोलेर के म शैतान जस्तै धूर्त भइरहेकी थिइनँ र? मसित शैतान जस्तै प्रकृति रहेछ भनेर थाहा पाउँदा म साह्रै लज्जित भएँ। म शैतानको शक्तिको नियन्त्रणमा जिइरहेकी थिएँ र म आफ्नो शैतानी स्वभावबाट पटक्कै मुक्त थिइनँ। त्यसरी त म कसरी ख्रीष्टको अनुकूल हुन वा परमेश्‍वरको अनुमोदन पाउन सक्थेँ र? पश्चात्ताप गर्न म परमेश्‍वरसामु आएँ र उहाँलाई क्षमा मागेँ। मलाई आफूप्रति र शैतानप्रति असाध्यै घृणा लाग्यो र मैले साह्रै दोषी महसुस गरेँ। परमेश्‍वरको स्वभाव धर्मी छ अनि म झूट बोलिरहन र उहाँलाई चिढ्याइरहन सक्दिनँ भन्‍ने मलाई थाहा थियो। मैले चिन्तन गरेको अर्को खण्ड यो हो: “एउटा चिह्न छ जसले अन्त्यमा को परमेश्‍वरद्वारा प्राप्त गरिनेछ भन्‍ने देखाउँछ। यो के हो भन्‍ने के तिमीहरूलाई थाहा छ? यसको बारेमा बाइबलमा प्रकाशको पुस्तकमा लेखिएको छ: ‘तिनीहरूको मुखमा कुनै झूट पाइएन, तिनीहरू निष्खोट छन्’ (प्रकाश १४:५)। यहाँ ‘तिनीहरू’ भनेका को हुन्? तिनीहरू परमेश्‍वरद्वारा सिद्ध पारिएका र प्राप्त गरिएका, अनि मुक्ति पाएकाहरू हुन्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “जीवन वृद्धिका छ वटा सूचकहरू”)। परमेश्‍वरले इमानदार व्यक्तिहरूलाई मूल्यवान् ठान्‍नुहुन्छ, र बेइमान मानिसहरू उहाँको राज्यमा कहिल्यै प्रवेश गर्नेछैनन्। म साँच्चै झूट बोल्नु छोड्न र दोषरहित हुन चाहन्थेँ, तर म यो आफ्नै शक्तिले गर्न सक्दिनथिएँ। आफूलाई शैतानको पासोदेखि जोगाउन मैले परमेश्‍वरको मदत खोज्नुपर्थ्यो। साँचो बोल्दा कहिलेकाहीँ अप्ठ्यारो हुन सक्छ, तर म झूट बोल्‍न छोड्न चाहन्थेँ। त्यसपछि मैले पुनः “इमानदार व्यक्ति बन्‍नेसम्‍बन्धी सिद्धान्तहरू” पढेँ। “(१) इमानदार व्यक्ति बन्‍न आफैलाई तालिम दिने क्रममा, परमेश्‍वरमा भरोसा गर्नु आवश्यक छ। उहाँलाई आफ्‍नो हृदय सुम्पनुपर्छ, र उहाँको छानबिन स्वीकार गर्नुपर्छ। त्यसरी मात्रै समय बित्दै जाँदा आफ्‍ना झूट र छललाई त्याग्‍न सकिन्छ; (२) सत्यतालाई स्वीकार गर्नु र आफ्‍नो हरेक बोलीवचन र कार्यलाई मनन गर्नु आवश्यक छ। तैँले प्रकट गर्ने भ्रष्टताको व्युत्पत्ति र सारलाई विश्‍लेषण गर्नुपर्छ, र आफूलाई चिन्‍नुपर्छ; (३) व्यक्तिले के-कस्ता मामलाहरूमा धेरै झूट बोल्छ र छली कुराहरू बोकेर हिँड्छ भनी अनुसन्धान गर्नु आवश्यक छ। आफ्‍नो साँचो रूपलाई विश्‍लेषण गर्न र खुलासा गर्न, र माफी मागेर आफ्‍नो गल्ती सुधार गर्न आँट गर्नुपर्छ। …” (सत्यता अभ्यास गर्ने १७० सिद्धान्त)। मैले सिस्टर लीसित माफी माग्नुपर्छ भन्‍ने मलाई थाहा थियो। म एकदमै छलि थिएँ, मैले उनीसित दुई पटक झूट बोलेँ। मैले के निर्णय गरेँ भने, आफ्नो भ्रष्टता र मनसायहरूबारे मैले उनलाई खुलस्तसित बताउनुपर्छ। मैले ती कुराहरू लुकाउनु हुँदैन। जेसुकै होस्, मैले सत्य कुरा बताउनुपर्थ्यो र एक इमानदार व्यक्ति बन्नुपर्थ्यो। धेरै पटक प्रार्थना गरिसकेपछि, मैले सिस्टर लीसित मन खोलेर सबै कुरा बताउने साहस बटुलेँ। मैले उनलाई कसरी धोका दिएकी थिएँ र परमेश्‍वरसामु पश्चात्ताप गरेँ भनेर बेलीबिस्तार सुनाएँ। मैले आफ्ना झूटहरू ढाकछोप गर्न छोडेँ किनभने परमेश्‍वरले मलाई हेरिरहनुभएको छ मैले सबै कुरा विस्तारमा बताउनुपर्छ भन्‍ने मलाई थाहा थियो। मैले बताइसकेपछि, मलाई गह्रौं भारी बिसाएको जस्तो भयो र धेरै हलुको महसुस भयो।

त्यसपछि, म हर समय प्रार्थनाद्वारा परमेश्‍वरसामु आउन थालेँ, उहाँलाई मेरो हृदय जाँच्न बिन्ती गरेँ। मभित्र कुनै प्रकारको धूर्त अभिप्राय पलाउँदा वा म बेइमान वा छली हुँदा, परमेश्‍वरलाई अनुशासन मागेँ र मलाई रोक्नुहोस् भनी पुकारा गरेँ। मलाई थाहा थियो, झूट बोल्ने समस्या तुरुन्तै जाँदैन र म जीवनमा कहिल्यै इमानदार व्यक्ति भएकी छैनँ। म इमानदार व्यक्ति हुने प्रयास गरिरहन चाहन्थेँ। परमेश्‍वर इमानदार व्यक्तिहरूलाई मन पराउनुहुन्छ र आशिष् दिनुहुन्छ, र इमानदार मानसहरूले मात्र मुक्ति पाउन सक्छन्। त्यसपछि उता, मेरो मनमा धूर्त सोचाइ आएको महसुस हुनासाथ, परमेश्‍वरसामु आउथें र प्रार्थना गर्थेँ, “हे परमेश्‍वर, म समस्यामा परेकी छु र मलाई झूट नबोली यसबाट पार पाउन सक्दिनँ जस्तो लाग्छ। कृपया, सत्यता बुझ्न मलाई अन्तर्दृष्टि दिनुहोस् र देहलाई त्याग्न शक्ति दिनुहोस्। हे परमेश्‍वर, म सत्यता अभ्यास गर्न र इमानदार व्यक्ति बन्न चाहन्छु। कृपया मलाई मदत गर्नुहोस्। म तपाईंप्रति अति कृतज्ञ छु!”

एक पटक भेलापछि, मलाई यसबारे के लाग्छ भनेर एक जना अगुवाले सोधिन्। वास्तवमा, तिनी भेलामा हैकमवादी भएकी र तिनको सङ्गतिमा अन्य समस्याहरू खडा भएको मैले देखेकी थिएँ। तर सत्य बोल्दा तिनको अभिमानमा चोट पुग्ला, र त्यसपछि तिनले मलाई मन नपराउलिन् भन्‍ने मलाई डर लाग्यो। मैले इमानदार हुन र मप्रतिको तिनको धारणा परिवर्तन गर्न चाहिनँ। त्यसैले मैले भनेँ, “एकदमै राम्रो छ।” मैले त्यसो भनिसक्‍न साथ मलाई नराम्रो लाग्यो। मैले झूट बोलेँ भनेर मलाई महसुस भयो, त्यसैले, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र इमानदार व्यक्ति बन्न र सत्य कुरा बताउन मार्गदर्शन मागेँ। त्यसपछि, ती अगुवाकहाँ गएर सभामा भएका समस्याहरूबारे कुरा गरेँ र मलाई निकै शान्ति महसुस भयो। तिनले सञ्चालन गरेको अर्को भेला निकै राम्रो भयो। परमेश्‍वरले हाम्रा हार्दिक प्रार्थनाहरू सुन्नुहुन्छ भनेर मैले बुझेँ। त्यसको केही समयपछि, म बिस्तारै परिवर्तन भइरहेकी छु भन्‍ने मैले याद गरेँ। पहिला म आफ्नो इज्जत र हैसियत जोगाउन सधैँ झूट बोल्थें। तर मैले आफ्नो हृदय परमेश्‍वरलाई सुम्पेपछि, मेरो हृदयको देखरेख गर्न, मेरो देखरेख गर्न र मलाई जाँच्न उहाँलाई पुकारेपछि, मेरो स्थितिलाई अझ स्पष्टसित बुझेँ। म प्रार्थनामा परमेश्‍वरसामु आएँ र इमानदार हुन अभ्यास गरेँ। परमेश्‍वरसामु इमानदार व्यक्ति बन्दा, त्यसले कहिलेकाहीँ मानिसहरूलाई चिढ्याउन सक्छ, तर त्यसो गर्नु मेरो लागि अझ महत्वपूर्ण कुरा हो।

पहिला, मानिसहरूलाई खुसी पार्न अनि आफ्नो इज्जत र हैसियत जोगाउनका लागि मेरो झूट बोल्ने बानी थियो, तर अहिले मैले परमेश्‍वरले मेरो लागि तयार पार्नुहुने सबै वातावरणमा इमानदार व्यक्ति बन्न काम गरिरहेकी छु। यी अनुभव र बुझाइका लागि म परमेश्‍वरप्रति अति कृतज्ञ छु। उहाँका वचनहरूको न्यायले मलाई आफ्नो भ्रष्टता र कुरूपता बुझ्न र केही परिवर्तनहरू ल्याउन मदत गरेको छ। मलाई थाहा छ, झूट बोल्ने बानी परिवर्तन गर्नु भनेको एक प्रक्रिया हो, र परमेश्‍वरले मेरो अनुभवको लागि एकपछि अर्को परिस्थिति तयार पारिरहनुभएको छ। म चनाखो बस्नुपर्छ ताकि मैले परमेश्‍वरलाई घृणा लाग्ने झूट नबोलूँ। सबैभन्दा महत्वपूर्ण कुरा भनेको परमेश्‍वरका वचनहरूको न्याय स्वीकार गर्नु, उहाँलाई प्रार्थना र भरोसा गर्नु अनि झूट बोल्ने प्रवृत्तिबाट साँचो अर्थमा मुक्त हुनु हो। सबै महिमा सर्वशक्तिमान् परमेश्‍वरलाई होस्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

इमानदार व्यक्ति हुनलाई लडाइँ

वेइ झोङ्ग, चीनकेही वर्षहरू अघि मैले एउटा उपकरण मर्मत पसल खोलेँ। म इमानदार व्यवसाय चलाउन चाहन्थेँ, र अलिकति पैसा कमाउन चाहन्थेँ ताकि मेरो...

स्वार्थ खराब हुन्छ

यो वर्षको सुरुतिर, सिस्टर झाङ्ग र म मिलेर भर्खरै स्थापित मण्डलीलाई सहयोग गरिरहेका थियौँ। सिस्टर झाङ्ग नयाँ विश्‍वासी थिइन् र उनीसँग त्यति...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्