मनको गाँठो फुकाउँदा

20 जनवरी 2022

चुन्यु, चीन

गत वसन्त ऋतुको कुरा हो, म मण्डीलमा सुससमाचार सुनाउने कर्तव्यमा खटिएकी थिएँ। त्यतिबेला, सिस्टर वाङ सुसमाचार डिकन चयन हुनुभएको थियो, त्यसैले, हामी आफ्नो कर्तव्यको सन्दर्भमा प्राय सम्पर्कमा रहन्थ्यौं। केही समयपछि, उहाँ मन खोलेर बोल्ने स्पष्टवादी हुनुहुँदो रहेछ भन्‍ने मैले थाहा पाएँ। उहाँले मेरो कुनै समस्या देख्‍नासाथ एक प्रकारको रूखो सोरमा सोझै बताइहाल्नुहुन्थ्यो। उहाँले हाम्रो कामको फलोअप गर्नुहुँदा र त्यसको जानकारी लिनुहुँदा, कहिलेकाहीं उहाँले अरू दाजुभाइ-दिदीबहिनीहरूको अगाडि नै मेरा समस्याहरू तोकेरै भन्‍नुहुन्थ्यो। यसले गर्दा मलाई साह्रै अप्ठ्यारो लाग्थ्यो। सुरुमा त साहस बटुलेर भए पनि उहाँको डाँट सहें, र उहाँले आफ्नो कर्तव्यको भार उठाइरहनुभएको हो भन्‍ने ठानें। तर यस्तो निरन्तर भइरहँदा, मलाई असह्य भयो, सोचें, “म मन लगाएर आफ्नो कर्तव्य गर्छु। तपाईंचाहिं किन मेरो गल्ती मात्र देख्‍नुहुन्छ?” एउटा कार्य बैठकमा, मैले सुसमाचार सुनाइरहेकी एक जना व्यक्तिबारे उहाँले सोध्‍नुभएको प्रश्‍नको उत्तरमा मैले भनें, “मैले केहीपटक गएर उनीसित सङ्गति गरें, तर उनीसँग धेरै धारणाहरू भएकोले र उनी त्यति सुसमाचार स्विकार्ने खालकी नभएकीले, जानै छोडिदिएँ।” सिस्टर वाङले मलाई सबैको अगाडि झपार्नुभयो: “के तपाईंले आफ्नै कल्पनाले उनको सीमा तोक्‍ने काम गरिरहनुभएको छैन र? तपाईंले खासै प्रयास गर्नुभएकै छैन, उनले सुसमाचार स्वीकार गर्नेछैनन् भनेर तपाईंलाई कसरी थाहा हुन सक्छ? उनी सुसमाचार प्रचारका सिद्धान्तहरूअनुरूपकी छिन् भने, तपाईंले तुरुन्तै गएर उनलाई गवाही दिनुपर्छ। तपाईं यत्ति लापरवाह र गैरजिम्मेवार हुनहुन्छ भने, कसरी आफ्नो कर्तव्य राम्ररी गर्न सक्‍नुहुन्छ र?” उहाँको रिसाएको अनुहार देखेर र च्याँठिएको सोर सुनेर मलाई साह्रै दिक्‍क लाग्यो। अरू दाजुभाइ-दिदीबहिनीहरूसामु म साह्रै अपमानित भएँ, उनीहरूले मलाई हेरिरहेका थिए, अनि म गलत छु भनेर मलाई थाहा थियो, तर के उहाँले अरूको अगाडि नै मेरो आलोचना गर्नुपर्थ्यो त? के उनीहरूले म जिम्मेवार छैनँ र मैले जिम्मेवारी बहन गरिरहेको छैनँ भनेर सोच्दैनन् त? उनीहरूले मेरो निकै सम्मान गर्थे, तर केवल एक व्यक्तिलाई ध्यान नदिएकोमा, उहाँले सबैको सामु मेरो इज्‍जतको धज्‍जी उडाउनुभयो, मेरो साह्रै बदनाम गर्नुभयो। त्यसपछि कसरी अरू दाजुभाइ-दिदीबहिनीरूसामु अनुहार देखाउने भन्‍ने नै थाहा भएन। इज्‍जत बचाउने प्रयासमा मैले आफ्नो मामिलाबारे बहस गर्दै केही भनें तर सिस्टर वाङले ठाह्रै भन्‍नुभयो: “सिस्टर, तपाईंका कमीकमजोरीहरू मैले औंल्याउनुपर्छ। समस्याहरू आउँदा तपाईंले बहाना बनाउने गरेको मैले पाएकी छु, तपाईं मदत वा प्रतिक्रिया स्विकार्न इच्छुक हुनुहुन्‍न। यो पनि आफ्नो कर्तव्य पूरा गर्ने तरिका हो र?” यो कुरा सुनेर त म झनै खिन्‍न भएँ र मनमनै सोचें, “तपाईं असाध्यै धाक जमाउनुहुन्छ! अरूको भावनालाई विचारै गर्न सक्‍नुहुन्‍न? तपाईंले मलाई जानाजान नराम्रो देखाउनुहुँदै छ, सबैको अगाडि मेरो इज्‍जतको धज्‍जी उडाउनुभयो। अब त, सबैले मलाई आफ्नो कर्तव्यप्रति गैरजिम्मेवार मात्र ठान्दैनन् बहाना बनाउने व्यक्तिको रूपमा पनि म चिनिनेछु। अरूले मलाई के सोच्लान्? अब मलाई कसले भरोसा गर्न सक्छ, कसले मलाई राम्रो ठान्‍न सक्छ?” मेरो अनुहार पाक्यो, मलाई रिस उठ्यो र आफूमाथि अन्याय भएको महसुस भयो। मैले सिस्टर वाङलाई आँखा तरेर हेरें, मैले भन्‍न त केही भनिनँ तर उहाँको कुराले वास्तवमै अपमान र झर्को महसुस भयो उहाँलाई हेर्न वा उहाँको कुरा सुन्‍न मन लागेन।

त्यसपछि मैले सिस्टर वाङप्रति तीतो भावना पालें। उहाँले भनेका कुनै कुरा सुन्‍न वा उहाँको अनुहारै हेर्न मन गरिनँ। उहाँले कामबारे मसित छलफल गर्ने प्रयास गर्नुहुँदा, निन्याउरो मुख लाएर चुपचाप बस्थें। कुनै उपाय नहुँदा, मन नलागी नलागी उहाँलाई जवाफ दिन्थें। उहाँले मेरो कर्तव्यमा कुनै समस्या देखाइदिनुहुँदा म विरोध गर्थें र उहाँको कुरा मान्दिनथेँ—म चुपचाप अट्टेरी गर्थें। कहिलेकाहीं अरूसितको भेलामा, म आफ्ना अनुभवहरूबारे सङ्गति गर्ने निहुँमा सिस्टर वाङको भ्रष्टता खुलासा गर्ने प्रयास गर्थें, ताकि सबैले उहाँलाई अहङ्कारी ठानून् र पहिलाको जस्तो आदर नगरून्। मैले आशा गरेकी थिएँ, सबै जनाले एकजुट भएर उहाँको आलोचना र निराकरण गर्नेछन्, र उहाँले मलाई चिढ्याउनुभएको र सबैसामु साह्रै नराम्रो देखाउनुभएकोमा उहाँले पनि हरसमय अपमानित हुनुपर्दाको स्वाद चाख्‍न पाउनुहुनेछ। मैले यसो गर्नुको परिणामस्वरूप, केही दाजुभाइ-दिदीबहिनीहरू साँच्‍चै सिस्टर वाङप्रति पक्षपाती भए र आफ्ना कर्तव्यमा कठिनाइहरू आइपर्दा उहाँको मदत खोजेनन्। उनीहरू उहाँबाट अलिक पर-पर हुन थाले। यो देख्दा मलाई अलि अशान्ति र दोषी महसुस भयो। उहाँ स्पष्टवादी हुनुभए तापनि, आफ्नो कर्तव्यप्रति निकै इमानदार हुनुहुन्थ्यो, तर मैले उहाँलाई बहिष्कार गर्न र पर राख्‍न सबैलाई आफ्नो पक्षमा तान्‍नुले हाम्रो काममा कुनै फाइदा नगर्ने महसुस भयो। तर उहाँले मलाई खुल्लमखुल्ला डाँटेको क्षणबारे सोच्नासाथ, मेरो ध्यान त्यसैमा अडिन्थ्यो र मेरो मनभित्रको त्यो बाधालाई हटाउनै सक्दिनथेँ। पछि, मैले उहाँलाई पर-पर गरेको देखेर सिस्टर वाङले मसित सङ्गति गर्न छोड्नुभयो र उहाँले मसँग कुरा गर्नुहुँदा, सधैं मलाई बुझ्ने कोसिस गरिरहनुभएको हुन्थ्यो। मलाई एकदमै अप्ठ्यारो लाग्थ्यो। यसले मलाई ग्लानि भयो र मैले अति नै पो गर्दै छु कि, त्यसरी मैले उहाँलाई वास्तवमै हानि पो पुऱ्याइरहेकी छु कि भनेर सोचें। तर तुरुन्तै, उहाँले मलाई अरूको अघि कत्ति नराम्रो देखाउनुभएको थियो भनेर सम्झन्थें र फेरि रिसको पारा चढिहाल्थ्यो। उहाँलाई ध्यान दिनै मन नलाग्‍ने भइरह्यो। र यसरी म अन्धकारमा जिइरहें, परमेश्‍वरलाई प्रार्थनामा भन्‍नलाई केही हुन्‍नथ्यो र कर्तव्यमा मेरो प्रस्तुति खस्किँदै गयो।

एकपटक, एक जना अगुवाले हाम्रो टोलीलाई सिस्टर वाङको मूल्याङ्कन लेख्‍न पत्र पठाए। मूल्यांङ्न निष्पक्ष र उद्देश्यपूर्ण हुनुपर्छ भनेर मलाई थाहा थियो, तर अझै पनि मैले उहाँप्रति इबी राखिरहेकै थिएँ, त्यसैले, मैले उहाँबारे मेरा सबै गुनासोहरू र पूर्वाग्रहरू लेखें, उहाँसित प्रेमको कमी छ, उहाँका बोली र काम मानिसहरूको निम्ति शिक्षाप्रद छैन, उहाँले अरूको चित्त दुखाउनुहुन्छ भनेर लेखें। मूल्याङ्कन पत्र पढेपछि अगुवाले उहाँलाई गाली गर्नुहुन्छ होला, उहाँले अपमानित हुनुको स्वाद चाख्‍नुहुन्छ होला वा उहाँलाई बर्खास्त गर्छन् होला र उहाँसित केही गर्नुनपर्ने हुँदा मेरो समस्या टर्ला भन्‍ने मैले सोचिरहेकी थिएँ। तर मूल्याङ्कन लेखिसकेपछि, मलाई असजिलो महसुस भयो—मेरो विवेकले दोषी महसुस गरायो। अनि मैले सिस्टर वाङले आफ्नो कर्तव्यमा गरेका सबै प्रकारका कुराबारे सोचेँ, उहाँ साँच्‍चै व्यवहारिक काम गर्न कति सक्षम र कर्तव्यमा उहाँ कत्ति इमानदार र जिम्मेवार हुनुहुन्थ्यो भनेर सोचेँ। उहाँ डिकन हुनुभएदेखि मण्डलीको सुसमाचारको काम निकै सफल भएको थियो, तर मैले मेरो समीक्षामा ती कुराहरूलाई अलिअलि मात्र छोएँ। त्यो उहाँप्रति निष्पक्ष व्यवहार पटक्‍कै थिएन! त्यसबारे जति धेरै सोचें, त्यति नै धेरै नमिठो लाग्यो, त्यसैले परमेश्‍वरलाई प्रार्थना गरें: “हे परमेश्‍वरस, मेरो हृदय अन्धकार र पीडाले भरिएको छ। मैले जे गरिरहेको छु त्यो गलत हो भनेर मलाई थाहा छ, तर सिस्टर वाङलाई सही तरिकामा व्यवहार गर्न पटक्‍कै सक्दिनँ। मैले कस्तो पाठ सिक्‍नुपर्ने हो? हे परमेश्‍वर, मलाई आफ्ना कमीकमजोरीहरू र भ्रष्टता जान्‍न अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस्, ताकि म यो गलत स्थितिबाट निस्कन सकूँ।”

प्रार्थना गरेपछि मैले परमेश्‍वरका वचनहरूमा यो कुरा पढें: “तेरो दैनिक जीवनमा, के-कस्ता परिस्थितिहरूमा, र कति वटा परिस्थितिहरूमा, तैँले परमेश्‍वरको डर मान्छस्, र कस्ता कुराहरूमा तैँले परमेश्‍वरको डर मान्दैनस्? के तिमीहरू मानिसहरूलाई घृणा गर्न सक्छौ? जब तिमीहरूले कसैलाई घृणा गर्छौ, तब के तिमीहरूले त्यो व्यक्तिविरुद्ध कडा कदम चाल्न वा बदला लिन सक्छौ? (सक्छौँ।) त्यसो भए, तिमीहरू निकै डरलाग्दा मानिसहरू हौ! तिमीहरू परमेश्‍वरको डर मान्‍ने मानिसहरू होइनौ। तिमीहरूले यस्ता कुराहरू गर्न सक्छौ भन्‍ने तथ्यले तिमीहरूको स्वभाव निकै गम्‍भीर हदसम्‍म खराब छ भन्‍ने अर्थ दिन्छ! … मानिसहरू तिमीहरूलाई मन नपर्ने किसिमको भएकोले वा तिनीहरू तिमीहरूसँग मिलेर बस्न नसक्ने भएकोले के तिमीहरूले तिनीहरूलाई दण्ड दिने विभिन्न तरिकाहरूको बारेमा सोच्न सक्छौ? के तिमीहरूले पहिले कहिल्यै त्यस्तो काम गरेका छौ? तैँले कतिसम्म यस्तो काम गरेको छस्? के तैँले जहिल्यै पनि अप्रत्यक्ष रूपमा मानिसहरूलाई तुच्छ बनाइरहेको, र कटु वचनहरू भनिरहेको थिइनस्, र तिनीहरूप्रति व्यङ्ग्यात्मक भइरहेको थिइनस्? (हो।) त्यस्ता कुराहरू गर्दा तिमीहरू कस्ता अवस्थामा थियौ? त्यस बेला, तिमीहरूले रीस पोखाइरहेका थियौ, र तिमीहरूलाई खुसी लाग्यो; तिमीहरूले अधिकार जमाउन सक्यौ। तर पछि, तिमीहरूले मनमनै सोच्यौ, ‘मैले त्यस्तो घिनलाग्दो काम गरें। म परमेश्‍वरको भय मान्ने व्यक्ति होइनँ, र मैले त्यस व्यक्तिसित धेरै अनुचित व्यवहार गरेको छु।’ के तिमीले हृदयभित्र दोषी महसुस गर्‍यौ? (हो।) तिमीहरू परमेश्‍वरको भय नमान्ने भए पनि, तिमीहरूसित कम्तीमा विवेकको बोध छ। त्यसो भए, के तिमीहरूले भविष्यमा फेरि पनि त्यस्तै प्रकारको कार्य गर्न सक्छौ? के तँ मानिसहरूको विरुद्ध आक्रमण गर्ने र बदला लिने, तिनीहरूलाई समस्या दिने अनि जब-जब तँ तिनीहरूलाई तुच्छ ठान्छस् र तिनीहरूसँग मिलेर बस्न सक्दैनस्, वा जब तिनीहरूले आज्ञापालन गर्दैनन् वा तेरो कुरा सुन्दैनन् तब तिनीहरूलाई मालिक को हो भनी देखाउने कुरा विचार गर्छस्? के तँ यसो भन्नेछस्, ‘यदि तैँले मैले चाहेको कुरा गर्दैनस् भने, कसैले थाहा नपाई म तँलाई दण्ड दिने मौका खोज्नेछु। कसैले पनि थाहा पाउनेछैन, तर म तँलाई मेरो अगि अधीनमा बस्ने तुल्याउनेछु; म तँलाई मेरो शक्ति देखाउनेछु। त्यसपछि, कसैले पनि मसँग गडबडी गर्ने आँट गर्नेछैन!’ मलाई यो भन्: त्यस्तो कार्य गर्ने व्यक्तिले कस्तो मानवता धारण गरेको हुन्छ? (दुर्भावनापूर्ण।) उसको मानवताको हिसाबमा, ऊ दुर्भावनापूर्ण हुन्छ। सत्यता अनुसार तुलना गरेर भन्दा, उसले परमेश्‍वरलाई आदर गर्दैन(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “आफ्नो विश्‍वासमा सही मार्गमा हुनका निम्ति आवश्यक पाँच अवस्था”)। परमेश्‍वरका वचनहरूमा यो कुरा पढ्नु साँच्‍चै मर्मस्पर्शी थियो। त्यस अवधिबारे फर्केर सोच्दा, म सिस्टर वाङविरुद्ध पक्षपाती भएकी थिएँ किनभने उहाँले अरूको अगाडि सिधै मेरा दोषहरू बताउनुभयो, मलाई निराकरण गर्नुभयो। उहाँले मलाई लज्‍जित पारेको र अरूको मनमा मेरो जुन छवि थियो, त्यो तहसनहस पारेको महसुस भयो। त्यसउप्रान्त, उहाँले जे भन्‍नुभए तापनि म रिसाउँथें र प्रतिरोध गर्थें, उहाँबारे मसित गुनासै गुनासा थिए। मैले आफ्ना गुनासा र पूर्वाग्रहरू भेलाहरूमा समेत बताएँ। मैले मूल्याङ्कन प्रक्रियालाई उहाँको क्षमता र कमजोरीहरू आँकलन गर्न नभई व्यक्तिगत प्रतिशोध लिन प्रयोग गरें। मैले मेरा सबै पूर्वाग्रह र गुनासाहरू मात्र लेखें, र अगुवाले उहाँलाई बर्खास्त गर्छन् वा कम्तीमा पनि काँटछाट र निराकरण गर्छन् भन्‍ने आशा गरें, उहाँलाई नराम्रो देखाएँ। यो त मेरो दबिएका केही रिस बाहिर निकाल्नलाई थियो। मैले उहाँसित इबी राखें र उहाँले मेरो मर्यादामा आघात पुऱ्याएकोले उहाँसित प्रतिशोध लिएँ। म उहाँलाई मेरो शक्ति देखाउन चाहन्थें ताकि भविष्यमा मेरो टाउकोमा टेक्‍ने आँट उहाँमा नहोस्; मैले आफूलाई एकदमै सम्हाल्नै नसक्‍ने बनाएँ। मैले आफ्नो दुर्भावनापूर्ण स्वभाव प्रकट गरिरहेकी थिएँ। म शैतानी स्वभावअनुसार जिइरहेकी थिएँ, आफूलाई जे मन लाग्यो त्यही गरिरहेकी र भनिरहेकी थिएँ, ममा परमेश्‍वरप्रति श्रद्धाको एक सानो अंश समेत थिएन। मैले के महसुस गरेँ भने, सिस्टर वाङले मेरो कर्तव्यमा भएका गल्ती र कमीकमजोरी बाहिर ल्याउनु भनेको त परमेश्‍वरको घरको कामप्रति उहाँले आफ्नो जिम्मेवारी पूरा गरिरहनुभएको र उहाँले मलाई आफैलाई चिन्‍न लगाएर मदत गरिरहनुभएको कुरा थियो। तर, मैले उल्टै उहाँसित झगडा गरें र उहाँलाई बहिष्कार गरें, उहाँले चोट र बाधा मात्र दिइनँ, केही दाजुभाइ-दिदीबहिनीहरूलाई उहाँको कामलाई तिरस्कार गर्न प्रभावमा पनि पारें। त्यसले हाम्रो सुसमाचारको काममा गम्भीर असर पाऱ्यो। के त्यसको अर्थ मैले परमेश्‍वरको घरको काममा बाधा र रोकावट गरिरहेको थिइनँ र? म साह्रै घृणित र दुर्भावनापूर्ण थिएँ!

पछि, मैले परमेश्‍वरका वचनहरूमा यो कुरा पढें। “मानिसहरू यस्तो विचार गर्छन्: ‘यदि तिमी दयालु हुँदैनौ भने, म धर्मी हुनेछैनँ! यदि तिमी मप्रति अभद्र भयौ भने, म पनि तिमीप्रति अभद्र नै बन्नेछु! यदि तिमीले मसित इज्जतसाथ व्यवहार गर्दैनौ भने, मैले किन तिमीलाई इज्जतसाथ व्यवहार गर्ने?’ यो कस्तो प्रकारको सोच हो? के यो बदला लिन चाहने किसिमको सोच होइन? साधारण व्यक्तिको विचारमा, के यस प्रकारको दृष्टिकोण व्यावहारिक छैन? ‘आँखाको बदला आँखा, र दाँतको बदला दाँत’; ‘यहाँ तिम्रो आफ्नै औषधिको स्वाद छ’—अविश्‍वासीहरूको माझमा यी सबै तर्कहरू उपयुक्त हुन्छन् र पूर्ण रूपमा मानवीय धारणाहरूसँग मेल खान्छन्। तापनि, परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिको निम्ति—सत्यता बुझ्न खोज्ने र स्वभाव बदल्न खोज्ने व्यक्तिको रूपमा—के तँ त्यस्ता शब्दहरू सही छन् भन्छस् कि गलत छ भन्छस्? ती कुराहरूलाई बुझ्न तैँले के गर्नुपर्छ? त्यस्ता कुराहरू कहाँबाट आउँछन्? ती शैतानको दुर्भावनापूर्ण प्रकृतिबाट आउँछन्; तिनमा विष हुन्छ, र तिनमा शैतानको सारा द्वेष र कुरूपतासहित त्यसको वास्तविक अनुहार हुन्छ। तिनमा त्यस प्रकृतिको वास्तविक सार हुन्छ। त्यस प्रकृतिका दृष्टिकोणहरू, विचारहरू, अभिव्यक्तिहरू, बोली, र कार्यहरू समेत कस्तो प्रकारका हुन्छन्? के ती शैतानका होइनन्? के शैतानका यी पक्षहरू मानवतासँग मिल्दोजुल्दो हुन्छन्? के ती सत्यता अनुरूप हुन्छन् वा सत्यताको वास्तविकतासँग मेल खान्छन्? के ती परमेश्‍वरका अनुयायीहरूले गर्नुपर्ने कामहरू हुन्, र तिनीहरूमा हुनु पर्ने विचार र दृष्टिकोणहरू हुन्? (होइनन्।)” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “तेरो भ्रष्ट स्वभावको समाधानले मात्र तँलाई नकारात्मक अवस्थाबाट छुटकारा दिन सक्छ”)। “मिलेर सँगै काम गर्नको लागि तिमीहरूबाट आज गरिएको माग यहोवाले इस्राएलीहरूबाट माग गर्नुभएको सेवा समान छ: नत्रभने, सेवा गर्न बन्द गरिहाल। … परमेश्‍वरलाई सेवा गर्ने मानिसहरू भएको हैसियतले तिमीहरू हरेकले तिमीहरूले गर्ने हरेक काममा आफ्ना हितहरूलाई विचार गर्नुको साटोमा मण्डलीका हितहरूलाई रक्षा गर्न सक्‍नुपर्छ। एकले अर्कालाई हानि पुर्‍याएर एकलै काम गर्नु ग्रहणयोग्य हुँदैन। यस्तो प्रकारले व्यवहार गर्नेहरू परमेश्‍वरको सेवा गर्न योग्य हुँदैनन्! त्यस्ता मानिसहरूको स्वभाव भयानक हुन्छ; तिनीहरूमा अलिकति पनि मानवता बाँकी हुँदैन। तिनीहरू सय प्रतिशत शैतान हुन्! तिनीहरू पशुहरू हुन्! अहिले पनि, त्यस्ता कुराहरू अझै तिमीहरूका माझमा हुन्छन्; तिमीहरू यतिसम्म पनि जान्छौ कि कुनै सानातिना विषयमा विवाद गर्दै जानी-जानी निहुँ खोज्दै अनि अनुहार रातो पार्दै सङ्गतिको समयमा तिमीहरू एक-अर्कालाई आक्रमण गर्छौ, दुवै पक्षको व्यक्तिले आफैलाई एकातिर पन्साउँदैनन्, हरेक व्यक्तिले एक-अर्कासित आफ्ना भित्री विचारहरू लुकाउँछन्, अर्को पक्षलाई नियतपूर्वक हेर्छन् र सधैँ आक्रमक रहन्छन्। के यस्तो प्रकारको स्वभाव परमेश्‍वरको सेवाको निम्ति योग्य हुन्छ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। इस्राएलीहरूले जस्तै सेवा गर्)। परमेश्‍वरका वचनहरूको प्रकाश र न्यायले मलाई किन म प्रतिशोध लिने व्यक्ति भएँ भनेर देखाए—यस्तो भयो किनभने मेरो शिक्षा र समाजीकरण मार्फत, शैतानले मभित्र सबै प्रकारका शैतानी दर्शनहरू हालिदिएको थियो जस्तै “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “आँखाको बदला आँखा, दाँतको बदला दाँत,” “आइनलागिञ्‍जेल जाइलागिँदैन; आइलागे छोडिँदैन,” “धोका खानुभन्दा त धोका दिनु बेस,” इत्यादि। मैले यी कुराहरूलाई सकारात्मक रूपमा लिएँ र ती कुराअनुसारै जीवन जिएँ। म सबै कुरा मेरै इशारामा नाचेको चाहन्थें, कामकुरा आफ्नो अनुकूल बनाउन म अरूलाई उनीहरूका बोलीवचन र काममा मेरो बारेमा सोचून् भन्‍ने चाहन्थें। म अरू मानिस इमानदार बनेको, तिनीहरूले सही प्रतिक्रिया दिएको चाहदिनथेँ, र खास गरी तिनीहरूले मेरो भ्रष्टता खुलासा गरेको चाहदिनथेँ। कोही मेरो हितविरुद्ध जानासाथ म दुश्मनी मोलिहाल्थें, अनि गुप्त मनसायसाथ प्रहार गर्थें र बद्ला लिन्थें। मलाई मेरो शैतानी स्वभावले नियन्त्रण गरिरहेको थियो, र मानव स्वरूप नै नभएको अहङ्कारी, स्वार्थी र दुर्भावनापूर्ण बनाइरहेको थियो। यो परमेश्‍वरलाई घृणा लाग्‍ने र अरू मानिसहरूलाई मन नपर्ने कुरा हो। हामी दाजुभाइ-दिदीबहिनीहरूसित मेलमिलापमा रहेको परमेश्‍वर अपेक्षा गर्नुहुन्छ, त्यसको अर्थ, मैले आफ्नो बोलीवचन र काममा परमेश्‍वरको भय मान्‍ने हृदय कायम राख्‍नुपर्छ, सबै कुराहरूप्रतिको मेरो व्यवहारमा परमेश्‍वरका वचनहरूलाई मानक बनाउनुपर्छ र परमेश्‍वरको घरका हितलाई पहिलो स्थान दिनुपर्छ, आफ्नो निम्ति कुनै हानि वा नोक्सानी विचार गर्नुहुँदैन। हामीले एकै मनको भएर आफ्नो कर्तव्य गर्न सक्‍ने एउटै मात्र तरिका त्यही हो। तर म शैतानी वीषहरूअनुसार जिउँछु र सधैं आफ्नो प्रतिष्ठा जोगाउन चाहन्छु। मैले आफ्नो कर्तव्यमा लटरपटर काम गरिरहेको छु भनेर मलाई राम्ररी थाहा थियो, तर कसैले त्यो कुरा औँल्याएको सहन सकिनँ। सिस्टर वाङको मदत र औंल्याइलाई मैले लाजमर्दो कुरा ठानें; मैले आत्मसमीक्षा गर्न इन्कार मात्र गरिनँ, उहाँलाई घिनाएँ र बद्ला समेत लिएँ। मैले आफूलाई मानवताको एकदमै कमी भएको, असाध्यै अव्यावहारिक भएको पाएँ। सत्यताप्रति असाध्यै विरोधी र साह्रै दिक्‍क मान्‍ने मेरो शैतानी प्रकृतिलाई पनि देखें। वास्तवमा, म सत्यताको शत्रु थिएँ, परमेश्‍वरको शत्रु थिएँ! यदि मैले अझै पश्‍चात्ताप गर्न इन्कार गरेको भए, परमेश्‍वरको स्वभावलाई चिढ्याउनेथिएँ, उहाँको घृणा पाउनेथिएँ र हटाइनेथिएँ। यो कुरा बुझेपछि, मैले आफूलाई पुरै तिरस्कार गरें र पश्‍चात्ताप गर्दै परमेश्‍वरलाई प्रार्थना गरें, सिस्टर वाङसित सङ्गतिमा रही मिलेर हाम्रो कर्तव्य पूरा गर्नका लागि उहाँविरुद्धका पक्षपातहरू हटाउन चाहें, उहाँबाट काँटछाट र निराकरण स्विकार्न चाहें।

पछि, खोजी गर्दा र अरूसित मिलेर कसरी कार्य गर्ने भन्‍नेबारे सत्यताहरूमा प्रवेश गर्दा, परमेश्‍वरका वचनहरू वाचन गरिएको एउटा भिडियो हेरें। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “प्रेम र घृणा त्यस्ता कुराहरू हुन्, जुन सामान्य मानवतामा हुनुपर्दछ, तर तैँले कुन कुरालाई मन पराउँछस् र कुनलाई घृणा गर्छस् भन्ने कुराबीच तैँले स्पष्ट भिन्नता छुट्ट्याउनु पर्छ। तेरो हृदयमा तैँले परमेश्‍वरलाई प्रेम गर्नुपर्छ, सत्यतालाई प्रेम गर्नुपर्छ, सकारात्मक कुराहरूलाई प्रेम गर्नुपर्छ, र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गर्नुपर्छ, जबकि तैँले दुष्ट शैतानलाई घृणा गर्नुपर्छ, नकारात्मक कुरालाई घृणा गर्नुपर्छ, ख्रीष्ट-विरोधीहरूलाई घृणा गर्नुपर्छ, र दुष्ट मानिसहरूलाई घृणा गर्नुपर्छ। यदि तँ आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई घृणा गर्छस् भने, तँ तिनीहरूलाई दमन गर्ने र तिनीहरूसित बदला लिने प्रवृत्तिको हुनेछस्; यो धेरै डरलाग्दो कुरा हुनेछ। कतिपय मानिसहरूमा घृणाले भरिएका सोच र विचारहरू अर्थात् दुष्ट विचारहरू मात्र हुन्छन् तर तिनीहरूले कहिल्यै पनि दुष्ट कार्यहरू गर्दैनन्। यदि तिनीहरू कुनै व्यक्तिसँग मिलेर बस्न सक्छन् भने तिनीहरू मिलेरै बस्‍नेछन्, तर मिल्न नसकेमा तिनीहरूले आफैलाई ऊबाट टाढा बनाउनेछन् र यसले तिनीहरूका कर्तव्यहरूलाई प्रभाव पार्न वा तिनीहरूको सामान्य पारस्परिक सम्बन्धलाई असर गर्न दिँदैन, किनकि तिनीहरूको हृदयमा परमेश्‍वर हुनुहुन्छ र तिनीहरूले उहाँलाई आदर गर्छन्। तिनीहरूले परमेश्‍वरलाई दुःखी बनाउन चाहँदैनन्, र त्यसो गर्न डराउँछन्। यी मानिसहरूले कसैको बारेमा निश्चित धारणा राखे पनि, तिनीहरूले ती विचारहरूलाई कहिल्यै पनि व्यवहारमा अपनाउँदैनन् वा विषयदेखि बाहिर एक शब्द पनि बोल्दैनन्, किनकि तिनीहरू परमेश्‍वरलाई चिढ्याउन चाहँदैनन्। यो कस्तो प्रकारको व्यवहार हो? यो सिद्धान्त र निष्पक्षताका साथ आफ्‍नो व्यवहार प्रस्तुत गर्ने र परिस्थितिहरूलाई सामना गर्ने कार्यको उदाहरण हो। तँ कसैको व्यक्तित्वसँग अमिल्दो हुन सक्छस्, र तँलाई त्यो व्यक्ति मन नपर्न सक्छ, तर जब तैँले ऊसँग काम गर्छस्, तँ निष्पक्ष रहन्छस् र आफ्नो कर्तव्य पूरा गर्दा तेरा निराशाहरू व्यक्त गर्दैनस्, तेरो कर्तव्य बलिदान गर्दैनस्, वा परमेश्‍वरको परिवारका हितहरूमा तेरा निराशाहरू प्रस्तुत गर्दैनस्। तैँले सिद्धान्त अनुसार काम गर्न सक्छस्; त्यसैले, तँमा परमेश्‍वरप्रति आधारभूत श्रद्धा हुन्छ। यदि तँसँग त्योभन्दा थोरै मात्र बढी छ भने, जब तँ कुनै व्यक्तिमा केही दोषहरू वा कमजोरीहरू देख्छस्—यदि उसले तँलाई चोट पुऱ्याइएको वा तेरा आफ्नै हितहरूको हानि गरेको छ भने पनि—अझै पनि उसलाई सहायता गर्नको लागि त्यो तँसँग हुन्छ। यसको अर्थ तँमा प्रेम छ भन्‍ने हुन्छ; यसको अर्थ तँमा मानवता, साँचो वास्तविकता छ र तँ परमेश्‍वरप्रति श्रद्धा राख्ने व्यक्ति होस् भन्ने हुन्छ। यदि तैँले तेरो वर्तमान कदद्वारा यसलाई हासिल गर्न सक्दैनस्, तर सिद्धान्तअनुसार काम गर्न, आफूलाई प्रस्तुत गर्न, र अरूलाई व्यवहार गर्न सक्छस् भने, यसलाई पनि परमेश्‍वरको डर मान्‍ने हुनु भनेर भन्‍न सकिन्छ; यो सबैभन्दा आधारभूत कुरा हो(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “आफ्नो विश्‍वासमा सही मार्गमा हुनका निम्ति आवश्यक पाँच अवस्था”)। हामीले प्रेम र घृणाबीचको भिन्‍नता छुट्याएको र अरूसित सिद्धान्तअनुसार व्यवहार गरेको परमेश्‍वर अपेक्षा गर्नुहुन्छ। यदि अरू व्यक्ति दुष्ट वा ख्रीष्टविरोधी छन् भने हामीले तिनीहरूलाई कृपा नदेखाइ खुलासा र इन्कार गर्नुपर्छ। यदि अरू व्यक्तिले सत्यतालाई प्रेम गर्छन् भने, तिनीहरूसित अलिअलि अहङ्कार र केही त्रुटि र कमजोरीहरू छन् भने पनि, हामीले आफ्नो मनसाय सुधार्नुपर्छ र तिनीहरूसित सहनशील भई प्रेमपूर्वक व्यवहार गर्नुपर्छ। सिस्टर वाङबारे सोच्दा, उहाँ एकदमै मन खोलेर बोल्ने र जस्तो छ त्यस्तै भनिहाल्ने व्यक्तित्वको हुनुहुन्थ्यो, त्यतिबेला त्यो व्यवहार स्विकार्न मलाई निकै गाह्रो भयो, तैपनि, पछि त्यसबारे सोच्दा उहाँ सही हुनुहुन्थ्यो भनेर बुझें। मैले नदेखेको मेरा विफलतालाई उहाँले औंल्याइरहनुभएको थियो। यसले मेरो आत्मसम्मानमा धक्‍का पुऱ्याएको भए पनि, यसले मलाई खिन्‍न र चोट पारे पनि, परमेश्‍वरले मेरो घमण्ड चूर पार्न यस प्रकारको परिस्थिति प्रयोग गरिरहनुभएको थियो। उहाँले सिस्टर वाङमार्फत मलाई निराकरण गरेर र मेरो कर्तव्यमाथि नजर राखेर मलाई आफ्नो कर्तव्यमा अझ इमानदार र व्यावहारिक हुन उत्प्रेरित गरिरहनुभएको थियो। त्यसले मलाई कर्तव्यको दौरान भएका मेरा विफलताहरू समय अनुकूल सुधार्न मदत गर्नेथियो। यो त वास्तवमा मेरो लागि वरदान थियो! यदि मेरो गल्ती औंल्याइदिने नभएको भए वा अरूबाट मदत नपाएको भए, मैले मेरो जीवन प्रवेश वा कर्तव्यमा कुनै प्रगति गर्नेथिइनँ। म चिढिऊँला भनेर सिस्टर वाङ डराउनुभएन तर स्पष्टसित मेरा त्रुटिहरू औंल्याइदिनुभयो—यो त धार्मिकताको भाव थियो र यो प्रेमको कारण र मदत दिनलाई गरिएको थियो। उहाँले आफ्नो कर्तव्य जिम्मेवारीबोधका साथ गर्नुहुन्थ्यो र व्यवहारिक काम गर्नुहुन्थ्यो। तर मैले उहाँलाई प्रहार गरें र प्रतिशोध लिएँ। म त मानव भन्‍न लायक समेत थिइनँ!

मैले पछि परमेश्‍वरका वचनहरू पाठ गरिएको अर्को भिडियो पनि हेरेको थिएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “सधैँ अरूका गल्तीहरूमा ध्यान नदेऊ, तर बारम्बार आफ्नै बारेमा मनन गर, र अर्को व्यक्तिलाई हस्तक्षेप हुने वा हानि गर्ने केही कुरा गरेका छौ भने त्यो कुरालाई सक्रियताको साथ स्वीकार गर। आफ्‍नो मन खोल्‍न र सङ्गति गर्न सिक, र परमेश्‍वरका वचनहरूको आधारमा व्यावहारिक रूपमा कसरी सङ्गति गर्न सकिन्छ त्यसबारे सँगसँगै बसेर नियमित छलफल गर। जब तिमीहरूको जीवनको वातावरण बारम्बार यस प्रकारको हुन्छ, तब दाजुभाइ-दिदीबहिनीहरू बीचको सम्बन्ध सामान्य हुन्छ—अविश्‍वासीहरू माझ हुने जस्तो जटिल, उदासीन, चिसो, वा क्रूर सम्बन्धहरू हुँदैन। तिमीहरूले बिस्तारै आफैलाई यस्ता सम्बन्धहरूबाट अलग गर्नेछौ। दाजुभाइ-दिदीबहिनीहरू एकअर्कासँग नजिक र अझ बढी घनिष्ठ हुन्छन्; तिमीहरूले एक-अर्कालाई समर्थन गर्न, र प्रेम गर्न सक्छौ; तिमीहरूमा एकअर्कासँग लड्ने, एकले अर्कोलाई कुल्चने, एकअर्कोसँग ईर्ष्या गर्ने, गुप्त प्रतिस्पर्धामा सामेल हुने, मनमा एकले अर्कोलाई तिरस्कार गर्ने वा घृणा गर्ने, वा एकले अर्कोको आज्ञा नमान्ने अवस्था र आचरणको साटो तिमीहरूको हृदयमा हितको भावना हुन्छ, वा तिमीहरूसँग यस्तो मानसिकता हुन्छ जसको कारण तिमीहरू एकअर्काप्रति सहनशील र दयालु हुन सक्छौ, र तिमीहरूले एकअर्कालाई समर्थन र वास्ता गर्छौ। … त्यसैले, तैँले पहिले तेरा दाजुभाइ-दिदीबहिनीहरूसँग कसरी राम्रोसँग मिलेर बस्नुपर्छ त्यो सिक्नुपर्छ। तिमीहरू एकअर्काप्रति सहनशील हुनुपर्छ, एकअर्काप्रति उदार हुनुपर्छ, एकअर्काको बारेमा कुन कुरा असाधारण छ, एकअर्काको शक्ति के हो त्यो देख्न सक्नुपर्छ—र तिमीहरूले अरूका विचारहरू स्वीकार गर्न, र आफ्नै बारेमा सोचविचार गर्न र आफ्नै बारेमा ज्ञान प्राप्त गर्नका निम्ति तिमीहरू आफैभित्र गहिराइमा जान सक्नुपर्छ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “सत्यता वास्तविकतामा प्रवेश गर्ने अभ्यासका निम्ति सबैभन्दा आधारभूत सिद्धान्त”)। परमेश्‍वरका वचनहरूले मलाई के देखाए भने, कसैले मलाई आलोचना र मार्गदर्शन गर्दा, उसको बोल्ने तरिका वा मनोवृत्ति जस्तोसुकै होस् वा त्यो मेरो सोचाइअनुरूप होस् कि नहोस्, मैले आफ्नो अहमलाई पर राखी त्यसलाई स्विकार्नुपर्छ। त्यतिबेला त्यसले कुनै अर्थ नराखे पनि, मैले तिनीहरूलाई बदला लिन प्रहार गर्नु हुँदैन, बरु मैले परमेश्‍वरसामु आएर प्रार्थना र खोजी गर्नुपर्छ। मलाई दिइएको जे पनि परमेश्‍वरले हुन दिनुभएको कुरा हो भनेर भरोसा गर्नुपर्छ। यो मलाई मेरो जीवन प्रवेशका लागि र पाठ सिक्‍नका लागि आवश्यक कुरा हो, त्यसैले, मैले गर्नुपर्ने पहिलो कुरा भनेको समर्पति हुनु र आत्मसमीक्षा गर्नु हो, र आफ्नो समस्या समाधान गर्न परमेश्‍वरका सान्दर्भिक वचनहरू खोजी गर्नु हो। मैले अरूसित कुराकानी गर्दा उनीहरूको क्षमतालाई पनि अझ धेरै विचार गर्नुपर्छ, र कुनै विवाद खडा भएमा, मैले पहिला आत्मसमीक्षा गर्नुपर्छ र सत्यता खोज्नुपर्छ। मैले आफ्नो गल्ती स्वेच्छाले स्विकार्नुपर्छ र अरूलाई आफ्नो भ्रष्टताबारे खुलेर बताउनुपर्छ ताकि तिनीहरूले मेरो हृदय जाँच्न सकून्। यो, मैत्रीपूर्ण सहयोग प्राप्त गर्न चाहिने एक पूर्वशर्त हो र मैले लागू गर्नुपर्ने सिद्धान्त पनि हो।

पछि, म सिस्टर वाङकहाँ गएँ, मैले कसरी भ्रष्टता प्रकट गरेँ र कसरी त्यसलाई समाधान गरें भनेर उहाँलाई खुलेर बताएँ। यसो गर्दा असाध्यै स्वतन्त्र भएको आभास भयो र हामीबीचको खाडल पुरियो। त्यस बेलादेखि हाम्रो सहकार्यमा, कहिलेकाहीं उहाँले मेरो अहम्‌मा चोट पुग्‍ने गरी एकदमै सिधै केही भन्‍नुहुन्छ मलाई त्यसको प्रतिरोध गर्न मन लाग्छ तर म तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरिहाल्छु र आफूलाई पन्छाइहाल्छु। मलाई थाहा छ, यस्तो परमेश्‍वरले हुन दिनुहुन्छ, त्यसैले म आफ्ना समस्याहरूलाई जाँच्छु र उहाँको दृष्टिकोणलाई स्वीकार गर्छु। यसलाई अभ्यास गर्दा, उहाँविरुद्धका मेरा पूर्वाग्रहरू हटेर गएका छन् र हाम्रो सम्बन्ध झन्झन् समस्यारहित भएको महसुस भएको छ। हामी हाम्रो कर्तव्यमा एकसाथ राम्ररी काम गर्छौं र हाम्रो सुसमाचारको काममा क्रमिक रूपमा झन् धेरै सफलता हात लागेको देखेका छौं। यस अनुभवले मलाई के सिकायो भने, परमेश्‍वरका वचनहरूको न्याय र सजाय स्वीकार गरेर, र हाम्रो व्यवहारलाई परमेश्‍वरका वचनहरूमा आधारित गरेर मात्र, हामी आफ्ना भ्रष्टताहरू हटाउन सक्छौं र सामान्य मानवतामा जिउन सक्छौं। मलाई मुक्ति दिनुभएकोमा म सर्वशक्तिमान् परमेश्‍वरलाई धन्यवाद चढाउँछु!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

भूकम्पपछि

मैले जुलाइ २०१९ मा सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। पछि, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका धेरै वचनहरू पढेँ, र...

ईर्ष्या नगरी सहज श्‍वास फेर्ने

अन्जिङ्ग, चीनसन् २०१७ को जनवरीमा, मलाई मण्डलीभित्र सिञ्‍चन गर्ने काम दिइएको थियो। यो काममा प्रशिक्षित हुने मौकाको लागि म परमेश्‍वरप्रति...

जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

मूल्याङ्कनले मेरो खुलासा गर्दा

सन् २०२१ को मे महिनाको मध्यतिर, अगुवा सिस्टर चेन, मसँग कुरा गर्न मकहाँ आइन् र मैले सिस्टर लूलाई चिन्छु कि चिन्दिन, उनी अरूप्रति निष्पक्ष...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्